विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग दुई)

आज हामी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूको पन्ध्रौँ विषयवस्तु—तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन्—भन्‍नेबारे सङ्गति जारी राख्नेछौँ। हामीले पछिल्लो सङ्गतिको क्रममा यो विषयलाई दुई भागमा विभाजन गर्‍यौँ। पहिलो भाग परमेश्‍वरको अस्तित्वमा ख्रीष्टविरोधीहरूको अविश्‍वासका विभिन्‍न प्रकटीकरणहरू हो, जसलाई हामीले थप दुई विषयवस्तुमा विभाजन गर्‍यौँ: पहिलो, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान र सार इन्कार गर्नु; दोस्रो, ख्रीष्टविरोधीहरूले यावत्‌ थोकमाथिको परमेश्‍वरको सार्वभौमिकता इन्कार गर्नु। पछिल्लोपटक, हामीले मूलत: ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरको सार र उहाँको स्वभाव स्विकार्दैनन्, ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरले गर्ने सबै कुरा सत्यता हो र त्यसले उहाँको पहिचान जनाउँछ भन्‍ने कुरा स्विकार्दैनन्, र ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरले गर्ने सबथोकपछाडिका अर्थ र सत्यता निश्‍चय नै स्विकार्दैनन् भन्‍नेबारे सङ्गति गर्‍यौँ। ख्रीष्टविरोधीहरू शैतानको आराधना गर्छन्, शैतानलाई परमेश्‍वर ठान्छन्, र शैतानका सारा भनाइ र दृष्टिकोणहरूलाई परमेश्‍वरको पहिचान, सार र उहाँले गर्ने सबथोकको मापन गर्ने आधार र मानकको रूपमा प्रयोग गर्छन्। त्यसकारण, तिनीहरू हृदयमा बारम्बार शैतानले गरेको कामलाई उच्च पार्छन् र आराधना गर्छन्, तिनीहरू शैतानका कार्यहरूको गुणगान र प्रशंसा गाउँछन्, र तिनीहरू परमेश्‍वरको पहिचान र सारको स्थान लिन शैतानलाई प्रयोग गर्छन्। अझ नराम्रो कुरा, शैतानले गर्ने सबथोक स्विकारेर त्यसको आधारमा तिनीहरूले हरमोडमा परमेश्‍वरका वचनहरू र कामबारे प्रश्‍न गर्छन् र धारणा र रायहरू बनाउँछन्। त्यसकारण, परमेश्‍वरलाई पछ्याउने क्रममा, ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन, सत्यता, वा जीवनको दिशा र लक्ष्यको रूपमा स्विकार्दैनन्। बरु, तिनीहरू हरमोडमा परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरूका धारणा र कल्पनाहरू, शैतानका तर्क र सोचहरू, साथै शैतानका स्वभाव र विधिहरूद्वारा परमेश्‍वरको पहिचान र सार मापन गर्छन्। परमेश्‍वरलाई पछ्याउने क्रममा, तिनीहरू निरन्तर परमेश्‍वरलाई शङ्का, प्रश्‍न र निगरानी गर्छन्, तिनीहरू सधैँ उहाँबारे राय बनाउँछन्, र हृदयमा उहाँलाई घृणा, निन्दा र इन्कार गर्छन्। ख्रीष्टविरोधीहरूले गर्ने यी सारा कामकुरा र तिनीहरूका विभिन्‍न प्रकटीकरणहरूले तिनीहरू परमेश्‍वरका अनुयायी, साँचो विश्‍वासी, वा सत्यता र सकारात्मक कुरा प्रेम गर्ने मानिसहरू होइनन्, बरु तिनीहरू त सत्यता र परमेश्‍वरका शत्रुहरू हुन् भन्‍ने कुरा वास्तवमै प्रमाणित गर्छन्। जब यी मानिसहरू परमेश्‍वरको घर, अर्थात् मण्डली आउँछन्, तिनीहरू परमेश्‍वरको मुक्ति ग्रहण गर्न वा परमेश्‍वरसामु आएर उहाँका वचनहरूलाई जीवनको रूपमा स्विकार्न आएका हुँदैनन्। त्यसोभए, तिनीहरू के गर्न आएका हुन्छन्? जब यी मानिसहरू परमेश्‍वरको घर आउँछन्, पहिलो कुरा, तिनीहरू कम्तीमा आफ्नो जिज्ञासा पूरा गर्न खोजिरहेका हुन्छन्; दोस्रो कुरा, तिनीहरू यो प्रवृत्ति पछ्याउने इच्छा राख्छन्; र तेस्रो कुरा, तिनीहरू आशिष्‌हरू चाहन्छन्। तिनीहरूका अभिप्राय र उद्देश्यहरू यिनै हुन्, कुरा यही हो। ख्रीष्टविरोधीहरूको प्रकृति सारको आधारमा भन्‍नुपर्दा, तिनीहरू कहिल्यै परमेश्‍वरका वचनहरूलाई जीवनको रूपमा स्विकार्ने अभिप्राय राख्दैनन्, कहिल्यै परमेश्‍वरका वचनहरूलाई अभ्यासका सिद्धान्तहरू वा आफ्नो जीवनका दिशा र लक्ष्यको रूपमा लिने योजना गर्दैनन्, र कहिल्यै आफ्नै विचारहरू बदल्ने वा त्याग्ने, वा आफ्नै धारणाहरू रूपान्तरण गर्ने वा त्याग्ने, परमेश्‍वरसामु आएर पूर्ण रूपमा पश्‍चात्ताप गर्ने, र उहाँसामु लम्पसार परेर उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्विकार्ने योजना गर्दैनन्। तिनीहरूसित यस्ता कुनै अभिप्रायहरू हुँदैनन्। तिनीहरू आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नको निम्ति तिनीहरू कति महान्, कति सक्षम, कति शक्तिशाली, वरदानयुक्त, र प्रतिभाशाली छन्, तिनीहरू कसरी परमेश्‍वरको घरको खम्बा र मेरुदण्ड बन्‍न सक्छन्, र आदि इत्यादि भन्दै परमेश्‍वरसामु धाकरवाफ देखाइरहन्छन्, र यसमार्फत परमेश्‍वरको घरमा उच्च ठानिने, परमेश्‍वरद्वारा चिनिने, र परमेश्‍वरको घरमा बढुवा प्राप्त गर्ने लक्ष्य हासिल गर्ने उद्देश्य राख्छन्। त्यति मात्र होइन, तिनीहरू “यो जीवनमा सय गुणा र आउँदो जीवनमा अनन्त जीवन प्राप्त गर्ने” आफ्नो महत्त्वाकाङ्क्षा, चाहना र योजना पनि पूरा गर्न चाहन्छन्। के तिनीहरूले कहिल्यै यी महत्त्वाकाङ्क्षा, चाहना र योजनाहरू त्यागेका हुन्छन्? के तिनीहरूले व्यक्तिपरक रूपमा यी समस्याहरू बुझ्न, त्याग्न, र समाधान गर्न सक्छन्? तिनीहरू कहिल्यै यसो गर्ने योजना गर्दैनन्। परमेश्‍वरका वचनहरूले जे भने नि वा जे खुलासा गरे नि, उहाँका वचनहरूलाई तिनीहरूले आफूसित जोड्न सके नि, तिनीहरूलाई तिनीहरूका योजना, सोच, र अभिप्रायहरू परमेश्‍वरका वचनहरूविपरीत छन् र तीअनुरूप छैनन्, ती सत्यता सिद्धान्तहरूविपरीत जान्छन् र ती ख्रीष्टविरोधीहरूको स्वभावका प्रकटीकरणहरू हुन् भन्‍ने थाहा भए नि, तिनीहरू अझै आफ्नै विचार, महत्त्वाकाङ्क्षा र चाहनाहरूमा अडिग रहन्छन्, र तिनीहरूसित आफूलाई बदल्ने, आफ्ना विचारहरू बदल्ने, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्ने, र परमेश्‍वरसामु आएर उहाँको खुलासा, न्याय, सजाय, र काटछाँट स्विकार्ने कुनै योजना हुँदैनन्। यी मानिसहरू हृदयमा हठी मात्र हुँदैनन्, अहङ्कारी र अभिमानी पनि हुन्छन्—तिनीहरू पूर्ण रूपमा अनुचित हुनेगरी अहङ्कारी हुन्छन्। त्यो सँगसँगै, तिनीहरू हृदयको गहिराइमा परमेश्‍वरले बोल्‍नुभएका हरेक वचनप्रति गहन रूपमा वितृष्ण हुन्छन् र तिनलाई घृणा गर्छन्; तिनीहरू परमेश्‍वरले गर्नुहुने भ्रष्ट मानवजातिको प्रकृति सारको खुलासा र विभिन्‍न भ्रष्ट स्वभावहरूको खुलासालाई घृणा गर्छन्। तिनीहरू बिनाकारण परमेश्‍वर र सत्यतालाई घृणा गर्छन्, सत्यता पछ्याउने र परमेश्‍वरले प्रेम गर्नुहुनेहरूलाई समेत घृणा गर्छन्। यसले ख्रीष्टविरोधीहरूको स्वभाव वास्तवमै दुष्ट हुन्छ भनेर पूर्ण रूपमा देखाउँछ। परमेश्‍वर र सत्यताप्रति तिनीहरूका अकारण घृणा, शत्रुता, विरोध, आलोचना, र इन्कारले पनि ख्रीष्टविरोधीहरूमा वास्तवमै क्रूर स्वभाव हुन्छ भन्‍ने देखाउँछ।

ख्रीष्टविरोधीहरूका विभिन्‍न स्वभावहरू भ्रष्ट मानवजातिमा हुने स्वभावका ठेट उदाहरणहरू हुन्, र ख्रीष्टविरोधीहरूका विभिन्‍न स्वभावहरूको गाम्भीर्यता कुनै पनि साधारण भ्रष्ट तुल्याइएको व्यक्तिको भन्दा बढी हुन्छ। परमेश्‍वरले जति नै गहन वा ठोस रूपमा मानवजातिका भ्रष्ट स्वभावहरू खुलासा गर्नुभए नि, ख्रीष्टविरोधीहरूले यसलाई इन्कार र अस्वीकार गर्छन्, यसलाई सत्यता वा परमेश्‍वरको कामको रूपमा स्विकार्दैनन्। तिनीहरू पर्याप्त मात्रामा दुष्ट, निर्मम, दुर्जन, अनिष्टकर र क्रूर हुनु नै अन्ततः यो समाज र दुष्ट प्रवृत्तिहरूमाझ अडिग रूपमा खडा हुने, र अन्त्यसम्‍मै पृथक्‌ देखिने र आफ्नो स्थान कायम राख्ने एउटै उपाय हो भनेर मात्र स्विकार्ने र विश्‍वास गर्ने गर्छन्। यो ख्रीष्टविरोधीहरूको तर्क हो। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको धर्मी र पवित्र सारप्रति, परमेश्‍वरको विश्‍वसनीयता र सर्वशक्तिमान्‌ताप्रति, साथै यस्तै अन्य सकारात्मक कुराहरूप्रति शत्रुता र घृणा बोक्छन्। मानिसहरूले परमेश्‍वरको पहिचान, सार र उहाँको सारा कामबारे जति नै गवाही दिए नि, र जति नै ठोस र साँचो रूपमा त्यसो गरे नि, ख्रीष्टविरोधीहरूले स्विकार्दैनन्, तिनीहरूले यो परमेश्‍वरको काम हो, यसभित्र खोज्‍नुपर्ने सत्यता हुन्छ, वा यो परमेश्‍वरबारेको मानवजातिको सबैभन्दा राम्रो शैक्षिक सामग्री र गवाही हो भनेर स्विकार्दैनन्। यसविपरीत, ख्रीष्टविरोधीहरू शैतानले जानीजानी वा अचेतन रूपमा गरेको हरेक कामको प्रशंसामा लम्पसार पर्छन्। शैतानले गर्ने कामकुराहरूलाई मानवजातिले कुलीन वा तल्लो स्तरको माने नि, ख्रीष्टविरोधीहरूले यी कुरालाई समान रूपमा स्वीकार, विश्‍वास, आराधना, र अनुसरण गर्छन्। तर एउटा कुराबाट चाहिँ ख्रीष्टविरोधीहरूलाई छटपटी हुन्छ: बुद्धले मानिसहरूलाई शुद्ध भूमिमा पुर्‍याउन सक्छु भनेको छ, र ख्रीष्टविरोधीहरू सोच्छन्: “यो शुद्ध भूमि स्वर्गको राज्य र परमेश्‍वरले भनेको स्वर्गभन्दा निकृष्ट भएझैँ देखिन्छ—यो खासै सन्तोषजनक छैन। शैतान शक्तिशाली छ, र त्यसले मानिसहरूलाई असीमित लाभहरू दिन सक्ने, र तिनीहरूका सारा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न सक्ने भए नि, त्यसले मानिसहरूलाई प्रतिज्ञा दिन, र स्वर्गको राज्य प्रवेश गरेर शाश्‍वत जीवन प्राप्त गर्न सक्षम तुल्याउन सक्दैन। शैतानले यस्तो दाबी गर्दैन, न त त्यसले यस्तो कुरा हासिल गर्न नै सक्छ।” हृदयको गहिराइमा, ख्रीष्टविरोधीहरूले यो असोचनीय र सबैभन्दा पछुताउनुपर्ने कुरा हो भन्‍ने महसुस गर्छन्। त्यसकारण, अनिच्छापूर्वक परमेश्‍वरलाई पछ्याउने क्रममा, तिनीहरू झन् ठूला आशिष्‌हरू कसरी प्राप्त गर्ने, र तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरू कसले पूरा गर्न सक्छ भन्‍नेबारे अझै तानाबाना बुन्छन्। तिनीहरूले अनुमान गरेको गर्‍यै गर्छन्, र अन्त्यमा, तिनीहरूसँग परेश्‍वरको घरमै रहने सम्झौता गर्नुको विकल्पै हुँदैन। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूको आधारमा हेर्दा, परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति र दृष्टिकोण कस्तो हुन्छ? के तिनीहरूमा थोरै पनि साँचो विश्‍वास हुन्छ त? के तिनीहरूमा परमेश्‍वरमाथि साँचो आस्था हुन्छ त? के तिनीहरूले परमेश्‍वरका कार्यहरूलाई थोरै पनि स्विकार्छन् त? के तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता, जीवन र मार्ग हुन् भन्‍ने तथ्यप्रति हृदयबाटै “आमेन” भन्‍न सक्छन् त? परमेश्‍वरले मानवजातिमाझ यस्तो महान् काम गर्नुभएको छ—के ख्रीष्टविरोधीहरूले परमेश्‍वरको महान् शक्ति र धर्मी स्वभावलाई हृदयको गहिराइबाटै प्रशंसा गर्न सक्छन् त? (सक्दैनन्।) ठ्याक्कै भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान, सार र उहाँको सारा काम इन्कार्ने भएरै तिनीहरूले उहाँलाई पछ्याउने क्रममा निरन्तर आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गर्छन्, साथै मानिसहरूको निगाह र मन जित्ने कोसिस गर्छन्, र मानिसहरूको हृदय नियन्त्रणमा राख्ने र थुन्‍नेसमेत कोसिस गर्छन्, अनि परमेश्‍वरका चुनिएका जनहरूको लागि उहाँसित प्रतिस्पर्धा गर्छन्। यी सबै प्रकटीकरणहरूले यो प्रमाणित गर्छन् कि ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्‍वरको पहिचान र सार स्विकार्दैनन्, वा मानवजाति र यावत्‌ थोक सृष्टिकर्ताको सार्वभौमिकतामा छन् भनेर मान्‍दैनन्। परमेश्‍वरको अस्तित्व सम्बन्धमा ख्रीष्टविरोधीहरूमा हुने विचार, प्रकटीकरण र खुलासाहरूबारे पछिल्लोपटक हामीले चिरफार गरेको कुरा यही हो। परमेश्‍वरको अस्तित्व सम्बन्धमा ख्रीष्टविरोधीहरूसँग यी वचार र प्रकटीकरणहरू हुने हुनाले, ख्रीष्ट अर्थात् देहधारी परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? के तिनीहरूले साँच्चिकै उहाँलाई विश्‍वास गर्न, स्विकार्न, पछ्याउन र उहाँमा समर्पित हुन सक्छन्? (सक्दैनन्।) परमेश्‍वरको अस्तित्वप्रति ख्रीष्टविरोधीहरूको व्यवहार हेर्दा, तिनीहरूले परमेश्‍वरको आत्माप्रति यस्तो मनोवृत्ति पाल्ने हुनाले, निस्सन्देह नै परमेश्‍वरको देहधारी देहप्रति तिनीहरूको मनोवृत्ति उहाँको आत्माप्रतिभन्दा बढी घृणित हुनुपर्छ, र त्यसका झनै प्रस्ट र गम्भीर प्रकटीकरणहरू हुनुपर्छ।

आ. ख्रीष्टविरोधीहरू ख्रीष्टको सार अस्वीकार गर्छन्

आज हामी ख्रीष्टविरोधीहरूले ख्रीष्ट अर्थात् परमेश्‍वरको देहधारी देहलाई कस्तो व्यवहार गर्छन् भन्‍नेबारे, परमेश्‍वरको अस्तित्वमाथि तिनीहरूको अविश्‍वासमा आधारित भएर, सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन् भन्‍ने कुरा व्यापक रूपमा स्विकारिएको तथ्य हो। यो सबै सङ्गति, खुलासा, र चिरफारपश्‍चात्‌, के तिमीहरूले ख्रीष्टविरोधीहरूका स्वभाव र प्रकटीकरणहरूबारे केही ठोस बुझाइ प्राप्त गरेका छौ? तिनीहरूले देहधारी परमेश्‍वरले गरेको काम, वा परमेश्‍वर देह बनेको तथ्य स्विकारे नि नस्विकारे नि, वास्तवमा तिनीहरूले परमेश्‍वरको अस्तित्व अस्वीकार गर्छन्। त्यसैले, तिनीहरू ठ्याक्कै कस्ता मानिसहरू हुन्? ठ्याक्कै भन्‍नुपर्दा, तिनीहरू अवसरवादी अविश्‍वासीहरू हुन्, तिनीहरू फरिसीहरू हुन्। तिनीहरूमध्ये कति त प्रस्ट रूपमै दुष्ट देखिन्छन्, तर अरूचाहिँ परिष्कृत, सम्मानजनक, र आदर्शमयी व्यवहारसहित नम्र देखिन्छन्—तिनीहरू खाट्टी फरिसीहरू हुन्। यी दुई दुष्ट देखिनेहरू र भक्त देखिने तर दुष्ट नदेखिनेहरू, यी दुईथरीका मानिसहरूको कुरा गर्नुपर्दा, यदि तिनीहरूले मूलभूत रूपमा परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन् भने, के हामीले तिनीहरू अविश्‍वासी हुन् भन्‍न मिल्छ? (मिल्छ।) आज हामी अविश्‍वासीहरूमा ख्रीष्टप्रति केकस्ता विचार र मनोवृत्तिहरू हुन्छन्, तिनीहरूले ख्रीष्टका विभिन्‍न पक्षहरूप्रति कस्ता प्रकटीकरणहरू देखाउँछन्, र हामीले यी प्रकटीकरणहरूमार्फत ख्रीष्टविरोधीहरूको सार केकसरी बुझ्न सक्छौँ भन्‍नेबारे सङ्गति गरिरहेका छौँ।

क. ख्रीष्टविरोधीहरू ख्रीष्टको उत्पत्तिलाई कसरी लिन्छन्

जब ख्रीष्टको कुरा आउँछ, जो विशेष पहिचान भएको एक साधारण व्यक्ति हुनुहुन्छ, मानिसहरूले प्राय: केके कुरामा सबैभन्दा बढी चासो राख्छन्? सर्वप्रथम, के धेरै मानिसहरूले उहाँको उत्पत्तिबारे चासो राख्दैनन् र? त्यही नै मानिसहरूको ध्यानको मुख्य बिन्दु हो। त्यसोभए, पहिला ख्रीष्टविरोधीहरूले ख्रीष्टको उत्पत्तिलाई कुन रूपमा हेर्छन् भन्‍नेबारे सङ्गति गरौँ। यसबारे सङ्गति गर्नुअघि, परमेश्‍वर देहधारी बन्‍नुहुँदा उहाँले उहाँको देहको उत्पत्तिका विभिन्‍न पक्षहरूको कसरी योजना गर्नुभयो भन्‍नेबारे कुरा गरौँ। सबैलाई थाहै छ, अनुग्रहको युगमा ख्रीष्टलाई पवित्र आत्माले गर्भाधान गर्नुभएको र एउटी कुमारीले जन्माएको हो। उहाँ अत्यन्तै साधारण र सामान्य परिवारमा जन्मिनुभएको थियो, जसलाई आजको दिनमा सर्वसाधारणको घर भनिनेथ्यो। उहाँ कुनै धनी, अधिकारी, वा प्रतिष्ठित ठूलो परिवारमा जन्मिनुभएको थिएन—वास्तवमा उहाँ गोठमा जन्मिनुभएको थियो, जुन असोचनीय र सबैको कल्पनाभन्दा बाहिरको कुरा थियो। परमेश्‍वरको पहिलो देहधारी देहको उत्पत्तिको हरपक्ष हेर्दा, देहधारी परमेश्‍वर जन्मिनुभएको परिवार निकै साधारण थियो। उहाँकी आमा मरियम पनि साधारण नै थिइन्, कुनै विशिष्ट व्यक्ति थिइनन्, र उनमा निश्‍चय नै कुनै विशेष शक्ति, वा असाधारण र अद्वितीय प्रतिभाहरू थिएनन्। तर उनी कुनै अविश्‍वासी वा गैरविश्‍वासी नभएर परमेश्‍वरकी अनुयायी थिइन् भन्‍ने कुरा जान्‍नलायक छ। यो निकै महत्त्वपूर्ण कुरा हो। मरियमका श्रीमान्‌ यूसुफ सिकर्मी थिए। सिकर्मी भनेको एकप्रकारको शिल्पकार हो, र उनको औसत आय थियो, तर उनी धनी थिएनन् र उनीसँग खर्च गर्ने धेरै पैसा थिएन। यद्यपि, उनी अत्यन्तै गरिबचाहिँ थिएनन्, र उनले आफ्नो परिवारका सारा आवश्यकताहरू पूरा गर्ने सक्थे। प्रभु येशू यस्तो परिवारमा जन्मिनुभएको थियो; आजको दिनको आय र जीवनयापनका स्तरहरूको आधारमा भन्‍ने हो भने, उहाँको परिवार मध्यम वर्गीय कहलिन गाह्रै हुनेथ्यो। के यस्तो परिवारलाई मानवजातिले कुलीन मान्थे कि निम्नस्तरीय? (निम्नस्तरीय।) त्यसकारण, प्रभु येशू जुन परिवारमा जन्मिनुभएको थियो त्यो चर्चित, धनी, वा प्रतिष्ठित छँदै थिएन, आजकाल उच्चवर्गीय भनेर मानिनेजस्तो त झनै थिएन। धनी वा उच्च हैसियत भएका परिवारका छोराछोरीहरू बाहिर जाँदा, मानिसहरू प्राय: तिनीहरूलाई घेर्छन्, र तिनीहरूको वरपर झुम्मिन्छन्, तर प्रभु येशूको परिवार त्यसको उल्टो थियो। उहाँ विलासी जीवनयापन वा उत्कृष्ट हैसियतबिनाको परिवारमा जन्मिनुभएको थियो। त्यो निकै साधारण परिवार थियो जुन अरूको नजरमा पर्दैनथ्यो र मानिसहरूले बेवास्ता गर्थे, अनि कोही पनि उनीहरूको प्रशंसा गाउने र उनीहरूको वरपर झुम्‍मिने गर्दैनथ्यो। त्यो समयको त्यस्तो पृष्ठभूमि र सामाजिक वातावरणमा, के ख्रीष्ट उच्च शिक्षा लिने वा उपल्लो समाजका विभिन्‍न जीवनशैली, सोचविचार, आदि इत्यादिद्वारा प्रभावित र सङ्क्रमित हुने अवस्थामा हुनुहुन्थ्यो त? प्रस्ट रूपले नै हुनुहुन्थेन। उहाँले सामान्य शिक्षा लिनुभयो, घरमै धर्मशास्‍त्रहरू पढ्नुभयो, उहाँका आमाबुबाको मुखबाट कथाहरू सुन्‍नुभयो, र उनीहरूसँगै मण्डली सेवाहरूमा सहभागी हुनुभयो। सबै हिसाबमा, प्रभु येशूको उत्पत्ति र उहाँ हुर्कनुभएको परिवेश प्रतिष्ठित वा मानिसहरूले कल्पना गरेजस्तो आदर्शमयी थिएनन्। उहाँ जुन वातावरणमा हुर्किनुभयो त्यो कुनै साधारण व्यक्तिकै जस्तो थियो। उहाँको दैनिक जीवन सरल र साधारण थियो, उहाँका जियाइ अवस्थाहरू औसत व्यक्तिकै जस्ता थिए, ती कुनै विशेष थिएनन्, र उहाँमा समाजका माथिल्लो तहका विशिष्ट र उच्‍च जियाइ अवस्थाहरू थिएनन्। पहिलो देहधारी परमेश्‍वर यही परिवेशमा जन्मिनुभएको थियो, र उहाँ यही वातावरणमा हुर्किनुभएको थियो।

