२. धार्मिक संसारका पाष्टरहरू र एल्डरहरू सबैले बाइबल राम्ररी जान्दछन् र प्रायजसो अरूलाई त्यसको व्याख्या गर्छन्, मानिसहरूलाई बाइबलको पालना गर्न लाउँछन्। यसो गर्दा, के तिनीहरूले प्रभुलाई उचाल्दैनन् र प्रभुको गवाही दिँदैनन् र? तिनीहरूले मानिसहरूलाई धोखा दिइरहेका छन्, तिनीहरू पाखण्डी फरिसीहरू हुन् भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ?

परमेश्‍वरका प्रासंगिक वचनहरू:

हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तममा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई आफ्नो अगाडि ल्याउन र उनीहरूलाई छल्नको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाममात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, “हाम्रो विश्‍वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको माध्यम एउटा मानव हो; के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र?

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यताको खोजी गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु हो” बाट उद्धृत गरिएको

परमेश्‍वरको कार्यको उद्देश्य नबुझ्ने व्यक्ति भनेकै उहाँको विरोध गर्ने व्यक्ति हो र परमेश्‍वरको कार्यको उद्देश्य बुझिसकेर पनि परमेश्‍वरलाई सन्तुष्ट पार्न नखोज्ने व्यक्तिलाई अझ बढी विरोधी मान्नुपर्छ। भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू “स्वस्थ विधान” का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? परमेश्‍वरको उपस्थितिमा आफूलाई उच्च सम्मान गर्ने व्यक्तिहरू नै सबैभन्दा नीच मान्छेहरू हुन् भने आफूलाई विनम्रताका साथ पेश गर्नेहरू सबैभन्दा सम्मानित व्यक्तिहरू हुन्। अनि परमेश्‍वरको कामको बारेमा जान्दछु भनी ठान्नेहरू र अझ भन्ने हो भने उहाँलाई सोझै हेर्दै अन्य मानिसहरूमाझ ठूलै तामझामको साथमा परमेश्‍वरको कामको बारेमा घोषणा गर्न सक्षम छु भनी ठान्नेहरू सबैभन्दा अज्ञानी मान्छेहरू हुन्। त्यस्ता मान्छेहरूसँग परमेश्‍वरको गवाही हुँदैन, तिनीहरू घमण्डी र अहङ्कारले भरिएका हुन्छन्। परमेश्‍वरको बारेमा वास्तविक अनुभव र व्यवहारिक ज्ञान हुँदाहुँदै पनि आफूसँग उहाँको बारेमा एकदमै कम मात्र ज्ञान छ भनी विश्‍वास गर्नेहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिने व्यक्तिहरू हुन्। त्यस्ता व्यक्तिहरूसँग मात्र वास्तवमै परमेश्‍वरको गवाही हुन्छ र तिनीहरू मात्र वास्तवमै परमेश्‍वरद्वारा सिद्ध पार्न सकिने हुन्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्” बाट उद्धृत गरिएको

तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले तैँले परमेश्‍वरका सबै वचनहरू र उहाँका सबै कामहरूमा विश्‍वास गर्नुपर्छ। यसो भन्नुको मतलब, तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैंले उहाँको आज्ञापालन गर्नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तैँले कहिल्यै पनि उहाँको आज्ञापालन गरेको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूको आज्ञापालन गर्न सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “सम्पत्तिहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-आज्ञाकारीहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर आज्ञाकारीता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्! परमेश्‍वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्‍वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र?

— वचन देहमा देखा पर्नुहुन्छको “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ” बाट उद्धृत गरिएको

