४. यदि हामी परमेश्वरमा विश्वास गर्दैनौं, र असल कामहरू गर्ने र कुनै दुष्ट काम नगर्ने सद्गुणी मात्र छौं भने, के हामी परमेश्वरद्वारा मुक्ति पाउन सक्छौं?
परमेश्वरका सान्दर्भिक वचनहरू:
मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्ट हुन्। परमेश्वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँमा समर्पित हुन्छ कि हुँदैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्वरमा समर्पित हुने व्यक्ति धर्मी व्यक्ति हो, जबकि समर्पित नहुने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न असल शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्वरले मानिसहरूका परिणामहरू उनीहरूको व्यवहार हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरूले परमेश्वरलाई छलेर उनीहरूलाई क्षणिक निगाह प्रदान गराउनका लागि यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको स्थितिमा बाँच्ने मानिसहरू सबैले सङ्कष्टको दिन सहेका हुनेछन् र परमेश्वरको गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्वरमा समर्पित भएका मानिसहरू हुनेछन्। सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिने अभिप्रायका साथ प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्चय नै उहाँका निम्ति विगतमा गरिएको सेवाका कारण कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले उहाँप्रति आफूलाई निश्चित समयसम्म समर्पित गरेको कारण नै कसैलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कसैले पनि आफ्नो दुष्ट व्यवहार ढाक्न सक्दैन, र त्यसरी विनाशका कष्टहरूबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्नो कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्हरू प्राप्त गरून् वा विपत्ति भोगून्। यदि मानिसहरू आशिष्हरू देख्दा, परमेश्वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अनन्तकालभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, उनीहरू कति दयनीय छन् भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु उनीहरूसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
व्यवहारमा मात्र भएका परिवर्तनहरू अस्थिर हुन्छन्; यदि मानिसहरूको जीवनका स्वभावहरूमा कुनै परिवर्तन भएन भने, उनीहरूले आफ्नो साँचो रङ्ग देखाउनेछन्। यस्तो किन हुन्छ भने व्यवहारमा आएको परिवर्तनको स्रोत उत्साहमा हुन्छ, र त्यसमा त्यस समय पवित्र आत्माले गर्नुभएको केही काम थपिँदा, थोरै समयको लागि तिनीहरूलाई उत्साहित हुन वा दया देखाउन धेरै सजिलो हुन्छ। जसरी गैरविश्वासीहरू भन्छन्, “एउटा असल कामकुरा गर्न सजिलो हुन्छ; जीवनभरि असल कामकुराहरू गर्नचाहिँ गाह्रो हुन्छ।” मानिसहरूले किन आफ्नो जीवनभरि नै असल कामकुरा गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; व्यक्तिको प्रकृति जस्तो हुन्छ, उसले प्रकट गर्ने व्यवहार पनि त्यस्तै हुन्छ, र प्राकृतिक रूपमा जे प्रकट हुन्छ त्यसले जीवनको साथै त्यस व्यक्तिको प्रकृतिको पनि प्रतिनिधित्व गर्दछ। नक्कली चीजहरू टिक्न सक्दैनन्। जब परमेश्वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्वरको कामको उद्देश्य मानिसहरूका स्वभावहरूलाई परिवर्तन गर्नु, उनीहरूलाई नयाँ मानिसहरूका रूपमा फेरि जन्माउनु भन्ने हुन्छ। परमेश्वरले मान्छेलाई गर्ने न्याय, सजाय, परीक्षा, र शोधन सबैले उसको स्वभाव परिवर्तन गर्न मदत गर्छन् ताकि उसले परमेश्वरप्रति पूर्ण समर्पणता र बफादारी हासिल गर्न, र सामान्य रूपमा उहाँको आराधना गर्न सकोस्। यो परमेश्वरको कामको लक्ष्य