३. तपाईंले प्रभु येशू शरीरमा फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ। त्यसो भए प्रभु अहिले कहाँ हुनुहुन्छ? हामीले किन उहाँलाई देखेका छैनौं? देख्नु नै विश्‍वास गर्नु हो, त्यसैले हामीले उहाँलाई नदेखेका तथ्यले प्रभु अझै आउनुभएको छैन भनी प्रमाणित गर्दछ। जब म देख्छु, तब मात्र यस कुरामा विश्‍वास गर्नेछु।

सन्दर्भका लागि बाइबल पदहरू:

“येशूले उसलाई भन्‍नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन। यदि तिमीहरूले मलाई चिनेका थियौ भने, तिमीहरूले मेरो पितालाई पनि चिनेका हुनेथियौ: अनि अबदेखि तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने, प्रभु, हामीलाई पिता देखाउनुहोस् र यो हाम्रो लागि पर्याप्त हुन्छ। येशूले तिनलाई भन्‍नुभयो, फिलिप, म तिमीसँग लामो समयदेखि छु, तापनि तिमीले मलाई चिनेका रहनेछौ? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ; अनि हामीलाई पिता देखाइदिनुहोस् भनेर तिमीले कसरी भन्‍न सक्छौ? के म पितामा छु र पिता ममा हुनुहुन्छ भन्‍ने तिमी विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू मेरा आफ्नै होइनन्: तर ममा वास गर्नुहुने पिताका हुन्, उहाँले नै काम गर्नुहुन्छ। म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर ममा विश्‍वास गर: नत्र कामहरूकै खातिर मलाई विश्‍वास गर” (यूहन्‍ना १४:६-११)

“अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग थिए: तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बीचमा खडा भएर भन्‍नुभयो, तिमीहरूलाई शान्ति होस्। तब उहाँले थोमालाई भन्‍नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरा हातहरू हेर; र तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ। अनि थोमाले उहाँलाई जवाफ दिएर भने, मेरा प्रभु र मेरा परमेश्‍वर। येशूले तिनलाई भन्‍नुभयो, थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेको छौ: तिनीहरू आशिषित् हुन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्” (यूहन्‍ना २०:२६-२९)

“मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)

“यसैले तब विश्‍वास सुनाइबाट आउँछ र ख्रीष्टको वचन सुनाइबाट” (रोमी १०:१७)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

अन्तिम दिनहरूमा मानिसहरूलाई सत्यको आत्मा दिइन्छ भनी येशूले घोषणा गर्नुभयो। अन्तिम दिनहरू अहिले यहाँ छ; सत्यको आत्माले वचनहरूलाई कसरी व्यक्त गर्नुहुन्छ भनी तँ बुझ्छस्? सत्यको आत्मा कहाँ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ? अगमवक्ता यशैयाको अगमवाणीको पुस्तकमा नयाँ करारको युगमा येशू नाम गरिएको बालक जन्‍मनेछ भनी कहिल्यै पनि बताइएको थिएन; इम्मानुएल नाम गरेको पुरुष बालक जन्‍मनेछ भनी लेखिएको मात्र छ। येशूको नाउँ किन उल्लेख नगरिएको? पुरानो करारभरि यो नाउँ कतै पनि देखा पर्दैन, त्यसो भए तँ किन अझै पनि येशूमा विश्‍वास गर्छस्? पक्कै पनि तैँले येशूलाई आफ्नै आँखाले देखेपछि मात्र विश्‍वास थिइनस्, थिइस् त? वा के तैँले प्रकाश पाएपछि विश्‍वास गर्न थालेको हो? के परमेश्‍वरले तँलाई साँच्चै नै यस्तो अनुग्रह देखाउनुहुन्थ्यो? के उहाँले तँलाई यत्रो आशिष्‌ प्रदान गर्नुहुन्छ? येशूप्रति तेरो विश्‍वासको आधार के हो? आज परमेश्‍वर देह बन्नुभएको छ भन्ने कुरा तँ किन विश्‍वास गर्दैनस्? तँलाई परमेश्‍वरबाट आउने प्रकाशको अभाव छ भन्दैमा उहाँ देहधारी नहुनुभएको कुरा साबित गर्छ भनी तँ कसरी भन्‍न सक्छस्? के परमेश्‍वरले कुनै काम सुरु गर्न अघि मानिसहरूलाई जानकारी दिनु नै पर्छ त? के उहाँले पहिले तिनीहरूबाट स्वीकृति लिनुपर्छ र? यशैयाले डुँडमा पुरुष बालक जन्मिनेछन् भनेर मात्र बताए; तर मरियमले येशूलाई जन्‍माउनेछिन् भनी उनले कहिल्यै पनि अगमवाणी गरेनन्। मरियमबाट जन्मनुभएको येशूप्रतिको तेरो विश्‍वासलाई तैले खास केमा बसाल्छस्? ​निश्‍चय नै तेरो विश्‍वासमा गडबडी त आएको छैन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

