३. परमेश्‍वरको देखा पर्ने घटना र कामको गवाही बन्‍ने सम्बन्धी वचनहरू

१६५. सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। अहा, सर्वशक्तिमान् परमेश्‍वर! ब्रह्माण्डका शिर, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सियोन पर्वतमा उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ, जुन सारा ब्रह्माण्डमा प्रताप र भव्यतामा अल्गिएको छ …

हे सर्वशक्तिमान् परमेश्‍वर! हामी आनन्दसाथ तपाईंलाई पुकार्छौं; हामी नाच्छौं र गाउँछौं। तपाईं साँच्चै हाम्रा उद्धारक हुनुहुन्छ, ब्रह्माण्डका महान् राजा! तपाईंले विजेताहरूको समूह बनाउनुभएको छ र परमेश्‍वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। सबै मानिसहरू त्यो पर्वतमा ओइरिएर आउनेछन्। सबै मानिसहरूले त्यो सिंहासनको सामु घुँडा टेक्नेछन्! तपाईं एकमात्र सत्य परमेश्‍वर हुनुहुन्छ, र तपाईं महिमा र आदर पाउने योग्यका हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अधिकार त्यो सिंहासनलाई होस्! त्यो सिंहासनबाट जीवनको खोलो बग्दछ, जसले परमेश्‍वरका मानिसहरूका भीडहरूलाई पानी दिन्छ र खुवाउँछ। प्रत्येक दिनसितै जीवन परिवर्तन हुन्छ; निरन्तर परमेश्‍वरको विषयमा नयाँ जानकारीहरू दिँदै नयाँ ज्योति र नयाँ प्रकाशले हामीलाई पछ्याउँछन्। अनुभवहरूको बीचमा हामी परमेश्‍वरको विषयमा पूर्ण निश्‍चयतामा पुग्छौं। उहाँका वचनहरू निरन्तर प्रकट गरिन्छ, तिनीहरूमा प्रकट गरिन्छ जो सही छन्। हामी साँच्चै आशिषित छौं! प्रत्येक दिन परमेश्‍वरलाई आमने-सामने भेट्छौं, सबै कुरामा परमेश्‍वरसित बातचित गर्दछौं र सबै कुरामाथि परमेश्‍वरलाई सर्वोच्च अधिकार दिन्छौं। हामी होसियारीसाथ परमेश्‍वरको वचनमाथि विचार गर्छौं, हाम्रा हृदयहरू परमेश्‍वरमा शान्त हुन्छन् अनि यसरी हामी परमेश्‍वरको सामु आउँछौं र हामीले उहाँको ज्योति पाउँछौं। प्रत्येक दिन हाम्रा जीवनमा, कार्यहरूमा, बोलीवचनहरूमा, विचारहरूमा र धारणाहरूमा हामी परमेश्‍वरको वचनभित्र जिउँछौं, सब समय भेद छुट्ट्याउन सक्छौं। परमेश्‍वरको वचनले धागोलाई सियोबाट छिराउँछ; अप्रत्याशित रूपमा, हामीभित्र लुकेका कुराहरू एकपछि अर्को गर्दै ज्योतिमा आउँछन्। परमेश्‍वरसितको सङ्गति प्रस्तुत हुन ढिलो गर्दैन; हाम्रा विचार र धारणाहरू परमेश्‍वरद्वारा उदाङ्गो पारिन्छन्। प्रत्येक क्षण हामी ख्रीष्टको आसनको अगि जिइरहेका हुन्छौं जहाँ हाम्रो इन्साफ हुन्छ। हाम्रो शरीरभित्रका प्रत्येक ठाउँ शैतानद्वारा ओगटिएर रहन्छ। आज, परमेश्‍वरको सार्वभौमिकता फेरि प्राप्त गर्न उहाँको मन्दिर शुद्ध पारिनु नै पर्छ। पूर्ण रूपमा परमेश्‍वरद्वारा अधिकार गरिएको हुनका निम्ति हामी जीवन र मृत्युको संघर्षमा सामेल हुनुपर्छ। हाम्रो पुरानो मनुष्यत्व क्रूसमा टाँगियो भने मात्र ख्रीष्टको पुनरुत्थान भएको जीवनले सर्वोच्च रूपमा शासन गर्न सक्छ।

अब पवित्र आत्माले हाम्रो पुनरुद्धारका निम्ति लडाइँ गर्न हाम्रो हरेक कुनामा आक्रमण बढाउनुहुन्छ! जबसम्म हामी आफैलाई इन्कार गर्न र परमेश्‍वरसित सहकार्य गर्न तयार हुन्छौं परमेश्‍वरले निश्चय हामीलाई ज्योति दिनुहुन्छ र हरसमय भित्रैबाट शुद्ध पार्नुहुन्छ, अनि शैतानले जे कब्जा गरेको छ त्यो फेरि नयाँ गरी प्राप्त गर्नुहुन्छ, यसरी हामी चाँडोभन्दा चाँडो परमेश्‍वरद्वारा पूर्ण बन्न सकौं। समय खेर नफाल—प्रत्येक क्षण परमेश्‍वरको वचनभित्र जिओ। सन्तहरूसितै निर्माण होऊ, परमेश्‍वरको राज्यमा ल्याइयो, अनि परमेश्‍वरको साथमा महिमामा प्रवेश गर।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १

१६६. फिलाडेल्फियाको मण्डलीले आकार लिएको छ, जुन पूर्ण रूपमा परमेश्‍वरको अनुग्रह र कृपाले गर्दा भएको हो। असङ्ख्यौं सन्तहरूका हृदयमा परमेश्‍वरप्रति प्रेम उत्पन्न हुँदछ, जो आफ्नो आत्मिक यात्रामा डगमगाउँदैनन्। तिनीहरू एक मात्र साँचो परमेश्‍वर देहधारी हुनुभएको छ, उहाँ ब्रह्माण्डका शिर हुनुहुन्छ, जसले सबै थोकलाई आज्ञा दिनुहुन्छ भन्ने आफ्नो विश्‍वासमा दृढ भई बस्छन्: यो पवित्र आत्माद्वारा गरिएको पुष्टि हो, यो पहाड जस्तै अटल छ! र यो कहिल्यै पनि परिवर्तन हुँदैन!

हे सर्वशक्तिमान् परमेश्‍वर! आज तपाईं नै हुनुहुन्छ, जसले हाम्रा आत्मिक आँखा खोलिदिनुभएको छ, अन्‍धालाई देख्ने, लङ्गडोलाई हिँड्ने, कुष्ठरोगीलाई निको पार्नुभएको छ। तपाईं नै हुनुहुन्छ, जसले स्वर्गको ढोका खोल्नुभएको छ, जसले हामीलाई आत्मिक क्षेत्रका रहस्यहरू बुझ्ने अनुमति दिनुभएको छ। तपाईंका पवित्र वचनहरूद्वारा व्याप्त भएर अनि हाम्रो मानवताबाट मुक्त पारेर, जुन शैतानद्वारा भ्रष्ट पारिएको थियो—अनुमान गर्न नसकिने तपाईंको काम र अनुमान गर्न नसकिने तपाईंको कृपा यस्तो छ। हामी तपाईंका साक्षीहरू हौं।

तपाईं लामो समयसम्म लुकेर, नम्रतामा र चुपचाप रहनुभयो। तपाईं मरेकोबाट पुनर्जीवित हुनुभयो, क्रूसमा कष्ट भोग्नुभयो, मानव जीवनको आनन्द र दुःखहरू र सतावट अनि कठिनाइ भोग्नुभयो; तपाईंले मानवीय संसारको पिडा अनुभव गर्नुभएको छ र चाख्‍नुभएको छ, अनि तपाईंलाई युगले त्यागी दिएको छ। देहधारी परमेश्‍वर स्वयम् नै परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरको इच्छाको खातिर तपाईंले हामीलाई गोबरको थुप्रोबाट मुक्त गर्नुभयो, तपाईंको दाहिने हातले माथि तान्नुभयो, र सित्तैँमा तपाईंको अनुग्रह दिनुभयो। कुनै पिडाहरू बाँकी नराखी तपाईंले हामीभित्र आफ्नो जीवन ल्याउनुभयो; तपाईंले आफ्नो रगत, पसिना र आँसुहरूले तिर्नुभएको दाम सन्तहरूमा स्पष्ट पारियो। हामी तपाईंका पीडादायक कोसिसहरूका फल[क] हौं; तपाईंले तिर्नुभएका दाम हामी नै हौं।

हे सर्वशक्तिमान् परमेश्‍वर! तपाईंको दया र कृपा, तपाईंको धार्मिकता र प्रताप, तपाईंको पवित्रता र नम्रताले गर्दा सबै मानिसहरू तपाईंको अगि निहुरिनेछन् अनि सारा अनन्ततासम्म तपाईंको आराधना गर्नेछन्।

आज तपाईंले सबै मण्डलीहरूलाई पूर्ण बनाउनुभएको छ—फिलाडेल्फियाको मण्डली—अनि त्यसरी तपाईंको ६००० वर्षको व्यवस्थापन योजना पूरा गर्नुभएको छ। सन्तहरूले आत्मामा जोडिएर अनि फोहराको मुहानसँग जोडिएर आफैलाई नम्रतापूर्वक तपाईंमा समर्पण गर्न सक्छन्। जीवनको जिउँदो पानी नरोकि बग्छ, मण्डलीमा भएको हिलो र फोहोर पानीलाई पखाल्छ र शुद्ध पार्दछ, यसरी एकचोटि फेरि तपाईंको मन्दिरलाई शुद्ध पार्दछ। हामीले व्यावहारिक सत्य परमेश्‍वरलाई चिनेका छौं, उहाँको वचनभित्र हिँडेका छौं, हाम्रा आफ्नै कार्यहरू र कर्तव्यहरू चिनेका छौं, अनि मण्डलीको खातिर आफैलाई खर्चन जे गर्न सक्छौं ती सबै गरेका छौं। तपाईंको सामु सधैँ चुपचाप रहेर हामीले पवित्र आत्माको काममा ध्यान दिनुपर्छ, नत्र हामीमा तपाईंको इच्छालाई बाधा हुन्छ। सन्तहरूको माझमा परस्पर प्रेम हुन्छ, अनि कसै-कसैका बलले अरूको असफलताहरूलाई पूर्ति गर्दछ। तिनीहरू पवित्र आत्माद्वारा ज्ञान र ज्योति पाएर हरसमय आत्मामा हिँड्न सक्षम हुन्छन्। तिनीहरूले सत्यता बुझेको लगत्तै त्यसलाई व्यवहारमा अपनाउँछन्। तिनीहरू नयाँ ज्योतिसँग कदम मिलाएर अनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याएर हिँड्छन्।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर् ; उहाँलाई अधीन गर्न दिनुको अर्थ उहाँको साथमा हिँड्नु हो। हाम्रा सबै धारणाहरू, विचारहरू, मन्तव्यहरू र सांसारिक अल्झोहरू धुवाँजस्तो पातलो बतासमा हराउँछ। हामी परमेश्‍वरलाई हाम्रा आत्माहरूमा सर्वोच्च शासन गर्न दिन्छौं, उहाँको साथमा हिँड्छौं र यसरी ज्ञानभन्दा परको अनुभव प्राप्त गर्छौं, संसारमाथि विजय पाउँछौं र हाम्रा आत्माहरू स्वतन्त्र भएर उड्छन् र तिनले छुटकारा प्राप्त गर्दछ: यो सर्वशक्तिमान् परमेश्‍वर राजा बन्नुहुँदा आउने परिणाम हो। हामी ननाची र प्रशंसाको गीत नगाई, हाम्रा प्रशंसाहरू र नयाँ स्तुतिगानहरूका भेटीहरू नचढाई कसरी रहन सक्छौं?

