आखिरी दिनहरूको न्याय

परमेश्‍वरका दैनिक वचनहरू  अंश ७७

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्‍वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन? जब तँलाई दण्डको अधीनमा पारिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मर्छौं! प्राचीन शैतानको विरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरको विरुद्धमा विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुभएको होस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूका पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ७८

“न्याय” शब्द उल्लेख हुँदा, यहोवाले हरेक क्षेत्रका मानिसहरूलाई निर्देशन दिन बोल्नुभयो र येशूले फरिसीहरूलाई हप्काउन बोल्‍नुभएको वचनहरूका बारेमा सायद तैँले विचार गर्छस् होला। ती वचनहरू कठोर हुँदा-हुँदै पनि, ती मानवका लागि दिइएका परमेश्‍वरका न्यायका वचनहरू होइनन्; ती वचनहरू विभिन्न वातावरणहरूभित्र, अर्थात् विभिन्न सन्दर्भहरूमा परमेश्‍वरले बोल्नुभएको थियो। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई न्याय गर्नुहुँदा उहाँले बोल्नुहुने वचनहरू यी वचनहरूभन्दा भिन्न छन्। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले खुलासा, निराकरण र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र काट-छाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव आश्वस्त रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्वपूर्ण ठानिनस्, यदि तैँले अरू कुराहरू विचार नै नगरी तिनीहरूलाई कसरी बेवास्ता गर्ने, वा तिनीहरूलाई संलग्न नगर्ने नयाँ उपाय कसरी भेट्टाउने भन्‍ने कुरा मात्र तैँले विचार गरिस् भने, तँ डरलाग्दो पापी हो भनी म भन्छु। यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरको इच्छा खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली वा धोकेबाज होस्। परमेश्‍वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्‍वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्‍वरको सामु न्याय गरिनका लागि आउनेहरू, र अझ पवित्र बनाइएकाहरू सदासर्वदा परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ७९

न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा कुनै पनि मानवले यो गर्न सक्दैन। मानवजातिलाई जित्नका लागि न्यायचाहिँ सत्यताको प्रयोग भएको हुनाले, मानवका बीचका यस किसिमको काम गर्नका लागि परमेश्‍वर अझै पनि देहधारी रूपमा प्रकट हुनुहुनेछ भन्‍ने कुरामा कुनै प्रश्न छैन। त्यसो भन्नुको अर्थचाहिँ, आखिरी दिनहरूका ख्रीष्टले, सारा संसारभरिका मानिसहरूलाई सिकाउन यो सत्यता प्रयोग गर्नुहुनेछ र तिनीहरूलाई सबै सत्यताहरू प्रकट गरिदिनुहुनेछ। परमेश्‍वरको न्यायको काम यही नै हो। परमेश्‍वरको दोस्रो देहधारणका बारेमा धेरै व्यक्तिहरूमा खराब अनुभूति छन्, किनकि न्यायको काम गर्नका लागि परमेश्‍वर देह बन्नुहुन्छ भन्‍ने कुरा विश्‍वास गर्न धेरै मानिसहरूलाई कठिनाइ हुन्छ। तर पनि, परमेश्‍वरको काम प्राय मानवका अपेक्षाहरूभन्दा धेरै पर हुन्छन्, र यसलाई स्वीकार गर्नका लागि मानव मनलाई कठिन हुन्छ भन्‍ने कुरा मैले तँलाई बताउनै पर्छ। किनभने मानिसहरू पृथ्वीका कीराहरू मात्र हुन्, र परमेश्‍वरचाहिँ विश्‍वलाई भर्नुहुने सर्वोच्च व्यक्ति हुनुहुन्छ; मानवको मन फोहोर पानीको खाडलजस्तो हो, जसले कीराहरूमात्रै जन्माउँछ, तर परमेश्‍वरका विचारहरूद्वारा निर्देशित कार्यको प्रत्येक कदम परमेश्‍वरको बुद्धिको फल हो। मानिसहरूले जहिले पनि परमेश्‍वरसँग झगडा गर्ने कोसिस गर्छन्, र अन्त्यमा कसले हार्नेछ भन्‍ने कुरा स्वयं सिद्ध छ भनी म भन्छु। तिमीहरूले आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान भनी म तिमीहरू सबैलाई अर्ती दिन्छु। यदि अरूले परमेश्‍वरको न्यायलाई स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूहरूभन्दा कति माथि खडा छस्? यदि अरूहरूले सत्यताको सामु आफ्ना शिरहरू निहुर्याउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्‍वरको कामको रोक्नै नसकिने गति छ। तैँले दिएको “योगदान” को कारणले गर्दा मात्रै उहाँले न्यायको कार्यलाई फेरि दोहोर्याउनुहुने छैन, र अनि यति असल अवसरलाई गुमाउनु परेकोमा तँ पछुतोले भरिनेछस्। यदि तँ मेरा वचनहरूलाई विश्‍वास गर्दैनस् भने, तँमाथि न्याय आउनका लागि आकाशको ठूलो सेतो सिंहासनको निम्ति पर्खी! सबै इस्राएलीहरूले येशूलाई निन्दा र इन्कार गरेका कुरा तँलाई थाहा हुनैपर्छ, र पनि सबै मानवजातिका निम्ति भएको येशूको उद्धारको यथार्थ सारा विश्‍वभरि र पृथ्वीको अन्त्यसम्म फैलिएको छ। के परमेश्‍वरले धेरै पहिले बनाउनुभएको यथार्थ यो होइन र? तँलाई स्वर्ग लैजानका लागि यदि तँ अझै येशूलाई पर्खिरहेको छस् भने, तँ मृत काठको ठुटाजस्तो[क] हठी छस् भनी म भन्दछु। येशूले तँजस्ता सत्यप्रति निष्ठा नभएका र आशिषमात्र खोज्ने झूटा विश्‍वासीलाई स्वीकार गर्नुहुनेछैन। बरु, लाखौँ वर्षसम्म आगोको कुण्डमा जलिरहन उहाँले तँलाई त्यहाँ फाल्दा कुनै कृपा देखाउनुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

फूटनोट:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८०

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्‍वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र परमेश्‍वरका विरुद्धमा विद्रोह गरेका छन्। सेवा गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्‍वरले कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्‍वरको धर्मी स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानवलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्‍वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका दुष्ट कार्यहरू गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्‍वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्‍वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूसँग सामेल होऊन् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्‍वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र मापदण्ड अनुसारको सेवा गर्न नसक्‍नेहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्‍वर र परमेश्‍वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरका कामको शुद्धीकरण हुनेछन्। परमेश्‍वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू अविश्‍वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्‍ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धर्मी स्वभावले कसैलाई पनि दया देखाउँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८१

परमेश्‍वरले कुनै पनि युगमा काम दोहोर्‍याउनुहुन्न। आखिरी दिनहरू आइपुगिसकेको हुनाले उहाँले त्यही काम गर्नुहुनेछ जुन उहाँले आखिरी दिनहरूमा गर्नुहुन्छ र आखिरी दिनहरूमा उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुन्छ। आखिरी दिनहरूको कुरा गर्दा, यसले एक अलग युगलाई जनाउँछ, जसमा तिमीहरूले अवश्य पनि विपत्ति र भूकम्प, अनिकाल र महामारीहरूको सामना गर्नुपर्नेछ भनी येशूले भन्‍नुभएको युगलाई जनाउँछ, जसले यो नयाँ युग हो अब पुरानो अनुग्रहको युग होइन भन्‍ने देखाउँछ। मानिसहरूले भनेजस्तै, मानिलिऔं, परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ, उहाँको स्वभाव सधैँ दयालु र प्रेमिलो हुन्छ, उहाँले मानिसलाई आफैलाई जस्तै प्रेम गर्नुहुन्छ, र उहाँले प्रत्येक मानिसलाई मुक्ति दिनुहुन्छ र मानिसलाई कहिल्यै घृणा गर्नुहुन्‍न, तब के उहाँको कामको कहिल्यै अन्त्य हुन्छ होला? जब येशू आउनुभयो र क्रूसमा टाँगिनुभयो, सबै पापीहरूका निम्ति आफैलाई वेदीमा बलि चढाउनुभयो, उहाँले मुक्तिको काम पूरा गरिसक्नुभएको थियो र अनुग्रहको युगको अन्त्य गर्नुभएको थियो। त्यसैले आखिरी दिनहरूमा त्यो युगको काम दोहोऱ्याउनुको अर्थ के हुनेथियो? के त्यही काम गर्नु भनेको येशूको कामलाई इन्कार गर्नु होइन र? यदि परमेश्‍वर यो चरणमा आउनुहुँदा क्रूसमा टाँगिने कार्य गर्नुभएन, तर प्रेमिलो र दयालु नै रहनुभयो भने के उहाँले युगको अन्त्य गर्न सक्‍नुहुनेथियो? के प्रेमिलो र दयालु परमेश्‍वरले युगलाई अन्त्य गर्न सक्‍नुहुनेथियो? युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्‍वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्‍वरको धर्मी स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्‍ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्‍वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धर्मी न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्‍ने मान्यता राख्दा: परमेश्‍वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धर्मी इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८२

देहमा उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ, जसलाई उहाँको कामको सम्बन्धमा उल्लेख गरिन्छ र आखिरमा काम समाप्त गर्नुहुने देहधारी परमेश्‍वर नै हुनुहुन्छ, आत्मा होइन। कतिपयले यो विश्‍वास गर्छन् कि कुनै अज्ञात समयमा परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ र मानिसकहाँ देखा पर्नुहुन्छ, त्यसपछि उहाँले कसैलाई नछोडीकन तिनीहरू हरेकलाई पालैपालो गरी जाँच्दै, सारा मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ। यस्तो विचार गर्नेहरूलाई देहधारणको कामको यो चरणको बारेमा थाहा छैन। परमेश्‍वरले मानिसलाई पालैपालो गरी न्याय गर्नुहुन्न, र उहाँले मानिसलाई पालैपालो गरी जाँच्नुहुन्न; त्यसो गर्नु भनेको न्यायको काम होइन। के सारा मानवजातिको भ्रष्टता उस्तै छैन र? के सारा मानवजातिको सार उस्तै छैन र? न्याय गरिने भनेको मानवजातिको भ्रष्ट सार, शैतानले भ्रष्ट तुल्याएको मानिसको सार र मानिसका सारा पापहरूलाई हो। मानिसका तुच्छ र सानातिना गल्तीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक छ र यसलाई कुनै निश्चित व्यक्तिको लागि विशेष रूपमा अघि बढाइँदैन। बरु, यो त्यस्तो काम हो जसमा सारा मानवजातिको न्यायलाई प्रतिनिधित्व गर्नको लागि मानिसहरूको समूहलाई न्याय गरिन्छ। मानिसहरूको समूहमा आफ्नो कार्य व्यक्तिगत रूपमा गर्नुभएर, देहमा हुनुहुने परमेश्‍वरले सारा मानवजातिको कार्यलाई प्रतिनिधित्व गर्नको लागि आफ्नो कार्यको प्रयोग गर्नुहुन्छ, जसपश्चात यो क्रमिक रूपमा फैलिँदै जान्छ। न्यायको काम पनि यस्तै छ। परमेश्‍वरले निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, तर सारा मानवजातिको सारा अधार्मिकतालाई न्याय गर्नुहुन्छ—उदाहरणको लागि, परमेश्‍वरप्रतिको मानिसको विरोध वा उहाँप्रति मानिसको अनादर वा परमेश्‍वरको काममा मानिसको बाधा, इत्यादि। न्याय गरिने भनेको परमेश्‍वरलाई विरोध गर्ने मानिसको सार हो र यो कार्य नै आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्‍वरको कार्य र वचन नै आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्यायको काम हो, जुन विगतका समयका मानिसहरूले कल्‍पना गरेका थिए। देहधारी परमेश्‍वरले हाल गरिरहनुभएको काम नै वास्तवमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्याय हो। आजका देहधारी परमेश्‍वर नै आखिरी दिनहरूमा सारा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यो देह र उहाँको काम, उहाँको वचन अनि उहाँको सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। उहाँको कामको क्षेत्र सीमित भए पनि, र सम्पूर्ण ब्रह्माण्डलाई प्रत्यक्ष रूपमा संलग्न नगरे पनि, न्यायको कामको सार भनेको सारा मानवजातिको प्रत्यक्ष न्याय हो—यो चीनका चुनिएका मानिसहरूका खातिर मात्र होइन, न त मानिसहरूको सानो समूहको खातिर नै हो। देहमा परमेश्‍वरको कार्यको अवधिमा, यो कार्यको क्षेत्रले सम्पूर्ण ब्रह्माण्डलाई संलग्न नगरे तापनि, यसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ र जसरी उहाँको पुनरुत्थान र स्वर्ग आरोहणपछि ब्रह्माण्डभरि येशूको सुसमाचारलाई फैलाइयो त्यसरी नै उहाँले आफ्नो देहको कार्य क्षेत्र भित्रको कामलाई समाप्त गर्नुभएपछि, उहाँले यो कार्यलाई तुरुन्तै सारा ब्रह्माण्डभरि फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् या देहको काम होस्, यो सीमित क्षेत्रभित्र गरिने काम हो तर जसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ। आखिरी दिनहरूको अवधिमा, परमेश्‍वरले आफ्नो देहधारी पहिचानमा देखा परेर आफ्नो काम गर्नुहुन्छ र देहमा हुनुहुने परमेश्‍वर नै ठूलो सेतो सिंहासनको अगाडि मानिसलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। उहाँ आत्मा भए पनि वा देह भए पनि, न्यायको काम गर्नुहुने नै आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यसलाई उहाँको कामको आधारमा परिभाषित गरिन्छ र यसलाई उहाँको बाहिरी रूप वा अन्य विभिन्न कारकतत्वहरूको आधारमा परिभाषित गरिँदैन। यी वचनहरूबारे मानिसले अनेक धारणाहरू राख्ने भए तापनि, देहधारी परमेश्‍वरको न्याय र सारा मानवजातिलाई गरिने विजयको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसबारे जे विचार गरे पनि, आखिर सत्य भनेको सत्य नै हो। कसैले पनि यसो भन्न सक्दैन, “काम गर्ने परमेश्‍वर नै हुनुहुन्छ, तर देह परमेश्‍वर हुनुहुन्न।” यो निरर्थक छ, किनभने देहमा हुनुहुने परमेश्‍वरले बाहेक यो काम कसैले गर्न सक्दैन। यो काम पहिले नै पूरा गरिसकिएको हुनाले, यो कामपछि मानिसलाई न्याय गर्ने परमेश्‍वरको काम दोस्रो पटक देखा पर्नेछैन; आफ्नो दोस्रो देहधारणमा परमेश्‍वरले सारा व्यवस्थापनको सम्पूर्ण कार्य समाप्त गरिसक्‍नुभएको छ र परमेश्‍वरको कामको चौथो चरण हुनेछैन। न्याय गरिने भनेको मानिस अर्थात्, देहगत र भ्रष्ट तुल्याएको मानिस नै हो र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मा होइन, त्यसकारण न्यायको काम आत्मिक संसारमा होइन तर मानिसको बीचमा गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८३

मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा नै न्याय गर्नुभएको भए, यो सर्व-स्वीकार्य हुँदैनथियो। यसका साथै, मानिसले त्यस्तो कार्यलाई स्वीकार गर्नु कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्नुहुन्न र त्यसैले, यसको प्रभाव तत्कालीन हुनेथिएन, मानिसले परमेश्‍वरको चिढ्याउन नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्न सक्नु त परै जाओस्। देहमा हुनुहुने परमेश्‍वरले मानिसको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतान पूर्ण रूपमा हार्न सक्छ। मानिसजस्तै सामान्य मानवता धारण गर्नुभएको हुनाले, देहमा हुनुहुने परमेश्‍वरले मानिसको अधार्मिकतालाई प्रत्यक्ष रूपमा न्याय गर्न सक्नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको असाधारणताको चिन्ह हो। मानिसलाई न्याय गर्नको लागि परमेश्‍वर मात्रै योग्य र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँमा सत्यता र धार्मिकता छ, त्यसैले उहाँले मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यता र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभयो भने, यसको अर्थ शैतानमाथिको विजय हो भन्‍नेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्च हुन्छ र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो भने, उहाँले मानिसका सारा अनाज्ञाकारितालाई न्याय गर्न सक्नुहुनेथिएन र मानिसको सबै अधार्मिकतालाई प्रकट गर्न सक्नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वरसम्बन्धी मानिसको धारणाद्वारा पनि अघि बढाइन्छ र आत्माबारे मानिससँग कुनै धारणा कहिल्यै थिएन, त्यसकारण मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकट गर्न आत्मा असक्षम हुनुहुन्छ, त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्ने कुरा त परै जाओस्। देहधारी परमेश्‍वर उहाँलाई नचिन्नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँप्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा अनाज्ञाकारितालाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माका कामभन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय प्रत्यक्ष रूपमा आत्माले गर्नुहुन्न तर यो देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्न र छुन सक्छ र देहमा हुनुहुने परमेश्‍वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्नुहुन्छ। देहमा हुनुहुने परमेश्‍वरसँगको आफ्नो सम्बन्धमा, मानिस विरोधबाट आज्ञापालनमा, सतावटबाट स्वीकारमा, धारणाहरूबाट ज्ञानमा अनि इन्कारबाट प्रेममा उन्नत हुन्छन्—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्। उहाँको न्यायलाई स्वीकार गरेर मात्रै मानिस मुक्त हुन सक्छ, उहाँको मुखका वचनहरूद्वारा मात्रै मानिसले बिस्तारै उहाँलाई चिन्दै जान्छ, उहाँप्रतिको उसको विरोधको अवधिमा उहाँले मानिसलाई विजय गर्नुहुन्छ र उहाँको सजायको स्वीकारको अवधिमा उसले उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यी सबै काम देहमा हुनुहुने परमेश्‍वरको काम हो र आत्माको रूपमा आफ्ना पहिचानमा हुनुभएका परमेश्‍वरको काम होइन। देहधारी परमेश्‍वरले गर्नुभएको काम नै सबैभन्दा ठूलो र सबैभन्दा उल्लेखनीय काम हो र परमेश्‍वरको कार्यका तीन वटा चरणहरूको मुख्य भाग भनेको देहधारणको कार्यका दुई वटा चरणहरू हुन्। मानिसको गहन भ्रष्टता देहधारी परमेश्‍वरको कामको निम्ति ठूलो बाधा हो। निश्चित रूपमा, आखिरी दिनहरूका मानिसहरूमा गरिने काम निकै कठिन छ र वातावरण शत्रुवत छ अनि हरेक प्रकारका व्यक्तिको क्षमता निकै कमजोर छ। तैपनि यो कामको अन्त्यमा, यसले कुनै पनि त्रुटिहरूविना नै उचित प्रभाव हासिल गर्नेछ; देहको कामको प्रभाव यही नै हो र आत्माको कामभन्दा यो प्रभाव अझै विश्‍वस्त तुल्याउने किसिमको हुन्छ। परमेश्‍वरको कार्यका तीन वटा चरणहरूलाई देहमा समाप्त गरिनेछ र तिनलाई देहधारी परमेश्‍वरले नै समाप्त गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण र निर्णायक कार्य देहमा गरिन्छ र मानिसको मुक्ति देहमा हुनुहुने परमेश्‍वरले व्यक्तिगत रूपमा नै अघि बढाउनुहुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिससँग सम्बन्धित देखिँदैन भन्‍ने मानिसले ठाने पनि, वास्तवमा यो देहले सारा मानवजातिको गन्तव्य र अस्तित्वसँग सम्बन्ध राख्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८४

आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैँले आफैलाई चिन् भन्‍ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैँले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र अनाज्ञाकारी छस् भन्‍ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैँले अनुभव प्राप्त गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्‍वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा ल्याउनु हो। परमेश्‍वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र जीवनको खोजी गर्नु भनेको मुक्ति स्वीकार गर्नको लागि मानिसले गर्नैपर्ने कुरा हो। मानिसको नजरमा मुक्ति परमेश्‍वरको प्रेम हो र परमेश्‍वरको प्रेम कहिल्यै पनि सजाय, न्याय र सरापहरू हुन सक्दैन; मुक्तिमा प्रेम, दया र त्यसबाहेक सान्त्वनाका शब्दहरू, साथसाथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिषहरू हुनुपर्दछ। जब परमेश्‍वरले मानिसलाई बचाउनुहुन्छ, तब मानिसहरूले आफ्ना हृदयहरू परमेश्‍वरलाई दिन सकून् भनी परमेश्‍वरले उनीहरूलाई आफ्ना आशिषहरू र अनुग्रहले असर पार्दै त्यसो गर्नुहुन्छ भनी मानिसहरू विश्‍वास गर्दछन्। भन्नुको तात्पर्य यो हो, कि उहाँले मानिसलाई छुनु भनेको उहाँले तिनीहरूलाई बचाउनु हो। यस प्रकारको मुक्ति एक सम्झौता गरेर गरिन्छ। जब परमेश्‍वरले तिनीहरूलाई एक सय गुणा दिनुहुन्छ तब मात्र मानिस परमेश्‍वरको नाउँको सामु अधीनमा आउँदछ र उहाँका निम्ति राम्रो गर्ने र उहाँलाई महिमा दिने कोसिस गर्छ। मानव जातिका लागि परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम प्रेम र दया देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम प्रेम वा करुणा होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, र म जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धर्मी न्याय होस् वा निर्दयी शुद्धीकरण र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकार अनुसार वर्गीकरण गरिए पनि वा मानिसका वर्गहरूलाई उदाङ्गो पारिए पनि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ। यसैले, आजको मुक्तिको विधि विगतको जस्तो छैन। आज, तिमीहरूको मुक्ति धर्मी न्यायको माध्यमबाट ल्याइन्छ, र यो तिमीहरूलाई प्रकारअनुसार वर्गीकरण गर्ने उत्तम साधन हो। यसबाहेक, निर्दयी सजायले तिमीहरूको पूर्ण मुक्तिको रूपमा काम गर्दछ—र त्यस्तो सजाय र न्यायको सामना गर्नुपर्दा तिमीहरूले के भन्नुपर्ने हुन्छ? के तिमीहरूले सुरुदेखि अन्त्यसम्म सधैँ मुक्तिको आनन्द लिइरहेका छैनौ र? तिमीहरूले देहधारी परमेश्‍वरलाई देखेका छौ र उहाँको सर्वशक्तिमान्‌ता र बुद्धिलाई महसुस गरेका छौ; यसबाहेक अझै तिमीहरूले बारम्बारको पिटाइ र अनुशासनको अनुभव गरेका छौ। तापनि, के तिमीहरूले सर्वोच्च अनुग्रह पनि प्राप्त गरेका छैनौ र? के तिमीहरूका आशिषहरू अरू कसैको भन्दा ठूलो छैनन् र? तिमीहरूका अनुग्रहहरू सोलोमनले उपभोग गरेका गौरव र धन-सम्पत्तिभन्दा पनि प्रचुर छन्! यसको बारेमा विचार गर: यदि म आउनुको उद्देश्य तिमीहरूलाई मुक्ति दिनु नभएर तिमीहरूलाई दोष लाउनु र दण्ड दिने थियो भने, के तिमीहरूका दिनहरू यति लामो लम्बिने थियो? के मासु र रगतका तिमी पापी प्राणीहरू आजको दिनसम्म जीवित रहन सक्थ्यौ? यदि मेरो लक्ष्य तिमीहरूलाई दण्ड दिनु मात्र थियो भने, म किन मानिस बन्थें र त्यस्तो ठूलो काम सुरु गर्थें? के तिमीहरूजस्ता मरणशील प्राणीलाई एकै शब्द बोलेर मात्रै पनि दण्ड दिन सकिँदैनथियो र? के तिमीहरूलाई जानाजानी दोष लगाएपछि मैले तिमीहरूलाई नाश पार्नु आवश्यक हुन्थ्यो? के तिमीहरू अझै पनि मेरा यी वचनहरूमा विश्‍वास गर्दैनौ? के म मानिसहरूलाई प्रेम र दयाको माध्यमबाट मात्र बचाउन सक्थेँ? वा के मानिसलाई बचाउन म क्रूसको मृत्यु मात्र प्रयोग गर्न सक्थेँ? के मेरो धर्मी स्वभाव मानिसलाई पूर्णतया आज्ञाकारी बनाउन अझ उपयोगी छैन र? के यो मानिसलाई पूर्ण रूपमा बचाउन अझ सक्षम छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८५

