४. हामीले प्रभुमा धेरै वर्षदेखि विश्वास गरेका छौं र सतर्कतासाथ उहाँको पुनरागमनको बाटो हेर्दै सधैँ उहाँको लागि कठोर परिश्रम गरेका छौं। हामीलाई विश्वास छ, प्रभुको दोस्रो आगमनको विषयमा प्रकाश पाउने पहिलो मानिसहरू हामी नै हुनुपर्छ। प्रभु येशू फर्केर आउनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ, त्यसोभए हामीले यस विषयमा किन प्रकाश पाएनौं? प्रभु फर्केर आउनुभएको छैन भन्ने बारेमा हामीसित प्रमाणहरू छन्। के हामीले यस्तो सोच्नु गलत हो?
सन्दर्भका लागि बाइबलका पदहरू:
“हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)।
“आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
अन्तिम दिनहरूमा मानिसहरूलाई सत्यको आत्मा दिइन्छ भनी येशूले घोषणा गर्नुभयो। अन्तिम दिनहरू अहिले यहाँ छ; सत्यको आत्माले वचनहरूलाई कसरी व्यक्त गर्नुहुन्छ भनी तँ बुझ्छस्? सत्यको आत्मा कहाँ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ? अगमवक्ता यशैयाको अगमवाणीको पुस्तकमा नयाँ करारको युगमा येशू नाम गरिएको बालक जन्मनेछ भनी कहिल्यै पनि बताइएको थिएन; इम्मानुएल नाम गरेको पुरुष बालक जन्मनेछ भनी लेखिएको मात्र छ। येशूको नाउँ किन उल्लेख नगरिएको? पुरानो करारभरि यो नाउँ कतै पनि देखा पर्दैन, त्यसो भए तँ किन अझै पनि येशूमा विश्वास गर्छस्? पक्कै पनि तैँले येशूलाई आफ्नै आँखाले देखेपछि मात्र विश्वास थिइनस्, थिइस् त? वा के तैँले प्रकाश पाएपछि विश्वास गर्न थालेको हो? के परमेश्वरले तँलाई साँच्चै नै यस्तो अनुग्रह देखाउनुहुन्थ्यो? के उहाँले तँलाई यत्रो आशिष् प्रदान गर्नुहुन्छ? येशूप्रति तेरो विश्वासको आधार के हो? आज परमेश्वर देह बन्नुभएको छ भन्ने कुरा तँ किन विश्वास गर्दैनस्? तँलाई परमेश्वरबाट आउने प्रकाशको अभाव छ भन्दैमा उहाँ देहधारी नहुनुभएको कुरा साबित गर्छ भनी तँ कसरी भन्न सक्छस्? के परमेश्वरले कुनै काम सुरु गर्न अघि मानिसहरूलाई जानकारी दिनु नै पर्छ त? के उहाँले पहिले तिनीहरूबाट स्वीकृति लिनुपर्छ र? यशैयाले डुँडमा पुरुष बालक जन्मिनेछन् भनेर मात्र बताए; तर मरियमले येशूलाई जन्माउनेछिन् भनी उनले कहिल्यै पनि अगमवाणी गरेनन्। मरियमबाट जन्मनुभएको येशूप्रतिको तेरो विश्वासलाई तैले खास केमा बसाल्छस्? निश्चय नै तेरो विश्वासमा गडबडी त आएको छैन?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गर्नेले परमेश्वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?
परमेश्वरको नयाँ काम चाहे जेसुकै होस्, यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ, र यस्तो कामको हरेक चरणमा, उहाँलाई “साँचो” हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि देखाइनुपर्छ, नत्र यस्तो काम परमेश्वरको काम हुन सक्दैन भनी विश्वास गर्नेहरू त अझै धेरै छन्। परमेश्वरलाई चिन्नु मानिसका निम्ति मूलतः सजिलो काम होइन। मानिसको वाहियात हृदयको साथसाथै अहम्ता र अभिमान भएको उसको विद्रोही प्रकृतिलाई लिँदा, उसलाई परमेश्वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्वरको नयाँ कामलाई सावधानीपूर्वक छानबिन गर्छ, न नम्रतासाथ स्वीकार नै गर्छ; बरु, उसले परमेश्वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्दै गर्दा हेयको मनोवृत्ति अपनाउँछ। के यी परमेश्वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने मानिसका प्रकटीकरणहरू होइनन् र? यस्ता मानिसहरूले परमेश्वरको अनुमोदन कसरी प्राप्त गर्न सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गर्नेले परमेश्वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?
