च. आफूमा दुष्टात्माहरूको कार्य हुनु र आफू दुष्टात्माहरूका वशमा पर्नुबीचको भिन्नता कसरी छुट्याउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

शैतानबाट आउने काम के हो? शैतानबाट आउने काममा, मानिसहरूभित्र हुने दर्शनहरू अस्पष्ट हुन्छन्; मानिसहरू सामान्य मानवताविनाका हुन्छन्, तिनीहरूले गर्ने कामपछाडिका अभिप्रेरणाहरू गलत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा गरे पनि तिनीहरूभित्र सधैँ आरोपहरू हुन्छन्, र यी आरोपहरू र विचारहरूले तिनीहरूभित्र निरन्तर बाधा पुऱ्याउँछन्, र यसले तिनीहरूको जीवनको विकासलाई अवरुद्ध पार्छ र तिनीहरूलाई सामान्य अवस्थामा परमेश्‍वरको अघि आउनबाट रोक्दछ। भन्नुको तात्पर्य, मानिसहरूभित्र शैतानको काम हुनेबित्तिकै तिनीहरूको हृदय परमेश्‍वरको सामु शान्त हुँदैन। त्यस्ता मानिसहरूलाई आफूले के गर्ने भनेर थाहा हुँदैन—जब तिनीहरूले मानिसहरू भेला भएका देख्छन्, तिनीहरू भाग्न खोज्छन्, र अरूले प्रार्थना गर्दा तिनीहरू आफ्ना आँखाहरू बन्द गर्न सक्दैनन्। दुष्टात्माहरूको कामले मानिस र परमेश्‍वरबीचको सामान्य सम्बन्धलाई नष्ट पार्दछ, र मानिसहरूका पहिलेका दर्शनहरू वा तिनीहरूको पहिलेको जीवन प्रवेशको मार्गलाई खल्बल्याउँछ; तिनीहरू आफ्नो हृदयमा कहिल्यै परमेश्‍वरको नजिक हुन सक्दैनन्, र सधैँ तिनीहरूलाई बाधा पुर्‍याउने र बन्धनमा पार्ने घटनाहरू घट्छन्। तिनीहरूका हृदयले शान्ति पाउन सक्दैनन् र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने शक्ति हुँदैन र तिनीहरूका आत्माहरू डुबिरहेका हुन्छन्। शैतानको कामका प्रकटीकरणहरू यस्तै हुन्छन्। शैतानको कामका प्रकट रूपहरू निम्न छन्: आफ्नो अडानमा खरो उत्रन र गवाही दिन नसक्नु जसले तँलाई यस्तो व्यक्ति बनाउँछ जो परमेश्‍वरको सामु दोषी हुन्छ र जसको परमेश्‍वरप्रति कुनै बफादारीता हुँदैन। जब शैतानले बाधा दिँदछ, तब तैँले आफूभित्र परमेश्‍वरप्रतिको प्रेम र बफादारीता गुमाउँछस्, परमेश्‍वरसित तेरो सामान्य सम्बन्ध टुट्छ, तँ सत्यताको पछि लाग्दैनस् वा तैँले आफैलाई सुधार गर्दैनस्; तँ पछि हट्छस् र नकारात्मक बन्छस्, तँ आफैलाई सन्तुष्ट पार्नतिर लाग्छस्, तैँले पाप फैलाउने लगाम स्वतन्त्र छोडिदिन्छस् र पापलाई घृणा गर्दैनस्; यसबाहेक, शैतानको हस्तक्षेपले तँलाई दुराचारी बनाउँछ; यसले तँभित्रको परमेश्‍वरको छुवाइलाई हटाउँछ, र तँलाई परमेश्‍वरको बारेमा गुनासो गर्ने र उहाँको विरोध गर्ने बनाउँछ, र तँलाई परमेश्‍वरमा शङ्का गर्ने बनाउँछ; तैँले परमेश्‍वरलाई त्याग्ने खतरा पनि हुन्छ। यी सबै शैतानबाट आउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

