६. तपाईं भन्नुहुन्छ, कि आखिरी दिनहरूमा परमेश्‍वरले मानिसको न्याय र शुद्धीकरण गर्न सत्यता व्यक्त गर्नुहुन्छ। परमेश्‍वरले पुरानो र नयाँ करार दुवैका मानवजातिको न्याय गर्न वचनहरू बोल्नुहुन्छ—परमेश्‍वरको न्यायले मानिसलाई कहिल्यै छोडेको छैन। के तपाईं यी वचनहरू मानिसको न्याय र शुद्धीकरण गर्न असमर्थ छन् भनी भन्दैहुनुहुन्छ? परमेश्‍वरद्वारा आखिरी दिनहरूमा व्यक्त गरिएको न्यायका वचनहरू, र बाइबलमा लेखिएको मानिसको न्याय गर्ने परमेश्‍वरका वचनहरू बीचमा के फरक छ?

परमेश्‍वरका प्रासंगिक वचनहरू:

“न्याय” शब्द उल्लेख हुँदा, यहोवाले हरेक क्षेत्रका मानिसहरूलाई निर्देशन दिन बोल्नुभयो र येशूले फरिसीहरूलाई हप्काउन बोल्‍नुभएको वचनहरूका बारेमा सायद तैँले विचार गर्छस् होला। ती वचनहरू कठोर हुँदा-हुँदै पनि, ती मानवका लागि दिइएका परमेश्‍वरका न्यायका वचनहरू होइनन्; ती वचनहरू विभिन्न वातावरणहरूभित्र, अर्थात् विभिन्न सन्दर्भहरूमा परमेश्‍वरले बोल्नुभएको थियो। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई न्याय गर्नुहुँदा उहाँले बोल्नुहुने वचनहरू यी वचनहरूभन्दा भिन्न छन्। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

