३. धार्मिक संसारमा, पाष्टरहरू र एल्डरहरूसँग नै अधिकार हुन्छ। तिनीहरू पाखण्डी फरिसीहरूको बाटो हिँड्छन्, र हामी तिनीहरूलाई पछ्याउने र तिनीहरूले जे भन्छन् त्यही गर्ने भए पनि, हामी प्रभु येशूमा विश्वास गर्छौं, पाष्टरहरू र एल्डरहरूमा होइन। त्यसोभए हामी फरिसीहरूको बाटोमा हिँड्छौं भनी तपाईं कसरी भन्न सक्नुहुन्छ? के तपाईंले धर्मका परमेश्वरमा विश्वास गर्ने हामीले साँच्चै मुक्ति पाउनेछैनौं भनी भन्दैहुनुहुन्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“तिनीहरू अन्धाहरूका अन्धा अगुवाहरू हुन्। र यदि अन्धोले अन्धोलाई डोर्यायो भने दुवै खाडलमा खस्नेछन्” (मत्ती १५:१४)।
“किनकि यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गल्ती गर्ने तुल्याउँछन्; र तिनीहरूद्वारा अगुवाइ गरिएकाहरू नष्ट हुनेछन्” (यशैया ९:१६)।
“ज्ञानको कमीका कारण मेरा मानिसहरू नष्ट पारिन्छन्” (होशे ४:६)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भन्ने लाग्छ? के तिनीहरूले मसीहलाई देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव माध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू स्विकार्न हठपूर्वक इन्कार गर्छौ भने, तिमीहरूले सेतो बादलमा येशू देह भई फर्कनुहुँदा उहाँले गर्नुहुने काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू निश्चय नै नष्ट पारिने श्रेणीका मानिस हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ
हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलका व्याख्याहरू प्रसङ्गभन्दा बाहिरबाट ल्याइएका र तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा प्रेरित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै सक्थेनन् भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? आखिरमा, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरू केही धर्मसिद्धान्त प्रचार गर्न सक्छन् वा अरूलाई आफ्नो पक्षमा ल्याउन र केही जुक्ति प्रयोग गर्न जान्दछन्। त्यसैले तिनीहरू मानिसहरूलाई छल्छन् र मानिसहरूलाई आफूसमक्ष ल्याउँछन्। यी मानिसहरूले परमेश्वरमा नाम मात्रको विश्वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाका मामलाहरूबारे मैले मेरो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्वरमा विश्वास गर्ने र साँचो मार्ग स्वीकार गर्ने कुरामा मानिसहरूलाई कसरी अरूको सहमति र अनुमोदन समेत आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्याजनक कुरा होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसी, झूटा गोठाला, र ख्रीष्टविरोधी बनेका छैनन् र? के तिनीहरू मानिसहरूका लागि साँचो मार्ग स्वीकार गर्नमा बाधक बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्। … विगतमा, मानिसहरूले उहाँमाथि गर्ने विश्वास साँचो वा झुटो जे-जस्तो भए पनि, तिनीहरूले अरूलाई नै पछ्याए पनि, वा तिनीहरूले सत्यता पछ्याउँदै नपछ्याए पनि, परमेश्वर मानिसहरूसँग कडा हुनुहुन्थेन, किनकि उहाँद्वारा पूर्वनिर्धारित गरिएका र चुनिएकाहरूले आखिरी चरणमा उहाँसामु आएर उहाँको न्याय स्विकार्नैपर्नेछ भनेर उहाँले पहिल्यै तोकिसक्नुभएको थियो। यदि परमेश्वरको आखिरी दिनहरूको काम स्विकारिसकेपछि पनि मानिसहरूले अझै अरूलाई नै आराधना गर्न र पछ्याउन जारी राख्छन् भने, र यदि तिनीहरूले सत्यता पछ्याउनुको सट्टा आशिष् र ताज पछ्याउँछन् भने, त्यो अक्षम्य हुन्छ। त्यस्ता मानिसहरूको अन्त्य पावलको जस्तै हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसहरूलाई शक्तिपिपासु भनिन्छ। तिनीहरू संसारमा शक्ति भएका सम्प्रदायहरू मात्र खोज्छन्, र सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरू मात्र खोज्छन्। तिनीहरूले सत्यताको मार्गलाई स्वीकार गरेका भए पनि, तिनीहरू आधा मात्र विश्वास गर्छन्, र तिनीहरू आफ्नो सम्पूर्ण शरीर र मन अर्पण गर्न असक्षम हुन्छन्; तिनीहरू मुखले परमेश्वरप्रति आफूलाई समर्पित गर्ने कुरा