२. परमेश्‍वरलाई नदेखेका हुनाले, कतिपय मानिसहरू संसारमा परमेश्‍वर हुनुहुन्न भनी भन्छन्, जबकि अरूले परमेश्‍वरको अस्तित्वको गवाही दिन आफ्नो व्यक्तिगत अनुभवहरूको प्रयोग गर्छन्। परमेश्‍वर साँच्चै हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन, तब कसरी परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हामी निश्चय गर्न सक्छौं?

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको सारको ज्ञान तेरो कल्‍पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्‍वरको अख्तियारलाई जान्‍नको लागि तँ कल्‍पनामा भर पर्न नसक्‍ने हुँदा, तैँले कुन तरिकाले परमेश्‍वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्‍वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्‍वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो; कुनै पनि छोटो बाटो छैन। तिमीहरूलाई कल्‍पना नगर भनेर अनुरोध गर्नु भनेको तिमीहरूलाई सर्वनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्‍न लगाउनु, वा तिमीहरूलाई कुनै कुरा गर्नबाट रोक्‍नु भन्‍ने होइन। विचार गर्न र कल्‍पना गर्नको लागि तिमीहरूले आफ्‍नो मस्तिष्कको प्रयोग नगर्नु भनेको अनुमान गर्न तर्कको प्रयोग नगर्नु, विश्‍लेषण गर्न ज्ञानको प्रयोग नगर्नु, विज्ञानलाई आधारको रूपमा प्रयोग नगर्नु तर यसको सट्टा, परमेश्‍वरका वचनहरूद्वारा, सत्यताद्वारा, तैँले जीवनमा भोग्‍ने सबै कुराद्वारा नै तैँले विश्‍वास गर्ने परमेश्‍वरसँग अख्‍तियार छ भन्‍ने कुरालाई बुझ्‍नु, पुष्टि गर्नु, र प्रमाणित गर्नु, तेरो भाग्यमाथि उहाँको सार्वभौमिकता छ, र सबै समयको उहाँको शक्तिले उहाँ साँचो परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ भनी पुष्टि गर्नु हो। कुनै पनि व्यक्तिले परमेश्‍वरको बुझाइ हासिल गर्ने एक मात्र तरिका यही नै हो। कतिले यस उद्देश्यलाई हासिल गर्ने सरल तरिका भेट्टाउन चाहन्छ भनेर भन्छन्, तर के तिमीहरू त्यस्तो तरिकाको बारेमा विचार गर्न सक्छौ? म तँलाई बन्छु, विचार गर्नुपर्ने कुनै आवश्यकता छैन: अरू कुनै बाटो छैन! एउटै मात्र तरिका भनेको उहाँले व्यक्त गर्नुहुने हरेक वचन र उहाँले गर्नुहुने हरेक कार्यद्वारा परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विवेकशील र स्थिरताको साथ जान्‍नु र प्रमाणित गर्नु हो। परमेश्‍वरलाई जान्‍ने एउटै मात्र तरिका यही नै हो। किनभने परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र परमेश्‍वरको सबै थोक खोक्रो र रित्तो होइन, तर वास्तविक हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन गर्छन्, अनि एउटै अटुट नियमको पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूको कथाहरू लिएर जान्छन्, अनि जिउँदाहरूले नाश भएर जानेहरूकै उही दुःखद इतिहासलाई दोहोर्याउँछन्। त्यसकारण, मानिसले आफैलाई यो प्रश्‍न नगरी बस्‍न सक्दैन: हामी किन जिउँछौं? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारलाई नियन्त्रण गर्छ? अनि कसले यो मानवजातिलाई सृष्टि गर्‍यो? के मानवजातिलाई साँच्‍चै नै प्रकृति माताले नै रचेकी हुन् त? के मानवजातिले साँच्‍चै आफ्‍नो गन्तव्यलाई नियन्त्रण गर्न सक्छ? … मानवजातिले अटुट रूपमा हजारौं वर्षदेखि गर्दै आएका प्रश्‍नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्‍नहरूप्रति मानिस जति तल्‍लीन बनेको छ, विज्ञानको लागि उसमा त्यति नै बढी तृष्णा जागेको छ। विज्ञानले देहको लागि छोटो सन्तुष्टि र अस्थाई आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको एकान्तपन, एकलोपन, र त्यति लुक्‍न नसकेको आतङ्क र विवशताबाट मुक्त गर्नको लागि त्यो पर्याप्त छैन। आफ्‍नो हृदयलाई बेहोस बनाउनको लागि मानवजातिले आफ्‍नो नाङ्गो आँखाले देख्‍न सक्‍ने र उसको मस्तिष्कले बुझ्‍न सक्‍ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्‍न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ सो थाहै छैन, मानवजातिको सुरुवात र भविष्यको बारेमा जान्‍ने कुरा त परै जाओस्। मानवजाति यो नियमको बीचमा केवल विवशतापूर्वक जिउँछ। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्‍दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्‍तदेखि अनन्‍तसम्‍म रहनुहुने एक मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँ एक मात्र जन हुनुहुन्छ जसलाई मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्‍वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूलाई सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि जुटाउने र उसलाई पालनपोषण गर्ने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई हालको दिनसम्‍म डोर्याउने उहाँ नै हुनुहुन्छ। यसको साथै, मानवजातिले आफ्‍नो अस्तित्वको लागि भर पर्ने केवल उहाँ मात्रै हुनुहुन्छ। यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ र ब्रह्माण्डका सारा प्राणीहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ। चार ऋतुमाथि उहाँकै नियन्त्रण छ र बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई पर्वतहरू, तालहरू, अनि खोलानाला र ती भित्रका सारा प्राणीहरू दिँदै, स्वर्गहरू र पृथ्वीका जग बसाल्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र हरेकले उहाँको बुद्धि र अख्तियारलाई प्रकट गर्छ। उहाँको सार्वभौमिकताबाट आफैलाई कसले मुक्त गर्न सक्छ? अनि उहाँका योजनाहरूबाट कसले आफैलाई हटाउन सक्छ? सबै थोक उहाँकै नजरमा अस्तित्वमा हुन्छन्, र यसको साथै, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई स्वीकार गर्ने बाहेक कुनै विकल्‍प दिँदैन। उहाँ बाहेक कसैले पनि ब्रह्माण्डलाई नियन्त्रण गर्न सक्दैन, यो मानवजातिलाई अटुट रूपमा जुटाउने कुरा त परै जाओस्। तैँले परमेश्‍वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि वा नगरे पनि, तेरो गन्तव्य परमेश्‍वरले नै निर्धारण गर्नुहुन्छ भन्‍नेमा कुनै शङ्‍का छैन, र सबै थोकमाथि सँधै परमेश्‍वरकै सार्वभौमिकता हुन्छ भन्‍नेमा कुनै शङ्‍का छैन। उहाँको अस्तित्व र अख्तियार, तिनीहरुलाई मानवजातिले पहिचान गर्छ कि गर्दैन र बुझ्छ कि बुझ्दैन भन्‍ने आधारमा निर्धारित हुँदैन। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको गन्तव्यलाई निर्धारित गर्न सक्‍नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्‍नै आँखाले यो सबै देख्‍नेछ, र परमेश्‍वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्‍वरकै सामु मानवजाति जिउँछ र मर्छ। मानिस परमेश्‍वरको व्यवस्थापनको लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्‍ना आँखाहरू चिम्‍लन्छ, ती यही व्यवस्थापनकै लागि बन्द हुन्छन्। मानिस घरीघरी, अघि-पछि आउँछ, र जान्छ। कुनै अपवाद छैन कि यो सबै परमेश्‍वरको सार्वभौमिकता र उहाँको योजनाको भाग हो। परमेश्‍वरको व्यवस्थापन कहिल्यै अन्त्य भएको छैन; यो सदाकालसम्‍म अघि बढिरहन्छ। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत, उहाँको सार्वभौमिकतामाथि भरोसा गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। उहाँले हजारौं वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको उहाँको योजना, र काम यही नै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट उद्धृत गरिएको

तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको विधिको लागि तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरुआत गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ। मानिस अस्तित्वमा आएको दिनदेखि नै ब्रह्‍माण्डलाई व्यवस्थापन गरेर, सबै थोक परिवर्तन हुने नियमहरू र तिनीहरूका चालहरूको मार्गचित्र निर्देशन गर्दै परमेश्‍वरले काम गर्नुभएको छ। सबै थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठासपन, झरी र शीतले गुपचुप र अञ्‍जान रूपमा पोषण दिन्छ; सबै थोकहरू जस्तै, मानिस अन्जान रूपमा नै परमेश्‍वरको बाहुलीको व्यवस्थापनको मातहतमा जिउँछ। मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट उद्धृत गरिएको

उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्‍वरले सबै थोक सृष्टि गर्न वचनको प्रयोग गर्नुभयो। उहाँले तिनीहरूलाई जसरी सृष्टि गर्नुभए तापनि, उहाँले तिनीहरूलाई जुन कारणले सृष्टि गर्नुभए तापनि, सबै थोक परमेश्‍वरकै वचनको कारण हुन आए र दृढ भई खडा भए र अस्तित्वमा रहे; सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो। संसारमा मानवजाति देखा पर्नुभन्दा पहिलेको समयमा, सृष्टिकर्ताले मानवजातिको लागि सबै थोक सृष्टि गर्न आफ्‍नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो, र मानवजातिको लागि जिउने उपयुक्त वातावरण तयारी गर्नको लागि आफ्‍नो अद्वितीय विधिहरूको प्रयोग गर्नुभयो। उहाँले गर्नुभएको सबै कुरा मानवजातिको तयारीको लागि थियो, जसले चाँडै नै उहाँको सास प्राप्त गर्न लागेको थियो। भन्‍नुको अर्थ, मानवजातिको सृष्टि गरिनुभन्दा पहिलेको समयमा, मानवजातिभन्दा फरक रहेका सबै प्राणीहरूमा, स्वर्गहरू, ज्योतिहरू, समुद्रहरू, र भूमि जस्ता ठूला कुराहरूमा, र पशु-प्राणी र चराचुरुङ्गीजस्ता साना कुराहरूमा, साथै नाङ्गो आँखाले देख्‍न नसकिने विभिन्‍न प्रकारका ब्याक्टेरिया लगायत कीरा-फट्याङ्ग्रा र सूक्ष्मजीवहरूमा परमेश्‍वरको अख्‍तियार प्रदर्शन गरिएको थियो। हरेकलाई सृष्टिकर्ताको वचनले जीवन दिएको थियो, सृष्टिकर्ताकै वचनको कारण हरेक सङ्ख्यामा वृद्धि भए, र उहाँकै वचनको कारण हरेक नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा जिए। तिनीहरूले सृष्टिकर्ताको सास प्राप्त नगरेका भए तापनि, तिनीहरूका विभिन्‍न रूप र संरचनाद्वारा नै तिनीहरूले सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन-शक्ति प्रदर्शन गरे; सृष्टिकर्ताले मानवजातिलाई दिनुभएको बोल्‍न सक्‍ने क्षमता तिनीहरूले प्राप्त नगरे तापनि, सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको तिनीहरूको जीवन व्यक्त गर्ने तरिका तिनीहरू प्रत्येकले प्राप्त गरे, जुन मानिसको भाषाभन्दा फरक थियो। सृष्टिकर्ताको अख्‍तियारले अचल देखिने भौतिक वस्तुलाई त्यो कहिल्यै हराएर नजाओस् भनेर जीवनशक्ति मात्र दिँदैन, तर उहाँले हरेक जीवित प्राणीलाई सन्तान पैदा गरेर वृद्धि हुने प्राकृतिक गुण पनि दिनुहुन्छ, ताकि तिनीहरू कहिल्यै हराएर नजाऊन्, ताकि सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको बाँच्‍ने सम्‍बन्धी नियम र सिद्धान्तहरूलाई तिनीहरूले एकपछि अर्को पुस्ता गर्दै हस्तान्तरण गर्दै जाऊन्। सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार जुन किसिमले प्रयोग गर्नुहुन्छ त्यसले वृहत् वा सूक्ष्‍म दृष्टिकोणलाई कठोरताको साथ पालना गर्दैन, र यो कुनै पनि रूपमा सीमित छैन; उहाँले ब्रह्माण्डका कार्यवाहीहरूलाई आदेश दिन र सबै थोकको जीवन र मृत्युमाथि सार्वभौमिकता राख्‍न सक्‍नुहुन्छ, यसको साथै, सबै थोकले उहाँकै सेवा गरून् भनेर तिनलाई मिलाउनुहुन्छ; उहाँले पहाड-पर्वत, नदीनाला, र तालतलैयाले कसरी काम गर्छन् तिनलाई व्यवस्थापन गर्न, र तिनीहरूभित्र भएका कुराहरूलाई शासन गर्न सक्‍नुहुन्छ, त्यस बाहेक, उहाँ सबै थोकलाई जे चाहिन्छ त्यो प्रदान गर्न सक्‍नुहुन्छ। मानवजाति बाहेक सबै थोकको बीचमा सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको प्रकटीकरण यही नै हो। त्यस्तो प्रकटीकरण जीवनकालको लागि मात्रै होइन; यो कहिल्यै सकिँदैन, न त यसले विश्राम नै गर्छ, र यसलाई कुनै पनि व्यक्ति वा थोकले परिवर्तन गर्न वा क्षति पुर्‍याउन सक्दैन, न त कुनै पनि व्यक्ति वा थोकले यसलाई थप्‍न वा घटाउन नै सक्छ—किनभने कसैले पनि सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन, त्यसकारण सृष्टिकर्ताको अख्‍तियारलाई सृष्टि गरिएको कुनै पनि प्राणीले प्रतिस्थापन गर्न सक्दैन; सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई प्राप्त गर्न सक्दैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