हामीले परमेश्वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्वरका अभिप्रायहरू, परमेश्वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्वरको आवाज हुन्छ, र जहाँ परमेश्वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ, र परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्वर सत्य, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता प्राप्त गर्दा पनि, तिनीहरूले परमेश्वरका पदचापहरू भेट्टाएका छन् भनी विश्वास गर्दैनन्, र तिनीहरूले परमेश्वरको देखापराइलाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्वरले आफ्नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्वरको स्वभाव हो, र अझ भन्ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्वरको देखापराइ देख्न, परमेश्वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ
सन्दर्भको लागि मानिसको सङ्गति:
धेरै वर्षदेखि प्रभुमा विश्वास गर्दैआएका, लगातार मेहनत गर्दै र कडा परिश्रम गर्दै अनि जागा रहेर उहाँको दोस्रो आगमनको प्रतीक्षा गर्दै आएका मानिसहरूले जब प्रभु फर्केर आउनुहुन्छ, तिनीहरूले उहाँबाट उहाँको आगमनको बारेमा प्रकाश प्राप्त गर्नेछन् भन्ने मान्यता राख्छन्। यो मानिसको धारणा र कल्पना हो; यो परमेश्वरको कामको वास्तविकतासँग मिल्दैन। धेरै पहिले, यहूदी धर्मका फरिसीहरू सुसमाचार फैलाउन टाढा-टाढाको यात्रा गर्थे। के प्रभु येशूले तिनीहरूलाई उहाँको आगमनको प्रकाश दिनुभयो? यसबाहेक, प्रभु येशूलाई पछ्याउने चेलाहरूमध्ये कसले उहाँबाट प्रकाश पाएर पछ्याएका थिए? एकै जनाले पनि त्यसरी पछ्याएको थिएन! पत्रुसले परमेश्वरबाट प्रकाश प्राप्त गरेको र प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गरेको भए पनि, त्यो सबै पत्रुसले प्रभु येशूलाई केही समय पछ्याएपछि र उहाँका धेरै सन्देशहरू सुनेपछि भएका थिए; पत्रुसले पहिले नै प्रभु येशूको बारेमा थोरै ज्ञान प्राप्त गरेका थिए, त्यसपछि मात्र तिनले पवित्र आत्माबाट प्रकाश प्राप्त गरे अनि प्रभु येशूको वास्तविक पहिचानलाई चिन्न सके। यसबाट के देख्न सकिन्छ भने, पत्रुसले वास्तवमा प्रभु येशूलाई पछ्याउनुभन्दा पहिले प्रकाश प्राप्त गरेका थिएनन्; यो एउटा तथ्य हो। प्रभु येशूलाई पछ्याउन सक्ने सबै जनाले उहाँका सन्देशहरू सुनेपछि मात्र उहाँलाई आउनेवाला मसीहको रूपमा चिन्न सके; पहिले परमेश्वरबाट प्रकाश पाएपछि तिनीहरूले उहाँलाई चिनेका र तिनीहरू उहाँका चेलाहरू बनेका थिएनन्। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्वर गोप्य रूपबाट आखिरी दिनहरूको न्यायको काम गर्न आउनुभएको छ। लाखौँ मानिसहरूले उहाँलाई स्वीकार गरेका छन् र उहाँलाई पछ्याइरहेका छन्, तर तिनीहरूमध्ये कसैले पनि पवित्र आत्माबाट प्रकाश पाएको परिणाम स्वरूप त्यसो गरेका होइनन्; हामी सबैले परमेश्वरको आवाज चिनेका छौं, र उहाँका वचनहरू पढेर र सत्यताको विषयमा सङ्गति गरेर सर्वशक्तिमान् परमेश्वरको पछि लाग्ने निर्णय गरेका छौं। तथ्यहरूले स्पष्ट पार्दछ, कि परमेश्वर उहाँको काम गर्न देह बन्नुहुँदा कसैले उहाँमा विश्वास गरोस् र उहाँलाई पछ्याओस् भनेर उहाँले कसैलाई पनि प्रकाश दिनुहुन्न। यसबाहेक, आखिरी दिनहरूमा परमेश्वर सत्यता व्यक्त गर्न र न्यायको काम गर्नका लागि देहधारी हुनुभएको छ; आखिरी दिनहरूको उहाँका वाणीहरू उहाँले सृष्टिको सुरुदेखि सम्पूर्ण ब्रह्माण्ड र सारा मानवजातिका लागि सार्वजनिक रूपमा बोल्नुभएका प्रथम वचनहरू हुन्। सबै मानिसहरूले परमेश्वरको आवाज सुन्न सक्छन्, त्यसैले तिनीहरूले प्रभुलाई स्वागत गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा तिनीहरूले परमेश्वरको आवाज चिन्न