३. सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले सुसमाचार फैलाउनु र परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिने, मानिसहरूलाई इमानदार बन्नु र मानव जीवनको सही बाटोमा हिँड्नु भनी भन्‍ने बाहेक अरू केही गर्दैन भन्‍ने म देख्छु। तर मण्डलीको सुसमाचार फैलाउने मूल उद्देश्य चिनियाँ कम्युनिस्ट पार्टी शासन उन्मूलन गर्नु हो भनेर चिनियाँ कम्युनिस्ट पार्टीले जानकारी फैलाउँदैछ। चिनियाँ कम्युनिस्ट पार्टीका कुराहरू साँचो हुन् कि गलत भनी म कसरी जान्न सक्छु?

परमेश्वरका सान्दर्भिक वचनहरू:

परमेश्‍वर मानवका राजनीतिमा सहभागी हुनुहुन्‍न, तैपनि उहाँ हरेक देश र जातिको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँ यो संसार र सारा ब्रह्माण्डलाई नियन्त्रण गर्नुहुन्छ। मानवजातिको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, र कुनै पनि व्यक्ति, देश वा जाति परमेश्‍वरको सार्वभौमिकताबाट उम्कन सक्दैन। यदि मानवले आफ्नो नियति जान्‍न चाहन्छ भने, ऊ परमेश्‍वरसामु आउनैपर्छ। परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई प्रतिरोध र इन्कार गर्नेहरूमाथि उहाँले पतन र विलुप्ति निम्त्याउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

त्यसोभए, सुसमाचार व्यापक रूपमा प्रचार गर्नुको उद्देश्य के हो? (सम्भव भएसम्म धेरैभन्दा धेरै मानिसहरूलाई मुक्ति दिनु।) सम्भव भएसम्म धेरैभन्दा धेरै मानिसहरूलाई मुक्ति दिनु परमेश्‍वरको मुक्तिको सिद्धान्त हो तर यो प्रश्नको उत्तर होइन। यो काम सुरु भएको बेलादेखि नै, यस पटक, परमेश्‍वर कसरी एउटा युगको उद्घाटन गर्न, नयाँ युग ल्याउन र पुरानो युगलाई अन्त्य गर्नका लागि काम गर्न आउनुभएको छ—राज्यको युग ल्याउन र अनुग्रहको युगलाई अन्त्य गर्नका लागि काम गर्न आउनुभएको छ भन्‍ने बारेमा मैले बारम्बार कुरा गरेको छु। परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने सबै यो तथ्यको गवाही रहेका छन्। परमेश्‍वरले नयाँ काम गरिरहनुभएको छ, मानवजातिलाई न्याय गर्न, शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ। राज्यको सुसमाचार धेरै देशमा फैलिन थालेको छ। यो मानवजाति व्यवस्थाको युग र अनुग्रहको युगबाट पहिले नै बाहिर आइसकेको छ। तिनीहरूले बाइबल पढ्न छोडेका छन्, तिनीहरू क्रूसको अधीनमा बस्‍न छोडेका छन्, र तिनीहरूले मुक्तिदाता येशूको नाम पुकार्न छोडेका छन्। बरु, तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको नाममा प्रार्थना