हैसियतलाई त्याग्‍नु सजिलो थिएन

ली झेङ्ग, चीन

म किसानको परिवारमा जन्मेको थिएँ। म सानो छँदै मैले आफ्नो बाबुआमालाई गुमाएँ, त्यसैले मेरो दाइ र म एक-अर्कामाथि निर्भर हुनुपर्‍यो। हामी साह्रै गरिब थियौं अनि मानिसहरूले हामीलाई नीच नजरले हेर्थे। म सोच्ने गर्थेँ: “म स्कूल जानेछु, अनि एक दिन अरूभन्दा महान् व्यक्ति हुनेछु।” दुर्भाग्यवश्, उच्च माध्यमिक स्तरमा हुँदा दोस्रो वर्षमै मैले स्कूल छोड्नुपर्‍यो किनकि हामीसित पैसा थिएन। अरूभन्दा ठूलो हुने मेरो सपना चकनाचूर भयो, र म पूर्ण रूपले धुजाधुजा भएँ।

सन् १९९० मा मैले प्रभु येशूमा विश्‍वास गरेँ। प्रचारकले भन्नुभयो प्रभुमा विश्‍वास गरेर हामीले यस जीवनमा शान्ति पाउने मात्रै होइन तर आउने जीवनमा पनि हामीसित अनन्त जीवन हुनेछ। उहाँले यसो पनि भन्नुभयो सुसमाचार फैलाएर हामीले जति बढी मानिसहरूलाई विश्‍वासमा ल्याउँछौं, हामी त्यति नै बढी आशिषित हुनेछौं, अनि हामीले प्रतिफल र मुकुट पाउनेछौं अनि परमेश्‍वरको साथमा राजाहरू भएर राज्य गर्नेछौं। त्यस समयमा, मैले बाइबलमा यो पढेँ। “मैले असल लडाइ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि उसो मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। त्यसैले मैले आफ्नो परिवार त्याग्ने निर्णय गरेँ। त्यसबेला, म पूरा ऊर्जाले भरिएको थिएँ र एक वर्षभन्दा कम समयमा नै मैले सयौं मानिसहरूलाई उद्धारमा डोर्याएको थिएँ। उद्धार हुनेहरूको संख्या बढ्दै जाँदा, सन् १९९७ सम्ममा हामीले ३०,००० मानिसहरूसहितका सयौं मण्डलीहरू स्थापना गरिसकेका थियौँ। मण्डलीसँग सम्बन्धित सबै कुरामा मेरो निर्णय नै अन्तिम हुन्थ्यो अनि म जुनसुकै मण्डलीमा गए पनि, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले मलाई सम्मानपूर्वक अभिवादन गर्थे अनि म जहाँसुकै जान चाहे पनि गाडीमा घुमाउथे। तिनीहरूले मलाई खानको निम्ति स्वादिष्ठ भोजन अनि बस्नको निम्ति राम्रो ठाउँको बन्दोबस्त गरिदिन्थे अनि तिनीहरूले मेरो यात्राका खर्चहरू पनि तिरिदिन्थे। म यी कुराहरूमा आनन्दित भएँ।

एक दिन एकजना माथिल्लो स्तरको अगुवाले हामीलाई एउटा भेलामा भाग लिन लगाए र अहिले पूर्वीय ज्योति नाउँ गरेको एउटा सम्प्रदाय छ जसले प्रभु येशू सर्वशक्तिमान् परमेश्‍वरको रूपमा फर्किनुभएको छ भनी प्रचार गर्छ अनि तिनीहरूका प्रवचनहरू धेरै उच्च छन् भनी हामीलाई बताइन्। तिनीहरूले मण्डलीबाट थुप्रै संख्यामा सदस्यहरू चोरेर लगेका छन्, अनि हाम्रो मण्डलीबाट दुई सहकर्मीहरू ब्रदर वाङ र ब्रदर वुले पनि पूर्वीय ज्योतिलाई स्वीकार गरेका छन् भनेर तिनले भनिन्। ती दुई ब्रदरहरूलाई पूर्ण रूपले अस्वीकार गर्न अगुवाले हामीलाई आग्रह गरिन् अनि कसैले पूर्वीय ज्योतिका वचनहरू सुन्दै गरेको हामीले भेट्टाएमा हामीले तिनीहरूलाई तुरुन्तै निकालिदिनुपर्छ भनेर भनिन्। यो सबै कुराद्वारा म अचम्भित भएँ। म यी दुई ब्रदरहरूलाई राम्रोसित चिन्थें; तिनीहरू बाइबलका ज्ञाता थिए र इमान्दारितापूर्वक प्रभुमा विश्‍वास गर्थे। तिनीहरूले कसरी पूर्वीय ज्योतिलाई स्वीकार गर्न सके, मैले बुझ्नै सकिनँ। वर्षको अन्त्य नजिकिँदै जाँदा, यी दुई ब्रदरहरू मेरो घरमा अकस्मात् भेटघाटको निम्ति आए। तिनीहरू मलाई धोका दिन आएका हुन् भनी डराएर तिनीहरूलाई ढोका खोलिदिने निर्णय गर्नुअघि म निकै लामो समयसम्म हिचकिचाएँ। तर, फेरि मैले सोचेँ, “कुरा जेसुकै भए पनि म प्रभुमा विश्‍वास गर्छु, अनि म यी दुई ब्रदरहरूलाई मेरो ढोकाबाट लखेट्न सक्दिनँ।” त्यसैले, मैले तिनीहरूलाई भित्र स्वागत गरेँ। तिनीहरूले प्रभुलाई स्वागत गर्न मैले पहिले परमेश्‍वरको आवाज सुन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, अनि पथभ्रष्ट हुने डरले साँचो मार्गलाई खोजी गर्ने वा अनुसन्धान गर्ने कुरालाई मैले इन्कार गर्नु हुँदैन भनी भने। त्यसपछि तिनीहरूले परमेश्‍वरको आवाज सुन्ने एउटा बुद्धिमती कन्या कसरी बन्‍ने अनि कसरी साँचो र झूटा मार्गहरूबीच भिन्नता छुट्याउने भन्ने बारेमा मलाई सविस्तारपूर्वक सङ्गति दिए। तिनीहरूले भनेका कुरा मलाई स्फूर्ति र अन्तर्दृष्टि दिने किसिमको लाग्यो। म पूर्ण रूपले विश्‍वस्त भएँ। तिनीहरू गएपछि, तिनीहरूले यसो भन्दै मेरो हातमा एउटा पुस्तक थमाइदिए, यसमा सर्वशक्तिमान् परमेश्‍वरका वाणीहरू छन् अनि तिनीहरूले मलाई त्यो पढ्न र प्रभुलाई स्वागत गर्न अवसर नगुमाउन आग्रह गरे। तिनीहरू गइसकेपछि, म गलत बाटोतिर डोरिँदैछु अनि माथिल्लो स्तरका अगुवाले, मैले यी दुई ब्रदरहरूलाई आफ्नो घरमा स्वागत गरेको कुरा पत्ता लगाए भने मलाई मण्डलीबाट निकाल्नेछन् भनी म चिन्तित हुन थालेँ। तर मैले सोचेँ, “यदि सर्वशक्तिमान् परमेश्‍वर साँच्चै नै पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ र मैले यसलाई मण्डलीबाट बाहिर निकालिने डरले खोजिनँ भने, के त्यसले मलाई परमेश्‍वरलाई इन्कार र विरोध गर्ने व्यक्ति बनाउँदैन र?” यो सोचेर मैले त्यही क्षणमै परमेश्‍वरका आखिरी दिनहरूको कामलाई खोज्ने निर्णय गरेँ।

