विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग सात)

आ. ख्रीष्टविरोधीहरूका हितहरू

घ. तिनीहरूका सम्भावना र नियति

पछिल्‍लोपटक, हामीले ख्रीष्टविरोधीहरूका हितहरूको चौथो बुँदा: तिनीहरूका सम्भावना र नियतिबारे सङ्गति गरेका थियौँ, जसलाई थप पाँचवटा बुँदामा विभाजित गरिएको छ। सर्वप्रथम, यी पाँच बुँदाहरू पुनरावलोकन गर। (१. ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी लिन्छन्; २. ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन्; ३. ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन्; ४. ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदनामलाई कसरी लिन्छन्; ५. ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नो हैसियतलाई कसरी लिन्छन्।) पछिल्‍लोपटक हामीले यीमध्ये पहिलो बुँदा “ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी लिन्छन्” भन्‍नेबारे सङ्गति गरेका थियौँ। सबभन्दा पहिले, हामीले परमेश्‍वरका वचनहरूप्रति व्यवहार गर्ने ख्रीष्टविरोधीहरूको प्राथमिक मनोवृत्तिमध्ये एउटालाई खुलासा गर्न “अध्ययन” भन्‍ने शब्द प्रयोग गर्‍यौँ। परमेश्‍वरका वचनहरूप्रति व्यवहार गर्ने तौरतरिकामा ख्रीष्टविरोधी मानिसहरूको प्राथमिक र आधारभूत मनोवृत्ति भनेको “अध्ययन” हो। तिनीहरू परमेश्‍वरका वचनहरूप्रति स्विकार्ने वा समर्पित हुने मनोवृत्तिले व्यवहार गर्दैनन्, बरु तिनीहरू तिनलाई छानबीन गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूलाई सत्यता वा मानिसहरूले पक्रिरहनुपर्ने मार्गका रूपमा स्विकार्ने वा लिने गर्दैनन्, र तिनीहरू परमेश्‍वरका वचनहरूप्रति सत्यता खोजी गर्ने वा सत्यता स्विकार्ने मनोवृत्तिले व्यवहार गर्दैनन्। बरु यसको साटो, हरेक कुरामा हुने तिनीहरूको उद्देश्य भनेकै तिनीहरूका आफ्नै इच्छा र महत्त्वाकाङ्क्षाहरू, र आफ्नै सम्भावना र नियति हुन्छन्, र तिनीहरू परमेश्‍वरका वचनहरूमा आफूले चाहेका गन्तव्यहरू, अनि सम्भावना र नियति खोज्छन्। परमेश्‍वरका वचनहरूलाई लिने तिनीहरूको प्राथमिक मनोवृत्तिमध्ये एउटा के हो भने, तिनीहरू हरेक मामलामा परमेश्‍वरका वचनहरूलाई आफ्नो सम्भावना र नियतिसँग जोड्छन्। उहाँका वचनहरूप्रति व्यवहार गर्ने तिनीहरूको मनोवृत्तिका आधारमा हेर्दा, यस्तो व्यक्तिको प्रकृति सार कस्तो हुन्छ भने, तिनीहरू परमेश्‍वरका वचनहरूमा साँचो रूपमा विश्‍वास नै गर्दैनन्, तिनलाई स्वीकार नै गर्दैनन्, वा तिनमा समर्पित नै हुँदैनन्, बरु ठूलो फाइदा प्राप्त गर्न तिनमा आशिष्‌ र फाइदाहरू खोज्दै तिनलाई छानबीन र विश्‍लेषण गर्ने गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूलाई जेजसरी लिन्छन् तिनीहरूको त्यो मनोवृत्तिका आधारमा हेर्दा, तिनीहरू परमेश्‍वरमा कति विश्‍वास गर्छन्? के तिनीहरूमा उहाँप्रति साँचो विश्‍वास हुन्छ? तिनीहरूको सारका आधारमा हेर्दा, तिनीहरूमा परमेश्‍वरप्रति साँचो विश्‍वास हुँदैन। त्यसोभए तिनीहरू किन अझै पनि परमेश्‍वरका वचनहरू उठाउन र पढ्न सक्छन्? तिनीहरूका प्रकृति सार, अभिप्राय, र इच्छाहरूबाट मूल्याङ्कन गर्दा, तिनीहरू परमेश्‍वरका वचनहरूबाट सत्यता र आफ्नो स्वभाव परिवर्तन गर्ने मार्ग प्राप्त गर्न, र यसमार्फत मुक्ति पाउन चाहँदैनन्। बरु, तिनीहरू त परमेश्‍वरका वचनहरूमा आफूले चाहेका सबै कुरा खोजी गर्न चाहन्छन्। तिनीहरू के खोजी गर्छन्? तिनीहरू रहस्यहरू खोजी गर्छन्, तिनीहरू स्वर्गलाई मात्रै थाहा हुने रहस्यहरू खोजी गर्छन्, र तिनीहरू केही उच्च धर्मसिद्धान्त र गहन ज्ञान खोजी गर्छन्। त्यसकारण, परमेश्‍वरका वचनहरूलाई लिने यस्तो व्यक्तिको मनोवृत्ति र प्रकृति सारका आधारमा हेर्दा, तिनीहरू सबै नै पूराका पूरा अविश्‍वासी हुन्। तिनीहरू राम्रो गन्तव्य, राम्रो सम्भावना, र राम्रो नियतिबाहेक अरू केही चाहँदैनन्। तिनीहरू इमानदारीसाथ परमेश्‍वरका वचनहरू स्वीकार गर्दैनन्, बरु आफूले चाहेका कुराहरू प्राप्त गर्न, र आशिष्‌हरू प्राप्त गर्ने आफ्ना इच्छा र महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न उहाँका वचनहरूभित्र विभिन्‍न अवसर र मार्गहरू खोज्ने प्रयास गर्छन्। त्यसकारण, यस्तो व्यक्तिले परमेश्‍वरका वचनहरूलाई सत्यता वा उसले पालना गर्नुपर्ने मार्गका रूपमा कहिल्यै लिनेछैन। यदि ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई यस्तो मनोवृत्तिले लिए भने, परमेश्‍वरका वचनहरूमा मानवजातिका लागि दिइएका सबैभन्दा आधारभूत मागहरूमध्ये को एक, अर्थात् सृजित प्राणीका रूपमा कर्तव्य निर्वाह गर्नुपर्ने मागप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? आज हामी दोस्रो बुँदा—ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन्—भन्‍नेबारे सङ्गति गर्नेछौँ र ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा के-कस्ता व्यवहारहरू र मनोवृत्तिहरू देखाउँछन्, त्यो खुलासा गर्नेछौँ।

२. ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन्

ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूलाई स्वीकार र समर्पणको मनोवृत्तिले लिँदैनन्, त्यसकारण मानवजातिले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ भन्‍ने उहाँका वचनहरूको मापदण्डलाई पनि अवश्य नै सत्यता स्विकार्ने मनोवृत्तिसाथ लिन सक्दैनन्। त्यसकारण, एक हिसाबमा तिनीहरू परमेश्‍वरले मानिसलाई सुम्पेको कर्तव्यप्रति प्रतिरोधी हुन्छन् र आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनन्, र अर्को हिसाबमा तिनीहरूलाई आशिष्‌हरू प्राप्त गर्ने अवसर गुमाउँछन् भन्‍ने डर हुन्छ। यसले एकप्रकारको लेनदेन पैदा गर्छ। त्यो कस्तो लेनदेन हो? तिनीहरू परमेश्‍वरका वचनहरूबाट के पत्ता लगाउँछन् भने, यदि मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गरेनन् भने, सायद तिनीहरूलाई हटाइनेछ, तिनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गरेनन् भने, तिनीहरूले सत्यता प्राप्त गर्ने कुनै अवसर पाउनेछैनन्, र तिनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गरेनन् भने, भविष्यमा स्वर्गको राज्यका आशिष्‌हरू गुमाउन सक्‍नेछन्। यसले के जनाउँछ? यसले के जनाउँछ भने, यदि कसैले आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, उसले अवश्य नै आशिष्‌हरू प्राप्त गर्ने आफ्नो मौका गुमाउनेछ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू अनि धेरै सङ्गति र प्रवचनहरूबाट यस्तो जानकारी प्राप्त गरेपछि, तिनीहरूको हृदयभित्र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने इच्छा र चासो विकास हुन्छ। के त्यस्तो इच्छा र चासो विकास गर्दा त्यसले तिनीहरू परमेश्‍वरका लागि इमानदारीसाथ आफूलाई समर्पित गर्न र इमानदारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् भन्‍ने देखाउँछ? ख्रीष्टविरोधीहरूको प्रकृति सारका आधारमा हेर्दा यस अवस्थामा पुग्‍न निकै गाह्रो हुन्छ। त्यसोभए, तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न के कुराले प्रेरित गर्छ? सबैको हृदयमा यसको एउटा विवरण हुनुपर्छ, र यस विवरणभित्र केही विशिष्ट कथाहरू हुनुपर्छ। त्यसोभए, ख्रीष्टविरोधीको हृदयमा रहेको यो विवरण कस्तो देखिन्छ? तिनीहरू अत्यन्तै राम्रो, ठिक, सटीक, र लगनशील हिसाबकिताब गर्छन्, त्यसकारण यो भ्रमित विवरण हुँदैन। जब तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्, तब सुरुमा यस्तो हिसाबकिताब गर्छन्: “यदि मैले अहिले आफ्नो कर्तव्य निर्वाह गर्ने हो भने, मैले परिवारसँग बस्‍नुको आनन्द त्याग्‍नुपर्छ, र मैले आफ्‍नो करियर र आफ्‍ना सांसारिक सम्भावनाहरू त्याग्‍नुपर्छ। यदि मैले आफ्नो कर्तव्य निर्वाह गर्न यी कुराहरू त्यागेँ भने, के प्राप्त गर्न सक्छु? परमेश्‍वरका वचनहरू भन्छन्, यो आखिरी युगमा, परमेश्‍वरलाई भेट्न सक्‍ने, परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्‍ने, र अन्त्यमा रहिरहन सक्‍नेहरू नै महान् आशिष्‌हरू प्राप्त गर्न सक्‍ने मानिस हुन्। परमेश्‍वरका वचनहरूले भनेअनुसार हेर्दा, मलाई लाग्छ परमेश्‍वरले यी वचनहरूअनुसार यो काम पूरा गर्न र हासिल गर्न सक्छन्। यसका साथै, आफ्नो कर्तव्य निर्वाह गर्न, अनि उहाँका लागि आफूलाई समर्पित गर्न सक्‍ने यी मानिसहरूलाई नै परमेश्‍वर धेरै प्रतिज्ञा प्रदान गर्नुहुन्छ!” परमेश्‍वरका वचनहरू अध्ययन गरेर, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने मानिसहरूलाई परमेश्‍वरले आखिरी युगमा दिएका धेरै प्रतिज्ञा अर्थ्याउँछन्, र यसका साथमा तिनीहरूका व्यक्तिगत कल्पनाहरू र यी वचनहरूलाई तिनीहरूले गरेका आफ्नै विश्‍लेषण र छानबीनद्वारा सिर्जित सबै धारणाले तिनीहरूमा आफ्‍नो कर्तव्य निर्वाह गर्नमा गहन चासो र आवेग पैदा गर्छ। त्यसपछि तिनीहरू परमेश्‍वरअघि प्रार्थना गर्न जान्छन्, जहाँ तिनीहरू गम्भीर प्रतिज्ञाहरू गर्छन् र शपथहरू खान्छन्, परमेश्‍वरका लागि सबै कुरा त्याग्‍ने र समर्पित गर्ने, यो जीवन उहाँलाई समर्पित गर्ने र सबै देहसुख र सम्भावनाहरू त्याग्‍ने आफ्नो सङ्कल्प स्थापित गर्छन्। तर तिनीहरूले यसरी प्रार्थना गरे पनि र तिनीहरूका सबै शब्दहरू सही देखिए पनि, तिनीहरू मनभित्र के सोच्छन् त्यो कुरा तिनीहरू र परमेश्‍वरलाई मात्रै थाहा हुन्छ। तिनीहरूका प्रार्थना र सङ्कल्प शुद्ध देखिन्छन्, मानौँ तिनीहरूले परमेश्‍वरको आज्ञा पूरा गर्न, आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न मात्रै यसो गरिरहेका छन्, तर तिनीहरूले हृदयभित्र भने कर्तव्य निर्वाह गरेर कसरी आशिष् पाउन र आफूले चाहेका कुराहरू प्राप्त गर्न सकिन्छ, र आफूले चुकाएका सबै कुरा परमेश्‍वरलाई कसरी देखाउन सकिन्छ र आफूले चुकाएको र गरेको कुराद्वारा उहाँलाई गहन रूपमा प्रभावित पार्न के गर्न सकिन्छ भनेर हिसाबकिताब गरिरहेका हुन्छन्, ताकि उहाँले तिनीहरूले गरेका कुराहरू याद गरेर अन्ततः तिनीहरूलाई तिनीहरूले चाहेका सम्‍भावना र आशिष्‌हरू प्रदान गर्नुहोओस्। ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नुअघि, हृदयभित्र आफ्ना सम्भावनाताहरू, आशिष्‌हरू, असल गन्तव्य, र मुकुटसमेत प्राप्त गर्ने अपेक्षाहरूले भरिन्छन्, र यी कुराहरू हासिल गर्ने कुरामा तिनीहरू पूर्ण विश्‍वस्त हुन्छन्। तिनीहरू त्यस्ता अभिप्राय र आकाङ्क्षाहरू लिएर कर्तव्य निर्वाह गर्न परमेश्‍वरको घर आउँछन्। त्यसोभए, के तिनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसमा परमेश्‍वरले अपेक्षा गर्नुहुने इमानदारी, साँचो विश्‍वास र बफादारी हुन्छ त? यस बिन्दुमा, अझै पनि तिनीहरूको साँचो बफादारी, विश्‍वास, वा इमानदारी देख्‍न सकिँदैन, किनभने हरेकले आफ्नो कर्तव्य निर्वाह गर्नुअघि पूर्ण रूपमा लेनदेनको मानसिकता बोकेको हुन्छ; हरेकले हितहरूद्वारा उत्प्रेरित भएर, अनि आफ्ना छचल्किरहेका महत्त्वाकाङ्क्षा र इच्छाहरूको पूर्वसर्तका आधारमा नै कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुमा तिनीहरूको अभिप्राय के हुन्छ? सम्झौता गर्नु, विनिमय गर्नु हुन्छ। के भन्‍न सकिन्छ भने तिनीहरूले कर्तव्य निर्वाह गर्नका लागि तय गर्ने सर्तहरू यिनै हुन्: “यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष्‌हरू प्राप्त गर्नैपर्छ र असल गन्तव्य पाउनैपर्छ। मैले परमेश्‍वरले मानवजातिका लागि तयार गरिएको छ भनेर भनेका सबै आशिष्‌ र फाइदाहरू प्राप्त गर्नैपर्छ। यदि मैले ती कुराहरू प्राप्त गर्न सकिनँ भने, म यो कर्तव्य निर्वाह गर्नेछैनँ।” तिनीहरू त्यस्ता अभिप्राय, महत्त्वाकाङ्क्षा र इच्छाहरू लिएर परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। तिनीहरूसँग केही इमानदारिता भएजस्तो देखिन्छ, अनि अवश्य नै नयाँ विश्‍वासीहरू र भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थालेकाहरूको हकमा भन्दा, यसलाई उत्साह भनेर पनि भन्‍न सकिन्छ। तर यसमा कुनै साँचो विश्‍वास वा बफादारी हुँदैन; त्यसमा त्यस हदको उत्साह मात्र हुन्छ। यसलाई इमानदारी भन्‍न सकिँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको यो मनोवृत्ति हेर्दा, यो पूर्ण रूपमा लेनदेनमा आधारित हुन्छ र यो आशिष्‌हरू प्राप्त गर्ने, स्वर्गको राज्यमा प्रवेश गर्ने, मुकुट प्राप्त गर्ने, र इनामहरू प्राप्त गर्नेजस्ता फाइदाहरूप्रतितिनीहरूका इच्छाहरूले भरिएको हुन्छ। त्यसकारण, बाहिरबाट हेर्दा के देखिन्छ भने, धेरै ख्रीष्टविरोधीले निष्कासित हुनुभन्दा पहिले, आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र तिनीहरूले औसत व्यक्तिले भन्दा बढी त्याग गरेका र कष्ट भोगेका हुन्छन्। तिनीहरूले समर्पित गर्ने कुरा र चुकाउने मूल्य पावलको जस्तै हुन्छ, र तिनीहरू पावलले भन्दा कम दौडधूप गर्दैनन्। यो कुरा सबैले देख्‍न सक्‍ने कुरा हो। तिनीहरूको व्यवहार अनि कष्ट भोग्‍ने र मूल्य चुकाउने तिनीहरूको सङ्कल्पका हिसाबमा हेर्दा त, तिनीहरूले केही पनि प्राप्त नगर्ने भन्‍ने त नहुनुपर्ने हो। तर परमेश्‍वर कुनै व्यक्तिलाई उसको बाहिरी व्यवहारका आधारमा होइन, उसको सार, उसको स्वभाव, उसले प्रकट गर्ने कुरा, र उसले गर्ने हरेक कुराको प्रकृति र सारका आधारमा हेर्नुहुन्छ। मानिसहरूले अरूको मूल्याङ्कन गर्दा र अरूसित व्यवहार गर्दा, तिनीहरू को हुन्, तिनीहरूले कति कष्ट भोग्छन्, र तिनीहरू कति मूल्य चुकाउँछन् भन्‍ने कुरा पूराको पूरा बाहिरी व्यवहारको आधारमा निर्धारित गर्ने गर्छन्, र यो गम्भीर गल्ती हो।

आफ्नो कर्तव्यलाई हेर्ने ख्रीष्टविरोधीहरूको मनोवृत्ति सुरुदेखि नै यस्तै रहेको छ। तिनीहरू महत्त्वाकाङ्क्षा, इच्छा, र लेनदेनको मानसिकता लिएर कर्तव्य निर्वाह गर्न परमेश्‍वरको घर आउँछन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नुभन्दा पहिले हृदयभित्र यिनै कुराको हिसाबकिताब र योजना गर्छन्। तिनीहरूको योजना के हुन्छ? तिनीहरूको हिसाबकिताबको चुरो कुरो र केन्द्रविन्दु के हुन्छ? तिनीहरूले आशिष्‌हरू प्राप्त गर्ने, असल गन्तव्य प्राप्त गर्ने उद्देश्य राखिरहेका हुन्छन्, र कतिपय मानिसले त विपत्तिबाट जोगिनेसमेत लक्ष्य लिइरहेका हुन्छन्। तिनीहरूको अभिप्राय यही हुन्छ। तिनीहरू बारम्बार परमेश्‍वरका वचनहरू छानबीन गर्छन्, तर तिनीहरू जीवनभरसम्‍म पनि परमेश्‍वरका वचनहरू सबै सत्यता हुन्, परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग हुन्छ, र परमेश्‍वरका वचनहरूले मानिसहरूलाई शुद्ध पार्न, स्वभाव परिवर्तन गर्न, र मुक्ति प्राप्त गर्न मद्दत गर्न सक्छन् भन्‍ने कुरा देख्‍न सक्दैनन्। तिनीहरूले जति नै आँखा च्यातेर हेरे पनि यी कुराहरू देख्‍न सक्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू जसरी पढे पनि, तिनीहरूले सबैभन्दा बढी वास्ता गर्ने र सबैभन्दा बढी महत्त्व दिने कुरा भनेको परमेश्‍वरका लागि त्याग गर्ने, समर्पित हुने, कष्ट भोग्‍ने, र मूल्य चुकाउनेहरूलाई उहाँले उपहारस्वरूप दिने आशिष् र प्रतिज्ञाहरूबाहेक अरू केही पनि हुँदैन। जब तिनीहरूले परमेश्‍वरका वचनहरूमा आफूले सबैभन्दा केन्द्रीय र महत्त्वपूर्ण ठानेका विषयवस्तु भेट्टाउँछन्, तब तिनीहरूलाई जीवनडोरी भेट्टाएजस्तै लाग्छ। तिनीहरूलाई ठूलो आशिष् प्राप्त गरिएला जस्तो लाग्छ, र आफू यस युगका सबैभन्दा आशिषित र भाग्यमानी मानिस हुँ भन्‍ने लाग्छ। त्यसकारण, तिनीहरू मनमनै आनन्दित हुन्छन्: “मैले यस जीवनमा राम्रो समय पाएको छु; युगौँदेखिका ती प्रेरित र अगमवक्ताहरू कसैले पनि आखिरी दिनहरूको ख्रीष्टलाई भेट्न पाएनन्। आज म आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याइरहेको छु, त्यसकारण मैले ठुला आशिष्‌हरू प्राप्त गर्ने यो अवसर गुमाउनु हुँदैन। यो इनाम र मुकुट पाउने मौका हो! गैरविश्‍वासीहरूले यो सौभाग्य पाउनेछैनन्, र तिनीहरूले यस जीवनमा जति नै राम्ररी आनन्द लिए पनि वा तिनीहरूको हैसियत जति नै उच्च भए पनि, ठुलठुला विपत्तिहरू आइपर्दा तिनीहरू सबै नष्ट हुनेछन्। त्यसकारण, मैले संसारका देहसुखहरू त्याग्‍नुपर्छ, किनभने मैले ती कुराहरूको जति नै धेरै आनन्द लिए पनि, ती क्षणिक र अल्‍पकालीन हुन्छन्। म भविष्यको बाटो हेर्नेछु र अझै ठूला आशिष् र इनामहरू, र अझै ठूलो मुकुट प्राप्त गर्नेछु!” त्यसकारण, तिनीहरू हृदयमा आफैलाई यस्तो चेतावनी दिन्छन्: “आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले जति धेरै कष्ट भोगे पनि वा जति धेरै दौडधूप गर्नुपरे पनि, म जेल परे पनि वा मैले यातना भोगे पनि, र मैले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, म लागिपर्नैपर्छ, लागिपर्नैपर्छ, त्यसपछि अझै धेरै लागिपर्नैपर्छ! म निराश हुनु हुँदैन, मैले सबै अपमान सहनैपर्छ र भारी बोझ लिनैपर्छ, र अन्तिम क्षणसम्म लागिपर्नैपर्छ। मलाई विश्‍वास छ, परमेश्‍वरले भनेको ‘अन्त्यसम्‍मै पछ्याउनेले अवश्य नै मुक्ति पाउनेछ’ भन्‍ने वचन मेरो जीवनमा पूरा हुनेछ।” के तिनीहरूले आफ्नो हृदयमा सोच्‍ने र विश्‍वास गर्ने कुनै पनि विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन्? (हुँदैनन्।) तीमध्ये कुनै पनि कुरा सत्यताअनुरूप हुँदैनन्, र तीमध्ये कुनै पनि कुरा परमेश्‍वरका वचनहरू वा परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुँदैनन्—ती सबै तिनीहरूको व्यक्तिगत सम्भावना र नियतिका लागि गरिने हिसाबकिताब र योजनाहरू हुन्। हृदयको गहिराइभित्र तिनीहरूसँग परमेश्‍वरका वचनहरूमा उल्लिखित मानवजातिप्रतिको कुनै पनि मागप्रति कुनै चासो हुँदैन; तिनीहरू तिनलाई कुनै ध्यान दिँदैनन्। हृदयभित्र तिनीहरू परमेश्‍वरका वचनहरूमा गरिएको मानवताको खुलासा र तिनीहरूप्रतिका मापदण्डहरूप्रति घिन र प्रतिरोध महसुस गर्छन्, र तिनीहरू धारणाहरूसमेत विकास गर्छन्, त्यसकारण जब तिनीहरू यी वचनहरू देख्छन्, तब ती वचनहरूप्रति प्रतिरोध महसुस गर्छन् र तिनीहरूलाई असहज लाग्छ, र त्यसपछि तिनीहरू ती वचनहरूलाई बेवास्ता गरी त्यसै छोडिदिन्छन्। जब परमेश्‍वरका वचनहरूमा उल्‍लेख गरिएका मानवजातिप्रतिका अर्ती, सान्त्वना, ताकिता, कृपा र सहानुभूतिको कुरा आउँछ, तब तिनीहरू यी वचनहरू ढोँग हुन् भन्‍ने विश्‍वास गर्दै अधैर्य देखाउँछन् र स्विकार्न वा सुन्न मान्दैनन्। तिनीहरू हृदयमा परमेश्‍वरका न्याय र सजायका वचनहरू र मानिसहरूमाझ उहाँले गर्ने परीक्षाहरूको कामप्रति घिन र प्रतिरोध महसुस गर्छन्, र तिनीहरू तिनलाई स्विकार्न अनिच्छुक हुन्छन् र तीबाट टाढा बस्छन्। बरु यसको साटो, तिनीहरू मानवजातिका लागि परमेश्‍वरले दिएका प्रतिज्ञा वा आशिष्‌हरूसँग सम्‍बन्धित वचनहरूमा मात्रै ठूलो चासो देखाउँछन्, र तुरुन्तै स्वर्गको राज्यमा उचालिने र सबै कष्टबाट मुक्त पारिने इच्छा पूरा गर्नका लागि आशिष्‌हरू प्राप्त गर्ने आफ्नो अधीर इच्छा सन्तुष्ट पार्न तिनीहरू ती कुराहरू बारम्बार पढ्ने समेत गर्छन्। जब तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर लागिपर्न सक्दैनन्, र जब तिनीहरूले आशिष्‌हरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा तिनीहरूलाई शङ्का हुन्छ, र तिनीहरूको “विश्‍वास” डगमगाउँछ वा जब तिनीहरूको इच्छाशक्ति दह्रिलो हुँदैन र तिनीहरू पछि हट्न चाहन्छन्, तब तिनीहरू यी वचनहरू पढ्छन् र ती वचनहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्ने उत्प्रेरणा बनाउँछन्। तिनीहरू आफ्नो कुनै पनि अध्याय वा खण्डमा परमेश्‍वरका वचनहरूको सत्यता मनन गर्ने प्रयास गर्दैनन्, र तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय अलिकति पनि अनुभव गर्न चाहँदैनन्, झन् मानवजातिको भ्रष्ट सार खुलासा गर्ने परमेश्‍वरका वचनहरूद्वारा आफूलाई चिनेर मानवजातिको गहन भ्रष्टताको वास्तविकता स्पष्ट रूपमा देख्‍नु त परको कुरा हो। तिनीहरू मानवजातिप्रतिको परमेश्‍वरका अभिप्राय, मापदण्ड, र अर्तीहरूलाई पनि सुनेर नसुनेको जस्तो गर्छन्, तीप्रति कुनै ध्यान दिँदैनन् र तिनलाई अनादर र उदासीनताको मनोवृत्तिले लिन्छन्। तिनीहरू हृदयमा यस्तो विश्‍वास गर्छन्, “परमेश्‍वरले भन्‍ने र गर्ने कुरा त औपचारिकता मात्रै हो; यसलाई कसले स्विकार्न सक्छ र? कसले यसलाई बुझ्न सक्छ र? परमेश्‍वरका वचनहरूअनुसार कसले साँचो रूपमा अभ्यास गर्न सक्छ र? परमेश्‍वरका यी वचनहरू सबै अनावश्यक छन्। मानिसहरूले आफ्नो कर्तव्य निभाउने कार्यलाई आशिष्‌सँग साट्नु नै सबैभन्दा वास्तविक कुरा हो—योभन्दा वास्तविक कुरा अरू केही छैन।” त्यसकारण, तिनीहरू बारम्बार परमेश्‍वरका वचनहरूमा खोजी गर्छन्, र यो मार्ग भेट्टाएपछि आफ्नो कर्तव्य निर्वाह गर्नुलाई आशिष्‌हरू प्राप्त गर्ने एकमात्र मार्गका रूपमा लिन्छन्। यी कुराहरू नै ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा राख्‍ने अभिप्राय, उद्देश्य, र भित्री हिसाबकिताब हुन्। त्यसोभए, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा के-कस्ता खुलासा र प्रकटीकरणहरू प्रदर्शित गर्छन् जसबाट मानिसहरूलाई त्यस्ता मानिसहरूको सार पूर्ण रूपमा ख्रीष्टविरोधी सार हो भनेर देख्‍न मदत मिल्छ? ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु कुनै संयोग होइन—तिनीहरू अवश्य नै आफ्नै अभिप्राय र उद्देश्य, अनि आशिष्‌हरू प्राप्त गर्ने इच्छाद्वारा आफ्नो कर्तव्य पूरा गर्छन्। अनि अवश्य नै, तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूको उद्देश्य र मनोवृत्तिलाई तिनीहरूले दिनरात सोच्ने र चिन्ता गर्ने आशिष्‌हरू, असल गन्तव्य, एवम् असल सम्भावना र नियति प्राप्त गर्ने इच्छाबाट अलग गर्न सकिँदैन। तिनीहरू आफ्नो कामबाहेक अरू कुनै कुराबारे पनि नबोल्‍ने व्यापारीहरूजस्तै हुन्छन्। ख्रीष्टविरोधीहरूले जे गरे पनि त्यो सबै ख्याति, लाभ, र हैसियतसँग सम्बन्धित हुन्छ—त्यो सबै आशिष्‌हरू प्राप्त गर्नु अनि सम्भावनाहरू र नियतिसँग जोडिएको हुन्छ। भित्री रूपमा, तिनीहरूको हृदय त्यस्ता कुराहरूले भरिएको हुन्छ; र त्यही नै ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। त्यस्तो प्रकृति सारको कारणले गर्दा नै अरूले तिनीहरूको अन्तिम परिणाम हटाइनु हो भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छन्।