गर्छन्, यसको साथै परमेश्‍वरका वर्तमान वचनहरूलाई आफ्नो जीवनमा सिद्धान्त, विधि, र बाँच्ने उद्देश्यहरूका रूपमा स्वीकार गर्छन्। यस अर्थमा, के यी मानिसहरू नयाँ युगमा प्रवेश गरिसकेका छैनन् र? (छन्।) तिनीहरू नयाँ युगमा प्रवेश गरेका छन्। त्यसोभए, आखिरी दिनहरूको सुसमाचार र परमेश्‍वरका नयाँ वचनहरू स्वीकार नगर्ने अझै धेरै मानिसहरू कुन युगमा जिइरहेका छन्? तिनीहरू अझै पनि अनुग्रहको युगमा जिइरहेका छन्। अब, तिमीहरूको जिम्मेवारी के हो? तिनीहरूलाई अनुग्रहको युगबाट बाहिर अनि नयाँ युगभित्र ल्याउनु हो। के तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गरेर र उहाँको नाम पुकारेर मात्रै परमेश्‍वरको आज्ञा पूरा गर्न सक्छौ? के परमेश्‍वरका केही वचनहरू प्रचार गर्नु मात्रै पर्याप्त हुन्छ? अवश्य नै हुँदैन। यसका लागि तिमीहरूले सबैले सुसमाचार प्रचार गर्ने यो आज्ञा लिने, परमेश्‍वरका वचनहरू व्यापक रूपमा फैलाउने, विभिन्‍न तरिकाले परमेश्‍वरका वचनहरू प्रसार गर्ने, र राज्यको सुसमाचार प्रसार गर्ने र फैलाउने बोझ लिनुपर्छ। फैलाउनु भनेको के हो? यसको अर्थ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार नगरेका मानिसहरूमा परमेश्‍वरका वचनहरू पुऱ्याउनु, परमेश्‍वरले नयाँ काम गरिरहनुभएको छ भनेर अझै धेरै मानिसहरूलाई थाहा दिनु, त्यसपछि तिनीहरूलाई परमेश्‍वरका वचनहरूको गवाही दिनु, परमेश्‍वरको कामको गवाही दिनका लागि आफ्ना अनुभवहरू प्रयोग गर्नु, र तिनीहरूलाई नयाँ युगमा पनि ल्याउनु हो—त्यसरी तिनीहरू पनि तिमीहरू जस्तै नयाँ युगमा प्रवेश गर्नेछन्। परमेश्‍वरको अभिप्राय स्पष्ट छ। उहाँका वचनहरू सुनेका, तिनलाई स्वीकार गरेका, र उहाँलाई पछ्याएका तिमीहरूले मात्रै नयाँ युगमा प्रवेश गर्न पाउनुपर्छ भन्‍ने होइन, तर उहाँले सारा मानवजातिलाई यो नयाँ युगमा पुऱ्याउनुहुनेछ। यो परमेश्‍वरको अभिप्राय हो, र अहिले परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले बुझ्नुपर्ने एउटा सत्यता यही हो। परमेश्‍वरले मानिसहरूको एउटा समूह, सानो गुट, वा सानो जातीय समूहलाई नयाँ युगमा डोऱ्याइरहनुभएको छैन; बरु, उहाँले सारा मानवजातिलाई नयाँ युगमा डोऱ्याउने अभिप्राय राख्‍नुहुन्छ। यो उद्देश्य कसरी हासिल गर्न सकिन्छ? (व्यापक रूपमा सुसमाचार फैलाएर।) वास्तवमा, व्यापक रूपमा सुसमाचार प्रचार गरेर, व्यापक रूपमा सुसमाचार प्रचार गर्न विभिन्‍न विधि र माध्यमहरू प्रयोग गरेर नै यसलाई हासिल गर्नुपर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्

सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्‍ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरा अभिप्राय पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्‍ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको उद्देश्य भनेको मानिसलाई राम्रोसँग ममा समर्पित हुन सक्‍ने बनाउनु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग परिवर्तन हासिल गर्न सक्षम बनाउनु हो। मैले गर्ने सबथोक मेरो व्यवस्थापनको खातिर नै हुने भए पनि, मैले कहिल्यै त्यस्तो कुनै काम गरेको छैन, जुन मानिसका लागि फाइदाजनक नहोस्, किनकि म इस्राएलभन्दा बाहिरका सबै जातिहरूलाई पनि इस्राएलीहरू जस्तो समर्पित बनाउन, उनीहरूलाई सच्चा मानिसहरू बनाउन चाहन्छु, ताकि इस्राएलभन्दा बाहिरको भूमिमा पनि मैले पाइला टेक्‍ने ठाउँ पाउन सकूँ। यो मेरो व्यवस्थापन हो; यो अन्यजाति राष्ट्रहरूमाझको मेरो काम हो। अहिले समेत, धेरै मानिसहरूले अझै पनि मेरो व्यवस्थापनलाई बुझ्दैनन्‌, किनभने उनीहरूले त्यस्ता कुराहरूको वास्ता गर्दैनन्‌, बरु आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने पनि, मानिसहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्‌, यसको सट्टामा उनीहरूले सारा हृदयले आफ्नो भावी गन्तव्यमा ध्यान केन्द्रित गर्छन्। यदि कामकुरा यसरी नै चलिरह्यो भने, मेरो काम कसरी फैलिन सक्छ? मेरो सुसमाचार कसरी सारा संसारभरि प्रचार गर्न सकिन्छ? तिमीहरूले थाहा पाउनुपर्छ कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई छरपस्ट पार्नेछु, र जसरी यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभयो त्यसरी नै तिमीहरूलाई पनि प्रहार गर्नेछु। यी सबै कुराहरू मेरो सुसमाचार पृथ्वीभरि फैलियोस्, मेरो काम अन्यजाति राष्ट्रहरूसम्म फैलियोस्‌, जसले गर्दा मेरो नाम वयस्क र बच्चा दुवैमाझ समान रूपमा महान् भनेर सम्मानित हुन सकोस्, र सबै जाति र राष्ट्रहरूका मानिसहरूको मुखबाट मेरो पवित्र नामको गुणगान गरियोस् भनेर हुनेछन्। यो अन्तिम युगमा, अन्यजाति राष्ट्रहरूमाझ मेरो नाम महान् भनी उच्च पारियोस्, मेरा काम अन्यजाति राष्ट्रहरूका मानिसहरूले देखून्, तिनीहरूले मलाई मेरा कार्यहरूका आधारमा सर्वशक्तिमान् भनेर बोलाऊन्, र मेरा वचनहरू चाँडै पूरा होऊन्। म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, सबै अन्यजाति राष्ट्रहरूका मानिसहरूको, मैले श्राप दिएका राष्ट्रहरू समेतका मानिसहरूको पनि परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझाउनेछु। म सृष्टि गरिएका सबै प्राणीहरूको परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझ्ने बनाउनेछु। मेरो सबैभन्दा महान् काम, आखिरी दिनहरूको लागि मेरो कार्य योजनाको उद्देश्य, र आखिरी दिनहरूमा मैले हासिल गर्न इच्छा गर्ने एउटै काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