तैँले समुद्र किनारका जत्ति धेरै बालुवा छन्, त्यति नै धेरै ज्ञानको कुरा बोल्न सक्छस् होला, तापनि तीमध्ये कुनैमा पनि वास्तविक मार्ग हुँदैन। के तैँले यसो गरेर मानिसहरूलाई मूर्ख बनाउने कोसिस गरिरहेको छैनस् र? के तैँले समर्थन गर्ने कुनै सार नभएको खोक्रो प्रदर्शन गरिरहेको छैनस् र? यस्ता सबै व्यवहार मानिसका लागि हानिकारक हुन्छन्! सिद्धान्त जति उच्च हुन्छ र त्यो जति धेरै वास्तविकतारहित हुन्छ, यो मानिसहरूलाई वास्तविकताभित्र लैजान त्यति नै धेरै असक्षम हुन्छ; सिद्धान्त जति उच्च हुन्छ, त्यसले तँलाई त्यति नै बढी परमेश्‍वरलाई चुनौती दिने र विरोध गर्ने बनाउँछ। उच्च सिद्धान्तहरूलाई मूल्यवान् सम्पत्ति नठान; ती हानिकारक हुन्छन् र तिनले कुनै उद्देश्य पूरा गर्दैनन्! हुन सक्छ, कतिपय मानिसहरूले अति उच्च सिद्धान्तहरूको बारेमा कुरा गर्न सक्छन् होला—तर यिनमा कुनै वास्तविकता हुँदैन, किनकि ती मानिसहरूले त्यस्ता कुराहरूलाई व्यक्तिगत रूपमा अनुभव गरेका हुँदैनन्, त्यसैले गर्दा, अभ्यास गर्ने कुनै मार्ग हुँदैन। त्यस्ता मानिसहरूले अरूलाई सही बाटोमा लैजान सक्दैनन् र तिनीहरूलाई पथभ्रष्ट मात्र गराउँछन्। के यो मानिसहरूका लागि हानिकारक छैन र? कम्तीमा पनि, तैँले मानिसहरूका वर्तमान समस्याहरूलाई समाधान गर्न सक्नुपर्छ र तिनीहरूलाई प्रवेश प्राप्त गर्न सक्‍ने तुल्याउनुपर्छ; केवल यसलाई मात्र समर्पणको रूपमा गनिन्छ, अनि मात्र तँ परमेश्‍वरका लागि काम गर्ने योग्यको हुनेछस्। सधैँ ठूलठूला, काल्पनिक वचनहरू नबोल्, र अरूलाई तेरो आज्ञापालन गर्न बाध्य बनाउनका निम्ति अनुपयुक्त अभ्यासहरूको प्रयोग नगर्। त्यसले कुनै प्रभाव पार्नेछैन र त्यसले तिनीहरूको भ्रम मात्र बढाउन सक्छ। यसो गर्दै अगाडि बढ्दा धेरै धर्मसिद्धान्त उत्पन्न हुन्छन्, जसको कारण मानिसहरूले तँलाई घृणा गर्नेछन्। मानिसको कमी-कमजोरी यस्तै छ, र यो साँच्चै लाजमर्दो छ।

— वचन देहमा देखा पर्नुहुन्छको “वास्तविकतामा अझ बढी ध्यान देऊ” बाट उद्धृत गरिएको

फरिसीहरूको ढोङ्गीपनको मुख्य प्रकटीकरण के थियो? तिनीहरूले धर्मग्रन्थको अध्ययन गरेका थिए तर तिनीहरूले सत्यताको खोजी गर्दैनथिए। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्थे, तिनीहरूले प्रार्थना वा खोजी गर्दैनथिए; बरु, तिनीहरूले परमेश्‍वरका वचनहरू अध्ययन गर्थे, तिनीहरूले परमेश्‍वरले के भन्‍नुभयो र गर्नुभयो भन्‍ने कुराको अध्ययन गर्थे, त्यसरी तिनीहरूले उहाँका वचनहरूलाई एक प्रकारको सिद्धान्तमा, धर्मसिद्धान्तमा परिवर्तन गर्थे र त्यो कुरा तिनीहरूले अरूलाई सिकाउँथे। परमेश्‍वरका वचनहरूलाई अध्ययन गर्नु भनेको यही हो। त्यसो भए, तिनीहरूले किन त्यसो गरे त? तिनीहरूले अध्ययन गरेको कुरा के थियो त? तिनीहरूको नजरमा, यी परमेश्‍वरका वचनहरू थिएनन्, ती सत्यता हुनु त कता हो कता, यी परमेश्‍वरका अभिव्यक्तिहरू पनि थिएनन्, बरु ती एक प्रकारको विद्वताको स्वरूप थिए। तिनीहरूको नजरमा, यस्तो विद्वतालाई हस्तान्तरण गरिनुपर्छ, फैलाउनुपर्छ, र यो मात्रै परमेश्‍वरको मार्ग र सुसमाचार फैलाउने कार्य हो। तिनीहरूले यसैलाई “प्रचार गर्नु” भनेर भन्छन्, र तिनीहरूले प्रचार गर्ने उपदेश ईश्‍वरशास्‍त्र हुन्थ्यो।