बोल्छन्, तर तिनीहरूका आँखा ठूला पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरू ख्रीष्टलाई फर्केर पनि हेर्दैनन्। तिनीहरूको दिमाग ख्याति, प्राप्ति, र महिमाका विचारहरूले भरिएको हुन्छ। तिनीहरू यस्तो सानो व्यक्तिले यति धेरैलाई विजय गर्न सक्छ, यस्तो मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्ने कुरा असम्भव ठान्छन्। तिनीहरू धुलो र गोबरको थुप्रोमा रहेका यी साना मानिसहरू परमेश्वरद्वारा चुनिएका मानिस हुन् भन्ने कुरा असम्भव ठान्छन्। तिनीहरू यदि यस्ता मानिसहरू परमेश्वरको मुक्तिका पात्र हुन्थे भने, स्वर्ग र पृथ्वी उल्टोपुल्टो हुनेथियो, र सबै मानिस हाँसेर मुर्छा पर्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरू यदि परमेश्वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुभयो भने, ती महान् मानिसहरू परमेश्वर स्वयम् बन्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्वासले दूषित हुन्छन्; विश्वास नगर्ने मात्र होइन, तिनीहरू त अविवेकी पशु नै हुन्। किनभने तिनीहरू हैसियत, प्रतिष्ठा, र शक्तिलाई मात्र महत्त्व दिन्छन्, र तिनीहरू ठूला समूह र सम्प्रदायहरूलाई सम्मान गर्छन्, र ख्रीष्टद्वारा अगुवाइ गरिएकाहरूलाई अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरू केवल त्यस्ता विश्वासघाती हुन् जसले ख्रीष्ट, सत्यता, र जीवनप्रति पिठ्युँ फर्काएका छन्।
तँ ख्रीष्टको विनम्रताको प्रशंसा गर्दैनस्, तर तँ प्रमुख हैसियत भएका ती झूटा गोठालाहरूलाई आदर गर्छस्। तँ ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारको फोहोरमा लागेका ती उच्छृङ्खल मानिसहरूलाई रुचाउँछस्। तँ ख्रीष्टले विश्राम गर्ने ठाउँ नपाउनुभएको पीडालाई खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरू चोर्ने र मोजमस्तीमा जिउने ती लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टका साथमा दुःख भोग्न इच्छुक छैनस्, तर तँ स्वेच्छाले ती लापरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूको अँगालोमा बाँधिन्छस्, यद्यपि तिनीहरूले तँलाई देह, शब्द, र नियन्त्रण मात्र आपूर्ति गर्छन्। अहिले पनि, तेरो हृदय तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूको शक्तितर्फ नै ढल्किन्छ। तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्ने र यसलाई स्वीकार गर्न अनिच्छुक हुने मनोवृत्ति अपनाइरहन्छस्। यही कारणले गर्दा मात्र म भन्छु कि तँमा ख्रीष्टलाई स्वीकार गर्ने विश्वास छैन। तैँले आजसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अरू कुनै विकल्प नभएर मात्र हो। तेरो हृदयमा उच्च छविचित्रहरूको शृङ्खला सधैँ खडा भइरहन्छ; तैँले तिनीहरूका हरेक शब्द र कार्यलाई, साथै तिनीहरूका प्रभावशाली शब्द र हातहरूलाई पनि बिर्सन सक्दैनस्। तिमीहरूको हृदयमा, तिनीहरू सदैव सर्वोच्च र नायकका रूपमा रहन्छन्। तर आजका ख्रीष्टको हकमा यो लागू हुँदैन। तेरो हृदयमा, उहाँ सधैँ तुच्छ हुनुहुन्छ, उहाँ सधैँ डर मान्न योग्य नभएको मानव हुनुहुन्छ। किनभने उहाँ धेरै नै साधारण हुनुहुन्छ, उहाँको प्रभाव निकै कम छ, र उहाँ बिलकुलै उच्च हुनुहुन्न।
जे भए पनि, म भन्छु कि जो सत्यतालाई महत्त्व दिँदैनन् तिनीहरू सबै अविश्वासी र सत्यताका विश्वासघाती हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्। के तैँले अब तँभित्र कति अविश्वास छ, र तँमा ख्रीष्टप्रति कति विश्वासघात छ भनी पहिचान गरेको छस्? म तँलाई यस्तो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग रोजेको हुनाले, तैँले आफूलाई पूर्ण हृदयले अर्पित गर्नुपर्छ; दुविधात्मक वा अनुत्साहित नहो। तैँले के बुझ्नुपर्छ भने, परमेश्वर संसारको वा कुनै एक व्यक्तिको परमेश्वर हुनुहुन्न, बरु उहाँमा साँचो विश्वास गर्ने सबैको, उहाँको आराधना गर्ने सबैको, र उहाँप्रति अर्पित र विश्वसनीय हुने सबैको परमेश्वर हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्वरको विश्वासी होस्?
