क. ढोँगी फरिसीहरूलाई कसरी खुट्ट्याउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

वास्तवमा फरिसी के हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छ? के तिमीहरूको छेउछाउमा कुनै फरिसीहरू छन्? यी मानिसहरूलाई किन “फरिसीहरू” भनिन्छ? फरिसीहरूलाई कसरी व्याख्या गरिन्छ? तिनीहरू ढोँगी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफूले गर्ने हरेक काममा नाटक गर्छन्। तिनीहरूले के नाटक गर्छन्? आफू असल, दयालु, र सकारात्मक भएको नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? बिलकुलै हुँदैनन्। तिनीहरू ढोँगीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार कहाँ लुकेको हुन्छ? यो अरूले कहिल्यै नदेख्‍ने गरी तिनीहरूको हृदयभित्रको गहिराइमा लुकेको हुन्छ। बाहिर देखिने हरेक कुरा नाटक हुन्छ, यो सबै बनावटी हुन्छ, तर तिनीहरूले मानिसहरूलाई मात्र मूर्ख बनाउन सक्छन्; परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, यदि तिनीहरूले साँचो रूपमा परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्दैनन् भने, तिनीहरूले साँचो रूपमा सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूका वचनहरू सुन्दा जति नै मीठा लागे पनि, ती वचनहरू सत्यता वास्तविकता होइनन्, केवल शब्‍दहरू र धर्मसिद्धान्तहरू हुन्। केही मानिसहरूले शब्‍दहरू र धर्मसिद्धान्तहरूलाई सुगारटाइ गर्नमा मात्र ध्यान दिन्छन्, तिनीहरूले उच्‍च प्रवचन दिने जोकोहीको नक्‍कल गर्छन्, र नतिजास्वरूप केही वर्षभित्रमै तिनीहरूको शब्‍दहरू र धर्मसिद्धान्त वाचन कला झन्-झन् व्यापक बन्दै जान्छ र तिनीहरूलाई धेरै मानिसहरूले आदर र श्रद्धा गर्छन्, र त्यसपछि त तिनीहरूले छलावरण धारण गर्न थाल्छन्, अनि आफूले भन्‍ने र गर्ने कुरामा एकदमै धेरै ध्यान दिन र आफूलाई विशेष रूपमा धर्मी र आत्मिक देखाउन थाल्छन्। तिनीहरूले छलावरण धारण गर्नका लागि यी तथाकथित आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले बोल्ने कुरा यही हो, जुन बाहिरबाट हेर्दा आकर्षक हुन्छन् र ती मानिसहरूका धारणाहरूसित मिल्छन्, तर तिनमा सत्यता वास्तविकता हुँदैन। यी कुराहरूको प्रवचनमार्फत—मानिसहरूका धारणा र रुचिसँग मिल्दा यी कुराहरूमार्फत—तिनीहरूले धेरै मानिसहरूलाई बहकाउँछन्। अरूको लागि, यस्ता मानिसहरू अत्यन्तै भक्त र नम्र देखिन सक्छन्, तर यो वास्तवमा देखावटी मात्र हो; तिनीहरू सहनशील, धैर्य, र प्रेमिलो देखिन्छन्, तर यो वास्तवमा बहाना मात्र हो; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छौँ भनी भन्छन्, तर त्यो वास्तवमा नाटक मात्र हो। अरूले यस्ता मानिसहरूलाई पवित्र सोच्छन्, तर यो वास्तवमा नौटङ्की मात्र हुन्छ। साँचो रूपमा पवित्र व्यक्तिलाई कहाँ भेट्न सकिन्छ? मानव पवित्रता सबै देखावटी हो। यो सबै नाटक र बहाना मात्र हो। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरप्रति निष्ठावान् देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान् हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफैलाई परमेश्‍वरमा समर्पित गरेका छन्, र आफ्‍ना परिवार र जागिर छोडेका छन्। तर गोप्य रूपमा तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरको लागि काम गर्ने नाउँमा गोप्य रूपमा मण्डलीमा आफ्नै उद्यम सञ्‍चालन गरिरहेका र आफ्‍नै कारोबार अघि बढाइरहेका हुन्छन्, र मण्डलीबाट लाभ लिइरहेका र भेटी चोरिरहेका हुन्छन्…। यी मानिसहरू आधुनिक ढोँगी फरिसीहरू हुन्। फरिसीहरू कहाँबाट आउँछन् त? के तिनीहरू सबै गैरविश्‍वासीहरूबाट आउँछन्? होइन, तिनीहरू सबै नै विश्‍वासीहरूका माझबाट आउँछन्। किन यी मानिसहरू फरिसी बन्छन्? के कसैले तिनीहरूलाई त्यस्तो बनाएको हो? त्यस्तो अवश्य होइन। त्यसो भए, कारण के हो त? तिनीहरूको प्रकृति सार नै त्यस्तै हुने भएकोले र तिनीहरूले लिएको मार्गको कारणले यस्तो भएको हो। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रचार गर्ने साधन र मण्डलीबाट फाइदा लिने औजारको रूपमा मात्र प्रयोग गर्छन्। तिनीहरूले आफ्नो दिमाग र जिब्रोलाई परमेश्‍वरका वचनहरूले सुसज्‍जित पार्छन्, नक्‍कली आत्मिक सिद्धान्तहरू प्रचार गर्छन्, आफैलाई पवित्र व्यक्तिको रूपमा प्रस्तुत गर्छन्, र यी कुरालाई मण्डलीबाट फाइदा लिने उद्देश्य हासिल गर्ने पूँजीको रूपमा प्रयोग गर्छन्। तिनीहरूले धर्मसिद्धान्तहरूको प्रचार मात्रै गर्छन्, तर तिनीहरूले कहिल्यै पनि सत्यता अभ्यास गरेका हुँदैनन्। परमेश्‍वरको मार्ग कहिल्यै नपछ्याए पनि वचन र धर्मसिद्धान्तहरूलाई प्रचार गर्ने कार्यलाई जारी राख्‍ने यी कस्ता प्रकारका मानिसहरू हुन् त? यी ढोँगी फरिसीहरू हुन्। तिनीहरूको सानोतिनो, र कथित असल व्यवहार र आचरण, र तिनीहरूले त्यागेको र समर्पित गरेको त्यो थोरै कुरा, ती सबै आफूलाई नियन्त्रण गरेर अनि आफ्‍नै हिसाबले आफूलाई राम्रो देखाएर आएका कुरा हुन्; ती कार्यहरू पूर्ण रूपमा देखावटी हुन्, र ती सबै नाटक हुन्। यी मानिसहरूका हृदयमा, परमेश्‍वरको लागि अलिकति पनि डर हुँदैन, न त तिनीहरूसँग कुनै सच्‍चा विश्‍वास नै हुन्छ। त्योभन्दा पनि बढी, तिनीहरू अविश्‍वासीहरू हुन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू यस्तो प्रकारको मार्गमा हिँड्नेछन्, र तिनीहरू फरिसीहरू बन्‍नेछन्। के त्यो कुरा डरलाग्दो छैन र? फरिसीहरू भेला हुने धर्मका स्थानहरू बजार बन्छन्। परमेश्‍वरको नजरमा, यो धर्म हो; त्यो परमेश्‍वरको मण्डली होइन, न त त्यो उहाँलाई आराधना गरिने ठाउँ नै हो। तसर्थ, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरूले परमेश्‍वरका वाणीहरूका जति नै ठेट शब्‍दहरू र सतही धर्मसिद्धान्तहरूले आफूलाई सुसज्‍जित पारे पनि, यसको कुनै काम हुनेछैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू

फरिसीहरू ढोङ्गी हुनुका कारण, तिनीहरू दुष्ट हुनुको कारण के हो भने तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् तर ज्ञानलाई प्रेम गर्छन्, त्यसकारण तिनीहरूले धर्मशास्त्रको अध्ययन गर्छन् र धर्मशास्त्रीय ज्ञान पछ्याउँछन् तैपनि सत्यता वा परमेश्‍वरका वचनहरूलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा उहाँलाई प्रार्थना गर्दैनन्, न त तिनीहरूले सत्यताको खोजी वा सङ्गति नै गर्छन्। बरु, तिनीहरूले परमेश्‍वरका वचनहरू अध्ययन गर्छन्, परमेश्‍वरले भन्‍नुभएको र गर्नुभएको कुरा अध्ययन गर्छन्, यसरी परमेश्‍वरका वचनहरूलाई सिद्धान्तवाद, अरूलाई सिकाउने विषयमा परिणत गर्छन्, जसलाई विद्वत्तापूर्ण अध्ययन भनिन्छ। तिनीहरू किन विद्वत्तापूर्ण अध्ययनमा संलग्‍न हुन्छन्? तिनीहरूले के अध्ययन गरिरहेका हुन्छन्? तिनीहरूको नजरमा, यो परमेश्‍वरका वचनहरू वा परमेश्‍वरको अभिव्यक्ति होइन, सत्यता हुनु त परको कुरा हो। बरु, यो एक प्रकारको विद्वत्ता हो, वा यसलाई धर्मशास्त्रीय ज्ञान समेत भन्‍न सकिन्छ। तिनीहरूको दृष्टिकोणमा, यो ज्ञान, यो विद्वत्ता प्रचार गर्नु भनेको परमेश्‍वरको मार्ग फैलाउनु, सुसमाचार प्रचार गर्नु हो—तिनीहरूले यसैलाई प्रचार भन्छन्, तर तिनीहरूले प्रचार गर्ने सबै कुरा धर्मशास्त्रीय ज्ञान मात्रै हुन्छ।

… फरिसीहरूले आफूले बुझेका धर्मशास्त्रीय सिद्धान्तहरूलाई ज्ञान र मानिसहरूलाई मूल्याङ्कन गर्ने र दोष दिने औजारका रूपमा लिएका थिए, र यसलाई तिनीहरूले प्रभु येशूमाथि समेत प्रयोग गरे। प्रभु येशूलाई यसरी नै दोषी ठहराइएको थियो। तिनीहरूले कुनै व्यक्तिलाई मूल्याङ्कन गर्ने वा व्यवहार गर्ने तरिका कहिल्यै पनि व्यक्तिको सारमा, न त व्यक्तिले प्रचार गरेको कुरा सत्यता हो कि होइन भन्‍ने कुरामा नै निर्भर हुन्थ्यो, व्यक्तिले बोलेका वचनहरूको स्रोतमा निर्भर हुनु त परको कुरा हो—फरिसीहरूले व्यक्तिलाई मूल्याङ्कन गर्ने वा दोष दिने तरिका तिनीहरूले बाइबलको पुरानो करारबाट बुझेका प्रावधान, वचन, र धर्मसिद्धान्तमा मात्रै निर्भर हुन्थ्यो। प्रभु येशूले भन्‍नुभएको र गर्नुभएका कुराहरू पाप वा व्यवस्था उल्लङ्घन होइनन् भन्‍ने कुरा फरिसीहरूलाई हृदयमा थाहा भए पनि, तिनीहरूले उहाँलाई दोषी ठहराए, किनभने उहाँले