मेरा वचनहरू कठोर हुन सक्छन्, तापनि ती सबै मानिसका मुक्तिका लागि भनिएका छन्, किनकि म केवल वचनहरू मात्र बोल्दैछु र मानिसको देहलाई दण्ड दिइरहेको छैन। यी वचनहरूले मानिसलाई ज्योतिमा बस्न, ज्योति छ भनी जान्न, त्यो ज्योति अनमोल छ भनेर बुझ्न र अझ त्योभन्दा बढी, यी वचनहरू तिनीहरूका लागि कति धेरै लाभदायक छन् भनेर जान्न, साथै परमेश्‍वर मुक्ति हुनुहुन्छ भनी बुझ्न पनि सहायता गर्दछन्। मैले सजाय र न्यायका धेरै वचनहरू बोलेको भए पनि, तिनले जुन कुराको प्रतिनिधित्व गर्दछन् त्यो तिमीहरूमा व्यवहारिक रूपमा गरिएको छैन। म मेरो काम गर्न र मेरा वचनहरू बोल्न आएको हुँ, र मेरा वचनहरू कठोर भए पनि ती तिमीहरूको भ्रष्टता र तिमीहरूको विद्रोहको न्याय गर्न बोलिएका हुन्। मेरो यो कामको उद्देश्य मानिसलाई शैतानको अधिकार क्षेत्रबाट बचाउनु नै हो; मानिसलाई बचाउन मैले मेरा वचनहरू प्रयोग गर्दैछु। मेरो उद्देश्य भनेको मेरा वचनहरूद्वारा मानिसको हानि गर्नु होइन। मेरो कामको नतिजा प्राप्त गर्नका लागि नै मेरा वचनहरू कठोर छन्। त्यस्तो कामद्वारा मात्र मानिसले आफैलाई चिन्न र आफ्‍नो विद्रोही स्वभावबाट अलग हुन सक्छ। वचनहरूको कामको सबैभन्दा ठूलो महत्त्व भनेको मानिसहरूले सत्य कुरा बुझेपछि तिनीहरूलाई त्यो व्यवहारमा अपनाउने, तिनीहरूको स्वभाव परिवर्तन गर्ने र आफ्नो र परमेश्‍वरको कार्यको ज्ञान प्राप्त गर्ने तुल्याउनु हो। वचनहरू बोलेर काम गर्दा मात्रै परमेश्‍वर र मानिसबीच कुराकानी गर्नु सम्भव हुन्छ, र वचनहरूले मात्र सत्यतालाई वर्णन गर्न सक्दछ। यस तरिकाले काम गर्नु नै मानिसलाई जित्ने सबैभन्दा उत्तम माध्यम हो; वचनहरू बोल्‍ने बाहेक, अरू कुनै पनि विधिले मानिसहरूलाई सत्यता र परमेश्‍वरको काम स्पष्ट रूपमा बुझाउन सक्दैन। यसैले, आफ्‍नो अन्तिम चरणको काममा, परमेश्‍वरले मानिससँग मानिसले अझैसम्म नबुझेका सत्यता र रहस्यहरू प्रकट गर्न, तिनीहरूलाई परमेश्‍वरबाट साँचो बाटो र जीवन प्राप्त गर्ने तुल्याउन र त्यसरी उहाँको इच्छा पूरा गर्नको लागि बोल्नुहुन्छ। परमेश्‍वरले मानिसमा गर्नुहुने कामको उद्देश्य तिनीहरूलाई परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम बनाउनु हो, र यो तिनीहरूकहाँ मुक्ति ल्याउनका लागि गरिन्छ। त्यसकारण, मानिसले उहाँको मुक्ति पाएको समयमा, उहाँले तिनीहरूलाई दण्ड दिने काम गर्नुहुन्न। मानिसकहाँ मुक्ति ल्याउने क्रममा, परमेश्‍वरले दुष्टलाई दण्ड वा असललाई इनाम दिनुहुन्न, न त उहाँले विभिन्न किसिमका मानिसहरूका गन्तव्यहरू नै प्रकट गर्नुहुन्छ। बरु, उहाँको कामको अन्तिम चरण पूरा भएपछि मात्र उहाँले खराबीलाई दण्ड दिने र असल कार्यलाई इनाम दिने काम गर्नुहुनेछ, तब मात्र उहाँले सबै किसिमका विभिन्‍न मानिसहरूको अन्त्य प्रकट गर्नुहुन्छ। दण्ड पाउने तिनीहरू हुनेछन् जो वास्तवमा मुक्ति पाउन असमर्थ हुन्छन्, अनि बचाइएकाहरू ती हुनेछन् जसले परमेश्‍वरले मानिसलाई मुक्ति दिनुभएको समयमा परमेश्‍वरको मुक्ति प्राप्त गरेका हुन्छन्। परमेश्‍वरले मुक्ति दिने कार्य गरिरहनुभएको बेला मुक्ति पाउन सक्ने प्रत्येक व्यक्तिले हरसम्भव मुक्ति पाउनेछ, र तिनीहरूमध्ये कसैलाई पनि फालिनेछैन, किनकि परमेश्‍वरको कामको उद्देश्य भनेको मानिसलाई बचाउनु नै हो। ती सबै जो, परमेश्‍वरले मानिसलाई मुक्ति दिइरहनुभएको समयमा आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न असमर्थ हुन्छन्—साथै तिनीहरू सबै जो पूर्ण रूपले परमेश्‍वरको अधीनमा बस्न असमर्थ हुन्छन्—तिनीहरू दण्डका पात्रहरू बन्नेछन्। कामको यो चरणले, अर्थात् वचनहरूको कामले मानिसहरूले बुझ्न नसक्ने सबै मार्गहरू र रहस्यहरू खोल्‍नेछ, यसरी तिनीहरूले परमेश्‍वरको इच्छा र परमेश्‍वरले तिनीहरूबाट गर्नुभएका मागहरू बुझ्न सक्छन्, र यसरी तिनीहरूले परमेश्‍वरको वचनहरू अभ्यास गर्ने र तिनीहरूको स्वभावमा परिवर्तन गर्ने पूर्वसर्तहरू पाउन सक्छन्। परमेश्‍वरले उहाँको आफ्नो काम गर्न केवल वचनहरू प्रयोग गर्नुहुन्छ र मानिस थोरै विद्रोही हुँदा उसलाई दण्ड दिनुहुन्न; किनकि अहिले मुक्तिको कामको समय हो। यदि विद्रोही काम गर्ने कुनै पनि व्यक्तिलाई दण्ड दिइयो भने कसैले पनि मुक्ति पाउने मौका पाउनेथिएन; सबैले दण्ड पाउनेथिए र पातालमा खस्नेथिए। मानिसलाई न्याय गर्ने वचनहरूको उद्देश्य भनेको तिनीहरूलाई आफैलाई चिन्ने र परमेश्‍वरमा समर्पित हुने मौका दिनु हो; यो तिनीहरूलाई त्यस्तो न्यायद्वारा दण्ड दिनु होइन। वचनहरूको कामको अवधिमा, धेरै मानिसहरूले आफ्नो विद्रोहीपन र अनादर साथसाथै देहधारी परमेश्‍वरप्रति तिनीहरूको अनाज्ञाकारितालाई प्रकट गर्नेछन्। तापनि, त्यसको फलस्वरूप उहाँले यी सबै मानिसहरूलाई दण्ड दिनुहुन्न, तर त्यसको साटो उहाँले भित्रैदेखि भ्रष्ट र मुक्ति पाउन नसक्ने ती सबै मानिसलाई पर पन्छ्याउनुहुनेछ। उहाँले तिनीहरूको देह शैतानलाई दिनुहुनेछ र केही अवस्थाहरूमा तिनीहरूको देह नाश पार्नुहुनेछ। बाँकी रहेकाहरू पछि लागिरहनेछन् र तिनीहरूले निराकरण र छिँवल्ने कार्यको अनुभव गर्नेछन्। यदि पछ्याउने क्रममा, यी मानिसहरू अझै पनि निराकरण र छिँवल्ने कार्यलाई स्वीकार गर्न सक्दैनन् र झन्-झन् पतित हुँदै जान्छन् भने, तिनीहरूले मुक्ति पाउने आफ्‍नो मौका गुमाउनेछन्। प्रत्येक व्यक्ति जो परमेश्‍वरका वचनहरूद्वारा जितिनका निम्ति समर्पित हुन्छन् तिनीहरूले मुक्ति पाउने प्रशस्त मौका पाउनेछन्; यी प्रत्येक मानिसमा आएको परमेश्‍वरको मुक्तिले उहाँको परम उदारतालाई देखाउनेछ। अर्को शब्दमा, तिनीहरूलाई अत्याधिक सहिष्णुता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्‍वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ। जब मानिसले पहिलो पटक परमेश्‍वरको विरुद्धमा विद्रोह गऱ्यो, उहाँले तिनीहरूलाई मार्ने कुनै इच्छा गर्नुहुन्‍न; बरु, तिनीहरूलाई बचाउन उहाँले सक्दो कोसिस गर्नुहुन्छ। यदि कसैसँग मुक्तिको लागि कुनै ठाउँ छैन भने, परमेश्‍वरले तिनीहरूलाई पन्छ्याउनुहुनेछ। परमेश्‍वरले केही मानिसहरूलाई दण्ड दिनु ढिलो गर्नुको कारण यो हो कि मुक्ति पाउन निम्ति योग्य सबै मानिसलाई मुक्ति दिने उहाँको चाहना हुन्छ। उहाँले वचनद्वारा मात्रै मानिसहरूलाई न्याय गर्नुहुन्छ, ज्ञान दिनुहुन्छ, र डोऱ्याउनुहुन्छ, र तिनीहरूलाई मार्न उहाँले डन्डा चलाउनुहुन्न। मानिसहरूलाई मुक्तिमा ल्याउनका लागि वचनहरू प्रयोग गर्नु नै अन्तिम चरणको कामको उद्देश्य र महत्त्व हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८६

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र बेजोड गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरको हृदयअनुरूप भएको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति आज्ञाकारी होस्, उहाँको गवाही दिओस्, उहाँको व्यावहारिक र सामान्य कार्य जानोस्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूको पालना गरोस्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही दिओस् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनुपर्छ; यस प्रकारको गवाही मात्र सही र यथार्थ हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय र सजाय, निराकरण र काँट-छाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँले उहाँको गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८७

कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध बनाउन सक्‍नुहुन्छ भनी प्रश्न गर्छ। तिनीहरू भन्छन्, “यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई इन्साफ गर्नुभयो भने, के मानिस दोषी हुने थिएन? त्यसो भए ऊ कसरी अझै सिद्ध हुन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्‍वरका कामहरूलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको अनाज्ञाकारिता हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ रूखो र कठोरता साथ बोल्नुहुने भए तापनि, उहाँले मानिसभित्र भएका सबै कुरा प्रकट गर्नुहुन्छ, उहाँले यी कठोर शब्दहरूद्वारा ती कुरा प्रकट गर्नुहुन्छ जुन मूल रूपमा मानिसभित्र हुन्छ, तापनि त्यस्तो न्यायद्वारा उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ। मानिसको शरीर पापको र शैतानको हो, यो अनाज्ञाकारिता हो, र यो परमेश्‍वरको सजायको पात्र हो। यसैले, मानिसलाई ऊ आफैलाई चिन्‍न लगाउनको लागि परमेश्‍वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र त्यहाँ हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्‍वरको काम प्रभावकारी हुन सक्दछ।

परमेश्‍वरले बोल्नुभएका वचनहरूबाट यो बुझ्न सकिन्छ, कि उहाँले मानव देहलाई अघिबाटै दोषी ठहराइसक्‍नुभएको छ। त्यसो भए, के यी वचनहरू सरापका वचनहरू होइनन् र? परमेश्‍वरले बोल्नुभएका वचनहरूले मानिसको वास्तविक रङ्ग प्रकट गर्दछ, र त्यस्तै प्रकाशद्वारा उसको न्याय हुन्छ, र जब उसले आफू परमेश्‍वरको इच्छा पूरा गर्न असमर्थ छु भन्‍ने देख्छ, तब भित्र उसले शोक र पछुतोको महसुस गर्दछ, उसले आफू परमेश्‍वरप्रति ऋणी भएको महसुस गर्छ, र परमेश्‍वरको इच्छा प्राप्त गर्न सक्दैन। कहिलेकहीँ यस्ता समयहरू हुन्छन् जब पवित्र आत्माले तँलाई भित्रबाट अनुशासित गर्नुहुन्छ, र यो अनुशासन परमेश्‍वरको न्यायबाट आउँदछ; कहिलेकहीँ यस्तो समय हुन्छ, जब परमेश्‍वरले तँलाई हप्‍काउनुहुन्छ, र आफ्नो अनुहार तँबाट लुकाउनुहुन्छ, जब उहाँले तँलाई कुनै ध्यान दिनुहुन्न र तँभित्र कुनै काम गर्नुहुन्न, तँलाई शोधन गर्नका निम्ति विनाआवाज तँलाई दण्ड दिनुहुन्छ। मानिसमा परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपले उहाँको आफ्नो धर्मी स्वभाव स्पष्ट पार्नको लागि हो। मानिसले अन्त्यमा परमेश्‍वरको लागि कस्तो गवाही दिन्छ? मानिसले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, उहाँको स्वभाव धार्मिकता, क्रोध, सजाय र न्याय हो भनी गवाही दिन्छ; मानिसले परमेश्‍वरको धर्मी स्वभावको गवाही दिन्छ। मानिसलाई सिद्ध बनाउन परमेश्‍वरले उहाँको न्यायको प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेममा कति धेरै कुरा छ? त्यहाँ न्याय, प्रताप, क्रोध र सराप छ। विगतमा परमेश्‍वरले मानिसलाई सराप दिनुभएको भए पनि उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हालिदिनुभएन, तर त्यो साधनलाई मानिसको विश्‍वासलाई शोधन गर्न प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन, तर मानिसलाई सिद्ध बनाउनका निम्ति कार्य गर्नुभयो। शरीरको सार त्यो हो जुन शैतानको हो—परमेश्‍वरले यसलाई ठीकै भन्नुभएको थियो—तर परमेश्‍वरले गर्नुभएका तथ्यहरूलाई उहाँका वचनहरू अनुसार पूरा गरिँदैनन्। तैँले उहाँलाई प्रेम गर्न सक् र तैँले देहको सारलाई बुझ्न सक् भनी उहाँले तँलाई सराप्नुहुन्छ; तँ बिउँझन सक्, तैँले आफू भित्रका कमी-कमजोरीहरूलाई जान्न सक् अनि मानिस पूर्ण रूपमा अयोग्य छ भनी जान् भनी उहाँले तँलाई सजाय दिनुहुन्छ। यसैले, परमेश्‍वरका सरापहरू, उहाँको न्याय र उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध बनाउनका निम्ति हुन्। आज परमेश्‍वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूभित्र स्पष्ट पार्नुहुने धर्मी स्वभाव—यी सबै मानिसलाई सिद्ध बनाउनका लागि हुन्। परमेश्‍वरको प्रेम यस्तो प्रकारको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८८