त्यसपछि, मैले हरेक दिन सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेँ। त्यसैबीच, ती दुई ब्रदरहरूले मानवजातिलाई उद्धार गर्ने परमेश्‍वरको कामका तीन चरणहरू, परमेश्‍वरको देहधारणको रहस्य, मानिसलाई शुद्ध गर्न र मुक्ति दिन परमेश्‍वरले कसरी आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ, परमेश्‍वरले कसरी युगहरूलाई अन्त्य गर्नुहुन्छ, कसरी पृथ्वीमा ख्रीष्टको राज्य साकार हुन्छ इत्यादिको बारेमा मलाई सङ्गति दिए। प्रभु येशूलाई विश्‍वास गरेको यतिका वर्षमा मैले त्यस्तो कुनै कुरा सुनेको थिइनँ, अनि मैले जति बढी सुनेँ, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू मलाई त्यति नै बढी अख्तियारपूर्ण र शक्तिशाली लाग्यो। मलाई सर्वशक्तिमान् परमेश्‍वर नै वास्तवमा पुनरागमन हुनुभएका प्रभु येशू हुन सक्नुहुन्छ अनि मैले यसलाई अनुसन्धान गर्नुपर्छ भन्‍ने लाग्यो। तर मभित्र द्वन्द्व चलेको मैले सधैँ महसुस गरेँ। पाष्टर र एल्डरहरूले वर्षौंदेखि पूर्वीय ज्योतिलाई भर्त्सना गर्दै आएका थिए, अनि म पनि मण्डलीलाई जति कडा रूपले हुन्छ, सिल छाप मार्न तिनीहरू सँगसँगै गएको थिएँ, यस क्रममा कसैलाई पूर्वीय ज्योतिसित सम्पर्क गर्न नदिने अनि तिनीहरूको मार्गलाई स्वीकार गर्ने सबैलाई बहिष्कार गर्ने गरेको थिएँ। यदि मैले नै पूर्वीय ज्योतिलाई स्वीकार गरेँ भने मण्डलीमा मेरो अधीनमा रहेका ३०,००० भन्दा बढी विश्‍वासीहरूले के सोच्लान्? यदि तिनीहरू सबैले मलाई पछ्याए र पूर्वीय ज्योतिलाई स्वीकारे भने त्यो ठूलो कुरा हुनेछ, तर तिनीहरूले गरेनन् भने तिनीहरूले पक्कै पनि मलाई इन्कार गर्नेछन्। म कसरी हरेक मौसममा बाहिर जान्थेँ, दिन र रात प्रचार गर्दै र काम गर्दै अनि चिनियाँ कम्युनिस्ट पार्टीद्वारा खेदिने जोखिममा पर्दै, आफ्नै रगत, पसिना र आँसुले यी मण्डलीहरू स्थापना गरेको थिएँ त्यसको बारेमा मैले विचार गरेँ। मलाई म जहाँ छु, त्यहाँ पुग्न अनि त्यति धेरै मानिसहरूद्वारा त्यस्तो उच्च प्रतिष्ठा पाइरहन धेरै समय लागेको थियो—म कसरी त्यसलाई त्यतिकै सजिलै फ्याँकिदिन सक्थेँ र? यसबाहेक, यदि मण्डलीमा मेरो अधीनमा रहेका हरेकले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गरेँ भने पनि, के म अझै तिनीहरूको अगुवा हुन सक्छु र? तब, मैले सोचेँ, “यदि सर्वशक्तिमान् परमेश्‍वर साँच्चै नै पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ भने अनि मैले उहाँलाई स्वीकार गरिनँ भने के मैले प्रभुलाई स्वागत गर्ने मौका गुमाउनेछैनँ र?” मैले त्यसलाई घरीघरी मनमा सोचेँ अनि के गर्ने हो भनी निर्णय गर्न सकिनँ। त्यसै बेला, मेरी श्रीमतीले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सुनिसकेपछि बडो उत्साहका साथ दौडेर आई यसो भन्दै मलाई चकित तुल्याइन्, “मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सुनेँ र ती परमेश्‍वरको आवाज हुन् भनी म विश्‍वास गर्छु। यदि सर्वशक्तिमान् परमेश्‍वर साँच्चै नै पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ भने हामीले त्यसलाई खोज्नुपर्छ र जति चाँडो हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ!” मैले झडङ्ग रिसाएर जवाफ दिएँ, “मलाई त्यो थाहा छ तर त्यो त्यति सरल छैन। हाम्रो मण्डलीका अगुवा र सहकर्मीहरूले मण्डलीलाई सिल छाप मारिसकेका छन् ताकि कसैले पूर्वीय ज्योतिलाई अनुसन्धान गर्न नपाओस्। यदि मैले तिनीहरूको मार्गलाई स्वीकार गरेँ भने तिनीहरूले मलाई पक्कै इन्कार गर्नेछन्।” तर यसले मेरी पत्नीलाई उत्तेजित तुल्यायो अनि तिनले भनिन्, “केको निम्ति हामीले यतिका वर्षसम्म प्रभुलाई विश्‍वास गर्दै आएका छौ? के हामीले स्वर्गको राज्यमा उठाइलगिन सकौं भनेर प्रभुको आगमनको बाटो हेर्दै आइरहेका छैनौं र? अब प्रभु आउनुभएको छ, यदि तपाईं अगुवा नहुनुभए पनि, तपाईंले परमेश्‍वरको कामलाई स्वीकार गरेर प्रभुलाई स्वागत गर्नुपर्छ!” म उनीसित सहमत छु भनेर मैले भनेँ तर भित्रभित्र मैले सोचिरहेको थिएँ, “तिम्रो मन स्त्रीको जस्तो सरल छ। मैले ३०,००० भन्दा बढी मानिसहरूको बारेमा विचार गर्नुपर्छ। मैले बिस्तारै पाइला चाल्नुपर्छ। मैले यसको बारेमा अझै सोच्नुपर्छ।” मैलै पूर्वीय ज्योतिलाई स्वीकार नगरिकनै धेरै महिनाहरू बिते। त्यही समयमा, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरू मलाई घरीघरी भेट्न आउथे। तिनीहरूले मसित धैर्यपूर्वक सङ्गति गर्थे, अनि यो नै वास्तवमा परमेश्‍वरको काम हो भनी मेरो हृदयमा मैले स्पष्ट प्रकारले अनुभव गरेँ, तर मैले आफ्नो पदलाई त्याग्न नसकेकोले, मैले त्यसलाई स्वीकार गर्न अझै रोकिराखेँ। केही समयपछि, दाजुभाइ-दिदीबहिनीहरूले म कस्तो अवस्थामा छु भन्‍ने कुरा थाहा पाए। एक दिन जब म ब्रदर बाइ र ब्रदर सोङ्गसित भेलामा थिएँ, तब ब्रदर सोङ्गले मसित आफ्ना अनुभवहरूको बारेमा सङ्गति गरे। तिनले उनी पनि पहिले केही दर्जन मण्डलीहरू सम्हालिरहेका मण्डलीका अगुवा थिए भनी भने। कसैले उनलाई सुसमाचार प्रचार गरेपछि, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेपछि सर्वशक्तिमान् परमेश्‍वर नै पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ भनी उनी सुनिश्चित भए। तर, जब साँच्चै नै यसलाई स्वीकार गर्ने समय आयो, तब उनको आफ्नो विचार परिवर्तन हुन थाल्यो र उनले सोचे, “यदि मैले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गरेँ भने के म अझै अगुवा हुनसक्छु त? के मैले अझै धेरै मानिसहरूलाई डोर्याउन सक्छु र?” तब तिनले मत्ती २१ को ३३-४१ पदमा उल्‍लेख गरिएका प्रभु येशूका दुष्ट किसानहरूको दृष्टान्त स्मरण गरे: “एक जना घर-मूली थियो, जसले दाखबारी लगायो, र यसको वरिपरि बार लगायो, अनि त्यहाँ दाख पेल्‍ने कोल खन्यो, र मचान बनायो, अनि किसानहरूलाई जिम्‍मा दिएर परदेश लाग्यो: अनि जब टिप्ने बेला आयो, तब उसले आफ्‍ना नोकरहरूलाई आफ्‍नो भागको फल लिन किसानहरूकहाँ पठायो। अनि किसानहरूले उसका नोकरहरूलाई समाते, र एक जनालाई कुटपिट गरे, र अर्कोलाई मारे, अनि अर्कालाई ढुङ्गाले हाने। फेरि, उसले पहिलेका भन्दा धेरै अरू नोकरहरू पठायो: र उनीहरूलाई पनि तिनीहरूले त्यसै गरे। तर उसले सबैभन्दा अन्तिममा, तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन् भन्दै तिनीहरूकहाँ आफ्‍नो छोरालाई पठायो। तर जब किसानहरूले त्यो छोरालाई देखे, तब तिनीहरूले एक-अर्कालाई भने, यो त उत्तराधिकारी हो; आऊ, हामी यसलाई मारौं, र हामी यसको उत्तराधिकारको सम्पत्ति कब्जा गरौं। अनि तिनीहरूले उसलाई पक्रे, र दाखबारीभन्दा बाहिर निकाले, अनि उसको हत्या गरे। त्यसकारण, जब दाखबारीको मालिक आउँछ, तब उसले ती किसानहरूलाई के गर्छ? तिनीहरूले उहाँलाई भन्छन्, उहाँले ती दुष्ट मानिसहरूलाई पूर्ण रूपले नष्ट गर्नुहुनेछ र त्यो दाखबारी अरू किसानहरूलाई दिनुहुनेछ, जसले फल लाग्ने समयमा उसलाई फल दिनेछन्।” ब्रदर सोङ्गले कसरी उनले आत्मग्लानिको तीतो चेतना अनुभूत गरे सो बताए। प्रभुले उनलाई उहाँको बगाल सुम्पिनुभएको थियो र अब प्रभुको पुनरागमन भएको थियो, तर उनले प्रभुको स्वागत गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवाइ गर्नुको साटोमा प्रभुको बगाललाई हडप्न र प्रभुलाई इन्कार गर्ने कोसिस गरिरहेका थिए। उनले भने, उनले ठ्याक्‍कै ती दुष्ट किसानहरू जस्तै व्यवहार गरिरहेका थिए र उनी नै प्रभुलाई विरोध गर्ने दुष्ट किसान थिए। उनले आफैलाई सोधे, “के मैले आफू अगुवा हुनसक्छु भनेर परमेश्‍वरलाई विश्‍वास गरिरहेको छु? के मैले हैसियत र मेरो रोजी-रोटीको लागि विश्‍वास गरिरहेको छु? के म साँच्चै नै परमेश्‍वरको विश्‍वासी हुँ?” यी कुराहरू सोच्दा उनले त्यस्तो अफसोस अनुभव गरे, त्यसैले, उनले परमेश्‍वरसित गल्ती स्वीकार गरे र पश्‍चाताप गरे अनि तिनले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गरे। त्यसपछि, तिनले आफ्‍नो अधीनमा रहेका सबै दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार सुनाए। जब उनले दिएको यो सङ्गति मैले सुनेँ, तब म लज्जित र खिन्न भएँ। मेरो आफ्नै हैसियतलाई रक्षा गर्न, मैले सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गर्ने काममा आफ्नो खुट्टा घिस्याएँ यद्यपि यो साँच्चै नै परमेश्‍वरको काम हो भन्‍ने मलाई थाहा थियो। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई पनि यसको खोजी गर्न दिइन; मैले परमेश्‍वरका भेडाहरूलाई उहाँको हातमा सुम्पिन इन्कार गरिरहेको थिएँ। म एउटा दुष्ट सेवक थिएँ, अनि म श्रापित हुन र दण्डित हुनको निम्ति योग्य थिएँ! तर जब मैले कति कसिलो गरी मण्डलीलाई मैले सिल छाप मारेको थिएँ, अनि कसरी मेरो मण्डलीमा एउटैले पनि आखिरी दिनहरूको परमेश्‍वरको कामलाई स्वीकार गरेका छैनन् भन्ने बारेमा विचार गरेँ, तब मैले सोचेँ, “यदि मैले यसलाई स्वीकार गरेँ भने के मैले आफ्नै खुट्टामा बन्चरोले हानिरहेको हुँदिनँ र? मैले कहाँ गएर आफ्नो अनुहार देखाउन सक्नेछु? अनि मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेको छु भनी मेरा मण्डलीका विश्‍वासीहरूले पत्ता लगाए भने, तिनीहरूले पक्कै पनि मलाई घृणा र इन्कार गर्नेछन्, अनि मसित केही बाँकी रहनेछैन।” त्यसैले, मैले यसलाई स्वीकार नगर्नु नै उत्तम ठानेँ।