हो। असल व्यवहार गर्नु नै परमेश्वरको अधीनमा बस्नु होइन, यो ख्रीष्टसँग मिल्दोजुल्दो हुनु हो भन्ने कुरा त परै जाओस्। व्यवहारमा परिवर्तनहरू हुने कुरा सिद्धान्तमा आधारित हुन्छ र उत्साहको कारण जन्मेका हुन्छन्; ती परमेश्वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुने त परै जाओस्। कहिलेकाहीँ यस्तो समय पनि हुन्छ जब मानिसहरूले गर्ने काम पवित्र आत्माद्वारा अन्तर्दृष्टि र अगुवाइ पाएको हुन्छ, तापनि त्यो तिनीहरूको जीवनको प्रकाश हुँदैन। तिनीहरू अझै पनि सत्यता वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले उनीहरू परमेश्वरप्रति समर्पित हुन्छन् वा उनीहरूले सत्यताको अभ्यास गरेका छन् भन्ने प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभावका परिवर्तनहरू प्रतिनिधित्व गर्दैनन् र त्यस्ता परिवर्तनलाई जीवनका प्रकाशहरू भनेर भन्न सकिँदैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
तेरा सुकर्महरू केका लागि गनिन्छन्? के तिनीहरूले परमेश्वरको उपासना गर्ने हृदयको ठाउँ लिन सक्छन्? केही सुकर्महरू गरेर मात्रै तैँले परमेश्वरको आशीर्वाद प्राप्त गर्न सक्दैनस् र तँलाई पीडित तुल्याइएको र थिचोमिचोमा पारिएको आधारमा मात्रै परमेश्वरले तेरा गुनासाहरू समाधान गर्ने र तेरो खातिर बदला लिइदिने गर्नुहुनेछैन। परमेश्वरमा विश्वास गरे पनि परमेश्वरलाई नचिन्ने तर असल काम गर्नेहरू—के ती सबैलाई पनि सजाय दिइँदैन र? तँ केवल परमेश्वरमा विश्वास गर्छस्, तेरो विरुद्धमा गरिएका गलत कार्यहरूका निम्ति परमेश्वरले प्रतिकार गरिदिऊन् र बदला लिइदिऊन् भन्ने मात्रै चाहन्छस् र परमेश्वरले तँलाई तेरो त्यो दिन दिऊन् भन्ने चाहन्छस्, जुन दिन तँ अन्ततः आफ्नो शिर ठाडो गर्न सक्नेछस्। तर तँ सत्यलाई ध्यान दिन अस्वीकार गर्छस्, न त सत्यमा जिउने तृष्णा नै गर्छस्। तँ यो कठिन, रित्तो जीवनबाट बाहिरिन सक्ने त कुरै नगरौँ। बरु, देहमा जिउने र पापको जीवन बिताउने क्रममा, तैँले तँमाथि भएका अन्यायहरूको बारेमा उहाँले सुनुवाइ गरिदिऊन् र तेरो अस्तित्वको कुहिरो हटाइदिऊन् भनी परमेश्वरलाई अपेक्षाको साथ हेर्छस्। तर के यो सम्भव छ र? यदि तँसँग सत्य छ भने, तैँले परमेश्वरलाई पछ्याउन सक्छस्। यदि तँ जिएको छस् भने, तँ परमेश्वरको वचनको अभिव्यक्ति हुन सक्छस्। यदि तँमा साँचो जीवन छ भने, तैँले परमेश्वरको आशिष् प्राप्त गर्नेछस्। जोसँग सत्य छ उसले परमेश्वरको आशिष् प्राप्त गर्न सक्छ। परमेश्वरलाई पूर्ण हृदयले प्रेम गर्ने र कठिनाइ एवं संकष्ट सहनेहरूका लागि उहाँले परिपूर्ति सुनिश्चित गर्नुहुन्छ, तर केवल आफूलाई मात्र प्रेम गर्ने र शैतानको छलको शिकार भएकाहरूका लागि भने त्यस्तो परिपूर्ति सुनिश्चित गर्नुहुन्न। सत्यलाई प्रेम नगर्नेहरूमा कसरी असलपन हुन सक्छ? केवल देहलाई प्रेम गर्नेहरूमा कसरी धार्मिकता हुन सक्छ? के धार्मिकता र असलपनको कुरा सत्यको सन्दर्भमा मात्र गरिँदैन र? के ती कुरा पूर्ण हृदयले परमेश्वरलाई प्रेम गर्नेहरूका लागि मात्र आरक्षित गरिएका छैनन् र? जसले सत्यलाई प्रेम गर्दैन र जो केवल दुर्गन्धित लास मात्र हो—के यस्ता सबै व्यक्तिहरूले आफूभित्र दुष्टता पाल्दैनन् र? जो सत्यमा जिउन सक्दैन—के त्यस्ता व्यक्तिहरू सबै नै सत्यका शत्रु होइनन् र? अनि, तिमीहरूचाहिँ कस्ता छौ नि?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्
