४. देहधारणका रहस्यहरूको खुलासा सम्बन्धी वचनहरू
१८७. पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको देहको शरीरद्वारा छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानी स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण उप्रान्त पापबलिका रूपमा सेवा गर्नका लागि होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो कि, पाप क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा स्वच्छ पारिऊन्, र स्वभावमा परिवर्तन हासिल गरून् र यसरी शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्वरले मुक्तिको काम सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहीपनका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। देह बनेर मात्र परमेश्वर मानिससँग बस्न, संसारको कष्ट भोग्न, र सामान्य देहको शरीरमा जिउन सक्नुहुन्छ। यस तरिकाले मात्र उहाँले मानिसहरूलाई सृजित प्राणीहरूका रूपमा चाहिने व्यावहारिक वचन प्रदान गर्न सक्नुहुन्छ। परमेश्वरको देहधारणद्वारा मानिसले परमेश्वरबाट पूर्ण मुक्ति पाउँछ, उसका प्रार्थनाहरूका जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। मानिस देह र रगतको भएकाले उसले परमेश्वरका आत्मालाई कुनै पनि तरिकाले देख्न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्, तसर्थ, ऊ केवल परमेश्वरले देहधारी देहको सम्पर्कमा आउन सक्छ। यस माध्यमबाट मात्र मानिसले सबै वचन र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ। दोस्रो देहधारण मानिसलाई उसका पापहरू फाल्ने तुल्याउन र उसलाई पूर्ण रूपमा शुद्ध गर्न पर्याप्त हुनेछ। यसैले, दोस्रो देहधारणद्वारा परमेश्वरको सम्पूर्ण कामलाई समाप्त गरिनेछ र परमेश्वरको देहधारणको महत्त्व पूरा हुनेछ। त्यसपछि, देहमा गरिने परमेश्वरको काम पूर्ण रूपमा अन्त्य हुनेछ। दोस्रो देहधारणपछि, उहाँ आफ्नो कामका लागि तेस्रो पटक देह बन्नुहुनेछैन। किनकि उहाँको सम्पूर्ण व्यवस्थापन अन्त्य भएको हुनेछ। आखिरी दिनहरूका देहधारणले उहाँका चुनिएका मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ, र आखिरी दिनहरूको मानवजाति सबै उनीहरूका प्रकारअनुसार वर्गीकरण गरिएका हुनेछन्। उहाँले फेरि मुक्तिको काम गर्नुहुनेछैन, न त उहाँ कुनै काम गर्न देहमा फर्केर नै आउनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
१८८. यहोवाको कामपछि, येशू मानिसहरूको माझमा आफ्नो काम गर्न देह बन्नुभयो। उहाँको काम एकलै गरिएको थिएन, तर यहोवाको कामको जगमाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगको निम्ति गरिएको काम थियो जुन परमेश्वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्वर अर्को युगको लागि आफ्नो काम गर्न अघि बढ्नुभयो, किनकि परमेश्वरको सम्पूर्ण व्यवस्थापन कार्य सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि पुरानो काम पूरा भएपछि, परमेश्वरको व्यवस्थापनलाई निरन्तरता दिने नयाँ काम हुनेछ। यो देहधारण परमेश्वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्वरले कामको नयाँ चरण थाल्नुहुन्छ, तब सधैँ नयाँ सुरुवात हुनु पर्दछ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसले जसरी उहाँको विरोध गरे पनि, परमेश्वरले सधैँ आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूको दौरान, परमेश्वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ, र यसबाहेक तिनीहरू व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर मानिसलाई उसको शैतानद्वारा भ्रष्ट तुल्याइएको स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
१८९. “देहधारण” भनेको देहमा परमेश्वरको देखापराइ हो; परमेश्वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहका स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण, उहाँ परमेश्वरको देहधारण हुनुभएकाले, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्वरको देहधारणको तात्पर्य भनेको परमेश्वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्वर उहाँको सारमा नै देह बन्नुहुन्छ, मानिस बन्नुहुन्छ भन्ने हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
१९०. देहधारणको अर्थ परमेश्वरका आत्मा देह बन्नुहुन्छ, अर्थात्, परमेश्वर देह बन्नुहुन्छ भन्ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन काम देहमा साकार हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्वरीय कामलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्मनेबित्तिकै उहाँले आश्चर्यकर्महरू गर्न सक्नुभएको भए, उहाँले बोल्न सिक्नेबित्तिकै उहाँले स्वर्गको भाषा बोल्न सक्नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्नुभएकै क्षणमा सारा सांसारिक कुराहरूलाई बुझ्न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्न सक्नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्न सकिँदैन थियो र त्यस्तो देहलाई मानव देह भनेर भन्न सकिँदैन थियो। यदि ख्रीष्टको अवस्था यस्तो भएको भए, परमेश्वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्वर हुनुहुन्छ भन्ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्ने कुरालाई थप प्रदर्शन गर्छ; यसका साथै, उहाँ परमेश्वरको वचन, परमेश्वरका आत्मा नै देह हुनुभएको हो भन्ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
१९१. देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, र ख्रीष्ट परमेश्वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्नताको कारण के हो भने ख्रीष्ट दैहिक हुनुहुन्न, बरु आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्वरत्व दुवै छ। उहाँको ईश्वरत्व कुनै पनि मानिससँग छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई कायम राख्छ, जबकि उहाँको ईश्वरत्वले परमेश्वर स्वयम्को काम गर्दछ। चाहे उहाँको मानवता होस् वा ईश्वरत्व, यी दुवै नै स्वर्गमा हुनुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्टको सार भनेको आत्मा नै हो, अर्थात् ईश्वरत्व हो। त्यसकारण, उहाँको सार परमेश्वर स्वयम्को सार हो; यो सारले उहाँको आफ्नै कार्यमा अवरोध गर्दैन, र उहाँको आफ्नै कामलाई नष्ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्नुहुन्न, न त उहाँको आफ्नै इच्छाविरुद्ध जाने कुनै पनि वचन नै उहाँले कहिल्यै बोल्नुहुन्छ। त्यसकारण, देहधारी परमेश्वरले उहाँको आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्न। सबै मानिसहरूले यही कुरालाई बुझ्नुपर्छ। पवित्र आत्माको कार्यको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्वरको आफ्नै व्यवस्थापनको लागि हो। त्यसै गरी, ख्रीष्टको कार्य पनि मानिसलाई मुक्ति दिनु नै हो, र यो परमेश्वरको इच्छाकै खातिर हो। परमेश्वर देहधारी हुनुहुने हुँदा, उहाँले आफ्नो काम गर्नको लागि उहाँको देह पर्याप्त हुने गरी उहाँको सारलाई उहाँको देहभित्र साकार पार्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्टको कार्यले परमेश्वरका आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्रबिन्दु ख्रीष्टको कार्य हुन्छ। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। अनि, परमेश्वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ देहमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्वरका आत्मा हुन् वा ख्रीष्ट हुन्, दुवै नै परमेश्वर स्वयम् हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले वहन गर्नुपर्ने सेवकाइ वहन गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्टको सार हो
१९२. जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँसँग परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको काम अघि ल्याउनुहुनेछ, र परमेश्वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग औँल्याउन सक्नुहुनेछ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरूबाट पुष्टि गर्नै पर्दछ। भन्नुको अर्थ, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो मार्ग हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारका आधारमा छुट्ट्याउनैपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र छानबिन गर्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
१९३. परमेश्वरको देहधारणको तात्पर्य भनेको परमेश्वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्वर उहाँको सारमा नै देह बन्नुहुन्छ, मानिस बन्नुहुन्छ भन्ने हो। उहाँको देहधारी जीवन र कामलाई दुई चरणमा विभाजित गर्न सकिन्छ। पहिलो उहाँले आफ्नो सेवकाइ गर्नुभन्दा पहिले जिउने जीवन हो। उहाँ सामान्य मानव आवश्यकताहरू (गाँस, बास, कपास, आराम), सामान्य मानव कमजोरीहरू र सामान्य मानव भावनाहरूसहित, मानव जीवनका सामान्य नैतिकताहरू र नियमहरू पालन गर्दै, अत्यन्तै सामान्य मानवतामा साधारण मानव परिवारमा जिउनुहुन्छ। अर्को शब्दमा भन्दा, यो पहिलो चरणको अवधिमा उहाँ सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्न हुँदै, गैर-ईश्वरीय, पूर्ण रूपमा सामान्य मानवतामा जिउनुहुन्छ। दोस्रो चरण भनेको उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभएपछि उहाँले जिउनुभएको जीवन हो। अलौकिकताको कुनै बाहिरी चिन्ह नदेखाईकन, उहाँ अझै पनि सामान्य मानव भेषसहितको यस सामान्य मानवतामा बास गर्नुहुन्छ। तैपनि उहाँ पूर्ण रूपमा आफ्नो सेवकाइको खातिर जिउनुहुन्छ, र यो समयावधिमा उहाँको ईश्वरत्वको सामान्य कार्यलाई कायम राख्नका लागि नै उहाँको सामान्य मानवता पूर्ण रूपमा अस्तित्वमा रहन्छ, किनभने त्यस बेलासम्म उहाँको सामान्य मानवता उहाँको सेवकाइ गर्न सक्ने बिन्दुसम्म परिपक्व भइसकेको हुन्छ। त्यसैले, उहाँको जीवनको दोस्रो चरण भनेको उहाँको सामान्य मानवतामा उहाँको सेवकाइ गर्नु हो, जुन बेला यो सामान्य मानवता र पूर्ण ईश्वरत्व दुवैको जीवन हुन्छ। उहाँको जीवनको पहिलो चरणको अवधिमा, उहाँले पूर्ण रूपमा सामान्य मानवताको जीवन जिउनुको कारण के हो भने, उहाँको मानवता ईश्वरीय कार्यको पूर्णतालाई कायम राख्न अझै सक्षम भएको हुँदैन, परिपक्व भएको हुँदैन; उहाँको मानवता वृद्धि भएर परिपक्व भएपछि, आफ्नो सेवकाइको भार उठाउन सक्ने भएपछि मात्रै, उहाँ आफूले गर्नुपर्ने सेवकाइ गर्न तयार बन्न सक्नुहुन्छ। उहाँ भएकाले उहाँ वृद्धि हुन र परिपक्व हुन आवश्यक छ। त्यसकारण, उहाँको जीवनको पहिलो चरण सामान्य मानवताको जीवन हो, जबकि दोस्रो चरणमा, उहाँको मानवता उहाँको काम गर्न र उहाँको सेवकाइ प्रदर्शन गर्न सक्षम हुन्छ, त्यसैले उहाँको सेवकाइको अवधिमा देहधारी परमेश्वरले जिउनुहुने जीवन मानवता र पूर्ण ईश्वरीयता दुवैको जीवन हो। उहाँको जन्म भएको क्षणदेखि नै देहधारी परमेश्वरले अलौकिक चिन्ह र आश्चर्यकर्महरू गर्दै औपचारिक रूपमा आफ्नो सेवकाइ सुरु गर्नुभएको भए, उहाँमा कुनै भौतिक सार हुने थिएन। त्यसकारण, उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन र मानवताविनाको व्यक्ति मानव होइन। यसरी, परमेश्वरको देहको मानवता परमेश्वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्वर देह बन्नुहुन्छ तब उहाँसँग ईश्वरत्व मात्र हुन्छ र मानवता हुँदैन” भन्नु भनेको ईश्वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन र यसले देहधारणको सिद्धान्तलाई उल्लङ्घन गर्छ। उहाँले आफ्नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेषसहित आफ्नो ईश्वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको कर्ता उहाँको मानवतामा बास गर्ने ईश्वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्वरीयता काममा छ, तैपनि यो ईश्वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; सारमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्वर पनि हुनुहुन्छ भनेर कसैले भन्न सक्छ, किनभने परमेश्वर देहमा जीवित परमेश्वर बन्नुहुन्छ; उहाँसँग मानव भेष र मानव सार छ, अनि त्योभन्दा पनि उहाँसँग परमेश्वरको सार छ। उहाँ परमेश्वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेषसहितका सबैमध्ये, मानवतासहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्वर स्वयम् हुनुहुन्छ—अरू सबै सृजित मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवताबाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँमा ईश्वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्न सकिन्छ तर उहाँको ईश्वरीयतालाई देख्न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्वरीयतालाई व्यक्त गरिने हुँदा र मानिसहरूले यसलाई कल्पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्वरको साँचो सारलाई बुझ्न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसबारे यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्वर देह बन्नुहुने भएकोले, उहाँको सार मानवता र ईश्वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्वर स्वयम्, पृथ्वीमा परमेश्वर स्वयम् हो भनी भनिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
१९४. देहधारी परमेश्वरको मानवता देहमा सामान्य ईश्वरीय कार्यलाई कायम राख्नको लागि अस्तित्वमा छ; उहाँको सामान्य मानव सोचाइले उहाँको सामान्य मानवता र उहाँका सबै सामान्य भौतिक क्रियाकलापहरूलाई कायम राख्छ। उहाँको सामान्य मानव सोचाइ देहमा परमेश्वरका सारा कार्यलाई कायम राख्नको लागि अस्तित्वमा छ भनेर भन्न सकिन्छ। यदि यो देहमा सामान्य मानव मन थिएन भने, परमेश्वरले देहमा काम गर्न सक्नुहुनेथिएन, र उहाँले देहमा जे गर्नु आवश्यक छ त्यसलाई कहिल्यै पनि पूरा गर्न सकिँदैन थियो। देहधारी परमेश्वरमा सामान्य मानव मन भए तापनि, उहाँको काम मानव विचारद्वारा मिलावट भएको छैन; उहाँले मानव मन भएको मानवता धारण गर्ने पूर्वसर्तसहित, सामान्य मनसहित मानवतामा काम गर्नुहुन्छ, सामान्य मानव विचारको अभ्यासद्वारा होइन। उहाँका देहका विचारहरू जति नै उत्कृष्ट भए तापनि, उहाँको काम तर्क वा विचारबाट कलङ्कित छैन। अर्को शब्दमा भन्दा, उहाँको काम उहाँको देहको मनद्वारा पैदा भएको हुँदैन तर यो उहाँको मानवतामा ईश्वरीय कार्यको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँका सबै काम उहाँले पूरा गर्नैपर्ने सेवकाइ हो र यीमध्ये कुनै पनि उहाँको मस्तिष्कमा पैदा हुँदैन। उदाहरणको लागि, बिरामीलाई चङ्गाइ गर्नु, भूतात्माहरूलाई निकाल्नु, क्रूसीकरण उहाँको मानव मनका उपजहरू थिएनन् र मानव मन भएको कुनै पनि मानिसले ती हासिल गर्न सक्ने थिएन। त्यसरी नै, आजको विजयको काम देहधारी परमेश्वरले पूरा गर्नैपर्ने काम हो तर यो मानव इच्छाको काम होइन, यो उहाँको ईश्वरीयताले गर्नुपर्ने काम हो, जुन काम गर्न कुनै पनि देहगत मानिस सक्षम छैन। त्यसैले देहधारी परमेश्वरमा सामान्य मानव मन हुनैपर्छ, सामान्य मानवता हुनैपर्छ, किनभने उहाँले सामान्य मनसहितको मानवतामा नै आफ्नो काम गर्नुपर्छ। देहधारी परमेश्वरको कामको सार, देहधारी परमेश्वरको सार यही नै हो।
येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्वर हुनुहुन्थ्यो भनेर कसैले भन्न सकेन, उहाँ देहधारी परमेश्वर हुनुहुन्छ भनेर कसैले पत्ता लगाएन; उहाँ पूर्ण रूपमा साधारण मानिस हुनुहुन्छ भन्ने मात्रै मानिसहरूलाई थाहा थियो। उहाँको पूर्ण सामान्य, साधारण मानवता नै परमेश्वर शरीरमा देहधारी हुनुभएको थियो र अनुग्रहको युग देहधारी परमेश्वरको कामको युग थियो, आत्माको कामको युग थिएन भन्ने कुराको प्रमाण थियो। यो परमेश्वरका आत्मा पूर्ण रूपमा देहमा प्रकट हुनुभयो, परमेश्वरको देहधारणको युगमा उहाँको देहले आत्माका सबै कार्य गर्नेथियो भन्ने कुराको प्रमाण थियो। सामान्य मानवतासहितका ख्रीष्ट त्यो देह हो जसमा आत्मा साकार हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य समझ र मानव विचार छ। “साकार हुनु” भनेको परमेश्वर मानिस बन्नु, आत्मा देह बन्नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवतासहितको देहमा परमेश्वर स्वयम् वास गर्नु हो र यसद्वारा उहाँले आफ्नो ईश्वरीय कामलाई व्यक्त गर्नुहुन्छ—साकार हुनु वा देहधारी हुनुको अर्थ यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