केही दिनपछि, दुई जना ब्रदरहरूसितको अर्को भेलामा, मैले आफ्ना चासोका कुराहरू तिनीहरूलाई बताएँ। त्यसबेला म अति छली थिएँ, कुरालाई यताउति घुमाउँदै मैले तिनीहरूसित सोधेँ, “यदि मैले डोर्याएका मानिसहरूले पनि सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वास गरे भने तिनीहरूलाई कसले डोर्याउनेछन्? के तिनीहरूका निम्ति अहिले भएका त्यही अगुवाहरू र सहकर्मीहरू नै हुनेछन्?” मैले यसद्वारा भन्न खोजेको कुरा यो थियो: “मैले अझै पनि तिनीहरूलाई डोर्याउनु पर्छ र व्यवस्थित गर्नुपर्छ।” तर ब्रदर बाइले मलाई यसो भनेर चकित तुल्याए, “हामीले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेपछि, स्वयम परमेश्‍वरले हामीलाई डोर्याउनुहुनेछ, मलजल गर्नुहुनेछ र रखवाली गर्नुहुनेछ। हाम्रो मण्डलीमा ख्रीष्ट र सत्यताको ठूलो प्रभाव हुन्छ। मण्डलीका अगुवाहरूको चयन हुन्छ, त्यसकारण जसले सत्यतालाई बुझ्दछ र वास्तविकतालाई हासिल गर्दछ, अनि जसले दाजुभाइ र दिदीबहिनीहरूलाई मलजल गर्न सक्छ र तिनीहरूका समस्याहरूलाई हल गर्न सक्छ, तिनको नै चयन हुन्छ।” उनले भन्दै गए, “यदि तपाईंले सत्यतालाई पछ्याउनुभयो भने तपाईं पनि अगुवाको रूपमा छानिन सक्नुहुनेछ। मण्डलीमा विभिन्न प्रकारका कामहरू हुन्छन्: अगुवाहरू, सुसमाचार प्रचारकहरू—हरेकको आ-आफ्नै कार्यहरू हुन्छन्। जब कामहरूको कुरा आउँछ, कुनै भिन्नताहरू जस्तै, ‘महत्वपूर्ण’ वा ‘महत्वपूर्ण छैन,’ ‘उच्च’ वा ‘तल्लो’ ओहोदा भन्ने कुरा हुँदैनन्। किनकि परमेश्‍वरको सामु सबै जना बराबर छन् जुन धार्मिक सम्प्रदायहरूमा जसरी काम हुन्छ, त्योभन्दा पूरै फरक छ।” मैले ब्रदर बाइको कुरा जति बढी सुनेँ, म त्यति नै बढी हतोत्साहित भएँ र मेरो अनुहार लत्रियो। मैले सोचेँ, “यसपछि, म त्यति धेरै मानिसहरूको अगुवा हुन सक्नेछु जस्तो मलाई लाग्दैन।”

मैले कस्तो अनुभूति गर्दैछु भनी ब्रदर सोङ्गले ख्याल गर्नुभयो अनि निनवेका राजाको अनुभवको बारेमा मलाई सङ्गति दिनुभयो। उहाँले भन्नुभयो, “निनवेका राजा एउटा जातिका शासक थिए। जब योनाले निनवे नष्ट गरिनुपर्छ भन्दै प्रचार गरेको तिनले सुने, तिनी सिंहासनबाट तल ओर्ले र पूरै सहरलाई भाङ्ग्रा र खराबी लगाउन र घुँडा टेकेर परमेश्‍वरको अघि पाप स्वीकार गर्न र पश्‍चाताप गर्न लगाए। परमेश्‍वरले तिनीहरूमाथि कृपा देखाए र सहरलाई बचाउनुभयो।” उनले भन्दै गए, “मण्डलीको अगुवाको हैसियतले, अहिले तपाईंले प्रभुको आगमन जस्तो ठूलो घटना सामना गर्दा के तपाईंले निनवेको राजालाई अनुसरण गर्ने अनि दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरको अघि पाप स्वीकार गर्न र पश्‍चाताप गर्न डोर्याउने कोसिस गर्नुपर्दैन र?” उनले भनेको कुराले मलाई साँच्चै नै छोयो। उनले ठीक कुरा भनेका थिए; निनवेको राजा एउटा जातिका शासक थिए। जब त्यस उच्‍च पदमा भएको व्यक्तिले आफूलाई नम्र तुल्याएर परमेश्‍वरको अघि पाप स्वीकार गर्छ र पश्‍चात्ताप गर्छ भने, मैले किन मेरो हैसियतलाई त्यागेर परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न सक्दिनँ? ब्रदर सोङ्गले आफ्‍नो कुरालाई यसो भन्दै जारी राख्यो, “जब प्रभु येशूले आफ्नो काम गर्नुभयो, तब फरिसीहरूले आफ्ना पद र रोजी-रोटीलाई बचाउन चाहन्थे त्यसैले तिनीहरूले प्रभु येशूलाई विरोध गर्न र दोषी ठहर्याउन तिनीहरूले गर्नसक्ने सबै कुरा गरे, यस क्रममा विश्‍वासयोग्यहरूलाई आफ्नो नियन्त्रणमा राखे। प्रभु येशूले तिनीहरूलाई यसो भन्दै हप्काउनुभयो, ‘तर शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ’ (मत्ती २३:१३)।” त्यसपछि, उनले मलाई भने, “परमेश्‍वरले आखिरी दिनहरूमा सत्यता प्रकट गरिरहनुभएको र न्यायको काम गरिरहनुभएको कुरा स्वर्गको राज्य आएको सुसमाचार हो। पहिले, तपाईंले तपाईंलाई बताइएको झूटहरूमा विश्‍वास गर्नुभयो अनि मण्डलीलाई सिल छाप मार्न धार्मिक अगुवाहरू सँगसँगै लाग्‍नुभयो, यस क्रममा ब्रदर र सिस्टरहरूलाई परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्नदेखि रोक्नुभयो। यसो गरेर तपाईंले परमेश्‍वरको विरोध गर्नुभएको छ। अहिले, तपाईंले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नुभएको छ अनि उहाँ नै पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ भनी निष्कर्ष निकाल्नुभएको छ। यदि तपाईंले परमेश्‍वरको कामलाई हठी भएर स्वीकार्न वा दाजुभाइ-दिदीबहिनीहरूलाई प्रभुको आगमनको समाचार बताउन इन्कार गर्दै रहनुभयो, तिनीहरूलाई स्वर्गको राज्यदेखि बाहिर राख्नुभयो भने, तपाईंले जानी-जानी गल्ती गरिरहनुभएको हुन्छ अनि यसरी आफ्‍नो गल्तीमा अर्को गल्ती थपिरहनुभएको हुन्छ।” उनले भने, “यो परमेश्‍वरको विरुद्धमा ठूलो खराबी हुनेछ! यदि हामीले तिनीहरूलाई रोकेको कारणले दाजुभाइ-दिदीबहिनीहरूले मुक्ति पाउने आफ्नो अवसर गुमाए भने, यो त रगतको ऋणी भएको ठहरिनेछ! यदि हामी बारम्बार मर्ने हो भने पनि हामीले यो ऋण चुक्ता गर्न सक्दैनौं। तथापि, यदि तपाईंले दाजुभाइ र दिदीबहिनीहरूलाई परमेश्‍वरको सामु डोर्याउनुभयो भने, तिनीहरूले तपाईंलाई घृणा नगर्ने मात्र होइन तर तिनीहरूसित स्वर्गीय राज्यको सुसमाचार र अनन्त जीवनको मार्ग बाँडेकोमा तिनीहरूले तपाईंलाई धन्यवाद पनि दिनेछन्।”