यसपटक देहधारी परमेश्‍वरको लैङ्गिकता पछिल्लोपटक भन्दा पूरै फरक भए नि, उहाँको पारिवारिक पृष्ठभूमि उस्तै साधारण, र कुलीन हैसियतबिनाकै छ। कतिले सोध्छन्, “कति साधारण?” अहिलेको युगमा, साधारण भन्‍नुको अर्थ सामान्य जियाइ वातावरण हो। ख्रीष्ट एक कामकाजी परिवारमा जन्मिनुभएको थियो, जुन परिवार भरणपोषणको लागि ज्यालामा निर्भर हुन्थ्यो, आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न सक्थ्यो, तर धनीहरूजतिकै सम्पन्‍न थिएन। ख्रीष्टको साधारण मानिसहरूसँग उठबस थियो, र उहाँ साधारण मानिसहरूको जीवनसँग सन्निकट हुनुहुन्थ्यो; उहाँ यस्तै वातावरणमा जिउनुभएको थियो, त्यसमा विशेष कुरा केही थिएन। सामान्यतया, के कामकाजी परिवारका छोराछोरीहरूले शिल्पकला सिक्ने अवस्थामा हुन्छन् र? के तिनीहरूले उच्च समाजमा प्रचलित विभिन्‍न विचारहरूसित परिचित हुने अवसर पाउँछन् र? (पाउँदैनन्।) तिनीहरू विभिन्‍न सीपहरू सिक्ने अवस्थामा नहुने मात्र नभई, अझ बढी रूपमा, तिनीहरूले उच्च समाजका मानिस, घटना, र वस्तुहरूसित अन्तरक्रिया गर्ने अवसरहरूसमेत पाउँदैनन्। यो दृष्टिकोणबाट हेर्दा, यसपटक देहधारी परमेश्‍वर निकै साधारण परिवारमा जन्मिनुभएको छ। उहाँका आमाबुबा सम्मानित तरिकाले दिन कटाउने मानिसहरू हुन्, उनीहरूको जीविका उनीहरूका काम र जागिरमा निर्भर छ, र उनीहरूका जियाइ अवस्थाहरू औसत छन्। यस्ता अवस्थाहरू आधुनिक समाजमा सबैभन्दा आम छन्। गैरविश्‍वासीहरूको दृष्टिकोणबाट हेर्दा, ख्रीष्टको जन्म वातावरणमा कुनै उच्‍च स्तर थिएन, र उहाँको पारिवारिक पृष्ठभूमि वा जीवन गुणस्तरमा गर्व गर्नलायक केही थिएन। कति सेलिब्रेटीहरू विद्वत् परिवारमा जन्मेका छन्; तिनीहरूका पुर्खाहरू सबै शिक्षक र वरिष्ठ बुद्धिजीवी थिए। तिनीहरू त्यही वातारणमा, त्यस्तै विद्वत् परिवारको शैली र चालढालसँगै हुर्किए। के परमेश्‍वरले उहाँको देहधारी देहको लागि उस्तै पारिवारिक पृष्ठभूमि रोज्नुभयो त? रोज्नुभएन। यसपटक पनि देहधारी परमेश्‍वरको विशिष्ट पारिवारिक पृष्ठभूमि र नामी सामाजिक हैसियत थिएन, र उहाँसित उच्च जियाइ वातावरण हुनु त झन् परै जाओस्—उहाँको परिवार अत्यन्तै साधारण परिवार हो। देहधारी परमेश्‍वरले किन यस्तो परिवार, जियाइ वातावरण, र हुर्किने पृष्ठभूमि रोज्नुभयो भन्‍नेबारे अहिले नै छलफल गरी नहालौँ; हामी अहिलेको लागि यसको महत्त्वबारे कुरा गर्नेछैनौँ। ल भन् त, के कतिपय मानिसहरूले ख्रीष्ट विश्‍वविद्यालय जानुभयो कि भएन भन्‍नेबारे चासो राख्दैनन् र? म तिमीहरूलाई सत्य कुरा भन्‍नेछु: कलेजको प्रवेश परीक्षा दिनुअघि नै म विद्यालय जान छोडेँ र मैले १७ वर्षको उमेरमै घर छोडेँ। त्यसोभए, के म विश्‍वविद्यालय गएँ त? (जानुभएन।) के तिमीहरूको लागि यो खबर नराम्रो हो कि राम्रो हो? (मलाई लाग्छ यो जानेर केही फरक पर्दैन, यो परमेश्‍वरलाई पछ्याउनुसँग असान्दर्भिक छ।) त्यो सही दृष्टिकोण हो। मैले यसअघि यो कुरा कहिल्यै उल्लेख गरिनँ, मैले यो कुरा लुकाउन वा ढाकछोप गर्न चाहेर होइन, बरु यो भन्‍नु जरुरी नभएर मैले भनिनँ, किनभने यस्ता कुराहरू परमेश्‍वरलाई जान्‍नु र पछ्याउनुसँग पूरै असान्दर्भिक छन्। देहधारी परमेश्‍वरको जन्म पृष्ठभूमि, उहाँको पारिवारिक वातावरण, र उहाँ हुर्कनुभएको वातावरणले परमेश्‍वर वा देहधारी परमेश्‍वर चिन्‍नमा कुनै प्रभाव पार्दैनन्, र यसमा यी कुराहरूको वास्तवमै कुनै सम्बन्ध हुँदैन, तैपनि किन म अहिले यी मामलाहरू उठाइरहेको छु त? यो कुरा आज हामीले चिरफार गर्न लागेको ख्रीष्टविरोधीहरूको ख्रीष्टसम्बन्धी एउटा विचारसँग जोडिएको छ। परमेश्‍वरले उहाँको देहधारी देहको लागि कुनै नामी हैसियत, आदर्शमयी पहिचान, वा सम्मानित परिवार र सामाजिक पृष्ठभूमि रोज्नुभएन, र उहाँले आफ्नो हुर्काइको लागि उच्च, निस्फिक्री, सम्पन्‍न, विलासी वातावरण त झनै रोज्नुभएन। परमेश्‍वरले उच्च शिक्षा लिन सक्ने वा उपल्लो समाजसँग परिचित हुने पारिवारिक पृष्ठभूमि पनि रोज्नुभएन। परमेश्‍वर देहधारी बन्दा उहाँले रोज्‍नुभएका यी पक्षहरूलाई ध्यान दिँदा, के यी कुराहरूले ख्रीष्ट जुन काम गर्न आउनुभएको थियो त्यसमा कुनै प्रभाव पार्थे र? (पार्थेनन्।) उहाँको पछिल्लो कामको प्रक्रिया, प्रकृति, र नतिजाहरू हेर्दा, यी पक्षहरूले परमेश्‍वरको कामका योजना, चरण, वा नतिजाहरूमा कुनै पनि रूपमा असर गर्दैनन्, बरु त्यसको उल्टो, उहाँको रोजाइका यी पक्षहरूको एउटा निश्‍चित फाइदा छ, अर्थात् उहाँले यस्तो वातावरणमा जन्मिन रोज्नु परमेश्‍वरका चुनिएका मानिसहरूको मुक्तिको लागि बढी लाभदायक छ, किनभने तिनीहरूमध्येका ९९ प्रतिशत मानिसहरू उस्तै पृष्ठभूमिबाट आउँछन्। यो देहधारी परमेश्‍वरको उत्पत्तिको महत्त्वको एउटा पक्ष हो जुन मानिसहरूले बुझ्‍नैपर्ने कुरा हो।

भर्खरै मैले ख्रीष्टको जन्मको पृष्ठभूमि र वातावरणबारे सरल र फराकिलो रूपमा कुरा गरेँ, ताकि तिमीहरूलाई यसबारे सामान्य बुझाइ मिलोस्। अब, ख्रीष्टविरोधीहरूले देहधारी परमेश्‍वरको उत्पत्तिलाई कसरी लिन्छन् भन्‍ने कुरा चिरफार गरौँ। पहिलो कुरा त ख्रीष्टविरोधीहरूले ख्रीष्टको जन्मको वातावरण र पृष्ठभूमिप्रति गुप्त रूपले तिरस्कार र अवज्ञा महसुस गर्छन्। तिनीहरूले किन यसप्रति तिरस्कार र अवज्ञा महसुस गर्छन्? किनभने तिनीहरूले आफूभित्र सोच र धारणाहरू बोकेका हुन्छन्। यसबारे तिनीहरूको दृष्टिकोण के हुन्छ? “परमेश्‍वर सृष्टिकर्ता हुन्, उनी सबैमाथि सर्वोच्च छन्, उनी स्वर्गभन्दा माथि, साथै मानवजाति र सारा सृष्टि गरिएका प्राणीहरूभन्दा माथि छन्। यदि उनी परमेश्‍वर हुन् भने, उनी मानवजातिमध्ये सबैभन्दा उच्च स्थानमा उठ्नुपर्छ।” तिनीहरूले उनी सबैभन्दा उच्च स्थानमा उठ्नुपर्छ भन्‍नुको मतलब के हो? तिनीहरूको मतलब उनी सबै जनाभन्दा निकै राम्रो हुनुपर्छ, उनी एक प्रतिष्ठित, कुलीन ठूलो परिवारमा जन्मिनुपर्छ, र उनलाई केहीको कमी हुनु हुँदैन; उनी धनी परिवारमा जन्मिनुपर्छ, उनीसँग पूर्ण शक्ति, साथै अख्तियार र प्रभाव हुनुपर्छ, र उनी निकै धनी र अरबपति हुनुपर्छ। साथै, उनी अत्यन्तै शिक्षित, र यो संसारमा मानवले सिक्नुपर्ने सबथोक सिकेको हुनुपर्छ। उदाहरणको लागि, कुनै राजकुमारझैँ, उनले निजी शिक्षक राख्नुपर्छ, कुलीन विद्यालय जानुपर्छ, र माथिल्लो वर्गको जीवन जिउनुपर्छ। उनी कुनै साधारण परिवारको बच्चा हुनु हुँदैन। ख्रीष्ट देहधारी देह भएकाले, उनको शिक्षा अरू जोकसैको भन्दा बढी हुनुपर्छ, र उनको पाठ्यसामग्री साधारण मानिसहरूको भन्दा बेग्लै हुनुपर्छ। तिनीहरूले सोच्छन् कि ख्रीष्ट राजाको रूपमा शासन गर्न आउने भएकाले उनले शासनकला, साथै मानवजातिलाई शासन र नियन्त्रण गर्ने उपाय सिक्नुपर्छ, छत्तीस रणनीतिहरू अध्ययन गर्नुपर्छ, साथै धेरै भाषाहरू र केही कलात्मक सीपहरू सिक्नुपर्छ, ताकि यी कुराहरूलाई उनको भावी काममा प्रयोग गर्न सकियोस्, र भविष्यमा उनले हरप्रकारका मानिसहरूलाई शासन गर्न सकून्। तिनीहरूको लागि, यस्तो ख्रीष्ट मात्र आदर्शमयी, महान्, र मानिसहरूलाई मुक्ति दिन सक्षम हुनेछन् किनभने उनीसँग पर्याप्त ज्ञान र प्रतिभाहरू हुनेछन्, र मानिसहरूको मन पढेर तिनीहरूलाई नियन्त्रण गर्न सक्ने पर्याप्त क्षमता हुनेछ। ख्रीष्टविरोधीहरूले देहधारी परमेश्‍वरको देहबारे यस्ता धारणाहरू बोक्छन् र देहधारी परमेश्‍वरलाई स्विकार्ने क्रममा तिनीहरू यी धारणाहरूमा अडिन्छन्। सर्वप्रथम त, तिनीहरूले आफ्ना धारणाहरू पन्छ्याउँदैनन् र परमेश्‍वरले गर्नुभएको नयाँ कामलाई हृदयको गहिराइबाट बुझ्ने वा बोध गर्ने गर्दैनन्। तिनीहरूले आफ्ना धारणा र विचारहरू नकार्ने, वा आफूले बोकेका भ्रमहरू बुझ्ने गर्दैनन्, र तिनीहरूले ख्रीष्ट र परमेश्‍वरको देहधारी देहलाई चिन्दैनन् र ख्रीष्टले भन्‍नुहुने र गर्नुहुने सबथोकलाई सत्यताप्रति समर्पित हुने मनोवृत्ति र सिद्धान्तले स्विकार्दैनन्। बरु, तिनीहरू ख्रीष्टले भन्‍नुहुने सबथोकलाई आफ्नै धारणा र विचारहरूद्वारा मापन गर्छन्। “ख्रीष्टको यो भनाइ तर्कसङ्गत छैन; त्यो कुरा राम्रोसँग भनिएको छैन; यसमा व्याकरणीय त्रुटि छ; ख्रीष्ट त्यति शिक्षित छैनन् भनेर जोकसैले भन्‍न सक्छ। के उनले सामान्य व्यक्तिझैँ बोलिरहेका छैनन् र? ख्रीष्टले कसरी यस्तो बोल्न सक्छन्? यो उनको गल्ती होइन। खासमा, उनी पनि प्रतिष्ठित हुन र अरूबाट सम्मान पाउन चाहन्छन्, तर त्यो सम्भव छँदै छैन—उनी राम्रो परिवारका होइनन्। उनका आमाबुबा साधारण मानिस मात्र थिए, र उनीहरू जेजस्ता थिए त्यसले उनलाई पनि प्रभाव पारेर त्यस्तै व्यक्ति बनाएको छ। परमेश्‍वरले कसरी यसो गर्न सक्थे र? ख्रीष्टका वचनहरू र शैली किन आकर्षक र आदर्शमयी देखिँदैनन्? किन उनीसँग समाजका विद्वान र परिष्कृत बुद्धिजीवीहरूको जस्तो, समाजको माथिल्लो वर्गका राजकुमारी र राजकुमारहरूको जस्तो बोली र शैली छैनन्? किन ख्रीष्टका वचन र कार्यहरू उनको पहिचानसित अत्यन्तै नमिल्दो देखिन्छन्?” ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई हेर्दा, उहाँका सारा वचनहरू र कार्यलाई हेर्दा, र उहाँले मानिसहरूलाई गर्ने व्यवहार, र उहाँको बोली र शैलीलाई हेर्दा, यस्तो अवलोकनकारी दृष्टिकोण बोक्छन्, अनि तिनीहरूको हृदयमा अनिवार्य रूपमै धारणाहरू पैदा हुन्छन्। तिनीहरू ख्रीष्टप्रति समर्पित नहुने मात्र होइन, तिनीहरूले ख्रीष्टका वचनहरूप्रति सही व्यवहार गर्नसमेत सक्दैनन्। तिनीहरूले यसो भन्छन्, “के यस्तो साधारण र सामान्य व्यक्ति मेरो मुक्तिदाता हुन सक्छ र? के उनले मलाई आशिष् दिन सक्छन् र? के मैले उनीबाट कुनै लाभहरू प्राप्त गर्न सक्छु र? के मेरा इच्छा र आकाङ्क्षाहरू पूरा हुन सक्छन् र? यी व्यक्ति यति साधारण छन्, उनी त हेयको दृष्टिले हेरिन लायक छन्।” ख्रीष्टविरोधीहरूले जति बढी ख्रीष्टलाई साधारण र औसत ठान्छन्, र जति बढी ख्रीष्टलाई अत्यन्तै सामान्य सोच्छन्, त्यति नै बढी तिनीहरूले आफूलाई उच्च र कुलीन ठान्छन्। अनि सँगसँगै, कति ख्रीष्टविरोधीहरूले त यस्तो तुलनासमेत गर्छन्, “तिमी सानै छौ र पोशाक लाउन वा मानिसहरूसित कुराकानी गर्न जान्दैनौ। तिमी मानिसहरूबाट कुरा धुत्न जान्दैनौ। तिमी किन यति सिधा कुरा गर्छौ? तिमीले भनेको कुनै पनि कुरा कसरी परमेश्‍वरसित मिल्छ र? तिमीले भनेको कुनै पनि कुराले कसरी तिमी परमेश्‍वर हौ भन्‍ने जनाउँछ र? तिम्रा कार्य, बोली, व्यवहार, शैली, र लवाइ कसरी परमेश्‍वरसित मिल्छन् र? मलाई त तिमी यी कुनै पनि अर्थमा परमेश्‍वरसँग मिल्दो छौ जस्तो लाग्दैन। ख्रीष्ट त उच्च शिक्षाप्राप्त, बाइबलबारे सबै कुरा थाहा भएको, र वाक्पटु शैलीले बोल्‍न सक्‍ने हुनुपर्छ, तर तिमी त सधैँ एउटै कुरा दोहोर्‍याउँछौ र कहिलेकाहीँ अनुचित वचनहरूसमेत प्रयोग गर्छौ।” धेरै वर्षसम्म ख्रीष्टलाई पछ्याएपछि, ख्रीष्टविरोधीहरूले हृदयमा परमेश्‍वरका वचनहरू र सत्यता नस्विकारेका मात्र हुँदैनन्, तिनीहरूले ख्रीष्ट परमेश्‍वरको देहधारी देह हुनुहुन्छ भनेर पनि स्विकारेका हुँदैनन्। यो तिनीहरूले ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा नस्विकार्नु बराबर हो। यसको साटो, तिनीहरूले हृदयमा परमेश्‍वरको देहधारी देह, अर्थात् यो साधारण व्यक्तिलाई झनै बढी तिरस्कार गर्छन्। तिनीहरूले ख्रीष्टमा विशेष कुरा केही नदेख्‍ने हुनाले, उहाँको उत्पत्ति निकै सामान्य र साधारण भएकोले, र उहाँले समाज वा मानवजातिमाझ तिनीहरूलाई कुनै लाभ दिन वा तिनीहरूलाई कुनै फाइदा लिन सक्षम तुल्याउन नसक्ने देखिने हुनाले, तिनीहरूले बेकाबु र खुलेआम रूपमा उहाँको आलोचना गर्छन्, “के तिमी फलानो परिवारको बच्चा होइनौ र? त्यसोभए मैले तिम्रो मूल्याङ्कन गर्दा के बिग्रिन्छ? तिमीले मलाई के गर्न सक्छौ? यदि तिम्रो परिवार प्रतिष्ठित थियो र तिम्रा आमाबुबा आधिकारिक पदमा थिए भने, मलाई तिम्रो डर लाग्न सक्थ्यो। तिमी यस्तै हौ भने त, म तिमीदेखि किन डराउनु र? त्यसकारण, तिमी ख्रीष्ट अर्थात् परमेश्‍वरले गवाही दिएको देहधारी देह नै भए पनि, मलाई तिम्रो डर लाग्दैन! म अझै पनि तिम्रो पिठ्यूँपछाडि तिम्रो आलोचना गर्नेछु, र निर्बाध रूपमा तिमीबारे टिप्पणी गर्नेछु। मौका पाउनेबित्तिकै म तिम्रो परिवार र जन्मस्थलबारे अध्ययन गर्नेछु।” ख्रीष्टविरोधीहरूलाई किचलो गर्न सबैभन्दा मनपर्ने कुराहरू यिनै हुन्। तिनीहरूले कहिल्यै सत्यता खोज्दैनन्, र जे कुरा तिनीहरूका धारणा र कल्पनाहरूसित मिल्दैन त्यसलाई तिनीहरूले बारम्बार आलोचना र प्रतिरोध गर्छन्। यी मानिसहरूलाई ख्रीष्टले जे व्यक्त गर्नुहुन्छ त्यो सत्यता हो भनेर पूर्ण रूपमा थाहा छ, तर तिनीहरूले किन सत्यता पछ्याउँदैनन्? तिनीहरू साँच्चिकै अनुचित छन्!

