१. चिनियाँ संविधानले स्पष्ट रूपमा धार्मिक विश्‍वासको स्वतन्त्रता तोकेको छ। परमेश्‍वरमा विश्‍वास गर्नु एउटा अपरिवर्तनीय सिद्धान्त हो, यो तार्किक र कानुन अनुरूप छ। त्यसोभए चिनियाँ कम्युनिस्ट पार्टीले किन चिनियाँ जनतालाई विश्‍वास गर्ने स्वतन्त्रताको अधिकारबाट वञ्चित गर्दै धार्मिक विश्‍वासलाई आक्रमण, दमन र नष्ट गर्ने प्रयास गर्दछ? यसले किन क्रान्तिकारी साधनहरू प्रयोग गर्दै इसाईहरूलाई दमन गर्दै, सताउँदै, र मृत्यु हुनेसम्मको यातना दिँदै तिनीहरूसित घोर अपराधीसँग जस्तो व्यवहार गर्छ?

सन्दर्भका लागि बाइबल पदहरू:

“सारा संसार दुष्टतामा छ” (१ यूहन्‍ना ५:१९)

“यो दुष्ट पुस्ता हो” (लूका ११:२९)

“ठूलो अजिङ्गरलाई बाहिर फालियो, त्यस दियाबलस र शैतान भनिने त्यो प्राचीन सर्पलाई, जसले सारा संसारलाई छल्छ” (प्रकाश १२:९)

“यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, तिमीहरूलाई घृणा गर्नु अगाडि त्यसले मलाई घृणा गर्‍यो भन्‍ने तिमीहरूलाई थाहा छ” (यूहन्‍ना १५:१८)

“अनि दण्ड यही हो, कि ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कार्यहरू दुष्ट थिए। किनभने दुष्ट कार्य गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, न त त्यो ज्योतिमा आउँछ, नत्रता त्यसका कार्यहरूको निन्दा गरिन्छ” (यूहन्‍ना ३:१९-२०)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

ठूलो रातो अजिङ्गरका प्रकटीकरणहरू मप्रतिको विरोध हुन्, मेरा वचनहरूको अर्थको ज्ञान र समझको कमी हुन्, मलाई गरिएको बारम्बारको सतावट र मेरो व्यवस्थापनमा बाधा पुर्‍याउने योजनाहरू प्रयोग गर्ने प्रयास हुन्। शैतान यसरी प्रकट हुन्छ: शक्तिको लागि मसँग सङ्घर्ष गर्ने, मेरा चुनिएका मानिसहरूलाई लिन चाहने, र मेरा मानिसहरूलाई छल गर्न नकरात्मक वचनहरू जारी गर्ने। दियाबलसका प्रकटीकरणहरू (मेरो नामलाई स्वीकार नगर्ने, विश्‍वास नगर्ने सबै दियाबलसहरू हुन्) यसप्रकार छन्: देहको सुख-चैनको लालच गर्ने, दुष्ट अभिलाषाहरूमा लिप्त हुने, शैतानको बन्धनमा जिउने, केहीले मलाई विरोध गर्छन् र केहीले मलाई समर्थन गर्छन् (तर तिनीहरू मेरा प्रिय पुत्रहरू हुन् भन्‍ने प्रमाणित हुँदैन)। प्रधान स्‍वर्गदूतका प्रकटीकरणहरू यसप्रकार छन्: अटेरी भई बोल्‍ने, अधर्मी बन्‍ने, मानिसहरूलाई भाषण दिन प्रायजसो मेरो स्वरशैलीको अनुकरण गर्ने, मेरो अनुकरण गर्दा बाहिरी कुरामा मात्रै ध्यान दिने, मैले जे खान्छु त्यही खाने र मैले जे प्रयोग गर्छु त्यही प्रयोग गर्ने; छोटकरीमा भन्दा, मेरै स्तरको बन्‍न चाहना गर्ने, महत्त्वाकांक्षी बन्‍ने तर मेरो क्षमताको कमी भएको र मेरो जीवन नभएको, र खेर गएको कुरा बन्‍ने। शैतान, दियाबलस, र प्रधान स्‍वर्गदूत सबै ठूलो रातो अजिङ्गरलाई प्रतिनिधित्व गर्ने प्रदर्शनहरू हुन्, त्यसकारण मैले पूर्वनियुक्ति नगरेका र नचुनेका मानिसहरू सबै ठूलो रातो अजिङ्गरका सन्तान हुन्: यो पूर्णतया यस्तै हो! यी सबै मेरा शत्रुहरू हुन्। (तैपनि, शैतानका वाधाहरूलाई यसमा समावेश गरिएको छैन। यदि तेरो प्रकृति मेरो गुण जस्तो छ भने, कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। अहिले तँ अझै पनि देहमा जिउने भएको हुनाले, तैँले बेला-बेलामा शैतानका परीक्षाहरूको सामना गर्नेछस्—त्यो अपरिहार्य छ—तर तँ सधैँ होशियार रहनुपर्छ।) त्यसकारण, म ठूलो रातो अजिङ्गरका सबै सन्तानलाई मेरा ज्येष्ठ पुत्रहरूको समूहभन्दा बाहिर निकालेर त्याग्‍नेछु। तिनीहरूको प्रकृति कहिल्यै परिवर्तन हुन सक्दैन—यो शैतानको गुण हो। तिनीहरूले प्रकट गर्ने दियाबलसलाई नै हो, र तिनीहरूले जिउने प्रधान स्‍वर्गदूतको जीवन हो। यो पूर्ण रूपमा साँचो कुरा हो। मैले कुरा गरेको त्यो ठूलो रातो अजिङ्गर एउटा ठूलो रातो अजिङ्गर होइन; बरु यो मेरो विरुद्धको दुष्टात्मा हो, जसको लागि “ठूलो रातो अजिङ्गर” एक पर्यायवाची शब्‍द हो। यसैले, पवित्र आत्मा बाहेकका अरू सबै आत्माहरू दुष्टात्माहरू हुन्, र तिनलाई ठूलो रातो अजिङ्गरको सन्तान पनि भन्न सकिन्छ। यो कुरा सबैले स्पष्ट रूपमा बुझ्नुपर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ९६

