घ. सत्य के हो भन्‍ने खुलासा सम्बन्धी वचनहरू

१५२. आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जसलाई जीवनको पानी दिइएको छैन तिनीहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, अनि नरकका पुत्रहरू रहनेछन्। त्यसोभए, तिनीहरूले परमेश्‍वरलाई कसरी देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर काम-कुराहरूलाई यथास्थितिमा राख्‍ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरकै विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लेर आउने छालहरू अनि बेरिएर आउने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा टाँसिदै र केही पनि नगरिकन, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छ? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि के तिनले तँलाई स्वर्ग लैजान सक्छ? तैँले तेरो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छ र ती मानव जिन्दगी जान्‍न तँलाई सहयोग गर्न सक्‍ने बुद्धिका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई प्रतिबिम्बित गर्ने तुल्याउँदैन? के यसले तँलाई आफैभित्र समावेश रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफैले आफैलाई स्वर्ग लैजान सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अझै पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड् अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ त्यो देख्‍नको लागि हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

१५३. मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले मान्यता दिने वा नदिने र स्वीकार गर्ने वा नगर्ने कुराद्वारा निर्धारण गरिँदैन. तर वचनहरूका सार स्वयम्‌ले नै निर्धारण गर्छन्। यस पृथ्वीमा भएका एक जनाले पनि मेरो वचन ग्रहण गर्न नसके तापनि कुनै पनि मानिसलाई गर्ने तिनीहरूको सहायता अपार छन्। त्यसकारण, मेरो वचनको विरुद्धमा विद्रोह गर्ने, खण्डन गर्ने, सर्वथा तिरस्कार गर्नेहरूको सामना गर्दा मेरो अवस्थिति यस्तो मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो साक्षी बनून् र मेरो वचन सत्य, बाटो र जीवन हो भनी देखाऊन्। मैले भनेका कुराहरू सही छन्. त्यही कुराले मानिस सुसज्जित हुनुपर्छ, यसको अलाबा जसलाई मानिसले स्वीकार गर्नुपर्छ भनी तिनीहरूले नै देखाऊन्। मलाई पछ्याउने सबैलाई यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास नगर्ने मानिसहरू, मेरो वचनमा उद्देश्य नभेट्टाउनेहरू, अनि मेरा वचनहरूका कारण मुक्ति ग्रहण नगर्नेहरू तिनीहरू हुन् जसलाई मेरा वचनहरूद्वारा दोषी ठहरिएका छन्, अनि यसको अलाबा, मेरो मुक्ति गुमाएका छन्, अनि मेरो लहुरो तिनीहरूबाट कहिल्यै हट्नेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

१५४. परमेश्‍वर स्‍वयम् नै जीवन, र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सह-अस्तित्वमा रहन्छ। सत्यलाई प्राप्त गर्न नसक्‍नेहरूले जीवनलाई कहिल्यै पनि प्राप्त गर्नेछैनन्। सत्यको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले अक्षरहरू, धर्मसिद्धान्तहरू, र, सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्य र जीवन सह-अस्तित्वमा रहन्छ। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पालनपोषण प्राप्त गर्नेछैनस्; यदि तैँले जीवनको प्रावधानलाई प्राप्त गर्न सक्‍दैनस् भने, तैँले अवश्य नै सत्य प्राप्त गर्नेछैनस्, र त्यसैले कल्‍पना र धारणाहरू बाहेक, तेरो शरीरको सम्पूर्णता तेरो देह—तेरो दुर्गन्धित देह बाहेक केही पनि हुनेछैन। पुस्तकका शब्‍दहरू जीवनको रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यको रूपमा स्वीकार गर्न सकिँदैन, र विगतका नियमहरूले वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरणको रूपमा काम गर्न सक्दैनन्। पृथ्वीमा आएर मानिसहरूको बीचमा बस्दा परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्य, जीवन, परमेश्‍वरको इच्‍छा, अनि उहाँको काम गर्ने वर्तमान शैली हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

१५५. सत्यता नै जीवनका सूत्रहरूको सर्व यथार्थ हो, र सारा मानिस जातिमाझ यस्ता सूत्रहरू सर्वोच्च हुन्छ। परमेश्‍वरले यसलाई मानिसबाटको आवश्यकता बनाउनुभएको हुनाले, र यो परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान्‌ हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका मालिकबाट मानिस जातिको लागि आएको उच्चारण हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्‌, तर परमेश्‍वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