ख्रीष्टविरोधीहरूले शक्ति र हैसियतलाई अत्यन्तै आराधना गर्छन्। यदि ख्रीष्ट कुनै सम्पन्न र शक्तिशाली परिवारबाट आउनुभएको भए, तिनीहरूले केही भन्ने आँट गर्थेनन्। तर उहाँ शक्तिबिनाको एक साधारण परिवारबाट आउनुभएको हुनाले, तिनीहरू उहाँदेखि पटक्कै डराउँदैनन्, र तिनीहरूलाई लाग्छ तिनीहरूले परमेश्‍वर, ख्रीष्टलाई सजिलै अध्ययन र आलोचना गर्न सक्छन्, र तिनीहरू यसबारे पूर्णतया निस्फिक्री रहन्छन्। यदि तिनीहरूले यो व्यक्ति परमेश्‍वरको देह हो भनेर साँच्चै स्वीकार र विश्‍वास गर्ने भए, के तिनीहरूले यसरी व्यवहार गर्न सक्थे त? के परमेश्‍वरको अलिकति भए पनि डर मान्ने हृदय भएको कसैले यसो गर्थे होला त? के तिनीहरूले आफूलाई रोक्दैनथे र? (रोक्थे।) कस्ता मानिसहरूले यसरी व्यवहार गर्न सक्छन्? के यो ख्रीष्टविरोधीहरूको व्यवहार होइन र? (हो।) यदि तैँले ख्रीष्टको सार भनेको परमेश्‍वर स्वयम् हो र तैँले पछ्याउने व्यक्ति परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्छस् भने, तैँले ख्रीष्टसँग सम्बन्धित सबथोकलाई कसरी हेर्नुपर्छ? के मानिसहरूसित सिद्धान्तहरू हुनुपर्दैन र? (हुनुपर्छ।) त्यसोभए तिनीहरू किन कुनै संशयबिना यी सिद्धान्तहरू उल्लङ्घन गर्ने आँट गर्छन् त? के यो ख्रीष्टप्रति शत्रुताको प्रकटीकरण होइन र? ख्रीष्ट एक साधारण परिवारमा जन्मिनुभएकोले, ख्रीष्टविरोधीहरू उहाँसित असन्तुष्ट महसुस गर्ने क्रममा उहाँका परिवार र पारिवारिक सदस्यहरूप्रति पनि शत्रुता पाल्छन्। अनि तिनीहरूमा यो शत्रुता उत्पन्न हुँदा तिनीहरू त्यहीँ रोकिने वा विश्राम लिने गर्दैनन्, बरु तिनीहरू ख्रीष्टको घरवरपर डुलिरहन्छन् र अवसर पाउनेबित्तिकै सोधपुछ गरिहाल्छन्, मानौँ तिनीहरू कुनै जायज पेशामा संलग्न छन्: “के ख्रीष्ट फर्किआएका छन्? के ख्रीष्ट देखा परेदेखि परिवारको कुनै पक्ष परिवर्तन भएको छ?” तिनीहरूले हरेक अवसरमा यी मामलाहरूमा नाक रगड्छन्। के यस्ता मानिसहरू तिरस्कारयोग्य हुँदैनन् र? के तिनीहरू घिनलाग्दा हुँदैनन् र? के तिनीहरू तुच्छ हुँदैनन् र? तिनीहरू अत्यन्तै तुच्छ र घिनलाग्दा हुन्छन्! परमेश्‍वरमाथि तिनीहरूको आस्था कस्तो छ भन्ने कुरा अहिलेको लागि थाती राखौँ, र यति मात्र विचार गरौँ: यस्ता कामकुराहरू गर्न र यस्ता घिनलाग्दा सोचहरू बोक्न सक्ने मानिसहरूको चरित्र कस्तो हुन्छ होला? तिनीहरू पक्कै पनि निकृष्ट चरित्रको हुनुपर्छ। तिनीहरू सबै निम्नस्तरीय, तुच्छ र हदैसम्म घिनलाग्दा हुन्छन्! यदि तैँले ख्रीष्टमा विश्‍वास गर्दैनस् भने, तैँले मलाई प्रस्ट रूपमा भने हुन्छ, “तिमी त परमेश्‍वरजस्तो देखिँदैनौ; तिमी त एक व्यक्ति मात्र हौ। मैले तिम्रो पिठ्यूँपछाडि तिम्रो आलोचना गरेको छु—तिमीले त्यसमा के गर्न सक्छौ? मैले तिमीलाई अस्वीकार गरेको छु—तिमीले त्यसमा के गर्न सक्छौ?” यदि तैँले विश्‍वास गर्दैनस् भने, म तँलाई जबरजस्ती गर्नेछैन, र तैँले विश्‍वास गर्नुपर्छ भनेर कसैले करकाप गर्नेछैन। तर तँ गोप्य रूपमा यी नीच कार्यहरूमा संलग्न हुनु आवश्यक छैन। तिनले के उद्देश्य पूरा गर्छन्? के तिनले तँलाई आस्था बढाउन मदत गर्न सक्छन्? के तिनले तेरो जीवनमा प्रगति हुन मदत गर्छन्, कि तँलाई परमेश्‍वरबारे अझ बढी बुझ्न मदत गर्छन्? तिनले यी कुनै पनि उद्देश्य पूरा गर्दैनन्, तब किन ती कुरामा संलग्न हुन्छस्? कम्तीमा पनि, यस्ता कार्यहरूमा संलग्न हुनेहरूको अत्यन्तै निकृष्ट मानवता हुन्छ; तिनीहरूले ख्रीष्टको सारमा विश्‍वास गर्ने वा उहाँको पहिचान स्विकार्ने गर्दैनन्। यदि तँलाई विश्‍वास लाग्दैन भने विश्‍वास नगर्। गैहाल्! किन परमेश्‍वरको घरमा आफ्नो बसाइ लम्ब्याउँछस्? परमेश्‍वरमा विश्‍वास नगर्नु तर आशिष्‌हरू चाहनु र महत्त्वाकाङ्क्षा र चाहनाहरू पाल्नु—यो नै ख्रीष्टविरोधीहरूको नीचता हो। यस्ता मानिसहरू अत्यन्तै घृणास्पद हुने भएकाले यस्ता “असाधारण” कार्यहरू गर्न सक्षम हुन्छन्? म २० वर्ष घरबाट टाढा थिएँ, र यी मानिसहरूले २० वर्षसम्‍मै त्यो घरको “राम्रो हेरचाह गरे”; म ३० वर्षसम्म टाढा थिए, र तिनीहरूले ३० वर्षसम्‍मै त्यसको “हेरचाह गरे।” मलाई तिनीहरू किन यति “दयालु” र फुर्सदिला छन् भनेर अचम्म लाग्यो। मैले यो प्रश्‍नको जवाफ भेट्टाएँ, र त्यो के हो भने, तिनीहरू अन्त्यसम्‍मै परमेश्‍वरको विरोध गर्न चाहन्छन्। तिनीहरू परमेश्‍वरको सार वा उहाँले गर्नुभएको सबथोकमा विश्‍वास गर्दैनन्। बाहिरबाट हेर्दा, तिनीहरू जिज्ञासु र उत्सुक देखिन्छन्, तर सारमा, तिनीहरू निगरानी गरिरहेका र फाइदा निचोर्ने कुराहरू खोजिरहेका हुन्छन्, भित्री रूपमा तिनीहरू शत्रुवत्, अनि इन्कार्ने र निन्दा गर्ने हुन्छन्। यी मानिसहरू किन अझै पनि विश्‍वास गर्छन्? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ छ? तिनीहरू विश्‍वास गर्न छाडेर यहाँबाट तुरुन्तै निस्‍के हुन्छ! परमेश्‍वरको घरलाई यस्ता मानिसहरू चाहिँदैन। तिनीहरूले आफैलाई लज्जित तुल्याउनु हुँदैन! के तिमीहरूले पनि यस्तै परिस्थिति र अवस्थाहरूमा यस्तै गर्नेछौ? यदि यसो गर्न सक्छौ भने, तिमीहरू पनि अन्त्यसम्‍मै परमेश्‍वरको विरोध गर्न दृढ रहने, मृत्युपर्यन्त नथाक्ने, र परमेश्‍वर, उहाँको सार, र उहाँको पहिचान अस्वीकार गर्न उहाँविरुद्ध फाइदा निचोर्ने कुराहरू र प्रमाण खोज्ने कोसिस गरिरहेका ख्रीष्टविरोधीहरूको हूलजस्तै छौ।

परमेश्‍वरले जे गर्नुभए पनि, उहाँ कहिल्यै गलत हुनुहुन्न। उहाँ कुनै सामान्य र साधारण वा कुनै प्रतिष्ठित वातावरण र पृष्ठभूमि जहाँसुकै जन्मिनुभए पनि, यसमा कुनै गल्ती हुन्थेन, र त्यसमा मानिसहरूले उहाँविरुद्ध फाइदा निचोर्ने कुनै ठाउँ रहन्थेन। यदि तैँले परमेश्‍वर ख्रीष्ट हुनुहुन्न वा उहाँमा परमेश्‍वरको सार छैन भनी प्रमाणित गर्न परमेश्‍वरको देहधारी देहमा कुनै त्रुटि वा प्रमाण खोज्‍ने कोसिस गर्छस् भने, म तँलाई भन्छु, तैँले कोसिस गर्ने कष्ट नगरे हुन्छ, र विश्‍वास गर्ने कष्ट पनि नगरे हुन्छ। बस यहाँबाट गैहाल्—के तँ त्यसपछि त्यो कष्ट भोग्‍नबाट बच्‍नेछैनस् र? तेरो आफ्नै जीवन किन यति गाह्रो बनाउँछस्? ख्रीष्टलाई दोष लगाउन, इन्कार्न वा निन्दा गर्नको लागि उहाँमा त्रुटि वा प्रमाण खोज्ने कोसिस गर्नु तेरो मान्य पेशा, कर्तव्य वा जिम्मेवारी होइन। ख्रीष्ट जस्तोसुकै परिवारमा जन्मिनुभए नि, जस्तोसुकै वातावरणमा हुर्किनुभए नि, वा उहाँमा जस्तोसुकै मानवता भए नि, यो परमेश्‍वर स्वयम् अर्थात् सृष्टिकर्ताको निर्णय थियो, र कसैसँग यसको कुनै सम्बन्ध छैन। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो सही नै हुन्छ, त्यो नै सत्यता हो, र त्यो मानवजातिको निम्ति गरिन्छ। यदि परमेश्‍वर एउटा साधारण परिवारमा नजन्मिएर कुनै दरबारमा जन्मिनुभएको भए, के कुनै साधारण व्यक्ति वा समाजको तल्लो वर्गको कसैले परमेश्‍वरसित अन्तरक्रिया गर्ने मौका पाउँथे र? तैँले त्यो अवसर पाउँदैनथिस्। त्यसैले, के परमेश्‍वरले यसरी जन्मिन र हुर्किन रोज्नुमा कुनै त्रुटि छ र? यो त संसारमा कतै नपाइने प्रेम हो, र यो नै सबैभन्दा सकारात्मक कुरा हो। तर ख्रीष्टविरोधीहरू परमेश्‍वरले गर्नुभएको सबैभन्दा सकारात्मक कुरालाई पनि उहाँलाई सजिलै हेप्न र खेलाउन सकिन्छ भन्ने सङ्केतको रूपमा हेर्छन्, र निरन्तर उहाँको निगरानी गर्न र उहाँविरुद्ध प्रयोग गर्न सकिने कुराहरू खोज्न चाहन्छन्। तैँले केको निगरानी गरिरहेको छस्? यदि तैँले ख्रीष्टको चरित्र र मानवतामा भरोसा गर्नसमेत सक्दैनस्, तैपनि तैँले उहाँलाई परमेश्‍वरको रूपमा पछ्याउँछस् भने, के तैँले आफ्नै गालामा थप्पड हानिरहेको हुँदैनस् र? के तैँले आफैलाई अप्ठ्यारोमा पारिरहेको हुँदैनस् र? यस्तो खेल किन खेल्छस्? के यो रमाइलो हुन्छ? अनि त्यसपछि, मैले थाहा पाएँ कि सर्वशक्तिमान् परमेश्‍वरलाई पछि गएर मात्र स्विकार्ने धेरैजसो मानिसहरूले यो मामलालाई सही तरिकाले लिन सक्ने रहेछन्। मसित कुराकानी गर्दा केही व्यक्तिहरूले उत्सुकता देखाए, तर मैले यस्ता मानिसहरूलाई पन्छाएँ र बेवास्ता गरेँ। यदि तैँले सत्यता स्विकार्न सक्छस् भने, हामी एउटै परिवार हौँ। यदि सक्दैनस् र तँ सधैँ मेरा व्यक्तिगत जानकारीबारे सोधपुछ गर्ने कोसिस गरिरहन्छस् भने, गैहाल्। म तँलाई चिन्दिनँ; हामी परिवार होइनौँ, शत्रु हौँ। यदि परमेश्‍वरका धेरै वचनहरू सुनेपछि, अनि धेरै वर्षसम्म उहाँको काम र रखवरी पाएपछि पनि मानिसहरूले परमेश्‍वरको देहधारी देहबारे यस्ता सोचहरू पाल्छन् र तिनलाई कार्यान्वयनसमेत गर्छन् भने, यो भन्‍नैपर्ने हुन्छ कि यस्ता मानिसहरूमा परमेश्‍वरप्रति वैरी स्वभाव छ। तिनीहरू जन्मिँदै परमेश्‍वरका शत्रुहरू हुन्, र तिनीहरू सकारात्मक कुराहरू स्विकार्न असक्षम हुन्छन्।

दुई हजार वर्षअघि, पावलले प्रभु येशूलाई पागल तरिकाले सताउँदै, आलोचना र निन्दा गर्दै उहाँको प्रतिरोध गर्न ठूलो प्रयास गर्‍यो। किन? किनकि प्रभु येशू एक साधारण परिवारमा जन्मिनुभएको थियो, उहाँ एक सर्वसाधारण हुनुहुन्थ्यो, र उहाँले शास्‍त्री र फरिसीहरूको तथाकथित शिक्षा, छाप वा प्रभावमा पर्नुभएको थिएन। पावलको नजरमा, यस्तो व्यक्ति ख्रीष्ट कहलिन लायक थिएन। किन थिएन? किनकि उहाँको नम्र पहिचान थियो, ठूलो सामाजिक हैसियत थिएन, र उहाँ मानव समाजमा तल्लो वर्गको सदस्य हुनुहुन्थ्यो, त्यसकारण ख्रीष्ट वा जिउँदो परमेश्‍वरको पुत्र कहलिन लायक हुनुहुन्थेन। यसै कारणले गर्दा, पावलले प्रेभु येशूको प्रतिरोध गर्न हरप्रयास गर्ने आँट गर्थ्यो, उहाँलाई निन्दा र प्रतिरोध गर्न, उहाँको काम भत्काउन, र उहाँका अनुयायीहरूलाई गिरफ्तार गर्न आफ्नो प्रभाव, असाधारण शक्ति, र सरकार प्रयोग गर्थ्यो। जब पावलले प्रभु येशूको प्रतिरोध गर्थ्यो, उसले परमेश्‍वरको कामको रक्षा गरिरहेको, उसका कार्यहरू न्यायोचित भएको, र उसले न्यायोचित शक्ति प्रतिनिधित्व गरेको ठान्थ्यो। उसले आफूले परमेश्‍वरको नभई एक साधारण व्यक्तिको प्रतिरोध गर्दै छु भन्‍ने सोच्थ्यो। यस्तो ठ्याक्‍कै किन भयो भने, उसले ख्रीष्टको जन्म निम्नस्तरीय रहेको र भव्य नरहेको ठान्थ्यो, उसले ख्रीष्टलाई नैतिकहीन र असावधान तरिकाले आलोचना र निन्दा गर्ने आँट गर्थ्यो, र उसलाई हृदयमा आफ्ना कार्यहरूबारे निकै शान्ति र ढुक्क महसुस हुन्थ्यो। ऊ कस्तो प्राणी थियो? तर उसले प्रभु येशू परमेश्‍वरको देहधारी देह हुनुहुन्छ भनेर थाहा नपाएको भए नि वा उहाँका प्रवचन र वचनहरू परमेश्‍वरबाट आएका हुन् भनेर नजानेको भए नि, के यस्तो साधारण व्यक्ति उसको सारा आक्रमणको लायक थियो त? के उहाँ यस्तो दुर्भावपूर्ण आक्रमणको लायक हुनुहुन्थ्यो त? के उहाँ पावलले अफवाह र झूट रचेर अरूलाई धोका दिन र मानिसहरू खोस्‍न उहाँसित होड गरेको कुराको लायक हुनुहुन्थ्यो त? के पावलका झूटहरू आधारहीन थिएनन् र? के प्रभु येशूका कुनै पनि कार्यले पावलका स्वार्थ वा हैसियतमा असर पारेका थिए त? थिएनन्। प्रभु येशूले तल्लो सामाजिक वर्गहरूमा प्रचार गर्नुभयो र प्रवचनहरू दिनुभयो, र सँगसँगै, धेरै मानिसहरूले उहाँलाई पछ्याए। यो पावलजस्तो व्यक्तिको जियाइ वातावरणभन्दा पूर्ण फरक संसार थियो, तर त्यसोभए पावलले प्रभु येशूलाई किन सतायो त? यो त उसको ख्रीष्टविरोधी सारले काम गरेको हो। उसलाई लाग्यो, “तिम्रा प्रवचनहरू जति नै भव्य, सही, वा स्वीकृत भए पनि, यदि मैले तिमी ख्रीष्ट होइनौँ भनेँ भने, तिमी ख्रीष्ट हुँदैनौ। यदि मलाई तिमी मन परेन भने, म तिमीलाई सताउनेछु, स्वेच्छाचारी रूपमा आरोप लाउनेछु, र तिमीलाई मूल्य तिराउनेछु।” ख्रीष्टसँग भएको उहाँको सामान्य मानवताभित्रका यी कुराहरूले पावलका मापदण्डहरू पूरा गर्दैनथे, र यी कुराहरू पावलका धारणा र कल्पनाहरूबमोजिम गरिँदैनथे वा हुँदैनथे, त्यसैले पावलजस्ता ख्रीष्टविरोधीहरूले नैतिकहीन रूपमा उहाँको आलोचना, अस्वीकार, र निन्दा गर्न सक्थे। तर अन्त्यमा के भयो? प्रभु येशूले प्रहार गर्नुभयो, र अन्तत: पावलले स्विकार्‍यो, “तपाईं को हुनुहुन्छ, प्रभु?” त्यसपछि प्रभु येशूले भन्नुभयो, “म येशू हुँ, जसलाई तैँले प्रतिरोध गर्छस्।” त्यसपश्‍चात, पावलले येशूलाई उहाँको निचो उत्पत्तिको कारण साधारण व्यक्ति वा ख्रीष्टजस्तो नभएको ठान्‍न छोड्यो। किन? किनकि प्रभु येशूको ज्योतिले मानिसहरूलाई अन्धो पार्न सक्थ्यो, उहाँसित अख्तियार थियो, र उहाँका वचनहरूले मानिसहरूमाथि प्रहार गर्न सक्थे, र तिनीहरूको आत्मामाथि प्रहार गर्न सक्थे। पावलले मनमनै सोच्यो, “के यी येशू भनिने व्यक्ति वास्तवमै परमेश्‍वर हुन सक्छन्? के उनी जिउँदो परमेश्‍वरका पुत्र हुन सक्छन्? उनले मानिसहरूलाई प्रहार गर्न सक्छन्, त्यसकारण उनी परमेश्‍वर नै हुनुपर्छ। तर यसमा बस एउटै कुरा छ—मानिसहरूलाई प्रहार गर्ने त ख्रीष्ट भनिने यो साधारण व्यक्तिले होइन, परमेश्‍वरको आत्माले हो। त्यसकारण, जेसुकै भए पनि, जबसम्‍म तिमीलाई येशू भनिन्छ, तबसम्‍म म तिमीलाई ढोगेर आराधना गर्नेछैन। म स्वर्गको परमेश्‍वरको, अर्थात् परमेश्‍वरको आत्माको मात्र आराधना गर्छु।” प्रहार गरिएपछि, पावलले एकपटक सोच्यो। उसलाई प्रहार गरिनु नराम्रो कुरा भए पनि, त्यसले उसलाई यो महसुस गराएको थियो कि ख्रीष्ट भनिने व्यक्तिको विशेष पहिचान छ, र ख्रीष्ट बन्नु ठूलो इज्जतको कुरा हो, र जो ख्रीष्ट बन्छ ऊ जिउँदो परमेश्‍वरको पुत्र बन्न, परमेश्‍वरसित नजिकिन, र परमेश्‍वरसँगको सम्बन्ध बदल्न सक्छ, जसले गर्दा त्यो साधारण व्यक्ति विशेष बन्छ, र त्यो साधारण व्यक्तिको पहिचान परमेश्‍वरको पुत्रको पहिचानमा रूपान्तरित हुन्छ भन्ने महसुस गरायो। उसले सोच्यो, “तिमी येशू जिउँदो परमेश्‍वरको पुत्र भए पनि, त्यसमा त्यस्तो प्रभावशाली कुरा के छ र? तिम्रा बुबा एक गरिब सिकर्मी थिए, र तिम्री आमा एक सामान्य गृहिणी थिइन्। तिमी सामान्य मानिसहरूमाझ हुर्कियौ, र तिम्रो परिवारसित निम्नस्तरको सामाजिक हैसियत थियो, साथै तिमी आफैमा कुनै विशेष क्षमताहरू छैनन्। के तिमीले कहिल्यै कुनै मन्दिरमा प्रचार गरेका छौ र? के शास्‍त्री र फरिसीहरूले तिमीलाई स्विकार्छन्? तिमीले कस्तो शिक्षा पाएका छौ? के तिम्रा आमाबुबासँग उच्चस्तरको ज्ञान छ? तिमीसित यी कुनै पनि कुराहरू छैनन्, तैपनि तिमी जिउँदो परमेश्‍वरको पुत्र हौ। त्यसोभए त, मसित यस्तो उच्च ज्ञान भएकोले, र मैले उच्च समाजका मानिसहरूसित अन्तरक्रिया गर्ने भएकोले, अनि मेरा आमाबुबा अत्यन्तै बौद्धिक, शिक्षित भएका र उनीहरू कुनै निश्‍चित पृष्ठभूमिबाट आएका हुनाले, के मलाई ख्रीष्ट बन्न सजिलो छैन र?” उसको तात्पर्य के थियो? “यदि येशूजस्तो कोही व्यक्ति ख्रीष्ट बन्न सक्छ भने, के अत्यन्तै असाधारण, आभायुक्त, ज्ञानवान्, र उच्च सामाजिक हैसियत भएको म पावल ख्रीष्ट बन्‍न अर्थात् जिउँदो परमेश्‍वरको पुत्र बन्न अझ बढी सक्षम छैन र? जब येशू जीवित थिए, उनले केवल प्रचार गरे, धर्मशास्‍त्रहरू पढे, पश्‍चात्तापको मार्ग फैलाए, जताततै हिँडे, मानिसहरूको रोग निको पारे, पिशाचहरू धपाए, र थुप्रै चिन्ह र अचम्मका कामहरू गरे। त्यति त हो, होइन र? त्यसपछि, उनी जिउँदो परमेश्‍वरको पुत्र बने र स्वार्गारोहण गरे। त्यो कति कठिन हुन सक्छ र? म पावल ज्ञानले भरिपूर्ण छु, र मसित कुलीन सामाजिक हैसियत र पहिचान छ। यदि मैले मानिसहरूमाझ येशूले झैँ धेरै हिँडेँ भने, र आफ्नो ख्याति बढाएँ, धेरै अनुयायीहरू बनाएँ, र धेरै मानिसहरूलाई लाभ पुर्‍याएँ भने, अनि यदि मैले कठिनाइहरू सहन, मूल्य तिर्न, आफ्नो सामाजिक हैसियत घटाउन, अझ धेरै प्रवचनहरू दिन, अझ बढी काम गर्न, र अझ धेरै मानिसहरू प्राप्त गर्न सकेँ भने, के त्यसपछि मेरो पहिचान बदलिनेछैन र? के म मानिसको पुत्रबाट परमेश्‍वरको पुत्रमा परिणत हुनेछैन र? के परमेश्‍वरको पुत्र ख्रीष्ट हुँदैन र? ख्रीष्ट हुनुमा त्यस्तो गाह्रो कुरा के छ र? के ख्रीष्ट मानिसबाट जन्मिएको मानिसको पुत्र होइनन् र? येशू ख्रीष्ट बन्न सक्छन् भने, म पावलचाहिँ किन ख्रीष्ट बन्न सक्दिनँ र? यो अत्यन्तै सजिलो छ! येशूले जे गरे, म त्यही गर्नेछु; उनले जे भने, म त्यही भन्नेछु; उनी मानिसहरूमाझ जसरी हिँडे, म पनि त्यसरी नै हिँड्नेछु। के त्यसपछि ममा येशूको जस्तै उही पहिचान र हैसियत हुनेछैन र? के मैले येशूले झैँ परमेश्‍वरद्वारा अनुमोदित हुने सर्तहरू पूरा गर्नेछैन र?” त्यसकारण, पावलका पत्रहरूबाट येशूको पहिचानबारे उसको बुझाइ र बोध के थियो भनेर देख्‍न गाह्रो छैन। उसले प्रभु येशू एक साधारण व्यक्ति हुनुहुन्थ्यो, जो काम र मूल्य चुकाइमार्फत, र विशेषगरी क्रूसमा टाँगिएपछि, स्वर्गमा हुनुहुने पिताको अनुमोदन प्राप्त गरेर जिउँदो परमेश्‍वरको पुत्र बन्नुभयो—उहाँको पहिचान पछिबाट बदलियो भन्‍ने विश्‍वास गर्थ्यो। यसर्थ, पावलजस्ता मानिसहरूले मनमा कहिल्यै पनि येशूलाई धर्तीमा परमेश्‍वरले पहिरनुभएको देहको रूपमा, अर्थात् मानवजातिमाझ परमेश्‍वरले धारण गर्नुभएको देहको रूपमा स्विकार्दैनन्। तिनीहरूले कहिल्यै पनि ख्रीष्टको सार स्विकार्दैनन्।