१९५. ख्रीष्टको मानवता उहाँको ईश्वरत्वद्वारा सञ्चालित छ। उहाँ देहमा हुनुभए तापनि, उहाँको मानवता पूर्ण रूपमा देहको मानिसजस्तो छैन। उहाँमा उहाँको आफ्नै अद्वितीय चरित्र छ, र यो पनि उहाँको ईश्वरत्वद्वारा सञ्चालित छ। उहाँको ईश्वरत्वमा कुनै कमजोरी छैन; ख्रीष्टको कमजोरीले उहाँको मानवताको कमजोरीलाई जनाउँछ। केही हदसम्म, यो कमजोरीले उहाँको ईश्वरत्वलाई बाधा दिन्छ, तर त्यस्ता सीमितताहरू निश्चित क्षेत्र र समयभित्र हुन्छन्, र ती असीमित हुँदैनन्। जब उहाँको ईश्वरत्वको कामलाई अघि बढाउने समय आउँछ, तब उहाँको मानवताको बाबजुत पनि यसलाई पूरा गरिन्छ। ख्रीष्टको मानवता पूर्ण रूपमा उहाँको ईश्वरत्वद्वारा निर्देशित छ। उहाँको मानवताको सामान्य जीवनबाहेक, उहाँको मानवताका अरू सबै कार्यहरू पनि उहाँको ईश्वरत्वद्वारा अभिप्रेरित, प्रभावित र निर्देशित हुन्छन्। ख्रीष्टमा मानवता भए तापनि, यसले उहाँको ईश्वरत्वको काममा बाधा दिँदैन, र यसो हुनु ख्रीष्टको मानवता उहाँको ईश्वरत्वद्वारा निर्देशित भएकोले नै हो; अरूसँग कसरी व्यवहार गर्ने भन्नेबारेमा उहाँको मानवता परिपक्व नभए तापनि, यसले उहाँको ईश्वरत्वको सामान्य कार्यलाई असर पार्दैन। उहाँको मानवता भ्रष्ट भएको छैन भनी भन्ने क्रममा मैले ख्रीष्टको मानवता उहाँको ईश्वरत्वद्वारा प्रत्यक्ष रूपमा निर्देशित हुन सक्छ, र उहाँमा साधारण मानिसको भन्दा उच्च चेतना छ भनेर भन्न खोजेको हुँ। उहाँको मानवता उहाँको कार्यमा ईश्वरत्वद्वारा निर्देशित हुन सबैभन्दा बढी उपयुक्त छ; उहाँको मानवता ईश्वरत्वको कार्य व्यक्त गर्न सबैभन्दा सक्षम छ, र त्यस्तो कार्यप्रति समर्पित हुन सबैभन्दा समर्थ छ। परमेश्वरले देहमा काम गर्ने क्रममा उहाँले देहमा रहेको मानिसले निर्वाह गर्नुपर्ने कर्तव्यलाई कहिल्यै पनि बिर्सनुहुन्न; उहाँ स्वर्गमा हुनुहुने परमेश्वरलाई साँचो हृदयले आराधना गर्न सक्षम हुनुहुन्छ। उहाँमा परमेश्वरको सार छ, र उहाँको पहिचान परमेश्वर स्वयम्को पहिचान हो। यो के मात्रै हो भने उहाँ पृथ्वीमा आउनुभएको छ र सृष्टि गरिएको प्राणी बन्नुभएको छ र सृष्टि गरिएको प्राणीको बाहिरी आवरण ओढ्नुभएको छ र, अहिले मानवता धारण गर्नुभएको छ जुन पहिले उहाँमा थिएन। स्वर्गमा हुनुहुने परमेश्वरलाई आराधना गर्न उहाँ सक्षम हुनुहुन्छ; यो परमेश्वर स्वयम्को अस्तित्व हो र यसलाई मानिसले अनुकरण गर्न सक्दैन। उहाँको पहिचान परमेश्वर स्वयम् नै हो। देहको दृष्टिकोणद्वारा उहाँले परमेश्वरको आराधना गर्नुहुन्छ; त्यसकारण, “ख्रीष्टले स्वर्गमा हुनुहुने परमेश्वरलाई आराधना गर्नुहुन्छ” भन्ने वचन गलत छैनन्। मानिसबाट उहाँले चाहने कुरा भनेको उहाँको आफ्नै अस्तित्व हो; मानिसहरूबाट ती कुरा माग्नुभन्दा पहिले नै उहाँले ती सबै हासिल गर्नुभएको छ। जुन कुरा आफूमा छैन उहाँले त्यो कुरा अरूबाट कहिल्यै अपेक्षा गर्नुहुन्न, किनभने त्यो सबै उहाँको अस्तित्वमा रहेको हुन्छ। उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्वरविरुद्ध विद्रोह गर्ने तरिकाले उहाँले कहिल्यै काम गर्नुहुन्न। उहाँले मानिसबाट जे माग गर्नुभए पनि, त्यो मानिसले पूरा गर्न सक्नेभन्दा बाहिरको कुनै माग हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्वरको इच्छालाई पछ्याउने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो। ख्रीष्टको ईश्वरत्व सबै मानिसहरूभन्दा माथि छ; त्यसकारण, सबै सृजित प्राणीमाझ सबैभन्दा उच्च अख्तियार उहाँ नै हुनुहुन्छ। यो अख्तियार नै उहाँको ईश्वरत्व, अर्थात् परमेश्वर स्वयम्को स्वभाव र अस्तित्व हो, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्वर स्वयम्को पहिचान छ भन्ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि र उहाँ परमेश्वरको इच्छाप्रति जसरी समर्पित हुनुभए पनि, उहाँ परमेश्वर स्वयम् हुनुहुन्न भनेर भन्न सकिँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्टको सार हो
१९६. देहधारी मानिसको पुत्रले परमेश्वरको ईश्वरत्वलाई आफ्नो मानवताद्वारा व्यक्त गर्नुभयो अनि मानवजातिकहाँ परमेश्वरका अभिप्रायहरू पुऱ्याउनुभयो। अनि परमेश्वरका अभिप्रायहरू तथा स्वभावलाई व्यक्त गरेर, उहाँले आत्मिक क्षेत्रमा बास गर्नुहुने परमेश्वरलाई मानिसहरूकहाँ प्रकट पनि गरिदिनुभयो, जसलाई देख्न वा छुन सकिँदैन। मानिसहरूले जे देखे, त्यो भौतिक स्वरूपमा देह र रगतले बनेको परमेश्वर स्वयम् हुनुहुन्थ्यो। त्यसैले, देहधारी मानिसको पुत्रले परमेश्वर स्वयम्को पहिचान, परमेश्वरको हैसियत, स्वरूप, स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई ठोस र मानवीय बनाउनुभयो। परमेश्वरको प्रतिरूपको सम्बन्धमा मानिसको पुत्रको बाह्य रूपमा केही सीमितताहरू भएको भए तापनि, उहाँको सार अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसले परमेश्वर स्वयम्को पहिचान तथा हैसियतलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्थ्यो—व्यक्त गर्ने शैलीमा मात्र केही भिन्नताहरू थिए। मानिसको पुत्रले उहाँको मानवता र उहाँको ईश्वरत्व दुवैमा परमेश्वर स्वयम्को पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गर्नुभएको थियो भन्ने कुरालाई हामी इन्कार गर्न सक्दैनौँ। तथापि, यस समयावधिमा परमेश्वरले देहद्वारा काम गर्नुभयो, देहको दृष्टिकोणबाट बोल्नुभयो, अनि मानिसको पुत्रको पहिचान र हैसियतमा मानवजातिको सामु उभिनुभयो र यसले मानिसहरूलाई परमेश्वरले मानवजातिमाझ दिनुभएका व्यावहारिक वचनहरू तथा कामको सम्पर्कमा आउने र तिनलाई अनुभव गर्ने अवसर दियो। यसले मानिसहरूलाई नम्रताको बीचमा उहाँको ईश्वरत्व तथा उहाँको महानताको अन्तर्ज्ञान पाउने साथै परमेश्वरको प्रामाणिकता तथा व्यावहारिकताबारे प्रारम्भिक बुझाइ तथा परिभाषा प्राप्त गर्ने पनि तुल्यायो। प्रभु येशू ले पूरा गर्नुभएको काम, उहाँले काम गर्ने तरिकाहरू र उहाँले बोल्ने दृष्टिकोण, आत्मिक क्षेत्रमा रहेको परमेश्वरको वास्तविक व्यक्तित्वभन्दा फरक थियो, तैपनि उहाँको हरेक कुराले परमेश्वर स्वयम्लाई साँचो रूपमा प्रतिनिधित्व गर्यो, जसलाई मानवजातिले कहिल्यै देखेका छैनन्—यसलाई इन्कार गर्न सकिँदैन। भन्नुको अर्थ, परमेश्वर जुनसुकै रूपमा देखा पर्नुभए तापनि, उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि, अथवा उहाँले जुनसुकै स्वरूपमा मानवजातिको सामना गर्नुभए तापनि, परमेश्वरले अरू केहीलाई होइन, तर आफैलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले अरू कुनै मानवलाई प्रतिनिधित्व गर्नु, वा भ्रष्ट मानवजातिमध्ये कसैलाई प्रतिनिधित्व गर्नु असम्भव छ। परमेश्वर, परमेश्वर स्वयम् नै हुनुहुन्छ र यसलाई इन्कार गर्न सकिँदैन।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
१९७. आज चर्चा गरिएका व्यावहारिक परमेश्वर स्वयम्ले मानवता र ईश्वरत्व दुवैमा काम गर्नुहुन्छ। व्यावहारिक परमेश्वरको स्वरूपद्वारा उहाँको सामान्य मानवीय काम र जीवन र उहाँको पूर्ण ईश्वरीय काम प्राप्त गरिन्छन्। उहाँको मानवता र ईश्वरत्व एकै गरी गाभिएका छन्, दुवैका काम वचनहरूद्वारा सम्पन्न गरिन्छ; चाहे मानवतामा होस् वा ईश्वरत्वमा होस, उहाँले वचनहरू उच्चारण गर्नुहुन्छ। जब परमेश्वरले मानवतामा काम गर्नुहुन्छ, तब उहाँले मानवताको भाषा बोल्नुहुन्छ, ताकि मानिसहरू सहभागी हुन सकून् र उनीहरूले बुझ्न सकून्। उहाँका वचनहरू सरल रूपमा बोलिएका हुन्छन् र बुझ्न सजिलो हुन्छ, यतिसम्म कि ती सबै मानिसहरूलाई प्रदान गर्न सकिन्छ; चाहे मानिसहरू ज्ञानले भरिएका होऊन् वा कम शिक्षित होऊन्, तिनीहरू सबै जनाले परमेश्वरका वचनहरू प्राप्त गर्न सक्छन्। ईश्वरत्वमा हुने परमेश्वरका काम पनि वचनहरूद्वारा कार्यान्वयन गरिन्छ, तर यो प्रबन्धले भरिएको हुन्छ, यो जीवनले भरिएको हुन्छ, यो मानिसका विचारहरूद्वारा दूषित भएको हुँदैन, यसमा मानवीय प्राथमिकताहरू समावेश भएका हुँदैनन्, र यसमा मानवीय सीमाहरू हुँदैनन्, यो सामान्य मानवताको अधीनभन्दा बाहिर छ; यो देहमा कार्यान्वयन गरिएको हुन्छ, तर यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। यदि मानिसहरूले मानवतामा हुने परमेश्वरको कामलाई मात्र स्वीकार गर्छन् भने, तिनीहरूले आफैलाई एक निश्चित क्षेत्रमा सीमित गर्नेछन्, र तिनीहरूमा अलिकति परिवर्तन ल्याउन पनि निरन्तर काँटछाँट र अनुशासनको आवश्यकता पर्नेछ। पवित्र आत्माको काम वा उपस्थितिविना त तिनीहरू सधैँ आफ्ना पुराना मार्गहरूमा फर्कनेछन्; ईश्वरत्वको कामद्वारा मात्र यी गम्भीर समस्याहरू र कमजोरीहरूलाई सुधार्न सकिन्छ, र तब मात्र मानिसहरूलाई पूर्ण बनाउन सकिन्छ। दीर्घकालीन काँटछाँटको सट्टामा, चाहिने आवश्यक कुरा भनेको सबै कमी-कमजोरीहरू सुधार्न वचनहरूको प्रयोग गर्दै, मानिसको प्रत्येक स्थिति प्रकट गर्न वचनहरूको प्रयोग गर्दै, तिनीहरूको जीवन, तिनीहरूको प्रत्येक उच्चारण, तिनीहरूको प्रत्येक कार्यलाई मार्गदर्शन दिन, र तिनीहरूका अभिप्राय र उत्प्रेरणाहरूलाई उदाङ्गो पार्न वचनहरूको प्रयोग गर्दै गरिने सकारात्मक प्रबन्ध नै हो। यो व्यावहारिक परमेश्वरको व्यावहारिक काम हो। त्यसैले, व्यावहारिक परमेश्वरप्रति तेरो मनोवृत्तिमा तैँले उहाँलाई पहिचान र स्वीकार गर्दै तत्कालै आफैलाई उहाँको मानवताको सामु समर्पित गर्नुपर्छ, र यसअतिरिक्त तैँले उहाँका ईश्वरीय काम र वचनहरू ग्रहण गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। देहमा परमेश्वर देखा पर्नुको अर्थ परमेश्वरका आत्माका सबै काम र वचनहरू उहाँको सामान्य मानवताद्वारा र उहाँको देहधारी देहद्वारा सम्पन्न गरिएका हुन्छन् भन्ने हुन्छ। अर्को शब्दमा, परमेश्वरका आत्माले तत्कालै उहाँको मानवीय कामलाई निर्देशित गर्नुहुन्छ र देहमा ईश्वरत्वको काम सम्पन्न गर्नुहुन्छ, र देहधारी परमेश्वरमा तैँले मानवतामा हुने परमेश्वरको काम र उहाँको पूर्ण ईश्वरीय काम दुवै देख्न सक्छस्। यही नै व्यावहारिक परमेश्वरको दैहिक स्वरूपको वास्तविक महत्त्व हो। यदि तैँले यो कुरा स्पष्टसँग देख्न सक्छस् भने, तैँले परमेश्वरका सबै फरक भागहरूलाई जोड्न सक्षम हुनेछस्; तैँले ईश्वरत्वमा हुने उहाँको काममाथि अनावश्यक महत्त्व दिन छोड्नेछस्, र तैँले मानवतामा हुने उहाँको कामलाई अनावश्यक उपेक्षाका साथ हेर्न छोड्नेछस्, र तँ अतिवादतिर जानेछैनस्, न त घुमाउरो मार्ग नै पछ्याउनेछस्। समग्रमा भन्नुपर्दा, व्यावहारिक परमेश्वरको अर्थ उहाँको मानवताको र उहाँको ईश्वरत्वको काम, आत्माले निर्देशन गर्नुभएबमोजिम, उहाँको देहद्वारा अभिव्यक्त हुन्छ भन्ने हो, ताकि मानिसहरूले उहाँ सजीव र जीवन्त, वास्तविक र सत्य हुनुहुन्छ भन्ने कुरा देख्न सकून्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। व्यावहारिक परमेश्वर स्वयम् परमेश्वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ
१९८. सारा सृष्टिमाथिको अख्तियार परमेश्वरका आत्मासँग छ। परमेश्वरको सारसहितको देहसँग पनि अख्तियार हुन्छ, तर देहमा हुनुभएका परमेश्वरले ती सबै कार्य गर्न सक्नुहुन्छ, जुन कार्य स्वर्गमा हुनुहुने पिताको इच्छाप्रति समर्पित हुन्छ। यसलाई कुनै पनि व्यक्तिले प्राप्त गर्न वा कल्पना गर्न सक्दैन। परमेश्वर स्वयम् नै अख्तियार हुनुहुन्छ, तर उहाँको देह उहाँको अख्तियारप्रति समर्पित हुन सक्छ। “ख्रीष्ट परमेश्वर पिताको इच्छाप्रति समर्पित बन्नुहुन्छ” भनेर भन्दा यही कुरालाई इङ्गित गरिन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँ जसरी परमेश्वर मानिस बन्न सक्नुहुन्छ त्यसरी नै उहाँले मुक्तिको काम पनि गर्न सक्नुहुन्छ। जे भए तापनि, परमेश्वर स्वयम्ले नै आफ्नो कार्य गर्नुहुन्छ; न त उहाँ अवरोध पुऱ्याउनुहुन्छ, न त बाधा नै दिनुहुन्छ, उहाँले आफैमा बाझिने किसिमको काम गर्नुहुने त प्रश्नै उठ्दैन, किनभने आत्मा र देहले गर्ने कार्यको सार उही प्रकारको हुन्छ। चाहे आत्मा होस् वा देह, दुवैले उही इच्छालाई पूरा गर्न र उही कार्यलाई व्यवस्थापन गर्न काम गर्नुहुन्छ। आत्मा र देहका गुणहरू पूर्ण रूपमा फरक भए तापनि, उहाँहरूका सारहरू उस्तै छन्; दुवैमा परमेश्वर स्वयम्को सार, अनि परमेश्वर स्वयम्को पहिचान छ। परमेश्वर स्वयम्मा विद्रोहीपनका कुनै पनि तत्वहरू छैनन्; उहाँको सार असल छ। उहाँ सारा सुन्दरता र भलाइका साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्न जसले परमेश्वर पिताविरुद्ध विद्रोह गर्छ। आफ्नो जीवन बलिदान दिनुपर्दासमेत उहाँले हृदयदेखि नै त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुहुन्न। परमेश्वरमा आत्मधार्मिकता वा अहम्, वा अभिमान र अहङ्कारको कुनै तत्वहरू छैनन्; उहाँमा कुटिलताका कुनै तत्वहरू छैनन्। परमेश्वरविरुद्ध विद्रोह गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्टताको स्रोत नै शैतान हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्ट तुल्याएको र प्रशोधन गरेको छ। ख्रीष्टलाई शैतानले भ्रष्ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्वरका विशेषताहरू मात्रै छन्, शैतानका विशेषताहरू छैनन्। काम जतिसुकै कठिन होस् वा देह जतिसुकै कमजोर होस्, जब परमेश्वर देहमा जिउनुहुन्छ, उहाँले परमेश्वर स्वयम्को कार्यमा अवरोध पुऱ्याउने कुनै पनि कुरा कहिल्यै गर्नुहुनेछैन, विद्रोह गरी उहाँले परमेश्वर पिताको इच्छालाई त्याग्ने कुरा त गर्दै नगरौँ। उहाँले परमेश्वर पिताको इच्छालाई तोड्नुभन्दा देहको पीडालाई भोग्न रचाउनुहुन्छ; यो कुरा येशूले प्रार्थनामा भन्नुभएको जस्तै हो, “पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो चाहना होइन, तर तपाईंको चाहना पूरा होस्।” मानिसहरूले आफ्नो लागि आफै निर्णयहरू गर्छन्, तर ख्रीष्टले त्यसो गर्नुहुन्न। उहाँसँग परमेश्वर स्वयम्को पहिचान भए तापनि, उहाँले परमेश्वर पिताको इच्छाको खोजी गर्नुहुन्छ, र परमेश्वर पिताले उहाँलाई सुम्पनुभएको कुरालाई देहको दृष्टिकोणद्वारा पूरा गर्नुहुन्छ। यो मानिसले पूरा गर्न नसक्ने कुरा हो। शैतानबाट आउने कुरामा परमेश्वरको सार हुँदैन; यसमा परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने सार मात्रै हुन्छ। यो परमेश्वरप्रति पूर्ण रूपले समर्पित हुन सक्दैन, परमेश्वरको इच्छाप्रति स्वेच्छाले समर्पित हुने कुरा त परै जाओस्। ख्रीष्टबाहेकका सबै मानिसहरूले त्यही काम गर्न सक्छन् जसले परमेश्वरको विरोध गर्छ, र कुनै पनि मानिसले परमेश्वरले सुम्पनुभएको कार्यलाई प्रत्यक्ष रूपमा अघि बढाउन सक्दैन; परमेश्वरको व्यवस्थापनलाई एक जनाले पनि आफूले निर्वाह गर्नुपर्ने कर्तव्यको रूपमा लिन सक्दैन। ख्रीष्टको सार भनेको परमेश्वर पिताको इच्छाप्रति समर्पित हुनु हो; परमेश्वरको विरुद्धको विद्रोहीपन शैतानको चरित्र हो। यी दुई गुणहरू परस्पर-विरोधी गुणहरू हुन्, र शैतानका गुणहरू भएको कसैलाई पनि ख्रीष्ट भन्न सकिँदैन। मानिसले परमेश्वरको खातिर उहाँको काम गर्न नसक्नुको कारण के हो भने मानिसमा परमेश्वरको कुनै पनि सार हुँदैन। मानिसले आफ्नो व्यक्तिगत रुचिहरूका लागि र भविष्यको आशाको लागि मात्रै परमेश्वरको काम गर्छ, तर ख्रीष्टले परमेश्वर पिताको इच्छालाई पछ्याउनको लागि काम गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्टको सार हो