साँच्चै परमेश्‍वरको प्रशंसा गर्ने तरिकाहरू धेरै छन्: उहाँको नाउँ पुकार्नु, उहाँको नजिक जानु, उहाँको बारेमा सोचविचार गर्नु, प्रार्थना गर्दै पढ्नु, सङ्गतिमा सामेल हुनु, चिन्तन र मनन गर्नु, प्रार्थना गर्नु र प्रशंसाका गीतहरू गाउनु। यस किसिमको प्रशंसामा आनन्द हुन्छ, र त्यसमा अभिषेक हुन्छ; प्रशंसामा शक्ति हुन्छ, र बोझ पनि हुन्छ। प्रशंसामा विश्‍वास हुन्छ, र नयाँ अन्तर्दृष्टि हुन्छ।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्, सेवामा समन्वय गर् र एउटै बन्, सर्वशक्तिमान् परमेश्‍वरका अभिप्रायहरू पूरा गर्, पवित्र आत्मिक शरीर बन्न हतार गर्, र शैतानलाई कुल्चिमिल्ची गर्, र शैतानको भाग्यको अन्त्य गरिदेओ। फिलाडेल्फियाको मण्डली परमेश्‍वरको उपस्थितिमा उठाइलगिएको छ र उहाँको महिमामा प्रकट गरिएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २

१६७. विजयी राजा उहाँको महिमित सिंहासनमा बस्नुहुन्छ। उहाँले छुटकाराको काम पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन डोर्याउनुभएको छ। उहाँले ब्रह्माण्डलाई आफ्नो हातमा समात्नुहुन्छ र उहाँको ईश्‍वरीय बुद्धि र शक्तिले उहाँले बलियो सियोन निर्माण गर्नुभएको छ र बनाउनुभएको छ। उहाँको प्रतापद्वारा उहाँले पापी संसारको न्याय गर्नुहुन्छ; उहाँले सबै जातिहरू र सबै मानिसहरूमाथि, पृथ्वी र समुद्र र तिनमा भएका सबै जीवित प्राणीहरूमाथि साथसाथै व्यभिचारको मद्यले मातेकाहरू सबैमाथि न्यायको घोषणा गर्नुभएको छ। परमेश्‍वरले अवश्य तिनीहरूको न्याय गर्नुहुनेछ, र उहाँ पक्कै पनि तिनीहरूसित रिसाउनुहुनेछ र त्यसमा परमेश्‍वरको प्रताप प्रकट हुनेछ, जसको इन्साफ तुरुन्तै हुन्छ र त्यो ढिलाइ नगरी पूरा गरिनेछ। उहाँको क्रोधको आगोले निश्चय पनि तिनीहरूका घोर अपराधहरू भस्म पार्नेछ र कुनै पनि क्षण तिनीहरूमाथि विपत्ति आउँछ; तिनीहरूलाई उम्कने कुनै उपाय थाहा हुनेछैन र लुक्ने ठाउँ पनि पाउनेछैनन्, तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्, र तिनीहरूले आफैमाथि विनाश ल्याउनेछन्।

विजयी छोराहरू, परमेश्‍वरका प्रियहरू निश्चय सियोनमा रहनेछन्, त्यहाँबाट कहिल्यै पनि जाँदैनन्। धेरै मानिसहरूले उहाँको आवाजलाई ध्यानपूर्वक सुन्नेछन्, तिनीहरूले ध्यानपूर्वक उहाँका कार्यहरू सुन्नेछन्, र तिनीहरूका प्रशंसाको आवाज कहिल्यै बन्द हुनेछैन। एक साँचो परमेश्‍वर देखा पर्नुभएको छ! हामी आत्मामा उहाँबारे निश्चित हुनेछौं र उहाँलाई नजिकबाट पछ्याउनेछौं; हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर अगाडि बढ्नेछौं र उप्रान्त कुनै सङ्कोच मान्नेछैनौं। संसारको अन्त्य हाम्रो अगाडि प्रकट हुँदैछ; एउटा उचित मण्डली साथसाथै मानिसहरू, मामिलाहरू र हाम्रा वरिपरिका थोकहरूले पनि हाम्रो तालिमलाई अझ तीव्र बनाइरहेका छन्। हामी हाम्रो हृदयलाई फिर्ता लिन हतार गरौं जसले संसारलाई धेरै प्रेम गर्दछ! हामी हाम्रो दर्शनलाई फिर्ता लिन हतार गरौं, जुन अति अस्पष्ट छ। हामी हाम्रा पाइलाहरूमा रहौं, ताकि हामीले सीमाहरू ननाघेका होऔं। हामी आफ्ना मुखहरूलाई बन्द गरौं, ताकि हामी परमेश्‍वरको वचनमा हिँड्न सकौं, र उप्रान्त हाम्रा आफ्नै लाभहरू र हानिहरूको प्रतिस्पर्धा नगरौं। अहो, यसलाई छोडिदेओ, बाहिरी संसार र धनको लागि तिमीहरूको लालच! हो, आफैलाई यसबाट स्वतन्त्र बनाओ—तिमीहरूका पति, छोरीहरू र छोराहरूप्रतिको टाँसिरहने बन्धन! आह, तिनीहरूपट्टि पिठ्यूँ फर्काइदेओ—तिमीहरूका दृष्टिकोणहरू र पूर्वाग्रहहरू! अँ, बिउँझ; समय छोटो छ! आत्मा भित्रबाट माथि हेर, माथि हेर, अनि परमेश्‍वरलाई नियन्त्रण गर्न देओ। जे भए पनि, लोतकी अर्की पत्नी नबन। पन्छ्याइएको हुनु कति दुःखलाग्दो कुरा हुन्छ! साँच्चै दुःखलाग्दो! अँ, बिउँझ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३

१६८. पर्वतहरू र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान परमेश्‍वर नै जीवन अनन्त र पुनरुत्थान हुने हुनुहुन्छ, यो पुस्तौँ-पुस्ता, सदाकाल नै चलिरहन्छ! सबै चीजहरू र सबै घटनाहरू उहाँकै हातमा छन्, र शैतान उहाँको पाउमुनि छ।

आज, यो परमेश्‍वरको पूर्वनिर्धारित चयनद्वारा नै हो कि, उहाँले हामीलाई शैतानको पकडबाट छुटकारा गर्नुहुन्छ। उहाँ साँच्चै नै हाम्रा उद्धारक हुनुहुन्छ। येशूको अनन्त, पुनरुत्थान जीवन वास्तवमा नै हामीभित्र समाहित छ, जसले हामीलाई परमेश्‍वरको जीवनसँग जोडिन प्रेरित गर्दछ, ताकि हामी वास्तवमा नै उहाँको आमने-सामने हुन सकौं, उहाँलाई खान सकौं, उहाँलाई पिउन सकौं, र उहाँमा रमाउन सकौं। यो एउटा त्यो निःस्वार्थ बलि हो जुन परमेश्‍वरले आफ्नो हृदय-रक्तको मूल्य चुकाएर सिर्जित गर्नुभएको हो।

मौसमहरू आउँछन् र जान्छन्, हावा र तुसारो हुँदै अघि बढ्छन्, जीवनका धेरै कष्टहरू, पीडाहरू र दुःखहरू, संसारका धेरै प्रतिशोधहरू र बदनामीहरूको सामना गर्छन्, सरकारबाट धेरै झूटो अभियोगहरू खेप्छन्, तर पनि न परमेश्‍वरको विश्‍वास न उहाँको संकल्पमा अलिकति पनि कमी आउँछ। परमेश्‍वरको इच्छाप्रति, र परमेश्‍वरको प्रबन्ध र योजनाप्रति पूर्ण हृदयका साथ समर्पित होऊन्, ताकि तिनीहरूलाई पूरा गर्न सकियोस् भनेर, उहाँले आफ्नै जीवनलाई एकातिर पन्छाउनुहुन्छ। उहाँको बहुविविधतामा रहेका मानिसहरूलाई उहाँले कुनै पीडा दिनुहुन्‍न मायालु तरिकाले खुवाउने र पिलाउने गर्नुहुन्छ। हामी जतिसुकै अज्ञानी भए पनि, वा हामी जतिसुकै कठिन रहे पनि हामी केवल उहाँ सामु समर्पित हुनुपर्छ, र उहाँको पुनरुत्थान जीवनले हाम्रो पुरानो स्वभावलाई बदलिदिनेछ…। उहाँ यी सबै ज्येष्ठ पुत्रहरूका लागि भोक र आराम भुलेर अथक परिश्रम गर्नुहुन्छ। कति दिन र रात, कति चर्को घाम र कठ्याङ्ग्रिने जाडो हुँदै उहाँ पूर्ण हृदयले सियोनलाई हेर्नुहुन्छ।

यो संसार, घर, काम र सबै कुरा पूर्णरूपमा खुशीसाथ, स्वेच्छाले त्याग्नुहुन्छ, र सांसारिक सुखभोगहरूसँग उहाँको केही लिनु-दिनु छैन…। उहाँको मुखबाट निस्कने वचनहरू हामीभित्र प्रवेश गर्दछ, हाम्रो हृदयहरूभित्र लुकेका कुराहरूलाई उजागर गर्दछ। हामी कसरी विश्‍वस्त हुन सक्दैनौं? उहाँको मुखबाट निस्कने हरेक वाक्य जुनसुकै समयमा पनि हामीमा सत्य हुन सक्दछ। हामी जे-जे गर्छौं, उहाँको सामुन्नेमा होस् वा उहाँबाट पर लुकाएर होस्, त्यहाँ कुनै कुरा छैन जुन उहाँलाई थाहा हुँदैन, त्यस्तो कुनै कुरा छैन जुन उहाँले बुझ्नुहुन्‍न। हाम्रो आफ्‍नै योजनाहरू र व्यवस्थाहरूको बाबजुत, सबै कुराहरू उहाँको सामुन्ने प्रकट हुनेछन्।

उहाँको सामु बसेर, हाम्रो आत्माभित्र आनन्द महसुस गर्दै, सहज र शान्त रहे पनि सदैव खालीपन महसुस गर्नु र वास्तवमा परमेश्‍वरप्रति ऋणी हुनु: यो एउटा यस्तो रहस्य हो जुन अकल्पनीय र प्राप्त गर्न असम्भव छ। सर्वशक्तिमान परमेश्‍वर नै एकमात्र सच्चा परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्न पवित्र आत्मा पर्याप्त हुनुहुन्छ! यो निर्विवाद प्रमाण हो! यो समूहको हामी अत्यन्तै धन्य छौं! यदि परमेश्‍वरको अनुग्रह र कृपा नहुँदो हो त हामी विनाशतिर लम्कन र शैतानलाई पछ्याउन मात्र सक्‍नेथियौं। केवल सर्वशक्तिमान परमेश्‍वरले नै हामीलाई मुक्ति दिन सक्नुहुन्छ!

हे! सर्वशक्तिमान परमेश्‍वर, व्यवहारिक परमेश्‍वर! यो तपाईं नै हुनुहुन्छ जसले हाम्रो आत्मिक आँखा खोलिदिनुभएको छ, जसबाट हामी यस आत्मिक संसारको रहस्यहरूलाई हेर्न सक्छौं। यस राज्यको सम्भावनाहरू असीम छ। प्रतीक्षा गर्ने क्रममा हामी सचेत भएर बसौं। त्यो दिन धेरै टाढा हुन सक्दैन।

युद्धको ज्वाला मडारिन्छ, तोपको धुवाँले हावा भरिन्छ, मौसम तातो हुन्छ, जलवायु परिवर्तन हुन्छ, र महामारी फैलनेछ, र मानिस केवल मर्दछन्, बाँच्ने कुनै आशा हुँदैन।

हे! सर्वशक्तिमान परमेश्‍वर, व्यवहारिक परमेश्‍वर! तपाईं हाम्रो अभेद्य किल्ला हुनुहुन्छ। तपाईं हाम्रो शरण हुनुहुन्छ। हामी तपाईंको छत्रछायामा रहन्छौं, र विपत्ति हामीसम्म पुग्न सक्दैन। तपाईंको दिव्य सुरक्षा र रेखदेख यही छ।

हामी सबै हाम्रो आवाजहरू गीतको माध्यममा उठाउँछौं; हामी स्तुतिमा गाउँछौं, र हाम्रो स्तुतिको आवाज पूरै सियोनभरि गुन्जन्छ! सर्वशक्तिमान परमेश्‍वर, व्यवहारिक परमेश्‍वरले हाम्रो लागि त्यो गौरवशाली गन्तव्य तय गर्नुभएको छ। सचेत रहौं—ओहो, निगरानीमा रहौं! अझै पनि, समय धेरै विलम्ब भएको छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५

१६९. राज्यका राजा, सर्वशक्तिमान् परमेश्‍वर देखिनुभएको समयदेखि परमेश्‍वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको पूर्णतामा प्रकट भएको छ। चीन देशमा मात्र परमेश्‍वर देखा पर्नुभएको घटनालाई देखिएको छैन, तर सर्वशक्तिमान् परमेश्‍वरको नाउँ सबै देश र सबै स्थानहरूमा देखिएको छ। तिनीहरू सबैले सम्‍भव भएको कुनै पनि उपायद्वारा परमेश्‍वरसित सङ्गति गर्न खोज्दै, परमेश्‍वरको इच्छा बुझ्दै र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गर्दै यो पवित्र नाउँ पुकारिरहेका छन्। यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।

विभिन्न देशका भाषाहरू एक-अर्काभन्दा फरक छन्, तर आत्मा एउटै हुनुहुन्छ। यो आत्माले सारा ब्रह्माण्डका मण्डलीहरूलाई एकसाथ जोड्नुहुन्छ र परमेश्‍वरसित एक हुनुहुन्छ, जसमा अलिकति पनि भिन्नता छैन। यो शङ्का गर्नै नसकिने कुरा हो। अब पवित्र आत्माले तिनीहरूलाई बोलाउनुहुन्छ, र उहाँको आवाजले तिनीहरूलाई बिउँझाउँछ। यो परमेश्‍वरको कृपाको आवाज हो। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्‍वरको पवित्र नाउँ पुकारिरहेका छन्! तिनीहरूले प्रशंसा चढाउँछन् र गाउँछन् पनि। पवित्र आत्माको काममा कहिल्यै कुनै तलमाथि हुन सक्दैन; यी मानिसहरू सही मार्गमा अगाडि बढ्नका लागि कुनै पनि हदसम्म जान्छन्, तिनीहरू पछाडि फर्कँदैनन्, जुन अचम्ममाथि अचम्म छ। यो मानिसहरूले कल्पना गर्न कठिन र अनुमान गर्न असम्भव कुरा हो।

सर्वशक्तिमान् परमेश्‍वर ब्रह्माण्डमा जीवनका राजा हुनुहुन्छ! उहाँ महिमित सिंहासनमा विराजमान हुनुहुन्छ र संसारको न्याय गर्नुहुन्छ, सबैमाथि प्रभुत्व गर्नुहुन्छ, र सबै जातिहरूमाथि शासन गर्नुहुन्छ; सबै मानिसहरू उहाँको सामु घुँडा टेकेर उहाँलाई प्रार्थना गर्छन्, उहाँको नजिक हुन्छन् र उहाँसँग कुराकानी गर्छन्। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिमीहरूको कद जति उच्च वा तिमीहरूको वरिष्ठता जति महान् भए पनि, यदि तिमीहरू आफ्नो हृदयमा परमेश्‍वरको विरुद्ध जान्छौ भने, तिमीहरूको न्याय गरिनैपर्छ र तिमीहरू पीडादायी बिन्तीको आवाज निकाल्दै उहाँको अगाडि लम्पसार हुनैपर्छ; तिमीहरूका आफ्नै कार्यहरूको फल कटनी गर्नु भनेको वास्तवमा यही हो। यो विलापको आवाज आगो र गन्धकको कुण्डमा दण्ड पाएको आवाज हो, र यो परमेश्‍वरको फलामको लौरोद्वारा ताडना दिइएको आवाज हो; यो ख्रीष्टको सिंहासनको सामुन्नेको न्याय हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८