पहिलो चरण यहोवाको कामको निम्ति थियो: उहाँको काम भनेको पृथ्वीमा मानिसहरूलाई परमेश्‍वरको आराधना गर्न तयार पार्नु थियो। यो पृथ्वीमा काम सुरु गर्ने ठाउँ खोज्ने सुरुवाती काम थियो। त्यसबेला, यहोवाले इस्राएलीहरूलाई शबाथ पालन गर्न, तिनीहरूका आमाबाबुको आदर गर्न र एक-अर्कासित मिलेर जीवन बिताउन सिकाउनुभयो। किनभने त्यस समयका मानिसहरूले मानिस कुन कुराले बनेको छ भनी बुझेका थिएनन्, न त तिनीहरूले यस पृथ्वीमा कसरी जिउने भनी बुझेका नै थिए। कामको पहिलो चरणमा उहाँले मानवजातिलाई तिनीहरूका जीवन जिउन मार्गनिर्देशन गर्नु आवश्यक थियो। यहोवाले उनीहरूलाई भन्नुभएका सबै कुरा अघिबाट मानवजातिलाई थाहा थिएन वा तिनीहरूको स्वामित्वमा थिएन। त्यस बेला परमेश्‍वरले अगमवाणीहरू बोल्न धेरै जना अगमवक्ताहरू खडा गर्नुभयो, र तिनीहरूले ती सबै यहोवाको निर्देशनमा गरे। यो परमेश्‍वरको कामको एउटा भाग मात्र थियो। पहिलो चरणमा, परमेश्‍वर देह बन्नुभएन, यसैले उहाँले सबै कुल र जातिहरूलाई अगमवक्ताहरूद्वारा निर्देशन दिनुभयो। जब येशूले आफ्नो समयमा काम गर्नुभयो, उहाँ आजको दिनमा जत्तिकै धेरै बोल्नुभएन। आखिरी दिनहरूमा हुने वचन कामको यो चरण विगतको कुनै पनि युगहरू र पुस्ताहरूमा कहिल्यै गरिएको छैन। यशैया, दानिएल र यूहन्नाले धेरै अगमवाणीहरू बोलेका भए तापनि, तिनीहरूका अगमवाणीहरू अहिले बोलिएका वचनहरूभन्दा बिलकुलै फरक थिए। तिनीहरूले जे बोले ती अगमवाणीहरू मात्र थिए, तर अहिले बोलिएका वचनहरू त्यस्ता होइनन्। यदि मैले अहिले बोलेका सबै कुरालाई अगमवाणीमा परिणत गरें भने के तिमीहरू त्यसलाई बुझ्न सक्नेछौ? मैले बोलेको कुरा म गएपछि हुने कुराहरू हुन् भन्‍ने मानिलिने हो भने, तैँले त्यो कसरी बुझ्न सक्नेछस्? वचनको काम येशूको समयमा वा व्यवस्थाको युगमा कहिल्यै गरिएको थिएन। सायद कतिले भन्नेछन्, “के यहोवाले पनि उहाँको कामको समयमा वचनहरू बोल्नुभएन र? के येशूले काम गरिरहनुभएको बेला रोग निको पार्ने, भूतहरू निकाल्ने, र चिन्‍ह र चमत्कारका कामहरू गर्ने बाहेक वचनहरू पनि बोल्नुभएन र?” बोलिएका कुराहरूका बीचमा भिन्नता हुन्छन्। यहोवाले बोल्नुभएका वचनहरूको सार के थियो? उहाँले मानवजातिलाई पृथ्वीमा आफ्नो जीवन बिताउन मात्र डोऱ्याउँदै हुनुहुन्थ्यो, जसले जीवनका आत्मिक विषयहरूलाई छोएन। जब यहोवाले बोल्नुभयो, सबै ठाउँका मानिसहरूलाई निर्देशन दिनलाई बोल्नुभयो भनी किन भनिएको छ? “निर्देशन” शब्दको अर्थ स्पष्ट रूपमा भन्नु र सिधा आदेश दिनु भन्‍ने हुन्छ। उहाँले मानिसलाई जीवन मात्र दिनुभएन; उहाँले दृष्टान्तहरूको माध्यमद्वारा होइन बरु मानिसलाई हातले समात्नुभयो र उहाँलाई आदर गर्न सिकाउनुभयो। यहोवाले इस्राएलमा गर्नुभएको काम मानिसको निराकरण गर्न वा उसलाई अनुशासनमा राख्‍न वा न्याय र दण्ड दिनका निम्ति थिएन, त्यो मानिसलाई डोऱ्याउनका निम्ति थियो। यहोवाले मोशालाई तिनका आफ्ना मानिसहरूलाई उजाड्-स्थानमा मन्न बटुल्न लगाउनू भनी आज्ञा दिनुभयो। प्रत्येक बिहान सूर्योदय हुनुभन्दा अघि उनीहरूले त्यो दिनलाई पुग्नेजति मन्न बटुल्नु पर्थ्यो। मन्न भोलिको दिनसम्म राख्न सकिँदैनथ्यो, किनकि त्यो कुहिहाल्थ्यो। उहाँले मानिसहरूलाई भाषण दिनुभएन वा तिनीहरूको प्रकृति प्रकट गरिदिनुभएन, न त उहाँले तिनीहरूका विचार र सोचाइहरूलाई नै खुलासा गरिदिनुभयो। उहाँले मानिसहरूलाई परिवर्तन गर्नुभएन, बरु उनीहरूको जीवन अगि बढाउन मार्गनिर्देशन दिनुभयो। त्यस समयका मानिसहरू केही नबुझ्ने र केही आधारभूत व्यावहारिक गतिविधिहरू गर्न नसक्ने बालबालिकाहरू जस्ता थिए, त्यसैले यहोवाले भीडहरूलाई डोऱ्याउन व्यवस्थाहरू मात्र घोषणा गर्नुभयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

सन्दर्भका लागि प्रवचन र सङ्गतिका अंशहरू:

