६. म परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छु, तर म अझै जवान छु, मैले मेरो परिवार र मेरो जीवनचर्याका लागि कडा मेहनत गर्नुपर्छ, र मैले गर्न चाहेका कुराहरू अझ पनि धेरै छन्। यदि बुढेसकालसम्म पर्खेँ र परमेश्‍वरमा विश्‍वास गर्ने समय पाएँ भने के अझै पनि म मुक्ति पाउनेछु?

सन्दर्भका लागि बाइबलका पदहरू:

“यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)

परमेश्वरका सान्दर्भिक वचनहरू:

मेरो आत्माले महान् काम गर्ने समय, र अन्यजाति राष्ट्रहरूमाझ मैले मेरो काम सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सबै सृजित प्राणीहरू प्रत्येकलाई तिनीहरूको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो रूपमा अगाडि बढ्न सकोस् र त्यो नतिजाहरू हासिल गर्न अझ बढी सक्षम होस्। त्यसैले, म तँबाट के माग गर्छु भने अझै पनि तैँले आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर्‌, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तैँले स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा हेर्, र तँ आफ्नो सम्पूर्ण मेहनत मेरो काममा समर्पित गर्, ताकि यसले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्‌। यो कुरा तैँले बुझ्नैपर्छ। आपसमा झगडा गर्ने, निस्केर जाने बाटो खोज्ने, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा ढिलाइ नहोस्। तँलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तँमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र? तैँले आज लोभी रूपमा आनन्द लिने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्काउन कठिन हुने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाक्लो कुहिरोभित्र छिरेर सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

मेरा वचनबाहिर जिउनेहरू, परीक्षाको संकष्टदेखि भाग्‍नेहरू, के तिनीहरू सबै संसारमा यता-उता बरालिरहँदैनन् र? तिनीहरू शरद्का पातहरूझैँ एक ठाउँमा नबसी घरी यता, घरी उता सलबलाउँछन्, मेरा सान्त्वनाका वचनहरूको त कुरै नगरौं। मेरो सजाय र शोधनले तिनीहरूलाई नपछ्याए तापनि के तिनीहरू एक ठाउँदेखि अर्को ठाउँमा, स्वर्गको राज्य बाहिरका सडकहरूमा भौतारिने भिखारीहरू होइनन् र? के संसार साँच्चै तेरो विश्राम स्थल हो त? के तैँले मेरो सजायलाई पन्छाएर साँच्चै नै यस संसारबाट सन्तुष्टिको सबैभन्दा मन्द मुस्कान प्राप्त गर्न सक्छस्? के तैँले तेरो क्षणिक आनन्दलाई तेरो हृदयको लुकाउन नमिल्ने रिक्ततालाई ढाक्नको निम्ति प्रयोग गर्न सक्छस्? तैँले तेरो परिवारका सबैलाई मूर्ख बनाउन सक्लास्, तर तैँले मलाई कहिल्यै पनि मूर्ख बनाउन सक्दैनस्। तेरो विश्‍वास अत्यन्तै थोरै भएको कारण आजको दिनसम्म पनि तँमा जिन्दगीले दिने आनन्द पत्ता लगाउने शक्ति छैन। म तँलाई आग्रह गर्छु: मानिसले सहन नसक्‍ने दुःख सहेर सम्पूर्ण जीवन मामुली र देहको निम्ति व्यस्त रहनुभन्दा मेरो निम्ति इमान्दारीपूर्वक आधा जीवन जिउनु तेरो लागि असल हुन्छ। मेरो सजायबाट भागेर आफैलाई जोगाउनुको उद्देश्य के छ र? मेरो क्षणिक सजायबाट लुकेर अनन्तको लज्जा, अनन्तको सजायको कटनी गर्नुको के अर्थ छ र? वास्तवमा म कसैमाथि पनि मेरा मागहरू जबरजस्ती थोपर्दिनँ। यदि कोही मेरा सबै योजनाहरूप्रति साँचो रूपमा समर्पित हुने इच्छा गर्छ भने, तिनीहरूसँग म तुच्छ व्यवहार गर्नेछैन। तर सबै मानिसहरूले ममाथि विश्‍वास गर्नुपर्छ, जसरी अय्यूबले म, यहोवामाथि विश्‍वास गरे। यदि तिमीहरूको विश्‍वासले थोमाको विश्‍वासलाई जित्छ भने तिमीहरूको विश्‍वासले मेरो प्रशंसा प्राप्त गर्नेछ, तिमीहरूको निष्ठामा तिमीहरूले मेरो परमानन्द पाउनेछौ र तिमीहरूका दिनमा तिमीहरूले मेरो महिमा पक्कै पाउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति हुनुको अर्थ के हो

दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि फेरिफेरि अध्ययन गर्न सक्छौ। तर, मेरो दिन योभन्दा ढिलो हुनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको अन्त्य प्रकट भएको छ, र महाविपत्ति चाँडै आउनेछ। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्‍त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ। अबदेखि शङ्का नगर! तिमीहरू यी कुरालाई गम्भीरतापूर्वक लिन एकदमै डराएका छौ, होइन र?

कति दयनीय! कति दरिद्र! कति अन्धो! मानिसहरू कति निर्दयी हुन्छन्! तिमीहरू वास्तवमा मेरो वचनका निम्ति कान थुन्छौ—के म तिमीहरूसँग व्यर्थमा बोलिरहेको छु? तिमीहरू अझै पनि अति अल्छे छौ—किन? किन त्यसो भयो? के तिमीहरूमा कहिल्यै यस्तो विचार आएन? म कसका लागि यी कुराहरू भन्छु? ममा विश्‍वास गर! म तिमीहरूको मुक्तिदाता हुँ! म तिमीहरूको सर्वशक्तिमान् जन हुँ! जागा रहो! जागा रहो! गएको समय फेरि कहिल्यै फर्केर आउँदैन—यो कुरालाई याद राख! पछुतोलाई निको पार्ने औषधि संसारमा कहीँ छैन! त्यसकारण, मैले तिमीहरूसँग कसरी बोल्‍नुपर्छ? के मेरो वचन तिमीहरूका लागि होसियारीपूर्ण र बारम्बार विचार गरिन योग्य छैन? तिमीहरू मेरो वचनप्रति कति बेपरवाह छौ र आफ्‍नो जीवनप्रति कति अजिम्‍मेवार छौं; म यसलाई कसरी सहन सक्छु? कसरी सक्छु?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३०