१५६. मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसमाझको सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यता सम्‍बन्धी आफ्‍नो खोजीमा सफल हुनेछ कि हुनेछैन भन्‍ने कुराको निर्णय गर्न उहाँ आउनुहुन्‍न। त्यसैले सत्यता सम्‍बन्धी सफलता वा असफलताको कुरा सबै मानिसको खोजीमा नै निर्भर हुन्छ। सत्यता सम्‍बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्‍बन्धित रहेको छैन, तर त्यसको सट्टा यसलाई उसकै खोजीले निर्धारित गर्छ। मानिसको गन्तव्य अनि उसको सफलता वा असफलतालाई परमेश्‍वरले नै बोक्‍नुभएको होस् भनेर यसलाई परमेश्‍वरको शिरमा थोपर्न मिल्दैन, किनभने यो परमेश्‍वर स्‍वयम्‌को मामला होइन, तर यो परमेश्‍वरका सृष्टिहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग नै प्रत्यक्ष रूपमा सम्‍बन्धित छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

१५७. सत्यता सूत्रबद्ध हुँदैन, न त यो नियम नै हो। यो मरेको छैन, यो आफैमा जीवन हो, यो सजीव कुरा हो, र यो सृष्टि गरिएको थोकले जीवनमा पछ्याउनुपर्ने नियम र मानिससित जीवनमा हुनुपर्ने नियम हो। यो तैँले अनुभवद्वारा जतिसक्दो धेरै बुझ्‍नुपर्ने कुरा हो। तेरो अनुभवमा तँ जुन अवस्थामा आइपुगे तापनि, तँलाई परमेश्‍वरको वचन वा सत्यतादेखि अलग गर्न सकिँदैन, र परमेश्‍वरको स्वभावको बारेमा तँ जे बुझ्छस्, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबारे तँलाई जे थाहा छ, ती सबैलाई परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएका छन्; ती सत्यतासित फुकाउनै नमिल्ने गरी गाँसिएका छन्। परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती आफैमा सत्यता हुन्; सत्यता परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको विशुद्ध प्रस्फुटन हो। यसले उहाँसित जे छ, र उहाँ जे हुनुहुन्छ, त्यसलाई ठोस बनाउँछ र यसले उहाँसित जे हुनुहुन्छ र उहाँ जे हुनुहुन्छ, त्यसको प्रष्ट अभिव्यक्ति दिन्छ; परमेश्‍वरले के मन पराउनुहुन्छ अनि के मन पराउनुहुन्न, तैँले के गरेको उहाँ चाहनुहुन्छ, अनि उहाँले तँलाई के गर्न अनुमति दिनुहुन्‍न, कुन मानिसहरूलाई उहाँले तुच्छ ठान्नुहुन्छ, कुन मानिसहरूमा उहाँले आनन्द लिनुहुन्छ त्यसबारे यसले तँलाई अझ प्रत्यक्ष रूपमा बताउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूको पछाडि, मानिसहरूले उहाँको आनन्द, रिस, शोक र खुशीको साथै उहाँको सारलाई देख्न सक्छन्—यो उहाँको स्वभावको प्रकटीकरण हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