यस मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले नै, आकाशमण्डल—स्वर्गमा भएका सबै ग्रहहरू र ताराहरू—पहिले नै अस्तित्वमा थिए। बृहत् स्तरमा, यी स्वर्गीय पिण्डहरू परमेश्‍वरको नियन्त्रणमा रही आफ्‍ना अस्तित्वको लागि नियमित रूपमा परिक्रमा गरिरहन्छन्, चाहे त्यो जति नै वर्ष भइसकेको होस्। कुनै निश्‍चित समयमा कुन ग्रह कहाँ जान्छ; कुन ग्रहले कुन काम, र कहिले गर्छ; कुन ग्रहले कुन परिक्रमा पथमा चक्‍कर लगाउँछ, र कहिले यो हराउँछ वा प्रतिस्थापित हुन्छ—यी सबै कुराहरू सानोभन्दा सानो गल्तीविना नै अघि बढिरहन्छन्। ग्रहहरूको स्थान र तिनीहरूबीचको दूरीले निश्‍चित ढाँचालाई पछ्याउँछन्, र यी सबैलाई सटीक आँकडाद्वारा व्याख्या गर्न सकिन्छ; तिनीहरूले यात्रा गर्ने मार्ग, परिक्रमा पथको गति र ढाँचा, तिनीहरू विभिन्‍न स्थानमा रहने समय—यी सबैलाई विशेष नियमहरूद्वारा सटीक रूपमा गणना र व्याख्या गर्न सकिन्छ। युगौंदेखि ग्रहहरूले अलिकति दायाँ-बायाँ नगरिकन यी नियमहरू पालना गरेका छन्। तिनीहरूको परिक्रमा पथ वा तिनीहरूले पछ्याउने ढाँचालाई कुनै पनि शक्तिले परिवर्तन गर्न वा भङ्ग गर्न सक्दैन। तिनीहरूको चाल नियन्त्रण गर्ने विशेष नियमहरू र तिनीहरूलाई व्याख्या गर्ने सटीक आँकडा सृष्टिकर्ताको अख्‍तियारद्वारा पूर्वनिर्धारित गरिएका हुनाले, सृष्टिकर्ताको सार्वभौमिकता र नियन्त्रण अन्तर्गत तिनीहरूले आफ्‍नै तरिकाले यी नियमहरूको पालना गर्छन्। बृहत् स्तरमा, मानिसले केही ढाँचा, केही आँकडा, र केही अनौठा र व्याख्या गर्न नसकिने नियम वा प्रक्रियाहरूलाई पत्ता लगाउनु कठिन छैन। परमेश्‍वरको अस्तित्वलाई मानवजातिले स्वीकार गर्दैन न त सृष्टिकर्ताले सबै थोक बनाउनुभयो र तीमाथि उहाँकै प्रभुत्व छ भन्‍ने नै स्वीकार गर्छ, साथै उसले सृष्टिकर्ताको अख्‍तियारको अस्तित्वलाई पहिचान गर्दैन, तथापि मानव वैज्ञानिक, खगोलशास्त्री, र भौतिकशास्‍त्रीहरूले ब्रह्माण्डमा यावत् थोकको अस्तित्व, र तिनीहरूको चाललाई निर्धारण गर्ने सिद्धान्त र ढाँचाहरू सबैलाई व्यापक र अदृश्य अन्धकारका उर्जाले शासन गर्दै नियन्त्रण गरेको छ भन्‍ने कुरालाई झन्-झन् बढी पत्ता लगाइरहेका छन्। यो तथ्यले मानिसलाई यी चालका ढाँचाहरूको बीचमा सबै कुरालाई योजनाबद्ध गर्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने कुराको सामना र स्वीकार गर्न बाध्य गर्छ। उहाँको शक्ति असाधारण छ, अनि उहाँको साँचो मुहारलाई कसैले देख्‍न नसके पनि, उहाँले हरेक क्षणमा हरेक कुरालाई शासन र नियन्त्रण गर्नुहुन्छ। उहाँको सार्वभौमिकताको स्तरमा कुनै पनि मानिस वा शक्ति पुग्न सक्दैन। यो तथ्यलाई ध्यानमा राख्दै, यावत् थोकको अस्तित्व शासन गर्ने नियमहरूलाई मानिसले नियन्त्रण गर्न सक्दैन, कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन भन्‍ने कुरालाई मानिसले पहिचान गर्नुपर्छ; मानिसले यी नियमहरूलाई पूर्ण रूपमा बुझ्‍न सक्दैन, र ती प्राकृतिक रूपमा नै भइरहेका हुँदैनन्, तर सार्वभौमबाट नियन्त्रित हुन्छन् भन्‍ने कुरालाई पनि उसले स्वीकार गर्नैपर्छ। यी सबै नै मानवजातिले बृहत् स्तरमा बुझ्‍न सक्‍ने परमेश्‍वरको अख्‍तियारका अभिव्यक्तिहरू हुन्।