प्रभु येशू क्रूसमा टाँगिनुभन्दा अघि, थोमा उहाँ ख्रीष्ट हुनुहुन्छ भन्ने कुरामा सधैँ शङ्का गर्थे र विश्‍वास गर्न असमर्थ थिए। उनले आफ्नो आँखाले जे देख्न सक्थ्यो, उनले आफ्नो हातले जे छुन सक्थ्यो, त्यसको आधारमा मात्रै परमेश्‍वरमाथिको उनको विश्‍वास स्थापित थियो। यस प्रकारको व्यक्तिको विश्‍वासको बारेमा प्रभु येशूलाई राम्ररी थाहा थियो। तिनीहरूले केवल स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्थे, अनि परमेश्‍वरले पठाउनुभएका एक मात्र पुत्रलाई वा देहमा आउनुभएका ख्रीष्टलाई बिलकुल विश्‍वास गरेनन्, न त तिनीहरूले उहाँलाई स्वीकार गर्थे। थोमाले प्रभु येशू ख्रीष्टको अस्तित्व र उहाँ साँच्चिकै देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्न र विश्‍वास गर्न सकोस् भनेर उहाँले थोमालाई उनको हात बढाएर उहाँको करङ छुन दिनुभयो। के प्रभु येशूको पुनरुत्थानभन्दा अघि र पछिको थोमाको शङ्कामा कुनै भिन्‍नता थियो र? उनले सधैँ शङ्का गरिरहेका थिए अनि प्रभु येशूको आत्मिक शरीर व्यक्तिगत रूपमा उनीकहाँ प्रकट नभएसम्म र उनलाई उहाँको शरीरमा भएका कीलाका डोबहरू छुन नदिएसम्म कसैले उनका शङ्काहरूलाई समाधान गर्न र उनीबाट तिनलाई हटाउन सक्ने थिएन। त्यसैले, प्रभु येशूले थोमालाई उहाँको करङ छुन दिनुभएको र साँच्चिकै कीलाका डोबहरूको अस्तित्व महसुस गर्न दिनुभएको समयपछि, थोमाको शङ्का हट्यो, अनि उनले प्रभु येशू बौरी उठ्नुभएको हो भनी साँचो रीतिले जान्न सके, अनि उनले प्रभु येशू साँचो ख्रीष्ट र देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार र विश्‍वास गरे। यस समयमा थोमाले उप्रान्त शङ्का नगरेको भए तापनि, उनले ख्रीष्टलाई भेट्ने अवसर सधैँका निम्ति गुमाएका थिए। उनले उहाँसित हुने, उहाँलाई पछ्याउने, उहाँलाई चिन्ने अवसर सधैँका लागि गुमाएका थिए। उनले आफू ख्रीष्टद्वारा सिद्ध बनाइने मौका गुमाएका थिए। प्रभु येशूको देखा पर्नुभएको घटना र उहाँका वचनहरूले शङ्काहरूले भरिएकाहरूको विश्‍वासमा एउटा निष्कर्ष र फैसला प्रदान गर्‍यो। स्वर्गका परमेश्‍वरलाई मात्र विश्‍वास गर्ने र ख्रीष्टलाई विश्‍वास नगर्ने शङ्कालुहरूलाई यो कुरा बताउन उहाँले आफ्नो वास्तविक वचनहरू र कार्यहरूको प्रयोग गर्नुभयो: परमेश्‍वरले तिनीहरूको विश्‍वासको तारिफ गर्नुभएन, न त शङ्का गर्दै उहाँलाई पछ्याएकोमा उहाँले तिनीहरूको तारिफ नै गर्नुभयो। परमेश्‍वरले आफ्‍नो महान् काम पूरा गर्नुभएको दिन मात्रै तिनीहरूले परमेश्‍वरलाई र ख्रीष्टलाई पूर्ण रीतिले विश्‍वास गर्ने दिन हुनसक्थ्यो। अवश्य नै, त्यो दिन तिनीहरूको शङ्कामाथि एउटा फैसला गरिने दिन थियो। ख्रीष्टप्रतिको तिनीहरूको आचरणले तिनीहरूको