१५८. परमेश्‍वरले बोल्‍नुभएका वचनहरू बाहिर देखिँदा सरल होस् वा गहन होस्, जसै मानिस जीवनमा प्रवेश गर्छ ती वचनहरू मानिसको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता बन्दछन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछ। ती वचनहरूले मानिस जीवित रहन आवश्यक तत्त्वहरू; उसको दैनिक जीवन चलाउनको निम्ति सिद्धान्तहरू र विश्‍वासको सार; उद्धार प्राप्‍त गर्न उसले पार गर्नुपर्ने मार्ग, लक्ष्य र मार्गदर्शन; परमेश्‍वरले सृष्‍टि गर्नुभएको एक प्राणीको रूपमा उसले प्राप्‍त गर्नुपर्ने हरेक सत्यता; र मानिसले परमेश्‍वरको आज्ञापालन गर्न र आराधना गर्न चाहिने सत्यता उपलब्ध गराउँछ। यी कुराहरूले मानिसको उद्धार सुनिश्‍चित गर्न प्रत्याभूति दिन्छ, ती वचनहरू मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो सहायता हुन् जसले मानिसलाई बलियो हुन र खडा रहन सक्षम तुल्याउँछ। सृष्‍टि गरिएको मानवजाति तिनीहरू भएर जिउँदा तिनीहरू सामान्य मानवको सत्यताको यथार्थतामा धनी हुन्छन्, मानिसलाई भ्रष्‍टताबाट छुटकारा दिने र शैतानको जालबाट बचाउने सत्यतामा धनी हुन्छ, अथक शिक्षण, उपदेश, उत्साह, र सृष्‍टिकर्ताले सृष्‍टि गरिएको मानवलाई दिनुभएको सान्त्वनामा धनी हुन्छ। तिनीहरू सङ्‍केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्‍न मार्गदर्शन र प्रकाश दिन्छ, मानिसहरूले सबै धार्मिकता र असल कुराहरू प्राप्‍त गरी त्यसैबमोजिम जीवन जिउनेछन् भन्‍ने प्रत्याभूति हो, सबै मानिसहरू, घटनाहरू, र वस्तुहरूको मापन गर्ने एक मापदण्ड हो, र मानिसहरूलाई उद्धार र ज्योतिको मार्गमा अगुवाइ गर्ने नेतृत्वपनको सङ्‍केत हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

१५९. परमेश्वरको वचनलाई मानिसको वचन बनाउन सकिंदैन, अनि मानिसको वचनलाई कसैले परमेश्वरको वचन बनाउने कुरा त परै छाँड़ौ। परमेश्वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्वर होइन, अनि देहधारी परमेश्वर परमेश्वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा आधारभूत भिन्नता हुन्छ। सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्वरका वचनहरू मान्दैनस्, तर मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र ठान्छस् होला। त्यस्तो अवस्थामा, तँ अज्ञानताले अन्धो भएको छस्। परमेश्वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछ, सारा मानवजातिलाई डोऱ्याउँछ, रहस्यहरू प्रकट गर्दछ, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँदछ। मानिसले प्राप्त गरेको अन्तर्दृष्टि भनेको अभ्यास वा ज्ञानका लागि सरल निर्देशनहरू मात्र हो। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउन वा परमेश्वर स्वयमका रहस्यहरू प्रकट गर्न सक्दैन। जब सबै कुरा भनिन्छ र गरिन्छ, परमेश्वर परमेश्वर हुन्छ, र मानिस मानिस नै हुन्छ। परमेश्वरसित परमेश्वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिको रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका वचनलाई परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनको रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

