२. पाष्टरहरू र एल्डरहरूले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छन्, तिनीहरूमा बाइबलको धेरै ज्ञान हुन्छ, र तिनीहरूको विश्‍वास हाम्रो भन्दा श्रेष्ठ हुन्छ, त्यसैले प्रभुमा विश्‍वास गर्दा हामीले तिनीहरूको कुरा सुन्नुपर्छ। तपाईं प्रभु येशू फर्केर आउनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ भनी गवाही दिनुहुन्छ, तर धेरैजसो पाष्टरहरू र एल्डरहरूले यो कुरालाई स्वीकार गर्दैनन्, यहाँसम्म कि यसको विरोध र निन्दा समेत गर्छन्। त्यसैले हामी पनि यसलाई स्वीकार गर्न सक्दैनौं।

सन्दर्भका लागि बाइबल पदहरू:

“हामीले मानिसको होइन परमेश्‍वरको आज्ञा मान्‍नुपर्छ” (प्रेरित ५:२९)।

“तिनीहरू अन्धाहरूका अन्धा अगुवाहरू हुन्। र यदि अन्धोले अन्धोलाई डोर्‍यायो भने दुवै खाडलमा खस्‍नेछन्” (मत्ती १५:१४)।

“मानिसमा भरोसा गर्ने, र आफ्‍नो देहलाई आफ्नो अस्त्र बनाउने अनि जसको हृदय यहोवादेखि टाढा जान्छ त्यो मानिस श्रापित होस्” (यर्मिया १७:५)।

“मानिसहरू तिनीहरूलाई हिर्काउनुहुनेकहाँ फर्कँदैनन्, न त तिनीहरू सेनाहरूका यहोवाको खोजी नै गर्छन्। यसकारण यहोवाले एकै दिनमा इस्राएलबाट शिर र पुच्छर, हाँगा र नर्कट काटिदिनुहुनेछ। प्राचीन र आदरका योग्‍य, उनी शिर हुन्; र झूट सिकाउने अगमवक्ता पुच्छर हुन्। किनकि यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गल्ती गर्ने तुल्याउँछन्; र तिनीहरूद्वारा अगुवाइ गरिएकाहरू नष्ट हुनेछन्” (यशैया ९:१३-१६)।

परमेश्‍वरका प्रासंगिक वचनहरू:

हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तममा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई आफ्नो अगाडि ल्याउन र उनीहरूलाई छल्नको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाममात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, “हाम्रो विश्‍वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको माध्यम एउटा मानव हो; के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र?

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यताको खोजी गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु हो” बाट उद्धृत गरिएको

भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू “स्वस्थ विधान” का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्” बाट उद्धृत गरिएको

कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्‍वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्‍वरका निम्ति आफू स्‍वयम्‌लाई समर्पण गर्ने बारेमा बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्‍न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरामा प्रश्‍न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू हुन् भन्‍ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्‍वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यदि परमेश्‍वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम बन्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित भएका हुन्छन्; विश्‍वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्‍याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्‍मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काउने विश्‍वासघातीहरू मात्र हुन्।

तैंले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैंले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैंले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैंले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैंले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै सम्मानको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।

कुनै पनि अवस्थामा पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै सत्यका लागि गैर-विश्‍वासी र विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैंले तँभित्र कति धेरै अविश्‍वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैंले सत्यको मार्गलाई चुनेको हुनाले, तैंले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैंले यो बुझ्नुपर्छ कि परमेश्‍वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्‍वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्‍वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?” बाट उद्धृत गरिएको

