५. पुरानो र नयाँ करारको दुवै युगमा, परमेश्‍वरले इस्राएलमा काम गर्नुभयो। प्रभु येशूले उहाँ आखिरी दिनहरूमा फर्कनुहुनेछ भनी अगमवाणी गर्नुभयो, त्यसैले जब उहाँ फेरि आउनुहुन्छ, उहाँ इस्राएलमा आउनुपर्छ। तैपनि तपाईं प्रभु येशू पहिले नै फर्केर आइसक्नुभएको छ, उहाँ शरीरमा प्रकट हुनुभएको छ र चीनमा आफ्नो काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। चीन एक नास्तिक राजनीतिक दलले शासन गरेको देश हो। कुनै पनि देशमा यहाँ जतिको परमेश्‍वरको ठूलो विरोध र इसाईहरूको सतावट छैन। प्रभुको पुनरागमन चीनमा कसरी हुन सक्छ?

सन्दर्भका लागि बाइबल पदहरू:

“किनभने घाम उदाएदेखि अस्ताउञ्‍जेलसम्‍म नै अन्यजातिहरूका बिचमा मेरो नाउँ महान् हुनेछ, सेनाहरूका यहोवा भन्‍नुहुन्‍छ” (मलाकी १:११)

“किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। किनभने जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन्” (मत्ती २४:२७-२८)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

(परमेश्‍वरको वचनको छनौट गरिएको अध्याय)

अघिल्लो दुई युगहरूको कार्यको एउटा चरणलाई इस्राएलमा अघि बढाइएको थियो, र एउटालाई यहूदियामा अघि बढाइयो। सामान्य रूपमा भन्दा, न त यो कामको कुनै पनि चरणले इस्राएललाई छोड्यो, र प्रत्येक चरण प्रथम चुनिएका मानिसहरूका माझमा नै गरिएको थियो। परिणामस्वरूप, यहोवा परमेश्‍वर इस्राएलीहरूका एक मात्र परमेश्‍वर हुनुहुन्छ भन्ने इस्राएलीहरूले विश्‍वास गर्छन्। येशूले यहूदियामा काम गर्नुभयो, जहाँ उहाँले क्रूसीकरणको काम गर्नुभयो, त्यसकारण यहूदीहरूले उहाँलाई यहूदी मानिसहरूका मुक्तिदाताको रूपमा हेर्छन्। तिनीहरूले सोच्छन् कि उहाँ यहूदीहरूका मात्रै राजा हुनुहुन्छ, अरू कुनै मानिसहरूको होइन; अर्थात्, उहाँ अङ्ग्रेजहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, अमेरिकीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, तर इस्राएलीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्छ; अनि इस्राएलमा उहाँले छुटकारा दिनुभएकाहरू यहूदीहरू नै थिए। वास्तविकतामा, परमेश्‍वर यावत् थोकका मालिक हुनुहुन्छ। उहाँ सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्न, न त यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ; उहाँ सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। उहाँको कार्यका अघिल्ला दुई चरणहरू इस्राएलमा भए, जसले मानिसहरूमा निश्चित धारणाहरू सिर्जना गरेको छ। तिनीहरुले विश्‍वास गर्छन कि यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयमले आफ्नो काम यहूदियामा गर्नुभयो, र, यसको साथै, उहाँ काम गर्नको लागि देह बन्नु्भयो—र जेसुकै भए तापनि, यो काम इस्राएलभन्दा टाढा विस्तार गरिएन। परमेश्‍वरले मिश्रीहरू वा भारतीयहरूमा काम गर्नुभएन; उहाँले इस्राएलीहरूमा मात्रै काम गर्नुभयो। यसरी मानिसहरूले विभिन्न धारणाहरू निर्माण गर्छन्, अनि परमेश्‍वरको कार्यलाई निश्चित क्षेत्रभित्र चित्रण गर्छन्। तिनीहरू भन्छन् कि जब परमेश्‍वरले काम गर्नुहुन्छ, उहाँले चुनिएका मानिसहरूका माझमा, र इस्राएलमा नै सो गर्नुपर्छ; इस्राएलीहरू बाहेक, परमेश्‍वरले अरू कसैको माझमा काम गर्नुहुन्न, न त उहाँको कामको कुनै ठुलो क्षेत्र नै छ। देहधारी परमेश्‍वरलाई ठीक ठाउँमा राख्ने बारेमा तिनीहरू विशेष गरी कठोर हुन्छन्, र इस्राएलको सीमाभन्दा टाढा उहाँलाई जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणाहरू मात्रै होइनन् र? परमेश्‍वरले स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू बनाउनुभयो, उहाँले सारा सृष्टिलाई बनाउनुभयो, त्यसकारण उहाँले कसरी आफ्नो कामलाई इस्राएलमा मात्रै सीमित राख्न सक्नुहुन्छ र? यदि त्यसो हो भने, उहाँले सारा सृष्टिलाई बनाउनुको अर्थ के हुने थियो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले इस्राएलमा मात्रै होइन, तर ब्रह्माण्डका हरेक व्यक्तिमा आफ्नो छ हजार वर्षे व्यवस्थापन योजनालाई कार्यान्वयन गर्नुभएको छ। तिनीहरू चीन, संयुक्त राज्य अमेरिका, बेलायतमा बसून् या रूसमा बसून्, हरेक व्यक्ति आदमका सन्तान नै हुन्; तिनीहरू सबैलाई परमेश्‍वरले नै बनाउनुभएको हो। तिनीहरूमध्ये एक जना पनि सृष्टिको सीमानाहरूबाट बाहिर उम्कन सक्दैनन्, र