तब, ब्रदर बाइले हामीलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट एक दुईवटा खण्डहरू पढेर सुनाए। “जब परमेश्‍वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्यहरू देख्छन् जुन परमेश्‍वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यो क्षणमा, मानिसका सबै धारणाहरू फिँजजस्तै बन्छन्। जसले परमेश्‍वर शरीरमा प्रकट हुनुभएको देखेका छन्, यदि उनीहरूले स्वेच्छाले उहाँको आज्ञा पालन गर्छन् भने तिनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँको विरुद्ध खडा हुनेहरूलाई परमेश्‍वरको विरोधी ठानिनेछ। यस्ता मानिसहरू ख्रीष्ट विरोधी, शत्रुहरू हुन् जो जानीबूझी परमेश्‍वरको विरुद्ध उभिन्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्”)। “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्”)। यी खण्डहरू पढिसकेपछि म पूरै बेचैन भएँ। मलाई अनुहारमा थप्पड हानिएको अनि म लाजले रातो भएको जस्तो मैले महसुस गरेँ। मलाई त जमिन फाटेर मलाई निले पनि हुनेथियो जस्तो लाग्यो। मलाई प्रभु येशूको पुनरागमन भएको छ अनि उहाँले धेरै सत्यताहरू व्यक्त गरिरहनुभएको र मानिसलाई न्याय र शुद्ध गर्ने काम गरिरहनुभएको छ भन्‍ने पूर्ण रूपले थाहा थियो। तर मेरो पद र रोजी-रोटीलाई बचाउनको निम्ति, मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार्न इन्कार गरेको थिएँ अनि मण्डलीलाई सिल छाप मारेको थिएँ ताकि परमेश्‍वरका भेडाहरूले उहाँको आवाज सुन्न र उहाँकहाँ फर्कन नसकून्। म कसरी प्रभु येशूलाई धेरै वर्षअघि विरोध गर्ने फरिसीहरूभन्दा अलग भएँ? प्रभु हाम्रो गोठाला हुनुहुन्छ, अनि अहिले उहाँ आफ्ना भेडाहरूलाई उहाँकहाँ फेरि डोर्याउन फर्किनुभएको थियो; मैले परमेश्‍वरका भेडाहरू उहाँलाई हस्तान्तरण गरिदिनुपर्थ्यो। मैले अहिले कसरी आफ्नो पदको रक्षा गर्ने कोसिस गर्नसक्थेँ? के मैले ममाथि परमेश्‍वरको दण्ड नआएसम्म पर्खिनुपर्थ्यो? मैले उप्रान्त परमेश्‍वरको विरोध गर्नु हुँदैन भनेर निर्णय गरेँ। यदि म उप्रान्त अगुवा नरहे पनि र सबैले मलाई इन्कार गरे पनि, मैले अझै परमेश्‍वरको आखिरी दिनहरूका कामलाई स्वीकार गर्नुपर्थ्यो, दाजुभाइ र दिदीबहिनीहरूलाई परमेश्‍वरको सामु डोर्याउनुपर्थ्यो र परमेश्‍वरको बगाल उहाँलाई फर्काउनुपर्थ्यो। यो सोच्दै गर्दा, मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने अनि मैले डोर्याएकाहरूलाई सुसमाचार प्रचार गर्न सुरु गर्ने अठोट गरेँ।

केही समयपछि, पवित्र आत्माको अगुवाइमा, मेरो मण्डलीका १०,००० भन्दा बढी मानिसहरूले परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरे। परमेश्‍वरलाई धन्यवाद होस्, अन्ततः मैले परमेश्‍वरको बगाललाई उहाँको सामु डोर्याएँ, अनि मैले अत्यन्त शान्ति र चैनको अनुभव गरेँ।

छ महिनापछि, ठूलो क्षेत्रका धेरैभन्दा धेरै मानिसहरू मण्डलीमा सामेल भएका थिए, त्यसैले मण्डलीहरू क्षेत्रीय रूपमा विभाजित हुनुपरेको थियो अनि अगुवाहरू र कार्यकर्ताहरू चुनिनु परेको थियो। म चाहिँ यस्तो सोचेर अति अहङ्कारी भएको थिएँ, “तिमीहरूले मण्डलीलाई जसरी विभाजन गरे पनि, मेरो कामका क्षमताहरू र अनुभवको कारणले म अझै पनि अगुवा हुनेछु। म थुप्रै मण्डलीहरू व्यवस्थापन गर्नसक्छु, केही समस्या छैन।” तथापि, केही दिनपछि, म दुई जना ब्रदरसित एउटा भेलामा छँदा एउटा मण्डलीको अगुवा आएर भने, “राज्यको सुसमाचार फैलाउने समय अहिले नै हो। अरू ठाउँमा गएर सुसमाचार फैलाउन हामीलाई राम्रो क्षमता भएका, बाइबल राम्रो जानेका केही दाजुभाइ-दिदीबहिनीहरू आवश्यकता छ। यो विशेष गरी महत्वपूर्ण काम हो। के तपाईंहरू तीनजना जान इच्छुक हुनुहुन्छ?” दुई जना ब्रदरले खुशीसाथ जानेछौं भनी भने, तर यसको बारेमा त्यति खुशी थिइनँ र मैले मनमनै सोचेँ, “मैले पुरानो सम्प्रदायलाई वर्षौंसम्म डोर्याएँ, हजारौँ मानिसहरूलाई व्यवस्थित गरेँ। अहिले म फेरि सुसमाचार प्रचार गर्न लागेको छु जब कि ममुनिका सहकर्मीहरू अगुवा भइसकेका छन्। मैले कसरी मेरो अनुहार फेरि देखाउन सकूँला? यो अपमानजनक छ!” मैले अगुवा भएर सेवा गरेको थुप्रै वर्षको अवधिको बारेमा विचार गरेँ, म जहाँसुकै गए पनि मेरो उच्च प्रतिष्ठा हुन्थ्यो र मलाई श्रद्धाको पात्र ठानिन्थ्यो, मैले चाहना गर्न सक्ने हरेक व्यवहार म पाउथें। अहिले मसित केही थिएन, अनि मैले गएर फेरि सुसमाचार प्रचार गर्ने कष्ट भोग्नुपर्नेथियो। मैले यसलाई सहनै सकिनँ। तर, यसलाई अरूको अगाडि इन्कार गर्नु अति असहज हुनेथियो, त्यसैले मैले अनिच्छापूर्वक सहमति जनाएँ। मैले मनमनै सोचेँ, “मैले राम्ररी सुसमाचार प्रचार गर्नुपर्छ। जहिलेसम्म मैले धेरै मानिसहरूलाई विश्‍वासमा ल्याउन सक्छु, तबसम्म दाजुभाइ-दिदीबहिनीहरूले मलाई अझै सराहना गर्नेछन्।” अनि जब मैले यो महसुस गरेँ, तब मैले राम्ररी सुसमाचार प्रचार गर्न सकेँ। धेरै लामो समय बित्नुअघि नै, ४०० भन्दा बढी मानिसहरूले परमेश्‍वरको नयाँ कामलाई स्वीकार गरिसकेका थिए। त्यस समयमा मलाई लागेको थियो कि चाहे म जहाँ गए पनि, दाजुभाइ-दिदीबहिनीहरूले मलाई उत्साहपूर्वक अभिवादन गर्छन् र मलाई सराहना गर्छन्। म एकपल्ट फेरि मैले सम्हालेको पदले ल्याएको आनन्दमा जिइरहेको थिएँ, अनि सुसमाचार फैलाउने मेरो जोश झनै बढ्यो।