भाग्यलाई निर्धारण गर्थ्यो, अनि तिनीहरूको हठी शङ्काले तिनीहरूको विश्‍वासले तिनीहरूको निम्ति कुनै फल फलाएन भन्ने सङ्केत गर्थ्यो, अनि तिनीहरूको कठोरताले तिनीहरूको आशाहरू व्यर्थ थिए भन्ने सङ्केत गर्थ्यो। स्वर्गका परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास भ्रमहरूमा आश्रित थियो, अनि ख्रीष्टप्रतिको तिनीहरूको शङ्का वास्तवमा ख्रीष्टप्रतिको तिनीहरूको साँचो आचरण थियो, तिनीहरूले प्रभु येशूको शरीरमा भएका कीलाका डोबहरूलाई छोएको भए तापनि, तिनीहरूको विश्‍वास अझै पनि व्यर्थको थियो र तिनीहरूको परिणामलाई इनारबाट डोकोमा पानी निकाल्‍नु झैँ थियो भनेर व्याख्या गर्न सकिन्छ—सबै व्यर्थमा। प्रभु येशूले थोमालाई जे भन्नुभयो, त्यो हरेक मानिसलाई यो कुरा बताउने उहाँको तरिका थियो भन्‍ने स्पष्ट छ: बौरी उठ्नुभएका प्रभु येशू नै मानिसहरूको बीचमा काम गर्दै साढे तेत्तीस वर्षसम्मको समय बिताउनुहुने प्रभु येशू हुनुहुन्छ। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्युको अन्धकारमय घाटीको अनुभव गर्नुभएको भए तापनि, र उहाँले पुनरुत्थानको अनुभव गर्नुभएको भए तापनि, उहाँले कुनै पनि पक्षमा कुनै परिवर्तन अनुभव गर्नुभएन। अहिले उहाँको शरीरमा कीलाका डोबहरू भए तापनि, र उहाँ पुनरुत्थान भई र चिहानबाट बाहिर निस्कनुभएको भए तापनि, उहाँको स्वभाव, मानवजाति सम्‍बन्धी उहाँको बुझाइ, अनि मानवजातिप्रतिको उहाँका अभिप्रायहरू अलिकति पनि बदलिएको थिएन। साथै, उहाँ क्रूसबाट तल ओर्लेर आउनुभएको छ, पापमाथि विजयी हुनुभएको छ, कठिनाइहरूमाथि विजयी हुनुभएको छ, र मृत्युमाथि विजय हुनुभएको छ भनी उहाँले मानिसहरूलाई बताउँदै हुनुहुन्थ्यो। कीलाका चिन्‍हहरू शैतानमाथिको उहाँको विजयको प्रमाण, सारा मानवजातिलाई सफलतापूर्वक छुटकारा दिनको लागि पापबलि बन्‍नुभएको प्रमाण मात्रै थियो। उहाँले पहिले नै मानवजातिको पाप लिइसक्नुभएको छ र उहाँले छुटकाराको आफ्‍नो काम पूरा गरिसक्‍नुभएको छ भनेर मानिसहरूलाई बताइरहनुभएको थियो। जब उहाँ आफ्ना चेलाहरूलाई भेट्न फर्कनुभयो, तब उहाँले आफ्नो उपस्थितिद्वारा तिनीहरूलाई यो सन्देश दिनुभयो: “म अझै जीवित छु, म अझै अस्तित्वमा छु; आज म साँच्चिकै तिमीहरूको माझमा उभिरहेको छु ताकि तिमीहरूले मलाई देख्न र छुन सक। म तिमीहरूको साथमा सधैँ हुनेछु।” प्रभु येशूले थोमाको उदाहरणलाई भविष्यका मानिसहरूका निम्ति चेतावनीको रूपमा पनि प्रयोग गर्न चाहनुभयो: तैँले प्रभु येशूमाथिको विश्‍वासमा उहाँलाई देख्न वा छुन नसके पनि, तेरो साँचो विश्‍वासको कारणले तँ धन्यको छस्, अनि तेरो साँचो विश्‍वासको कारणले तैँले प्रभु येशूलाई देख्न सक्छस्, अनि यस्तो प्रकारको व्यक्ति धन्यको हुन्छ।