व्यक्त गर्नुभएका सत्यताहरू र उहाँले प्रदर्शन गर्नुभएका चिन्ह र चमत्कारहरूले गर्दा धेरै मानिसहरूले उहाँलाई पछ्याउन र प्रशंसा गर्न थालेका थिए। फरिसीहरूले उहाँलाई झन्-झन् घृणा गरिरहेका थिए, र उहाँलाई दृश्यबाट हटाउन समेत चाहन्थे। तिनीहरूले प्रभु येशू नै आउनेवाला मसीह हुनुहुन्छ भनेर पहिचान गरेनन्, न त तिनीहरूले उहाँका वचनहरूमा सत्यता छ भन्‍ने कुरालाई नै पहिचान गरे, उहाँको काम सत्यता अनुरूप छ भन्‍ने कुरालाई पहिचान गर्नु त परको कुरा हो। तिनीहरूले प्रभु येशूले अहङ्कारी वचनहरू बोलिरहनुभएको र भूतहरूका राजकुमार बालजिबूलमार्फत भूतहरू निकालिरहनुभएको भनेर आलोचना गरे। तिनीहरूले यी पापहरूको दोष प्रभु येशूलाई लगाए भन्‍ने कुराले तिनीहरूले उहाँलाई कति धेरै घृणा गर्थे भन्‍ने कुरालाई देखाउँछ। त्यसकारण, तिनीहरूले प्रभु येशूलाई परमेश्‍वरले पठाउनुभएको हो, र उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ, र उहाँ मसीह हुनुहुन्छ भन्‍ने कुरालाई इन्कार गर्न जोरदार रूपमा काम गरे। तिनीहरूको तात्पर्य के थियो भने, “के परमेश्‍वरले यस्तो तरिकाले काम गर्नुहुनेथियो? यदि परमेश्‍वर देहधारी हुनुभएको भए, उहाँ प्रतिष्ठित हैसियत भएको परिवारमा जन्‍मनुहुनेथियो। अनि उहाँले शास्त्रीहरू र फरिसीहरूको अभिभावकत्व स्वीकार गर्नुपर्ने हुन्थ्यो। उहाँले ‘देहधारी परमेश्‍वर’ को नाम धारण गर्न सक्नुभन्दा पहिले धर्मशास्त्रलाई व्यवस्थित रूपमा अध्ययन गर्नुपर्ने, धर्मशास्त्रको ज्ञान बुझ्नुपर्ने, र धर्मशास्त्रका सबै ज्ञानहरूले आफूलाई सुसज्‍जित गर्नुपर्ने हुन्थ्यो।” तर प्रभु येशूमा यो ज्ञानले सुसज्जित हुनुहुन्‍नथियो, त्यसकारण तिनीहरूले यसो भन्दै उहाँलाई दोष दिए, सर्वप्रथम, तपाईंसँग त्यस्तो योग्यता छैन, तसर्थ तपाईं परमेश्‍वर हुन सक्‍नुहुन्‍न; दोस्रो कुरा, यो धर्मशास्त्रीय ज्ञानविना, तपाईंले परमेश्‍वरको कार्य गर्न सक्‍नुहुन्‍न, तपाईँ परमेश्‍वर हुन सक्‍ने कुरा त परै जाओस्; तेस्रो, तपाईंले मन्दिरभन्दा बाहिर काम गर्न हुँदै हुँदैन—तपाईंले अहिले मन्दिरमा काम गरिरहनुभएको छैन, तर सधैँ पापीहरूका बीचमा बस्‍नुहुन्छ, त्यसकारण तपाईंले गर्नुहुने काम धर्मशास्‍त्रको दायराभन्दा बाहिर छ, जसले गर्दा तपाईँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा झन् असम्भव हुन्छ। तिनीहरूको दोषारोपणको आधार कहाँबाट आयो त? धर्मशास्त्रबाट, मानिसको मन-मस्तिष्कबाट, र तिनीहरूले प्राप्त गरेको धर्मशास्‍त्रीय शिक्षाबाट। फरिसीहरू धारणा, कल्‍पना, र ज्ञानले फूलेका थिए, त्यसकारण तिनीहरूले यो ज्ञान सही हो, सत्यता हो, मान्य आधार हो, र कुनै पनि समयमा परमेश्‍वरले यी कुराहरूलाई उल्‍लङ्घन गर्न सक्‍नुहुन्‍न भन्‍ने विश्‍वास गर्थे। के तिनीहरूले सत्यताको खोजी गरे त? तिनीहरूले खोजी गरेनन्। तिनीहरूले के खोजी गरे? आत्मिक शरीरका रूपमा देखा परेका अलौकिक परमेश्‍वर। त्यसकारण, तिनीहरूले परमेश्‍वरको कामका रूपरेखा निर्धारित गरे, उहाँको कामलाई इन्कार गरे, र मानिसका धारणा, कल्पना, र ज्ञान अनुसार परमेश्‍वर सही हुनुहुन्छ कि गलत हुनुहुन्छ भनेर मूल्याङ्कन गरे। अनि यसको अन्तिम परिणाम के भयो? तिनीहरूले परमेश्‍वरको कामलाई निन्दा गरेका मात्र होइनन्, तिनीहरूले देहधारी परमेश्‍वरलाई क्रूसमा समेत टाँगे। तिनीहरूले परमेश्‍वरलाई मूल्याङ्कन गर्नका लागि आफ्ना धारणा, कल्पना, र ज्ञान प्रयोग गर्नुको परिणाम यही थियो, र तिनीहरूको दुष्टता यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)