सन् २००० को अगस्टमा, म सुसमाचार फैलाउन ब्रदर लीयूसित सहरबाट बाहिर गएँ। ब्रदर लीयू सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमा मभन्दा लामो समयदेखि विश्‍वासी रहेका थिए अनि स्पष्ट रूपले उनले सत्यताको बारेमा सङ्गति गर्थे। म यो सोचेर पनि खुशी थिएँ कि, मैले आफ्ना कमी कमजोरीहरूलाई पूर्ति गर्न उनका सबल पक्षहरूलाई प्रयोग गर्न सक्नु कति राम्रो कुरा हो। एक पल्ट, उनी र म एउटा धार्मिक सम्प्रदायका एउटा झुण्डलाई सुसमाचार प्रचार गर्न गयौं। तिनीहरूले केही धार्मिक धारणाहरूको बारेमा जोडदार रूपले कुरा गरे, अनि म तिनीहरूलाई सङ्गति दिन चाहन्थेँ। तर मेरो आफ्नो सत्यताको बुझाइ अति कम भएको कारणले म सहायता गर्न इच्‍छुक भए पनि मैले त्यसो गर्न सकिनँ। अन्त्यमा, ब्रदर लीयूले शान्तपूर्वक तिनीहरूको धारणाहरूलाई खण्डन गर्दै तिनीहरूसित सङ्गति गरे, अनि तथ्यपूर्ण र यथोचित ढङ्गले बोले। हामीले सङ्गति गरिरहेका मानिसहरूले पहिले स्वीकार नगरे पनि तिनीहरूले सुन्दै गर्दा तिनीहरू ब्रदर लीयूले भनिरहेको कुरा साँचो हो भनी निश्चित हुन थाले अन्त्यमा तिनीहरूले सहमतिमा मुन्टो हल्लाउँदै थिए। परिणाम राम्रो आएको देखेर ब्रदर लीयूको निम्ति मभित्र ईर्ष्या र सराहना दुवै भावनाहरू जाग्यो। मैले सोचेँ: “ब्रदर लीयूले अति स्पष्ट प्रकारले सङ्गति गर्‍यो। यदि यस्तै भइरह्यो भने, मेरो भूमिका भनेको उनलाई राम्रो देखाउने मात्रै हुनेछ, अनि अरूले उनी मभन्दा उत्तम छन् भनी भन्नेछन्। त्यसरी हुँदैन! मैले आफूलाई सत्यताले सुसज्जित पार्नुपर्छ र ब्रदर लीयूलाई उछिन्ने कोसिस गर्नुपर्छ।” म घर फर्किसकेपछि, मैले झिसमिसेदेखि गोधूलि साँझसम्मै परमेश्‍वरका वचनहरू पढ्न थालेँ, यस क्रममा मैले आफैलाई सुसमाचार फैलाउने सत्यताहरूले सुसज्जित पारेँ। खाना खाने समयमा पनि म ब्रदर लीयूले कसरी सङ्गति दिए भन्ने बारेमा सोच्थें ताकि म अर्को पल्ट सुसमाचारका लक्षित मानिसहरूलाई कसरी सङ्गति दिने भनी जान्न सकूँ, ताकि कम्तीमा म ब्रदर लीयू जतिको राम्रो देखिन सकूँ।

तथापि, छक्कै पार्ने कुरो के भयो भने अर्कोपल्ट जब हामी ती मानिसहरूलाई प्रचार गर्न गयौं, तिनीहरूले केही नयाँ प्रश्नहरू उठाए अनि मैले फेरि स्पष्ट रूपले सङ्गति दिन सकिनँ। मैले जे भनिरहेको थिएँ, तिनीहरूले राम्रोसित नबुझिरहेको देख्दा यसले मलाई असहज अनुभूति गरायो। त्यस क्षणमा, ब्रदर लीयूले हतारपूर्वक परिस्थितिलाई आफ्नो हातमा लिए। तिनीहरूले उनलाई ध्यान दिएर सुने, समय-समयमा मुन्टो हल्लाए, अनि अन्त्यमा, तिनीहरूले सबै कुरा धेरै राम्रोसित बुझे। तथापि, म आफैलाई अप्ठ्यारोमा पार्न मात्र सफल भएको थिएँ अनि जमिन फाटेर मलाई सिङ्गै निलेको भए हुनेथियो भन्‍ने मलाई लाग्यो। मैले सोचेँ: “म ब्रदर लीयूसित आएँ, तर मैले स्पष्ट रूपले सङ्गति गर्न सकिनँ र म केही कामलाग्दो भइनँ। तिनीहरूलाई अझै पनि आफ्ना समस्या समाधानको लागि उनी नै चाहिन्छ। कति अपमानजनक कुरा!” मलाई याद छ, मैले मेरो प्रतिष्ठालाई जोगाउन, मैले ब्रदर लीयूले सङ्गति दिँदा एक छिन रोकिए भने म एक-दुई शब्‍दहरू बोलिहाल्थेँ। एक दिनपछि, तिनीहरू सबैले सुसमाचार ग्रहण गरे। यसले मलाई साँच्चै नै खुशी बनायो, तर भित्र म अलि हतोत्साहित भएँ। मलाई के लाग्यो भने, तिनीहरूले सुसमाचार ग्रहण गर्नुमा मेरो भूमिका छैन अनि मैले आफूलाई राम्ररी प्रदर्शन गरेको छैन। हामीले सँगै खाना खाएपछि, ती नवआगन्तुकहरूले हाम्रो अनुभवहरूको बारेमा हामीसित सोधे। मैले सोचेँ: “प्रायः ब्रदर लीयू यसमा अब्बल हुनहुन्छ, तर यो पालि मैले आफ्नो अनुभवहरूको बारेमा भन्ने अवसर लिनुपर्छ ताकि तिनीहरूले म महत्वहीन व्यक्ति हुँ भनी नसोचून्।” त्यसैले, मैले आफूले गरेको काम र मैले सहेको कष्ट, अनि मैले १०,००० मानिसहरूलाई परमेश्‍वरकहाँ फर्काएको बारेमा कुरा गरेको गरेकै गरिरहेँ। मैले साँच्चै बढाइचढाइ गरी कुरा गरेँ। ती दाजुभाइ-दिदीबहिनीहरूमध्ये केही चकित भए, केहीले प्रशंसाको भावले मलाई हेरे अनि केहीले ध्यान दिएर मात्रै सुने। म प्रसन्न थिएँ। मैले सीधा खडा रहेर निर्धक्कताका साथ बोलेँ।

जब म त्यस दिन घर पुगेँ, मैले सोचेँ, “जब सुसमाचार फैलाउने कुरा आउँछ, तब मसित थुप्रै सत्यताहरूको कमी छ। के मैले यसको बारेमा ब्रदर लीयूसित सोधखोज गर्नुपर्ला त?” तर मैले सोचेँ, “यदि मैले यसको बारेमा ब्रदर लीयूसित सोधपुछ गरेँ भने, के यसले उनी मभन्दा उत्तम छन् भनी देखाउनेछैन र? भैगो, छोडिदिऊँ, म गुप्तमा सत्यताहरूले आफैलाई सुसज्जित बनाइरहनेछु। म उनलाई सोध्नेछैनँ।” पछि, जब हामी दुवै फेरि सुसमाचार प्रचार गर्न गयौं, तब दाजुभाइ-दिदीबहिनीहरूले ब्रदर लीयूलाई न्यानो अभिवादन गरे। तिनीहरू यसको र त्यसको बारेमा प्रश्नहरू सोध्दै उनको वरिपरि जम्मा भए। यसले मलाई साँच्चै खिन्न तुल्यायो अनि म आफ्नो शिर झुकाएर एकापट्टि यस्तो सोच्दै उभिरहेँ, “ब्रदर लीयूले यस्तो राम्रो सङ्गति दिन्छन् भने म यहाँ हुनुको के अर्थ भयो र? के म अरूको नजरमा नचाहिएको वस्तु भइनँ र? उनी नै सधैँ अब्बल देखिन्छन् यदि यस्तै नै भइरह्यो भने मलाई कसैले पनि आदर गर्नेछैनन्।” एक्कासि अब म उपरान्त ब्रदर लीयूसित आफ्नो काम गर्नेछैन भन्ने एउटा विद्रोही विचार मेरो मनमा आयो। मभित्र यो विचार आइसकेपछि, जब-जब ब्रदर लीयू र म प्रचार गर्नको निम्ति जान लाग्थ्यौं, तब म आफू सन्चो छैनँ र घरमै रहन चाहन्छु भनेर बहानाहरू गर्थें। कहिलेकाहीँ, म उनीसित गए पनि म सङ्गति दिँदिनथें अनि कसैले मलाई प्रश्न सोधे भने म अनिच्छापूर्वक केही शब्‍दहरू बोलेर सङ्गति गर्थें। म आधारभूत रूपमा उनीसित काम गर्न चाहँदिन थिएँ। हामीले दुई महिनासम्म सँगै काम गर्न पुगेछौँ त्यस अवधिमा मैले चाहिँ लगातार ख्यातिको निम्ति होड गर्दै थिएँ अनि आफ्नै हितहरूको लागि संघर्ष गरिरहेको थिएँ। मेरो अवस्था झन्-झन् अन्धकारमय, झन्-झन् खराब भयो, तापनि पश्चातापले कहिल्यै मेरो मनमा प्रवेश गरेन। यसै समयमा परमेश्‍वरले मलाई ताडना दिनुभयो र अनुशासनमा राख्नुभयो।