परमेश्‍वरले उहाँका वचनहरूमा हरप्रकारका मानिसहरूका लागि मागहरू तोक्‍नुभएको छ, र हरप्रकारका कर्तव्य र कामबारे मागहरू र स्पष्ट भनाइहरू प्रस्तुत गर्नुभएको छ। यी वचनहरू सबै मानवजातिका लागि परमेश्‍वरले दिएका माग हुन्, र यी मागहरू मानिसहरूले पालना गर्नुपर्ने, अनि अभ्यास गरी हासिल गर्नुपर्ने कुरा हुन्। परमेश्‍वरका वचनहरू र परमेश्‍वरका मागहरूप्रति ख्रीष्टविरोधीहरूमा कस्तो मनोवृत्ति हुन्छ? के तिनीहरू समर्पणको मनोवृत्ति अपनाउँछन्? के तिनीहरू नम्रतापूर्वक स्विकार्ने मनोवृत्ति अपनाउँछन्? अवश्य नै अपनाउँदैनन्। ख्रीष्टविरोधीहरूको स्वभाव हेर्दा, के तिनीहरू परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँदा, परमेश्‍वरका माग र परमेश्‍वरको घरका बन्दोबस्तहरूअनुसार राम्ररी निर्वाह गर्न सक्छन्? (अहँ, सक्दैनन्।) अवश्य नै सक्दैनन्। जब ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, तब तिनीहरूको पहिलो विचार भनेको आफ्नो कर्तव्य निर्वाह गर्दा के-कस्ता सिद्धान्तहरू पूरा गर्नुपर्छ, र परमेश्‍वरको माग के छ, वा परमेश्‍वरको घरका नियमहरू के-के छन् भनेर खोजी गर्नु हुँदैन। बरु यसको साटो, तिनीहरूले सुरुमा त्यो कर्तव्य निर्वाह गरेपछि आफूलाई आशिष् वा इनाम दिइनेछ कि छैन भनेर सोध्छन्। यदि तिनीहरूले आशिष् वा इनाम पाउनेछन् भन्‍ने कुरा निश्‍चित छैन भने, तिनीहरू त्यो कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन्; र तिनीहरूले कर्तव्य निर्वाह गरेछन् नै भने पनि, तिनीहरू झाराटारुवा हुन्छन्। ख्रीष्टविरोधीहरू आशिष्‌हरू प्राप्त गर्नका लागि मन नलागी-नलागी आफ्‍नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू कर्तव्य निर्वाह गरेर आफूलाई प्रख्यात बनाउन र मानिसहरूको श्रद्धा पाउन सकिन्छ कि सकिन्‍न, र आफूले कर्तव्य निर्वाह गरेको कुरा माथिलाई वा परमेश्‍वरलाई थाहा हुन्छ कि हुँदैन भनेर समेत जिज्ञासु भई सोध्छन्। कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूले विचार गर्ने कुराहरू यी मात्र हुन्। तिनीहरू सर्वप्रथम कर्तव्य निर्वाह गरेर के-कस्ता लाभहरू पाइन्छन् र आफूलाई आशिष्‌ प्राप्त हुन्छ कि हुँदैन भन्‍ने कुरा निर्धारित गर्न चाहन्छन्। तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। तिनीहरू कसरी परमेश्‍वरका अभिप्रायहरू ख्याल गर्ने र परमेश्‍वरको प्रेमको ऋण तिर्ने, र मानिसहरूले परमेश्‍वरको मुक्ति र खुसी प्राप्त गर्न सकून् भनेर कसरी सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिनेबारे कहिल्यै विचार गर्दैनन्, तिनीहरूले सत्यता बुझ्‍ने, वा आफ्‍नो भ्रष्ट स्वभाव समाधान गरेर मानव रूपमा कसरी जिउने भनेर खोजी गर्नु त झन् परको कुरा हो। तिनीहरू यी कुराहरूबारे कहिल्यै सोच्दैनन्। तिनीहरू आशिष्‌ पाउन र लाभहरू प्राप्त गर्न सकिन्छ कि सकिँदैन, कसरी स्थिर पकड प्राप्त गर्ने, कसरी हैसियत पाउने, कसरी मानिसहरूबाट आदर पाउने, अनि मण्डली र भीडमा कसरी पृथक बन्‍ने र उत्कृष्ट बन्‍ने भनेर मात्रै विचार गर्छन्। तिनीहरू साधारण अनुयायी बन्‍न पटक्‍कै इच्छुक हुँदैनन्। तिनीहरू मण्डलीमा सधैँ प्रथम बन्‍न, अन्तिम निर्णय आफै गर्न, अगुवाहरू बन्‍न, र सबैलाई आफ्‍नो कुरा सुन्‍ने बनाउन चाहन्छन्। त्यसपछि मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। तिमीहरू ख्रीष्टविरोधीहरूको हृदय यस्ता कुराहरूले भरिएको हुन्छ भन्‍ने कुरा देख्‍न सक्छौ। के तिनीहरू साँचो रूपमा परमेश्‍वरमा समर्पित हुन्छन्? के तिनीहरूले सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य सच्‍चा तरिकाले निर्वाह गर्छन्? (गर्दैनन्।) त्यसोभए, तिनीहरू के गर्न चाहन्छन्? (शक्ति हात पार्न।) ठिक भन्यौ। तिनीहरू भन्छन्, “म त बाहिरी संसारमा सबैलाई जित्‍न चाहन्छु। कुनै पनि समूहमा म नै पहिलो हुनुपर्छ। म दोस्रोमा आउन इन्कार गर्छु, र म कहिले पनि कसैलाई पछ्याउने व्यक्ति बन्‍न चाहन्‍नँ। म अगुवा बन्‍न चाहन्छु र म रहेको मानिसहरूको समूहमा अन्तिम निर्णय आफै गर्न चाहन्छु। यदि मैले अन्तिम निर्णय गर्न पाउँदिनँ भने, म तिमीहरू सबैलाई मनाउने, तिमीहरू सबैलाई मेरो आदर गर्ने, र मलाई अगुवाका रूपमा छनौट गर्ने बनाउन सम्भव भएका सबै उपाय प्रयोग गरी हेर्नेछु। हैसियत पाएपछि, मैले नै अन्तिम निर्णय गर्न पाउँछु, र सबै जनाले मेरो कुरा सुन्‍नुपर्छ। तिमीहरूले मैले भनेबमोजिम काम गर्नुपर्छ, र तिमीहरू मेरो नियन्त्रणमा बस्‍नुपर्छ।” ख्रीष्टविरोधीहरूले जे-जस्तो कर्तव्य निर्वाह गरे पनि, तिनीहरू आफूलाई उच्‍च पदमा, वरिष्ठताको पदमा राख्‍ने प्रयास गर्छन्। तिनीहरू साधारण अनुयायीका रूपमा रहेको आफ्‍नो स्थानप्रति सन्तुष्ट बन्‍न सक्दैनन्। अनि, तिनीहरू के कुरामा सबैभन्दा बढी उत्साहित हुन्छन्? मानिसहरूको अगाडि बसेर आदेश दिँदै र तिनीहरूलाई घुर्की लगाउँदै, उनीहरूलाई आफूले भनेअनुसार काम गर्न लगाउँदा। आफ्‍नो कर्तव्य कसरी उचित रूपमा निर्वाह गर्ने भनेर तिनीहरू कहिल्यै विचार गर्दैनन्—आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सत्यता सिद्धान्तहरू खोजी गर्नु त झन् परको कुरा हो। बरु, तिनीहरू आफूलाई पृथक देखाउन, अगुवाहरूको नजरमा उच्‍च बन्‍न र बढुवा पाउनका लागि उपायहरू खोज्दै दिमाग खियाउँछन्, ताकि तिनीहरू आफै अगुवा वा सेवक बन्‍न सकून्, र अरूलाई नेतृत्व गर्न सकून्। तिनीहरूले सारा दिन यस्तै कुरा सोचिरहेका र आशा गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरू अरूको नेतृत्वमा हिँड्न इच्छुक हुँदैनन्, न त तिनीहरू साधारण अनुयायी हुन नै इच्‍छुक हुन्छन्, झन् तिनीहरूले प्रसिद्धिविना आफ्‍नो कर्तव्य चुपचाप निर्वाह गर्न चाहनु त परको कुरा हो। तिनीहरूको कर्तव्य जे भए पनि, यदि तिनीहरू अगाडि र केन्द्रमा पर्न सक्दैनन् भने, यदि तिनीहरूले अरूभन्दा माथि पुगेर अरूलाई अगुवाइ गर्न सक्दैनन् भने, तिनीहरूलाई आफ्‍नो कर्तव्य निर्वाह गर्नु न्यास्रो लाग्छ, र तिनीहरू नकारात्मक बनेर सुस्त बन्‍न थाल्छन्। अरूको प्रशंसा वा आराधनाविना, तिनीहरूलाई काम त्यति रोचक लाग्दैन, र कर्तव्य निर्वाह गर्ने तिनीहरूको इच्‍छा घटेर जान्छ। यदि कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूले अगाडि र केन्द्रमा रहन र अन्तिम निर्णय गर्न पाउँछन् भने, तिनीहरू सशक्त महसुस गर्छन्, र कुनै पनि कष्ट भोग्नेछन्। कर्तव्यपालनको दौरान तिनीहरूले सधैँ व्यक्तिगत अभिप्रायहरू बोकेका हुन्छन्, र अरूलाई जित्‍ने आफ्‍नो जरुरत पूरा गर्न तिनीहरू सधैँ आफूलाई पृथक देखाउन, र आफ्‍नो इच्‍छा र महत्त्वाकाङ्क्षा पूरा गर्न चाहन्छन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, हरेक हिसाबमा प्रतिस्पर्धा गर्ने, अरूभन्दा अलग हुने, उत्कृष्ट बन्‍ने, र अरूभन्दा माथि उठ्ने प्रयास गर्दै अत्यन्तै प्रतिस्पर्धी हुनेबाहेक, आफ्नो वर्तमान हैसियत, इज्जत र प्रतिष्ठा कसरी कायम राखिराख्‍ने भनेर पनि विचार गरिरहेका हुन्छन्। यदि तिनीहरूको हैसियत वा प्रतिष्ठा खतरामा पार्ने कोही छ भने, तिनीहरूलाई ढाल्न र हटाउन तिनीहरू कुनै कसर बाँकी छोड्दैनन्, र कुनै कुरा बाँकी राख्दैनन्। तिनीहरू सत्यता पछ्याउन सक्‍ने, बफादारी र जिम्मेवारी बोधसाथ आफ्नो कर्तव्य निर्वाह गर्नेहरूलाई दमन गर्न घृणित माध्यमहरूसमेत प्रयोग गर्छन्। तिनीहरू उत्कृष्ट रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति डाहा र घृणाले भरिएका पनि हुन्छन्। तिनीहरू विशेषगरी अरू दाजुभाइ-दिदीबहिनीहरूले समर्थन र अनुमोदन गर्ने मानिसहरूलाई घृणा गर्छन्; तिनीहरू आफू लागिपरेको कुरा, र आफ्‍नो प्रतिष्ठा र हैसियतका लागि त्यस्ता मानिसहरू गम्भीर खतरा हुन्छन् भन्‍ने ठान्छन्, र तिनीहरू हृदयमा यस्तो कसम खान्छन्, “कि तँ रन्छस् कि म रहन्छु, हामी दुवै अट्ने कुनै ठाउँ छैन, र यदि मैले तँलाई ढलाएर खतम पारिनँ भने, म आफूलाई माफी दिन सक्दिनँ।” तिनीहरू फरक विचार व्यक्त गर्ने, तिनीहरूलाई खुलासा गर्ने, वा तिनीहरूको हैसियत खतरामा पार्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति निर्दयी हुन्छन्: तिनीहरू उनीहरूको कमजोरी पत्ता लगाउन उनीहरूलाई आलोचना गर्न र दोष दिन, उनीहरूलाई बदनाम गर्न र ढाल्नका लागि आफूले गर्न सक्‍ने जुनसुकै उपाय सोच्छन्, र त्यसो नगरेसम्‍म तिनीहरू विश्राम गर्दैनन्। कुनै पनि व्यक्तिप्रति गर्ने तिनीहरूको व्यवहारमा एउटै मात्र मनोवृत्ति हुन्छ: यदि त्यस व्यक्तिले तिनीहरूको हैसियत खतरामा पार्छ भने, तिनीहरूले उसलाई ढाल्नेछन् र समाप्त पार्नेछन्। तिनीहरूका सबै कट्टर अनुयायीहरू तिनीहरूलाई चापलुसी गर्ने मानिस हुन्छन्, र तिनीहरूले जे-जस्ता खराब कुराहरू गरे पनि र तिनीहरूले मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूमा जति नै धेरै हानि गरे पनि, उनीहरूले तिनीहरूलाई ढाकछोप गर्नेछन् र तिनीहरूको रक्षा गर्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सधैँ आफ्नै ख्याति, लाभ र हैसियत व्यवस्थापन गरिरहेका हुन्छन्, र आफ्नै स्वतन्त्र राज्य व्यवस्थापन गरिरहेका हुन्छन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुको सार भनेको तिनीहरूको आफ्नै स्वतन्त्र राज्यका लागि र तिनीहरूको आफ्नै सम्भावना र नियतिका लागि लड्‍नु हो।

