परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरको पवित्रता (३)

हामीले पछिल्लो पटक परमेश्‍वरको पवित्रता भन्‍ने विषयमा सङ्गति गरेका थियौँ। परमेश्‍वर स्वयम्‌को कुन पक्ष परमेश्‍वरको पवित्रतासँग सम्‍बन्धित छ? के यो परमेश्‍वरको सारसँग सम्‍बन्धित छ? (छ।) त्यसो भए, हामीले हाम्रो सङ्गतिमा छलफल गरेको परमेश्‍वरको सारको मुख्य पक्ष के हो? के यो परमेश्‍वरको पवित्रता हो? परमेश्‍वरको पवित्रता परमेश्‍वरको अद्वितीय सार हो। हाम्रो पछिल्लो सङ्गतिको मुख्य विषयवस्तु के थियो? (शैतानको दुष्टतालाई अर्थात्, ज्ञान, विज्ञान, परम्‍परागत संस्कृति, अन्धविश्‍वास, र सामाजिक प्रचलनको प्रयोग गरेर शैतानले कसरी मानिसलाई भ्रष्ट तुल्याउँछ सो पत्ता लगाउनु।) पछिल्लो समय हामीले छलफल गरेको मुख्य विषय यही थियो। शैतानले मानिसलाई भ्रष्ट तुल्याउनको लागि ज्ञान, विज्ञान, अन्धविश्‍वास, परम्‍परागत संस्कृति, र सामाजिक प्रचलनको प्रयोग गर्छ; शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तरिकाहरू यिनै हुन्—जम्‍मा पाँच वटा। शैतानले मानिसलाई भ्रष्ट तुल्याउनको लागि यीमध्ये कुनलाई सबैभन्दा बढी प्रयोग गर्छ भन्‍ने तिमीहरूलाई लाग्छ? मानिसहरूलाई सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याउनको लागि यीमध्ये कुनलाई प्रयोग गरिन्छ? (परम्‍परागत संस्कृतिलाई। किनभने कन्फ्युसियस र मेन्सियस सिद्धान्तहरू जस्ता शैतानी दर्शनशास्‍त्रहरूले हाम्रो मनमस्तिष्कमा गहन रूपमा जरा गाडेका छन्।) त्यसो भए, कतिपय भाइबहिनीहरूले यसको उत्तर “परम्‍परागत संस्कृति” हो भन्‍ने ठान्छन्। के कसैसँग कुनै फरक उत्तर छ? (ज्ञान। ज्ञानले हामीलाई कहिल्यै पनि परमेश्‍वरको आराधना गर्न दिनेछैन। यसले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्छ, र परमेश्‍वरको नियमलाई इन्कार गर्छ। भन्‍नुको अर्थ, शैतानले हामीलाई सानै उमेरदेखि अध्ययन गर्न सुरु गर्नुपर्छ, र अध्ययन गरेर अनि ज्ञान प्राप्त गरेर मात्रै हामीले भविष्यको लागि राम्रो आशा र सुखद नियति प्राप्त गर्नेछौँ भनेर बताउँछ।) शैतानले तेरो भविष्य र नियतिलाई नियन्त्रण गर्नको लागि ज्ञानको प्रयोग गर्छ, अनि यसले तँलाई सधाएजस्तै गरी डोर्‍याउँछ; तँलाई लाग्छ, शैतानले यसरी नै मानिसलाई सबैभन्दा बढी गहन रूपमा भ्रष्ट तुल्याउँछ। त्यसो भए, तिमीहरूमध्ये अधिकांशलाई लाग्छ कि मानिसलाई सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याउनको लागि शैतानले ज्ञानको प्रयोग गर्छ। के अरू कसैसँग कुनै फरक राय छ? उदाहरणको लागि, विज्ञान वा सामाजिक प्रचलनको बारेमा के भन्छौ? के कसैले यिनलाई उत्तरको रूपमा पहिचान गर्छौ? (गर्छौं।) आज, म फेरि शैतानले मानिसलाई भ्रष्ट तुल्याउने पाँच तरिकाको बारेमा सङ्गति गर्नेछु, र मैले सङ्गति गरिसकेपछि, म तिमीहरूलाई केही प्रश्‍नहरू सोध्‍नेछु, ताकि हामीले शैतानले मानिसलाई सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याउनको लागि यीमध्ये कुन-कुन कुरालाई प्रयोग गर्छ सो दुरुस्त रूपमा देख्‍न सकौँ।

शैतानले मानिसलाई भ्रष्ट तुल्याउने पाँच तरिकाहरू

क. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्छ र उसलाई नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ

मानिसलाई शैतानले भ्रष्ट तुल्याउने पाँच तरिकाहरूमध्ये, हामीले उल्‍लेख गरेको पहिलो ज्ञान हो, त्यसकारण हाम्रो सङ्गतिको पहिलो विषयको रूपमा ज्ञानलाई लिऔँ। शैतानले ज्ञानलाई चारोको रूपमा प्रयोग गर्छ। ध्यान दिएर सुन्: ज्ञान भनेको एक प्रकारको चारो मात्रै हो। मानिसहरूलाई दिन प्रतिदिन कडा मेहनतसाथ पढ्न र आफूलाई सुधार गर्न, ज्ञानलाई हतियार बनाएर आफैलाई त्यसद्वारा सुसज्‍जित पार्न, र विज्ञानको प्रवेशद्वार खुला गर्न ज्ञानलाई प्रयोग गर्न बहकाइन्छ; अर्को शब्‍दमा भन्दा, तैँले जति धेरै ज्ञान हासिल गर्छस्, तैँले त्यति नै बढी बुझ्‍नेछस्। शैतानले मानिसहरूलाई यी सबै कुराहरू बताउँछ; त्यसले मानिसहरूलाई महत्त्वाकाङ्क्षा र अभिलाषाहरू बढाउँदै लैजान निर्देशन दिँदै तिनीहरूले ज्ञान सिक्‍ने क्रममा उत्कृष्ट आदर्शहरू लिनुपर्छ भनी बताउँछ। मानिसहरूलाई थाहै नभई शैतानले तिनीहरूलाई यस्ता विभिन्‍न सन्देशहरू दिन्छ अनि अचेतन रूपमै यी कुराहरू सही वा लाभदायक छन् भनी महसुस गर्ने तुल्याउँछ। अनजानमै मानिसहरूले यो मार्गमा पाइला चाल्छन्, अनजानमै तिनीहरू आफ्‍नै आदर्शहरू र महत्त्वाकाङ्क्षाहरूद्वारा डोरिँदै जान्छन्। चरणबद्ध रूपमा, अनजानमै तिनीहरूले शैतानद्वारा दिइएको ज्ञानबाट महान् वा चर्चित मानिसहरूको सोच्‍ने शैलीहरू सिक्छन्। तिनीहरूले नायकहरू ठानिने मानिसहरूका कार्यबाट पनि केही कुरा सिक्छन्। यी नायकहरूका कार्यहरूमा शैतानले मानिसको लागि के वकालत गरिरहेको हुन्छ? यसले मानिसको मनमस्तिष्कभित्र के हाल्न चाहन्छ? मानिस देशभक्त हुनैपर्छ, उसमा राष्ट्रिय अखण्डता हुनुपर्छ, र ऊ नायकी उत्साह भएको व्यक्ति हुनुपर्छ। नायकी व्यक्तित्वहरूको ऐतिहासिक कथा वा जीवनीहरूबाट मानिसले के सिक्छ? व्यक्तिगत वफादारीताको भाव धारण गर्न, इष्टमित्र र दाजुभाइको लागि जेसुकै गर्न तयार रहन। शैतानको यो ज्ञानभित्र, मानिसले अनजानमै धेरै कुराहरू सिक्छ, जुन सकारात्मक छँदै-छैनन्। मानिसको अनभिज्ञतामाझ, शैतानद्वारा तयार गरिएका बीउहरू मानिसहरूको अपरिपक्‍व मनमस्तिष्कहरूमा छरिन्छ। यी बीउहरूले तिनीहरूलाई महान् व्यक्ति बन्‍नुपर्छ, चर्चित बन्‍नुपर्छ, नायक बन्‍नुपर्छ, देशभक्त बन्‍नुपर्छ, आफ्‍नो परिवारलाई प्रेम गर्ने व्यक्ति बन्‍नुपर्छ, र साथीको लागि जे पनि गर्ने व्यक्ति बन्‍नुपर्छ र व्यक्तिगत वफादारीताको भाव धारण गर्नुपर्छ भन्‍ने अनुभूति गराउँछ। शैतानको प्रलोभनमा परेर, अनजानमै तिनीहरू त्यसले तिनीहरूका लागि तयार गरेको बाटोमा हिँड्छन्। यो बाटोमा ओरालो लाग्‍ने क्रममा, तिनीहरूले शैतानका जिउने नियमहरू पछ्याउन बाध्य हुन्छन्। पूर्ण रूपमा अनभिज्ञ रहेर, जिउनको लागि तिनीहरूले आफ्‍नै नियमहरू निर्माण गर्छन्, तर ती शैतानका नियमहरू बाहेक केही पनि हुँदैनन् जसलाई त्यसले तिनीहरूको मनमस्तिष्कमा जबरजस्ती हालिदिएको हुन्छ। शैतानले तिनीहरूलाई तिनीहरूको सिकाइ प्रक्रियामा तिनीहरूका आफ्‍नै उद्देश्यहरू हुर्काउन र तिनीहरूका आफ्‍नै जीवन लक्ष्यहरू, जिउने नियमहरू र जीवन दिशा निर्धारित गर्न लगाउँछ र यस क्रममा मानिसहरूलाई तिनीहरू प्रलोभनमा परुन्जेल अलि-अलि गरी कथाहरू, जीवनीहरू र सम्‍भव भएका अरू सबै माध्यमहरूको प्रयोग गरेर तिनीहरूको मनमस्तिष्कमा शैतानका कुराहरू हालिदिन्छ। यसरी, तिनीहरूको सिकाइको अवधिमा, कतिले साहित्य, कतिले अर्थशास्‍त्र, अरूले खगोलविज्ञान वा भूगोल मन पराउँछन्। अनि कतिपयले राजनीतिशास्त्र मन पराउँछन्, कतिले भौतिकविज्ञान मन पराउँछन्, कतिलाई रसायनशास्त्र मन पर्छ, अनि अझै अरूलाई ईश्‍वरशास्‍त्र मन पर्छ। यी सबै वृहत् समग्रता अर्थात् ज्ञानका भागहरू हुन्। तिमीहरूको हृदयमा, यी सबै कुराहरू वास्तवमा केसँग सम्‍बन्धित छन् भन्‍ने तिमीहरू प्रत्येकलाई थाहा छ; तिमीहरू प्रत्येक नै यसभन्दा पहिले तिनको सम्पर्कमा आएका थियौ। तिमीहरू प्रत्येकले नै ज्ञानका एउटा वा अर्को हाँगाहरूका बारेमा अटुट रूपमा कुरा गरिरहन सक्छौ। यसरी मानिसहरूको मनमा यो ज्ञान कति गहिरो गरी प्रवेश गरेको छ भन्‍ने कुरा स्पष्ट हुन्छ; मानिसहरूका हृदयमा यो ज्ञानले लिएको स्थान अनि तिनीहरूमा यसको प्रभाव कति गहन छ भन्‍ने कुरालाई स्पष्टै देख्‍न सकिन्छ। कसैले ज्ञानको एउटा क्षेत्रप्रति आत्मीयता विकास गरिसकेपछि, जब व्यक्तिले यसलाई गहन रूपमा प्रेम गरेको हुन्छ, तब तिनीहरूले अनजानमै महत्त्वाकाङ्क्षाहरूको विकास गर्छन्: कतिपय मानिसहरू लेखक बन्‍न चाहन्छन्, कति जना साहित्यकार बन्‍न चाहन्छन्, कति जना राजनीतिलाई पेसा बनाउन चाहन्छन्, र कति जना अर्थशास्‍त्रमा संलग्‍न भएर व्यापारी बन्‍न चाहन्छन्। त्यसै गरी नायकहरू, महान् वा चर्चित बन्‍न चाहने मानिसहरू पनि छन्। कुनै व्यक्ति जस्तो प्रकारको व्यक्ति बन्‍न चाहे पनि, तिनीहरूको लक्ष्य भनेको ज्ञान सिक्‍ने यो विधिलाई लिएर तिनीहरूका आफ्‍नै फाइदाको लागि, तिनीहरूका आफ्‍नै इच्‍छाहरू, तिनीहरूका आफ्‍नै महत्त्वाकाङ्क्षाहरूको लागि प्रयोग गर्नु हो। यो जति नै राम्रो सुनिए पनि—तिनीहरूले आफ्‍ना सपनाहरू हासिल गर्न, आफ्‍नो जीवन बरबाद नगर्न, वा निश्‍चित पेसा अपनाउन चाहे पनि नचाहे पनि—तिनीहरूले यी उच्च आदर्श र महत्त्वाकाङ्क्षाहरू लिन्छन्, तर वास्तवमा यो सबै केका लागि हो त? के तिमीहरूले यसभन्दा पहिले कहिल्यै यो प्रश्‍नको बारेमा विचार गरेका छौ? शैतानले किन यस्तो कार्य गर्छ? यी कुराहरूलाई मानिसको मनमस्तिष्कमा राखिदिनुमा शैतानको के उद्देश्य छ? यो प्रश्‍नको विषयमा तिमीहरूको हृदय स्पष्ट हुनैपर्छ।