सन्दर्भका लागि प्रवचन र सङ्गतिका अंशहरू:

परमेश्‍वरप्रतिको हाम्रो विश्‍वासमा हामी परमेश्‍वरका वचनहरू, सत्यता र परमेश्‍वरका मापदण्डहरूअनुसार काम गर्दछौं। हामी राजनीतिमा संलग्न हुँदैनौं, न त हामी कुनै राजनैतिक क्रियाकलापहरूमा नै सहभागी हुन्छौं। उहाँमा विश्‍वास राख्नेहरूबाट परमेश्‍वरले माग गर्नुहुने न्यूनतम कुरा भनेको, सबैभन्दा पहिले, हामीले सत्यतालाई पछ्याउनु र अभ्यास गर्नु अनि बाहिरी संसारका दुष्ट प्रचलनहरू नपछ्याउनु र भ्रष्ट मानिसहरूद्वारा गरिने खराबी हामीले नगर्नु हो; हाम्रा कार्यहरू अरूका निम्ति लाभदायी हुनुपर्छ, हामी ज्योति र नून हुनुपर्छ। यसको अतिरिक्त, सृजिएका प्राणीहरू भएको हैसियतले हामी परमेश्‍वरको निम्ति समर्पित भएर अनि आफ्नो कर्तव्य निर्वाह गरेर हामीले परमेश्‍वरको इच्छालाई पछ्याउनुपर्छ। परमेश्‍वरले हामीलाई अनुग्रहद्वारा मुक्ति दिनुभएको हुनाले सुसमाचार फैलाउनु र परमेश्‍वरको गवाही दिनु हाम्रो जिम्मेवारी र दायित्व हो, ताकि परमेश्‍वरमा विश्‍वास नगर्नेहरू, परमेश्‍वरलाई चिन्न बाँकी रहेकाहरू अनि शैतानको राज्यको अधीनमा अझै जिउनेहरू सबैजना साँचो बाटो अनुसन्धान गर्न परमेश्‍वरको सामु आउन सकून्, सत्यतालाई ग्रहण गर्न सकून्, सत्यतालाई हासिल गर्न सकून्, आफ्नो भ्रष्टताबाट छुटकारा पाउन सकून् अनि परमेश्‍वरद्वारा मुक्ति पाउन सकून्। यो परमेश्‍वरको आज्ञा हो अनि हामीले सुसमाचार फैलाउने कामको साँचो महत्त्व यही हो। राजनीतिसित सुसमाचार फैलाउने र परमेश्‍वरको गवाही बोक्ने हाम्रो कामको कुनै सम्बन्ध छैन—यसमा कुनै राजनैतिक मनसायहरू वा अभिप्रायहरू संलग्न छैनन्, अनि यो कुनै निश्चित सरकार वा राजनीतिक पार्टीलाई उखाल्नको निम्ति गरिँदैन। यो पूर्ण रूपले परमेश्‍वरको सामु भ्रष्ट मानवजातिलाई ल्याउनको खातिर गरिन्छ ताकि मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न सकून् अनि तिनीहरू शुद्ध बनाइन सकून् र मुक्ति पाउन सकून् ताकि तिनीहरू अन्ततः अन्धकार र खराब प्रभावहरूदेखि उम्कन सकून् अनि ज्योतिमा जिउन सकून्, यस क्रममा परमेश्‍वरद्वारा वास्ता, सुरक्षा र आशिष पाउन सकून्। जब हामी मानिसहरूलाई तिनीहरूले परमेश्‍वरको काम र मुक्तिलाई स्वीकार गर्न सकून् भनेर परमेश्‍वरको सामु ल्याउँछौं, तब हामीले राजनैतिक अनुरोधहरू गरिरहेका हुँदैनौं; परमेश्‍वरका वचनहरूले उहाँका चुनिएका जनहरूलाई उठेर चिनियाँ कम्युनिस्ट पार्टीलाई उखेलिदिनू भनेर भन्दैन। परमेश्‍वरले व्यक्त गर्नुहुने एउटै कुरा सत्यता हो, ती मानवजातिको भ्रष्ट सारलाई खुलासा गर्ने सम्पूर्ण वचनहरू हुन्, ती मानिसहरूलाई मुक्ति दिने, मानिसहरूलाई परिवर्तन गर्ने, सिद्ध तुल्याउने, मानिसहरूलाई परमेश्‍वर चिन्न लगाउने र उहाँको आज्ञापालन गर्न लगाउने सम्पूर्ण वचनहरू हुन्। हामीले गर्ने सबै कुरा परमेश्‍वरका वचनहरू र मापदण्डहरूमा आधारित हुन्छन्। हाम्रो मण्डली कहिल्यै कुनै राजनैतिक क्रियाकलापहरूमा सहभागी भएको छैन, न त यसका कुनै राजनैतिक नाराहरू नै छन्। मण्डलीको जीवन जिउने कार्यभित्र सत्यताको बारेमा सङ्गति गर्नु र आफैलाई चिन्नुभन्दा बढी केही संलग्न हुँदैन जुन सत्यतालाई हासिल गर्न, परमेश्‍वरको आज्ञापालन गर्न, साँचो मानवजाति जस्तै भएर जिउन अनि परमेश्‍वरद्वारा मुक्ति पाउनको खातिर हुन्। यसको अतिरिक्त, हामीसित राजनीतिमा थोरै चासो पनि छैन। राजनीति सकारात्मक कुरा होइन, यो सत्यता हुनु त परको कुरा हो। राजनीतिले मानिसलाई सत्यता वा आशिषहरू दिन सक्दैन, राजनीतिले मानिसहरूलाई मुक्ति पाउन सक्षम तुल्याउनु त झन् परको कुरा हो; अधिकारीवर्गले मानिसहरूलाई झन् खराब र झन् भ्रष्ट मात्र बनाउँछ भन्ने कुरा सबैले देख्ने गरी स्पष्ट छ। अनि त्यसैले, परमेश्‍वरप्रतिको हाम्रो विश्‍वासमा, हामी कहिल्यै राजनीतिमा संलग्न भएका छैनौं किनकि हाम्रो निम्ति यो स्पष्ट छ कि परमेश्‍वरप्रतिको विश्‍वासले मात्रै मानिसहरूलाई सुधार गर्न सक्दछ अनि तिनीहरूलाई वृहत्तर मानवता, विवेक र चेतना दिन्छ। यदि मानिसहरूले साँचो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यतालाई पछ्याउँछन् भने तिनीहरूले आफ्नो भ्रष्टताबाट छुटकारा पाउन सक्ने र साँचो मानवजाति जस्तै भएर जिउन सक्ने कुरामा कुनै प्रश्न रहँदैन—जुन यथार्थतः परमेश्‍वरप्रतिको विश्‍वासमा कसैले मुक्ति हासिल गर्ने स्तर हो।

परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र परमेश्‍वरले मात्रै भ्रष्ट मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ। हामी सुसमाचार फैलाउँछौं र परमेश्‍वरको गवाही दिन्छौं ताकि सबै मानवजातिले सृष्टिकर्तालाई चिनून् र सृष्टिकर्ताको सामु आऊन् र एकमात्रै साँचो परमेश्‍वरलाई आराधना गरुन्; यो मानिसको आशिषको बाटो हो र यसको अतिरिक्त, मानिसको मुक्तिको बाटो हो। आज संसार झन्-झन् अन्धकारमय र खराब हुँदैछ अनि मानवजाति झन् धेरै भ्रष्ट हुँदैछ। संसार अधोगतिमा छ अनि नैतिकता क्षय हुँदैछ। यदि मानवजातिले यी मामलाहरूलाई सम्बोधन गर्नु हो भने मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई, परमेश्‍वरको कामलाई अनि परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नुपर्छ अनि परमेश्‍वरका वचनहरूबाट सत्यता हासिल गर्नुपर्छ। यसरी मात्रै संसारको अन्धकारका समस्याहरू तथा मानवजातिको खराबी र भ्रष्टता जरामै समाधान हुनेछ। त्यसो भएको हुनाले, सुसमाचार फैलाउनु समाजको स्थायित्व र मानवजातिको सुखको निम्ति आवश्यक छ। मानवजातिले साँचो सुख र समाजले दीर्घकालीन शान्ति हासिल गर्ने एउटै उपाय छ अनि त्यो परमेश्‍वरको काम र मुक्ति हासिल गर्नु हो। यो बाहेक अर्को कुनै बाटो छैन। कुनै देश वा राजनैतिक पार्टीले मानवजातिलाई मुक्ति दिन्छ भनी तपार्इंले आशा गर्नु हुँदैन, राजनीतिज्ञ, लेखक वा चिन्तकमाथि आशा राख्नु त झन् परको कुरा हो; यो भ्रष्ट मानवजातिका सक्षमताहरूदेखि बाहिरको कुरा हो। केवल सृष्टिकर्ता, एकमात्रै साँचो परमेश्‍वर मानवजातिलाई मुक्ति दिन पूर्ण रूपले सक्षम हुनुहुन्छ। त्यसैले, सुसमाचार फैलाउने र परमेश्‍वरको गवाही दिने काम मानवजातिको निम्ति अत्यन्तै लाभदायी छ, मानवजाति र समाजलाई आवश्यक कुरा यही नै हो अनि यो पूर्ण रूपले न्यायोचित छ। यो भन्दा अर्थपूर्ण कुरा अरू केही छैन। हामी विश्‍वस्त छौँ कि विवेक, सुझबुझ र न्यायको चेत भएकाहरूले सुसमाचार फैलाउने हाम्रो कामलाई सहायता गर्नुहुनेछ र हाम्रो दृष्टिकोणसित सहमत हुनुहुनेछ।