सत्यतालाई नबुझ्नेहरूले सदैव अरूहरूलाई पछ्याउँछन्‌: यदि मानिसहरूले यो पवित्र आत्माको कार्य हो भनी भन्छन्‌ भने, तैँले पनि यो पवित्र आत्माको कार्य हो भनी भन्छस्‌; यदि मानिसहरूले यो दुष्टात्माको कार्य हो भनी भन्छन्‌ भने, तँ पनि शङ्कालु हुन्छस्‌, वा यो दुष्टात्माको कार्य हो भनी भन्छस्‌। तँ सदैव अरूहरूको कुराहरूलाई सुगारटाइ गर्छस्‌, र आफैँ केही कुरा छुट्ट्याउन असक्षम हुन्छस्‌, न त तँ आफ्नै लागि सोच्न समर्थ हुन्छस्‌। यो कुनै अडान बिनाको व्यक्ति हो, जो भिन्नता छुट्ट्याउन असमर्थ छ—यस्तो व्यक्ति एक निकम्मा नालायक हुन्छ! तँ सदैव अरूहरूको कुराहरू दोहोर्याउँछस्‌: आज यस्तो भनिन्छ कि यो पवित्र आत्माको कार्य हो, तर यस्तो सम्भावना छ कि कुनै दिन कसैले भन्नेछ कि यो पवित्र आत्माको कार्य होइन, र वास्तवमा यो मानिसको कार्यभन्दा बाहेक अरू केही होइन—तापनि तँ यसलाई छुट्ट्याउन सक्दैनस्‌, र अरूहरूद्वारा यो कुरा बताइएको तँ प्रत्यक्षदर्शी हुँदा, तैँले पनि त्यही कुरा भन्छस्‌। यो वास्तवमा पवित्र आत्माको कार्य हो, तर तँ यो मानिसको कार्य हो भनी भन्छस्‌; के तँ पवित्र आत्माको कार्यको विरुद्धमा निन्दा गर्नेहरूमध्ये एक हुँदैनस्‌ र? यसमा, तैँले भिन्नता छुट्ट्याउन नसकेको कारणले गर्दा परमेश्‍वरलाई विरोध गरेको छैनस् र? सायद कुनै दिन कुनै मूर्ख प्रकट हुनेछ जसले भन्छ “यो दुष्टात्माको कार्य हो,” र जब तँ यी शब्दहरू सुन्छस्‌, तँ नोकसानीमा हुनेछस्‌, र फेरि एक पटक तँ अरूहरूको कुराहरूद्वारा बन्धित हुनेछस्‌। हरेक पटक कसैले खलबल पैदा गर्छ, तँ आफ्नो अडानमा खडा हुन असक्षम हुन्छस्‌, र यो सबै तँसँग सत्यता नभएकोले गर्दा हो। परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरलाई जान्न खोज्ने कुरा सरल छैन। यी कुराहरू केवल सँगै भेला भएर अनि प्रचार सुनेर हासिल गर्न सकिँदैन, र तँ जोसद्वारा मात्र सिद्ध गरिन सक्दैनस्‌। तैँले आफ्नो कार्यहरू अनुभव गर्नुपर्छ, र जान्नुपर्छ, र तँ तिनमा सिद्धान्तवान्‌ हुनुपर्छ, र पवित्र आत्माको कार्य हासिल गर्नुपर्छ। जब तँ अनुभवहरूबाट गुज्रेको हुन्छस्‌, तब तैँले धेरै कुराहरू छुट्ट्याउन समर्थ हुनेछस्‌—तँ असल र खराबबीच‌को, धार्मिकता र दुष्टताबीचको, शरीर र रगत को हो र सत्यता के हो सोबीचको भिन्नता छुट्ट्याउन समर्थ हुनेछस्। तैँले यी सबै कुराहरूको बीचको भिन्नतालाई छुट्ट्याउन सक्‍नुपर्छ, र यसो गर्दा, परिस्थितिहरू जस्तोसुकै भएतापनि, तँ कहिल्यै हराउने छैनस्‌। यही मात्र तेरो वास्तविक कद हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌” बाट उद्धृत गरिएको

परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरको आज्ञापालन र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले ती मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्नु हुँदैन। यो परमेश्‍वरको निम्ती असहनीय हुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश” बाट उद्धृत गरिएको