१७०. सर्वशक्तिमान् परमेश्‍वर! उहाँको महिमित शरीर खुला ठाउँमा देखा पर्दछ, पवित्र आत्मिक शरीर खडा हुन्छ, र उहाँ पूर्ण परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ! संसार र देह दुवै परिवर्तन भएको छ, र पर्वतमा परिवर्तन भएको उहाँको रूप परमेश्‍वरको व्यक्तित्व हो। उहाँले आफ्नो शिरमा सुनको मुकुट लगाउनुहुन्छ, उहाँको वस्त्र शुद्ध सेतो छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ र संसारका सबै थोकहरू उहाँको पाउदान हुन्। उहाँका आँखाहरू आगोको ज्वालाजस्ता छन्, उहाँको मुखमा एउटा धारिलो दुईधारे तरवारजस्तो छ, र उहाँको दाहिने हातमा सातवटा ताराहरू छन्। परमेश्‍वरको राज्यको बाटो असीमित रूपमा चहकिलो छ, र उहाँको महिमा उठ्छ र चम्किन्छ; पर्वतहरू आनन्दित छन् र समुद्र हाँस्छ, र सूर्य, चन्द्रमा र ताराहरू सबै तिनीहरूका आ-आफ्नो नियमित क्रममा घुम्छन्, अद्वितीय, साँचो परमेश्‍वरको स्वागत गर्दैछन्, जसको विजयी वापसीले उहाँको छ हजार वर्षको व्यवस्थापन योजनाको समापनको वर्णन गर्दछ। सबै उफ्रन्छन् र आनन्दले नाच्छन्! हर्षोल्‍लास गर्छन्! सर्वशक्तिमान् परमेश्‍वर आफ्नो महिमित सिंहासनमा विराजमान हुनुहुन्छ! गाओ! सर्वशक्तिमान्‌को विजयी झन्डा महिमित, भव्य सियोन पर्वतमा उचालिएको छ! सबै जातिहरूले जयजयकार गरिरहेका छन्, सबै मानिसहरू गाउँदैछन्, सियोन पर्वत आनन्दले हाँस्दैछ, र परमेश्‍वरको महिमा उत्पन्न भएको छ! मैले परमेश्‍वरको अनुहार देख्‍नेछु भनी सपनामा पनि सोचेको थिइनँ, तर आज मैले यो देखेको छु। हरेक दिन उहाँसँग आमनेसामने हुन्छु, म उहाँको अगि मेरो हृदय उदाङ्गो पार्छु। उहाँले प्रशस्त खाने र पिउने कुराहरू प्रदान गर्नुहुन्छ। जीवन, वचनहरू, कामहरू, विचारहरू, सोचाइहरू—उहाँको महिमित ज्योतिले ती सबैलाई उज्यालो पार्दछ। उहाँले बाटोको हरेक कदममा डोऱ्याउनुहुन्छ, र कुनै पनि विद्रोही हृदयमाथि उहाँको दण्ड तुरुन्‍तै आउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

१७१. मानिसको पुत्रलाई देखिएको छ, र परमेश्‍वर स्वयम्‌लाई खुल्लमखुल्ला प्रकट गरिएको छ। परमेश्‍वरको महिमा प्रकट भएको छ, जलिरहेको सूर्यजस्तो चम्किरहेको छ! उहाँको महिमित अनुहार चहकिलो प्रकाशले चम्कन्छ; कसको आँखाले उहाँसँग विरोधको व्यवहार गर्ने आँट गर्छ? विरोधले मृत्युमा पुर्‍याउँछ! तैंले आफ्नो हृदयमा सोच्‍ने, तैंले बोल्‍ने कुनै शब्द वा तैंले गर्ने कुनै पनि कामका निम्ति रत्तीभर पनि दया देखाइँदैन। तिमीहरूले जे पाएका छौ त्यो तिमीहरूले बुझ्नेछौ र देख्नेछौ—त्यो मेरो दण्डीबाहेक अरू केही होइन! जब तिमीहरू मेरा वचनहरू खाने र पिउने कोसिस गर्दैनौ र त्यसको साटो स्वेच्छाले बाधा दिन्छौ र मेरो निर्माणलाई ध्वस्त पार्छौ भने के म त्यसलाई सहन सक्छु? यस्तो व्यक्तिसँग म कोमल व्यवहार गर्नेछैनँ! यदि तेरो व्यवहार अझ बढी गम्भीरतासाथ पतित हुन्छ भने, तँ आगोमा नष्ट हुनेछस्! सर्वशक्तिमान्‌ परमेश्‍वर आत्मिक शरीरमा प्रकट हुनुहुन्छ, जो शिरदेखि खुट्टाको औँलासम्म मासु वा रगतले अलिकति पनि जोडिएको हुनुहुन्‍न। उहाँले ब्रह्माण्डको संसारलाई पार गर्नुहुन्छ, तेस्रो स्वर्गमा महिमित सिंहासनमा विराजमान हुनुहुन्छ, र सबै थोकलाई व्यवस्थापन गर्नुहुन्छ! ब्रह्माण्ड र सबै थोक मेरो हातमा छन्। यदि मैले बोलेँ भने, यो त्यस्तै हुनेछ। यदि मैले यो ठहराउँछु भने, यो यस्तै हुनेछ। शैतान मेरो खुट्टामुनि छ; त्यो अतल कुण्डमा छ! जब मेरो आवाज बाहिर निस्कन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ र केही पनि रहनेछैन! सबै थोक नयाँ तुल्याइनेछन्; यो एक अपरिवर्तनीय सत्य हो जुन पूर्ण सही छ। मैले संसारलाई, साथै सबै दुष्टहरूलाई पनि जितेको छु। म यहाँ तिमीहरूसँग कुराकानी गर्दै बस्छु, र जसको कान छ उनीहरू सबैले सुन्नुपर्छ र जो जीवित छन् उनीहरूले स्वीकार गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

१७२. सर्वशक्तिमान साँचो परमेश्‍वर, सिंहासनमा विराजमान राजाले, सबै राष्ट्रहरू र सबै मानिसहरूको सामना गर्दै, सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ र स्वर्गमुनिका सबै कुराहरू परमेश्‍वरको महिमाले चम्किन्छन्। ब्रह्माण्ड र पृथ्वीको अन्तिम छेउसम्म भएका सबै जीवित वस्तुहरूले देख्नेछन्। पर्वतहरू, नदीहरू, तालहरू, जमिनहरू, समुद्रहरू, र सबै जीवित प्राणीहरूले साँचो परमेश्‍वरको चेहराको ज्योतीमा तिनीहरूको पर्दाहरू खुलागरि तानिएको छ, र तिनीहरू सपनाबाट व्युझे झैँ, तिनीहरू माटोमार्फत फुटीनिस्कने टुसाहरू झैँ, पुनर्जीवित भएका छन्!

आह! एक सत्य परमेश्‍वर संसार सामुन्ने देखा पर्नुहुन्छ। कसले प्रतिरोधसाथ उहाँको समिप आउने साहस गर्छ? सबै डरले काम्दछन्। सबै पूर्ण रूपले विश्‍वस्त भएका छन्, र सबैले बारम्बार क्षमा माग्छन्। सबै मानिसहरू उहाँको अघि आफ्ना घुँडा टेक्छन्, र सबै मुखहरूले उहाँको आराधना गर्छन्! सबै महाद्वीपहरू, सागरहरू र, पर्वतहरू, नदीहरू—सबै थोकहरूले अनन्त रूपमा उहाँको प्रशंसा गर्दछन्! वसन्त ऋतु शुद्ध वसन्त झरी ल्याउँदै आफ्नो न्यानो वायुसँगै आउँछ। सबै मानिसहरू जस्तै, खोलाको प्रवाहहरू कृतज्ञता र आत्म-निन्दाको आँसु झार्दै, दुःख र आनन्दसँगै, बग्दछ। नदीहरू, तालहरू, लहर र तरङ्गहरू सबैले सत्य परमेश्‍वरको पवित्र नाउँको स्तुतिगान गर्दै, गाउँदैछन्! प्रशंसाको ध्वनि यस्तो स्पष्टसँग बज्दछ! एक चोटि शैतानद्वारा भ्रष्‍ट बनाइएका पुराना वस्तुहरू, तिनीहरूमध्ये प्रत्येक र हरेक नवीकरण र परिवर्तित हुनेछन् र पूर्णरूपमा एउटा नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …

यो पवित्र तुरही हो, र यो गुञ्जिन थालेको छ! यसलाई सुन्। त्यो धेरै सुमधुर आवाज सिंहासनको वाणी हो, जसले समय आएको छ, अन्तिम अन्त्य आएको छ भनी हरेक राष्ट्र र मानिसलाई घोषणा गर्दछ। मेरो व्यवस्थापनको योजना सकिएको छ। मेरो राज्य पृथ्वीमा खुला रूपमा देखिएको छ। संसारका राज्यहरू मेरो राज्य भएका छन्, जो म परमेश्‍वर हुँ। मेरा सात तुरहीहरू सिंहासनबाट गुञ्जिन्छन्, र उदेकका कुराहरू देखा पर्नेछन्! पृथ्वीको अन्तिम छेउहरूबाट मानिसहरू कोही समुद्रमा पानीजहाज चलाउँदै, कोही हवाइजहाजमा उड्दै, कोही हरेक आकार र आकृतिको गाडीहरूमा चढ्दै, कोही घोडाको पिठ्युँमा चढ्दै, हिमपहिरोको बल र मेघ गर्जनको शक्तिसँगै हरेक दिशाबाट सँगसँगै हतारिँदै आउनेछन्। ध्यान दिएर हेर्। ध्यानपुर्वक सुन्। हरेक रंगका यी घोडाहरूका सवारहरूका शक्तिशाली र भव्य, आत्माहरू जागिउठ्यो, युद्धको मैदान जिते झैँ, मृत्युप्रति उदासीन छन्। साथमा घोडाहरूको हिनहिनाई र साँचो परमेश्‍वरको लागि मानिसहरू कराएको हल्ला, धेरै पुरुषहरू, महिलाहरू, र बालबालिकाहरू एकछिनमै तिनीहरूका खुरहरूले कुल्चिएका हुनेछन्। केही मरेका हुनेछन्, केही आफ्नो अन्तिम श्‍वास लिइरहेका हुनेछन्, केही टुक्रिएका हुनेछन्, तिनीहरूलाई रेखदेख गर्ने कोही हुनेछैनन्, अनियन्त्रित रूपमा कराउँदै, पीडामा चिच्याउनेछन्। विद्रोहका छोराहरू! के यो तिमीहरूको अन्तिम नतिजा होइन र?

म मेरा मानिसहरूमाथि आनन्दसाथ हेर्छु, जसले मेरो आवाज सुन्छ र हरेक राष्ट्र र भूमिबाट एकत्र हुन्छन्। सबै मानिसहरू साँचो परमेश्‍वरलाई सधैँ आफ्नो सामुन्‍ने राख्दै आनन्दले निरन्तर प्रशंसा गर्छन् र उफ्रन्छन्! उनीहरू संसारको लागि साक्षी हुन्छन्, र साँचो परमेश्‍वरप्रति उनीहरूको साक्षीको आवाज धेरै पानीको गर्जनको आवाज जस्तै हुन्छन्। सबै मानिसहरू मेरो राज्यभित्र भेला हुनेछन्।

मेरा सात तुरहीहरू बज्छन्, जसले सुतिरहेकाहरू ब्युँताउछन्! छिटो उठ्, अझै पनि ढिलो भएको छैन। तेरो जीवनलाई हेर्! तेरा आँखाहरू खोल् र अहिले यो कुन समय हो, हेर्! खोज्नुपर्ने के कुरा छ? विचार गर्नुपर्ने के कुरा छ? र पक्रिराख्नुपर्ने के कुरा छ? के तैँले मेरो जीवन प्राप्त गर्नु र तैँले माया गरेका र पक्रिराखेका सबै कुरा प्राप्त गर्नुको मूल्यका बीचमा पाइने भिन्‍नताका बारेमा कहिल्यै विचार गरेका छस्? अब उप्रान्त हठी नहोओ न त खेलबाड गर्। यो मौकालाई नगुमाओ। यो समय फेरी आउनेछैन! यही घडी उठ, तेरो आत्मालाई कसरत गर्ने अभ्यास गर्, शैतानको सबै युक्ति र योजनालाई हेर्न र रोक्नलाई विभिन्न किसिमका संयन्‍त्रहरू प्रयोग गर्, र शैतानमाथि विजय गर्, ताकि तेरो जीवन अनुभव अझ बलियो हुन सकोस् र तैँले मेरो स्वभाव जियाउन सक्, ताकि तेरो जीवन परिपक्व र अनुभवी हुन सकोस् र तैँले सधैँ मेरो पाइलाहरू पछ्याउन सक्। निडर, कमजोर नभई, पाइला पाइलामा सधैँ अघि बढिरह, सडकको अन्त्य नआएसम्म सिधा बढिरह!