हजारौं वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै,[१] निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहेको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[२] आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई थाहै नपाई पक्रनुहुनेछ र ती सबैलाई मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको शहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको मायालु र प्रेमिलोपनको आनन्द उठाएका छन्? मानव संसारका मामिलाको बारेमा तिनीहरूले कति बुझेका छन्? तिनीहरूमध्ये कसले परमेश्‍वरको उत्सुक इच्छालाई बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले परमेश्‍वरलाई तुच्छ ठानेको धेरै भइसक्यो, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई मूर्ख बनाएका छन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। परमेश्‍वरको कामलाई कसले अङ्गालेको छ? परमेश्‍वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? किनकि एक पुस्तादेखि अर्को पुस्तामा, आमाबुबादेखि छोराछोरोसम्म दासत्वमा परेको मानिसले अमर्यादित रूपमा परमेश्‍वरलाई दास बनाएको छ—यसले कसरी क्रोध जगाउँदैन? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्‍वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई आफ्नो इच्छाअनुसार समस्याहरू सुरु गर्न नदेऊ! समय अहिले नै हो: त्यस भूतको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसतिर आफ्नो पिठिउँ फर्काउने अनुमति दिनका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? स्नेह कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्ति प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ नपाउञ्‍जेल किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ स्नेह कहाँ छ? मानिसहरूमाझ स्वागत कहाँ छ? परमेश्‍वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्‍वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्‍वरलाई किन उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुन कर लाउनु? यस अँध्यारो समाजमा, त्यसका दु:खी रक्षक कुकुरहरूले किन परमेश्‍वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