खुट्ट्याउने क्षमता नभएकाहरूका सानातिना चालहरूले तिनीहरूलाई दुष्टहरूको हातबाट विनाश हुन डोऱ्याउनेछन्, तिनीहरूलाई उनीहरूले लोभ्याउनेछन् र तिनीहरू कहिल्यै फर्कनेछैनन्। अनि तिनीहरू यस्तो व्यवहारका योग्य हुन्छन्, किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, किनभने तिनीहरू सत्यताको पक्षमा उभिन असक्षम हुन्छन् र किनभने तिनीहरू दुष्ट मानिसहरूलाई पछ्याउँछन्, दुष्ट मानिसहरूको पक्षमा उभिन्छन् अनि परमेश्वरको प्रतिरोध गर्न दुष्ट मानिसहरूसँग मिलेमतो गर्छन्। तिनीहरूलाई ती दुष्ट मानिसहरूले प्रकट गर्ने कुरा दुष्टता हो भन्ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू दुस्साहस गर्छन् र तिनीहरूलाई पछ्याउन सत्यतालाई पिठ्युँ फर्काउँछन्। के सत्यता अभ्यास नगर्ने तर विनाशकारी र घृणित कुराहरू गर्ने यी मानिसहरू सबैले दुष्टता गरिरहेका छैनन् र? तिनीहरूमध्ये “राजाहरू” का रूपमा कार्य गर्नेहरू र तिनीहरूलाई पछ्याउने अरूहरू भए पनि, के परमेश्वरको प्रतिरोध गर्ने तिनीहरूको प्रकृति उस्तै छैन र? परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? परमेश्वर धर्मी हुनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? के तिनीहरूलाई तिनीहरूकै दुष्टताले नष्ट गरिहेको छैन र? के तिनीहरूलाई तिनीहरूको आफ्नै विद्रोहीपनले नरकमा तानिरहेको छैन र? सत्यता अभ्यास गर्ने मानिसहरूले अन्त्यमा सत्यताको कारण मुक्ति पाउनेछन् र तिनीहरू सिद्ध पारिनेछन्। सत्यता अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यताको कारण आफूमाथि विनाश ल्याउनेछन्। सत्यता अभ्यास गर्ने र अभ्यास नगर्नेहरूको पर्खाइमा हुने परिणामहरू यिनै हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
परमेश्वरलाई पछ्याउने दाबी गर्ने ती मानिसहरूले आफ्ना आँखा खोलेर तिनीहरू ठ्याक्कै कसलाई विश्वास गर्छन् भनेर राम्ररी हेर्नु सबैभन्दा राम्रो हुनेछ: तँ साँच्चै परमेश्वरमा विश्वास गर्छस् कि शैतानमा? यदि तँलाई आफूले विश्वास गर्ने कुरा परमेश्वर होइन, बरु आफ्नै मूर्तिहरू हुन् भनी थाहा छ भने, तैँले आफू विश्वासी भएको दाबी नगर्नु नै सबैभन्दा राम्रो हुनेछ। यदि तँलाई आफूले कसलाई विश्वास गर्छु भन्ने साँच्चै थाहा छैन भने, फेरि पनि, तैँले आफू विश्वासी भएको दाबी नगर्नु नै सबैभन्दा राम्रो हुनेछ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! तँलाई परमेश्वरमा विश्वास गर्न कसैले बाध्य पारिरहेको छैन। तिमीहरू ममा विश्वास गर्छौ भनेर नभन; मैले यस्ता कुराहरू पर्याप्त सुनिसकेको छु र म त्यो फेरि सुन्न चाहन्नँ, किनभने तिमीहरूले विश्वास गर्ने कुरा तिमीहरूको हृदयका मूर्तिहरू र तिमीहरूमाझका स्थानीय गुन्डाहरू हुन्। सत्यता सुन्दा टाउको हल्लाउनेहरू, मृत्युका शब्दहरू सुन्दा मुस्कुराउनेहरू शैतानको सन्तान हुन् र तिनीहरू नै हटाइने व्यक्ति हुन्। मण्डलीमा धेरै जनासँग खुट्ट्याउने क्षमता हुँदैन। जब कसैले अरूलाई भ्रमित पार्ने प्रयास गर्छ, तब तिनीहरू उल्टै शैतानको पक्षमा उभिन्छन्; तिनीहरू आफूलाई शैतानका नोकरहरू भनिँदा अत्यन्तै अन्याय भएको समेत महसुस गर्छन्। मानिसहरूले आफूसँग खुट्ट्याउने क्षमता छैन भनेर भन्न सक्ने भए पनि, तिनीहरू सधैँ असत्यको पक्षमा उभिन्छन्, तिनीहरू सङ्कटको समयमा कहिल्यै सत्यताको पक्षमा उभिँदैनन्, तिनीहरू कहिल्यै खडा हुँदैनन् र सत्यताका लागि तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै खुट्ट्याउने क्षमताको कमी हुन्छ? तिनीहरू किन उल्टै शैतानको पक्ष लिन्छन्? तिनीहरू किन सत्यताका खातिर निष्पक्ष र उचित हुने एउटा शब्द कहिल्यै बोल्दैनन्? के यो परिस्थिति साँच्चै तिनीहरूको क्षणिक अन्योलको परिणाम स्वरूप