जब सात तुरहीहरू फेरि बज्छन्, यो न्यायको लागि बोलाइएको हुनेछ, विद्रोहीका छोराहरूको न्याय, सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय हुनेछ, र हरेक राष्ट्रले परमेश्‍वरको अघि आत्मसमर्पण गर्नेछन्। परमेश्‍वरको महिमित चेहरा सबै राष्ट्रहरू र सबै मानिसहरूको अघि अवश्य देखा पर्नेछ। सबै जना पूर्णरूपमा विश्‍वस्त हुनेछन्, र साँचो परमेश्‍वरसँग अनन्तसम्म प्रशंसा गर्नेछन्। सर्वशक्तिमान परमेश्‍वर अझ धेरै महिमित हुनुहुनेछ, र मेरा छोराहरूले सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय गर्दै, दुष्टलाई दण्ड दिँदै, मेरा जतिलाई कृपा देखाउँदै र मुक्त हुँदै, र राज्यलाई बलियो र स्थायी बनाउँदै मसँग महिमामा भाग लिनेछन् र राज्याधिकार बाँडनेछन्। सात तुरहीहरूको आवाजद्वारा, धेरै मानिसहरू मुक्त हुनेछन्, मेरो अघि घुँडा टेक्न र निरन्तर प्रशंसाका साथ आराधना गर्न फर्किआउनेछन्!

जब सात तुरहीहरू फेरि एकचोटि बज्नेछन्, यो युगको अन्त्य हुनेछ, दियाबलस शैतानमाथिको विजयको तुरही चर्को आवाज बज्छ, सलाम छ जसले पृथ्वीको राज्यमा खुल्ला रूपले जियाई सुरु गर्नलाई घोषणा गर्दछ! एउटा आवाज कति उच्च छ, यो आवाज सिंहासनको वरिपरि प्रतिध्वनित हुन्छ, स्वर्ग र पृथ्वी हल्लाउँदै यो तुरही चर्को आवाजमा बज्छ, जुन मेरो व्यवस्थापन योजनाको विजयको चिन्ह हो, जुन शैतानको न्याय हो; यसले यो पुरानो संसारलाई अतल कुण्‍डमा फर्किन, पूर्ण रूपले मृत्युको दण्ड सुनाउँछ! यो तुरहीको चर्को आवाजले अनुग्रहको ढोका बन्द हुन लागेको कुरा दर्शाउँछ कि राज्यको जीवन पृथ्वीमा सुरु हुनेछ, जुनचाँहि सही र उचित छ। परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। एक पटक तिनीहरू उहाँको राज्यमा फर्किएपछि, पृथ्वीमा भएका मानिसहरूले अनिकाल र महामारी सामना गर्नेछन्, र परमेश्‍वरको सात कचौराहरू र सात विपत्तिहरूले प्रभावकारी हुनेछन्। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचन बित्नेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३६

१७३. जब पूर्वबाट बिजुलीका चमकहरू आउँछन्, जुन म मेरा वचनहरू बोल्न थाल्ने समय पनि हो—जब बिजुलीका चमकहरू आउँछन् तब सम्पूर्ण आकाश उज्यालो हुन्छ, र सबै ताराहरूमा एक रूपान्तरण हुन्छ। यस्तो हुन्छ, कि मानौं सम्पूर्ण मानव जाति वर्गीकरण गरिएको छ। पूर्वबाट आउने यो ज्योतिको किरणमा सम्पूर्ण मानव जातिलाई उनीहरूको असली रूपमा प्रकट गरिन्छ, उनीहरूका आँखाहरू तिरमिराउँछन्, के गर्ने भनेर अनिश्चित हुन्छन्, र उनीहरूका कुरूप अनुहारहरू कसरी लुकाउने होला भनी अझै अनिश्चित हुन्छन्। तिनीहरू ती पशुहरूजस्ता छन् जो मेरो ज्योतिबाट भाग्छन् र पहाडका गुफाहरूमा शरण लिन्छन्—तर तीमध्ये एकै जना पनि मेरो ज्योतिबाट नष्ट हुन सक्दैन। सबै मानिसहरू चकित हुन्छन्, सबैले पर्खिरहेका हुन्छन्, सबैले हेरिरहेका हुन्छन्; मेरो ज्योतिको आगमनको साथमा सबै जना आफू जन्मेको दिनमा रमाउँछन्, र त्यस्तै गरी सबैले आफ्नो जन्मेको दिनलाई सराप्छन्। विवादास्पद भावनाहरू व्यक्त गर्न असम्भव हुन्छ; आत्म-निन्दाका आँसुहरूको नदीहरू बग्छन्; र तीव्र प्रवाहमा बगेर जान्छन्, एकै क्षणमा नाम-निसाना मेटिने गरी हराउँछन्। एक पटक फेरि, मेरो दिन सारा मानव जातिको नजिक पुग्छ, एक पटक फेरि मानव जातिलाई उत्तेजित गराउँछ, मानव जातिलाई अर्को एउटा नयाँ सुरुआत दिँदछ। मेरो मुटु धड्किन्छ र, मेरो मुटुको धड्कनको ताल अनुसरण गर्दै, पहाडहरू आनन्दले उफ्रन्छन्, समुद्रहरू आनन्दले नाच्छन्, र छालहरूले चट्टानका पहराहरूमा हान्छन्। मेरो हृदयमा जे छ त्यो व्यक्त गर्न गाह्रो हुन्छ। सबै अशुद्ध थोकहरूलाई म मेरो नजरमा जलाएर खरानी बनाउन चाहन्छु; म अनाज्ञाकारिताका सबै छोराहरूलाई मेरो आँखाको अगाडिबाट कहिल्यै अस्तित्वमा नरहने गरी विलुप्त पार्न चाहन्छु। त्यो ठूलो रातो अजिङ्गरको बास बस्ने ठाउँमा मैले नयाँ सुरुवात मात्र गरेको छैनँ, मैले ब्रह्माण्डमा पनि नयाँ काम सुरु गरेको छु। चाँडै, पृथ्वीका राज्यहरू मेरो राज्य हुनेछन्; चाँडै, मेरो राज्यको कारण यस पृथ्वीका राज्यहरूको अस्तित्व सदाका लागि समाप्त हुनेछ, किनकि मैले अघिबाटै विजय हासिल गरिसकेको छु, किनकि म विजयी बनेर फर्केको छु। त्यो ठूलो रातो अजिङ्गरले पृथ्वीमा मेरो काम मेटाउने आशामा मेरो योजनामा बाधा पुर्‍याउनका लागि सबै साधनहरू समाप्त गरिसक्यो, तर के म त्यसको कपटपूर्ण चालका कारण निराश हुन सक्छु? के म त्यसको धम्कीबाट आत्मविश्‍वास गुमाउँला भनी डराउँछु? स्वर्गमा वा पृथ्वीमा कहिल्यै कुनै यस्तो प्राणी भएको छैन जसलाई मैले मेरो हतकेलामा लिएको छैन; त्यो ठूलो रातो अजिङ्गरको बारेमा झन् यो कति धेरै सत्य छ, यो युक्ति जसले मेरो निम्ति प्रतिभारको रूपमा काम गर्दछ? के यो पनि मेरो हातमा खेलबाड गर्नुपर्ने एक वस्तु होइन र?

मानिसको संसारमा भएको मेरो देहधारणको अवधिमा मानव जाति अनजानमा नै आजको दिनसम्म मेरो मार्गनिर्देशनको अधीनमा आएको छ, अनजानमा नै मलाई चिन्न सकेको छ। तर अगाडि आउने बाटोमा कसरी हिँड्ने भन्‍नेबारे कसैलाई थाहा छैन, कोही पनि सचेत छैन—र त्यो बाटोले तिनीहरूलाई कुन दिशातिर लैजान्छ भन्ने कुरा थाहा पाउने त कुरै नगरौं। केवल सर्वशक्तिमान्‌ले उनीहरूमाथि नजर राख्नुभयो भने मात्र कुनै व्यक्ति त्यो बाटोको अन्त्यसम्म पुग्न सक्नेछ; पूर्वमा चम्केको ज्योतिको अगुवाइमा मात्र कसैले मेरो राज्यमा पुऱ्याउने प्रवेशद्वार पार गर्न सक्छ। मानिसहरू माझ कुनै यस्तो व्यक्ति छैन जसले मेरो अनुहार देखेको छ, जसले पूर्वमा ज्योति चम्केको देखेको छ; मेरो सिंहासनबाट बोलिएको वाणीहरू सुन्ने त झन् कति थोरै होलान्? वास्तवमा, प्राचीन कालदेखि कुनै पनि व्यक्ति मेरो व्यक्तित्वसँग प्रत्यक्ष सम्पर्कमा आएको छैन; केवल आज, म यस संसारमा आएपछि मात्रै मानिसहरूले मलाई देख्ने मौका पाएका छन्। तर अहिले पनि मानिसहरूले मलाई चिन्दैनन्, जसरी उनीहरूले मेरो अनुहार हेर्छन् र मेरो आवाज मात्र सुन्छन् तर मेरो अर्थ बुझ्दैनन्। सबै मानिसहरू यस्तै प्रकारका छन्। मेरा मानिसहरूमध्ये एक भएको नाताले मेरो अनुहार देख्दा के तिमीहरू गर्व महसुस गर्दैनौं र? र के मलाई नचिनेको कारण अति नै ठूलो सरम महसुस गर्दैनौ र? म मानिसहरू माझ हिँड्छु र म मानिसहरू माझ बस्छु, किनकि म देह बनेको छु र म मानव संसारमा आएको छु। मेरो उद्देश्य भनेको मानव जातिलाई मेरो देहलाई हेर्ने क्षमता दिनु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, मलाई चिन्न मानिसहरूलाई सक्षम बनाउनु हो। यसबाहेक, म मेरो देहधारी शरीरबाट मानिसहरूलाई तिनीहरूका पापहरूका लागि दोषी ठहराउनेछु; म मेरो देहधारी शरीरद्वारा, त्यो ठूलो रातो अजिङ्गरलाई हराउनेछु र त्यसको झूटलाई नष्ट गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १२

१७४. बोल्‍नको लागि ब्रह्माण्डतर्फ मैले मेरो मुहार फर्काउने क्रममा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र ब्रह्माण्डभरि मैले गरेका सबै कामहरूलाई देख्छन्। मेरो इच्‍छा विरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात्, मानिसका कार्यहरूद्वारा मलाई विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई लिएर तिनलाई नयाँ बनाउनेछु, र मैले गर्दा नै घाम र जुन पनि नवीकरण हुनेछन्—आकाशहरू यस उप्रान्त जस्तो थिए त्यस्तो रहनेछैनन् र संसारका यावत् थोकहरूलाई नवीकरण गरिनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूलाई नयाँ गरी भाग-भाग गरिनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जानेछन् र सबै नै मलाई आराधना गर्ने राष्ट्र बन्‍नेछन्; पृथ्वीका सारा राष्ट्रहरूलाई नष्ट गरिनेछ र ती अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसका स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त गरिनेछ, र शैतानको पूजा गर्ने सबैलाई मेरो ज्वलन्त आगोद्वारा पतन गरिनेछ—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरू बाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै मानिसहरूलाई विभिन्न हदमा दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू मेरो राज्यमा फर्कनेछन्, मेरा कार्यहरूद्वारा विजय गरिनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवारी भई आउनुहुने पवित्र जनको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरू अनुसारको सजाय पाउनेछन्। म विरुद्ध खडा भएका सबै नष्ट हुनेछन्; आफ्‍नो कार्यहरूमा मलाई समावेश नगर्नेहरूका बारेमा कुरा गर्दा, तिनीहरूले आफैलाई कसरी अपराधमुक्त गरेका छन् त्यसको कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा पृथ्वीमा अस्तित्वमा नै रहिरहनेछन्। म आफैलाई असंख्य मानिसहरू, र असंख्य राष्ट्रहरूकहाँ प्रकट गर्नेछु, र तिनीहरूका आफ्‍नै आँखाले देख्‍ने गरी, सारा मानवजातिको निम्ति मैले गरेको मेरो महान् कार्य पूरा भएको घोषणा गर्दै मेरो आफ्‍नै आवाजद्वारा पृथ्वीतर्फ म उच्‍च सोरमा कराउनेछु।