मानिसका परम्परागत धारणाहरूमा, उसले यो विश्‍वास गर्छ, कि परमेश्‍वरको प्रेम उहाँको अनुग्रह, दया, र मानिसको कमजोरीप्रतिको सहानुभूति हो। यी थोकहरू पनि परमेश्‍वरको प्रेम नै भए तापनि, ती अत्यन्तै एकतर्फी छन्, र ती परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुने मुख्य माध्यम होइनन्। कोही मानिसहरू बिमारीको कारण परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्। यो बिमारी तेरो लागि परमेश्‍वरको अनुग्रह हो; योविना तैँले परमेश्‍वरमा विश्‍वास गर्ने थिइनस्—र यदि तैँले परमेश्‍वरमा विश्‍वास नगरेको भए तँ यति टाढासम्म आउने थिइनस्—यसैले यो अनुग्रह पनि परमेश्‍वरको प्रेम नै हो। येशूमा विश्‍वास गर्ने समयमा मानिसहरूले परमेश्‍वरलाई अप्रिय लाग्ने धेरै कुराहरू गरे, किनकि तिनीहरूले सत्यतालाई बुझेका थिएनन्, तैपनि परमेश्‍वरसँग प्रेम र कृपा छ, र उहाँले मानिसलाई यहाँसम्म ल्याउनुभएको छ, र मानिसहरूले केही नबुझे पनि अझै पनि परमेश्‍वरले मानिसलाई उहाँको पछि लाग्‍न दिनुहुन्छ, यसबाहेक, उहाँले मानिसलाई आजको दिनसम्म ल्याउनुभएको छ। के यो परमेश्‍वरको प्रेम होइन र? जुन कुरा परमेश्‍वरको स्वभावमा प्रकट हुन्छ, त्यो परमेश्‍वरको प्रेम हो—यो एकदम सही छ! जब मण्डली निर्माणको कार्य चरम सीमामा पुगेको थियो, तब परमेश्‍वरले सेवाकर्ताहरूको कामको चरण पूरा गर्नुभयो र मानिसलाई अतल कुण्डमा हालिदिनुभयो। सेवाकर्ताहरूका समयका वचनहरू सबै सरापहरू थिए: तेरो शरीरको सराप, तेरो भ्रष्ट शैतानिक स्वभावको सराप, र परमेश्‍वरको इच्छा पूरा नगर्ने तेरा कुराहरूका सरापहरू। त्यस चरणमा परमेश्‍वरले गर्नुभएको काम प्रतापको रूपमा प्रकट भयो, त्यसको लगत्तै परमेश्‍वरले सजायको कामको चरण पूरा गर्नुभयो, र त्यहाँ मृत्युको जाँच आयो। त्यस्तो काममा, मानिसले परमेश्‍वरको क्रोध, प्रताप, न्याय, र सजाय देख्यो, तैपनि उसले परमेश्‍वरको अनुग्रह, उहाँको प्रेम र कृपा पनि देख्यो। परमेश्‍वरले गर्नुभएका सबै कुरा, र उहाँको स्वभावको रूपमा प्रकट भएका सबै कुरा, मानिसका लागि परमेश्‍वरको प्रेम थियो, र परमेश्‍वरले गर्नुभएका सबै कुराले मानिसका आवश्यकताहरू पूरा गर्न सके। उहाँले मानिसलाई सिद्ध बनाउनका लागि यो गर्नुभयो, र उहाँले मानिसका निम्ति उसको कदअनुसार प्रबन्ध गर्नुभयो। यदि परमेश्‍वरले यो नगर्नुभएको भए, मानिस परमेश्‍वरको सामु आउन सक्दैनथियो र उसँग परमेश्‍वरको वास्तविक अनुहार चिन्ने कुनै उपाय हुँदैनथ्यो। मानिसले सबैभन्दा पहिले परमेश्‍वरमा विश्‍वास गर्न थालेकोदेखि आजसम्म परमेश्‍वरले मानिसका निम्ति उसको कदअनुसार बिस्तारै प्रबन्ध गरिदिनुभएको छ, यसैले भित्रबाट मानिसले बिस्तारै उहाँलाई चिन्न सक्यो। आजको दिनमा आइपुगेपछि मात्र मानिसले परमेश्‍वरको न्याय कति अचम्मको छ भनी थाहा पाउँछ। सेवाकर्ताहरूको कामको चरण भनेको सृष्टिको समयदेखि आजसम्म भएको सरापको कामको पहिलो घटना थियो। मानिसलाई श्राप दिई अतल कुण्डमा पुर्‍याइएको थियो। यदि परमेश्‍वरले त्यो नगर्नुभएको भए, आज मानिसमा परमेश्‍वरबारे सही ज्ञान हुने थिएन; परमेश्‍वरको सरापद्वारा मात्र मानिसले उहाँको आधिकारिक स्वभावलाई अनुभव गऱ्यो। सेवाकर्ताहरूको जाँचद्वारा मानिसलाई प्रकट गरियो। उसले उसको बफादारी अस्वीकार्य छ, उसको कद धेरै सानो छ, उसले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन, र परमेश्‍वरलाई सन्तुष्ट पार्छु भन्‍ने उसका दाबीहरू सधैँ शब्‍दहरूमा मात्र सीमित छन् भन्‍ने देख्यो। परमेश्‍वरले मानिसलाई सेवाकर्ताहरूको कामको चरणमा सराप दिनुभएको भए तापनि, अहिले पछाडि फर्केर हेर्दा, परमेश्‍वरको कामको त्यो चरण अद्भुत थियो: यसले मानिसका लागि ठूलो मोड् ल्यायो र उसको जीवनको स्वभावमा ठूलो परिवर्तन ल्यायो। सेवाकर्ताहरूको समयभन्दा पहिले मानिसले जीवनको खोजी गर्नु, परमेश्‍वरमा विश्‍वास गर्नु, वा परमेश्‍वरको कामको बुद्धि के हो भनी केही पनि बुझेको थिएन, न त उसले परमेश्‍वरको कामले मानिसलाई जाँच्‍न सक्छ भनी बुझेको नै थियो। सेवा गर्नेहरूको समयदेखि आजसम्म मानिसले परमेश्‍वरको काम कति अचम्मलाग्दो रहेछ भनी देख्दछ—यो मानिसका निम्ति बुझ्नै नसकिने छ। परमेश्‍वरले आफ्नो दिमाग प्रयोग गरेर कसरी काम गर्नुहुन्छ भनी मानिसले कल्पना गर्न सक्दैन, र उसले आफ्नो कद कति सानो रहेछ र ऊ कति धेरै अनाज्ञाकारी छ भनेर पनि देख्दछ। जब परमेश्‍वरले मानिसलाई सराप्नुभयो, त्यो एउटा परिणाम प्राप्त गर्नका निम्ति थियो, र उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन। उहाँले मानिसलाई सराप्नुभएको भए तापनि, उहाँले त्यो वचनहरूद्वारा गर्नुभयो, र उहाँको सरापहरू वास्तवमा मानिसमाथि आइलागेनन्, किनकि परमेश्‍वरका सरापहरू मानिसको अनाज्ञाकारिताका निम्ति थिए, त्यसैले उहाँका सरापका शब्दहरू मानिसलाई सिद्ध बनाउनका निम्ति पनि बोलिएका थिए। परमेश्‍वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्‍वरको कामको हरेक चरण—चाहे ती कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्‍वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, तिमीहरूले उहाँको बुद्धिको कदर गर्न सक भनेर उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ। तिमीहरूले आफैभित्र केही पीडा भोगेको भए तापनि, तिमीहरूको हृदयले स्थिरता र शान्तिको महसुस गर्दछ; परमेश्‍वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि आज तिमीहरूले आफूमा देखेको परमेश्‍वरको काम प्रेम नै हो भनी बुझ्नेछौ। यदि मानिसले परमेश्‍वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्‍वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्‍वरले तँलाई मुक्ति दिनको लागि तँलाई निराकरण गर्नुहुन्छ, अनि तैँले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैँले पछि फर्केर हेर्नेछस्, र परमेश्‍वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैँले परमेश्‍वरको इच्छालाई साँच्चै बुझ्न सक्नेछस्। आज, केही मानिसहरू छन् जसले भन्छन् कि उनीहरू परमेश्‍वरको इच्छा बुझ्दछन्, तर त्यो साँचो होइन। वास्तवमा उनीहरू झूटो बोलिरहेका हुन्छन्, किनकि अहिले उनीहरूले परमेश्‍वरको इच्छा मानिसलाई बचाउने हो कि सराप दिने हो भनी बुझ्न बाँकी नै छ। सायद अहिले तँ यसलाई स्पष्ट रूपमा देख्न सक्दैनस्, तर त्यो दिन आउनेछ जब तैँले परमेश्‍वरले महिमा प्राप्‍त गर्नुहुने दिन आएको देख्नेछस्, र परमेश्‍वरलाई प्रेम गर्नु कति अर्थपूर्ण रहेछ भनी बुझ्नेछस्, यसरी तैँले मानिसको जीवनलाई बुझ्नेछस् र तेरो शरीर परमेश्‍वरलाई प्रेम गर्ने संसारमा जिउनेछ। यसरी तेरो आत्मा स्वतन्त्र बनाइनेछ, तेरो जीवन आनन्दले भरिनेछ, र तँ सधैँ परमेश्‍वरको नजिक हुनेछस् र उहाँलाई हेर्नेछस्। त्यस बेला, तैँले साँच्चै परमेश्‍वरको आजको काम कति मूल्यवान् रहेछ भनी बुझ्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८९

अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्‍न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको भ्रष्ट स्वभाव उजागर गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्‍न सक्षम तुल्याउनु हो। बारम्बार दोहोर्‍याइने यी न्यायहरूले मानिसको हृदय छेड्छन्। प्रत्येक न्याय प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्धित हुन्छ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न र जीवनलाई जान्‍न सकून्, यो फोहोरी संसारलाई चिन्‍न सकून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई चिन्‍न सकून्, र यसको साथै मानवजातिलाई पनि चिन्‍न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। मानिसले जति धेरै यस प्रकारको सजाय र न्याय पाउँछ, त्यति नै धेरै उसको हृदयमा चोट पुग्‍न सक्छ र त्यति नै धेरै उसको आत्मा जागृत हुन सक्छ। यस प्रकारको न्यायको लक्ष्य यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्‍ने कुरा थाहै छैन, परमेश्‍वर हुनुहुन्छ भन्‍ने पनि थाहै छैन र निश्‍चय नै ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्‍ने पनि उसलाई थाहै छैन; कसरी पो उसले आफू पृथ्वीको यस दुष्ट नर्कमा बाँचिरहेको छु भनेर थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्थ्यो? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? अनि, सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँ आफूले मुक्ति दिन सक्‍ने भ्रष्ट मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? मानिसले हरसम्‍भव शोधन र न्यायको अनुभव गरेपछि पनि उसको बोधो चेतना सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै रहन्छ। मानवता कत्ति पतित छ! यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा लाभदायक कुरा हो। यदि यस्ता मानिसहरूलाई न्याय नगरिने हो भने, नतिजा केही पनि हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट जोगाउन पक्‍कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै नै अघि मरिसकेको छ र तिनीहरूका आत्मालाई शैतानले पहिले नै कुल्चिसकेको छ। पतनको सबैभन्दा ठूलो गहिराइमा डुबेका तिमीहरूलाई बचाउनका लागि तिमीहरूलाई जोडजोडले चिच्याउनुपर्छ, तिमीहरूलाई कडाइका साथ न्याय गरिनुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सम्भव हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९०

परमेश्‍वर सबैभन्दा पछौटे र फोहोरी ठाउँमा देह बन्‍नुभयो र यस्तो तरिकाले मात्र परमेश्‍वरले उहाँको पवित्र र धर्मी स्वभावको सम्पूर्णता स्पष्ट रूपमा देखाउन सक्‍नुहुन्छ। अनि उहाँको धर्मी स्वभाव के मार्फत देखाइन्छ? यो त्यस बेला देखाइन्छ जब उहाँले मानिसको पापको न्याय गर्नुहुन्छ, जब उहाँले शैतानको न्याय गर्नुहुन्छ, जब उहाँले पापलाई घृणा गर्नुहुन्छ, र जब उहाँले उहाँको विरोध र उहाँविरुद्ध विद्रोह गर्ने शत्रुहरूलाई तुच्छ ठान्‍नुहुन्छ। मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मीपनको न्याय गर्न, मानिसको अवज्ञालाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोलीवचन र कामहरू—परमेश्‍वरको विरुद्धमा रहेका यी सबैलाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको अवज्ञाका सबै कुरालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा केन्द्रित छन्; उहाँले आफ्नो धर्मी स्वभाव प्रकट गर्न मानिसको अधर्मीपनको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धर्मी स्वभावको प्रतिनिधित्व हो र वास्तवमा परमेश्‍वरको पवित्रता नै उहाँको धर्मी स्वभाव हो। तिमीहरूका भ्रष्ट स्वभाव नै आजका वचनहरूका सन्दर्भ हुन्—बोल्‍न र न्याय गर्न, अनि विजयको काम पूरा गर्न म तिनलाई प्रयोग गर्छु। वास्तविक काम यही मात्र हो र यसले मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा चम्काउँछ। यदि तँमा अलिकति पनि भ्रष्ट स्वभाव छैन भने, परमेश्‍वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा भ्रष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसै मार्फत उहाँको पवित्रतालाई देखाइन्छ। यदि परमेश्‍वरले मानिसको अपवित्रता र विद्रोहीपन अति ठूलो भएको देख्‍नुभयो र पनि उहाँ बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, र तेरो अधर्मीपनका लागि तँलाई सजाय पनि दिनुभएन भने, त्यसले उहाँ परमेश्‍वर हुनुहुन्‍न भन्‍ने प्रमाणित गर्छ, किनकि उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन, उहाँ मानिस झैं फोहोरी हुनुहुनेथियो। आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्छु, र तेरो भ्रष्टता र विद्रोहीपनकै कारण म तँलाई सजाय दिन्छु। मैले तिमीहरूलाई आफ्नो शक्ति देखाइरहेको वा जानीजानी तिमीहरूलाई दमन गरिरहेको छैन; यस फोहोरको देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले संसारको सबैभन्दा फोहोरी कुनामा जन्मेका सुँगुरहरूले जस्तै आफ्नो सत्यनिष्ठा र मानवता गुमाएका छौ। तिमीहरूको फोहोर र भ्रष्टताको कारण नै तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि क्रोध बर्साउँछु। यी वचनहरूको यही न्यायको कारण नै तिमीहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारणले नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध बर्साउनुहुन्छ; मानवजातिको विद्रोहीपन देखेर नै उहाँले उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानवजातिको फोहोर र भ्रष्टताले नै उहाँको पवित्रताको प्रकटीकरण गराउँछ। यही नै उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँ विशुद्ध र पवित्र भएर पनि उहाँ फोहोरको देशमा बस्‍नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ। यदि कुनै व्यक्ति अरूसँग हिलोमा लडबडिन्छ, र उभित्र केही पनि पवित्र छैन भने र ऊसँग कुनै धर्मी स्वभाव छैन भने, ऊ मानिसको अधर्मको न्याय गर्न योग्य हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै योग्य हुन्छ। एकअर्कामा एकसमान रूपले फोहोरी रहेका व्यक्तिहरू आफूजस्तै व्यक्तिहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्‍वर स्वयम् मात्र सम्पूर्ण फोहोर मानवजातिको न्याय गर्न सक्षम हुनुहुन्छ। मानिसले कसरी मानिसकै पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्‍न सक्छ, र ती पापहरूको निन्दा गर्न मानिस कसरी योग्य हुन सक्छ? यदि परमेश्‍वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्‍नथ्यो भने, उहाँ कसरी धर्मी परमेश्‍वर स्वयम्‌ हुन सक्‍नुहुन्थ्यो? मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकट गर्ने हुनाले, परमेश्‍वर तिनीहरूको न्याय गर्नका निम्ति बोल्नुहुन्छ, अनि मात्र तिनीहरूले उहाँ पवित्र हुनुहुन्छ भनी देख्‍न सक्छन्। जब उहाँले मानिसका पापहरू प्रकट गर्दै मानिसलाई उसका पापहरूका निम्ति न्याय र सजाय गर्नुहुन्छ, कुनै पनि व्यक्ति वा थोक यस न्यायबाट उम्कन सक्दैन; सबै फोहोरी कुराहरूलाई उहाँले नै न्याय गर्नुहुन्छ, र यसरी मात्र उहाँको स्वभाव धर्मी स्वभावको रूपमा प्रकटीकरण हुनेछ। यदि यो अन्यथा हुन्थ्यो भने, तिमीहरू नाउँ र तथ्य, दुवैमा प्रतिभार हौ भनी कसरी भन्‍न सकिन्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९१