अब हामी मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ भन्‍नेबारेमा कुरा गरौँ। पहिले, यी कुराहरूका बारेमा हामीसँग स्पष्ट बुझाइ हुनुपर्छ: ज्ञानद्वारा शैतानले मानिसलाई के दिन चाहन्छ? यसले मानिसलाई कस्तो बाटोमा डोर्‍याएर लैजान चाहन्छ? (परमेश्‍वरलाई विरोध गर्ने बाटोमा।) हो, निश्‍चय नै यही हो—परमेश्‍वरको विरोध गर्नु हो। त्यसपछि, तैँले देख्‍न सक्छस् कि मानिसहरूले ज्ञान प्राप्त गरेपछिको परिणाम यही हुन्छ अर्थात् तिनीहरूले परमेश्‍वरको विरोध गर्न थाल्छन्। त्यसो भए, शैतानका कुटिल मनसायहरू के-के हुन् त? यसबारेमा तिमीहरू स्पष्ट छैनौ, छौ त? मानिसले ज्ञान सिक्‍ने प्रक्रियामा, शैतानले सबै किसिमका विधिहरू प्रयोग गर्छ, चाहे यो कथाहरू सुनाउने, ज्ञानका केही अलगअलग टुक्राहरू दिने होस्, वा तिनीहरूलाई आफ्ना इच्‍छा वा महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न दिने होस्। शैतानले तँलाई कुन बाटोमा डोर्‍याउन चाहन्छ? मानिसहरूले ज्ञान सिक्‍नु गलत होइन, यो पूर्ण रूपमा प्राकृतिक कुरा हो भन्‍ने ठान्छन्। यसलाई आकर्षक तरिकाले भन्दा, उच्‍च आदर्शहरू पाल्नु वा महत्त्वाकाङ्क्षाहरू राख्‍नु भनेको इच्‍छाशक्ति हुनु हो, र जीवनको सही मार्ग यही नै हुनुपर्छ। यदि मानिसहरूले आफ्‍ना आदर्शहरूलाई पूरा गर्न सक्छन्, वा सफलतापूर्वक करियर बनाउन सक्छन् भने के यो तिनीहरूका लागि वैभवशाली जिउने तरिका होइन र? यी कुराहरू गरेर, व्यक्तिले आफ्‍ना पुर्खाहरूलाई सम्‍मान गर्ने मात्रै होइन, इतिहासमा आफ्‍नो छाप छोडेर जाने मौका पनि पाउँछ—के यो असल कुरा होइन र? सांसारिक मानिसहरूको नजरमा यो असल कुरा हो, र तिनीहरूको लागि यो उचित र सकारात्मक हुनुपर्छ। तैपनि, के शैतानले कुटिल मनसायहरूद्वारा मानिसहरूलाई यस प्रकारको मार्गमा लगेपछि त्यो त्यतिमै सकिन्छ र? अवश्य नै सकिँदैन। वास्तवमा, मानिसका आदर्शहरू जति नै उच्‍च भए पनि, मानिसका इच्‍छाहरू जति नै यथार्थ वा ती जति नै न्यायसंगत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा अपरिहार्य रूपमा दुईवटा शब्‍दसँग जोडिएको हुन्छ। यी दुई शब्‍द हरेक व्यक्तिको जीवनको लागि अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्‍द के-के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतानले अत्यन्तै सूक्ष्म प्रकारको विधि प्रयोग गर्छ, जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्दो हुन्छ, जुन त्यति उग्र प्रकृतिको हुँदैन, र जसमार्फत त्यसले मानिसहरूलाई अनजानैमा त्यसको जीवनशैली, र जिउने नियमहरू स्वीकार गर्न लगाउँछ, आफ्ना जीवन लक्ष्यहरू र जीवनको दिशा निर्धारण गर्न लगाउँछ, र यी सबै गरेपछि तिनीहरूभित्र अनजानैमा जीवनमा महत्त्वाकाङ्क्षाहरू हुर्कन पुग्छन्। जीवनका यी महत्त्वाकाङ्क्षाहरू जति भव्य देखिए पनि, ती अपरिहार्य रूपमै “ख्याति” र “प्राप्ति” सँग जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले, र वास्तवमा भन्‍ने हो भने सबै मानिसहरूले, जीवनमा पछ्याउने कुराहरू यी दुई शब्‍दहरू “ख्याति” र “प्राप्ति” सँग मात्रै गाँसिएका छन्। ख्याति र प्राप्ति पाइसकेपछि, ती कुरालाई तिनीहरूले पूँजीको रूपमा प्रयोग गरी उच्‍च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, र जीवनको आनन्द लिन सक्छन् भनी मानिसहरू सोच्छन्। तिनीहरू ख्याति र प्राप्तिलाई सुखचैन खोजी गर्न र दैहिक आनन्द लिनलाई प्रयोग गर्न सकिने पूँजी हो भन्‍ने ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्‍छाले तर अनजानमा आफ्‍नो तन, मन, आफूसँग भएका सबै कुरा, आफ्नो भविष्य र भवितव्य सबै शैतानलाई सुम्पन्छन्। आफूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्‍ने कुराप्रति सधैँ अनजान रही, एक क्षण पनि नहिचकिचाई तिनीहरूले त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान्‌ बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र धर्मी छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने ख्याति र प्राप्तिको मानिसहरूलाई लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; ती कहिल्यै अन्त्य नहुने गरी मानिसहरूले आफ्‍नो जीवनभरि र अनन्तसम्‍म पनि पछ्याउने कुराहरू बन्छन्। के यो साँचो होइन र? कतिपय मानिसहरूले भन्छन् कि ज्ञान सिक्‍नु भनेको पुस्तकहरू पढ्नु वा समयअनुसार पछि नपर्न वा संसारद्वारा पछि नछोडिनको लागि आफूलाई थाहा नभएका एकदुई वटा कुरा सिक्‍नुबाहेक केही पनि होइन। हातमुख जोड्न सकियोस् भनेर, आफ्‍नै भविष्यको खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नको लागि मात्रै, एक दशकसम्‍म कठिन अध्ययन गर्न सक्‍ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्‍म यस्ता कठिनाइहरू सहन्छ? यो ख्याति र प्राप्तिको लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढा बसेर प्रतीक्षा गरिरहेको हुन्छ, तिनीहरूलाई इसारा गरिरहेको हुन्छ र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र संघर्षले मात्र आफूलाई ख्याति र प्राप्ति दिलाउने मार्गमा डोर्‍याउन सक्छ भन्‍ने विश्‍वास गर्छन्। त्यस्तो व्यक्तिले आफ्नो भविष्यको लागि, आफ्नो भविष्यको आनन्दको लागि र उत्तम जीवन प्राप्त गर्नको लागि यस्ता कठिनाइहरू भोग्‍नुपर्छ। आखिर यो ज्ञान के हो—के तिमीहरू मलाई भन्‍न सक्छौ? के यो “आफ्नो देश, पार्टी, र धर्मलाई प्रेम गर” र “बुद्धिमान मान्छे परिस्थितिअनुसार चल्छ” भन्‍नेजस्ता शैतानले मानिसहरूमा हालिदिएका जीवन जिउने नियम र दर्शनहरू होइन र? के यो शैतानले मानिसमा हालिदिएका जीवनका “उच्‍च आदर्शहरू” होइन र? उदाहरणको लागि, महान् मानिसहरूका विचारहरू, चर्चित व्यक्तिहरूको निष्ठा वा पराक्रमी व्यक्तित्वहरूको साहसिक स्वभावलाई लिऊँ, वा मार्सल आर्ट उपन्यासका नायक र तरवारधारीहरूको वीरता र दयालुपनलाई लिऊँ—के यी सबै नै शैतानले यी आदर्शहरू हालिदिने तरिकाहरू होइनन् र? यी विचारहरूले एकपछि अर्को पुस्तालाई प्रभाव पार्छन्, र हरेक पुस्ताका मानिसहरूलाई यी विचारहरू स्वीकार गर्ने बनाउँछन्। तिनीहरूले “उच्‍च आदर्शहरू” को खोजीमा निरन्तर सङ्घर्ष गर्छन् र यसैको खातिर आफ्नो जीवन बलिदानसमेत गर्छन्। मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्ने माध्यम र तरिका यही हो। अनि, शैतानले मानिसहरूलाई यो मार्गमा डोर्‍याइसकेपछि, के तिनीहरूले परमेश्‍वरको आज्ञापालन र आराधना गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका वचनहरू स्वीकार गर्न र पछ्याउन सक्छन्? बिलकुलै सक्दैनन्—किनभने तिनीहरू शैतानद्वारा बहकिइसकेका छन्। हामी शैतानले मानिसहरूमा हालिदिने ज्ञान, विचार र रायहरूलाई फेरि हेरौँ: के ती कुरामा परमेश्‍वरप्रतिको आज्ञापालन र आराधनाका सत्यताहरू हुन्छन्? के तिनमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने आचरण छ? के तिनमा परमेश्‍वरका वचनहरूको कुनै कुरा छ? के तिनमा सत्यतासँग सम्बन्धित कुनै कुरा छ? बिलकुलै छैन—यी कुराहरू छँदै छैनन्। के तिमीहरू शैतानले मानिसहरूमा हालिदिने यी कुराहरूमा सत्यता छैन भन्‍ने कुरामा निश्‍चित हुन सक्छौ? तिमीहरू निश्‍चित हुन आँट गर्दैनौ, तर केही छैन। मानिसहरूलाई लोभ्याएर दुष्टताको मार्गमा ल्याउन शैतानले प्रयोग गर्ने दुई मुख्य शब्‍दहरू “ख्याति” र “प्राप्ति” नै हुन् भनी तैँले पहिचान् गर्छस् भने, त्यो नै पर्याप्त हुन्छ।