आजका ख्रीष्टविरोधीहरू पावलजस्तै छन्। पहिलो कुरा त, तिनीहरूका सोच, महत्त्वाकाङ्क्षा, र विधिहरू, अनि अर्को एउटा कुरा—मूर्खताको साझा गुण—उस्तै छन्। तिनीहरूको मूर्खता कहाँबाट आउँछ? यो तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूबाट आउँछ। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरको देहधारी देहलाई हेर्छन्, तिनीहरूले जुनसुकै कोणबाट हेरे पनि ख्रीष्टमा परमेश्‍वरको सार देख्न सक्दैनन्। तिनीहरूले जेजसरी हेरे पनि, यसबाट सत्यता प्राप्त गर्न वा परमेश्‍वरको स्वभाव बुझ्न सक्दैनन्। तिनीहरूले जेजसरी हेरे पनि, तिनीहरू सधैँ ख्रीष्ट एक साधारण व्यक्ति हो भन्ठान्छन्। तिनीहरूले सोच्छन्, यदि ख्रीष्ट सबैले देखिनेगरी स्वर्गबाट सिधै ओर्लेका भए उनी साधारण हुन्थेनन्; तिनीहरूले सोच्छन्, यदि ख्रीष्टको कुनै उत्पत्ति वा पृष्ठभूमि बिलकुलै नभएको भए र उनी मानिसहरूमाझ अचानक देखा परेका भए, त्यो अत्यन्तै असामान्य र असाधारण हुनेथ्यो! मानिसहरूले बुझ्नै नसक्ने, र असाधारण कुराहरूले नै ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा, चाहना, र जिज्ञासाहरू पूरा गर्छन्। तिनीहरू सत्यता व्यक्त गर्न सक्‍ने र तिनीहरूलाई जीवन प्रदान गर्न सक्ने साधारण व्यक्तिभन्दा त्यस्तै ख्रीष्टलाई पछ्याउन तयार हुन्छन्। ठ्याक्कै भन्नुपर्दा, ख्रीष्ट मान्छेबाट जन्मिनुभएको, र उहाँ साँच्चिकै एक साधारण व्यक्ति—पर्याप्त ध्यान नखिच्‍ने वा स्वर्ग र धर्ती हल्लिने तरिकाले नबोल्ने एक सामान्य व्यवहारिक व्यक्ति—हुनुभएकोले नै ख्रीष्टविरोधीहरूले उहाँलाई केहीबेर नियालेपछि ख्रीष्टले गर्नुहुने कामकुराबारे थप विशेष केही पनि नभएको विश्‍वास गर्छन्। तिनीहरूले केही शैलीहरू सारांशीकृत गरेपछि ख्रीष्टको अनुकरण गर्न थाल्छन्। तिनीहरूले उहाँको भाव, बोल्ने शैली, र स्वरको आरोहअवरोह अनुकरण गर्छन्। कतिले त उहाँले प्रयोग गर्ने विशेष शब्दहरूसमेत अनुकरण गर्छन्, र उहाँका सासका आवाज र खोकीहरूसमेत नक्कल गर्छन्। कतिपय मानिसहरू सोध्छन्, “के यो अनुकरणको कारण अज्ञानता हो?” होइन। यसको कारण के हो त? जब ख्रीष्टविरोधीहरूले ख्रीष्टजस्तो साधारण व्यक्तिलाई देख्छन्, जो केही साधारण वचनहरू मात्र बोल्‍नुहुन्छ, र जसका अति धेरै अनुयायीहरू छन् र जसमा अति धेरै मानिसहरू समर्पित हुन्छन्, तब के यो मामलाबारे तिनीहरूको हृदयको गहिराइमा केही सोचहरू उत्पन्न हुँदैनन् र? के तिनीहरू परमेश्‍वरको लागि आनन्दित हुने, उहाँको लागि खुसी हुने, र उहाँको प्रशंसा गर्ने गर्छन्, कि तिनीहरूले आहारिस, रुष्टता, शत्रुता, ईर्ष्या, र डाहा महसुस गर्छन्? (ईर्ष्या र डाहा।) तिनीहरूले सोच्छन्, “तिमी कसरी परमेश्‍वर बन्यौ? म किन परमेश्‍वर भइनँ? तिमीले कतिवटा भाषाहरू बोल्न सक्छौ? के तिमीले चिन्ह र अचम्मका कामहरू गर्न सक्छौ? तिमीले मानिसहरूलाई के ल्याइदिन सक्छौ? तिमीमा कस्ता वरदान र प्रतिभाहरू छन्? तिमीसँग कस्ता क्षमताहरू छन्? तिमीले कसरी यति धेरै मानिसहरूलाई आफ्नो पछाडि लाग्ने बनायौ? यदि तिम्रा क्षमताहरूले नै यति धेरै मानिसहरूलाई तिम्रो पछाडि लाग्ने बनाएको हो भने, मेरा क्षमताहरूको कारण त अझ धेरै मानिसहरूले मलाई पछ्याउनेछन्।” त्यसकारण, ख्रीष्टविरोधीहरूले यो कुरामा आफ्नो प्रयत्न केन्द्रित गर्न चाहन्छन्। त्यसकारण, तिनीहरू ख्रीष्ट बन्ने सपना हासिल गर्न सकिन्छ भन्ने पावलको विचारसँग पूर्ण रूपमा सहमत हुन्छन्।

जब परमेश्‍वरले मानिसहरूलाई कर्तव्यनिष्ठ मानव र सृष्टि गरिएको कर्तव्यनिष्ठ प्राणी बन्न भन्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूले यी वचनहरूलाई अत्यन्तै तिरस्कार गर्छन्, र भन्छन्, “परमेश्‍वरले भन्ने सबथोक राम्रो र सही हो, तर हामीलाई ख्रीष्ट बन्ने अनुमति नदिनुचाहिँ गलत हो। किन मानिसहरू ख्रीष्ट बन्न पाउँदैनन्? के ख्रीष्ट भनेको परमेश्‍वरको जीवन भएको कोही व्यक्ति मात्र होइन र? त्यसकारण, यदि हामीले परमेश्‍वरका वचनहरू स्विकार्छौँ, उहाँको मलजल र रखवरी प्राप्त गर्छौँ, र हामीसँग परमेश्‍वरको जीवन छ भने, के हामी पनि ख्रीष्ट बन्न सक्दैनौँ र? तिमी मानवबाट जन्मिएको एक साधारण व्यक्ति हौ, र हामी पनि त्यही हौँ। के तिमी जीवनमा पछि ख्रीष्ट बनेको होइनौ र? यदि हामीले कष्ट भोग्छौँ र मूल्य तिर्छौँ, परमेश्‍वरका वचनहरू अझ धेरै पढ्छौँ, परमेश्‍वरको जीवन बोकेका हुन्छौँ, परमेश्‍वरले बोलेजस्तै उही वचनहरू बोल्छौँ, परमेश्‍वरले जे गर्न चाहन्छन् त्यही गर्छौँ, र परमेश्‍वरको अनुकरण गर्छौँ भने, के हामी पनि ख्रीष्ट बन्न सक्दैनौँ र? त्यसमा त्यस्तो कठिन कुरा के छ र?” ख्रीष्टविरोधीहरू ख्रीष्टलाई पछ्याउन र ख्रीष्टका साधारण अनुयायी बन्न, वा सृष्टिकर्ताको प्रभुत्वमा रहने सृष्टि गरिएका प्राणी बन्नुपर्दा खुसी हुँदैनन्। तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरूले तिनीहरूलाई यस्तो आग्रह गर्छन्: “कुनै साधारण व्यक्ति नहो। हरमोडमा ख्रीष्टको अनुसरण र आज्ञापालन गर्नु भनेको अयोग्यताको प्रकटीकरण हो। ख्रीष्टका वचनहरू र परमेश्‍वरका प्रतिज्ञाहरूबाहेक, तैँले अझै उच्च आकाङ्क्षाहरू राख्नुपर्छ, जस्तै परमेश्‍वरको पुत्र, जेष्ठ पुत्र, अर्थात् ख्रीष्ट स्वयम् बन्ने, परमेश्‍वरद्वारा धेरै प्रयोग गरिने, वा परमेश्‍वरको राज्यको खम्बा बन्ने प्रयत्न गर्नुपर्छ। ती कति ठूला र प्रेरणादायी लक्ष्यहरू हुन्!” तिमीहरूलाई यी विचारहरू कस्ता लाग्छन्? के ती प्रवर्द्धन गर्नलायक छन्? के ती सामान्य मानिसहरूमा हुनुपर्ने कुरा हुन्? (होइनन्।) ख्रीष्टविरोधीहरूमा ख्रीष्टको पहिचान र सारबारे यस्तो बुझाइ भएकोले गर्दा नै तिनीहरूले ख्रीष्टको प्रतिरोध, आलोचना, परीक्षा, अस्वीकार र निन्दा गर्ने आफ्ना शब्दहरूलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरूले सोच्छन्, “कुनै व्यक्तिको आलोचना गर्दा त्यस्तो डरलाग्दो कुरा के हुन्छ र? तिमी एउटा व्यक्ति मात्र हौ, होइनौ र? तिमीले आफूलाई एक व्यक्तिको रूपमा स्विकार्छौ भने, मैले तिम्रो आलोचना, मूल्याङ्कन, वा निन्दा गर्दा, के बिग्रिन्छ र? मैले तिम्रो निगरानी र अध्ययन गर्दा, के बिग्रिन्छ र? यी कुराहरू गर्नु त मेरो स्वतन्त्रताको कुरा हो!” तिनीहरूले यसलाई परमेश्‍वरको प्रतिरोध वा विरोध गरेको रूपमा हेर्दैनन्, जुन निकै खतरनाक दृष्टिकोण हो। तसर्थ, धेरै ख्रीष्टविरोधीहरूले २०-३० वर्षसम्‍मै यसरी ख्रीष्टको विरोध गरेका छन्, र हृदयमा सधैँ उहाँसँग प्रतिस्पर्धा गरेका छन्। म तँलाई सत्य कुरा भन्छु—तैँले जे गर्छस् त्यो तेरो स्वतन्त्रता हो, तर परमेश्‍वरको अनुयायीको नाताले, यदि तैँले परमेश्‍वरको देहधारी देहलाई यति नैतिकहीन व्यवहार गर्छस् भने, एउटा कुरा निश्‍चित छ: तैँले कुनै व्यक्तिलाई कठिनाइमा पारिरहेको छैनस्, तैँले खुलेआम परमेश्‍वरविरुद्ध होहल्ला मच्‍चाइरहेको छस् र आफूलाई परमेश्‍वरविरुद्ध उभ्याइरहेको छस्—तँ परमेश्‍वरविरुद्ध खडा भइरहेको छस्। परमेश्‍वरको सार, स्वभाव, कार्यहरू, र विशेषगरी परमेश्‍वरको देहधारी देहलाई छुने जुनसुकै कुरा प्रशासनिक आदेशहरूसँग सम्बन्धित हुन्छ। यदि तैँले ख्रीष्टलाई यति नैतिकहीन व्यवहार गर्छस्, अनि यति नैतिकहीन रूपमा उहाँको आलोचना र निन्दा गर्छस् भने, सुन्, तेरो परिणाम तय भइसकेको छ। परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछ भन्ने अपेक्षा नगर्। परमेश्‍वरले त्यस्तो व्यक्तिलाई मुक्ति दिन सक्नुहुन्न, जो खुलेआम उहाँविरुद्ध होहल्ला मच्‍चाउँछ र नैतिकहीन रूपमा आफूलाई उहाँविरुद्ध उभ्याउँछ। त्यस्तो व्यक्ति परमेश्‍वरको शत्रु हो, ऊ शैतान र दियाबलस हो, र परमेश्‍वरले उसलाई मुक्ति दिनुहुनेछैन। चाँडो गर्, तँलाई जसले मुक्ति दिन सक्छ जस्तो लाग्छ उसैकहाँ जा। परमेश्‍वरको घरले तँलाई रोक्नेछैन, ढोकाहरू खुला छन्। यदि तँलाई पावलले मुक्ति दिन सक्छ जस्तो लाग्छ भने, ऊकहाँ जा; पास्टरले मुक्ति दिन सक्छ जस्तो लाग्छ भने, उसैकहाँ जा। तर एउटा कुराचाहिँ निश्‍चित छ: परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन। तैँले जे गर्छस् त्यो तेरो स्वतन्त्रता हो, तर परमेश्‍वरले तँलाई मुक्ति दिनु नदिनु उहाँको स्वतन्त्रता हो, र अन्तिम निर्णय उहाँकै हुन्छ। के परमेश्‍वरसित यो शक्ति छ? के उहाँमा यो मर्यादा छ? (छ।) देहधारी परमेश्‍वर मानवहरूमाझ जिउनुहुन्छ। उहाँले आफू ख्रीष्ट भएको गवाही दिनुहुन्छ, र उहाँ आखिरी दिनहरूको काम गर्न आउनुहुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरको सार चिन्छन् र सम्पूर्ण हृदयले उहाँलाई पछ्याउँछन्, र तिनीहरू उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्छन् र उहाँप्रति समर्पित हुन्छन्। कति अरूचाहिँ अन्त्यसम्‍मै जिद्दीपूर्वक उहाँको प्रतिरोध गर्न चाहन्छन्: “जतिसुकै मानिसहरूले तिमी ख्रीष्ट हौ भनेर विश्‍वास गरे पनि, म विश्‍वास गर्नेछैन। तिमीले जे भने पनि, म तिमीलाई सम्पूर्ण हृदयले परमेश्‍वर मान्नेछैन। जब म परमेश्‍वरले साँच्चिकै तिमीसित बोलेको र तिमीलाई गवाही दिएको देख्छु, जब स्वर्गको परमेश्‍वरले व्यक्तिगत रूपमा मलाई मेघगर्जनको आवाजमा ‘यो मेरो देहधारी देह, मेरो प्रिय, मेरो प्यारो पुत्र हो’ भन्नुहुन्छ, तब मात्र म तिमीलाई परमेश्‍वरको रूपमा मान्ने र स्विकार्नेछु। जब म आफैले स्वर्गको परमेश्‍वरले तिमीसित बोलेको र तिमीलाई गवाही दिएको सुन्छु र देख्छु, तब मात्र म तिमीलाई स्विकार्नेछु, नत्र यो असम्भव छ!” के यस्ता मानिसहरू ख्रीष्टविरोधीहरू होइनन् र? जब साँच्चिकै त्यो दिन आउँछ, तब तिनीहरूले ख्रीष्टलाई परमेश्‍वरको रूपमा स्विकारे नै भने पनि, त्यो तिनीहरूको दण्ड भोग्ने दिन नै हुनेछ। तिनीहरूले परमेश्‍वरको प्रतिरोध गरे, उहाँको तीव्र आलोचना गरे, र तिनीहरू हरमोडमा उहाँप्रति शत्रुवत् रहे—के यस्ता कार्यहरू यति सजिलै बिर्सन सकिन्छ र? (सकिँदैन।) त्यसकारण, यहाँ एउटा साँचो भनाइ छ, र त्यो के हो भने, परमेश्‍वरले हरव्यक्तिलाई उसका कार्यहरूअनुसार इनाम वा सजाय दिनुहुनेछ। यी मानिसहरूले प्रतिशोध मात्र सामना गर्नेछैनन्, परमेश्‍वरले तिनीहरूसित व्यक्तिगत रूपमा बोल्नुभएको पनि तिनीहरूले कहिल्यै सुन्नेछैनन्। के तिनीहरू यसका लायक छन् र? परमेश्‍वरले मानवहरूमाझ आफ्नो गवाही दिने, मानवहरू र साँचो सृष्टि गरिएका प्राणीहरूसामु देखा पर्ने इच्छा गर्नुहुन्छ, र यसरी उहाँले उहाँको वास्तविक व्यक्तित्व प्रकट गर्ने, र वचनहरू बोल्ने र व्यक्त गर्ने गर्नुहुन्छ। उहाँले दियाबलसहरूसामु देखा पर्ने वा तिनीहरूसित वचनहरू बोल्ने वा व्यक्त गर्ने गर्नुहुन्न। त्यसकारण, ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्‍वरको वास्तविक व्यक्तित्व देख्ने वा आफ्नै कानले उहाँका वचन र वाणीहरू सुन्ने मौका पाउनेछैनन्। तिनीहरूसित यस्तो अवसर कहिल्यै हुनेछैन। त्यसैले भविष्यमा के तिनीहरूलाई कठिनाइ हुनेछ? (हुनेछ।) किन? ख्रीष्टविरोधीहरू अर्थात् यी निर्लज्ज प्राणीहरू परमेश्‍वरको विरोध गर्छन् र हरमोडमा उहाँको तीव्र आलोचना गर्छन्, साथै तिनीहरू उहाँले गर्नुहुने सबथोकलाई तिरस्कार, निन्दा, र उपहाससमेत गर्छन्। त्यसैले, परमेश्‍वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई दयालु व्यवहार गरेर क्षमा गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई आशिष् दिनुहुनेछ? के उहाँले तिनीहरूलाई आफ्नो प्रतिज्ञा दिनुहुनेछ? के उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ? व्यावहारिक रूपमा भन्नुपर्दा, के त्यस्ता मानिसहरूले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सक्छन्? यो जुनीमा त तिनीहरूले परमेश्‍वरको अन्तर्दृष्टि र ज्योति, वा उहाँको ताडना र अनुशासन, वा तिनीहरूको जीवनको लागि उहाँको भरणपोषण प्राप्त गर्नेछैनन्। तिनीहरूले मुक्ति पाउनेछैनन्, र आउँदो संसारमा, तिनीहरूले सदासर्वदा आफ्ना दुष्ट कार्यहरूको ठूलो मूल्य तिर्नेछन्। तिनीहरूको परिणाम यही हुनेछ। ख्रीष्टविरोधीहरूको परिणाम पावलकै जस्तो हुनेछ।

ख. ख्रीष्टविरोधीहरू ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिन्छन्

हामीले भर्खरै ख्रीष्टविरोधीहरूले ख्रीष्टको सार अस्वीकार गर्नुको पहिलो प्रकटीकरण, अर्थात् ख्रीष्टविरोधीहरूले ख्रीष्टको उत्पत्तिलाई कसरी हेर्छन्, तिनीहरूले कस्ता विचार र बुझाइहरू बोकेका हुन्छन्, र तिनीहरूले कस्ता कदमहरू चाल्छन् भन्‍नेबारे सङ्गति र चिरफार गर्‍यौँ। हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरू चिरफार गर्‍यौँ, ताकि यस्ता मानिसहरूको सार पहिचान गर्न सकियोस्। ख्रीष्टको अर्को पक्ष, अर्थात् उहाँको सामान्यता र व्यावहारिकता सम्बन्धमा, ख्रीष्टविरोधीहरूले कस्ता विचारहरू बोक्छन्, कस्ता कदमहरू चाल्छन्, र कस्ता स्वभाव र सारहरू देखाउँछन्? अब, हामी ख्रीष्टविरोधीहरूले ख्रीष्टको सार अस्वीकार गर्नुको दोस्रो प्रकटीकरण चिरफार गर्नेछौँ, त्यो हो: ख्रीष्टविरोधीहरू ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिन्छन्। सामान्यता र व्यावहारिकता सम्बन्धमा, धेरैजसो मानिसहरूसित निश्‍चित विचार र बुझाइहरू हुनुपर्छ। उदाहरणको लागि, तीन दिनसम्म पानी नपिउँदा वा खाना नखाँदा पनि भोक वा तिर्खा नलाग्नु, बरु वास्तवमै शारीरिक रूपमा पहिलेभन्दा झन् बलियो र ऊर्जाशील महसुस हुनु—के यो सामान्यता र व्यावहारिकतामा पर्छ? सामान्य मानिसहरू चारपाँच किलोमिटर हिँडेपछि थकित महसुस गर्छन्; यदि ख्रीष्टले ४० किलोमिटर हिँडेर पनि थकित महसुस गर्नुहुन्‍न, र उहाँका खुट्टा दुख्दैनन्, र उहाँ वायुभन्दा हलुङ्गो हुनुहुन्छ, र अझ बढी ऊर्जाशील महसुस गर्नुहुन्छ भने, के यसलाई सामान्य र व्यावहारिक मान्‍न सकिन्छ? यदि ख्रीष्ट जाडोमा बस्नुभए पनि उहाँलाई चिसो लाग्दैन, र उहाँ जस्तोसुकै परिस्थितिहरूमा पनि बिरामी पर्नुहुन्‍न भने, यदि उहाँका आँखाहरूले आफूले पाउने प्रकाशभन्दा दर्जनौँ गुणा बलिष्ठ प्रकाश निकाल्न सक्छन्, र उहाँले जति लामो समय कम्प्युटर हेर्नुभए पनि उहाँका आँखाहरू थकित हुँदैनन् वा देख्ने शक्ति घट्दैन भने, यदि उहाँले सूर्यको प्रकाशलाई जति लामो समयसम्म हेरे पनि उज्यालोले असर गर्दैन, र रातमा हिँड्दा अरूलाई जस्तो बत्ती आवश्यक पर्दैन, र दिन बित्दै जाँदा उहाँका आँखाहरू झन् चम्किला बन्छन् भने—के यी कुरा सामान्यता र व्यावहारिकता मानिन्छन्? यी कुनै पनि कुरा त्यस्ता मानिँदैनन्, यो त सामान्य ज्ञानको कुरा हो जुन मानिसहरूसित प्राय: ठोक्किरहन्छ। सामान्यता र व्यावहारिकता भन्‍नुको अर्थ लामो समय पानी नपिएपछि तिर्खा लाग्नु, धेरै बोलेपछि थकित महसुस हुनु, धेरै हिँडेपछि खुट्टा दुख्नु, साथै दुःखद र हृदयविदारक खबर सुनेपछि दुःखी महसुस हुनु र आँसु झर्नु हो—यही नै सामान्यता र व्यावहारिकता हो। त्यसोभए, सामान्यता र व्यावहारिकताको ठ्याक्कै परिभाषा के हो त? जुन कुरा देहका सामान्य आवश्यकता र नैसर्गिक प्रवृत्तिहरूसँग मिल्छ, र यो दायराभन्दा बाहिर जाँदैन त्यो नै सामान्यता र व्यावहारिकताको परिभाषा हो। जुन कुरा सामान्य मानवताका सामर्थ्यहरू र दायरासँग, सामान्य मानवताका चेतनासँग, र सामान्य मानवताका खुसी, रिस, दुःख, र आनन्दजस्ता संवेगहरूसँग मिल्छ, त्यो नै सामान्यता र व्यावहारिकताको दायराभित्र पर्छ। ख्रीष्ट भनेको धर्तीमा परमेश्‍वरले पहिरनुभएको देह हो; उहाँसँग कुनै पनि सामान्य व्यक्तिको जस्तै सामान्य बोली र व्यवहार, सामान्य जीवनचर्या र समयतालिका हुन्छ। यदि उहाँ तीन दिन र तीन रात सुत्नुभएन भने, उहाँलाई निन्द्रा लाग्नेछ, र उभिँदाखेरि पनि सुत्न मन लाग्नेछ; यदि उहाँले दिनभरि खानुभएन भने, उहाँलाई भोक लाग्नेछ; र यदि उहाँ लामो समयसम्म हिँड्नुभयो भने, उहाँ थकित हुनुहुनेछ, र उहाँले चाँडै विश्राम लिनेभन्दा बढी अरू केही चाहनुहुनेछैन। उदाहरणको लागि, तिमीहरूसित तीनचार घन्टा भेला र सङ्गति गरेपछि मलाई पनि थकित महसुस हुन्छ, र मैले पनि विश्राम लिनुपर्छ। यो नै देहको सामान्यता र व्यावहारिकता हो, यो देहका विशेषताहरूसँग र सामान्य मानवताका विभिन्‍न प्रकटीकरणहरू र नैसर्गिक प्रवृत्तिहरूसँग पूर्णतया मिल्छ, यो बिलकुलै अलौकिक होइन। त्यसकारण, यस्तो देहमा मानवताका थुप्रै प्रकटीकरण र प्रकाशहरू हुन्छन्, साथै यो देहको मानवताका बाह्य जीवनशैली र जीवनचर्या हरेक साधारण र सामान्य व्यक्तिले प्रकट गर्ने र देखाउने कुराभन्दा फरक हुँदैनन्, ती ठ्याक्कै उही हुन्छन्। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभयो, र परमेश्‍वरको देहधारी देहका विशेषताहरू र सामान्य व्यावहारिक जीवन नैसर्गिकताहरू मानवजातिकै जस्ता हुन्छन्, उहाँ पटक्कै अलौकिक हुनुहुन्‍न। मानवहरू पर्खालबाट वा बन्द ढोकाबाट निस्केर जान सक्दैनन्, देहधारी परमेश्‍वर पनि सक्नुहुन्‍न। कति मानिसहरू भन्छन्, “के तिमी देहधारी परमेश्‍वर होइनौ र? के तिमी ख्रीष्ट होइनौ र? के तिमीमा परमेश्‍वरको सार छैन र? के तिमी बन्द ढोकाले साँच्चिकै थुनिन सक्छौ? तिमी त बन्द ढोकाबाट निस्कन सक्नुपर्ने हो। मानिसहरू पाँच किलोमिटर हिँडेपछि थकित महसुस गर्छन्, तर तिमीलाई त ४० किलोमिटर हिँडेपछि पनि थकित महसुस हुनु हुँदैन; मानिसहरू दिनमा तीन छाक खाना खान्छन्, तर तिमी ३० दिनसम्म नखाइबस्‍न सक्नुपर्छ, खाऊँखाऊँ लाग्दा मात्र खाएर, खाऊँखाऊँ नलाग्दा नखाएर पनि भेलाहरूमा प्रचार गर्न, र अरूभन्दा बढी जोशले जिउन सक्षम हुनुपर्छ। बिरामी पर्नु मानव जीवनको एउटा पाटो हो, तर तिमी बिरामी पर्नु हुँदैन। तिमी ख्रीष्ट भएकोले, तिमीमा एउटा पाटो हुनुपर्छ जुन साधारण मानिसहरूको भन्दा फरक होस्, त्यसपछि मात्र तिमी ख्रीष्ट भनिन लायक हुनेछौ, यसले मात्र तिमीमा परमेश्‍वरको सार भएको प्रमाणित गर्नेछ।” के यो सही हो त? (होइन।) यो कसरी गलत हो? यी मानव धारणा र कल्पनाहरू हुन्, सत्यता होइनन्।