… फरिसीहरूले आफूले सिकेको ईश्‍वरशास्‍त्र र सिद्धान्तलाई एक प्रकारको ज्ञान, मानिसहरूलाई दोषी ठहर्‍याउने र तिनीहरू सही छन् कि गलत छन् भनी मापन गर्ने औजारको रूपमा लिन्थे। तिनीहरूले यसलाई प्रभु येशूमा समेत प्रयोग गरे—प्रभु येशूलाई त्यसरी नै दोषी ठहर्‍याइएको थियो। मानिसहरूसम्‍बन्धी तिनीहरूको मूल्याङ्कन, र तिनीहरूले उनीहरूलाई गर्ने व्यवहार, तिनीहरूको सारमा, वा तिनीहरूले भनेको कुरा सही हो कि गलत हो भन्‍ने कुरामा आधारित हुँदैनथ्यो, तिनीहरूका वचनहरूको स्रोत वा व्युत्‍पत्तिमा आधारित हुने कुरा त परै जाओस्। तिनीहरूले मानिसहरूलाई आफूले कुशलता हासिल गरेको दृढ वचन र धर्मसिद्धान्तहरूको आधारमा दोषी ठहर्‍याउँथे र मापन गर्थे। त्यसकारण, प्रभु येशूले जे गर्नुभएको त्यो पाप होइन, र त्यसले व्यवस्थाको अवहेलना गरेको छैन भन्‍ने कुरा फरिसीहरूलाई थाहा भएको भए पनि, तिनीहरूले उहाँलाई दोषी ठहराए, किनभने प्रभु येशूले जे भन्‍नुभयो त्यो तिनीहरूले हासिल गरेका ज्ञान र विद्वता अनि तिनीहरूले व्याख्या गरेका धर्मशास्‍त्रीय सिद्धान्तसँग बाझिन्थ्यो। अनि फरिसीहरूले यी शब्द र वाक्यहरूप्रतिको आफ्‍नो पकडलाई छोडेनन्, तिनीहरूले यस ज्ञानलाई पक्रिरहे र जान दिएनन्। अन्त्यमा एउटै मात्र सम्‍भावित परिणाम के थियो त? प्रभु येशू नै आउनेवाला मसीह हुनुहुन्छ, वा प्रभु येशूले भन्‍नुभएको कुरामा कुनै सत्यता छ भन्‍ने कुरालाई तिनीहरूले स्वीकार गरेनन्, तिनीहरूले प्रभु येशूले जे गर्नुभयो त्यो सत्यताअनुरूप थियो भनी स्वीकार गर्नु त परै जाओस्। तिनीहरूले प्रभु येशूलाई दोष लगाउने केही अप्रमाणित आरोपहरू फेला पारे—तर वास्तवमा, उहाँलाई तिनीहरूले जुन पापको दोष लगाएका थिए ती मान्य छन् कि छैनन् भन्‍ने कुरा के तिनीहरूलाई आफ्‍नो हृदयमा थाहा थियो त? तिनीहरूलाई थाहा थियो। त्यसो भए, तिनीहरूले किन अझै पनि उहाँलाई दोषी ठहराए त? (तिनीहरूले तिनीहरूको मनको उच्‍च र शक्तिमान् परमेश्‍वर त्यसरी प्रभु येशू अर्थात् मानिसको एक साधारण पुत्रको रूप हुन सक्‍नुहुन्छ भन्‍ने विश्‍वास गर्न चाहेनन्।) तिनीहरूले यो तथ्यलाई स्वीकार गर्न चाहेनन्। अनि यसलाई स्वीकार गर्न नमान्‍ने तिनीहरूको प्रकृति कस्तो थियो त? के यसमा परमेश्‍वरसँग तर्क गर्ने कुनै प्रयास थिएन र? तिनीहरूले वास्तवमा यसो भनिरहेका थिए, “के परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुन्छ त? यदि परमेश्‍वर देहधारी हुनुभएको हो भने, उहाँ अवश्य नै विशिष्ट वंशमा जन्‍मनुहुनेथियो। यति मात्र कहाँ हो र, उहाँले शास्‍त्रीहरू र फरिसीहरूको संरक्षकत्व स्वीकार गर्नुपर्थ्यो, यो ज्ञान सिक्‍नुपर्थ्यो, र धर्मग्रन्थ धेरै पढ्नुपर्थ्यो। उहाँले यो ज्ञान प्राप्त गर्नुभएपछि मात्रै उहाँले ‘देहधारण’ को नाम-पदवी लिन सक्‍नुहुन्थ्यो।” सर्वप्रथम तिनीहरूले के विश्‍वास गर्थे भने, तपाईंसँग त्यस्तो योग्यता छैन, तसर्थ तपाईं परमेश्‍वर हुनुहुन्‍न; दोस्रो कुरा, यो ज्ञानविना तपाईंले परमेश्‍वरको कार्य गर्न सक्‍नुहुन्‍न, तपाईं परमेश्‍वर हुन सक्‍ने कुरा त परै जाओस्; तेस्रो, तपाईंले मन्दिरभन्दा बाहिर काम गर्न सक्‍नुहुन्‍न—तपाईं अहिले मन्दिरमा हुनुहुन्‍न, तपाईं सधैँ पापीहरूका बीचमा बस्‍नुहुन्छ, त्यसकारण तपाईंले गर्नुहुने काम परमेश्‍वरको कार्यको क्षेत्रभन्दा बाहिर छ। तिनीहरूको दोषारोपणको आधार कहाँबाट आयो त? धर्मग्रन्थबाट, मानिसको मन-मस्तिष्कबाट, र तिनीहरूले प्राप्त गरेको धर्मशास्‍त्रीय शिक्षाबाट। तिनीहरू धारणा, कल्‍पना, र ज्ञानले फूलेका थिए, त्यसकारण तिनीहरूले यो ज्ञान सही हो, सत्यता हो, आधार हो, र कुनै पनि समयमा परमेश्‍वरले यी कुराहरूलाई उल्‍लङ्घन गर्न सक्‍नुहुन्‍न भन्‍ने विश्‍वास गर्थे। के तिनीहरूले सत्यताको खोजी गरे त? तिनीहरूले खोजी गरेनन्। तिनीहरूले खोजी गरेका त तिनीहरूका आफ्‍नै धारणा र कल्‍पना, अनि तिनीहरूका आफ्‍नै अनुभवहरू थिए, र तिनीहरूले परमेश्‍वरलाई परिभाषित गर्न र उहाँ सही हुनुहुन्छ कि गलत हुनुहुन्छ भन्‍ने कुरा निर्धारण गर्न यी कुराको प्रयोग गरे। यसको अन्तिम परिणाम के थियो त? तिनीहरूले परमेश्‍वरको कार्यलाई दोषी ठहर गरे र उहाँलाई क्रूसमा टाँगे।

— ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (भाग तीन)” बाट उद्धृत गरिएको

धेरै मानिसहरूले दिनहुँ परमेश्‍वरका वचनहरू पढ्‍नको लागि माथि उठाउँछन्, यहाँसम्म कि सबै पौराणिक वचनका खण्डहरूलाई तिनीहरूको सबैभन्दा बहुमूल्य सम्पत्तिको रूपमा लिँदै होसियारीसाथ कण्ठस्थ गर्छन्, अनि यस अलाबा परमेश्‍वरका वचनहरूलाई सबैतिर प्रचार गर्छन्, अरूहरूलाई परमेश्‍वरका वचनहरू उपलब्ध गराउँछन् र तिनीहरूलाई ती वचनहरूद्वारा सहयोग गर्छन्। तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्‍वरको साक्षी बन्‍नु हो, उहाँका वचनहरूको साक्षी बन्‍नु हो, र यसो गर्नु भनेको परमेश्‍वरको मार्ग पछ्‍याउनु हो; तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्‍वरका वचनहरूबमोजिम जिउनु हो, यसो गर्नु भनेको तिनीहरूको वास्तविक जीवनमा उहाँका वचनहरू ल्याउनु हो, तिनीहरूले ठान्छन् कि यस कार्यले तिनीहरूलाई परमेश्‍वरको प्रशंसा प्राप्‍त गर्न सक्षम तुल्याउनेछ, र तिनीहरूलाई उद्धार गर्नेछ र सिद्ध बनाउनेछ। तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रचार गरे तापनि तिनीहरूले व्यवहारमा कहिल्यै पनि परमेश्‍वरका वचनहरूको पालना गर्दैनन्, वा परमेश्‍वरका वचनहरूमा जे कुरा प्रकाश गरिएको छ त्यससँग आफैलाई तुलना गर्ने प्रयास गर्दैनन्। बरु, तिनीहरूले चलाखी गरेर अरूबाट आदर र भरोसा प्राप्‍त गर्न, आफै व्यवस्थापनमा प्रवेश गर्न, र परमेश्‍वरको महिमा उपभोग गर्न र चोर्न परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्छन्। तिनीहरूले आफूलाई प्रदान गरिएको अवसरलाई परमेश्‍वरको काम र उहाँको प्रशंसाको इनाम प्राप्‍त गर्नको लागि प्रयोग गर्दै परमेश्‍वरका वचनहरू प्रसार गर्ने व्यर्थै आशा गर्छन्। धेरै वर्ष बितिसकेका छन्, तर यी मानिसहरूले परमेश्‍वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा परमेश्‍वरको प्रशंसा हासिल गर्न असक्षम बनेका छन्, तिनीहरू परमेश्‍वरका वचनहरूको साक्षी हुने प्रक्रियामा पछ्याउनुपर्ने मार्ग पत्ता लगाउन असक्षम भएका छन्, तिनीहरूले परमेश्‍वरका वचनहरू अरूलाई प्रदान गर्ने र ती वचनहरूद्वारा अरूलाई सहयोग गर्ने प्रक्रियामा ती वचनहरू आफैलाई प्रदान गर्ने र ती वचनहरूद्वारा आफैलाई सहयोग गर्ने गरेका छन्, तिनीहरूले यी सबै कुराहरू गर्ने प्रक्रियामा परमेश्‍वरलाई चिन्‍न, वा तिनीहरू आफैलाई परमेश्‍वरको साँचो आदरमा जागरूक बनाउन असक्षम भएका छन्; तर यसको विपरीत, परमेश्‍वरका विषयमा तिनीहरूको गलत बुझाइ अझ वृद्धि हुँदै गइरहेको छ, उहाँमाथिको तिनीहरूको अविश्‍वास झन् चुलिँदै गइरहेको छ, र उहाँको बारेमा तिनीहरूको कल्पना झन् अतिरञ्‍जित हुँदै गइरहेको छ। परमेश्‍वरका