१९९. देहधारी परमेश्वरको बाहिरी रूप दुरुस्त मानिसको जस्तो भए तापनि, अनि उहाँले मानव ज्ञान सिक्नुहुने र मानव भाषा बोल्नुहुने भए तापनि, अनि कहिलेकाहीँ मानवजातिका आफ्नै विधिहरू वा मानव भनाइहरूलाई उद्धृत गरेर आफ्ना विचारहरू व्यक्त गर्नुभए तापनि, उहाँले मानिसहरूलाई र कुराहरूको सारलाई हेर्ने तरिका भ्रष्ट मानिसहरूले तिनलाई हेर्ने तरिका सरह बिलकुलै छैन। उहाँको दृष्टिकोण र उहाँ जुन उचाइमा खडा हुनुहुन्छ, त्यो कुनै पनि भ्रष्ट व्यक्तिका निम्ति अप्राप्य कुरा हो। किनकि परमेश्वर सत्य हुनुहुन्छ, किनकि उहाँले जुन देह धारण गर्नुहुन्छ, त्यसमा पनि परमेश्वरको सार छ, अनि उहाँका विचारहरू र उहाँको मानवताद्वारा व्यक्त हुने कुरा पनि सत्यता नै हुन्। भ्रष्ट मानिसहरूका निम्ति, उहाँले देहमा जे व्यक्त गर्नुहुन्छ, ती सत्यता अनि जीवनका प्रबन्धहरू हुन्। यी प्रबन्धहरू एउटा व्यक्तिको निम्ति मात्र होइनन्, तर सारा मानवजातिको निम्ति हुन्। कुनै भ्रष्ट व्यक्तिको हृदयमा केवल त्यस्ता थोरै मानिसहरू मात्र हुन्छन् जो तिनीहरूसित सम्बन्धित हुन्छन्। तिनीहरूले यी थोरै मानिसहरूका निम्ति मात्र वास्ता गर्छन् र चिन्ता गर्छन्। जब विनाश आउन लागेको हुन्छ, तिनीहरूले पहिले आफ्नै छोराछोरीहरू, जीवनसाथी वा आमाबाबुको बारेमा सोच्छन्। बढीमा, अलिक बढी दयालु व्यक्तिले कोही आफन्त वा असल साथीको केही विचार गर्लान्, तर त्यस्तो दयालु व्यक्तिका विचारहरू समेत त्यसभन्दा पर जान्छ र? अहँ, कदापि जाँदैन। किनकि मानिसहरू आखिर मानिसहरू नै हुन्, अनि तिनीहरूले मानवको उचाइ तथा दृष्टिकोणबाट मात्र सबै कुरालाई हेर्न सक्छन्। तथापि, देहधारी परमेश्वर भ्रष्ट मानिसभन्दा पूर्ण रूपमा फरक हुनुहुन्छ। परमेश्वरको देहधारी शरीर चाहे जतिसुकै साधारण, जतिसुकै सामान्य र विनम्र भए तापनि अथवा मानिसहरूले उहाँलाई जतिसुकै हेयको दृष्टिले हेरे तापनि, मानवजातिप्रति उहाँका विचारहरू तथा उहाँको मनोवृत्ति यस्ता कुराहरू हुन्, जुन कुनै मानिसले हासिल गर्न सक्दैन, कुनै मानिसले अनुकरण गर्न सक्दैन। उहाँले मानवजातिलाई सधैँ ईश्वरत्वको दृष्टिकोणबाट, सृष्टिकर्ताको रूपमा रहेको उहाँको उच्च स्थानबाट अवलोकन गर्नुहुन्छ। उहाँले मानवजातिलाई सधैँ परमेश्वरको सार र मानसिकताबाट हेर्नुहुन्छ। उहाँले मानवजातिलाई एउटा औसत व्यक्तिको उचाइबाट वा एउटा भ्रष्ट मानिसको दृष्टिकोणबाट बिलकुल हेर्नुहुनेछैन। जब मानिसहरूले मानवजातिलाई हेर्छन्, तिनीहरूले मानव दृष्टिद्वारा हेर्छन्, अनि तिनीहरूले मानव ज्ञान र मानव नियम तथा सिद्धान्तहरू जस्ता कुराहरूलाई तिनीहरूका मापकको रूपमा प्रयोग गर्छन्। यो मानिसहरूले आफ्नो आँखाले हेर्न सक्ने परिधिभित्र र भ्रष्ट मानिसहरूले हासिल गर्न सक्ने परिधिभित्र पर्दछ। जब परमेश्वरले मानवजातिलाई हेर्नुहुन्छ, उहाँले ईश्वरीय दृष्टिले हेर्नुहुन्छ, अनि उहाँले आफ्नो सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मापकको रूपमा प्रयोग गर्नुहुन्छ। यो परिधिभित्र मानिसहरूले देख्न नसक्ने कुराहरू पर्दछन्, अनि देहधारी परमेश्वर तथा भ्रष्ट मानिसहरू पूर्ण रूपले भिन्न हुनु स्थान यहीँ नै हो। यो भिन्नता मानिसहरू र परमेश्वरको भिन्नाभिन्नै सारहरू द्वारा निर्धारित हुन्छ—यही भिन्नाभिन्नै सारहरूले नै उहाँहरूको पहिचान अनि स्थानहरू, साथै उहाँहरूले जुन दृष्टिकोण तथा उचाइबाट कुराहरू देख्नुहुन्छ, त्यसलाई निर्धारण गर्दछ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
२००. तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्न सकिन्छ, जबकि देहधारी परमेश्वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्न नसक्ने र मानिसको कानले सुन्न नसक्ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन संसारसँग व्यवहार गर्ने दर्शन अनि मानिसहरूले बुझ्न नसक्ने आश्चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्न तर यसको सबै कुरा जान्नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्च अनि महान् मानवहरूकाभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्नुहुन्छ जो मानवता विहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको विद्रोहीपनलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको विद्रोहीपनको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधार्मिकता सम्बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारतत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्ने कुरा होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको काम र मानिसको काम
२०१. ख्रीष्टको कार्य र अभिव्यक्तिले नै उहाँको स्वभाव निर्धारित गर्छ। उहाँमा समर्पित गरिएको साँचो हृदयलाई उहाँले पूर्ण गर्न सक्नुहुन्छ। उहाँले स्वर्गका परमेश्वरलाई साँचो हृदयले आराधना गर्न सक्नुहुन्छ, र साँचो हृदयद्वारा नै उहाँले परमेश्वर पिताको इच्छालाई खोज्न सक्नुहुन्छ। यी सबैलाई उहाँको सारले नै निर्धारित गर्छ। अनि, उहाँको सारले नै उहाँको प्राकृतिक प्रकाशलाई पनि निर्धारित गर्छ; मैले यसलाई “प्राकृतिक प्रकाश” भन्नुको कारण के हो भने उहाँको अभिव्यक्ति अनुकरण, वा मानिसको शिक्षाको परिणाम, वा मानिसले धेरै वर्ष जगेर्ना गर्दाको परिणाम होइन। उहाँले यो कुरा सिक्नुभएन वा आफैलाई यसद्वारा सजाउनुभएन; बरु, यो त उहाँ आफैमा अन्तर्निहित छ। मानिसले उहाँको कार्य, उहाँको अभिव्यक्ति, उहाँको मानवता, र उहाँको सामान्य मानवताको सम्पूर्ण जीवनलाई इन्कार गर्न सक्छ, तर उहाँले स्वर्गमा हुनुहुने परमेश्वरलाई साँचो हृदयले आराधना गर्नुहुन्छ भन्ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन; उहाँ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नको लागि आउनुभएको हो भन्ने कुरालाई पनि कसैले इन्कार गर्न सक्दैन, र उहाँले परमेश्वर पितालाई जुन इमानदारीसाथ खोज्नुहुन्छ त्यस तथ्यलाई पनि कसैले इन्कार गर्न सक्दैन। उहाँको स्वरूप इन्द्रियहरूका लागि आकर्षक नभए पनि, उहाँको उपदेश असाधारण नभए पनि, र उहाँको कार्य मानिसले कल्पना गरेजस्तो पृथ्वी फोर्ने वा स्वर्ग हल्लाउने नभए पनि, उहाँ वास्तवमै ख्रीष्ट हुनुहुन्छ, जो साँचो हृदयको साथ स्वर्गमा हुनुहुने पिताको इच्छाअनुसार कार्य गर्नुहुन्छ र स्वर्गमा हुनुहुने पिताप्रति पूर्ण रूपमा समर्पित र मृत्युसम्मै समर्पित हुनुहुन्छ। यस्तो किन हुन्छ भने उहाँको सार ख्रीष्टकै सार हो। मानिसलाई यो सत्यता विश्वास गर्न कठिन हुन्छ, तर यही नै सत्य हो। जब ख्रीष्टको सेवकाइ पूर्ण रूपमा पूरा भएको हुन्छ, तब उहाँको कार्यद्वारा मानिसले के कुरालाई देख्न सक्छ भने उहाँको स्वभाव र उहाँको अस्तित्वले स्वर्गका परमेश्वरको स्वभाव र अस्तित्वलाई प्रतिनिधित्व गर्छ। त्यो समयमा, उहाँका सबै कार्यको समस्टीले उहाँ वास्तवमा देहधारी हुनुहुने वचन हुनुहुन्छ, र देह एवं रगतले बनेको मानिसजस्तो हुनुहुन्न भन्ने कुरालाई पुष्टि गर्न सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्टको सार हो
२०२. देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्नुहुने ख्रीष्टलाई परमेश्वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनकि उहाँसँग परमेश्वरको सार र छ, र उहाँमा परमेश्वरको स्वभाव छ, र उहाँमा उहाँको कामको बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्ट भन्ने, तर परमेश्वरको काम गर्न नसक्नेहरू ठगहरू हुन्। ख्रीष्ट पृथ्वीमा परमेश्वरको प्रकटीकरण मात्रै हुनुहुन्न, उहाँ त परमेश्वरले आफ्नो काम गर्दा र मानिसमाझ आफ्नो काम पूरा गर्दा धारण गर्नुहुने विशेष देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्वरको कामलाई पर्याप्त रूपमा वहन गर्न सक्ने, र परमेश्वरको स्वभावलाई व्यक्त गर्न सक्ने, अनि परमेश्वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्ने, र मानिसलाई आपूर्ति गर्न सक्ने देह हो। ढिलो वा चाँडो, ख्रीष्टको नक्कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्ट भनी दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्टको कुनै पनि सार छैन। त्यसैले म भन्छु, ख्रीष्टको प्रामाणिकतालाई मानिसले परिभाषित गर्न सक्दैन, परमेश्वर स्वयम्ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
२०३. परमेश्वरका आत्माले पहिरनुभएको देह परमेश्वरको आफ्नै देह हो। परमेश्वरका आत्मा सर्वोच्च हुनुहुन्छ; परमेश्वरका आत्मा सर्वशक्तिमान्, पवित्र र धर्मी हुनुहुन्छ। यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र र धर्मी छ। यस्तो देहले धर्मी अनि मानवजातिलाई हितकारी हुने, पवित्र, महिमित र शक्तिशाली कामकुरा मात्र गर्न सक्छ; उहाँले सत्यताको उल्लङ्घन गर्ने, नैतिकता र इन्साफको उल्लङ्घन गर्ने केही पनि गर्न सक्नुहुन्न, परमेश्वरका आत्मालाई विश्वासघात गर्ने कुरा त परै जाओस्। परमेश्वरका आत्मा पवित्र हुनुहुन्छ, र त्यसैले उहाँको देहलाई शैतानले भ्रष्ट पार्न सक्दैन; उहाँको देहको सार मानिसको देहभन्दा फरक छ। किनकि शैतानले मानिसलाई भ्रष्ट पारेको हो, परमेश्वरलाई होइन, र शैतानले परमेश्वर स्वयम्को देहलाई कदापि भ्रष्ट पार्न सकेन। यसैले मानिस र ख्रीष्ट एउटै स्थानभित्र बास गर्ने भए तापनि शैतानद्वारा ओगटिनर प्रयोग गरिन सकिने अनि शैतानका चालहरूद्वारा हानि पुग्न सक्ने त मानिस मात्र हो। यसको विपरीत, ख्रीष्ट सदैव शैतानको भ्रष्टतादेखि अभेद्य हुनुहुन्छ, किनकि शैतान कहिले पनि सबैभन्दा उच्च स्थानमा उक्लन सक्षम हुनेछैन र कहिले पनि परमेश्वरको नजिक जान सक्नेछैन। आज तिमीहरू सबैले बुझ्नुपर्छ कि मलाई विश्वासघात गर्ने भनेको शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिले मात्र हो। विश्वासघातको कुरा ख्रीष्टमा कुनै पनि हालतमा लागू हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
२०४. परमेश्वर देह बन्नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले भ्रष्ट तुल्याएको छ। मानिसको देह भ्रष्ट तुल्याइएको कारणले नै परमेश्वरले देहको मानिसलाई आफ्नो कामको पात्र बनाउनुभयो; यसका साथै, मानिस भ्रष्टताको पात्र भएकोले परमेश्वरले उसलाई नै आफ्नो मुक्तिको कार्यका सबै चरणहरूको एक मात्र पात्र बनाउनुभयो। मानिस मरणशील प्राणी हो, ऊ देह र रगतको हो र उसलाई मुक्ति दिन सक्ने परमेश्वर मात्रै हुनुहुन्छ। यसरी, आफ्नो काम गर्नको लागि परमेश्वर मानिसका जस्तै गुणहरू भएको देह बन्नुपर्छ, ताकि उहाँको कामले अझै उत्तम प्रभावहरू हासिल गर्न सकोस्। मानिस देहको हो र ऊ पापमाथि विजय प्राप्त गर्न र आफैलाई देहबाट मुक्त गर्न असक्षम छ, ठीक यही कारणले गर्दा आफ्नो काम गर्नको लागि परमेश्वर देह बन्नैपर्छ। देहधारी परमेश्वरको सार र पहिचान मानिसको सार र पहिचानभन्दा निकै फरक भए तापनि, उहाँको स्वरूप मानिसको जस्तै छ; उहाँमा सामान्य मानिसको जस्तो स्वरूप छ र उहाँले सामान्य मानिसको जीवन जिउनुहुन्छ र उहाँलाई देख्नेहरूले उहाँलाई सामान्य मानिसभन्दा फरक देख्न सक्दैनन्। यो सामान्य स्वरूप र सामान्य मानवता नै उहाँको लागि सामान्य मानवतामा आफ्नो ईश्वरीय काम गर्न पर्याप्त छन्। उहाँको देहले उहाँलाई सामान्य मानवतामा आफ्नो काम गर्न दिन्छ र मानिसको बीचमा आफ्नो काम गर्न यसैले सहायता गर्छ, यसका साथै, उहाँको सामान्य मानवताले मानिसको बीचमा मुक्तिको काम गर्न सहायता गर्छ। उहाँको सामान्य मानवताले मानिसको बीचमा निकै कोलाहल पैदा गरेको भए तापनि, त्यस किसिमको कोलाहलले उहाँको कार्यको सामान्य प्रभावहरूलाई असर गरेको छैन। छोटकरीमा, उहाँको सामान्य देहको काम मानिसको लागि निकै फाइदाजनक छ। धेरैजसो मानिसहरूले उहाँको सामान्य मानवतालाई स्वीकार नगरे तापनि, उहाँको कार्यले परिणामहरू पैदा गर्न सक्छ र उहाँको सामान्य मानवताले गर्दा नै यी परिणामहरू हासिल गरिन्छ। यसमा कुनै शङ्का छैन। देहमा उहाँले गर्ने कार्यद्वारा मानिसले उसको सामान्य मानवताबारे मानिसको बीचमा रहेका धारणाहरूभन्दा दशौं वा दर्जनौं गुणा बढी कुराहरू प्राप्त गर्छ र त्यस्ता धारणाहरू सबैलाई आखिरीमा उहाँको कार्यले निलिदिनेछ। अनि उहाँको कार्यले हासिल गरेको प्रभाव, भन्नुको अर्थ, उहाँको विषयमा मानिससँग भएको ज्ञान उहाँबारे मानिसमा भएका धारणाहरूभन्दा निकै बढी हुन्छ। देहमा उहाँले गर्नुहुने कामको कल्पना गर्ने वा नाप्ने कुनै तरिका छैन, किनभने उहाँको देह कुनै पनि देहको मानवजस्तो छैन; बाहिरी भेष समान भए पनि, सार भने समान छैन। उहाँको देहले मानिसको बीचमा परमेश्वरसम्बन्धी अनेक धारणाहरू उत्पन्न गर्छ, तैपनि उहाँको देहले मानिसलाई अझै बढी ज्ञान प्राप्त गर्न दिन्छ र त्यस्तै बाहिरी भेष भएको कुनै पनि व्यक्तिलाई विजय समेत गर्नसक्छ। किनभने उहाँ मानव मात्रै हुनुहुन्न तर मानवको बाहिरी भेष भएको परमेश्वर हुनुहुन्छ र कसैले पनि उहाँलाई पूर्ण रूपमा जान्न वा बुझ्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
२०५. मानिसलाई शैतानले भ्रष्ट तुल्याएको छ र ऊ परमेश्वरका प्राणीहरूमध्ये सबैभन्दा उच्च छ, त्यसकारण मानिसलाई परमेश्वरको मुक्तिको खाँचो छ। परमेश्वरको मुक्तिको पात्र मानिस नै हो, शैतान होइन र मुक्त गरिने भनेको मानिसको देह र मानिसको प्राण नै हो, दियाबलसहरू होइनन्। शैतान परमेश्वरको विनाशको पात्र हो, मानिस परमेश्वरको मुक्तिको पात्र हो र मानिसको देहलाई शैतानले भ्रष्ट तुल्याएको छ, त्यसकारण सुरुमा मुक्त गरिने मानिसको देह नै हुनुपर्छ। मानिसको देहलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएको छ र यो परमेश्वरलाई विरोध गर्ने कुरा बनेको छ, यति हदसम्म कि यसले खुलेआम परमेश्वरको अस्तित्वको विरोध र इन्कार समेत गर्छ। यो भ्रष्ट देह अत्यन्तै हठी छ र देहको भ्रष्ट स्वभावलाई काटछाँट वा परिवर्तन गर्नुभन्दा कठिन अरू केही छैन। बाधाहरू पैदा गर्नको लागि शैतान मानिसको देहमा आउँछ र परमेश्वरको काममा बाधा ल्याउन र परमेश्वरको योजनामा हानि गर्न यसले मानिसको देह प्रयोग गर्छ, यसरी मानिस शैतान नै बनेको छ र परमेश्वरको शत्रु बनेको छ। मानिसलाई मुक्ति दिनका लागि, उसलाई पहिले विजय गरिनैपर्छ। यही कारणले गर्दा नै परमेश्वर चुनौतीमा उठ्नुहुन्छ र आफ्नो अभिप्रायको काम गर्न र शैतानसँग लडाइँ गर्न देहमा आउनुहुन्छ। उहाँको उद्देश्य भनेको भ्रष्ट तुल्याइएको मानिसलाई मुक्ति दिनु र उहाँको विरुद्धमा विद्रोह गर्ने शैतानलाई हराउनु र नष्ट गर्नु हो। मानिसलाई विजय गर्ने आफ्नो कामद्वारा उहाँले शैतानलाई पराजित गर्नुहुन्छ, जबकि यही क्रममा उहाँले भ्रष्ट मानवजातिलाई मुक्ति दिनुहुन्छ। यसरी, यो एकै पटकमा दुईवटा उद्देश्यहरू हासिल गर्ने काम हो। मानिससँग अझै राम्ररी संलग्न हुन र मानिसलाई राम्ररी विजय गर्नको लागि उहाँले देहमा काम गर्नुहुन्छ, र देहमा बोल्नुहुन्छ र देहमा नै सबै काम लिनुहुन्छ। अन्तिम पटक परमेश्वर देह बन्नुहुँदा, आखिरी दिनहरूको उहाँको कामलाई देहमा समापन गरिनेछ। उहाँले सबै मानिसहरूलाई प्रकारअनुसार वर्गीकरण गर्नुहुनेछ, आफ्नो सम्पूर्ण व्यवस्थापनलाई समाप्त गर्नुहुनेछ र देहको उहाँको सम्पूर्ण कामलाई पनि समाप्त गर्नुहुनेछ। पृथ्वीको उहाँको सबै काम सकिएपछि, उहाँ पूर्ण रूपमा विजयी बन्नुहुनेछ। देहमा काम गर्ने क्रममा, परमेश्वरले मानवजातिलाई पूर्ण रूपमा विजय गर्नुभएको हुनेछ र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ। के यसको अर्थ उहाँको सम्पूर्ण व्यवस्थापन समाप्त भइसकेको हुनेछ भन्ने होइन र? उहाँले शैतानलाई पूर्ण रूपमा हराएपछि र विजय बन्नुभएपछि, जब परमेश्वरले देहमा आफ्नो काम समाप्त गर्नुहुन्छ, तब मानिसलाई भ्रष्ट तुल्याउने थप मौका शैतानसँग हुनेछैन। परमेश्वरको पहिलो देहधारणको काम भनेको मानिसका पापहरूको छुटकारा र क्षमा थियो। अहिले यो मानवजातिलाई विजय गर्ने र पूर्ण रूपमा प्राप्त गर्ने काम हो, ताकि शैतानसँग उप्रान्त त्यसको काम गर्ने कुनै मार्ग नहोस् र त्यो पूर्ण रूपमा हारोस् अनि परमेश्वर पूर्ण रूपमा विजय बन्नुभएको होस्। देहको काम यही नै हो र यो परमेश्वर स्वयंले गर्नुहुने काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
२०६. मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ र यसलाई सबैभन्दा गहन रूपमा अन्धा तुल्याइएको र अत्यन्तै उल्लेखनीय रूपमा हानि गरिएको छ। परमेश्वरले किन देहमा व्यक्तिगत रूपमा काम गर्नुहुन्छ सबैभन्दा आधारभूत कारण हो, उहाँको मुक्तिको पात्र मानिस नै हो, जो देहको हो र किनभने परमेश्वरको काममा बाधा दिनको लागि शैतानले पनि मानिसकै देहलाई प्रयोग गर्छ। शैतानसँगको युद्ध भनेको वास्तवमा मानिसलाई विजय गर्ने काम नै हो र यसको साथै, मानिस पनि परमेश्वरको मुक्तिको पात्र हो। यसरी, परमेश्वर उहाँको काम गर्न देहधारी बन्नु अत्यन्तै आवश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो र मानिस शैतानको मूर्तरूप बन्यो अनि परमेश्वरद्वारा हराइने पात्र बन्यो। यसरी, शैतानसँग युद्ध गर्ने र मानिसलाई मुक्ति दिने काम पृथ्वीमा हुन्छ र शैतानसँग युद्ध गर्नको लागि परमेश्वर मानव बन्नैपर्छ। यो सबैभन्दा बढी व्यवहारिकता भएको काम हो। जब परमेश्वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग युद्ध गरिरहनुभएको हुन्छ। जब उहाँले देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा आफ्नो काम गरिरहनुभएको हुन्छ र उहाँले आफ्नो सम्पूर्ण कार्यलाई पृथ्वीमा आत्मिक क्षेत्रमा वास्तविक बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति विद्रोही रहेको मानिस नै हो र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँप्रति शत्रुतामा छ र आखिरमा मुक्त गरिने पनि मानिस नै हो। यसरी, परमेश्वर सिर्जित प्राणीको बाहिरी भेष भएको मानव बन्नु अझै बढी आवश्यक छ, ताकि उहाँले शैतानसँग वास्तविक लडाइ गर्न, उहाँप्रति विद्रोही हुने र उहाँको जस्तै बाहिरी भेष भएको मानिसलाई विजय गर्न र उहाँको जस्तै बाहिरी भेष भएको र शैतानद्वारा हानी गरिएको मानिसलाई मुक्ति गर्न सक्नुभएको होस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो र उहाँको मुक्तिको पात्र मानिस हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्नैपर्छ र यसरी उहाँको काम निकै सहज बन्छ। उहाँले शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्नुहुन्छ, र त्यो भन्दा पनि बढी, उहाँ मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