थोमाकहाँ प्रकट हुँदा प्रभु येशूले बोल्नुभएको भनी बाइबलमा लेखिएका यी वचनहरू अनुग्रहको युगका सबै मानिसहरूको निम्ति अत्यन्तै उपयोगी छ। उहाँ थोमाकहाँ देखा पर्नुभएको घटना र उहाँले तिनलाई भन्नुभएका वचनहरूले त्यसपछिका पुस्ताहरूमाथि गहिरो प्रभाव पारेको छ; तिनको अनन्त महत्त्व छ। परमेश्‍वरलाई विश्‍वास गरे पनि, परमेश्‍वरलाई शङ्का गर्ने व्यक्तिलाई थोमाले प्रतिनिधित्व गर्छ। तिनीहरू शङ्कालु प्रकृतिका हुन्छन्, तिनीहरूमा कुटिल हृदय हुन्छ, तिनीहरू विश्‍वासघाती हुन्छन्, अनि परमेश्‍वरले पूरा गर्न सक्नुहुने कुराहरूमा तिनीहरू विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता तथा उहाँको सार्वभौमिकतामा विश्‍वास गर्दैनन्, न त तिनीहरूले देहधारी परमेश्‍वरमा नै विश्‍वास गर्छन्। तैपनि, प्रभु येशूको पुनरुत्थानले तिनीहरूका यी गुणहरूलाई प्रहार गरे, अनि यसले तिनीहरूलाई आफ्नो शङ्का पत्ता लगाउने, आफ्नो शङ्का पहिचान गर्ने, अनि आफ्नो विश्‍वासघातलाई स्वीकार गर्ने अवसर पनि प्रदान गर्‍यो, यसरी तिनीहरू प्रभु येशूको अस्तित्व र पुनरुत्थानमा साँचो रीतिले विश्‍वास गर्ने अवस्थामा आइपुगे। थोमालाई जे भएको थियो, त्यो पछिका पुस्ताहरूको निम्ति एउटा चेतावनी र सावधानी थियो ताकि धेरै मानिसहरूले आफैलाई थोमा जस्तो शङ्कालु नहुन, अनि यदि तिनीहरू शङ्काले भरिए भने तिनीहरू अन्धकारभित्र डुब्नेछन् भनी चेतावनी दिन सकून्। यदि तँ परमेश्‍वरलाई पछ्याउँछस् तर थोमाले जस्तै, परमेश्‍वरको अस्तित्व छ कि छैन भनेर पुष्टि गर्न, प्रमाणित गर्न र अनुमान गर्न प्रभुको करङलाई छुन र उहाँको कीलाको डोबहरूलाई सधैँ छुन चाहन्छस् भने परमेश्‍वरले तँलाई त्यागिदिनुहुनेछ। त्यसैले, मानिसहरू थोमा जस्तो आफ्नै आँखाले देख्न सकेपछि मात्र विश्‍वास गर्ने नबनून् तर शुद्ध, इमानदार मानिसहरू बनून्, तिनीहरू परमेश्‍वरप्रति शङ्काहरू नगरून् तर केवल उहाँलाई विश्‍वास गरून् र पछ्याऊन् भन्‍ने चाहना प्रभु येशूको हुन्छ। यस्ता मानिसहरू धन्यका हुन्छन्। यो उहाँले मानिसहरूबाट गर्नुभएको एउटा सानो अपेक्षा हो, अनि यो उहाँका अनुयायीहरूको निम्ति एउटा चेतावनी हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसको अतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्र गरे, तैपनि जीवनको सत्यताको पछि लागेनन्। त्यसैले, तिनीहरूले आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो सो जान्दैनन्। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरका आशिष्‌ कसरी प्राप्‍त गर्न सक्थे भनी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा गर्न सकेनन्, किनभने तिनीहरूले येशूले बोल्नुभएको सत्यता जानेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा नरहेका हुनाले, तिनीहरूले मसीहको सारलाई सम्भावित कुनै पनि साधनहरूले विरोध गरिरहँदा मसीहको नाउँमा मात्रै व्यर्थमा टाँसिरहने गल्ती गरे। वस्तुतः यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौं। के यो आस्था उपहासपूर्ण र हाँस्यस्पद छैनन्? म तिमीहरूलाई अझै अरू प्रश्‍नहरू सोध्छु: तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तिमीहरूले पनि प्राचीन फरिसीहरूले गरेका गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तैँले सत्यताको मार्ग ठम्याउन सक्छस्? तैँले येशूको विरोध गर्नेछैन भनी के तैँले साँच्चै कबुल गर्न सक्छस्? के तैँले पवित्र आत्माको कार्य अनुशरण गर्न सक्छस्? तैँले ख्रीष्टको विरोध गर्नेछस् कि गर्नेछैनस् भन्‍ने तँलाई थाहा छैन भने, म त भन्छु, तँ पहिले नै मृत्युको खतरामा जिइरहेको छस्। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसका अतिरिक्त, तिनीहरूले येशूको आगमनलाई शैतानको छलको रूपमा देख्न सक्छन् र धेरै मानिसहरूले येशू देहमा फर्कनुभएको कुराको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्‍वर-निन्दा, मण्डलीहरूका लागि पवित्र आत्माको वचनको बरबादी र येशूले व्यक्त गर्नुभएका सबै कुराको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

