४. व्यवस्थाको युगमा यशैया, इजकिएल, र दानिएल अगमवक्ताहरूद्वारा व्यक्त गरिएका परमेश्‍वरका वचनहरू र देहधारी परमेश्‍वरद्वारा व्यक्त गरिएका परमेश्‍वरका वचनहरूका बीचमा के भिन्नता छ?

परमेश्वरका सान्दर्भिक वचनहरू:

अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक हुनुहुन्थ्यो? के उहाँ अगमवक्ता हुनुहुन्थ्यो? उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर किन भनिन्छ? उहाँहरूका बीचमा रहेका भिन्नताहरू के-के हुन्? उहाँहरू सबै नै वचन बोल्ने मानिसहरू हुनुहुन्थ्यो, र उहाँहरूका वचनहरू मानिसको लागि लगभग उस्तै देखिन्थे। उहाँहरू सबैले वचनहरू बोल्नुहुन्थ्यो र कार्य गर्नुहुन्थ्यो। पुरानो करारका अगमवक्ताहरूले अगमवाणीहरू बोले, र त्यसरी नै, येशूले पनि बोल्न सक्नुभयो। किन यसो भयो? यहाँ रहेको भिन्नता कार्यको प्रकृतिमा आधारित छ। यस विषयलाई बुझ्नको लागि, तैँले देहको प्रकृतिलाई विचार गर्नु हुँदैन, न त तैँले उहाँहरूको वचनको गहिराइ वा सतहीपनलाई नै विचार गर्नु हुन्छ। सधैँ नै तैँले पहिला उहाँहरूको कार्य र मानिसमा उहाँहरूको कार्यले हासिल गर्ने प्रभावहरूलाई विचार गर्नुपर्छ। त्यो समयमा अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणीहरूले मानिसको जीवन आपूर्ति गरेन, र यशैया र दानिएल जस्ता व्यक्तिहरूद्वारा प्राप्त गरिएका प्रेरणाहरू अगमवाणीहरू मात्रै थिए, र जीवनका मार्ग थिएनन्‌। यदि यहोवाको प्रत्यक्ष प्रकाश नभएको भए, कसैले पनि त्यो कार्य गर्न सक्ने थिएन, जुन मरणशीलहरूका लागि सम्भव छैन। येशूले पनि धेरै वचनहरू बोल्नुभयो, तर ती वचनहरू जीवनका मार्ग थिए जसबाट मानिसले अभ्यास गर्ने मार्ग पाउन सक्थे। भन्नुको अर्थ के हो भने, पहिलो, उहाँले मानिसको जीवन आपूर्ति गर्न सक्नुभयो, किनकि येशू जीवन हुनुहुन्छ; दोस्रो, उहाँले मानिसका विकृत पक्षहरूलाई सुल्ट्याउन सक्नुभयो; तेस्रो, यस युगलाई अघि बढाउनको लागि उहाँको कार्यले यहोवाको कार्यलाई निरन्तरता दिन सक्यो; चौथो, उहाँले मानिसभित्रका आवश्यकताहरूलाई भेउ पाउन सक्नुभयो र मानिसमा के कमी छ त्यसलाई बुझ्न सक्नुभयो; पाँचौं, उहाँले नयाँ युगलाई अस्तित्वमा ल्याउन र पुरानोलाई समाप्त गर्न सक्नुभयो। यही कारणले गर्दा उहाँलाई परमेश्‍वर र ख्रीष्ट भनिन्छ; यशैयाभन्दा मात्र होइन तर अरू सबै अगमवक्ताहरूभन्दा उहाँ फरक हुनुहुन्छ। यशैयालाई अगमवक्ताहरूका कार्यको लागि एउटा तुलनाको रूपमा लेऊ। पहिलो, उसले मानिसको जीवन आपूर्ति गर्न सकेन; दोस्रो, उसले नयाँ युग अस्तित्वमा ल्याउन सकेन। उसले यहोवाको नेतृत्वमा रहेर कार्य गर्दै थियो र नयाँ युगको प्रारम्भ गर्नु थिएन। तेस्रो, उसले बोलेका वचनहरू उनीभन्दा परका कुरा थिए। उसले परमेश्‍वरका आत्माबाट प्रत्यक्ष रूपमा प्रकाशहरू प्राप्त गर्दै थियो, र अरूहरूले तिनलाई सुन्दा समेत पनि बुझ्दैन थिए। उसका वचनहरू अगमवाणीभन्दा बढी केही थिएनन्, यहोवाको पक्षमा गरिएको कार्यको एउटा पक्षभन्दा बढी अरू केही थिएन भन्‍ने कुरालाई प्रमाणित गर्नको लागि यी थोरै कुराहरू नै पर्याप्त छन्। तैपनि, उसले यहोवालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सकेन। उनी यहोवाको एक सेवक थिए, यहोवाको कार्यमा एक साधन। उसले व्यवस्थाको युगभित्र र यहोवाको कार्यको क्षेत्राधिकारभित्र