कतिपय ख्रीष्टविरोधीहरू सानो समूहमा एक दर्जन वा सोभन्दा बढी मानिसहरूलाई अगुवाइ गर्छन्, र कतिले त सिङ्गो मण्डली वा त्योभन्दा बढी मानिसहरूलाई अगुवाइ गर्छन्। तिनीहरूले जति धेरै मानिसहरूलाई नेतृत्व गरे पनि, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा यी मानिसहरूलाई नियन्त्रण गरिसकेका हुन्छन्, र तिनीहरूले राजाका रूपमा तिनीहरूमाझ शक्ति प्रयोग गरिरहेका हुन्छन्। तिनीहरू परमेश्‍वरले त्यस्ता कुराहरूलाई कसरी दोषी ठहराउनुहुन्छ र घृणा गर्नुहुन्छ भन्‍ने कुराप्रति चासो लिँदैनन्, तिनीहरू त आफूले आफ्नो हातमा भएको शक्तिलाई दह्रिलो गरी पक्रिराख्‍ने र आफ्नो अधीनमा रहेका ती मानिसहरूलाई कडाइसाथ नियन्त्रण गर्नेबारे मात्रै चासो लिन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको कर्तव्य निर्वाह गर्ने अभिप्राय र मनसायका आधारमा हेर्दा, तिनीहरूको सार क्रूर र दुष्ट हुन्छ। त्यसकारण कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूले देखाउने व्यवहारका आधारमा भन्‍नुपर्दा, तिनीहरू कस्तो स्वभाव प्रकट गर्छन्? तिनीहरूको स्वभाव पनि क्रूर नै हुन्छ। यो क्रूर स्वभावलाई कसरी चित्रण गरिन्छ? तिनीहरूले कर्तव्य निर्वाह गर्दा कष्ट भोग्‍न र मूल्य चुकाउन सके पनि, तिनीहरूले निर्वाह गर्ने कुनै पनि कर्तव्य परमेश्‍वरका वचनहरूअनुसार निर्वाह गरिएको हुँदैन। तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कार्य बन्दोबस्तहरू पटक्‍कै लागू गर्दैनन्, झन् हरेक कामका लागि परमेश्‍वरको घरले तोकेका सिद्धान्तहरू खोजी गर्नु त परको कुरा हो। तिनीहरू आफ्नो व्यक्तिगत रुचि र शक्तिप्रतिको आफ्नो इच्छा मात्रै सन्तुष्ट पार्छन्, र सधैँ केही न केही गरिरहने आफ्नो व्यक्तिगत इच्छा पनि सन्तुष्ट पार्छन्। ख्रीष्टविरोधीहरू यी सबै केही सर्त हुन् जसलाई पूरा गरेर मुकुट पाउन सकिन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू मनमनै कामना गर्दै सोच्छन्: “यदि मैले मूल्य चुकाउँदै, आफूलाई परित्याग र आफूलाई खर्च गर्दै यसरी काम गरेँ भने, परमेश्‍वरले अन्ततः मलाई अवश्य नै मुकुट र इनाम दिनुहुनेछ!” तिनीहरू परमेश्‍वरका वचनहरूमा मानवजातिका लागि जोड दिइएका र बारम्बार अघि सरिएका मापदण्ड र सिद्धान्तहरूलाई कहिल्यै ध्यान दिँदैनन् वा गम्भीरतापूर्वक लिँदैनन्; तिनीहरू तिनलाई भनाइहरू मात्रै ठान्छन्। तिनीहरूको मानसिकता यस्तो हुन्छ: “तिम्रा मापदण्डहरू जेसुकै भए पनि, मैले मेरो शक्ति वा मेरा पछ्याइहरू खुकुलो पार्नु हुँदैन, र मैले आफ्‍ना इच्छा वा महत्त्वाकाङ्क्षाहरू त्याग्‍नु हुँदैन। यदि मसँग यी कुराहरू भएनन् भने, कर्तव्य निर्वाह गर्नलाई मसँग कुन उत्साह वा उत्प्रेरणा हुन्छ र?” ख्रीष्टविरोधीहरूले कर्तव्य निर्वाह गर्दा देखाउने केही प्रकटीकरण यिनै हुन्। परमेश्‍वरका वचनहरूले जे भने पनि, र माथिबाट विभिन्‍न कामका माग गरिएको जे-जस्ता मानक र सिद्धान्तहरू तय भएका भए पनि, ख्रीष्टविरोधीहरूले सुन्दैनन् र ध्यान दिँदैनन्। माथिका वचनहरू जति नै विशिष्ट भए पनि, कामको यस पक्षका मागहरू जति नै कडा भए पनि, तिनीहरू नसुनेको वा नबुझेको बहाना गर्छन्, र तिनीहरूले अझै पनि उच्छृङ्खल र स्वेच्छाचारी ढङ्गले व्यवहार गरिरहेका हुन्छन् र बेलगाम आफ्‍नै अभिप्रायहरूअनुसार काम गरिरहेका हुन्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, यदि तिनीहरूले परमेश्‍वरका मापदण्डहरूअनुसार र माथिले तोकेका विधिहरूअनुसार काम गरे भने, आफ्नो हैसियत गुमाउनेछन्, र तिनीहरूले पाएको शक्ति हस्तान्तरित भई भङ्ग हुनेछ। तिनीहरू के पनि विश्‍वास गर्छन् भने, सत्यताअनुसार र परमेश्‍वरका वचनहरूमा उल्लेख गरिएका मागहरूअनुसार काम गर्नु भनेको आफ्नो शक्तिको अदृश्य आक्रमण र वञ्चिति हो—यो तिनीहरूको व्यक्तिगत प्रतिष्ठाप्रतिको आक्रमण हो। तिनीहरू यस्तो सोच्छन्: “म त्यति मूर्ख छैनँ। यदि मैले तिमीहरूका विचार स्विकारेँ भने, के म अयोग्य र नेतृत्व गर्ने प्रतिभा नभएजस्तो देखिनेछैनँ र? यदि मैले तिमीहरूका विचार स्विकारेँ भने, यदि मैले मेरो गल्ती स्विकारेँ भने, के मेरा दाजुभाइ-दिदीबहिनीहरूले पछि पनि मेरो कुरा सुन्‍नेछन् र? के मसँग अझै प्रतिष्ठा हुनेछ र? यदि मैले माथिका मापदण्डहरूअनुसार काम गरेँ भने, के मैले आफूलाई प्रदर्शन गर्ने मौका गुमाउनेछैनँ र? के त्यसपछि पनि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मेरो आराधना गर्नेछन् र? के तिनीहरूले अझै पनि मेरो कुरा सुन्‍नेछन् र? यदि तिनीहरू कसैले नि मेरो कुरा सुनेनन् भने, यो कर्तव्य निभाउनुको के अर्थ हुन्छ र? म अझै यो काम कसरी गर्न सक्छु र? यदि समूहमा मेरो अख्तियार छैन र मेरो प्रतिष्ठा घट्यो भने, र यदि तिनीहरू सबैले परमेश्‍वरका वचनहरू सुन्छन् र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्छन् भने, के मेरो नेतृत्व खोक्रो हुनेछैन र? के म कठपुतली बन्‍नेछैनँ र? तब यी कुराहरू गर्नुपछाडि मेरो के उत्साह हुनेछ र? यदि मेरो नेतृत्व खोक्रो छ र मैले जे गरे पनि अर्थहीन हुन्छ भने, के मसँग अझै कुनै भावी सम्भावनाहरू हुनेछन् र?” ख्रीष्टविरोधीहरू कुनै पनि समूहमा अरू सबैभन्दा माथि हुन र यसरी आफ्नो भावी मुकुट र भावी इनामहरू प्राप्त गर्न चाहन्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, यदि तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूमाझ एक उत्कृष्ट व्यक्ति र अरूको अगुवा बने भने, तिनीहरू भावी मुकुट प्राप्त गर्ने, र भावी ठूला आशिष्‌हरू प्राप्त गर्ने हकदार हुनेछन्। त्यसकारण, ख्रीष्टविरोधीहरू कुनै पनि बेला आफूसँग रहेको शक्ति खुकुलो पार्दैनन् र कुनै पनि परिस्थितिमा आफ्नो सतर्कता कमजोर बनाउँदैनन्। यदि तिनीहरू अलिकति मात्र पनि सतर्क हुन छोडे भने, तिनीहरूलाई आफ्नो हातको शक्ति खोसिनेछ वा कमजोर पारिनेछ भन्‍ने डर लाग्छ। तिनीहरू कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो स्थानमा आफ्नो क्षमताअनुसार सक्दो गर्दैनन्, परमेश्‍वरका वचनका सिद्धान्तहरू र उहाँका आज्ञाहरूअनुसार राम्ररी कर्तव्य निर्वाह गर्दैनन् र परमेश्‍वरको गवाही दिँदैनन्। बरु, तिनीहरू आफूले प्राप्त गर्दै छु भनी विश्‍वास गरेको मुकुटलाई दह्रिलो गरी पक्रिरहनकै लागि त्यस्ता अवसरहरू प्रयोग गर्छन्। कतिपय ख्रीष्टविरोधीले परमेश्‍वरको घरका मापदण्डहरूलाई प्रावधानका रूपमा पालना गर्न सके पनि, त्यसले तिनीहरू सत्यता स्विकार्ने र परमेश्‍वरका वचनहरूमा समर्पित हुने मानिस हुन् भनेर देखाउन सक्दैन। यसको पछाडि के कारण छ? कतिपय ख्रीष्टविरोधी कर्तव्य निर्वाह गर्ने क्रममा सधैँ शक्ति हातमा लिन र यसप्रतिको आफ्नो इच्छा पूरा गर्न चाहन्छन्, र सधैँ हैसियत प्राप्त गर्न र हैसियतको पदमा बसेर मानिसहरूलाई भाषण र हुकुम दिन चाहन्छन्। तर कतिपय ख्रीष्टविरोधी फरक हुन्छन् र तिनीहरूलाई यस्तो चिन्ता हुन्छ: “थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ। यसको अर्थ आफूलाई अगाडि सार्ने र गल्ती गर्नेले कष्ट भोग्‍नेछ। म त्यस्तो मूर्ख हुनेछैनँ। म जति नै सक्षम भए पनि, म तीस प्रतिशत मात्रै प्रयास लगाउनेछु, र बाँकी सत्तरी प्रतिशत आफूलाई बचाउने बाटोका रूपमा राख्‍नेछु—मैले थोरै कुरा आफ्ना लागि राख्‍नैपर्छ। परमेश्‍वरको घरले मलाई जे भने नि वा जे गर्न लाए नि, बाहिरी रूपमा म सहमत हुनेछु, र म अवरोध र बाधा ल्याउने व्यक्ति बन्‍नेछैनँ। जसले नेतृत्व गरे नि, म पछ्याउनेछु, र उसले जे भने नि म अनुमोदन गर्नेछु। मैले माथिले दिएका प्रावधानहरू पालना गरुन्जेल र तिनलाई उल्लङ्घन नगरुन्जेल, म ठिकठाक हुनेछु। जहाँसम्म परमेश्‍वरप्रति आफ्नो बफादारी समर्पित गर्ने र इमानदारीसाथ उहाँका लागि आफूलाई अर्पित गर्ने कुरा छ, यसो गर्नुपर्ने कुनै आवश्यकता छैन। म कर्तव्य निर्वाह गर्न अलिक मेहनत गर्नेछु, ठिक्‍क स्वीकार्य हुने गरी मात्रै गर्नेछु, र म मूर्ख हुनेछैनँ। मैले जे गरे नि, यो सबबाट केही पनि प्राप्त नगरी अन्त्यमा रित्तो हात नबन्‍नलाई मैले आफ्ना लागि केही न केही साँचेर राख्‍नैपर्छ।” यस्तो ख्रीष्टविरोधीले के विश्‍वास गर्छ भने, अरूले आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारीहरू लिनु र समस्याहरू समाधान गर्न सधैँ अग्रसरता देखाउनु मूर्खता हो, र तिनीहरू आफूचाहिँ त्यस्तो मूर्ख हुनु हुँदैन। तिनीहरूलाई हृदयमा के थाहा हुन्छ भने, यदि कसैले हैसियत पछ्याउँछ र आफ्नै शक्ति व्यवस्थापन गर्छ भने, ढिलोचाँडो तिनीहरूलाई खुलासा गरिनेछ, तर सत्यता अभ्यास गर्नलाई तिनीहरूले मूल्य चुकाउनुपर्छ, मेहनत गर्नुपर्छ, आफ्नो इमानदारी अर्पण गर्नुपर्छ, र बफादार हुनुपर्छ। तिनीहरूले धेरै कष्ट भोग्‍नुपर्छ, र त्यसैले तिनीहरू त्यसो गर्न इच्छुक हुँदैनन्। तिनीहरू सम्झौता गर्ने शैली अपनाउँदै न त अग्रसरता देखाउँछन् न त पछि नै हट्छन्, बरु बीचको बाटो पछ्याउँछन्। तिनीहरू यस्तो विश्‍वास गर्छन्: “मलाई जे गर्नू भनिन्छ त्यही गर्नेछु। म झारा टार्नेछु र यो कुरा यतिमै सीमित गर्नेछु, र मलाई अझै राम्रो काम गर्न लगाइयो भने, म त्यसो गर्नेछैनँ। यसलाई अझै राम्ररी गर्न मैले अझै बढी मूल्य चुकाउनुपर्छ र थप सामग्रीहरू जाँच गर्नुपर्छ—यो निकै थकाइलाग्दो हुनेछ! यदि परमेश्‍वरले मलाई त्यसरी काम गरेकामा थप इनाम दिनुहुन्छ भने त ठिकै छ, तर परमेश्‍वरका वचनहरूले थप इनामहरूबारे केही भनेका रहेनछन्। वास्तविकता यही भएकाले, मैले कष्ट भोग्‍नु र थकित हुनुपर्दैन; यसलाई सहजै लिनु नै राम्रो हुन्छ।” के त्यस्तो व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ? के त्यसले सत्यता प्राप्त गर्न सक्छ? के सत्यतातर्फ नलम्कने बरु झाराटारुवा वा नकारात्मक बन्‍ने र आफ्नो काममा सुस्त हुने मानिसहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्? अवश्य नै सक्दैनन्।

ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट प्रकटीकरण के हो? सबैभन्दा पहिले त, तिनीहरू सत्यता स्विकार्दैनन्, जुन सबैले देख्‍न सक्‍ने कुरा हो। तिनीहरूले अरूका सुझावहरू नस्विकार्ने मात्र होइनन्, सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू काटछाँट पनि स्विकार्दैनन्। ख्रीष्टविरोधीहरू सत्यता स्विकार्दैनन् भन्‍ने कुरामा कुनै शङ्का छैन; यदि तिनीहरूले सत्यता स्विकार्न सकेका भए, तिनीहरू ख्रीष्टविरोधी नै हुनेथिएनन्। त्यसोभए किन ख्रीष्टविरोधीहरू अझै पनि कर्तव्य निर्वाह गर्छन् त? कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूको अभिप्राय वास्तवमा के हुन्छ? “यस जीवनमा सय गुणा र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्नु”। तिनीहरूले आफ्नो कर्तव्यमा यस भनाइलाई पूर्ण रूपमा पछ्याइरहेका हुन्छन्। के यो लेनदेन होइन र? यो पूर्ण रूपमा लेनदेन हो। यस लेनदेनको प्रकृति हेर्दा, के यो दुष्ट स्वभाव होइन र? (हो।) त्यसोभए तिनीहरू कुन तरिकाले दुष्ट हुन्छन्? के कसैले मलाई भन्‍न सक्छ? (ख्रीष्टविरोधीहरूले परमेश्‍वरले व्यक्त गरेका धेरै सत्यता सुने पनि, तिनीहरू ती कहिल्यै पछ्याउँदैनन्। तिनीहरू आफ्नो हैसियतलाई दह्रिलो गरी पक्रन्छन् र छोड्दैनन्, र आफ्नो व्यक्तिगत फाइदाकै लागि र अरूमाथि शक्ति चलाउनकै लागि मात्र आफ्नो कर्तव्य निर्वाह गर्छन्।) त्यो उत्तर ठिक छ, र तैँले केही हदसम्म बुझेको रहेछस्, तर यो त्यति खास भएन। यदि तिनीहरूलाई परमेश्‍वरसँग लेनदेन गर्नु गलत हो भन्‍ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अन्त्यसम्म जिद्दी गर्छन् र अन्त्यसम्म पश्‍चात्ताप गर्न इन्कार गर्छन् भने, यो गम्भीर समस्या हो। आजभोलि, धेरैजसो मानिस आशिष्‌हरू प्राप्त गर्ने अभिप्राय लिएर आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू सबैले कर्तव्य निर्वाहलाई इनाम पाउन र मुकुट पाउन प्रयोग गर्न चाहन्छन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नुको महत्त्व बुझ्दैनन्। यस समस्याबारे स्पष्ट रूपमा सङ्गति गरिनुपर्छ। त्यसकारण, सुरुमा हामी मानिसहरूको कर्तव्य कसरी अस्तित्वमा आयो भन्‍नेबारे कुरा गरौँ। परमेश्‍वर मानवजातिलाई व्यवस्थापन गर्न र मुक्ति दिन काम गर्नुहुन्छ। अनि अवश्य नै परमेश्‍वर मानिसहरूलाई मागहरू दिनुहुन्छ, र यी मागहरू नै तिनीहरूका कर्तव्य हुन्। मानिसहरूको कर्तव्य परमेश्‍वरको काम र मानवजातिप्रतिको उहाँका मागहरूबाट आएको हो भन्‍ने कुरा स्पष्ट छ। व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, यो उसले गर्न सक्‍ने सबैभन्दा न्यायवान् कुरा हो, यो मानवजातिमाझको सबैभन्दा सुन्दर र न्यायसङ्गत कुरा हो। मानिसहरूले सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्न सक्छन्; सृजित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्‍वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिनीहरूले आ-आफ्‍ना जिम्‍मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्‍वरले तोक्‍नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य पृथ्वीमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र कुलीन हुन्छ; मानवजातिमाझ सृजित प्राणीको कर्तव्य निर्वाह गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृजित व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। पृथ्वीमा, साँचो रूपमा र इमानदार तरिकाले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने मानिसहरूको समूह मात्रै सृष्टिकर्तामा समर्पित हुन्छ। यस समूहले सांसारिक प्रचलनहरू पछ्याउँदैन; तिनीहरू परमेश्‍वरको नेतृत्व र अगुवाइमा समर्पित हुन्छन्, र तिनीहरू केवल सृष्टिकर्ताका वचनहरू सुन्‍ने, सृष्टिकर्ताले व्यक्त गरेका सत्यताहरू स्विकार्ने, र सृष्टिकर्ताका वचनहरूअनुसार जिउने गर्छन्। यही नै सबैभन्दा साँचो, र सबैभन्दा गुञ्जायमान गवाही हो, र परमेश्‍वरमाथिको आस्थाको सर्वोत्तम गवाही यही हो। सृजित प्राणीले सृजित प्राणीको कर्तव्य पूरा गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्‍नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र त्यो प्रशंसा गरिने आख्यानका रूपमा तिनीहरूमाझ फैलाइनुपर्छ। सृष्टिकर्ताले सृजित प्राणीहरूलाई सुम्पने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिका लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृजित प्राणीको कर्तव्य पूरा गर्ने सबैका लागि योभन्दा सुन्दर वा सम्झनलायक कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। सृष्टिकर्ताले सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्‍नेहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, र उहाँ तिनीहरूलाई के दिने प्रतिज्ञा गर्नुहुन्छ भन्‍ने कुरा गर्नुपर्दा, त्यो सृष्टिकर्ताको मामला हो; त्यससँग सृजित मानवजातिको कुनै सरोकार हुँदैन। यसलाई योभन्दा अलिक सरल र स्पष्ट तरिकाले भन्दा, यो परमेश्‍वरको हातको कुरा हो, र यसमा हस्तक्षेप गर्ने अधिकार मानिसहरूसँग हुँदैन। परमेश्‍वर जे दिनुहुन्छ तैँले त्यही पाउनेछस्, अनि यदि उहाँले तँलाई केही पनि दिनुभएन भने, तैँले यसबारे केही पनि भन्‍न सक्दैनस्। जब सृजित प्राणीले परमेश्‍वरको आज्ञा स्वीकार गर्छ र आफ्नो कर्तव्य निर्वाह गर्न र आफूले गर्न सक्‍ने कार्य गर्न सृष्टिकर्तासँग सहकार्य गर्छ, तब यो कुनै कारोबार वा लेनदेन होइन; मानिसहरूले मनोवृत्तिका अभिव्यक्तिहरू वा कार्य र व्यवहारहरूलाई परमेश्‍वरबाट आउने आशिष्‌हरू वा प्रतिज्ञाहरू साट्नका लागि प्रयोग गर्ने प्रयास गर्नु हुँदैन। जब सृष्टिकर्ता यो काम तिमीहरूलाई सुम्पनुहुन्छ, तब सृजित प्राणीका रूपमा, तिमीहरूले यो कर्तव्य र आज्ञा स्वीकार गर्नु सही र उचित हुन्छ। के यसमा लेनदेनको कुनै कुरा छ? (छैन।) सृष्टिकर्ता आफ्‍नो पक्षबाट तिमीहरू हरेकलाई मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्यहरू सुम्पन इच्छुक हुनुहुन्छ; अनि सृजित मानवजातिको पक्षबाट मानिसहरूले यो कर्तव्य खुसीसाथ स्वीकार गर्नुपर्छ, यसलाई आफ्नो जीवन दायित्वका रूपमा लिनुपर्छ, र यस जीवनमा आफूले जिउनुपर्ने मूल्यका रूपमा लिनुपर्छ। यहाँ कुनै लेनदेन छैन, यो बराबरको आदानप्रदान होइन, झन् यसमा मानिसहरूले कल्पना गर्ने कुनै इनाम वा अरू अभिव्यक्ति समावेश हुनु त परको कुरा हो। यो कुनै पनि हालतमा कारोबार होइन; यो मानिसहरूले कर्तव्य निर्वाह गर्दा चुकाउने मूल्य वा तिनीहरूले प्रदान गर्ने कठिन परिश्रम अर्को कुराका लागि साट्नु होइन। परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छैन, र मानिसहरूले यस कुरालाई यसरी बुझ्नु हुँदैन। सृष्टिकर्ता मानवजातिलाई आज्ञा दिनुहुन्छ, र परमेश्‍वरले दिएको आज्ञा सृष्टिकर्ताबाट प्राप्त गरिसकेपछि, सृजित प्राणी आफ्नो कर्तव्य निर्वाह गर्न लागिपर्छ। यस मामलामा, यस प्रक्रियामा, लेनदेनको कुनै कुरा हुँदैन; यो निकै सरल र उचित कुरा हो। यो आमाबुबाले छोराछोरी जन्माएर कुनै सर्त वा गुनासोविना हुर्काएजस्तै हो। छोराछोरीले हुर्केर भोलि सन्तानी माया निभाउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराको हकमा भन्दा, तिनीहरू जन्मेको दिनदेखि तिनीहरूका आमाबुबाले त्यस्तो कुनै मापदण्ड राखेका हुँदैनन्। कुनै पनि आमाबुबाले बच्‍चा जन्माएपछि यसो भन्दैन, “यसले भविष्यमा मेरो सेवा र मेरो आदर गर्नेछ भनेर मात्रै मैले यसलाई हुर्काइरहेको छु। यदि यसले मलाई आदर गर्दैन भने, म यसलाई अहिले नै घाँटी थिचेर मारिदिन्छु।” यस्तो आमाबुबा एउटा पनि हुँदैन। त्यसकारण, आमाबुबाले आफ्ना छोराछोरी हुर्काउने तरिकाबाट हेर्दा, यो एउटा दायित्व र जिम्मेवारी हो, होइन र? (हो।) आफ्ना छोराछोरी भक्त सन्तान भए नि नभए नि आमाबुबाले उसलाई हुर्काइरहनेछन्, जतिसुकै कठिनाइ भए पनि, ऊ वयस्क नभएसम्म उसलाई पालनपोषण गरिरहनेछन्, र उसको भलाइ होस् भन्‍ने कामना गरिरहनेछन्। आफ्ना छोराछोरीप्रतिको आमाबुबाको यो जिम्मेवारी र दायित्वमा कुनै सर्त वा लेनदेन हुँदैन। सम्बन्धित अनुभव भएका मानिसहरूले यो कुरा बुझ्न सक्छन्। धेरैजसो आमाबुबाले आफ्ना छोराछोरी सन्तानको धर्म निभाउने किसिमका हुन्छन् कि हुँदैनन् भन्‍नेबारे कुनै मापदण्डहरू राख्दैनन्। यदि तिनीहरूका छोराछोरी सन्तानको धर्म निभाउने किसिमका छन् भने, तिनीहरू अलिक आनन्दित हुनेछन्, र तिनीहरू वृद्धावस्थामा अलिक खुसी हुनेछन्। यदि तिनीहरूका छोराछोरी सन्तानी माया दिने किसिमका छैनन् भने, तिनीहरू त्यस कुरालाई त्यतिकै छोडिदिन्छन्। तुलनात्मक रूपमा खुला मन भएका धेरैजसो आमाबुबाले यस्तै सोच्नेछन्। समग्रमा, चाहे आमाबुबाले आफ्ना छोराछोरी हुर्काउने हकमा होस् वा छोराछोरीले आफ्ना आमाबुबालाई साथ दिने हकमा होस्, यो कुरा जिम्मेवारी र दायित्वको मामला हो, र यो कुरा व्यक्तिको अपेक्षित भूमिकाभित्र पर्छ। सृजित प्राणीले आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यको तुलनामा अवश्य नै यी सबै सानातिना कुराहरू हुन्, तर मानव संसारका मामलाहरूमध्ये चाहिँ यी सबैभन्दा सुन्दर र न्यायवान् कुराहरूमध्येको एक हुन्। भनिरहनु नपर्ला, यो कुरा सृजित प्राणीको आफ्नो कर्तव्य निर्वाहमा अझै बढी लागू हुन्छ। जब कुनै व्यक्ति सृजित प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गरेको शर्तमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, उहाँले मानिसहरूमाझ कामको थप कदम सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँ मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दैगर्दा परमेश्‍वरबाट सत्यता हासिल गर्न सक्छन्, अनि यसमार्फत आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र शुद्ध पारिन, परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनमा ठिक बाटो शुभारम्भ गर्न सक्छन्, अनि अन्ततः तिनीहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्‍न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्‍न सक्षम हुन्छन्। परमेश्‍वरले मानवजातिलाई कर्तव्यहरू निर्वाह गर्न लगाएर हासिल गर्ने अभिप्राय राख्नुभएको आखिरी प्रभाव यही हो। त्यसैकारण, तैँले तेरो कर्तव्य निर्वाह गर्ने सिलसिलामा, परमेश्‍वर तँलाई केवल एउटा कुरा स्पष्टसित देख्‍न वा अलिकति सत्यता बुझ्न मात्र लगाउनुहुन्‍न, न त उहाँ तँलाई तैँले सृजित प्राणीको हैसियतले आफ्नो कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने अनुग्रह र आशिष्‌हरू उपभोग गर्न सक्षम मात्र नै तुल्याउनुहुन्छ। बरु यसको साटो, उहाँ त तँलाई शुद्ध पारिन र मुक्ति पाउन दिनुहुन्छ, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन पाउनुहुन्छ। सृष्टिकर्ताको यो “मुहारको ज्योति” मा एकदमै धेरै विस्तृत अर्थ र विषयवस्तु संलग्‍न छ—आज हामी यसलाई हेर्नेछैनौँ। त्यस्ता मानिसहरूका निम्ति परमेश्‍वर अवश्य नै प्रतिज्ञा र आशिष्‌हरू जारी गर्नुहुन्छ, र तिनीहरूबारे फरक-फरक अभिव्यक्ति दिनुहुन्छ—यो थप विषय हो। अहिलेका सन्दर्भमा, प्रत्येक व्यक्ति जो परमेश्‍वरसामु आउँछ र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छ, उसले परमेश्‍वरबाट के प्राप्त गर्छ? सत्यता र जीवन, जुन मानवजातिमाझ सबैभन्दा मूल्यवान् र सुन्दर छ। मानवजातिमाझ सृजित कुनै पनि प्राणीले सृष्टिकर्ताको हातबाट यस्ता आशिष्‌हरू सजिलै प्राप्त गर्न सक्दैन। यस्तो सुन्दर र यस्तो महान् चीजलाई ख्रीष्टविरोधीहरूको वर्गले लेनदेनमा मोडेको छ, र यसमा तिनीहरू सृष्टिकर्ताको हातबाट मुकुट र इनामहरू माग्‍ने गर्छन्। यस्तो लेनदेनले सबैभन्दा सुन्दर र न्यायवान् चीजलाई सबैभन्दा कुरूप र दुष्ट चीजमा परिणत गर्छ। के ख्रीष्टविरोधीहरू यस्तै गर्दैनन् र? यसबाट मूल्याङ्कन गर्दा, के ख्रीष्टविरोधीहरू दुष्ट हुँदैनन् र? तिनीहरू वास्तवमा निकै धेरै दुष्ट हुन्छन्! यो तिनीहरूको दुष्टताको एउटा पक्षको प्रकटीकरण हो।