आखिरी दिनहरूमा मानिसहरूमाथि भएको परमेश्‍वरको न्यायले मुख्य गरेर सत्यको विभिन्‍न पक्षहरू प्रयोग गर्दै मानिसहरूलाई चेतावनी दिन्छ। सत्यका यी विभिन्‍न पक्षहरू नहुने हो भने, ती न्यायका वचनहरू हुने थिएनन्। के यहोवाले सबै ठाउँमा बोल्नुभएका वचनहरू र प्रभु येशूले गर्नुभएको फरिसीहरूको धिक्‍कारले सत्यका विभिन्‍न पक्षहरू समेटेका छन्? के ती वचनहरू र धिक्‍कारले मानिसहरूलाई अभ्यासको बाटो दिए त? के तिनले मानिसको प्राकृतिक सारलाई उजागर गरे त? तिनले गरेनन् र त्यसैकारण ती मानिसको न्याय थिएनन्; ती धिक्‍कार र चेतावनीमात्र थिए। धिक्‍कार र चेतावनी प्रत्यक्ष रूपमा निन्दा र हटाउने कार्य हुन् र यसपछि श्राप आउँछ। राज्यको युगको समयमा हुने परमेश्‍वरको न्याय र मानिसको मुक्ति मुख्य रूपमा धेरै सत्यहरूको अभिव्यक्ति हो। यो मानिसहरूलाई चेतावनी दिन, उनीहरूको सार प्रकट गर्न र उनीहरूको वचन र कार्यहरूको चिरफार गर्न सत्यको प्रयोग गरिनु हो। यी वचनहरूमा सत्यका धेरै पक्षहरू समेटिएका हुन्छन्। जहाँ सत्य हुन्छ त्यहाँ मात्र न्याय हुन्छ; सत्यविना न्याय हुँदैन। यसरी, आखिरी दिनहरूका ख्रीष्टका वचनहरू र यहोवाले व्यवस्थाको युगमा सबै ठाउँमा बोल्नुभएका वचनहरू अनि अनुग्रहको युगको समयमा प्रभु येशूले गर्नुभएको फरिसीहरूको धिक्‍कारको बीचमा स्पष्ट भिन्‍नता छ। यी भिन्‍नताहरू मुख्यतया आखिरी दिनहरूका ख्रीष्टले सत्यका धेरै पक्षहरूको प्रयोग गर्दै मानिसहरूलाई चेतावनी दिनुहुने कुरामा आधारित छ। परमेश्‍वरले व्यवस्थाको युगमा वा अनुग्रहको युगमा सत्यका विभिन्‍न पक्षहरू व्यक्त गर्नुभएन। यसका साथै, परमेश्‍वरको कार्य प्रकृतिमा पनि फरक छ। व्यवस्थाको युग र अनुग्रहको युगको दौरान, उहाँको विरोध गर्नेहरूमाथि हुने परमेश्‍वरको चेतावनी र धिक्‍कार प्रत्यक्ष निन्दा र श्राप थियो। परमेश्‍वरले उनीहरूलाई मुक्ति दिनुभएन, र उहाँले उनीहरूमाथि कुनै दया गर्नुभएन। आखिरी दिनहरूको दौरान हुने परमेश्‍वरको न्यायको काम मानिसलाई मुक्ति दिन, शुद्ध पार्न र सिद्ध तुल्याउनका लागि हो। अनुग्रहको युगको दौरान प्रभु येशूले छुटकाराको काम गर्नुभयो। उहाँले पश्‍चात्तापको मार्गको प्रचार गर्नुभयो र केही चमत्कार, चिह्न र आश्‍चर्यकर्महरूको प्रदर्शन गर्नुभयो र फरिसीहरूले उहाँलाई आलोचना, दोषारोपण र विरोध गरे। यस पृष्ठभूमिमा प्रभु येशूले फरिसीहरूप्रति धिक्‍कार र श्रापका केही वचनहरू बोल्नुभयो, यी वचनहरूले फरिसीहरूको कार्य र व्यवहारको सारलाई मात्र उजागर गरे। यी वचनहरूले परमेश्‍वरप्रति तिनीहरूले गर्ने विरोधको जड उजागर गर्दैनन्, न त तिनीहरूको प्रकृति सार नै उजागर गर्छन्। उहाँले कुनै सान्दर्भिक सत्य व्यक्त गर्नुभएन। मानिसले कसरी परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ र मानिसको कर्तव्य के हो वा मानिस कसरी परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनुपर्छ, आदि इत्यादि विषयमा उहाँले केही भन्‍नुभएन र यसकारण यी वचनहरूलाई न्यायका वचनहरू भन्‍न सकिन्‍न। फरिसीहरूले परमेश्‍वरमा साँचो रूपले विश्‍वास गरेनन्। उनीहरूले सत्यलाई घृणा गरे, उनीहरूले यसलाई बिलकुलै स्वीकार गरेनन् र उनीहरू परमेश्‍वरको न्याय प्राप्त गर्न बिलकुलै अयोग्य भए। परमेश्‍वरले उनीहरूमाथि न्यायको काम गर्नुभएन, र यसैले प्रभु येशूले उनीहरूलाई केवल धिक्‍कार्नुभयो—उहाँले उनीहरूलाई मुक्ति दिनुभएन। केही मानिसहरू भन्छन्, “के फरिसीहरूको काम र व्यवहारलाई उजागर गर्ने वचनहरू सत्य थिएनन्?” ती वचनहरू पनि सत्य थिए र तिनले पनि मानिसको उल्लङ्घन नसहने परमेश्‍वरको स्वभाव प्रकट गरे। तर न्याय सामान्य धिक्‍कार र निन्दाभन्दा धेरै फरक छ। आखिरी दिनहरूमा, परमेश्‍वरले सत्यका धेरै पक्षहरूका आधारमा मानिसलाई चेतावनी दिनुहुन्छ। हरेकपटक उहाँले सत्यको एउटा पक्ष व्यक्त गर्नुहुँदा, मानिसका केही भ्रष्ट स्वभाव र आचरण खुलासा गर्नुहुन्छ। परमेश्‍वरले सत्य व्यक्त गर्नका लागि भ्रष्ट मानिसको यथार्थ रूपको प्रकटीकरण र मानिसको वचन र कार्यहरूको विश्‍लेषणको उपयोग गर्नुहुन्छ। मानिसको मुक्तिको लागि आवश्यक सबै सत्यहरूलाई प्रत्यक्ष रूपमा व्यक्त गरेर मानिसहरूले ती सत्यहरू बुझ्ने, अनुभव गर्ने, जान्‍ने, र शुद्ध हुने तुल्याइन्छ भने मात्र, यस्तो प्रभाव हासिल गर्न सक्‍ने वचनहरू मात्र सच्‍चा न्याय हुन्। अन्यथा, ती न्यायका वचनहरू होइनन्, ती केवल परमेश्‍वरको कामको सन्दर्भमा केही व्यक्तिहरूको लागि तत्कालीन समयमा बोलिएका वचनहरू हुन्।

