५. परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो हो, तर मलाई लाग्छ सबै धर्मले मानिसहरूलाई असल मानिस हुन सिकाउँछन्। त्यसैले मानिसहरूले जुनै धर्ममा विश्‍वास गरे पनि, त्यसले केही फरक पर्दैन, जबसम्म तिनीहरू इमानदार हुन्छन् र कुनै दुष्ट काम गर्दैनन्, तबसम्‍म परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछ?

परमेश्‍वरका प्रासंगिक वचनहरू:

धर्ममा विश्‍वास गर्नु भनेको के हो? परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो? के त्यसमा भिन्नता छ? धर्मको सामान्य र प्रमुख विशेषताहरू के-के हुन्? मानिसहरूले धर्ममा विश्‍वास गर्नुलाई सामान्यतया कसरी परिभाषित गर्छन्? धर्ममा विश्‍वास गर्ने कुरामा व्यवहार परिवर्तन गर्ने, अरूसँग झगडा गर्ने, अरूलाई सराप्ने, दुराचार गर्ने, अरूलाई शोषण गर्ने, अरूबाट फाइदा उठाउने, र स-साना थोकहरू चोरी गर्ने र व्यक्तिगत सम्पत्ति चोरी गर्ने व्यवहारमा परिवर्तन गर्ने कार्यहरू समावेश हुन्छन्। मुख्य रूपमा यसले व्यवहारमा परिवर्तन हुनुलाई जनाउँछ। जब कसैले धर्ममा विश्‍वास गर्छ, उनीहरू असल व्यवहार गर्ने, असल व्यक्ति बन्ने कोसिस गर्छन्; यी बाहिरी व्यवहारहरू हुन्। धर्मलाई मनोवैज्ञानिक बैसाखी भन्दा के होला? दिमागको क्षेत्र भनेर भन्दा के होला? विश्‍वास छ भने व्यक्तिमा मनोवैज्ञानिक बैसाखी हुन्छ। त्यसकारण धर्ममाथिको विश्‍वासलाई यसरी परिभाषित गर्न सकिन्छ: राम्रो व्यवहार गर्ने हुनु, र मनोवैज्ञानिक बैसाखी बोक्‍नु—योभन्दा अरू केही होइन। जब उनीहरूले जसमा विश्‍वास गर्छन् के उहाँको साँच्चै अस्तित्व छ कि छैन र उहाँ वास्तवमा को हुनुहुन्छ, उहाँले तिनीहरूबाट के माग गर्नुहुन्छ जस्ता विवरणहरूको कुरा आउँछ तब तिनीहरू आफ्नो निष्कर्ष र कल्पनाको प्रयोग गर्छन्। त्यस्तो आधारको विश्‍वासलाई धर्ममा विश्‍वास गर्नु भनिन्छ। धर्ममा विश्‍वास गर्नुको मुख्य अर्थ व्यवहार परिवर्तन गर्न खोज्नु र मनोवैज्ञानिक बैसाखी प्राप्त गर्नु हो, तर के यसले व्यक्तिको जीवनको मार्गमा कुनै परिवर्तन ल्याउँछ? व्यक्तिको जीवनको मार्ग, उद्देश्य वा दिशामा अलिकति पनि परिवर्तन हुँदैन, न त उनीहरूको जिउने आधारमा नै कुनै परिवर्तन हुन्छ। अनि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो? परमेश्‍वरले उहाँमा विश्‍वास गर्नुलाई कसरी परिभाषित गर्नुहुन्छ र के माग गर्नुहुन्छ? (उहाँको सार्वभौमिकतामा विश्‍वास गर्नु।) यो भनेको उहाँ अस्तित्वमा हुनुहुन्छ भनी विश्‍वास गर्नु र उहाँको सार्वभौमिकतामा विश्‍वास गर्नु हो—यो सबैभन्दा मुख्य कुरा हो। परमेश्‍वरले उहाँमाथिको मानिसहरूको विश्‍वासमा के माग गर्नुहुन्छ? यो कुन कुरासित सम्बन्धित छ? (इमानदार मानिसहरू हुनु, सामान्य मानवता हुनु, सत्यताको पछि लाग्नु, स्वभाव रूपान्तरणको खोजी गर्नु र परमेश्‍वरलाई चिन्न खोज्नु।) अनि मानिसहरूका बोलीवचनहरू र व्यवहारको सम्बन्धमा केही माग गरिएको छ? बाहिरी रूपमा, तँमा मुख्य रूपले सन्तको जस्तो शालीनता हुनुपर्छ र सामान्य मानवतामा जिउनुपर्छ भन्‍ने माग गरिएको छ। र परमेश्‍वरमा विश्‍वास गर्नुको परिभाषा के हो? परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका वचनहरू पालन गर्नु हो; यो परमेश्‍वरले बोल्‍नुभएका वचनहरू अनुसार अस्तित्वमा हुनु, जिउनु, र कर्तव्य पूरा गर्नु, र सामान्य मानिसका सबै गतिविधिहरूमा संलग्न हुनु हो। यसले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरको पछि लाग्नु हो, परमेश्‍वरले गर्न लगाउनुभए जस्तै काम गर्नु हो, र तँलाई परमेश्‍वरले जिउन लगाउनुभए जस्तै जिउनु हो भन्ने बुझाउँछ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको उहाँको मार्गलाई पछ्याउनु हो। अनि त्यसो गर्दा, के मानिसहरूको जीवनको उद्देश्य र दिशा धर्ममा विश्‍वास गर्नेहरूको भन्दा पूर्ण रूपमा फरक हुँदैन र? परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा कुन-कुन कुराहरू सामेल हुन्छन्? मानिसहरू सामान्य मानवतामा जिउनुपर्छ; उनीहरूले परमेश्‍वरका वचनहरू