प्राचीन संस्कृतिको ज्ञानले मानिसलाई अन्धविश्‍वासपूर्ण रूपमा परमेश्‍वरको उपस्थितिबाट चोरेर लगेको छ र उसलाई शैतानहरूका राजा र त्यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू[क] ले मानिसका सोच र धारणाहरूलाई विद्रोहको अर्को युगतिर लगेको छ, जसले उसलाई त्यो पुस्तक/उत्कृष्ट दस्तावेज सङ्कलन गर्नेहरूलाई पहिलेको तुलनामा अझ बढी प्रशंसा दिने बनाउँछ, र यसको फलस्वरूप उसले परमेश्‍वर सम्बन्धी आफ्नो धारणालाई अझ बढी खराब बनाउँछ। मानिसले थाहा नपाई, शैतानहरूको राजाले क्रूर बन्दै उसको हृदयबाट परमेश्‍वरलाई निकाल्छ र त्यो ठाउँमा आफै बस्दै विजय बनेकोमा हर्षित हुन्छ। त्यस समयदेखि नै, मानिस दुष्ट र घिनलाग्दो आत्माको अधीनमा छ र ऊसित शैतानहरूको राजाको अनुहार छ। परमेश्‍वरप्रतिको घृणाले उसको छाती भरिन्छ, र शैतानहरूको राजाको खराब दुर्भावना मानिसहरूभित्र तबसम्‍म दिनदिनै फैलिन्छ जबसम्म ऊ पूर्ण रूपमा नष्ट हुँदैन। मानिससँग अलिकति पनि स्वतन्त्रता थिएन र शैतानहरूको राजाको कष्टबाट स्वतन्त्र हुने कुनै उपाय थिएन। त्यही ठाउँमा कैदीको रूपमा लगिने, आत्मसमर्पण गर्ने र त्यसको उपस्थितिमा समर्पण हुने बाहेक ऊसँग अरू विकल्प थिएन। धेरै पहिले, जब मानिसको हृदय र आत्मा त्यसको शैशवकालमा नै थियो, तब शैतानहरूको राजाले त्यसमा नास्तिकताको रोगको बीउ रोप्यो र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर; चार आधुनिकीकरण महसुस गर; संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन” भन्‍ने झूटहरू सिकायो। त्यति मात्र होइन, यो हरेक मौकामा यसो भन्दै चिच्याउँछ: “एउटा सुन्दर जन्मभूमि निर्माण गर्न हामी आफ्नो मेहनती परिश्रममा भरोसा गरौं,” र प्रत्येक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई विश्‍वासयोग्य सेवा प्रदान गर्न तयार हुनुपर्छ भन्छ। मानिसलाई अनजानमा त्यसको उपस्थितिमा ल्याइयो, जहाँ यसले कुनै सङ्कोच नमानिकन अहङ्कारका साथ सबै श्रेय आफैले लियो (अर्थात्, सबै मानव जातिलाई उहाँकै हातमा राख्ने परमेश्‍वरको श्रेयलाई)। त्यसमा कहिल्यै पनि शर्मको कुनै अनुभूति थिएन। यसबाहेक, यसले लाजै नमानी परमेश्‍वरका मानिसहरूलाई समात्यो र तानेर फेरि आफ्नो घरमा ल्यायो, जहाँ यो मुसोझैं टेबलमा उफ्रियो र त्यसलाई परमेश्‍वरको रूपमा पूजा गर्न मानिसलाई लगायो। कस्तो निराशलाग्दो कुरा! यसले विवादास्पद र स्तब्ध पार्ने कुराहरू चिच्याउँदै भन्छ, जस्तै: “संसारमा परमेश्‍वर भन्ने कुनै कुरा छैन। बतास प्राकृतिक नियमअनुसार रूपान्तरणबाट आउँछ; वर्षा तब हुन्छ जब पानी बाफ बनेर चिसो तापक्रमसँग मिल्छ, बाक्ला थोपाहरू बन्छ अनि जमिनमा झर्छ; भूकम्प भनेको भूगर्भीय परिवर्तनको कारण पृथ्वीको सतह हल्लिनु हो; खडेरीचाहिँ सूर्यको सतहमा न्यूक्लियोनिक विघटन हुँदा हावामा सुक्खापन हुने भएकोले गर्दा हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबै थोकमा, के परमेश्‍वरको काम छ र?” यस्ता व्यक्तिहरू पनि छन् जो निम्न कुराहरू भन्दै कराइरहेका हुन्छन्, त्यस्ता भनाइहरू जसलाई समर्थन गर्नु हुँदैन: “मानिस विगतमा बाँदरबाट विकसित भएको थियो, र आज संसार करिब लामो युगभन्दा पहिलेदेखि सुरु भएको आदिम समाजहरूको उत्तराधिकारबाट आएको हो। कुनै देश फस्टाउँछ कि पतन हुन्छ भन्‍ने कुरा रूपमा त्यसको जनताको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई त्यसलाई भित्तामा झुण्ड्याउने वा टेबलमा राखेर श्रद्धाञ्जली दिने र त्यसलाई भेटी चढाउने बनाउँछ। यसको साथसाथै यो यसो भन्दै कराउँछ, “परमेश्‍वर हुनुहुन्न,” यसले आफैलाई परमेश्‍वरजस्तो उच्च बनाउँछ, परमेश्‍वरको स्थानमा उभिएर र राजाको भूमिकालाई ग्रहण गर्दै अन्त्यमा अभद्रतासाथ परमेश्‍वरलाई पृथ्वीको सिमानाबाट बाहिर धकेल्छ। कति नराम्रो घतले विवेक गुमाएको! यसले एक व्यक्तिलाई त्यसलाई अत्यन्तै घृणा गर्ने बनाउँछ। यस्तो देखिन्छ कि परमेश्‍वर र यो शपथ लिइएका शत्रुहरू हुन्, र ती दुई सँगसँगै रहन सक्दैनन्। यसले व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै[३] परमेश्‍वरलाई बाहिर लखेट्ने योजना बनाउँछ। यो शैतानहरूको कस्तो राजा हो! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? जबसम्म यसले परमेश्‍वरको कामलाई नाश पार्दैन र सबैलाई पूरै लथालिङ्ग[४] बनाउँदैन तबसम्म यसले विश्राम गर्दैन, मानौं यसले माछा नगरुञ्‍जेल या त जाल नफाटुञ्जेल अन्त्यसम्मै कडा विरोध गर्न चाहन्छ, जानी-जानी आफैलाई परमेश्‍वरको विरोधमा राख्छ र झन्-झन् नजिकतिर बढ्छ। त्यसको घृणित अनुहार लामो समयदेखि पूर्ण रूपमा उदाङ्गो भएको छ, अब त्यो चोट लागेको र कुटपिट गरिएको[५] छ र दुःखत स्थितिमा छ, तैपनि परमेश्‍वरप्रतिको आफ्नो घृणामा यो अझै नरम हुँदैन, मानौं परमेश्‍वरलाई एक गाँसमा खाएपछि मात्र त्यसको हृदयको घृणालाई त्यसले कम गर्न सक्छ। हामी कसरी यसलाई सहन सक्छौं, यो परमेश्‍वरको शत्रुलाई! केवल यसलाई समाप्त गरेर अनि पूर्ण नाश पारेर मात्र हाम्रो जीवनको इच्छा सफल हुनेछ। त्यसलाई जताततै त्यसरी दगुरिहिँड्ने अनुमति कसरी दिन सकिन्छ? यसले मानिसलाई यति भ्रष्ट पारेको छ कि मानिसले स्वर्ग-सूर्यलाई जान्दैन, र ऊ मृत्यु-अन्त र भावहीन भएको छ। मानिसले सामान्य मानव-तर्क हराएको छ। भविष्यका सबै चिन्ताहरू हटाउनका लागि यसलाई नाश गर्न र जलाउन र परमेश्‍वरको कार्यलाई चाँडै अभूतपूर्व महिमामा पुग्‍न दिनका निम्ति हाम्रो सम्पूर्ण अस्तित्व नै किन समर्पण नगर्ने? बदमासहरूको यो गिरोह मानिसहरूको संसारमा आयो र यसलाई उत्पातमा पुर्‍यायो। गोप्य रूपमा धकेलेर उनीहरूलाई टुक्रा-टुक्रा पारी तिनीहरूको लास खानलाई गोप्यमा योजना बनाउँदै तिनीहरूले सारा मानवजातिलाई भीरको टुप्‍पामा ल्याएका छन्। तिनीहरू परमेश्‍वरको योजना तोड्ने र उहाँसँग खेलमा प्रवेश गरी एउटै दाउमा सबै जित्‍ने[६] व्यर्थको आशा गर्छन्। त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर दियाबलसहरूको राजाको लागि नै क्रूस तयार पारिएको छ, जो सबैभन्दा जघन्य अपराधको दोषी छ। परमेश्‍वर क्रूसको स्वामित्वमा हुनुहुन्न। उहाँले पहिले नै यसलाई दियाबलसको लागि टाढा पन्साई सक्नुभएको छ। परमेश्‍वर धेरै समय अगाडि नै विजयी हुनुभएको छ, र मानव जातिको पापको लागि उप्रान्त दु:ख महसुस गर्नुहुन्न, तर सबै मानवजातिको लागि उद्धार ल्याउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्‍वरको कार्यलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक सम्पदा,” बहुमूल्य “पुरातन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादको शिक्षा,” र “कन्फ्युसियसवादका उत्कृष्ट लेखहरू र सामन्ती संस्कार,” यी सबै कुराले मानिसलाई नरकमा लगेको छ। उन्नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्च विकसित उद्योग, कृषि, र व्यवसाय हराएर गएको छ। बरु, यसले परमेश्‍वरको कार्यलाई जानाजानी बिथोल्न, विरोध गर्न र ध्वस्त पार्नका लागि पुरानो समयका “बाँदरहरू” ले फैलाएको सामन्ती संस्कारलाई जोड दिने बाहेक केही पनि गर्दैन। यसले आजको दिनसम्म मानिसलाई कष्ट दिइरहेको मात्र छैन, तर यसले मानिसलाई पूरै निल्न[७] पनि चाहन्छ। सामन्तवादको नीति शास्‍त्र र नैतिक शिक्षाको प्रचार-प्रसार र प्राचीन संस्कृतिको ज्ञानको अस्तित्वले मानवतालाई ठूला र साना दियाबलसहरूमा परिणत गर्दै लामो समयदेखि सङ्क्रमित गर्दै आएको छ। खुसीसाथ परमेश्‍वरलाई ग्रहण गर्नेहरू थोरै