३. तपाईंले वचन देहमा देखा पर्नुहुन्छ परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएको वाणी हो भनी गवाही दिनुहुन्छ, तैपनि कतिपय मानिसहरूले यी वचनहरू पवित्र आत्माको अन्तर्दृष्टि पाउने कुनै व्यक्तिले बोलेका वचनहरू हुन् भनी विश्‍वास गर्छन्। देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरू र पवित्र आत्माको अन्तर्दृष्टि पाएको कुनै व्यक्तिद्वारा बोलिएका वचनहरूको बीचमा के भिन्नता हुन्छ?

परमेश्वरका सान्दर्भिक वचनहरू:

मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसहरूमाझ सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्‍न हुन्छ, र यसको लागि मानिस सक्षम छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

सत्यता नै जीवनका सूत्रहरूमा सबैभन्दा व्यावहारिक हुन्छ, र सारा मानवजातिमाझ यस्ता सूत्रहरूमध्ये सर्वोच्च हुन्छ। यो परमेश्‍वरले मानिसबाट गर्नुभएको माग भएको हुनाले, र यो परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान्‌ हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका सार्वभौमबाट मानवजातिका लागि आएको वाणी हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्‌, तर परमेश्‍वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

परमेश्‍वरले बोल्‍नुभएका वचनहरू बाहिरी रूपमा सरल हुन् वा गहन हुन्, ती वचनहरू मानिसको जीवन प्रवेशको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता हुन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। ती वचनहरूले मानिसलाई जीवित रहन चाहिने खाँचोहरू आपूर्ति गर्छन्; उसको दैनिक जीवनको आत्म-आचरणका सिद्धान्तहरू र मान्यताहरू आपूर्ति गर्छन्; मुक्तिसम्म उसले लिनुपर्ने मार्ग, साथै मुक्ति प्राप्त गर्नका लागि चाहिने लक्ष्य र निर्देशन आपूर्ति गर्छन्; परमेश्‍वरसामु सृजित प्राणीका रूपमा उसमा हुनुपर्ने हरेक सत्यता आपूर्ति गर्छन्; र मानिस कसरी परमेश्‍वरप्रति समर्पित हुन्छ र उहाँको आराधना गर्छ भन्नेबारे हरेक सत्यता आपूर्ति गर्छन्। यी वचनहरू मानिसको अस्तित्व सुनिश्‍चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो टेवा पनि हुन् जसले मानिसलाई बलियो हुन र खडा हुन सक्षम तुल्याउँछन्। परमेश्वरका वचनहरू सत्यता वास्तविकतामा प्रचुर हुन्छन् जसद्वारा सृजित मानवजातिले सामान्य मानवता जिउँछ, मानिसलाई भ्रष्टताबाट उम्कने र शैतानका पासोबाट निस्किहिँड्ने तुल्याउने सत्यतामा ती प्रचुर हुन्छन्, सृष्‍टिकर्ताले सृजित मानवजातिलाई दिनुहुने निष्कपट र धैर्यवान् शिक्षण, अर्ती, उत्साह, र सान्त्वनाले ती भरिपूर्ण हुन्छन्। ती सङ्‍केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्‍न मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन्, ती प्रत्याभूति हुन् जसले मानिसहरूले सबै न्यायोचित, सुन्दर र असल कुराहरू जिउनेछन् र मानिसहरूसँग ती कुरा हुनेछन् भन्‍ने सुनिश्‍चित गर्छन्, ती मापदण्डहरू हुन् जसद्वारा सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गरिन्छन्, र तिनीहरू नौपरिवहन सङ्केत पनि हुन् जसले मानिसहरूलाई मुक्तिमा र ज्योतिको मार्गमा डोर्‍याउँछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