वचनहरूको विषयमा तिनीहरूको आफ्नो सिद्धान्तहरूद्वारा परिपूर्ति र निर्देशित भएर, तिनीहरू पूर्ण रूपमा आफूलाई आनन्द लाग्ने अवस्थामा भएजस्तै गरी, आफ्ना सीपहरू सहजताका साथ प्रयोग गरेजस्तै गरी, तिनीहरूले जीवनमा आफ्नो उद्देश्य, आफ्नो मिसन पत्ता लगाएको जस्तै गरी, र तिनीहरूले नयाँ जीवन विजय गरेको र तिनीहरू उद्धार भएको जस्तै गरी, तिनीहरूको जिब्रोमा परमेश्‍वरका वचनहरू स्वतः उच्‍चारण भएजस्तै गरी, तिनीहरूले सत्यता प्राप्‍त गरेका छन्, परमेश्‍वरका अभिप्रायहरू बुझेका छन्, र परमेश्‍वरलाई चिन्ने मार्ग पत्ता लगाएका छन्, परमेश्‍वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा भएजस्तै गरी, तिनीहरू प्रायजसो परमेश्‍वरको आमनेसामने आएका छन्। साथै, तिनीहरू प्राय “भावुक भई” रुने गर्छन्, र परमेश्‍वरका वचनहरूमा परमेश्‍वरद्वारा प्राय डोर्‍याइएका छन्, तिनीहरू उहाँको इमान्दारीपूर्ण सरोकार र कृपालु अभिप्रायलाई बेपरवाह रूपले उपयोग गरिरहेका देखिन्छन्, साथसाथै, मानिसको निम्ति परमेश्‍वरको मुक्ति र उहाँको व्यवस्थापनलाई उपयोग गरिरहेका देखिन्छन्, उहाँको सारलाई जानेका, र उहाँको धर्मी स्वभावलाई बुझेका जस्ता देखिन्छन्। यही जगको आधारमा, तिनीहरूले परमेश्‍वरको अस्तित्वमा अझ बलियो गरी विश्‍वास गरेको देखिन्छ, तिनीहरू उहाँको उच्‍च स्थितिलाई अझ बढी पहिचान गरेका, र उहाँको भव्यता वा महान्‌ता र उहाँको आत्मिक अस्तित्व अझ गहन रूपमा महसुस गरेका जस्ता देखिन्छन्। परमेश्‍वरका वचनहरूको सतही ज्ञानमा खडा भएर, तिनीहरूको विश्‍वास वृद्धि भएको जस्तो, दुःखकष्ट सहने तिनीहरूको क्षमता सबलीकरण भएजस्तो, र परमेश्‍वरसम्बन्धी तिनीहरूको ज्ञान गहिरिएको जस्तो देखिन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरू साँच्‍चिकै अनुभव नगरेसम्म, परमेश्‍वरको विषयमा तिनीहरूको सम्पूर्ण ज्ञान र उहाँको विषयमा तिनीहरूको सोचविचार तिनीहरूकै चाहले भरिएका कल्पना र अनुमानहरूबाट आएका हुन्छन् भन्ने कुरा तिनीहरूलाई कमै मात्र थाहा छ। तिनीहरूको विश्‍वास परमेश्‍वरबाट आएको कुनै पनि जाँचको अगाडि खडा हुन सक्दैन, तिनीहरूको कथित आत्मिकता र कद परमेश्‍वरको परीक्षा वा निरीक्षणको अगाडि कुनै हालतमा खडा हुन सक्दैन, तिनीहरूको सङ्‍कल्प बालुवामा बनाएको महल जस्तै हुन्छ, परमेश्‍वरको विषयमा तिनीहरूको कथित ज्ञान तिनीहरूको कल्पनाको मनगढन्ते कुराभन्दा बढी केही पनि हुँदैन। वास्तवमा, यी मानिसहरूले परमेश्‍वरका वचनहरूमा ठूलो प्रयत्‍न लगाएका छन्, तैपनि साँचो विश्‍वास के हो, साँचो आज्ञापालन के हो, साँचो वास्ता के हो, वा परमेश्‍वरको साँचो ज्ञान के हो भनी कहिल्यै महसुस गरेका छैनन्। तिनीहरूले