फरिसीहरू धर्मसिद्धान्तहरूको प्रचार गर्न र नाराहरू फलाक्नमा उत्कृष्ट थिए। तिनीहरू प्रायः बाटोको कुनामा बसेर “ओहो, शक्तिमान् परमेश्‍वर!” वा “श्रद्धेय परमेश्‍वर!” भन्दै चिच्च्याउँथे। अरूका नजरमा, तिनीहरू अत्यन्तै धर्मी देखिन्थे, र तिनीहरूले व्यवस्थाविरुद्ध केही गर्दैनथे, तर के परमेश्‍वरले तिनीहरूको अनुमोदन गर्नुभयो त? गर्नुभएन। उहाँले तिनीहरूको निन्दा कसरी गर्नुभयो? उहाँले तिनीहरूलाई पाखण्डी फरिसीको नाम दिएर निन्दा गर्नुभयो। विगतका समयमा फरिसीहरू इस्राएलका सम्मानित वर्ग थिए, त्यसोभए अहिले त्यो नाम किन लेबल बनेको छ? यस्तो किन भयो भने फरिसीहरू एक खाले व्यक्तिको प्रतिनिधि बनेका छन्। यस प्रकारको व्यक्तिका विशेषताहरू के-के हुन् त? तिनीहरू झूटो हुनमा, देखावटी गर्नमा, ढोँग गर्नमा सिपालु छन्; तिनीहरू महान् आदर्श, पवित्रता, सोझोपन, र पारदर्शी शालीनताको नाटक गर्छन्, र तिनीहरूले फलाक्ने नाराहरू राम्रा सुनिन्छन्, तर तिनीहरूले त अलिकति पनि सत्यता अभ्यास नगर्ने रहेछन्। तिनीहरूसँग कुन चाहिँ असल व्यवहार रहेछ त? तिनीहरू पवित्र पुस्तक पढ्छन् र प्रवचन दिन्छन्; तिनीहरू अरूलाई कानुन र नियमहरू कायम राख्न अनि परमेश्‍वरको प्रतिरोध नगर्न सिकाउँछन्। यो सबै असल व्यवहार हो। तिनीहरूले भन्‍ने हरेक कुरा राम्रो सुनिन्छ, तैपनि जब अरू पछाडि फर्कन्छन् तिनीहरू गोप्य रूपमा भेटीहरू चोर्छन्। प्रभु येशूले तिनीहरूले “भुसुना छान्छन् र उँटलाई चाहिँ निल्छन्” (मत्ती २३:२४) भनी भन्‍नुभयो। यसको मतलब, तिनीहरूको सबै व्यवहार बाहिरी रूपमा राम्रो देखिन्छ—तिनीहरूले देखाउनको लागि नारा लगाउँछन्, तिनीहरूले उच्च सिद्धान्तहरूको बारेमा बोल्छन्, र तिनीहरूका वचनहरू मीठा सुनिन्छ, तर तिनीहरूका कार्यहरू भने अस्तव्यस्त भद्रगोल हुन्छन्, र तिनीहरू पूर्णतया परमेश्‍वरको प्रतिरोधी हुन्छन्। तिनीहरूको बाहिरी व्यवहार सबै नै बहाना र धोका हुन्; तिनीहरूको हृदयमा तिनीहरूसँग सत्यताप्रति अलिकति पनि प्रेम हुँदैन, न त सकारात्मक कुराहरूको लागि नै प्रेम हुन्छ। तिनीहरू सत्यताप्रति, सकारात्मक कुराहरूप्रति र परमेश्‍वरबाट आउने सबै कुराहरूप्रति प्रतिकूल हुन्छन्। तिनीहरूले केलाई प्रेम गर्छन् त? के तिनीहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्छन् त? (गर्दैनन्।) तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भनेर तिमीहरूले कसरी भन्‍न सक्छौ? (प्रभु येशूले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो जसलाई तिनीहरूले अस्वीकार मात्र गरेनन्, बरु तिनीहरूले त त्यसलाई दोषी ठहराउने कामसमेत गरे।) यदि तिनीहरूले त्यसको निन्दा नगरेका भए, के त्यो कुरा बताउन सम्भव हुनेथ्यो? हुनेथिएन। प्रभु येशूको देखापराइ र कामले सबै फरिसीहरूको खुलासा गर्‍यो, र तिनीहरूले प्रभु येशूलाई गरेको निन्दा र प्रतिरोधद्वारा मात्र अरूले तिनीहरूको पाखण्ड देख्न सक्थे। यदि परमेश्‍वरको देखापराइ र काम नभएको भए, फरिसीहरूलाई कसैले पनि खुट्याउने थिएन, र यदि मानिसहरूले फरिसीहरूको बाहिरी आचरणलाई मात्र हेरेको भए, त्यसले तिनीहरूलाई ईर्ष्यालु समेत बनाउनेथ्यो। के फरिसीहरूले झूटो असल व्यवहार देखाएर मानिसहरूको विश्‍वास प्राप्त गर्नु बेइमानी र छली थिएन र? के यस्ता छली मानिसहरूले सत्यतालाई प्रेम गर्न सक्छन् र? तिनीहरूले कदापि सक्दैनन्। तिनीहरूले असल आचरण देखाउनु पछाडिको उद्देश्य के थियो? एकातिर मानिसहरूलाई ठग्नु थियो। अर्कोतिर, मानिसहरूलाई बहकाएर तिनीहरूको मन जित्नु थियो, ताकि मानिसहरूले तिनीहरूलाई उच्च ठानून् र आदर गरून्। र अन्त्यमा, तिनीहरू इनाम प्राप्त गर्न चाहन्थे। यो त कत्रो ठूलो ठगी थियो! के यी चलाखीपूर्ण चालबाजी थिए? के यस्ता मानिसहरूले न्याय र धार्मिकतालाई प्रेम गर्थे? निश्चय नै गर्दैनथे। तिनीहरू हैसियत, प्रसिद्धि र लाभलाई प्रेम गर्थे, र तिनीहरू इनाम र मुकुट चाहन्थे। तिनीहरू परमेश्‍वरले मानिसहरूलाई सिकाएका वचनहरू कहिल्यै अभ्यास गर्दैनथे, र तिनीहरूले कहिल्यै सत्यताका वास्तविकताहरू जिउँदैनथे। तिनीहरू राम्रो आचरणको खोल ओढ्ने र मानिसहरूलाई छल्ने अनि पाखण्डी तरिकाले तिनीहरूको मन जितेर आफ्नो हैसियत र ख्याति जोगाउने काम मात्र गर्थे, र त्यही हैसियत र ख्यातिलाई प्रयोग गरेर पुँजीको खोजी गर्थे र त्यसैबाट जीवन गुजारा गर्थे। के त्यो घृणित कार्य होइन र? तिनीहरूको यो आचरणबाट तैँले बुझ्न सक्छस् कि सारभूत रूपमा तिनीहरू सत्यतालाई प्रेम गर्दैनथे, किनकि तिनीहरूले त्यसको अभ्यास कहिल्यै गरेनन्। तिनीहरूले सत्यता अभ्यास नगरेको तथ्यलाई