परमेश्‍वरको वचनलाई मानिसको वचन भन्न मिल्दैन, मानिसको शब्दलाई कसैले परमेश्‍वरको वचन भन्न त झनै मिल्दैन। परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्‍वर होइन, अनि देहधारी परमेश्‍वर परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा सारगत भिन्नता हुन्छ। सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्‍वरका वचनहरू नभई, बरु मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र मान्छस् होला। त्यस अवस्थामा, तँ ज्यादै अज्ञानी छस्। परमेश्‍वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्‍वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछन्, सारा मानवजातिलाई डोऱ्याउँछन्, रहस्यहरू प्रकट गर्दछन्, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँछन्। मानिसले प्राप्त गर्ने अन्तर्दृष्टि भनेको केही सरल अभ्यास वा ज्ञान बाहेक केही होइन। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा मार्गदर्शन गर्न वा परमेश्‍वर स्वयम्का रहस्य प्रकट गर्न सक्दैन। आखिर, परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र मानिस मानिस नै हो। परमेश्‍वरसित परमेश्‍वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिका रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका शब्दलाई परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनका रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ। जे भए पनि, तैँले कहिल्यै कालोलाई सेतो र सेतोलाई कालो बनाउनु हुँदैन, उच्चलाई निम्न भन्नु हुँदैन, वा गहनलाई सतही भनी व्याख्या गर्नु हुँदैन; जे भए पनि, तँलाई जुन कुरा सत्यता हो भनी प्रस्ट रूपमा थाहा छ तैँले कहिल्यै त्यसलाई जानीजानी खण्डन गर्नु हुँदैन। परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्ने सबैले सही दृष्टिकोणबाट समस्याहरू जाँच्नुपर्छ, र परमेश्‍वरको नयाँ कामलाई र उहाँका नयाँ वचनहरूलाई उहाँद्वारा सृजित प्राणीको स्थानबाट स्वीकार गर्नुपर्छ; नत्र, तिनीहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

मानिसको अभ्यास गर्ने तरिकाहरू र सत्यता सम्बन्धी उसको ज्ञान निश्‍चित क्षेत्रमा लागू हुन्छन्। मानिसले पछ्याउने मार्ग पूर्ण रूपमा पवित्र आत्माको अभिप्राय हो भनी भन्‍न सकिँदैन, किनकि मानिस पवित्र आत्माद्वारा मात्रै प्रकाशित हुन सक्छ, र पवित्र आत्माद्वारा पूर्ण रूपमा भरिन सक्दैन। मानिसले अनुभव गर्न सक्‍ने कुराहरू सबै सामान्य मानवताको क्षेत्रभित्र पर्छन् र यसले सामान्य मानव मनमा भएको सोचविचारको दायरालाई नाघ्‍न सक्दैन। सत्यता वास्तविकता अनुभवमा जिउन सक्‍नेहरू यही दायराभित्र पर्छन्। जब तिनीहरूले सत्यताको अनुभव गर्छन्, यो सधैँ पवित्र आत्माद्वारा प्रकाशित सामान्य मानव जीवनको अनुभव हो; यस किसिमको अनुभव सामान्य मानव जीवनबाट विचलित हुँदैन। उनीहरूले आफ्नो मानव जीवन जिउने