२. चिनियाँ कम्युनिस्ट पार्टीले अनलाइनमा के जानकारी प्रसारित गरिरहेको छ भने, सुसमाचार फैलाउन र परमेश्‍वरको साक्षी दिनको लागि, सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले आफ्ना परिवारहरू र जागिरहरू त्याग्नुपर्छ। कतिपय मानिसहरू त आफ्नो जीवनभरि अविवाहित रहन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीले के भन्छ भने, तपाईंको विश्‍वासले परिवारहरूलाई नष्ट पार्दछ। के चिनियाँ कम्युनिस्ट पार्टीले भनेको कुरा सत्य हो?

उत्तर:

चिनियाँ कम्युनिस्ट पार्टी परमेश्‍वरको अस्तित्वलाई नकार्ने नास्तिक राजनीतिक दल हो जसले मार्क्स र शैतानवादमा विश्वास गर्दछ। यसको अहिलेसम्मको इतिहासमा यो परमेश्‍वरको विरोधी रहँदै आएको, सबै धार्मिक विश्वासहरूलाई सताउँदै आएको, र अनगिन्ती ख्रिस्चियनहरूलाई दुर्व्यवहार गर्दै आएको छ। यसले परमेश्‍वरमा विश्वास गर्नेहरूलाई आलोचना र बदनाम गर्नु स्वाभाविक हो; यो कुरा सत्यलाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्ने यसको प्रकृतिले नै निर्धारित गर्दछ। तर तपाइँहरू प्रभु येशूमा विश्वास गर्ने मान्छे हो—त्यसैले तपाइँहरू किन प्रभु येशूको वचनहरूलाई विश्वास नगरेर कम्युनिस्ट दलको भनाइहरूमा विश्वास गर्नुहुन्छ? के त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्वास गदर्छन्? परमेश्‍वरमा विश्वास गर्नेहरूका लागि सांसारिक वस्तु, परिवार, र देहको जीवनमा पुग्ने बाटोबारे प्रभु येशूको वचनहरू स्पष्ट छन्—त्यसैले तपाईंहरू अझै पनि किन ख्रिस्चियनहरूको आलोचना र निन्दा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीका झुटहरू र दियाबसली शब्दहरू सुन्नुहुन्छ? यहाँ त्यस्तो कुरा नै के छ? प्रभु येशूले स्पष्ट भन्नुभएको छ, “साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्यको खातिर आफ्‍नो घर, बाबुआमा, वा दाजुभाइ, वा पत्‍नी, वा छोराछोरी त्यागेको कुनै पनि मानिस छैन, जसले यस वर्तमान समयमा धेरै गुणा प्राप्त नगरोस्, र आउँदो संसारमा अनन्‍त जीवन नपाओस्(लूका १८:२९-३०)। “यदि कुनै मानिस मकहाँ आउँछ, र आफ्‍नो बाबु, र आमा, र पत्‍नी, र छोराछोरी, र दाजुभाइ-दिदीबहिनीलाई, अँ अनि, उसको आफ्‍नै जीवनलाई घृणा गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन(लूका १४:२६)। “तिमीहरूमध्येमा जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन(लूका १४:३३)। जब मानिसहरू प्रभुलाई पछ्याउनका खातिर आफ्नो परिवार र सांसारिक उल्झनहरू त्याग्छन्, यो पूर्णत: प्रभुको इच्छाअनुसार रहन्छ र यसलाई परमेश्‍वरद्वारा प्रशंसा गरिन्छ। अझै पनि धार्मिक संसारले प्रभु येशूको वचनहरूमा विश्वास नगरी कम्युनिस्ट दल जस्तो शैतान दियाबसलको शब्दहरूमा किन विश्वास गर्छ? किन यसले पवित्र आत्माका वचनहरूमा भरोसा गर्दैन? किन यसले ठूलो रातो अजिङ्गरको पक्षमा उभिएर परमेश्‍वरमा विश्वास गर्नेहरूको आलोचना र निन्दा गरिरहेको छ? यसले के देखाउँछ भने धार्मिक संसार परमेश्‍वरसँग एक मत छैन, तिनीहरू शैतानसँग मिलेर जालसाजी गर्छन्, र तिनीहरू गैरविश्‍वासी र ठूलो रातो अजिङ्गरको उत्पादन हुन् भन्ने देखाउन यो पर्याप्त छ!

