३. धार्मिक संसारका पाष्टरहरू र एल्डरहरू सबैले मण्डलीहरूमा परमेश्‍वरको सेवा गर्छन्। तिनीहरू प्रभुको पुनरागमनको प्रतीक्षा गर्ने कार्यमा जागा र सावधान हुनु पर्ने हो। यसैले किन तिनीहरू सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको खोजी वा अनुसन्धान गर्ने कुनै कोसिस गर्दैनन्, बरु अफवाह फैलाउँछन्, दोष लाउँछन् र सर्वशक्तिमान् परमेश्‍वरको निन्दा गर्छन्, र विश्‍वासीहरूलाई धोका दिने र तिनीहरूलाई साँचो बाटोको अनुसन्धान गर्नुबाट रोक्ने कोसिस गर्छन्?

सन्दर्भका लागि बाइबलका पदहरू:

“तब मुख्य पुजारीहरू र फरिसीहरू सभामा भेला भए, र भने हामी के गरौँ? किनकि यो मानिसले धेरै आश्‍चर्यकर्महरू गर्छ। यदि हामीले उसलाई छोडिदियौँ भने, सबै मानिसले उसमाथि विश्‍वास गर्नेछन्: अनि रोमीहरू आउनेछन् र हाम्रो स्थान र देश दुवैलाई लैजानेछन्। … तब त्यस दिनदेखि उहाँलाई मार्न तिनीहरू एकमत भए” (यूहन्‍ना ११:४७-४८, ५३)।

“यसैबाट परमेश्‍वरका आत्मालाई तिमीहरूले चिन्छौ: येशू ख्रीष्ट देहमा आउनुभएको छ भनेर स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरबाटको हो। अनि येशू ख्रीष्ट देहमा आउनुभएको छ भनेर स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरबाटको होइन: र यो ख्रीष्टविरोधीको आत्मा हो, जुन आउनुपर्छ भनेर तिमीहरूले सुनेका छौ; र यो अहिले पनि संसारमा आइसकेको छ” (१ यूहन्‍ना ४:२-३)।

“किनकि धेरै बहकाउने मानिसहरू संसारमा प्रवेश गरेका छन्, जसले येशू ख्रीष्ट देहमा आउनुभएको हो भन्‍ने स्वीकार गर्दैनन्। बहकाउने व्यक्ति र ख्रीष्ट विरोधी यही हो” (२ यूहन्‍ना १:७)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि खण्डहरू वाचन गर्नेहरू छन्, तैपनि तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन, न त तिनीहरूमाझ परमेश्‍वरलाई चिन्न सक्ने कोही नै छ—परमेश्‍वरका अभिप्रायहरूसँग मिल्न सक्ने कोही हुनु त परै जाओस्। तिनीहरू सबै निकम्मा, नीच मानिस हुन्, जो “परमेश्‍वर” लाई उपदेश दिन उच्च स्थानमा उभिन्छन्। तिनीहरू परमेश्‍वरको झण्डामुनि कार्य गर्ने तर जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जो मानिसको मासु खाँदै र मानिसको रगत पिउँदै परमेश्‍वरमा विश्‍वास गर्ने बिल्ला भिर्छन्। त्यस्ता सबै मानिस मानिसको प्राण निल्ने दुष्ट दियाबलस, मानिसहरूलाई सही मार्गमा लाग्नमा जानाजानी बाधा दिने मुख्य पिशाच, र मानिसहरूलाई परमेश्‍वरको खोजी गर्नबाट रोक्ने व्यवधान हुन्। तिनीहरू “शारीरिक रूपमा हृष्टपुष्ट” देखिन सक्छन्, तर तिनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्नतर्फ डोर्‍याउने ख्रीष्टविरोधीहरू हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? तिनीहरू मानिसको प्राण निल्न समर्पित जीवित दियाबलस हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्