मात्रै कार्य गर्दै थियो; उसले व्यवस्थाको युगभन्दा पर कार्य गरेन। यसको विपरीत, येशूको कार्य फरक थियो। उहाँले यहोवाको क्षेत्राधिकारलाई पार गर्नुभयो; उहाँले देहधारी परमेश्‍वरको रूपमा कार्य गर्नुभयो र सारा मानव जातिलाई उद्धार गर्नको लागि उहाँ क्रूसमा जानुभयो। भन्नुको अर्थ के हो भने, यहोवाद्वारा गरिएको कार्यभन्दा बाहिर उहाँले नयाँ कार्य गर्नुभयो। यो नयाँ युग अस्तित्वमा ल्याउने कार्य थियो। यस अतिरिक्त, उहाँले त्यस्तो कुराको बारेमा बताउन सक्षम हुनुभयो जसलाई मानिसले प्राप्त गर्न सक्दैनथ्यो। उहाँको कार्य परमेश्‍वरको व्यवस्थापनभित्रकै कार्य थियो र सम्पूर्ण मानव जाति यसमा समावेश थियो। उहाँले केही मानिसहरूमा मात्रै कार्य गर्नुभएन, न त सीमित सङ्ख्याका मानिसहरूलाई नेतृत्व गर्नु नै उहाँको कार्यको आशय थियो। परमेश्‍वर कसरी मानिसको रूपमा देहधारी हुनुभयो, त्यो समयमा पवित्र आत्माले कसरी प्रकाशहरू दिनुभयो, र कार्य गर्नको लागि पवित्र आत्मा कसरी मानिसमा ओर्लनुभयो भन्‍ने विषयमा कुरा गर्दा—यी कुराहरू मानिसहरूले देख्न वा छुन नसक्ने विषयहरू हुन्। यी सत्यताहरूले उहाँ नै देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुराको प्रमाणको रूपमा कार्य गर्नु पूर्ण रूपमा असम्भव छ। जस्तो की, परमेश्‍वरका वचनहरू र कार्यको बीचमा मात्रै भिन्नता छुट्याउन सकिन्छ, जुन मानिसको लागि मूर्त छन्। यो मात्रै वास्तविक छ। यसको कारण के हो भने पवित्र आत्माका कुराहरू तेरो लागि अदृश्य छन् र स्वयम् परमेश्‍वरद्वारा मात्रै यसलाई स्पष्ट रूपमा जानिन्छ, र परमेश्‍वरको देहधारी देहले समेत सबै कुरा जान्दैन; उहाँले गर्नुभएको कार्यद्वारा मात्रै उहाँ परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्‍ने कुरालाई तैँले पुष्टि गर्न सक्छस्। उहाँको कार्यबाट, के देख्न सकिन्छ भने, पहिलो, उहाँ नयाँ युग सुरु गर्न सक्षम हुनुहुन्छ; दोस्रो, उहाँ मानिसको जीवन आपूर्ति गर्न र पछ्याउनु पर्ने बाटो मानिसलाई देखाउन सक्षम हुनुहुन्छ। उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरालाई स्थापित गर्नको लागि यो नै पर्याप्त छ। कम्तीमा पनि, उहाँले गर्नुहुने कार्यले परमेश्‍वरका आत्मालाई पूर्ण रूपले प्रतिनिधित्व गर्न सक्छ, र परमेश्‍वरका आत्मा उहाँभित्र हुनुहुन्छ भन्‍ने कुरा त्यस किसिमको कार्यबाट देख्न सकिन्छ। देहधारी परमेश्‍वरले गर्नुभएको कार्य मुख्य रूपमा नयाँ युगलाई अस्तित्वमा ल्याउन, नयाँ कार्यलाई अघि बढाउन, र नयाँ जगत स्थापना गर्नको लागि भएकोले, उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरालाई स्थापित गर्न यी मात्रै पनि पर्याप्त छन्। तसर्थ, यसले उहाँलाई यशैया, दानिएल, र अरू महान् अगमवक्ताहरूबाट अलग गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता

अगमवक्ताहरूका अगमवाणीहरूलाई परमेश्‍वर स्वयम्‌ले निर्देशन दिनुभएको थियो: यशैया, दानिएल, एज्रा, यर्मिया र इजकिएलजस्ता व्यक्तिहरूका अगमवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका थिए; यी मानिसहरू दर्शी थिए, तिनीहरूले अगमवाणीको आत्मा प्राप्त गरेका थिए र तिनीहरू सबै पुरानो करारका अगमवक्ता थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा प्राप्त गरेका यी मानिसहरूले धेरै अगमवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष रूपमा निर्देशन दिनुभएको थियो। अनि यहोवाले तिनीहरूमा किन काम गर्नुभयो? किनभने इस्राएलका मानिसहरू परमेश्‍वरका चुनिएका मानिस थिए र अगमवक्ताहरूको काम तिनीहरूमाझ गरिनुपर्थ्यो; त्यसैकारण अगमवक्ताहरूले त्यस्ता प्रकाशहरू प्राप्त गर्न सके। वास्तवमा, तिनीहरूले आफूले प्राप्त गरेका प्रकाशहरू बुझेका थिएनन्। ती वचनहरू पवित्र आत्माले तिनीहरूका मुखबाट बोल्नुभयो ताकि भावी मानिसहरूले ती कुराहरू बुझ्न सकून् र ती साँच्चै परमेश्‍वरका आत्माको, पवित्र आत्माको काम थिए र ती मानव विचारहरूबाट आएका थिएनन् अनि सबै मानिसले पवित्र आत्माको कामको पुष्टि प्राप्त गर्न सकून्। अनुग्रहको युगको दौरान, येशू स्वयम्‌ले तिनीहरूको सट्टामा यी सब काम गर्नुभयो र त्यसैले मानिसहरूले उप्रान्त अगमवाणी बोलेनन्। त्यसोभए के येशू अगमवक्ता हुनुहुन्थ्यो? येशू अवश्य नै अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ प्रेरितहरूको काम गर्न पनि सक्षम हुनुहुन्थ्यो—उहाँ अगमवाणी बोल्न अनि देशभरि मानिसहरूलाई प्रचार गर्न र सिकाउन दुवै सक्नुहुन्थ्यो। तैपनि उहाँले गरेको काम र उहाँले प्रतिनिधित्व गरेको पहिचान एउटै थिएनन्। उहाँ सम्पूर्ण मानवजातिलाई छुटकारा दिन, मानिसलाई पापबाट छुटकारा दिन आउनुभयो; उहाँ अगमवक्ता र प्रेरित हुनुहुन्थ्यो, तर त्योभन्दा बढी उहाँ ख्रीष्ट हुनुहुन्थ्यो। अगमवक्ताले अगमवाणी बोल्न सक्छ, तर त्यस्तो अगमवक्ता ख्रीष्ट हो भनेर भन्न सकिँदैन। त्यसबेला, येशूले धेरै अगमवाणी बोल्नुभयो र त्यसैले उहाँ अगमवक्ता हुनुहुन्थ्यो भनेर भन्न सकिन्छ, तर उहाँ अगमवक्ता हुनुहुन्थ्यो र त्यसैले ख्रीष्ट हुनुहुन्नथ्यो भनेर भन्न सकिँदैन। किनभने उहाँले कामको एउटा चरण सम्पन्न गर्न परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्नुभयो र उहाँको पहिचान यशैयाको भन्दा फरक थियो—उहाँ छुटकाराको काम पूरा गर्न आउनुभयो र उहाँले मानिसको जीवनको भरणपोषण पनि गर्नुभयो र परमेश्‍वरका आत्मा उहाँमाथि प्रत्यक्ष रूपमा आउनुभयो; उहाँले गरेको काममा, परमेश्‍वरका आत्माबाट कुनै प्रेरणाहरू वा यहोवाबाट कुनै निर्देशनहरू आएनन्, बरु, आत्माले प्रत्यक्ष रूपमा काम गर्नुभयो। यो नै येशू अगमवक्ताजस्तै हुनुहुन्नथ्यो भनी प्रमाणित गर्न पर्याप्त छ। उहाँले गरेको काम छुटकाराको काम थियो, जसको दोस्रो स्थानमा अगमवाणी बोल्ने काम आउँथ्यो। उहाँ अगमवक्ता, प्रेरित हुनुहुन्थ्यो, तर त्योभन्दा बढी उहाँ उद्धारक हुनुहुन्थ्यो। यसबीच, भविष्यवक्ताहरूले अगमवाणी मात्र बोल्न सक्थे र परमेश्‍वरका आत्माको स्थानमा अरू कुनै काम गर्न सक्दैनथे। येशूले मानिसद्वारा पहिले कहिल्यै नगरिएको धेरै काम गर्नुभएको र मानवजातिलाई छुटकारा दिने काम गर्नुभएको हुनाले, उहाँ यशैयाजस्ता व्यक्तिहरूभन्दा फरक हुनुहुन्थ्यो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्‍वरले विगतका पुस्ताहरूमा गर्नुभएको कामलाई बुझ्न सक्छ; वचनद्वारा मानिसले पवित्र आत्माबाट अन्तर्ज्ञान प्राप्त गर्दछ; वचनद्वारा नै मानिसले विगतका पुस्ताहरूले कहिल्यै बुझ्न नसकेका रहस्यहरू साथै विगत समयका अगमवक्ता र प्रेरितहरूका कामहरूलाई र उनीहरूले काम गरेका सिद्धान्तहरूलाई बुझ्न