धेरै शताब्दी पहिले, प्रभु येशूका शिष्य र चेलाहरूहरूले प्रभुलाई पछ्याउन आफ्नो परिवार र सबै सांसारिक उल्झनहरूलाई त्यागे, र उनीहरूले यो भूमिभर प्रभु येशूको सुसमाचार फैलाए र गवाही दिए। दुई हजार वर्षमा, अनगिन्ती धर्मनिष्ठ ख्रिस्चियनहरूले परिवार, विवाह, काम, र सांसारिक उल्झनहरू त्यागेका छन्, ठूलो लहरमा उनीहरूले निरन्तर प्रभुको लागि काम र प्रचार गरिरहे, यसरी प्रभु येशूको सुसमाचार पृथ्वीको कुना कुनासम्म फैलिएको छ। प्रभु येशूको काम र वचनहरूबाट तिनीहरूले केही सत्यताहरू बुझ्न र प्रभु येशू नै मानवजातिको उद्धारक हुनुहुन्छ भन्ने पहिचान गर्न सकेका छन्; र प्रभु येशूलाई स्वीकार गरेर, उहाँसमक्ष कबुल र पश्चाताप गरेर मात्र उनीहरूको पापको क्षमा हुन सक्छ र प्रभुले प्रदान गर्ने अनुग्रह र आशिष् प्राप्त गर्न सक्दछन्। तसर्थ, मानिसले प्रभु येशूबाट मुक्ति प्राप्त गरौं भनेर प्रभु येशूको वचनहरूको पालन गरेका छन्, सबथोक त्यागेर प्रभु येशूबाट गरिने मुक्तिको प्रचार गरेका र साक्षी बनेका छन्—परमेश्‍वरले यसलाई प्रशंसा र स्मरण गर्नुहुन्छ, र यो मानवजातिको सबैभन्दा धर्मी कार्य हो। त्यसैले ख्रिस्चियन धर्म र क्याथोलिक धर्ममा यो धेरै देखिन्छ। यस्तो व्यवहारलाई ख्रिस्चियनहरूले प्रशंसा र आदर गर्दछन्; धेरैका लागि यो अनुकरण गर्न लायक नमूना बनेको छ। अझै पनि चिनियाँ कम्युनिस्ट पार्टीले ख्रिस्चियनहरूलाई परमेश्‍वरमा विश्वास गर्न र सुसमाचार फैलाउन उनीहरूले गरेको परिवार र पेशाको त्यागले परिवारहरू बिगारेको छ भन्दै बदनाम र निन्दा गर्दछ। के यो प्रभु येशूको वचनहरूको इन्कार र निन्दा हैन र? के यो ती सबैको इन्कार र निन्दा हैन जसले पछिल्ला दुई हजार वर्षमा प्रभुको लागि काम र प्रचार गर्न सबथोक त्यागेका छन्? के यसले उनीहरुको समर्पण र त्यागलाई गलत हो भनी निन्दा गर्दैन र? के ख्रिस्चियन धर्म र क्याथोलिक धर्ममा यस्ता मतहरू मान्य छन्? के यो स्पष्टरूपमा परमेश्‍वरको विरोधको पेशकश होइन र? आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कामको शुरुवात भएदेखि, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा ख्रिस्चियनहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनहरू पढेका छन्; सर्वशक्तिमान्‌ परमेश्‍वर नै आखिरी दिनहरूमा ख्रीष्टको मानव भेष प्रभु येशूको रूपमा फर्कनु भएको हो, र सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यता व्यक्त गर्दै मान्छेको पापी प्रकृतिको समाधान गर्न न्याय र शुद्धीकरण गरी उसलाई पूर्णरूपमा पापबाट बचाउने र परमेश्‍वरको राज्यमा ल्याउने कार्य गर्नुहुन्छ भन्ने उनीहरूले देखेका छन्। आज, ठुला प्रकोपहरू शुरू भएका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गरेर, र उनीहरूको भ्रष्ट स्वभावहरू सफा गरेर मात्र मानिसहरू परमेश्‍वरद्वारा संरक्षित हुन सक्छन् र आखिरी दिनहरूका यी प्रकोप बीचमा रहन सक्दछन्, तर