१. हाल संसारभरि विभिन्न धार्मिक समुदायहरूमा झूटा ले धोखा दिएका घटनाहरू धेरै छन्। यो धोखा वास्तवमा के हो भनी बुझ्न नसकेर धेरै मानिसहरू यी झूटा ख्रीष्टहरूको पछि लागेका छन्, यसरी प्रभु येशूको अगमवाणी पूरा गर्दैछन्: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ छ वा त्यहाँ छ भनी भन्छ भने विश्वास नगर्नू। किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलाठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै बहकाउन सकून्” (मत्ती २४:२३-२४)। त्यसैले हामी के विश्वास गर्छौं भने, जो प्रभुको आगमन हो भनी गवाही दिइन्छ त्यो निस्सन्देह एक झूटा ख्रीष्ट हो, र तिनीहरूलाई खोज्नु र तिनीहरूलाई जाँच्नु कुनै आवश्यक हुँदैन। के हामीले यो विश्वास गर्नु गलत छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसकारण मानिसलाई सत्यता प्रदान गर्न सक्ने ख्रीष्टलाई परमेश्वर भन्नु बिलकुलै अत्युक्ति हुँदैन। किनकि उहाँसँग परमेश्वरको सार छ, र उहाँमा परमेश्वरको स्वभाव, र परमेश्वरको कामको बुद्धि छ, जुन मानिसले प्राप्त गर्न सक्दैन। जो आफैलाई ख्रीष्ट भन्छन् तैपनि परमेश्वरको काम गर्न सक्दैनन्, तिनीहरू ठग हुन्। ख्रीष्ट पृथ्वीमा रहनुभएको परमेश्वरको प्रकटीकरण मात्रै हुनुहुन्न, उहाँ त परमेश्वरले पृथ्वीमा आफ्नो काम गर्दा र मानिसमाझ आफ्नो काम पूरा गर्दा धारण गर्नुहुने विशेष देह पनि हुनुहुन्छ। यो देहलाई कसैले पनि प्रतिस्थापन गर्न सक्दैन, बरु यो त पृथ्वीमा परमेश्वरको कामलाई पर्याप्त रूपमा वहन गर्न सक्ने, परमेश्वरको स्वभावलाई व्यक्त गर्न सक्ने, परमेश्वरलाई पर्याप्त रूपमा प्रतिनिधित्व गर्न सक्ने, र मानिसलाई जीवन प्रदान गर्न सक्ने देह हो। ढिलो वा चाँडो, ख्रीष्टको नक्कल गर्नेहरू सबै पतन हुनेछन्, किनभने तिनीहरूले आफू ख्रीष्ट भएको दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्टको कुनै पनि सार हुँदैन। त्यसैले म भन्छु, ख्रीष्टको प्रामाणिकतालाई मानिसले निर्धारण गर्न सक्दैन, परमेश्वर स्वयम्ले यसको उत्तर दिनुहुन्छ र निर्णय गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार हुन्छ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँसँग परमेश्वरको अभिव्यक्ति हुन्छ। परमेश्वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
ख्रीष्ट पृथ्वीमा परमेश्वर स्वयम्को प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए पनि, उहाँ देहमा रहेको आफ्नो स्वरूप सबै मानिसहरूलाई देखाउने अभिप्रायका साथ आउनुभएको होइन। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुभएको होइन; उहाँ त आफ्नै हातले मानिसलाई डोर्याउनका निम्ति आउनुभएको हो, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्टको देहको प्रकार्य परमेश्वर स्वयम्को काम, अर्थात् देहमा गरिने परमेश्वरको कामका लागि हो, मानिसलाई उहाँको देहको सार पूर्ण रूपमा बुझ्न सक्षम पार्नको लागि होइन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले गर्ने कुनै पनि कुरा देहद्वारा प्राप्त गर्न सकिने परिधिभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले त्यो सामान्य मानवताका साथ देहमा गर्नुहुन्छ, र मानिससमक्ष परमेश्वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्न। यसको साथै, देहमा उहाँले गर्ने काम मानिसले