केही मानिसहरूले बाह्य रूपमा आत्मिक, सज्जन, उच्च र महान देखिने व्यक्तिहरूबाट धोका खान्छन्। जहाँसम्म अक्षरहरू र सिद्धान्तहरू धाराप्रवाह रूपमा बोल्न सक्ने अनि बोली र कार्य प्रशंसनीय भएका मानिसहरूको सवाल छ, तिनीहरूबाट धोका खानेहरूले तिनीहरूको कार्यको सार, तिनीहरूको कार्यपछाडिको सिद्धान्त वा तिनीहरूको उद्देश्यलाई कहिल्यै पनि हेरेका हुँदैनन्। अझ भन्ने हो भने, तिनीहरूले यी मानिसहरू परमेश्‍वरप्रति साँच्चै नै समर्पित छन् कि छैनन् भन्ने कुरा कहिल्यै हेरेका हुँदैनन्, न त कहिल्यै तिनीहरूले यी मानिसहरूले साँच्चै नै परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् अनि यिनीहरू दुष्टताबाट अलग रहन्छन् कि रहँदैनन् भन्ने कुरा नै निर्क्योल गरेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि यी मानिसहरूको मानवताको सारलाई देखेका हुँदैनन्। बरु, यिनीहरूसँग चिनजान हुने पहिलो कदमदेखि नै, तिनीहरूले अलिअलि गर्दै यिनीहरूलाई सराहना र आदर गर्न थालेका हुन्छन् र अन्त्यमा यी मानिसहरू तिनीहरूको आदर्श बन्छन्। यसको अलाबा, केही व्यक्तिहरूको विचारमा, तिनीहरूले आराधना गर्ने आदर्श पात्रहरू—अनि तिनीहरूले आफ्ना परिवारहरू, जागिरहरू त्याग गर्न सक्ने भनी विश्‍वास गरेका व्यक्तिहरू र सतही रूपमा मूल्य चुकाउन सक्षम देखिने व्यक्तिहरू—नै ती व्यक्तिहरू हुन् जसले सच्चा रूपमा परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छन् र जसले वास्तविक रूपमा असल प्रतिफलहरू र असल गन्तव्यहरू हासिल गर्न सक्छन्। उनीहरूको मनमा, यी आदर्श पात्रहरू नै ती व्यक्तिहरू हुन् जसलाई परमेश्‍वरले स्याबासी दिनुहुन्छ। तिनीहरूलाई के कुराले यस्तो विश्‍वास गर्न लगाउँछ? यो समस्याको सार के हो? यसले निम्त्याउने परिणामहरू के-के हुन्? सर्वप्रथम, यसको सारको विषयमा छलफल गरौं।