जसले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूमा गरिएका मुक्ति प्राप्त गरेका छैनन् तिनीहरू महाविपत्तिमा डुब्ने छन् र नस्ट हुने छन्। र त्यसैले, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ख्रिस्चियनहरू मानवजातिलाई बचाउने परमेश्‍वरको जरुरी इच्छालाई बुझ्छन्; प्रभुलाई पछ्याउन र उहाँ सुसमाचार प्रचार गर्न तथा गवाही दिन सबैथोक त्याग गर्ने प्रभु येशूको शिष्य र चेलाहरूले गरेजस्तै उनीहरू खुसीसाथ देहसुखलाई पाखा लगाउँछन्, परिवार र जागिर त्याग्छन्, चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गिरफ्तार र मारिन सक्ने सधैंको जोखिम सहँदै प्रभुको सुसमाचारको घोषणा र गवाही दिन्छन्, र सर्वशक्तिमान् परमेश्‍वरको राज्यको सुसमाचारको प्रचार र गवाही दिन सक्नेजति सबथोक गर्दछन्। यी असल कार्यहरू बिलकुल परमेश्‍वरको इच्छा अनुरूप छन्, तिनीहरू परमेश्‍वरद्वारा प्रशंसित छन्, र यसो गर्नु भनेको परमेश्‍वरको इच्छाको पालन गर्नु हो! प्रभु येशूले भन्नुभए जस्तै, “सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर(मर्कूस १६:१५)। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश र मानवजातिको धार्मिक अभियानका निम्ति होइनन् भने, परमेश्‍वरको आदेशको निम्ति शहीद भएकाहरूका निम्ति हाम्रा आत्मा अयोग्य हुनेछन्, र हाम्रा लागि सबै थोक जुटाउनुहुने परमेश्‍वरका निम्ति त झन् अयोग्य हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)

आज, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा केही ख्रिस्चियनहरूद्वारा सबथोक त्यागेर आखिरी दिनहरूको परमेश्‍वरको सुसमाचारको प्रचार र गवाही दिनुको पछि स्वर्गको इच्छा र मानिसहरूको हृदयमा आधारित छ। अझै पनि चिनियाँ कम्युनिस्ट पार्टीको नास्तिक सरकारले मानिसहरूलाई परमेश्‍वरमा विश्वास गर्न र सही मार्गमा हिड्न अनुमति दिँदैन। यसले ख्रिस्चियनहरूको असल कार्यहरूको निन्दा र फैसला गर्दछ, र पागलझैं तिनीहरूलाई गिरफ्तार गरी सताउँछ, जसको कारण सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट धेरै ख्रिस्चियनले आफ्ना घर र प्रियजनलाई छाड्न बाध्य भएका छन्, टाढा-टाढा तितरबितर भएका छन् र घर फर्कन असमर्थ छन्। यो भन्नु उचित हुन्छ कि चिनियाँ कम्युनिस्ट पार्टीको हातबाट हुने क्रूर उत्पीडन, नजरबन्द र सतावटको कारण सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ठुलो सङ्ख्यामा ख्रिस्चियनहरू आफ्नो घरबाट भागेका छन्। अपूर्ण तथ्यांकअनुसार, २०११ देखि जून २०२० सम्म मात्र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका कम्तीमा ४ लाखभन्दा बढी ख्रिस्चियनहरूलाई गिरफ्तार गरियो। १६९ जना जतिको तिनीहरूले भोगेका उत्पीडनको कारण मृत्यु भएको छ। यी ख्रिस्चियनका परिवारहरू टुक्रिएका छन्—र के यो सबै चिनियाँ कम्युनिस्ट पार्टीको क्रूर सतावटको कारण भएको हैन र? चिनियाँ कम्युनिस्ट पार्टीको क्रूर उत्पीडनले अगन्य