मेरो आवाज तीव्रताको साथ गहिरो हुँदै जाने क्रममा, म ब्रह्माण्डको अवस्थालाई पनि अवलोकन गर्छु। मेरा वचनहरूद्वारा, सृष्टिका यावत् थोकहरू सबैलाई नयाँ तुल्याइन्छ। पृथ्वीजस्तै स्वर्ग पनि परिवर्तन हुन्छ। मानवजातिलाई यसको मूल रूपमा प्रकट गरिन्छ र, बिस्तारै, हरेक व्यक्तिलाई उसको प्रकारअनुसार अलग गरिन्छ, र थाहै नपाई तिनीहरू आफ्‍नो परिवारको काखमा फर्कन्छन्। यसले मलाई अत्यन्तै खुशी तुल्याउनेछ। म अवरोधबाट मुक्त छु र, थाहै नहुने गरी, मेरो महान् कार्य पूरा हुन्छ, र सृष्टिका यावत् थोकहरू सबै परिवर्तन हुन्छन्। जब मैले संसारलाई सृष्टि गरेँ, सबै कुराहरूलाई तिनीहरूको प्रकारअनुसार राख्दै, मैले सबै कुराहरूलाई तिनीहरूकै प्रकारअनुसार आकार दिएँ। मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिँदै गर्दा, म सृष्टिको पहिलेको स्थितिलाई पुर्नस्थापित गर्नेछु; म हरेक कुरालाई उल्‍लेखनीय रूपमा परिवर्तन गर्दै, सबै कुरालाई त्यसको पहिलेकै रूपमा पुनर्स्थापित गर्छु, ताकि सबै कुरा मेरो योजनाको सामीप्यमा फर्कनेछन्। समय आइपुगेको छ! मेरो योजनाको अन्तिम चरण पूरा गर्न लागेको छ। ए अशुद्ध पुरानो संसार! तँ निश्‍चय नै मेरो वचनहरूमुनि खस्‍नेछस्! तँलाई मेरो योजनाले अवश्य नै सुन्यतामा झार्नेछ! ए सृष्टिका यावत् थोकहरू! मेरा वचनहरूभित्र तैँले नयाँ जीवन प्राप्त गर्नेछस्—तैँले आफ्‍ना सार्वभौम प्रभुलाई पाउनेछस्! ए शुद्ध र निष्खोट नयाँ संसार! तँ अवश्य नै मेरो महिमाभित्र पुनर्जीवित हुनेछस्! ए सियोन पर्वत! अब उप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! सृष्टिको बीचबाट, म सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीमा, मानवजातिले नयाँ जीवनको सुरुवात गरेको छ र नयाँ आशा जितेको छ। ए मेरा मानिसहरू हो! तिमीहरू किन मेरो ज्योतिभित्रको जीवनमा फर्केर आउन सक्दैनौ? मेरो अगुवाइमा तिमीहरू किन खुशीले उफ्रन सक्दैनौ? भूमिहरू हर्षोल्लासमा चिच्याइरहेका छन्, समुद्र र खोलाहरू प्रफुल्लित हाँसोले गर्जिरहेका छन्! ए पुनरुत्थान भएको इस्राएल! मैले अघिबाटै नियुक्त गरेको विवरणमा तँ किन गर्व गर्न सक्दैनस्? कसले बिलौना गरेको छ? कसले विलाप गरेको छ? पुरानो दिनको इस्राएल अब रहेन, र आजको इस्राएल संसारमा ठाडो हुँदै र उच्‍च हुँदै खडा भएको छ, र सारा मानवजातिको हृदय-हृदयमा खडा भएको छ। आजको इस्राएलले अवश्य नै मेरा मानिसहरूद्वारा अस्तित्वको स्रोत प्राप्त गर्नेछ! हे घृणास्पद मिश्र! अवश्य नै तँ मेरो विरुद्धमा स्थिर रूपमा खडा हुँदैनस्? कसरी तैँले मेरो कृपाबाट फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्छस्? तँ मेरो सजायभित्र कसरी अस्तित्वमा नरहन सक्छस्? मैले प्रेम गर्ने सबै जना अवश्य नै अनन्तसम्‍म जिउनेछन्, र मेरो विरुद्ध खडा हुने सबै जनालाई म अवश्य नै अनन्तसम्‍म सजाय दिनेछु। किनभने म डाहा गर्ने परमेश्‍वर हुँ र तिनीहरूले गरेका सबै कुराको निम्ति म मानिसहरूलाई हल्कासँग छाड्नेछैन। म सारा पृथ्वीलाई रेखदेख गर्नेछु र धार्मिकता, प्रताप, क्रोध, र सजायसहित संसारको पूर्वमा देखा पर्दै, असंख्य मानवजातिका बीचमा आफैलाई प्रकट गर्नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६

१७५. भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न आ-आफ्नो आँखा माथि उठाउँछन्। परमेश्‍वरको राज्य मानिसहरूको संसारमा ओर्लिन्छ, मेरो व्यक्ति धनी र प्रशस्त छ। यसमा को आनन्दित हुँदैन र? आनन्दले को नाच्दैन? ए, सियोन! ममा हर्षोल्‍लास गर्न तेरो विजयको झन्डा उठा! मेरो पवित्र नाउँलाई फैलाउन तेरो विजयको गीत गा! पृथ्वीको अन्त्यसम्‍मका सबै सृष्टि! आफैलाई शुद्ध पार्न हतार गर, यसैले कि तिमीहरू मेरो निम्ति बलि बन्न सक। माथि आकाशमा तारा मण्डलहरू! आकाशमा मेरो पराक्रमी शक्ति प्रकट गर्न आफ्‍नो स्थानमा तुरुन्तै फर्किहाल। म पृथ्वीका मानिसहरूका आवाज सुन्न मेरो कान थाप्छु, जसले गीतमा मेरो निम्ति आफ्नो असिम प्रेम र सम्मान खन्याउँछन्। यस दिन, जब सबै सृष्टिहरू जीवनमा फर्कन्छन्, म मानिसहरूको संसारमा ओर्लिन्छु। यो क्षणमा, यस बेला, सबै फूलहरू उन्मत्त बनेर फक्रँदै फक्रिन्छन्, सबै पक्षीहरू एकै सोरमा गाउँछन्, सबै थोक आनन्दले धड्कन्छन्। परमेश्‍वरको राज्यको सलामीको आवाजमा, शैतानको राज्य ढल्छ, राज्यको स्तुतिगानको गर्जनमा कहिल्यै नउठ्ने गरी नाश हुन्छ।

पृथ्वीमा कसले खडा हुने र विरोध गर्ने हिम्मत गर्छ? जब म पृथ्वीमा ओर्लिन्छु, म आगो ल्याउँछु, क्रोध ल्याउँछु, र हरकिसिमका प्राकृतिक विपत्तिहरू ल्याउँछु। अहिले सांसारिक राज्यहरू मेरो राज्य हुन्! माथि आकाशमा, बादलहरू छताछुल्ल र तरङ्गित हुन्छन्; आकाशमुनि, ताल र नदीहरू उर्लेर बढ्छन् र खुसीको साथ एक उत्तेजक धुन निकाल्छन्। विश्राम गरिरहेका जनावरहरू उनीहरूका ओडारहरूबाट निस्किन्छन्, र सबै मानिसहरू मद्वारा उनीहरूको निद्राबाट जगाइन्छन्। असङ्ख्य मानिसहरूले पर्खेका दिन आखिरमा आइपुगेको छ! तिनीहरूले आफ्ना सबैभन्दा सुन्दर गीतहरू मलाई चढाउँछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, राज्यको स्तुतिगान

१७६. जब राज्यप्रतिको सलामी बज्‍छ—जुन सात गर्जनहरू गर्जिने समय पनि हो—यो आवाजले स्वर्ग र पृथ्वीलाई थर्काउँदै, आकाशलाई हल्‍लाउँछ र हरेक मानवजातिको मुटु धड्कने तुल्याउँछ। मैले त्यो राष्ट्रलाई नष्ट गरेको छु र मेरो राज्य स्थापना गरेको छु भन्‍ने प्रमाणित गर्दै, राज्यको राष्ट्रिय-गान ठूलो रातो अजिङ्गरको भूमिमा विधिवत् रूपमा खडा हुन्छ। अझै महत्त्वपूर्ण कुरा के छ भने, पृथ्वीमा मेरो राज्य स्थापना हुन्छ। यस क्षणमा, म मेरा स्वर्गदूतहरूलाई संसारका हरेक राष्ट्रहरूमा पठाउन सुरु गर्छु ताकि तिनीहरूले मेरा पुत्रहरूलाई, मेरा मानिसहरूलाई गोठाला गरून्; यो मेरो कामको अर्को चरणका मागहरूलाई पूरा गर्नको लागि पनि हो। तैपनि, व्यक्तिगत रूपमा म त्यो ठाउँमा जानेछु जहाँ ठूलो रातो अजिङ्गर बेरिएर बसिरहेको छ, अनि त्यससँग प्रतिस्पर्धा गर्छु। सारा मानवजातिले मलाई मेरो शरीरमा चिनेपछि र शरीरमा मेरा कार्यहरूलाई देख्‍न सक्षम भइसकेपछि, ठूलो रातो अजिङ्गरको अखडालाई खरानीमा परिणत गरिनेछ र यसलाई नाम-निशाना नछोडीकन मेटाइनेछ। …

आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैन, तर सारा आकाशलाई हल्‍लाउँदै, म सम्पूर्ण ब्रह्माण्डको रूपलाई पनि परिवर्तन गर्दैछु। के मेरो न्यायको सामना नगर्ने कहीँ त्यस्तो कुनै ठाउँ छ? के मैले वर्षाउने विपत्तिहरू नपर्ने कुनै एउटा ठाउँ छ? म जहाँ-जहाँ जान्छु, मैले “विपत्तिका अनेक बीउहरू” छरेको छु। मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍नेमा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो। अझै धेरै मानिसहरूलाई मलाई चिन्‍ने र मलाई देख्‍न सक्‍ने तुल्याउने मेरो इच्‍छा छ, अनि, यसरी, तिनीहरूले धेरै वर्षसम्‍म देख्‍न नसकेका तर जो अहिले वास्तविक हुनुहुन्छ, उहाँ परमेश्‍वरलाई तिनीहरूले सम्‍मान गर्न पुग्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १०

१७७. धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह गर्नेहरूका बीचमा मुक्तिदाता येशू व्यक्तिगत रूपमै सेतो बादलको सवारीमा ओर्लनुभएको देख्ने उत्कट इच्छा मानिसले गरेको छ। मानिसले मुक्तिदाताको आगमन र तिनीहरूसँगको पुनर्मिलनको पनि उत्कट इच्छा गरेको छ; अर्थात्, हजारौँ वर्षदेखि मानिसहरूबाट अलग गरिनुभएका मुक्तिदाता येशू फर्केर आउनुभएको र यहूदीहरू माझ गर्नुभएको उद्धारको काम फेरि एक पटक कार्यान्वयन गरेको, मानिसप्रति करुणामय र प्रेमिलो भएको, मानिसको पाप क्षमा गरेको, मानिसका पापहरू बहन गरेको, मानिसका सबै अपराधहरू समेत बहन गरेको र मानिसलाई पापबाट छुटकारा दिएको उत्कट चाह गरेको छ। मानिसले खास चाहेको कुराचाहिँ मुक्तिदाता येशू पहिलेको जस्तै हुनुभएको होस् भन्ने हो—एक मुक्तिदाता जो प्रेमिलो, दयालु र सम्माननीय हुनुहुन्छ, जो मानिससँग कहिल्यै क्रोधित हुनुहुन्न, र जसले कहिल्यै पनि मानिसको निन्दा गर्नुहुन्न, तर जसले क्षमा गर्नुहुन्छ, मानिसका सबै पापहरू लिनुहुन्छ र पहिलेको जस्तै, मानिसको निम्ति क्रूसमाथि मर्नुहुनेछ। येशू बिदा भएर जानुभएपछि, उहाँलाई पछ्याउने चेलाहरू, साथै उहाँको नाउँमा मुक्ति पाउने सन्तहरू सबैले उहाँको उत्कट चाह गर्दै र उहाँको प्रतीक्षा गर्दै आएका छन्। अनुग्रहको युगमा येशू ख्रीष्टको अनुग्रहद्वारा मुक्ति पाएका सबै मानिसहरू अन्त्यको समयको त्यो महान् दिनको तृष्णा गर्दै आइरहेका छन् जब मुक्तिदाता येशू सारा मानिसहरूकहाँ देखा पर्न सेतो बादलमा ओर्लनुहुन्छ। वास्तवमा, यो आज मुक्तिदाता येशूको नाउँ ग्रहण गर्ने सबै जनाको सामूहिक इच्छा पनि हो। येशू मुक्तिदाताको मुक्तिलाई जान्‍ने ब्रह्माण्डका हरेकले पृथ्वीमा हुनुहुँदा: “म जसरी गएको छु त्यसै गरी आउनेछु” भन्नुभएको कुरा पूरा गर्न येशू ख्रीष्ट अचानक देखा पर्नुभएको होस् भनी उत्कट इच्छा गर्दैआइरहेका छन्। क्रुसीकरण र पुनरुत्थानपछि, सर्वोच्चको दाहिने हातपट्टिको उहाँको स्थान लिन येशू सेतो बादलमा स्वर्ग फर्केर जानुभयो भनी मानिसले विश्‍वास गर्छ। त्यसरी नै, हजारौँ वर्षदेखि उहाँको उत्कट चाह गर्नेहरूमाझ, येशू सेतो बादलमा (यो बादलले येशू स्वर्गमा फर्कनुहुँदा चढ्नुभएको बादललाई जनाउँछ) फेरि ओर्लिआउनुहुनेछ र उहाँले यहूदीहरूको स्वरूप बहन गर्नुहुनेछ र पोसाक धारण गर्नुहुनेछ। मानिसकहाँ देखा पर्नुभएपछि, उहाँले तिनीहरूलाई खाना दिनुहुनेछ र तिनीहरूका निम्ति जिउँदो पानी निस्कन लगाउनुहुनेछ र मानिसहरू माझ अनुग्रहले पूर्ण, प्रेमले पूर्ण, सुस्पष्ट र यथार्थ भएर जिउनुहुनेछ। मानिसहरूले यस्तै सारा धारणाहरूमा विश्‍वास गर्छन्। तैपनि मुक्तिदाता येशूले यसो गर्नुभएन; उहाँले मानिसहरूले बुझेको भन्दा विपरीत गर्नुभयो। उहाँको पुनःआगमनको उत्कट इच्छा गर्नेहरू माझ उहाँ आउनुभएन र सेतो बादलमा सवार भएर उहाँ सबै मानिसहरूकहाँ देखा पर्नुभएन। उहाँ पहिले नै आइसक्नुभएको छ, तर मानिसहरूले उहाँलाई चिन्दैनन् र तिनीहरू उहाँबारे अज्ञात रहन्छन्। उहाँ अघि नै “सेतो बादलमा” (त्यो बादलचाहिँ उहाँको आत्मा, उहाँका वचनहरू, उहाँको सारा स्वभाव र उहाँ जे हुनुहुन्छ सो सबै हो) ओर्लिआइसक्नुभएको छ भन्ने कुराप्रति बेखवर भएर, मानिसले उहाँलाई लक्ष्यहीन रूपमा प्रतीक्षा मात्रै गरिरहन्छन् र अहिले उहाँ आखिरी दिनहरूको अवधिमा उहाँले बनाउनुहुने विजेताहरूको समूह माझ हुनुहुन्छ। मानिसले यो कुरा जान्दैन: मानिसको निम्ति पवित्र मुक्तिदाता येशूसित भएको सारा स्नेह र प्रेमको बाबजुद पनि, फोहोरी र अशुद्ध आत्माहरूले बास गरेको “मन्दिरहरू” मा उहाँले कसरी काम गर्न सक्नुहुन्छ? मानिसले उहाँको आगमनको प्रतीक्षा गर्दैआइरहेको भए पनि, अधर्मीको देह खानेहरू, अधर्मीको रगत पिउनेहरू, र अधर्मीको वस्‍त्र धारण गर्नेहरू, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्ने र उहाँलाई निरन्तर धुतिरहनेहरूकहाँ उहाँ कसरी देखा पर्न सक्नुहुन्थ्यो? येशू प्रेमले पूर्ण, र करुणाले भरिएको हुनुहुन्छ, र उहाँ पाप बलि र उद्धारले पूर्ण हुनुहुन्छ भन्ने मात्र मानिसले जान्दछ। यद्यपि, उहाँ स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ जो धार्मिकता, प्रताप, क्रोध र न्यायले पूर्ण, अख्तियारले भएको र प्रतिष्ठाले पूर्ण हुनुहुन्छ भन्ने कुरा मानिसले जान्दैन। यसकारण, मानिसले उद्धारकर्ताको आगमनको उत्कट इच्छा र चाह गरे पनि, र तिनीहरूको प्रार्थनाले स्वर्ग नै हल्लाए पनि, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्नेहरूकहाँ मुक्तिदाता येशू देखा पर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