तात्विक रूपमा, मानिसहरूका दृष्टिकोणहरू, तिनीहरूका अभ्यासका तौरतरिकाहरू, तिनीहरूले अँगाल्न चयन गरेको अभ्यासका सिद्धान्तहरू, अनि तिनीहरू प्रत्येकले प्रायः ध्यान केन्द्रित गर्ने कुराहरू सम्बन्धी यी सवालहरू र मानवजातिले पूरा गर्नुपर्ने परमेश्‍वरका मागहरूको बीचमा कुनै सम्बन्ध छैन। मानिसहरूले हल्का कुराहरू वा गहन विषयहरू, वा अक्षरहरू र सिद्धान्तहरू वा वास्तविकता जेसुकैमा ध्यान केन्द्रित गरून्, तिनीहरूले सबैभन्दा बढी पालना गर्नुपर्ने कुरा चाहिँ पालना गर्दैनन्, न त तिनीहरूले आफूले सबैभन्दा बढी जान्नुपर्ने कुरा नै जान्दछन्। यसको कारण भनेको मानिसहरूले सत्यतालाई बिलकुलै मन नपराउनु हो; र यसरी तिनीहरू परमेश्‍वरका वाणीहरूमा पाइने अभ्यासका सिद्धान्तहरूको खोजी गर्न एवं तिनको अभ्यास गर्नमा समय र प्रयत्न खर्च गर्न इच्छुक हुँदैनन्। बरु, तिनीहरूले असल अभ्यास र असल व्यवहार के हो भन्ने बारेमा जे बुझेका र जानेका छन् त्यसैलाई सारांशित गर्दै छोटो बाटो प्रयोग गर्न रुचाउँछन्; त्यसपछि त्यो सारांश नै तिनीहरूको आफ्नो पछ्याउने लक्ष्य बन्छ जसलाई तिनीहरूले अभ्यास गर्नुपर्ने सत्यताको रूपमा लिन्छन्। यसको प्रत्यक्ष परिणाम यस्तो हुन्छ कि मानिसहरूले मानवीय असल व्यवहारलाई सत्यताको अभ्यास गर्ने कार्यको प्रतिस्थापनको रूपमा प्रयोग गर्छन् र यसले परमेश्‍वरको चाकरी गर्ने तिनीहरूको इच्छा पनि पूरा हुन्छ। यसले तिनीहरूलाई सत्यता विरुद्ध लड्न पुँजी प्रदान गर्छ जसलाई तिनीहरूले परमेश्‍वरसँग तर्कवितर्क गर्न र प्रतिस्पर्धा गर्न पनि प्रयोग गर्छन्। यसको साथै, मानिसहरूले अनैतिक ढङ्गले परमेश्‍वरलाई एकातिर पन्छाउँछन् र तिनीहरूले उहाँको सट्टामा आफूहरूले प्रशंसा गर्ने आदर्श पात्रहरूलाई राख्छन्। मानिसहरूलाई यस्ता अज्ञानी कार्यहरू र दृष्टिकोणहरू अँगाल्ने वा एकपक्षीय विचारहरू र अभ्यासहरू अपनाउने तुल्याउने मूल कारण एउटा मात्र छ—र आज म तिमीहरूलाई यसको बारेमा बताउनेछु: त्यो कारण भनेको मानिसहरूले परमेश्‍वरलाई पछ्याए पनि, हरेक दिन उहाँ समक्ष प्रार्थना गरे पनि, र हरेक दिन उहाँका वाणीहरूलाई पढे पनि, तिनीहरूले वास्तविक रूपमा उहाँको इच्छा नबुझ्नु नै हो। समस्याको जरा यसैमा हुन्छ। यदि कुनै व्यक्तिले परमेश्‍वरको हृदयलाई बुझ्थ्यो वा उहाँले के मन पराउनुहुन्छ, उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ, उहाँले के चाहनुहुन्छ, उहाँले कुन कुरालाई अस्वीकार गर्नुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई मन पराउनुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई घृणा गर्नुहुन्छ, मानिसहरूले पूरा गर्नैपर्छ भनी माग गर्दा उहाँले कस्तो प्रकारको मापदण्ड प्रयोग गर्नुहुन्छ अनि तिनीहरूलाई सिद्ध तुल्याउनको लागि उहाँले कस्तो पद्धति प्रयोग गर्नुहुन्छ भन्ने कुरा जान्दथ्यो भने, के त्यस्तो व्यक्तिसँग अझै पनि आफ्नै व्यक्तिगत विचारहरू हुन्थ्यो होल त? के त्यस्तो व्यक्तिले त्यसै गएर अरू कसैको आराधना गर्थ्यो त? के आम मानव तिनको आदर्श हुन सक्थ्यो त? परमेश्‍वरको इच्छालाई बुझ्ने व्यक्तिमा त्योभन्दा बढी विवेकपूर्ण दृष्टिकोण हुन्छ। तिनीहरूले मनोमानी ढङ्गले कुनै भ्रष्ट व्यक्तिलाई आदर्श बनाउनेछैनन्, न त तिनीहरूले सत्यताको अभ्यास गर्ने क्रममा केही सामान्य नियमहरू र सिद्धान्तहरूलाई अन्धाधुन्ध रूपमा पालना गर्दैमा त्यो सत्यताको अभ्यास गर्नु बराबर हुन्छ भनेर नै विश्‍वास गर्नेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्‍वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैंले विश्‍वास गरेको साँच्चै परमेश्‍वर हुनुहुन्छ कि शैतान हो? यदि तैंले विश्‍वास गरेको व्यक्ति परमेश्‍वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैंले आफैलाई एक विश्‍वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैंले कसमाथि विश्‍वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैंले आफैलाई एक विश्‍वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्‍वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्‍वरमा विश्‍वास गर्न बाध्य पार्दैन। तिमीहरू ममा विश्‍वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्‍नँ, किनकि जुन कुरामा तिमीहरू विश्‍वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्। सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका अण्डाहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै भ्रामक कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, तिनीहरू कठिन समयमा सत्यको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्‍द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले चेतना नहुने मानिसहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँछ? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैंले सत्यको अभ्यास गर्नेहरूलाई किन सम्मान गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूलाई एकै झलक पनि नहेरी किन तुरुन्तै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैंले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासन गर्ने समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!