अहिलेसम्‍म हामीले के-के छलफल गर्‍यौँ, छोटकरीमा पुनरावलोकन गरौँ: शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्‍नको लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) हो, शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्‍न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने लाग्छ। तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्‍न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्‍ने लाग्छ। तर बिस्तारै एक दिन तिमीहरूले ख्याति र प्राप्ति मानिसलाई बाँध्‍नको लागि शैतानले प्रयोग गर्ने राक्षसी बन्धनहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा विरोध गर्नेछस् र तँलाई बाँध्‍न शैतानले प्रयोग गरेका बन्धनहरूलाई तैँले पूर्ण रूपमा विरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका सबै कुराहरूलाई तैँले फ्याँक्‍न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँकहाँ ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र मानवजातिसँग परमेश्‍वरको निम्ति साँचो प्रेम र तृष्णा हुनेछ।

ख. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञान प्रयोग गर्छ

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ सोबारेमा हामीले भर्खरै कुराकानी गर्‍यौँ, त्यसैले अब हामी मानिसलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञानको कसरी प्रयोग गर्छ भन्‍नेबारेमा सङ्गति गरौँ। सबभन्दा पहिले, शैतानले मानिसको उत्सुकता, विज्ञानको अन्वेषण गर्ने र रहस्यहरू जाँच्‍ने मानिसको इच्‍छालाई सन्तुष्ट पार्न विज्ञानको नाम प्रयोग गर्छ। विज्ञानको नाममा, शैतानले मानिसका भौतिक खाँचोहरू र जीवनको गुणस्तर निरन्तर सुधार गर्ने मानिसको माग पूरा गर्छ। तसर्थ, यही बहानामा शैतानले मानिसलाई भ्रष्ट तुल्याउन विज्ञानको प्रयोग गर्छ। के शैतानले यसरी विज्ञानको प्रयोग गरी मानिसको विचारलाई मात्र भ्रष्ट तुल्याउँछ कि मानिसको मनमस्तिष्कलाई नै भ्रष्ट तुल्याउँछ? हाम्रो वरिपरिका हामीले देख्‍ने र हाम्रो सम्पर्कमा आउने मानिसहरू, घटनाहरू र विभिन्‍न कुराहरूमध्ये, अरू के-केलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञानको प्रयोग गर्छ? (प्राकृतिक वातावरणलाई।) सही हो। तिमीहरूलाई यसले गहन रूपमा हानि गरेको र गहन रूपमा असर पारेको छ जस्तो देखिन्छ। मानिसलाई धोका दिनको लागि विज्ञानका विभिन्‍न परिणाम र निष्कर्षहरू प्रयोग गर्नेबाहेक, मानिसलाई परमेश्‍वरले दिनुभएको जिउने वातावरणलाई मनोमानी रूपमा विनाश र शोषण गर्न पनि शैतानले विज्ञानकै प्रयोग गर्छ। मानिसले वैज्ञानिक शोध-अध्ययन गरेमा मानिसको जिउने वातावरण र जीवनको गुणस्तर निरन्तर सुधार हुनेछ, र वैज्ञानिक विकासको उद्देश्य भनेकै मानिसहरूको दैनिक रूपमा बढ्दो भौतिक खाँचोहरू र तिनीहरूको जीवनको गुणस्तरमा निरन्तर सुधार गर्नुपर्ने आवश्यकता पूरा गर्नु हो भन्‍ने बहानामा त्यसले यसो गर्छ। शैतानले विज्ञानको विकास गर्नुको सैद्धान्तिक आधार यही हो। तैपनि, विज्ञानले मानवजातिमा के ल्याएको छ त? के हाम्रो जिउने वातावरण, र सारा मानवजातिको जिउने वातावरण, दूषित पारिएको छैन र? के मानिसले सास फेर्ने हावा दूषित पारिएको छैन र? के हामीले पिउने पानी दूषित पारिएको छैन र? के हामीले खाने खाना प्राङ्गारिक र प्राकृतिक छ र? धेरैजसो अन्‍न र सागसब्जीलाई आनुवांशिक संशोधन गरी, रासायनिक मलको प्रयोग गरेर उमारिन्छ र तीमध्ये केही त विज्ञानको प्रयोग गरी सिर्जना गरिएका फरक प्रजातिहरू पनि छन्। हामीले खाने सागसब्‍जी र फलफूलसमेत अब प्राकृतिक छैनन्। प्राकृतिक अन्डासमेत अब भेट्टाउन सजिलो छैन, र शैतानको तथाकथित विज्ञानले पहिले नै प्रशोधन गरेको कारण अन्डाहरूको स्वाद पहिलेजस्तो छैन। बृहत् चित्रलाई हेर्दा, सम्पूर्ण वायुमण्डललाई नष्ट र प्रदूषित गरिएको छ; हिमाल, तालतलैया, वनजङ्गल, खोलानाला, समुद्र, र जमिनमाथि एवं जमिनमुनिका सबै कुरालाई तथाकथित वैज्ञानिक उपलब्धिले तहसनहस पारेको छ। छोटकरीमा, परमेश्‍वरले मानवजातिलाई दिनुभएको जिउने वातावरण अर्थात प्राकृतिक वातावरणलाई सम्पूर्ण रूपमा तथाकथित विज्ञानले नष्ट र विनाश गरेको छ। जीवनको गुणस्तरको हिसाबमा, आफूले सधैँ आशा गरेका कुराहरू प्राप्त गर्ने र यसरी आफ्ना इच्‍छाहरू र देहलाई सन्तुष्ट पार्ने मानिसहरू धेरै छन्, तैपनि मानिस जिउने वातावरणलाई विज्ञानले ल्याएका विभिन्‍न “उपलब्धिहरू” ले नष्ट र विनाश गरेका छन्। एकपटक चोखो हावाको सास फेर्ने अधिकारसमेत हामीसँग अब रहेन। के यो मानवजातिको लागि शोक होइन र? यस प्रकारको स्थानमा जिउनुपर्दा, के मानिससँग अब कुरा गर्नको लागि कुनै खुशी बाँकी रहेको छ र? मानिस बस्‍ने यो स्थान र जिउने वातावरणलाई सुरुबाटै परमेश्‍वरले मानिसको लागि सृष्टि गर्नुभएको थियो। मानिसहरूले पिउने पानी, मानिसहरूले सास फेर्ने हावा, मानिसहरूले खाने विविध प्रकारका खानेकुरा, साथै बोटबिरुवा, सजीव प्राणीहरू, पहाड, तालतलैया र समुद्रसमेत—यस जीवित वातावरणको हरेक भाग परमेश्‍वरले मानिसलाई दिनुभएको थियो; यो प्राकृतिक छ, परमेश्‍वरले तय गर्नुभएको प्राकृतिक नियमअनुसार चलिरहेको छ। विज्ञान नै नभएको भए पनि, मानिसहरूले परमेश्‍वरप्रदत्त तौरतरिकाहरू अवलम्बन गर्नेथिए, तिनीहरूले मौलिक र प्राकृतिक अवस्थामा रहेका सबै कुराको आनन्द लिन सक्‍नेथिए, र तिनीहरू खुसी नै हुनेथिए। तर, अहिले यो सबैलाई शैतानले नष्ट र विनाश गरेको छ; मानिसहरू जिउने आधारभूत क्षेत्र अब मौलिक रहेन। तर यस्तो अवस्था केले पैदा गर्‍यो वा यो कसरी भयो भनी कसैले पहिचान गर्न सक्दैन, बरु धेरैभन्दा धेरै मानिसहरू विज्ञानको शरण पर्छन् र शैतानले तिनीहरूको मनमस्तिष्कमा घुसाइदिएको विचारहरूद्वारा यसलाई बुझ्छन्। के यो अत्यन्तै घृणास्पद र दयनीय कुरा होइन र? अहिले, शैतानले मानिसहरू अस्तित्वमा रहेको क्षेत्रका साथै तिनीहरू जिउने वातावरणलाई लिइसकेको छ र तिनीहरूलाई भ्रष्ट तुल्याई यो स्थितिमा पुर्‍याएको छ, र मानवजाति अटुट रूपमा यही मार्गमा विकसित भइरह्यो भने, के यी मानिसहरूलाई व्यक्तिगत रूपमा परमेश्‍वरले नष्ट गर्नु आवश्यक छ? यदि मानिसहरूले यहीअनुरूप विकास हुने कार्यलाई जारी राखे भने, तिनीहरूले कुन दिशा लिनेछन्? (तिनीहरू नष्ट पारिनेछन्।) तिनीहरू कसरी नष्ट पारिनेछन्? ख्याति र प्राप्तिसम्‍बन्धी मानिसहरूको लोभी खोजबाहेक, तिनीहरूले अटुट रूपमा वैज्ञानिक अन्वेषणलाई अघि बढाउँछन् र गहन शोध-अध्ययन गर्छन्, र त्यसपछि तिनीहरू आफ्‍नै भौतिक खाँचो र इच्‍छाहरू पूरा गर्न अनवरत रूपमा कार्य गर्छन्; यस्तो हुँदा, मानिसको लागि के-कस्ता परिणामहरू हुन्छन् त? सर्वप्रथम, पर्यावरणीय सन्तुलन बिग्रन्छ, र जब यस्तो हुन्छ, यो असन्तुलित वातावरणद्वारा मानिसहरूका शरीर, तिनीहरूका भित्री अङ्गहरूमा प्रतिकूल असर र क्षति पुग्छ, र संसारभरि विभिन्‍न प्रकारका सङ्क्रामक रोग र महामारीहरू फैलन्छन्। अहिलेको यो अवस्था मानिसले नियन्त्रण गर्नै नसक्‍ने भएको छ भन्‍ने कुरा के साँचो होइन र? अब तिमीहरूले यसलाई बुझिसकेका छौ, यदि मानवजातिले परमेश्‍वरलाई पछ्याउँदैन, बरु निरन्तर आफैलाई सम्पन्‍न तुल्याउन ज्ञान प्रयोग गर्दै, मानव जीवनको भविष्यको निरन्तर अन्वेषण गर्न विज्ञान प्रयोग गर्दै, निरन्तर बाँचिरहन यस प्रकारको विधि प्रयोग गर्दै, सधैँ यसरी नै शैतानलाई पछ्याउँछ भने, मानवजातिको अन्त्य कसरी हुन्छ, के तँ पहिचान गर्न सक्छस्? मानवजाति प्राकृतिक रूपमै लोप हुनेछ: एकएक कदम गर्दै मानवजाति विनाशतर्फ—आफ्नै विनाशतर्फ अघि बढ्छ। के यो आफैमाथि विनाश ल्याउनु होइन र? अनि, के यो वैज्ञानिक प्रगतिको परिणाम होइन र? यस्तो लाग्छ, विभिन्‍न कुराहरू पत्ता लगाउने प्रयास गर्दा, तिमीहरूले कुहिरोको धूमिल दृष्टिभित्र बसेर यसो गर्नुपरोस् भनी मान्छेको लागि शैतानले तयार गरेको जादुको ओखती अब विज्ञान नै हो; तैँले जति नै जोड गरी हेरे पनि, स्पष्ट रूपमा देख्‍न सक्दैनस्, अनि तैँले जति नै कठिन प्रयास गरे पनि, तैँले तिनलाई पत्ता लगाउन सक्दैनस्। तर, शैतानले तेरो अभिलाषालाई अझै बढाउन र तँलाई सधाएको जन्तुलाई झैं एकपछि अर्को कदम गर्दै अतलकुण्ड र मृत्युतर्फ डोर्‍याउन विज्ञानको नाम प्रयोग गरिरहन्छ। अवस्था यस्तो भएको हुँदा, मानिसहरूले त्यसलाई स्पष्टसित देख्‍नेछन्, मानिसको विनाश शैतानको हातले गराएको हो, र शैतान नै गिरोहको नाइके हो भनेर स्पष्टसित देख्‍नेछन्। के यो यस्तै होइन र? (हो, यो यस्तै हो।) शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउने दोस्रो तरिका यही हो।