२०७. परमेश्वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको प्रयोगबाट गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभएको भए, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ हुनेथियो। यदि परमेश्वरले सृजित मानिसको बाहिरी रूप धारण नगर्नुभएको भए, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन, त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छँदै छैन। केवल एक सृजित प्राणी बनेर, अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको देहको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचन मिसाउन सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई सुन्न र देख्न सक्दछ, र त्यसबाहेक, उहाँको वचन प्राप्त गर्न सक्दछ, र यसरी उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। परमेश्वर देह नबन्नुभएको भए, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो मुक्ति प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्वरका आत्माले मानवजातिमाझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजातिलाई नै ढालिनेथियो, वा, परमेश्वरको सम्पर्कमा आउने उपाय नभएर, तिनीहरूलाई शैतानले पूर्ण रूपले पक्रेर लैजानेथ्यो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
२०८. देहधारी परमेश्वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताले गर्दा मात्रै हो। परमेश्वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो र उहाँका सबै बलिदानहरू र दुःखकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्वर स्वयमको फाइदाका लागि होइनन्। परमेश्वरका लागि कुनै फाइदा र बेफाइदा वा इनाम भन्ने हुँदैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँकै थियो त्यसको कटनी गर्नुहुनेछ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्नका लागि भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर हो। देहमा परमेश्वरले गर्नुहुने काममा विभिन्न अकल्पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामका प्रभावहरू भन्दा निकै बढी हुन्छ। देहको कार्यमा धेरै कठिनाइ समावेश छन् र देहको पहिचान आत्माको पहिचान जस्तो महान् हुन सक्दैन, उहाँले आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्नुहुन्न, उहाँमा आत्माको जस्तै अख्तियार हुन सक्ने कुरा त परै जाओस्। तैपनि उहाँको यस साधारण देहले गर्ने कामको सार आत्माले प्रत्यक्ष रूपमा गर्नुहुने कामभन्दा धेरै नै श्रेष्ठ हुन्छ, र सारा मानवजातिका आवश्यकताहरूको उत्तर यही देह स्वयम् नै हुनुहुन्छ। मुक्त गरिनेहरूका लागि, आत्माको उपयोगी मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदी, तालतलैया अनि समुद्रहरूलाई समावेश गर्न सक्ने भए तापनि, देहको काम उहाँ सम्पर्कमा आउने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्बन्धित हुन्छ। यति मात्र होइन, परमेश्वरको देहको मूर्त रूपलाई मानिसले अझै राम्ररी बुझ्न र भरोसा गर्न सक्छ र यसले परमेश्वरसम्बन्धी मानिसको ज्ञानलाई अझै थप रूपमा गहन तुल्याउन सक्छ र परमेश्वरका व्यावहारिक कार्यहरूबारे मानिसमा अझै प्रगाढ छवि छोड्न सक्छ। आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीले यो भविष्यवाणी गर्न गाह्रो छ र तिनीहरूले यसलाई देख्न अझै गाह्रो छ, त्यसकारण तिनीहरू खोक्रा कल्पनाहरूको मात्रै भर पर्न सक्छन्। तैपनि, देहको काम सामान्य र व्यावहारिक हुन्छ, अनि यसमा प्रशस्त बुद्धि छ, साथै यो मानिसको भौतिक आँखाले देख्न सक्ने तथ्य हो; परमेश्वरको कामको बुद्धिलाई मानिसले व्यक्तिगत रूपमा नै अनुभव गर्न सक्छ र उसको प्रशस्त कल्पनाहरूको प्रयोग गर्ने कुनै आवश्यकता हुँदैन। देहमा परमेश्वरले गर्नुहुने कामको शुद्धता र व्यावहारिक मूल्य यही नै हो। आत्माले मानिसको लागि अदृश्य र उसलाई कल्पना गर्न कठिन हुने कुराहरू मात्रै गर्न सक्नुहुन्छ, उदाहरणको लागि आत्माको अन्तर्दृष्टि, आत्माको हलचल र आत्माको अगुवाइ, तर मन भएको मानिसको लागि, यिनले कुनै पनि स्पष्ट अर्थ प्रदान गर्दैन। तिनीहरूले स्पर्श, वा बृहत् अर्थ मात्रै प्रदान गर्न सक्छन् र शब्दहरूद्वारा निर्देशन दिन सक्दैनन्। तैपनि, देहमा परमेश्वरले गर्नुहुने कार्य निकै फरक छ: यसमा शब्दहरूको यथार्थ निर्देशन संलग्न हुन्छ, र यसका स्पष्ट अभिप्राय हुन्छन्, र यसका स्पष्ट आवश्यक उद्देश्यहरू हुन्छन्। त्यसकारण मानिसले छामछुम गरिहिँड्नु वा आफ्नो कल्पनाको प्रयोग गर्नु आवश्यक हुँदैन, अनुमानहरू गर्नुपर्ने त परै जाओस्। देहको कामको स्पष्टता यही हो र यो आत्माको कामभन्दा निकै फरक छ। सीमित क्षेत्रको लागि मात्रै आत्माको काम उपयुक्त हुन्छ र यसले देहको कामलाई प्रतिस्थापन गर्न सक्दैन। देहको कार्यले मानिसलाई आत्माको कार्यले भन्दा धेरै यथार्थ र आवश्यक लक्ष्यहरू र अझै व्यावहारिक, बहुमूल्य ज्ञान दिन्छ। भ्रष्ट मानिसको लागि सबैभन्दा मूल्यवान् काम भनेको त्यही हो जुन कामले सटीक शब्दहरू, पछ्याउनको लागि स्पष्ट लक्ष्यहरू प्रदान गर्न सक्छ, जसलाई देख्न र छुन सकिन्छ। मानिसको स्वादको लागि वास्तविक काम र समयअनुसारको अगुवाइ मात्रै उपयुक्त छन् र व्यावहारिक कार्यले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्छ। यसलाई देहधारी परमेश्वरले मात्रै हासिल गर्न सक्नुहुन्छ; देहधारी परमेश्वरले मात्रै मानिसलाई उसको पुरानो भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्नुहुन्छ। आत्मा परमेश्वरको अन्तर्निहित सार भए तापनि, यस प्रकारको कामलाई उहाँको देहले मात्र गर्न सक्नुहुन्छ। यदि आत्माले एकलै काम गर्नुभयो भने, उहाँको काम प्रभावकारी हुनु सम्भव हुनेथिएन—यो स्पष्ट सत्यता हो। यो देहको कारण धेरैजसो मानिसहरू परमेश्वरका शत्रुहरू बनेका भए पनि, जब उहाँले आफ्नो काम समाप्त गर्नुहुन्छ, तब उहाँका विरुद्धमा हुनेहरू उहाँका शत्रुहरू बन्न छोडेका मात्र हुनेछैनन्, तर यसको विपरीत तिनीहरू उहाँका साक्षीहरू बन्नेछन्। तिनीहरू उहाँले विजय गर्नुभएका गवाहीहरू, उहाँको लागि अनुकूल र उहाँबाट अलग गर्न नसकिने गवाहीहरू बन्नेछन्। उहाँले मानिसलाई मानिसको निम्ति देहमा उहाँको कार्यको महत्त्वलाई जान्ने तुल्याउनुहुन्छ र मानिसको अस्तित्वको लागि मानिसले उहाँको देहको महत्त्व थाहा पाउनेछ, मानिसको जीवन वृद्धिका सम्बन्धमा उहाँको व्यावहारिक मूल्य थाहा पाउनेछ, यति मात्र होइन, यो देह जीवनको जीवित मूल बन्नेछ जसबाट मानिस अलग हुन सक्दैन भन्ने पनि जान्नुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
२०९. परमेश्वरको देहधारी शरीर उहाँको पहिचान र स्थानसँग मिल्दै नमिल्ने र मानिसको लागि यो उहाँको वास्तविक स्थितिसँग अमेल देखिने भए तापनि, परमेश्वरको साँचो स्वरूप वा उहाँको साँचो पहिचान नभएको यो देहले त्यो काम गर्न सक्नुहुन्छ जुन काम गर्न उहाँका आत्मा असमर्थ छ। परमेश्वरको देहधारणको साँचो महत्त्व र मूल्य यही हो, र मानिसले कदर गर्न र स्वीकार गर्न नसक्ने भनेको यही महत्त्व र मूल्य नै हो। सबै मानवजातिले परमेश्वरका आत्मालाई आदरका साथ हेर्ने र परमेश्वरको देहलाई हेलाको साथ हेर्ने भए तापनि, तिनीहरूले जसरी हेरे पनि वा विचार गरे पनि, देहको व्यावहारिक महत्त्व र मूल्य आत्माको भन्दा बढी नै छ। अवश्य नै, यो भ्रष्ट मानिसको लागि मात्रै हो। सत्यताको खोजी गर्ने र परमेश्वरको देखा पराइको तृष्णा गर्ने हरेकको सन्दर्भमा, आत्माको कामले स्पर्श वा प्रेरणा अनि यो काम अवर्णनीय र अकल्पनीय छ भन्ने आश्चर्यको आभास अनि यो महान्, श्रेष्ठ र प्रशंसनीय छ, तैपनि सबैको लागि यो प्राप्त गर्न र भेट्टाउन नसकिने छ भन्ने भाव मात्रै दिन सक्छ। मानिस र परमेश्वरका आत्माले एकअर्कालाई टाढाबाट मात्रै हेर्न सक्नुहुन्छ, मानौं उहाँहरूको बीचमा ठूलो दूरी छ र उहाँहरू कहिल्यै उस्तै बन्न सक्नुहुन्न मानौं मानिस र परमेश्वरलाई अदृश्य पर्खालले अलग गरेको छ। वास्तवमा, यो आत्माले मानिसलाई दिनुभएको एउटा भ्रम मात्रै हो, किनभने आत्मा र मानिस उस्तै प्रकारको हुनुहुन्न र उहाँहरू एउटै संसारमा सँगै अस्तित्वमा कहिल्यै रहन सक्नुहुन्न, किनभने आत्मामा मानिसको केही पनि छैन। त्यसकारण मानिसलाई आत्माको खाँचो छैन, किनभने मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने काम आत्माले प्रत्यक्ष रूपमा गर्न सक्नुहुन्न। देहको कामले मानिसलाई पछ्याउनको लागि व्यावहारिक उद्देश्यहरू, स्पष्ट शब्दहरू र उहाँ व्यावहारिक र सामान्य हुनुहुन्छ, उहाँ नम्र र साधारण हुनुहुन्छ भन्ने आभास दिन्छ। मानिस उहाँदेखि डराउने भए तापनि, धेरैजसो मानिसहरूका लागि उहाँ सजिलै सम्बन्ध जोड्न सकिने हुनुहुन्छ: मानिसले उहाँको मुहारलाई हेर्न सक्छन् र उहाँको आवाजलाई सुन्न सक्छन् र उसले उहाँलाई टाढाबाट हेर्नुपर्दैन। यो देह मानिसको पहुँचमा हुनुहुन्छ भन्ने आभास हुन्छ, टाढा र बुझ्न नसकिने होइन, तर देख्न सकिने र छुन सकिने हुनुहुन्छ, किनभने यो देह मानिसकै संसारमा हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
२१०. अहिले मानिसले देहधारी परमेश्वरको काम वास्तवमै असाधारण छ, र यसमा मानिसले प्राप्त गर्न नसक्ने, र रहस्य र अचम्मका कुराहरू धेरै छन् भन्ने देख्न सक्छ। त्यसैकारण धेरै जना अधीनमा बसेका छन्। कोही-कोही तिनीहरूका जन्मदेखि नै कहिल्यै कसैको अधीनमा बसेका छैनन्, तापनि तिनीहरूले आजको दिनमा परमेश्वरका वचनहरू देख्दा तिनीहरूले थाहै नपाई तिनीहरू अधीनमा बसेका हुन्छन्, अनि तिनीहरू जाँच्ने वा अरू कुनै कुरा गर्ने आँट गर्दैनन्। मानवता वचनको अधीनमा परेको छ र वचनको न्यायको मुनि लम्पसार परेको छ। यदि परमेश्वरका आत्माले मानिससँग सीधै बोल्नुहुन्थ्यो भने मानवजाति सबै त्यो आवाजको अधीनमा बस्नेथिए, अनि जसरी पावल दमस्कसको बाटोको ज्योतिले गर्दा भुइँमा लडेका थिए त्यसरी नै तिनीहरू प्रकाशको वचनविना नै लड्नेथिए। यदि परमेश्वरले यस प्रकारले काम गरिरहनुभएको भए, मानिसले कहिल्यै पनि वचनको न्यायद्वारा आफ्नो भ्रष्टतालाई जान्न र त्यसबाट मुक्ति प्राप्त गर्न सक्दैनथियो। केवल देहधारी हुनुभएर मात्र परमेश्वरले हरेक मानवका कानमा उहाँका वचनहरू व्यक्तिगत रूपमा पुर्याउन सक्नुहुन्छ, यसरी जसको कान छ ती सबैले उहाँको वचन सुन्न र वचनद्वारा न्यायको कामलाई स्वीकार गर्न सक्छन्। यसरी मात्र उहाँको वचनमार्फत नतिजा हासिल हुन्छ, आत्मा देखा पर्नुभई मानिसलाई समर्पित हुन त्रसित तुल्याएर होइन। परमेश्वरको यही व्यावहारिक तर असाधारण काममार्फत मात्रै मानिसभित्र धेरै वर्षदेखि लुकेको उसको पुरानो स्वभावलाई पूर्ण रूपमा खुलासा गर्न सकिन्छ, यसरी मानिसले त्यसलाई चिन्न र परिवर्तन गर्न सक्दछ। यी सबै देहधारी परमेश्वरका व्यावहारिक कामहरू हुन्, जसमा व्यावहारिक रूपमा बोलेर अनि न्याय कार्यान्वयन गरेर उहाँले वचनद्वारा मानिसमा न्यायको परिणाम प्राप्त गर्नुहुन्छ। देहधारी परमेश्वरको अख्तियार र परमेश्वरको देहधारणको महत्त्व यही हो। यो देहधारी परमेश्वरको अधिकार जनाउन, वचनको कामले हासिल गरेका परिणामहरू जनाउन र आत्मा देहमा आउनुभएको छ भनी बताउन र वचनद्वारा मानिसको न्याय गरी उहाँको अधिकार प्रदर्शन गर्नका निम्ति गरिन्छ। उहाँको देह एक साधारण र सामान्य मानवताको बाहिरी रूप भए पनि उहाँका वचनहरूले प्राप्त गरेका परिणामहरूले मानिसलाई उहाँ अख्तियारले पूर्ण हुनुहुन्छ, उहाँ स्वयम् परमेश्वर हुनुहुन्छ र उहाँका वचनहरू स्वयम् परमेश्वरका अभिव्यक्ति हुन् भनी देखाउँछ। यस माध्यमद्वारा सबै मानवजातिलाई उहाँ स्वयम् परमेश्वर हुनुहुन्छ, उहाँ देह बन्नुभएका परमेश्वर हुनुहुन्छ, उहाँलाई कसैले उल्लङ्घन गर्नु हुँदैन, र अनि कसैले पनि वचनद्वारा गरिने उहाँको न्यायलाई उछिन्न सक्दैन, अन्धकारको कुनै शक्ति उहाँको अख्तियारमाथि विजयी हुन सक्दैन भनी देखाइन्छ। मानिसको उहाँप्रतिको समर्पण सबै उहाँ देहमा देखा पर्नुहुने वचन हुनुभएका कारण, सबै उहाँको अख्तियारका कारण र वचनद्वारा उहाँले गर्नुहुने न्यायका कारणले गर्दा हो। उहाँको देहधारी देहद्वारा ल्याइएको काम उहाँसित भएको अख्तियार हो। शरीरले पनि अख्तियार प्राप्त गर्न सकोस् भनेर उहाँ देह बन्नुभएको हो, र उहाँ मानिसले देख्न र अनुभव गर्न सक्ने गरी मानिसमा व्यावहारिक ढङ्गले काम गर्न सक्षम हुनुहुन्छ। यो काम परमेश्वरका आत्माले सिधै गरेको कामभन्दा धेरै व्यावहारिक हुन्छ, जोसँग सबै अधिकार छ, र यसका परिणामहरू पनि स्पष्ट हुन्छन्। किनकि देहधारी परमेश्वर व्यावहारिक रूपमा बोल्न र काम गर्न सक्नुहुन्छ। उहाँको देहको बाहिरी रूपको कुनै अख्तियार हुँदैन, र मानिस त्यसको नजिक जान सक्छ, जबकी उहाँको सारले अख्तियार बोक्दछ, तर उहाँको अख्तियारलाई कसैले पनि देख्न सक्दैन। जब उहाँ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसले उहाँको अख्तियारको अस्तित्व पत्ता लगाउन सक्दैन; यसले उहाँलाई उहाँको प्राकृतिक काम गर्न सहयोग पुर्याउँछ। यो सबै व्यावहारिक कार्यले परिणामहरू प्राप्त गर्न सक्छ। कुनै मानिसले उहाँमा अधिकार छ भन्ने महसुस नगरे पनि, वा उहाँलाई दुःखी बनाउनु हुँदैन भनी नबुझे पनि, वा उहाँको क्रोध नदेखे पनि, उहाँले उहाँको गुप्त अख्तियार, उहाँको लुकेको क्रोध र उहाँले खुल्लमखुल्ला बोल्नुहुने वचनबाट आफ्ना वचनहरूद्वारा आफूले चाहनुभएको परिणाम प्राप्त गर्नुहुन्छ। अर्को शब्दमा, उहाँको आवाजको सुर, उहाँको बोलीको कठोरता, र उहाँको वचनका सबै बुद्धिद्वारा मानिस पूर्ण रूपले विश्वस्त हुन्छ। यस प्रकारले, मानिस देहधारी परमेश्वरको अधीनमा बस्छ, जसको कुनै अधिकार छैन जस्तो देखिन्छ, यसरी मानिसलाई बचाउने परमेश्वरको उद्देश्य पूरा हुन्छ। यो उहाँको देहधारणको महत्त्वको अर्को पक्ष हो: अझ बढी व्यावहारिक तरिकामा बोल्नु र उहाँको वचनको वास्तविकतालाई मानिसमा प्रभाव पार्ने तुल्याउनु, यसैले कि मानिसले परमेश्वरको वचनको शक्तिलाई देख्न सकोस्। त्यसकारण, यदि देहधारणको माध्यमद्वारा यो काम गरिएको थिएन भने, त्यसले थोरै परिणामहरू पनि प्राप्त गर्न सक्दैनथियो र पापी मानिसहरूलाई पूर्ण रूपमा मुक्ति दिन सक्ने थिएन। यदि परमेश्वर देह नबन्नुभएको भए उहाँ आत्मा नै रहनुहुने थियो, जो मानिसका निम्ति अदृश्य र अनुभव गर्न नसकिने दुवै हुनेथियो। मानिस शारीरिक प्राणी भएकोले ऊ र परमेश्वर दुई फरक संसारका हुनुहुन्छ र जसका विभिन्न प्रकृतिहरू छन्। मानिस देह भएकोले परमेश्वरका आत्मा ऊसित सँगै रहन सक्दैन, र तिनको बीचमा सम्बन्ध स्थापित गर्ने कुनै उपाय छैन, अनि मानिस आत्मामा परिवर्तन हुनु त झन् हुनै नसक्ने कुरा हो। यस्तो भएकोले, आफ्नो मूल कार्य गर्नको लागि परमेश्वरका आत्मा सृष्टि गरिएको प्राणी हुनु नै पर्दछ। परमेश्वर उच्च स्थानमा चढ्न र मानव प्राणी बन्नका निम्ति आफूलाई नम्र तुल्याउन, दुवै कार्य गर्न सक्ने हुनुहुन्छ, यसरी उहाँले मानवजातिका माझमा काम गर्न र तिनीहरूका बीचमा रहन सक्नुहुन्छ, तर मानिस उच्च स्थानमा उक्लिन र आत्मा बन्न सक्दैन, र ऊ तल्लो स्थानमा त झनै ओर्लन सक्दैन। यसैले गर्दा परमेश्वर आफ्नो काम पूरा गर्न देह बन्नुपर्छ। यसरी नै, पहिलो देहधारणको अवधिमा देहधारी परमेश्वरको शरीरले मात्रै उहाँको क्रूसीकरणद्वारा मानिसलाई छुटकारा दिन सक्यो, नत्र भने परमेश्वरका आत्मा मानिसको पापबलिको रूपमा क्रूसमा टाँगिने कुनै उपाय हुनेथिएन। परमेश्वर मानिसको पापबलि हुनका निम्ति सीधै मानिस बन्न सक्नुहुन्थ्यो, तर मानिस परमेश्वरले उसको निम्ति तयार पार्नुभएको पापबलि बोकेर सीधै स्वर्गमा उक्लिन सक्दैनथ्यो। यस्तो भएकोले, परमेश्वरलाई स्वर्ग र पृथ्वीको बीचमा केही पल्ट आउने र जाने गर्न लाउनु मात्र सम्भव हुन्थ्यो, मानिसलाई मुक्ति पाउनका निम्ति स्वर्गमा उक्लिन लगाउनु सम्भव भएन, किनकि मानिस पतित भएको थियो, साथै मानिस यसै पनि स्वर्गमा उक्लिन सक्दैन, झन् पापबलि प्राप्त गर्न सक्नु त कुरै नगरौं। त्यसकारण, येशू मानवजातिको बीचमा आउनु र कुनै मानिसले गर्न नसक्ने काम व्यक्तिगत रूपमा गर्नु आवश्यक थियो। हरेक चोटि परमेश्वर अति आवश्यक परेकोले गर्दा मात्रै मानिस बन्नुहुन्छ। यदि कुनै पनि चरणहरू प्रत्यक्ष रूपमा परमेश्वरका आत्माद्वारा पूरा गर्न सकिन्थ्यो भने उहाँ देहधारी हुने अपमानजनक कार्यमा समर्पित बन्नुहुने थिएन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