अय्यूबले कानद्वारा परमेश्‍वरको बारेमा सुन्छन्

अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानु हुन्छ, तर म उहाँलाई देख्दिनँ।

अय्यूब २३:८-९ हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ तर म उहाँलाई देख्‍न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ।

अय्यूब ४२:२-६ मलाई थाहा छ तपाईंले सबै थोक गर्न सक्‍नुहुन्छ, अनि तपाईंदेखि कुनै पनि विचारलाई रोक्‍न सकिन्‍न। कसले ज्ञानविना मेरा सल्लाहलाई लुकाउँछ? यसैले मैले नबुझ्‍ने कुरा मैले बोलेको छु; मेरो निम्ति अत्यन्तै अचम्मका कुराहरू, जुन मलाई थाहा थिएन। सुन्‍नुहोस्, म तपाईंलाई बिन्ती गर्छु, अनि म बोल्‍नेछु: म तपाईंसँग माग गर्छु र तपाईंलाई मप्रति घोषणा गर्छु। मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरा आँखाले तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चाताप गर्छु।

परमेश्‍वरले आफैलाई अय्यूबको सामु प्रकट नगर्नुभएको भए पनि, अय्यूबले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दछन्

यी शब्दहरूको जोड दिइएको कुरा के हो? के यहाँ एउटा तथ्य छ भन्‍ने तिमीहरूमध्ये कसैलाई थाहा छ? सर्वप्रथम, अय्यूबले परमेश्‍वर हुनुहुन्छ भनेर कसरी थाहा पाए? त्यसपछि, परमेश्‍वरले नै स्वर्ग र पृथ्वी र सबै थोकमाथि शासन गर्नुहुन्छ भनी तिनले कसरी जाने? यो एउटा खण्डले यी दुई प्रश्‍नहरूको उत्तर दिन्छ: “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरा आँखाले तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चाताप गर्छु” (अय्यूब ४२:५-६)। यी शब्दहरूबाट हामी के सिक्छौं भने, परमेश्‍वरलाई आफ्नै आँखाले देख्नुको सट्टा, अय्यूबले परमेश्‍वरको बारेमा पौराणिक कथाबाट जानेका थिए। यस्तै परिस्थितिमा तिनी परमेश्‍वरलाई पछ्याउने मार्गमा हिँड्न थाले, अनि पछि तिनले आफ्नो जीवनमा र सबै कुरामा परमेश्‍वरको अस्तित्व भएको पुष्टि गरे। यहाँ एउटा इन्कार गर्न नसकिने तथ्य छ—त्यो तथ्य के हो? परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग रहने मार्गमा लाग्न सके पनि, अय्यूबले परमेश्‍वरलाई कहिल्यै देखेका थिएनन्। यस कुरामा, तिनी आजका मानिसहरू जस्तै थिएनन् र? अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन्, जसको अर्थ यो हो कि तिनले परमेश्‍वरबारे सुनेको भए पनि, परमेश्‍वर कहाँ हुनुहुन्छ, अथवा परमेश्‍वर कस्तो हुनुहुन्छ वा परमेश्‍वरले के गर्दै हुनुहुन्छ भन्ने कुरा तिनलाई थाहा थिएन। यी सबै व्यक्तिपरक तथ्यहरू हुन्; निष्पक्ष रूपमा भन्ने हो भने, तिनले परमेश्‍वरलाई पछ्याएको भए पनि, परमेश्‍वर कहिल्यै तिनको अगि देखा पर्नुभएन वा तिनीसँग बोल्नुभएन। के यो तथ्य होइन र? परमेश्‍वरले अय्यूबसँग बोल्‍नुभएको थिएन वा तिनलाई कुनै आज्ञा दिनुभएको थिएन, तैपनि अय्यूबले परमेश्‍वरको अस्तित्व देखेका थिए र सबै कुरामा रहेको उहाँको सार्वभौमिकतालाई हेरेका थिए, र अय्यूबले कानले सुनेर परमेश्‍वरको बारेमा पौराणिक कथाहरूबाट सुनेपछि, तिनले। परमेश्‍वरको भय मान्‍ने र खराबीबाट अलग बस्‍ने जीवनको सुरुवात गरेका थिए। अय्यूबले परमेश्‍वरलाई पछ्याउने कार्यको सुरुवात र प्रक्रिया यही थियो। …

परमेश्‍वर तिनीबाट लुक्नुभएको थियो भन्‍ने तथ्यले परमेश्‍वरमाथिको अय्यूबको विश्‍वासलाई हल्लाएन