ग. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले परम्‍परागत संस्कृति प्रयोग गर्छ

शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तेस्रो तरिका परम्‍परागत संस्कृति हो। परम्‍परागत संस्कृति र अन्धविश्‍वासको बीचमा विभिन्‍न समानताहरू छन्, तर भिन्‍नता के हो भने परम्‍परागत संस्कृतिमा निश्‍चित कथा, उपमा, र स्रोतहरू हुन्छन्। शैतानले मानिसहरूमा परम्‍परागत संस्कृति वा अन्धविश्‍वासका व्यक्तित्वहरूको गहन छाप छोड्न विभिन्‍न लोक कथा वा इतिहासका पुस्तकहरूमा देखा पर्ने कथाहरूको कल्‍पना र प्रतिपादन गरेको छ। उदाहरणको लागि, चीनमा “समुद्र तर्ने आठ जना अविनाशीहरू,” “पश्‍चिमतर्फको यात्रा,” सम्राट जेड, “अजिङ्गर राजालाई जित्ने नेझा,” र “देवताहरूको अभिषेक” जस्ता लोक कथाहरू छन्। के यिनले मानिसको मनमा गहिरो जरा गाडेका छैनन् र? तिमीहरूमध्ये कतिलाई यिनको विवरण थाहा नभए पनि, तिमीहरूलाई समग्र कथा थाहा छ, र तेरो हृदय र मनमा टाँस्‍सिने भनेको समग्र विषयवस्तु नै हो, यसरी तैँले तिनलाई बिर्सन सक्दैनस्। शैतानले धेरै पहिले नै मानिसका निम्ति तयार गरेका विभिन्‍न विचार वा दन्त्यकथाहरू यिनै हुन्, र फरक-फरक समयमा यसको प्रचार-प्रसार भएको छ। यी कुराहरूले प्रत्यक्ष रूपमा मानिसहरूको प्राणलाई हानी र नष्ट गर्छन् अनि मानिसहरूलाई एकपछि अर्को गरी मन्त्रमुग्‍ध पार्छ। भन्‍नुको अर्थ, तैँले त्यस्ता परम्‍परागत संस्कृति, कथाहरू, वा अन्धविश्‍वासका कुराहरूलाई स्वीकार गरिसकेपछि, ती तेरो मनमा स्थापित भइसकेपछि, र ती तेरो हृदयमा बसिसकेपछि, तँ मन्त्रको बन्धनमा परेको जस्तै हुनेछस्—तँ यी परम्‍परागत फन्दाहरू, यी विचार र परम्‍परागत कथाहरूको जालमा पर्छस् र त्यसकै प्रभावमा हुन्छस्। तिनले तेरो जीवन, जीवन सम्‍बन्धी तेरो दृष्टिकोण, र कुराहरूप्रतिको तेरो मूल्याङ्कनलाई प्रभाव पार्छन्। त्योभन्दा पनि बढी जीवनको साँचो मार्गको तेरो खोजीलाई तिनले प्रभाव पार्छन्: यो वास्तवमा नै दुष्ट मन्‍त्र हो। तैँले जसरी प्रयास गरे पनि, तैँले तिनलाई हटाउन सक्दैनस्; तैँले तिनलाई काट्छस् तर काटेर ढाल्‍न सक्दैनस्; तैँले तिनलाई प्रहार गर्छस् तर प्रहार गरेर तैँले तिनलाई धपाउन सक्दैनस्। यसको साथै, मानिसहरू अनजानमा यस प्रकारको मन्‍त्रमा परिसकेपछि, तिनीहरूले आफ्‍नो हृदयमा शैतानको स्वरूपलाई जगेर्ना गरेर अनजानमै शैतानको पूजा गर्न थाल्छन्। अर्को शब्‍दमा भन्दा, तिनीहरूले शैतानलाई तिनीहरूको मूर्ति, तिनीहरूले आराधना गर्ने र आदरको साथ हेर्ने वस्तुको रूपमा स्थापना गर्छन्, यहाँसम्‍म कि तिनीहरूले यसलाई परमेश्‍वरकै रूपमा लिन्छन्। अनजानमा, यी कुराहरूले मानिसहरूको बोलीवचन र कार्यहरूलाई नियन्त्रण गर्दै ती तिनीहरूको हृदयमा बस्छन्। यसको साथै, सुरुमा तैँले यी कथा र दन्त्यकथाहरू झूट हुन् भन्‍ने ठान्छस्, तर अनजानमै तिनीहरूलाई वास्तविक व्यक्तिहरू ठान्दै र तिनीहरूलाई वास्तविक, अस्तित्वमा रहेका थोकहरूका रूपमा परिवर्तन गर्दै तँ तिनीहरूका अस्तित्वलाई स्वीकार गर्छस्। तेरो अनभिज्ञतामा, तैँले यी विचारहरूलाई र यी कुराहरूको अस्तित्वलाई अवचेतन रूपमा ग्रहण गर्छस्। तैँले अवचेतन रूपमा दियाबलसहरू, शैतान, र मूर्तिहरूलाई तेरो आफ्‍नै घरमा र तेरो आफ्‍नै हृदयमा ग्रहण गर्छस्—यो वास्तवमा मन्त्र नै हो। के यी शब्‍दहरूले तिमीहरूलाई छोयो? (छोयो।) के तिमीहरूमध्ये कसैले बुद्धको लागि धूप बालेका र त्यसको पूजा गरेका छौ? (छौँ।) त्यसो भए, धूप बाल्‍नु र बुद्धको पूजा गर्नुको उद्देश्‍य के थियो? (शान्तिको लागि प्रार्थना गर्नु।) अहिले विचार गर्दा, शान्तिको लागि शैतानलाई प्रार्थना गर्नु कति मूर्खतापूर्ण थियो होइन र? के शैतानले शान्ति ल्याउँछ? (ल्याउँदैन।) के तिमीहरू त्यो बेला कति अनजान थियौ सो देख्‍छौ? त्यस किसिमको बानीबेहोरा मूर्ख, अज्ञानी र अबुझ हो, होइन र? शैतानले तँलाई कसरी भ्रष्ट तुल्याउने भन्‍ने बारेमा मात्रै चासो राख्छ। शैतानले तँलाई शान्ति दिन सक्दैन, केवल अस्थायी सहजता मात्रै दिन सक्छ। तर यो सहजता प्राप्त गर्नको लागि तैँले भाकल गर्नैपर्छ, र यदि तैँले शैतानलाई गरेको कबुल वा भाकल तोडिस् भने, त्यसले तँलाई कसरी सताउँछ त्यो तैँले देख्‍नेछस्। तँलाई भाकल गर्ने तुल्याउँदा त्यसले वास्तवमा तँलाई नियन्त्रण गर्न चाहन्छ। जब तिमीहरूले शान्तिको लागि प्रार्थना गर्‍यौ, के तिमीहरूले शान्ति प्राप्त गर्‍यौ? (गरेनौँ।) तिमीहरूले शान्ति प्राप्त गरेनौ, तर यसको विपरीत तिमीहरूको प्रयासले दुर्भाग्य र अटुट विपत्ति अर्थात् तिक्तताको साँच्‍चै सीमारहित सागर ल्यायो। शान्ति शैतानको सत्ताभित्र छैन, र सत्य यही हो। सामन्ती अन्धविश्‍वास र परम्‍परागत संस्कृतिले मानवजातिमा ल्याउने परिणाम यही हो।

घ. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले सामाजिक प्रचलन प्रयोग गर्छ