सूक्ष्‍म स्तरमा, मानिसले पृथ्वीमा देख्‍न सक्‍ने सारा पहाड-पर्वत, नदी-नाला, ताल-तलैया, समुद्र अनि ठूला भूमिहरू, उसले अनुभव गर्ने सबै ऋतु, वनस्पति, पशु-प्राणी, सूक्ष्‍म जीव, र मानिस लगायत पृथ्वीमा बसोबास गर्ने सबै थोक परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणको अधीनमा छन्। परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणमा, उहाँकै सोचहरू अनुसार सबै थोक अस्तित्वमा आउँछन् वा हराउँछन्; तिनीहरूको अस्तित्वलाई शासन गर्ने नियमहरू उत्पन्‍न हुन्छन्, अनि त्यही नियमहरूलाई पालना गर्दै तिनीहरू बढ्छन् र फैलिन्छन्। कुनै पनि मानवजाति वा थोक यी नियमहरूभन्दा माथि छैन। किन यसो भयो? एउटै मात्र उत्तर यही हो: यो परमेश्‍वरको अख्‍तियारको कारणले गर्दा हो। अथवा, अर्को तरिकाले भन्दा, यो परमेश्‍वरको सोच र परमेश्‍वरको वचनहरूले गर्दा भएको हो; परमेश्‍वर स्वयम्‌को व्यक्तिगत कार्यहरूको कारणले गर्दा हो। यसको अर्थ के हो भने यी नियमहरूलाई उत्पन्‍न गर्ने परमेश्‍वरको अख्‍तियार र परमेश्‍वरको मन हुन्, जुन उहाँका सोचहरू अनुसार स्थानान्तरण र परिवर्तन हुन्छन्, अनि उहाँकै योजनाको खातिर स्थानान्तर र परिवर्तन हुन्छन् वा हराएर जान्छन्। उदाहरणको लागि, महामारीलाई लिऊँ। कुनै पनि चेतावनीविना नै ती फैलिन्छन्। तिनको उत्पत्ति कहाँ भयो वा त्यसो हुनुको कारण के हो सो कसैलाई थाहा हुँदैन, र जब महामारी कुनै निश्‍चित स्थानमा पुग्छ, अभिशप्त भइसकेकाहरू त्यो विपत्तिबाट उम्कन सक्दैनन्। महामारीहरू घातक वा हानिकारक जीवाणुहरूको फैलावटको कारण पैदा हुन्छन् भन्‍ने मानव विज्ञानले बुझ्छ, र तिनीहरूको गति, सर्ने क्षेत्र, र विधिलाई मानव विज्ञानले अनुमान वा नियन्त्रण गर्न सक्दैन। मानिसहरूले सम्‍भव भएको हरेक माध्यमद्वारा महामारीलाई रोक्‍ने भए तापनि, यो फैलिएपछि कुन-कुन मानिसहरू वा पशु-प्राणीलाई निश्चित रूपमा प्रभाव पार्छ भन्‍ने कुरालाई तिनीहरूले नियन्त्रण गर्न सक्दैनन्। मानिसहरूले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको, त्यसको रोकथाम गर्ने, प्रतिरोध गर्ने र त्यसको अनुसन्धान गर्ने मात्रै हो। तर कुनै पनि व्यक्तिगत महामारीको सुरुवात वा अन्त्यको मूल कारण कसैलाई पनि थाहा हुँदैन, र कसैले पनि तिनलाई नियन्त्रण गर्न सक्दैन। महामारीको सुरुवात र फैलावटको सामना गर्न थालेपछि, मानिसहरूले अपनाउने सुरुवाती उपाय खोपको विकास गर्नु हो, तर खोप तयार हुनुभन्दा पहिले नै महामारी प्रायजसो आफै हराएर जान्छ। महामारीहरू किन आफै हराएर जान्छन्? कतिपयले किटाणुहरूलाई नियन्त्रणमा ल्याइयो भनेर भन्छन्, अरूले मौसम परिवर्तनको कारण ती मरेर जान्छन् भनेर भन्छन्…। यी अनेक किसिमका अनुमानहरू न्यायसङ्गत भए पनि नभए पनि, विज्ञानले कुनै व्याख्या दिन सक्दैन र कुनै सटीक उत्तर दिन सक्दैन। मानवजातिले यी अनुमानहरूलाई मात्रै होइन, तर महामारीहरू सम्‍बन्धी मानवजातिको बुझाइको कमी र डरलाई पनि महत्त्वपूर्ण ठान्‍नुपर्छ। अन्तिम विश्‍लेषणमा, किन महामारीहरू सुरु हुन्छन् वा ती किन अन्त्य हुन्छन् भन्‍ने कसैलाई थाहा हुँदैन। मानवजातिले विज्ञानमा मात्रै विश्‍वास गर्ने, यसमा मात्रै पूर्ण रूपमा भरोसा गर्ने, र सृष्टिकर्ताको अख्‍तियारलाई पहिचान नगर्ने वा उहाँको सार्वभौमिकतालाई स्वीकार नगर्ने भएकाले, तिनीहरूले कहिल्यै पनि कुनै उत्तर पाउने छैनन्।