आखिरी दिनहरूमा, परमेश्‍वर काम गर्न देहधारी भएर आउनुभएको छ, धेरै सत्यता व्यक्त गर्नुभएको छ, मानवजातिका लागि परमेश्‍वरको व्यवस्थापन योजनाका सबै रहस्य प्रकट गर्नुभएको छ, र मुक्ति पाउनका लागि मानिसहरूले बुझ्‍नुपर्ने र प्रवेश गर्नुपर्ने सबै सत्यता प्रदान गर्नुभएको छ। यी सत्यता र परमेश्‍वरका यी वचनहरू सकारात्मक कुरालाई प्रेम गर्ने सबैका लागि बहुमूल्य खजाना हुन्। भ्रष्ट मानवजातिलाई सत्यताको खाँचो हुन्छ, र ती मानवजातिका लागि अमूल्य सम्पत्ति पनि हुन्। परमेश्‍वरको हरेक वचन, माग, र अभिप्राय मानिसहरूले बुझ्‍नुपर्ने र जान्‍नुपर्ने कुरा हुन्, ती मुक्ति हासिल गर्नका लागि मानिसहरूले पालना गर्नैपर्ने कुरा हुन्, र ती मानवजातिले प्राप्त गर्नैपर्ने सत्यता हुन्। तर ख्रीष्टविरोधीहरू यी वचनहरूलाई सिद्धान्त र नाराका रूपमा लिन्छन्, तिनलाई ध्यानसमेत दिँदैनन्, र अझ खराब कुरा त, तिनीहरू तिनलाई घृणा र इन्कार गर्नेसमेत गर्छन्। ख्रीष्टविरोधीहरू मानवजातिमाझ रहेका सबैभन्दा बहुमूल्‍य कुराहरूलाई ठगका झूट मान्छन्। ख्रीष्टविरोधीहरू हृदयदेखि मुक्तिदाता छन् भनेर विश्‍वास गर्दैनन्, झन् संसारमा सत्यता वा सकारात्मक कुराहरू छन् भनेर विश्‍वास गर्नु त परको कुरा हो। तिनीहरू कुनै पनि सुन्दर वा फाइदाजनक कुरालाई मानव हातद्वारा जितिनुपर्छ र मानव सङ्घर्षद्वारा कब्जा गरिनुपर्छ भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीहरू महत्त्वाकाङ्क्षा र सपना नदेख्‍ने मानिसहरू कहिल्यै सफल हुँदैनन् भन्‍ने विश्‍वास गर्छन्, तर तिनीहरूको हृदय भने परमेश्‍वरले व्यक्त गरेको सत्यताप्रतिको वितृष्णा र घृणाले भरिएको हुन्छ। तिनीहरू परमेश्‍वरले व्यक्त गरेका सत्यताहरूलाई सिद्धान्त र नाराका रूपमा लिन्छन्, तर शक्ति, हितहरू, महत्त्वाकाङ्क्षा, र इच्छालाई भने व्यवस्थापन गर्नुपर्ने र पछ्याउनुपर्ने न्यायवान् कुराका रूपमा लिन्छन्। तिनीहरू आफ्‍नो प्रतिभाको मदतद्वारा गरिएको सेवालाई स्वर्गको राज्यमा प्रवेश गर्न, मुकुट पाउन, र अझै ठूलो आशिष्‌ पाउनका लागि परमेश्‍वरसँग मोलतोल गर्ने माध्यमका रूपमा समेत प्रयोग गर्छन्। के यो दुष्टता होइन र? तिनीहरू परमेश्‍वरका अभिप्रायलाई कसरी अर्थ्याउँछन्? तिनीहरू भन्छन्, “परमेश्‍वरले कसले उहाँका लागि सबैभन्दा बढी आफूलाई अर्पित गर्छ र कष्ट भोग्छ अनि कसले सबैभन्दा बढी मूल्य चुकाउँछ, त्यो हेरेर को ठूलो व्यक्ति हो भन्‍ने कुरा निर्धारित गर्नुहुन्छ। उहाँ को दौडधूप गर्न र कुशल तरिकाले बोल्‍न सक्छ, र कोसँग लुट्न सक्‍ने जोस छ र कसले बलजफती खोस्‍न सक्छ भन्ने हेरेर नै को राज्य प्रवेश गर्न सक्छ र कसले मुकुट पाउँछ भन्‍ने कुरा निर्धारित गर्नुहुन्छ। पावलले भनेझैँ, ‘मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ’ (२ तिमोथी ४:७-८)।” तिनीहरू पावलका यी वचनहरू पालन गर्छन् र पावलका वचनहरू सत्य हुन् भनी विश्‍वास गर्छन्, तर तिनीहरू परमेश्‍वरले मानवजातिलाई दिएका सबै माग र अभिव्यक्ति बेवास्ता गर्छन्, र यस्तो सोच्छन्, “यी कुराहरू त्यति महत्त्वपूर्ण छैनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मैले आफ्‍नो लडाइँ लडेर आफ्‍नो दौड पूरा गरिसकेपछि अन्त्यमा मुकुट प्राप्त गर्नेछु। यो साँचो कुरा हो। परमेश्‍वरले भन्‍न चाहेको कुरा त्यही होइन र? परमेश्‍वरले हजारौँ-हजार वचनहरू बोल्नुभएको छ र अनगिन्ती प्रवचनहरू दिनुभएको छ। उहाँले मानिसहरूलाई भन्‍न चाहेको के हो भने, यदि तिमी मुकुट र इनाम चाहन्छौ भने, लडाइँ गर्ने, सङ्घर्ष गर्ने, यसलाई खोस्‍ने, र लिने काम पनि तिम्रै हो।” के ख्रीष्टविरोधीहरूको तर्क यस्तै हुँदैन र? ख्रीष्टविरोधीहरू सधैँ आफ्‍नो हृदयको गहिराइमा परमेश्‍वरको कामलाई यसरी नै हेर्छन्, र परमेश्‍वरको वचन र व्यवस्थापन योजनालाई यसरी नै अर्थ्याउँछन्। तिनीहरूको स्वभाव दुष्ट हुन्छ, हुँदैन र? तिनीहरू परमेश्‍वरको अभिप्राय, सत्यता, र सबै सकारात्मक कुरालाई बङ्ग्याउँछन्। तिनीहरू मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनालाई नग्‍न लेनदेनका रूपमा लिन्छन्, र सृष्टिकर्ताले मानवजातिलाई गर्न लगाउने कर्तव्यलाई जबरजस्ती नग्‍न अधिग्रहण, आक्रमण, छल, र लेनदेनका रूपमा लिन्छन्। के यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव होइन र? ख्रीष्टविरोधीहरू के विश्‍वास गर्छन् भने, आशिष्‌ पाउन र स्वर्गको राज्यमा प्रवेश गर्नका लागि, तिनीहरूले यसलाई लेनदेनद्वारा प्राप्त गर्नुपर्छ, र यो नै न्यायसङ्गत, उचित, र सबैभन्दा वैध कुरा हो। के यो दुष्ट तर्क होइन र? के यो शैतानी तर्क होइन र? ख्रीष्टविरोधीहरू सधैँ आफ्‍नो हृदयभित्र त्यस्तो दृष्टिकोण र मनोवृत्ति राख्छन्, जुन कुराले ख्रीष्टविरोधीहरूको स्वभाव अत्यन्तै दुष्ट हुन्छ भन्‍ने प्रमाणित गर्छ।

भर्खरै सङ्गति गरिएका केही विषयवस्तुहरूबाट, के तिमीहरूले ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव देख्‍न सक्यौँ? (सक्यौँ।) पहिलो बुँदा ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन् भन्‍ने थियो, होइन र? त्यसोभए ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन् त? (ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यलाई लेनदेनको रूपमा लिन्छन् र यसलाई आफ्नै गन्तव्य र आफ्नै हितहरूसँग साट्छन्। परमेश्‍वरले मानिसहरूमा जति नै धेरै काम गर्नुभएको भए नि, तिनीहरूसँग जति नै धेरै वचन बोल्नुभएको भए नि, र तिनीहरूलाई जति नै धेरै सत्यता व्यक्त गर्नुभएको भए नि, तिनीहरू यी सबै कुरा बेवास्ता गर्छन् र अझै पनि परमेश्‍वरसँग लेनदेन गर्ने अभिप्राय लिएर कर्तव्य निर्वाह गर्छन्।) ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यलाई लेनदेनका रूपमा लिन्छन्। तिनीहरू लेनदेन गर्ने र आशिष्‌हरू प्राप्त गर्ने अभिप्राय लिएर आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले सोच्छन्, आशिष्‌हरू प्राप्त गर्नकै लागि परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, र आफ्नो कर्तव्य निर्वाह गरेर आशिष्‌हरू प्राप्त गर्नु नै उचित कुरा हो। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नेजस्तो सकारात्मक कुरालाई बङ्ग्याउँछन् र सृजित प्राणीका रूपमा कर्तव्य निर्वाह गर्नुको मूल्य र महत्त्वलाई कलङ्कित पार्छन्, साथै यसो गर्नुको वैधतालाई पनि कलङ्कित पार्छन्; तिनीहरू सृजित प्राणीले स्वाभाविक रूपमा पूरा गर्नुपर्ने कर्तव्यलाई लेनदेनमा परिणत गर्छन्। यो ख्रीष्टविरोधीहरूको दुष्टता हो; यो पहिलो बुँदा हो। दोस्रो बुँदा के हो भने, ख्रीष्टविरोधीहरू सकारात्मक कुराहरू वा सत्यताको अस्तित्वमा विश्‍वास गर्दैनन्, र परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास र स्वीकार गर्दैनन्। के यो दुष्टता होइन र? (हजुर, हो।) यसमा के दुष्टता छ? परमेश्‍वरका वचनहरू सबै सकारात्मक कुराहरूका वास्तविकता हुन्, तर ख्रीष्टविरोधीहरू यो कुरा देख्‍न सक्दैनन् र स्विकार्दैनन्। तिनीहरू परमेश्‍वरका वचनहरूलाई नारा र एक किसिमको सिद्धान्तका रूपमा लिन्छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने तथ्यलाई बङ्ग्याउँछन्। यहाँ सबैभन्दा ठूलो र मुख्य समस्या के हो? परमेश्‍वर मानवजातिलाई मुक्ति दिन यी वचनहरू प्रयोग गर्न चाहनुहुन्छ, र मान्छेले शुद्ध पारिन र मुक्ति पाउन सक्नुभन्दा पहिले उसले परमेश्‍वरका वचनहरू स्विकार्नुपर्छ—यो एउटा तथ्य हो, र यो सत्यता हो। मानवजातिलाई परमेश्‍वरले दिएको यस प्रतिज्ञालाई ख्रीष्टविरोधीहरू मान्‍ने वा स्विकार्ने गर्दैनन्। तिनीहरू भन्छन्, “मुक्ति पाउनु? शुद्ध पारिनु? यसको के काम? यो सब व्यर्थ छ! यदि म शुद्ध पारिएँ भने, के म साँच्‍चै मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु त? मलाई त त्यस्तो लाग्दैन!” तिनीहरू यस कुरालाई ध्यान दिँदैनन् र यसमा चासो राख्दैनन्। यसको अव्यक्त अर्थ के हो? के हो भने, तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने विश्‍वास गर्दैनन्; तिनीहरू ती त बस भनाइ र धर्मसिद्धान्त मात्रै हुन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूले मानिसहरूलाई शुद्ध पार्न वा मुक्ति दिन सक्छन् भन्‍ने कुरामा विश्‍वास वा स्वीकार गर्दैनन्। यसलाई परमेश्‍वरले त्यो बेला अय्यूबलाई परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति, र सिद्ध मानिसका रूपमा परिभाषित गरेको तथ्यसँग तुलना गर्न सकिन्छ। के परमेश्‍वरले भनेका यी वचनहरू सत्यता हुन्? (हुन्।) त्यसोभए परमेश्‍वर किन यस्तो कुरा भन्‍नुहुन्छ? यसको आधार के हो? परमेश्‍वर मानिसहरूको व्यवहार अवलोकन गर्नुहुन्छ, तिनीहरूको हृदय छानबीन गर्नुहुन्छ, र तिनीहरूको सार देख्‍नुहुन्छ, र यही आधारमा उहाँले अय्यूब परमेश्‍वरको डर मान्थ्यो र ऊ दुष्टताबाट अलग बस्थ्यो र ऊ सिद्ध मानिस थियो भनेर भन्‍नुभएको हो। परमेश्‍वरले अय्यूबलाई एक-दुई दिनभन्दा बढी समयसम्म अवलोकन गर्नुभयो, र परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने अय्यूबको प्रकटीकरण पनि एक-दुई दिन मात्रै भएको थिएन, र यसले निश्‍चय नै एक-दुई वटा कुरा मात्रै समावेश गरेको थिएन। त्यसोभए यस तथ्यप्रति शैतानले कस्तो मनोवृत्ति लिएको थियो? (नपत्याउने र शङ्कालु मनोवृत्ति।) शैतान शङ्कालु मात्र थिएन, त्यसले त यस तथ्यलाई इन्कार पनि गर्‍यो। स्पष्ट रूपमा भन्दा, त्यसका शब्‍दहरू यस्ता थिए, “तपाईँले अय्यूबलाई गाईवस्तु, भेडाबाख्रा र अनगिन्ती सम्पत्तिलगायत धेरै कुरा दिनुभएको छ। ऊसित तपाईँलाई आराधना गर्नुका कारणहरू छन्। तपाईँ अय्यूब सिद्ध व्यक्ति हो भन्नुहुन्छ, तर तपाईँका वचनहरू यथार्थ छैनन्। तपाईँका वचनहरू सत्यता होइनन्, ती वास्तविक छैनन्, ती गलत छन्, र म तपाईँका वचनहरू इन्कार्छु।” के शैतानको तात्पर्य यही थिएन र? (हजुर, थियो।) परमेश्‍वरले भन्‍नुभयो, “अय्यूब परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति हो, र ऊ सिद्ध मानिस हो।” शैतानले के भन्यो? (के ऊ कुनै कारणविना परमेश्‍वरको आराधना गर्थ्यो र?) शैतानले भन्यो, “गलत, ऊ सिद्ध मानिस होइन! उसले तपाईँबाट फाइदा र आशिष् प्राप्त गरेको छ, त्यसकारण उसले तपाईँको डर मान्छ। यदि तपाईँले यी फाइदा र आशिष्‌हरू खोस्नुभयो भने, उसले तपाईँको डर मान्नेछैन—ऊ सिद्ध मानिस होइन।” यसरी, परमेश्‍वरले बोलेको हरेक वाक्यविरुद्ध शैतान प्रश्‍न तेर्स्याउँछ र त्यस वाक्यलाई इन्कार गर्छ। शैतानले परमेश्‍वरका वचनहरू इन्कार्छ, र हर कुरामा परमेश्‍वरले दिएका परिभाषा वा अभिव्यक्तिहरू इन्कार्छ। के हामी शैतानले सत्यता इन्कार्छ भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) तथ्य यही हो। त्यसोभए, मानवजातिलाई खुलासा गर्ने, न्याय गर्ने र सजाय दिने, अनि मानवजातिप्रतिका विभिन्‍न किसिमका विशिष्ट आज्ञाहरू अघि सार्ने परमेश्‍वरका वचनहरूप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति के हुन्छ? के तिनीहरू ती कुराहरू स्विकारेर “आमेन” भन्छन्? के तिनीहरूले ती कुराहरू पछ्याउन सक्छन्? (अहँ, सक्दैनन्।) परमेश्‍वरका सबै प्रकारका वचनप्रति ख्रीष्टविरोधीहरूले हृदयमा तुरुन्तै यसो भन्‍न सक्छन्, “गलत! के साँच्‍चै यस्तै हो त? तिमीले भनेको कुरा त्यस्तो कसरी हुन सक्छ? त्यो सही होइन—मलाई त्यस्तो लाग्दैन। तिमीले भनेको कुरा किन यति अप्रिय छ? परमेश्‍वर यसरी बोल्नुहुन्न! यदि मैले बोलेको भए, यसलाई यसरी भन्नुपर्थ्यो।” परमेश्‍वरप्रतिको ख्रीष्टविरोधीहरूको यस मनोवृत्तिलाई आधार मान्दा, के तिनीहरू परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा पालना गर्न सक्छन्? अवश्यै सक्दैनन्। तिनीहरूमा भएको दुष्टता यही हो; यो दोस्रो बुँदा हो। तेस्रो बुँदा ख्रीष्टविरोधीहरू परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्यबारे के सोच्छन्, अर्थात् परमेश्‍वर मानवजातिलाई मुक्ति दिन, र मानवजातिलाई शैतानका भ्रष्ट स्वभावहरू र अन्धकारका शक्तिहरूबाट अलग हुन दिन चाहनुहुन्छ भन्‍नेबारे तिनीहरू के सोच्छन् भन्‍ने हो। तिनीहरूको स्वभाव किन दुष्ट छ भनेर भनिन्छ? तिनीहरू के विश्‍वास गर्छन् भने, यो एक लेनदेन हो, र तिनीहरूले यो बस एक खेल हो भनेर समेत विश्‍वास गर्छन्। कस-कसको बीचको खेल? पौराणिक परमेश्‍वर र स्वर्गको राज्य प्रवेश गर्न अनि कष्टको संसारबाट मुक्त हुन चाहने अज्ञानी र मूर्ख मानिसहरूको समूहबीचको खेल हो। यो लेनदेन पनि हो जसमा दुवै पक्ष इच्छुक सहभागीहरू हुन्छन्, जहाँ एउटा पक्ष दिन र अर्को पक्ष लिन इच्छुक हुन्छ। यो यस प्रकारको खेल हो। तिनीहरू परमेश्‍वरको व्यवस्थापन योजनालाई यसरी नै हेर्छन्—के यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावको प्रकाश होइन र? ख्रीष्टविरोधीहरू महत्त्वाकाङ्क्षाले भरिएका हुने हुनाले, र तिनीहरूले गन्तव्य र आशिष्‌हरू चाहने हुनाले, तिनीहरू मानवजातिको सबैभन्दा सुन्दर अभियान र मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापनको कामलाई खेल, र लेनदेनमा परिणत गर्छन्—यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव हो। त्यसबाहेक, ख्रीष्टविरोधीहरूमा अर्को प्रकटीकरण पनि हुन्छ, जुन निकै हास्यास्पद र उपहासपूर्ण लाग्छ। यो किन उपहासपूर्ण कुरा हो? ख्रीष्टविरोधीहरू परमेश्‍वरले गरेका सबै काममा विश्‍वास गर्दैनन्, न त तिनीहरू परमेश्‍वरले भनेका सबै कुरा सत्यता हुन् र तिनले मानवजातिलाई मुक्ति दिन सक्छन् भन्‍ने कुरामै विश्‍वास गर्छन्, बरु तिनीहरू कष्ट भोग्‍ने, मूल्य चुकाउने, र यस्तो कारोबार गर्ने र यसलाई सहज बनाउने अथक इच्छुक हुन्छन्। के यो हाँसउठ्दो कुरा होइन र? अवश्य नै, यो ख्रीष्टविरोधीहरूको दुष्टता होइन, बरु ख्रीष्टविरोधीहरूको मूर्खता हो। एक हिसाबमा, तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्वीकार गर्दैनन्, र परमेश्‍वरको व्यवस्थापन योजनालाई बङ्ग्याउनेसमेत गर्छन्, तर अर्को हिसाबमा, तिनीहरू अझै पनि परमेश्‍वरका वचनहरू र उहाँको व्यवस्थापन योजनाबाट व्यक्तिगत फाइदाहरू प्राप्त गर्न चाहन्छन्। अर्को शब्दमा भन्‍नुपर्दा, एक हिसाबमा तिनीहरू यी सबै तथ्यको अस्तित्वमा विश्‍वास गर्दैनन्, तिनको सत्यतामा त झनै विश्‍वास गर्दैनन्, जबकि अर्को हिसाबमा, तिनीहरू अझै पनि फाइदातर्फ लम्‍कन र हरेक फाइदा लिन, अवसरवादी हुन र बाह्य संसारमा प्राप्त गर्न नसक्‍ने कुराहरू प्राप्त गर्न चाहन्छन्, र यस क्रममा तिनीहरू सधैँ आफूलाई अत्यन्तै चलाख ठान्छन्। के यो हाँसउठ्दो कुरा होइन र? तिनीहरूले आफूले आफैलाई धोका दिइरहेका हुन्छन् र तिनीहरू अत्यन्तै मूर्ख हुन्छन्।