इस्राएलमा गरिएको काम र आजको कामको बीचमा ठूलो भिन्‍नता छ। यहोवाले इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो र त्यहाँ त्यति धेरै सजाय र न्याय थिएन, किनकि त्यसबेला मानिसहरूले संसारलाई थोरै मात्र बुझेका थिए र उनीहरूका भ्रष्ट स्वभावहरू थोरै थिए। त्यसबेला, इस्राएलीहरूले यहोवाको पूर्ण आज्ञापालन गर्थे। जब उहाँले तिनीहरूलाई वेदी बनाउनू भनी भन्‍नुभयो, तब तिनीहरूले तुरुन्तै वेदीहरू निर्माण गरे; जब उहाँले तिनीहरूलाई पूजाहारीको पोसाक लगाउनू भनी भन्‍नुभयो, तिनीहरूले आज्ञापालन गरे। ती दिनहरूमा, यहोवा भेडाको बगाललाई हेरचाह गर्ने गोठालोझैं हुनुहुन्थ्यो, भेडाहरू गोठालोको अगुवाइमा हिँड्थे र चरनका घाँसहरू खान्थे; के खाने, के लगाउने, कसरी बस्‍ने र कसरी यात्रा गर्ने भनी बताउँदै यहोवाले तिनीहरूको जीवनलाई डोऱ्याउनुभयो। त्यो परमेश्‍वरको स्वभाव स्पष्ट पार्ने समय थिएन, किनकि त्यस समयको मानवजाति भर्खर जन्मेको थियो; त्यहाँ विद्रोही र विरोधीहरू थोरै थिए, मानवजातिमाझ त्यति फोहोर थिएन, यसैले मानिसहरूले परमेश्‍वरको स्वभावको प्रतिभारको रूपमा काम गर्न सक्दैनथे। फोहोरको देशबाट आएका मानिसहरूमार्फत नै परमेश्‍वरको पवित्रतालाई देखाइन्छ; आज, उहाँले फोहोरको देशका यी मानिसहरूमा प्रकट भएको फोहोर प्रयोग गर्नुहुन्छ, र उहाँले न्याय गर्नुहुन्छ, र न्यायमाझ उहाँ जे हुनुहुन्छ सो प्रकटीकरण हुन्छ। उहाँले किन न्याय गर्नुहुन्छ? उहाँले न्यायको वचनहरू बोल्न सक्‍नुहुन्छ, किनकि उहाँले पापलाई घृणा गर्नुहुन्छ; यदि उहाँले मानवजातिको विद्रोहीपनलाई घृणा गर्नु हुँदैनथ्यो भने उहाँ कसरी त्यत्ति रिसाउन सक्‍नुहुन्थ्यो र? यदि उहाँभित्र कुनै घृणा, कुनै इन्कार हुँदैनथ्यो भने, यदि उहाँले मानिसहरूको विद्रोहलाई ध्यान दिनुहुन्‍नथ्यो भने, त्यसले उहाँलाई मानिसजस्तै फोहोर साबित गर्नेथ्यो। उहाँले मानिसलाई न्याय र सजाय गर्न सक्‍नुहुन्छ, किनकि उहाँ फोहोरलाई घृणा गर्नुहुन्छ, र जुन कुरालाई उहाँ घृणा गर्नुहुन्छ त्यो उहाँमा छँदै छैन। यदि उहाँमा पनि विरोध र विद्रोह भएको भए, उहाँले विरोधी र विद्रोहीहरूलाई तुच्छ मान्‍नुहुनेथिएन। यदि आखिरी दिनहरूको काम इस्राएलमा गरिएको भए त्यसको कुनै अर्थ हुनेथिएन। आखिरी दिनहरूको काम किन चीनमा भइरहेको छ, जुन सबैभन्दा अन्धकार र पछौटे ठाउँ हो? यो उहाँको पवित्रता र धार्मिकता प्रदर्शन गर्नका लागि हो। संक्षेपमा, ठाउँ जति धेरै अन्धकार हुन्छ परमेश्‍वरको पवित्रता त्यत्ति नै बढी स्पष्ट रूपमा देखाउन सकिन्छ। वास्तवमा, यी सबै परमेश्‍वरको कामका लागि हो। आज मात्र तिमीहरूले परमेश्‍वर स्वर्गबाट तिमीहरूमाझ खडा हुन तल आउनुभएको छ, तिमीहरूको फोहोरीपन र विद्रोहीपन देखाउनुभएको छ भन्‍ने थाहा पायौ, र अहिले मात्र तिमीहरूले परमेश्‍वरलाई चिन्यौ। के यो सबैभन्दा ठूलो उत्थान होइन र? वास्तवमा, तिमीहरू चीनका मानिसहरूको त्यो समूह हौ जसलाई चुनिएको थियो। तिमीहरू चुनिएकाले र तिमीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द पाएकाले, र तिमीहरू त्यत्ति ठूलो अनुग्रहको आनन्द लिन योग्य नभएकाले, यसले यी सबै तिमीहरूको सर्वोच्‍च उत्थान हो भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वर तिमीहरूको सामु देखा पर्नुभएको छ, र तिमीहरूलाई उहाँको सम्पूर्ण पवित्र स्वभाव देखाउनुभएको छ, र उहाँले त्यो सबै नै तिमीहरूलाई दिनुभएको छ, र तिमीहरूले आनन्द लिन सक्‍ने सबै आशिष्‌हरू दिनुभएको छ। तिमीहरूले परमेश्‍वरको धर्मी स्वभावको स्वाद मात्र पाएका नभई परमेश्‍वरको मुक्ति, परमेश्‍वरको छुटकारा र परमेश्‍वरको असीमित, अनन्त प्रेमको स्वाद पनि पाएका छौ। सबैभन्दा फोहोरी तिमीहरूले त्यत्ति ठूलो अनुग्रह उपभोग गरेका छौ, के तिमीहरू आशिषित छैनौ र? के यो तिमीहरूलाई परमेश्‍वरले उचाल्नुभएको होइन र? तिमीहरूको हैसियत सबैभन्दा नीच छ; तँ अन्तर्निहित रूपमै त्यस्तो ठूलो आशिष्‌ पाउन अयोग्य छस्, तैपनि परमेश्‍वरले अपवादको रूपमा तँलाई उचाल्नुभयो। के तँलाई लाज लाग्दैन? यदि तँ आफ्नो कर्तव्य पूरा गर्न असमर्थ छस् भने, तँ अन्त्यमा आफैदेखि लज्‍जित हुनेछस्, र तैँले आफैलाई दण्ड दिनेछस्। आज, तँ अनुशासनमा परेको छैनस्, न त तैँले दण्ड नै पाएको छस्; तेरो देह सुरक्षित र स्वस्थ छ—तर अन्त्यमा, यी वचनहरूले तँलाई लज्‍जित पार्नेछन्। आजको दिनसम्म मैले कसैलाई खुल्लमखुल्ला सजाय दिएको छैनँ; मेरा वचनहरू कठोर होलान्, तर मैले मानिसहरूसित कसरी व्यवहार गर्छु? म तिनीहरूलाई सान्त्वना दिन्छु, तिनीहरूलाई प्रोत्साहित गर्छु, र तिनीहरूलाई स्मरण गराउँछु। तिमीहरूलाई मुक्ति दिनुबाहेक अरू कुनै पनि कारणले म यो गर्दिनँ। के तिमीहरू साँच्‍चै मेरो इच्छा बुझ्दैनौ? मैले जे भन्छु त्यो तिमीहरूले बुझ्नुपर्छ र त्यसबाट उत्प्रेरित हुनुपर्छ। अहिले मात्र बुझ्‍ने मानिसहरू धेरै छन्। के यो प्रतिभार हुनुको आशिष् होइन र? के प्रतिभार हुनु सबैभन्दा ठूलो आशिषको कुरा होइन र? अन्त्यमा, जब तिमीहरू सुसमाचार फैलाउन जान्छौ, तिमीहरू भन्‍नेछौ: “हामीहरू खास प्रतिभारहरू हौँ।” तिनीहरूले तँलाई सोध्‍नेछन्, “तिमीहरू खास प्रतिभारहरू हौ भन्‍नुको अर्थ के हो?” अनि तैँले भन्‍नेछस्: “हामी परमेश्‍वरको काम र उहाँको महान् शक्तिको प्रतिभार हौं। हाम्रो विद्रोहीपनद्वारा परमेश्‍वरको सम्पूर्ण धर्मी स्वभाव प्रकाशमा आउँछ; हामी आखिरी दिनहरूको परमेश्‍वरको काममा सेवा गर्ने वस्तुहरू हौं, हामी उहाँका कामका अतिरिक्त भागहरू हौँ र यसका साधनहरू पनि हौं।” त्यो सुन्दा, तिनीहरू छक्‍क पर्नेछन्। अनि तैँले भन्‍नेछस्: “हामी परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डको काम पूरा गर्नुभएको र उहाँले सारा मानवजातिलाई जित्‍नुभएको तथ्यका नमुना र उदाहरणहरू हौं। हामी पवित्र वा फोहोरी जे भए पनि, समग्रमा, हामी तिमीहरूभन्दा बढी आशिषित् छौं, किनकि हामीले परमेश्‍वरलाई देखेका छौं, र उहाँले हामीमाथि विजय हासिल गर्ने अवसरको माध्यमद्वारा परमेश्‍वरको महान् शक्तिलाई देखाइएको छ; हामी फोहोरी र भ्रष्ट भएकाले गर्दा मात्रै उहाँको धर्मी स्वभाव प्रकट भएको छ। के तिमीहरूले त्यसरी नै परमेश्‍वरको आखिरी दिनहरूको कामको साक्षी दिन सक्छौ? तिमीहरू योग्यका छैनौ! यो अरू केही नभएर परमेश्‍वरले हामीलाई उच्‍च पार्नुभएको तथ्य हो! हामी अहङ्कारी नभए पनि, हामीले गर्वसाथ परमेश्‍वरको प्रशंसा गर्न सक्छौं, किनकि त्यस्तो महान् प्रतिज्ञाको हकदार कोही पनि हुन सक्दैन र कसैले पनि त्यस्तो ठूलो आशिष्‌ उपभोग गर्न सक्दैन। हामी असाध्यै कृतज्ञ छौं किनभने हामी यति फोहोरी भएर पनि परमेश्‍वरको व्यवस्थापन अवधिमा प्रतिभारको रूपमा काम गर्न सक्छौं।” अनि जब तिनीहरूले सोध्छन्, “नमुना र उदाहरणहरू के-के हुन्?” तैँले भन्‍नेछस्, “हामी सबैभन्दा विद्रोही र फोहोरी मानवजाति हौं; हामी शैतानद्वारा गहन रूपले भ्रष्ट पारिएका छौं, देहमा हामी सबैभन्दा पछौटे र तुच्छ छौं। हामी शैतानद्वारा प्रयोग गरिएकाहरूको उत्कृष्ट उदाहरण हौं। आज, हामी परमेश्‍वरद्वारा जितिने मानवजातिमाझ पहिलो मानिसहरूको रूपमा चुनिएका छौं र हामीले परमेश्‍वरको धर्मी स्वभावलाई देखेका छौं र उहाँको प्रतिज्ञा पाएका छौं; हामी धेरै मानिसलाई जित्‍न प्रयोग भइरहेका छौं, त्यसैले हामी मानवजातिमा जितिएका मानिसहरूको नमूना र उदाहरण हौं।” यी वचनहरूभन्दा राम्रो साक्षी अरू छैन, र यो तेरो सर्वोत्तम अनुभव हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९२

तिमीहरूमाथि गरिएको विजयको कामको महत्त्व सबैभन्दा गहिरो छ: एक सन्दर्भमा, यस कार्यको उद्देश्य मानिसहरूको एउटा समूहलाई सिद्ध बनाउनु हो, भन्नुको अर्थ, तिनीहरू विजेताहरू, अर्थात् सिद्ध तुल्याइएका मानिसहरूको पहिलो समूह, अथवा पहिलो फलहरूको एउटा समूह बन्न सकून् भनेर तिनीहरूलाई सिद्ध बनाउनु हो। अर्को सन्दर्भमा, यो सृष्टि गरिएका प्राणीहरूलाई परमेश्‍वरको प्रेमको आनन्द लिन, परमेश्‍वरको पूर्ण र सबैभन्दा ठूलो मुक्ति प्राप्त गर्न दिनु हो, मानिसलाई दया र करुणा मात्र उपभोग गर्न दिने होइन, तर अझ महत्त्वपूर्ण कुरा, सजाय र न्यायको उपभोग गर्न दिनु पनि हो। संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैँले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। अझै अर्को सन्दर्भमा, यो शैतानको सामु गवाही दिनु हो। र अझै अर्को सन्दर्भमा, यो भविष्यको सुसमाचारको काम फैलाउनका लागि एउटा जग बसाल्नु हो। उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो। तिमीहरू सबै मोआबका सन्तान हौ; जब तिमीहरूमा विजयको काम गरिन्छ, यो ठूलो मुक्ति हो। तिमीहरू सबै पाप र व्यभिचारको देशमा बस्छौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्‍वरलाई हेर्न मात्र असक्षम छैनौ, तर अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय पाएका छौ, तिमीहरूले साँच्चिकै गम्भीर मुक्ति पाएका छौ, भन्नुको मतलब, तैँले परमेश्‍वरको सबैभन्दा ठूलो प्रेम पाएको छस्। उहाँले जे गर्नुहुन्छ ती सबैमा परमेश्‍वर साँच्चै तिमीहरूप्रति प्रेमिलो हुनुहुन्छ। उहाँमा कुनै खराब अभिप्राय छैन। तिमीहरूको पापको कारणले गर्दा नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ, यसैले कि तिमीहरूले आफैलाई जाँच्न सक र यो ठूलो मुक्ति पाउन सक। यो सबै मानिसलाई पूर्ण बनाउने उद्देश्यले गरिन्छ। सुरुदेखि अन्त्यसम्म, परमेश्‍वरले मानिसलाई बचाउन यथासक्दो गरिरहनुभएको छ, र उहाँका आफ्नै हातहरूले बनाउनुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहनुहुन्न। आज, उहाँ तिमीहरूको माझमा काम गर्न आउनुभएको छ; के अझै ठूलो मुक्ति होइन र? यदि उहाँले तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले तिमीहरूलाई व्यक्तिगत तवरमा मार्गदर्शन गर्न अझै यत्रो ठूलो काम गर्नुहुन्थ्यो र? उहाँले किन त्यस्तो कष्ट भोग्नुहुन्थ्यो? परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुन्न वा तिमीहरूप्रति कुनै नराम्रो अभिप्राय राख्नुहुन्न। तिमीहरूलाई थाहा हुनुपर्दछ कि परमेश्‍वरको प्रेम सबैभन्दा सत्य प्रेम हो। मानिसहरू अनाज्ञाकारी भएकोले मात्र उहाँले तिनीहरूलाई न्यायको माध्यमबाट बचाउनुपर्छ; यदि त्यसो नगरिने भए, तिनीहरूलाई बचाउन असम्भव हुनेथियो। तिमीहरूले कसरी जिउने भनी नजानेकाले र कसरी जिउने भनी थाहा नपाएकोले, र तिमीहरू व्यभिचारी र फोहोर शैतानहरू भएकोले, उहाँले तिमीहरूलाई अझ बढी भ्रष्ट हुन दिन सक्नुहुन्न, तिमीहरू अहिले यो फोहोर देशमा शैतानको इच्छाद्वारा कुल्चिएर जसरी जिइरहेका छौ त्यो उहाँले देख्न सक्नुहुन्न, र उहाँले तिमीहरूलाई पातालमा पस्न दिन सक्नुहुन्न। उहाँ केवल मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन चाहनुहुन्छ। तिमीहरूमाथि गरिने विजयको कामको मुख्य उद्देश्य यही नै हो—यो केवल मुक्तिको लागि हो। यदि तँमाथि गरिएका सबै कुरा प्रेम र मुक्ति हो भनी तैँले बुझ्न सक्दैनस् भने, यदि तँ यो एउटा तरिका मात्र हो, मानिसलाई यातना दिने उपाय र विश्‍वसनीय कुरा हो भनी सोच्छस् भने तँ पनि दुःख र कठिनाइ भोग्नका लागि संसारमा फर्केर जान सक्छस्! यदि तँ यस प्रवाहमा हुन, र यो न्याय र यो महान् मुक्तिको आनन्द लिन, यी सबै आशिषहरूको आनन्द लिन, मानव संसारमा कहीँ पनि नपाइने आशिष् पाउन र यो प्रेमको आनन्द लिन, अनि असल बन्न इच्छुक छस् भने: विजयको काम प्राप्त गर्न यो प्रवाहमा नै बस्, यसरी तँ सिद्ध पारिन सक्नेछस्। परमेश्‍वरको न्यायको कारण आज तैँले थोरै पीडा र शुद्धीकरण भोग्नुपर्ला, तर त्यो पीडा भोग्नुको मूल्य र अर्थ छ। यद्यपि मानिसहरूलाई शोधन गरिने र परमेश्‍वरको सजाय र न्यायद्वारा निर्दयतासाथ उदाङ्गो पारिने भए पनि—त्यसको उद्देश्य तिनीहरूका पापहरूका निम्ति तिनीहरूलाई दण्ड दिनु, तिनीहरूका देहलाई दण्ड दिनु हो—यो कुनै पनि काम तिनीहरूका देहलाई नाश पार्नका निम्ति गरिँदैन। वचनद्वारा गम्भीर खुलासा गर्नु सबैको उद्देश्य तँलाई सही मार्गमा डोर्‍याउने उद्देश्यका लागि हो। तिमीहरूले व्यक्तिगत रूपमा यो कामका धेरै अनुभव गरेका छौ, अनि स्पष्ट छ, यसले तिमीहरूलाई खराब मार्गमा डोर्‍याएको छैन! यो सबै तँलाई सामान्य मानवजाति भएर जिउने बनाउनलाई हो, र यो सबैलाई तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिन्छ। परमेश्‍वरको कामको हरेक चरण तेरो आवश्यकताहरूमा आधारित छ, तेरो कमजोरीहरू अनुसार, र तेरो वास्तविक कदअनुसार छ र कुनै असहनीय भार तिमीहरूमाथि राखिँदैन। तँलाई आज यो स्पष्ट छैन, र म तँप्रति कठोर भएजस्तो तँलाई लाग्छ, त्यसैकारणले मैले तँलाई घृणा गर्ने हुनाले प्रत्येक दिन म तँलाई दण्ड दिन्छु, न्याय गर्छु र तेरो निन्दा गर्छु भन्‍ने तँलाई लाग्छ। तर तैँले दण्ड र न्याय भोग्‍नु परे पनि यो वास्तवमा तँप्रतिको प्रेम हो, र सबैभन्दा ठूलो सुरक्षा हो। यदि तैँले यो कामको गहिरो अर्थ बुझ्न सकिनस् भने, त्यसलाई अनुभव गरिरहन तेरो निम्ति असम्भव हुन्छ। यो उद्धारले तँमा सान्त्वना ल्याउनुपर्छ। होसमा आउन अस्वीकार नगर्। यहाँसम्म आइपुगेपछि, विजयको कामको महत्त्व तँलाई स्पष्ट भएको हुनुपर्छ, र तँमा यस बारेमा कुनै पनि प्रकारका विचारहरू हुनुहुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९३