परमेश्‍वरको सार्वभौमिकता अन्तर्गत, उहाँको अख्‍तियार र उहाँको व्यवस्थापनको कारण नै यावत् थोक जन्‍मिन्छन्, जिउँछन्, र नाश हुन्छन्। कतिपय थोकहरू चुपचाप आउँछन् र जान्छन्, अनि मानिसले तिनीहरू कहाँबाट आए भनेर भन्‍न वा तिनले पछ्याउने ढाँचाहरूलाई बुझ्‍न सक्दैन, ती किन आए र गए त्यसको कारणहरू बुझ्‍नु त झनै सक्दैनन्। यावत् थोकमध्ये आउने र जाने कुराहरूलाई मानिसले आफ्‍नै आँखाले देख्‍न सक्‍ने, र आफ्‍नो कानले सुन्‍न सक्‍ने अनि उसको शरीरले अनुभव गर्न सक्‍ने भए तापनि; यी सबैले मानिसमा प्रभाव पार्ने भए पनि, र विभिन्‍न प्रक्रियाहरूको सापेक्षित असामान्यता, नियमितता वा अनौठोपनलाई समेत मानिसले अवचेतन रूपमा बुझ्‍ने भए तापनि, तिनको पछाडि के रहेको छ भन्‍ने उसलाई थाहा हुँदैन, जुन सृष्टिकर्ताको इच्‍छा र मन हो। यी प्रक्रियाका पछाडि धेरै कथाहरू छन्, विभिन्‍न गुप्त सत्यताहरू छन्। मानिस सृष्टिकर्ताबाट बरालिएर धेरै टाढा गएको हुनाले र सृष्टिकर्ताको अख्‍तियारले नै सबै थोक शासन गर्छ भन्‍ने तथ्यलाई उसले स्वीकार नगर्ने हुनाले, सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकता अन्तर्गत घट्ने सबै कुरालाई उसले कहिल्यै जान्‍ने र बुझ्‍ने छैन। अधिकांश विषयमा, परमेश्‍वरको नियन्त्रण र सार्वभौमिकताले मानिसको कल्‍पना, मानिसको ज्ञान, मानिसको बुझाइ, अनि मानिसको विज्ञानले प्राप्त गर्न सक्‍ने कुराको परिधिहरूलाई नाघ्‍छ; यो सृष्टि गरिएको मानवजातिको समझभन्दा बाहिर छ। केही मानिसहरू भन्छन्, “तपाईं आफैँ परमेश्‍वरको सार्वभौमिकताको साक्षी बसेको हुनुहुन्न भने, सबै कुरा उहाँकै अख्‍तियार अन्तर्गत छ भनेर तपाईं कसरी विश्‍वास गर्न सक्नुहुन्छ?” देख्‍नु भनेको सधैँ विश्‍वास गर्नु हो भन्‍ने होइन, न त यो सधैँ पहिचान गर्नु र बुझ्‍नु भन्‍ने नै हो। त्यसो भए, विश्‍वास कहाँबाट आउँछ त? म निश्चित भएर भन्‍न सक्छु, “कुराहरूको वास्तविकता र मूल कारणहरू सम्‍बन्धी मानिसहरूको बुझाइ, अनि अनुभवको मात्रा र गहिराइबाट नै विश्‍वास आउँछ।” यदि तपाईं परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्नुहुन्छ, तर तपाईंले यावत् थोकमाथिको परमेश्‍वरको नियन्त्रण र परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्‍नु त के पहिचान समेत गर्न सक्नुहुन्न भने, परमेश्‍वरमा यस प्रकारको अख्तियार छ र परमेश्‍वरको अख्तियार अद्वितीय छ भन्‍ने कुरालाई तपाईंको हृदयले कहिल्यै पनि स्वीकार गर्ने छैन। तपाईंले सृष्टिकर्तालाई कहिल्यै पनि साँचो रूपमा तपाईंको प्रभु र तपाईंको परमेश्‍वर भनी स्वीकार गर्नुहुने छैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट उद्धृत गरिएको

मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भनेर भन्छन्। तैपनि, म भन्छु परमेश्‍वरलाई चिन्‍नु त्यति कठिन कुरा होइन, किनभने मानिसले देखोस् भनेर परमेश्‍वरले बारम्‍बार आफ्‍ना कार्यहरू देखाउनुहुन्छ। मानवजातिसँगको आफ्‍नो कुराकानीलाई परमेश्‍वरले कहिल्यै पनि रोक्‍नुभएको छैन, अनि उहाँले आफूलाई मानिसबाट कहिल्यै पनि ढाक-छोप गर्नुभएको छैन, न त उहाँले आफैलाई लुकाउनु नै भएको छ। उहाँका सोचाइहरू, उहाँका विचारहरू, उहाँका वचनहरू अनि उहाँका कार्यहरू सबै नै मानवजातिका निम्ति प्रकट गरिन्छन्। त्यसकारण, जबसम्‍म मानिसले परमेश्‍वरलाई चिन्‍ने चाहना गर्छ, उसले उहाँलाई सबै किसिमका माध्यमहरू र तरिकाहरूबाट बुझ्‍न र चिन्‍न सक्छ। मानिसले परमेश्‍वर जानी-जानी ऊबाट टाढा हुनुभएको छ, परमेश्‍वरले जानी-जानी आफूलाई मानवजातिबाट लुकाउनुभएको छ, उहाँलाई बुझ्‍न र चिन्‍न मानिसलाई दिने कुनै अभिप्राय परमेश्‍वरसँग छैन भनेर अन्धाधुन्ध विचार गर्नुको कारण के हो भने, परमेश्‍वर को हुनुहुन्छ भन्‍ने कुरा उसलाई थाहा छैन, न त उसले परमेश्‍वरलाई बुझ्‍ने इच्‍छा नै गर्छ। त्योभन्दा पनि बढी, मानिसले सृष्टिकर्ताका विचारहरू, वचनहरू वा कार्यहरूप्रति चासो नै दिँदैन…। साँचो रूपमा भन्दा, सृष्टिकर्ताको वचन वा कार्यहरूलाई ध्यान दिन र बुझ्‍नको लागि यदि व्यक्तिले आफ्‍नो फुर्सतको समय मात्रै प्रयोग गर्छ भने पनि, र सृष्टिकर्ताका विचारहरू र उहाँको हृदयको आवाजलाई तिनीहरूले थोरै मात्रै ध्यान दिन्छन् भने पनि, सृष्टिकर्ताका विचारहरू, वचनहरू, र कार्यहरू स्पष्ट र पारदर्शी छन् भन्‍ने कुराको महसुस गर्न त्यो व्यक्तिलाई कठिनाइ हुनेछैन। त्यसरी नै, सृष्टिकर्ता सँधै मानिसको बीचमा हुनुहुन्छ, उहाँ सँधै मानिस र सम्पूर्ण सृष्टिसँग कुराकानी गर्नुहुन्छ, र उहाँले हरेक दिन नयाँ-नयाँ कार्यहरू गरिरहनुभएको छ भन्‍ने महसुस गर्न त्यति धेरै प्रयासको आवश्यकता पर्नेछैन। उहाँको सार र स्वभाव मानिससँगको उहाँको कुराकानीमा व्यक्त हुन्छन्; उहाँका सोचाइहरू र विचारहरूलाई पूर्ण रूपमा उहाँका कार्यहरूमा प्रकट गरिन्छन्; उहाँले मानवजातिलाई सँधैभरि साथ दिनुहुन्छ र अवलोकन गर्नुहुन्छ। उहाँले आफ्‍ना शान्त वचनहरूद्वारा मानवजाति र सारा सृष्टिसँग बोल्‍नुहुन्छ: “म स्वर्गहरूमा छु, अनि म मेरा सृष्टिको बीचमा छु। म नियालिरहेको छु; म पर्खिरहेको छु; म तेरो छेउमा छु…।” उहाँका हातहरू न्यानो र दह्रिला छन्; उहाँका पाइलाहरू हल्‍का छन्; उहाँको आवाज कोमल र सोभामय छ; सारा मानवजातिलाई अङ्गाल्दै, उहाँको रूप बितेर जान्छ र परिवर्तन हुन्छ; उहाँको मुहार सुन्दर र कोमल छ। उहाँ कहिल्यै छोडेर जानुभएको छैन, कहिल्यै हराउनुभएको छैन। दिन र रात, उहाँ मानवजातिको साथ कहिल्यै नछोड्ने अटुट मित्र हुनुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट उद्धृत गरिएको