जब मानिसहरूसँग परमेश्‍वरबारे ज्ञान हुन्छ, तिनीहरू परमेश्‍वरको निम्ति कष्ट भोग्न र जिउन खुसी हुन्छन्, तर शैतानले अझै पनि तिनीहरूभित्रको कमजोरीलाई नियन्त्रण गर्छ, शैतान अझै पनि तिनीहरूलाई कष्ट दिन सक्षम छ, र दुष्ट आत्माहरू अझै पनि तिनीहरूभित्र काम गर्न र बाधा ल्याउन, तिनीहरूमाथि जादुटुना गर्न, र तिनीहरूलाई मतिभ्रष्ट, अशान्त र पूर्ण रूपमा विचलित पार्न सक्षम छन्। मानिसहरूको विचार र चेतनामा शैतानले नियन्त्रण र चालबाजी गर्न सक्‍ने कुराहरू हुन्छन्। त्यसकारण, कहिलेकाहीँ तँ बिरामी वा चिन्तित हुन्छस्, कहिलेकाहीँ त्यस्तो समय आउँछ जहिले तैँले संसार उजाड भएको वा जिउनुको कुनै अर्थ छैन भन्‍ने महसुस गर्छस्, अनि कहिलेकाहीँ त्यस्तो समय पनि आउँछ जहिले तैँले मृत्युको खोजी गर्न र आफैँलाई मार्न खोज्छस्। यसको अर्थ यो हो कि, ती पीडाहरू शैतानद्वारा ल्याइन्छन् र ती मानिसका मरणशील कमजोरी हुन्। शैतानले भ्रष्ट पारेको र कुल्चेको कुरा अझै पनि शैतानद्वारा प्रयोग हुन सक्छ; त्यो शैतानले घुमाउने पेच हो। … जब दुष्ट आत्माहरूले काम गर्छन्, तिनीहरूले शोषण नगर्ने कुनै खाली ठाउँ हुँदैन। तिनीहरूले तँभित्र वा तेरो कानमा बोल्न सक्छन् वा तिनीहरूले पवित्र आत्माको छुवाइ थाहा नपाउने बनाएर, त्यो छुवाइ अनुभव गर्नबाट तँलाई रोकेर तेरो मन विचलित पार्न सक्छन्, र त्यसपछि ती दुष्ट आत्माहरूले तेरा विचारहरूलाई अराजकतामा मिल्काएर, तेरो आत्मालाई तेरो शरीर छोड्नेसम्म बनाएर तँलाई बाधा दिँदै समझ गुमाउने बनाउन थाल्नेछन्। यो दुष्ट आत्माहरूले मानिसहरूमा गर्ने काम हो र यदि मानिसहरूले यसको वास्तविकता चिन्‍न सकेनन् भने तिनीहरू ठूलो खतरामा हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व

कतिपय मानिसहरू पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ भनी भन्छन्। यो असम्भव छ। यदि तिनीहरूले पवित्र आत्मा सधैँ उनीहरूको साथमा हुनुहुन्छ भनी भन्थे भने त्यो यथार्थपरक हुनेथ्यो। यदि तिनीहरूले आफ्‍ना सोचविचार र चेतना सधैँ सामान्य छन् भनी भन्थे भने त्यो पनि यथार्थपरक हुनेथ्यो र त्यसले पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्छ भनी देखाउनेथ्यो। यदि तिनीहरूले पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ, हरपल तिनीहरूले परमेश्‍वरको अन्तर्दृष्टि र पवित्र आत्माको छुवाइ प्राप्त गर्छन् र हरसमय तिनीहरूले नयाँ ज्ञान हासिल गर्छन् भनी भन्छन् भने, त्यो कुनै पनि हालतमा सामान्य कुरा होइन! यो पूर्ण रूपमा अलौकिक हो! त्यस्ता मानिसहरू दुष्टात्मा हुन् भन्‍नेमा कुनै शङ्का छैन! परमेश्‍वरका आत्मा देहमा आउनुहुँदासमेत, कहिलेकहीँ उहाँले खानु र विश्राम गर्नुपर्छ भने, मानिसको बारेमा त झन् के कुरा गर्ने र! दुष्ट आत्माहरूद्वारा ग्रस्त मानिसहरूमा देहको कुनै कमजोरी नभएको जस्तो देखिन्छ। तिनीहरूले सबै थोक छोड्न र त्याग्न सक्छन्, तिनीहरू भावनाहरूबाट मुक्त हुन्छन्, यातना सहन सक्‍ने र अलिकति पनि थकान महसुस नगर्ने हुन्छन्, मानौं तिनीहरूले देहलाई पार गरिसकेका छन्। के यो अत्यन्त अलौकिक कुरा होइन र? दुष्टात्माहरूको काम अलौकिक हुन्छ—कुनै पनि मानिसले त्यस्तो कुरा हासिल गर्न सक्दैन! समझको कमी हुनेहरू त्यस्ता मानिसहरूलाई देख्दा