तिनीहरूमध्ये एक जनाले पनि आफूलाई “आदमका सन्तान” भन्ने नामबाट आफूलाई अलग गर्न सक्दैनन्। तिनीहरू सबै परमेश्‍वरका प्राणीहरू हुन्, तिनीहरू सबै आदमका सन्तान हुन्, र तिनीहरू सबै नै आदम र हव्वाका भ्रष्ट तुल्याइएका वंश पनि हुन्। परमेश्‍वरको सृष्टि इस्राएलीहरू मात्रै होईनन्, तर सबै मानिसहरू हुन्; यति मात्रै हो कि कतिलाई श्राप दिइएको छ, र कतिलाई आशिष दिइएको छ। इस्राएलीहरूका बारेमा सहमत गर्न सकिने कुराहरू धेरै छन्; परमेश्‍वरले शुरुमा तिनीहरूमा काम गर्नुभयो किनभने तिनीहरू सबैभन्दा कम भ्रष्ट थिए। चिनियाँहरूलाई तिनीहरूसँग तुलना गर्न सकिँदैन; तिनीहरू अत्यन्तै निम्न छन्। त्यसकारण, प्रारम्भमा परमेश्‍वरले इस्राएलका मानिसहरूका माझमा काम गर्नुभयो, र उहाँको कामको दोस्रो चरणलाई यहूदियामा मात्रै गरियो—जसले मानिसको माझमा विभिन्न धारणाहरू र नियमहरू पैदा गरेको छ। वास्तवमा, यदि परमेश्‍वरले मानवीय धारणाहरू अनुसार काम गर्नुभएको थियो भने, उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुने थियो, र आफ्नो कामलाई गैरयहूदी राष्ट्रहरूमा बढाउन असक्षम हुनुहुने थियो, किनभने उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुने थियो, सारा सृष्टिका परमेश्‍वर होइन। गैरयहूदी राष्ट्रहरूका बीच यहोवाको नामको महिमा हुनेछ, कि यो गैरयहूदी राष्ट्रहरूमा फैलनेछ भनेर अगमवाणीहरूले बताए। किन यो अगमवाणी गरियो? यदि परमेश्‍वर इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्रै काम गर्नुहुने थियो। यसको साथै, उहाँले यो कामलाई फैलाउनुहुने थिएन, र उहाँले त्यस्तो अगमवाणी गर्नुहुने थिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, उहाँले अवश्य नै गैरयहूदी राष्ट्रहरू, हरेक राष्ट्र र हरेक भूमिमा आफ्नो काम फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नु नै पर्छ; उहाँको योजना यही नै हो, किनभने उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू सृष्टि गर्नुहुने प्रभु, र सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूका माझमा काम गर्नुभए पनि, वा यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्नुहुने काम सम्पूर्ण ब्रह्माण्डको काम हो र सम्पूर्ण मानवजातिको काम हो। विशाल रातो अजिङ्गरको देशमा—गैरयहूदी देशमा—आज उहाँले गर्नुहुने काम अझै सम्पूर्ण मानवजातिको काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्यो; त्यसरी नै, चीन पनि गैरयहूदी राष्ट्रहरूका माझमा उहाँले गर्नुहुने कामको आधार बन्न सक्छ। के उहाँले अब “गैरयहूदी राष्ट्रहरूका माझमा यहोवाको नामको महिमा हुनेछ” भन्ने अगमवाणीलाई पूरा गर्नुभएको छैन र? गैरयहूदी राष्ट्रहरूका माझमा उहाँको कामको पहिलो चरण, अर्थात् उहाँले विशाल रातो अजिङ्गरको देशमा गर्नुहुने काम, अर्थात् यही काम हो। देहधारी परमेश्‍वरले यो भूमिमा काम गर्नुपर्छ, र यी श्रापित मानिसहरूका माझमा काम गर्नुपर्छ भन्ने कुरा मानव धारणाहरूका लागि निश्चय नै अलिक अमिल्दो छ; यिनीहरू सबैभन्दा निम्न मानिसहरू हुन्, र तिनीहरूका कुनै मूल्य छैन, र तिनीहरूलाई शुरुमा यहोवाद्वारा त्यागिएका थिए। मानिसहरूलाई अरू मानिसहरूले त्याग्न् सक्छन्, तर यदि तिनीहरूलाई परमेश्‍वरद्वारा त्यागिन्छन् भने, त्यतिको प्रतिष्ठाविहीन कोही पनि हुँदैन, त्यतिको कम मूल्यको कोही पनि हुँदैन। परमेश्‍वरको सृष्टिको लागि, शैतानको वशमा हुनु वा मानिसहरूद्वारा त्यागिनु अत्यन्तै पीडादायक कुरा हो—तर कुनै सृष्टि उसको सृष्टिकर्ताद्वारा त्यागिनु जत्तिको निम्न प्रतिष्ठा केही हुँदैन। मोआबका सन्तानहरू श्रापित थिए, र तिनीहरू त्यस पिछडिएको देशमा जन्मिएका थिए; अन्धकारको प्रभावमा रहेका सबै मानिसहरूमध्ये, मोआबका सन्तानहरू नै सबैभन्दा कम प्रतिष्ठा भएकाहरू हुन् भन्ने कुरामा कुनै शङ्का छैन। यी मानिसहरूका अहिलेसम्म सबैभन्दा कम प्रतिष्ठा भएका हुनाले, तिनीहरूमा गरिने कामले मानव धारणाहरूलाई राम्ररी तोड्न सक्छ, र यो परमेश्‍वरको सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको लागि पनि सबैभन्दा फाइदाजनक छ। यी मानिसहरूका माझमा त्यस किसिमको काम गर्नु भनेको मानव धारणाहरूलाई तोड्ने सबैभन्दा राम्रो तरिका हो, र यससँगै परमेश्‍वरले नयाँ युगको शुरूवात गर्नुहुन्छ; यसद्वारा