परमेश्‍वरको अख्तियार अन्तर्गत हरेक व्यक्तिले उहाँका सार्वभौमिकता र बन्दोबस्तहरूलाई सक्रिय वा निष्क्रिय रूपमा स्वीकार गर्छ, अनि आफ्‍नो जीवनकालमा व्यक्तिले जसरी संघर्ष गरे पनि, व्यक्तिले जति वटा कुटिल मार्गहरू हिँडे पनि, आखिरमा तिनीहरू सृष्टिकर्ताले तिनीहरूका लागि कोर्नुभएको नियतिको परिक्रमा पथमा नै फर्कनेछन्। यो सृष्टिकर्ताको अख्‍तियारको अजेयता र उहाँको अख्तियारले ब्रह्माण्डलाई नियन्त्रण र शासन गर्ने तरिका हो। यही अजेयता, नियन्त्रण र शासनको यही स्वरूप नै ती नियमहरूको लागि जिम्मेवार छ जसले यावत् थोकको जीवनलाई नियन्त्रण गर्छन्, हस्तक्षेपविना नै बारम्‍बार मानिसहरूलाई पुनर्जन्‍म लिन दिन्छन्, अनि दिनहुँ, वर्षौंवर्ष संसारलाई नियमित रूपमा घुम्‍ने र अघि बढ्ने तुल्याउँछन्। तिमीहरूले यी सबै तथ्यहरूलाई देखेका छौ र सतही रूपमा भए पनि वा गहन रूपमा भए पनि तिमीहरूले तिनलाई बुझ्छौ, अनि तिमीहरूको बुझाइको गहिराइ सत्यतासम्‍बन्धी तिमीहरूको अनुभव र ज्ञान, र परमेश्‍वरसम्‍बन्धी तिमीहरूको ज्ञानमा निर्भर रहन्छ। तैँले सत्यताको वास्तविकतालाई कति राम्ररी जान्दछस्, तैँले परमेश्‍वरका वचनहरूलाई कति धेरै अनुभव गरेको छस्, तैँले परमेश्‍वरको सार र स्वभावलाई कति राम्ररी जान्दछस्—यी सबैले परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरू सम्‍बन्धी तेरो बुझाइको गहिराइलाई प्रतिनिधित्व गर्छन्। के परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूको अस्तित्व मानवजाति त्यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ? के परमेश्‍वरमा यो अख्‍तियार छ भन्‍ने तथ्य मानवजाति यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुराद्वारा निर्धारित हुन्छ? परिस्‍थितिहरू जस्तोसुकै भए पनि परमेश्‍वरको अख्तियार अस्तित्वमा रहन्छ। सबै परिस्थितिहरूमा, परमेश्‍वरले आफ्‍ना विचार र कामनाहरू अनुसार मानव नियति र सबै कुराहरूलाई नियन्त्रण र व्यवस्थित गर्नुहुन्छ। मानव परिवर्तनको परिणामस्वरूप यो परिवर्तन हुनेछैन; यो मानिसको इच्‍छाबाट स्वतन्त्र हुन्छ, समय, स्थान, र भूगोलमा आएको कुनै परिवर्तनले यसलाई हेरफेर गर्न सक्दैन, किनभने परमेश्‍वरको अख्तियार नै उहाँको सारतत्व हो। मानिसले परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍न र स्वीकार गर्न सक्छ कि सक्दैन, अनि यसमा मानिस समर्पित हुन सक्छ कि सक्दैन—यीमध्ये कुनै पनि विचारले मानव नियतिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई रत्तीभर परिवर्तन गर्न सक्दैन। भन्‍नुको अर्थ, परमेश्‍वरको सार्वभौमिकताप्रति मानिसले जस्तोसुकै मनोवृत्ति लिए तापनि, मानव नियति र यावत् थोकमाथि परमेश्‍वरकै सार्वभौमिकता छ भन्‍ने तथ्यलाई यसले परिवर्तन गर्नै सक्दैन। यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा समर्पित भइनस् भने पनि, तेरो भाग्यमाथि उहाँको नियन्त्रण रहिरहन्छ; तैँले उहाँको सार्वभौमिकतालाई जान्‍न सकिनस् भने पनि, उहाँको अख्‍तियार अस्तित्वमा रहिरहन्छ। परमेश्‍वरको अख्तियार अनि मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्य मानव इच्‍छाबाट स्वतन्त्र छन्, र मानिसका रुचि र निर्णयहरू अनुसार ती परिवर्तन हुँदैनन्। परमेश्‍वरको अख्तियार जहाँसुकै, जुनसुकै घडीमा, जुनसुकै क्षणमा हुन्छ। स्वर्ग र पृथ्वी मरेर जालान्, तर उहाँको अख्‍तियार कहिल्यै पनि मर्नेछैन, किनभने उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँसँग अद्वितीय अख्‍तियार छ, अनि उहाँको अख्‍तियार मानिसहरू, घटनाहरू, वा द्रव्यहरूद्वारा, स्थान वा भूगोलद्वारा प्रतिबन्धित वा सीमित छैन। सधैँभरि नै, परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्नुहुन्छ, आफ्‍नो शक्ति देखाउनुहुन्छ, उहाँले सधैँ गर्नुभएझैँ आफ्‍नो व्यवस्थापन कार्यलाई जारी राख्‍नुहुन्छ; सधैँभरि नै, उहाँले सधैँ गर्नुभएझैँ, यावत् थोकलाई शासन गर्नुहुन्छ, यावत् थोकको लागि बन्दोबस्त गर्नुहुन्छ, यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। तथ्य यही हो; अनन्त समयदेखि नै यो अपरिवर्तनीय सत्यको रूपमा रहिआएको छ!

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट उद्धृत गरिएको

अघिल्लो: १. मानिसहरूले किन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ?

अर्को: ३. मानिसहरूको देहको जीवन एकै क्षणमा, केही दशकमा समाप्त हुन्छ। पछाडि फर्केर हेर्दै, तिनीहरू आफ्नो जीवनलाई सम्झन्छन्: स्कूल गएको, काम गरेको, बिहे गरेको, छोराछोरी जन्माएको, मृत्यु पर्खेको, तिनीहरूको सम्पूर्ण जीवन परिवार, पैसा, हैसियत, सम्पत्ति र इज्जतको लागि व्यस्त बनेर यताउता दौडधूप गर्नुमा बितेको हुन्छ, मानव अस्तित्वको वास्तविक दिशा र उद्देश्यबाट पूर्ण रूपमा वञ्चित रहेको हुन्छ, र जीवित रहनुमा कुनै महत्त्व वा अर्थ पाउन सकेको हुँदैन। त्यसैले मानिसहरू एक पुस्तादेखि अर्को पुस्तासम्‍म यस्तो पीडादायक र खोक्रो तरिकाले जिउँछन्। किन मानिसहरूको जीवन यति पीडादायी र खोक्रो छ? र मानव अस्तित्वको पीडा र खोक्रोपनको समाधान कसरी गर्न सकिन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अध्याय ५

मेरो आत्माको आवाज मेरो स्वभावको सम्पूर्णताको अभिव्यक्ति हो। तिमीहरू बुझ्छौ? यस बुँदामा अस्पष्ट हुनु भनेको मलाई प्रत्यक्ष रूपमा विरोध गर्नु...

परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक दृढ विश्‍वास नै हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र...

गन्तव्यको सम्‍बन्धमा

जब-जब भाग्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्