ईर्ष्यालु हुन्छन्: परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसित जोस छ, ठूलो विश्‍वास छ, र कमजोरीको सानोभन्दा सानो सङ्केतसमेत कहिल्यै देखाउँदैनन् भनी तिनीहरू भन्छन्! वास्तवमा, यी सबै दुष्टात्माको कामका प्रकटीकरणहरू हुन्। किनकि, सामान्य मानिसहरूसित अपरिहार्य रूपमा नै मानवीय कमजोरीहरू हुन्छन्; जोसँग पवित्र आत्माको उपस्थिति हुन्छ तिनीहरूमा हुने सामान्य अवस्था यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो त दुष्ट आत्माहरूद्वारा पैदा गरिएको येशूलाई नक्‍कल गर्ने नक्कली मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्परविरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथ्यो। येशू एकपटक पहिले नै आइसक्‍नुभएकोले, यदि येशू यो पटक फेरि आउनुभएको भए, यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सधैँ चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

केही व्यक्तिहरू हुन्छन्, जो दुष्टात्माले सताइएका हुन्छन् र डरलाग्दो आवाजमा कराउँदै भन्छन्, “म ईश्‍वर हुँ!” तापनि, अन्त्यमा उनीहरू प्रकट हुन्छन्, किनकि उनीहरूले जसको प्रतिनिधित्व गर्छन् त्यसमा तिनीहरू गलत हुन्छन्। उनीहरूले शैतानको प्रतिनिधित्व गर्दछन् र पवित्र आत्माले तिनीहरूलाई सुन्नुहुन्न। तैँले आफूलाई जति नै उच्च पारे पनि वा तँ जति नै बल लगाएर कराए पनि तँ सृष्टि गरिएको एक प्राणी मात्र होस् र तँ शैतानको होस्। म कहिल्यै पनि यसो भन्दै कराउँदिन, “म ईश्‍वर हुँ, म ईश्‍वरको प्यारो छोरा हुँ!” तर मैले गर्ने काम भनेको परमेश्‍वरको काम हो। के म चिच्याउनु पर्छ? उच्च पारिनुपर्ने कुनै आवश्यकता छैन। परमेश्‍वरले आफ्नो काम आफै गर्नुहुन्छ र उहाँलाई कुनै व्यक्तिको दर्जा वा सम्‍मानजनक पदवी दिन मानिसको सहमति चाहिँदैन: उहाँको कामले उहाँको पहिचान र प्रतिष्ठाको प्रतिनिधित्व गर्दछ। बप्तिस्मा लिनु अघि, के येशू स्वयम् परमेश्‍वर हुनुहुन्न थियो र? के उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्न थियो र? निस्सन्देह, उहाँले साक्षी प्राप्त गर्नुभएपछि मात्र उहाँ परमेश्‍वरका एकले पुत्र बन्नुभयो भनी भन्न सकिँदैन। उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै अघिदेखि नै के येशूको नाउँको कुनै मानिस थिएन र? तैँले नयाँ बाटोहरू बनाउन वा आत्माको प्रतिनिधित्व गर्न सक्दैनस्। तैँले आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरूलाई व्यक्त गर्न सक्दैनस्। आफैले परमेश्‍वरको काम गर्न तँ असमर्थ छस्, र आत्माको काम गर्न पनि तँ असमर्थ नै छस्। परमेश्‍वरको बुद्धि, चमत्कार, अथाहपन र उहाँको स्वभावको सम्पूर्णता—जसबाट परमेश्‍वरले मानिसलाई सजाय दिनुहुन्छ—यी सबै तेरो व्यक्त गर्ने क्षमतादेखि बाहिर छन्। यसैले परमेश्‍वर हुँ भनेर दाबी गर्ने प्रयास गर्नु व्यर्थ हो; तँसँग केवल नाउँ मात्र हुनेछ र कुनै पनि सार हुँदैन। परमेश्‍वर स्वयम् आउनुभएको छ, तर कसैले उहाँलाई