परमेश्‍वरको देहधारी देह सामान्य र व्यावहारिक हुन्छ—उहाँको सामान्य मानवताले गरेका सारा गतिविधिहरू, साथै उहाँको दैनिक जीवन, बोली, र व्यवहार सबै सकारात्मक कुराका वास्तविकताहरू हुन्। परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभएदेखि, उहाँले तिनीहरूलाई यी सामान्य, व्यावहारिक नैसर्गिक प्रवृत्तिहरू प्रदान गर्नुभयो; त्यसकारण, परमेश्‍वरको देहधारी देहले पनि यी व्यवस्थाहरू कहिल्यै उल्लङ्घन गर्नेछैन। ख्रीष्टका सामान्यता र व्यावहारिकता सकारात्मक कुराहरू हुनुको कारण र आधार यही हो। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभयो, र तिनीहरूका सारा प्रकटीकरण र नैसर्गिक प्रवृत्तिहरू ठ्याक्कै उहाँकै इच्छाहरूअनुसार बनाउनुभयो। परमेश्‍वरले मान्छेलाई यी नैसर्गिक प्रवृत्तिहरू दिनुभयो, र मान्छेका दैनिक जीवनका नियमहरू यिनै हुन्—के परमेश्‍वरले उहाँको देहधारी देहलाई सामान्यता र व्यावहारिकताका यी नियमहरू उल्लङ्घन गर्न दिनुहुन्छ र? प्रस्ट रूपले नै दिनुहुन्‍न। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभयो, र उहाँ देहधारी देहको सार पनि हुनुहुन्छ—ती एउटै स्रोतबाट आउँछन्, त्यसकारण तिनीहरूका कार्यहरूका सिद्धान्त र उद्देश्यहरू पनि एउटै हुन्छन्। ख्रीष्टको सामान्यता र व्यावहारिकताको प्रकटीकरणको कारणले, उहाँ स्वाभाविक रूपमै सर्वसाधारणका नजरमा अत्यन्तै साधारण व्यक्ति देखिनुहुन्छ। धेरै कुराहरूमा, उहाँसँग मानिसहरूले कल्पना गरेझैँ पूर्वज्ञान र दूरदृष्टिका शक्तिहरू हुँदैनन्, र उहाँले मानिसहरूले कल्पना गरेझैँ वस्तुहरू गायब वा प्रकट गराउन सक्नुहुन्‍न, साथै उहाँ मानिसहरूले कल्पना गरेझैँ साधारण मानिसहरूभन्दा माथि उठ्न, देहका क्षमता र नैसर्गिक प्रवृत्तिहरूभन्दा बाहिर जान, वा मानवको सामान्य सोचाइभन्दा बाहिर गएर कुनै पनि व्यक्तिले गर्न नसक्ने काम गर्न त झनै सक्नुहुन्‍न। यी कल्पनाहरूको विपरीत, मान्छेको नाङ्गो आँखाले यो साधारण व्यक्तिले उहाँको कामको सुरुवातदेखि हालसम्म परमेश्‍वरको झिनो सङ्केत पनि खुलासा वा प्रकट गर्नुभएको देखेको छैन। उहाँको बोली र कामबाहेक, मान्छेको नाङ्गो आँखाले उहाँको कुनै पनि सामान्य मानव गतिविधिहरूमा परमेश्‍वरको कुनै सङ्केत वा परमेश्‍वरको पहिचान र सारका प्रकटीकरणहरू देख्न सक्दैन। मानिसहरूले उहाँलाई जेजसरी हेरे पनि, तिनीहरूको लागि उहाँ सधैँ एक साधारण व्यक्तिझैँ देखिनुहुन्छ। किन त? यसको एउटै कारण छ: मान्छेले जे देख्छ त्यो सही हो; परमेश्‍वरको देहधारी देह साँच्चिकै एक सामान्य र व्यावहारिक व्यक्ति, अर्थात् एक सामान्य र व्यावहारिक देह हुनुहुन्छ। बाहिरी रूपमा यतिको सामान्य र व्यावहारिक देहले अरू मानिसहरूले झैँ ठूलो रातो अजिङ्गरको उत्पीडन र खेदो अनुभव गर्नुहुन्छ, र आफ्नो टाउको राख्ने वा बिसाउने ठाउँ कतै पाउनुहुन्‍न। यो कुरामा, उहाँ अरू कोही मानवभन्दा फरक हुनुहुन्‍न, र उहाँ अपवाद हुनुहुन्‍न। यस्तो उत्पीडन अनुभव गरिरहँदा, उहाँ पनि जहाँ सकिन्छ त्यहीँ लुक्नुहुन्छ; उहाँ आफूलाई अदृश्य बनाउन वा भागेर भूमिगत हुन सक्नुहुन्‍न, उहाँसँग यी खतराहरूबाट पन्छिने अलौकिक शक्ति छैन। उहाँले गर्न सक्ने भनेकै ती कुराहरूबारे पहिल्यै जानकारी प्राप्त गर्ने, र चाँडो उम्कने मात्र हो। खतरनाक परिस्थितिहरू सामना गर्नुपर्दा, मानिसहरू घबराउँछन् र डराउँछन्, के तिमीहरूलाई ख्रीष्ट पनि डराउनुहुन्छ जस्तो लाग्छ? के तिमीहरूलाई उहाँ पनि घबराउनुहुन्छ जस्तो लाग्छ? (लाग्छ।) ठिक भन्यौ; तिमीहरूलाई कसरी थाहा भयो? (त्यो परिस्थितिमा जुनसुकै सामान्य व्यक्ति पनि घबराउँछ।) ठिक भन्यौ। तिमीहरूले यो कुरा निकै राम्रोसँग बताएका छौ। तिमीहरू सामान्यता र व्यावहारिकतालाई साँच्चिकै बुझ्छौ, तिमीहरूले यसलाई पूर्ण रूपमा बुझेका छौ। ख्रीष्ट पनि यी परिस्थितिहरूमा घबराउनु र डराउनुहुनेछ, तर के उहाँले कायरता देखाउनुहुनेछ? के उहाँ सत्ताधारी पार्टीदेखि आतङ्कित हुनुहुनेछ? के उहाँले त्योसँग सम्झौता गर्नुहुनेछ? गर्नुहुनेछैन। उहाँले घबराहट र डर मात्र महसुस गर्नुहुनेछ, र पिशाचहरूको यो गुफाबाट चाँडो भाग्ने इच्छा गर्नुहुनेछ। यी सबै ख्रीष्टको सामान्यता र व्यावहारिकताका प्रकटीकरणहरू हुन्। अवश्य नै, ख्रीष्टको सामान्यता र व्यावहारिकताका अझै धेरै प्रकटीकरणहरू छन्, जस्तै कहिलेकाहीँ बिर्सने बानी पर्नु, लामो समय नदेखेपछि मानिसहरूको नाम बिर्सनु, आदि इत्यादि। सामान्यता र व्यावहारिकता भनेका एक सामान्य र साधारण व्यक्तिका विशेषता, नैसर्गिक प्रवृत्ति, चिन्ह र सङ्केतहरू मात्र हुन्। ठ्याक्कै भन्‍नुपर्दा, ख्रीष्टसँग सामान्य र व्यावहारिक मानवता, अस्तित्वजीवी नैसर्गिक प्रवृत्ति, र देहका सारा विशेषताहरू भएकै कारण उहाँले सामान्य रूपमा बोल्न र काम गर्न, मानिसहरूसित सामान्य तवरले कुराकानी गर्न, र मानिसहरूलाई सामान्य र व्यावहारिक तरिकाले अगुवाइ गर्न, साथै मानिसहरूलाई आफ्नो कर्तव्यभित्र पर्ने काम सामान्य र व्यावहारिक तरिकाले गर्न मार्गदर्शन र मदत गर्न पनि सक्नुहुन्छ। ख्रीष्टको सामान्यता र व्यावहारिकताकै कारण सम्पूर्ण सृष्टि गरिएका मानवहरूले परमेश्‍वरको कामको व्यावहारिकता अझ बढी महसुस गर्छन्, यो कामबाट लाभ प्राप्त गर्छन्, र यसबाट अझ ठोस र लाभदायक उपलब्धिहरू हासिल गर्छन्। ख्रीष्टको सामान्यता र व्यावहारिकता सामान्य मानवताका सङ्केतहरू हुन्, उहाँको देहधारी देहलाई सारा सामान्य काम, गतिविधिहरू, र मानव जीवनमा संलग्न हुनको लागि ती जरुरी हुन्छन्, र ती परमेश्‍वरलाई पछ्याउनेहरू सबैलाई अझ बढी आवश्यक पर्ने कुरा हुन्। तर ख्रीष्टविरोधीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई यसरी बुझ्दैनन्। ख्रीष्टविरोधीहरू ख्रीष्ट सामान्य, व्यावहारिक र मानिसहरूसँग धेरै मिल्दो हुनुभएकोले उहाँ एक साधारण व्यक्ति मात्र हुनुहुन्छ भन्‍ने ठान्छन्—यसको मतलब उहाँ परमेश्‍वरको पुत्र, मानिसहरूमाझ परमेश्‍वरको मूर्तरूप, वा ख्रीष्ट भनिन लायक हुनुहुन्‍न, किनभने उहाँ अत्यन्तै सामान्य र व्यावहारिक हुनुहुन्छ, यतिसम्म कि मानिसहरूले उहाँमा परमेश्‍वरको झिनो सङ्केत वा सार नै देख्न सक्दैनन्। ख्रीष्टविरोधीहरू भन्छन्, “के यस्तो परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन सक्छन् र? के यस्तो परमेश्‍वर ख्रीष्ट भनिन लायक हुन्छन् र? यी परमेश्‍वर परमेश्‍वरजस्तो पटक्कै छैनन्! उनीसँग परमेश्‍वरबारे मान्छेका धारणाहरूका धेरै तत्त्वहरू छैनन्: पहिलो, अलौकिक, असाधारण, र रहस्यमय हुनु; दोस्रो, महाशक्ति, र भयङ्कर शक्तिहरू देखाउने क्षमता हुनु; तेस्रो, परमेश्‍वरको जस्तो रूप, परमेश्‍वरको पहिचान, मर्यादा, सार, आदि इत्यादि हुनु। यदि उनमा यी कुनै पनि तत्त्वहरू देख्न सकिन्‍न भने, उनी कसरी परमेश्‍वर हुन सक्छन्? के उनले ती थोरै वचनहरू बोल्नु र त्यति काम गर्नुको अर्थ उनी परमेश्‍वर हुन् भन्‍ने हुन्छ त? त्यसो हो भने त, परमेश्‍वर बन्‍न अति सजिलो छ, होइन र? कुनै साधारण र सामान्य देह कसरी परमेश्‍वर हुन सक्छ र?” यो ख्रीष्टविरोधीहरूले कहिल्यै स्विकार्न नसक्ने कुरा हो।

मूलभूमि चीनमा ठूलो रातो अजिङ्गरको उत्पीडन अनुभव गर्ने क्रममा, म र मेरा थुप्रै दाजुभाइ-दिदीबहिनीहरू जहाँ गए पनि प्राय: लुक्नुपर्थ्यो, हामीसँग कुनै व्यक्तिगत स्वतन्त्रता थिएन। कहिलेकाहीँ खतराको समाचार सुनेपछि हामी तुरुन्तै भाग्नुपर्थ्यो। ती परिस्थितिहरूमा, मसँग भएका कोही पनि मानिसहरू कमजोर बनेनन्। त्यसको कारण के थियो? के तिनीहरू मूर्ख थिए? के तिनीहरू सीधासाधा थिए? होइन, त्यसको कारण के थियो भने, तिनीहरूले देहधारी परमेश्‍वरको सार दह्रिलो गरी चिनेका थिए। तिनीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकताबारे कुनै धारणा वा निन्दाहरू बोकेनन्, र त्यसमाथि तिनीहरूले यी गुणहरूप्रति विचारशीलता र बुझ पनि देखाए, साथै तिनलाई सही तरिकाले बोध पनि गरे। ख्रीष्टले जस्तोसुकै कष्ट सहनुभए पनि, तिनीहरूले पनि उहाँसँगै कष्ट सहे, अनि ख्रीष्टले जस्तोसुकै उत्पीडन र खेदो भोग्नुभए पनि, तिनीहरूले उहाँलाई पछ्याए, कुनै गुनासो गरेनन्, यी परिस्थितिहरूको कारण कहिल्यै कमजोर बनेनन्। म केही निश्‍चित ठाउँहरू गएपछि मात्र, म खतरनाक वातावरणहरूबाट बच्न हतारमा भागेको, र म बस्न सक्ने अरू कुनै ठाउँ नहुन सक्छ, र अरू कसैले मलाई आश्रय दिन सक्दैन भन्‍ने थाहा पाएर, मनमनै यस्तो सोच्‍ने व्यक्तिहरू भेटिए: “उफ्! तिमी ख्रीष्ट, अर्थात् देहधारी परमेश्‍वर, भएको दाबी गर्छौ, तर हेर त, तिमी कति नाजुक स्थितिमा छौ। तिमी कसरी ख्रीष्ट हुन योग्य छौ? तिमी कुन रूपमा परमेश्‍वरजस्तो देखिन्छौ? के तिमी अरूलाई मुक्ति दिन सक्छु भन्ठान्छौ? तिमीले त पहिले आफूलाई चाँचाँडो मुक्ति दिनुपर्छ! के तिमीलाई पछ्याउँदा आशिष्‌हरू मिल्न सक्छ त? त्यो असम्भव देखिन्छ! यदि तिम्रा वचनहरूले अरूलाई मुक्ति दिन सक्छन् भने, तिमीलाई किन मुक्ति दिन सक्दैनन्? हेर त, तिमीसँग त टाउको राख्ने ठाउँसमेत छैन, र तिमीले हामी मानवहरूबाट, शक्तिशाली मानिसहरूबाट मद्दत पाउन खोज्नुपर्छ। यदि तिमी परमेश्‍वर हौ भने, तिमी यति दयनीय हुनु हुँदैन। यदि तिमी परमेश्‍वरको देहधारी देह हौ भने, तिमीसित घर भन्‍ने ठाउँ नभएको व्यक्ति हुनु हुँदैन!” त्यसकारण, यस्ता मानिसहरूले यो कुरा कहिल्यै बुझ्न सक्दैनन्। यदि कुनै दिन तिनीहरूले राज्यको सुसमाचार विदेशमा फैलाइँदै गरेको, विभिन्‍न देशका धेरै मानिसहरूले त्यसलाई स्विकारेको देखेमा, र तिनीहरूले ठूलो रातो अजिङ्गरको पतन भएको, परमेश्‍वरका अनुयायीहरूले आफ्ना शिर उच्च पारेको, उनीहरू उत्पीडनमा पर्न छाडेको, साथै तिनीहरूले शासन र शक्ति चलाइरहेको र कसैले पनि उनीहरूलाई हेप्ने आँट नगरेको देखेमा, तिनीहरूले निश्‍चय नै आफ्नो ठेट मनोवृत्ति पूर्ण रूपमा बदल्नेछन्, र परमेश्‍वरले देहमा शासन गर्नुभएको कुराबारे धारणाहरू पाल्न छाड्नेछन्। यस्तो अचानक परिवर्तन किन हुन्छ? यी व्यक्तिहरू आफ्ना आँखाले जे देख्छन् त्यसैमा मात्र भरोसा गर्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन्, उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, वा उहाँले भन्‍नुभएको सबथोक पूरा हुनेछ भनेर विश्‍वास गर्दैनन्। के यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् त? तिनीहरूले केमा विश्‍वास गर्छन्? (शक्तिमा।) के ख्रीष्टसँग शक्ति छ? भ्रष्ट तुल्याइएका मानवजातिमाझ ख्रीष्टको कुनै शक्ति छैन। कति मानिसहरूले भन्छन्, “के परमेश्‍वरसित अख्तियार हुँदैन र? यदि ख्रीष्टको सार परमेश्‍वर हो भने, उनीसँग किन परमेश्‍वरको अख्तियार छैन? अख्तियार भनेको शक्तिभन्दा धेरै ठूलो हो, त्यसकारण के उनीसँग शक्ति पनि हुनुपर्दैन र?” देहधारी परमेश्‍वरको कामको उद्देश्य के हो? देहधारी परमेश्‍वरको कर्तव्य के हो? के त्यो शक्ति प्रदर्शन गर्नु भन्‍ने हो त? (होइन।) त्यसकारण, कुनै पनि सामान्य व्यक्तिझैँ उहाँले यो संसारबाट इन्कार, बेइज्जत, अपमान, र शत्रुता भोग्नुहुन्छ—ख्रीष्टले यी सबै कुराहरू सहनैपर्छ, उहाँले ती कुराहरूबाट छुट पाउनुहुन्‍न।