शैतानले मानिसलाई भ्रष्ट पार्ने र नियन्त्रण गर्ने अन्तिम तरिका सामाजिक प्रचलन हो। “सामाजिक प्रचलन” मा चर्चित र महान व्यक्तित्वहरूको आराधनाका साथै चलचित्र र साङ्गीतिक आदर्शहरू, सेलिब्रेटी भक्ति, अनलाइन गेमजस्ता विविध क्षेत्रहरूलगायतका धेरै पक्षहरू हुन्छन्—यी सबै नै सामाजिक प्रचलनका भागहरू हुन्, र यसबारेमा विस्तृतमा कुरा गर्न आवश्यक छैन। हामी मानिसहरूमा सामाजिक प्रचलनले ल्याउने विचारहरू, तिनले मानिसहरूलाई संसारमा जे-जसरी व्यवहार गर्न लगाउँछन् ती तौरतरिकाहरू, र मानिसहरूमा तिनले ल्याउने जीवनका लक्ष्यहरू र दृष्टिकोणका बारेमा मात्रै कुरा गर्नेछौँ। यी अत्यन्तै महत्त्वपूर्ण छन्; तिनले मानिसहरूका सोचविचार र रायहरूलाई नियन्त्रण गर्न र प्रभाव पार्न सक्छन्। यी प्रचलनहरू एकपछि अर्को गर्दै उत्पन्‍न हुन्छन्, र ती सबैले मानिसहरूलाई विवेक, मानवता र तर्क गुमाउने तुल्याउँदै, तिनीहरूको नैतिकता र चरित्रको गुणस्तर झन्झन् कमजोर पार्दै, मानवजातिलाई निरन्तर नीच तुल्याउने दुष्‍प्रभाव ल्याउँछन्, यहाँसम्‍म कि धेरैजसो मानिसहरूमा अब कुनै इज्‍जत, कुनै मानवता छैन, न त तिनीहरूसँग कुनै विवेक न त कुनै नैतिकता नै छ भनेरसमेत भन्‍न सकिने अवस्था छ। त्यसो भए, यी सामाजिक प्रचलनहरू के हुन् त? ती तैँले नाङ्गो आँखाले देख्‍न नसक्‍ने प्रचलनहरू हुन्। जब कुनै नयाँ प्रचलन संसारभरि फैलन्छ, सायद मानिसहरूको सानो सङ्ख्या मात्रै प्रचलन निर्माणकर्ताहरूको रूपमा अग्रणी स्थानमा रहेको हुन्छ। तिनीहरूले कुनै नयाँ कुरा गरेर यसको सुरुवात गर्छन्, त्यसपछि कुनै प्रकारको विचार वा कुनै प्रकारको दृष्टिकोणलाई स्वीकार गर्छन्। तैपनि बहुसंख्यक मानिसहरू अवचेतन अवस्थामै यस प्रकारको प्रचनलद्वारा निरन्तर रूपमा तबसम्‍म सङ्क्रमित, आकर्षित हुनेछन्, र तिनीहरूले यसलाई आत्मसात् गर्नेछन्, जबसम्‍म तिनीहरू सबैले यसलाई अनजान रूपमा र अनायसै स्वीकार गर्दैनन्, यसमा डुब्दैनन् र यसद्वारा नियन्त्रित हुँदैनन्। एकपछि अर्को गर्दै त्यस्ता प्रचलनहरूले तन्दुरुस्त शरीर र मस्तिष्क नभएका, सत्यता के हो भनी थाहा नभएका, र सकारात्मक र नकारात्मक कुराहरूबीचमा भिन्‍नता छुट्याउन सक्‍ने क्षमता नभएका मानिसहरूलाई यी कुराहरूका साथै शैतानबाट आउने जीवनसम्‍बन्धी दृष्टिकोण र मूल्यमान्यताहरू खुशीसाथ स्वीकार गर्ने तुल्याउँछन्। जीवनलाई कसरी लिने भन्‍नेबारेमा शैतानले तिनीहरूलाई बताएका कुराहरू र शैतानले तिनीहरूलाई “दिएका” जिउने शैलीहरू तिनीहरूले स्वीकार गर्छन्, र त्यसलाई विरोध गर्ने तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त क्षमता नै, चेतना हुने कुरा त परै जाओस्। त्यसो भए, यस्ता प्रचलनहरूलाई कसरी पहिचान गर्न सकिन्छ? तिमीहरूले क्रमिक रूपमा बुझ्‍न सक भनेर मैले एउटा सरल उदाहरण छनौट गरेको छु। कसैलाई पनि धोका नदिऊँ भनेर मानिसहरूले विगतमा आफ्‍नो व्यापार सञ्‍चालन गर्थे; जोसुकैले खरिद गरे पनि तिनीहरूले मालसामान उही मूल्यमा बिक्री गर्थे। के यहाँ असल विवेक र मानवताको केही तत्व सम्प्रेषित गरिएको छैन र? जब मानिसहरूले यसरी असल नियतसाथ आफ्‍नो व्यापार सञ्‍चालन गर्थे, त्यस बेला तिनीहरूमा केही विवेक र केही मानवता थियो भनेर देख्‍न सकिन्छ। तर पैसासम्‍बन्धी मानिसको सधैँ बढिरहने मागसँगै, मानिसहरूले पत्तै नपाई पैसा, नाफा, र सुखचैनलाई झन्झन् बढी प्रेम गर्न थाले। के मानिसहरूले पैसालाई पहिलेभन्दा अहिले बढी प्राथमिकता दिँदैनन् र? जब मानिसहरूले पैसालाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेर्न थाल्छन्, तिनीहरूले आफ्‍नो मर्यादा, प्रसिद्धि, छवि र निष्ठालाई कम महत्त्व दिन्छन्, के तिनीहरूले त्यसो गर्दैनन् र? जब तँ व्यापारमा संलग्‍न हुन्छस्, तैँले अरूलाई मान्छे ठगेर धनी बनेको देख्छस्। त्यो पैसा नराम्रो तरिकाले कमाइएको भए पनि, तिनीहरू झन्झन् धनी बन्दै जान्छन्। तिनीहरूको परिवारले सबै कुराको मजा लिएको देख्दा, तँलाई नरमाइलो लाग्छ: “हामी सबै नै व्यापार गर्छौँ तर तिनीहरू धनी बने। मचाहिँ किन धेरै पैसा कमाउन सक्दिनँ? म अब यो सहन सक्दिनँ—मैले अझै धेरै पैसा कमाउन, कुनै न कुनै उपाय सोच्‍नुपर्छ।” त्यसपछि त, तैँले गर्ने सबै कुरा भनेकै कसरी धेरै पैसा कमाउने भनेर चिन्तन गर्नु मात्र हो। जब तैँले “पैसा त विवेकअनुसार, र कसैलाई पनि नठगीकन कमाउनुपर्छ” भन्‍ने विश्‍वासलाई त्यागिसकेको हुन्छस्, तब तेरो सोच तेरा आफ्नै स्वार्थहरूद्वारा सञ्‍चालित हुँदै क्रमिक रूपमा बदलिँदै जान्छ र सोहीअनुरूप तेरो कार्यपछाडिका सिद्धान्तहरू पनि बदलिँदै जान्छन्। जब तैँले कसैलाई पहिलोपटक ठग्छस्, तँलाई आफ्नो विवेकले गाली गरेको अनभूति हुन्छ, र तेरो हृदयले तँलाई भन्‍नेछ, “यो सकिएपछि, मैले कसैलाई ठगेको यो नै अन्तिमपटक हुनेछ। मान्छेहरूलाई सधैँ ठग्यो भने यसले प्रतिशोध ल्याउनेछ!” यो मानिसको विवेकको कार्य हो—यसले तँलाई असहज महसुस गराउने र तँलाई धिक्‍कार्ने गर्छ, ताकि तैँले कसैलाई ठग्दा तँलाई अस्वाभाविक महसुस होस्। तर तैँले कसैलाई सफलतापूर्वक धोका दिएपछि, तैँले आफूसँग अहिले पहिलेभन्दा धेरै पैसा भएको देख्छस्, र तँलाई आफ्नो लागि यो तरिका निकै लाभदायक हुन सक्छ भन्‍ने लाग्छ। तेरो हृदयमा भएको हल्‍का पीडाको बाबजुद पनि, तँलाई आफ्नो सफलतामा आफैलाई बधाई दिने मन हुन्छ, र आफैप्रति खुसी महसुस हुन्छ। पहिलोपटक, तैँले आफ्नो व्यवहार, आफ्नो ठग मार्गलाई स्वीकार गर्छस्। यस्तो ठगीद्वारा मानिस एकपटक दूषित भइसकेपछि, यो कुनै व्यक्ति जुवातासमा संलग्‍न भएपछि ऊ जुवाडे बन्‍नुजस्तै हुन्छ। तैँले अचेतन रूपमै, आफ्नो ठगी व्यवहारलाई अनुमोदन गर्छस् र त्यसलाई स्विकार्छस्। अचेतन रूपमै, तैँले ठगी कार्यलाई उचित व्यावसायिक बानीबेहोरा, र तेरो अस्तित्व र जीविकाको सबैभन्दा उपयोगी माध्यमको रूपमा लिन्छस्; तँलाई लाग्छ, यसो गरेर तैँले चाँडै नै सम्पत्ति कमाउन सक्छस्। यो एक प्रक्रिया हो: सुरुमा, मानिसहरूले यस प्रकारको बानीबेहोरालाई स्वीकार गर्न सक्दैनन्, र तिनीहरूले यस्तो बानीबेहोरा र अभ्यासलाई नीच दृष्टिले हेर्छन्। त्यसपछि तिनीहरूले आफै प्रयोग र परीक्षण गर्दै यो बानीबेहोरालाई आफै अभ्यास गरेर हेर्न थाल्छन्, अनि तिनीहरूको हृदय क्रमिक रूपमा रूपान्तरित हुन थाल्छ। यो कस्तो प्रकारको रूपान्तरण हो? यो प्रचलनको स्वीकृति र अङ्गीकार हो, सामाजिक प्रचलनले तँमा राखिदिएको यो विचारको स्वीकृति र अङ्गीकार हो। महसुसै नगरी, तैँले मानिसहरूसँग व्यापार गर्ने क्रममा नठग्दा खराब अनुभूति गर्न थाल्छस्; तैँले मानिसहरूलाई नठग्दा, तँलाई आफूले कुनै कुरा गुमाइरहेको भान हुन्छ। थाहै नपाई, यो ठगी तेरो प्राण, तेरो मेरुदण्ड, तेरो जीवनको सिद्धान्तरूपी अपरिहार्य व्यवहार बन्छ। मानिसले यो व्यवहार र यो सोचाइलाई स्वीकार गरिसकेपछि, के यसले उसको हृदयमा परिवर्तन ल्याएको हुँदैन र? तेरो हृदय परिवर्तन भएको हुन्छ, त्यसकारण के तेरो सत्यनिष्ठा पनि परिवर्तन भएको हुन्छ? के तेरो मानवता परिवर्तन भएको हुन्छ? के तेरो विवेक परिवर्तन भएको हुन्छ? तेरो सम्पूर्ण अस्तित्व, तेरो हृदयदेखि तेरो विचारसम्‍म, तेरो भित्रदेखि बाहिरसम्म परिवर्तन भएको हुन्छ, र यो एक गुणात्‍मक परिवर्तन हुन्छ। यो परिवर्तनले तँलाई परमेश्‍वरबाट झन्‍झन् टाढा तान्छ, र तँ झन्झन् बढी शैतानसँग नजिकिँदै जान्छस्; तँ झन्झन् बढी शैतानजस्तै बन्छस्, र यसको परिणामस्वरूप, शैतानको भ्रष्टताले तँलाई नरपिशाच बनाउँछ।