१७८. मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, पछि मैले इस्राएलीहरूलाई र सारा मानवजातिलाई पूर्वतिर ल्याएँ। तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस् भनेर, यससँगै होस् र यसलाई खोज्न नपरोस् भनेर मैले तिनीहरू सबैलाई प्रकाशमा ल्याएको छु। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्न दिनेछु र मसँग इस्राएलमा भएको महिमा देख्नेछन्; मैले तिनीहरूलाई लामो समय अघि नै मानवजातिको माझमा सेतो बादल तल गएको कुरा देख्ने दिनेछु, तिनीहरूले कैयौँ सेता बादलहरू र तिनीहरूको झुप्पाहरूमा प्रशस्त फलहरू देखून्; यसको अतिरिक्त, तिनीहरूले इस्राएलको यहोवा परमेश्‍वर देखून्। मैले तिनीहरूलाई यहूदीहरूको मालिक, चाह गरिएको मसीहको र सारा युगहरूभरि राजाहरूले सताएका मेरो पूर्ण देखा पर्ने घटना हेर्न दिनेछु। अन्तका दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कामहरू मानिसलाई प्रकट गर्दै मैले सारा ब्रह्माण्डभरि काम गर्नेछु र म ठूल-ठूला काम गर्नेछु। मैले मलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेकाहरू, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म पटक-पटक देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई म मेरो महिमित मुहार देखाउनेछु, ताकि मैले मेरो महिमा उहिले नै लिएको छु र मैले पूर्वतिर ल्याएको छु; त्यसैले यो अब यहूदियामा छैन। किनभने अन्तको दिन अघि नै आइसकेको छ!

मैले सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा अत्यन्त अनिष्टपूर्ण घटनाहरू असीम रूपमा देखा पर्छ, जसले सारा जातिहरू र सम्प्रदायहरूलाई हल्लाइदिन्छ। सारा मानिसहरूलाई वर्तमानमा ल्याउने मेरो आवाज नै हो। मैले सबै मानिसहरूलाई मेरो आवाजद्वारा पराजित गराउनेछु, यही प्रवाहमा गिर्न लगाउनेछु र मेरो सामु झुक्न लगाउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ गरी जारी गरेको छु। कसले मलाई देख्ने उत्कट इच्छा गर्दैन? कसले मेरो आगमनलाई उत्सुकतापूर्वक प्रतीक्षा गर्दैन? मेरो पुन: देखा पर्ने घटनाको तृष्णा गर्दैन? मेरो सुन्दरताको निम्ति कोचाहिँ लालयित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको प्रचुरतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महान्‌ सर्वशक्तिमानको प्रशंसा कसले गर्दैन? मेरो आवाज पृथ्वीभरि फैलिनेछ; मैले चुनिएकाहरूलाई सामना गरेर तिनीहरूलाई अझ धेरै वचनहरू बोल्ने इच्छा छ। जसरी शक्तिशाली गर्जनहरूले पहाड़ र नदीहरू हल्लिन्छन्, त्यसरी नै म पनि मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बताउँछु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्‍चिमसम्म नै चम्किन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस त्याग्न अनिच्छुक हुन्छन्, र साथै तिनीहरूलाई अथाह पाउँछन्, तर तिनीहरूमा अझ धेरै आनन्दित हुन्छन्। नवजात शिशु जन्‍मेको झैँ गरी मेरो आगमनको उत्सव मनाउँदै सबै मानिसहरू खुशी र आनन्दित हुन्छन्। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूको जातिभित्र औपचारिक रूपमा प्रवेश गर्नेछु, त्यसैले तिनीहरू मेरो आराधना गर्न आउनेछन्। मैले जगमगाउने मेरो महिमा र मेरो मुखको वचनहरूसँगै, मैले यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र पूर्वबाट चम्किरहेको त्यो ज्योति देख्नेछन् र म पूर्वको जैतूनको डाँड़ामा ओर्लेको पनि देख्नेछन्। यहूदीको छोराको रूपमा होइन, तर पूर्वको ज्योतिको रूपमा म पृथ्वीमा लामो समयदेखि बसेको छु भन्ने तिनीहरूले देख्नेछन्। किनभने मेरो उहिले नै पुनरुत्थान भएको छ र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ मेरो महिमासँगै पुनःदेखा परेको छु। कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ र म पनि त कयौँ वर्षअघि इस्राएलीहरूले त्यागिएको बालक हुँ। यसको अतिरिक्त, म हालको युगको सारा महिमित सर्वशक्तिमान परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र मेरो महिमित मुहार देखून्, मेरो आवाज सुनून् र मेरा कामहरू हेरून्। मेरो समग्र इच्छा यही हो; यो नै अन्त र मेरो योजना साथै मेरो प्रबन्धको उद्देश्यको चरम उत्कर्ष हो। हरेक जातिले मेरो आराधना गरोस्, हरेक जिब्रोले मलाई स्वीकार गरोस्, हरेक मानिसले आफ्नो विश्‍वासलाई ममा राखोस् र हरेक मानिस मेरो अधीनमा रहोस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

१७९. म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अधिकार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग सम्बद्ध भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा उज्ज्वल सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव हासिल गरेँ ताकि म धर्मी परमेश्‍वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

१८०. परमेश्‍वरको छ-हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुलाई खोज्नेहरू सबैका निम्ति राज्यको ढोका अघिबाटै खोलिसकिएको छ। प्रिय भाइ-बहिनीहरू, तिमीहरू के पर्खिदैछौ? तिमीहरूले खोजेको के हो? के तिमीहरू परमेश्‍वर देखा पर्नुभएको होस् भनी पर्खिरहेका छौ? तिमीहरू उहाँका पाइलाहरू खोजिरहेका छौ? कसैले कसरी परमेश्‍वर देखा पर्नेबारे तृष्णा गर्छ! अनि परमेश्‍वरका पाइलाहरू भेट्टाउन कति गारो छ! यस्तो युगमा, यस्तो संसारमा, परमेश्‍वर देखा पर्ने दिनलाई देख्‍नको लागि हामीले के गर्नुपर्छ? परमेश्‍वरका पाइलाहरूसँगै हिँड्न हामीले के गर्नुपर्छ? परमेश्‍वरको देखा पर्नुलाई पर्खिरहेका सबै जनाले यस्तो प्रकारको प्रश्नहरूको सामना गरिरहेका छन्। तिमीहरू सबैले एकभन्दा धेरै समयमा ती कुराहरूको विचार गरेका छौ—तर परिणाम के छ? परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ? परमेश्‍वरका पाइलाहरू कहाँ छन्? के तिमीहरूले यसको जवाफ पाएका छौ? धेरै मानिसहरूले यसरी जवाफ दिन सक्छ: “उहाँ र उहाँको पाइलाहरूलाई पछ्याउनेहरूका बीचमा परमेश्‍वर देखा पर्नुहुन्छ; यो त्यति सजिलो छ!” जो कसैले पनि सूत्रगत उत्तर दिन सक्छ, तर के तिमीहरू परमेश्‍वर देखा पर्नु अथवा उहाँको पाइलाहरूको अर्थ के हो भनी बुझ्छौ? परमेश्‍वर देखा पर्नुले उहाँ स्वयम्को व्यक्तित्वमा उहाँको काम गर्नको निम्ति पृथ्वीमा उहाँको आगमनलाई संकेत गर्दछ। उहाँको आफ्नै पहिचान र स्वभावको साथमा, र उहाँलाई सहज हुने मार्गमा, उहाँ मानिसहरूको बीचमा युगको सुरुवात गर्ने र युगको अन्त गर्ने काम गर्न ओर्ली आउनुहुन्छ। यस्तो प्रकारले देखा पर्नु चाहिँ एक प्रकारको समारोह होइन। यो चिन्ह, तस्विर, अचम्मको काम, अथवा कुनै किसिमको ठूलो दर्शन, र अझ कम यो कुनै प्रकारको धार्मिक प्रक्रिया होइन। यो जो-कसैले पनि छुन र हेर्न सक्ने वास्तविक र यथार्थ तथ्य हो। यस्तो प्रकारले देखा पर्नु चाहिँ गतिहरूको माध्यमबाट पार हुनको लागि अथवा कुनै छोटो समयको उपक्रमको निम्ति होइन; बरु, यो उहाँको व्यवस्थापन योजनाको कामको चरणको निम्ति हो। परमेश्‍वर देखा पर्ने घटना जहिले पनि अर्थपूर्ण हुन्छ र यसले सँधै उहाँको व्यवस्थापनको योजनासँग केही सम्बन्ध वहन गर्दछ। यहाँ भनिएको “देखा पर्नु” त्यो “देखा पर्नु” भन्दा पूर्ण रूपले भिन्न छ जसमा परमेश्‍वरले मानिसलाई अगुवाई गर्नुहुन्छ, डोर्याउनुहुन्छ र ज्योति दिनुहुन्छ। प्रत्येक चोटि उहाँले आफैलाई प्रकट गर्नुहुँदा परमेश्‍वरले उहाँको महान कामको चरणलाई अघि बढाउनुहुन्छ। यो कार्य चाहिँ अरू कुनै युगको भन्दा भिन्न छ। यो मानिसको निम्ति अकल्पनीय छ र मानिसले कहिल्यै अनुभव गरेको छैन। यो काम नयाँ युगलाई सुरुवात गर्ने र पुरानो युगलाई अन्त्य गर्ने काम हो, र यो मानवजातिको मुक्तिको निम्ति कामको नयाँ र सुधारिएको रूप हो; अझ बढी, यो मानवजातिलाई नयाँ युगमा ल्याउने काम हो। परमेश्‍वर देखा पर्नुले यही कुरालाई दर्साउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