पालन गर्नुपर्दछ, परमेश्‍वरले उनीहरूलाई जे गर्न लाउनु भए पनि उनीहरूले त्यो गर्नुपर्छ; र तिनीहरूले परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नुपर्छ। यी सबै कुरामा परमेश्‍वरका वचनहरू समावेश हुन्छन्। परमेश्‍वरका वचनहरू के हुन्? (सत्यता।) परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा सत्यता सामेल हुन्छ; यो जीवनको स्रोत, र सही मार्ग हो; यसमा मानिसहरू जीवनमा हिँड्ने मार्ग समावेश हुन्छ। के धर्ममा विश्‍वास गर्ने कार्यमा यी कुनै कुरा समावेश हुन्छ? त्यसमा हुँदैन। धर्ममा विश्‍वास गर्नको लागि, बाहिरी रूपमा असल व्यवहार गर्दा, आफैलाई नियन्त्रणमा राख्दा, नियमहरू पालन गर्दा र मनोवैज्ञानिक बैसाखी हुँदा भइहाल्छ। यदि व्यक्तिले असल व्यवहार गर्छ र ऊसित एक मानसिक साथ र बैसाखी छ भने के उनीहरूको जीवनको मार्ग परिवर्तन हुन्छ? (हुँदैन।) कतिपय मानिसहरू भन्छन्, “धर्ममा विश्‍वास गर्नु र परमेश्‍वरमा विश्‍वास गर्नु एउटै कुरा हो।” त्यसो भए के तिनीहरूले परमेश्‍वरलाई पछ्याउँछन्? धर्ममा विश्‍वास गर्नु भनेको व्यवहारमा परिवर्तन गर्न खोज्नु मात्र हो, मनोवैज्ञानिक बैसाखीको खोजीभन्दा बढी अरू केही होइन, र त्यसमा कुनै सत्यता सामेल हुँदैन। फलस्वरूप, यी मानिसहरूको स्वभावमा कुनै परिवर्तन हुन सक्दैन। उनीहरूले सत्यतालाई अभ्यास वा कुनै ठोस परिवर्तन ल्याउन सक्दैनन्, अनि उनीहरूमा परमेश्‍वरको साँचो ज्ञान हुँदैन। जब कसैले धर्ममा विश्‍वास गर्छ, उनीहरूका व्यवहार जति नै असल भए पनि, उनीहरूको मनोवैज्ञानिक बैसाखी जति नै मजबुत भए पनि के उनीहरू परमेश्‍वरको पछि लाग्छन्? (लाग्दैनन्।) उनीहरू कसको पछि लाग्छन्? उनीहरू शैतानको पछि लाग्छन्। अनि उनीहरू जसरी जिउँछन्, जसको पछि लाग्छन्, जे इच्छा गर्छन्, जे अभ्यास गर्छन् र उनीहरू आफ्‍नो जीवनमा जुन कुरामा भर पर्छन् त्यसको आधार के हुन्छ? त्यो आधार पूर्ण रूपमा शैतानको भ्रष्ट स्वभाव र त्यसको सार हुन्छ। उनीहरू आफ्‍नो चालचलन जस्तो छ र अरूसँग जस्तो व्यवहार गर्छन्, त्यो शैतानको जीवन तर्क र दर्शन अनुरूप हुन्छ; उनीहरू जे भन्छन् ती सबै झूटा हुन्छन्, अलिकति पनि सत्यता हुँदैन; उनीहरूले आफ्नो शैतानी स्वभावमा अलिकति पनि परिवर्तन हासिल गरेका हुँदैनन्, र उनीहरूले पछ्याउने कुरा शैतान नै हुन्छ। उनीहरूको जीवनको दृष्टिकोण, मूल्य-मान्यता, काम-कुराहरू सम्हाल्ने तरिकाहरू, र उनीहरूका कार्यहरूका सिद्धान्तहरू सबै उनीहरूको शैतानी प्रकृतिको अभिव्यक्ति हुन्; उनीहरूको बाहिरी व्यवहारमा थोरै मात्र परिवर्तन भएको हुन्छ; उनीहरूको जीवनको बाटो, उनीहरू जिउने शैली, वा उनीहरूको दृष्टिकोणमा अलिकति पनि परिवर्तन भएको हुँदैन। यदि तँ साँच्चै परमेश्‍वरमा विश्‍वास गर्छस् भने, केही वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि वास्तवमा तँमा के-कस्ता परिवर्तनहरू भएका छन्? तेरो जीवनको जगमा परिवर्तन हुन्छ। तँ कुन आधारमा जिउँछस्? तँ हरेक दिन जे गर्छस् र जे भन्छस् त्यसलाई कुन कुराले संचालन गर्दछ? यो सबै कुन कुनामा आधारित हुन्छ? (यो सबै परमेश्‍वरको वचन र सत्यतामा आधारित हुन्छ।) उदाहरणको लागि, तँ अब झूटो बोल्दैनस्—त्यसको आधार के हो? तँ किन अब त्यस्तो प्रकारले बोल्दैनस्? (किनकि परमेश्‍वरलाई त्यो मन पर्दैन।) तैंले अब त्यस प्रकारले नबोल्नु वा काम नगर्नुको एउटा आधार छ, र त्यो आधार परमेश्‍वरको वचन, परमेश्‍वरले माग गर्नुभएको कुरा र सत्यता हो। त्यसो भए, के त्यस्तो व्यक्तिसित उस्तै जीवनको मार्ग हुन्छ? एउटा सारांश यसप्रकार छ: धर्ममा विश्‍वास गर्नु भनेको के हो? परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो? जब मानिसहरूले धर्ममा विश्‍वास गर्छन्, उनीहरू शैतानको पछि लाग्छन्; जब उनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, उनीहरू परमेश्‍वरलाई पछ्याउँछन्। भिन्नता यही हो।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “धर्ममाथिको विश्‍वासले कहिल्यै पनि मुक्तितर्फ डोर्‍याउँदैन” बाट उद्धृत गरिएको