यदि तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तैपनि तँ कहिल्यै उहाँप्रति समर्पित भएको छैनस्, र उहाँका सम्पूर्ण वचनलाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वर तँप्रति समर्पित हुनुपर्छ र उहाँले तेरा धारणाहरूअनुसार काम गर्नुपर्छ भनी माग गर्छस् भने, तँ सबैभन्दा विद्रोही होस्, तँ एक अविश्‍वासी होस्। मानिसका धारणाहरूसँग नमिल्ने परमेश्‍वरको काम र वचनहरूप्रति त्यस्ता मानिसहरू कसरी समर्पित हुन सक्छन् र? सबैभन्दा विद्रोही ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरसामु झुक्न इन्कार गर्छन् र परमेश्‍वरको प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रु, ख्रीष्टविरोधी हुन्। तिनीहरू सधैँ परमेश्‍वरको नयाँ कामप्रति शत्रुवत् मनोवृत्ति पाल्छन्; तिनीहरूमा कहिल्यै समर्पित हुने झुकाव अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। अरूसामु, तिनीहरूमा नै सबैभन्दा धेरै अहम् हुन्छ, र तिनीहरू कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरू आफूलाई “प्रवचनहरू” प्रचार गर्ने काममा सर्वश्रेष्ठ, अनि अरूहरूमाथि काम गर्नका लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्; बरु तिनीहरू तिनलाई आराधना गर्ने र अरूलाई प्रचार गर्ने पारिवारिक विरासत ठान्छन्, र तिनीहरू तिनलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन यी प्रयोग गर्छन्। मण्डलीभित्र निश्चय नै केही निश्चित सङ्ख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकको वंश” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बास बसेका छन्। तिनीहरू “प्रवचनहरू” (धर्मसिद्धान्तहरू) प्रचार गर्नुलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षैपिच्छे, एकपछि अर्को पुस्तासम्म, तिनीहरू आफ्नो “पवित्र र तोड्न नसकिने” कर्तव्य कडाइका साथ गरिरहन्छन्। तिनीहरूलाई छुने आँट कसैले पनि गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजा” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। दुष्ट पिशाचहरूको यो झुण्ड मेरो कामलाई ध्वस्त पार्न आपसमा हात मिलाउन चाहन्छ; म कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

परमेश्‍वर देह बन्नुभन्दा अघि, कोही परमेश्‍वरको प्रतिरोध गर्छ कि गर्दैन भन्‍ने कुराको मापन ऊ स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरको आराधना गर्छ कि गर्दैन र उहाँको आदर गर्छ कि गर्दैन भन्‍ने कुरामा आधारित हुन्थ्यो। त्यस अवधिको “परमेश्‍वरको प्रतिरोध गर्नु” को परिभाषा त्यति व्यावहारिक थिएन, किनभने मानिसहरू परमेश्‍वरलाई देख्न सक्दैनथे, र परमेश्‍वरको स्वरूप कस्तो छ वा उहाँ ठ्याक्कै कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्‍ने कुरा जान्दैनथे। मानिसहरूमा परमेश्‍वरबारे धारणाहरू छँदै थिएनन् र तिनीहरू अस्पष्ट रूपमा परमेश्‍वरमा विश्‍वास गर्थे, किनभने परमेश्‍वर मानिससामु अझै देखा पर्नुभएको थिएन। त्यसकारण, मानिसहरूले आफ्ना कल्पनाहरूका आधारमा परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, परमेश्‍वरले तिनीहरूलाई दोषी ठहराउनुभएन वा तिनीहरूसँग अत्यधिक उच्च मागहरू गर्नुभएन, किनभने तिनीहरू परमेश्‍वरलाई देख्न पूर्ण रूपमा असमर्थ थिए। जब परमेश्‍वर देह बन्नुहुन्छ र मानिसहरूका बीचमा काम गर्न आउनुहुन्छ, तब सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र देहमा हुनुभएका परमेश्‍वरका कार्यहरू देख्छन्, जसपछि सबैका धारणाहरू पानीको फोकाजस्तै फुट्छन्। यदि देहमा देखा पर्नुभएका परमेश्‍वरलाई देख्नेहरू जानीबुझी उहाँमा समर्पित हुन्छन् भने, तिनीहरूलाई दोषी ठहराइनेछैन, जबकि जानाजानी उहाँको प्रतिरोध गर्नेहरूलाई परमेश्‍वरको प्रतिरोध गर्ने मानिसहरूका रूपमा चित्रण गरिनेछ। त्यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन्, जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने शत्रुहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्