चिन्दैनन्, तापनि उहाँ आफ्नो काममा लागिरहनुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै त्यसो गर्नुहुन्छ। तैँले चाहे उहाँलाई मानिस भन् वा परमेश्‍वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँकी बहिनी भन्, त्यसले कुनै फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको हो र यो कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्दछ। मानिसले उहाँलाई जसरी सम्बोधन गरे पनि उहाँले त्यो वास्ता गर्नुहुन्न। के नाउँले उहाँको काम निर्धारित गर्न सक्छ? तैँले उहाँलाई जसरी सम्बोधन गरे पनि, जहाँसम्म परमेश्‍वरको कुरा छ, उहाँ परमेश्‍वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँले आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा स्वीकृत हुनुहुन्छ। यदि तैँले नयाँ युगको लागि बाटो बनाउन वा पुरानोलाई अन्त्य गर्न वा नयाँ युगमा प्रवेश गर्न, वा नयाँ काम गर्न सक्दैनस् भने, तँ परमेश्‍वर कहलिन सक्दैनस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

कतिपय मानिस आफूसँग केही काम नभएको बेला एकदमै सामान्य व्यवहार गर्छन्, अरूसँग कुरा गर्छन् र अरूसँग अत्यन्तै सामान्य रूपमा अन्तरक्रिया गर्छन्, तिनीहरू सामान्य मानिसजस्तै देखिन्छन् र कुनै नराम्रो काम गर्दैनन्। तैपनि, जब तिनीहरू भेलाहरूमा आउँछन्, परमेश्‍वरका वचनहरू पढ्छन् र सत्यतामा सङ्गति गर्छन्, तब तिनीहरूमध्ये कति जना सुन्न इच्छुक हुँदैनन्, कतिपय निदाउँछन्, कतिपयलाई यस कुराप्रति अरुचि लाग्छ र सहन गाह्रो हुन्छ, तिनीहरू यो कुरा सुन्न चाहँदैनन्, र कति जना त थाहै नपाई निदाउँछन् र केही थाहा पाउँदैनन्—यो के भएको हो? कसैले सत्यतामा सङ्गति थाल्दा किन यति धेरै असामान्य घटनाहरू देखिएका? यीमध्ये कति जना असामान्य स्थितिमा हुन्छन्, तर कति जना भने दुष्ट नै हुन्छन्। तिनीहरूलाई दुष्ट आत्मा लागेको हुन्छ भन्‍ने सम्भावनालाई नकार्न सकिँदैन, र कहिलेकाहीँ मानिसहरू यसलाई पूर्ण रूपमा बुझ्न वा स्पष्ट रूपमा खुट्ट्याउन सक्दैनन्। ख्रीष्टविरोधीहरूमा दुष्ट आत्मा हुन्छ। यदि तैँले तिनीहरूलाई किन तिनीहरू सत्यताप्रति वैरभाव राख्छन् भनेर सोधिस् भने, तिनीहरू सत्यताप्रति आफूले वैरभाव राख्दैन भनेर भन्छन् र जिद्दी गर्दै त्यो कुरा स्विकार्न मान्दैनन्, तर वास्तवमा तिनीहरूलाई आफूले सत्यतालाई प्रेम गर्दैन भन्‍ने हृदयमा थाहा हुन्छ। जब कसैले पनि परमेश्‍वरका वचनहरू पढिरहेको हुँदैन, तब तिनीहरू अरूसँग सामान्य मानिसहरू जस्तै घुलमिल हुन्छन् र तिनीहरूभित्र के छ भन्‍ने कुरा तँलाई थाहा हुँदैन। तर, कसैले परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरू सुन्न चाहँदैनन् र तिनीहरूका हृदयमा घृणा पैदा हुन्छ। तिनीहरूको प्रकृति यसरी उदाङ्गो हुन्छ—तिनीहरू दुष्ट आत्मा हुन्; तिनीहरू यस्ता कुरा हुन्। परमेश्‍वरका वचनहरूले यी मानिसहरूको सार खुलासा गरेका हुन्छन् कि तिनीहरूलाई नाराज पारेका