सिद्धान्त, कल्पना, ज्ञान, वरदान, परम्परा, अन्धविश्‍वास, साथै मानवीय नैतिक मूल्य-मान्यतालाई लिन्छन्, र यी कुराहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने “पुँजी” र “हतियार” बनाउँछन्, र तिनलाई तिनीहरूको परमेश्‍वरमाथिको विश्‍वास र परमेश्‍वरलाई पछ्याउने कार्यको आधार बनाउँछन्। साथै, परमेश्‍वरको निरीक्षण, परीक्षा, सजाय र न्यायलाई सामना र निराकरण गर्नको लागि तिनीहरूले यो पुँजी र हतियार लिन्छन् र तिनलाई जादुमय तावीज बनाउँछन् जसमार्फत तिनीहरूले परमेश्‍वरलाई चिन्‍न सक्‍छन्। अन्त्यमा, तिनीहरूले जे प्राप्‍त गर्छन् त्यसमा परमेश्‍वरबारेका निष्‍कर्षहरूभन्दा अरू केही हुँदैनन्, जुन धार्मिक भाव, सामन्ती अन्धविश्‍वासमा आधारित हुन्छन्, र मनोरम, विचित्र र रहस्यमय सबै कुरामा आधारित हुन्छन्। परमेश्‍वरलाई चिन्‍ने र परमेश्‍वरको परिभाषा गर्ने तिनीहरूको तरिका भनेको माथिको स्वर्ग, वा आकाशमा भएको बूढो मान्छेमा विश्‍वास गर्ने मानिसहरूको विश्‍वास जस्तै छ, जबकि परमेश्‍वरको वास्तविकता, उहाँको सार, उहाँको स्वभाव, उहाँको सम्पत्ति र अस्तित्व, र अन्य कुराहरू—साँचो परमेश्‍वर स्वयम्सँग सम्बन्धित सबै कुराहरू—यिनीहरू ती कुराहरू हुन् जसलाई बुझ्‍न तिनीहरूको ज्ञान असमर्थ भएको छ, जसबाट तिनीहरूको ज्ञान पूर्णतया अलग र उत्तरी र दक्षिणी ध्रुबजतिकै टाढा छ। यसरी, यी मानिसहरू परमेश्‍वरका वचनहरूको प्रबन्ध र पोषणमा बाँचिरहेका भए तापनि, तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्ने मार्गमा साँच्‍चिकै हिँड्न असक्षम भएका छन्। यसको साँचो कारण भनेको तिनीहरू कहिल्यै पनि परमेश्‍वरसँग परिचित नहुनु हो, उहाँसँग तिनीहरूको साँचो सञ्‍चार वा सङ्‍गति नहुनु हो, र त्यसैले तिनीहरू परमेश्‍वरसँगको पारस्परिक बुझाइमा आउन असम्भव भएको हो, वा तिनीहरूले आफूभित्र परमेश्‍वरप्रति साँचो विश्‍वास जगाउन वा उहाँलाई पछ्याउन वा उहाँको आराधना गर्न असम्भव भएको हो। परमेश्‍वरलाई यसरी लिनुपर्छ, परमेश्‍वरका वचनहरूलाई त्यसरी लिनुपर्छ भन्ने तिनीहरूको दृष्टिकोण र स्वभावको कारण तिनीहरूले तिनीहरूका प्रयत्‍नहरूबाट रित्तो हात फर्कन बाध्य भएका छन्, अनन्तसम्म पनि परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्ने मार्गमा हिँड्न असक्षम हुन बाध्य भएका छन्। तिनीहरूले राखेको लक्ष्य र तिनीहरूले हिँड्न चुनेको मार्गले तिनीहरू अनन्तसम्म परमेश्‍वरका शत्रुहरू हुन् र तिनीहरूले अनन्तसम्म कहिल्यै पनि मुक्ति प्राप्त गर्न सक्‍नेछैनन् भन्‍ने दर्साउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई चिन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्‍टताबाट अलग बस्‍नु हो” बाट उद्धृत गरिएको