सोचेजति अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्टले देहमा परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्नुभए पनि र परमेश्वर स्वयम्ले गर्नुपर्ने काम व्यक्तिगत रूपमा आफै गर्नुहुने भए पनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्वरको अस्तित्वलाई इन्कार गर्नुहुन्न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो देहभित्र गुप्त र विनम्र रहनुहुन्छ। ख्रीष्टबाहेक, आफूलाई ख्रीष्ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैनन्। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्ने स्वभावसँग तुलना गर्दा, ख्रीष्ट कस्तो प्रकारको देह हुनुहुन्छ भन्ने कुरा छर्लङ्ग हुन्छ। तिनीहरू जति धेरै झूट हुन्छन्, त्यति नै हदसम्म झूटा ख्रीष्टहरूले आफ्नो धाक देखाउँछन्, र मानिसहरूलाई बहकाउन तिनीहरू चिन्ह र चमत्कारहरू देखाउन त्यति नै धेरै सक्षम हुन्छन्। झूटा ख्रीष्टहरूमा परमेश्वरका गुणहरू हुँदैनन्; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्ट कलङ्कित हुनुहुन्न। देहको काम पूरा गर्नका लागि मात्रै परमेश्वर देह बन्नुहुन्छ, मानिसहरूलाई उहाँ देखिने तुल्याउन मात्र उहाँ देह बन्नुहुने होइन। बरु, उहाँले आफ्नै कामलाई उहाँको पहिचान पुष्टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेकै कुरालाई उहाँले आफ्नो सार प्रमाणित गर्न दिनुहुन्छ। उहाँको सार आधारहीन छैन; उहाँको पहिचान उहाँको हातले खोसेर लिएको कुरा होइन; यो त उहाँको काम र उहाँको सारद्वारा निर्धारित हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्टको सार हो
अहिलेको दिनमा, यदि चिन्ह र अचम्मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीलाई निको पार्न र धेरै आश्चर्यकर्महरू प्रस्तुत गर्न सक्ने कुनै व्यक्ति प्रकट हुन्छ, र यदि त्यस्तो व्यक्तिले फर्किआउनुभएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो कुनै दुष्टात्माले गरेको प्रतिरूपण हुन्छ, यो दुष्टात्माले येशूको नक्कल गर्ने कार्य हुन्छ। यो कुरा याद गर! परमेश्वरले एउटै काम दोहोर्याउनुहुन्न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्वरको काम मानिसका धारणाहरूअनुरूप छैन; उदाहरणका लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्यो, र अन्ततः आउने त येशू नै हुनुहुन्थ्यो। यसरी, फेरि अर्को मसीह आउनु गलत हुनेथ्यो। येशू एक पटक आइसक्नुभएको छ, र यदि “येशू” यस पटक फेरि आउनुभएको भए, त्यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको विशेषता हुन्छ। मानिसका धारणाहरूमा, परमेश्वरले सधैँ चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्वर बिलकुलै त्यस्तो हुनुहुन्न। आखिरी दिनहरूमा, यदि परमेश्वरले अझै पनि चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुभएको, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको र बिरामीलाई निको पार्नुभएको भए—यदि उहाँले ठ्याक्कै येशूले जस्तै गर्नुभएको भए—परमेश्वरले एउटै काम दोहोर्याउनुभएको हुनेथियो, र येशूको कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्वरले हरेक युगमा कामको एउटा चरण कार्यान्वयन गर्नुहुन्छ। उहाँको कामको हरेक चरण पूरा भएपछि, दुष्ट आत्माहरूले तुरुन्तै यसको नक्कल गर्ने कोसिस गर्छन्, र शैतानले परमेश्वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्वरले अलग विधि अपनाउनुहुन्छ। परमेश्वरले उहाँको कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्कल गर्ने कोसिस गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान कामसम्बन्धी ज्ञान