भर्खरै हामीले तीनवटा प्रकटीकरणहरू प्रयोग गरेर ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव चिरफार गर्‍यौँ, र निष्कर्षमा अर्को एउटा थप प्रकटीकरण निकाल्यौँ: ख्रीष्टविरोधीहरू यति मूर्ख हुन्छन् कि तिनीहरूलाई हाँस्ने कि रुने भन्‍ने पनि थाहा हुँदैन। ती तीनवटा प्रकटीकरण के-के हुन्? (पहिलो, ख्रीष्टविरोधीहरू कर्तव्य निर्वाह गर्नुलाई लेनदेनका रूपमा लिन्छन्; दोस्रो, ख्रीष्टविरोधीहरू परमेश्‍वरको वचन स्विकार्दैनन्, परमेश्‍वरको वचन सकारात्मक कुरा हो भन्‍ने विश्‍वास गर्दैनन्, र परमेश्‍वरको वचनले मानिसहरूलाई मुक्ति दिन सक्छ भन्‍ने कुरा स्विकार्दैनन्, बरु तिनीहरू परमेश्‍वरको वचनलाई सिद्धान्त र नाराका रूपमा लिन्छन्; तेस्रो, ख्रीष्टविरोधीहरूले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कामलाई नग्‍न लेनदेन र खेलका रूपमा लिन्छन्।) अनि थप अर्को प्रकटीकरण? (ख्रीष्टविरोधीहरू हास्यास्पद अवस्था र चरम मूर्खता।) के यी कुराहरू निकै विशिष्ट छैनन् र? (छन्।) के तिमीहरू यस्तो स्वभाव भएको व्यक्तिमा अलि असामान्य मानसिक स्थिति र समझ हुन्छ भनेर भन्छौ? (भन्छौँ।) तिनीहरू कुन हिसाबमा असामान्य हुन्छन्? (ख्रीष्टविरोधीहरू परमेश्‍वरसँग लेनदेन गर्न र परमेश्‍वरबाट भावी सम्‍भावना र नियति प्राप्त गर्न चाहन्छन्, तर तिनीहरू अझै पनि परमेश्‍वरको व्यवस्थापन योजनामा वा परमेश्‍वर मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्। तिनीहरूको सोचाइ विरोधाभासपूर्ण हुन्छ, तिनीहरूले चाहने कुराहरू तिनीहरूले इन्कार गर्ने कुरा नै हुन्छन्। यो आधारभूत रूपमा बुझ्‍न नसकिने कुरा हो, त्यसकारण तिनीहरूको समझ असामान्य हुन्छ र तिनीहरूको मानसिक स्थितिमा केही न केही गलत हुन्छ।) यसले के देखाउँछ भने तिनीहरूमा सामान्य मानवताको कमी हुन्छ। यी सोचाइ र हिसाबकिताबका तौरतरिकाद्वारा तिनीहरू आफै विरोधाभास भइरहेका छन् भनेर तिनीहरूलाई थाहै हुँदैन। यो कसरी हुन्छ? (तिनीहरू सधैँ गलत मार्ग पछ्याउँछन् किनभने तिनीहरू कहिल्यै सत्यता स्विकार्ने वा अभ्यास गर्ने गर्दैनन्।) अनि के तिनीहरूलाई आफू हिँडिरहेको बाटो गलत छ भन्‍ने थाहा हुन्छ? निश्‍चय नै थाहा हुँदैन। त्यसो गर्दा घाटा हुन्छ भन्‍ने थाहा भयो भने त, तिनीहरू निश्‍चय नै त्यसो गर्दैनन्। तिनीहरूले त्यसो गर्दा त्यसले आफूलाई फाइदा गर्छ भन्‍ने सोच्छन्: “हेर त म कति चलाख छु। तिमीहरू कसैले पनि खास कुरा देख्‍न सक्दैनौ; तिमीहरू सबै मूर्ख छौ। तिमीहरू कसरी यति सोझा हुन सक्छौ? परमेश्‍वर कहाँ हुनुहुन्छ? म उहाँलाई देख्‍न वा छुन सक्दिनँ, र परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुन सक्छन् भन्‍ने कुनै ग्यारेन्टी छैन! हेर त म कति चलाख छु—म एक कदम अघि बढ्दा, दश कदम अगाडि सोचिरहेको हुन्छु, तर तिमीहरू एक कदमका लागि पनि कुनै हिसाबकिताब गर्दैनौ।” तिनीहरू आफूलाई अत्यन्तै चलाख ठान्छन्। त्यसकारण, दुई-तीन वर्ष कर्तव्य निर्वाह गरेपछि, कतिपय मानिस सोच्छन्: “मैले आफ्नो कर्तव्य निर्वाह गरेको केही वर्ष भयो तर अझै पनि केही प्राप्त गरेको छैनँ, कुनै आश्‍चर्यकर्म वा कुनै असामान्य घटना देखेको छैनँ। पहिले म दिनको तीनपटक खाना खान्थेँ, र म अझै पनि तीनपटक नै खान्छु। यदि मैले खाना खाइनँ भने, मलाई भोक लाग्छ। यदि राती एक-दुई घण्टा निद्रा खलबलियो भने, मलाई दिनभरि निद्रा लाग्छ। मैले कुनै विशेष शक्ति विकास गरेको छैनँ! सबैले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र कर्तव्य निर्वाह गर्दा महान् आशिष्‌हरू प्राप्त गर्न सकिन्छ भनेर भन्छन्। मैले आफ्नो कर्तव्य निर्वाह गरेको धेरै वर्ष भइसक्यो तर कुनै फरक परेको छैन। के अहिले पनि अवस्था उस्तै छैन र? मसँग प्रायजसो कमजोरी, नकारात्मकता, र गुनासो हुन्छ। सबैले सत्यताले मानिसहरूलाई बदल्न सक्छ र परमेश्‍वरको वचनले मानिसहरूलाई बदल्न सक्छ भनेर भन्छन्, तर म पटक्‍कै बद्लिएको छैनँ। हृदयमा मलाई अझै पनि मेरा आमाबुबा, मेरा छोराछोरीको याद आउँछ, र मलाई पहिले संसारमा हुँदाका दिनहरूको समेत याद आउँछ। त्यसैले परमेश्‍वर मानिसहरूमा के गर्नुहुन्छ? मैले के प्राप्त गरेको छु? सबैले भन्छन्, जब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यता प्राप्त गर्छन्, तब तिनीहरूले केही कुरा प्राप्त गर्छन्, तर यदि तिनीहरूले केही कुरा प्राप्त गरेका भए, के तिनीहरू अरूभन्दा फरक हुनेथिएनन् र? अहिले म बूढो हुँदै गइरहेको छु, र मेरो स्वास्थ्य पहिलेको जस्तो छैन। मेरो अनुहारमा धेरै चाउरी परेका छन्। के तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू जति लामो समय बाँच्छन् त्यति नै जवान हुन्छन् भनेर भन्दैनन् र? तर म किन जवान हुनुको सट्टा बूढो भएँ? आखिर परमेश्‍वरका वचनहरू सही छैनन्, त्यसकारण मैले आफ्नै लागि योजना बनाउनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको हरेक दिन परमेश्‍वरको वचन पढ्नु, भेलाहरूमा सहभागी हुनु, भजन गाउनु, र कर्तव्य निर्वाह गर्नमा व्यस्त हुनु मात्रै हो। यो न्यास्रोलाग्दो हुन्छ र मलाई पहिलेभन्दा फरक महसुस हुँदैन।” के तिनीहरू यस्तो सोच्नेबित्तिकै समस्यामा पर्नेछन्, पर्नेछैनन् र? तिनीहरू यसरी नै सोच्न जारी राख्छन्, “अहिले म आफ्‍नो कर्तव्य निर्वाह गर्दा साँच्‍चै कष्ट भोगिरहेको छु, परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू धेरै टाढा छन् जस्तो छ। साथै, परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिस विपत्तिहरूमा मर्छन्, त्यसकारण के मान्छेका लागि परमेश्‍वरको सुरक्षा भन्‍ने कुरा पनि हुन्छ र? हुँदैन भने त, कतिपय मानिसले परमेश्‍वरले सबैभन्दा खतरनाक समयमा तिनीहरूको ज्यान बचाउन आश्‍चर्यकर्म गर्नुभयो भनेर लेखेका गवाही लेखहरू साँचा हुन् कि झूटा?” तिनीहरू यसबारे मनन गर्छन् र हृदयमा यसप्रति अनिश्‍चित हुन्छन्, र तिनीहरूले जब आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्छन्, तब तिनीहरूसँग कुनै जाँगर र उत्साह हुँदैन, र तिनीहरू सक्रिय हुन छोड्छन्। तिनीहरू पछि हटिरहन्छन् र आधा मनले र झारा टार्दै काम गर्न थाल्छन्। तिनीहरूले आफ्नो मनमा के-कस्ता हिसाबकिताब गरिरहेका हुन्छन्? “यदि मैले आशिष्‌हरू प्राप्त गरिनँ भने, यदि सधैँ यस्तै हो भने, मैले अरू योजना बनाउनुपर्छ। मैले आफ्नो कर्तव्य जारी राख्‍ने कि नराख्‍ने, र भविष्यमा मैले यो काम कसरी गर्ने भन्‍नेबारे फेरि योजना बनाउनुपर्छ। म फेरि यस्तो मूर्ख बन्‍नु हुँदैन। नत्रभने भविष्यमा मैले आफ्ना सम्भावनाहरू र नियति, वा आफ्नो मुकुट प्राप्त गर्नेछैनँ, र मैले सांसारिक खुसी पनि प्राप्त गरेको हुँदिनँ। त्यसोभए के यो सबै प्रयास बेकाम र व्यर्थ हुनेछैन र? यदि मैले अहिलेजस्तै निरन्तर केही पनि प्राप्त गरिनँ भने त, पहिले परमेश्‍वरमा नाम मात्रको विश्‍वास गरेर संसारमा काम गर्दै र संसारको पछि लाग्दै बसेकै राम्रो थियो। यदि परमेश्‍वर कहिले काम समाप्त हुनेछ, कहिले उहाँले मानिसहरूलाई इनाम दिनुहुनेछ, कहिले कर्तव्य समाप्त हुनेछ, र कहिले उहाँ मानवजातिकहाँ खुल्लमखुल्ला देखा पर्नुहुनेछ भनेर भन्नुहुन्न भने, यदि परमेश्‍वर मानिसहरूलाई कहिल्यै सटीक व्याख्या दिनुहुन्न भने, यहाँ आफ्‍नो समय बर्बाद गर्नुको के अर्थ? म संसारमा पैसा कमाउन र सांसारिक खुसी आनन्द लिन फर्केर जानु नै राम्रो हुन्छ। कम्तीमा मैले आफ्नो जीवन त बर्बाद गरेको हुनेछैनँ। आउने संसारको कुरा त कसलाई थाहा छ र? यो सबै अज्ञात छ, त्यसकारण अहिलेका लागि म यो जीवन राम्ररी जिउनेछु।” के तिनीहरूको मनमस्तिष्कमा परिवर्तन आएको छैन र? जब तिनीहरूले यसरी हिसाबकिताब गरिरहेका हुन्छन् र जब तिनीहरू गलत मार्ग लिन्छन्, तब के तिनीहरू अझै पनि आफूले निर्वाह गर्ने कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) कतिपय मानिस भन्छन्: “ख्रीष्टविरोधीहरूलाई हैसियत मन पर्छ, होइन र? यदि तपाईँले तिनीहरूलाई पद दिनुभयो भने, के तिनीहरू परमेश्‍वरको घरमा बस्‍नेछैनन् र?” के ख्रीष्टविरोधीहरूलाई यो बेला हैसियत चाहिन्छ? यो बेला तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हैसियत हुँदैन। तिनीहरूलाई के चाहिएको हो त? तिनीहरूलाई परमेश्‍वरले सटीक व्याख्या दिनुपर्छ, तिनीहरूलाई चाहिएको कुरा यही हो। यदि तिनीहरूले आशिष् प्राप्त गर्न सकेनन् भने, तिनीहरू छोडेर जान्छन्। एक हिसाबमा, यदि कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूलाई महत्त्वपूर्ण पदमा राख्‍न सकिएन भने, तिनीहरूलाई आफ्ना सम्भावनाहरू अनिश्‍चित, अस्पष्ट, र निराशाजनक भएझैँ लाग्छ। अर्को हिसाबमा, यदि कर्तव्य निर्वाह गर्ने क्रममा, परिस्थितिहरू तिनीहरूले अपेक्षा गरेअनुसार कहिल्यै अघि बढेनन् भने—यदि तिनीहरूले परमेश्‍वर आफ्नो महान् काम पूरा हुने दिनमा आफ्‍नो महिमा लिएर ओर्लनुभएको व्यक्तिगत रूपमा देखेनन् भने, वा यदि परमेश्‍वरले तिनीहरूलाई उहाँ कुन वर्ष, महिना, दिन, घण्टा र मिनेटमा मानवजातिकहाँ खुल्लमखुल्ला देखा पर्नुहुनेछ, परमेश्‍वरको काम कहिले समाप्त हुनेछ, र ठूला विपत्तिहरू कहिले आउनेछन् भनेर स्पष्ट भाषामा बताउनुभएन भने, यदि उहाँले तिनीहरूलाई यी कुराहरू स्पष्ट भाषामा बताउनुभएन भने, तिनीहरूको हृदय बेचैन हुन्छ। तिनीहरू आफ्नो उचित स्थानमा बसेर कर्तव्य निर्वाह गर्न सक्दैनन्, र तिनीहरू यो परिस्थितिप्रति सन्तुष्ट हुन सक्दैनन्। तिनीहरू परिणाम हासिल होस् भन्‍ने चाहन्छन्, तिनीहरू परमेश्‍वरले तिनीहरूलाई सटीक भाषामा अभिव्यक्ति दिनुहोओस् र आफूले चाहेका सबै कुरा प्राप्त गर्न सकिन्छ कि सकिन्न भनेर आफूलाई थाहा होस् भन्‍ने चाहन्छन्। यदि तिनीहरूले यस अभिव्यक्तिका लागि धेरै समय व्यर्थै प्रतीक्षा गरिरहेका छन् भने, तिनीहरूले मनमा अर्को हिसाबकिताब गर्नेछन्। कस्तो हिसाबकिताब? तिनीहरूले कसले तिनीहरूलाई खुसी दिन सक्छ, तिनीहरूले चाहेका कुराहरू कसले दिन सक्छ भनेर हिसाबकिताब गर्नेछन्, र यदि तिनीहरूले आउँदो संसारका कुराहरू प्राप्त गर्न सकेनन् भने, यस जीवनमा आफूले चाहेको सबै कुरा प्राप्त गर्नुपर्छ। यदि यो संसार र मानवजातिले यस जीवनमा तिनीहरूलाई आशिष्, सहजता र देहसुख अनि प्रतिष्ठा र हैसियत दिन सक्छन् भने, तिनीहरूले कुनै पनि बेला, कुनै पनि परिस्थितिमा परमेश्‍वरलाई त्याग्‍नेछन्, र आफ्नो सुखी जीवन जिउनेछन्। ख्रीष्टविरोधीहरूका हिसाबकिताब यिनै हुन्। तिनीहरूले सांसारिक खुसी र सम्भावनाहरू पछ्याउन कुनै पनि बेला, कुनै पनि परिस्थितिमा परमेश्‍वरको घरमा आफ्नो कर्तव्य त्याग्‍न र आफ्नो हातमा रहेको काम त्याग्‍न सक्छन्। कति मानिसहरूले त सांसारिक लाभ र सम्भावनाहरू प्राप्त गर्न दाजुभाइ-दिदीबहिनीहरू र परमेश्‍वरको घरका हितहरूप्रति घात गर्न र परमेश्‍वरलाई धोका दिनसमेत सक्छन्। त्यसकारण, कर्तव्य निर्वाह गर्दा ख्रीष्टविरोधीहरू जति नै उत्कृष्ट र जति नै प्रतिस्पर्धी देखिन सके पनि, तिनीहरू सबैले कुनै पनि समय र कुनै पनि परिस्थितिमा आफ्नो कर्तव्य त्याग्‍न, परमेश्‍वरलाई धोका दिन र परमेश्‍वरको घर छोड्न सक्छन्। तिनीहरू कुनै पनि बेला, कुनै पनि परिस्थितिमा परमेश्‍वरको घरलाई घात गरेर यहूदा बन्‍न सक्छन्। यदि ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गरे भने, यसलाई अपरिहार्य रूपमै सौदा गर्ने माध्यमका रूपमा प्रयोग गर्नेछन्। तिनीहरूले निश्‍चय नै छोटो समयमा आशिष्‌हरू प्राप्त गर्ने आफ्‍नो इच्छा सन्तुष्ट पार्ने प्रयास गर्नेछन्—कम्तीमा पनि सबभन्दा पहिले हैसियतका फाइदाहरू पाउने र अरूको पूजा पाउने आफ्नो इच्छा सन्तुष्ट पार्ने प्रयास गर्नेछन्, र त्यसपछि स्वर्गको राज्यमा प्रवेश गरेर इनाम प्राप्त गर्ने प्रयास गर्नेछन्। तिनीहरूको कर्तव्य निर्वाह गर्ने समयसीमा तीन वर्षको हुन सक्छ, वा यो पाँच, दश वा बीस वर्षको पनि हुन सक्छ। तिनीहरूले परमेश्‍वरलाई दिन छुट्याएको समय यही हो, र यही नै तिनीहरूले कर्तव्य निर्वाह गर्न आफूलाई दिने सबैभन्दा लामो समय हो। यो समयसीमा सकिएपछि, तिनीहरूको धैर्य पनि सीमामै पुगिसकेको हुनेछ। तिनीहरूले आशिष्, सुन्दर गन्तव्य, मुकुट र इनाम पाउने आफ्‍नो इच्छाका लागि सम्झौता गर्न, र परमेश्‍वरको घरमा कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍ने भए पनि, समय बित्दै जाँदा तिनीहरूले आफ्ना भावी सम्भावना र नियति, वा व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरू कहिल्यै बिर्सने वा त्याग्‍नेछैनन्, र समय बित्दै जाँदा यी कुराहरू परिवर्तन हुनु वा कमजोर बन्‍नु त झन् परको कुरा हो। त्यसकारण, ख्रीष्टविरोधीहरूको यो सारबाट हेर्दा, तिनीहरू सकारात्मक कुराहरूलाई घृणा गर्ने र नकारात्मक कुराहरूलाई मात्रै प्रेम गर्ने कट्टर अविश्‍वासी र अवसरवादी हुन्, परमेश्‍वरको घरमा छलछाम गरेर बस्‍न चाहने भ्रष्टहरूका समूह हुन्, र यी मानिसहरू शर्मनाक हुन्छन्।

आफ्‍नो कर्तव्यप्रति ख्रीष्टविरोधीहरूको मुख्य अभिप्राय र मनोवृत्ति भनेको यसलाई परमेश्‍वरसँग लेनदेन गर्ने र आफूले चाहेका फाइदाहरू प्राप्त गर्ने अवसरका रूपमा प्रयोग गर्नु हो। तिनीहरू यस्तो पनि विश्‍वास गर्छन्: “जब मानिसहरूले परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र आफ्नो सांसारिक सम्भावनाहरू त्याग्छन्, तब स्पष्ट रूपमै तिनीहरूले केही लाभ प्राप्त गर्नैपर्ने हुन्छ, बदलामा केही न केही प्राप्त गर्नैपर्ने हुन्छ, यो मात्रै निष्पक्ष र उचित कुरा हो। आफ्नो कर्तव्य निर्वाह गरेर पनि केही प्राप्त हुँदैन भने, केही सत्यता प्राप्त गरे पनि, त्यो सार्थक हुँदैन। स्वभाव परिवर्तन त्यस्तो ठोस फाइदा होइन—मुक्ति प्राप्त गरे पनि, त्यसलाई कसैले देख्‍न सक्दैन!” यी अविश्‍वासीहरू परमेश्‍वरले मानवजातिलाई दिएको कुनै मागहरूप्रति आँखा चिम्लिन्छन्। तिनीहरू यसलाई स्वीकार वा विश्‍वास गर्दैनन्, र तिनीहरू इन्कार गर्ने मनोवृत्ति अपनाउँछन्। ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यप्रति जुन मनोवृत्ति र अभिप्रायले व्यवहार गर्छन् त्यसका आधारमा हेर्दा, तिनीहरू स्पष्टतः सत्यता पछ्याउने मानिस होइनन्, बरु अविश्वासी र अवसरवादी हुन्; तिनीहरू शैतानका हुन्। के शैतानले बफादारीसाथ कर्तव्य निर्वाह गर्न सक्छ भन्‍ने तिमीहरूले सुनेका छौ? (छैनौँ।) यदि शैतानले परमेश्‍वरसामु आफ्नो “कर्तव्य” निर्वाह गर्न सक्छ भने, यस कर्तव्यलाई उद्धरण चिन्हहरूभित्र राख्नपर्छ किनभने शैतानले निष्क्रिय र जबरजस्ती रूपमा यसो गरिरहेको हुन्छ, शैतानलाई परमेश्‍वरले चलाइरहनुभएको हुन्छ, र परमेश्‍वरले यसलाई प्रयोग गरिरहनुभएको हुन्छ। त्यसकारण, तिनीहरूको ख्रीष्टविरोधी सारको कारण, र तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, सत्यताप्रति वितृष्णा राख्‍ने हुनाले, र अझै बढी रूपमा, तिनीहरूको दुष्ट प्रकृतिको कारणले, तिनीहरूले सर्तरहित वा भरपाइविनाको सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, न त तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पछ्याउन वा सत्यता प्राप्त गर्न वा परमेश्‍वरका वचनहरूका मापदण्डअनुसार ती निर्वाह गर्न नै सक्छन्। तिनीहरूको यो प्रकृति, र तिनीहरूले कर्तव्यलाई लिने मनोवृत्ति र कर्तव्य निभाउने क्रममा देखा पर्ने विभिन्‍न प्रकटीकरणको कारण, ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यलाई बेवास्ता गर्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कुनै पनि बेला, कुनै पनि परिस्थितिमा दुष्कर्म गर्न र परमेश्‍वरको घरको काममा अवरोध र बाधा पुऱ्याउने भूमिका खेल्न सक्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा देखाउने मुख्य र प्रमुख प्रकटीकरण के हो? यो आफूखुसी र स्वेच्छाचारी रूपमा काम गर्नु, नियमहरू आफ्नो हातमा लिनु, र अरूसँग सल्लाह नलिई काम गर्नु हो। तिनीहरू परिणामहरूबारे नसोची आफूले चाहेअनुसार काम गर्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्दा आफू कसरी अरूभन्दा माथि उठ्न सकिन्छ र कसरी अझै धेरै मानिसलाई नियन्त्रण गर्न सकिन्छ भनेर मात्रै विचार गर्छन्। तिनीहरू परमेश्‍वरलाई आफूले कर्तव्य निर्वाह गर्दा कष्ट भोगेको र मूल्य चुकाएको छु, आफूसँग पुँजी छ र आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न र आशिष्‌हरू प्राप्त गर्ने उद्देश्य हासिल गर्न आफूसित परमेश्‍वरलाई इनाम र मुकुट माग्‍ने अधिकार छ भन्‍ने कुरा मात्रै देखाउन चाहन्छन्।

ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, निरन्तर आफ्‍ना सम्भावना र नियतिबारे हिसाबकिताब गरिरहेका हुन्छन्: तिनीहरूले कर्तव्य निर्वाह गरेको अहिले कति वर्ष भयो, तिनीहरूले कति धेरै कष्ट भोगेका छन्, तिनीहरूले परमेश्‍वरका लागि कति धेरै त्याग गरेका छन्, कति मूल्य चुकाएका छन्, कति ऊर्जा खर्चेका छन्, आफ्नो जवानीको कति वर्ष त्यागेका छन्, र अहिले तिनीहरूले इनाम र मुकुट प्राप्त गर्ने अधिकार पाएका छन् कि छैनन्; तिनीहरूले यी केही वर्ष आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा पर्याप्त पुँजी बटुलेका छन् कि छैनन्, तिनीहरू परमेश्‍वरको नजरमा कृपाप्राप्त व्यक्ति हुन् कि होइनन्, र तिनीहरू परमेश्‍वरको नजरमा इनाम र मुकुट प्राप्त गर्न सक्‍ने व्यक्ति हुन् कि होइनन्। तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर यसरी नै नापतौल, हिसाबकिताब र योजना गरिरहेका हुन्छन्, अनि सँगसँगै अरूका शब्द र अभिव्यक्तिहरू र आफ्ना बारेमा दाजुभाइ-दिदीबहिनीहरूका लेखाजोखा र अभिव्यक्तिहरू अवलोकन गरिरहेका हुन्छन्। अवश्य नै, तिनीहरूलाई सबैभन्दा बढी चिन्ता लाग्‍ने कुरा चाहिँ माथिलाई तिनीहरू अस्तित्वमा छन्, र तिनीहरूले कर्तव्य निर्वाह गरिरहेका छन् भन्‍ने कुरा थाहा छ कि छैन भन्‍ने हो। तिनीहरू आफूलाई माथिले कसरी हेर्छ, कसरी आफ्ना बारेमा कुरा गर्छ र मूल्याङ्कन गर्छ, कष्ट भोग्‍ने र मूल्य चुकाउने क्रममा आफूले राखेका “श्रमसाध्य अभिप्रायहरू” लाई माथिले बुझेको छ कि छैन, आफूले परमेश्‍वरलाई पछ्याएका वर्षहरूमा भोगेका कष्ट र सङ्कष्टहरूबारे माथिलाई स्पष्ट रूपमा थाहा छ कि छैन, र आफूले गर्ने हरेक कुरालाई स्वर्गमा बस्‍ने परमेश्‍वरले कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्‍ने कुराप्रति अझै बढी चिन्तित हुन्छन्। कर्तव्यहरूमा व्यस्त हुनेबाहेक, तिनीहरूको मनले निरन्तर हिसाबकिताब पनि गरिरहेको हुन्छ, र तिनीहरूले विभिन्‍न स्रोतबाट जानकारी प्राप्त गर्न र तिनीहरू विपत्तिहरूबाट जोगिन सक्छन् कि सक्दैनन्, तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन् कि सक्दैनन् र त्यो अज्ञात मुकुट र आशिष्‌हरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भनेर मूल्याङ्कन गर्न खोजिरहेका हुन्छन्। हृदयको गहिराइभित्र तिनीहरूले प्रायजसो हिसाबकिताब गर्ने कुराहरू, र तिनीहरूले हरेक दिन हरक्षण हिसाबकिताब गर्ने सबैभन्दा प्राथमिक र मुख्य कुराहरू यिनै हुन्। तैपनि, तिनीहरू कहिल्यै आफै सत्यता अभ्यास गर्ने मानिस हुन् कि होइनन्; तिनीहरूले कति सत्यता बुझेका छन्; तिनीहरू आफूले बुझेका कति सत्यता वास्तवमा अभ्यास गर्न सक्छन्; तिनीहरूको स्वभावमा वास्तविक परिवर्तन आएको छ कि छैन; तिनीहरूले परमेश्‍वरका लागि गर्ने कुराहरूमा अलिकति मात्रै भए पनि इमानदारी छ कि वा कुनै अशुद्धता, लेनदेन, वा अनुरोधहरू समावेश छन्; तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कति धेरै भ्रष्टता प्रकट गरेका छन्; तिनीहरूले हरेक दिन गर्ने हरेक कर्तव्य र काम सत्यता सिद्धान्तहरूअनुसार गरिन्छ कि गरिँदैन; र तिनीहरू कर्तव्य निर्वाह गर्दा त्यो मापदण्डअनुरूप हुन्छ कि हुँदैन र यसले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्छ कि पार्दैन भन्‍नेबारे घोरिएर सोच्‍ने वा मनन गर्ने प्रयास गर्दैनन्। तिनीहरू यी कुराबारे मनन गर्ने वा घोरिएर सोच्‍ने प्रयास कहिल्यै गर्दैनन्। तिनीहरू त भविष्यमा आफूले आशिष्‌हरू प्राप्त गर्न सकिएला कि नसकिएला र आफ्नो गन्तव्य के होला भनेर मात्र हिसाबकिताब गर्छन्। तिनीहरू आफ्नै हित र आफ्नै नाफा-नोक्सानबारे मात्र हिसाब गर्छन्, तर सत्यता, स्वभाव परिवर्तन वा कसरी परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्ने भन्‍नेबारे कहिल्यै कुनै ऊर्जा वा प्रयास लाउँदैनन्। ख्रीष्टविरोधीहरू कहिल्यै आफ्नो भ्रष्ट स्वभाव वा आफूले लिएका गलत मार्गहरूबारे मनन गर्ने, जान्ने, वा चिरफार गर्ने अभ्यास गर्दैनन्, र आफ्नो गलत दृष्टिकोण कसरी परिवर्तन गर्ने भनेर कहिल्यै विचार गर्दैनन्। तिनीहरू आफूले सत्यता उल्लङ्घन गरेको र परमेश्‍वरको विरोध गर्न धेरै दुष्ट कुरा गरेको तथ्यलाई कहिल्यै घृणा गर्दैनन्, तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिएकामा आफूलाई कहिल्यै घृणा गर्दैनन्, र तिनीहरू आफूले लिएका गलत मार्गहरू वा आफूले अवरोध र बाधा ल्याउन गरेका कुराहरूबारे कहिल्यै पछुतो गर्दैनन्। तिनीहरू कर्तव्य निर्वाह गर्ने क्रममा, हरहालतमा आफ्नो कमीकमजोरी, दुर्बलता, नकारात्मकता, निष्क्रियता र भ्रष्ट स्वभाव लुकाउनुबाहेक, अगाडि रहन सकूँ भनेर आफूलाई प्रदर्शन गर्न सक्दो प्रयास गर्छन्, र परमेश्‍वर र उहाँका चुनिएका मानिसहरूलाई आफ्नो प्रतिभा, वरदान र क्षमताहरू देखाउन हरसम्भव उपाय सोच्छन्। तिनीहरू यस कुरालाई आफूलाई सान्त्वना दिन प्रयोग गर्छन् अनि आफूलाई मुकुट र इनामहरू प्राप्त गर्ने पुँजी र निश्‍चितता मिलेको छ, र आफूले सत्यता खोजी गर्ने मार्गमा हिँड्नुपर्दैन भनेर सोच्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको समझ खराब हुन्छ। सत्यतामा जेजसरी सङ्गति गरिए पनि, र यसलाई जति नै स्पष्ट रूपमा सङ्गति गरिए पनि, तिनीहरू अझै पनि परमेश्‍वरका अभिप्रायहरू के हुन् वा परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य के हो, र मानिसहरूले अपनाउनुपर्ने सही मार्ग कुन हो भनेर बुझ्दैनन्। त्यस्ता मानिसहरूले आफ्नो दुष्ट स्वभावको कारण, आफ्नो दुष्ट प्रकृतिको कारण, र आफ्नो प्रकृति सारको कारण, भित्री रूपमा सत्यता के हो र सकारात्मक कुराहरू के हुन्, सही के हो र गलत के हो भनेर छुट्याउन सक्दैनन्। तिनीहरू आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरूलाई सत्यता, जीवनको एकमात्र उद्देश्य, र सबैभन्दा धार्मिक उद्यम मान्दै दह्रिलो गरी पक्रिराख्छन्। तिनीहरूलाई यदि व्यक्तिको स्वभाव परिवर्तन भएन भने ऊ सधैँ परमेश्‍वरको शत्रु हुनेछ भन्‍ने सत्यता थाहा हुँदैन, र परमेश्‍वर त्यस व्यक्तिलाई कुन आशिष् दिनुहुन्छ र उसलाई कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा उसको क्षमता, वरदान, प्रतिभा वा पुँजीमा आधारित हुँदैन, बरु ऊ कति धेरै सत्यता अभ्यास गर्छ र कति धेरै सत्यता प्राप्त गर्छ, र ऊ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति हो कि होइन भन्‍ने कुरामा आधारित हुन्छ भन्‍ने कुरा पनि थाहा हुँदैन। यी भनेका ख्रीष्टविरोधीहरूले कहिल्यै नबुझ्‍ने सत्यता हुन्। ख्रीष्टविरोधीहरू यस्तो कुरा कहिल्यै देख्दैनन्, र तिनीहरू सबैभन्दा बढी मूर्ख यहीँनेर हुन्छन्। सुरुदेखि अन्त्यसम्‍म, ख्रीष्टविरोधीहरूमा आफ्नो कर्तव्यप्रति मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू के विश्‍वास गर्छन् भने, कर्तव्य निर्वाह गर्नु भनेको लेनदेन हो, र जसले आफूलाई कर्तव्यमा सबैभन्दा बढी समर्पित गर्छ, जसले परमेश्‍वरको घरमा सबैभन्दा बढी योगदान दिन्छ र जसले परमेश्‍वरको घरमा सबैभन्दा धेरै वर्षसम्‍म सहेर बस्छ, उसैसँग अन्त्यमा आशिष् र मुकुट पाउने बढी मौका हुन्छ। ख्रीष्टविरोधीहरूको तर्क यही हो। के यो तर्क सही छ? (छैन।) के यस्तो दृष्टिकोण सुल्ट्याउन सजिलो हुन्छ? यो सुल्ट्याउन सजिलो हुँदैन। ख्रीष्टविरोधीहरूको प्रकृति सारले नै यो कुरा निर्धारित गर्छ। ख्रीष्टविरोधीहरू हृदयमा सत्यताप्रति वितृष्णा राख्छन्, तिनीहरू सत्यता पटक्‍कै खोजी गर्दैनन् र तिनीहरूले गलत मार्ग लिइरहेका हुन्छन्, त्यसकारण परमेश्‍वरसँग लेनदेन गर्ने तिनीहरूको दृष्टिकोण सुल्ट्याउन सजिलो हुँदैन। अन्ततः ख्रीष्टविरोधीहरू परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन्, तिनीहरू अविश्‍वासी हुन्, र तिनीहरू स्वार्थी लाभको लागि आशिष्‌हरू प्राप्त गर्न आएका हुन्छन्। अविश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु आफैमा टिक्‍न नसक्‍ने कुरा हो, यो आफैमा हास्यास्पद कुरा हो, अनि तिनीहरू परमेश्‍वरका लागि कष्ट भोग्दै र मूल्य चुकाउँदै परमेश्‍वरसँग लेनदेन गर्न र आशष्‌हरू प्राप्त गर्न चाहन्छन्, यो झनै हास्यास्पद कुरा हो।

ख्रीष्टविरोधीहरू आशिष् र मुकुट प्राप्त गर्न मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। कसैले तिनीहरूलाई जबरजस्ती गरेको कारण तिनीहरूले यो मार्ग लिएका हुँदैनन्, र परमेश्‍वरका वचनहरूले बहकाएको कारण पनि तिनीहरूले त्यसो गरेका हुँदैनन्। परमेश्‍वरले मानवजातिलाई प्रतिज्ञा गर्नुभयो, तर सँगसँगै तिनीहरूलाई धेरै सत्यता पनि दिनुभयो र तिनीहरूका लागि धेरै माग पनि अघि सार्नुभयो, र यो कुरा सामान्य मानिसहरूले देख्‍न सक्नुपर्छ। सामान्य मानवताको समझ भएका मानिसहरू के सोच्छन्? “यी आशिष्‌हरू प्राप्त गर्न सजिलो छैन, त्यसकारण मैले परमेश्‍वरका मागहरूअनुसार काम गर्नुपर्छ र म सही मार्गमा हिँड्नुपर्छ; म पावलको मार्गमा हिँड्नु हुँदैन। यदि मानिसहरू पावलको मार्गमा हिँडे भने, तिनीहरू पूरै खतम हुन्छन्। जब मानिसहरू परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्छन्, ती स्वीकार गर्छन्, र जब तिनीहरू तिनमा समर्पित हुन्छन्, तब मात्रै परमेश्‍वरले बोलेका सबै प्रतिज्ञा, आशिष्, सम्भावना र नियतिसँग तिनीहरूको सम्बन्ध हुन्छ। यदि तिनीहरू परमेश्‍वरका यी वचनहरूमा विश्‍वास गर्दैनन्, स्वीकार गर्दैनन्, र तिनीहरू तिनमा समर्पित हुँदैनन् भने, परमेश्‍वरले बोलेका यी सबै प्रतिज्ञा र आशिष्‌हरूसँग तिनीहरूको कुनै सम्बन्ध हुनेछैन।” सामान्य मानवताको समझ भएका मानिसहरू यस्तो सोच्छन्। तर किन ख्रीष्टविरोधीहरू यसरी सोच्दैनन्? ख्रीष्टविरोधीहरू शैतान हुन्, तिनीहरू दियाबलस हुन्, र तिनीहरूमा सामान्य मानवताको समझ हुँदैन—यो पहिलो कारण हो। दोस्रो, ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्णा राख्छन्, परमेश्‍वरको मुखबाट बोलिने हरेक वचनलाई विश्‍वास गर्दैनन्, र सकारात्मक कुराहरूप्रति वितृष्णा राख्छन्। के सत्यता स्वीकार नगर्ने र सकारात्मक कुराहरूप्रति वितृष्णा राख्‍ने व्यक्तिले सत्यता र सकारात्मक कुराहरूअनुसार अभ्यास गर्न सक्छ? (अहँ, सक्दैन।) यो त ब्वाँसोलाई भेडासरह घाँस खान लाउनुजस्तै हो—तिनीहरूले आधारभूत रूपमा यो काम गर्न सक्दैनन्। जब कुनै मासु हुँदैन र तिनीहरू भोकले मर्न आँटेका हुन्छन्, तब तिनीहरू थोरै घाँस खान बाध्य हुन सक्छन्, तर खानलाई मासु छ भने, तिनीहरूको पहिलो छनौट अवश्य नै मासु हुन्छ; यो कुरा ब्वाँसोको प्रकृतिले नै निर्धारित गर्छ। ख्रीष्टविरोधीहरूको प्रकृति यस्तै हुन्छ। तिनीहरूका हितहरूले तिनीहरूलाई केही असल व्यवहार देखाउन, निश्‍चित मूल्य चुकाउन, र केही असल प्रकटीकरण देखाउन उत्प्रेरित गर्न सक्छन्, तर तिनीहरू यी फाइदाहरूको पछ्याइ र चाहना कहिल्यै त्याग्‍न सक्दैनन्। उदाहरणका लागि, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा व्यक्तिगत हितहरू पछ्याउँछन्, र आफ्नो कर्तव्यलाई कसरी आफ्ना लागि आशिष्‌हरू प्राप्त गर्ने पुँजीमा परिणत गर्ने भनेर सोच्छन्। जब यो आशा नष्ट हुन्छ, र जब यो रक्षाको बाँध भत्कन्छ, तब तिनीहरूले कुनै पनि बेला, कुनै पनि परिस्थितिमा आफ्नो कर्तव्य त्याग्‍न सक्छन्। जब त्यो समय आउँछ, र तैँले तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्नु कति राम्रो अनि पूर्ण रूपमा स्वाभाविक र उचित कुरा हो भनेर भन्छस्, तब के तिनीहरूले तेरो कुरा सुन्छन् र? (अहँ, सुन्दैनन्।) जब तिनीहरूले हरेस खाएर छोडिजाने निर्णय गर्छन्, तब मानिसहरू तिनीहरूलाई मनाउने प्रयास गर्छन्: “तिमी बस्नुपर्छ। कर्तव्य निर्वाह गर्नु अत्यन्तै राम्रो कुरा हो र संसारमा फर्केर जाँदा अत्यन्तै गाह्रो हुन्छ। तिमीले केही पनि प्राप्त गर्नेछैनौ, तिमी हेपिनेछौ र थकित हुनेछौ, तिमीले सत्यता प्राप्त गर्नेछैनौ र मुक्ति पाउने कुनै मौका पाउनेछैनौ।” मानिसहरूले तिनीहरूलाई सल्लाह दिनु ठिक हुन्छ भन्‍ने सोच्छन् होला, तर तिनीहरू बस्नेछैनन् मात्र होइन, लाजले रुने पनि छन्। तिनीहरू किन रुनेछन्? (तिनीहरूलाई आफू अन्यायमा परेको छु भन्‍ने लाग्छ।) साँचो कुरा। अनि तिनीहरू कसरी अन्यायमा परेका हुन्छन्? (तिनीहरू आफूले धेरै कष्ट भोगेको छु र ठूलो मूल्य चुकाएको छु, तैपनि आफूले चाहेको कुरा प्राप्त गरेको छैनँ भन्‍ने सोच्छन्, त्यसैले तिनीहरूलाई आफू अन्यायमा परेको छु भन्‍ने लाग्छ।) तिनीहरू आफूले केही प्राप्त गरेको छैनँ भन्‍ने सोच्छन्, र तिनीहरू गुनासोले भरिएका हुन्छन्। परमेश्‍वर यति महान् काम गर्नुहुन्छ, तर यसले तिनीहरूलाई कहिल्यै छुँदैन, न त तिनीहरू यसका लागि कहिल्यै आँसु नै झार्छन्, तर जब अरूले तिनीहरूलाई मनाउने प्रयास गर्छन्, तब तिनीहरू रुन थाल्छन्। यदि तिनीहरूलाई अन्याय भएको छ भन्‍ने लागेको थियो भने, तिनीहरूले किन त्यो कुरा भनेनन्? के यसलाई स्पष्ट रूपमा बताउँदा यो कुरा समाधान हुनेथिएन र? तिनीहरू केका लागि रोइरहेका हुन्? किन तिनीहरू स्पष्ट रूपमा बोल्दैनन्? किनभने तिनीहरूका विचारहरू यति बोल्‍न नमिल्‍ने किसिमका हुन्छन् कि तिनीहरूलाई यसबारे कुरा गर्नसमेत अप्ठ्यारो लाग्छ। सुरुमा, तिनीहरूले स्वर्ग र पृथ्वी हल्लिने गरी परमेश्‍वरसामु शपथ खाए, तर अहिले के भयो? “मलाई आफूले गरेको कामप्रति पछुतो छ; म कसरी यति मूर्ख हुन सकेँ? यस अवस्थामा पुग्‍छु भन्‍ने मलाई थाहा भएको भए, मैले विगतमा जे व्यवहार गरेँ त्यस्तो गर्नेथिइनँ! त्यो बेला मैले केही बुझेको थिइनँ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो भनेर भने, त्यसकारण नै मैले उहाँमा विश्‍वास गरेँ। मैले परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न आफ्‍नो परिवार र जागिरसमेत त्यागेँ। मैले धेरै कष्ट भोगेँ, सतावट भोगेँ, र पक्राउ परेँ, तर मैले विगत केही वर्षदेखि कर्तव्य निर्वाह गरेर केही पनि प्राप्त गरेको छैनँ।” तिनीहरूलाई आफू अन्यायमा परेको छु भन्‍ने लाग्छ र दुःख लाग्छ, अनि आफूले गरेका सबै कुराप्रति पछुतो लाग्छ। तिनीहरूलाई यसो गर्नु सार्थक थिएन र आफूलाई मूर्ख बनाइयो र छलियो भन्‍ने लाग्छ। तिमीहरू यस्तो व्यक्तिबारे के गरिनुपर्छ भन्छौ? (तिनीहरूलाई तुरुन्तै पठाइहाल्नुपर्छ।) के तँ अझै पनि तिनीहरूलाई मनाउने प्रयास गर्नेछस्? (गर्नेछैनँ।) यदि तैँले तिनीहरूलाई मनाउने प्रयास गरिरहिस् भने, तिनीहरूले भुइँमा लडीबडी गर्दै तमासा देखाउनेछन्। तैँले त्यस्ता मानिसहरूलाई मनाउने प्रयास गर्नु हुँदैन।