१६०. परमेश्‍वर स्वयमको जीवन नै सत्यता हो; यसले उहाँको स्वभाव, उहाँको सार र उहाँमा भएका सबै थोकको प्रतिनिधित्व गर्दछ। यदि तैँले थोरै अनुभव हुनु नै सत्य धारण गर्नु हो भनी भन्छस् भने, के तैँले परमेश्‍वरको स्वभावको प्रतिनिधित्व गर्न सक्छस्? तँसँग सत्यताको कुनै एक तत्व वा पक्षको बारेमा केही अनुभव वा ज्योति हुनसक्छ, तर तैँले अरूलाई त्यो सधैँभरि दिन सक्दैनस्, त्यसैले तैँले प्राप्त गरेको यो ज्योति सत्यता होइन; यो एक निश्चित बिन्दु मात्र हो, जहाँ मानिसहरू पुग्न सक्छन्। यो व्यक्तिमा हुनुपर्ने उचित अनुभव र सही बुझाइ मात्र हो: सत्यको केही वास्तविक अनुभव र ज्ञान। यो ज्योति, अन्तर्दृष्टि, र अनुभव सम्‍बन्धी बुझाइले कहिल्यै पनि सत्यको स्थान लिन सक्दैन; यदि सबै मानिसहरूले यो सत्यताको पूर्ण अनुभव गरेका थिए भने पनि, र तिनीहरूका सबै अनुभव सम्‍बन्धी बुझाइहरूलाई एकसाथ जम्‍मा गरे पनि त्यसले अझै पनि सत्यताको स्थान लिन सक्नेछैन। विगतमा भनिएजस्तै, “म यसलाई मानव संसारका लागि एउटा सूत्रको रूपमा जोड्छु: मानिसहरूका माझमा, मलाई प्रेम गर्ने कोही पनि छैन।” सत्यताको अभिव्यक्ति यही हो: जीवनको साँचो सार यही हो। यो सबै थोकहरूभन्दा अति नै गम्भीर छ; यो परमेश्‍वर स्वयम्‌को एक अभिव्यक्ति हो। तैँले यसको अनुभव गरिरहन सक्छस्, र यदि तैँले तीन वर्षसम्म यसको अनुभव गरिस् भने तँसँग यसको सतही बुझाइ हुनेछ; यदि तैँले सात वा आठ वर्षसम्म यसको अनुभव गरिस् भने तैँले यसको अझ धेरै बुझाइ प्राप्त गर्नेछस्—तर तैँले प्राप्त गर्ने कुनै पनि बुझाइले कहिल्यै पनि सत्यको एउटा अभिव्यक्तिको स्थान लिन सक्नेछैन। अर्को व्यक्तिले केही वर्षसम्म यसको अनुभव गरिसकेपछि थोरै बुझाइ प्राप्त गर्न सक्दछ, र फेरि दश वर्षसम्म यसको अनुभव गरेपछि थप बढी गहन बुझाइ प्राप्त गर्न सक्छ, त्यसपछि आजीवन यसको अनुभव गरेपछि थप बढी समझ प्राप्त गर्न सक्छ—तर यदि तिमीहरूले दुवैले प्राप्त गरेका बुझाइलाई जोड्यौ भने पनि—तिमीहरू दुवैमा जति धेरै बुझाइ भए पनि, जति धेरै अनुभव भए पनि, जति धेरै अन्तर्दृष्टि भए पनि, जति धेरै प्रकाश भए पनि, जति नै धेरै उदाहरणहरू भए पनि—ती सबैले पनि सत्यको एउटा अभिव्यक्तिको स्थान लिन सक्दैन। मेरो यो भनाइको अर्थ के हो? मेरो भनाइको अर्थ यो हो कि मानिसको जीवन सधैँ मानिसको जीवन नै हुनेछ, र तेरो बुझाइ सत्यता, परमेश्‍वरका अभिप्रायहरू र उहाँका मापदण्डहरूसित जति नै मिले पनि, त्यसले कहिल्यै पनि सत्यको स्थान लिन सक्दैन। मानिसहरूले सत्यता प्राप्त गरेका छन् भन्नुको अर्थ तिनीहरूमा केही वास्तविकता छ, तिनीहरूले सत्यताका केही बुझाइ प्राप्त गरेका छन्, तिनीहरूले परमेश्‍वरको वचनहरूमा केही वास्तविक प्रवेश पाएका छन्, तिनीहरूले आफूमा केही वास्तविक अनुभव प्राप्त गरेका छन् र तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सही मार्गमा छन् भन्ने हुन्छ। परमेश्‍वरबाटको एउटा अभिव्यक्ति समेत व्यक्तिको सम्पूर्ण जीवनकालको लागि अनुभव गर्न पर्याप्त हुन्छ; यदि मानिसहरूले धेरै वटा जीवनकालमा वा केही हजार वर्षसम्म यसको अनुभव प्राप्त गरे भने पनि तिनीहरूले एउटा सत्यतालाई पूरै र सम्पूर्ण रूपले अनुभव गर्न सक्नेछैनन्। यदि मानिसहरूले केही सतही वचनहरू मात्र बुझेका छन्, र पनि तिनीहरूले सत्यता प्राप्त गरेको दाबी गर्छन् भने, के त्यो हरप्रकारले र पूर्ण रूपले मूर्खता हुनेछैन र?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