१८१. तिमीहरूले परमेश्‍वर देखा पर्नुको अर्थ के हो भन्ने बुझिसकेपछि, कसरी तिमीहरूले परमेश्‍वरको पाइलाहरूलाई खोज्नुपर्छ? यो प्रश्न व्याख्या गर्न गाह्रो छैन: जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ तिमीहरूले उहाँका पाइलाहरूलाई भेट्टाउँनेछौ। यस्तो व्याख्या सरल सुनिन्छ, तर अभ्यासमा ल्याउन त्यति सहज छैन, किनकि धेरै मानिसहरूलाई परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ भन्ने थाहा छैन, उहाँ कहाँ देखा पर्न चाहनुहुन्छ, कहाँ देखा पर्नुपर्ने हो भन्ने कुरा त परै जाओस्। केहीले आवेगका साथ विश्वास गर्छन् कि जहाँ पवित्र आत्माको काम हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। अन्यथा तिनीहरू विश्वास गर्छन् कि जहाँ आत्मिक व्यक्तित्वहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। अन्यथा तिनीहरू विश्वास गर्छन् कि जहाँ उच्च प्रतिष्ठाका मानिसहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। केही क्षणको लागी, यस्तो विश्वासहरू सहि छन् कि गलत छन् भन्ने कुरालाई हामी एकातिर छोडौं। यस्तो प्रश्न व्याख्या गर्न, हामीसँग पहिला स्पष्ट उद्देश्य हुनुपर्दछ: हामी परमेश्‍वरका पाइलाहरू खोजिरहेका छौं। हामी आत्मिक व्यक्तित्वहरूलाई खोजिरहेका छैनौं, चर्चित व्यक्तित्वहरूका पछि लाग्ने कुरा त परै जाओस्; हामी परमेश्‍वरका पाइलाहरूलाई पछ्याइरहेका छौं। यसैकारणले, किनकि हामीहरू परमेश्‍वरको पाइलाहरूलाई खोजिरहेका छौं, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएको नयाँ वचन हुन्छ, परमेश्‍वरको आवाज त्यहाँ हुन्छ, र जहाँ परमेश्‍वरको पाइलाहरू हुन्छ, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ देखा पर्नुहुन्छ, त्यहाँ बाटो, सत्य र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर बाटो, सत्य र जीवन हुनुहुन्छ” भन्ने “वचनहरू” लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरको पाइलाहरू भेट्टाइएका छन् भनी विश्वास गर्दैनन्, र अझै तिनीहरूले परमेश्‍वर देखा पर्नुलाई स्वीकार गर्छन् भन्ने कुरा त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नु मानिसको धारणाहरूसँग मिलाप हुन सक्दैन, अझै परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। जब उहाँ आफ्‍नो काम गर्नुहुन्छ परमेश्‍वरले उहाँको आफ्नै छनोटहरू र उहाँको आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसबाहेक, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँको आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुन्छ, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह खोज्नु आवश्यक छैन, अझ प्रत्येक र हरेक व्यक्तिलाई उहाँको काम सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझै-बढी सबैद्वारा चिनिनुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुलाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नु भनी माग गर्नुहुँदैन, अझ उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍ने र तिमीहरूको आफ्नै धारणाहरूसँग उहाँलाई सीमित राख्‍ने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ भनी तिमीहरूले सोध्नुपर्छ, कसरी तिमीहरूले परमेश्‍वर देखा पर्नुलाई स्विकार्नुपर्छ, र कसरी तिमीहरूले परमेश्‍वरको नयाँ काममा समर्पण गर्नु पर्छ; मानिसले गर्नुपर्ने यहि हो। किनकि मानिस सत्य होइन, र सत्यताको मालिक पनि होइन, त्यसैले उसले खोज्नु, स्विकार्नु, र आज्ञा पालन गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

१८२. आज, परमेश्वरले नयाँ कार्य गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई अनौठो लाग्न सक्छ, तर म तँलाई आफ्नो स्वभाविकता प्रकट नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त हुन्छन् तिनीहरूले उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्वरले नयाँ कार्य गर्नुभएको छ” भन्छु, तब म परमेश्वर देहमा फर्कने बारेको कुरा गरिरहेको हुन्छु। सायद, यी वचनहरूले तँलाई दु:ख नदेलान्; सायद, तँ ती वचनलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। स्थिति जेसुकै भए पनि, म आशा गर्दछु कि परमेश्वर देखा परून् भनी साँच्चै चाहनेहरू सबैले यस तथ्यलाई सामना गर्न सक्छन् र त्यसको बारेमा हतारमा निष्कर्षमा पुग्नुभन्दा बरु त्यसलाई ध्यानपूर्वक जाँच गर्दछन्; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यता जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ। बाहिरी देखा पर्ने घटनाले सार निर्धारण गर्न सक्दैन; अझ भन्ने हो भने, परमेश्वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खांदैन। के येशूको बाहिरी देखा पर्ने घटना मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोशाक उहाँको वास्तविक पहिचानको संकेत दिन असक्षम थिएनन् र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी देखा पर्ने घटनालाई हेरेकाले र उहाँको मुखका वचनहरूलाई हृदयमा स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाई तथा दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैन। तँ आधुनिक समयका फरिसी बन्नुहुँदैन र परमेश्वरलाई फेरि क्रूसमा टाँग्नुहुँदैन। तैँले परमेश्वरको फर्काइलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि तँमा सत्यको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने भन्ने विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फेरि आउनुहुने दिन पर्खने सबैको यो जिम्मेवारी हो। ती कुरालाई स्पष्ट बनाउन हामीले आफ्ना आत्मिक आँखाहरू मल्नुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नुहुँदैन। हामीले परमेश्वरको व्यावहारिक कार्यको बारेमा सोच्नुपर्दछ, र परमेश्वरको व्यावहारिक पक्षलाई हेर्नुपर्दछ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पूरा गर्नुपर्छ भनी नजान्ने तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा सधैं अन्तै नजाओ वा आफै दिवा सपनामा बगेर नजाओ। अझ बढी व्यावहारिक विषयहरूमा सोचविचार गर्नु राम्रो हुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

१८३. यो समयको आसपास, परमेश्वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। अझ, यो परमेश्वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्वर देहमा फर्किनु हुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यहरूको लाभ पाउन सक्छस्। यो निरर्थक देहले परमेश्वरबाट सत्यका सबै वचनहरू मूर्तरूप दिन्छ, आखिरी दिनहरूमा परमेश्वरका कामको जिम्मा लिन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्वरको स्वभावको सम्पूर्णता व्यक्त गर्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू बताउनु हुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यहरू पनि बताउनु हुनेछ जुन सत्यहरू तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध हुन सक्छन्, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य तँलाई उहाँ मानिसहरूले विश्वास गरे जस्तो साधारण देह होइन भन्ने तँलाई हेर्न दिन पर्याप्त छ। किनकि उहाँले परमेश्वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्वरले देखाउनु हुने हेरविचारको उहाँ प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरू सुन्न नसके पनि जसले स्वर्गहरू र पृथ्वी हल्लाएको देखिन्छ, वा बलिरहेका ज्वालाहरू जस्ता उहाँका आँखाहरू हेर्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन अनुभव गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्वरले मानवजातिको लागि करुणा देखाइरहनु भएको छ; तँ परमेश्वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्वरको व्यग्रता महसुस सक्छस्। आखिरी दिनहरूमा परमेश्वरको काम पृथ्वीका मानिसहरू माझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्वर मानिसलाई हेर्न दिनु हो, र परमेश्वरलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न मानिसलाई सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्वर मानिस जस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्वर, र साधारण परमेश्वर, अन्त्यमा परमेश्वरले तिमीहरूलाई देखाउनु हुनेछ कि यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जाने थियो; यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्गहरू फिका हुने थिए, यो पृथ्वी अस्तव्यस्ततामा जाकिने थियो, र सबै मानवजाति भोकमरी र विपत्तिहरूका माझमा जिउने थिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि तिमीहरूलाई आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्वर आउनु भएन भने, त्यसबेला परमेश्वरले सबै मानवजातिलाई धेरै अघि नै नरकमा विनाश गरिसक्नु भएको हुने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, तिमीहरू सधैँको लागि महापापीहरू हुने थियौ, र तिमीहरू सदैव लाशहरू हुने थियौ। तिमीहरूले थाहा पाउनुपर्छ कि यदि यो देह अस्तित्वमा रहेको थिएन भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नु पर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्वरले दिने त्यो भन्दा कठोर दण्डबाट बच्न उनीहरूलाई असम्भव हुने थियो। यदि यो साधारण देह जन्मिएको थिएन भने, तिमीहरू सबै त्यो स्थितिमा हुने थियौ जहाँ बाँच्न सक्षम नभएर तिमीहरू जीवनको लागि याचना गर्ने थियो र मर्न सक्षम नभएर मृत्युको लागि प्रार्थना गर्ने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, त्यसपछि तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्वरको सिंहासनको सामुन्ने आउन सक्षम हुने थिएनौ, तर बरु, तेरो घोर पापहरूका कारणले परमेश्वरद्वारा तँ दण्डित हुने थिइस्। के तिमीहरूलाई थाहा थियो कि यदि यो देहमा परमेश्वरको पुनरागमनको लागि थिएन भने, कसैलाई पनि मुक्तिमा मौका हुने थिएन; र यदि यो देहको आगमनको लागि थिएन भने, परमेश्वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुने थिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यो साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदाहरू प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुशीसाथ स्वीकार गरेनौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

१८४. परमेश्वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तँ न त तेरो छनोट सही छ कि छैन पूर्ण रूपमा बुझ्न सक्छस् न त तँ परमेश्वरको काम सफल हुन्छ कि भन्ने थाहा पाउन सक्छस्, त्यसो हो भने किन तेरो भाग्यको परीक्षा नगर्ने र हेर्ने कि के यो साधारण मानिस तेरो लागि ठूलो सहयोग हुन सक्छ कि सक्दैन, र के परमेश्वरले साँच्चिकै महान् काम गर्नुभएको छ कि छैन? यद्यपि, मैले तँलाई भन्नैपर्छ कि नोआको समयमा, मानिसहरू खाइरहेका र पिइरहेका, विवाह गरिरहेका र विवाहमा यति हदसम्म दिइरहेका थिए कि परमेश्वरको लागि साक्षी दिन असह्य थियो, त्यसैले आठ जनाको नोआको परिवार र सबै प्रकारका चराहरू र चौपायाहरूलाई मात्र छाडेर मानवजातिलाई नष्ट गर्न उहाँले विशाल जलप्रलय पठाउनुभयो। आखिरी दिनहरूमा, यद्यपि परमेश्वरद्वारा बचाएर राखिएकाहरू सबै अन्त्यसम्म उहाँप्रति बफादार रहेकाहरू थिए। हुन त दुवै युगहरू परमेश्वरलाई साक्षी दिन असह्य ठूलो भ्रष्टताका समय थिए, र दुवै युगहरूमा मानवजाति परमेश्वर उनीहरूको प्रभु हुनुहुन्थ्यो भन्ने इन्कार गर्न यति भ्रष्ट भए कि परमेश्वरले नोआको समयमा मानिसहरूलाई मात्र नष्ट गर्नुभयो। दुवै युगहरूमा मानवजातिले परमेश्वरलाई ठूलो दुःख दिए, तर पनि परमेश्वरले अहिलेसम्म आखिरी दिनहरूका मानिससँग धैर्य गर्नुभयो। किन हो यो? तिमीहरूले किन कहिल्यै आश्चर्य मानेनौ? यदि तिमीहरूलाई साँच्चिकै थाहा छैन भने, मलाई भन्न देऊ। आखिरी दिनहरूमा मानिसहरूलाई परमेश्वरले कृपा गर्न सक्नुको कारण उनीहरू नोआको समयका मानिसहरूभन्दा कम भ्रष्ट भएर होइन, अथवा उनीहरूले परमेश्वरलाई पश्चाताप देखाएको भएर होइन, आखिरी दिनहरूमा प्रविधि यति आधुनिक छ कि उनीहरूलाई परमेश्वर स्वयमले नष्ट गर्न सक्नुहुन्न भन्ने कुरा त परै छाडौं। बरु, यसको कारण यो हो कि परमेश्वरले मानिसहरूको एक समूहमा आखिरी दिनहरूमा गर्नु पर्ने काम छ, र यो काम परमेश्वर स्वयमले उहाँको देहधारणमा गर्ने चाहना राख्नु हुन्छ। अझ बढी, परमेश्वर उहाँको मुक्तिका पात्रहरू र उहाँको व्यवस्थापनको योजनाको फल बन्न यो समूहको एक भाग छान्ने, र ती मानिसहरूलाई अर्को युगमा ल्याउने चाहना राख्नुहुन्छ। त्यसैले, जे भए पनि, परमेश्वरले चुकाउनुभएको यो मूल्य पूर्ण रूपले उहाँको देहधारी शरीरले आखिरी दिनहरूमा गर्ने कामको तयारीको लागि हो। यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यो सबै सौभाग्य प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्वहीन मानिसको आज्ञापालन गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्वर र मानिस बीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरू बीचको दूरीलाई छोट्याएको छ र परमेश्वर र मानिसका बिचारहरू बीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्वास र आराधनाको लागि अयोग्य छ? के यस किसिमको साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूका माझ परमेश्वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यहरू इन्कार गर्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गर्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूको के हुनेछ?