अघिल्लो: १. प्रभु येशूको आगमन हुनुभन्दा पहिले, फरिसीहरूले प्रायजसो सभाघरहरूमा धर्मशास्त्रको व्याख्या गर्थे र मानिसहरूको सामु प्रार्थना गर्थे। तिनीहरू धेरै धर्मी देखिन्थे, र मानिसहरूको नजरमा, तिनीहरूले धर्मशास्त्रको उल्लङ्घन हुने कुनै पनि कार्य गर्दैनन् जस्तो लाग्थ्यो। त्यसो भए फरिसीहरूलाई प्रभु येशूले किन श्राप दिनुभयो? तिनीहरूले कुन प्रकारले परमेश्‍वरको अपमान गरे, तिनीहरूले किन परमेश्‍वरको क्रोध भड्काए?

अर्को: ३. धार्मिक संसारका पाष्टरहरू र एल्डरहरू सबैले मण्डलीहरूमा परमेश्‍वरको सेवा गर्छन्। तिनीहरू प्रभुको पुनरागमनको प्रतीक्षा गर्ने कार्यमा जागा र सावधान हुनु पर्ने हो। यसैले किन तिनीहरू सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको खोजी वा अनुसन्धान गर्ने कुनै कोसिस गर्दैनन्, बरु अफवाह फैलाउँछन्, दोष लाउँछन् र सर्वशक्तिमान् परमेश्‍वरको निन्दा गर्छन्, र विश्‍वासीहरूलाई धोका दिने र तिनीहरूलाई साँचो बाटोको अनुसन्धान गर्नुबाट रोक्ने कोसिस गर्छन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

परमेश्‍वरको काम र मानिसको काम

मानिसको कति काम पवित्र आत्माको काम हो र कति चाहिँ मानिसको अनुभव हो? मानिसहरूले यी प्रश्‍नहरू अझै पनि बुझ्दैनन् भनी भन्‍न सकिन्छ, र...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्