१६१. जब मानिसहरूले सत्यतालाई बुझ्छन्, र त्यसलाई आफ्नो जीवनमा जिउँछन्, तब त्यसले कुन जीवनलाई सङ्केत गर्छ? यसले तिनीहरू कसरी जिउँछन् त्यसलाई तिनीहरूले परमेश्‍वरको वचनको आधारमा जिउँछन् भन्‍ने तिनीहरूको क्षमतालाई सङ्केत गर्दछ; यसको अर्थ तिनीहरूमा परमेश्‍वरका वचनहरूको वास्तविक ज्ञान र सत्यताको वास्तविक बुझाइ छ भन्‍ने हुन्छ। जब मानिसहरूभित्र यो नयाँ जीवन हुन्छ, तिनीहरूको जिउने शैली परमेश्‍वरको वचन, सत्यताको जगमा स्थापित हुन्छ, र तिनीहरू सत्यताको क्षेत्रभित्र जिइरहेका हुन्छन्। मानिसहरूको जीवन भनेको सत्यलाई जान्नु र अनुभव गर्नु सँग नै सम्‍बन्धित हुन्छ, र त्यसलाई जगको रूपमा लिएर त्यो क्षेत्रलाई ननाघ्नु भन्‍ने हुन्छ; सत्यता जीवन प्राप्त गर्ने कुरा गर्दा यही जीवनलाई सङ्केत गरिएको हुन्छ। तैँले सत्यतालाई आफ्नो जीवनको रूपमा लिएर जिउनु भनेको तँभित्र सत्यताको जीवन छ भन्ने हुँदैन, न त जीवनको रूपमा तँसित सत्यता छ भन्दैमा तँ सत्यता बन्छस्, र तेरो आन्तरिक जीवन सत्यको जीवन बन्नेछ भन्ने नै हुन्छ; झन् तँ सत्यता जीवन होस् भन्न त सायदै सकिन्छ। आखिरमा, तेरो जीवन त अझै पनि मानव जीवन नै हुन्छ। यति मात्र हो कि मानिस परमेश्‍वरका वचनहरू अनुसार जिउन सक्छ, सत्यको ज्ञान धारण गर्न सक्छ, र त्यसलाई गहिरो हदसम्म बुझ्न सक्छ; यो समझलाई तँबाट खोस्न सकिँदैन। तैँले यी कुराहरू धेरै असल र मूल्यवान् छन् भन्‍ने महसुस गर्दै अनुभव गर्छस्, र पूर्ण रूपमा बुझ्छस्, र तैँले ती कुरालाई तेरो जीवनको आधारको रूपमा स्वीकार गर्छस्; यसबाहेक, तँ यी कुराहरूमा निर्भर भई जिउने गर्छस्, र त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन: यसैले यो तेरो जीवन हो। अर्थात्, तेरो जीवनमा यी कुराहरू मात्र हुन्छन्—सत्यको बुझाइ, अनुभव र ज्ञान—र तैँले जेसुकै गरे पनि, तैँले जिउने तरिकालाई त्यसमा नै आधारित बनाउनेछस्, र तँ यो क्षेत्रदेखि बाहिर जाँदैनस् वा सीमाहरू पार गर्दैनस्; तँमा ठीक यस्तै किसिमको जीवन हुनेछ। परमेश्‍वरको कामको अन्तिम उद्देश्य भनेको मानिसहरूले यस प्रकारको जीवन प्राप्त गरून् भन्‍ने हो। मानिसहरूले सत्यलाई जति नै राम्ररी बुझे पनि तिनीहरूको अस्तित्व अझै पनि मानवताकै हुन्छ, र त्यसलाई परमेश्‍वरको अस्तित्वसँग पटक्कै तुलना गर्न सकिँदैन। तिनीहरूले सत्यको अनुभव निरन्तर गर्दै जाने भएकोले, तिनीहरूले सत्यमा पूर्ण रूपमा जिउन असम्भव हुन्छ; तिनीहरू मानिसहरूले प्राप्त गर्न सक्ने सत्यताको अति सीमित भाग मात्र जिउन सक्छन्। त्यसैले तिनीहरू कसरी परमेश्‍वरमा परिणत हुन सक्छन् र? … यदि तँमा परमेश्‍वरका वचनहरूको थोरै अनुभव छ भने, र तँ आफूमा भएको सत्यको बुझाइ अनुसार जिइरहेको छस् भने, परमेश्‍वरका वचनहरू तेरो जीवन बन्छन्। तापनि, तैँले अझै पनि सत्य नै तेरो जीवन हो वा तैँले व्यक्त गरिरहेका कुराहरू सत्य हुन् भनेर भन्न सक्दैनस्; यदि तेरो विचार त्यस्तो छ भने, तँ गलत छस्। यदि तँसँग सत्यको एउटा पक्षबारे कुनै अनुभव छ भने के त्यो आफैले सत्यको प्रतिनिधित्व गर्न सक्छ? बिलकुलै सक्दैन। के तैँले सत्यको पूर्ण रूपमा वर्णन गर्न सक्छस्? के तैँले सत्यताबाट परमेश्‍वरको स्वभाव र उहाँको सार पत्ता लगाउन सक्छस्? तैँले त्यसो गर्न सक्दैनस्। प्रत्येक व्यक्तिसँग सत्यको एक पक्ष र एउटा क्षेत्रको मात्र अनुभव हुन्छ; तेरो सीमित क्षेत्रभित्र यसलाई अनुभव गरेर तैँले सत्यको सबै अनगन्ती पक्षहरूलाई छुन सक्दैनस्। के मानिसहरू सत्यताको वास्तविक अर्थअनुसार जिउन सक्छन्? तेरो थोरै अनुभवको परिमाण कति हुन्छ? समुद्र किनारको बालुवाको एउटा कण जति; समुद्रको पानीको एक थोपा जति। त्यसकारण तैँले आफ्ना अनुभवहरूबाट प्राप्त गरेको ज्ञान र ती भावनाहरू जति नै अनमोल भए पनि, तिनलाई अझै पनि सत्यताको रूपमा गन्ती गर्न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