तलको धर्मशास्त्रको खण्डमा, त्यसपछि अय्यूबले भन्छन्, “हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ तर म उहाँलाई देख्‍न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ” (अय्यूब २३:८-९)। यस विवरणमा, हामी थाहा पाउछौं कि, अय्यूबका अनुभवहरूमा, परमेश्‍वर पूर्ण रूपमा तिनीबाट लुक्नुभएको थियो; परमेश्‍वर खुल्लमखुल्ला तिनीकहाँ देखा पर्नुभएको थिएन, न त उहाँले तिनीसँग खुल्लमखुल्ला कुनै वचन नै बोल्नुभएको थियो, तापनि अय्यूब आफ्नो हृदयमा परमेश्‍वरको अस्तित्वप्रति विश्‍वस्त थिए। तिनले सधैँ परमेश्‍वर तिनको अगिअगि हिँडिरहनुभएको हुन सक्छ, वा उहाँको छेउमा काम गरिरहनुभएको हुन सक्छ, र तिनले परमेश्‍वरलाई देख्न नसके पनि, परमेश्‍वर तिनको छेउमा हुनुहुन्छ, अनि तिनीसँग सम्‍बन्धित सबै थोक संचालन गर्दैहुनुहुन्छ भन्‍ने विश्‍वास गर्थे। अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनी आफ्नो विश्‍वासमा दृढ रहन सक्षम थिए, जुन अरू कुनै व्यक्तिले गर्न सकेन। किन अरू मानिसहरूले त्यसो गर्न सकेनन्? किनकि परमेश्‍वर अय्यूबसँग बोल्नुभएन वा तिनको सामु देखा पर्नुभएन, र यदि तिनले साँच्चै विश्‍वास नगरेको भए तिनी अघि बढ्न सक्‍नेथिएनन्, न त परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने मार्गमा नै लाग्न सक्थे। के यो सत्य होइन? जब तँ अय्यूबले भनेका यी वचनहरू पढ्छस् तब तँलाई कस्तो लाग्छ? के तँलाई अय्यूबको सिद्धता र सोझोपन र परमेश्‍वरको सामु तिनको धार्मिकता सत्य हो, र परमेश्‍वरको तर्फबाट अतिशयोक्ति होइन भन्‍ने लाग्छ? परमेश्‍वरले अय्यूबलाई अन्य मानिसहरूसँग झैं व्यवहार गर्नुभयो र तिनको सामु देखा पर्नुभएन वा कुरा गर्नुभएन, तैपनि अय्यूब अझै पनि आफ्नो निष्ठामा अडिग रहे, तिनले अझै पनि परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास राखे र यसबाहेक, परमेश्‍वरलाई अपमान गर्छु कि भन्‍ने तिनको डरको कारण तिनले बारम्बार होमबलि चढाए र परमेश्‍वरसँग प्रार्थना गरे। परमेश्‍वरले नदेखे पनि परमेश्‍वरको भय मान्ने अय्यूबको क्षमतामा, हामी तिनले सकारात्मक थोकहरूलाई कति धेरै प्रेम गर्थे, र तिनको विश्‍वास कतिको दृढ र वास्तविक थियो भन्‍ने कुरा देख्छौं। तिनले परमेश्‍वर तिनीबाट लुक्नुभयो भन्दैमा तिनले परमेश्‍वरको अस्तित्वलाई इन्कार गरेनन्, न त तिनले परमेश्‍वरलाई कहिल्यै नदेखेको कारण आफ्नो विश्‍वास गुमाए र परमेश्‍वरलाई त्यागे। बरु, सबै थोकमाथि शासन गर्ने परमेश्‍वरको लुकेको कामको बीचमा तिनले परमेश्‍वरको अस्तित्वलाई बुझेका थिए र तिनले परमेश्‍वरको सार्वभौमिकता र शक्ति महसुस गरे। परमेश्‍वरलाई