उहाँले सारा मानव धारणाहरूलाई तोड्नुहुन्छ; यसद्वारा उहाँले सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नुहुन्छ। उहाँको पहिलो काम इस्राएलको सिमानाभित्र, यहूदियामा गरियो; गैरयहूदी राष्ट्रहरूका माझमा, उहाँले नयाँ युग आरम्भ गर्नको लागि कुनै काम गर्नुभएन। त्यो कामको अन्तिम चरणलाई अन्यजातिहरूका माझमा गरिने मात्रै होइन, तर अझै बढी श्रापित भएकाहरूका माझमा अझै बढी गरिन्छ। यो एउटा बुँदा शैतानलाई अपमान गर्नुमा सबैभन्दा बढी सक्षम प्रमाण हो, र तसर्थ, यो परमेश्‍वर ब्रह्माण्डका सारा सृष्टिका परमेश्‍वर, यावत् थोकका प्रभु, जीवन भएका हरेक कुराले आराधना गर्ने पात्र “बन्नु्हुन्छ।”

आज, परमेश्‍वरले के नयाँ कामको शुरुवात गर्नुभएको छ भनेर अझै नबुझ्ने्हरू पनि छन्। गैरयहूदी राष्ट्रहरूका माझमा, परमेश्‍वरले नयाँ शुरुवातलाई प्रारम्भ गर्नुभएको छ। उहाँले नयाँ युगको शुरुवात गर्नुभएको छ, र नयाँ कार्यलाई प्रारम्भ, गर्नुभएको छ—र उहाँले मोआबका सन्तानहरूमा यो काम गर्नुहुन्छ। के यो उहाँको सबैभन्दा नयाँ काम होइन र? इतिहासभरिका कसैले पनि यो कामलाई पहिले कहिल्यै अनुभव गरेको छैन। कसैले पनि यसको बारेमा कहिल्यै सुनेको छैन्, यसलाई सराहना गर्ने कुरा त परै जाओस्। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्चर्य, परमेश्‍वरको अगम्यता, परमेश्‍वरको महान्‌ता, र परमेश्‍वरको पवित्रता सबैलाई कामको यो चरण, अर्थात् आखिरी दिनहरूका कामद्वारा प्रकट गरिन्छन्। के यो नयाँ कार्य, अर्थात् मानव धारणाहरूलाई तोड्ने कार्य होइन र? यस्तो तरिकाले विचार गर्नेहरू पनि छन्; “परमेश्‍वरले मोआबलाई श्राप दिनुभएको र उहाँले मोआबका सन्तानलाई त्याग्नेछु भनी भनिसक्नु भएको हुनाले, उहाँले तिनीहरूलाई अहिले कसरी मुक्ति दिन सक्नुहुन्छ र?” यिनीहरू परमेश्‍वरद्वारा श्रापित भएका र इस्राएलद्वारा बहिष्कृत अन्यजातिहरू हुन्; इस्राएलीहरूले तिनीहरूलाई “अन्यजाति कुकुरहरू” भन्थे। हरेकको नजरमा, तिनीहरू अन्यजाति कुकुरहरू मात्रै होईनन्, तर त्यो भन्दा खराब, विनाशका पुत्रहरू हुन् भन्नुको अर्थ, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन् भन्ने हो। तिनीहरू इस्राएलका सिमानाहरूभित्र जन्मिएका हुन सक्छन्, तर तिनीहरू इस्राएलका मानिसहरूमा पर्दैनन्, र तिनीहरूलाई गैरयहूदी राष्ट्रहरूमा निष्कासित गरिए। तिनीहरू सबै मानिसहरूमध्ये सबैभन्दा निम्न छन्। यो स्पष्ट छ किनकि तिनीहरू मानवजातिमा सबैभन्दा निम्न भएका हुनाले परमेश्‍वरले तिनीहरूका माझमा नयाँ युगको प्रारम्भ गर्ने उहाँको काम गर्नुहुन्छ, किनभने तिनीहरूले भ्रष्ट मानवजातिको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरको कार्य चयनशील र लक्षित छ; उहाँले यी मानिसहरूका माझमा आज गर्नुहुने काम उहाँले सृष्टिमा गर्नुहुने काम पनि हो। नोआ उनका सन्तानहरू जस्तै परमेश्‍वरका सृष्टि थिए। देह र रगतले बनिएका संसारमा भएका जोकोही मानिसहरू परमेश्‍वरका सृष्टिहरू हुन्। परमेश्‍वरको कार्य सारा सृष्टिप्रति लक्षित छ; कुनै व्यक्ति सृष्टि गरिएपछि श्रापित छ कि छैन भन्ने कुरामा यो निर्भर हुदैन। उहाँको व्यवस्थापन कार्य सारा सृष्टिप्रति लक्षित छ, श्रापित नभएका चुनिएका मानिसहरूप्रति होइन। परमेश्‍वरले आफ्नो् काम आफ्नो सृष्टिको माझमा गर्न चाहनुहुने भएकोले, उहाँले यसलाई सफलतापूर्वक पूरा गर्ने गरी यो गर्नुहुनेछ, र उहाँले उहाँको कामको लागि फाइदाजनक मानिसहरूका माझमा काम गर्नुहुनेछ। त्यसकारण, मानिसहरूका माझमा काम गर्ने क्रममा उहाँले सबै परम्पराहरूलाई तोड्नुहुन्छ; उहाँको लागि, “श्रापित,” “सजाय दिइएको” र “आशिषित” भन्ने शब्दहरू अर्थहीन छन्! यहूदी मानिसहरू, इस्राएलका चुनिएका मानिसहरू जस्तै असल छन्; तिनीहरू असल क्षमता र मानवता भएका मानिसहरू हुन्। शुरुमा, तिनीहरूकै माझमा यहोवाले आफ्नो काम शुरु गर्नुभयो र आफ्नो सबैभन्दा शुरुको काम गर्नुभयो—तर तिनीहरूमा आज विजयको काम गर्नु व्यर्थ हुने थियो। तिनीहरू पनि सृष्टिको भाग हुन सक्छन्, र तिनीहरूको बारेमा धेरै कुरा सकारात्मक हुन सक्छ, तर तिनीहरूका माझमा कामको यो चरण गर्नुको कुनै अर्थ हुने थिएन; परमेश्‍वरले मानिसहरूलाई विजय गर्न सक्नुहुने थिएन, न त उहाँले सारा सृष्टिलाई विश्‍वस्त तुल्याउन नै सक्नुहुने थियो, र उहाँको कामलाई विशाल रातो अजिङ्गरको देशका मानिसहरूमा सार्नको कारण पनि ठीक त्यही नै हो। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँले युगको शुरूवात गर्नु, उहाँले सारा नियमहरू र सारा मानव धारणाहरूलाई तोड्नु र सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नु हो। यदि उहाँको हालको कार्यलाई इस्राएलीहरूका माझमा गरिएको भए, छ हजार वर्षे व्यवस्थापन योजना समाप्त भइञ्जेलसम्ममा, सबैले परमेश्‍वर इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ, इस्राएलीहरू मात्रै परमेश्‍वरका चुनिएका मानिसहरू हुन्, परमेश्‍वरको आशिष र प्रतिज्ञाको हकदार हुन योग्य इस्राएलीहरू मात्रै हुन् भनेर विश्‍वास गर्ने थिए। ठूलो रातो अजिङ्गरको देश अर्थात् गैरयहूदी देशमा आखिरी दिनहरूको अवधिमा भएको परमेश्‍वरको देहधारणले सारा सृष्टिका परमेश्‍वरका रूपमा परमेश्‍वरको कामलाई पूरा गर्छ; उहाँले आफ्नो सम्पूर्ण व्यवस्थापन कार्यलाई पूरा गर्नुहुन्छ, र उहाँले आफ्नो् कामको प्रमुख भाग विशाल रातो अजिङ्गरको देशमा समाप्त गर्नुहुन्छ। यी तीन वटा चरणहरूको कार्यको केन्द्र भनेको मानिसको मुक्ति हो—अर्थात्, सारा सृष्टिलाई सृष्टिकर्ताको आराधना गर्ने बनाउनु हो। तसर्थ, कामको हरेक चरणको ठूलो अर्थ हुन्छ; परमेश्‍वरले अर्थ वा मूल्य विनाको केही पनि गर्नुहुन्न। एकतर्फ, कामको यो चरणले नयाँ युगलाई प्रारम्भ गर्छ र अघिल्ला दुई वटा युगहरूलाई समाप्त गर्छ; अर्कोतर्फ, यसले सारा मानव धारणाहरू र मानव विश्‍वास र ज्ञानको सबै पुराना शैलीहरूलाई तोड्छ। अघिल्ला दुई युगहरूको कार्य फरक मानव धारणाहरू अनुसार गरियो; तैपनि, यो चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, जसद्वारा यसले मानवजातिलाई पूर्ण रूपमा जित्छ। मोआबका सन्तानहरूलाई विजय गरेर, मोआबका सन्तानहरूका माझमा गरिएको कार्यद्वारा, परमेश्‍वरले ब्रह्माण्डभरिका सारा मानिसहरूलाई विजय गर्नुहुनेछ। उहाँको कामको यो चरणको सबैभन्दा गहन महत्त्व यही नै हो, र उहाँको कामको यो चरणको सबैभन्दा बहुमूल्य पक्ष यही नै हो। तेरो प्रतिष्ठा निम्न छ र तेरो मूल्य थोरै छ भन्ने तँलाई थाहा छ भने पनि, तैँले सबैभन्दा आनन्ददायी कुरा भेटेको छस् भन्ने तैँले अनुभव गर्नेछस्; तँ महान् आशिषको हकदार भएको छस्, तैँले महान् प्रतिज्ञा प्राप्त गरेको छस्, र तैँले परमेश्‍वरको यो महान् कार्यलाई पूरा गर्न सहायता गर्न सक्छस्। तैँले परमेश्‍वरको साँचो मुहारलाई हेरेको छस्, तँलाई परमेश्‍वरको अन्तर्निहित स्वभाव थाहा छ, र तैँले परमेश्‍वरको इच्छा गर्छस्। परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरू इस्राएलमा गरिए। यदि आखिरी दिनहरूको अवधिमा उहाँको कार्यको यो चरणलाई पनि इस्राएलीहरूका माझमा नै गरिएको भए, इस्राएलीहरू मात्रै परमेश्‍वरका चुनिएका मानिसहरू हुन् भन्ने सारा सृष्टिले विश्‍वास गर्ने मात्र होइन, तर परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाले यसको अपेक्षित परिणाम प्राप्त गर्न असफल हुने थियो। उहाँको कार्यका दुई वटा चरणहरू इस्राएलमा गरिएका अवधिमा, न त कुनै नयाँ कार्य, न नयाँ युग शुरु गर्ने कुनै कार्य नै गैरयहूदी राष्ट्रहरू माझमा गरियो। आजको कार्यको चरण—नयाँ युगलाई प्रारम्भ गर्ने कार्य—शुरुमा गैरयहूदी राष्ट्रहरूका माझमा गरिन्छ, र यसको साथै, यसलाई शुरुमा मोआबका सन्तानहरूका माझमा गरिन्छ, जसद्वारा सम्पूर्ण नयाँ युगको शुरुवात गरिन्छ। मानव धारणाहरूभित्र निहित भएका कुनै पनि ज्ञानलाई परमेश्‍वरले तोड्नुभएको छ, अलिकति पनि बाँकी राख्नु भएको छैन। आफ्नो विजयको काममा, उहाँले मानव धारणाहरू, अर्थात् ती पुराना, ज्ञानका प्रारम्भिक मानव शैलीहरूलाई तोड्नुभएको छ। उहाँले परमेश्‍वरको लागि कुनै नियमहरू छैन, परमेश्‍वरको बारेमा पुरानो केही छैन, उहाँले गर्नुहुने काम पूर्ण रूपमा विमुक्त, पूर्ण रूपमा स्वतन्त्र छ, र उहाँले गर्नुहुने सबै काममा उहाँ सहि हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई देखाउनुहुन्छ। उहाँले सृष्टिका माझमा गर्नुहुने कुनै पनि काममा तँ पूर्ण रूपमा समर्पित हुनुपर्छ। उहाँले गर्नुहुने सबै कामको अर्थ हुन्छ, र उहाँको आफ्नै इच्छा् र बुद्धि अनुसार ती गरिन्छन्, र मानव छनौटहरू र धारणाहरू अनुसार होइन। यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छ भने, उहाँले यो गर्नुहुन्छ; अनि यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छैन भने, यो जति नै असल भए पनि उहाँले यो गर्नुहुन्न! उहाँले आफ्नो कामको अर्थ र उद्देश्यअनुसार काम गर्नुहुन्छ र सोही अनुसार उहाँको कामका प्रापकहरू र स्थान छनौट गर्नुहुन्छ। काम गर्ने क्रममा उहाँले विगतका नियमहरू पालना गर्नुहुन्न, न त उहाँले पुराना सूत्रहरूलाई नै पछ्याउनुहुन्छ। बरु, उहाँले कामको महत्त्वअनुसार आफ्नो कामको योजना बनाउनुहुन्छ। अन्तिममा, उहाँले सच्चा परिणाम र प्रत्याशित लक्ष्य प्राप्त गर्नुहुन्छ। यदि तैँले यी कुराहरूलाई आज बुझिनस् भने, तँमा यो कामको कुनै प्रभाव हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम

यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई जितिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छ, जो साँचो परमेश्‍वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्‍वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई जितिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्‍नेमा कुनै शङ्का छैन। त्यसरी नै चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीनले अन्धकारका सबै शक्तिहरू सम्मिलित गर्दछ, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्‍वरको जोरदार विरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवताको मुख्य नमुना हुन्। यसको अर्थ अरू देशमा कुनै समस्याहरू छैनन् भन्ने होइन; मानिसका धारणाहरू सबै एकै प्रकारका हुन्छन्, अनि ती देशका मानिसहरू असल क्षमताका भए पनि यदि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् भने तिनीहरूले उहाँको विरोध गरिरहेका हुन सक्छन्। किन यहूदीहरूले पनि परमेश्‍वरको विरोध गरे र उहाँलाई चुनौती दिए? किन फरिसीहरूले पनि उहाँको विरोध गरे? किन यहूदाले येशूलाई धोका दिए? त्यो बेला धेरै जना चेलाहरूले येशूलाई चिनेनन्। येशू क्रूसमा टाँगिएर मर्नुभएपछि र फेरि जीवित हुनुभएपछि पनि किन मानिसहरूले अझै उहाँमा विश्‍वास गरेनन्? के मानिसको अनाज्ञाकारिता एकै प्रकारको छैन र? चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको मात्र हो, अनि जब तिनीहरू जितिन्छन् तिनीहरू आदर्श र नमुनाहरू बन्नेछन्, र अरूका निम्ति उदाहरणहरूका रूपमा काम गर्छन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापन योजनाको एक सहायक हौ भन्दछु? चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह पूर्ण रूपमा देखिएका छन् र तिनका विभिन्न स्वरूपहरू प्रकट भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र सोच पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र धेरै पछौटे छन्। तिनीहरूका दर्जा पनि निकै नीच छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो जाँचको काम सम्पूर्ण रूपमा पूरा गरिएपछि, परमेश्‍वरले गर्नुहुने त्यसपछिको काम धेरै नै सहज हुनेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछि कामहरू अवश्य अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ। वास्तवमा, तिमीहरूको बीचमा काम सफल भएपछि, त्यो सारा ब्रह्माण्डभरि सफलता पाएको बराबर हुनेछ। मैले तिमीहरूलाई आदर्श र नमुनाको रूपमा काम गर्न लगाउनुको महत्त्व यही नै हो। विद्रोहीपन, विरोध, अशुद्धता, अधार्मिकता—यी सबै यी मानिसहरूमा पाइन्छ, अनि तिनीहरूमा मानवजातिका सारा विद्रोहीपनको प्रतिनिधित्व गरिएको छ। तिनीहरू साँच्चै केही त हुन्। यसैले तिनीहरूलाई विजयको नमुनाको रूपमा उच्च पारिएका छन्, अनि तिनीहरूलाई जितिएपछि तिनीहरू स्वाभाविक रूपले अरूका निम्ति नमुना र आदर्शहरू बन्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