कुन कुराले देखाउँछ? सबैभन्दा ठूलो कुरा: प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो, र प्रभु येशूले बोल्नुभएका सबै वचनहरू सत्यता हुन् र तिनको अख्तियार छ। फरिसीहरूले यसको प्रतिक्रिया कसरी दिए? प्रभु येशूका वचनहरूमा अख्तियार र शक्ति छ भनी तिनीहरूले स्विकारे पनि, तिनीहरूले तिनलाई नस्विकारेको मात्र नभई तिनको भर्त्सना र ईशनिन्दा समेत गरे। त्यो केको लागि थियो? त्यो किन थियो भने तिनीहरूले सत्यतालाई प्रेम गर्दैनथे, र तिनीहरू हृदयदेखि नै सत्यताको प्रतिकूल थिए र सत्यतालाई घृणा गर्थे। प्रभु येशूले भन्‍नुभएको सबै कुरामा उहाँ सही हुनुहुन्थ्यो, उहाँका वचनहरूमा अख्तियार र शक्ति थियो, उहाँ कुनै रूपले गलत हुनुहुन्थेन, र उहाँमाथि तिनीहरूको कुनै प्रभाव थिएन भनी तिनीहरूले स्विकारे। तर तिनीहरू प्रभु येशूलाई निन्दा गर्न चाहन्थे, त्यसैले तिनीहरूले छलफल र षड्यन्त्र गरे, र “उहाँलाई क्रुसमा टाँगे। कि त ऊ रहनेछैन, कि हामी रहनेछैनौँ” भने, र फरिसीहरूले प्रभु येशूलाई यसरी नै अवज्ञा गरे। त्यसबेला कसैले पनि सत्यता बुझेन, र कसैले पनि प्रभु येशूलाई देहधारी परमेश्‍वर भनेर चिन्‍न सकेन। तर मानव दृष्टिकोणबाट हेर्दा, प्रभु येशूले धेरै सत्यताहरू व्यक्त गर्नुभयो, पिशाचहरूलाई निष्कासन गर्नुभयो, र बिरामीहरूलाई निको पार्नुभयो। उहाँले थुप्रै आश्चर्यकर्महरू गर्नुभयो, पाँच वटा रोटी र दुईवटा माछाले नै ५,००० जनालाई भोजन गराउनुभयो, अनेकौँ असल कार्यहरू गर्नुभयो, र मानिसहरूलाई अति धेरै अनुग्रह प्रदान गर्नुभयो। यस्ता असल र धर्मी मानिसहरू कमै मात्र हुन्छन्, त्यसोभए फरिसीहरू किन प्रभु येशूको निन्दा गर्न चाहन्थे? तिनीहरू किन उहाँलाई क्रुसमा टाँग्न त्यति दृढ थिए? तिनीहरूले प्रभु येशूको साटो कुनै अपराधीलाई छोड्न चाहनुले धार्मिक संसारका फरिसीहरू कति दुष्ट र दुर्भावनापूर्ण थिए भन्‍ने कुरा देखाउँछ। तिनीहरू अति नै दुष्ट थिए! फरिसीहरूले लुकाएको दुष्ट मुहार र तिनीहरूको देखावटी, बाहिरी दयाबीचको भिन्‍नता यति ठूलो थियो कि धेरै मानिसहरूले कुन साँचो हो र कुन झूटो हो भनी छुट्याउनै सकेनन्, तर प्रभु येशूको देखापराइ र कामले ती सबैको खुलासा गरिदियो। फरिसीहरूले प्रायः यति राम्ररी आफ्नो भेष बदल्थे र बाहिरी रूपले तिनीहरू यतिसम्म धार्मिक देखिन्थे कि तिनीहरूले त्यति क्रूर तरिकाले प्रभु येशूलाई प्रतिरोध गर्न र सताउन सक्छन् भनेर कसैले कल्पना समेत गरेको थिएन होला। यदि तथ्यहरू खुलासा नगरिएको भए, तिनीहरूको सारलाई कसैले पनि चिन्‍न सक्ने थिएनन्। देहधारी परमेश्‍वरले दिनुभएको सत्यताको अभिव्यक्तिले मान्छेको बारेमा अत्यन्तै धेरै खुलासाहरू गर्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

कतिपय नयाँ प्रकाश स्विकार्न सक्नेहरू पनि छन्, तर तिनीहरूको अभ्यास गर्ने विधिहरू परिवर्तन हुँदैनन्। परमेश्‍वरका आजका वचनहरू बुझ्‍ने प्रयासमा तिनीहरूले आफूसँग तिनीहरूका पुराना धार्मिक धारणाहरू लिएर आउँछन्, त्यसैले उनीहरूले जे बुझ्छन् त्यो अझै पनि धार्मिक धारणाले रङ्गिएको धर्मसिद्धान्त नै हो; तिनीहरूले केवल आजको प्रकाश स्विकारिरहेका छैनन्। परिणामस्वरूप, तिनीहरूको अभ्यासहरूमा दाग लागेको छ; तिनीहरू नयाँ प्याकेजमा हालिएका उस्तै पुराना अभ्यासहरू हुन्। तिनीहरूले जति राम्रो अभ्यास गरे पनि, तिनीहरू ढोङ्गीहरू हुन्। परमेश्‍वरले मानिसहरूलाई हरेक दिन नयाँ अन्तर्दृष्टि र बुझाइ प्राप्त गरून् भन्‍ने माग गर्दै, र उनीहरू पुरानो जमानाका र एउटै कुरा दोहोर्‍याइरहने किसिमका नबनून् भन्‍ने मापदण्ड दिँदै उहाँले तिनीहरूलाई हरेक दिन नयाँ काम गर्न अगुवाइ गर्नुहुन्छ। यदि तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस् तर पनि तेरो अभ्यासका विधिहरू बिलकुल परिवर्तन भएको छैन भने, र यदि तँ अझै बाह्य मामिलाहरूका बारेमा जोसिलो र व्यस्त छस्, तर परमेश्‍वरका वचनहरूको आनन्द लिनको लागि उहाँको सामुन्ने ल्याउने शान्त हृदय तँसँग छैन भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। जब परमेश्‍वरको नयाँ काम स्वीकार गर्ने कुरा आउँछ, तब यदि तैँले फरक तरिकाले योजना गर्दैनस् भने, आफ्‍नो अभ्यासलाई नयाँ तरिकाले अघि बढाउँदैनस्, र कुनै नयाँ बुझाइको पछि लाग्दैनस्, बरु तैँले अभ्यास गर्ने शैलीलाई परिवर्तन नगरीकन पुरानोलाई पक्रिरहन्छस् र केही सीमित नयाँ प्रकाश मात्र स्विकार्छस् भने, तँजस्ता मानिसहरू यो प्रवाहमा नामले मात्र हुन्छन्; वास्तविकतामा त, तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिरका धार्मिक फारसीहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