हुन्छन्? कुनै पनि होइन। तिनीहरू भेलाहरूमा सहभागी हुँदा, कसैले पनि परमेश्‍वरका वचनहरू पढेको सुन्न चाहँदैनन्—के यो तिनीहरू दुष्ट हुनु होइन र? “दुष्ट हुनु” को अर्थ के हो? यसको अर्थ सत्यता, सकारात्मक कुरा, र सकारात्मक मानिसहरूप्रति कुनै कारणविना वैरभाव राख्नु हो; कारण के हो भन्‍ने तिनीहरूलाई समेत थाहा हुँदैन, तिनीहरूले त्यतिकै त्यस्तो व्यवहार गर्नुपर्छ। दुष्ट हुनु भनेको यही हो र, आम मानिसका शब्दमा, यो केवल खराब हुनु हो। कतिपय ख्रीष्टविरोधी भन्छन्, “कसैले परमेश्‍वरका वचनहरू पढ्न मात्रै सुरु गर्नुपर्छ र मलाई सुन्न मन लाग्दैन। मैले कसैले परमेश्‍वरको गवाही दिएको सुन्नु मात्रै पर्छ मलाई घृणा लाग्छ, र त्यसको कारणसमेत मलाई थाहा हुँदैन। जब म कसैले सत्यतालाई प्रेम गरेको र पछ्याएको देख्छु, तब म तिनीहरूसँग मिल्न सक्दिनँ, म तिनीहरूविरुद्ध उभिन चाहन्छु, म सधैँ तिनीहरूलाई श्राप दिन, पिठ्यूँपछाडि चोट पुऱ्याउन र यातना दिएर मार्न चाहन्छु।” यस्तो महसुस हुनुका कारण तिनीहरूलाई समेत थाहा हुँदैन—यो तिनीहरू दुष्ट हुनु हो। यसको वास्तविक कारण के हो? ख्रीष्टविरोधीहरूभित्र सामान्य व्यक्तिको आत्मा हुँदैन, तिनीहरूमा कुनै सामान्य मानवता हुँदैन—अन्तिम विश्लेषणमा कुरा यस्तै हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)

दाजुभाइ-दिदीबहिनीहरूले खुट्ट्याउने क्षमता प्राप्त गरून् र व्यवहारिक रूपमा पाठ सिकून् भन्नाका लागि एउटा परिस्थिति योजनाबद्ध गर्नुभयो। त्यो कस्तो परिस्थिति थियो? उहाँले भूत लागेको कुनै व्यक्तिलाई तिनीहरूका बीचमा बस्‍ने बन्दोबस्त गर्नुभयो। सुरुमा, यो व्यक्तिको बोल्‍ने र काम-कुरा गर्ने शैली, साथै उसको समझ सामान्य नै थियो; ऊ समस्याग्रस्त देखिँदै देखिँदैनथ्यो। तर सम्पर्कको केही अवधिपछि, दाजुभाइ-दिदीबहिनीहरूले उसले भनेको हरेक कुरा वाहियात छ र त्यसमा उचित ढाँचा र क्रम मिलेको छैन भन्‍ने पत्ता लगाए। पछि, केही अलौकिक परिस्थितिहरू देखा परे: उसले दाजुभाइ-दिदीबहिनीहरूलाई सधैँ मैले यो वा त्यो दर्शन देखेँ, र फलानो-फलानो प्रकाश प्राप्त गरेँ भनेर भन्थ्यो। उदाहरणका लागि, एक दिन, उसलाई बाफमा पकाएको रोटी बनाउनुपर्छ भनेर प्रकाश गरियो—उसले बनाउनैपर्‍यो—त्यसको भोलिपल्ट, के हुन पुग्‍यो भने, ऊ बाहिर जानुपर्ने भयो, त्यसकारण उसले आफ्‍नो साथमा ती रोटी लग्यो। पछि, ऊ दक्षिणतिर लाग्‍नुपर्छ भनेर उसलाई सपनामा प्रकाश गरियो; छ माइलअगाडि उसलाई कसैले पर्खिरहेको थियो। ऊ हेर्न गयो, र त्यहाँ एक जना बाटो बिराएको व्यक्ति बसिरहेको थियो; उसले यस व्यक्तिलाई परमेश्‍वरको आखिरी दिनहरूको कार्यका बारेमा गवाही दियो, र उसले त्यसलाई स्विकार्‍यो। उसले सधैँ प्रकाशहरू पाइरहेको हुन्थ्यो, उसले सधैँ आवाजहरू सुनिरहेको हुन्थ्यो, उसलाई सधैँ अलौकिक कुराहरू भइरहेका हुन्थे। हरेक दिन, के खाने, कहाँ जाने, के गर्ने, कोसँग कुराकानी गर्ने भन्‍नेबारेमा, उसले कहिल्यै सामान्य मानव जीवनका