कतिपय मानिस दुष्ट आत्माहरूका नियन्त्रणमा पर्छन् र “म परमेश्वर हुँ!” भन्दै चर्को स्वरमा कराउँछन्। तैपनि, अन्तमा, तिनीहरू प्रकाश हुन्छन्, किनभने तिनीहरूले प्रतिनिधित्व गर्ने कुरामा तिनीहरू गलत हुन्छन्। तिनीहरू शैतानको प्रतिनिधित्व गर्छन्, र पवित्र आत्मा तिनीहरूलाई कुनै वास्ता गर्नुहुन्न। तैँले आफूलाई जतिसुकै उच्च पारे पनि वा तँ जतिसुकै ठूलो स्वरले कराए पनि, तँ अझै पनि एउटा सृजित प्राणी नै होस् र तँ शैतानको होस्। म कहिल्यै “म परमेश्वर हुँ, म परमेश्वरको प्रिय पुत्र हुँ!” भनेर कराउँदिनँ। तर मैले गर्ने काम परमेश्वरको काम हो। के म चिच्याउन आवश्यक छ र? उच्च पार्न आवश्यक छैन। परमेश्वरले आफ्नो काम आफै गर्नुहुन्छ र मानिसले उहाँलाई कुनै हैसियत प्रदान गर्नु वा सम्मानजनक उपाधि दिनु आवश्यक छैन: उहाँको कामले नै उहाँको पहिचान र हैसियतको प्रतिनिधित्व गर्छ। उहाँको बप्तिस्माभन्दा पहिले, के येशू परमेश्वर स्वयम् हुनुहुन्नथ्यो र? के उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्नथ्यो र? उहाँको गवाही दिइएपछि मात्रै उहाँ परमेश्वरको एकमात्र पुत्र बन्नुभयो भनेर पक्कै पनि भन्न मिल्दैन, होइन र? उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै पहिले नै, के येशू नाम गरेका एक जना मानिस हुनुहुन्नथ्यो र? तँ नयाँ मार्गहरू ल्याउन वा आत्माको प्रतिनिधित्व गर्न असक्षम छस्। तँ आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरू व्यक्त गर्न सक्दैनस्। तँ परमेश्वर स्वयम्को काम गर्न असक्षम छस्, र तँ आत्माको काम गर्न पनि असक्षम छस्। परमेश्वरको बुद्धि, आश्चर्य, र बुझ्न नसकिने अवस्था, अनि परमेश्वरले मानिसलाई सजाय दिँदा उहाँको सम्पूर्ण स्वभाव—यी सबै तैँले व्यक्त गर्न सक्ने क्षमताभन्दा बाहिर छन्। त्यसकारण परमेश्वर हुँ भनी दाबी गर्ने प्रयास गर्नु व्यर्थ हुनेछ; तँसँग नाम मात्रै हुनेछ र कुनै सार हुनेछैन। परमेश्वर स्वयम् आउनुभएको छ, तर उहाँलाई कसैले चिन्दैन, तैपनि उहाँआफ्नो काम जारी राख्नुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै यसो गर्नुहुन्छ। चाहे तैँले उहाँलाई मानिस भन् वा परमेश्वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँलाई बहिनी भन्, त्यसले फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको काम हो र यसले परमेश्वर स्वयम्को कामको प्रतिनिधित्व गर्छ। उहाँ मानिसले उहाँलाई के नामले बोलाउँछ भन्नेबारे वास्ता गर्नुहुन्न। के त्यो नामले उहाँको काम निर्धारण गर्न सक्छ र? तैँले परमेश्वरलाई जेसुकै भनेर बोलाए पनि, उहाँका सम्बन्धमा भन्नुपर्दा, उहाँ परमेश्वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँ आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा अनुमोदित हुनुहुन्छ। यदि तँ एउटा नयाँ युगका लागि मार्ग प्रस्तुत गर्न, वा पुरानो युगको अन्त्य गर्न, वा नयाँ युगको सुरुवात गर्न, वा नयाँ काम गर्न असक्षम छस् भने, तँलाई परमेश्वर भन्न मिल्दैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (१)