कतिपय मानिसहरूलाई आफूतर्फ ध्यान खिच्नेप्रति विशेष रुचि हुन्छ। आफ्नो दाजुभाइ र दिदीबहिनीहरूको उपस्थितिमा उनीहरूले आफू परमेश्‍वरको ऋणी भएको बताउन सक्छन् तर तिनीहरूको पिठ्यूँपछाडि उनीहरू सत्यको अभ्यास गर्दैनन् र सम्पूर्ण रूपमा फरक तरिकाले व्यवहार गर्दछन्। के उनीहरू पाखण्डी फरिसीहरू होइनन् र? परमेश्‍वरलाई वास्तविक रूपमा माया गर्ने र सत्यता धारण गरेको व्यक्ति भनेको त्यस्तो व्यक्ति हो जो परमेश्‍वरप्रति बफादार हुन्छ तर बाह्य रूपमा कुनै पनि देखावटी व्यवहार प्रदर्शन गर्दैन। त्यस्तो व्यक्ति परिस्थिति आइपरेमा सत्यको अभ्यास गर्न इच्छुक हुन्छ र आफ्नो विवेकको विरुद्ध हुने गरी बोल्ने र कार्य गर्ने गर्दैन। यस्तो व्यक्तिले अवस्थाहरू आई परेमा बुद्धिको प्रदर्शन गर्छ र परिस्थिति जस्तोसुकै भए तापनि ऊ आफ्नो कार्यहरूमा अनुशासित रहन्छ। यस प्रकारको व्यक्तिले साँचो सेवा प्रदान गर्न सक्छ। यहाँ केही यस्ता छन् जो परमेश्‍वरप्रतिको ऋणीपनको लागि प्रायः मुखले मात्र सेवा गर्दछन्; उनीहरू आँखीभौँहरू चिन्तामा डुबेको देखाउँदै, कृत्रिमता अपनाउँदै र दयनीय भएको स्वाङ पार्दै दिन बिताउँछन्। कस्तो घृणा लाग्दो कुरो! यदि तैँले उनीहरूलाई “के तपाईंले तपाईं कसरी परमेश्‍वरप्रति ऋणी हुनुहुन्छ भनेर मलाई भन्न सक्नुहुन्छ?” भनेर सोधिस् भने उनीहरू अवाक् हुनेछन्। यदि तँ परमेश्‍वरप्रति बफादार छस् भने तैँले यसको बारेमा बाह्य रूपमा नबता; बरु वास्तविक अभ्यासमार्फत परमेश्‍वरप्रतिको प्रेम प्रदर्शित गर्, र साँचो हृदयले उहाँलाई प्रार्थना गर्। परमेश्‍वरसँग केवल मुखले र झारो टार्न मात्र व्यवहार गर्ने व्यक्तिहरू पाखण्डीहरू हुन्! कोही भने हरेक पल्ट प्रार्थना गर्दा परमेश्‍वरप्रति ऋणी भएको कुरा गर्छन्, र पवित्र आत्माद्वारा प्रेरित नभईकन पनि हरेक पल्ट प्रार्थना गर्दा रुन थाल्छन्। यस्ता व्यक्तिहरू धार्मिक विधिविधानहरू र धारणाहरूको अधीनमा हुन्छन्; उनीहरू सधैँ यस्ता कार्यहरूले परमेश्‍वर खुशी हुनुहुनेछ र उहाँले सतही भक्ति वा शोकाकुल आँशुहरूलाई रुचाउनुहुन्छ भनेर विश्‍वास गर्दै यस्तै धार्मिक विधिविधानहरू र धारणाहरूसँगै बाँच्ने गर्छन्। यस्ता हास्यास्पद मानिसहरूबाट के राम्रो कुरा आउन सक्छ र? कोही भने विनम्रता प्रदर्शित गर्नको लागि अन्य व्यक्तिहरूको उपस्थितिमा कुरा गर्दा शालीनताको ढोंग रच्छन्। कोही चाहिँ अन्य व्यक्तिहरूको उपस्थितिमा एक त्यान्द्रो बल पनि नभएको भेडाको पाठो झैं बनेर जानाजान दास जस्तो बन्छन्। के यो राज्यका मानिसहरूलाई सुहाउने आचरण हो? राज्यका मानिसहरू त सजीव र स्वतन्त्र, निर्दोष र खुला मनको, इमानदार र प्यारो हुनुपर्छ अनि स्वतन्त्रताको स्थितिमा बाँचिरहेको हुनुपर्छ। उनीहरूमा निष्ठा र प्रतिष्ठा हुनुपर्छ र जहाँसुकै जाँदा पनि साक्षीको रूपमा खडा हुनसक्‍ने हुनुपर्छ; यस्ता मानिसहरूलाई परमेश्‍वर र मानिस दुवैले माया गर्छन्। विश्‍वासमा अनुभव रहित मानिसहरूसँग एकदमै धेरै देखावटी अभ्यासहरू हुन्छन्; उनीहरूले सर्वप्रथम काटछाँट वा विच्छिन्नताको अवधिबाट गुज्रनुपर्छ। भित्रदेखि नै परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई बाहिरबाट अन्य व्यक्तिहरूबाट भिन्‍नता छुट्याउन सकिँदैन, तर उनीहरूका व्यवहार र कार्यहरू प्रशंसा योग्य हुन्छन्। त्यस्ता मानिसहरूलाई मात्र परमेश्‍वरको वचनमा जिइरहेका छन् भनेर भन्न सकिन्छ। यदि तँ हरेक दिन विविध मानिसहरूमाझ उनीहरूलाई मुक्ति प्रदान गर्ने हेतुले सुसमाचार