एक दिन, मलाई उत्तरपूर्वी चीनमा सुसमाचार प्रचार गर्नको निम्ति जान भनियो। जब मैले यो सुनेँ, म यसो सोच्दै उल्लसित भएँ। “अन्त्यमा, मलाई उप्रान्त ब्रदर लीयूसित काम गर्न आवश्यक परेन। यो मेरो चम्किने समय हो, अनि जब म मानिसहरूलाई सुसमाचार प्रचार गरेर विश्‍वासमा ल्याउँछु, त्यसको सबै जिम्मेवारी मेरो हुनेछ। दाजुभाइ-दिदीबहिनीहरूले निश्चय नै मलाई सराहना गर्नेछन्।” मैले थाहा नपाउन नसकेको कुरा के थियो भने, त्यहाँ यात्रा गर्ने क्रममा, प्रहरीले मसँग परिचयपत्र छैन भन्‍ने देखे अनि मलाई भागेर गएको एउटा हत्यारा ठानेर पक्राउ गरे। मैले जतिसुकै स्पष्टीकरण दिने कोसिस गरे पनि तिनीहरूले सुन्दै सुनेनन्, अनि तिनीहरूले मलाई तीन दिन र तीन रातसम्म यातना दिए। मलाई केही खान वा सुत्न अनि मुख भिजाउने पानी समेत दिएनन्। मेरो मुख र नाकबाट रगत नबगेसम्म अनि मेरो आँखाहरू सुनिएर खोल्नै नहुँदासम्म तिनीहरूले मलाई पिटे। तिनीहरूले मलाई घाइते नभएसम्म पिटे। धेरै पल्ट बेहोस भएको म सम्झन्छु; मृत्यु नै मेरो निम्ति ठूलो राहत हुन्छ जस्तो भएको थियो। मैले आफ्नो हृदयमा निकै ठूलो व्यथा अनुभव गरेँ अनि यी दियाबलसहरूलाई त्यस्तो दुष्ट भएकोमा मलाई घृणा लाग्यो। तिनीहरूले विस्तृत अनुसन्धान गरेनन् अनि तिनीहरूसित बिलकुल कुनै प्रमाण थिएन, तापनि मलाई निर्दयतापूर्वक सोधपुछ गरियो। त्यसबेला, मलाई सुरक्षा गर्न र अगुवाइ गर्नुहोस् भनेर मैले परमेश्‍वरसित प्रार्थना मात्र गरिरहेँ। परमेश्‍वरले मेरो जीवनमा यो सबै हुन अनुमति दिइरहनुभएको थियो अनि मैले सत्यतालाई खोजी गर्नुपर्छ र जे भइरहेको छ, त्यसबाट मैले सिक्नुपर्छ भन्‍ने मलाई लाग्यो। त्यसपछि, मैले आफ्नै बारेमा मनन गर्न थालेँ: “किन मलाई यस्तो भइरहेको छ?” त्यसै बेला, परमेश्‍वरका वचनहरूको एउटा खण्ड मेरो मनमा आयो: “तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर निराकरण गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट निराकरण र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ” (वचन देहमा देखा पर्नुहुन्छको “तँ किन प्रतिभार हुन अनिच्छुक छस्?”)। परमेश्‍वरका वचनहरूलाई चिन्तन गर्दा, मैले हैसियतप्रतिको निम्ति मेरो चाहना कति ठूलो रहेछ भन्‍ने थाहा पाएँ। मैले ब्रदर लीयूसित सुसमाचार प्रचार गर्दाको समयबारे विचार गरेँ। जब उनले राम्रो सङ्गति दिएको अनि सबैले सराहनापूर्वक उनलाई हेरेको म देख्थें, तब म ईर्ष्यालु हुन्थें अनि को श्रेष्ठ छन् भनी पत्ता लगाउन उनीसित होड गर्न चाहन्थेँ। नवआगन्तुकहरूको सामु आफैलाई उचाल्न र देखावटी गर्न म आफ्नै अनुभवहरूको बारेमा कुरा गर्थेँ ताकि तिनीहरूले मलाई आदर गरुन् र मलाई श्रद्धाको पात्र ठानून्। जब मैले दाजुभाइ र दिदीहरूबाट केही प्रशंसा पाइनँ, तब म नकारात्मक र विरोधी भएँ अनि मैले उप्रान्त ब्रदर लीयूसित काम गर्न चाहिनँ, अनि मैले झारा टार्ने हिसाबले मात्रै काम गर्दै गएँ। म परमेश्‍वरको गवाही दिनको निम्ति आफ्नो काम गरिरहेको थिइनँ तर बदलीमा ख्याति र हैसियत पाउनको निम्ति कामलाई प्रयोग गरिरहेको थिएँ। म कति घिनलाग्दो थिएँ! मैले ख्याति र मेरो आफ्नै व्यक्तिगत हितहरूलाई पछ्याउने बाहेक अरू केही गरिरहेको थिइनँ अनि यस्तो गहिरो प्रकारले अन्धकारमा खसेको भएतापनि पश्‍चाताप भन्ने कुरा मेरो मनमा कहिल्यै आएन। म कति विद्रोही थिएँ! मैले यसको बारेमा जति बढी सोचेँ, मलाई आफैप्रति त्यति नै बढी घृणा लाग्यो, त्यसैले मैले परमेश्‍वरसित प्रार्थना गरेँ। मैले भनेँ, “प्रिय परमेश्‍वर, मैले आफ्नो काममा सधैँ हैसियतलाई पछ्याउने गर्थें अनि ख्याति र प्राप्तिको निम्ति होड गर्थेँ। तपाईंले यसलाई कति धेरै घृणा गर्नुहुन्छ होला! अहिले तपाईंले मलाई ताडना दिँदै र अनुशासनमा राखिरहनुभएको छ अनि म इमान्दारपूर्वक आफ्नो बारेमा मनन गर्न चाहन्छु, अनि तपाईंका बन्दोबस्तहरू र तपाईंको योजनाबद्ध कार्यहरूलाई शिरोपर गर्न चाहन्छु। यदि म यसद्वारा जिउनु छ भने, म आफ्नो हैसियतलाई छोडिदिन र इमान्दारीतापूर्वक सत्यतालाई पछ्याउन चाहन्छु।” आश्चर्यको कुरा, जब मैले आफैलाई सुम्पेँ र केही पाठहरू सिकेँ, तब परमेश्‍वरले मलाई उहाँको कृपा देखाउनुभयो। प्रहरीले तिनीहरूको प्रणालीमा मेरो परिचयपत्र भेट्टाउन सके अनि म अपराधी होइन भन्ने कुरा महसुस गरेर तिनीहरूले मलाई जान दिए।

जब म घर फर्केँ, म स्वास्थ्य परीक्षणको निम्ति अस्पताल गएँ। मेरो दाहिने खुट्टा र मेरो करङ भाँचिएको थियो। आगामी केही महिनासम्म, मैले परमेश्‍वरका वचनहरू खाए र पिएँ अनि घरमा स्वास्थ्यलाभ गर्दै-गर्दा आफ्नै बारेमा मनन गरेँ। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्‍वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: ‘हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्‌हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्‌हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्‍वरमाथि गरिने विश्‍वास भनिने थिएन।’ धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूको हृदयहरूलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्‍छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्। के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? ‘मैले परमेश्‍वरमाथि विश्‍वास गर्ने हुनाले ममाथि आशिष्‌हरूको वर्षा हुनुपर्छ र मेरो हैसियत कहिले पनि फुत्केर नगएको होस् र त्यो गैरविश्‍वासीहरूको भन्दा उच्‍च रहनुपर्छ भन्‍ने कुराको सुनिश्‍चित गरिनुपर्छ।’ तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण केवल एक वा दुई वर्षदेखि मात्र होइन तर धेरै वर्षदेखि राखेका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेको भए तापनि तिमीहरूले हैसियतलाई अझ पनि छाडेका छैनौ तर एक दिन तिमीहरूको हैसियत गुम्‍नेछ र तिमीहरूको नाम नष्ट हुनेछ भन्‍ने गहिरो डरको साथ यसको बारेमा निरन्तर सोधपुछ गर्नमा सङ्घर्ष गर्छौ र दिनहुँ यसको अवलोकन गर्छौ। मानिसहरूले सहजता प्रतिको आफ्नो चाहनालाई कहिल्यै पन्छाएका छैनन्। … तिमीहरूलाई आफ्ना सम्भाव्यताहरू र भवितव्यलाई पन्छाउन गाह्रो हुन्छ। तिमीहरू अब अनुयायी हौ र तिमीहरूले यस चरणको कामको बारेमा केही समझ प्राप्त गरेका छौ। यद्यपि, तिमीहरूले अझ पनि आफ्नो हैसियतको इच्छालाई पन्छाएका छैनौ। तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू असल तवरले खोजी गर्छौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू खोजी नै गर्दैनौ। हैसियतका आशिष्‌हरू सधैँ तिमीहरूको मनमा हुन्छन्। किन अधिकांश मानिसहरूले आफूलाई नकरात्मकताबाट हटाउन सक्दैनन्? के उत्तर सधैं ‘आशाहीन सम्भावनाहरूको कारणले’ भन्ने हुँदैन र?” (वचन देहमा देखा पर्नुहुन्छको “तँ किन प्रतिभार हुन अनिच्छुक छस्?”)।