यी सामाजिक प्रचलनहरूलाई हेर्दा, के तँ मानिसहरूमा तिनको ठूलो प्रभाव हुन्छ भनेर भन्छस्? के तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्? तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्। यी हरेक सामाजिक प्रचलन प्रयोग गरी शैतानले मानिसको कुन पक्षलाई भ्रष्ट तुल्याउँछ? शैतानले विशेष गरी मानिसको विवेक, समझ, मानवता, नैतिकता र जीवनसम्‍बन्धी दृष्टिकोणलाई भ्रष्ट पार्छ। अनि, के यी सामाजिक प्रचलनहरूले मानिसहरूलाई क्रमिक रूपमा पतित र भ्रष्ट पार्दैन र? मानिसहरूलाई एकपटकमा एक कदम गरी दियाबलसहरूको गुँडसम्‍म लोभ्याउँदै ल्याउनको लागि शैतानले यी सामाजिक प्रचलनहरूको प्रयोग गर्छ, ताकि सामाजिक प्रचलनहरूमा व्यस्त भएका मानिसहरूले थाहै नपाई रुपियाँपैसा र भौतिक इच्‍छाहरू, दुष्टता र हिंसाको वकालत गरून्। यी कुराहरू मानिसको हृदयमा प्रवेश गरिसकेपछि, मानिस के बन्छ? मानिस दियाबलस, शैतान बन्छ! किन? मानिसको हृदयमा कुन मानसिक झुकाव हुन्छ? मानिसले केलाई आदर गर्छ? मानिसले दुष्टता र हिंसामा आनन्द लिन थाल्छ, अनि सुन्दरता वा भलाइप्रति कुनै प्रेम देखाउँदैन, शान्तिको त कुरै नगरौं। मानिसहरू सामान्य मानवताको सरल जीवन जिउन इच्‍छुक हुँदैनन्, बरु उच्‍च प्रतिष्ठा र धेरै सम्पत्तिको आनन्द लिन, आफ्‍नो देहलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी नराखी र तिनीहरूलाई रोक्‍ने कुनै बन्धन, बाधाविना देहका आनन्दमा मस्त हुन चाहन्छन्; अर्को शब्‍दमा भन्दा, तिनीहरूलाई जे इच्‍छा लाग्छ तिनीहरू त्यही गर्न चाहन्छन्। त्यसकारण, जब मानिस यस प्रकारका प्रचलनहरूमा डुबेको हुन्छ, के तैँले सिकेको ज्ञानले तँलाई आफैलाई मुक्त गर्न सहयोग गर्छ? के परम्‍परागत संस्कृति र अन्धविश्‍वाससम्‍बन्धी तेरो बुझाइले तँलाई यो भयानक अवस्थाबाट उम्‍कन सहयोग गर्न सक्छ? के मानिसलाई थाहा भएको परम्‍परागत नैतिकता र संस्कारले मानिसहरूलाई संयमता अभ्यास गर्न सहयोग गर्न सक्छ? उदाहरणको लागि, एनालेक्ट्स र ताओ ते चिङलाई लिऊँ। के यिनले मानिसहरूलाई यी दुष्ट प्रचलनहरूको दलदलबाट आफ्‍नो खुट्टा निकाल्‍न सहयोग गर्न सक्छन्? बिलकुलै सक्दैनन्। तसर्थ, मानिस झन्झन् दुष्ट, अहङ्कारी, हेपाहा, स्वार्थी, र दुर्भावनापूर्ण बन्दै जान्छ। मानिसहरूका बीचमा अब कुनै आत्मीयता छैन, परिवारका सदस्यहरूबीच अब कुनै प्रेम छैन, आफन्त र इष्टमित्रबीच अब कुनै समझदारी छैन; मानव सम्‍बन्धहरू हिंसाद्वारा चित्रण भइसकेका छन्। हरेक व्यक्तिले आफ्‍ना सङ्गी मानिसहरूमाझ जिउनको लागि हिंसाको प्रयोग गर्न खोज्छ; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्‍नो दैनिक रोटी खोसेर लिन्छन्; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्‍नो हैसियत र नाफा कमाउँछन्, र आफूले गर्न चाहेको जुनसुकै कुरा गर्न तिनीहरूले हिंसात्मक र दुष्ट मार्गहरूको प्रयोग गर्छन्। के यो मानवजाति अत्यन्तै भयानक छैन र? छ, एकदमै धेरै हदसम्म त्यस्तै छ: तिनीहरूले परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने काम मात्रै गरेका छैनन्, उहाँलाई पछ्याउने सबैको हत्यासमेत गरेका छन्—किनकि मानिस अत्यन्तै दुष्ट छ। मैले भर्खरै भनेका यी सबै कुराहरू सुनिसकेपछि, शैतानले मानिसलाई भ्रष्ट तुल्याउने यो वातावरण, यो संसार, र यस प्रकारका मानिसहरूमाझ जिउन के तिमीहरूलाई अत्यन्तै डरलाग्दो लाग्दैन? (लाग्छ।) त्यसो भए, के तिमीहरूले आफैलाई कहिल्यै बिचरा ठानेका छौ? यो क्षणमा तिमीहरू अलिअलि यस्तो अनुभव गर्छौ, होइन र? (हो।) तिमीहरूको स्वर सुन्दा, तिमीहरूले यस्तो विचार गरिरहेजस्तो लाग्छ, “शैतानसँग मानिसलाई भ्रष्ट तुल्याउने धेरै र विभिन्‍न तरिकाहरू छन्। त्यसले हरेक अवसरको फाइदा उठाउँछ र हामी जता फर्के पनि त्यो त्यतै हुन्छ। के मानिसलाई अझै पनि मुक्ति दिन सकिन्छ?” के मानिसलाई अझै पनि मुक्ति दिन सकिन्छ? के मानिसले आफैलाई मुक्ति दिन सक्छ? (सक्दैन।) के सम्राट जेडले मानिसलाई बचाउन सक्छ? के कन्फ्युसियसले मानिसलाई बचाउन सक्छ? के गुवानिन वोधिसत्वले मानिसलाई बचाउन सक्छ? (सक्दैन।) त्यसो भए, कसले मानिसलाई बचाउन सक्छ? (परमेश्‍वरले।) तैपनि कतिपय मानिसहरूले आफ्‍नो हृदयमा यस्ता प्रश्‍नहरू उठाउनेछन्: “शैतानले हामीलाई यति घोर रूपमा, यति पागलपनको हदसम्म हानि गर्छ कि हामीसँग जीवन जिउने कुनै आशा नै हुँदैन, न त जीवन जिउने कुनै आत्मविश्‍वास नै हुन्छ। हामी सबै भ्रष्टतामाझ जिउँछौँ, र हरेक व्यक्तिले कुनै न कुनै तरिकाले परमेश्‍वरको विरोध गर्छ, र हाम्रो हृदय डुब्‍न सक्‍नेजति गहिराइमा डुबिसकेको छ। यसरी, शैतानले हामीलाई भ्रष्ट तुल्याइरहँदा परमेश्‍वर कहाँ हुनुहुन्छ? परमेश्‍वर के गरिरहनुभएको छ? परमेश्‍वरले हाम्रो लागि जे गरिरहनुभएको छ, त्यो हामीले कहिल्यै महसुस गर्दैनौँ!” कतिपय मानिसहरू अपरिहार्य रूपमै उदास र अलि निरुत्साहित महसुस गर्छन्। तिमीहरूका लागि, यो अनुभव निकै गहिरो हुन्छ किनभने मानिसहरूलाई क्रमिक रूपमा बुझ्दै जाने, तिनीहरू आशाहीन छन् भनी झन्झन् बढी अनुभव गर्ने, तिनीहरूलाई परमेश्‍वरले त्याग्‍नुभएको छ भनी झन्झन् बढी महसुस गर्ने तुल्याउनको लागि मैले यो सबै भन्दै आइरहेको छु। तर चिन्ता नगर। “शैतानको दुष्टता” भन्‍ने हाम्रो आजको सङ्गतिको विषय हाम्रो मूल प्रसङ्ग होइन। तैपनि परमेश्‍वरको पवित्रताको सारको बारेमा कुरा गर्नको लागि, मानिस अहिले कस्तो अवस्थामा छ भन्‍नेबारे मानिसहरूलाई स्पष्ट तुल्याउन हामीले सुरुमा शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्‍नेबारेमा र शैतानको दुष्टताको बारेमा छलफल गर्नैपर्छ। यसबारेमा कुरा गर्नुको एउटा उद्देश्य भनेको मानिसहरूलाई शैतानको दुष्टताको बारेमा जान्‍ने मौका दिनु हो, जबकि अर्को उद्देश्यचाहिँ मानिसहरूलाई साँचो पवित्रता के हो सोबारे गहन बुझाइ प्राप्त गर्ने मौका दिनु हो।

पछिल्लोपटकको तुलनामा हामीले भर्खरै छलफल गरेका यी कुराहरूका बारेमा के मैले अझै विस्तृत रूपमा कुरा गरेको छैनँ र? के अहिले तिमीहरूको बुझाइ अलि गहन भयो त? (भयो।) मलाई थाहा छ, परमेश्‍वरको पवित्रता वास्तवमा के हो सो मैले भनूँ भनी अहिले धेरैजसो मानिसहरूले अपेक्षा गरिरहेका छन्, तर परमेश्‍वरको पवित्रताको बारेमा कुरा गर्ने क्रममा, म सुरुमा परमेश्‍वरले गर्नुहुने कामहरूका बारेमा कुरा गर्नेछु। तिमीहरू सबैले ध्यान दिएर सुन्‍नुपर्छ। त्यसपछि, म तिमीहरूलाई परमेश्‍वरको पवित्रता वास्तवमा के हो भनेर सोध्‍नेछु। म तिमीहरूलाई प्रत्यक्ष रूपमा भन्‍नेछैनँ, तर म तिमीहरूलाई यसबारे पत्ता लगाउने प्रयास गर्न दिनेछु; म तिमीहरूलाई यसबारे पत्ता लगाउने ठाउँ दिनेछु। यस तरिकाको बारेमा तिमीहरू के सोच्छौ? (यो राम्रो सुनिन्छ।) त्यसो भए, म अघि बढ्दै जानेछु, ध्यान दिएर सुन।