प्रचार गर्छस्, तर तँ अन्ततः अझै पनि नियमहरू र सिद्धान्तहरू अनुरूप जिउँछस् भने तैँले परमेश्‍वरमा महिमा ल्याउन सक्दैनस्। त्यस्ता व्यक्तिहरू धर्मानुरागी व्यक्तित्वहरू हुनुका साथसाथै पाखण्डीहरू हुन्। जब-जब यस्ता धार्मिक मानिसहरू धार्मिक जमघटमा जान्छन्, उनीहरूले सोध्न सक्छन्, “बहिनी, तपाईं हाल कस्तो हुनुहुन्छ?” उनले उत्तर दिन सक्छिन्, “मलाई लाग्छ, म परमेश्‍वरको ऋणी छु, र मैले उहाँको इच्छा परिपूर्ति गर्न सक्दिन जस्तो लाग्छ”। अर्कोले भन्न सक्छ, “म पनि परमेश्‍वरको ऋणी भएको महसुस गर्छु, र मैले उहाँका अभिप्रायहरू पूरा गर्न सक्दिन जस्तो लाग्छ”। यी केही वाक्यहरू र शब्दहरू मात्रले पनि उनीहरू भित्र भएको घृणित कुराहरूलाई व्यक्त गर्दछन्; यी शब्दहरू घृणायोग्य छन्, र अति नै घिनलाग्दा छन्। यस्ता मानिसहरूको स्वभाव परमेश्‍वरको विरुद्धमा हुन्छ। यथार्थमा जोड दिने मानिसहरूले आफ्नो मस्तिष्कमा जे छ ती सबै कुराहरू बताउँछन्, र सङ्गतिमा आफ्नो मनको कुरा खोल्छन्। उनीहरू केवल एउटा पनि गलत अभ्यासमा संलग्न हुँदैनन्, उनीहरूले न त त्यस्तो शिष्टाचार प्रदर्शित गर्छन् न त खोक्रो हाँसि-मजाक नै गर्छन्। उनीहरू सँधै सीधा कुरा गर्ने हुन्छन्, र उनीहरूले कुनै पनि बाहिरी नियमहरूको पालना गर्दैनन्। केही मानिसहरूलाई बाह्य प्रदर्शनमा रुचि हुन्छ, र त्यो पूरै विवेक गुमाउने हदसम्मको पनि हुन सक्छ। जब कसैले गीत गाउँछ, उनीहरू नाच्न सुरु गर्छन्, उनीहरूलाई आफ्नो भाँडोमा भात डढी सक्यो भन्‍ने ख्याल पनि रहँदैन। यस्ता मानिसहरू धार्मिक वा सम्मान योग्य हुँदैनन् र उनीहरू अति नै हल्का स्वभावका हुन्छन्। यी सबै कुराहरू यथार्थ विहीनताको प्रकटीकरणहरू हुन्। जब केही मानिसहरूले आत्मिक जीवनका विषयहरूको बारेमा सङ्गति गर्छन्, उनीहरूले परमेश्‍वरसँग ऋणी भएको कुरा नगरे तापनि उनीहरूमा भित्र कहीँ उहाँप्रतिको साँचो प्रेम हुन्छ। अन्य मानिसहरूसँग परमेश्‍वरप्रति रहेको तपाईंहरूको ऋणीपनको भावनाको कुनै सम्बन्ध हुँदैन; तपाईंहरू परमेश्‍वरप्रति ऋणी हुनुहुन्छ, तर मानवतासँग ऋणी हुनुहुन्न। तपाईंहरूले सधैँ अन्य व्यक्तिहरूसँग यसको बारेमा कुरा गर्नुको के अर्थ हुन्छ? तपाईंहरूले वास्तविकतामा प्रवेश गर्ने कुरामा महत्त्व दिनुपर्छ, बाह्य उत्साह वा प्रदर्शनमा होइन। मानिसहरूका सतही असल कार्यहरूले केलाई प्रतिनिधित्व गर्छन्? तिनीहरूले देहको प्रतिनिधित्व गर्छन्, र बाह्य अभ्यासहरूमध्ये सर्वोत्तम अभ्यासले पनि जीवनको प्रतिनिधित्व गर्दैन; तिनीहरूले तेरो व्यक्तिगत मनोवृत्तिलाई मात्रै दर्शाउँछ। मानवजातिको बाह्य अभ्यासहरूले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न सक्दैनन्। तँ निरन्तर आफू परमेश्‍वरप्रति ऋणी भएको छु भनी भन्छस्, तर तैँले अन्य व्यक्तिहरूको जीवनलाई परिपूर्ति गर्दैनस् वा परमेश्‍वरलाई प्रेम गर्ने तिनीहरूको हृदयलाई जगाउन सक्दैनस्। के तँ तेरा कार्यहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्छ भनेर विश्‍वास गर्छस्? तँलाई के लाग्छ भने तैँले यसरी व्यवहार गर्नु परमेश्वरको अभिप्राय हो, र तेरा कार्यहरू आत्मिक छन्, तर वास्तवमा, तिनीहरू सबै हास्यास्पद छन्। जुन कुराले तँलाई खुशी तुल्याउँछ र तँ जे गर्न चाहन्छस् तिनै कुराहरूमा परमेश्‍वर खुशी हुनुहुन्छ भनेर तँ विश्‍वास गर्छस्। के तेरो मन पर्ने कुराहरूले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ त? के व्यक्तिको चरित्रले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ त? जुन कुराले तँलाई खुशी तुल्याउँछ, सोही कुरालाई नै परमेश्‍वरले घृणा गर्नुहुन्छ, र तेरो बानी-व्यहोरा नै ती कुरा हुन् जसलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ। यदि तँ ऋणी भएको अनुभव गर्छस् भने परमेश्‍वरको सामने गएर प्रार्थना गर्; यसको बारेमा अन्य व्यक्तिहरूसँग कुरा गर्न जरुरी छैन। यदी तैँले परमेश्‍वरको अगाडि प्रार्थना गर्दैनस् भने, र अन्य व्यक्तिहरूको उपस्थितिमा निरन्तर आफूतर्फ मात्रै ध्यान आकर्षित गर्छस् भने, के यसले परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट गर्न सक्छ र? यदि तेरा कार्यहरू केवल देखावटी रूपमा मात्र विद्यमान रहन्छन् भने यसको मतलब तँ चरम रूपमा बेकामे छस् भन्‍ने हुन्छ। ती कस्ता आचरणका मानिसहरू हुन् जो केवल सतही असल कार्य गर्दछन् र वास्तविकता विहीन रहन्छन्? त्यस्ता मानिसहरू केवल पाखण्डी फरिसीहरू र धार्मिक व्यक्तित्वहरू मात्रै हुन्। यदि तिमीहरूले बाह्य अभ्यासलाई त्याग्दैनौ र परिवर्तन गर्न सक्दैनौ भने तिमीहरूभित्र भएको पाखण्डीपन झन्-झन् मौलाउनेछ। तिमीहरूभित्र पाखण्डीपनका तत्वहरू जति धेरै ठूलो भयो, परमेश्‍वर विरुद्धको प्रतिरोध पनि त्यति नै धेरै हुन्छ। अन्त्यमा, त्यस्ता मानिसहरूलाई हटाइनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन

कतिपय मानिसहरूले काम र प्रचार गर्न, र अरूलाई आपूर्ति गर्न मात्र आफूलाई सत्यताहरूले सुसज्‍जित पार्छन्, आफ्नो समस्या समाधान गर्न त्यसो गर्दैनन्, र ती सत्यता अभ्यास पनि गर्दैनन्। तिनीहरूको सङ्गति शुद्ध बुझाइको र सत्यताअनुरूप होला, तर तिनीहरूले आफूलाई यसमा मापन गर्दैनन्, न त त्यो अभ्यास वा अनुभव नै गर्छन्। यहाँ समस्या के हो? के तिनीहरूले सत्यतालाई आफ्नो जीवनजस्तै साँचो अर्थमा स्वीकार गरेका छन्? अहँ, गरेका छैनन्। व्यक्तिले प्रचार गर्ने धर्मसिद्धान्त अत्यन्तै शुद्ध हुन सक्छ, तर यसको अर्थ त्यसमा सत्यता वास्तविकता छ भन्‍ने हुँदैन। सत्यताले सुसज्‍जित हुनका लागि, पहिले आफै यसमा प्रवेश गरेको हुनुपर्छ, अनि यसलाई बुझेपछि अभ्यास गरेको हुनुपर्छ। यदि व्यक्तिले आफ्नो जीवन प्रवेशमा ध्यान दिँदैन, तर अरूलाई सत्यता प्रचार गरेर आफ्नो प्रदर्शन गर्ने लक्ष्य राख्छ भने, उसको अभिप्राय गलत छ। यस्तो काम गर्ने धेरै झूटा अगुवाहरू छन्, तिनीहरू अरूलाई आफूले बुझेका सत्यताबारे निरन्तर सङ्गति गर्छन्, नयाँ विश्‍वासीहरूलाई भरणपोषण गर्छन्, र मानिसहरूलाई सत्यता अभ्यास गर्न, आफ्ना कर्तव्य राम्रोसँग निर्वाह गर्न र नकारात्मक नबन्‍न सिकाउँछन्। यी सबै कुरा राम्रा र असल छन्—मनपर्दा समेत लाग्छन्—तर तिनीहरूले आफूले भनेजस्तो गरी किन आफैचाहिँ सत्यता अभ्यास गर्दैनन्? किन तिनीहरूसँग जीवन प्रवेश हुँदैन? यहाँ वास्तवमा के भइरहेको छ? के यस्तो व्यक्तिले वास्तवमै सत्यतालाई प्रेम गर्छ? यो भन्‍न कठिन छ। यसरी नै इस्राएलका फरिसीहरूले अरूको लागि बाइबल व्याख्या गर्थे, तर आफूचाहिँ परमेश्‍वरका आज्ञाहरू पालन गर्न सक्दैनथे। जब प्रभु येशू देखा पर्नुभयो र काम गर्नुभयो, तिनीहरूले परमेश्‍वरको आवाज सुने तर प्रभुलाई इन्कार गरे। तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँगे र तिनीहरू परमेश्‍वरद्वारा श्रापित भए। तसर्थ सत्यतालाई स्वीकार र अभ्यास नगर्ने सबै मानिसहरू परमेश्‍वरद्वारा निन्दित हुनेछन्। तिनीहरू कति नीच थिए! यदि तिनीहरूले प्रचार गर्ने वचन धर्मसिद्धान्तहरूले अरूलाई मदत गर्न सक्‍ने भए, यसले तिनीहरूलाई किन मदत गर्न सकेन? हामीले यस्तो व्यक्तिलाई वास्तविकता नभएको ढोँगी भन्‍नु राम्रै हो। तिनीहरू अरूलाई सत्यताका शाब्दिक अर्थ प्रदान गर्छन्, अरूलाई त्यो अभ्यास गर्न लगाउँछन्, तर आफूचाहिँ यसलाई अलिकति पनि अभ्यास गर्दैनन्। के यस्तो व्यक्ति बेसरम होइन र? तिनीहरूसँग सत्यता वास्तविकता हुँदैन, तर अरूलाई वचन र धर्मसिद्धान्तहरू प्रचार गर्दा तिनीहरू आफूसँग सत्यता वास्तविकता छ भन्‍ने ढोँग गर्छन्। के यो जानाजानी मानिसहरूलाई बहकाउनु र हानि गर्नु होइन र? यदि यस्ता व्यक्तिहरूलाई खुलासा गरी हटाइयो भने, त्यसको दोषी तिनीहरू आफै हुनेछन्। तिनीहरू दयाको पात्र हुनेछैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सम्बन्धित चलचित्र उद्धरणहरू

पाखण्डी फरिसीहरूलाई किन दुःख आइपऱ्यो?

अघिल्लो: च. आफूमा दुष्टात्माहरूको कार्य हुनु र आफू दुष्टात्माहरूका वशमा पर्नुबीचको भिन्नता कसरी छुट्याउने

अर्को: ख. प्रभु येशूले किन फरिसीहरूलाई श्राप दिनुभयो, र फरिसीहरूको सार के थियो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्