हामीले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूलाई स्वीकार गरेको, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको इच्छालाई बुझेको र ख्रीष्ट नै सत्य, बाटो र जीवन हुनुहुन्छ भनी निश्चित भएको कारणले नै हामीले सुसमाचार फैलाउने र आखिरी दिनहरूका परमेश्‍वरको कामको गवाही दिन सुरु गर्यौं। सुसमाचार फैलाउँदा हामीले मानिसहरूलाई मुक्तिको साँचो बाटो बाँडिरहेका छौँ ताकि तिनीहरूले साँचो बाटो स्वीकार गरुन् र आखिरी दिनहरूको समयमा परमेश्‍वरद्वारा मुक्ति पाऊन्। विश्‍वासीहरू भएको हैसियतले यो हाम्रो कर्तव्य हो र यो हाम्रो सबैभन्दा साँचो प्रेम हो। हामीले प्रचार गर्ने आखिरी दिनहरूको राज्यको सुसमाचार मानिसको लागि अत्यन्तै लाभदायी छ। यसैबीच, सत्ताधारी पार्टीको हैसियतले चिनियाँ कम्युनिस्ट पार्टी कुनै वास्तविक महत्त्वको कुनै कुरा गर्न वा मानिसहरूको वास्तविक समस्याहरू समाधान गर्न र तिनीहरूकहाँ शान्ति र खुशी ल्याउन असक्षम भएको मात्रै होइन तर पूर्ण रूपले विवेकशून्य भएर हामीलाई सतावट दिँदै, पक्राउ र दुर्व्यवहार गर्दै आफ्नो कर्तव्यमा लापरवाह पनि भएको छ। के यो स्वर्गको विरुद्धको एउटा भ्रष्ट घिनलाग्दो कुरा होइन र? किन स्वर्गको इच्छा र मानिसका हृदयहरूलाई पछ्याउनुको साटोमा चिनियाँ कम्युनिस्ट पार्टीले खराबीलाई सम्मानित गर्छ र धार्मिकतालाई विरोध गर्छ? यसो गरेर के यो मानवताशून्य भएको छैन र? सुसमाचार फैलाउने र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्‍वरका धेरै चुनिएका जनहरूले देहका आराम र सुखहरूलाई एकतिर पन्साउन सकेका छन्। तीव्र हावा र उर्लंदो वर्षा, कठ्याङग्रिने जाडो अनि प्रखर गर्मीमा पनि तिनीहरूले परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन जारी राख्छन्; चोटिला अपमानहरूको बाबजुद, मानिसहरूले तिनीहरूलाई तिरस्कार गरे पनि, पिटे पनि र श्राप दिए पनि अनि चिनियाँ कम्युनिस्ट पार्टीले तिनीहरूलाई पक्राउ गरे पनि र सतावट गरे पनि तिनीहरू सुसमाचार फैलाउन र आफ्नो कर्तव्य निर्वाह गर्न कटिबद्ध छन्। तिनीहरूले गर्न सक्‍ने कुनै पनि काम गर्छन्, अनि मानिसहरूले स्वीकार गरे पनि, नगरे पनि तिनीहरूले मानिसहरूलाई उत्तरदायीपूर्वक र सहानुभूतिपूर्वक व्यवहार गर्छन्। यदि हामीले साँचो बाटोको बारेमा जानेर पनि हामीले यसको प्रचार गरेनौं वा गवाही दिएनौं भने हाम्रा विवेकले विश्राम गर्न सक्दैनन्; न त यो मानिसहरूप्रति निष्पक्ष कार्य नै हुनेछ। त्यसैले, हामीले गर्ने एउटै कुरा मानिसहरूलाई साँचो बाटो तथा आखिरी दिनहरूको मुक्तिको बाटोको बारेमा सचेत तुल्याउँदै सुसमाचार फैलाउनु र परमेश्‍वरको गवाही दिनु हो। सुसमाचार फैलाउने हाम्रो काम पक्कै पनि राजनीतिसित अनुबन्धित छैन, यसले सार्वजनिक व्यवस्थालाई खलबली गर्नु झन् परको कुरा हो; बरु यो असल कामहरूको तयारी हो, पूर्ण रूपले यही नै हो ताकि मानवजाति परमेश्‍वरसामु आउन सकून् र परमेश्‍वरको शुद्धीकरण र मुक्तिलाई स्वीकार गर्न सकून्, ठूला विपदहरूदेखि बच्न सकून् अनि मानिसको निम्ति परमेश्‍वरले तयार गर्नुभएको सुन्दर गन्तव्यभित्र पस्न सकून्—तथ्य यही हो।

—माथिबाट दिइएको सङ्गतिबाट उद्धृत गरिएको

अघिल्लो: २. चिनियाँ कम्युनिस्ट पार्टीले अनलाइनमा के जानकारी प्रसारित गरिरहेको छ भने, सुसमाचार फैलाउन र परमेश्‍वरको साक्षी दिनको लागि, सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले आफ्ना परिवारहरू र जागिरहरू त्याग्नुपर्छ। कतिपय मानिसहरू त आफ्नो जीवनभरि अविवाहित रहन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीले के भन्छ भने, तपाईंको विश्‍वासले परिवारहरूलाई नष्ट पार्दछ। के चिनियाँ कम्युनिस्ट पार्टीले भनेको कुरा सत्य हो?

अर्को: ४. तपाईंले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नुहुन्छ, र सर्वशक्तिमान् परमेश्‍वरको नाउँमा प्रार्थना गर्नुहुन्छ, तापनि चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली एक जना मानिसद्वारा बनाइएको हो, र उसले जे भन्छ तपाईं त्यही गर्नुहुन्छ। तपाईं यो व्यक्ति एक पूजाहारी हो, परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस हो, र ऊ सबै प्रशासनिक मामिलाहरूका लागि जिम्मेवार छ भनी गवाही दिनुहुन्छ। मैले यो कुरा बुझ्न सकेको छैन—सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली कसले स्थापना गरेको हो? यसका व्युत्पत्ति कहाँबाट भयो? के तपाईं यसको व्याख्या गर्न सक्नुहुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्