के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्‍वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्‍वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्‍वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा तिरस्कृत मानिसहरू होइनन्, र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्‍वरको सामु आएर खुल्‍लमखुल्‍ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ घृणितहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” मा दङ्गा गर्ने गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्‍वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्‍वर सम्‍बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्‍वरको आजको काम सम्‍बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्‍वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्‍नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो मनस्थितिलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्‍वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्‍वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्‍वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्‍वर स्वयम्‌को ईश्‍वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्‍वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्‍मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

मानिसले एउटै प्रकारको काम, वा एउटै तरिकाको अभ्यासलाई मात्रै स्वीकार गर्न सक्छ, र तीभन्दा विपरीत, वा तीभन्दा उच्‍च कार्य, वा अभ्यासको तरिकालाई स्वीकार गर्न मानिसको लागि कठिन हुन्छ। तर पवित्र आत्माले सधैँ नयाँ काम गरिरहनुभएको छ, त्यसकारण परमेश्‍वरको नयाँ कामलाई विरोध गर्नको लागि धार्मिक विशेषज्ञहरूको एकपछि अर्को समूह देखा पर्छन्। मानिससँग कसरी परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्‍न त्यसको बारेमा ज्ञान हुँदैन, र परमेश्‍वरको कार्यका सिद्धान्तहरूको ज्ञान हुँदैन, यसको साथै परमेश्‍वरले मानिसलाई मुक्ति दिने विभिन्‍न तरिकाको ज्ञान हुँदैन, ठीक यही कारणले गर्दा नै यी मानिसहरू विशेषज्ञ बनेका छन्। यसैले, यो पवित्र आत्‍माबाट आउने काम हो कि होइन, र यो परमेश्‍वर स्वयम्‌बाट आउने काम हो कि होइन सो कुरा बताउन मानिस पूर्ण रूपमा असमर्थ छ। कतिपय मानिसहरूले यस्तो मनोवृत्तिलाई पक्रिरहन्छन् कि यदि कुनै कुरा पहिले आएका वचनहरूसँग मिल्छन् भने त्यसलाई तिनीहरू स्वीकार गर्छन्, र पहिलेको कामसँग त्यसका केही भिन्‍नताहरू छन् भने, त्यसलाई तिनीहरू विरोध गर्छन् र त्यसलाई इन्कार गर्छन्। आज, के तिमीहरू सबै त्यस्ता सिद्धान्तहरू अनुसार चल्दैनौ र? … यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, बरु तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै विद्रोही भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले तिरस्कार गरेर नरकको आगोद्वारा जलाउने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, बरु तिनीहरू उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; परमेश्‍वरको ज्ञान मानिसले मनमानी मूल्याङ्कनहरू गर्ने क्रममा पवित्र आत्‍माको अन्तर्दृष्टिमार्फत प्राप्त हुँदैन। परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

अघिल्लो: २. धार्मिक संसारका पाष्टरहरू र एल्डरहरू सबैले बाइबल राम्ररी जान्दछन् र प्रायजसो अरूलाई त्यसको व्याख्या गर्छन्, मानिसहरूलाई बाइबलको पालना गर्न लाउँछन्। यसो गर्दा, के तिनीहरूले प्रभुलाई उचाल्दैनन् र प्रभुको गवाही दिँदैनन् र? तिनीहरूले मानिसहरूलाई धोखा दिइरहेका छन्, तिनीहरू पाखण्डी फरिसीहरू हुन् भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ?

अर्को: ४. धार्मिक संसारले पागलले झैँ सर्वशक्तिमान् परमेश्‍वरको विरोध गर्दछ र निन्दा गर्दछ। यसले ख्रीष्ट-विरोधीको वफादार समर्थक बन्दै एकपछि अर्को दुष्ट कार्य गरेको छ। तर धार्मिक संसारले परमेश्‍वरमा विश्‍वास गर्नु, तर आखिरी दिनहरूको परमेश्‍वरको कामको विरोध गर्नुको परिणाम र अन्त्य के हुनेछ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्