कार्यको आधारमा पवित्र आत्माको प्रकाशको सत्यता अनुभव गर्छन्। साथै, यो सत्यता व्यक्ति पिच्छे फरक हुन्छ, र यसको गहिराइ व्यक्तिको अवस्थामा निर्भर रहन्छ। व्यक्तिले हिँडिरहेको मार्ग सत्यता पछ्याउने कसैको सामान्य मानव जीवन हो भनेर मात्रै भन्‍न सकिन्छ, र यसलाई पवित्र आत्माद्वारा प्रकाशित सामान्य व्यक्तिले हिँड्ने मार्ग हो भनी भन्‍न सकिन्छ। उनीहरूले हिँड्ने मार्ग नै पवित्र आत्माले लिनुहुने मार्ग हो भनी भन्‍न सकिँदैन। सामान्य मानवीय अनुभवमा, मानिसहरूले उही मार्ग पछ्याउँदैनन्, त्यसकारण पवित्र आत्माको काम पनि उही किसिमको हुँदैन। साथै, मानिसहरूले अनुभव गर्ने वातावरण र उनीहरूको अनुभवको दायरा उही नहुने भएकोले, र तिनीहरूको मन र सोचविचारको मिश्रणको कारण, तिनीहरूको अनुभव फरक-फरक हदमा मिश्रित हुन्छन्। प्रत्येक व्यक्तिले आफ्नो फरकपन र व्यक्तिगत अवस्थाहरू बमोजिम सत्यतालाई बुझ्‍छ। सत्यताको वास्तविक अर्थ सम्बन्धी उनीहरूको बुझाइ पूर्ण हुँदैन र यो केवल त्यसको एउटा पक्ष वा केही पक्षहरू मात्र हुन्छन्। मानिसले अनुभव गर्ने सत्यताको क्षेत्र पनि व्यक्तिको अवस्था अनुसार व्यक्ति पिच्छे फरक हुन्छ। यस किसिमले, उही सत्यताको ज्ञान पनि फरक मानिसहरूले व्यक्त गर्दा उही हुँदैन। मानिसको अनुभवमा सधैँ सीमितता हुन्छ र यसले पवित्र आत्माका अभिप्रायलाई पूर्णरूपमा प्रतिनिधित्व गर्न सक्दैन, न त मानिसको कामलाई परमेश्‍वरको कामको रूपमा हेर्न सकिन्छ, चाहे मानिसले व्यक्त गर्ने कुरा परमेश्‍वरका अभिप्रायसँग मिल्दोजुल्दो नै किन नहोस् र चाहे मानिसको अनुभव पवित्र आत्माको सिद्ध तुल्याउने कामसँग मिल्दोजुल्दो नै किन नहोस्। परमेश्‍वरले उसको जिम्मामा सुम्पिदिनुभएको काम गर्दै मानिस परमेश्‍वरको सेवक मात्र बन्‍न सक्छ। पवित्र आत्माले दिनुभएको ज्ञानलाई र उसले आफ्नो व्यक्तिगत अनुभवहरूबाट प्राप्त गरेका सत्यताहरूलाई मात्रै मानिसले व्यक्त गर्न सक्छ। मानिस अयोग्य छ र उसले पवित्र आत्माको माध्यम बन्‍नको लागि आवश्यक सर्तहरू पूरा गर्दैन। उसको काम परमेश्‍वरको काम हो भन्‍ने अधिकार उसलाई दिइएको छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरबाट प्रत्यक्ष व्यक्त भएको कुरो मात्र सत्यता हो। पवित्र आत्माको अन्तर्दृष्टि सत्यताअनुरूपको कुरो मात्र हो, किनभने पवित्र आत्माले मानिसलाई तिनीहरूको कदअनुसार अन्तर्दृष्टि दिनुहुन्छ। उहाँले मानिसहरूसँग प्रत्यक्ष रूपमा सत्यता बोल्नुहुन्‍न। बरु, उहाँले तिनीहरूलाई तिनीहरू जुन ज्योति प्राप्त गर्न सक्षम छन् त्यही ज्योति दिनुहुन्छ। तैँले यो कुरा बुझ्नैपर्छ। यदि कुनै व्यक्तिसँग परमेश्‍वरका वचनहरूबारे केही अन्तर्दृष्टि छ र ऊसँग केही अनुभवात्मक ज्ञान छ भने, के यसलाई सत्यता मानिन्छ? मानिँदैन। बढीमा, तिनीहरूसँग सत्यताको केही बुझाइ हुन्छ। पवित्र आत्माका अन्तर्दृष्टिका वचनहरूले परमेश्‍वरका वचनहरूको प्रतिनिधित्व गर्दैनन्, तिनले सत्यता प्रतिनिधित्व गर्दैनन् र ती सत्यता होइनन्। बढीमा, त्यो व्यक्तिसँग सत्यताको केही बुझाइ हुन्छ र उसलाई पवित्र आत्माद्वारा केही मात्रामा