परमेश्‍वरको घर कनानको असल भूमि हो। यो शुद्ध भूमि हो। मानिसहरू परमेश्‍वरको घर आउँछन् र परमेश्‍वरबाट आएका वचनहरूको न्याय र काटछाँट प्राप्त गर्छन्, र तिनीहरूले उहाँको भरणपोषण, सहयोग, अगुवाइ र आशिष्‌हरू प्राप्त गर्छन्। परमेश्‍वर व्यक्तिगत रूपमा काम गर्दै गोठालो गर्नुहुन्छ, र मानिसहरूले अलिअलि मूल्य चुकाउनुपर्ने र केही कष्ट भोग्‍नुपर्ने भए पनि, यो सार्थक हुन्छ। मानिसहरूले आफूलाई यो दुष्ट संसारबाट मुक्त गर्न, आफ्नो स्वभाव परिवर्तन गर्न र मुक्ति पाउनका लागि गर्ने सबै कुरा सार्थक हुन्छन्। तर ख्रीष्टविरोधीहरूको हकमा भने, यदि यो आशिष् वा इनामहरू प्राप्त गर्नका लागि होइन भने, यदि मुकुट र इनामहरू अस्तित्वमा छैनन् भने, ती सबै कुरा गर्नु सार्थक हुँदैन—ती सबै मूर्ख कार्यहरू हुन्, र ती सबै छलमा पर्नुका प्रकटीकरणहरू हुन्। तिनीहरूले पहिले जति नै ठूलो सङ्कल्प गरेका भए नि वा जति नै उच्च शपथ खाएका भए नि, ती सबै कुरालाई त्यतिकै बेवास्ता गर्न सकिन्छ र तिनलाई गन्ती गर्न सकिँदैन। यदि तिनीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा कष्ट भोगे र मूल्य चुकाए, र अन्त्यमा केही पनि प्राप्त गरेनन् भने, तिनीहरू यस्तो “समस्याग्रस्त स्थान” बाट जतिसक्दो चाँडो उम्कनु नै राम्रो हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नु, कष्ट भोग्‍नु, र कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउनुलाई विकल्प नभएको कारण आफूले गर्नैपर्ने कुराहरूका रूपमा, र पुँजी प्राप्त गर्ने अनि मुकुट र इनाम सौदा गर्ने कुराहरूका रूपमा लिन्छन्। यो सुरुवाती बिन्दु आफै गलत छ, त्यसकारण अन्तिम परिणाम के हुन्छ? कतिपय मानिसको हकमा भन्दा, तिनीहरूको कर्तव्यपालन कमजोर हुन्छ र तिनीहरू अन्त्यसम्‍म श्रम गर्न सक्दैनन्। यसका साथै, त्यस्ता मानिसहरू आफ्नो प्रकृति सारको कारण आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने, लापरवाही र स्वेच्छाचारी रूपमा काम गर्ने, अनि अवरोध र बाधा पुऱ्याउने कुराहरू मात्रै गर्ने गर्छन्। त्यसोभए, तिनीहरूले गर्ने कर्तव्यहरू केमा परिणत हुन्छन्? परमेश्‍वरको नजरमा, ती असल कार्यहरू होइनन्, बरु दुष्ट कार्यहरू हुन्, ती दुष्ट कार्यहरूका रास हुन्। त्यस्ता परिणामहरूको एउटा मूल कारण हुन्छ। के सत्यता वा परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्ने व्यक्तिले उहाँका वचनहरूअनुसार काम गर्न सक्छ? अवश्य नै सक्दैन। तिनीहरूले आफूलाई प्रदर्शित गर्ने, शक्ति हातमा लिने, अरूलाई नियन्त्रण गर्ने, अरूको व्यवहार र विचार नियन्त्रण गर्ने, र आफ्नै उद्देश्यका लागि मानिसहरूका सबै कुरा नियन्त्रण गर्ने हरेक अवसर मात्रै खोज्छन्। त्यसकारण, धेरै दुष्कर्म गर्ने यीमध्ये कतिपय मानिसलाई निष्कासित गरिन्छ, र आफूलाई ढाकछोप गर्न अलिक धूर्त र सिपालु कतिपय मानिस भने अझै परमेश्‍वरको घरमै रहन्छन्। यी मानिसहरू परमेश्‍वरको घरमा रहन्छन् भनेर किन भनिन्छ? यी मानिसहरूले स्पष्ट दुष्कर्म गरेका हुँदैनन्, र तिनीहरूमध्ये कतिले आफ्नो स्थानसमेत चिनेका हुन्छन् र तिनीहरू राम्रो व्यवहार भएका र आज्ञाकारी हुन्छन्, तिनीहरू जे भनियो त्यही गर्छन्, तर तिनीहरूको सारको हकमा भन्दा, तिनीहरूले आफ्नो क्षमताले भ्याएअनुसार आफ्‍ना कर्तव्य र दायित्वहरू पूरा गर्न सक्दैनन्। तिनीहरू आफूलाई परमेश्‍वरमा समर्पित गर्दैनन्, बरु आफूले अन्त्यसम्‍मै कष्ट भोगे केही कुरा जितिन्छ र प्राप्त गरिन्छ भन्‍ने विश्‍वास गर्दै समय बर्बाद गर्छन्। तिनीहरू कस्तो प्रकारका मानिस हुन्? तिनीहरू ती अवसरवादी हुन्, ती मानिसहरू आधारभूत रूपमा सत्यता पछ्याउँदैनन्। कति मानिसहरूले परमेश्‍वरको घरमा केही दुष्कर्म गरेका हुन्छन्, तर परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूअनुसार, तिनीहरू निकालिने वा निष्कासित गरिने हदमा पुगेका हुँदैनन्, र तिनीहरूले अझै पनि कर्तव्य निर्वाह गरिरहेका हुन्छन्। वास्तवमा, तिनीहरूलाई भित्री रूपमा परमेश्‍वरको घरले आफूलाई नहटाउनु वा निष्कासित नगर्नुको कारण राम्ररी जानकारी नभएकाले वा परमेश्‍वरको घरलाई तिनीहरूको वास्तविक स्थितिको जानकारी नभएकाले होइन, बरु अन्य विभिन्‍न कारणले गर्दा हो भनेर थाहा हुन्छ। निष्कासित नभएका यीमध्ये कतिपय मानिस पनि ख्रीष्टविरोधी नै हुन्। मैले किन यसो भनेँ? किनभने यी मानिसहरूसँग अहिले मौका मात्र नभएको हो, तर तिनीहरूले आफ्नो प्रकृति सारका आधारमा हैसियत प्राप्त गरेपछि र शक्ति हातमा लिएपछि तुरुन्तै कैयौँ दुष्कर्महरू गर्नेछन्। यसअलावा, ती मानिसहरूलाई परमेश्‍वरको घरबाट ननिकालिएको भए पनि, तिनीहरूको कर्तव्य निर्वाहमा प्रायजसो फाइदाभन्दा बढी बेफाइदा नै हुन्छन्। तिनीहरू प्रायजसो केही न केही खराब कुराहरू, अर्थात् परमेश्‍वरको घरका हितहरूमा हानि गर्ने कुराहरू गरिरहन्छन्। तिनीहरू आफूलाई यो कुरा थाहा भए पनि, कहिल्यै पछुतो मान्दैनन्, कहिल्यै आफूले गलत काम गरेछु भन्‍ने सोच्दैनन्, र कहिल्यै आफूले यस्तो व्यवहार गर्नु हुँदैनथ्यो भन्‍ने सोच्दैनन्। तिनीहरूलाई कुनै अफसोस हुँदैन, बरु यसको साटो तिनीहरूको हृदयमा कस्तो स्थिति पैदा हुन्छ? “जबसम्म परमेश्‍वरको घरले मलाई निष्कासित गर्दैन, तबसम्म म जसोतसो यहीँ बस्‍नेछु र मेरो समय समाप्त नभएसम्म झारा टार्नेछु। म सत्यता पछ्याउनेछैनँ, र तिनीहरूले मलाई कुनै काम गर्न लगाए भने, म आफूले गर्न सक्ने जति गर्नेछु। यदि म खुसी भएँ भने, म अलिक बढी गर्नेछु, र यदि म खुसी भइनँ भने, म अलिक कम गर्नेछु। यसअलावा, मैले तिनीहरूलाई पछाडि नै रोक्‍नुपर्छ र केही नकारात्मकता र धारणा, र केही आलोचनात्मक कुरा फैलाउनुपर्छ। जब त्यो समय आउँछ, तब तिनीहरूले मलाई हटाए पनि, निकाले पनि र मैले कुनै आशिष् नपाए नि, म कतिपय मानिसलाई बलिको बोका बनाई प्रयोग गर्नेछु र अरूलाई पनि आफूसँगै ढाल्‍नेछु।” के तिनीहरू दुष्ट मानिस होइनन् र? तिनीहरू कुन-कुन मानिसहरूसँग कुनै खुट्ट्याउने क्षमता छैन, कुन-कुन मानिसहरू प्रायजसो कमजोर र नकारात्मक हुन्छन्, कुन-कुन मानिसहरूमा खराब मानवता छ, कुन-कुन मानिसहरू व्यभिचारी छन्, र कुन-कुन मानिसहरू गैरविश्‍वासीजस्ता देखिन्छन् भनेर अवलोकन गर्छन्, र त्यसपछि ती मानिसहरूलाई आकर्षित गर्छन् र पर्दापछाडि तिनीहरूमाझ नकारात्मकता फैलाउँछन्। के तिनीहरूलाई त्यस्ता कार्यहरूको प्रकृति थाहा हुन्छ? त्यो तिनीहरूलाई राम्रैसित थाहा हुन्छ। त्यसोभए तिनीहरूले किन अझै यस्तो व्यवहार गर्न सक्छन् त? (तिनीहरूको प्रकृति परिवर्तन गर्न सकिँदैन।) तिनीहरूको प्रकृति परिवर्तन गर्न नसक्नु त बाहिरबाट स्पष्ट देखिने कुरा हो, तर वास्तवमा तिनीहरू के सोच्छन्? (तिनीहरू यसलाई दुवै तर्फबाट घाटा हुने स्थिति बनाउन र परमेश्‍वरसँग बदला लिन अरूलाई पनि आफूसँगै नष्ट हुने स्थितिमा पुर्‍याउन चाहन्छन्।) तिनीहरूमा यस्तो दुर्भावनापूर्ण मन हुन्छ। तिनीहरूलाई आफ्ना दिनहरू सकिन बेर छैन र ढिलोचाँडो आफूलाई निकालिनेछ भन्‍ने थाहा हुन्छ। तिनीहरूलाई आफूले के गरेको छु र आफूले गरेका यी कुराहरूको प्रकृति के हो भन्‍ने थाहा हुन्छ, तर तिनीहरू नफर्कने, पश्‍चात्ताप नगर्ने वा आफूमा भएको दुष्टता नत्याग्‍ने मात्र हुँदैनन्, तिनीहरू त यी कुराहरूलाई झन् दोब्‍बर पार्छन् र आफूसँगै दुष्कर्म गर्न थप दुष्ट मानिसहरूलाई आकर्षित गर्छन्। तिनीहरू नकारात्मकता फैलाउने र धारणाहरू प्रचार गर्नेसमेत गर्छन्, जसले गर्दा अझै धेरै मानिसले कर्तव्य त्याग्छन् र परमेश्‍वरको घरका हितहरूमा हानि गर्छन्। यसमा अलिक बदलाको प्रकृति हुन्छ, र तिनीहरूले यसो गरेर भन्‍न खोजेको कुरा यस्तो हुन्छ: “म अझै विश्‍वास गरिरहन सक्दिनँ, र ढिलोचाँडो मलाई परमेश्‍वरको घरले निकाल्‍नेछ, त्यसैले म तिमीहरूलाई यो सब सहजै गर्न दिन सक्दिनँ, र परमेश्‍वरको घरलाई पनि यो काम सजिलै गर्न दिनेछैनँ!” परमेश्‍वरको घरले तिनीहरूबारे कुनै निर्णय गर्नुभन्दा पहिले नै तिनीहरू आक्रमण गर्छन्। के यी दुष्ट मानिसहरूका कार्य होइनन् र? तिनीहरू यस्तो विश्‍वास गर्छन्, “मसँग आशिष्‌हरू प्राप्त गर्ने कुनै आशा छैन। तिमीहरूले मलाई मैले पहिले गरेका कुराहरू भन्‍नुपर्दैन—मैले यो सबै कुरा स्पष्टै बुझेको छु। तिमीहरूले मलाई निष्कासित गर्नुपर्दैन; म आफै त्याग्‍नेछु।” तिनीहरू त्यसो गर्नु आत्मचेतनाको कुरा हो र त्यो उचित कार्य हो, र त्यो बुद्धिमानी कदम हो भन्‍नेसमेत विश्‍वास गर्छन्। तिनीहरू भन्छन्, “यदि तिमी मलाई आशिष्‌हरू प्राप्त गर्न दिँदैनौ भने, र मैले केही पनि प्राप्त गरिनँ भने, मैले पश्‍चात्ताप नगर्ने मात्र होइन, तिमीलाई समेत पछि तान्‍नेछु, नकारात्मकता फैलाउनेछु, र तिम्रो पिठ्युँपछाडि धारणा र भ्रमहरू फैलाउनेछु। यदि मैले आशिष्‌हरू प्राप्त गर्न सकिनँ भने, अरूले प्राप्त गर्नेछन् भन्‍ने नसोच!” के त्यस्ता मानिसहरू दुर्भावनापूर्ण हुँदैनन् र? कति ख्रीष्टविरोधीहरू त “हामीजस्ता मानिस परमेश्‍वरको घरमा शोषणका सिकार बन्छौँ; हामी सबै अत्यन्तै मूर्ख हौँ!” भन्दै हिँड्छन्। तिनीहरू आफूले आशिष् पाउन सक्दिनँ भन्‍ने देख्छन्, त्यसैले यी नकारात्मक, भ्रमित र समझहीन मानिसहरूलाई यी कुराहरू बताउन विशेष ध्यान दिन्छन्। के यसमा बाधाको प्रकृति छैन र? तिनीहरूलाई आफू परमेश्‍वरको घरमा दृढ हुन सक्दिनँ र आफूलाई आशिष् दिइनेछैन, र ढिलोचाँडो आफूलाई निकालिनेछ भन्‍ने विश्‍वास लागेपछि, तिनीहरूले छनौट गर्ने मार्ग आफूले अङ्गालेको दुष्टता त्याग्‍ने र परमेश्‍वरअघि पाप स्विकार्ने र पश्‍चात्ताप गर्ने, इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्ने, र विगतका गल्तीहरू परिपूर्ति गर्ने हुँदैन। बरु उल्टै, तिनीहरू परमेश्‍वरको घरमा नकारात्मकता फैलाउने कामलाई दोब्‍बर पार्छन्, अरूको कर्तव्य निर्वाहमा बाधा दिन्छन्, परमेश्‍वरको घरको काममा हानि र बाधा पुर्‍याउँछन्, र अरू धेरै मानिसलाई पनि आफूजस्तै दुष्कर्म गर्न, नकारात्मक बन्‍न र पछि हट्न, अनि कर्तव्यपालन त्याग्‍न लगाउने प्रयास गर्छन्, र यसबाट बदला लिने तिनीहरूको उद्देश्य हासिल हुन्छ। के दुष्ट मानिसहरू यही गर्दैनन् र? के त्यस्ता मानिसहरू अझै हृदयमा परमेश्‍वरलाई राख्छन्? (अहँ, राख्दैनन्।) तिनीहरूको हृदयमा त स्वर्गको एउटा अस्पष्ट परमेश्‍वर हुन्छ, र तिनीहरूले पृथ्वीका मानिसहरूले देख्‍न सक्‍ने र मानिसहरूमाझ काम गर्नुहुने परमेश्‍वरलाई मानवका रूपमा लिन्छन्। कति मानिसहरू यस्ता पनि छन् जो ठ्याक्‍कै उल्टो काम गर्छन्। तिनीहरूले हृदयमा सधैँ अस्पष्ट परमेश्‍वरलाई विश्‍वास गरेका हुन्छन्, तर अन्त्यमा, तिनीहरू आफूले परमेश्‍वरजस्तै पूज्य ठानेका मानिसहरूमा समर्पित हुन्छन्, र त्यसैले तिनीहरू आफूले गर्ने सबै कुरामा ती मानिसहरूमै समर्पित हुन्छन्। परमेश्‍वरलाई मानवझैँ मानेर विश्‍वास गर्नु भनेको के हो? जब तिनीहरूले अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले देख्‍न नसक्‍ने यो अस्पष्ट परमेश्‍वरले तिनीहरूलाई आशिष् दिन सक्नुहुन्छ र उहाँसँग तिनीहरूलाई अर्को युगमा लैजाने र तिनीहरूलाई इनाम र मुकुट दिने पर्याप्त क्षमता छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरू थाहै नपाई पृथ्वीको व्यावहारिक परमेश्‍वरलाई शङ्का गर्न थाल्छन्। तिनीहरूले उहाँलाई जसरी हेरे पनि, उहाँ परमेश्‍वरजस्तो देखिनुहुन्‍न, त्यसकारण उहाँमा विश्‍वास गर्न तिनीहरूलाई गाह्रो हुन्छ। तिनीहरू हृदयमा स्वर्गको परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने मात्रै विश्‍वास गर्छन्, र तिनीहरूले देख्‍न सक्‍ने व्यावहारिक परमेश्‍वर अत्यन्तै सानो, अत्यन्तै सामान्य, र अत्यन्तै व्यावहारिक भएकाले, तिनीहरूको दृष्टिकोणमा उहाँसँग तिनीहरूलाई उहाँमा विश्‍वास गराउनका लागि चाहिने कुराहरू हुँदैनन्, र तिनीहरू यी परमेश्‍वरलाई मानवका रूपमा लिन्छन्। जब तिनीहरू परमेश्‍वरलाई मानवका रूपमा लिन्छन्, तब तिनीहरूका कठिनाइहरू पैदा हुन्छन्: “मानिसहरूलाई सत्यता र केही प्रतिज्ञा दिनेबाहेक, यस व्यक्तिले अरू के गर्न सक्छ र? मैले उसलाई जसरी हेरे पनि, ऊ परमेश्‍वरजस्तो देखिँदैन र उसले मानिसहरूलाई कुनै फाइदा वा लाभहरू प्रदान गर्न सक्दैन। ऊ त मानव मात्रै हो; यस व्यक्तिले के गर्न सक्छ र? यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे भने, तिनीहरूसँग अझै पनि थोरै आशा, र थोरै आत्मिक भरणपोषण हुन्छ। तर यदि तिनीहरूले मानवमा विश्‍वास गरे भने, यस मानवले मानिसहरूलाई के-कस्ता फाइदा र लाभहरू दिन सक्छ र? के उसमा मानिसहरूको आशा र भरणपोषण साकार हुन सक्छन् र? के तिनीहरूको हात रित्तो हुनेछैन र? यदि ऊ मानव हो भने, उसको डर मान्नुपर्दैन। मैले के भन्‍नुपर्छ र के गर्नुपर्छ त्यो म उसको आँखाअगाडि भन्‍नेछु र गर्नेछु।” दुष्ट मानिसहरू परमेश्‍वरसँग यसरी नै व्यवहार गर्छन्। जब तिनीहरूले उहाँलाई देखेका हुँदैनन्, तब तिनीहरू परमेश्‍वर यति उच्च, यति पवित्र, यति चिढ्याउन नसकिने हुनुहुन्छ भनेर कल्पना गर्छन्, तर जब तिनीहरू पृथ्वीको परमेश्‍वरलाई देख्छन्, तब तिनीहरूको कल्पना र धारणाहरू आधारहीन बन्छन्। यस्तो हुँदा तिनीहरू के गर्छन्? तिनीहरू परमेश्‍वरलाई मानवका रूपमा लिन्छन्। त्यसपछि परमेश्‍वरप्रति तिनीहरूको हृदयमा भएको थोरै आदर पनि हराउँछ, उहाँप्रतिको भय वा डरको त झन् कुरै नगरौँ। यी कुराहरू नभएपछि, दुष्ट मानिसहरू दुस्साहसी बन्छन् र तिनीहरूको हृदयमा भएको सुरक्षा रेखा र सतर्कता हराउँछ, र त्यसपछि तिनीहरूले जेसुकै गर्ने आँटसमेत गर्नेछन्। त्यस्ता मानिसहरूले अन्त्यसम्मै विश्‍वास गरे पनि, तिनीहरू अझै पनि परमेश्‍वरको प्रतिरोध गर्ने मानिस नै हुनेछन्।

ख्रीष्टविरोधीहरूलाई स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्न सजिलो हुन्छ, तर तिनीहरूलाई पृथ्वीको परमेश्‍वरमा विश्‍वास गर्नु साँच्‍चै गाह्रो हुन्छ। पावल यसको जीवित उदाहरण थियो। ख्रीष्टमाथिको उसको विश्‍वासको अन्तिम परिणाम के थियो? ख्रीष्टमाथिको विश्‍वासमा उसले पछ्याएको लक्ष्य अन्ततः केमा परिणत भयो? उसले ख्रीष्ट बन्‍न र ख्रीष्टको स्थान लिन चाह्यो। उसले पृथ्वीको परमेश्‍वरलाई इन्कार गर्‍यो र स्वर्गको परमेश्‍वरबाट मुकुट र आशिष्‌हरू प्राप्त गर्न चाह्यो। यी ख्रीष्टविरोधीहरू ठ्याक्‍कै पावलजस्तै हुन्। तिनीहरू पृथ्वीको परमेश्‍वरलाई मानवका रूपमा लिन्छन्, र तिनीहरू आफ्नो हृदयमा स्वर्गको अस्पष्ट परमेश्‍वरलाई सबैभन्दा ठूलो परमेश्‍वरका रूपमा लिन्छन्, जसलाई इच्छाअनुसार छल गर्न, खेलौना बनाउन, र चाहेअनुसार अर्थ्याउन र धारणाहरूको विषय बनाउन र मनलागी रूपमा प्रतिरोध गर्न सकिन्छ। अविश्‍वासी र ख्रीष्टविरोधीहरू स्वर्गको परमेश्‍वर र पृथ्वीको परमेश्‍वरलाई कसरी लिन्छन् भन्नेबीचको भिन्‍नता यही हो। तिनीहरूले पृथ्वीको परमेश्‍वरलाई यस्तो मनोवृत्तिले लिने हुनाले नै तिनीहरू आफ्नो कर्तव्यलाई लिने तरिकामा फरक प्रकटीकरणहरू प्रदर्शित गर्छन्। यी प्रकटीकरणहरूमा तिनीहरूले पृथ्वीको परमेश्‍वरलाई देख्दा कर्तव्य निर्वाह गर्नमा झन्-झन् कम चासो दिनु र इच्छा देखाउनु समावेश छ। यसले गर्दा तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने रुचि गुमाउँछन् र केही नकारात्मक विचार र प्रकटीकरण पैदा गर्छन्। त्यसैले, ख्रीष्टविरोधीहरू सबै अन्त्यमा दृढ हुन सक्दैनन्; मण्डलीले तिनीहरूलाई निकालिएन भने पनि, तिनीहरू आफै स्वेच्छाले छोडेर जान्छन्। के तिमीहरूलाई त्यस्ता कुनै उदाहरणहरू थाहा छ? (छ, मैले पनि पहिले ख्रीष्टविरोधीलाई भेटेको छु। ऊ निकै स्वेच्छाचारी थियो। ऊ सत्यता पछ्याउने वा सत्यता अभ्यास गर्ने गर्दैनथ्यो, र ऊ आफ्नो कर्तव्य झाराटारुवा र गैरजिम्मेवार तरिकाले गर्थ्यो। यसका साथै, ऊ आफ्नो पेसाको अध्ययन गर्न त्यति मेहनत गर्दैनथ्यो, र ऊ अत्यन्तै अल्छी थियो, र धाक लाउँदै हिँड्थ्यो। हरेक दिन उसको मुख्य ध्यान खाने र लाउनेमा मात्रै हुन्थ्यो, र ऊ व्यभिचारमा संलग्‍न हुन्थ्यो। उसलाई निष्कासित गर्दा, ऊसँग पश्‍चात्ताप गर्ने अलिकति पनि अभिप्राय थिएन, र उसले यसलाई राहत मिलेजस्तो महसुस गर्‍यो।) यस्ता मानिसहरू कर्तव्य पूरा गर्ने अवसरलाई बहुमूल्य ठान्दैनन्, आफ्नो कर्तव्यलाई आदर गर्ने वा मूल्यवान् ठान्‍ने त झनै गर्दैनन्, तिनीहरू लापरवाह हुन्छन् र आफ्नो समय बर्बाद गर्छन्। के कसैले उसलाई कर्तव्य निर्वाह गर्ने तरिका यस्तो होइन भनेर सङ्गति दिएको थियो? (थियो। मैले उसलाई सङ्गति दिएको थिएँ, तर उसले मेरो कुरा सुनेन, र उसको मनोवृत्ति निकै झाराटारुवा थियो।) अरू कसैले उदाहरण देऊ त। (एक जना निर्देशक थियो जसले निरन्तर झारा टार्दै कर्तव्य निर्वाह गर्थ्यो; उसले छायाङ्कन गर्ने धेरैजसो सामग्रीहरू अनुचित हुन्थे, र ऊ अवरोध र बाधाहरू पनि पैदा गर्थ्यो। उसलाई ख समूहमा सारिएपछि, उसले कर्तव्य निर्वाह गर्नै छोड्यो। ऊ दिनभरि काममा जान र पैसा कमाउनमा व्यस्त हुन्थ्यो, र ऊ गैरविश्‍वासीहरूसँग संगत गर्थ्यो, र अन्त्यमा उसलाई हटाइयो। वास्तवमा, मण्डलीले उसलाई नहटाएको भए पनि, ऊ आफै पछि हट्नेथ्यो। ऊ सत्यता पछ्याउँदैनथ्यो, र ऊ अन्ततः दृढ रहन सकेन।) यी ख्रीष्टविरोधीहरूको स्वभाव सार उस्तै हुन्छ, तिनीहरू सत्यता र सकारात्मक कुराहरूप्रति वितृष्ण राख्छन्, तिनीहरूलाई अधार्मिकता मन पर्छ, र तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहनाहरू अत्यन्तै दह्रिला हुन्छन्। तिनीहरू कर्तव्यलाई खेलजस्तै र झाराटारुवा तरिकाले लिन्छन्, र तिनीहरूको व्यवहार गर्ने शैली अत्यन्तै अनुचित र अनियन्त्रित हुन्छ। तिनीहरूको प्रकृति दुष्ट र क्रूर हुन्छ। तिनीहरू आशिष्‌हरू प्राप्त गर्न मात्र परमेश्‍वरको घरमा आउँछन् र कर्तव्य निर्वाह गर्छन्, र आशिष्‌हरू प्राप्त नहुने भएको भए, तिनीहरूले परमेश्‍वरमा विश्‍वास नै गर्नेथिएनन्! यी मानिसहरू र गैरविश्‍वासीहरूबीच आधारभूत रूपमा कुनै भिन्‍नता छैन, तिनीहरू पूर्ण रूपमा अविश्‍वासी र गैरविश्‍वासी हुन्; तिनीहरूको सार यही हो। यदि तैँले तिनीहरूलाई गैरविश्‍वासीजस्तै हुन दिइनस्, र परमेश्‍वरका विश्‍वासीहरूका माझ कर्तव्य निर्वाह गर्न लगाइस् भने, तिनीहरूलाई यो जीवन अत्यन्तै पीडादायी लाग्छ, र हरेक दिन यातनाजस्तो लाग्छ। तिनीहरूलाई परमेश्‍वरको घरका दाजुभाइ-दिदीबहिनीहरूसँग राम्रो तरिकाले कर्तव्य निर्वाह गर्नु, आफ्नो उचित स्थानमा बस्नु रोचक कुरा होइन, र संसारका गैरविश्‍वासीहरूसँग घुम्दाजस्तो यो जीवन स्वतन्त्र र बन्धनमुक्त हुँदैन भन्‍ने लाग्छ—तिनीहरूलाई त्यस्तो जीवनशैली नै रोचक हुन्छ भन्‍ने लाग्छ। त्यसकारण, बाध्यताले मात्रै तिनीहरू परमेश्‍वरको घरमा आउँछन् र कर्तव्य निर्वाह गर्छन्, यो कुरा आशिष्‌हरू प्राप्त गर्ने अभिप्रायले गरिएको हुन्छ, र व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि गरिएको हुन्छ। तिनीहरूको प्रकृति सारका आधारमा हेर्दा, तिनीहरू आधारभूत रूपमा सत्यता वा सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, झन् परमेश्‍वरले हासिल गर्न सक्ने कुराहरूमा विश्‍वास गर्नु त परको कुरा हो। तिनीहरू पूराको पूरा अविश्‍वासी, र पूराको पूरा अवसरवादी हुन्। तिनीहरू कर्तव्य निर्वाह गर्न आएका हुँदैनन्, बरु दुष्कर्म गर्न, बाधाहरू पैदा गर्न, र लेनदेन गर्न आएका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूका यी समग्र प्रकटीकरणहरूबाट हेर्दा, जब यी मानिसहरू परमेश्‍वरको घरमा हुन्छन्, तब यिनीहरू यसको काममा उपयोगी हुन्छन् कि हानिकारक हुन्छन्? (हानिकारक।) के तैँले ख्रीष्टविरोधी सार भएको त्यस्तो कुनै व्यक्तिलाई कहिल्यै देखेको छस्, जो केही हदसम्‍म वरदानप्राप्त र सक्षम छ, र परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्दा समस्या र अवरोधहरू पैदा नगरी आफ्‍नो उचित स्थानमा बस्‍न सक्छ? मानिलिऊँ तँ ख्रीष्टविरोधीलाई यसो भन्छस्, “विगतमा केही दुष्कर्म गरेको तिमीजस्तो व्यक्तिको भविष्यमा कुनै सम्‍भावना वा गन्तव्य हुनेछ कि छैन भन्‍ने निश्‍चित हुँदैन। तिमी केही हदसम्‍म वरदानप्राप्त भएको हुनाले, परमेश्‍वरको घरमा सेवा दिन कठिन परिश्रम मात्रै गर!” आफूले आशिष् पाउँछु कि दुःख पाउँछु भन्‍ने कुरा नसोची के तिनीहरू सेवा दिन इच्छुक हुनेछन्? अवश्यै हुनेछैनन्। यो कुरा हासिल गर्न सक्‍ने मानिसहरू त तुलनात्मक रूपमा अलि राम्रो मानवता भएका मानिस हुन्, तर के ख्रीष्टविरोधीहरूमा त्यस्तो मानवता हुन्छ र? (अहँ, हुँदैन।) तिनीहरूको स्वभाव क्रूर हुन्छ। तिनीहरू सोच्छन्, “यदि तिमीले मलाई फाइदा, वा केही प्रतिज्ञा वा प्रतिबद्धता दिएनौ भने, म तिम्रा लागि कसरी मेहनत गर्न सक्छु र? यसबारे त सोच्दा पनि नसोच, यो कुनै पनि हालतमा हुनेछैन!” यो क्रूर स्वभाव हो। ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य, परमेश्‍वर र परमेश्‍वरका मागहरूलाई कसरी लिन्छन्, त्यसको विस्तृत प्रकटीकरण यही हो। के “परमेश्‍वरले मलाई उत्थान गरी यो वरदान दिनुभएको छ, त्यसकारण म आफूलाई परमेश्‍वरमा समर्पित गर्नेछु” भनेर भन्‍ने कुनै ख्रीष्टविरोधीहरू छन् भन्‍ने तिमीहरूलाई लाग्छ? (लाग्दैन।) तिनीहरूले के भन्‍नेछन्? “तिमी मलाई शोषण गर्न चाहन्छौ? तिमी केवल मेरा वरदान र प्रतिभालाई मात्रै रुचाउँछौ। यदि तिमी मबाट फाइदा लिन चाहन्छौ भने, तिमीले पनि मलाई केही फाइदा दिनुपर्छ। यदि तिमी मलाई शोषण गर्न चाहन्छौ भने, त्यस्तो हुनेवाला छैन!” तिनीहरू यो परमेश्‍वरले तिनीहरूलाई उत्थान गर्नुभएको हो भन्‍ने विश्‍वास गर्दैनन्, न त यो परमेश्‍वरले दिएको तिनीहरूले कदर गर्नुपर्ने अवसर हो भनेर नै विश्‍वास गर्छन्, तिनीहरू त यो तिनीहरूको शोषण हो भन्‍ने ठान्छन्। ख्रीष्टविरोधीहरू यही विश्‍वास गर्छन्। कति मानिसहरू सायद क्षणिक रूपमा अज्ञानी हुन्छन्, तिनीहरू अवरोध बाधाहरू ल्याउँछन्, र केही खराब कुरा गर्छन्, र त्यसपछि तिनीहरूलाई आत्मचिन्तनका लागि अलग गरिन्छ। सत्यता पछ्याउनेहरू केही समय चिन्तन गर्छन् र यसो भन्छन्: “मैले परमेश्‍वरसामु गल्ती स्विकारेर पश्‍चात्ताप गर्नैपर्छ, र मैले भविष्यमा फेरि त्यस्तो व्यवहार गर्नु हुँदैन। मैले समर्पित हुन, अरूसँग सहकार्य गर्न सिक्‍नैपर्छ, र सत्यता खोजी गर्न र परमेश्‍वरको वचनअनुसार काम गर्न सिक्‍नैपर्छ, र मैले फेरि दुष्कर्म गर्नै हुँदैन।” त्यसपछि, मण्डलीले तिनीहरूलाई कर्तव्य निर्वाह गर्न लगाउँछ, र तिनीहरू आँसु झार्दै परमेश्‍वरलाई धन्यवाद दिन्छन्, र परमेश्‍वरले तिनीहरूलाई दिएको यस मौकालाई हृदय भित्रैदेखि नै एकदमै कदर गर्छन्। फेरि कर्तव्य निर्वाह गर्ने मौका पाउँदा तिनीहरूलाई सम्‍मानित महसुस हुन्छ। तिनीहरू यसलाई कदर गर्नुपर्छ र यसलाई फेरि फुत्किन दिनु हुँदैन भन्‍ने महसुस गर्छन्, अनि पहिलेभन्दा राम्रोसित कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले आफूलाई केही मात्रामा चिनेका हुन्छन् र तिनीहरू केही मात्रामा परिवर्तन भएका हुन्छन्। तिनीहरूले अझै पनि केही अज्ञानी कुरा गर्न सक्छन्, र तिनीहरू अझै पनि नकारात्मक र कमजोर हुन सक्छन्, र कहिलेकाहीँ आफ्‍नो काम त्याग्छन्, तर समग्र मानसिकता र मनोवृत्तिका आधारमा हेर्दा, तिनीहरू पहिले नै रूपान्तरित भइसकेका हुन्छन्। तिनीहरू आफ्नो पहिलेका कार्यहरूलाई घृणा गर्छन् र यस मामलामा केही ज्ञान प्राप्त गरेका हुन्छन्। तिनीहरू सत्यता स्विकार्न सक्छन् र तिनीहरू अलिक समर्पित हुन्छन्। अझै महत्त्वपूर्ण कुरा, जब परमेश्‍वरको घरले तिनीहरूलाई फर्केर आउने र कर्तव्य निर्वाह गर्ने मौका दिन्छ, तब तिनीहरू इन्कार्ने, बहाना बनाउने, वा प्रतिरोध गर्ने गर्दैनन्, र अवश्य नै अप्रिय कुराहरू पनि बोल्दैनन्। बरु, तिनीहरूलाई सम्‍मानित महसुस हुन्छ र आफूलाई परमेश्‍वरले त्याग्‍नुभएको छैन भन्‍ने लाग्छ, र आफूले परमेश्‍वरको घरमा अझै पनि कर्तव्य निर्वाह गर्ने मौका पाएकाले यसलाई कदर गर्नुपर्छ भन्‍ने लाग्छ। तिनीहरूको मनोवृत्ति पहिले नै धेरै परिवर्तन भइसकेको हुन्छ। त्यस्ता मानिसहरू नै मुक्ति पाउन सक्‍ने मानिस हुन्।