२११. मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामका लागि, देहमा हुनुहुने परमेश्वर जत्तिको उपयुक्त र योग्य अरू कोही पनि छैन। यदि परमेश्वरका आत्माले सीधै न्याय गर्नुभएको भए, यो सर्व-समावेशी हुनेथिएन, र, त्यसमाथि, मानिसलाई यो स्वीकार गर्न कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्नुहुन्न। यसकै कारण मात्रै, प्रभावहरू तात्कालिक हुनेथिएनन्, मानिसले परमेश्वरको उल्लङ्घन गर्न नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्न त झनै सक्नेथिएन। देहमा हुनुहुने परमेश्वरले मानवजातिको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतानलाई पूर्ण रूपमा हराउन सकिन्छ। देहमा हुनुहुने परमेश्वर पनि सामान्य मानवता भएको व्यक्ति हुनुहुन्छ, र उहाँले मानिसको अधार्मिकतालाई सीधै न्याय गर्न सक्नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको विशिष्टताको चिन्ह हो। मानिसलाई न्याय गर्नका लागि परमेश्वर मात्रै योग्य, र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँसँग सत्यता र धार्मिकता छ, र त्यसैले उहाँ मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यताविहीन र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्वरका आत्माले गर्नुभएको भए, यसको अर्थ शैतानमाथिको विजय हो भन्ने हुनेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्च हुनुहुन्छ र परमेश्वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले सीधै गर्नुभएको भए, उहाँले मानिसका सारा विद्रोहीपनलाई न्याय गर्न र मानिसको सबै अधार्मिकतालाई प्रकाश गर्न सक्नुहुनेथिएन। किनभने न्यायको काम परमेश्वरबारे मानिसका धारणाहरूमार्फत पनि गरिन्छ र मानिससँग आत्माबारे कुनै धारणा कहिल्यै रहेको छैन, त्यसकारण आत्माले मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकाश गर्न सक्नुहुन्न, झन् त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्न त झनै असक्षम हुनुहुन्छ। देहधारी परमेश्वर उहाँलाई नचिन्नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँप्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा विद्रोहीपनलाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माको कामका भन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय सीधै आत्माले गर्नुहुन्न बरु यो देहधारी परमेश्वरको काम हो। देहमा हुनुहुने परमेश्वरलाई मानिसले देख्न र छुन सक्छ, र देहमा हुनुहुने परमेश्वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्नुहुन्छ। मानिस देहमा हुनुहुने परमेश्वरको विरोध गर्नेबाट उहाँमा समर्पित हुन, उहाँलाई सताउनबाट उहाँलाई स्विकार्न, उहाँबारे धारणाहरू हुनबाट उहाँलाई चिन्न, र उहाँलाई इन्कार्नबाट उहाँलाई प्रेम गर्नमा उन्नत हुन्छ—यी देहधारी परमेश्वरको कामका प्रभावहरू हुन्। उहाँको न्यायलाई स्वीकार गरेर मात्रै मानिस मुक्त हुन सक्छ, उहाँको मुखका वचनहरूद्वारा मात्रै मानिसले बिस्तारै उहाँलाई चिन्दै जान्छ, उहाँप्रतिको उसको विरोधको अवधिमा उहाँले मानिसलाई विजय गर्नुहुन्छ र उहाँको सजायको स्वीकारको अवधिमा उसले उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यी सबै काम देहमा हुनुहुने परमेश्वरको काम हो र आत्माको रूपमा आफ्ना पहिचानमा हुनुभएका परमेश्वरको काम होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
२१२. जब परमेश्वर अझै देहधारी भइसक्नुभएको थिएन, त्यो बेला उहाँले भन्नुभएको अधिकांश कुरा मानिसहरूले बुझेनन्, किनकि उहाँका वचनहरू पूर्ण ईश्वरत्वबाट आएका थिए। उहाँले भन्नुभएको कुराको दृष्टिकोण र सन्दर्भ मानवजातिको लागि अदृश्य र अगम्य थियो यो आत्मिक क्षेत्रबाट व्यक्त गरिएको थियो जसलाई मानिसहरूले देख्न सक्दैनथे। देहमा जिउने मानिसहरू आत्मिक क्षेत्रबाट भएर जान सक्दैनथिए। तर परमेश्वर देह बनिसक्नुभएपछि उहाँले मानवजातिको दृष्टिकोणबाट बोल्नुभयो, अनि उहाँ आत्मिक क्षेत्रको सीमादेखि बाहिर आउनुभयो र त्यसलाई नाघ्नुभयो। मानवजातिले परमेश्वरलाई बुझ्न र चिन्न सकून्, उहाँका चाहनाहरू तथा उहाँको अपेक्षित स्तरहरूलाई तिनीहरूको क्षमताको सीमाभित्र तथा तिनीहरूले सक्ने स्तरसम्म आत्मसात् गर्न सकून् भनेर आफ्नो ईश्वरीय स्वभाव, अभिप्राय तथा मनोवृत्तिलाई मानवले कल्पना गर्न सक्ने कुराहरू, तिनीहरूले आफ्नो जीवनमा देखेका तथा सामना गरेका कुराहरूद्वारा अनि मानिसहरूले स्वीकार गर्न सक्ने विधिहरू प्रयोग गरेर तिनीहरूले बुझ्न सक्ने ज्ञानद्वारा व्यक्त गर्न सक्नुभयो। मानवजातिमा उहाँको कामको विधि तथा सिद्धान्त यही नै थियो। देहमा काम गर्ने परमेश्वरका धेरैजसो तरिका तथा उहाँका सिद्धान्तहरू मानवताको माध्यमले वा मानवताद्वारा हासिल गरिएको भए तापनि, यसले प्रत्यक्ष रूपमा ईश्वरत्वद्वारा काम गरेर हासिल गर्न नसकिने परिणामहरू हासिल गर्न सक्यो। परमेश्वरले मानवत्वद्वारा गर्नुभएको काम अझै बढी ठोस, विशुद्ध तथा लक्षित थियो, विधिहरू अझ धेरै लचकदार थिए, अनि यो व्यवस्थाको युगमा सम्पन्न गरिएको कामलाई नाघ्ने किसिमको थियो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
२१३. देहमा परमेश्वरको आगमनको प्राथमिक अर्थ मानिसहरूलाई परमेश्वरका व्यावहारिक कामहरू देख्न सक्षम तुल्याउनु, निराकार आत्मालाई देहको रूपमा आकार दिनु, र मानिसहरूलाई उहाँलाई हेर्न र छुन दिनु हो। यसरी, उहाँद्वारा सिद्ध बनाइएका मानिसहरूले उहाँले चाहनुभएअनुसार जिउनेछन्, तिनीहरू उहाँद्वारा हासिल गरिनेछन्, र उहाँका अभिप्रायहरूअनुसारका मानिसहरू बन्नेछन्। यदि परमेश्वर स्वर्गमा मात्र बोल्नुहुन्थ्यो र पृथ्वीमा साँच्चिकै नआउनुभएको भए, मानिसहरूले परमेश्वरलाई अझै चिन्न सक्ने थिएनन्; तिनीहरूले खोक्रो सिद्धान्त प्रयोग गरी परमेश्वरका कामहरूको विषयमा प्रचार गर्न मात्र सक्षम हुनेथिए र परमेश्वरका वचनहरूलाई वास्तविकताको रूपमा प्राप्त गर्ने थिएनन्। मुख्यगरी, जसलाई उहाँले हासिल गर्नु छ ती मानिसहरूका निम्ति उदाहरण र नमुनाको रूपमा कार्य गर्न परमेश्वर यस पृथ्वीमा आउनुभएको हो; यसरी मात्र मानिसहरूले वास्तवमा परमेश्वरलाई चिन्न सक्छन्, परमेश्वरलाई छुन सक्छन्, र उहाँलाई हेर्न सक्छन्, र तब मात्र तिनीहरू साँच्चिकै परमेश्वरद्वारा हासिल हुन सक्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। व्यावहारिक परमेश्वर स्वयम् परमेश्वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ
२१४. परमेश्वरले आफैलाई एउटा निश्चित बिन्दुसम्म विनम्र तुल्याउनु हुँदा मात्र, भन्नुको मतलब, परमेश्वर देह बन्नुहुँदा मात्र, मानिस उहाँसँग घनिष्ठ र विश्वासपात्र हुन सक्छ। परमेश्वर आत्मा हुनुहुन्छ: मानिसहरू कसरी यस आत्मासँग घनिष्ठ हुन योग्य हुन सक्छन् जो यति उच्च र बुझ्न नसकिने हुनुहुन्छ? जब परमेश्वरका आत्मा देहमा अवतरण गर्नुहुन्छ, र बाहिरी स्वरूपमा मानिसजस्तै सृजित प्राणी बन्नुहुन्छ, तब मात्र मानिसहरूले उहाँका अभिप्राय बुझ्न सक्छन् र व्यावहारिक रूपमा उहाँद्वारा प्राप्त गरिन सक्छन्। उहाँ देहमा बोल्नुहुन्छ र कार्य गर्नुहुन्छ, मानिस जातिको सुख, दुःख, र सङ्कष्टहरू सँगै अनुभव गर्नुहुन्छ, मानवजाति कै संसारमा जिउनुहुन्छ, मानवजातिको सुरक्षा गर्नुहुन्छ, र तिनीहरूलाई मार्गदर्शन गर्नुहुन्छ, र यसद्वारा उहाँले मानिसहरूलाई शुद्ध पार्नुहुन्छ र तिनीहरूलाई उहाँको मुक्ति र उहाँको आशिष् प्राप्त गर्न दिनुहुन्छ। जब मानिसहरूले यी कुराहरू प्राप्त गरेर साँच्चै परमेश्वरका अभिप्राय बुझ्छन्, तब मात्र तिनीहरू परमेश्वरसँग घनिष्ठ हुन सक्नेछन्। केवल यो व्यावहारिक छ। यदि परमेश्वर मानिसहरूको निम्ति अदृश्य र अमूर्त हुनुभएको भए, तिनीहरू कसरी उहाँसँग घनिष्ठ हुन सक्थे होलान्? के यो खोक्रो सिद्धान्त होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्
२१५. देहमा जिउने सबैका लागि, तिनीहरूको स्वभावलाई परिवर्तन गर्न लक्ष्यहरूको पछि लाग्न आवश्यकता पर्छ र परमेश्वरलाई चिन्नको लागि परमेश्वरका व्यावहारिक कार्यहरू र वास्तविक मुहारलाई हेर्नु आवश्यक हुन्छ। यी दुवै कुरा परमेश्वरको देहधारी शरीरले मात्रै हासिल गर्न सक्नुहुन्छ र यी दुवै कुरा सामान्य र ठोस देहले मात्रै पूरा गर्न सक्नुहुन्छ। यही कारणले देहधारण अत्यावश्यक छ र यसै कारणले सारा भ्रष्ट मानवजातिलाई यसको खाँचो छ। मानिसहरूले परमेश्वरलाई जान्नु आवश्यक भएकोले, तिनीहरूका हृदयबाट अस्पष्ट र अलौकिक ईश्वरहरूका स्वरूपहरूलाई हटाइनैपर्छ अनि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावलाई त्याग्नु आवश्यक भएकोले, तिनीहरूले सुरुमा आफ्ना भ्रष्ट स्वभावलाई चिन्नैपर्छ। यदि मानिसले मानिसहरूका हृदयबाट अस्पष्ट ईश्वरहरूका स्वरूपहरूलाई हटाउने काम मात्रै गऱ्यो भने, ऊ इच्छित प्रभाव हासिल गर्न असफल हुनेछ। मानिसहरूको हृदयमा भएको अस्पष्ट ईश्वरहरूका स्वरूपहरूलाई वचनहरूले मात्रै खुलासा गर्न, हटाउन वा पूर्ण रूपमा निकाल्न सक्दैन। यसो गर्ने क्रममा, आखिरमा अझै मानिसहरूका हृदयबाट जरा गाडेर बसेका यी कुराहरूलाई हटाउन सम्भव हुनेछैन। यी अस्पष्ट र अलौकिक कुराहरूलाई व्यवहारिक परमेश्वर र परमेश्वरको साँचो स्वरूपले प्रतिस्थापन गरेर अनि मानिसहरूलाई बिस्तारै ती चिनाएर मात्रै, उचित प्रभाव हासिल गर्न सकिन्छ। विगतमा उसले खोजेको परमेश्वर अस्पष्ट र अलौकिक छ भन्ने कुरालाई मानिसले पहिचान गर्छ। यो प्रभाव हासिल गर्न सक्ने आत्माको प्रत्यक्ष नेतृत्व होइन, निश्चित व्यक्तिका शिक्षाहरूको त कुरै छाडौं, तर यो त देहधारी परमेश्वर नै हुनुहुन्छ। जब देहधारी परमेश्वरले आधिकारिक रूपमा आफ्नो काम गर्नुहुन्छ तब मानिसका धारणाहरूलाई उदाङ्गो पारिन्छ, किनभने देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता नै मानिसको कल्पनामा भएको अस्पष्ट र अलौकिक ईश्वरलाई हटाउने प्रतिपक्ष हो। मानिसको मूल धारणाहरूलाई देहधारी परमेश्वरको विरुद्धमा तुलना गरियो भने मात्रै खुलासा गर्न सकिन्छ। देहधारी परमेश्वरसँगको तुलनाविना, मानिसका धारणाहरूलाई खुलासा गर्न सकिँदैन; अर्को शब्दमा भन्दा, प्रतिभारको रूपमा रहेको व्यावहारिकताबिना, अस्पष्ट कुराहरूलाई प्रकट गर्न सकिँदैन। यो कार्य गर्नको लागि वचनहरूको प्रयोग गर्न सक्ने कोही छैन र वचनहरूको प्रयोग गरी यो स्पष्ट पार्न सक्ने कोही पनि छैन। परमेश्वर आफ्नो काम आफै गर्न सक्नुहुन्छ, र अरू कसैले पनि उहाँको तर्फबाट यो काम गर्न सक्दैन। मानिसको भाषा जति नै सम्पन्न भए तापनि, परमेश्वरको व्यावहारिकता र सामान्यतालाई स्पष्ट रूपमा व्यक्त गर्न ऊ सक्षम छैन। यदि परमेश्वरले व्यक्तिगत रूपमा मानिसको बीचमा काम गर्नुभयो र आफ्नो स्वरूप र आफ्नो अस्तित्वलाई पूर्ण रूपमा देखाउनुभयो भने मात्रै, मानिसले अझै व्यवहारिक रूपमा परमेश्वरलाई चिन्न सक्छ र उहाँलाई अझै स्पष्ट रूपमा चिन्न सक्छ। यो प्रभावलाई देहका कुनै पनि मानिसले हासिल गर्न सक्दैन। अवश्य नै, यो प्रभाव हासिल गर्न परमेश्वरका आत्मा असमर्थ हुनुहुन्छ। परमेश्वरले भ्रष्ट मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्नुहुन्छ, तर यो काम परमेश्वरका आत्माले प्रत्यक्ष रूपमा पूरा गर्न सक्नुहुन्न; बरु, यो त परमेश्वरका आत्माले धारण गर्नुहुने देहले, अर्थात् परमेश्वरको देहधारी शरीरले मात्रै पूरा गर्न सक्नुहुन्छ। यो देह मानिस हुनुहुन्छ र परमेश्वर पनि हुनुहुन्छ, उहाँ सामान्य मानवता भएको मानिस अनि पूर्ण ईश्वरीयता भएको परमेश्वर पनि हुनुहुन्छ। त्यसकारण, यो देह परमेश्वरका आत्मा नहुनुभए पनि र आत्माभन्दा निकै फरक हुनुभए पनि, उहाँ मानिसलाई मुक्ति दिनुहुने देहधारी परमेश्वर स्वयम् नै हुनुहुन्छ, जो आत्मा हुनुहुन्छ र देह पनि हुनुहुन्छ। उहाँलाई जे भनेर बोलाइए तापनि, आखिरमा मानवजातिलाई मुक्ति दिनुहुने परमेश्वर स्वयम् नै हुनुहुन्छ। किनकि परमेश्वरका आत्मा देहबाट अविभाज्य हुनुहुन्छ र देहको काम परमेश्वरका आत्माको काम पनि हो; यति मात्रै हो कि यो काम आत्माको पहिचान प्रयोग गरेर गरिँदैन, बरु देहको पहिचान प्रयोग गरेर गरिन्छ। आत्माले प्रत्यक्ष रूपमा गर्नुपर्ने कामका लागि देहधारणको आवश्यकता पर्दैन र देहले गर्नपर्ने काम आत्माले प्रत्यक्ष रूपमा गर्न सक्नुहुन्न र देहधारी परमेश्वरले मात्रै यो गर्न सक्नुहुन्छ। यो कामका लागि आवश्यक पर्ने कुरा यही हो र भ्रष्ट मानवजातिलाई आवश्यक पर्ने कुरा यही नै हो। परमेश्वरको कामका तीन चरणहरूमा, एउटै चरण मात्रै पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो र बाँकी दुई वटा चरणहरू प्रत्यक्ष रूपमा आत्माले नभई देहधारी परमेश्वरले गर्नुहुन्छ। आत्माले गर्नुभएको व्यवस्थाको युगको काममा मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गर्ने कार्य संलग्न थिएन, न त परमेश्वरसम्बन्धी मानिसको ज्ञानसँग नै यसको कुनै सम्बन्ध थियो। तर, अनुग्रहको युग र राज्यको युगको परमेश्वरको देहको काममा मानिसको भ्रष्ट स्वभाव र परमेश्वरसम्बन्धी उसको ज्ञान संलग्न हुन्छ र यो मुक्तिको कामको महत्त्वपूर्ण र निर्णायक भाग हो। त्यसकारण, भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचो छ र देहधारी परमेश्वरको प्रत्यक्ष कामको अझै बढी खाँचो छ। उसलाई रखवारी गर्न, उसलाई सहयोग गर्न, उसलाई मलजल गर्न, उसलाई खुवाउन, उसलाई न्याय गर्न र सजाय दिनका लागि मानवजातिलाई देहधारी परमेश्वर चाहिन्छ र देहधारी परमेश्वरबाट उसलाई अझै बढी अनुग्रह र अझै बढी छुटकाराको खाँचो छ। देहमा हुनुहुने परमेश्वर मात्रै मानिसको विश्वासपात्र, मानिसको गोठालो, सधैँ उपलब्ध हुने सहयोग हुन सक्नुहुन्छ र आज र विगतको समय दुवैमा देहधारणको आवश्यकता यी सबै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
२१६. परमेश्वर पृथ्वीमा मानिसको बीचमा आफ्नो काम गर्न, आफैलाई मानिसकहाँ व्यक्तिगत रूपले प्रकट गर्न र मानिसलाई उहाँलाई हेर्ने मौका दिन आउनुभयो; के यो सानो विषय हो? यो वास्तवमा सरल छैन! यो कुरा मानिसले सोचेजस्तो होइन: मानिसले उहाँलाई हेर्न सकोस्, मानिसले परमेश्वर व्यावहारिक हुनुहुन्छ, अस्पष्ट वा खोक्रो हुनुहुन्न र परमेश्वर उच्च हुनुहुन्छ, तर नम्र पनि हुनुहुन्छ भन्ने जानोस् भनी परमेश्वर आउनुभएको छ। के यो त्यत्ति सरल हुन सक्छ? शैतानले मानिसको शरीरलाई भ्रष्ट पारेको छ र परमेश्वरले मुक्ति दिने अभिप्राय राख्नुभएको मानिस नै हो, त्यसकारण शैतानसँग लडाइँ गर्न र मानिसलाई व्यक्तिगत रूपमा गोठाला गर्नको लागि परमेश्वरले देह धारण गर्नुपर्छ। केवल यो मात्रै उहाँको कामको लागि लाभदायक छ। शैतानलाई हराउन र मानिसजातिलाई अझ राम्ररी मुक्ति दिन परमेश्वरका दुईवटा देहधारण अस्तित्वमा आएका छन्। कारण चाहे परमेश्वरका आत्मा होऊन् वा उहाँको देहधारणी शरीर, परमेश्वरले मात्र शैतानसँग लडाइँ गर्न सक्नुहुन्छ। छोटकरीमा, शैतानको साथ लडाइँ गर्ने स्वर्गदूतहरू हुन सक्दैनन्, झन् मानिस त हुनै सक्दैन, जसलाई शैतानले भ्रष्ट पारेको छ। स्वर्गदूतहरू यो लडाइँ लड्न शक्तिहीन छन् र मानिस त झन् अझै दुर्बल छ। त्यसैले, यदि परमेश्वर मानिसको जीवनमा गरिने काम गर्न चाहनुहुन्छ भने, यदि उहाँ मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा पृथ्वीमा आउन चाहनुहुन्छ भने, उहाँ व्यक्तिगत रूपमा नै देह बन्नुपर्दछ—अर्थात् उहाँले व्यक्तिगत रूपमा देह धारण गर्नुपर्दछ र आफ्नो जन्मजात पहिचान र उहाँले गर्नुपर्ने कामको साथमा मानिसकहाँ आएर व्यक्तिगत रूपमा मानिसलाई मुक्ति दिनुपर्छ। यदि होइन भने, यदि यो काम परमेश्वरका आत्मा वा मानिसले गर्ने हो भने, यो लडाइँबाट कहिल्यै केही पनि प्राप्त हुँदैन र यो कहिल्यै पनि समाप्त हुँदैन। जब परमेश्वर मानिसको बीचमा शैतानविरुद्ध व्यक्तिगत रूपमा युद्धमा जान देह बन्नुहुन्छ, तब मात्र मानिसले मुक्ति पाउने मौका पाउँछ। यसको साथै, केवल त्यसपछि मात्रै शैतान लाजमा पर्छ र त्योसित शोषण गर्ने कुनै मौका वा कार्यान्वयन गर्ने कुनै योजना हुँदैन। देहधारी परमेश्वरले गर्नुहुने काम उहाँका आत्माले हासिल गर्न सक्नुहुन्न र यो मासुले बनेको कुनै पनि मानिसले परमेश्वरको तर्फबाट गर्नु अझ असम्भव हुनेथियो, किनकि उहाँले गर्नुहुने काम मानिसको जीवनका लागि र मानिसको भ्रष्ट स्वभाव परिवर्तन गर्नका लागि हो। यदि मानिसले यस लडाइँमा भाग लिनुपरेको भए ऊ केवल लथालिङ्ग अवस्थामा भाग्नेथियो र आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न असक्षम हुनेथियो। ऊ मानिसलाई क्रूसबाट बचाउन वा सबै विद्रोही मानवजातिलाई जित्न असक्षम हुनेथियो, तर केवल थोरै पुरानो काम मात्र गर्न सक्नेथियो जुन सिद्धान्तहरूभन्दा पर जान सक्दैन वा शैतानलाई पराजित गर्नुसित सम्बन्धित नरहेको कार्य मात्रै गर्न सक्नेथियो। त्यसोभए किन झमेलामा पर्ने? शैतानलाई हराउने त परै जाओस्, मानवजातिलाई समेत प्राप्त गर्न नसक्ने कामको के महत्त्व हुन्छ? यसैले, शैतानसितको लडाइँ केवल परमेश्वर स्वयम्ले मात्र गर्न सक्नुहुन्छ र यो मानिसले गर्नु असम्भव छ। मानिसको कर्तव्य भनेको समर्पित हुनु र अनुसरण गर्नु हो, किनकि मानिस आकाश र पृथ्वी सृष्टि गर्नेजस्तो काम गर्न असमर्थ छ, यसबाहेक न त उसले शैतानसित लडाइँ गर्ने काम नै गर्न सक्छ। मानिसले परमेश्वर स्वयम्को नेतृत्वमुनि रहेर मात्र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ, जसद्वारा शैतान पराजित हुन्छ; मानिसले गर्न सक्ने यति मात्र हो। तसर्थ, हरेक चोटि नयाँ लडाइँ सुरु हुँदा, अर्थात्, हरेक चोटि नयाँ युगको काम सुरु हुँदा, यो काम परमेश्वर स्वम्ले व्यक्तिगत रूपमा गर्नुहुन्छ, जसद्वारा उहाँले सम्पूर्ण युगको नेतृत्व गर्नुहुन्छ र सम्पूर्ण मानवजातिका लागि नयाँ बाटो खोलिदिनुहुन्छ। प्रत्येक नयाँ युगको उदय शैतानसँगको लडाइँको एउटा नयाँ सुरुआत हो, जसद्वारा मानिस नयाँ, अझ सुन्दर संसारमा प्रवेश गर्दछ र एउटा नयाँ युगमा जसलाई परमेश्वर स्वयम्ले व्यक्तिगत रूपमा नेतृत्व गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