मानिसले ज्ञान सिक्‍ने प्रक्रियामा, शैतानले सबै किसिमका विधिहरू प्रयोग गर्छ, चाहे यो कथाहरू सुनाउने, उसलाई ज्ञानका केही अलगअलग टुक्राहरू दिने होस्, वा उसलाई आफ्ना चाहना वा महत्त्वाकाङ्क्षाहरू पूरा गर्न दिने होस्। शैतान उसई कुन बाटोमा डोर्‍याउन चाहन्छ? मानिसहरूले ज्ञान सिक्‍नु गलत होइन, यो पूर्ण रूपमा प्राकृतिक कुरा हो भन्‍ने ठान्छन्। यसलाई आकर्षक तरिकाले भन्दा, उच्‍च आकाङ्क्षाहरू पाल्नु वा महत्त्वाकाङ्क्षाहरू राख्‍नु भनेको इच्‍छाशक्ति हुनु हो, र जीवनको सही मार्ग यही नै हुनुपर्छ। यदि मानिसहरूले आफ्‍ना आकाङ्क्षाहरू पूरा गर्न सक्छन्, वा सफलतापूर्वक करियर बनाउन सक्छन् भने, के यो तिनीहरूका लागि वैभवशाली जिउने तरिका होइन र? यी कुराहरू गरेर, व्यक्तिले आफ्‍ना पुर्खाहरूलाई सम्‍मान गर्ने मात्रै होइन, इतिहासमा आफ्‍नो छाप छोडेर जाने मौका पनि पाउँछ—के यो असल कुरा होइन र? सांसारिक मानिसहरूको नजरमा यो असल कुरा हो, र तिनीहरूको लागि यो उचित र सकारात्मक हुनुपर्छ। तैपनि, के शैतानले कुटिल मनसायहरूद्वारा मानिसहरूलाई यस प्रकारको मार्गमा लगेपछि त्यो त्यतिमै सकिन्छ र? अवश्य नै सकिँदैन। वास्तवमा, मानिसका आकाङ्क्षाहरू जति नै भव्य भए पनि, मानिसका चाहनाहरू जति नै वास्तविक वा ती जति नै न्यायसङ्गत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा, अपरिहार्य रूपमा दुईवटा शब्‍दसँग जोडिएको हुन्छ। यी दुई शब्‍द हरेक व्यक्तिका लागि जीवनभर अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्‍द के-के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतानले मानिसहरूलाई अनजानमै त्यसका उपाय र बाँच्ने नियमहरू स्विकार्ने, जीवनका लक्ष्य र जीवनका दिशा विकास गर्ने, र जीवनप्रतिका आकाङ्क्षाहरू विकास गर्ने तुल्याउनका लागि अत्यन्तै सौम्य विधि प्रयोग गर्छ, त्यस्तो विधि जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्छ, जुन त्यति उग्र हुँदैन। मानिसहरूका जीवनका आकाङ्क्षाहरूका बयानहरू जति उच्च सुनिने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्ति को वरिपरि घुमिरहेका। कुनै पनि महान् वा चर्चित व्यक्तिले—वा वास्तवमा कुनै पनि व्यक्तिले—जीवनभर पछि लाग्ने कुराहरू यी दुई शब्‍दहरू “ख्याति” र “प्राप्ति” सँग मात्रै सम्बन्धित हुन्छन्। मानिसहरू ख्याति र प्राप्ति पाएपछि तिनीहरूसँग उच्‍च हैसियत र ठूलो धनको आनन्द लिन, र जीवनको आनन्द लिन पूँजी हुन्छ भन्‍ने सोच्छन्। तिनीहरू ख्याति र प्राप्ति पाएपछि तिनीहरूसँग आनन्द खोज्न र बेकाबु देहसुखमा लाग्‍नका लागि पूँजी हुन्छ भन्‍ने सोच्छन्। मानिसहरूले चाहना गर्ने यो ख्याति र प्राप्तिका खातिर, तिनीहरू खुसीसाथ र अनजानमै आफ्‍नो तन, मन, साथै आफ्ना भविष्य र भाग्यलगायतका आफूसँग भएका सबै कुरासमेत शैतानलाई सुम्पन्छन्। तिनीहरू पूरा निष्कपटताका साथ, एकछिन पनि शङ्का नगरी, र कुनैबेला आफूसँग भएका सबै कुरा फिर्ता ल्याउनुपर्छ भन्ने थाहै नपाई त्यसो गर्छन्। मानिसहरूले आफूलाई यसरी शैतानसामु सुम्पिएर तिनीहरू त्यसप्रति बफादार बनिसकेपछि के तिनीहरूले आफैमाथि कुनै नियन्त्रण राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र न्यायवान् छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने मानिसहरूका लागि ख्याति र प्राप्तिको लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; यी त्यस्ता कुरा हुन् जसलाई मानिसहरूले आफ्‍नो जीवनभरि र अनन्तसम्‍म पनि नपछ्याइ रहन सक्दैनन्। खास अवस्था यही होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