सक्छन् कि सक्दैनन्, साथसाथै तिनीहरूले सत्यलाई प्रेम र स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। सबै मानिसहरूले उहाँको आवाज सुन्न सक्छन्, त्यसकारण तिनीहरूले प्रभुलाई स्वागत गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा, तिनीहरूले परमेश्वरको आवाज पहिचान गर्न सक्छन् कि सक्दैनन्, साथै तिनीहरूले सत्यतालाई प्रेम गर्ने र स्वीकार गर्ने गर्छन् कि गर्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। यो व्यक्तिगत निर्णयसँग सम्बन्धित हुन्छ; परमेश्वरले उहाँमा विश्वास गरोस् भनेर कहिल्यै कसैलाई पनि प्रकाश दिनुहुन्न। यो कुरालाई प्रकाशको पुस्तकको २ र ३ अध्यायमा धेरै पटक उल्लेख गरिएको छ: “आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्।” अनि प्रकाश ३:२० मा, “हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ।” प्रभु येशूले यो पनि भन्नुभयो, “मेरा भेडाले मेरो आवाज सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्ना १०:२७)। यदि प्रभु आउनुहुँदा उहाँले मानिसहरूलाई उहाँमा विश्वास गर्ने प्रकाश दिनुभयो भने किन उहाँले मानिसहरूको ढोकामा उभिएर ढकढक्याउनेछु, र परमेश्वरका भेडाहरूले परमेश्वरको आवाज सुन्नेछन् भनी भन्नुभयो? के यो आफैमा अमिल्दो कुरा हुँदैन र? आखिरी दिनहरूमा, परमेश्वरले आफ्ना भेडाहरू खोज्न उहाँका वाणीहरू र सत्यताका अभिव्यक्तिहरू प्रयोग गर्नुहुन्छ। “परमेश्वरका भेडाहरूले परमेश्वरको आवाज सुन्छन्”—अर्थात्, जस-जसले परमेश्वरको आवाज सुन्छन् र बुझ्छन् तिनीहरू उहाँका भेडाहरू हुन्, तिनीहरू बुद्धिमत्ती कन्याहरू हुन्; जबकि जसले सुन्छन् तर उहाँको आवाज बुझ्दैनन् तिनीहरू निश्चय नै निर्बुद्धि कन्याहरू हुन्, र यस तरिकाले मानिसहरू प्रत्येकलाई तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिनेछ। यसले परमेश्वर कति उत्कृष्ट रूपमा बुद्धिमान् र धर्मी हुनुहुन्छ भन्ने स्पष्ट पार्छ!
यसैले साँचो मार्गको अनुसन्धान गर्ने कार्य त्यो व्यक्तिले परमेश्वरबाट प्रकाश पाएको छ कि छैन भन्ने कुरासित सम्बन्धित हुँदैन; त्यो व्यक्तिले सर्वशक्तिमान् परमेश्वरद्वारा बोलिएका वचनहरूमा परमेश्वरको आवाज चिन्न सक्छ कि सक्दैन त्यही नै यस विषयको मुख्य कुरा हो। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्वरले लाखौँ वचनहरू व्यक्त गर्नुभएको छ। यी वाणीहरू सत्यता हुन्; ती परमेश्वरको आवाज हुन्। प्रभुमा इमानदार विश्वास भएका विभिन्न सम्प्रदायका धेरै जना मानिसहरूले परमेश्वरको आवाज सुनेका छन् र तिनीहरू सर्वशक्तिमान् परमेश्वरमा फर्केका छन्। निश्चित रूपमा यी मानिसहरू नै “चोरिएका” गाडधन हुन्; प्रभुको गुप्त आगमनको उद्देश्य यी गाडधनहरू प्राप्त गर्नु हो, र पहिले परमेश्वरको सिंहासनको सामुन्ने उठाइलगिएका यी मानिसहरूलाई विपत्तिहरूभन्दा अघि विजेताहरूमा रूपान्तरण गर्नु हो। तापनि, जब मानिसहरू परमेश्वरबाट प्रकाश प्राप्त गर्नका लागि त्यसै पर्खेर बस्छन् र सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएका वचनहरूमा उहाँको आवाज चिन्न असमर्थ हुन्छन्, तब त्यस कुराले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् वा प्रभुलाई चिन्दैनन्, र तिनीहरू परमेश्वरका भेडाहरू बिलकुलै होइनन् भन्ने देखाउँछ। यी मानिसहरू नै स्वाभाविक रूपले ती निसानाहरू हुनेछन् जसलाई परमेश्वरले त्याग्नुहुनेछ र नाश पार्नुहुनेछ, र तिनीहरू रुँदै र दाह्रा किट्दै विपत्तिमा पर्नेहरू मध्येका पनि हुनेछन्। यो प्रभु येशूले थोमालाई भन्नुभएको कुराजस्तै हो: “तिमीले मलाई देखेको कारण विश्वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्वास गरेका छन्” (यूहन्ना २०:२९)।