जो सच्चा रूपले सत्यता पछ्याउँछन्, तिनीहरूमा ख्रीष्टको सामान्यता र व्यावहारिकताबारे कुनै धारणाहरू नहुने मात्र होइन—बरु यसको ठीक उल्टो रूपमा, तिनीहरूले यी गुणहरूमा परमेश्‍वरको प्रेमिलोपन अझ बढी देख्छन्, र तीमार्फत परमेश्‍वरको साँचो सार र सृष्टिकर्ताको साँचो सारबारे अझ राम्रो बुझाइ प्राप्त गर्छन्। अनि परमेश्‍वरबारे तिनीहरूको बुझाइ अझै गहन, व्यावहारिक, साँचो, र शुद्ध बन्छ। यसको विपरीत, ख्रीष्टविरोधीहरू भने उहाँको सारा सामान्यता र व्यावहारिकताको कारण यस्तो ख्रीष्टलाई पछ्याउन प्राय: अनिच्छुक महसुस गर्छन्, किनभने तिनीहरूले सोच्छन् कि उहाँमा अलौकिक क्षमताहरू नै छैनन् र उहाँ साधारण मानिसहरूभन्दा पृथक हुनुहुन्‍न, र त्यसमाथि उहाँले मानवजातिका जस्तै जियाइ वातावरणहरूसमेत अनुभव गर्नुहुन्छ। ख्रीष्टविरोधीहरू खुसीसाथ यो सबै कुरा स्विकार्न, र यसबाट परमेश्‍वरको स्वभाव बुझ्न असक्षम मात्र छैनन्, तिनीहरू त यसलाई निन्दा गर्ने र यसबाट सावधान रहने, र यसबारे झनै बढी आरोपहरू लगाउनेसमेत गर्छन्। उदाहरणको लागि, जब कसैले सिद्धान्तविपरीत केही काम गर्छ, तब यदि मैले त्यसबारे सोधिनँ र कसैले मलाई त्यसबारे बताएन भने, मैले त्यसबारे थाहा पाउनेछैन—के यो सामान्यता र व्यावहारिकताको दायराभित्रै पर्ने एउटा प्रकटीकरण होइन र? (हो।) सही बुझाइ र सामान्य मानवता बोकेकाहरूले त्यो मामलाबारे मलाई प्रस्ट रूपमा र राम्रोसित बुझाउनेछन्, र त्यसपछि मलाई जसरी उचित लाग्छ त्यसरी त्यो कुरा सम्हाल्न दिनेछन्। ख्रीष्टविरोधीहरूले भने ठ्याक्कै उल्टो गर्छन्; तिनीहरू आफ्नो आँखाले मलाई नियाल्छन्, र मबाट कुराहरू धुत्ने उपाय लाउँदै मलाई जाँच्छन्। त्यसपछि तिनीहरूले मनमनै सोच्छन्, “तिमीलाई यो मामलाबारे थाहा नभएकोले, यसलाई सम्हाल्न सजिलो भैहाल्यो—तिमीलाई यो कुरा थाहा भएको भए, मसित तिमीलाई सम्हाल्ने एउटा योजना थियो, र तिमीलाई थाहा नहुँदाको अवस्थामा पनि, तिमीलाई सम्हाल्ने मसित अर्को योजना छँदै थियो; कुनै ठूलो मुद्दालाई म सानो बनाइदिनेथेँ, र त्यसको महत्त्वलाई घटाएर शून्यतामा झार्नेथेँ, तिमीलाई बिलकुलै थाहा दिन्‍नथेँ, र यो मामला यतिकै बिलाउन दिनेथेँ—तिमीलाई यो मामलाबारे थाहा नभएकोले, तिमीले यसबारे अहिले पनि वा भविष्यमा पनि जान्‍नुपर्नेछैन। म यसको जिम्‍मा सम्हाल्छु। जब तिमीले कुनै दिन यसबारे थाहा पाउँछौ, त्यो मैले चाहेझैँ पहिल्यै घटित भइसकेको हुनेछ, अनि त्यसबेला तिमीले मलाई के नै गर्न सक्छौ र?” कुन मानिसहरूले ख्रीष्टलाई यसरी व्यवहार गर्छन्? के तिनीहरू असल मानिसहरू हुन्? के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन्? के तिनीहरूमा मानवता र निष्ठा हुन्छ? (हुँदैन।) केही अगुवाहरू थिए, जसले केही निश्‍चित कामकुराहरू गरे; तिनीहरूले मण्डलीमा स्वेच्छाचारी ढङ्गले व्यक्तिहरूलाई बढुवा गरे, भेटीहरू फजुलमा उडाए, र अति धेरै जथाभाबी खरिदहरू गरे, अनि जतिसुकै पैसा खर्च भए नि, वा जस्तोसुकै ठूला समस्याहरू उत्पन्‍न भए नि, तिनीहरूले त्यसबारे एक शब्द बोलेनन्। म त्यहाँ धेरैपटक गएँ, तर तिनीहरूले मलाई ती कुराहरूबारे कहिल्यै परामर्श लिने वा सोध्ने काम गरेनन्, तिनीहरू आफैले निर्णयहरू गरे; तिनीहरूले मलाई कुनै जाँचबुझ गर्नसमेत दिएनन्, र मैले तिनीहरूबाट जानकारी कोट्याइरहनुपरेको थियो। तिनीहरू मलाई कुनै बाह्य व्यक्ति झैँ व्यवहार गरे: “तिमी यहाँ आएकोले, हामी तिमीलाई रिपोर्ट मात्र गर्नेछौँ र तिमीले देख्न सक्ने कुराहरूबारे मात्र बताउनेछौँ। जहाँसम्म हामीले तिम्रो पिठ्यूँपछाडि गरेका कामकुराहरू छन्, तिमीले ती कुनै पनि कुराबारे पत्ता लगाउन नसोचेकै राम्रो हुनेछ। हामी तिमीलाई हस्तक्षेप वा सोधपुछ गर्न अनुमति दिनेछैनौँ।” म जतिपटक त्यहाँ गए पनि, तिनीहरूले मलाई कहिल्यै सोधपुछ गर्ने अनुमति दिएनन्। मैले प्रश्‍नहरू सोध्न थाल्छु भन्‍ने डरले, तिनीहरूले जानाजान झूटा र कर्णप्रिय शब्दहरू प्रयोग गरेर सत्यता लुकाए, र तिनीहरू छलकपटमा लागे। तिनीहरूले मिलेमतो गरे, सहमति गरे, र एकअर्कासँग अर्थपूर्ण रूपमा हेराहेर गरे; तिनीहरूले एकताबद्ध मोर्चा कायम राखे, र एकअर्काका समस्याहरू रिपोर्ट गरेनन्, र एकअर्कालाई ढाकछोप गरे। जब मैले तिनीहरूले मेरो पिठ्यूँपछाडि गरिरहेका कामकुराबारे थाहा पाएँ र तिनीहरूलाई जिम्मेवार बनाउन चाहेँ, तब तिनीहरूले एकअर्कालाई ढाकछोप गर्न जारी राखे, को जिम्मेवार छ भनेर भनेनन्, लाटोझैँ व्यवहार गरे, र मसित शब्दखेल खेले। तिनीहरूले कस्तो त्रुटि गरे? तिनीहरूले सोचे, “यो साधारण व्यक्ति—ख्रीष्टसँग सामान्य र सरल सोचाइ, अनि साधारण र सामान्य मानवताबाहेक, गर्व गर्नलायक केही छैन, र कुनै अलौकिक शक्ति छैन। यस्तो भएकोले, हामी पिठ्यूँपछाडि केही सानातिना चालहरू चाल्न सक्छौँ, र सहज रूपमा आफ्नै उद्यममा लाग्न सक्छौँ। मण्डलीको पैसा हाम्रो नियन्त्रणमा छ, त्यसकारण हामी जे चाहन्छौँ त्यही किन्छौँ। हामीलाई कुनै हस्ताक्षर आवश्यक पर्दा हामीले त्यो माग्नु पर्दै पर्दैन, हामीले खरिद गरिएका सामानहरूको समीक्षा नगरी स्वेच्छाचारी रूपमा हस्ताक्षर गर्न, र निर्बाध रूपमा पैसा खर्च गर्न सक्छौँ। के ख्रीष्ट भनेको परमेश्‍वर होइन र? के तिमीले यी कुराहरू तह लाउन सक्छौ? हामी आफूलाई जे मन लाग्छ त्यही गर्नेछौँ; तिमी हुँदाबाहेक, बाँकी समय त सबै हाम्रै अधिकारक्षेत्र हो!” तिनीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कुन रूपमा हेरे? के तिनीहरूले उहाँलाई सजिलै हेप्न सकिने व्यक्तिको रूपमा लिएनन् र? तिनीहरूले सोचे, “तिमीसँग सामान्य मानवता हुन्जेल, हामी तिमीलाई हेप्न डराउँदैनौँ। यदि तिमीसित अलौकिक मानवता छैन भने, हामी तिमीदेखि डराउँदैनौँ।” तिनीहरू कस्ता मानिसहरू थिए? यदि तिनीहरूको मानवताको आधारमा भन्‍ने हो भने, के तिनीहरू असल मानिस मानिनेथिए? के तिनीहरू नैतिकता र मानवता भएका मानिस मानिनेथिए? के तिनीहरू आदर्शमयी निष्ठा बोकेका मानिस मानिनेथिए? तिनीहरू साँच्चिकै के थिए? के तिनीहरू बदमासहरूको हूल थिएनन् र? ती मानिसहरूले परमेश्‍वरको घरमा काम गर्दा कसको प्रतिनिधित्व गर्थे? तिनीहरू त मान्छेका प्रतिनिधिसमेत थिएनन्, तिनीहरू शैतानका प्रतिनिधि थिए। तिनीहरूले शैतानको निम्ति काम गरे, तिनीहरू त्यसका नोकर र मतियार थिए; तिनीहरू त्यहाँ परमेश्‍वरको घरको काम बिथोल्न र नष्ट गर्न आएका थिए, तिनीहरूले कर्तव्य निर्वाह गरिरहेका थिएनन्, बरु दुष्ट्याइँ गरिरहेका थिए। शैतानका ती मतियारहरू कसरी परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्रने, उत्पीडन दिने, र दुर्व्यवहार गर्ने ठूलो रातो अजिङ्गरभन्दा फरक थिए र? ठूलो रातो अजिङ्गरले परमेश्‍वरको देहधारी देह एक साधारण व्यक्ति मात्र हुनुहुन्छ, उहाँ बिलकुलै डरलाग्दो हुनुहुन्‍न भन्‍ने देख्छ, त्यसैले त्यसले स्वेच्छाचारी रूपमा उहाँलाई पक्रने कोसिस गर्छ, र उहाँलाई पक्रेपछि, त्यसले उहाँलाई मार्ने कोसिस गर्नेछ। के शैतानका यी मतियारहरू अर्थात् यी ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई त्यस्तै व्यवहार गरेनन् र? के तिनीहरूको सार उस्तै छैन र? (छ।) तिनीहरूले आफ्नो विश्‍वासमा ख्रीष्टलाई के माने? के तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा विश्‍वास गरे कि मानवको रूपमा? यदि तिनीहरूले ख्रीष्टलाई परमेश्‍वर मानेका भए, के तिनीहरूले उहाँलाई यसरी व्यवहार गर्थे त? (गर्थेनन्।) यसको एउटै मात्र व्याख्या छ: तिनीहरूले ख्रीष्टलाई मानवको रूपमा हेर्थे, तिनीहरूले यतिकै आलोचना गर्न, झुक्याउन, खेलबाड गर्न, उपहास गर्न, र जस्तो मन लाग्यो त्यस्तो व्यवहार गर्न सक्ने व्यक्तिको रूपमा हेर्थे; यसको मतलब तिनीहरू निकै दुस्‍साहसी थिए। यदि हामीले त्यस्ता दुस्साहसी मानिसहरूलाई वर्गीकृत गर्ने हो भने, के तिनीहरूलाई सृष्टि गरिएका प्राणी, परमेश्‍वरका चुनिएका मानिस, उहाँका अनुयायी, उहाँद्वारा सिद्ध तुल्याउन सकिने मानिस, र उहाँद्वारा मुक्ति दिन सकिने मानिसहरूको वर्ग र समूहमा राख्न मिल्छ? (मिल्दैन।) त्यस्ता फोहोरहरूलाई केमा राखिनुपर्छ? शैतानको गुटमा। त्यो समूहका मानिसहरूलाई ख्रीष्टविरोधीको रूपमा वर्गीकृत गरिन्छ। तिनीहरूले “जे विषय भए नि, मैले तिमीबाट खोजी नगरुन्जेल वा यसबारे तिमीलाई जानकारी नगराउन्जेल, तिमीलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन, र तिमीले यसबारे कहिल्यै थाहा पाउनेछैनौ” भन्‍ने सोच्दै, ख्रीष्टलाई एक साधारण व्यक्तिझैँ व्यवहार गरे, मनोमानी र लापरवाही रूपमा कार्य गरे, अनि आफ्नो प्रभाव क्षेत्रभित्र पूर्ण शक्ति प्रयोग गरे। ल भन् त, के ख्रीष्टसँग तिनीहरूलाई तह लगाउने गर्ने अधिकार छ? (छ।) त्यसो गर्ने उचित तरिका के होला? (तिनीहरूलाई मण्डलीबाट निष्कासित गर्ने।) ख्रीष्टविरोधी र शैतानहरूलाई यसरी नै तह लगाउनुपर्छ; तिनीहरूप्रति उदारता देखाउनै हुँदैन। जब त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब परमेश्‍वरले जे गर्नुभए नि, उहाँले जसरी मानिसहरूलाई सत्यता भरणपोषण गर्नुभए नि, वा उहाँले जे काम गर्नुभए नि, तिनीहरूले त्यसप्रति ध्यानै दिनेछैनन्। यदि तिनीहरूमा शक्तिको कमी छ भने, तिनीहरू त्यो प्राप्त गर्ने उपायहरू सोच्छन्, र शक्तिमा पुगिसकेपछि, परमेश्‍वरसित समान स्तरमा उभिन, उहाँसँग संसार विभाजित गर्न, को श्रेष्ठ छ भनी होड गर्न र उहाँसित हैसियतको लागि लड्न खोज्छन्। तिनीहरूको प्रभाव क्षेत्रभित्र, तिनीहरू यसो भन्दै ख्रीष्टलाई चुनौती दिन चाहन्छन्, “तिम्रो र मेरोबीच कसको कुरामा बढी दम छ, म हेर्न चाहन्छु। यो मेरो अधिकारक्षेत्र हो; म मण्डलीको पैसा जसरी मन लाग्छ त्यसरी खर्च गर्नेछु, मलाई जे चाहना छ त्यही किन्‍नेछु, र मलाई जसरी मन लाग्छ त्यसरी मामलाहरू सम्हाल्नेछु। म जसलाई अयोग्य ठान्छु, ऊ अयोग्य नै हुनेछ। म जसलाई चाहन्छु, उसैलाई प्रयोग गर्नेछु, र म जसलाई प्रयोग गर्न रोज्छु, उसलाई छुन कसैलाई अनुमति छैन। यदि कसैले छोयो भने, म त्यो मामला कहिल्यै छोड्नेछैन—परमेश्‍वरले नै चाहनुभए नि म स्विकार्नेछैन!” के यो काल खोज्नु होइन र?

यदि मानिसहरूले परमेश्‍वरको प्रेमिलोपनलाई अझ धेरै बुझ्छन् र देहधारी परमेश्‍वरको व्यावहारिक मानवतामार्फत परमेश्‍वरको व्यावहारिकता र सारबारे अझ प्रस्ट र शुद्ध बुझाइ हासिल गर्छन् भने, तिनीहरू सत्यता पछ्याउने र मानवता बोकेका मानिसहरू हुन्। तर कतिपय मानिसहरू ख्रीष्टको सामान्य र व्यावहारिक पाटोको कारण उहाँलाई परमेश्‍वर ठान्दैनन्। तिनीहरू उहाँसामु बढी ढीठ र दुस्‍साहसी भएर प्रस्तुत हुन्छन्, तिनीहरू स्वतन्त्र रूपमा कार्य गर्न थप हिम्मतिलो हुन्छन्, र ख्रीष्टलाई नाघ्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रणमा राख्ने सोचहरूले अझ धेरै ग्रसित हुन्छन्। तिनीहरू ख्रीष्टलाई तिरस्कार गर्न र उहाँसँग प्रतिस्पर्धा गर्न आफूसँग पुँजी भएको, र ख्रीष्टलाई मानव मान्‍ने प्रमाण भएको महसुस गर्छन्। तिनीहरूले यो प्रमाण प्राप्त गरेपछि ख्रीष्टसँग डराउनु नपर्ने, बरु स्वतन्त्र रूपमा उहाँको आलोचना गर्न, अनौपचारिक रूपमा उहाँसित कुराकानी र हाँसखेल गर्न र आफूलाई उहाँसँग समान स्तरमा राख्न, साथै उहाँसित आफ्ना घरायसी मामला र व्यक्तिगत चिन्ताका कुराहरू छलफल गर्न सकिने सोच्छन्। कतिले त यस्तोसमेत भन्छन्, “मैले मेरा भित्री सोच, कमजोरी, र भ्रष्ट स्वभावहरू तिमीलाई भनेको छु, त्यसकारण मलाई तिम्रो स्थितिबारे भन। मैले तिमीलाई परमेश्‍वरमा विश्‍वास गर्नुअघि र पछिका मेरा अनुभवहरूबारे बताएको छु, र मैले कसरी परमेमश्‍वरको काम स्विकारेँ भन्‍नेबारे बताएको छु, त्यसैले मलाई तिम्रा अनुभवहरू सुनाऊ।” तिनीहरू के गर्ने प्रयास गरिरहेका छन्? के तिनीहरूले देहधारी परमेश्‍वरलाई अत्यन्तै साधारण र सामान्य देख्ने, र उहाँलाई परिवारको सदस्य, मित्र, साथी, वा छिमेकीको रूपमा हेर्दैनन् र? ख्रीष्ट जतिसुकै सामान्य र व्यावहारिक हुनुभए नि, उहाँको सार कहिल्यै परिवर्तन हुनेछैन। उहाँको उमेर जति नै भए नि, उहाँ जहाँ जन्मिनुभएको भए नि, वा उहाँका योग्यता र अनुभव तेरोसँग जेजसरी तुलना भए नि, उहाँ उच्च वा महत्त्वहीन जस्तोसुकै देखिनुभए नि, यो कुरा कहिल्यै नबिर्सी कि उहाँ सधैँ तँभन्दा फरक नै हुनुहुनेछ। यस्तो किन हुन्छ? उहाँ बाहिरी रूपमा सामान्य र व्यावहारिक देहमा जिउने परमेश्‍वर हुनुहुन्छ; उहाँको सार सदैव तेरोभन्दा फरक हुन्छ; उहाँसित सर्वोच्च परमेश्‍वरको सार हुन्छ जो सदाको लागि र सदैव सारा मानवजातिभन्दा माथि हुनुहुन्छ। यो कुरा नबिर्सी। बाहिरी रूपमा, उहाँ एक साधारण र सामान्य व्यक्ति देखिनुहुन्छ, उहाँलाई ख्रीष्ट भनिन्छ, र उहाँसित ख्रीष्टको पहिचान छ, तर यदि तैँले आफ्नो विश्‍वासमा उहाँलाई एक मानव ठान्छस्, र उहाँलाई एक साधारण व्यक्ति, अर्थात् एक भ्रष्ट मानवजातिको सदस्यको रूपमा लिन्छस् भने, तँ खतरामा छस्। ख्रीष्टको पहिचान र सार कहिल्यै बदलिँदैनन्, उहाँको सार भनेको परमेश्‍वरको सार हो, र उहाँसित सधैँ परमेश्‍वरको पहिचान हुन्छ। उहाँ एक सामान्य र व्यावहारिक देहको आवरणमा जिउनुको अर्थ उहाँ एक भ्रष्ट मानवजाति हुनुहुन्छ भन्‍ने होइन, न त त्यसको अर्थ मानवले उहाँलाई आफूअनुकूल प्रयोग गर्न र नियन्त्रणमा राख्न सक्छन्, वा तिनीहरू उहाँसित बराबर हुन र शक्तिको लागि उहाँसित होड गर्न सक्छन् भन्‍ने नै हो। यदि मानिसहरूले उहाँलाई मानवको रूपमा हेर्छन्, र मानव उपाय र दृष्टिकोणहरू प्रयोग गरेर उहाँको मूल्याङ्कन गर्छन्, र उहाँलाई एक साथी, दौँतरी, सहकर्मी, वा उच्च अधिकारीमा परिणत गर्ने कोसिस गर्छन् भने, तिनीहरूले आफूलाई खतरनाक स्थानमा राखिरहेका छन्। यो किन खतरनाक छ? यदि तैँले ख्रीष्टलाई एक साधारण र सामान्य मानवको रूपमा हेरिस् भने, तेरा भ्रष्ट स्वभावहरू देखिन थाल्नेछन्। तैँले ख्रीष्टलाई मानव ठान्‍न थालेदेखि, तेरा दुष्ट कार्यहरू खुलासा हुन थाल्नेछन्। के यो खतरनाक पाटो होइन र? यदि मानिसहरूले ख्रीष्टलाई मानवको रूपमा हेर्छन्, र उहाँ सामान्य र व्यावहारिक हुनुहुन्छ, उहाँलाई झुक्याउन सजिलो छ, र उहाँ मानवजातिजस्तै हुनुहुन्छ भन्‍ने ठान्छन् भने, तिनीहरू परमेश्‍वरदेखि डराउँनेछैनन्, र यो बेला तिनीहरूको परमेश्‍वरसँगको सम्बन्ध बदलिन्छ। यो सम्बन्ध केमा परिणत हुन्छ? तिनीहरूको सम्बन्ध अब कुनै सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताको हुँदैन, कुनै अनुयायी र ख्रीष्टको हुँदैन, साथै यो मुक्तिको पात्र र परमेश्‍वरको पनि हुँदैन, बरु यो त शैतान र यावत्‌ थोकमाथिको सार्वभौम परमेश्‍वरको सम्बन्ध बन्छ। मानिसहरू परमेश्‍वरको विरोधमा उभिन्छन् र उहाँका शत्रु बन्छन्। जब तैँले ख्रीष्टलाई मानवको रूपमा हेर्छस्, तब तैँले परमेश्‍वरसामु तेरो पहिचान, र परमेश्‍वरको नजरमा तेरो मूल्यसमेत बदल्छस्; तैँले तेरो आत्मरति, विद्रोहीपन, दुष्टता, र अहङ्कारले आफ्ना सम्भाव्यताहरू र नियति नष्ट गर्छस्। परमेश्‍वरले तँ एक सृष्टि गरिएको प्राणी, ख्रीष्टको अनुयायी, र परमेश्‍वरको मुक्ति स्विकारेको व्यक्ति भएको आधारमा मात्र तँलाई स्विकार्नुहुनेछ, मार्गदर्शन र जीवन प्रदान गर्नुहुनेछ र मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ। अन्यथा, परमेश्‍वरसँगको तेरो सम्बन्ध परिवर्तन हुनेछ। जब मानिसहरूले परमेश्‍वर अर्थात् ख्रीष्टलाई एक व्यक्ति ठान्छन्, तब के तिनीहरूले ठट्टा गरिरहेका हुँदैनन् र? मानिसहरूले खासगरी यसलाई समस्याको रूपमा हेर्दैनन्, तिनीहरूले सोच्छन्, “ख्रीष्टले उनी एक साधारण र सामान्य व्यक्ति हो भनेका छन्, त्यसोभए उनलाई एक व्यक्तिका रूपमा हेर्दा के बिग्रिन्छ र?” वास्तवमा, यसमा केही पनि गलत छैन, तर यसका गम्भीर परिणामहरू हुन्छन्। ख्रीष्टलाई एक व्यक्तिलाई झैँ व्यवहार गर्दा, तेरो लागि धेरै फाइदाहरू हुन्छन्। एकातिर, यसले तेरो हैसियत माथि उठाउँछ, अर्कोतिर, यसले तँ र परमेश्‍वरबीचको दूरी घटाउँछ, र त्यसबाहेक, तँ परमेश्‍वरको उपस्थितिमा अति अल्पभाषी हुनेछैनस्, तँलाई आराम र स्वतन्त्र महसुस हुनेछ। तँसित तेरो मानव अधिकार, स्वतन्त्रता, र तेरो अस्तित्वको मूल्यबोध हुनेछ, र तैँले तेरो आफ्नै उपस्थितिको आभास पाउनेछस्—के त्यो राम्रो होइन र? कुनै वास्तविक व्यक्तिलाई यसरी व्यवहार गर्दा केही गलत हुँदैन, यसले तँसित मर्यादा र निष्ठा छ भन्‍ने देखाउँछ। मान्छेले सजिलै झुक्‍नु हुँदैन; मानिसहरूले हल्का रूपमा कुनै पनि व्यक्तिसामु घुँडा टेक्ने, आत्मसमर्पण गर्ने, वा आफ्नो निकृष्टता स्विकार्ने गर्नु हुँदैन—के मानव अस्तित्वका नियमहरू र मान्छेका व्यवहारका नियमहरू यिनै होइनन् र? धेरैले ख्रीष्टसँगका अन्तरक्रियाहरूमा यी व्यवस्था र व्यवहारका नियमहरू लागु गर्छन्। यसले समस्या निम्त्याउँछ, र यसले परमेश्‍वरको स्वभाव चिढ्याउने सम्भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने, सारा मानवजातिको वर्ण जे भए नि तिनीहरूको प्रकृति सार एउटै हुन्छ। ख्रीष्ट मात्र मानवजातिभन्दा फरक हुनुहुन्छ। ख्रीष्टमा सामान्यता र व्यावहारिकता देखिए नि, र उहाँसँग सामान्य र व्यावहारिक मानवताका जीवनशैली र जीवनचर्या भए नि, उहाँको सार कुनै पनि भ्रष्ट तुल्याइएको मानवको जस्तो हुँदैन। ठ्याक्कै यही कारणले गर्दा, उहाँ आफ्ना अनुयायीहरूलाई आफूले चाहेको तरिकामा व्यवहार गर्न भनी मापदण्ड तोक्‍न योग्य हुनुहुन्छ। ख्रीष्टबाहेक, अरू कुनै पनि व्यक्तिले मानिसहरूसँग यी विधि र मानकहरू प्रयोग गरेर मापदण्डहरू तोक्‍न योग्य हुँदैन। किन? किनकि ख्रीष्टको सार भनेको परमेश्‍वर स्वयम् हो, र किनकि ख्रीष्ट अर्थात् यो साधारण र सामान्य व्यक्ति मानवहरूमाझ परमेश्‍वरले पहिरनुभएको सामान्य देह र परमेश्‍वरको देहधारण हुनुहुन्छ। यसैलाई मात्र आधार बनाएर ख्रीष्टलाई एक व्यक्तिको रूपमा हेर्नु गलत हो, साथै उहाँ व्यक्ति भएझैँ गरेर उहाँलाई झुक्याउनु, उहाँसित खेलबाड गर्नु, र उहाँविरुद्ध लड्नु झनै नराम्रो कुरा हो। ख्रीष्टविरोधीहरू, अर्थात् सत्यतालाई घृणा गर्ने दुष्ट व्यक्तिहरूको यो गिरोह, सदासर्वदा यो ठूलो समस्या र स्पष्ट गल्तीबारे बेखबर रहन्छन्। यस्तो किन हुन्छ? किनकि तिनीहरूको प्रकृति सार भनेको ख्रीष्टविरोधीको सार हो। तिनीहरू आत्मिक क्षेत्रमा परमेश्‍वरसित लड्छन्, उहाँसित हैसियतको निम्ति होड गर्छन्, उहाँलाई कहिल्यै पनि परमेश्‍वर भनेर सम्बोधन गर्ने वा त्यही रूपमा व्यवहार गर्ने गर्दैनन्। परमेश्‍वरको घरमा, तिनीहरूले यही व्यवहार दोहोर्‍याउँछन्, र ख्रीष्टलाई उही शैलीमा व्यवहार गर्छन्। तिनीहरूको पुर्खाले परमेश्‍वरलाई यसरी व्यवहार गर्‍यो, त्यसकारण तिनीहरूले यसरी व्यवहार गर्नबाट आफूलाई रोक्न नसक्नु कुनै आश्‍चर्य होइन। यदि तिनीहरूले यसरी नै व्यवहार गर्नबाट आफूलाई रोक्न सक्दैनन् र तिनीहरूको स्वभाव सार पहिचान भइसकेको छ भने, के यस्ता मानिसहरूले अझै पनि परमेश्‍वरको मुक्ति पाउन सक्छन् त? के तिनीहरू परमेश्‍वरको घरबाट हटाइने र निष्कासित हुनेछैनन् र? के तिनीहरू परमेश्‍वरका चुनिएका सारा मानिसहरूद्वारा अस्वीकृत हुनेछैनन् र? (हुनेछन्।) के परमेश्‍वरको घरले यस्ता व्यक्तिहरूलाई निन्दा गर्ने, निकाल्ने र हटाउने कार्यबारे तिमीहरूसँग अझै पनि धारणाहरू छन्? (छैनन्।) के तिनीहरू दयालायक छन्? (छैनन्।) तिनीहरू किन दयालायक छैनन्? तिनीहरू घृणा र तिरस्कार गर्नलायक छन्, त्यसकारण तिनीहरू दयालायक छैनन्।