१६२. परमेश्‍वर स्वयम्‌सँग सत्यता छ, र उहाँ सत्यको स्रोत हुनुहुन्छ। हरेक सकारात्मक कुरा र हरेक सत्यता परमेश्‍वरबाट नै आउँदछ। उहाँले सबै थोक र सबै घटनाको सही र गलतको विषयमा न्याय गर्न सक्नुहुन्छ? उहाँले भइसकेका कुराहरूमाथि, अहिले भइरहेका कुराहरूमाथि छ, र मानिसले अझै नजानेको भविष्यका कुराहरूमाथि न्याय गर्न सक्नुहुन्छ। सबै कुराको सही र गलतको बारेमा न्याय गर्न सक्‍ने न्यायकर्ता उहाँ मात्रै हुनुहुन्छ, र यसको अर्थ सबै थोकको सही र गलतलाई उहाँले मात्र न्याय गर्न सक्नुहुन्छ भन्‍ने हुन्छ। उहाँलाई सबै कुराका नियमहरू थाहा छ। यो सत्यको मूर्त रूप हो, जसको अर्थ उहाँ स्वयममा सत्यको सार छ भन्‍ने हुन्छ। यदि मानिसले सत्यतालाई बुझ्यो र सिद्धतालाई प्राप्त गऱ्यो भने, के सत्यताको मूर्त रूपसँग उसको कुनै सरोकार हुन्छ? जब मानिसलाई सिद्ध बनाइन्छ, तब उसले अहिले परमेश्‍वर जे गर्नुहुन्छ र उहाँले जुन कुराहरूको माग गर्नुहुन्छ ती सबैलाई सही प्रकारले बुझ्न सक्दछ, र ऊसँग अभ्यास गर्ने सही तरिका हुन्छ; मानिसले परमेश्‍वरको इच्छा पनि बुझ्दछ र सही र गलत छुट्ट्याउन पनि सक्छ। तापनि केही यस्ता कुराहरू छन् जहाँ मानिस पुग्न सक्दैन, ती कुराहरू परमेश्‍वरले उसलाई बताउनुभएपछि मात्र उसले ती जान्दछ—के मानिसले अज्ञात कुराहरू, परमेश्‍वरले अझसम्म उसलाई नबताउनुभएका कुराहरू जान्न सक्छ? (उसले जान्न सक्दैन)। मानिसले अगमवाणीहरू गर्न सक्दैन। यसबाहेक, यदि मानिसले परमेश्‍वरबाट सत्यता प्राप्त गऱ्यो, र सत्यको वास्तविकता प्राप्त गऱ्यो, र धेरै सत्यताहरूको सार जान्यो भने पनि, र सही र गलत छुट्ट्याउन सक्यो भने पनि, के ऊसित सबै कुरालाई नियन्त्रण र शासन गर्ने क्षमता हुन्छ? (हुँदैन) भिन्नता त्यही नै हो। सृष्टि गरिएका प्राणीहरूले सत्यको स्रोतबाट सत्य प्राप्त गर्न मात्र सक्छन्। के तिनीहरूले मानिसबाट सत्य प्राप्त गर्न सक्छन्? के मानिसले यो जुटाउन सक्छ? के मानिसले मानिसको निम्ति प्रबन्ध गर्नसक्छ? उसले सक्दैन, र भिन्नता त्यही नै हो। तैँले प्राप्त मात्र गर्न सक्छस्, प्रदान गर्न सक्दैनस्—के तँलाई सत्यको मूर्त रूप भन्न सकिन्छ? सत्यको मूर्त रूपको वास्तविक सार के हो? यो त्यो स्रोत हो जसले सत्यता प्रदान गर्दछ, सबै थोकमाथिको प्रशासन र सार्वभौमिकताको स्रोत, र यो त्यो मापदण्ड र नियमहरू पनि हो जसद्वारा सबै थोकहरू र सबै घटनाहरूको न्याय गरिन्छ। सत्यको मूर्त रूप यही नै हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग तीन)