आखिरी दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई तिनीहरूको अन्तिम विश्रामको निम्ति शुद्धीकरण गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्‍वरको सेवा पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई तिनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, दुष्ट काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएका थिए वा थिएनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्‍ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्‍चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्‍नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो कि उहाँको काम समाप्‍त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्‍नुहुनेछ भन्‍ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले दुष्टलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असमर्थ हुनेथियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्‍वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैनथियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९४

मेरा पाइलाहरूले ब्रह्माण्ड र पृथ्वीका छेउहरूसम्म टेक्छन्, मेरा नजरहरूले हरेक व्यक्तिलाई निरन्तर जाँच गर्छन्, यसअलावा, म सम्पूर्ण ब्रम्हाण्डलाई नियाल्‍छु। मेरा वचनहरूले वास्तवमा ब्रह्माण्डको हरेक कुनामा काम गरिरहेका छन्। ज-जसले मेरो लागि सेवा नगर्ने आँट गर्छ, ज-जसले मप्रति बफादार नरहने आँट गर्छ, ज-जसले मेरो नाउँमाथि न्याय-इन्साफ गर्ने आँट गर्छ, र ज-जसले मेरा छोराहरूको गाली-बेइज्जती र निन्दा गर्ने आँट गर्छन्—त्यस्ता कार्यहरू गर्न सक्नेहरू गम्भीर न्यायमार्फत गुज्रनैपर्छ। मेरो न्याय सम्पूर्ण रूपमा आउनेछ, यसको मतलब अहिले न्यायको समय हो र सावधानीपूर्वक अवलोकन गर्‍यौ भने, तिमीहरूले मेरो न्याय पूरै ब्रह्माण्डभरि फैलिन्छ भन्‍ने देख्नेछौ। अवश्य नै, मेरो घरलाई पनि छुट हुनेछैन; मेरो न्याय तिनीहरूमाथि खनिनेछ जसका सोचविचार, वचन वा कार्यहरू मेरो इच्छाअनुरूपका छैनन्। यो कुरा बुझ! मेरो न्याय सम्पूर्ण ब्रह्माण्डप्रति लक्षित छ, केवल मानिसहरू वा अन्य कुराहरूको एक समूहप्रति मात्र लक्षित छैन। के तिमीहरूले यो कुरालाई महसुस गरेका छौ? यदि तेरो भित्र अन्तस्करणमा, मेरो बारेका तेरा सोचहरूमा, तँ विरोधाभासपूर्ण छस् भने, तँलाई तुरुन्तै आन्तरिक रूपमा न्याय गरिनेछ।

मेरा न्यायहरू सबै आकार र स्वरूपमा आउँछन्। यो कुरा जान! म यो ब्रह्माण्डरूपी संसारको अद्वितीय र बुद्धिमान परमेश्‍वर हुँ! मेरो शक्तिभन्दा बाहिर केही पनि छैन। मेरा सबै न्यायहरू तिमीहरूसमक्ष प्रकट गरिन्छन्। यदि तिमीहरू आफ्ना सोचहरूमा मेरो बारेमा अन्योल वा विरोधाभासपूर्ण छौ भने म तँलाई चेतावनीको रूपमा अन्तर्दृष्टि दिनेछु। यदि तैँले सुन्दैनस् भने, म तँलाई तुरुन्तै त्याग्नेछु (यसमा म मेरो नाउँमा शङ्का गर्ने कुरालाई होइन बरु दैहिक मोजमस्तीहरूसँग सम्बन्धित बाह्य व्यवहारको बारेमा कुरा गरिरहेको छु)। यदि मेरो बारेमा तेरा सोचहरू अवज्ञाकारी छन् भने, यदि तैँले मसँग गुनासो गर्छस् भने, यदि तैँले बारम्बार शैतानका विचारहरूलाई स्वीकार गर्छस् भने, र यदि तैँले जीवनका भावनाहरूलाई अनुसरण गर्दैनस् भने, तेरो आत्मा अन्धकारमा हुनेछ र तेरो देहले पीडा भोग्नेछ। तँ मेरो नजिक हुनुपर्छ। तैँले एक वा दुई दिनमा आफ्नो सामान्य अवस्थालाई पुनर्स्थापित गर्न सक्दैनस्, अनि तेरो जीवन हेर्दा-हेर्दै धेरै पछि पर्नेछ। जहाँसम्म आफ्ना बोलीहरूमा स्वच्छन्द रहेका व्यक्तिहरूको सवाल छ, म तिमीहरूको मुख र जिब्रोहरूलाई अनुशासनमा ल्याउँछु, र तिमीहरूका जिब्रोहरूलाई तह लगाउँछु। कार्यहरूमा अनियन्त्रित रूपमा स्वच्छन्द रहेका व्यक्तिहरूको हकमा, म तिमीहरूलाई तिमीहरूका आत्माहरूमा चेतावनी दिनेछु, र मेरो कुरा नसुन्नेहरूलाई गम्भीर सजाय दिनेछु। खुला रूपमा मेरो आलोचना गर्ने वा मलाई चुनौती दिनेहरूको सवालमा, म तिनीहरूलाई पूर्ण रूपमा निष्कासित गर्नेछु र त्याग्नेछु, तिनीहरूलाई नाश पार्नेछु र सर्वोच्च आशिष्‌हरू गुमाउने तुल्याउनेछु; चुनिएपछि निष्कासित हुनेहरू यिनीहरू नै हुन्। जो अज्ञानी छन्, तिनीहरू आफ्ना दृष्टिकोणहरूमा स्पष्ट नभएका व्यक्तिहरू भएकाले, म तिनीहरूलाई अन्तर्दृष्टि दिनेछु र मुक्ति दिनेछु; तथापि, सत्यता बुझेर पनि त्यसलाई अभ्यास नगर्नेहरूको हकमा, माथि उल्लेखित नियमहरूअनुरूप काम-कारबाही गरिनेछ, चाहे तिनीहरू अज्ञानी होऊन् वा नहोऊन्। सुरुदेखि नै पथभ्रष्ट अभिप्रायहरू भएका मानिसहरूको हकमा, म तिनीहरूलाई कहिल्यै पनि वास्तविकतामा पकड हासिल गर्न नसक्ने तुल्याउँछु, र अन्ततः तिनीहरूलाई क्रमिक रूपमा एक-एक गरी हटाइनेछ। अहिले तिनीहरू मेरो बन्दोबस्तअन्तर्गत जीवितै रहे पनि, पछि एक जना पनि बाँकी रहनेछैन (किनभने म हतारमा काम गर्दिन, बरु व्यवस्थित तवरमा काम गर्छु)।

मेरो न्याय पूर्ण रूपमा प्रकट गरिएको छ; यसले आ-आफ्नो उचित स्थान लिनुपर्ने विभिन्न मानिसहरूलाई सम्बोधन गर्छ। म मानिसहरूले कुन-कुन नियमहरू उल्लंघन गरे भन्‍ने तथ्यबमोजिम तिनीहरूमाथि काम-कारबाही र न्याय गर्नेछु। जहाँसम्म यो नाउँमा नभएकाहरू र आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूको सवाल छ, तिनीहरूको लागि एउटै मात्र नियम लागू हुन्छ: म मलाई चुनौती दिनेहरूको आत्मा, प्राण र शरीरहरू तुरुन्तै लिनेछु र तिनीहरूलाई पातालमा फाल्नेछु; मलाई त्यसरी चुनौती नदिनेहरूको हकमा भने, म दोस्रो न्याय गर्नको लागि तिमीहरू परिपक्व भइञ्‍जेल प्रतीक्षा गर्नेछु। मेरा वचनहरूले सबै कुराहरू पूर्ण स्पष्टताका साथ बयान गर्छ, र कुनै पनि कुरा लुप्त रहेको छैन। तिमीहरूले तिनलाई सधैँभरि मनमस्तिष्कमा राख्न सक भन्‍ने मात्र मेरो आशा छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६७

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९५

आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला सबै थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय हासिल गर्नु आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै देश र सबै मानिसहरूलाई पनि विजयको कामको अधीनमा ल्याइनेछ। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरी न्याय गरिनको लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कुरा यस सजाय र न्याय भोग्‍नबाट बच्न सक्दैन, न त कुनै व्यक्ति न त कुनै चीज नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि सबै थोकको अन्त्य नजिकै आउँदै छ, र सारा आकाश र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानवजातिको अस्तित्वको आखिरी दिनहरूबाट उम्कन सक्छ? यसरी, तिमीहरूको अवज्ञाकारी कार्यहरू कहिलेसम्म लम्बिरहन्छ? के तिमीहरू आफ्ना आखिरी दिनहरू नजिकै छन् भनी बुझ्दैनौ? परमेश्‍वरलाई आदर गर्ने र उहाँको देखापराइको तृष्णा गर्नेहरूले किन परमेश्‍वरको धार्मिकताको देखापराइलाई देख्‍न सक्दैनन्? तिनीहरूले भलाइका लागि अन्तिम इनाम किन प्राप्त गर्न सक्दैनन्? के तँ असल काम गर्ने व्यक्ति होस् कि खराब काम गर्ने व्यक्ति होस्? के तँ धर्मी न्याय स्वीकार गर्ने र त्यसपछि आज्ञापालन गर्ने व्यक्ति होस् कि धर्मी न्याय स्वीकार गरेर श्रापित हुने व्यक्ति होस्? के तँ ज्योतिमा न्याय-आसनको अगि बस्छस् कि अन्धकारमाझ पातालमा बस्छस्? के तँ त्यो व्यक्ति होइनस्, जसलाई आफूले अन्त्यमा इनाम वा दण्ड के पाउनेछु भनी थाहा छ? के तँ त्यो व्यक्ति होइनस्, जसले परमेश्‍वर धर्मी हुनुहुन्छ भनी एकदमै स्पष्ट रूपले जानेको र गहिरो रूपले बुझेको छ? यसैले तेरो आचरण र हृदय कस्तो छ? आज मैले तँलाई जित्दा, के मैले तँलाई तेरो व्यवहार असल वा खराब छ भनी बताउनु आवश्यक छ? तैँले मेरो लागि कतिसम्म त्याग गरेको छस्? तैँले कतिसम्म गहिरो रूपमा आराधना गर्छस्? के तैँले मसित कस्तो व्यवहार गरेको छस् भन्‍ने कुरा आफै स्पष्ट जान्दैनस् र? तेरो अन्तिम अवस्था कस्तो हुनेछ भन्‍ने कुरा अरू कसैले भन्दा तैँले नै राम्ररी जान्‍नुपर्दछ! साँच्‍चै, म तँलाई भन्छु: मैले केवल मानवजातिलाई बनाएँ, र मैले तँलाई पनि सृष्टि गरें, तर मैले तिमीहरूलाई शैतानको हातमा सुम्पिइनँ; न त मैले जानाजानी तिमीहरूलाई मेरो विरुद्ध विद्रोह गर्ने वा मेरो विरोध गर्ने बनाएर मद्वारा दण्ड पाउने बनाएको हुँ। के यी सबै विपत्ति र कष्टहरू तिमीहरूका हृदय धेरै कठोर र तिमीहरूको आचरण पनि घृणित भएकोले होइन र? यसैले, के तिमीहरूले सामना गर्ने अन्त्य तिमीहरू आफैले निर्धारित गरेको होइन र? के तिमीहरू आफ्नो हृदयमा तिमीहरूको अन्त्य कस्तो हुनेछ भनी अरू कसैले भन्दा राम्ररी जान्दैनौ र? मैले मानिसहरूलाई जित्‍नुको कारण तिनीहरूलाई खुलासा गर्नु र राम्रोसँगले मुक्तिमा ल्याउनु हो। यो तँलाई दुष्ट कार्य गराउनको लागि होइन, न त यो जानाजानी विनाशको नरकमा जान लगाउनको लागि नै हो। जब समय आउँछ, तेरा सबै ठूला दुःखहरू, तेरो रुवाइ र दाह्रा किटाइ—के यी सबै तेरा पापहरूको कारणले होइन र? यसैले, के यो तेरो आफ्नै असलपन वा तेरो आफ्नै खराबी नै तेरो सर्वोत्तम न्याय होइन र? के यही नै तेरो अन्त्य कस्तो हुनेछ भन्‍ने कुराको उत्तम प्रमाण होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९६