अन्तर्दृष्टि दिइएको हुन्छ। यदि कुनै व्यक्तिले सत्यताको केही बुझाइ प्राप्त गर्छ र त्यो बुझाइ अरूलाई आपूर्ति गर्छ भने उसले आफ्नो अनुभवात्मक बुझाइ मात्र आपूर्ति गरिरहेको हुन्छ। उसले अरूलाई सत्यता आपूर्ति गरिरहेको छ भनेर भन्‍न मिल्दैन। उसले सत्यता सङ्गति गरिरहेको छ भनेर तँ भन्छस् भनेचाहिँ त्यो ठीकै हुन्छ; त्यो उपयुक्त व्याख्या नै हो। म किन यसो भन्दै छु? किनभने तैँले सत्यताबारे आफूले बुझेका कुराहरू सङ्गति गर्दै छस्; तर त्यो आफैचाहिँ सत्यता होइन। तसर्थ, तैँले केही अनुभवात्मक बुझाइ सङ्गति गरिरहेको छु भन्‍न मात्र सक्छस्; तैँले सत्यता आपूर्ति गरिरहेको छु भनेर कसरी भन्‍न सक्छस्? सत्यता आपूर्ति गर्नु त्यति सरल कुरो होइन। यस्तो वाक्य बोल्न योग्य को छ? परमेश्‍वर मात्र मानिसहरूलाई सत्यता आपूर्ति गर्न सक्षम हुनुहुन्छ। के मानिसहरू सक्षम छन् र? तसर्थ, तैँले यो कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ। यो गलत शब्दहरू प्रयोग गर्नुको मात्र समस्या होइन, चुरो कुरो त के हो भने, तैँले तथ्यहरूको उल्लङ्घन र तोडमोड गर्दै छस्। तैँले गरेको दाबी अतिशयोक्ति छ। मानिसहरूसँग परमेश्‍वरका वचनहरूबारे केही अनुभवात्मक बुझाइ हुन सक्ला, तर तैँले तिनीहरूसँग सत्यता छ, वा तिनीहरू सत्यताकाहरू हुन् भन्‍न सक्दैनस्। तैँले यो बिलकुलै भन्‍न सक्दैनस्। सत्यताबाट मानिसले जतिसुकै बुझाइ हासिल गरेको भए पनि, तैँले तिनीहरूसँग सत्यताको जीवन छ भनेर भन्‍न सक्दैनस्, तिनीहरू सत्यताकाहरू हुन् भन्‍न सक्‍ने त कुरै नगरौँ। तैँले यो बिलकुलै भन्‍न सक्दैनस्। मानिसले सत्यताको केही अंश मात्र बुझेका हुन्छन्, तिनीहरूसँग केही ज्योति र अभ्यासका केही तरिका मात्र हुन्छन्। तिनीहरूसँग समर्पणताको केही वास्तविकता र केही साँचो परिवर्तन मात्र हुन्छन्। तर तिनीहरूले सत्यता प्राप्त गरेका छन् भनेर तैँले भन्‍न सक्दैनस्। परमेश्‍वरले सत्यता व्यक्त गरेर मानिसलाई जीवन दिनुहुन्छ। उहाँले मानिसहरूलाई उहाँको सेवा गर्न र उहाँलाई सन्तुष्ट तुल्याउनको लागि मानिसहरूले सत्यता बुझून् र सत्यता प्राप्त गरून् भन्‍ने मापदण्ड पनि दिनुहुन्छ। मानिसहरूले परमेश्‍वरको काम एक हदसम्म अनुभव गरेर साँच्चै सत्यता प्राप्त गरेका छन् भन्‍ने दिन आए पनि, तैँले अझै पनि मानिसहरू सत्यताकाहरू हुन् भन्‍न सक्दैनस्, मानिसहरूसँग सत्यता हुन्छ भनेर भन्‍न त झन् सक्दै सकिँदैन। किनभने मानिससँग धेरै वर्षको अनुभव भए पनि तिनीहरूले प्राप्त गर्न सक्ने सत्यताको सीमा हुन्छ र यो निकै थोरै मात्रामा मात्रै हुन्छ। सत्यता सबभन्दा गहिरो र रहस्यमय कुरा हो; परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, यो त्यही हो। मानिसहरूले जीवनकालभरि सत्यता अनुभव गरे पनि, तिनीहरूले त्यसबाट प्राप्त गर्ने कुरा अत्यन्तै सीमित हुन्छ। मानिसहरू कहिल्यै पनि पूर्ण रूपमा सत्यता प्राप्त गर्न, यसलाई पूर्ण रूपमा बुझ्न वा यसलाई पूर्ण रूपमा जिउन सक्नेछैनन्। परमेश्‍वरले मानिसहरू उहाँसामु सधैँ बच्चा रहनेछन् भनेर भन्‍नु को अर्थ यही हो।