के परमेश्वरको अघि एक सन्त वा एक धर्मी व्यक्तिको रूपमा सिद्ध तुल्याइन सजिलो छ? “यस पृथ्वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्” भन्ने कथन साँचो हो। जब तिमीहरू परमेश्वरको अघि आउँछौ, तब तिमीहरूले आफ्नो हरेक वचन र कार्य, आफ्नो हरेक विचार र सोचाइ, र तिमीहरूले हरेक दिन देख्ने सपनाहरूको बारेमा विचार गर—यो सबै तिमीहरूको आफ्नै खातिर हो। के यो मामिलाको साँचो अवस्था होइन र? “धार्मिकता” को अर्थ अरूलाई दान दिनु होइन, यसको अर्थ आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नु होइन, र यसको अर्थ झैझगडा र विवादहरू वा लुटपाट र चोरीबाट टाढा रहनु होइन। धार्मिकताको अर्थ परमेश्वरको आदेशलाई आफ्नो कर्तव्यको रूपमा ग्रहण गर्नु र परमेश्वरको व्यवस्था र प्रबन्धलाई आफ्नो निम्ति स्वर्गबाट ठहराइएको कर्तव्यको रूपमा लिनु र परमेश्वरमा समर्पित हुनु हो, समय र स्थानको पर्वाह नगरिकन प्रभु येशूले गर्नुभएजस्तै गर्नु हो। परमेश्वरले भन्नुभएको धार्मिकता यही हो। लोतलाई धर्मी भन्न सकिन्छ किनकि उनले आफ्नो नाफा र नोक्सानीको विचार नगरिकन परमेश्वरले पठाउनुभएका दुई स्वर्गदूतहरूलाई बचाएका थिए; उनले त्यस बेला जे गरेका थिए, त्यसलाई धर्मी भन्न सकिन्छ तर उनलाई धर्मी मानिस भन्न सकिँदैन। लोतले परमेश्वरलाई देखेका हुनाले उनले स्वर्गदूतहरूका सट्टामा आफ्नी दुई छोरीहरू दिएका थिए तर विगतमा उनले गरेका सबै व्यवहारहरू धार्मिकता सुहाउँदो थिएनन्। त्यसैले म भन्छु “यस पृथ्वीमा कोही पनि धर्मी छैन।” पुनर्स्थापनाको प्रवाहमा रहेकाहरू मध्येका कसैलाई पनि धर्मी भन्न सकिँदैन। तेरो कार्य जतिसुकै असल भए तापनि, तैँले जतिसुकै परमेश्वरको नाउँको महिमा गरेको देखिए तापनि, तैँले अरूलाई हिर्काउने र सराप्ने नगरे पनि, अनि अरूबाट चोर्ने वा लुट्ने नगरे पनि, तँलाई धर्मी भन्न सकिँदैन, किनकि सामान्य व्यक्तिले यस्तो कार्य गर्न सक्छ। अहिले यहाँ मुख्य कुरो चाहिँ तैँले परमेश्वरलाई चिनेको छैनस् भन्ने नै हो। यति मात्र भन्न सकिन्छ कि अहिले तँसँग अलिकति मात्र सामान्य मानवता छ, तर परमेश्वरले भन्नुभएको धार्मिकताका तत्त्वहरू छैनन्, त्यसैले तैँले गर्ने कुनै पनि कुराले तैँले परमेश्वरलाई चिनेको छस् भन्ने कुरा प्रमाणित गर्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुष्टलाई निश्चय नै दण्ड दिइनेछ
तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (या पति), छोरा-छोरीहरू, र अभिभावकहरू प्रति असाधारण रूपमा मिलनसार र समर्पित छस् होला र कहिल्यै पनि अरूको फाइदा उठाएको छैनस् होला, तर यदि तँ ख्रीष्ट अनुरूप हुन सक्दैनस्, यदि तँ उहाँसँगको एकतामा अन्तरक्रिया गर्न सक्दैनस् भने तैँले आफ्ना छिमेकीहरूको राहतका निम्ति आफ्नो सबथोक अर्पण गर्छस् या आफ्नो बुवा, आमा, र तेरो घरका सदस्यहरूलाई सावधानीपूर्वक हेरचाह नै गरेको छस् भने पनि, म त भन्छु तँ अझै पनि खराब व्यक्ति होस्, साथै धूर्त छलहरूले भरिएको छस्। तँ अरूसँग मिल्छस् या केही असल कार्य गर्छस् भन्दैमा तँ ख्रीष्ट अनुरूप छस् भन्ने नसोच्। के तेरो परोपकारी अभिप्रायले स्वर्गका आशिषहरू ल्याउन सक्छ भन्ने तँलाई लाग्छ? के केही असल कार्यहरू गर्नु तेरो समर्पणको विकल्प हो भन्ने तँलाई लाग्छ? तिमीहरूमध्ये एक जनाले पनि काटछाँट स्वीकार गर्न सक्दैनौ, र तिमीहरूले परमेश्वरप्रतिको आफ्नो समर्पणको तुरही निरन्तर रूपमा फुकिरहे पनि तिमीहरू सबैलाई ख्रीष्टको सामान्य मानवता अँगाल्न मुस्किल हुन्छ। तँमा भएको जस्तो विश्वासले एउटा उचित दण्ड ल्याउनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्ट अनुरूप नभएकाहरू निश्चय नै परमेश्वरका विरोधीहरू हुन्
हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्वरका धर्मी विश्वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्