सम्पूर्ण ब्रह्माण्डलाई नै हल्लाउँदै एउटा गर्जनयुक्त आवाज बाहिर निस्कन्छ। यो यति कर्णभेदी छ कि मानिसहरू यसबाट समयमै छलेर उम्किन सक्दैनन्। कोही मारिन्छन्, कोही नष्ट हुन्छन् अनि कोही चाहिँ न्यायमा पर्छन्। यो साँच्चै एउटा रमिता हो, यस्तो कसैले कहिल्यै देखेको छैन। ध्यानपूर्वक सुन: गर्जनको गडगडाहटहरूको साथमा विलापको आवाज छ अनि यसको आवाज पातालबाट आउँछ। यो नर्कबाट आउँछ। यो ती विद्रोहका पुत्रहरूको तीतो आवाज हो जसलाई मैले न्याय गरेको छु। मैले भनेको नसुन्‍नेहरू र मेरा वचनहरूलाई व्यवहारमा नउतार्नेहरूलाई कडा प्रकारले न्याय गरिएको छ र तिनीहरूले मेरो क्रोधको श्राप पाएका छन्। मेरो आवाज न्याय र क्रोध हो, म कसैलाई नरम व्यवहार गर्दिनँ अनि कसैलाई कृपा देखाउँदिन कारण म स्‍वयम्‌ धर्मी परमेश्‍वर हुँ अनि म क्रोधले भरिएको छु, अनि म ज्वलनले, शुद्धीकरणले, अनि विनाशले भरिएको छु। ममा केही पनि लुप्त अथवा भावनात्मक छैन तर यसको विपरीत, हरेक कुरा खुला, धर्मी तथा निष्पक्ष छ। मेरा सबै ज्येष्ठ पुत्रहरू सबै जातिहरू र मानिसहरूलाई न्याय गर्दै मसित मेरो सिंहासनमा भएकाले अहिले ती अन्यायी र अधर्मी कुराहरू तथा मानिसहरूको न्याय हुन सुरु हुँदैछ। म तिनीहरूलाई एक-एक गरेर जाँचपडताल गर्नेछु र कसैलाई नछुटाइकन तिनीहरूलाई पूर्ण रूपले प्रकट गरिदिनेछु। किनकि मेरो न्याय पूर्ण रूपले प्रकट गरिएको छ र पूर्ण रूपले खुला गरिएको छ, मैले कुनै कुरा बाँकी राखेको छैन; मेरो इच्छासित मेल नखाने कुनै पनि कुरालाई म फ्याँकिदिनेछु, र यो अतल कुण्डमा सारा अनन्तसम्मै नष्ट भएको होस्। म त्यसलाई त्यहाँ सदाभरिको लागि जल्न दिनेछु। मेरो धार्मिकता यही हो र मेरो निष्ठा यही हो। कसैले यसलाई बदल्न सक्दैन र सबै मेरो हुकुममुनि आउनैपर्छ।

धेरैजसो मानिसहरूले वचनहरू केवल वचनहरू मात्रै हुन् अनि तथ्यहरू भनेका तथ्यहरू नै हुन् भन्‍ने ठान्दै मेरा वाणीहरूलाई बेवास्ता गर्छन्। तिनीहरू अन्धा हुन्। के म स्वयम् विश्‍वासयोग्य परमेश्‍वर हुँ भन्‍ने तिनीहरूलाई थाहा छैन? मेरा वचनहरू र तथ्यहरू एकै समयमा अस्तित्वमा आउँछन्। के यो कुरा साँच्चै होइन र? मानिसहरूले मेरा वचनहरू बुझ्दै-बुझ्दैनन् अनि जसले अन्तर्दृष्टि पाएका छन्, केवल तिनीहरूले मात्रै साँचो रीतिले बुझ्न सक्छन्। तथ्य यहि नै हो। मेरा वचनहरू देख्नेबित्तिकै मानिसहरू अकलगुम नै हुने गरी डराउँछन् अनि लुक्नका लागि चारैतिर भागदौड गर्छन्। जब मेरो न्याय आउँछ यो झन् बढी लागू हुन्छ। जब मैले सबै थोक सृष्टि गरेँ, जब म संसार नष्ट गर्छु अनि जब म ज्येष्ठ पुत्रहरूलाई पूर्ण गर्छु—यी सबै कुराहरू मेरो मुखको एउटै वचनबाट सम्पन्न हुन्छन्। किनभने मेरो वचन आफैमा अधिकार हो, यो न्याय हो। यस्तो भन्न सकिन्छ कि व्यक्तिको रूपमा म न्याय र प्रताप हुँ; अपरिवर्तनीय तथ्य यही हो। मेरो प्रशासनिक आदेशहरूमध्येको एउटा पक्ष यही हो; मानिसहरूलाई न्याय गर्ने मेरो एउटा तरिका यही हो। मेरो दृष्टिमा हरेक कुरा—सबै मानिसहरू, सबै मामिलाहरू र सबै कुरा लगायत—मेरै हातमा छ र मेरो न्यायको अधीनमा छ। कसैले र कुनै कुराले अन्धाधुन्ध वा स्वेच्छाले व्यवहार गर्ने साहस गर्दैन, अनि सबै कुरा मैले बोल्ने वचनहरू अनुरूप सम्पन्न हुनुपर्छ। मानव धारणाहरू भित्रबाट, हरेकले मेरो अस्तित्वबाट निस्केका वचनहरूलाई विश्‍वास गर्छन्। जब मेरो आत्माले आवाज दिन्छ, तब हरेक जना दोधार हुन्छन्। मेरो सर्वशक्तिमान्‌ताको बारेमा मनिसहरूसित अलिकति पनि ज्ञान छैन, अनि तिनीहरूले मेरो विरुद्धमा अभियोग समेत लगाउँछन्। म तँलाई अहिले भन्दछु, ज-जसले मेरा वचनहरूलाई शङ्का गर्दछन् अनि ज-जसले मेरा वचनहरूलाई तुच्छ ठान्दछन्, नष्ट गरिने तिनीहरू नै हुन्; विनाशका अनन्त पुत्रहरू तिनै हुन्। यसबाट यो देख्न सकिन्छ कि ज्येष्ठ पुत्र बन्‍नेहरू थोरै मात्र छन् किनकि म यसरी नै काम गर्छु। मैले अघि भनेझैँ, म औंला नचलाइकनै सबै कुरा सम्पन्न गर्छु; म केवल मेरा वचनहरू मात्र प्रयोग गर्छु। यसैमा नै मेरो सर्वशक्तिमान्‌ता निहित रहन्छ। मेरा वचनहरूमा, कसैले मैले भन्‍ने कुराको श्रोत र उद्देश्य पत्ता लगाउन सक्दैन। मानिसहरूले यो हासिल गर्न सक्दैनन्, अनि तिनीहरूले तब मात्र काम गर्न सक्छन्, जब तिनीहरूले मेरो अगुवाइलाई पछ्याउँछन् अनि मेरो धार्मिकताअनुसार मेरो इच्छासित मेल हुने गरी हरेक कुरा गर्छन् अनि मेरो परिवारले धार्मिकता र शान्ति पाउने तुल्याउँछन्, सदाको निम्ति जिउने र अनन्तसम्मै दृढ र अचल हुने तुल्याउँछन्।

मेरो न्याय हरेककहाँ आउँछ, मेरो प्रशासनिक आदेशले हरेकलाई छुन्छ, अनि मेरा वचनहरू र मेरो व्यक्तित्व हरेकलाई प्रकट गरिन्छ। मेरो आत्माको महान् कामको निम्ति समय यही नै हो (यो समयमा, जो आशिषित हुनेछन् र जसले विपत्ति भोग्नेछन्, तिनीहरूलाई एक-अर्काबाट अलग गरिन्छ)। मेरा वचनहरू बाहिर निस्कनेबित्तिकै मैले जसले आशिष पाउनेछन् तिनीहरूलाई, साथै जसले विपत्ति भोग्नेछन् तिनीहरूलाई अलग गरेको हुन्छु। यो पूर्ण रूपले स्पष्ट छ र म सबै कुरालाई एकै झलकमा देख्नसक्छु। (म यो कुरा मेरो मानवतालाई ख्याल राखेर भन्दैछु, त्यसैले यी वचनहरूले मेरो पूर्वनियुक्ति तथा छनौटलाई खण्डन गर्दैन।) म पहाडहरूहुँदो र नदीहरूहुँदो घुम्छु अनि हरेक कुरालाई नियाल्दै र शुद्ध गर्दै ब्रह्माण्डको अन्तरिक्षको सबैतिर, घुम्छु ताकि मेरा वचनहरूको परिणामस्वरूप ती हरेक अशुद्ध स्थानहरू र छाडा भूमिहरू अस्तित्वमा रहन छोडून् र शून्यतामा भस्म होऊन्। मेरो निम्ति सबै कुरा सजिलो छ। यदि अहिले यो समय संसारको विनाशको निम्ति मैले पूर्वनियुक्त गरेको समय भएको भए मैले एउटै शब्दको उच्चारणले यसलाई निल्न सक्नेथिएँ। तथापि, समय अहिले होइन। यो काम गर्नु अघि सबै कुरा तयार हुनुपर्छ ताकि मेरो योजना नखल्बलियोस् अनि मेरो व्यवस्थापनमा बाधा नपुगोस्। यसलाई न्यायसङ्गत ढङ्गले कसरी गर्ने हो, मलाई थाहा छ: मसित मेरो बुद्धि छ, अनि मसित मेरा आफ्ना तयारीहरू छन्। मानिसहरूले एउटा औंला समेत चलाउनु हुँदैन; मेरो हातमा नमर्नको लागि होशियार होओ। यसले मेरो प्रशासनिक आदेशहरूलाई छोइसकेको छ। यसैबाट, कसैले मेरो प्रशासनिक आदेशहरूको कठोरतालाई र साथसाथै तिनीहरूपछाडि रहेका सिद्धान्तहरूलाई पनि देख्‍नसक्छ, जसको दुई पक्षहरू छन्: एकातिर, म तिनीहरू सबैलाई मार्छु, जो मेरो इच्छाअनुरूप छैनन् र जसले मेरा प्रशासनिक आदेशहरूलाई भङ्ग गर्छन्; अर्कोतिर, मेरो क्रोधमा मेरा प्रशासनिक आदेशहरूलाई भङ्ग गर्ने सबैलाई म श्राप दिन्छु। यी दुई पक्षहरू अपरिहार्य छन् र ती मेरा प्रशासनिक आदेशहरू पछाडिका कार्यकारी सिद्धान्तहरू हुन्। हरेकलाई यिनै दुई सिद्धान्तहरू अनुसार विनाभावना व्यवहार गरिन्छ, चाहे त्यो व्यक्ति जतिसुकै वफादार किन नहोस्। मेरो धार्मिकता, मेरो वैभव र मेरो क्रोध देखाउन पर्याप्त छ जसले सबै पार्थिव कुराहरू, सबै सांसारिक कुराहरू र मेरो इच्छासित मेल नखाने सबै कुरालाई भस्म गर्नेछन्। मेरा वचनहरूमा रहस्यहरू लुकेर रहेका छन्, अनि मेरा वचनहरूमा प्रकट गरिएका रहस्यहरू पनि छन्। यसरी मानव धारणाअनुसार, अनि मानव समझमा, मेरा वचनहरू सदा अबोधगम्य छन्, अनि मेरो हृदय सदा अथाह छ। यसको अर्थ, मैले मानिसहरूलाई तिनीहरूको धारणा र विचारदेखि बाहिर निकाल्नै पर्छ। यो मेरो व्यवस्थापन योजनाको सबैभन्दा महत्वपूर्ण तत्व हो। मेरा ज्येष्ठ पुत्रहरूलाई हासिल गर्नको निम्ति र मैले गर्न चाहेको कुराहरू सम्पन्न गर्नको निम्ति मैले यसलाई यही तरिका गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०३

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९७

सियोन! रमाऊ! सियोन! गीत गाऊ! म जितको साथ फर्केको छु, म विजयी बनेर फर्केको छु! सबै मानिसहरू! छिटो गर, राम्रोसित लामबद्ध होऊ! सृष्टिका सबै थोकहरू! अब रोकिऊ, किनकि मेरो व्यक्तित्वले सम्पूर्ण ब्रह्माण्डको सामना गर्दै छ र संसारको पूर्वमा देखा पर्दै छ! आराधनामा घुँडा नटेक्‍ने आँट कसले गर्छ? मलाई साँचो परमेश्‍वर भनी नपुकार्ने आँट कसले गर्छ? कसले आदरसाथ माथि नहेर्ने आँट गर्छ? कसले प्रशंसा नगर्ने हिम्मत गर्छ? कसले नरमाउने आँट गर्छ? मेरा मानिसहरूले मेरो सोर सुन्‍नेछन्, र मेरा छोराहरू मेरो राज्यमा जीवित रहनेछन्! पहाडपर्वत, नदीनाला र सबै थोकहरू अनन्त रूपमा जयजयकार गर्दै नरोकिईकन उफ्रिरहनेछन्। यस बेला, कसैले पनि पछाडि फर्कने हिम्मत गर्नेछैन, र कसैले पनि प्रतिरोध गर्नका निम्ति खडा हुने आँट गर्नेछैन। यो मेरो अचम्मको काम हो, र त्योभन्दा पनि बढी, यो मेरो महान् शक्ति हो! म सबै थोकलाई आ-आफ्नो हृदयमा मेरो आदर गर्ने बनाउँछु, र त्योभन्दा पनि बढी, म सबै कुरालाई मेरो प्रशंसा गर्ने बनाउँछु! यो छ हजार वर्षे मेरो व्यवस्थापन योजनाको अन्तिम लक्ष्य हो, र मैले पूर्वनिर्धारित गरेको कुरा यही हो। न त कुनै व्यक्तिले न त कुनै वस्तु वा कुनै घटनाले नै मेरो प्रतिरोध वा विरोध गर्न खडा हुने आँट गर्छ। मेरा सबै मानिसहरू मेरो पर्वततर्फ (अर्को शब्दमा भन्‍नुपर्दा, मैले पछि सृष्टि गर्ने संसारतर्फ) आउनेछन् र मेरो सामु समर्पित हुनेछन्, किनकि मसँग प्रताप र न्याय छ, र मसँग अख्तियार छ। (यसले म मेरो शरीरमा भएको बेलालाई बुझाउँछ। देहमा पनि मसँग अख्तियार छ, तर देहमा समय र स्थानको सीमिततालाई नाघ्‍न नसकिने भएकोले मैले पूर्ण महिमा पाएको छु भनेर भन्‍न सकिँदैन। मैले देहमा ज्येष्ठ छोराहरूलाई प्राप्‍त गर्ने भए पनि, मैले महिमा प्राप्‍त गरेको छु भनेर भन्‍न सकिँदैन। म सियोनमा फर्केपछि र मैले आफ्नो रूप परिवर्तन गरेपछि मात्र मैले अख्तियार प्राप्‍त गरेको हुन्छु, अर्थात् मैले महिमा प्राप्‍त गरेको हुन्छु भनेर भन्‍न सकिन्छ।) मेरो निम्ति कुनै पनि कुरा गाह्रो हुनेछैन। मेरो मुखको वचनले सबै नाश हुनेछन्, र मेरो मुखको वचनद्वारा सबै थोक अस्तित्वमा आउनेछन् र पूर्ण हुनेछन्। मेरो महान् शक्ति यही हो र यही नै मेरो अख्तियार हो। म सामर्थ्य र अख्तियारले भरिपूर्ण भएकोले कुनै व्यक्तिले मलाई बाधा दिने हिम्मत गर्न सकेन। मैले पहिले नै सबै कुरामाथि विजय प्राप्त गरेको छु, र मैले विद्रोहका सबै छोराहरूलाई पहिले नै जितिसकेको छु। म मेरा ज्येष्ठ छोराहरूलाई मेरो साथमा सियोनमा फर्काएर ल्याउँदै छु। म एकलै सियोन फर्किरहेको छैनँ। त्यसकारण, सबैले मेरा ज्येष्ठ छोराहरूलाई देख्‍नेछन् र यसरी मप्रति आफ्नो हृदयमा आदरभाव जगाउनेछन्। यही नै ज्येष्ठ छोराहरू प्राप्‍त गर्ने मेरो लक्ष्य हो र संसारको सृष्टिदेखि नै यो मेरो योजना रहिआएको छ।