ख्रीष्टविरोधीहरू र मुक्ति पाउन सक्‍ने मानिसहरूबीच के भिन्‍नता हुन्छ? जब ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्छन्, तब तिनीहरू अन्तिम निर्णय आफै गर्न चाहन्छन्, शक्ति र फाइदाहरूप्रति लागिपर्छन्, र आफूलाई जे मन लाग्यो त्यही गर्छन्। यदि तिनीहरूले शक्ति वा लाभहरू प्राप्त गरेनन् भने, कर्तव्य निर्वाह गर्न चाहँदैनन्। तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा ल्याएपछि र परमेश्‍वरको घरले तिनीहरूलाई बर्खास्त गरेपछि, अलग्याएपछि, वा हटाएपछि, के तिनीहरू साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्? तिनीहरू के भन्छन्? “तिमी मलाई शोषण गर्नका लागि पश्‍चात्ताप गराउन चाहन्छौ? म उपयोगी हुँदा तिमी मलाई तानेर लैजान्छौ तर मेरो कुनै आवश्यकता नहुँदा मलाई लत्त्याउँछौ।” यो कस्तो विकृत तर्क हो? लत्त्याउनु भनेको के हो? यदि तिनीहरूले दुष्कर्म नगरेका भए, के परमेश्‍वरको घरले तिनीहरूसँग व्यवहार गर्नेथियो? यदि तिनीहरूले सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य निर्वाह गरेका भए, के परमेश्‍वरको घरले तिनीहरूलाई स्वेच्छाचारी ढङ्गले निराकरण गर्नेथियो? यी मानिसहरूले अवरोध र बाधाहरू ल्याएको, र दुष्टता गरेको कारण मण्डलीको काममा घाटा भयो। परमेश्‍वरको घरले तिनीहरूलाई निराकरण गर्‍यो, तर तिनीहरू यसलाई स्विकार्न वा आत्मचिन्तन गरेर आफूलाई चिन्‍ने प्रयास गर्न नमान्‍ने मात्र होइन, बरु तिनीहरू द्वेषले भरिन्छन्। तिनीहरूलाई आफू अब लोकप्रिय वा शक्तिमा छैनँ, र आफूलाई हेपिएको र दुर्व्यवहार गरिँदै छ भन्ने लाग्छ। जब तिनीहरूलाई फेरि कर्तव्य निर्वाह गर्ने मौका दिइन्छ, तब तिनीहरूले हृदयमा कृतज्ञ नहुने र यो अवसरलाई कदर नगर्ने मात्र नगरी, परमेश्‍वरको घरले तिनीहरूलाई शोषण गरिरहेको छ भनेर झूटो प्रत्यारोपसमेत लगाउँछन्। परमेश्‍वरको घरले तिनीहरूसँग जुन मनोवृत्तिले व्यवहार गरेको थियो, तिनीहरू त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्दैनन्। बरु, तिनीहरू मानिसहरूले तिनीहरूलाई हेपिरहेका छन्, लत्त्याइरहेका छन्, र दुर्व्यवहार गरिरहेका छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूको हृदय पूरै गुनासोले भरिएको हुन्छ, र तिनीहरू फेरि आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनन्। तिनीहरू फेरि शोषणमा पर्न नचाहेको बहाना बनाउँदै फेरि आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्ने हरेक व्यक्तिलाई परमेश्‍वरको घरले शोषण गरिरहेको छ भन्‍ने विश्‍वास गर्छन्। यो कति अर्थहीन र भ्रमपूर्ण कुरा हो! के यसमा सत्यता, मानवता, वा चेतनासँग मिल्ने कुनै शब्द छ? (छैन।) त्यसकारण, ख्रीष्टविरोधीहरू सत्यता स्विकार्दैनन्, तिनीहरूको हृदय आवेगले भरिएको हुन्छ, क्रूरताले भरिएको हुन्छ, गुनासोले भरिएको हुन्छ, र लेनदेनले भरिएको हुन्छ, र अझै बढी रूपमा, व्यक्तिगत चाहनाहरूले भरिएको हुन्छ। यी कुराहरूले नै तिनीहरूको हृदय भरिएको हुन्छ। तिनीहरू परमेश्‍वरले तिनीहरूका लागि खडा गर्नुहुने कुनै पनि तरिका वा वातावरणमा परमेश्‍वरको घरले गरेको निराकरण उहाँबाट आएको भनेर स्विकार्न सक्दैनन्। तिनीहरू यी कुराहरूलाई केवल आवेगसाथ लिन सक्छन्, र खुनको बदला खुन र ज्यानको बदला ज्यान लिन चाहन्छन्। तिनीहरू यी सबै कुरालाई शैतानका विधिहरू र शैतानको तर्क प्रयोग गरेर हेर्छन्। त्यसकारण अन्त्यमा पनि तिनीहरूले अझै सत्यता प्राप्त गर्दैनन् र तिनीहरूलाई हटाउन मात्रै सकिन्छ। प्रतिस्थापित गरिँदा र कर्तव्यका कार्यभारहरूमा हेरफेर गरिँदा, वा अलग गरिँदा वा निकालिँदा, त्यसप्रति फरक-फरक मानिसहरूको प्रतिक्रिया फरक-फरक हुन्छ। साँचो रूपमा सत्यतालाई प्रेम गर्ने मानिसहरू आफ्नै कार्यलाई घृणा गर्छन्। सत्यतालाई प्रेम नगर्ने ख्रीष्टविरोधीहरू हृदयमा परमेश्‍वरबाट यी कुराहरूलाई नस्विकार्ने मात्र होइन, तर घृणाले समेत भरिन्छन्। यसका परिणामहरू के-के हुन्छन्? यसले तिनीहरूमा गुनासो, बदनाम, आलोचना, र निन्दा पैदा गर्छ। यसले तिनीहरूलाई परमेश्‍वरलाई इन्कार्ने र ईश्वरनिन्दा गर्ने तुल्याउँछ। तिनीहरूको परिणामको स्रोत यही हो, र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गर्छ। ख्रीष्टविरोधीहरू सत्यता बुझ्न, परमेश्‍वरबाट आएका कुराहरू स्विकार्न, र परमेश्‍वरले बन्दोबस्त गरेका सबै कुरामा समर्पित हुन सक्दैनन्, त्यसकारण तिनीहरूको परिणाम तय छ। तिनीहरूलाई यस जीवनमा परमेश्‍वरको घरले निकाल्छ; आउँदो संसारमा तिनीहरूलाई के हुन्छ, त्यो उल्लेख गरिरहनु पर्दैन। के तिमीहरू यी कुराहरू देख्‍न सक्छौ? यदि तिमीहरूले आफ्नो वरपर यस्ता मानिसहरू भेट्टायौ भने, के तिमीहरू मेरा यी वचनहरूलाई तिनीहरूसँग तुलना गर्न सक्छौ? ख्रीष्टविरोधीहरूका सबैभन्दा प्रमुख प्रकटीकरणहरू के-के हुन्? सत्यतामा विश्‍वास नगर्नु, सत्यता स्वीकार नगर्नु, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित नहुनु, कुनै पनि कुरा परमेश्‍वरबाट आएको भनी स्विकार्न नसक्‍नु, र आफूले जे-जस्ता दुष्कर्म गरे पनि आफ्ना गल्तीहरू नस्विकार्नु वा पश्‍चात्ताप नगर्नु। यसले यी मानिसहरू शैतानका हुन् र तिनीहरू विनाशका निशाना हुन् भन्‍ने कुरा निर्धारित गर्छ।

मैले खुलासा गरेका ख्रीष्टविरोधीहरूका विभिन्‍न खुलासा, प्रकटीकरण, र अभ्यासहरूसँग तिमीहरू सबैले आफूलाई तुलना गर्नुपर्छ; तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, अवश्य नै यीमध्ये केही प्रकटीकरण, खुलासा, र अभ्यासहरू प्रदर्शित गर्नेछौ, तर तिमीहरू कसरी ख्रीष्टविरोधीहरूभन्दा फरक छौ? के तिमीहरू आफूमाथि आइपर्ने कुराहरूलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छौ? (हो, सक्छौँ।) तिमीहरूको जीवनमा जे आइपर्छ त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्नु निकै दुर्लभ कुरा हो। यदि तिमीहरूले गलत मार्ग लिएका छौ, कुनै गलत काम गरेका छौ, अज्ञानी काम गरेका छौ, वा अपराध गरेका छौ भने, के आफूलाई फर्काउन सक्छौ? के तिमीहरू पश्‍चात्ताप गर्न सक्छौ? (हो, सक्छौँ।) पश्‍चात्ताप गर्न र आफूलाई परिवर्तन गर्न सक्नु नै सबैभन्दा बहुमूल्य र दुर्लभ कुरा हो। तर ख्रीष्टविरोधीहरूमा ठ्याक्‍कै यही कुराको कमी हुन्छ। परमेश्‍वरले मुक्ति दिने मानिसहरूमा मात्रै यो कुरा हुन्छ। आफूसँग हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू के-के हुन्? पहिलो कुरा, परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; सबैभन्दा आधारभूत कुरा यही हो। के तिमीहरू यसो गर्न सक्छौ? (हो, सक्छौँ।) यो सबैभन्दा आधारभूत कुरा ख्रीष्टविरोधीहरूमा हुँदैन। दोस्रो, परमेश्‍वरको वचन सत्यता हो भनेर स्विकार्नु हो; यसलाई पनि सबैभन्दा आधारभूत कुरा नै भन्‍न सकिन्छ। तेस्रो, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु हो। ख्रीष्टविरोधीहरूको हकमा भन्दा, यो प्राप्त गर्नै नसकिने कुरा हो, तर तिमीहरूलाई पनि यहीँबाट गाह्रो हुन थाल्छ। चौथो, विवाद नगरी, आफूलाई सही साबित गर्न नखोजी, तर्क नगरी, वा गुनासो नगरी सबै कुरा परमेश्‍वरबाट आएका हुन् भनेर स्विकार्नु हो। ख्रीष्टविरोधीहरूका लागि यो कुरा पूर्णतया असम्भव हुन्छ। पाँचौँ, विद्रोह गरेपछि वा अपराध गरेपछि पश्‍चात्ताप गर्नु हो। यो हासिल गर्न त तिमीहरूलाई कठिन नै हुनेछ। यस अवस्थामा पुगेपछि, मानिसहरू अपराध गरेपपश्‍चात् केही समय चिन्तन गरेर अनि खोजी, दुःख, नकारात्मकता, र कमजोरी भोगेर क्रमिक रूपमा आफ्नो भ्रष्ट स्वभावबारे केही ज्ञान प्राप्त गर्छन्। अवश्य नै, यसका लागि समय लाग्छ। यो एक-दुई वर्ष पनि हुन सक्छ, वा योभन्दा अझै लामो समय पनि हुन सक्छ। पूर्ण रूपमा आफ्नो भ्रष्ट स्वभाव बुझेपछि र हृदयदेखि समर्पित भएपछि मात्रै व्यक्तिले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छ। यो कुरा सजिलो नभए पनि, अन्ततः सत्यता पछ्याउनेहरू, परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्‍नेहरूमा पश्‍चात्तापका प्रकटीकरणहरू देख्‍न सकिन्छ। तर ख्रीष्टविरोधीहरूमा यो कुरा हुँदैन। यसबारे विचार गर, कुनै खराब काम गरेपछि, ख्रीष्टविरोधीले विगत तीन वा पाँच वर्ष, वा १० वा २० वर्षको के कुरा खोतलखातल गर्दैन र? जति नै धेरै समय बिते पनि, तैँले तिनीहरूलाई फेरि भेट्दा, तिनीहरू अझै पनि आफ्नै ती तर्कहरूबारे मात्रै कुरा गर्छन्। तिनीहरू अझै पनि आफ्ना दुष्कर्महरूलाई पहिचान वा स्वीकार गर्दैनन्, र तिनीहरू अलिकति पनि पछुतो देखाउँदैनन्। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानिसहरूबीच रहेको भिन्‍नता यही हो। ख्रीष्टविरोधीहरू किन पछुतो गर्न सक्दैनन्? यसको मूल कारण के हो? तिनीहरू परमेश्‍वर सत्यता हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, जसले गर्दा तिनीहरू सत्यता स्विकार्न सक्दैनन्। यो निराशाजनक कुरा हो, र यो ख्रीष्टविरोधीहरूको सारद्वारा निर्धारित हुन्छ। जब तिमीहरू मैले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारे चिरफार गरेको सुन्छौ, तब तिमीहरू यस्तो सोच्छौ: “त्यसोभए म त पूरै सकिएँ। ममा पनि ख्रीष्टविरोधीको स्वभाव छ—के म पनि ख्रीष्टविरोधी होइन र?” के यो खुट्ट्याउने क्षमताको कमी हुनु होइन र? तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्‍ने कुरा साँचो हो, तर तँ ख्रीष्टविरोधीहरूभन्दा फरक के कुरामा छस् भने, तँमा अझै पनि सकारात्मक कुराहरू छन्। तँ सत्यता स्विकार्न, गल्ती स्विकार्न, र पश्‍चात्ताप गर्न सक्छस्, र परिवर्तन हुन सक्छस्, र यी सकारात्मक कुराहरूले तँलाई ख्रीष्टविरोधीहरूको स्वभाव फाल्न, र तेरा भ्रष्ट स्वभावहरू धुन, र तँलाई मुक्ति प्राप्त गर्न मद्दत गर्न सक्छन्। के यसको अर्थ तँसँग आशा छ भन्‍ने होइन र? तँसँग अझै आशा छ!

तिमीहरू सबैलाई अनुभवात्मक गवाही लेखहरू लेख्‍न निकै गाह्रो लाग्छ र ती लेखहरू लेख्न सक्दैनौ। कति मानिसहरू त कैयौँ वर्षको अनुभवपछि एउटा मात्र गवाही लेख लेख्छन्। कतिले १०-२० वर्ष विश्‍वास गरेपछि एउटा मात्रै लेख्छन्, र तिनीहरू यी वर्षहरूको अनुभवको सारतत्त्वलाई एकसाथ सारांशीकरण गर्छन्। कतिले त परमेश्‍वरमा विश्‍वास गरेको ३० वर्ष भएको हुन्छ, र पनि तिनीहरूसँग कुनै साँचो अनुभवात्मक ज्ञान हुँदैन। यहाँ मुख्य कुरा के हो भने तिनीहरूले सत्यता बुझेकै हुँदैनन्। त्यसकारण, तिमीहरूले सत्यता नबुझ्‍ने यो वर्तमान परिस्थिति सामना गर्दा, मैले के गर्नुपर्छ? मैले तिमीहरूसँग धैर्य र सच्चाइसाथ अझै धेरै बोल्नुपर्छ, अझै धेरै र लामो बातचित गर्नुपर्छ, र तिमीहरूमा अझै बढी धैर्य हुनुपर्छ र तिमीहरूले मेरो सङ्गति अझै बढी सुन्नुपर्छ। ध्यान दिएर सुन, समझशक्ति प्राप्त गर, र सत्यताको हरेक पक्षको सार बुझ्न प्रयास गर। मैले भर्खरै भनेजस्तै, यदि तैँले ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्, ख्रीष्टविरोधीहरूको सार भएका ती मानिसहरूका प्रकटीकरणहरू के-के हुन्, र ती दुईबीचको भिन्‍नता के हो भन्‍ने कुरा बुझेको छस् भने, तँसँग हिँड्ने मार्ग हुनेछ, र यसका साथै, तँसँग समझशक्ति पनि हुनेछ। तैँले आफ्नो भ्रष्ट स्वभाव र ख्रीष्टविरोधीहरूको सार चिन्‍न सक्‍नेछस्। यदि तैँले ख्रीष्टविरोधीलाई भेटिस् भने, उसलाई तुरुन्तै चिन्‍न र खुलासा गर्न, उसका अविचारी र स्वेच्छाचारी कार्य र अभ्यासहरू तुरुन्तै रोक्न र सीमित गर्न, र उसका दुष्ट कार्यहरूले गर्दा मण्डलीको काममा हुने घाटाहरू रोक्न वा कम गर्न सक्‍नेछस्। अन्यथा, यदि तिमीहरूमा बुझाइ क्षमता कमजोर छ र समझशक्तिको कमी छ, वा यदि तिमीहरू सत्यताको विषयमा गम्भीर छैनौ, र सधैँ धर्मसिद्धान्तहरू मात्रै बुझ्छौ, र व्यक्तिको सार देख्‍न सक्दैनौ भने, यसले गर्दा तिमीहरूले आफ्नो वरपरका ख्रीष्टविरोधीहरूलाई चिन्‍न नसक्‍ने मात्रै होइन, तिनीहरूलाई असल अगुवालाई जस्तैगरी समेत पछ्याउनेछौ। ध्यान दिएर सोच, ध्यान दिएर विचार गर, ख्रीष्टविरोधीहरूले गर्ने कुराहरूले परमेश्‍वरको घरमा थप फाइदा कि थप हानि पुर्‍याउँछन्? होसियारीसाथ विचार गरेपछि, तिमीहरू के देख्‍न सक्छौ भने, परमेश्‍वरको घरमा काम गर्दा ख्रीष्टविरोधीहरू केही असल कुराहरू गर्छन् जस्तो देखिए पनि, वास्तवमा तिनीहरू भलाइभन्दा बढी हानि गर्छन्। नाफाले नोक्सानको पूर्ति गर्न सक्दैन। वास्तवमा, तिनीहरूका असल कार्यहरूले अझै ठुलठुला गुप्त खतराहरू ल्याउँछन्, मण्डलीको काममा फाइदाभन्दा बढी हानि गर्छन्। परमेश्‍वरको घरमा यी मानिसहरूले खेल्ने भूमिका शैतानका नोकरहरूको भूमिका हो।

अप्रिल २५, २०२०

अघिल्लो: विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग छ)

अर्को: विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग आठ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्