मैले परमेश्‍वरका वचनहरू भएका एउटा भजन पनि सुनेँ: “मानिस शरीरमा जिउँछ, जसको अर्थ ऊ मानव नरकमा, अनि परमेश्‍वरको न्याय र सजायविना मानिस शैतानजस्तै अशुद्ध छ। परमेश्‍वरद्वारा दिइने सजाय र न्याय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा महान् अनुग्रह हो। परमेश्‍वरको सजाय र न्यायद्वारा मात्रै मानिस बिउँझन सक्छ र उसले शरीरलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्‍वरको कठोर अनुशासनले मात्रै मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई आफ्‍नै सानो संसारबाट मुक्त गर्छ, र उसलाई परमेश्‍वरको उपस्थितिको ज्योतिमा जिउन दिन्छ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “परमेश्‍वरको सजाय र न्याय नै मानिसको मुक्तिको ज्योति हो”)। यी भजन सुन्दै गर्दा म धेरै रोएँ। मैले बल्‍ल थाहा पाएँ, परमेश्‍वरले मानिसलाई घृणा गर्नुभए होइन तर मानिसलाई मुक्ति दिन चाहनुभएको कारणले गर्दा उहाँले न्याय गर्ने र ताडना दिनुहुने रहेछ। उहाँले मेरो ख्याति र हैसियतलाई पछ्याउने मेरो गलत दृष्टिकोणलाई सच्याउन चाहनुहुन्थ्यो। म सानो छँदादेखि नै, यी शैतानी विषहरू अनुसार जिउथें, “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” अनि “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ।” मैले पाएको हरेक अवसरमा म अरूभन्दा अब्बल देखिन चाहन्थेँ अनि मैले यसको सपना पनि देख्थें। मैले प्रभुलाई विश्‍वास गरिसकेपछि, मैले बलिदानहरू गरेँ अनि उच्च ओहोदा पाउन मात्र आफैलाई समर्पित गरेँ ताकि दाजुभाइ-दिदीबहिनीहरूले मलाई प्रशंसा गरुन् अनि मलाई श्रद्धाको पात्र ठानून्। म ख्रीष्ट सँगसँगै राजा जस्तै राज्य पनि गर्न चाहन्थेँ। मेरा महत्वाकांक्षाहरूको कुनै सीमा नै थिएन! जब मैले सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचार सुनेँ, मैले त्यही बेला प्रभु आउनुभएको कुरा थाहा पाएँ, तर अगुवाको रूपमा मैले आफ्नो पदलाई त्याग्न नसकेको कारणले मैले त्यसलाई स्वीकार गर्न चाहिनँ, अनि झन्डैले विश्‍वासयोग्य मानिसहरूलाई परमेश्‍वरको राज्यभित्र प्रवेश गर्नदेखि रोक्ने दुष्ट नोकर भएको थिएँ। सर्वशक्तिमान् परमेश्‍वरको काम ग्रहण गरेदेखि पहिलेका दुई वर्षमा, बाहिरबाट हेर्दा मैले नेतृत्वको पद छोडिसकेको जस्तै देखिन्थें, तर मेरो हृदय अझै पनि ख्याति र हैसियतको वशमा थियो। दाजुभाइ-दिदीबहिनीहरूले मलाई प्रशंसा गर्दा र श्रद्धाको पात्र ठान्दा, म खुशी हुन्थें र आफ्नो काममा जोशिलो हुन्थें। तर जब तिनीहरू मप्रति उदासीन हुन्थे, तब म हताश हुन्थें अनि उप्रान्त आफ्नो काम गर्न चाहँदिनथिएँ। मैले के देखेँ भने, सत्यतालाई पछ्याउन र आफ्नो स्वभावलाई परिवर्तन गर्न वा परमेश्‍वरको स्याबासी पाउनको लागि मैले आफ्नो काम गरिरहेको थिइनँ, तर अरूले मलाई आदर गरून् भनेर अरूभन्दा अब्बल देखिनको निम्ति गरिरहेको थिएँ, अनि मेरो आफ्नै महत्वाकांक्षाहरू र इच्छाहरूलाई परिपूर्ति गर्नको निम्ति गरिरहेको थिएँ। के मैले ढिठपूर्वक परमेश्‍वरलाई प्रयोग गरिरहेको अनि उहाँलाई छलिरहेको थिइनँ र? मैले परमेश्‍वरलाई विरोध गरिरहेको थिएँ! म यी शैतानी विषहरूद्वारा बाँचिरहेको थिएँ, यसरी मानवता वा विवेकको एक लेशविना झन्-झन् अहङ्कारी हुँदै थिएँ। परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशहरू अनि ताडना र अनुशासन नहुँदो हो त, ताडना शैतानद्वारा म कति गहिरोसित भ्रष्ट भएको रहेछु अनि हैसितप्रतिको निम्ति मेरो चाहना कति ठूलो रहेछ भनेर मैले कहिल्यै थाहा पाउन सक्ने थिइनँ, मैले झन्-झन् हैसियतका आशिषहरूको लालसा गरिरहेको हुन्थें र म झन्-झन् भ्रष्ट भएको हुन्थें, यसरी अन्त्यमा म परमेश्‍वरद्वारा श्रापित र दण्डित भएको हुन्थें। मैले बल्‍ल के बुझेँ भने परमेश्‍वरले जेसुकै गर्नुभए पनि, चाहे त्यो न्याय गर्ने, सजाय दिने, ताडना दिने वा अनुशासित गर्ने कुरा नै किन नहोस्, यो सबै मानवजातिको निम्ति मुक्ति र प्रेम हो।

तब, मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “परमेश्‍वरको दृष्टिकोण भनेको मानिसलाई उसको मूल कर्तव्य र प्रतिष्ठालाई पुनःप्राप्ति गर्न लगाउनु हो। मानिस परमेश्‍वरको सृष्टि हो, र त्यसकारण मानिसले परमेश्‍वरबाटको कुनै पनि मागहरू गरेर आफैलाई नाघ्नु हुँदैन, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई पूरा गर्ने बाहेक केही पनि गर्नु हुँदैन” (वचन देहमा देखा पर्नुहुन्छको “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ”)। “परमेश्‍वरको सृष्टिको रूपमा मानिसले पनि मानिसको कर्तव्य निभाउनैपर्छ। ऊ सबै थोकका प्रभु वा हेरचाह गर्ने व्यक्ति भए तापनि, सबै थोकको बीचमा मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानव बाहेक केही पनि होइन, र महत्त्वहीन मानवजाति, परमेश्‍वरको सृष्टि बाहेक केही पनि होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन। परमेश्‍वरको सृष्टिको रूपमा, मानिसले परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरिकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्न खोजी गर्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा तिनीहरूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नुहुँदैन; खोजी गर्ने सबैभन्दा सहि माध्यम यही नै हो। यदि तैँले सत्यताको खोजी गर्छस्, यदि तैँले सत्यतालाई अभ्यास गर्छस् भने, र तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सहि छ। यदि तैँले देहका आशिषहरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्‍ना धारणाहरूको सत्यतालाई अभ्यास गर्छस् भने, र तेरो स्वभावमा कुनै परिवर्तन छैन, र देहमा तँ परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी छैनस्, अनि तँ अझै अस्पष्टतामा नै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै खोजीमा निर्भर हुन्छ, भन्‍नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ”)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने म एउटा सृजिएको प्राणी हुँ जसले आफ्नो उचित ठाउँ लिनुपर्छ, परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, परमेश्‍वरको आज्ञा मान्नुपर्छ, आफ्ना भ्रष्ट स्वभावहरूलाई त्याग्नुपर्छ अनि सृजिएको प्राणीको रूपमा रहेको आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। केवल यही मात्रै ठीक खोजी हो। मैले के पनि महसुस गरेँ भने कसैले मुक्ति प्राप्त गर्छ कि गर्दैन अनि सिद्ध हुन्छ कि हुँदैन भन्ने कुरा तिनीहरूसित हैसियत छ कि छैन भन्ने कुरासित सम्बन्ध हुँदैन। कसैले जस्तोसुकै काम गरे पनि, परमेश्‍वरले हेर्नुहुने कुरा भनेको तिनीहरूको इमानदारीता र आज्ञाकारीता हो, यसरी उहाँले तिनीहरूले सत्यतालाई पछ्याउँछन् कि पछ्याउँदैनन् अनि तिनीहरूको जीवन परिवर्तन भएको छ कि छैन भनी हेर्नुहुन्छ। जब मैले यस कुरालाई महसुस गरेँ, तब मैले परमेश्‍वरसित यसो भनेर प्रार्थना गरेँ: “मैले भविष्यमा चाहे जस्तोसुकै काम गरे पनि, चाहे मसित कुनै हैसियत भए पनि, नभए पनि, म इमान्दारीतापूर्वक सत्यतालाई पछ्याउन चाहन्छु अनि सृजिएको प्राणीको रूपमा रहेको आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु।” त्यसको लगभग दुई महिनापछि, मेरा चोटपटकहरू राम्रो हुँदै गए अनि म फेरि बाहिर सुसमाचार सुनाउन जान सकेँ। के परिवर्तन भएको थियो भने मैले उप्रान्त म हैसियतरहित छु भन्ने महसुस गरिनँ अनि अरूसित काम गर्दा मैले उप्रान्त सर्वश्रेष्ठ हुने होड गरिनँ। आफ्नो कर्तव्य मात्र पूरा गर्नु पाउनुले पनि म परमेश्‍वरद्वारा उचालिएको छु भनेर देखाउँछ भन्‍ने मैले महसुस गरेँ।