सक्दछ; वचनद्वारा, मानिसले स्वयम् परमेश्‍वरको स्वभावलाई साथै मानिसको विद्रोहीपन र विरोधलाई बुझ्न सक्छ, साथै उसको आफ्नै सारलाई पनि बुझ्न सक्छ। कामका यी चरणहरू र बोलिएका सबै वचनहरूद्वारा, मानिसले आत्माको काम, देहधारी परमेश्‍वरको शरीरले गर्ने काम, र अझ त्योभन्दा बढी उहाँको सम्पूर्ण स्वभावको बारेमा जान्दछ। परमेश्‍वरको छ हजार वर्षभन्दा धेरै समयको व्यवस्थापनको कामसम्बन्धी तेरो ज्ञान पनि वचनको माध्यमबाट नै प्राप्त भएको थियो। के तेरा पहिलेका धारणाहरू र तिनलाई पन्छ्याउने कार्यमा तैँले पाएको सफलता पनि वचनबाटै प्राप्त भएको होइन? अघिल्लो चरणमा, येशूले चिह्न र चमत्कारका कामहरू गर्नुभयो, तर यस चरणमा कुनै चिह्न र चमत्कारहरू छैनन्। परमेश्‍वरले किन चिह्न र चमत्कारहरू प्रकट गर्नुहुन्न भन्‍ने तेरो बुझाइ पनि के वचनद्वारा नै प्राप्त गरिएको होइन र? त्यसकारण, यस चरणमा बोलिएका वचनहरूले विगतका पुस्ताहरूका प्रेरितहरू र अगमवक्ताहरूले गरेका कार्यलाई उछिन्छन्। अगमवक्ताहरूले गरेका अगमवाणीहरूले पनि यो परिणाम प्राप्त गर्न सक्दैनथियो। अगमवक्ताहरूले केवल अगमवाणी बोले, तिनीहरूले भविष्यमा के हुनेछ भन्‍ने कुरा बताए, तर त्यस समयमा परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा बताएनन्। न त उनीहरूले मानवजातिलाई तिनीहरूका जीवनमा डोऱ्याउन, वा मानवजातिलाई सत्यता दिन, वा तिनीहरूलाई रहस्य प्रकट गर्न नै बोले, जीवन प्रदान गर्नको लागि बोल्‍ने कुरा त परै जाओस्। यस चरणमा बोलिएका वचनहरूमा भविष्यवाणी र सत्यता छ, तर मुख्य रूपमा यी वचनहरूले मानिसलाई जीवन प्रदान गर्ने काम गर्दछ। वर्तमानका यी वचनहरू अगमवक्ताहरूका अगमवाणीहरूभन्दा फरक छन्। यो चरणको काम मानिसको जीवनका लागि हो, मानिसको जीवनको स्वभाव परिवर्तन गर्नका लागि हो, तर अगमवाणी बोल्नका लागि होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

अघिल्लो: ३. तपाईंले वचन देहमा देखा पर्नुहुन्छ परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएको वाणी हो भनी गवाही दिनुहुन्छ, तैपनि कतिपय मानिसहरूले यी वचनहरू पवित्र आत्माको अन्तर्दृष्टि पाउने कुनै व्यक्तिले बोलेका वचनहरू हुन् भनी विश्‍वास गर्छन्। देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरू र पवित्र आत्माको अन्तर्दृष्टि पाएको कुनै व्यक्तिद्वारा बोलिएका वचनहरूको बीचमा के भिन्नता हुन्छ?

अर्को: १. हाल संसारभरि विभिन्न धार्मिक समुदायहरूमा झूटा ले धोखा दिएका घटनाहरू धेरै छन्। यो धोखा वास्तवमा के हो भनी बुझ्न नसकेर धेरै मानिसहरू यी झूटा ख्रीष्टहरूको पछि लागेका छन्, यसरी प्रभु येशूको अगमवाणी पूरा गर्दैछन्: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ छ वा त्यहाँ छ भनी भन्छ भने विश्‍वास नगर्नू। किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलाठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै बहकाउन सकून्” (मत्ती २४:२३-२४)। त्यसैले हामी के विश्‍वास गर्छौं भने, जो प्रभुको आगमन हो भनी गवाही दिइन्छ त्यो निस्सन्देह एक झूटा ख्रीष्ट हो, र तिनीहरूलाई खोज्नु र तिनीहरूलाई जाँच्नु कुनै आवश्यक हुँदैन। के हामीले यो विश्‍वास गर्नु गलत छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्