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने

जब-जब शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ वा मानिसलाई अनियन्त्रित रूपमा हानि गर्छ, परमेश्‍वर हात बाँधेर बस्‍नुहुन्‍न, न त उहाँले चुन्‍नुभएकाहरूलाई बेवास्ता गर्ने वा आँखा चिम्‍लने नै गर्नुहुन्छ। शैतानले गर्ने सबै कुरालाई परमेश्‍वरले पूर्ण स्पष्टताको साथ बुझ्‍नुहुन्छ। शैतानले जेसुकै गरे तापनि, यसले जस्तोसुकै प्रचलन पैदा गरे पनि, शैतानले जे गर्ने प्रयास गर्दैछ त्यो सबै परमेश्‍वरलाई थाहा हुन्छ, र उहाँले चुन्‍नुभएकाहरूलाई परमेश्‍वरले त्याग्‍नुहुन्‍न। बरु, कुनै पनि ध्यान नखिचीकन—गोप्य रूपमा, चुपचाप—परमेश्‍वरले आवश्यक सबै कुरा गर्नुहुन्छ। जब परमेश्‍वरले कुनै व्यक्तिमा काम गर्न सुरु गर्नुहुन्छ, जब उहाँले कसैलाई चुन्‍नुभएको हुन्छ, उहाँले कसैलाई पनि यो समाचार घोषणा गर्नुहुन्‍न, न त उहाँले यसलाई शैतानको अघि नै घोषणा गर्नुहुन्छ, कुनै भव्य प्रदर्शन गर्ने कुरा त परै जाओस्। उहाँले आवश्यक परेको कुरा अत्यन्तै चुपचाप, अत्यन्तै प्राकृतिक रूपमा गर्नुहुन्छ। पहिले, उहाँले तेरो लागि परिवारको छनौट गर्नुहुन्छ; तेरो पारिवारिक पृष्ठभूमि, तेरा बाबुआमा, तेरा पुर्खाहरू—परमेश्‍वरले यो सबै अग्रिम रूपमा निर्धारित गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले आवेगमा यी निर्णयहरू गर्नुहुन्‍न; बरु, उहाँले धेरै पहिले नै यो कार्य सुरु गर्नुभएको हुन्छ। परमेश्‍वरले तेरो लागि परिवार छनौट गरिसक्‍नुभएपछि, उहाँले तँ जन्‍मने मिति छनौट गर्नुहुन्छ। त्यसपछि, तँ जन्‍मेर संसारमा रुँदै आएको परमेश्‍वरले हेर्नुहुन्छ। उहाँले तँ जन्‍मेको हेर्नुहुन्छ, तैँले प्रथम शब्‍दहरू उच्‍चारण गरेको हेर्नुहुन्छ, तैँले हिँड्न सिक्दै गर्दा तँ लड्खडाउँदै बामे सरेको हेर्नुहुन्छ। सुरुमा तैँले एक कदम बढाउँछस् त्यसपछि अर्को कदम बढाउँछस्—अनि तँ कुद्‍न सक्‍ने, उफ्रन सक्‍ने, कुरा गर्न सक्‍ने, अनि तेरा भावनाहरूलाई व्यक्त गर्न सक्‍ने हुन्छस्…। मानिसहरू हुर्कँदै जाने क्रममा, शैतानले तिनीहरू प्रत्येकलाई बाघले त्यसको सिकारलाई हेरेझैँ घुरेर हेरिरहन्छ। तर आफ्‍नो काम गर्ने क्रममा, परमेश्‍वर कहिल्यै पनि स्थान वा समयका कुनै पनि सीमितताहरूमा बाँधिनुहुन्‍न जुन मानिसहरू, घटना वा अन्य कुराहरूबाट आएका हुन्छन्; उहाँले जे गर्नुपर्छ र उहाँले जे गर्नु अत्यावश्यक छ त्यो उहाँले गर्नुहुन्छ। हुर्कने प्रक्रियामा, तैँले आफूलाई मन नपर्ने धेरै कुराहरूको अनुभव गर्न सक्छस्, जस्तै बिमार र निराशा। तर तँ यो मार्गमा हिँड्ने क्रममा, तेरो जीवन र तेरो भविष्य पूर्ण रूपमा परमेश्‍वरकै जिम्मामा हुन्छ। परमेश्‍वरले तँलाई तेरो जीवनभरि पुग्‍ने सच्‍चा प्रत्याभूति दिनुहुन्छ, किनभने उहाँ तेरो रखवारी गर्दै र तेरो हेरचाह गर्दै तेरै छेउमा बसिरहनुभएको हुन्छ। यो थाहै नपाई तँ हुर्कन्छस्। तँ नयाँ कुराहरूको सम्पर्कमा आउन थाल्छस् र यो संसारलाई र यो मानवजातिलाई चिन्‍न थाल्छस्। सबै कुरा तेरो लागि ताजा र नयाँ हुन्छ। तँलाई गर्न मन पर्ने केही कुराहरू हुन्छन्। तँ तेरो आफ्‍नै मानवताभित्र जिउँछस्, तँ तेरो आफ्‍नै क्षेत्रभित्र जिउँछस् र परमेश्‍वरको अस्तित्वको बारेमा तँलाई अलिकति पनि अनुभूति हुँदैन। तर तँ हुर्कने क्रममा परमेश्‍वरले हरेक पाइला हेर्नुहुन्छ, र तैँले हरेक कदम अगाडि बढाउँदा उहाँले तँलाई हेर्नुहुन्छ। तैँले ज्ञान सिकिरहेको बेला वा विज्ञान अध्ययन गरिरहेको बेलासमेत परमेश्‍वरले तँलाई एक पाइलासमेत कहिल्यै छोड्नुभएको हुँदैन। संसारलाई चिन्‍ने र यसमा संलग्‍न हुने क्रममा, तैँले तेरा आफ्‍नै आदर्शहरू स्थापना गरेको हुन्छस्, तेरा आफ्‍नै रुचिहरू हुन्छन्, तिमीहरूका आफ्‍नै चासोहरू हुन्छन् र तँसँग उच्‍च महत्त्वाकाङ्क्षाहरू पनि हुन्छन् भन्‍ने अर्थमा तँ अरू मानिसहरूजस्तै हुन्छस्। तेरो भविष्य कस्तो देखिनुपर्छ भन्‍ने खाका तयार गर्दै तैँले प्रायजसो आफ्‍नै भविष्यको बारेमा विचार गरिरहेको हुन्छस्। तर अघि बढ्ने क्रममा जेसुकै भए तापनि, यी सबै भइरहेको परमेश्‍वरले स्पष्ट रूपमा देख्‍नुहुन्छ। सायद तैँले आफ्‍नो विगतलाई बिर्सेको हुन सक्छस्, तर परमेश्‍वरको लागि, तँलाई राम्ररी बुझ्‍न सक्‍ने उहाँबाहेक कोही पनि छैन। तँ हुर्कँदै-बढ्दै, परिपक्‍व हुँदै परमेश्‍वरकै नजरमा रहेर जिउँछस्। यो अवधिमा, परमेश्‍वरको सबैभन्दा महत्त्वपूर्ण काम भनेको कसैले कहिल्यै पनि अनुभव नगर्ने, कसैले नजान्‍ने कुरा हो। परमेश्‍वरले अवश्य नै यसको बारेमा कसैलाई भन्‍नुहुन्‍न। त्यसो भए, यो सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? यो कुरा परमेश्‍वरले व्यक्तिलाई मुक्ति दिनुहुनेछ भन्‍ने प्रत्याभूति हो भनेर भन्‍न सकिन्छ। यसको अर्थ यदि परमेश्‍वरले उक्त व्यक्तिलाई मुक्ति दिन चाहनुहुन्छ भने, उहाँले त्यसो गर्नु नै हुन्छ। यो कार्य मानिस र परमेश्‍वर दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ। यो के हो, के तँलाई थाहा छ? यस्तो लाग्छ, यसको बारेमा तिमीहरूसँग कुनै अनुभव, वा यसको कुनै अवधारणा छैन, त्यसकारण म आफै तिमीहरूलाई बताइदिनेछु। तँ जन्‍मेको समयदेखि अहिलेसम्‍म, परमेश्‍वरले तँमा धेरै काम गरिसक्‍नुभएको छ, तर उहाँले आफूले गर्नुभएको सबै कुराको विस्तृत विवरण तँलाई दिनुहुन्‍न। परमेश्‍वरले तँलाई सो कुरा जान्‍न दिनुभएन, न त उहाँले तँलाई यसबारे भन्‍नु नै भयो। तैपनि, मानवजातिको लागि, उहाँले गर्नुहुने सबै कुरा महत्त्वपूर्ण छन्। परमेश्‍वरको लागि त, यो उहाँले गर्नैपर्ने कुरा हो। उहाँको हृदयमा उहाँले गर्न आवश्यक रहेको कुनै महत्त्वपूर्ण कुरा छ जुन यी सबै कुराभन्दा अत्यन्तै बढी महत्त्वपूर्ण छ। अर्थात्, व्यक्ति जन्‍मेको समयदेखि वर्तमान दिनसम्‍म, परमेश्‍वरले तिनीहरूको सुरक्षाको प्रत्याभूति दिनु नै हुन्छ। जब तैँले यी वचनहरू सुन्छस्, तँलाई आफूले पूर्ण रूपमा नबुझेजस्तो लाग्‍न सक्छ। तैँले सोध्‍न सक्छस्, “के यो सुरक्षा त्यति महत्त्वपूर्ण छ र?” “सुरक्षा” को शाब्दिक अर्थ के हो? सायद तिमीहरूले यसलाई शान्ति भनेर बुझ्छौ वा सायद तिमीहरूले यसलाई कुनै पनि विपत्ति वा संकष्टको अनुभव कहिल्यै नगर्नु, राम्ररी जिउनु, सामान्य जीवन जिउनु भनेर बुझ्छौ होला। तर तिमीहरूले आफ्नो हृदयमा यो त्यति सरल छैन भन्‍ने जान्‍नैपर्छ। त्यसो भए, परमेश्‍वरले गर्नुपर्ने भनेर मैले भन्दै आइरहेको यो कुरा वास्तवमा के हो त? परमेश्‍वरको लागि सुरक्षाले केलाई जनाउँछ? के “सुरक्षा” को सामान्य अर्थ वास्तवमा नै प्रत्याभूति हो? होइन। त्यसो भए, परमेश्‍वरले गर्नुहुने यो कुरा के हो त? यो “सुरक्षा” को अर्थ तँलाई शैतानले निल्‍नेछैन भन्‍ने हो। के यो महत्त्वपूर्ण छ? शैतानले ननिल्‍नु—के यो तेरो सुरक्षासँग सम्‍बन्धित छ कि छैन? छ, यो तेरो व्यक्तिगत सुरक्षासँग सम्‍बन्धित छ, र त्योभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुन सक्दैन। शैतानले तँलाई निलिसकेपछि, तेरो प्राण र तेरो देह अबउप्रान्त परमेश्‍वरको स्वामित्वमा हुनेछैन। परमेश्‍वरले अबउप्रान्त तँलाई मुक्ति दिनुहुनेछैन। शैतानले निलेका प्राण र मानिसहरूलाई परमेश्‍वरले त्याग्‍नुहुन्छ। त्यसकारण म भन्छु, परमेश्‍वरले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो यस सुरक्षाको प्रत्याभूति दिनु, तँलाई शैतानले निल्‍नेछैन भनेर प्रत्याभूति दिनु हो। यो अत्यन्तै महत्त्वपूर्ण छ, होइन र? त्यसो भए, तिमीहरू किन उत्तर दिन सक्दैनौ? परमेश्‍वरको महान् दयालाई तिमीहरू महसुस गर्न सक्दैनौ भन्‍नेजस्तो देखिन्छ!