वर्षहरू बित्दै गए, अनि म हैसियतको बन्धन र साङलाहरूबाट स्वतन्त्र भएको छु भन्‍ने मलाई लाग्यो। तर, जब परमेश्‍वरले मेरो निम्ति एउटा नयाँ परिस्थिति मिलाइदिनुभयो, हैसियतको मेरो चाहनाले फेरि नराम्रोसित शिर उठायो। सन् २०१२ को हिउँदेयामको कुरा हो। प्रहरीहरूले पागलसरी इसाईहरूलाई पक्राउ गरिरहेका थिए, अनि यो निकै खराब समय थियो। एक दिन, अगुवाहरू र डिकनहरूले हाम्रो गाउँमा एउटा भेलाको आयोजना गरे। एउटा अगुवाले मसँग केही फुर्सद भएको देखेर मलाई सडकको एउटा कुनामा उभिएर निगरानी गर्न लगाए। म यस कुरामा साँच्चै बेखुशी भएँ तर दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई ध्यानमा राखेर म सहमत भएँ। अगुवा त्यहाँबाट गएपछि, मैले मनमनै सोचेँ: “म वर्षौंदेखि एउटा अगुवा रूपमा छु र सधैँ बाहिर सुसमाचार प्रचार गर्दै आएको छु। निगरानी गर्ने यस्तो तुच्छ काम त केही साधारण विश्‍वासीहरूलाई खोजेर गराउनु राम्रो हुन्थ्यो। किन मैले यो गर्नुपरेको छ? तिमीहरू सबै त्यहाँ भेलामा छौ जब कि म जोखिम मोलेर यहाँ चिसोमा बसिरहेको छु। के यो मसित कुनै हैसियत नभएकोले कारणले होइन र? यदि म अगुवा भएको भए मैले यसरी पहरेदारको काम गर्नुपर्ने थिएन।” एक्कासि मैले के महसुस गरेँ भने, हैसियतको निम्ति रहेको मेरो चाहना फेरि पुरानै अवस्थामा फर्किरहेको छ। त्यसैले, मैले हतार-हतार परमेश्‍वरसित यसो भन्दै प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, मैले अहिले यो तुच्छ काम गर्नु परेको छ र हैसियतको निम्ति रहेको मेरो चाहना फेरि जागेको छ। हे परमेश्‍वर, म फेरि यो हैसियतको बन्धनमा आउन चाहँदिनँ। कृपया, मलाई हैसियतका यी बन्धनहरूलाई तोड्न अगुवाइ गर्नुहोस्।” त्यसपछि मैले यी परमेश्‍वरका यी वचनहरू पढेँ: “केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको आराधना गरेको, र तिनीहरूका वरिपरि घुमेको तिनीहरू मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको मनमा आफ्नो हैसियत बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई विश्‍लेषण गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै नै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही कुरा काफी छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको मनमा आफ्नो हैसियत राख्न चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के महसुस गरेँ भने, म सधैँ उच्च पदहरूको पछि लाग्छु, सधैँ अरूले मलाई आदर गरुन् र श्रद्धाको पात्र ठानून् भनी चाहन्छु, म अरू मानिसहरूको हृदयमा ठाउँ चाहन्छु, सारमा, यसको अर्थ म अरू मानिसहरूको हृदयमा ठाउँ ओगट्न चाहन्छु भन्‍ने हुन्थ्यो। मैले मानिसहरूको निम्ति परमेश्‍वरसित प्रतिस्पर्धा गरिरहेको थिएँ! मेरो स्वभाव अति अहङ्कारी थियो! मैले कसरी पावलले सधैँ आफैलाई उचाल्दै अनि गवाही दिइरहेका हुन्थे, यस क्रममा उनी अरूबाट प्रशंसा र श्रद्धाको पात्र खोजिरहेका हुन्थे भन्‍ने बारेमा सोचेँ, किनकि उनले भनेका थिए, “मेरो लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो” (फिलिप्‍पी १:२१)। यसले गर्दा धेरै मानिसहरूले उनलाई सराहना र श्रद्धा गरे, यतिसम्म कि मानिसहरूको हृदयमा रहेको उनको स्थानले प्रभु येशू ख्रीष्टको स्थानलाई पनि उछिन्यो। के मैले जे सोचिरहेको थिएँ र त्यसबेला जुन कुरालाई पछ्याइरहेको थिएँ, त्यसले मलाई पावल जस्तै बनाउँदैन र? म वास्तवमै ख्रीष्ट-विरोधीहरूको परमेश्‍वरलाई विरोध गर्ने बाटोमा थिएँ; मैले साँच्चै नै परमेश्‍वर र मानिसहरूलाई विरक्त तुल्याइदिएको थिएँ, अनि म दण्डको योग्य थिएँ। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसहरूलाई शुद्ध गर्न र मुक्ति दिन सत्यतालाई व्यक्त गर्नुहुन्छ, तापनि विश्‍वास गरेको यति धेरै वर्षपछि पनि, मैले सत्यतालाई पछ्याउने कुनै प्रयास गरेको थिइनँ न त आफैलाई परिवर्तन गरेर परमेश्‍वरको आज्ञा मान्ने र आराधना गर्ने व्यक्ति हुन खोज्ने बारेमा नै कुनै विचार गरेको थिएँ। बरु, मैले मेरो सबै सोच र ऊर्जालाई हैसियत पछ्याउनमै प्रयोग गरेँ। यदि म यसरी अघि बढेँ भने त म परमेश्‍वरद्वारा श्रापित र दण्डित हुनेछु। म कस्तो मूर्ख भएको थिएँ!

तब, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, जोसँग घमन्ड गर्न लायकको केही पनि छैन। तिमीहरू परमेश्‍वरका प्राणीहरू भएकाले तिमीहरूले प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। तिमीहरूका लागि अरू आवश्यक सर्तहरू छैनन्। तिमीहरूले यसरी प्रार्थना गर्नुपर्छ: ‘हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईँको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंको अधीनमा पूर्ण रूपमा आज्ञाकारी हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्। म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म एक प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिका परमप्रभुद्वारा सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्।’ जब त्यो समय आउँछ जसले तँलाई हैसियतको बारेमा सोचविचार गर्न दिँदैन, तब तँ त्यसबाट मुक्त हुनेछस्। तब मात्र तँ आत्मविश्वास र हिम्मतका साथ खोजी गर्न सक्षम हुनेछस्, र तब मात्र तेरो हृदय कुनै पनि करकापबाट मुक्त हुन सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “तँ किन प्रतिभार हुन अनिच्छुक छस्?”)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने यदि कसैसित उच्च हैसियत छ भने, त्यसको अर्थ परमेश्‍वरले तिनीहरूलाई उचाल्नुभएको छ, अनि कसैसित सानो हैसियत छ भने त्यसको अर्थ, यो परमेश्‍वरले नै पूर्वनियुक्त गर्नुभएको हो। उहाँले मानिसहरूलाई जस्तो प्रकारले व्यवहार गर्नुभए पनि, हामीलाई जहाँसुकै राख्नुभए पनि, हामी सधैँ अधीनतामा रहनुपर्छ, आफ्नो काम राम्रोसित गर्नुपर्छ अनि गुनासो गर्नुहुँदैन। यो नै तर्कसङ्गत कुरा हो, अनि एउटा सच्चा सृजिएको प्राणीले यही गर्छ। जब मैले यो कुरा बुझेँ, तब म अधीनतामा रहन र सत्यतालाई अभ्यास गर्न इच्छुक भएँ, अनि त्यस बेलादेखि, मैले आफैलाई पहरेदार हुनको निम्ति अर्पण गरेँ। अगुवा र डिकनहरूले शान्तिपूर्वक आफ्नो भेलालाई सम्पन्न गर्न सकून् भनेर सुनिश्चित गर्न मैले पहरा दिने काम गरेँ। अगुवाले त्यसपछि पनि केही भेलाहरूको निम्ति पहरा दिनको निम्ति आग्रह गरे, तर मैले उप्रान्त यो ठूलो वा सानो हैसियत भन्ने विचार गरिनँ; मैले धेरै स्वतन्त्र र शान्ति अनुभव गरेँ।

ती वर्षहरूमा, परमेश्‍वरले मलाई उदाङ्ग पार्न बारम्बार परिस्थितिहरूको प्रबन्ध गर्नुभयो अनि उहाँले मलाई न्याय गर्न र सजाय दिन उहाँका वचनहरू प्रयोग गर्नुभयो ताकि म शैतानद्वारा कति भ्रष्ट भएको छु अनि हैसियतको निम्ति मेरो चाहना कति ठूलो छ भनी मैले साँच्चै देख्न सकूँ। मैले के पनि स्पष्ट रूपले पहिचान गरेँ भने, मानिसहरूलाई बन्धनमा राख्न शैतानले हैसियतको प्रयोग गर्छ: तपाईंले जति बढी हैसियतलाई पछ्याउनुहुन्छ, शैतानले तपाईंलाई त्यति नै बढी हानि गर्छ र तपाईंले परमेश्‍वरलाई अवज्ञा गर्नुहुन्छ र विरोध गर्नुहुन्छ। उद्धार पाउनको निम्ति मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा के कुरालाई पछ्याउनुपर्छ भनेर पनि मैले बुझ्दै आएँ। हैसियतको निम्ति त्यस्तो प्रबल चाहना र त्यस्ता ठूला महत्वाकांक्षाहरू भएर पनि मैले आफूलाई जसरी अहिले जस्तो परिवर्तन गर्न सकेको छु, परमेश्‍वरले मिलाउनुभएको परिस्थितिहरू र बन्दोबस्तहरूलाई शिरोपर गर्न सकेको छु, अनि मेरो कामलाई आज्ञाकारी भएर गर्न सकेको छु यो सबै परमेश्‍वरको न्याय र सजायको काम हो। परमेश्‍वरले मेरो पक्षमा कस्तो परिश्रमी प्रयास गर्नुभयो त्यसको निम्ति अनि मलाई मुक्ति दिनुभएको निम्ति म सर्वशक्तिमान् परमेश्‍वरलाई हृदयको गहिराइदेखि नै धन्यवाद दिन्छु!

अघिल्लो: एक अधिकृतको पश्‍चात्ताप

अर्को: आफ्नो कर्तव्यमा लागिरहनु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्