शैतानले मानिसका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, मानिसहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ। तिनीहरू ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कष्ट भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन् र गह्रौँ बोझहरू वहन गर्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र ख्याति र प्राप्तिकै लागि हरेक फैसला वा निर्णय गर्छन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ कदम-कदम गर्दै अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरले उहाँको देखा पराइको तृष्णा गर्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका आज्ञा नबिर्सनेहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्‍वरमा अर्पित गर्छस्, कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्‍वरले तँलाई कृपाका साथ हेर्नुहुनेछ, र तँमाथि आशिष् बर्साउनुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्‍वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा धर्मी प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्‍वरद्वारा घृणित समेत हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर तँ जति नै उच्‍च पदमा भए पनि, यदि तँ आफ्नै कामहरू अघि बढाउन आफ्ना क्षमता र ज्ञान प्रयोग गर्छस् भने, तँ जहिले पनि असफल हुनेछस् र परमेश्‍वरका आशिष्‌हरूबाट सधैँ वञ्‍चित हुनेछस्, किनकि तैँले गर्ने कुनै पनि कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न, र तेरो काम न्यायवान् छ भनेर उहाँले अनुमोदन गर्नुहुन्न वा तैँले मानवजातिका फाइदाका लागि केही कार्य गरिरहेको छस् भनी मान्यता दिनुहुन्न। तैँले गर्ने सबै काम भनेको परमेश्‍वरले मानिसलाई दिनुहुने सुरक्षाबाट टाढा धकेल्न मानव ज्ञान र बल प्रयोग गर्नु हो, र त्यो परमेश्‍वरका आशिष्‌हरू इन्कार गर्नु हो भनी उहाँले भन्‍नुहुनेछ। तैँले मानवजातिलाई अँध्यारोतिर, मृत्युतिर र मानव परमेश्‍वरविहीन भएको र उहाँका आशिष गुमाएको असीमित अस्तित्वको सुरुआततिर लागिरहेको छस् भनी उहाँले भन्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस पाइला दर पाइला पतन र फर्कन नसक्‍ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ। यो कुरा कसैले कहिल्यै विचार गरेको छैन: परमेश्‍वरको हृदयलाई पूर्ण रूपमा छियाछिया बनाउने र दुष्‍टलाई खोज्न उहाँलाई त्याग्‍ने त्यस्तो मानवजाति कतातिर लागेको हुन सक्छ? यसैकारणले गर्दा नै कसैले पनि परमेश्‍वरको क्रोध महसुस गर्न खोज्दैन, कसैले पनि परमेश्‍वरलाई प्रसन्न पार्ने मार्ग खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, कसैले पनि परमेश्‍वरको शोक र पीडालाई बुझ्न खोज्दैन। परमेश्‍वरको आवाज सुनेपछि पनि, मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्‍वरबाट टाढा जान जिद कस्छ, परमेश्‍वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ, परमेश्‍वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ। र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने, परमेश्‍वरलाई अत्यन्तै अवहेलना गर्ने यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ? कसैलाई थाहा छैन कि परमेश्‍वरले मानिसलाई बारम्बार सम्झौटो र अर्ती दिनुहुने कारण के हो भने उहाँले आफ्नो हातमा एउटा अभूतपूर्व विपत्ति तयार पार्नुभएको छ, जुन मानिसको देह र प्राणलाई असह्य हुनेछ, यो विपत्ति देहका निम्ति दण्ड मात्र होइन, तर प्राणप्रति लक्षित हुन्छ। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्‍वरको योजना विफल हुन्छ, र उहाँका सम्झौटो र अर्तीहरूको कुनै प्रतिक्रिया दिइँदैन, तब उहाँले कस्तो क्रोध पोखाउनुहुनेछ? यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको र थाहा नपाएको किसिमको हुनेछ। त्यसैले म भन्छु, यो विपत्ति अभूतपूर्व छ, र कहिल्यै दोहोरिनेछैन। किनकि परमेश्‍वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्‍टि गर्नु र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो। यो पहिलो पटक र अन्तिम पटक पनि हो। त्यसकारण, परमेश्‍वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका विचारशील अभिप्रायहरू र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

अघिल्लो: ५. परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो हो, तर मलाई लाग्छ सबै धर्मले मानिसहरूलाई असल मानिस हुन सिकाउँछन्। त्यसैले मानिसहरूले जुनै धर्ममा विश्‍वास गरे पनि, त्यसले केही फरक पर्दैन, जबसम्म तिनीहरू इमानदार हुन्छन् र कुनै दुष्ट काम गर्दैनन्, तबसम्‍म परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछ?

अर्को: ७. कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रत्येक आइतबार मण्डलीमा उपस्थित हुनु, दान दिनु र परोपकारी हुन, अनि मण्डलीका क्रियाकलापहरूमा नियमित उपस्थित हुनु हो भनी सोच्छन्। यस्ता कुराहरू गरेर तिनीहरूले मुक्ति पाउन सक्छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। के त्यस्ता विचारहरू परमेश्‍वरको इच्छा अनुरूप छन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्