ग. ख्रीष्टविरोधीहरू ख्रीष्टको नम्रता र गोप्यतालाई कसरी लिन्छन्

ख्रीष्टविरोधीहरू ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिन्छन् भन्‍ने कुरा विभिन्‍न तरिकाले प्रकट हुन्छ, र हामीले भर्खरै केही खास उदाहरणहरू खुलासा गरेका छौँ। हामी यस पक्षबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याउनेछौँ। ख्रीष्टको अर्को पक्ष—उहाँको नम्रता र गोप्यता—को सन्दर्भमा ख्रीष्टविरोधीहरूले अझै पनि आफ्ना अद्वितीय स्वभाव सार देखाउँछन्, साथै तिनीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकताप्रतिको व्यवहारमा जस्तै उही सारभूत प्रकटीकरण र दृष्टिकोणहरू राख्छन्। तिनीहरूले अझै पनि यी कुराहरू परमेश्‍वरबाट आएका हुन् भनी स्विकार्न, वा तिनलाई सकारात्मक कुराको रूपमा स्विकार्न सक्दैनन्, बरु तिनीहरूले तिनलाई तिरस्कार गर्छन्, उपहास र निन्दासमेत गर्छन्, र त्यसपछि तिनलाई अस्वीकार गर्छन्। यो तीन भागको शृङ्खला हो: पहिला, तिनीहरूले नियाल्छन्, त्यसपछि निन्दा गर्छन्, र अन्त्यमा अस्वीकार गर्छन्। यी सबै ख्रीष्टविरोधीहरूका बानी परेका कार्यहरू हुन्; यो ख्रीष्टविरोधीहरूको सारद्वारा निर्धारित हुन्छ। नम्रता र गोप्यता भनेको के हो? यसको शाब्दिक अर्थ बुझ्न कठिन छैन—यसको अर्थ देखावा गर्न मन नपराउनु, आफ्नो शान नदेखाउनु, अरूको ध्यानबाट टाढा बस्‍नु, र अज्ञात रहनु हो। यसले देहधारी परमेश्‍वरको स्वभाव र परमेश्‍वरको भित्री व्यक्तित्व समेट्छ। देखिने कुराहरूको आधारमा भन्‍नुपर्दा, मानिसहरूलाई यो थाहा पाउन कठिन हुँदैन: ख्रीष्टसँग कुनै महत्त्वाकाङ्क्षा छैन, उहाँले शक्ति हत्याउने प्रयास गर्नुहुन्‍न, उहाँसित शक्तिको कुनै चाहना छैन, उहाँले मानिसहरूको हृदय बन्दी बनाउनुहुन्‍न, न त उहाँले दिमाग पढ्ने कला नै अध्ययन गर्नुहुन्छ; ख्रीष्टले सरल, सिधा, र प्रस्ट रूपमा बोल्नुहुन्छ, मानिसहरूका साँचो विचारहरू खोतल्न खोजमूलक शब्द वा चालहरू कहिल्यै प्रयोग गर्नुहुन्‍न। यदि मानिसहरूले केही भन्‍ने इच्छा गर्छन् भने, तिनीहरूले भन्‍न सक्छन्; यदि इच्छा गर्दैनन् भने, उहाँले तिनीहरूलाई जबरजस्ती गर्नुहुन्‍न। ख्रीष्टले मानिसहरूका भ्रष्ट स्वभाव र विभिन्‍न स्थितिहरू खुलासा गर्नुहुँदा, उहाँले सिधा रूपमा बोल्नुहुन्छ र तिनलाई प्रस्ट रूपमा औँल्याउनुहुन्छ; अझ भन्‍ने हो भने, कामकुरा सम्हाल्ने ख्रीष्टको तरिका अत्यन्तै सरल छ। मसँग कुराकानी गरिसकेकाहरूले यो कुरा बुझेको, र यसो भन्‍ने गरेको हुनुपर्छ, “तपाईं निकै सिधा कुरा गर्नुहुन्छ, संसारसँग व्यवहार गर्ने कुनै रणनीतिहरू प्रयोग गर्नुहुन्‍न। हैसियत हुँदा पनि, तपाईंले कुनै पनि समूहमा श्रेष्ठताको आभास गरेजस्तो देखिनुहुन्‍न।” यो भनाइ वास्तवमै सही हो; मलाई चर्चाको विषय बन्‍न वा अरूसामु आफ्नो प्रसिद्धि बढाउन मन पर्दैन। यदि मसँग साँच्चिकै यो हैसियत नभएको र परमेश्‍वरले मलाई गवाही नदिनुभएको भए, मेरो अन्तर्निहित व्यक्तित्व भनेको भिडहरूको पछाडि बस्नु, आफू देखिन नचाहनु, आफूसँग केही विशेष सीपहरू भए पनि अरूले थाहा पाऊन् भन्‍ने नचाहनु हो, किनकि यदि मानिसहरूले थाहा पाएमा, तिनीहरूले मलाई पछ्याउनेछन्, र त्यो अवस्था सम्हाल्न समस्या र कठिनाइ हुन्छ। त्यसकारण, म जहाँ गए नि, मानिसहरूले मलाई पछ्याउन थाल्नेबित्तिकै, म तिनीहरूलाई खेदाउने उपायहरू खोज्छु, जरुरी हुँदा मामलाहरूबारे छलफल गर्छु, र जरुरी नहुँदा, तिनीहरूले जे गर्नुपर्ने हो त्यो गर्न तिनीहरूलाई तुरुन्तै आआफ्नो उचित ठाउँमा फिर्ता पठाउँछु। भ्रष्ट तुल्याइएका मानिसहरूले यो कुरा बुझ्नै सक्दैनन्, “हामी मानवहरू तपाईंलाई प्रेम गर्छौँ र धेरै साथ दिन्छौँ! हामी तपाईंप्रति निकै मोहित छौँ! तपाईं किन हाम्रो यो स्नेह स्विकार्नुहुन्‍न?” यो कस्तो कुरा हो? मैले जे भन्‍नुपर्ने हो तँलाई भनिसकेको छु, सिकाउनुपर्ने कुरा सिकाइसकेको छु, त्यसकारण गएर आफ्नो काम गर्, मेरो वरपर नझुम्‍मी, मलाई यसो गरेको मन पर्दैन। मानिसहरूलाई आफ्नो विचारमा यस्तो लाग्छ, “परमेश्‍वर, यस्तो महान् काम गर्नुभएपछि, के तपाईं अक्सर आत्मसन्तुष्ट पनि महसुस गर्नुहुन्‍न र? यतिका धेरै अनुयायीहरू भएपछि, के तपाईंलाई सधैँ श्रेष्ठता पनि महसुस हुँदैन र? के तपाईंलाई सधैँ विशेष व्यवहार पाऊँ भन्‍ने इच्छा हँदैन र?” म भन्छु मैले कहिल्यै त्यस्तो महसुस गरेको छैन; म कहिल्यै यति धेरै अनुयायीहरू छन् भनेर सचेत हुँदिनँ, म श्रेष्ठता महसुस गर्दिनँ, र मलाई मेरो हैसियत कति उच्च छ भन्‍ने कुनै आभास हुँदैन। ल भन् त, यदि कुनै सामान्य व्यक्ति यस्तो अवस्थामा भएको भए, ऊ दैनिक रूपमा साधारणतया कति उल्लसित हुन्थ्यो होला? के उसलाई के खाने वा के लाउने भनेर थाहै नहुने हुन्थेन र? दिनभरि उसको खुट्टा भुइँमै नहुनेथ्यो, होइन र? के ऊ सधैँ मानिसहरूले उसलाई पछ्याऊन् भन्‍ने आशामा हुन्थेन र? (हुनेथ्यो।) खासगरी, केही क्षमता भएकाहरूले सधैँ बैठकहरू राख्ने, र भाषणहरू दिँदा ध्यान र वाहवाहीमा रमाउने उपायहरू खोज्छन्, र यो मासु खानु र रक्सी पिउनुभन्दा बढी रमाइलो हुने सोच्छन्। मलाई अचम्म लाग्छ, मलाई किन त्यस्तो अनुभूति हुँदैन? मलाई किन त्यो राम्रो कुरा हो भन्‍ने अनुभूति हुँदैन? मलाई किन त्यो अनुभूति मन पर्दैन? विश्‍वको साङ्गीतिक परिदृश्यमा, थोरै प्रतिभा भएकाहरू, विशेषगरी गाउन र नाच्न सक्नेहरूलाई देवी, देवता, सङ्गीतका राजा, सङ्गीतकी रानी, र सङ्गीतका पिता, माता, र हजुरबासमेत भन्‍ने गरिन्छ। यी राम्रा उपाधिहरू होइनन्। यसअलावा, कतिपय मानिसहरू “साओ[क] वाङ” वा “साओ लि” भनेर बोलाइँदा, यसले तिनीहरूको श्रेष्ठता घटाउँछ भन्‍ने सोचेर, असन्तुष्ट हुन्छन्, त्यसकारण तिनीहरूले आफ्नो श्रेष्ठताको स्तर बदल्ने, भविष्यमा मानिसहरूलाई राजा वा रानी भनेर बोलाउन लगाउने उपायहरू खोज्छन्। यो भ्रष्ट तुल्याइएको मानवजाति हो। कति मानिसहरू, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, विश्‍वासीहरू गैरविश्‍वासी जतिकै अभद्र हुनु हुँदैन, तिनीहरूलाई परमेश्‍वर, राजा, वा रानी भनेर बोलाइनु हुँदैन, तिनीहरू शालीन र नम्र हुनुपर्छ भन्छन्। तिनीहरू आफूलाई सिधै नम्र भन्‍नु अलि उच्छृङ्खल हुने, यो पर्याप्त मात्रामा सानो वा निचो नभएको ठान्छन्, त्यसकारण तिनीहरूले आफूलाई अति सानो, सूक्ष्म, धूलो, जाबो भन्छन्, र कतिले त बालुवाको कण र अति सूक्ष्म कणिकासमेत भन्छन्। तिनीहरू सत्यतामा जोड दिँदैनन्, बरु उच्छृङ्खलताबारे सोच्छन्, र साना झार, टुसा, र माटो, हिलो, गोबर, आदिसमेतका नामहरू राख्छन्। यी प्रत्येक नामहरू अघिल्लाभन्दा झन् नराम्रो र निकृष्ट हुन्छन्, तर के तिनले केही बदल्न सक्छन् र? म यस्ता नामका मानिसहरू पनि निकै अहङ्कारी, खराब, र कति त दुष्टसमेत रहेको देख्छु। यस्ता नाम भएकाहरू अझ साना र नम्र बन्‍नु त कता हो कता, बरु अभद्र, दुष्ट र दुर्भावपूर्ण नै रहन्छन्।

परमेश्‍वर धर्तीमा काम गर्न पहिलोपटक देहधारी बन्‍नुहुँदा, उहाँको काम सरल र छोटो थियो, तर मानवजातिको मुक्तिको लागि त्यो एक अपरिहार्य र महत्त्वपूर्ण चरणको काम थियो। तथापि, प्रभु येशूलाई क्रूसमा टाँगिएपछि, उहाँ जीवनमा फर्केर स्वर्ग आरोहण गर्नुभयो, र मानवजातिसामु फेरि देखा पर्नुभएन। उहाँ किन मानवजातिसामु फेरि देखा पर्नुभएन? यो परमेश्‍वरको नम्रता र गोप्यता हो। सामान्य मानव तर्कअनुसार, परमेश्‍वर देह बन्‍नुभयो र साढे तेत्तिस वर्ष कष्ट भोग्नुभयो, मानवजातिबाट अस्वीकार, अपमान, निन्दा, दुर्व्यवहार, आदि इत्यादि सहनुभयो, अनि क्रूसमा चढेर जीवनमा फर्कनुभएपछि उहाँले मानिसहरूमाझ फर्किएर आफ्नो विजय र महिमाका फलहरूको आनन्द लिनुपर्थ्यो। उहाँले थप साढे तेत्तिस वर्ष वा त्योभन्दा बढी जिउनुपर्थ्यो, र उहाँले मानवजातिबाट प्राप्त हुने आराधना र आदरपूर्ण हेराइ, साथै आफूले पाउनयोग्य हैसियत र व्यवहारमा रमाउनुपर्थ्यो। तर परमेश्‍वरले त्यसो गर्नुभएन। त्यो चरणको काममा, परमेश्‍वर कुनै समारोहबिना चुपचाप र मौन रूपमा आउनुभयो, र मानवले आफूसँग थोरै क्षमता हुनेबित्तिकै आफ्नो उपस्थिति जमाउन खोजेजसरी परमेश्‍वरले “म आएँ, म परमेश्‍वर स्वयम् हुँ” भनेर उद्‌घोष गर्नुभएन! परमेश्‍वरले आफ्नो लागि यस्तो एउटा शब्द पनि बोल्नुभएन बरु उहाँ एउटा गोठमा चुपचाप जन्मिनुभयो। परमेश्‍वरको आराधना गर्न आएका तीन बुद्धिमान् मानिसहरूबाहेक, प्रभु येशू ख्रीष्टको बाँकी जीवन कठिनाइ र कष्टले भरिएको थियो, र त्यो उहाँको क्रूसीकरणपछि मात्र समाप्त भयो। परमेश्‍वरले महिमा प्राप्त गर्नुभयो र मानिसका पापहरू क्षमा गर्नुभयो—त्यसको मतलब उहाँले मानवजातिको लागि एउटा महान् कार्य गर्नुभयो, किनकि उहाँले मानिसहरूलाई पापबाट र दुःखको सागरबाट उम्कन मदत गर्नुभयो, र उहाँ मानवजातिको उद्धारकर्ता हुनुहुन्छ। त्यसकारण, परमेश्‍वरले मानवजातिको आराधना, प्रशंसा, र ढोगाइमा रमाउनुपर्थ्यो भन्‍नु तर्कसङ्गत नै हुन्छ। तर परमेश्‍वर आवाज ननिकाली चुपचाप र मौन रूपमा जानुभयो। विगत दुई हजार वर्षमा, परमेश्‍वरको काम सधैँ विस्तार हुँदै आएको छ। यो विस्तारको प्रक्रिया कठिनाइ, रक्तपात, र सम्पूर्ण मानवजातिको निन्दा र अपमानले भरिएको छ। तर परमेश्‍वरप्रति मानवजातिको मनोवृत्ति जेजस्तो भए नि, उहाँले सत्यता व्यक्त गर्न जारी राख्नुभएको छ र मानिसलाई मुक्ति दिने उहाँको काम गर्न छोड्‍नुभएको छैन। अझ भन्‍ने हो भने, यी दुई हजार वर्षमा, परमेश्‍वरले आफ्नो उद्‌घोष गर्न, र प्रभु येशू उहाँको देहधारी देह हो र मानवजातिले उहाँलाई आराधना गर्नु र स्विकार्नुपर्छ भनेर बताउन कहिल्यै प्रस्ट वचनहरू प्रयोग गर्नुभएको छैन। परमेश्‍वरले त सबैभन्दा सरल विधि प्रयोग गर्नुहुन्छ, र स्वर्गको राज्यको सुसमाचार सारा राष्ट्र र ठाउँहरूमा प्रचार गर्न आफ्ना सेवकहरूलाई पठाउनुहुन्छ, ताकि अझ धेरै मानिसहरूले पश्‍चात्ताप गर्न, परमेश्‍वरसामु आउन, र उहाँको मुक्ति स्विकार्न, र यसरी आफ्ना पापहरूको लागि क्षमा पाउन सकून्। परमेश्‍वरले कहिल्यै कुनै वाहियात वचनहरू प्रयोग गरेर उहाँ नै आउँदै गरेको मसीह हुनुहुन्छ भनेर भन्‍नुभएको छैन; बरु, उहाँले तथ्यहरूमार्फत प्रमाणित गर्नुभएको छ कि उहाँले जेजति गर्नुभएको छ त्यो सबै परमेश्‍वर स्वयम्‌को काम हो, प्रभु येशूको मुक्ति परमेश्‍वर स्वयम्‌को मुक्ति हो, प्रभु येशूले सारा मानवजातिलाई छुटकारा दिनुभएको हो, र उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ। अहिलेको देहधारणमा, परमेश्‍वर उस्तै शैली र स्वरूपमा मानिसहरूमाझ आउनुभएको छ। परमेश्‍वर देह बनेर आउनु भनेको मानवजातिको लागि ठूलो आशिष्, अत्यन्तै दुर्लभ अवसर, र त्योभन्दा पनि बढी रूपमा मानवजातिको सौभाग्य हो। तर परमेश्‍वर स्वयम्‌को लागि चाहिँ यसको के अर्थ छ त? यो सबैभन्दा पीडादायी कुरा हो। के तिमीहरूले यो कुरा बुझ्न सक्छौ? परमेश्‍वरको सार भनेको परमेश्‍वर हो। परमेश्‍वरको पहिचान बोक्‍नुहुने परमेश्‍वरसित अन्तर्निहित रूपमै अहङ्कार हुँदैन, बरु उहाँ विश्‍वासयोग्‍य, पवित्र, र धर्मी हुनुहुन्छ। मानवजातिमाझ आएर, उहाँले मान्छेका विभिन्‍न भ्रष्ट स्वभावहरू सामना गर्नुपर्छ, यसको अर्थ उहाँ जसलाई मुक्ति दिने इच्छा गर्नुहुन्छ ती सारा मानिसहरू उहाँलाई घृणित र अप्रिय लाग्नेहरू हुन्। परमेश्‍वरसित अहङ्कारी स्वभाव, दुष्टता र छलीपन हुँदैन, उहाँ सकारात्मक कुराहरूलाई प्रेम गर्नुहुन्छ, उहाँ धर्मी र पवित्र हुनुहुन्छ, तर उहाँले जे सामना गर्नुहुन्छ, ठ्याक्कै भन्‍नुपर्दा त्यो उहाँको सारको विपरीत र विरोधी मानिसहरूको समूह हुन्छ। परमेश्‍वरले सबैभन्दा बढी के दिनुहुन्छ? उहाँको प्रेम, धैर्यता, कृपा, र सहनशीलता। परमेश्‍वरको प्रेम, कृपा, र सहनशीलता उहाँका नम्रता र गोप्यता हुन्। भ्रष्ट मानवजातिले सोच्छ, “परमेश्‍वरले यस्तो महान् काम गर्नुहुन्छ, यस्तो ठूलो महिमा प्राप्त गर्नुहुन्छ, र उहाँ यति धेरै कुराहरूमाथि सार्वभौम हुनुहुन्छ, त्यसोभए उहाँले किन आफ्नो घोषणा वा उद्‌घोष गर्नुहुन्‍न?” मानिसहरूको लागि यो चुट्की बजाउनुझैँ सजिलो देखिन्छ; तिनीहरूले कुनै असल कार्य गरेमा तिनीहरूले त्यसलाई दश गुणा बढाइचढाइ गर्छन्, थोरै असल काम गरेमा पनि तिनीहरूले त्यसलाई दुईतीन गुणा बढाएर भन्छन्, र त्यसलाई असीमित रूपमा ठूलो बनाउँछन्, र जति विस्तृत रूपमा त्यसो गरियो त्यति राम्रो हो भन्‍ने सोच्छन्। तर यी कुराहरू परमेश्‍वरको सारमा छैनन्। परमेश्‍वरले जे गर्नुभए नि, त्यसमा मान्छेका कुनै पनि तथाकथित “लेनदेनहरू” हुँदैन; परमेश्‍वरले केही पनि अनुरोध गर्नुहुन्‍न, उहाँ मानिसहरूले भन्‍ने गरेको “पारिश्रमिक खोज्ने” काम गर्नुहुन्‍न। परमेश्‍वरसित भ्रष्ट मानवजातिमा जस्तो हैसियतको चाहना हुँदैन, उहाँले यसो भन्‍नुहुन्‍न, “म परमेश्‍वर हुँ; म जे चाहन्छु त्यही गर्छु, र मैले जे गरे नि, तिमीहरूले मेरो असलपन सम्झनैपर्छ, मैले गर्ने कामकुरालाई हृदयमा लिएर सधैँ मेरो स्मरण गर्नैपर्छ।” परमेश्‍वरसँग ठ्याक्कै यसप्रकारको सार हुँदैन; उहाँमा कुनै महत्त्वाकाङ्क्षा हुँदैन, उहाँमा भ्रष्ट मानवजातिको अहङ्कारी स्वभाव हुँदैन, र उहाँले आफ्नो उद्‌घोष गर्नुहुन्‍न। कतिपयले भन्छन्, “यदि तपाईंले आफ्नो उद्‌घोष गर्नुहुन्‍न भने, मानिसहरूले तपाईं परमेश्‍वर हुनुहुन्छ भनेर कसरी थाहा पाउन सक्छन्? तिनीहरूले तपाईंमा परमेश्‍वरको हैसियत छ भनेर कसरी देख्न सक्छन्?” यो आवश्यक छैन; परमेश्‍वरको सारले हासिल गर्न सक्ने कुरा नै यही हो। परमेश्‍वरसित परमेश्‍वरको सार हुन्छ; उहाँ जतिसुकै नम्र र गोप्य हुनुभए नि, उहाँले जति नै गोप्य तरिकाले काम गर्नुभए नि, मानवजातिलाई उहाँले जति नै कृपा र सहनशीलता देखाउनुभए नि, मानिसहरूमाथि उहाँका वचन, काम, कदम, आदि इत्यादिको अन्तिम प्रभाव भनेको निश्‍चय नै सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको सार्वभौमिकता स्विकार्नु, सृष्टिकर्तासामु झुक्‍नु र उहाँलाई आराधना गर्नु, साथै तिनीहरू स्वेच्छाले सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनु हो। यो परमेश्‍वरको सारद्वारा निर्धारित हुन्छ। अनि ख्रीष्टविरोधीहरूले हासिल गर्न नसक्ने कुरा पनि ठ्याक्कै यही हो। तिनीहरूमा महत्त्वाकाङ्क्षा र चाहनाहरू, साथै अहङ्कारी, क्रूर, र दुष्ट स्वभावहरू हुन्छन्, तिनीहरूमा सत्यता हुँदैन, तैपनि तिनीहरू मानिसहरूलाई कब्जा र नियन्त्रण गर्न, अनि समर्पित हुन र आराधना गर्न लगाउन चाहन्छन्। ख्रीष्टविरोधीहरूको सारको आधारमा भन्‍नुपर्दा, के तिनीहरू दुष्ट छैनन् र? ख्रीष्टविरोधीहरू परमेश्‍वरसित उहाँका चुनिएका मानिसहरूको लागि प्रतिस्पर्धा गर्छन्, तर के परमेश्‍वरले तिनीहरूसित प्रतिस्पर्धा गर्नुहुन्छ र? के परमेश्‍वरमा यस्तो सार छ र? के परमेश्‍वरले प्रतिस्पर्धा गरेर सृष्टि गरिएको प्राणीहरूको समर्पण प्राप्त गर्नुहुन्छ र? (गर्नुहुन्‍न।) उहाँले त्यो कुरा कसरी प्राप्त गर्नुहुन्छ त? सृष्टि गरिएका प्राणीहरू परमेश्‍वरद्वारा बनाइएका हुन्; मानवजातिलाई के चाहिन्छ, उसमा के हुनुपर्छ, र मानवजाति कसरी जिउनुपर्छ भनेर सृष्टिकर्तालाई मात्र थाहा हुन्छ। उदाहरणको लागि, मानौँ कुनै व्यक्तिले एउटा मेसिन बनाउँछ रे। त्यसका खोट र त्रुटिहरू अनि त्यसलाई सुल्झाउने तरिका त्यो आविष्कारकलाई मात्र थाहा हुन्छ, त्यो मेसिनको नक्कली रूप बनाउने जोसुकैलाई थाहा हुँदैन। यसैगरी, मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो; मानिसहरूलाई के चाहिन्छ भनेर परमेश्‍वरलाई मात्र थाहा हुन्छ, परमेश्‍वरले मात्र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ, र परमेश्‍वरले मात्र भ्रष्ट तुल्याइएका मानवलाई साँचो मानवमा रूपान्तरित गर्न सक्नुहुन्छ। परमेश्‍वरले यो सबै उहाँको अख्तियारद्वारा गर्नुहुन्छ, स्वघोषणाद्वारा, स्वस्पष्टीकरणद्वारा, वा मानिसहरूलाई दमन गरेर, भ्रममा पारेर, वा नियन्त्रणमा राखेर गर्नुहुन्‍न; परमेश्‍वरले यी उपाय र विधिहरू प्रयोग गर्नुहुन्‍न, यी कुराहरू त शैतान र ख्रीष्टविरोधीहरूले मात्र प्रयोग गर्छन्।