जब सबै कुरा तयार हुन्छन्, त्यो म सियोन फर्कने दिन हुनेछ, र यो दिनको सम्झनामा सबै मानिसले उत्सव मनाउनेछन्। जब म सियोन फर्कन्छु, पृथ्वीका सबै थोक मौन रहनेछन्, र पृथ्वीमा भएका सबै थोकलाई शान्ति हुनेछ। जब म सियोन फर्कन्छु, सबै थोकले आफ्नो मूल स्वरूप फेरि प्राप्‍त गर्नेछन्। तब, म सियोनमा मेरो काम थाल्नेछु। म दुष्टहरूलाई दण्ड र असललाई इनाम दिनेछु, म मेरो धार्मिकतालाई लागू गर्नेछु, र म मेरो न्याय अघि बढाउनेछु। म सबै थोक सम्पन्‍न गर्न मेरा वचनहरूको प्रयोग गर्नेछु, र यसरी सबै मानिस र सबै थोकलाई मेरो हातको सजाय अनुभव गराउनेछु, र सबै मानिसहरूलाई मेरो पूर्ण महिमा, मेरो पूर्ण बुद्धि र मेरो पूर्ण उदारता देखाउनेछु। न्यायको दौरान विद्रोहमा खडा हुने कसैले आँट गर्नेछैन, किनकि ममा सबै थोक हासिल हुन्छन्; र यहाँ सबै मानिसले मेरो पूर्ण मर्यादा देखून् र मेरो पूर्ण विजयको स्वाद लिऊन्, किनकि ममा सबै कुरा प्रकट हुन्छन्। यसबाट, मेरो महान् शक्ति र मेरो अख्तियारलाई देख्‍न सम्भव हुन्छ। कसैले पनि मलाई चिढ्याउने आँट गर्नेछैन, र कसैले पनि मलाई बाधा दिने आँट गर्नेछैन। ममा सबै थोक खुला गरिन्छ। कसले कुनै कुरा लुकाउने आँट गर्छ र? म अवश्य नै त्यस्ता व्यक्तिहरूलाई कुनै दया देखाउँदिनँ! त्यस्ता दुष्टहरूले मेरो कठोर दण्ड पाउनैपर्छ, र त्यस्ता निकम्मा मानिसहरू मेरो नजरबाट हटाइनुपर्छ। म फलामको डन्डाले उनीहरूमाथि शासन गर्नेछु र अलिकति पनि दया नदेखाई र तिनीहरूका भावनाहरूलाई रत्तीभर विचार नगरी तिनीहरूको न्याय गर्न म आफ्नो अख्तियार प्रयोग गर्नेछु, किनकि म परमेश्‍वर स्वयम्‌ हुँ, जो भावनाहीन र प्रतापी हुनुहुन्छ र जसलाई चिढ्याउन सकिँदैन। सबैले यो बुझ्नु र हेर्नुपर्छ, नत्र तिनीहरू मद्वारा कुनै “उद्देश्य वा कारणविना” प्रहार गरिएर ढालिनेछन् र नाश पारिनेछन्, किनकि मलाई चिढ्याउनेहरू सबैलाई मेरो डन्डाले प्रहार गरी ढाल्नेछ। तिनीहरूले मेरा प्रशासनिक आदेशहरू जान्दछन् कि जान्दैनन् त्यसको मलाई कुनै मतलब छैन; त्यो मेरो निम्ति कुनै परिणामको हुनेछैन, किनकि मेरो व्यक्तित्वले कसैले चिढ्याएको सहन गर्दैन। त्यसैकारण म एक सिंह हुँ भनी भनिएको हो; म जसलाई छुन्छु, त्यसलाई प्रहार गरी ढाल्छु। त्यसैले, मलाई करुणा र प्रेमिलोदयालुपनका परमेश्‍वर हुँ भन्‍नु ईश्‍वरनिन्दा हो भनेर भनिएको हो। सारमा, म थुमा होइनँ, बरु सिंह हुँ। कसैले मलाई चिढ्याउने आँट गर्दैन; जसले मलाई चिढ्याउँछ, म उसलाई तुरुन्तै र कुनै दया नगरी मृत्यु दण्ड दिनेछु। मेरो स्वभाव देखाउनका लागि यो पर्याप्‍त छ। त्यसकारण, अन्तिम युगमा मानिसहरूको एउटा ठूलो समूह फिर्ता जानेछ, र यो कुरा मानिसहरूलाई सहन गाह्रो हुनेछ, तर जहाँसम्म मेरो कुरा छ, म त ढुक्‍क र आनन्दित छु, र म यसलाई कुनै गाह्रो कामको रूपमा हेर्दिनँ। मेरो स्वभाव नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १२०

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९८

राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनशक्ति पुन: प्राप्त गर्न थाल्छन्। पृथ्वीका स्थिति परिवर्तनहरूको कारण, एउटा मुलुक र अर्को मुलुक बीचका सिमानाहरू पनि सर्न थाल्छन्। मैले अगमवाणी गरेको छु: जब एउटा मुलुकबाट अर्को मुलुक विभाजित हुन्छ, र एउटा मुलुक अर्को मुलुकसँग जोडिन्छ, यही नै सारा राष्ट्रहरूलाई टुक्राटुक्रा हुने गरी मैले प्रहार गर्ने समय हुनेछ। यो समयमा, म सारा सृष्टिको नवीकरण गर्नेछु र सम्पूर्ण ब्रह्माण्डको पुनर्विभाजन गर्नेछु, र यसरी ब्रह्माण्डलाई व्यवस्थित गरेर पुरानोलाई नयाँमा रूपान्तरित गर्नेछु—मेरो योजना यही हो र मेरा कामहरू यिनै हुन्। जब राष्ट्रहरू र संसारका मानिसहरू मेरो सिंहासनअघि फर्कन्छन्, तब म स्वर्गका सारा प्रचुरता लिनेछु र मानव संसारलाई प्रदान गर्नेछु, ताकि मैले गर्दा संसार अतुलनीय प्रचुरताले भरियोस्। तर पुरानो संसार अस्तित्वमा रहुन्जेल, यसका राष्ट्रहरूमाथि म मेरो क्रोध बर्साउनेछु, ब्रह्माण्डभरि म खुल्लमखुल्ला मेरा प्रशासनिक आदेशहरू जारी गर्नेछु, र तिनलाई उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिनेछु:

मैले बोल्‍नको लागि ब्रह्माण्डतर्फ मेरो मुहार फर्काउँदा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र ब्रह्माण्डभरि मैले गरेका सबै कामहरू देख्छन्। मेरो इच्‍छाविरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई लिन्छु र तिनलाई नयाँ बनाउनेछु, र मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्—आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहनेछैनन् र संसारका यावत् थोकहरू नवीकरण हुनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूको पुनर्विभाजन हुनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जाऊन् र ती सबै मलाई आराधना गर्ने राज्य बनून्; पृथ्वीका सारा राष्ट्रहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसको स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त पारिनेछ, र शैतानको पूजा गर्ने सबैलाई मेरो प्रज्वलित अग्‍निद्वारा सखाप पारिनेछ—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै मानिसहरूलाई दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू विभिन्‍न हदमा मेरा कार्यहरूद्वारा जितिनेछन् र मेरो राज्यमा फर्कनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार भई आउनुहुने पवित्र एउटै उहाँको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारको सजाय पाउनेछन्। म विरुद्ध खडा भएकाहरू सबै नष्ट हुनेछन्; आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जे-जसरी अपराधमुक्त गरेका हुन्‍छन् सोही कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। अनि, म आफैलाई असंख्य मानिसहरू र असंख्य राष्ट्रहरूसमक्ष प्रकट गर्नेछु, र सारा मानवजातिले आफ्‍नै आँखाले देख्‍ने गरी म आफ्‍नै आवाजमा पृथ्वीतर्फ उच्‍च सोरले कराउनेछु र तिनीहरूको निम्ति मैले गरेको मेरो महान् कार्य पूरा भएको घोषणा गर्नेछु।

मेरो आवाज तीव्रताको साथ गहिरो हुँदै जाँदा, म ब्रह्माण्डको अवस्थालाई पनि अवलोकन गर्छु। मेरा वचनहरूद्वारा, सृष्टिका यावत् थोकहरू सबैलाई नवीन तुल्याइन्छ। पृथ्वीजस्तै स्वर्ग पनि परिवर्तन हुन्छ। मानवजातिलाई यसको मूल स्वरूपमा प्रकट गरिन्छ र बिस्तारै हरेक व्यक्तिलाई उसको प्रकारअनुसार अलग गरिन्छ, र थाहै नपाई तिनीहरू आफ्‍नो परिवारको काखमा फर्कन्छन्। यसले मलाई अत्यन्तै खुशी तुल्याउनेछ। म अवरोधबाट मुक्त छु र थाहै नभई मेरो महान् कार्य पूरा हुन्छ, र सृष्टिका यावत् थोकहरू सबै रूपान्तरित हुन्छन्। संसारको सृष्टि गर्दा, मैले सबै कुराहरूलाई तिनीहरूको प्रकारअनुसार सँगसँगै राख्दै ती सबैलाई तिनीहरूकै प्रकारअनुसार आकार दिएँ। मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिँदै गर्दा, म सृष्टिको पहिलेको स्थितिलाई पुर्नस्थापित गर्नेछु; म हरेक कुरालाई उल्‍लेखनीय रूपमा परिवर्तन गर्दै, सबै कुरालाई तिनीहरूको पहिलेकै रूपमा पुनर्स्थापित गर्छु, ताकि सबै कुरा मेरो योजनाको सामिप्यमा फर्किन सकून्। समय आइपुगिसकेको छ! मेरो योजनाको अन्तिम चरण पूरा हुन लागेको छ। ए, अशुद्ध पुरानो संसार! तँ निश्‍चय नै मेरा वचनहरूमुनि खस्‍नेछस्! तँलाई मेरो योजनाले अवश्य नै शून्यतामा झार्नेछ! ए, सृष्टिका यावत् थोकहरू! मेरा वचनहरूभित्र तिमीहरूले नयाँ जीवन प्राप्त गर्नेछौ—तिमीहरूले आफ्‍ना सार्वभौम प्रभुलाई पाउनेछौ! ए शुद्ध र निष्खोट नयाँ संसार! तँ अवश्य नै मेरो महिमाभित्र पुनर्जीवित हुनेछस्! ए सियोन पर्वत! अबउप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! सृष्टिको माझबाट, म सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीमा, मानवजातिले नयाँ जीवनको सुरुवात गरेको छ र नयाँ आशा पाएको छ। ए मेरा मानिसहरू हो! तिमीहरू कसरी पो मेरो ज्योतिभित्रको जीवनमा फर्किआउन सक्दैनौ र? मेरो अगुवाइमा तिमीहरू कसरी खुशीले उफ्रन सक्दैनौ र? भूमिहरू हर्षोल्लास गर्दै चिच्याइरहेका छन्, समुद्र र खोलाहरू प्रफुल्लित हाँसोले गर्जिरहेका छन्! ए, पुनरुत्थानित इस्राएल! मैले पूर्वनिर्धारण गरेको कारण तँ किन गर्व गर्न सक्दैनस् र? को रोएको छ र? कसले विलाप गरेको छ र? पुरानो दिनको इस्राएल अब रहेन, र आजको इस्राएल संसारमा ठाडो हुँदै र उच्‍च हुँदै खडा भएको छ, र सारा मानवजातिको हृदय-हृदयमा खडा भएको छ। आजको इस्राएलले अवश्य नै मेरा मानिसहरूमार्फत अस्तित्वको स्रोत प्राप्त गर्नेछ! हे घृणास्पद मिश्र! अवश्य नै तँ मेरो विरुद्ध स्थिर रूपमा खडा हुँदैनस्? कसरी तैँले मेरो कृपाको फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्छस्? तँ मेरो सजायभित्र कसरी अस्तित्वमा नरहन सक्छस्? मैले प्रेम गर्ने सबै जना अवश्य नै अनन्तसम्‍म जिउनेछन्, र मेरो विरुद्ध खडा हुने सबै जनालाई म अवश्य नै अनन्तसम्‍म सजाय दिनेछु। किनभने म डाही परमेश्‍वर हुँ र म मानिसहरूलाई तिनीहरूले गरेका सबै कुराको निम्ति हल्कासँग छाड्नेछैन। म सारा पृथ्वीलाई रेखदेख गर्नेछु र संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध, र सजायसहित देखा पर्दै, असंख्य मानवजातिमाझ आफैलाई प्रकट गर्नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६

अघिल्लो: परमेश्‍वर देखा पर्नु र उहाँको काम

अर्को: देहधारण

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्