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। मानिसहरू “परमेश्‍वर” शब्द र “परमेश्‍वरको कार्य” जस्ता वाक्यांशहरूसित परिचित भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिनेको कारणले यस्तो भएको हो अनि उहाँको कार्यलाई जान्ने कुरा त परै जाओस्। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँसम्बन्धी तिनीहरूका आफ्नै विश्‍वासमा अल्मलिएको हुनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिंदैनन्, र यो पूर्ण रूपमा तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कुरा धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा भएको हो। यसप्रकारले, तिनीहरूले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्नु पर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँका कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, र तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्‍वरप्रतिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा यो सबैभन्दा सरल धारणा हो। यसबाहेक, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु उस्तै होइन; बरु, यो बलियो धार्मिक संकेतसहितको साधारण किसिमको विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न छन्ः परमेश्‍वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वरको इच्छा पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरप्रतिको विश्‍वास” भन्न सकिन्छ। तापनि मानिसहरूले प्रायः परमेश्‍वरप्रतिको विश्‍वासलाई एउटा साधारण र हलुका कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ गुमाइसकेका छन्, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। आज अझै त्यस्ता मानिसहरू पनि छन् जो अक्षरहरू र खोक्रो सिद्धान्तहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले आफूहरूमा परमेश्‍वरप्रतिको विश्‍वासको सारको अभाव छ भनी बुझ्दैनन्, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन्। तापनि अझै तिनीहरू सुरक्षा र पर्याप्त अनुग्रहको आशीषहरूका लागि परमेश्‍वरसँग प्रार्थना गर्छन्। आउनुहोस्, हामी रोकिऔं, हाम्रो मन शान्त पारौं, अनि आफैलाई सोधौं: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीमा सबैभन्दा सजिलो कुरा हुन सक्छ? के यो हुन सक्छ कि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट असीम अनुग्रह पाउनुबाहेक अरू केही होइन? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँको इच्छा पूरा गर्न सक्छन्?

— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको

व्यवहारमा मात्र भएका परिवर्तनहरू अस्थिर हुन्छन्; यदि मानिसहरूको जीवनका स्वभावहरूमा कुनै परिवर्तन भएन भने, ढिलो वा चाँडो उनीहरूको भ्रष्ट पक्षहरू आफै प्रकट हुन्छन्। उत्साह, साथै त्यस समय पवित्र आत्माले गर्नुभएको केही काम नै उनीहरूको व्यवहारमा आएको परिवर्तनको स्रोत हुने भएकोले, उत्साहित हुनु वा क्षणिक दया देखाउनु तिनीहरूका निम्ति धेरै सजिलो हुन्छ। जसरी अविश्‍वासीहरू भन्छन्, “एउटा असल काम गर्नु सजिलो हुन्छ; जीवनभरि असल कामहरू गर्नुचाहिँ गाह्रो हुन्छ।” मानिसहरूले आफ्‍नो जीवनभरि नै असल कार्यहरू गरिरहन सक्दैनन्। किन? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; व्यक्तिको प्रकृति जस्तो हुन्छ, उसको व्यवहार पनि त्यस्तै हुन्छ, र प्राकृतिक रूपमा जे प्रकट हुन्छ त्यसले जीवनको साथै त्यस व्यक्तिको प्रकृतिको पनि प्रतिनिधित्व गर्दछ। नक्कली चीजहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूका स्वभावहरूलाई परिवर्तन गर्नु, उनीहरूलाई नयाँ मानिसहरूका रूपमा फेरि जन्माउनु भन्‍ने हुन्छ। परमेश्‍वरको न्याय, दण्ड, परीक्षाहरू, र मानिसका शोधनहरू सबैले आफ्नो स्वभाव परिवर्तन गर्न सक्दछन् ताकि ऊ परमेश्‍वरप्रति पूर्ण अधीनता र भक्ति प्राप्त गर्न सक्दछ, र सामान्यतया उहाँको आराधना गर्न आउँदछ। यो परमेश्‍वरको कामको लक्ष्य हो। असल व्यवहार गर्नु नै परमेश्‍वरको अधीनमा बस्नु होइन, यो ख्रीष्टसँग मिल्दोजुल्दो हुनु हो भन्‍ने कुरा त परै जाओस्। व्यवहारमा परिवर्तनहरू हुने कुरा सिद्धान्तमा आधारित हुन्छ र उत्साहको कारण जन्मेका हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुने त परै जाओस्। कहिलेकहीँ यस्तो समय पनि हुन्छ जब मानिसहरूले गर्ने काम पवित्र आत्माद्वारा निर्देशित हुन्छ, तापनि त्यो जीवनको अभिव्यक्ति होइन, यो परमेश्‍वरलाई चिन्नु जस्तै हो भन्‍ने कुरा त परै जाओस्; व्यक्तिको व्यवहार जति सुकै राम्रो भए पनि, त्यसले उनीहरू परमेश्‍वरको अधीनमा बसेका छन् वा उनीहरूले सत्यको अभ्यास गरेका छन् भन्ने प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरू क्षणिक भ्रम मात्र हुन्; ती जोशका प्रकटीकरणहरू मात्र हुन्। ती कुराहरूलाई जीवनका अभिव्यक्तिहरू भनेर भन्न सकिँदैन।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “बाहिरी परिवर्तनहरू र स्वभावमा हुने परिवर्तनहरू बीचको भिन्नता” बाट उद्धृत गरिएको

संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, लगभग हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, र तिनीहरूको अस्तित्वलाई धार्मिक प्रमुख हरू वा अगुवाहरूले अगुवाइ गर्दैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, समाजमा पुरानो कुरालाई नयाँ कुराले जित्‍ने काम, प्राकृतिक विज्ञानहरूको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। कुनै धार्मिक प्रमुख निश्‍चित धर्मको अगुवा मात्रै हो, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। कुनै धार्मिक प्रमुखले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सृष्टिहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुख भनेको अगुवा मात्रै हो, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैन। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सृष्टिहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनुपर्छ। मानिसको हैसियत जति नै उच्‍च भए तापनि, त्यो मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्‍याउन सक्दैन, र कसैले पनि सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्न सक्दैन। यहोवा स्वयम्‌ले मानवजाति सृष्टि गर्नुभयो र हरेकलाई प्रकार अनुसार वर्गीकरण गर्नुभयो, अनि जब अन्त्यको समय आउँछ, उहाँले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्दै आफ्‍नो काम अझै पनि आफै गर्नुहुनेछ—परमेश्‍वर बाहेक कसैले पनि यो काम गर्न सक्दैन। सुरुदेखि अहिलेसम्‍म गरिएका कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्‍वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्‍वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्‍वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्। संसारको सृष्टि गर्न नसक्नेले यसलाई अन्त्यमा पुर्‍याउन पनि सक्नेछैन, जबकी संसार सृष्टि गर्नुहुनेले अवश्य नै यसलाई अन्त्य गर्न सक्‍नुहुनेछ। त्यसकारण, यदि कुनै व्यक्तिले युगलाई अन्त्य गर्न सक्दैन र मानिसलाई उसको मस्तिष्क विकास गर्न मात्रै सहायता गर्न सक्छ भने, ऊ अवश्य नै परमेश्‍वर हुन सक्दैन, र अवश्य नै मानवजातिका प्रभु बन्‍न सक्‍नेछैन। उसले त्यस्तो महान् काम गर्न सक्‍नेछैन; त्यस्तो कार्य गर्न सक्‍ने एउटै मात्र हुनुहुन्छ, र यो काम गर्न नसक्‍ने सबै अवश्य नै शत्रुहरू हुन्, परमेश्‍वर होइनन्। सबै दुष्ट धर्महरू परमेश्‍वरसँग मेल खाँदैन, र तिनीहरू परमेश्‍वरसँग मेल नखाने हुनाले, तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्। सबै काम यही एउटै साँचो परमेश्‍वरले गर्नुहुन्छ, र सारा ब्रह्माण्डमाथि यही एउटै परमेश्‍वरले हुकुम चलाउनुहुन्छ। उहाँको इस्राएलमा भए पनि चीनमा भए पनि, त्यो कार्य आत्माले वा देहले गरे पनि, सबै परमेश्‍वर स्वयम्‌ले नै गर्नुहुन्छ, र अरू कसैले यसलाई गर्न सक्दैन। उहाँ स्पष्ट रूपमा सारा मानवजातिका परमेश्‍वर हुनुभएकोले नै उहाँले कुनै पनि सर्तहरूद्वारा नबाँधिइकन स्वतन्त्र रूपमा काम गर्नुहुन्छ—यो सबै दर्शनहरूमा सबैभन्‍दा महान् हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

अघिल्लो: ४. यदि हामी परमेश्‍वरमा विश्‍वास गर्दैनौं, र असल कामहरू गर्ने र कुनै दुष्ट काम नगर्ने सद्‍गुणी मात्र छौं भने, के हामी परमेश्‍वरद्वारा मुक्ति पाउन सक्छौं?

अर्को: ६. म परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छु, तर म अझै जवान छु, मैले मेरो परिवार र मेरो जीवनचर्याका लागि कडा मेहनत गर्नुपर्छ, र मैले गर्न चाहेका कुराहरू अझ पनि धेरै छन्। यदि बुढेसकालसम्म पर्खेँ र परमेश्‍वरमा विश्‍वास गर्ने समय पाएँ भने के अझै पनि म मुक्ति पाउनेछु?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कलेजो क्यान्सरबाट सिकेका पाठहरू

लि योङ्ग, चीनम इसाई भएपछि, म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धेरै पटक पक्राउ परेँ तर मैले कहिल्यै प्रभुलाई विश्‍वासघात गरिनँ। मैले केही...

हैसियतबाट स्वतन्त्रता पाउने

डोङ्ग एन, फ्रान्सवर्ष २०१९ मा म मण्डली अगुवा बनेँ। म आफ्नै तरिकाले कामकुराहरू गर्थेँ, म आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिएँ, र मैले सही...

पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्