आखिरी दिनहरूमा परमेश्वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्यो भन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस प्रकारको मानिस तिमीहरूले उहाँ जस्तो हुनुपर्ने हो विश्‍वास गर्छौ त्यस्तो हुन सक्छ: यति सामान्य मानिस कि उल्लेख गर्न नै अयोग्य? के उहाँको सत्य तिमीहरूलाई पूर्णरूपमा विश्वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामहरूको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई डोर्याउनु हुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै भनिन्छ र गरिन्छ, त्यस्तो के छ जसले तिमीहरूलाई उहाँलाई घृणा गर्न र उहाँलाई टाढा फाल्न र उहाँलाई फराकिलो स्थान दिन लगाउँछ? यो यही मानिस हो जसले सत्य अभिव्यक्त गर्छ, यो यही मानिस हो जसले सत्य प्रदान गर्छ, र यो यही मानिस हो जसले तिमीहरूलाई पछ्याउने मार्ग दिन्छ। के यो हुन सक्छ कि तिमीहरू यी सत्यहरूभित्र परमेश्वरको कामका चिन्हहरू भेट्न अझसम्म पनि असक्षम छौ? येशूको कामविना, मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारण बिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्वरको समर्थन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्ने थिएनन्। यो साधारण मानिसको आगमनविना, तिमीहरूले परमेश्वरको सही मुखाकृति देख्ने अवसर कहिल्यै पाउने थिएनौ, न त तिमीहरू योग्य नै हुने थियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नु पर्ने पात्रहरू हौं। परमेश्वरको दोस्रो देहधारणको आगमनको कारणले, तिमीहरूलाई परमेश्वरले क्षमा दिनुभएको छ र तिमीहरूलाई कृपा देखाउनु भएको छ। यसका बावजुद, मैले तिमीहरूलाई अन्तिमतिर छोड्नै पर्ने वचनहरू अझै यी छन्ः यो साधारण मानिस, जो देहधारी परमेश्वर हुनुहुन्छ, तिमीहरूको लागि अति नै महत्वको हुनुहुन्छ। यो परमेश्वरले मानिसहरू माझ पहिले नै गरिसक्नु भएको महान् कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

१८५. यदि आखिरी दिनहरूको अवधिमा मुक्तिदाता आउनुभयो भने र अझै येशू नै कहलाइनुभयो भने र फेरि एक पटक यहूदियामा नै जन्मिनुभयो र उहाँको काम त्यहाँ नै गर्नुभयो भने त, मैले इस्राएलका मानिसहरूलाई मात्र सृष्टि गरेँ र इस्राएलको मानिसहरूलाई मात्र उद्धार गरेँ र गैर-यहूदीहरूसँग मेरो कुनै सरोकार छैन भन्ने कुरा यसले साबित गर्नेथियो। के यो “म स्वर्गहरू, पृथ्वी र सबै थोकहरू सृष्टि गर्ने परमेश्‍वर हुँ” भन्ने मेरा वचनहरूसँग विरोधाभासपूर्ण हुँदैन र? मैले यहूदियालाई छोडेँ र गैर-यहूदीहरू माझ मेरो काम गर्छु, किनभने म इस्राएलका मानिसहरूको मात्र परमेश्‍वर होइन, तर सारा प्राणीहरूको परमेश्‍वर हुँ। म आखिरी दिनहरूको अवधिमा गैर-यहूदीहरू माझ देखा पर्छु किनभने म इस्राएलका मानिसहरूको परमेश्‍वर, यहोवा मात्र होइन, तर यसको अतिरिक्त, म गैर-यहूदीहरू माझका मेरा चुनिएकाहरू सबैका सृष्टिकर्ता हुँ। मैले इस्राएल, मिश्र र लेबनान मात्र सृष्टि गरेको होइन, तर इस्राएलभन्दा बाहिरका सबै गैर-यहूदी राष्ट्रहरूलाई पनि सृष्टि गरेँ। यसैले म सबै प्राणीहरूको प्रभु हुँ। मैले इस्राएललाई मेरो काम प्रारम्भ गर्नको निम्ति प्रारम्भिक बिन्दुको रूपमा मात्रै प्रयोग गरेँ र यहूदिया र गालीललाई उद्धारको कामको किल्लाको रूपमा चलाएँ, र अहिले म गैर-यहूदी राष्ट्रहरूलाई सम्पूर्ण युगको अन्त ल्याउने आधारको रूपमा प्रयोग गर्छु। मैले इस्राएलमा कामका दुई चरणहरू गरेँ (यी दुई चरणहरू व्यवस्थाको युग र अनुग्रहको युग हुन्), र मैले इस्राएल बाहिरका मुलुकहरूभरि कामका थप दुई चरणहरू (अनुग्रहको युग र राज्यको युग) लाई कार्यान्वयन गर्दै आइरहेको छु। गैर-यहूदी राष्ट्रहरू माझ, म विजयको काम गर्नेछु, र त्यसरी नै युग समाप्‍त गर्नेछु। यदि मानिसहरूले मलाई सदैव येशू ख्रीष्ट भन्छन्, तर आखिरी दिनहरूको अवधिमा मैले नयाँ युग सुरु गरेको छु र नयाँ काम सुरु गरेको छु भन्ने जान्दैनन् भने, र यदि मानिसहरूले मुक्तिदाता येशूको आगमनलाई नै उन्मत्त रूपमा प्रतीक्षा गरिरहन्छन् भने त, म यस्ता मानिसहरूलाई त ममा विश्‍वास नगर्ने मानिसहरू भन्‍नेछु; तिनीहरू मलाई नचिन्ने मानिसहरू हुन्, र मप्रतिको तिनीहरूको विश्‍वास झूटो हो। के यस्ता मानिसहरूले स्वर्गबाट आउनुभएको मुक्तिदाता येशूको आगमनलाई देख्न सक्छन्? तिनीहरूले प्रतीक्षा गरेको कुरा मेरो आगमन होइन, तर यहूदीहरूका राजाको आगमन हो। यो अशुद्ध पुरानो संसारलाई मैले सर्वनाश गरेको तिनीहरू चाहना गर्दैनन्‌, बरु येशूको दोस्रो आगमनको उत्कट इच्छा गर्छन् जसमा तिनीहरूको उद्धार गरिनेछन्। अझै एक पटक यो अशुद्ध र अधर्मी मुलुकबाट सारा मानवजातिलाई येशूले उद्धार गर्नुभएको होस् भनी तिनीहरूले अपेक्षा गर्छन्। यस्ता मानिसहरूले आखिरी दिनहरूमा मेरो कामलाई पूरा गर्ने मानिसहरू बन्‍न सक्छन्? मानिसको चाहनाहरू मेरा इच्छाहरू पूरा गर्न वा मेरो काम सम्पन्न गर्न असक्षम छन्, किनभने मानिसले मैले पहिले गरेका कामको मात्र सराहना गर्छन् वा कदर गर्छन्, र म सदैव नयाँ हुने र कहिल्यै पुरानो नहुने परमेश्‍वर स्वयम् हुँ भन्ने त तिनीहरूलाई थाहा नै छैन। मानिसले म यहोवा र येशू हुँ भन्ने मात्र जान्दछ र मानवजातिलाई समाप्‍त पार्ने अन्तिम पात्र पनि म नै हुँ भन्ने कुराको कुनै आभास उसलाई छैन। मानिसले चाहेको र जानेका सबै कुराहरू तिनीहरूको आफ्नै धारणहरूबाट नै आउँछन् र यो तिनीहरूको आफ्नै आँखाले देख्न सक्ने कुराहरू मात्र हुन्‌। यो मैले गर्ने कामसँग मिल्दैन, तर योसँग असङ्गतमा छ। यदि मेरो काम मानिसका विचारहरू बमोजिम सञ्चालित थिए भने, यो कहिले अन्त हुन्थ्यो? मानवजाति विश्राममा कहिले प्रवेश गर्थ्यो? अनि म कहिले सातौँ दिन अर्थात् शबाथमा प्रवेश गर्न सक्षम हुन्थें? म मेरो योजना र मेरो उद्देश्य मुताबिक काम गर्छु—मानिसको अभिप्रायहरू अनुसार होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

१८६. तिमीहरू अमेरिकी, ब्रिटिस अथवा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूको आफ्नै स्वलाई उछिन्दै, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्‍वरको कामलाई सृष्टि गरिएको प्राणीको परिप्रेक्ष्य बाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्‍वरको पाइलाहरूमा सीमितता ल्याउनेछैनौ। यो यसैले हो किनभने, आजकल, धेरै मानिसहरूले परमेश्‍वर कुनै विशेष जाति अथवा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्‍वरको कामको महत्त्व कति गहन छ, र परमेश्‍वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसको धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्‍वर देखा पर्नुलाई खोज्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताको धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरूको आफ्नै धारणाहरूले विवश हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्‍वर देखा पर्नुलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।

परमेश्‍वर सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ। उहाँले आफूलाई उहाँ कुनै जाति अथवा मानिसको व्यक्तिगत सम्पत्तिको रूपमा मान्नुहुन्न, तर कुनै पनि स्वरूप, जाति वा मानिसहरूको विवशतामा नभई उहाँले योजना गर्नुभए अनुसार भइरहेको छ। सायद तिमीले यसको स्वरूपलाई कहिल्यै कल्पना गरेका छैनौ, अथवा सायद यस प्रकारका स्वरूपप्रति तिम्रो अस्वीकृत मनोवृत्ति हुन सक्छ, वा सायद परमेश्‍वरले जुन जातिकहाँ आफैलाई प्रकट गर्नुहुन्छ र जुन मानिसहरूको बीचमा उहाँले आफैलाई प्रकट गर्नुहुन्छ तिनीहरू सबै मानिसहरू प्रति भेदभाव भएको र पृथ्वीमा सबैभन्दा पछि परेको हुन सक्छ। अझै पनि परमेश्‍वरसँग उहाँको बुद्धि छ। उहाँको महान शक्तिको साथमा र उहाँको सत्यता अनि उहाँको स्वभावद्वारा, उहाँले साँच्चै उहाँको जस्तै मन भएको मानिसहरूको समूहलाई प्राप्त गर्नुभएको छ, र यो मानिसहरूको समूह जसलाई उहाँ पूर्ण बनाउने कामना गर्नुहुन्छ, उहाँले जित्नुभएको समूह, जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावटहरूलाई सहेको छ, यसले मात्रै अन्तसम्म उहाँलाई पछ्याउन सक्छ। परमेश्‍वर देखा पर्नुको उद्देश्य भनेको कुनै स्वरूप वा जातिको अवरोधहरूबाट स्वतन्त्र भई उहाँले योजना गर्नुभएको कामलाई पूरा गर्न उहाँलाई सक्षम पार्नु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य चाहिँ सम्पूर्ण मानवजातिको उद्धार गर्न क्रुसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरको निम्ति यो असम्भव थियो भनेर विश्वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशू ख्रीष्टको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने। तिनीहरूको “असम्भव” विचार नै तिनीहरूले परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने आधार बने, र अन्ततः इस्राएललाई विनाशमा डोर्यायो। आज पनि धेरै मानिसहरूले त्यस्तै प्रकारको गल्तीहरू गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वर तुरुन्तै देखा पर्ने घटनालाई घोषणा गर्छन्, तैपनि उही समयमा परमेश्‍वर देखा पर्नुलाई दोष पनि दिन्छन्; तिनीहरूको असम्भव विचारले फेरि एकचोटि परमेश्‍वर देखा पर्नुलाई तिनीहरूको कल्पनाका सिमितताहरूमा बन्द गरी राख्दछ। अनि त्यसैले धेरै मानिसहरूलाई मैले परमेश्‍वरको वचनको कुरामा आउँदा जङ्गली र कठोर हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको दोष र ईश्वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यको उपस्थितिमा आदरणीय छैनौं, अझैपनि तृष्णाको मनोवृत्तिको कुरा त परै जाओस्। तिमीहरूचाहिँ अन्धाधुन्ध अध्ययन गर्ने र कुनै चासो बिनै पर्खि बस्ने गर्छौ। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्छौ? के तिमीले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौं भन्ने लाग्छ? यदि तिमीले परमेश्‍वरको वाणीलाई फरक छुटाउन सक्दैनौ भने, कुन तरिकामा तिमी परमेश्‍वर देखा पर्ने घटनाको साक्षी बन्न योग्य हुन्छौ? जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। केवल सत्यतालाई स्विकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ, र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्ने घटनालाई देख्‍नको लागि योग्य हुनेछ। तिम्रो धारणालाई छोडिदेऊ! आफैलाई शान्त पारेर यी शब्दहरूलाई होसियारी सँग पढ्। यदि तिमी सत्यको तृष्णा गर्छौ भने, परमेश्‍वरले तिमीलाई ज्योति दिनुहुनेछ र तिमीले उहाँको वचनहरू र इच्छा बुझ्ने छौ। तिम्रो “असम्भव” भन्ने विचारलाई छोडिदेऊ! जति मानिसहरूले कुनै कुरा असम्भव छ भन्ने विश्वास गर्छ, धेरैजसो त्यस्तै हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसको सोचाइ र धारणाहरूका सीमाहरूलाई उछिन्छ। जब कुनै कुरा धेरै असम्भव हुन्छ, त्यहाँ धेरै खोज्न सकिने सत्यता हुन्छ; जति धेरै केही कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा बाहिर हुन्छ, यसमा त्यति नै धेरै परमेश्‍वरको इच्छा हुन्छ। यो यसैले हो किनभने उहाँले आफैलाई जहाँ प्रकट गरे पनि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्ने शैली र स्थानले उहाँको तत्व परिवर्तन हुनेछैन। उहाँका पाइलाहरू जहाँ भएतापनि परमेश्‍वरको स्वभाव उही रहन्छ, र उहाँका पाइलाहरू जहाँ भए तापनि, उहाँ सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ, प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई सबै एसिया, युरोप र अमेरिकाका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ र त्यो भन्दा पनि ज्यादा, उहाँ सारा ब्रम्‍हाण्डका एकमात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले हामी परमेश्‍वरको इच्छा खोजौं र उहाँको वाणीमा उहाँ देखा पर्नुलाई पत्ता लगाऔं, र उहाँका पाइलाहरूसँगै कदम चालौं! परमेश्‍वर नै बाटो, सत्य र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँ देखा पर्ने कुरा एकैसाथ अस्तित्वमा छन्, र उहाँको स्वभाव अनि पाइलाहरू सबै मानवजातिको लागि सधैं खुल्ला छन्। प्रिय भाइबहिनीहरू, म आशा गर्दछु कि तिमीहरूले यी वचनहरूमा परमेश्‍वर देखा पर्नुभएको हेर्न सक, तिमीहरूले नयाँ युगमा पाइला राखी अघि बढ्दै गर्दा उहाँको पाइलाहरू पछ्याउन थाल्‍न सक, र उहाँको प्रकटीकरणलाई पर्खिनेहरूको लागी परमेश्‍वरले तयारी गर्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्न सक।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

फूटनोट:

क. मूल पाठमा “का फल” भन्ने वाक्यांश समावेश छैन।

अघिल्लो: घ. सत्य के हो भन्‍ने खुलासा सम्बन्धी वचनहरू

अर्को: ४. देहधारणका रहस्यहरूको खुलासा सम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्