छन्, खुशीसाथ उहाँको आगमनलाई स्वागत गर्नेहरू थोरै छन्। सम्पूर्ण मानवताको अनुहार हत्या गर्ने अभिप्रायले भरिएको छ, र सबै ठाउँमा, हत्या गर्ने सास हावामा फैलिन्छ। तिनीहरूले यस भूमिबाट परमेश्‍वरलाई निकाल्ने प्रयास गरिरहेका छन्; हातमा छुरी र तरबारहरू लिएर तिनीहरू परमेश्‍वरको “विनाश” गर्ने युद्धको लागि तयारी गर्दछन्। मानिसलाई परमेश्‍वर हुनुहुन्न भनी निरन्तर सिकाइने शैतानको यस देशभरि, मूर्तिहरू फैलिएको छ, र माथिको हावामा जलेको कागज र धूपको वाकवाक लाग्ने दुर्गन्ध व्याप्त भएकोले, त्यो निस्सासिदिने किसिमको बाक्लो छ। यो फोहोरको दुर्गन्धजस्तै हो जुन विषालु सर्पको गुँडुल्क्याईले फैलिएर आउँछ, यतिसम्म कि बान्ता रोक्न समेत सकिँदैन। यसबाहेक, दुष्ट भूतहरूले धर्मशास्त्रका वचनहरूको कीर्तन गरेको आवाज सुन्न सकिन्छ, यस्तो आवाज जुन टाढा नरकबाट आइरहेको छ जस्तो लाग्छ, यतिसम्म कि थरथर नकाँपी रहन सकिँदैन। यस देशका जताततै इन्द्रेनीका सबै रङ्गका मूर्तिहरू राखिएका छन् र भूमिलाई कामुक आनन्दको संसारमा परिणत गरिएको छ, जबकी दियाबलसहरूका राजा मूर्खतापूर्ण तरिकाले हाँस्दैछन्, मानौं यसको विनाशकारी षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेपरवाह रहन्छ, र न त शैतानले उसलाई चेतनाशून्य हुने गरी भ्रष्ट पारेको छ र उसलाई हराएर उसको शिर झुण्ड्याइएको छ भन्‍ने कुनै अनुभूति नै उसलाई छ। त्यसले परमेश्‍वरमा भएका सबै कुरा मेटाउन र फेरि अशुद्ध पार्ने र उहाँको हत्या गर्ने इच्छा गर्छ; यसले उहाँको काम बिगार्न र त्यसमा बाधा पुर्‍याउन चाहन्छ। यसले कसरी परमेश्‍वरलाई समान दर्जाको हुन दिन्छ र? पृथ्वीमा मानिसहरू बीचको काममा परमेश्‍वरले “हस्तक्षेप” गर्नुभएको यसले कसरी सहन सक्छ? यसले कसरी परमेश्‍वरलाई त्यसको घिनलाग्दो अनुहार उदाङ्गो पार्ने अनुमति दिन सक्छ? यसले परमेश्‍वरलाई कसरी त्यसको काम लथालिङ्ग पार्ने अनुमति दिन सक्छ? क्रोधले ग्रसित यो दियाबलसले कसरी पृथ्वीमा रहेको आफ्नो शाही दरबार परमेश्‍वरलाई नियन्त्रण गर्न दिन सक्छ? कसरी यो स्वेच्छाले उहाँको उच्च पराक्रमको अगि झुक्न सक्छ? यसको घिनलाग्दो अनुहारलाई जस्ताको त्यस्तै प्रकट गरिएको छ, यसैले अब हाँस्ने कि रुने कसैलाई केही थाहा छैन, र यसको बारेमा कुरा गर्नु साँच्चै गाह्रो छ। के यसको सार यही होइन र? घिनलाग्दो प्राण सहितको, यसले अझै पनि आफू विश्‍वासै गर्न नसकिने गरी सुन्दर छु भनी विश्‍वास गर्छ। यो अपराधमा लागिपर्ने साथीहरूको समूह हो![८] तिनीहरू सुख विलासमा लिप्त हुन मरणशील क्षेत्रमा ओर्लेर आउँछन् र अराजकता मच्चाउँदै होहल्‍ला गर्छन्, यहाँसम्‍म कि संसार भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेको छ कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो, अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ। यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि लिन चाहन्छन्। तिनीहरूले परमेश्‍वरको कामलाई यति बाधा दिन्छन् कि त्यो एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजाय बाहेक अरू केही कुराको आशा गरिरहेका छन्? भूतात्माहरू र दुष्टात्माहरू केही समयसम्‍म यस पृथ्वीमा यता-उता उन्मत्तताको साथ दौडिरहेका छन्, र परमेश्‍वरको इच्छा र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न सकिँदैन। साँच्चै, यो मरणशील पाप हो! परमेश्‍वर चिन्तित नभई कसरी बस्‍न सक्‍नुहुन्छ र? परमेश्‍वर कसरी क्रोधित हुन सक्नुहुन्न र? तिनीहरूले परमेश्‍वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्‍याएका छन् र विरोध गरेका छन्: कति विद्रोही!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