यति धेरै सङ्गतिपछि, परमेश्‍वरको नम्रता र गोप्यताबारे तिमीहरूले के बुझेका छौ? परमेश्‍वरको नम्रता र गोप्यता भनेको के हो? के गोप्यता भनेको उहाँको पहिचान जानाजानी लुकाउनु, अर्थात् उहाँको सार र साँचो परिस्थिति जानाजान लुकाउनु हो? (होइन।) के नम्रता कृत्रिम रूपले स्वाङ पारेको कुरा हो? के यो आत्मसंयम हो? के यो बहाना हो? (होइन।) कति मानिसहरू भन्छन्, “तपाईं देहधारी परमेश्‍वर हुनुहुन्छ, यस्तो आदर्शवान्‌ व्यक्तिले कसरी यति साधारण कपडाहरू लाउन मिल्छ?” म भन्छु, म एक साधारण जीवन जिउने साधारण व्यक्ति मात्र हुँ; मेरो सबथोक साधारण छ, त्यसकारण मैले किन साधारण कपडाहरू लाउन मिल्दैन? कतिले भन्छन्, “तपाईं ख्रीष्ट अर्थात् देहधारी परमेश्‍वर हुनुहुन्छ। तपाईंको हैसियत आदर्शवान्‌ छ—आफ्नो अवमूल्यन नगर्नूस्।” म भन्छु, कस्तो अवमूल्यन? म आफूलाई अधिमूल्यन वा अवमूल्यन गर्दिनँ; म जो हुँ त्यही हुँ, मैले जे गर्नुपर्ने हो त्यही गर्छु, र मैले भन्‍नुपर्ने जे हो त्यही भन्छु—त्यसमा के गल्ती छ र? न त अधिमूल्यन गर्नु न त अवमूल्यन गर्नु नै सही हो; अधिमूल्यन गर्नु भनेको अहङ्कार हो, अवमूल्यन गर्नु भनेको बहाना र छल हो। कतिले भन्छन्, “देहधारी परमेश्‍वरको स्वभाव कुनै सेलिब्रेटीको जस्तो हुनुपर्छ, र तपाईंको बोली र व्यवहार सुन्दर हुनुपर्छ। समाजका शक्तिशाली महिलाहरूका कपाल, कपडा, र मेकअप हेर्नूस् त, हैसियत भएका मानिसहरू तिनै हुन्, मानिसहरूले उच्च सम्मान गर्ने तिनैलाई हो!” म भन्छु, हैसियत भनेको के हो? मानिसहरूले मलाई आदरपूर्वक हेरे नि नहेरे नि के फरक पर्छ र? मलाई यसको कुनै मतलब छैन; यदि तैँले मलाई आदरपूर्वक हेरिस् भने, मलाई घिन र वाकवाकी लाग्छ। तैँले मलाई आदरपूर्वक हेर्नु कदापि हुँदैन। अरूले भन्छन्, “समाजका ती महिला उद्यमीहरूलाई हेर्नूस् त, उनीहरू अत्यन्तै खानदानी र सुशिष्ट पहिरन लगाउँछन्। झट्ट हेर्दै उनीहरू शक्तिशाली र कुलीन व्यक्तित्वहरू हुन् भन्‍ने देखिन्छ—तपाईं किन उनीहरूबाट सिक्नुहुन्‍न?” मैले किन मलाई मनै नपर्ने कुरा सिक्ने? म मेरो उमेरसुहाउँदो कपडा लगाउँछु, मैले किन नौटङ्की गर्ने? मैले किन अरूबाट सिक्‍ने? म म नै हुँ, मैले कसको लागि नौटङ्की गर्ने? के त्यो धोका होइन र? ल भन् त, देहधारी परमेश्‍वरको पहिचानसँग मिल्नको लागि उहाँको रूप, हुलिया, बोली, र व्यवहार कस्तो हुनुपर्छ? के तिमीहरूसित यसका मानकहरू छन्? तिमीहरूसँग पक्‍कै हुनुपर्छ, नत्र त तिमीहरूले ख्रीष्टलाई यसरी हेर्नेथिएनौ। मसित मेरा मानकहरू छन्—के मेरा मानकहरू सत्यता सिद्धान्तहरूको दायराभन्दा बाहिर जान्छन्? (जाँदैनन्।) किन केही मानिसहरू म के लगाउँछु वा के खान्छु भन्‍नेबारे सधैँ धारणाहरू बनाउँछन्, मेरो बारे बारम्बार मूल्याङ्कन गर्छन् र निर्णय सुनाउँछन्—के त्यो घिनलाग्दो कुरा होइन र? किन तिनीहरू मलाई यस तरिकाले हेर्छन्? तिनीहरूको नजरमा, ख्रीष्टले जे गर्नुहुन्छ त्यो गलत हुन्छ, त्यो सबै नकारात्मक हुन्छ, यसमा सधैँ केही न केही गडबड भइरहेको हुन्छ। तिनीहरू कति दुष्ट होलान् त! यी विभिन्‍न पहिचानहरू, र परमेश्‍वरका विभिन्‍न दृष्टिकोणहरूबाट—परमेश्‍वरको आत्मा र परमेश्‍वर स्वयम्‌को सारदेखि देहधारी परमेश्‍वरको मानवतासम्म—हेर्दा, परमेश्‍वरको सारभित्र कुनै अहङ्कार वा कुनै शैतानी महत्त्वाकाङ्क्षा र चाहना छैन, र त्यसमा हैसियतप्रतिको मान्छेको तथाकथित हुटहुटी त झनै छैन। उहाँको आफ्नै सारबाहेक, परमेश्‍वरसित जे छ, चाहे यो परमेश्‍वरको आत्मा होस् वा उहाँको देहधारी देह, यसको सबैभन्दा प्रमुख विशेषता उहाँको नम्रता र गोप्यता हो। यो नम्रता नक्कली होइन, यो गोप्यता जानाजानी तर्किनु होइन; यो परमेश्‍वरको सार हो, यो परमेश्‍वर स्वयम् हो। चाहे परमेश्‍वर आत्मिक क्षेत्रमा हुनुहोस् वा मानव रूपमा देहधारण भएको हुनुहोस्, उहाँको सार बदलिँदैन। यदि कसैले यसको आधारमा देहधारी ख्रीष्टमा परमेश्‍वरको सार रहेको देख्न सक्दैन भने, ऊ कस्तो व्यक्ति हो? ऊ आत्मिक बुझाइ नभएको, एक अविश्‍वासी हो। मानिसहरूले परमेश्‍वरको नम्रता र गोप्यताको सार हेरेमा, तिनीहरूले सोच्छन्: “परमेश्‍वरसित त्यस्तो ठूलो अख्तियार छजस्तो देखिँदैन। परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनेर भन्‍नु खासै विश्‍वसनीय देखिँदैन, परमेश्‍वर शक्तिमान्‌ हुनुहुन्छ भन्‍नुचाहिँ बढी उचित हुन्छ। यदि उहाँसँग यस्तो ठूलो अख्तियार छैन भने, उहाँले कसरी मानवजातिमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ? यदि उहाँले कहिल्यै परमेश्‍वरको हैसियत र पहिचान देखाउनुहुन्‍न भने, के उहाँले शैतानलाई पराजित गर्न सक्नुहुन्छ? परमेश्‍वरसित बुद्धि हुन्छ भनिन्छ—के बुद्धिले नै सबथोक निर्क्योल गर्न सक्छ? कुनचाहिँ ठूलो हो, बुद्धि कि सर्वशक्तिमान्‌ता? के बुद्धि सर्वशक्तिमान्‌तामाथि हाबी हुन सक्छ? के बुद्धिले सर्वशक्तिमान्‌तामाथि प्रभाव पार्न सक्छ?” मानिसहरू यसबारे विचार गर्छन् तर छर्लङ्ग हुन वा यसलाई बुझ्न सक्दैनन्। कति मानिसहरूले हृदयमा केही शङ्काहरू पाल्छन्, तर त्यसपछि तिनलाई बिस्तारै पचाउँछन्, र निरन्तर खोजी गरिरहन्छन् र आफ्ना अनुभवहरूमार्फत यो मामला बुझ्ने कोसिस गर्छन्, अनि तिनीहरूले अनजानमा केही अनुभूतिजनक ज्ञान हासिल गर्छन्। ख्रीष्टविरोधीहरूले मात्र परमेश्‍वरको सारका यी सारा पक्षहरू, यी सारा प्रकटीकरणहरू, र उहाँका सारा कार्यहरूबारे शङ्का गरेपछि, यो परमेश्‍वरको नम्रता र गोप्यता हो, परमेश्‍वरको प्रेमिलो कुरा यही हो, भन्‍ने कुरा नबुझ्ने मात्र नभई, बरु उल्टै परमेश्‍वरबारे थप शङ्का गर्ने र परमेश्‍वरलाई अझ गम्भीर आरोपहरू लाउने गर्छन्। तिनीहरूले सबथोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ, परमेश्‍वरले शैतानलाई पराजित गर्न सक्नुहुन्छ, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ, र परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना सफलतापूर्वक पूरा गर्न सकिन्छ भन्‍ने कुरामा शङ्का गर्छन्, र तिनीहरूले परमेश्‍वर उहाँको महिमामार्फत सारा मानिसहरूसामु प्रकट हुनुहुनेछ भन्‍ने कुरामा अझ बढी शङ्का गर्छन्। यी कुराहरूबारे शङ्का गरेपछि, तिनीहरूले के गर्छन्? तिनीहरूले यी कुराहरू अस्वीकार गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू भन्‍ने गर्छन्, “ख्रीष्टको नम्रता र गोप्यताको कुनै अर्थ छैन, ती प्रशंसा वा गुणगान गर्न लायक छैनन्, र ती परमेश्‍वरको सार होइनन्। यस्ता नम्रता र गोप्यता परमेश्‍वरले धारण गर्ने कुराहरू होइनन्; ख्रीष्टका नम्रता र गोप्यता उनको अयोग्यताका प्रकटीकरणहरू हुन्। संसारमा, यदि कोहीसँग थोरै हैसियत छ भने, उसलाई राजा, अमिर, वा सम्राट घोषित गरिन्छ। ख्रीष्टले उनको राज्य स्थापित गरेका छन् र धेरै अनुयायीहरू पाएका छन्, र सँगसँगै सुसमाचार विस्तारको काम पनि फस्टाइरहेको छ—के यसको अर्थ ख्रीष्टको शक्ति बढ्दो छ भन्‍ने होइन र? तर उनका कार्यहरू हेर्दा, उनी आफ्नो शक्ति बढाउन, वा यस्तो शक्ति धारण गर्न चाहँदैनन्। यस्तो लाग्छ, मानौँ उनीसँग यो शक्ति धारण गर्ने, ख्रीष्टको राज्य धारण गर्ने क्षमतै छैन। त्यसैले, के मैले उनलाई पछ्याएर आशिष्‌हरू प्राप्त गर्न सक्छु त? के म अर्को युगको मालिक बन्‍न सक्छु त? के मैले सारा राष्ट्र र मानिसहरूमाथि शासन गर्न सक्छु त? के उनले यो पुरानो संसार र यो भ्रष्ट मानवजातिलाई नष्ट गर्न सक्छन् त? ख्रीष्टको साधारण हुलिया हेर्दा, उनले कसरी महान् काम हासिल गर्न सक्छन् त?” ख्रीष्टविरोधीहरूको हृदयमा यस्ता शङ्काहरू सधैँ उब्जिरहन्छन्। ख्रीष्टको नम्रता र गोप्यता त्यस्ता कुराहरू हुन् जुन सारा भ्रष्ट तुल्याइएका मानिसहरूले, र विशेषगरी ख्रीष्टविरोधीहरूले, स्विकार्न, अनुमोदन गर्न, वा देख्न सक्दैनन्; ख्रीष्टविरोधीहरूले परमेश्‍वरको नम्रता र गोप्यतालाई परमेश्‍वरको पहिचान र सारबारे तिनीहरूले शङ्का गर्ने प्रमाणको रूपमा, परमेश्‍वरको अख्तियार इन्कार्ने प्रमाण र लाभप्रद जानकारीको रूपमा लिन्छन्, र यसरी तिनीहरूले परमेश्‍वरको पहिचान र सार अनि ख्रीष्टको सार इन्कार्छन्। ख्रीष्टको सार इन्कारेपछि, ख्रीष्टविरोधीहरूले आफ्नो क्षेत्राधिकारभित्रका परमेश्‍वरका चुनिएका मानिसहरूविरुद्ध कुनै कृपा, उदारता, र डरबिना कार्य गर्न थाल्छन्, तर यस क्रममा तिनीहरूले आफ्ना क्षमता, सीप, वा महत्त्वाकाङ्क्षाहरूलाई भने कति पनि अस्वीकार वा शङ्का गर्दैनन्। तिनीहरूको प्रभावको दायराभित्र, तिनीहरूले कार्य गर्न सक्ने दायराभित्र, ख्रीष्टविरोधीहरूले आफ्ना पन्जाहरू फिजाउँछन्, आफूले नियन्त्रण गर्न सक्नेहरूलाई नियन्त्रण गर्छन्, र बहकाउन सकिनेहरूलाई बहकाउँछन्; तिनीहरूले ख्रीष्ट र परमेश्‍वरबारे सोचविचार गर्नबाट पूरै बेवास्ता गर्छन्, र परमेश्‍वर, ख्रीष्ट, र परमेश्‍वरको घरसँगको आफ्नो सम्बन्ध पूर्ण रूपमा विच्छेद गर्छन्।

ख्रीष्टविरोधीहरू ख्रीष्टको नम्रता र गोप्यतालाई कसरी लिन्छन् भन्‍ने यो विषयवस्तु सम्बन्धमा हामी मूलत: केबारे सङ्गति गरिरहेका छौँ? मानिसहरूले बुझ्नुपर्ने परमेश्‍वरको नम्रता र गोप्यता ख्रीष्टविरोधीहरूको नजरमा तिनीहरूले गर्न चाहेको कामकुरा गर्न र परमेश्‍वरको घरमा स्वतन्त्र राज्य स्थापित गर्नको लागि सबैभन्दा लाभदायक अवस्थाहरू हुन्। परमेश्‍वर देहमा लुक्नुभएको हुन्छ, र आखिरी दिनहरूको यो चरणको कामको स्वरूप अनुग्रहको युगको भन्दा फरक छ। परमेश्‍वरले यो चरणमा आश्‍चर्यकर्म र अचम्मका कामहरू नगर्नुभए नि, उहाँले योभन्दा अत्यन्तै धेरै वचनहरू, अनगिन्ती धेरै वचनहरू बोल्नुभएको छ। परमेश्‍वरले जेजसरी काम गर्नुभए नि, उहाँ देहधारी रहुन्जेल, उहाँले आफ्नो काम गर्दा त्योसँगै ठूलो अपमान पनि भोग्नुपर्छ। ईश्‍वरीय सार बोकेको यस्तो परमेश्‍वरले मात्र साँच्चिकै आफूलाई नम्र बनाउँदै र लुकाउँदै साधारण व्यक्ति बनेर आफ्नो काम गर्न सक्नुहुन्छ, किनकि उहाँसित नम्रता र गोप्यताको सार हुन्छ। तर यसविपरीत, शैतानले किमार्थ यसो गर्न सक्दैन। शैतानले मानिसहरूमाझ काम गर्न कस्तो देह धारण गर्छ होला? सर्वप्रथम त, यसको डरलाग्दो हुलिया हुन्छ, र यो क्रूर, छली, र दुष्ट हुन्छ; त्यसपछि, यसले मानिसहरूलाई खेलबाड गर्न र आफूअनुकूल प्रयोग गर्न विभिन्‍न रणनीति र विधिहरू, साथै विभिन्‍न छलपूर्ण चालहरूमा निपुण हुनुपर्छ, र यो पर्याप्त मात्रामा निर्दयी र दुर्भावपूर्ण हुनुपर्छ। यो लगातार मानिसहरूमाझ देखिनुपर्छ, र कसैलाई थाहा नहोला कि भन्‍ने डरले चारैतिर चर्चामा रहनुपर्छ, र यसले सधैँ आफ्नो प्रसिद्धि बढाउने र आफूलाई प्रवर्द्धन गर्ने कोसिस गर्नुपर्छ। जब मानिसहरूले अन्तत: यसलाई राजा वा सम्राट भन्छन्, तब यो सन्तुष्ट हुनेछ। परमेश्‍वरले शैतानको ठ्याक्कै उल्टो गर्नुहुन्छ। परमेश्‍वर धैर्यता देखाइरहनुहुन्छ र लुकिरहनुहुन्छ, साथै यसो गर्ने क्रममा, उहाँले सृष्टिकर्ताको कृपा र प्रेमिलोदयालुपन प्रयोग गरेर मानिसहरूमा उहाँका वचनहरू र उहाँको जीवन घुसाउनुहुन्छ, ताकि मानिसहरूले सत्यता बुझ्न, र मुक्ति पाउन सकून्, र ताकि तिनीहरू सामान्य मानवता र सामान्य मानव जीवनसहितको साँचो सृष्टि गरिएको प्राणी बनून्। परमेश्‍वरले जे गर्नुहुन्छ मानवजातिको लागि त्यो अमूल्य भए नि, परमेश्‍वरले त्यसलाई आफ्नै जिम्मेवारी मान्‍नुहुन्छ। त्यसकारण, उहाँ आफै देह बन्‍नुभयो र उहाँले एक आमा वा बुबाले झैँ अथक रूपमा मानिसहरूलाई भरणपोषण गर्ने, मदत गर्ने, साथ दिने, अन्तर्दृष्टि दिने, र ज्योति दिने गर्नुहुन्छ। अनि अवश्य नै, उहाँले मानिसहरूलाई सजाय, न्याय, ताडना दिने, र अनुशासनमा राख्ने पनि गर्नुहुन्छ, र यसरी तिनीहरू दिनप्रतिदिन परिवर्तन भएको, तिनीहरूले दिनप्रतिदिन सामान्य मण्डली जीवन जिएको, र दिनप्रतिदिन तिनीहरूको जीवन वृद्धि भएको हेर्नुहुन्छ। तसर्थ, परमेश्‍वरले जे गर्नुहुन्छ त्यो सकारात्मक कुराहरूको वास्तविकता हो। मानवजातिमाझ, मानिसहरू परमेश्‍वरले चुकाउनुभएको ठूलो मूल्य, उहाँको महान् शक्ति, र उहाँको महिमाको प्रशंसा गर्छन्, तर परमेश्‍वरका वचनहरूमा, उहाँले मानिसहरूलाई कहिलेचाहिँ “मैले मानवजातिको लागि यो र त्यो गरेको छु, मैले धेरै त्याग गरेको छु; मानिसहरूले मेरो प्रशंसा र गुणगान गर्नैपर्छ” भनेर भन्‍नुभएको छ र? के परमेश्‍वरसित मानवजातिको लागि यस्ता मापदण्डहरू छन् र? छैनन्। यो परमेश्‍वर स्वयम् हुनुहुन्छ। परमेश्‍वरले मानिसहरूसित लेनदेन गर्न कहिल्यै सर्तहरू प्रयोग गर्नुभएको छैन र उहाँले यसो भन्‍नुभएको छैन, “मैले ख्रीष्टलाई तिमीहरूमाझ राखेको छु, तिमीहरूले उहाँलाई राम्रो व्यवहार गर्नुपर्छ, उहाँका वचनहरू सुन्‍नुपर्छ, उहाँमा समर्पित हुनुपर्छ, र उहाँलाई पछ्याउनुपर्छ। तिमीहरूले बाधा वा अवरोधहरू सिर्जना नगर्नू, उहाँले तिमीहरूलाई जे गर्न भन्‍नुहुन्छ त्यही गर्नू, जसरी गर्न भन्‍नुहुन्छ त्यसरी नै गर्नू, अनि जब सबथोक सम्पन्‍न हुन्छ, तब तिमीहरू सबैले श्रेय पाउनेछौ।” के परमेश्‍वरले कहिल्यै यस्तो कुरा भन्‍नुभएको छ र? के परमेश्‍वरको अभिप्राय यही हो र? होइन। बरु यसको उल्टो रूपमा, मानिसहरूलाई सधैँ विभिन्‍न उपायहरू लगाएर प्रलोभन, बन्धन, र नियन्त्रणमा पार्न खोज्ने र मानिसहरूको सबथोकको मालिक बन्‍न खोज्‍ने, र मानिसहरूलाई परमेश्‍वर छोडेर आफूसामु तान्‍न खोज्‍ने त ख्रीष्टविरोधीहरू हुन्। आफूले केही सानो कृत्य गर्नेबित्तिकै चारैतिर उद्‌घोष र घोषणा गर्ने ख्रीष्टविरोधीहरू हुन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको नम्रता र गोप्यतालाई बुझ्न, स्विकार्न, प्रशंसा गर्न, वा त्यसको गुणगान गर्न नसक्ने मात्र नभई, तिनीहरूले यी कुराहरूको तिरस्कार र ईशनिन्दासमेत गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव सारद्वारा निर्धारित हुन्छ।

आज हामीले ख्रीष्टविरोधीहरूले कसरी ख्रीष्टको सार अस्वीकार गर्छन् भन्‍ने कुराका तीनवटा प्रकटीकरणहरूबारे सङ्गति गरेका छौँ। यसबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याऔँ। के तिमीहरूसँग केही प्रश्नहरू छन्? (छैन।) त्यसोभए ठिक छ, जयमसीह!

नोभेम्बर २१, २०२०

फूटनोटहरू:

क. चिनियाँभाषीहरूले आफूभन्दा सानो व्यक्तिको थरअगाडि “साओ” राख्छन्।

अघिल्लो: विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक)

अर्को: परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्