उत्पन्न भएको हो? मानिसहरूसँग जति कम खुट्ट्याउने क्षमता हुन्छ, तिनीहरू सत्यताको पक्षमा उभिन त्यति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले खुट्ट्याउने क्षमता नभएका मानिसहरू पापलाई प्रेम गर्छन् भन्ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार सन्तान हुन् भन्ने देखाउँदैन र? तिनीहरू किन सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूको हरेक बोली र कार्य, तिनीहरूको अनुहारका हाउभाउहरू सबै तिनीहरू कुनै पनि प्रकारले सत्यतालाई प्रेम गर्नेहरू होइनन् भनी प्रमाणित गर्न पर्याप्त छन्; बरु, तिनीहरू सत्यतालाई घृणा गर्ने मानिस हुन्। तिनीहरू शैतानको पक्षमा उभिन सक्नुले शैतानको खातिर लड्न आफ्नो जीवन बिताउने यी साना दियाबलसहरूलाई शैतान साँच्चै प्रेम गर्छ भनी पर्याप्त रूपमा प्रमाणित गर्छ। के यी सबै तथ्य अत्यन्तै स्पष्ट छैनन् र? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तँमा किन सत्यता अभ्यास गर्नेहरूका लागि सम्मान छैन र किन तँ सत्यता अभ्यास नगर्नेहरूले पुलुक्कै हेर्नेबित्तिकै तुरुन्तै तिनीहरूलाई पछ्याउँछस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग खुट्ट्याउने क्षमता छ कि छैन भन्ने कुराको मलाई वास्ता छैन। तैँले जति नै ठूलो मूल्य चुकाएको भए पनि त्यसको मलाई वास्ता छैन। तेरा शक्तिहरू जति नै ठूला भए पनि त्यसको मलाई वास्ता छैन र तँ स्थानीय गुन्डा भए पनि वा झन्डा बोक्ने अगुवा भए पनि मलाई त्यसको वास्ता छैन। यदि तेरा शक्तिहरू ठूला छन् भने, त्यो शैतानको शक्तिको मद्दतले मात्रै हो। यदि तेरो प्रतिष्ठा उच्च छ भने, त्यो तेरो वरिपरि सत्यता अभ्यास नगर्नेहरू धेरै भएकाले मात्रै हो। यदि तँलाई निष्कासित गरिएको छैन भने, त्यो अहिले निष्कासित गर्ने कामको समय नभएकाले हो; बरु, यो हटाउने कामको समय हो। अहिले तँलाई निष्कासित गर्नु कुनै हतार छैन। म तँलाई हटाइसकेपछि दण्ड दिने दिनको केवल प्रतीक्षा गरिरहेको छु। सत्यता अभ्यास नगर्ने जोकोहीलाई हटाइनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
परमेश्वरका विश्वासीहरूको सङ्ख्या जति नै धेरै भए पनि, यदि तिनीहरूको विश्वासलाई परमेश्वरले कुनै धार्मिक समूहको विश्वासका रूपमा चित्रण गर्नुभएको छ भने, यी मानिसहरू परमेश्वरको काम र मुक्तिका निसाना होइनन्। परमेश्वरले यो निर्धारण गरिसक्नुभएको हुन्छ, र यी मानिसहरूलाई मुक्ति दिन सकिँदैन। किन म यसो भनिरहेको छु? परमेश्वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति बिल्कुलै समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्वरमा नाउँको मात्र विश्वास गर्छ, तर तिनीहरू धर्मका पाष्टर र एल्डरहरूको पछि लाग्छन् र आज्ञापालन गर्छन्, र धर्मका पाष्टर र एल्डरहरू सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, मानिसहरूले पछ्याउने र पालन गर्ने कुरा शैतान र दियाबलसहरू हुन्। तिनीहरू परमेश्वरमा विश्वास गर्ने दाबी गर्छन्, तर खासमा, तिनीहरू मान्छेको चालबाजीमा पर्दै छन्, मानवका योजना र प्रभुत्वका नियन्त्रणमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्नुपर्दा, तिनीहरूले पछ्याउने र पालन गर्ने कुरा शैतान, र दियाबलसहरू, अनि परमेश्वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, र परमेश्वरका शत्रुहरू हुन्। के परमेश्वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? तिनीहरू पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्वरमा विश्वास गरेको नाममा मानव कार्य र उद्यमहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, अनि तिनीहरूको अन्तिम परिणाम भनेको तिनीहरू परमेश्वरद्वारा तिरस्कृत