नियमहरूलाई पछ्याएन, न त उसले परमेश्‍वरका वचनहरूलाई आधार वा सिद्धान्तका रूपमा खोज्ने वा सँगै सङ्गति गर्न मानिसहरू खोज्ने काम नै गर्‍यो। ऊ सधैँ आफ्ना भावनाहरूमाथि भर पर्थ्यो, र आवाज, वा प्रकाश, वा सपनाको प्रतीक्षा गर्थ्यो। के यो व्यक्ति सामान्य थियो? (थिएन।) उसको दैनिक तीन छाक खाना र उसको दैनिकीमा नियमितता देखिन्थ्यो, तैपनि उसले सधैँ आवाजहरू सुनिरहेको हुन्थ्यो। केही मानिसहरूले उसलाई खुट्ट्याए र यी आवाजहरू दुष्टात्मा लागेका प्रकटीकरणहरू हुन् भनेर भने। बिस्तारै, दाजुभाइ-दिदीबहिनीहरूले उसलाई झन्-झन् खुट्ट्याउन थाले, र एक दिन ऊ मानसिक बिमारीले ग्रस्त भयो, पागल कुराहरू भन्‍न थाल्यो, र ऊ कपाल जिङ्ग्रिङ्ग पारेर पागलपनको अवस्थामा नाङ्गै भागेर गयो। त्योसँगै अन्ततः उक्त मामला निष्कर्षमा पुग्यो। के अब दाजुभाइ-दिदीबहिनीहरूले कुनै दुष्टात्माले काम गरिरहेको र भूत लागेको विशेष प्रकटीकरणहरूबारे अन्तर्दृष्टि र सुझबुझ प्राप्त गरेका छैनन् र? तिनीहरूमध्ये कतिपयले यसअघि यस्ता कुराहरूको सामना अवश्यै गरेका थिए, र तीबारे सुझबुझ पाइसकेका थिए, जबकि अरूले चाहिँ लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गरेका थिएनन्, र यस्ता कुराहरू भोगेका थिएनन्, त्यसकारण तिनीहरू बहकिने सम्भावना थियो। तर तिनीहरू बहकिए पनि नबहकिए पनि वा तिनीहरूसित सुझबुझ भए पनि नभए पनि, यदि परमेश्‍वरले यो वातावरणको बन्दोबस्त नगर्नुभएको भए, के तिनीहरूमा दुष्टात्माको काम वा पकडबारे साँचो सुझबुझ हुन्थ्यो र? (हुन्थेन।) त्यसोभए परमेश्‍वरले यो वातावरणको बन्दोबस्त गर्नु र यी कामकुराहरू गर्नुको उद्देश्य र महत्त्व ठ्याक्कै के थियो? यसको उद्देश्य तिनीहरूलाई व्यावहारिक रूपमा सुझबुझ प्राप्त गर्न र पाठ सिक्न, अनि दुष्टात्माको प्रभावमा परेका वा भूत लागेकाहरूलाई खुट्ट्याउन जान्‍न सक्षम तुल्याउनु हो। यदि मानिसहरूलाई—शिक्षकले कुनै पुस्तक पढाएर, अनि किताबबी सिद्धान्तहरूबारे मात्र बोलेर आफ्ना विद्यार्थीहरूलाई कुनै वास्तविक अभ्यास वा तालिम नगराएजस्तै—दुष्टात्माको काम के हो भनेर मात्र भनियो भने, मानिसहरूले केही धर्मसिद्धान्त र कथनहरू मात्र बुझ्नेथिए। तैँले व्यक्तिगत रूपमा देखेको छस्, आफ्‍नै आँखाले देखेको छस्, र आफ्‍नै कानले सुनेको छस् भने मात्रै, तैँले दुष्ट आत्माको काम के हो, र यसका निश्‍चित अभिव्यक्तिहरू के-के हुन् भन्‍ने कुरालाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छस्। अनि जब तैँले त्यस्ता मानिसहरूलाई फेरि भेट्छस्, तैँले तिनीहरूलाई खुट्ट्याउन र इन्कार गर्न सक्‍नेछस्; तैँले त्यस्तो अवस्थालाई उचित रूपमा सम्‍बोधन गर्न र सम्‍हाल्‍न सक्‍नेछस्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक)

अघिल्लो: ङ. पवित्र आत्माको काम र दुष्ट आत्माहरूको काम कसरी छुट्याउने

अर्को: क. ढोँगी फरिसीहरूलाई कसरी खुट्ट्याउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्