ख्रिस्चियन परिवारहरूमा महाविपत्ति ल्याएको छ, र असङ्ख्य ख्रिस्चियनहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्—के चिनियाँ कम्युनिस्ट पार्टीले यस्तो दुष्ट कार्य गरेको छैन र? परमेश्‍वरमा विश्वास गर्नेहरूलाई पक्रन र सताउन कम्युनिस्ट दल केहीले पनि पनि रोकिँदैन, यसले तिनीहरूलाई बाँच्न पाउने अधिकारबाट वञ्चित गरेको छ, ख्रिस्चियनहरूको परिवारका सदस्यहरूलाई समेत छोडेको छैन, अन्तमा पीडितहरूमाथि नै दोष थुपारेको छ, ख्रिस्चियनहरू परमेश्‍वरमा रहेको आफ्नै विश्वासको कारण परिवार छोड्छन् र आफ्नो परिवारहरू भत्काइरहेका छन् भन्ने कुरामा जोड दिने गरेको। के यो तथ्यहरूलाई बङ्ग्याएर बिल्कुल गलत ढङ्गले पेश गर्ने काम भएन र? के यिनीहरू निर्लज्ज, नाङ्गो झुटहरू होइनन्? लोकतान्त्रिक देशहरूमा धेरै मानिसहरू परमेश्‍वरमा विश्वास गर्दछन्। तीमध्ये परमेश्‍वरमा विश्वास गरेको कारण कसलाई सरकारले सताएको छ र आफ्ना प्रियजनहरूलाई फेरि कहिल्यै भेट्न नपाउनेगरि घर छोड्न बाध्य बनाएको छ? केवल चिनियाँ कम्युनिस्ट पार्टी जस्तो शैतानिक शासकले मात्र परमेश्‍वरको लागि आफूलाई समर्पित गर्ने र जीवन खर्चिने ख्रिस्चियनहरूलाई आलोचना र बदनाम गर्नसक्छ। यो पाखण्डपूर्ण मिथ्या कुराबाहेक केही होइन जसले सत्यतालाई अपव्याख्या गरी सहीलाई गलतमा बदलिदिन्छ। यो पूर्ण प्रमाण हो जसले चिनियाँ कम्युनिस्ट पार्टी एउटा शैतानी शासक बाहेक केही हैन; सारमा, चिनियाँ कम्युनिस्ट पार्टी शैतान दियाबलससँग सम्बद्ध एउटा समूह हो जसले परमेश्‍वरलाई घृणा र विरोध गर्दछ। चिनियाँ कम्युनिस्ट पार्टी त्यो प्रधान अपराधी हो जसले यी सबै ख्रिस्चियनका परिवारहरूलाई अलग पारेको छ, तिनीहरूलाई तितरबितर पारेको छ, र तिनीहरूलाई घर फर्कन असमर्थ बनाएको छ।

अघिल्लो: १. तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको सुरुआत आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर देखा पर्नुभएको घटना र कामबाट भएको हो भनी गवाही दिनुहुन्छ, तर नास्तिक चिनियाँ कम्युनिस्ट पार्टी सरकार र धार्मिक संसारका अगुवाहरूले तपाईंहरूलाई झूटो शिक्षा र पन्थको रूपमा निन्दा गर्छन्। यसैले चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारले भनेको कुरालाई हामीले कसरी बुझ्न सक्छौं?

अर्को: ३. सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले सुसमाचार फैलाउनु र परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिने, मानिसहरूलाई इमानदार बन्नु र मानव जीवनको सही बाटोमा हिँड्नु भनी भन्‍ने बाहेक अरू केही गर्दैन भन्‍ने म देख्छु। तर मण्डलीको सुसमाचार फैलाउने मूल उद्देश्य चिनियाँ कम्युनिस्ट पार्टी शासन उन्मूलन गर्नु हो भनेर चिनियाँ कम्युनिस्ट पार्टीले जानकारी फैलाउँदैछ। चिनियाँ कम्युनिस्ट पार्टीका कुराहरू साँचो हुन् कि गलत भनी म कसरी जान्न सक्छु?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्