२१७. किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्वरले गर्ने कामको एउटा भाग मात्रै थियो; उहाँले छुटकाराको काम मात्रै गर्नुभयो र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्ने काम गर्नुभएन। यस कारणले गर्दा, आखिरी दिनहरूमा परमेश्वर फेरि देह बन्नुभएको छ। कामको यो चरणलाई पनि सामान्य देहमा नै गरिन्छ; यो पूर्ण रूपमा सामान्य मानवद्वारा गरिन्छ, जसको मानवता अलिकति पनि असाधारण छैन। अर्को शब्दमा भन्दा, परमेश्वर पूर्ण रूपमा मानव बन्नुभएको छ; उहाँ त्यो व्यक्ति हुनुहुन्छ जसको पहिचान परमेश्वरको, पूर्ण मानवको, पूर्ण देहको छ, जसले काम गरिरहनुभएको छ। मानव आँखाले देहगत शरीरलाई देख्छ जुन बिल्कुलै असाधारण छैन, जो एक साधारण व्यक्ति हुनुहुन्छ जसले स्वर्गको भाषा बोल्न सक्नुहुन्छ, जसले कुनै पनि आश्चर्यकर्मका चिन्हहरू देखाउने, आश्चर्यकर्महरू गर्ने गर्नुहुन्न, ठूला सभा हलहरूमा धर्मको आन्तरिक तथ्यलाई खुलासा गर्ने त परै जाओस्। मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्ने कुरा छैन भन्ने देखिन्छ र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामका तीन चरणहरूको अवधिमा, परमेश्वर दुई पटक देहधारी हुनुभएको छ र दुवै समयमा देहधारी परमेश्वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्भ गर्छ; देहधारणहरू एकअर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्नु असम्भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारण एउटै स्रोतबाट आउनुहुन्छ कि आउनुहुन्न भन्ने कुरालाई उहाँहरू जन्मनुभएको युग र स्थान वा अन्य त्यस्ता देहगत कारकतत्त्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्न, किनभने परमेश्वरको कामले चलनलाई पालन गर्दैन तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्वरसम्बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्वरको आफ्नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँसम्बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्वरले आफ्नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित बुझ्ने क्षमताको कारण, परमेश्वरसम्बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ र उहाँको ईश्वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्न कामको माध्यमद्वारा उहाँलाई चिन्न दिनको लागि परमेश्वर देहमा आउनुहुन्छ र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन। दुई देहधारी शरीरका काम फरक भए तापनि, देहहरूका सार र उहाँहरूका कामको स्रोत उस्तै छन्; के मात्रै हो भने, उहाँहरू कामका फरक-फरक चरणहरूलाई गर्नका निम्ति अस्तित्वमा हुनुहुन्छ र दुई फरक युगहरूमा देखा पर्नुहुन्छ। जेसुकै भए तापनि, परमेश्वरका देहधारी शरीरहरूको उही सार र उही व्युत्पत्ति छ—यो कसैले पनि नकार्न नसक्ने सत्य हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
२१८. आफ्नो पहिलो देहधारणमा परमेश्वरले देहधारणको कार्य पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरण मात्रै पूरा गर्नुभयो जुन देहमा हुनुभएको परमेश्वरले निर्वाह गर्नुपर्थ्यो। त्यसैले, देहधारणको काम पूरा गर्न, परमेश्वर एकपटक फेरि देहमा फर्कनुभएको छ, उहाँ देहका सारा सामान्यता र व्यावहारिकता जिउनुहुन्छ, अर्थात्, परमेश्वरका वचनलाई सबैभन्दा सामान्य र साधारण देहमा प्रकट गराउनुहुन्छ, यसरी उहाँले देहमा अझै पूरा गर्न बाँकी काम समापन गर्नुहुन्छ। दोस्रो देहधारी देहसँग पहिलोजस्तै सार छ, तर उहाँ पहिलोभन्दा अझै व्यावहारिक, अझै सामान्य हुनुहुन्छ। परिणामस्वरूप, दोस्रो देहधारी शरीरले सामना गर्ने कष्ट पहिलोको भन्दा ठूलो छ, तर यो कष्ट उहाँको देहको सेवकाइको परिणाम हो, जुन भ्रष्ट मानिसको कष्टजस्तो छैन। यो उहाँको देहको सामान्यता र व्यावहारिकताबाट पनि निस्किआउँछ। उहाँले आफ्नो सेवकाइ अत्यन्तै सामान्य र व्यावहारि देहमा गर्नुहुने हुँदा, देहले अत्यन्तै धेरै कठिनाइको सामना गर्नुपर्छ। यो देह जति सामान्य र जति व्यावहारिक छ, उहाँले आफ्नो सेवकाइ गर्ने क्रममा त्यति नै बढी कष्ट भोग्नुहुनेछ। परमेश्वरको कामलाई अत्यन्तै सामान्य देहमा व्यक्त गरिएको छ, जुन अलौकिक छँदै छैन। उहाँको देह सामान्य छ र यसले मानिसलाई मुक्त गर्ने कार्यको भारलाई पनि बोक्नुपर्ने भएकोले, उहाँले अलौकिक देहले भन्दा पनि बढी कष्ट भोग्नुपर्छ—अनि यी सबै कष्ट उहाँको देहको व्यावहारिकता र सामान्यताबाट आउँछ। आफ्ना सेवकाइहरू गर्ने क्रममा दुई देहधारी शरीरहरूले सामना गरेका कष्टबाट, देहधारी शरीरको सारलाई देख्न सकिन्छ। देह जति सामान्य छ, काम गर्ने क्रममा उहाँले त्यति नै ठूलो कष्ट भोग्नुपर्छ; काम गर्ने देह जति व्यावहारिक छ, मानिसहरूको धारणा त्यति नै कठोर हुन्छ र उहाँमा त्यति नै खतराहरू पर्ने सम्भावना हुन्छ। तैपनि, देह जति व्यावहारिक छ र देहमा सामान्य मानवका आवश्यकताहरू र पूर्ण चेतना जति हुन्छ, परमेश्वरको कामलाई देहमा लिन उहाँ त्यति नै सक्षम हुनुहुन्छ। येशू देहको माध्यमद्वारा क्रूसमा टाँगिनुभयो, र उहाँले देहको माध्यमद्वारा पापबलिका रूपमा सेवा गर्नुभयो, अर्थात्त्यो सामान्य मानवतासहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्नुभयो र मानिसलाई क्रूसबाट पूर्ण रूपमा मुक्ति दिनुभयो। पूर्ण देहको माध्यमद्वारा नै दोस्रो देहधारणले विजयको काम गर्नुहुन्छ र शैतानलाई पराजित गर्नुहुन्छ। पुर्ण रूपमा सामान्य र व्यावहारिक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ। भन्नुको अर्थ, मानिसको विजयले देहमा हुनुभएका परमेश्वरको व्यावहारिकता र सामान्यताद्वारा आफ्नो परिणामप्राप्त गर्छ, अलौकिक आश्चर्यकर्महरू र प्रकाशहरूद्वारा होइन। यस देहधारी परमेश्वरले निर्वाह गरेको सेवकाइ बोल्नु हो, र उहाँले बोलीद्वारा नै मानिसलाई विजय गर्नुहुन्छ र सिद्ध पार्नुहुन्छ; अर्को शब्दमा भन्दा, देहमा साकार हुने आत्माको काम बोल्नु हो र देहको काम बोल्नु हो, त्यसद्वारा मानिसलाई पूर्ण रूपमा विजय गर्ने, प्रकट गर्ने, सिद्ध पार्ने र हटाउने उद्देश्य प्राप्त हुन्छ। त्यसैले, विजयको काममा नै परमेश्वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। मानिसका पापका लागि पहिलोपटक गरिएको प्रायश्चितको काम देहधारणको कामको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले मात्र देहधारणको सम्पूर्ण कामलाई पूरा गर्छ। लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्वरको देहधारणको महत्त्व पूरा हुन्छ र यसले परमेश्वरसम्बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्वर पुरुष र स्त्री दुवै बन्न सक्नुहुन्छ र वास्तवमा, देहधारी परमेश्वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन। कामको यो चरणमा, परमेश्वरले चिन्हहरू र आश्चर्यका कामहरू गर्नुहुन्न, ताकि त्यो कामले वचनको माध्यमद्वारा यसका परिणामहरूलाई हासिल गर्न सक्नेछ। यसका साथै, यसको कारण के हो भने, यस पटक देहधारी परमेश्वरको काम भनेको बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन तर बोलेर मानिसलाई जित्नु हो, भन्नुको अर्थ परमेश्वरको यस देहधारी शरीरमा भएको जन्मजात क्षमता भनेको वचन बोल्नु र मानिसलाई जित्नु हो, बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन। सामान्य मानवतामा उहाँको काम भनेको आश्चर्यकर्महरू गर्नु होइन, बिरामी निको पार्नु र भूतात्माहरू धपाउनु होइन, तर बोल्नु हो र त्यसकारण दोस्रो देहधारी शरीर मानिसहरूका लागि पहिलोभन्दा अझै सामान्य देखिन्छ। परमेश्वरको देहधारण झूट होइन भन्ने मानिसहरूले देख्छन्; तर यस देहधारी परमेश्वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ र उहाँहरू दुवै देहधारी परमेश्वर हुनुभए तापनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्न। येशूमा सामान्य मानवता, साधारण मानवता थियो तर उहाँले धेरै चिन्हहरू र आश्चर्यकर्महरू गर्नुभयो। यस देहधारी परमेश्वरमा, मानव आँखाले कुनै चिन्हहरू वा आश्चर्यका कामहरू देख्नेछैन, न त बिरामीलाई निको पारेको न त भूतात्माहरूलाई निकालेको, न त समुद्रमा हिँडेको न त चालीस दिनसम्म उपवास बसेको नै देख्नेछ…। येशूले गर्नुभएको काम उहाँले गर्नुहुन्नु, वास्तवमा उहाँको देह येशूको भन्दा फरक भएर होइन तर बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँले उहाँको आफ्नै कामलाई तोड्नुहुन्न, उहाँको आफ्नै कामलाई वाधा दिनुहुन्नु। उहाँले मानिसलाई आफ्ना व्यावहारिक वचनहरूद्वारा जित्नुहुने हुँदा, उहाँले आश्चर्यकर्महरूद्वारा जित्नुको कुनै आवश्यकता पर्दैन, त्यसैले यो चरण भनेको देहधारणको कामलाई पूरा गर्नु हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
२१९. परमेश्वरले गर्नुभएको कामको हरेक चरणको आफ्नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा आउनुभयो, र यस पटक परमेश्वर आउनुहुँदा, उहाँको स्वरूप महिलाको छ। यसबाट के देख्न सकिन्छ भने, परमेश्वरले सृष्टि गर्नुभएको पुरुष र महिला दुवै उहाँको काममा उपयोगी हुन सक्छन्, र उहाँका लागि लिङ्गको कुनै भिन्नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह धारण गर्न सक्नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे त्यो पुरुष होस् या महिला, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि येशू आउनुहुँदा उहाँ महिलाका रूपमा देखा पर्नुभएको भए, अर्को शब्दमा भन्दा, यदि पवित्र आत्माले शिशु बालक नभई शिशु बालिकाको गर्भधारण गर्नुभएको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्र भनेर उल्लेख गरिँदैन? किनकि कामका आवश्यकताहरूले येशूको भन्दा फरक लिङ्गमा परिवर्तन हुनुपर्ने बाध्यता सिर्जना गरेको छ। परमेश्वरको लागि लिङ्गमा कुनै भिन्नता हुँदैन। उहाँले आफ्नो इच्छाअनुसार आफ्नो काम गर्नुहुन्छ, र आफ्नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्धहरूको अधीनमा हुनुहुन्न, उहाँ त विशेष स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्नै व्यवहारिक महत्त्व छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
२२०. येशूले गर्नुभएको कामको चरणले “वचन परमेश्वरसँग हुनुहुन्थ्यो” भन्ने सार मात्र पूरा गर्यो: परमेश्वरको सत्यता परमेश्वरसँग थियो, र परमेश्वरका आत्मा देहसँग हुनुहुन्थ्यो र देहबाट अलग गर्न नसकिने हुनुहुन्थ्यो। अर्थात्, देहधारी परमेश्वरको देह परमेश्वरका आत्माको साथमा हुनुहुन्थ्यो, र यो कुरा देहधारी येशू नै परमेश्वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्ने कुराको अझ ठूलो प्रमाण हो। कामको यो चरणले “वचन देह बन्नुहुन्छ” भन्ने वाक्यांशको भित्री अर्थ सटीक रूपमा पूरा गर्छ, “वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो” भन्ने वाक्यांशको अर्थ अझ गहिरो बनाउँछ र तँलाई “प्रारम्भमा वचन हुनुहुन्थ्यो” भन्ने वचनमा ठोस रूपमा विश्वास गर्ने तुल्याउँछ। भन्नुको अर्थ के हो भने, सृष्टिको समयमा परमेश्वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र उहाँबाट अलग हुन सक्दैनथे, अनि अन्तिम युगमा, उहाँले आफ्ना वचनहरूको शक्ति र अख्तियारलाई अझ प्रकाश गर्नुहुन्छ र मानिसलाई उहाँका सबै वचन हेर्न—उहाँका सबै वचनहरू सुन्न दिनुहुन्छ। अन्तिम युगको काम यस्तै हो। तैँले यी कुराहरू गहन रूपमा बुझ्नुपर्छ। यो देहलाई जान्नुको मामला होइन, बरु तैँले देह र वचनलाई कसरी बुझ्छस् भन्ने मामला हो। यो तैँले दिनुपर्ने र सबैले जान्नुपर्ने गवाही हो। यो दोस्रो देहधारणको काम हो—र यो परमेश्वर देह बन्नुहुने अन्तिमपटक हो—यसकारण यसले देहधारणको महत्त्वलाई पूरा पार्छ, र देहमा परमेश्वरका सबै काम पूर्ण रूपमा गर्ने र व्यक्त गर्ने गर्छ, र परमेश्वर देहमा हुनुहुने युगलाई समाप्त गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (४)
२२१. मुख्यतः “परमेश्वर शरीर बन्नुहुन्छ” भन्ने तथ्यलाई पूरा गर्न परमेश्वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्नताविना देख्नेछन्। परमेश्वरको देहधारणको सर्वोच्च अर्थ यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्वरले मात्रै आत्माका अभिप्राय बताउन सक्नुहुन्छ, र देहका परमेश्वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्वरका वचनहरू देहधारी परमेश्वरमा स्पष्ट पारिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि स्वतन्त्र छैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; यस तरिकाले प्राप्त नगर्नेहरूले यदि स्वर्गबाट वाणीहरू पाउन सक्छौं भन्ने सोच्छन् भने, उनीहरूले दिवास्वप्न देखिरहेका छन्। देहधारी परमेश्वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि अर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई विजय गर्न यो काम आफ्नो देहधारी देहले गर्नुहुनेछैन, तर देहधारी परमेश्वरको मुखबाट निस्केका वाणीहरू प्रयोग गरेर गर्नुहुन्छ; वचन देह हुनु भनेको यही मात्रै हो, र वचन देहमा देखा पर्नुहुन्छ भन्ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्वरले धेरै काम गर्नुभएको छैन—तर परमेश्वरले उहाँका वचन उच्चारण गर्नु मात्र पर्छ, र उनीहरू पूर्ण रूपमा विश्वस्त हुनेछन् र अचम्मित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ
२२२. परमेश्वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुभएको बेलामा, देहधारी परमेश्वरले उहाँको पछि लाग्ने केही मानिसहरूको अगाडि मात्र आफैलाई प्रकट गर्नुहुन्छ, सबै सृष्टि गरिएका प्राणीहरूको अगाडि होइन। उहाँ केवल आफ्नो कामको एक चरण पूरा गर्न मात्र देह बन्नुभयो, मानिसलाई आफ्नो स्वरूप देखाउनका निम्ति होइन। यद्यपि उहाँको काम उहाँ आफैले गर्नुपर्छ, त्यसैले उहाँले देहमा नै त्यो काम गर्नु आवश्यक छ। जब यो काम समाप्त हुन्छ, उहाँ मानव संसारबाट प्रस्थान गर्नुहुनेछ; उहाँ आउने कामको बाटोमा खडा हुने डरले मानवजातिबीच लामो समयसम्म बस्न सक्नुहुन्न। उहाँले भीडलाई उहाँको धर्मी स्वभाव र उहाँका सबै कामहरू मात्र देखाउनुभएको छ, र उहाँ दुईपटक देह बन्नुभएको स्वरूप देखाउनुभएको छैन, किनकि परमेश्वरको स्वरूपलाई उहाँको स्वभावद्वारा मात्र देखाउन सकिन्छ, र उहाँको देहधारी शरीरले त्यसको स्थान लिन सक्दैन। उहाँको देहको स्वरूप सीमित मानिसहरूलाई मात्र देखाइन्छ, उहाँले देहमा काम गर्नुहुँदा उहाँको पछि लाग्नेहरूलाई मात्र देखाइन्छ। यसैले, अहिले भइरहेको काम गोप्य रूपमा गरिन्छ। त्यसरी नै, जब येशूले आफ्नो काम गर्नुभयो, तब उहाँले आफूलाई यहूदीकहाँ मात्र देखाउनुभयो, र अरू कुनै पनि जातिको सामु आफैलाई खुल्लमखुल्ला कहिल्यै देखाउनुभएन। यसरी, उहाँले आफ्नो काम सिध्याइसक्नुभएपछि, उहाँ मानिसको संसारबाट तुरुन्तै जानुभयो र त्यहाँ बसिरहनुभएन; पछि, आफैलाई प्रकट गर्नुहुने उहाँ, मानिसको स्वरूप हुनुहुन्न थियो, तर पवित्र आत्मा हुनुहुन्थ्यो, जसले प्रत्यक्ष रूपमा काम गर्नुभयो। जब देहधारी परमेश्वरको काम पूर्ण रूपमा समाप्त हुन्छ, उहाँ मरणशील संसारबाट जानुहुन्छ, र उहाँले देहमा हुँदा जुन काम गर्नुभयो त्यो काम फेरि कहिल्यै गर्नुहुनेछैन। त्यसपछि, सबै काम पवित्र आत्माले नै प्रत्यक्ष रूपमा गर्नुहुनेछ। यस अवधिमा, मानिसले उहाँको शारीरिक स्वरूपलाई मुस्किलले मात्रै देख्न सक्छ; उहाँले आफूलाई मानिससामु कुनै पनि हालतमा देखाउनुहुन्न, सदासर्वदाका लागि गुप्त रहनुहुन्छ। देहधारी परमेश्वरको कामको समय सीमित छ। यो एक निश्चित युग, अवधि, जाति र विशेष मानिसहरूमाझ पूरा गरिन्छ। यो कामले केवल परमेश्वरले देहधारण गर्नुभएको अवधिमा गरिएको कार्यलाई मात्रै प्रतिनिधित्व गर्छ; यसले एउटा युगको प्रतिनिधित्व गर्छ, र यसले एक विशेष युगमा परमेश्वरका आत्माको कामलाई प्रतिनिधित्व गर्छ, र उहाँको सम्पूर्ण कार्यलाई होइन। त्यसैले, देहधारी परमेश्वरको स्वरूप सबै मानिसलाई देखाइनेछैन। भीडलाई जे देखाइन्छ त्यो उहाँ दुईचोटि देह बन्नुहुँदाको उहाँको स्वरूप होइन, बरु परमेश्वरको धार्मिकता र उहाँको सम्पूर्ण स्वभाव हो। मानिसलाई देखाइएको यो स्वरूप एउटै र एकलो स्वरूप होइन, न त दुईवटा मिश्रित स्वरूपहरू नै हो। त्यसकारण, परमेश्वरको देहधारी शरीरले आफूले गर्नुपर्ने काम पूरा गरेपछि यस पृथ्वीबाट प्रस्थान गर्नु अनिवार्य छ, किनकि उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्र आउनुहुन्छ, मानिसहरूलाई आफ्नो स्वरूप देखाउन होइन। देहधारणको महत्त्वलाई परमेश्वरले दुईपटक देह बनेर पूरा गरिसक्नुभएको छ, तापनि उहाँलाई यसअघि कहिल्यै नदेख्ने कुनै पनि जातिको सामु उहाँले आफूलाई खुल्लमखुल्ला प्रकट गर्नुहुनेछैन। येशू फेरि कहिल्यै पनि आफूलाई धार्मिकताको सूर्यको रूपमा यहूदीहरूसामु देखा पर्नुहुनेछैन, न त उहाँ जैतून डाँडाको टुप्पामा खडा भएर सबै मानिसहरूको सामु देखा नै पर्नुहुनेछ; यहूदीहरूले येशू यहूदियामा हुनुहुँदाको अवधिमा जे देखे त्यो उहाँको चित्र मात्र हो। किनकि येशूले उहाँको देहधारणमा गर्नुभएको काम दुई हजार वर्षअघि नै समाप्त भयो; उहाँ एक यहूदीको रूपमा यहूदियामा फर्कनुहुनेछैन, उहाँले आफैलाई कुनै पनि अन्यजातिका मानिसहरूकहाँ प्रकट गर्नुहुनेछ भन्ने कुरा त कल्पनै नगरौं, किनकि देहधारी येशूको स्वरूप एक यहूदीको स्वरूप मात्र हो, र यूहन्नाले देखेका मानिसको पुत्रको स्वरूप होइन। येशूले आफ्ना चेलाहरूलाई उहाँ फेरि आउनुहुनेछ भनेर प्रतिज्ञा गर्नुभए पनि उहाँले आफैलाई ती सबै अन्यजाति राष्ट्रहरूमा एक यहूदीको रूपमा प्रकट गर्नुहुनेछैन। देहधारी परमेश्वरको काम एउटा युग सुरु गर्नु हो भन्ने कुरा तिमीहरूले जान्नुपर्छ। यो काम केही वर्षहरूमा सीमित हुन्छ, र उहाँले परमेश्वरका आत्माका सबै काम पूरा गर्न सक्नुहुन्न, जसरी एक यहूदीको रूपमा रहेको येशूको स्वरूपले केवल उहाँले यहूदियामा काम गर्नुहुँदाको परमेश्वरको स्वरूपलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र उहाँले क्रूसमा टाँगिने काम मात्र गर्न सक्नुहुन्थ्यो। येशू देहमा हुनुभएको अवधिमा, उहाँले युगलाई अन्त्य गर्ने वा मानव जातिलाई नाश पार्ने काम गर्न सक्नुभएन। त्यसकारण, उहाँ क्रूसमा टाँगिनुभएपछि र आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउनुभएपछि, उहाँ सर्वोच्च उचाइमा चढिजानुभयो र सधैँभरिका लागि आफूलाई मानिसबाट लुकाउनुभयो। त्यस बेलादेखि यता, अन्यजाति देशहरूका विश्वासयोग्य विश्वासीहरू प्रभु येशूको प्रकटीकरण देख्न असमर्थ रहे, तिनीहरूले भित्तामा टाँसेका उहाँको तस्विरलाई मात्रै देख्न सके। यो चित्र मानिसले बनाएको चित्र मात्रै हो, र त्यो परमेश्वरले आफैलाई मानिसकहाँ देखाउनुभएको स्वरूप होइन। परमेश्वरले आफैलाई उहाँले दुईचोटि देहधारण गर्नुभएको स्वरूपमा खुल्लमखुल्ला भीडहरूको सामु प्रकट गर्नुहुनेछैन। उहाँले मानवजातिको बीचमा गर्नुहुने काम उनीहरूलाई उहाँको स्वभाव बुझ्ने मौका दिनको लागि हो। यी सबै कुरा मानिसलाई विभिन्न युगहरूको कामद्वारा देखाइन्छ; यो येशूको स्वरूप प्रकटीकरणद्वारा नभई उहाँले प्रकट गर्नुभएको स्वभाव र उहाँले गर्नुभएका कामद्वारा पूरा हुन्छ। यो भनेको के हो भने, मानिसको निम्ति परमेश्वरको स्वरूपलाई देहधारी स्वरूपद्वारा नभई, स्वरूप र रूप दुवै हुने देहधारी परमेश्वरले गर्नुभएको कामद्वारा चिनाइन्छ, र उहाँको कामद्वारा, उहाँको स्वरूप देखाइन्छ र उहाँको स्वभावलाई प्रकट गरिन्छ। उहाँले देहमा गर्न चाहनुभएको कामको महत्त्व यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (२)
२२३. परमेश्वर सारा ब्रह्माण्डमा र माथिको क्षेत्रमा महान् हुनुभएकोले के उहाँले देहको स्वरूप प्रयोग गरेर आफूलाई पूर्ण रूपमा व्याख्या गर्न सक्नुहुन्छ र? आफ्नो कामको एक चरण गर्नका लागि परमेश्वरले आफैलाई यस देह धारण गराउनुहुन्छ। देहको यो स्वरूपमा कुनै खास महत्त्व छैन, युगहरू बितेर जाने कुरासँग यसको कुनै सम्बन्ध छैन, न त परमेश्वरको स्वभावसँग यसको कुनै सम्बन्ध छ। येशूले किन आफ्नो स्वरूप रहिरहन दिनुभएन? किन उहाँले मानिसलाई उहाँको चित्र बनाउन दिनुभएन, जुन पछिबाट आउने पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिन्थ्यो? किन उहाँले मानिसहरूलाई उहाँको स्वरूप परमेश्वरको प्रतिरूप हो भनेर स्वीकार गर्ने अनुमति दिनुभएन? मानिसको स्वरूप परमेश्वरको स्वरूपमा सृष्टि गरिएको भए पनि, के मानिसको स्वरूपले परमेश्वरको उच्च स्वरूपको प्रतिनिधित्व गर्नु सम्भव थियो? जब परमेश्वर देह बन्नुहुन्छ, उहाँ केवल स्वर्गबाट मात्र एउटा खास शरीरमा आउनुहुन्छ। देहमा ओर्लनुहुने उहाँको आत्मा नै हो, जसद्वारा उहाँले आत्माको काम गर्नुहुन्छ। शरीरमा प्रकट गरिने आत्मा यही हो, र आत्माले नै देहमा उहाँको काम गर्नुहुन्छ। देहमा गरिएको कामले आत्मालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ, र देह कामका लागि हो, तर त्यसको अर्थ देहको स्वरूप परमेश्वर स्वयम्को स्वरूपको प्रतिस्थापन हो भन्ने होइन; परमेश्वर देह बन्नुको उद्देश्य वा महत्त्व यो होइन। आत्माले शरीरमा उहाँको काम राम्ररी हासिल गर्न सक्नुभएको होस् भनेर उहाँको कामको निम्ति उपयुक्त वास गर्ने ठाउँ प्राप्त गर्न, मानिसहरूले उहाँका कामहरू देखून्, उहाँको स्वभावलाई बुझ्न सकून्, उहाँका वचनहरू सुन्न सकून्, र उहाँको कामको चमत्कारहरू जान्न सकून् भनेर मात्रै उहाँले देहमा काम गर्नुहुन्छ। उहाँको नाउँले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ, उहाँको कामले उहाँको चिनारीको प्रतिनिधित्व गर्दछ, तर उहाँको देहको रूपले उहाँको स्वरूपको प्रतिनिधित्व गर्छ भनी उहाँले कहिल्यै पनि भन्नुभएन, त्यो त केवल मानिसको धारणा मात्रै हो। यसैले, परमेश्वरको देहधारणको महत्त्वपूर्ण पक्षहरू उहाँको नाउँ, उहाँको काम, उहाँको स्वभाव, र उहाँको लिङ्ग हो। यस युगमा उहाँको व्यवस्थापनको प्रतिनिधित्व गर्न यी कुराहरूको प्रयोग गरिन्छ। उहाँको व्यवस्थापनसँग उहाँ शरीरमा देखा पर्नुहुने कुराको कुनै सम्बन्ध छैन, त्यो त्यस समयको उहाँको कामका निम्ति मात्र हो। तापनि देहधारी परमेश्वरको कुनै विशेष रूप नहुनु असम्भव छ, यसकारण उहाँले आफ्नो प्रकटीकरण निश्चित गर्न एउटा उपयुक्त परिवार चुन्नुहुन्छ। यदि परमेश्वरको प्रकटीकरणसित प्रतिनिधित्वको महत्त्व हुन्थ्यो भने उहाँको जस्तै अनुहार भएका सबै जनाले परमेश्वरको प्रतिनिधित्व गर्नेथिए। के त्यो अति भयानक गल्ती हुनेथिएन र? मानिसले येशूलाई पुजून् भनेर मानिसले उहाँको चित्र बनाएका थिए। त्यस बेला, पवित्र आत्माले कुनै विशेष निर्देशनहरू दिनुभएन, त्यसकारण मानिसले त्यो काल्पनिक चित्र आजसम्म हस्तान्तरण गर्दैआएको छ। वास्तवमा, परमेश्वरको सुरुको मनसाय अनुसार मानिसले त्यसो गर्नुहुँदैन थियो। मानिसको जोशले मात्र येशूको चित्र आजको दिनसम्म रहेको छ। परमेश्वर आत्मा हुनुहुन्छ, र अन्तिम विश्लेषणमा पनि मानिसले उहाँको स्वरूप के हो सो पूर्ण रूपमा पत्ता लगाउन सक्दैन। उहाँको स्वरूपलाई उहाँको स्वभावले मात्र प्रतिनिधित्व गर्न सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
२२४. परमेश्वर मानिसलाई उहाँको देहबारे जान्न दिने, वा देहधारी परमेश्वरको शरीर र मानिसको शरीर बीचका भिन्नताहरू छुट्ट्याउन दिने उद्देश्यले देहधारी बन्नुभएको होइन; न त परमेश्वर मानिसको समझशक्तिलाई तालिम दिनका लागि नै देह बन्नुभएको हो, र मानिसलाई परमेश्वरको देहधारी शरीरको पूजा गर्ने अनुमति दिने र त्यसरी ठूलो महिमा प्राप्त गर्ने उद्देश्यले त झन् यो हुँदै-होइन। यी कुनै पनि कुरा परमेश्वर देह बन्नुको मूल अभिप्राय होइन। न त मानिसलाई दोषी ठहराउनका लागि, न त जानाजानी मानिसलाई प्रकट गर्न, न त उसका निम्ति स्थितिहरू गाह्रो बनाउन परमेश्वर देह बन्नुभएको हो। यीमध्ये कुनै पनि कुराहरू परमेश्वरको अभिप्राय होइन। हरेक पल्ट जब परमेश्वर देह बन्नुहुन्छ, त्यो अपरिहार्य कुरा हुन्छ। उहाँले जसरी काम गर्नुहुन्छ त्यो उहाँको महान् काम र उहाँको ठूलो व्यवस्थापनको खातिर गर्नुहुन्छ, मानिसले कल्पना गरेको जस्तो प्रकारले काम गर्नको लागि होइन। परमेश्वर उहाँको कामको आवश्यकताअनुसार मात्र पृथ्वीमा आउनुहुन्छ, र आवश्यक पर्दा मात्र आउनुहुन्छ। उहाँ केवल यता-उता हेर्नका निम्ति मात्र पृथ्वीमा आउनुहुन्न, तर उहाँले गर्नुपर्ने काम पूरा गर्न आउनुहुन्छ। उहाँले आफ्नो काम पूरा गर्न किन यस्तो गह्रौं बोझ लिनुहुन्छ र यस्तो ठूलो जोखिम उठाउनुहुन्छ? जब आवश्यक पर्छ तब परमेश्वर देह बन्नुहुन्छ, र सधैँ द्वित्तिय महत्त्वसहित देह बन्नुहुन्छ। यदि मानिसहरूलाई उहाँतिर हेर्न लगाउनु र तिनीहरूका क्षितिजलाई फराकिलो बनाउनका लागि मात्र हो भने, निश्चित रूपमा उहाँ कहिल्यै पनि त्यति सजिलै मानिसहरूको बीचमा आउनुहुने थिएन। उहाँ आफ्नो व्यवस्थापन र उहाँको महान् कामको खातिर, र अझै बढी मानवजाति प्राप्त गर्न सकूँ भनेर पृथ्वीमा आउनुहुन्छ। उहाँ युगको प्रतिनिधित्व गर्न आउनुहुन्छ, उहाँ शैतानलाई हराउन आउनुहुन्छ, र शैतानलाई हराउनका लागि उहाँले आफैमा शरीर धारण गर्नुहुन्छ। अझ बढी, उहाँ सम्पूर्ण मानवजातिलाई तिनीहरूको जीवन जिउन अगुवाइ गर्नका निम्ति आउनुहुन्छ। यी सबै उहाँको व्यवस्थापनसित सम्बन्धित छन्, र यो सम्पूर्ण ब्रह्माण्डको कामसँग सम्बन्धित छ। यदि मानिसलाई उहाँको देह चिन्ने तुल्याउन र मानिसहरूका आँखा खोलिदिनका निम्ति मात्र परमेश्वर मानिस बन्नुभयो भने उहाँले किन सबै देशको यात्रा गर्नुभएन? के यो अत्यन्तै सजिलो कुरा हुनेछैन र? तर उहाँले त्यसो गर्नुभएन, बरु उहाँले बस्नलाई उपयुक्त स्थान चुनेर आफूले गर्नुपर्ने काम सुरु गर्नुहुन्छ। यो देह मात्रै पनि धेरै महत्त्वपूर्ण छ। उहाँले सम्पूर्ण युगको प्रतिनिधित्व गर्नुहुन्छ, साथै सम्पूर्ण युगको काम पनि गर्नुहुन्छ; उहाँले अघिल्लो युगको अन्त्य गर्ने र नयाँ युग सुरु गर्ने, दुवै काम गर्नुहुन्छ। यो सबै नै परमेश्वरको व्यवस्थापनसँग सम्बन्धित महत्त्वपूर्ण कुरा हो, र यो सबै नै परमेश्वर पृथ्वीमा आई अघि बढाउनुहुने कामको एउटा चरणको महत्त्व हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (३)
२२५. ख्रीष्ट पृथ्वीमा परमेश्वर स्वयम्को प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए पनि, उहाँ देहमा रहेको आफ्नो स्वरूप सबै मानिसहरूलाई देखाउने अभिप्रायका साथ आउनुभएको होइन। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुभएको होइन; उहाँ त आफ्नै हातले मानिसलाई डोर्याउनका निम्ति आउनुभएको हो, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्टको देहको प्रकार्य परमेश्वर स्वयम्को काम, अर्थात् देहमा गरिने परमेश्वरको कामका लागि हो, मानिसलाई उहाँको देहको सार पूर्ण रूपमा बुझ्न सक्षम पार्नको लागि होइन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले गर्ने कुनै पनि कुरा देहद्वारा प्राप्त गर्न सकिने परिधिभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले त्यो सामान्य मानवताका साथ देहमा गर्नुहुन्छ, र मानिससमक्ष परमेश्वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्न। यसको साथै, देहमा उहाँले गर्ने काम मानिसले सोचेजति अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्टले देहमा परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्नुभए पनि र परमेश्वर स्वयम्ले गर्नुपर्ने काम व्यक्तिगत रूपमा आफै गर्नुहुने भए पनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्वरको अस्तित्वलाई इन्कार गर्नुहुन्न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो देहभित्र गुप्त र विनम्र रहनुहुन्छ। ख्रीष्टबाहेक, आफूलाई ख्रीष्ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैनन्। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्ने स्वभावसँग तुलना गर्दा, ख्रीष्ट कस्तो प्रकारको देह हुनुहुन्छ भन्ने कुरा छर्लङ्ग हुन्छ। तिनीहरू जति धेरै झूट हुन्छन्, त्यति नै हदसम्म झूटा ख्रीष्टहरूले आफ्नो धाक देखाउँछन्, र मानिसहरूलाई बहकाउन तिनीहरू चिन्ह र चमत्कारहरू देखाउन त्यति नै धेरै सक्षम हुन्छन्। झूटा ख्रीष्टहरूमा परमेश्वरका गुणहरू हुँदैनन्; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्ट कलङ्कित हुनुहुन्न। देहको काम पूरा गर्नका लागि मात्रै परमेश्वर देह बन्नुहुन्छ, मानिसहरूलाई उहाँ देखिने तुल्याउन मात्र उहाँ देह बन्नुहुने होइन। बरु, उहाँले आफ्नै कामलाई उहाँको पहिचान पुष्टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेकै कुरालाई उहाँले आफ्नो सार प्रमाणित गर्न दिनुहुन्छ। उहाँको सार आधारहीन छैन; उहाँको पहिचान उहाँको हातले खोसेर लिएको कुरा होइन; यो त उहाँको काम र उहाँको सारद्वारा निर्धारित हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्टको सार हो
२२६. देहमा गरिने उहाँको कार्यको सबैभन्दा उत्तम कुरा भनेको उहाँले सही वचनहरू र अर्तीहरू अनि मानवजातिप्रतिको उहाँका निश्चित अभिप्रायलाई उहाँको पछि लाग्नेहरूमा छोड्न सक्नुहुन्छ ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै सटिक र अझै व्यावहारिक तरिकामा देहमा गरिने उहाँको सारा काम र सारा मानवजातिप्रति उहाँका अभिप्रायलाई यो मार्ग स्वीकार गर्नेहरूमा हस्तान्तरण गर्न सक्नेछन्। मानिसको बीचमा देहमा गरिने परमेश्वरको कामले मात्रै परमेश्वर मानिससँगै रहनु र सँगै बस्नुको तथ्यलाई साँचो रूपमा पूरा गर्छ। यो कामले मात्रै परमेश्वरको मुहारलाई हेर्ने, उहाँको कामलाई देख्ने र उहाँको व्यक्तिगत वचन सुन्ने मानिसको इच्छालाई पूरा गर्छ। देहधारी परमेश्वरले त्यो युगलाई समाप्त गर्नुहुन्छ, जुन युगमा यहोवाको पिठ्यूँ मात्र मानिसकहाँ देखा परेको थियो, र अस्पष्ट परमेश्वरमाथिको मानवजातिको विश्वासको युगलाई पनि उहाँले समाप्त गर्नुहुन्छ। निश्चित रूपमा, अन्तिम देहधारी परमेश्वरको कार्यले सारा मानवजातिलाई त्यो युगमा ल्याउँछ जुन अझै वास्तविक, अझै व्यवहारिक र अझै सुन्दर हुन्छ। यस कामले व्यवस्था र प्रावधानहरूको युगलाई समाप्त गर्ने मात्र होइन तर अझै महत्त्वपूर्ण कुरा, त्यसले मानवजातिका निम्ति त्यस्तो परमेश्वरलाई प्रकट गर्छ जो व्यावहारिक र सामान्य हुनुहुन्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको कार्य खुल्ला पार्नुहुन्छ, जसले मानवजातिका रहस्यहरू र गन्तव्यलाई प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापन कार्यलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौं वर्षसम्म गुप्त बस्नुभयो। यस कामले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्छ, यसले त्यो युगलाई अन्त्य गर्छ जुन युगमा सारा मानवजातिले परमेश्वरको मुहारलाई हेर्ने इच्छा गर्छन् तर त्यसो गर्न सक्दैनन्, यसले त्यस युगलाई समाप्त गर्छ जुन युगमा सारा मानवजातिले शैतानको सेवा गरे अनि यसले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोऱ्याउँछ। यी सबै परमेश्वरका आत्माको स्थानमा देहमा हुनुहुने परमेश्वरको कामको परिणाम हो। जब परमेश्वरले देहमा काम गर्नुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उप्रान्त त्यस्ता कुराहरूलाई खोजी गर्ने र छामछुम गर्ने गर्दैनन्, जुन अस्तित्वमा छ र अस्तित्वमा छैन जस्तो देखिन्छ र तिनीहरूले अस्पष्ट परमेश्वरका अभिप्रायबारे अनुमान गर्न छोड्छन्। जब परमेश्वरले देहमा गर्ने आफ्नो कामलाई फैलाउनुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गर्नुभएको कामलाई सारा धर्महरू र सम्प्रदायहरूमा फैलाउँछन् र तिनीहरूले उहाँका सबै वचनहरूलाई सारा मानवजातिको कानमा सुनाउनेछन्। उहाँको सुसमाचारलाई ग्रहण गरेकाहरूले सुनेका सबै कुरा उहाँका कार्यका तथ्यहरू हुनेछन्, मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन् र तथ्यहरू हुनेछन्, हल्ला मात्र होइन। यी तथ्यहरू त्यो सबुत हो जसद्वारा उहाँले काम फैलाउनुहुन्छ र ती उहाँले काम फैलाउने क्रममा प्रयोग गर्नुहुने औजारहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सारा देशहरू र सबै स्थानहरूमा फैलने थिएन; तथ्यहरूविना तर मानिसहरूको कल्पनाहरूद्वारा मात्रै, उहाँले सारा ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्नुहुनेथिएन। आत्मा मानिसको लागि छुन नसकिने छ र मानिसको लागि अदृश्य छ र मानिसको लागि गरिने परमेश्वरको कामको थप प्रमाण वा तथ्यहरूलाई छोड्न आत्माको काम असमर्थ छ। मानिसले परमेश्वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्वरमा विश्वास गर्नेछ। मानिसले परमेश्वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूलाई नै सुन्नेछ। आखिर, मानिसका कल्पनाहरू रित्तो छन् र यीद्वारा परमेश्वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सकिँदैन; परमेश्वरको अन्तर्निहित स्वभाव र परमेश्वर स्वयंको कामको नक्कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्वर र उहाँको कार्यलाई देहधारी परमेश्वरले मात्रै पृथ्वीमा ल्याउन सक्नुहुन्छ जसले व्यक्तिगत रूपमै मानिसहरूको बीचमा आफ्नो काम गर्नुहुन्छ। परमेश्वर मानिसको बीचमा प्रकट हुने सबैभन्दा उत्तम तरिका यही नै हो, जसमा मानिसले परमेश्वरलाई देख्छ र परमेश्वरको साँचो मुहारलाई चिन्दछ र गैर-देहधारी परमेश्वरले यो हासिल गर्न सक्नुहुन्न। आफ्नो कामलाई यो चरणसम्म अघि बढाइसकेपछि, परमेश्वरको कार्यले पहिले नै अधिकतम प्रभाव हासिल गरिसकेको छ र यो पूर्ण रूपमा सफल भएको छ। देहमा परमेश्वरको व्यक्तिगत कामले उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको नब्बे प्रतिशत काम पहिले नै पूरा गरिसकेको छ। यो देहले उहाँको सम्पूर्ण कामको निम्ति उत्तम सुरुवात र उहाँको सम्पूर्ण कार्यको सारांश प्रदान गरेको छ र उहाँले आफ्ना सारा कार्यलाई प्रकट गर्नुभएको छ र यो सम्पूर्ण कार्यलाई अन्तिम रूपमा पूर्णता दिनुभएको छ। यसपछि, परमेश्वरको कार्यको चौथो चरण गर्नको लागि अर्का देहधारी परमेश्वर हुनुहुनेछैन र परमेश्वरको तेस्रो देहधारणको कुनै पनि आश्चर्यजनक काम कहिल्यै हुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