१६३. सत्यता नै सबै सकारात्मक कुराहरूका वास्तविकता हुन्। यो मानिसको जीवन र उसले यात्रा गर्ने दिशा हुनसक्छ; यसले व्यक्तिलाई आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍ने, परमेश्‍वरको आज्ञापालन गर्ने र सृष्टि गरिएको सुयोग्य व्यक्ति बन्‍ने, परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको निगाह प्राप्त गर्ने व्यक्ति बन्‍ने तुल्याउँछ। यसको मूल्यलाई ध्यानमा राखी हेर्दा, परमेश्‍वरका वचनहरू र सत्यताको बारेमा व्यक्तिसँग कस्तो आचरण र दृष्टिकोण हुनुपर्छ? यो निकै स्पष्ट छ: परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र उहाँप्रतिको श्रद्धाभावपूर्ण हृदय भएकाहरूका लागि, उहाँका वचनहरू तिनीहरूको जीवन-रक्त नै हुन्। मानिसले परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नुपर्छ, र तिनलाई खानु र पिउनुपर्छ, अनि तिनमा रमाउनुपर्छ, र तिनलाई आफ्‍नो जीवनको रूपमा, उसले हिँड्ने बाटोको दिशाको रूपमा, उसको तत्पर सहायता र प्रावधानको रूपमा स्वीकार गर्नुपर्छ; मानिसले सत्यताका अभिव्यक्तिहरू र मापदण्डहरू अनुसार जिउनुपर्छ, अभ्यास गर्नुपर्छ, र अनुभव गर्नुपर्छ, अनि यसलाई अध्ययन गर्ने, अनुसन्धान गर्ने, अनुमान गर्ने, र शङ्का गर्ने गर्नुको सट्टा, यसले उसलाई गरेका मागहरू, सत्यताले उसलाई प्रदान गरेका हरेक अभिव्यक्तिहरू र मागहरूमा समर्पित हुनुपर्छ। सत्यता नै मानिसको तत्पर सहायता, उसको तत्पर प्रावधान भएको हुनाले, र यो उसको जीवन हुनसक्‍ने भएको हुनाले, मानिसले सत्यतालाई सबैभन्दा बहुमूल्‍य कुराको रूपमा लिनुपर्छ, किनभने उसले जिउनको लागि, उहाँको डर मान्दै र दुष्टतालाई घृणा गर्दै परमेश्‍वरका मापदण्डहरूलाई पूरा गर्नको लागि, र अभ्यासका सिद्धान्तहरूलाई बुझ्दै र परमेश्‍वरप्रति समर्पणता हासिल गर्दै आफ्‍नो दैनिक जीवनमा अभ्यास गर्ने मार्ग प्राप्त गर्नको लागि सत्यतामा भरोसा गर्नुपर्छ। आफ्‍नो भ्रष्ट स्वभावलाई त्याग्‍न, मुक्ति पाएको र योग्य सृष्टि गरिएको प्राणी बन्‍नको लागि मानिसले सत्यतामा नै भरोसा गर्नुपर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग सात)