फूटनोटहरू:

१. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।

२. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।

३. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्‍ने सङ्केत गर्दछ।

४. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भनी सङ्केत गर्दछ।

५. “चोट लागेको र कुटपिट गरिएको” भनेको शैतानको राजाको कुरूप अनुहार हो।

६. “एउटै दाउमा सबै जित्‍ने” भनेको अन्तमा जित्ने आशामा आफ्नो सबै पैसा एकल सर्तमा राख्नु हो। यो शैतानको भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।

७. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्दछ।

८. “अपराधमा लागिपर्ने साथीहरूको समूह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।

क. चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू चीन देशको कन्फ्युसियस धर्मको आधिकारिक पुस्तकहरू हुन्।

अघिल्लो: ३. धार्मिक संसारमा, पाष्टरहरू र एल्डरहरूसँग नै अधिकार हुन्छ। तिनीहरू पाखण्डी फरिसीहरूको बाटो हिँड्छन्, र हामी तिनीहरूलाई पछ्याउने र तिनीहरूले जे भन्छन् त्यही गर्ने भए पनि, हामी प्रभु येशूमा विश्‍वास गर्छौं, पाष्टरहरू र एल्डरहरूमा होइन। त्यसोभए हामी फरिसीहरूको बाटोमा हिँड्छौं भनी तपाईं कसरी भन्न सक्नुहुन्छ? के तपाईंले धर्मका परमेश्‍वरमा विश्‍वास गर्ने हामीले साँच्चै मुक्ति पाउनेछैनौं भनी भन्दैहुनुहुन्छ?

अर्को: २. चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएदेखि यता यसले धार्मिक विश्‍वासको सतावटलाई निरन्तर अघि बढाइरहेको छ। विशेष गरी यसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई गरेको दमन, अति नै कठोर भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गर्न, दोष लाउन र बदनाम गर्न टेलिभिजन, रेडियो, समाचार-पत्रहरू, इन्टरनेट र अन्य मिडिया मात्र प्रयोग गरेको छैन, तर यसका सदस्यहरूलाई व्यापक मात्रामा गिरफ्तार गरेको र क्रूर यातना पनि दिएको छ, र यातना दिएर नै मारेको पनि छ। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई गरेको सतावट किन यति कठोर छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्