२२७. यो देह सामान्य र व्यावहारिक भए तापनि, उहाँ सामान्य देह हुनुहुन्न: उहाँ मानिस मात्रैको देह हुनुहुन्न तर त्यो देह हुनुहुन्छ जुन मानवीय र ईश्वरीय दुवै हो। उहाँ र मानिसको बीचको भिन्नता यही नै हो र परमेश्वरको पहिचानको चिन्ह यही नै हो। यस किसिमको देहले मात्रै उहाँले अभिप्राय राख्नुभएको काम गर्न सक्छ र देहमा परमेश्वरको सेवकाइलाई पूरा गर्न र मानिसको बीचमा उहाँको कामलाई पूर्ण रूपमा पूरा गर्न सक्छ। यस्तो नभएको भए, मानिसको बीचमा उहाँको काम सँधै रित्तो र त्रुटिपूर्ण हुनेथियो। परमेश्वरले शैतानको आत्मासँग युद्ध गरेर विजयी भएर निस्कन सक्नुहुने भए तापनि, भ्रष्ट मानिसको पुरानो प्रकृतिलाई कहिल्यै पनि समाधान गर्न सकिँदैन र परमेश्वरप्रति विद्रोही र उहाँको विरोध गर्नेहरू साँचो रूपमा उहाँको प्रभुत्वको अधीनस्थ कहिल्यै बन्न सक्दैनन्, भन्नुको अर्थ, उहाँले मानवजातिलाई कहिल्यै विजय गर्न सक्नुहुन्न र सारा मानवजातिलाई कहिल्यै प्राप्त गर्न सक्नुहुन्न। यदि पृथ्वीमा उहाँको काम कहिल्यै समाधान गर्न सकिँदैन भने, उहाँको व्यवस्थापनलाई कहिल्यै पनि समाप्त गर्न सकिनेछैन र सारा मानवजाति विश्राममा प्रवेश गर्न सक्नेछैनन्। यदि परमेश्वर आफ्ना सारा सिर्जित प्राणीहरूसँग विश्राममा प्रवेश गर्न सक्नुहुन्न भने, त्यस्तो व्यवस्थापन कार्यको परिणाम कहिल्यै हुनेछैन र परिणामस्वरूप परमेश्वरको महिमा हराउनेछ। उहाँको देहमा कुनै अख्तियार नभए तापनि, उहाँले गर्ने कामले यसको प्रभाव हासिल गर्नेछ। उहाँको कामको अपरिहार्य दिशा यही नै हो। उहाँको देहमा अख्तियार भए पनि वा नभए पनि, जबसम्म उहाँ आफै परमेश्वरको काम गर्न सक्नुहुन्छ, तबसम्म उहाँ परमेश्वर स्वयम् नै हुनुहुन्छ। उहाँको देह जति सामान्य र साधारण भए तापनि, उहाँले गर्नुपर्ने काम उहाँले गर्न सक्नुहुन्छ, किनभने यो देह परमेश्वर नै हुनुहुन्छ, मानव मात्रै होइन। यो देहले मानिसले गर्न नसक्ने काम गर्न सक्नुको कारण के हो भने, उहाँको भित्री सार कुनै पनि मानवको जस्तो छैन र उहाँले मानिसलाई मुक्ति दिन सक्नुको कारण के हो भने, उहाँको पहिचान कुनै पनि मानिसको भन्दा फरक छ। यो देह मानवजातिको निम्ति अति महत्त्वपूर्ण छ किनभने उहाँ मानिस हुनुहुन्छ र त्योभन्दा पनि बढी, उहाँ परमेश्वर हुनुहुन्छ, किनभने देहको साधारण मानिसले गर्न नसक्ने काम उहाँले गर्न सक्नुहुन्छ, किनभने उहाँले पृथ्वीमा उहाँसँग बस्ने भ्रष्ट मानिसलाई मुक्ति दिन सक्नुहुन्छ। उहाँ पनि मानिस नै हुनुभए पनि, देहधारी परमेश्वर मानवजातिका लागि कुनै पनि मूल्यवान् मानिसभन्दा बढी महत्त्वपूर्ण छ, किनभने उहाँले परमेश्वरका आत्माले गर्न नसक्ने काम गर्न सक्नुहुन्छ, परमेश्वर स्वयमको गवाही दिनको लागि परमेश्वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नको लागि परमेश्वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। परिणामस्वरूप, यो देह सामान्य र साधारण भए तापनि, जब मानवजातिप्रति उहाँको योगदान र मानवजातिको अस्तित्वप्रति उहाँको महत्त्वको कुरा आउँछ, तब ती अत्यन्तै बहुमूल्य हुन्छन्अनि यस देहको वास्तविक मूल्य र महत्त्व कुनै पनि मानवले नाप्न सक्दैन। यो देहले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्न नसके तापनि, उहाँले मानवजातिलाई विजय गर्न र शैतानलाई हराउन, र शैतानलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा हार मान्ने तुल्याउनका लागि आफ्नो काम प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वर देहधारी हुनुभएकोले उहाँले शैतानलाई हराउन सक्नुहुन्छ र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ। उहाँले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्नुहुन्न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएका मानवजातिलाई विजय गर्ने काम गर्नको लागि उहाँ देह बन्नुहुन्छ। यसरी, उहाँ आफ्ना सृजित प्राणीहरूमाझ आफ्नो गवाही दिन अझै राम्ररी सक्नुहुन्छ र उहाँ भ्रष्ट मानिसलाई मुक्ति दिन सक्नुहुन्छ। परमेश्वरका आत्माद्वारा शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्ने कार्यले भन्दा, देहधारी परमेश्वरको शैतानमाथिको विजयले अझै ठूलो गवाही दिन्छ र यो अझै विश्वास दिलाउने हुन्छ। देहमा हुनुहुने परमेश्वर मानिसलाई सृष्टिकर्ता चिन्नका लागि अझै बढी फाइदाजनक हुनुहुन्छ र उहाँका सृजित प्राणीहरूमाझ आफ्नो गवाही दिनको लागि अझै बढी सक्षम हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
२२८. यसपालि, परमेश्वर आत्मिक शरीरमा नभई अति साधारण शरीरमा काम गर्नका लागि आउनुहुन्छ। त्यसमाथि, यो परमेश्वरको दोस्रो देहधारणको शरीर हो, र त्यो शरीर पनि हो जसमार्फत परमेश्वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। उहाँलाई हेर्दा, तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यो फगत नगण्य देह नै परमेश्वरका समस्त सत्यताका वचनको मूर्त रूप, आखिरी दिनहरूमा परमेश्वरका कामको वाहक, र मानिसले परमेश्वरको सम्पूर्ण स्वभाव बुझ्ने अभिव्यक्ति हो। के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई देख्ने चाहना बिछट्टै राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई बुझ्ने चाहना बिछट्टै राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्ने चाहना बिछट्टै राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू—कुनै पनि मानिसले कहिल्यै तँलाई बताउन नसकेका रहस्यहरू—बताउनुहुनेछ र उहाँले तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यको तेरो प्रवेशद्वार र नयाँ युगमा प्रवेश गर्नका लागि तेरो मार्गदर्शक हुनुहुन्छ। यो साधारण देहसँग मानिसका निम्ति बुझ्न नसकिने धेरै रहस्य हुन्छन्। उहाँका कार्यहरू तेरा लागि दुर्बोध छन्, तर उहाँले गर्ने कामको सम्पूर्ण लक्ष्य नै तँलाई उहाँ मानिसहरूले विश्वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर देख्न सक्षम बनाउन पर्याप्त छ, किनकि उहाँ आखिरी दिनहरूमा परमेश्वरका अभिप्राय, र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्वरको हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू अग्निका ज्वालाहरूजस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट परमेश्वर क्रोधी भइरहनुभएको सुन्न सक्छस् र परमेश्वरले मानवजातिका लागि कृपा देखाइरहनुभएको थाहा पाउन सक्छस् र तैँले परमेश्वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस्, र त्यसभन्दा पनि बढी, सबै मानवजातिका लागि परमेश्वरको हेरविचार बोध गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्वरको काम मानिसलाई पृथ्वीमा मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्वरलाई देख्ने तुल्याउनु हो, र परमेश्वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्वर मानिस झैँ देखिनुभए पनि, उहाँ एउटा नाक र दुई आँखा भएका परमेश्वर, र साधारण परमेश्वर हुनुभए पनि, अन्त्यमा, परमेश्वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यो व्यक्ति अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीले ठूलो परिवर्तन भोग्नेथिए; यदि यो व्यक्ति अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र महामारीमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूका देहधारी परमेश्वर तिमीहरूलाई मुक्ति दिन नआउनुभएको भए, त्यसबेला परमेश्वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यो देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भए, सबै मानवजातिका लागि ठूलो विपत्तिबाट उम्कन असम्भव हुनेथियो, र त्यसका लागि आखिरी दिनहरूमा मानवजातिलाई परमेश्वरले दिने त्योभन्दा कठोर दण्डबाट उम्कन असम्भव हुनेथियो। यदि यो साधारण देह नजन्मिएको भए, तिमीहरू सबै यस्तो स्थितिमा हुनेथियौ, जहाँ तिमीहरू जीवनको भीख मागिरहेका हुनेथियौ तर जिउन सक्नेथिएनौ र मृत्युको भीख मागिरहेका हुनेथियौ तर मर्न सक्नेथिएनौ; यदि यो देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ, बरु, तिमीहरूका घोर पापहरूका कारणले तिमीहरू परमेश्वरद्वारा दण्डित हुनेथियौ। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिको मौका हुनेथिएन; र यदि यो देहको आगमन नभएको भए, परमेश्वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथियो? अतः, के तिमीहरूले अझै पनि परमेश्वरको दोस्रो देहधारणलाई इन्कार गर्नेछौ? यो साधारण व्यक्तिबाट तिमीहरूले यति ठूला फाइदा प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?
परमेश्वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तैँले तेरो निर्णय सही छ कि छैन त्यसलाई राम्ररी बुझ्न सक्दैनस्, अनि परमेश्वरको काम सफल हुन सक्छ कि सक्दैन भनेर तैँले जान्न पनि सक्दैनस् भने, तैँले भाग्यमा भरोसा गरेर यो साधारण मानिस तेरो लागि ठूलो उपयोगी हुन सक्छ कि सक्दैन, र परमेश्वरले साँच्चै महान् काम गर्नुभएको छ कि छैन भनेर हेर्ने प्रयास किन गर्दैनस् त? यद्यपि, मैले तँलाई भन्नैपर्छ कि नोआको समयमा मानिसहरू यति हदसम्म खाइरहेका र पिइरहेका, विवाह गरिरहेका र विवाहमा दिइरहेका थिए कि परमेश्वरले त्यो हेर्नै सक्नुभएन, त्यसैले आठ जनाको नोआको परिवार र सबै प्रकारका पशु-पंक्षीहरूलाई छाडेर सबै मानवजातिलाई नष्ट गर्न उहाँले विशाल जलप्रलय पठाउनुभयो। तथापि, अन्त्यसम्म परमेश्वरप्रति बफादार रहनेहरू सबैलाई आखिरी दिनहरूमा उहाँले बचाउनुहुन्छ। हुनत दुवै युग परमेश्वरलाई साक्षी दिन असह्य ठूलो भ्रष्टताका समय थिए, र दुवै युगमा मानवजाति परमेश्वर उनीहरूको प्रभु हुनुहुन्थ्यो भन्ने इन्कार गरेका र भ्रष्ट भएका कारण परमेश्वरले नोआको समयमा मानिसहरूलाई मात्र नष्ट गर्नुभयो। दुवै युगमा मानवजातिले परमेश्वरलाई ठूलो दुःख दिए, तर पनि परमेश्वरले अहिलेसम्म आखिरी दिनहरूका मानिससँग धैर्य गर्नुभयो। किन हो यो? तिमीहरूले किन कहिल्यै आश्चर्य मानेनौ? यदि तिमीहरूलाई साँच्चिकै थाहा छैन भने, मलाई भन्न देऊ। आखिरी दिनहरूमा मानिसहरूलाई परमेश्वरले कृपा गर्न सक्नुको कारण उनीहरू नोआको समयका मानिसहरूभन्दा कम भ्रष्ट भएर होइन, अथवा उनीहरूले परमेश्वरलाई पश्चाताप देखाएको भएर होइन, आखिरी दिनहरूमा प्रविधि यति आधुनिक छ कि उनीहरूलाई परमेश्वर स्वयमले नष्ट गर्न सक्नुहुन्न भन्ने कुरा त परै छाडौँ। बरु, यसको कारण यो हो कि परमेश्वरले मानिसहरूको एक समूहमा आखिरी दिनहरूमा गर्नुपर्ने काम छ, र यो काम परमेश्वर स्वयमले उहाँको देहधारणमा गर्नुहुनेछ। यसको साथै, परमेश्वर उहाँको मुक्तिका पात्रहरू र उहाँको व्यवस्थापनको योजनाको फल बन्न यो समूहको एक भाग छान्नुहुनेछ, र ती मानिसहरूलाई अर्को युगमा ल्याउनुहुनेछ चाहना राख्नुहुन्छ। त्यसैले, जे भए पनि, परमेश्वरले चुकाउनुभएको यो मूल्य पूर्ण रूपले उहाँको देहधारी शरीरले आखिरी दिनहरूमा गर्ने कामको तयारीको लागि हो। यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यी सबै आशिष् प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्त्वहीन मानिसप्रति समर्पण गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्वर र मानिसबीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरूबीचको दूरीलाई छोट्याएको छ र परमेश्वर र मानिसका विचारहरूबीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्वास र आराधनाको लागि अयोग्य छ? के यस्तो साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूमाझ परमेश्वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यताहरू इन्कार गऱ्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गऱ्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूलाई के हुनेछ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ
२२९. आखिरी दिनहरूमा परमेश्वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्योभन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्तो व्यक्ति तिमीहरूले विश्वास गरे जस्तो: उल्लेख गर्न नै अयोग्य हुने गरी अति साधारण हुन सक्छ? के उहाँको सत्यता तिमीहरूलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन पर्याप्त छैन? के आफ्नै आँखाले उहाँका कार्य देख्नुले नै तिमीहरूलाई विश्वस्त तुल्याउन सक्दैन? अथवा के उहाँले तिमीहरूलाई अगुवाइ गर्नुहुने त्यो मार्ग तिमीहरूका लागि हिँड्न योग्य छैन? अन्ततः, कुन कुराले तिमीहरूलाई उहाँप्रति वितृष्ण हुन र उहाँलाई इन्कार्न र उहाँबाट टाढा रहन लगाउँछ? सत्यता व्यक्त गर्ने मानिस यी नै हुनुहुन्छ, सत्यता आपूर्ति गर्ने मानिस यी नै हुनुहुन्छ, तिमीहरूलाई पछ्याउनका लागि मार्ग दिने मानिस यी नै हुनुहुन्छ। के तिमीहरू यी सत्यताभित्र परमेश्वरको कामका पदचापहरू भेट्न अझसम्म असक्षम भएको हुन सक्छ? येशूको कामविना मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारणबिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्नेछैनन्। यी साधारण मानिसको आगमनविना, तिमीहरूले परमेश्वरको साँचो मुहार देख्ने अवसर कहिल्यै पाउनेथिएनौ, न त तिमीहरू त्यसको योग्य नै हुनेथियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नुपर्ने पात्र हौ। परमेश्वरको दोस्रो देहधारणको आगमनका कारण, तिमीहरूलाई परमेश्वरले क्षमा दिनुभएको छ र कृपा देखाउनुभएको छ। जे भए पनि, मैले तिमीहरूलाई अन्तिमतिर अझै पनि यी वचनका साथ छोड्नैपर्छ: यी साधारण मानिस, जो देहधारी परमेश्वर हुनुहुन्छ, तिमीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ। यो, परमेश्वरले मानिसहरूमाझ गरिसक्नुभएको महान् कुरा हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ
२३०. ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्ने कोही पनि छैन। ख्रीष्टमार्फत बाहेक परमेश्वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नका लागि परमेश्वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी आलोचना नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउन र फेरि परमेश्वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