१६४. परमेश्‍वरले सत्यको आफ्नो अभिव्यक्तिमा, उहाँको आफ्नो स्वभाव र सार व्यक्त गर्नुहुन्छ; उहाँले व्यक्त गर्नुहुने सत्यता मानव जातिले स्वीकार गरेका विभिन्न सकारात्मक कुराहरू र बयानहरूको सारांशमा आधारित छैन। परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू नै हुन्; परमेश्‍वरका वचनहरू सत्यता हुन्। ती त्यस्ता जग र व्यवस्था हुन् जसद्वारा मानवजातिको अस्तित्व हुनुपर्दछ, र ती तथाकथित सिद्धान्तहरू जुन मानव जातिबाट उत्पन्न हुन्छन्, परमेश्‍वरले तिनको निन्दा गर्नुहुन्छ। तिनले उहाँको स्वीकृति प्राप्त गर्दैनन्, र ती उहाँका वाणीहरूको मूल वा आधार त झनै होइनन्। परमेश्‍वरले आफ्नो स्वभाव र आफ्नो सार आफ्ना वचनहरूद्वारा प्रकट गर्नुहुन्छ। परमेश्‍वरको अभिव्यक्तिद्वारा ल्याइएका सबै वचनहरू सत्य हुन्, किनकि उहाँसँग परमेश्‍वरको सार छ, र उहाँ सबै सकारात्मक थोकहरूको वास्तविकता हुनुहुन्छ। यस किसिमको भ्रष्ट मानव जातिले परमेश्‍वरका वचनहरूलाई जुन स्थानमा राखे पनि वा जसरी तिनलाई परिभाषित गरे पनि, वा तिनलाई जसरी हेरे वा बुझे पनि परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्ने तथ्यलाई कहिल्यै पनि बद्लिँदैन। परमेश्‍वरका वचनहरू जति धेरै बोलिए पनि, र यस भ्रष्ट पापी मानवजातिले तिनको जति नै निन्दा गरे पनि, ती वचनहरू नफैलाए पनि, र भ्रष्ट मानव जातिले यसलाई घृणा गर्ने अवस्थामा पुगे पनि—यी परिस्थितिहरूमा पनि, एउटा तथ्य रहिरहन्छ जसलाई परिवर्तन गर्न सकिँदैन: मानव जातिले महत्त्व दिने तथाकथित संस्कृति र परम्पराहरू, माथि लेखिएका कारणहरूद्वारा समेत सकारात्मक थोकहरू बन्न र सत्यता बन्‍न सक्दैनन्। यो अपरिवर्तनीय छ। परिवर्तनहरू र बित्दै जाने समयको कारण मानवजातिको परम्परागत संस्कृति र अस्तित्वको मार्ग सत्य बन्नेछैन, न त मानवजातिको निन्दा वा भुलक्कडपनको कारण परमेश्‍वरका वचनहरू मानिसका वचनहरू नै बन्नेछन्। यो सार कहिल्यै पनि परिवर्तन हुनेछैन; सत्य सधैँ सत्य नै हुन्छ। यहाँ कुन तथ्य छ? मानवजातिले सारांशमा वर्णन गरेका सबै भनाइहरू शैतानबाट उत्पन्न हुन्छन्—ती मानवीय कल्पना र धारणाहरू हुन्, यहाँसम्म कि ती मानिसको तातो रगतबाट उत्पन्न भएका हुन्, र सकारात्मक कुराहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अर्कोतर्फ, परमेश्‍वरका वचनहरू परमेश्‍वरको अस्तित्व र प्रतिष्ठाका अभिव्यक्ति हुन्। कुन कारणले गर्दा उहाँले यी वचनहरू व्यक्त गर्नुहुन्छ? म किन ती सत्यता हुन् भनी भन्छु? कारण के हो भने परमेश्‍वरले सबै थोकका सबै नियमहरू, सिद्धान्तहरू, जराहरू, अस्तित्वहरू, वास्तविकताहरू, र रहस्यहरूमाथि शासन गर्नुहुन्छ, र ती सबै उहाँकै हातको पकडमा छन्, र परमेश्‍वरले मात्र सबै थोकका सबै सिद्धान्तहरू, वास्तविकताहरू, तथ्यहरू र रहस्यहरू जान्नुहुन्छ; उहाँले तिनीहरूका सुरुआतहरू र तिनीहरूको जरा वास्तवमा के हुन् भनी जान्नुहुन्छ। त्यसकारण, केवल परमेश्‍वरका वचनहरूमा उल्‍लेखित सबै थोकहरूका परिभाषाहरू मात्र सबैभन्दा सही छन्, र परमेश्‍वरका वचनहरू भित्रका मागहरू नै मानवजातिको लागि एक मात्र मापदण्ड हो—एक मात्र मापदण्ड जसद्वारा मानवजाति अस्तित्वमा हुनुपर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग एक)

अघिल्लो: ग. भ्रष्ट मानवजातिका धार्मिक धारणा, विधर्म र भ्रमहरूको खुलासा सम्बन्धी वचनहरू

अर्को: ३. परमेश्‍वरको देखा पर्ने घटना र कामको गवाही बन्‍ने सम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्