— वचन देहमा देखा पर्नुहुन्छको “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी” बाट उद्धृत गरिएको

अघिल्लो: १. बाइबलमा पावलले भनेका छन्, “हरेक प्राण उच्‍च शक्तिहरूको अधीनमा बसोस्। किनभने परमेश्‍वरबाहेक अरू कुनै शक्ति छैन: जति शक्तिहरू छन् ती सबै परमेश्‍वरले नै नियुक्त गर्नुभएको हो” (रोमी १३:१)। “यसैले तपाईंहरू आफैलाई र सारा बगाललाई ध्यान दिनुहोस्, जसमाथि पवित्र आत्माले तपाईंहरूलाई निगरानीकर्ता बनाउनुभएको छ, मण्डलीलाई खुवाउनको निम्ति” (प्रेरित २०:२८)। धार्मिक संसारका धेरैजसो मानिसहरू पावलका वचनहरूलाई स्वीकार गर्दै पाष्टरहरू र एल्डरहरू प्रभुद्वारा नियुक्त गरिन्छन्, र तिनीहरूले मण्डलीहरूमा प्रभुको सेवा गर्छन् भन्‍ने विश्‍वास गर्छन्। जसले पाष्टरहरू र एल्डरहरूका कुरा सुन्छन् र आज्ञापालन गर्छन्, तिनीहरूले प्रभुको आज्ञापालन गर्छन् र उहाँलाई पछ्याउँछन्, अनि पाष्टरहरूको वचन सुन्नु नै प्रभुको वचन सुन्नु हो भनी तिनीहरूले विश्‍वास गर्छन्। के यो प्रभुको इच्छा अनुरूप छ?

अर्को: ३. धार्मिक संसारमा, पाष्टरहरू र एल्डरहरूसँग नै अधिकार हुन्छ। तिनीहरू पाखण्डी फरिसीहरूको बाटो हिँड्छन्, र हामी तिनीहरूलाई पछ्याउने र तिनीहरूले जे भन्छन् त्यही गर्ने भए पनि, हामी प्रभु येशूमा विश्‍वास गर्छौं, पाष्टरहरू र एल्डरहरूमा होइन। त्यसोभए हामी फरिसीहरूको बाटोमा हिँड्छौं भनी तपाईं कसरी भन्न सक्नुहुन्छ? के तपाईंले धर्मका परमेश्‍वरमा विश्‍वास गर्ने हामीले साँच्चै मुक्ति पाउनेछैनौं भनी भन्दैहुनुहुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

तँ कोप्रति निष्ठावान् छस्?

अहिले, प्रत्येक दिन तिमीहरू जिउनु महत्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्यको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले...

आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?

परमेश्‍वरका कार्यहरू सदैव अघि बढिरहन्छन्, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने तरीका नित्य परिवर्तन हुन्छ, जसको आशय...

परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरको धर्मी स्वभावतिमीहरूले परमेश्‍वरको अख्तियारको बारेमा रहेको अघिल्‍लो सङ्गति सुनिसकेका हुनाले, म आश्‍वस्त छु कि तिमीहरू यस विषयमा...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्