परमेश्‍वरले मानिसहरूको यस समूहलाई सारा ब्रह्माण्डभरिको उहाँको कार्यको केन्द्र बिन्दु बनाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू थाहा छ होला: “किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रो निम्ति अझै अत्याधिक र अनन्त महिमाको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि, यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहको निम्ति परमेश्‍वरले गर्नुभएका सबै त्यागहरूको पूर्ण महत्त्व यही नै हो। अर्थात्, विरोध गर्नेहरूद्वारा नै परमेश्‍वरले विजयको कार्य गर्नुहुन्छ, अनि यसैद्वारा परमेश्‍वरको महान शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोर देशमा हुनेहरू मात्र परमेश्‍वरको महिमा प्राप्त गर्न योग्यका हुन्छन्, अनि यसले मात्र परमेश्‍वरको महान शक्तिलाई प्रकट गर्नसक्छ। यसैकारण यही फोहोर देशबाट नै, अनि यही फोहोर देशमा बस्नेहरूबाट नै, परमेश्‍वरको महिमा प्राप्त गरिन्छ। यस्तै नै हो परमेश्‍वरको इच्छा। येशूको कार्यको चरण यस्तै थियो: उहाँलाई सताउने फरिसीहरूको माझमा मात्रै उहाँले महिमा प्राप्त गर्न सक्नुभयो; फरिसीहरूको सतावट अनि यहूदाको विश्‍वासघात नभएको भए, येशूलाई उपहास वा निन्दा गरिने थिएन, क्रूसमा टाँगिने कुरा त परै जाओस्, यसर्थ उहाँले महिमा प्राप्त गर्न सक्नुहुनेथिएन। जहाँ परमेश्‍वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ अनि त्यहीँ नै उहाँले चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको कार्यको योजना यही नै हो, अनि उहाँको व्यवस्थापन यही नै हो।

हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ; अर्को चाहिँ आखिरी दिनहरूमा गरिने विजय र सिद्धताको कार्य हो, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यसैकारण तिमीहरूलाई दिइएको परमेश्‍वरको कार्य वा परमेश्‍वरको आज्ञालाई हल्का विषयको रूपमा नलेऊ। तिमीहरू सबै नै परमेश्‍वरको प्रशस्त र अनन्त महिमाको हकवाला हौ र यो विशेष रूपमा परमेश्‍वरले नै नियुक्त गर्नुभएको थियो। उहाँको महिमाको दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट हुन्छ; परमेश्‍वरको महिमाको एउटा भागको पूर्णता, यो तिमीहरूकै निजी धन होस् भनेर तिमीहरूलाई प्रदान गरिएको छ। यो परमेश्‍वरले तिमीहरूमा गर्नुहुने सम्मान हो, अनि यो उहाँले धेरै वर्षअघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने देशमा परमेश्‍वरले गर्नुभएको कार्यको महानता सम्‍झँदा, यदि यो कार्यलाई अरू कुनै ठाउँतिर सारिएको भए, यसले धेरै अघि ठूलो फल फलिसक्ने थियो र मान्छेले तत्कालै ग्रहण गर्नेथियो। यसबाहेक, यो काम परमेश्‍वरमा विश्‍वास गर्ने पश्चिमका पादरीहरूलाई स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथियो, किनकि येशूद्वारा गरिएको कार्यको चरणले उदाहरणको काम गर्छ। यसैकारण परमेश्‍वरले महिमा प्राप्त गर्ने कार्यको यो चरण अरू कतै हासिल गर्न सक्‍नुहुन्‍न; जब काममा मानिसहरूको समर्थन हुन्छ र राष्ट्रहरूद्वारा मान्यता प्राप्त गरेको हुन्छ, परमेश्‍वरको महिमा हाबी हुन सक्दैन। यस देशमा कार्यको यस चरणले राख्‍ने असाधारण महत्त्व यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

धेरै स्थानहरूमा, परमेश्‍वरले सिनिमको भूमिमा उहाँले विजयीहरूको एउटा समूह प्राप्त गरिरहनुभएको हुनुहुनेछ भनी अगमवाणी गर्नुभएको छ। संसारको पूर्वमा विजेताहरू प्राप्त गर्नुपर्ने भएकोले, परमेश्‍वरले उहाँको दोस्रो देहधारणमा पाइला टेक्‍नुहुने ठाउँ निस्सन्देह सिनिमको भूमि हो, ठीक त्यही स्थान जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ। त्यहाँ, परमेश्‍वरले ठूलो रातो अजिङ्गरका सन्तानहरू प्राप्त गर्नुहुनेछ ताकि त्यसलाई पूर्ण रूपमा पराजित र लज्जित तुल्याउन सकिओस्। परमेश्‍वरले यी मानिसहरूलाई जगाउन लाग्नुभएको छ, जो दुःखको बोझले दबिएका छन्, उनीहरू पूर्ण रूपमा नबिउँझिञ्‍जेलसम्म जगाउनुहुनेछ र उनीहरूलाई कुइरोबाट बाहिर निकालेर त्यो ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ। उनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्न सक्‍नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरलाई दिन सक्षम हुनेछन्, अन्धकारका शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्‍वरको विजयको प्रमाण बन्नेछन्। यस प्रकारले मात्र परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। यही कारणले गर्दा मात्र, परमेश्‍वरले इस्राएलमा समाप्त गर्नुभएको काम त्यो देशमा ल्याउनुभयो जहाँ ठूलो रातो अजिङ्गरले गुँडुल्किएर बसेको छ, र उहाँ जानुभएको करिब दुई हजार वर्षपछि फेरि अनुग्रहको युगको कामलाई निरन्तरता दिन देहमा आउनुभएको छ। मानिसको नाङ्गो आँखाको नजरमा, परमेश्‍वरले देहमा नयाँ काम सुरु गर्दै हुनुहुन्छ। तर परमेश्‍वरको दृष्टिमा, केही हजार वर्षको अन्तरालपछि मात्र, अनि उहाँको कामको स्थान र कार्यक्रममा परिवर्तन गरेर उहाँले अनुग्रहको युगको कामलाई निरन्तरता दिँदै हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (६)

तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्‌भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्‍वरको कामलाई सृष्टि गरिएको प्राणीको परिप्रेक्ष्यबाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्‍वरका पाइलाहरूमा सीमितता ल्याउनेछैनौ। यस्तो हुन्छ किनभने आजकल धेरै मानिसहरूले परमेश्‍वर कुनै विशेष राष्ट्र वा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्‍वरको कामको महत्त्व कति गहन छ, र परमेश्‍वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसका धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्‍वर देखा पर्नुभएको खोजी गर्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताका धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरू आफ्नै धारणाहरूको वशमा हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्‍वरको देखा पराइलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै पनि परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।

परमेश्‍वर सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ। उहाँले आफूलाई उहाँ कुनै राष्ट्र वा मानिसहरूको व्यक्तिगत सम्पत्ति मान्नुहुन्न, बरु उहाँ त कुनै पनि स्वरूप, राष्ट्र वा मानिसहरूमा सीमित नभई उहाँले योजना गर्नुभएअनुसार उहाँको काम गर्दै जानुहुन्छ। सायद तैँले यो स्वरूपलाई कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यस प्रकारका स्वरूपप्रति तेरो यो अस्वीकृतिको मनोवृत्ति हुन सक्छ, वा सायद परमेश्‍वरले जुन राष्ट्रमा आफैलाई प्रकट गर्नुहुन्छ र जुन मानिसहरूमाझ आफैलाई प्रकट गर्नुहुन्छ तिनीहरू सबैद्वारा भेदभाव भएकाहरू र पृथ्वीमा सबैभन्दा पछि परेकाहरू हुन्छन्। अझै पनि परमेश्‍वरसँग उहाँको बुद्धि छ। उहाँको महान शक्तिको साथमा र उहाँको सत्यता अनि उहाँको स्वभावद्वारा, उहाँले साँच्चै उहाँको जस्तै मन भएका मानिसहरूको समूहलाई प्राप्त गर्नुभएको छ, र उहाँले पूर्ण बनाउने कामना गर्नुभएको मानिसहरूको समूहलाई प्राप्त गर्नुभएको छ—यो उहाँले जित्नुभएको त्यो समूह हो जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावटहरूलाई सहेर अन्त्यसम्म नै उहाँलाई पछ्याउन सक्छ। कुनै पनि स्वरूप वा जातिमा सीमित नरहेको परमेश्‍वर देखा पराइको उद्देश्य भनेको, उहाँले योजना गर्नुभएको कामलाई पूरा गर्न उहाँलाई सक्षम पार्नु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिको उद्धार गर्न क्रुसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरको निम्ति यो असम्भव थियो भनेर विश्‍वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशू ख्रीष्टको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने। तिनीहरूको “असम्भव” विचार नै तिनीहरूले परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएललाई विनाशतर्फ डोर्यायो। आज पनि धेरै मानिसहरूले त्यस्तै प्रकारका गल्तीहरू गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वर तुरुन्तै देखा पर्नुहुने घटनाको घोषणा गर्छन्, तैपनि फेरि उही समयमा परमेश्‍वर देखा पर्नुहुने कुराको निन्दा गर्छन्; तिनीहरूको “असम्भव” विचारले फेरि एकचोटि परमेश्‍वर देखा पर्नुहुने कुरालाई तिनीहरूको कल्पनाका सीमितताहरूमा बन्द गरी राख्छ। अनि त्यसैले धेरै मानिसहरूलाई मैले परमेश्‍वरको वचनको कुरा आउँदा जङ्गली र कठोर हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको दोषारोपण र ईश्‍वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौं, तिमीहरूमा तृष्णाको मनोवृत्ति हुने कुरा त परै जाओस्। तिमीहरूले गर्ने सबै कुरा भनेको अन्धाधुन्ध अध्ययन गर्नु र कुनै चासोबिनै पर्खि बस्नु हो। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्छौ? के तिमीहरूले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौं भन्ने लाग्छ? यदि तँले परमेश्‍वरको वाणीलाई छुट्ट्याउन सक्दैनस् भने, कुन तरिकामा तँ परमेश्‍वर देखा पर्नुहुने घटनाको साक्षी बन्न योग्य हुन्छस्? जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। केवल सत्यतालाई स्वीकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ, र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍नको लागि योग्य हुनेछन्। तेरा धारणालाई छोडिदे! आफैलाई शान्त पार् र यी शब्दहरूलाई होसियारीसाथ पढ्। यदि तँ सत्यको तृष्णा गर्छस् भने, परमेश्‍वरले तँलाई ज्योति दिनुहुनेछ र तैँले उहाँका वचनहरू र इच्छा बुझ्नेछस्। तिमीहरूको “असम्भव” भन्ने विचारलाई छोडिदेओ! मानिसहरूले जति धेरै कुनै कुरा असम्भव छ भन्ने विश्‍वास गर्छन्, त्यति नै धेरै त्यस्तै हुने सम्भावना हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसका सोचाइ र धारणाका सीमाहरूलाई नाघ्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसमा त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा जति धेरै बाहिर हुन्छ, त्यसमा त्यति नै धेरै परमेश्‍वरको इच्छा हुन्छ। यस्तो हुन्छ किनभने उहाँले आफूलाई जहाँ प्रकट गर्नुभए पनि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने शैली र स्थानले उहाँको सारतत्व परिवर्तन हुनेछैन। उहाँका पाइलाहरू जहाँ भए तापनि परमेश्‍वरको स्वभाव उही रहन्छ, र उहाँका पाइलाहरू जहाँ भए तापनि, उहाँ सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ, त्यसरी नै जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई सबै एसिया, युरोप र अमेरिकाका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ र त्यो भन्दा पनि बढी, उहाँ सारा ब्रम्‍हाण्डका एकमात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्‍वरको इच्छाको खोजी गरौं र उहाँका वाणीहरूमा उहाँ देखा पर्नुहुने कुरा पत्ता लगाऔं, र उहाँका पाइलाहरूसँग कदममा कदम मिलाऔं! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँ देखा पर्नुहुने कुरा एकैसाथ अस्तित्वमा रहन्छन्, र उहाँको स्वभाव अनि पाइलाहरू सबै मानवजातिको लागि सधैं खुल्ला छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरूले यी वचनहरूमा परमेश्‍वर देखा पर्नुभएको हेर्न सक्नेछौ, तिमीहरूले नयाँ युगमा पाइला राखी अघि बढ्दै गर्दा उहाँका पाइलाहरू पछ्याउन थाल्‍न सक्नेछौ, र उहाँ देखा पर्नुभएको पर्खाइमा रहेकाहरूको लागि परमेश्‍वरले तयार गर्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्न सक्नेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

अघिल्लो: ४. हामीले प्रभुमा धेरै वर्षदेखि विश्‍वास गरेका छौं र सतर्कतासाथ उहाँको पुनरागमनको बाटो हेर्दै सधैँ उहाँको लागि कठोर परिश्रम गरेका छौं। हामीलाई विश्‍वास छ, प्रभुको दोस्रो आगमनको विषयमा प्रकाश पाउने पहिलो मानिसहरू हामी नै हुनुपर्छ। प्रभु येशू फर्केर आउनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ, त्यसोभए हामीले यस विषयमा किन प्रकाश पाएनौं? प्रभु फर्केर आउनुभएको छैन भन्ने बारेमा हामीसित प्रमाणहरू छन्। के हामीले यस्तो सोच्नु गलत हो?

अर्को: ६. हामीले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचनहरू पढेका छौं। तिनमा अख्तियार र शक्ति छ, र ती साँच्चै परमेश्‍वरका आवाज हुन्। तैपनि पाष्टर र एल्डरहरूले बाइबलमा यो लेखिएको छ भनेर भन्छन्, “तिमीहरूलाई ख्रीष्‍टको अनुग्रहमा बोलाउनुहुनेबाट तिमीहरू त्यति चाँडै अलग भएर अर्को सुसमाचारमा जान्छौ भन्‍नेप्रति मलाई आश्‍चर्य लाग्छ: जुन अर्को सुसमाचार होइन; तर तिमीहरूलाई समस्या दिने, र ख्रीष्‍टको सुसमाचारलाई बिगार्ने कतिपय छन्। तर हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारभन्दा फरक सुसमाचार हामीले, वा स्वर्गका दूतले तिमीहरूलाई प्रचार गर्छौं भने, ऊ श्रापित होस्” (गलाती १:६-८)। पावलले बोलेका यी वचनहरू हेरेर, पाष्टरहरू र एल्डरहरूले सर्वशक्तिमान् परमेश्‍वरमाथिको हाम्रो विश्‍वासले प्रभु येशूको नाउँबाट, र प्रभु येशूको बाटोबाट भड्काउँछ भनेर भन्छन्। तिनीहरू भन्छन्, हामी अर्को सुसमाचारमा विश्‍वास गर्छौं, र यो धर्मत्याग हो, प्रभुप्रति एउटा विश्‍वासघात हो। तिनीहरूले भनेका कुरा हामीलाई गलत जस्तो लागे पनि तिनीहरू कुन कुरामा गलत छन् भनी हामी निश्चित हुन सक्दैनौं। कृपया, यस विषयमा हामीसँग सङ्गति गर्नुहोस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्