… हरेक व्यक्तिले सत्यता अनुभव गर्छ तर हरेकले अनुभव गर्ने स्थिति फरक फरक हुन्छ। सत्यताबाट प्रत्येक व्यक्तिलाई प्राप्त हुने कुरा पनि फरक फरक नै हुन्छ। यदि तैँले सबैको अनुभवात्मक बुझाइलाई जोड्ने हो भने पनि यसले पूर्ण रूपमा सत्यताको सार प्रतिबिम्बित गर्नेछैन। सत्यता यति गहन र रहस्यमय छ! तैँले प्राप्त गरेका हरेक कुरा र तेरो सबै बुझाइले सत्यताको ठाउँ लिन सक्दैन भनेर मैले किन भनेको हुँ? तेरा केही अनुभवात्मक बुझाइबारे तेरो सङ्गति सुनिसकेपछि मानिसहरूले यसलाई बुझ्नेछन्, र यसलाई पूर्ण रूपमा बुझ्न र प्राप्त गर्नको लागि तिनीहरूले लामो समयसम्म अनुभव गर्नुपर्दैन। यो केही गहन भए पनि तिनीहरूलाई कयौँ वर्षको अनुभव चाहिँदैन। तर सत्यताको हकमा भने मानिसहरूले आफ्नो पूरै जीवनकालमा पनि यसको सम्पूर्णता अनुभव गरिसक्‍नेछैनन्। तैँले सबै जनालाई एकसाथ जोडिस् भने पनि तिनीहरूले यो सबै अनुभव गरेका हुनेछैनन्। तैँले देख्न सकेझैँ, सत्यता निकै गहन र रहस्यमय छ। शब्दहरूले पनि सत्यतालाई पूर्ण रूपमा व्याख्या गर्न सक्दैनन्। मानव भाषामा भन्नुपर्दा, सत्यता नै मानवहरूका लागि सत्यता हो। मानवले यो सबै कुरा कहिल्यै अनुभव गर्न सक्‍नेछैन र सत्यतालाई पूर्ण रूपमा जिउन पनि कहिल्यै सक्नेछैन। यस्तो किन हुन्छ भने, मानिसहरूले हजारौँ वर्ष बिताए पनि, तिनीहरूले सत्यताको एउटा तत्त्व पनि पूर्ण रूपमा अनुभव गरेका हुनेछैनन्। मानिसहरूले जतिसुकै वर्ष अनुभव गरे पनि तिनीहरूले बुझ्ने र प्राप्त गर्ने सत्यता अझै पनि सीमित नै हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वर स्वयमको जीवन नै सत्यता हो; यसले उहाँको स्वभाव, उहाँको सार, अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबको प्रतिनिधित्व गर्छ। केही अनुभवात्मक ज्ञान भएकाले यदि तँ आफूसँग सत्यता छ भनेर भन्छस् भने, के तैँले पवित्रता प्राप्त गरेको हुन्छस्? तैँले अझै किन भ्रष्टता प्रकट गर्छस्? किन तैँले फरक फरक प्रकारका मानिसहरूका बीचमा भिन्‍नता छुट्याउन सक्दैनस्? तैँले किन परमेश्‍वरको गवाही दिन सक्दैनस्? तैँले केही सत्यता प्राप्त गरे पनि, के तैँले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छस्? के तँ परमेश्‍वरको स्वभावमा जिउन सक्छस्? तँसँग कुनै सत्यताको कुनै निश्‍चित पक्षबारे केही अनुभवात्मक ज्ञान हुन सक्छ र तैँले आफ्नो वाणीमा केही ज्योति घुसाउन सक्छस् होला, तर तैँले मानिसहरूलाई प्रदान गर्न सक्‍ने कुरा अत्यन्तै सीमित हुन्छ, र त्यो दीर्घकालीन रूपमा रहन सक्दैन। यस्तो किन हुन्छ भने तेरो बुझाइ र तैँले प्राप्त गरेको ज्योतिले सत्यताको सार र सत्यताको सम्पूर्णतालाई प्रतिनिधित्व गर्दैन। यसले सत्यताको एउटा वा सानो पक्षलाई मात्रै प्रतिनिधित्व गर्छ, यो मानवले हासिल गर्न सक्‍ने स्तर मात्रै हो, र यो अझै पनि सत्यताको सारबाट टाढै हुन्छ। यो थोरै ज्योति, अन्तर्दृष्टि, अनुभवात्मक ज्ञानले कहिल्यै सत्यताको स्थान लिन सक्दैन। सबै मानिसहरूले सत्यता अनुभव गरेर केही परिणाम हासिल गरे पनि, र तिनीहरूका सबै अनुभवात्मक ज्ञानलाई एकै ठाउँमा राखे पनि, त्यो यो सत्यताको