हुनेछन्। परमेश्वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ, र तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्; तिनीहरू शैतानद्वारा खोसेर लगिएका हुन्छन्, र परमेश्वरले तिनीहरूलाई त्यसकै हातमा सुम्पनुहुन्छ। के परमेश्वरप्रतिको विश्वासले उहाँको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा त्यो विश्वास कति वर्षदेखिको हो भन्नेमा भर पर्छ? के त्यो व्यक्तिले मान्ने अनुष्ठान वा पालना गर्ने प्रावधानहरूमा भर पर्छ? के परमेश्वर मानव अभ्यासहरूलाई हेर्नुहुन्छ? के उहाँ तिनीहरूको सङ्ख्या हेर्नुहुन्छ? (अहँ।) त्यसोभए, उहाँ के हेर्नुहुन्छ त? जब परमेश्वरले मानिसहरूको कुनै समूह छान्नुभएको हुन्छ, तब तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन, उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ कि दिनुहुनेछैन भनेर केको आधारमा मापन गर्नुहुन्छ? त्यो तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा आधारित हुन्छ; त्यो तिनीहरू हिँड्ने मार्गमा आधारित हुन्छ। … तैँले कतिवटा प्रवचन सुनेको छस् वा कतिवटा सत्यता बुझेको छस् भन्ने कुराले फरक पार्दैन; यदि तँ अझै पनि मानिसको बहकाउमा पर्न सक्छस्—मानिस र शैतानलाई पछ्याउँछस्—र अन्त्यमा परमेश्वरको मार्ग पछ्याउन सक्दैनस्, न त उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न नै सक्छस् भने, यस्तो व्यक्ति परमेश्वरद्वारा तिरस्कृत हुन्छ। धर्मका मानिसहरू बाइबलको धेरै ज्ञान प्रचार गर्न सक्लान्, र तिनीहरूले केही आत्मिक धर्मसिद्धान्त बुझ्लान्, तर तिनीहरू परमेश्वरको काममा समर्पित हुन, वा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, वा उहाँलाई साँचो रूपमा आराधना गर्न सक्दैनन्, न त उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न नै सक्छन्। तिनीहरू सबै पाखण्डी हुन्, परमेश्वरप्रति साँच्चै समर्पित हुने मानिस होइनन्। परमेश्वरका नजरमा, यस्ता मानिसहरूलाई कुनै धार्मिक समूह, मानव गुट, शैतानको वासस्थानका रूपमा परिभाषित गरिन्छ। समग्रमा, तिनीहरू शैतानको गिरोह, ख्रीष्टविरोधीहरूको राज्य हुन्, र परमेश्वर तिनीहरूलाई पूर्ण रूपले तिरस्कार गर्नुहुन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्न सकिन्छ
परमेश्वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्न सकिन्छ र मण्डली भन्न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्माको उपस्थिति र काम छैन, पवित्र आत्माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्वरको सारा काम र परमेश्वरका वर्तमान अभिप्रायबारे तिनीहरूले जान्नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्वासी भन्न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्माको नयाँ कामसँग कुनै सम्बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिस हुन् जोसँग सत्यताका लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले तिरस्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्वरसँग सहकार्य गर्न नसक्नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्वरको विपरीत दौडने मानिसहरूले निश्चित रूपमा नै आफ्ना उचित दण्ड पाउनेछैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्ने कोही पनि छैन। ख्रीष्टमार्फत बाहेक परमेश्वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नका लागि परमेश्वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने मौका फेरि कहिल्यै पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी टिप्पणीहरू नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउन र फेरि परमेश्वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