— “जीवनमा प्रवेश गर्ने विषयको प्रवचन र सङ्गति” बाट उद्धृत गरिएको

अघिल्लो: ५. तपाईं प्रभु आखिरी दिनहरूको न्यायको काम गर्न फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ, तर प्रभु येशूले भन्नुभयो, “किनकि म गइनँ भने, सान्त्वनादाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म बिदा भएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, र धार्मिकता, र न्यायको निम्ति अर्ती दिनुहुनेछ(यूहन्‍ना १६:७-८)। हामी विश्‍वास गर्छौं, प्रभु येशूको पुनरुत्थान र स्वर्गारोहणपछि, पेन्तिकोसको बेला मानिसमा काम गर्न, मानिसलाई पाप, र धार्मिकता, र न्यायको विषयमा हप्काउन पवित्र आत्मा ओर्लेर आउनुभयो। जबसम्म हामी आफ्ना पापहरू स्वीकार गर्छौं र प्रभुको सामु पश्चात्ताप गर्छौं, पवित्र आत्माद्वारा हामीलाई निन्दा र अनुशासन गरिनेछ, र यो प्रभुद्वारा गरिने हाम्रो न्याय हो। तपाईंले भन्नुभएको आखिरी दिनहरूको न्यायको काम र प्रभु येशूको कामको बीचमा के फरक छ?

अर्को: ७. तपाईं परमेश्‍वरले आखिरी दिनहरूमा मानिसलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिनका लागि न्यायको काम गर्नुहुन्छ भनी गवाही दिनुहुन्छ, तर मैले सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरू पढेको छु, र तीमध्ये केही धेरै कठोर छन्—तिनले मानिसलाई निन्दा गर्छन् र सराप दिन्छन्। के यो मानिसको दण्ड होइन? यसलाई कसरी मानिसको शुद्धीकरण र मुक्ति भन्न सकिन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्