एक हरफको सम्पूर्णता र सारसम्म पुग्‍न सक्दैन। विगतमा यस्तो भनिएको थियो, “म यस कुरालाई मानव संसारको लागि यो उक्तिद्वारा सारांशित गर्छु: मानिसहरूका बीचमा, मलाई प्रेम गर्ने कोही पनि छैन।” यो वाक्य सत्यता हो, जीवनको साँचो सार, सबैभन्दा गहन कुरा, अनि परमेश्‍वर स्वयम्‌को एक अभिव्यक्ति हो। तँ अनुभवहरूबाट गुज्रिन्छस्, र तीन वर्षको अनुभवपछि, तैँले थोरै सतही बुझाइ प्राप्त गरेको हुन सक्छस्, र सातआठ वर्षपछि, तैँले अलिक बढी बुझाइ प्राप्त गरेको हुन सक्छस्, तर यो बुझाइले सत्यताको यो हरफको स्थान कहिल्यै लिन सक्दैन। कोही अर्कोले पनि दुई वर्षपछि थोरै बुझाइ वा दश वर्षपछि थप बुझाइ प्राप्त गर्न सक्छ, वा जीवनभरमा तुलनात्मक रूपमा निकै उच्‍च बुझाइ प्राप्त गर्न सक्छ, तर तिमीहरू दुवैको समग्र बुझाइले पनि सत्यताको यो हरफको स्थान लिन सक्दैन। तिमीहरू दुवैले समग्र रूपमा जति धेरै अन्तर्ज्ञान, ज्योति, अनुभव, वा ज्ञान बटुले पनि, त्यो कुराले सत्यताको यो हरफको स्थान लिन सक्दैन। भन्‍नु को अर्थ, मानव जीवन सधैँ मानव जीवन नै हुन्छ, र तेरो ज्ञान सत्यता, परमेश्‍वरका अभिप्राय, वा परमेश्‍वरका मागहरूसँग जति मिले पनि, त्यसले कहिल्यै पनि सत्यताको स्थान लिन सक्दैन। मानिसहरूसँग सत्यता छ भन्‍नु को अर्थ मानिसहरूले साँचो रूपमा सत्यता बुझेका छन्, तिनीहरू परमेश्‍वरको वचनका केही वास्तविकताहरूमा जिउँछन्, तिनीहरूसँग परमेश्‍वरबारे केही वास्तविक ज्ञान छ, र तिनीहरूले परमेश्‍वरलाई उचाल्‍न र सन्तुष्ट पार्न सक्छन् भन्‍ने हुन्छ। तर मानिसहरूसँग पहिल्यैदेखि सत्यता छ भनेर भन्‍न सकिँदैन, किनभने सत्यता अत्यन्तै प्रगाढ हुन्छ। परमेश्‍वरको वचनको एउटा हरफलाई अनुभव गर्नसमेत जीवनभरिको समय लाग्‍न सक्छ, र धेरै जीवनकालको अनुभवपछि, वा हजारौँ वर्षपछि पनि, परमेश्‍वरको वचनको एउटा हरफलाई पूर्ण रूपमा अनुभव गर्न सकिँदैन। यो स्पष्ट छ कि सत्यतालाई बुझ्‍ने र परमेश्‍वरलाई चिन्‍ने प्रक्रिया वास्तवमै अनन्त हुन्छ, र मानिसहरूले जीवनकालभरिको अनुभवमा कति सत्यता बुझ्‍न सक्छन् भन्‍ने कुराको पनि सीमा हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अघिल्लो: २. तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, उहाँ देहधारी सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ, उहाँले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सक्‍ने सबै सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ, र उहाँले परमेश्‍वरको घरबाट नै सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ भनेर गवाही दिनुहुन्छ। त्यसो भए हामी परमेश्‍वरको आवाज कसरी चिन्न सक्छौं, र सर्वशक्तिमान् परमेश्‍वर फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी कसरी निश्चित हुन सक्छौं?

अर्को: ४. व्यवस्थाको युगमा यशैया, इजकिएल, र दानिएल अगमवक्ताहरूद्वारा व्यक्त गरिएका परमेश्‍वरका वचनहरू र देहधारी परमेश्‍वरद्वारा व्यक्त गरिएका परमेश्‍वरका वचनहरूका बीचमा के भिन्नता छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्