नदेखे पनि तिनी सोझो हुन छाडेनन्, न त तिनले, परमेश्‍वर तिनको अगाडि कहिल्यै देखा नपर्नुभएको कारणले नै, तिनले परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने मार्गलाई नै त्यागे। परमेश्‍वर आफ्नो अस्तित्व प्रमाणित गर्न तिनको अघि देखा पर्नुभएको होस् भनेर अय्यूबले कहिल्यै अनुरोध गरेनन्, किनकि तिनले सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई देखिसकेका थिए र अरूले प्राप्त नगरेका आशिष्‌ र अनुग्रह तिनले प्राप्त गरेका छन् भन्‍ने तिनले विश्‍वास गरे। परमेश्‍वर तिनीबाट लुक्नुभएको भए पनि, परमेश्‍वरमाथिको अय्यूबको विश्‍वास कहिल्यै डगमगाएन। यसैले, तिनले अरू कसैको नपाएको फसल कटनी गरे: परमेश्‍वरको अनुमोदन र परमेश्‍वरको आशिष्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरू लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुँदा, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र आज्ञा पालन गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यता जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ। बाहिरी देखा पर्ने घटनाले सार निर्धारण गर्न सक्दैन; अझ भन्ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खांदैन। के येशूको बाहिरी देखा पर्ने घटना मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोशाक उहाँको वास्तविक पहिचानको संकेत दिन असक्षम थिएनन् र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी देखा पर्ने घटनालाई हेरेकाले र उहाँको मुखका वचनहरूलाई हृदयमा स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

अघिल्लो: २. प्रभुको दोस्रो आगमनको विषयमा, बाइबलले स्पष्ट बताउँछ, “तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ(मत्ती २४:३६)। प्रभु कहिले आउनुहुन्छ त्यो कसैलाई थाहा छैन, तापनि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले प्रभु येशू पहिले नै आइसक्नुभएको छ भनेर गवाही दिइरहेको छ। तपाईं यो कसरी जान्नुहुन्छ?

अर्को: ४. हामीले प्रभुमा धेरै वर्षदेखि विश्‍वास गरेका छौं र सतर्कतासाथ उहाँको पुनरागमनको बाटो हेर्दै सधैँ उहाँको लागि कठोर परिश्रम गरेका छौं। हामीलाई विश्‍वास छ, प्रभुको दोस्रो आगमनको विषयमा प्रकाश पाउने पहिलो मानिसहरू हामी नै हुनुपर्छ। प्रभु येशू फर्केर आउनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ, त्यसोभए हामीले यस विषयमा किन प्रकाश पाएनौं? प्रभु फर्केर आउनुभएको छैन भन्ने बारेमा हामीसित प्रमाणहरू छन्। के हामीले यस्तो सोच्नु गलत हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्