मानिसहरूको सुरक्षाको प्रत्याभूति दिने, तिनीहरूलाई शैतानले निल्‍नेछैन भन्‍ने प्रत्याभूति दिनेबाहेक परमेश्‍वरले धेरै कुरा गर्नुहुन्छ। कसैलाई चुनेर मुक्ति दिनुभन्दा पहिले उहाँले प्रशस्त मात्रामा तयारीको काम गर्नुहुन्छ। पहिलो, तँमा कस्तो प्रकारको चरित्र हुनेछ, तँ कस्तो प्रकारको परिवारमा जन्‍मनेछस्, तेरा बाबुआमा को हुनेछन्, तेरा दाजुभाइ-दिदीबहिनीहरू कति जना हुनेछन्, र तँ जन्‍मने परिवारको अवस्था, आर्थिक अवस्था, र परिस्थितिहरू के-कस्ता हुनेछन् त्यस बारेमा परमेश्‍वरले सावधानीपूर्ण तयारीहरू गर्नुहुन्छ। परमेश्‍वरका चुनिएका बहुसंख्यक मानिसहरू कस्तो परिवारमा जन्‍मन्छन् के तँलाई थाहा छ? के ती प्रतिष्ठित परिवारहरू हुन्? प्रतिष्ठित परिवारहरूमा जन्‍मने कोही पनि छैनन् भनेर हामी निश्‍चित रूपमा भन्‍न सक्दैनौँ। केही हुन सक्छन्, तर तिनीहरू अत्यन्तै थोरै छन्। के ती असाधारण सम्पत्ति भएका परिवारहरूमा, अरबपति वा खरबपति परिवारमा जन्‍मेका हुन्छन्? हुँदैनन्, तिनीहरू यस प्रकारका परिवारमा लगभग कहिल्यै जन्‍मेका हुँदैनन्। त्यसो भए, यीमध्ये धेरैजसो मानिसहरूका लागि परमेश्‍वरले कस्तो प्रकारको परिवारको बन्दोबस्त गर्नुहुन्छ? (साधारण परिवार।) अनि कस्ता परिवारलाई “साधारण परिवार” ठान्‍न सकिन्छ? तिनमा काम गरेर खाने परिवार—अर्थात्, बाँच्नको लागि ज्याला-मजदुरीमा भर पर्ने, आधारभूत आवश्यकताहरू पूरा गर्न सक्‍ने, र बढी सम्‍पन्‍न नभएकाहरू पर्छन्; तिनमा किसान परिवारहरू पनि पर्छन्। किसानहरू आफ्‍नो खानाको लागि अन्‍नपात रोप्छन्, खानको लागि तिनीहरूसँग अन्‍न अनि लाउनको लागि लुगा हुन्छ, र तिनीहरू भोकै बस्‍नु वा कठ्याङ्ग्रिनु पर्दैन। त्यसपछि स-साना व्यापार-व्यवसाय सञ्‍चालन गर्ने केही परिवारहरू छन्, र बाबुआमा बुद्धिजीवी भएका कतिपय परिवारहरू छन्, र यिनलाई पनि साधारण परिवारको रूपमा गन्ती गर्न सकिन्छ। कार्यालयमा काम गर्ने वा सानातिना पदमा रही सरकारी काम गर्ने केही बाबुआमा पनि छन्, जसलाई पनि प्रतिष्ठित परिवारमा गन्ती गर्न सकिँदैन। धेरैजसो मानिसहरू साधारण परिवारमा जन्‍मन्छन्, र यी सबैको चाँजोपाँजो परमेश्‍वरले नै मिलाउनुभएको हुन्छ। भन्‍नुको अर्थ, सबैभन्दा पहिलो कुरा, तिमीहरू जिउने यो वातावरण मानिसहरूले कल्‍पना गर्नेजस्तो अत्यधिक स्रोत-साधन नभएको परिवार हो, र परमेश्‍वरले तिमीहरूको लागि निर्णय गरिदिनुभएको परिवार यही हो, र बहुसंख्यक मानिसहरू यस प्रकारको पारिवारिक सीमितताहरूमा जिउँछन्। त्यसो भए, सामाजिक हैसियतको बारेमा चाहिँ के भन्‍ने त? बहुसंख्यक बाबुआमाका आर्थिक अवस्था मध्यम स्तरका छन् र तिनीहरूसँग उच्‍च सामाजिक हैसियत छैन—तिनीहरूको लागि एउटा व्यवसाय हुनु नै राम्रो कुरा हो। के तिनमा गभर्नरहरू पर्छन्? वा राष्ट्रका राष्ट्रपतिहरू पर्छन्? पर्दैनन्, हैन त? बढीमा तिनीहरू स-साना व्यापार-व्यवसायका व्यवस्थापकहरू वा स-साना व्यापार-व्यवसायका मालिकहरू हुन्छन्। तिनीहरूको सामाजिक हैसियत मध्यम स्तरको हुन्छ र तिनीहरूको आर्थिक अवस्था औसत हुन्छ। अर्को तत्व भनेको परिवारको जिउने वातावरण हो। सर्वप्रथम, यी परिवारहरूका बीचमा आफ्‍ना छोराछोरीलाई जोखाना हेर्ने र भविष्य बताउने मार्गमा हिँड्नको लागि स्पष्ट रूपमा प्रभाव पार्ने बाबुआमा हुँदैनन्; यस्ता कुराहरूमा संलग्‍न हुनेहरू एकदमै कम हुन्छन्। धेरैजसो बाबुआमा सामान्य नै हुन्छन्। यसको साथै परमेश्‍वरले मानिसहरूलाई चुन्‍नुहुन्छ, उहाँले तिनीहरूका लागि यस प्रकारको वातावरण तय गर्नुहुन्छ, जुन मानिसहरूलाई मुक्ति दिने उहाँको कामको लागि अत्यन्तै लाभदायक हुन्छ। झट्ट हेर्दा, परमेश्‍वरले मानिसको लागि विशेष रूपमा पृथ्वी नै हल्‍लाउने किसिमको केही पनि गर्नुभएको छैन जस्तो देखिन्छ; उहाँले आफूले गर्ने सबै कुराहरू नम्रताको साथ र मौनतामा चुपचाप र गोप्य रूपमा गर्नुहुन्छ। तर वास्तवमा, परमेश्‍वरले गर्नुहुने सबै कार्य तेरो मुक्तिको लागि जग बसाल्‍न, तेरो मुक्तिको लागि अगाडिको बाटो र आवश्यक सबै अवस्थाहरू तयार गर्नको लागि नै गर्नुहुन्छ। त्यसपछि, परमेश्‍वरले हरेक व्यक्तिलाई निश्‍चित समयमा उहाँको अघि ल्याउनुहुन्छ: तैँले परमेश्‍वरको आवाज सुन्‍ने बेला यही हो; तँ उहाँको सामुन्ने आउने बेला यही हो। यस्तो हुँदाको समयसम्‍म, कतिपय मानिसहरू पहिले नै बाबुआमा भइसकेका हुन्छन्, जबकि अरूचाहिँ कसैका छोराछोरीका रूपमै हुन्छन्। अर्को शब्‍दमा भन्दा, कतिपय मानिसहरूले विवाह गरेर छोराछोरी जन्‍माइसकेका हुन्छन्, तर अरूचाहिँ अझै पनि अविवाहित हुन्छन्, तिनीहरूले आफ्‍नो परिवार अहिलेसम्‍म सुरु गरेका हुँदैनन्। तर व्यक्तिको अवस्था जे-जस्तो भए पनि, तँलाई कहिले चुनिनेछ र उहाँको सुसमाचार र वचन तँकहाँ कहिले पुग्‍नेछ सोबारे परमेश्‍वरले पहिले नै समय तोकिसक्‍नुभएको हुन्छ। तैँले परमेश्‍वरको वचन सुन्‍न सक् भनेर परमेश्‍वरले तँकहाँ सुसमाचार ल्याइपुर्‍याउने परिस्‍थितिहरू, निश्‍चित व्यक्ति वा निश्‍चित प्रसंग तय गरिसक्‍नुभएको हुन्छ। परमेश्‍वरले तेरो लागि पहिले नै सम्पूर्ण अत्यावश्‍यक अवस्थाहरूको तयारी गरिसक्‍नुभएको हुन्छ। यसरी, यस्तो भइरहेको छ भन्‍ने मानिसलाई थाहा नभए पनि, मानिस उहाँको सामुन्ने आउँछ र परमेश्‍वरको परिवारमा फर्कन्छ। मानिसले थाहै नभई परमेश्‍वरलाई पछ्याउँछ र उहाँले मानिसको लागि तयार पार्नुभएको परमेश्‍वरको कार्यशैलीको हरेक चरणमा प्रवेश गर्दै उहाँको कार्यको हरेक चरणमा प्रवेश गर्छ। यस बेला मानिसको लागि काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरले के-कस्ता तरिकाहरू प्रयोग गर्नुहुन्छ? सबभन्दा पहिले, मानिसले प्राप्त गर्ने वास्ता र सुरक्षा नै न्यूनतम कुरा हो। यसबाहेक, परमेश्‍वरले विभिन्‍न मानिसहरू, घटना, र काम-कुराहरू तय गर्नुहुन्छ ताकि ती कुराहरूद्वारा मानिसले उहाँको अस्तित्व र उहाँका कार्यहरू देख्‍न सकून्। उदाहरणको लागि, आफ्‍नो परिवारको कुनै व्यक्ति बिरामी भएकोले कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्। जब अरूले तिनीहरूलाई सुसमाचार प्रचार गर्छन्, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गर्छन्, र उक्त परिस्थितिको कारणले गर्दा परमेश्‍वरमाथिको यो विश्‍वास आउँछ। त्यसो भए, कसले यो परिस्थितिको बन्दोबस्त गर्‍यो त? (परमेश्‍वरले।) यस रोग-बिमारको माध्यमद्वारा, कतिपय परिवारमा हरेक व्यक्ति नै विश्‍वासी बन्छन्, अरू कतिमा चाहिँ परिवारका एक-दुई जना मानिसहरूले मात्रै विश्‍वास गर्छन्। झट्ट हेर्दा, तेरो परिवारको कुनै व्यक्ति बिरामी भयो भन्‍नेजस्तो देखिन्छ, तर यो वास्तवमा तँ परमेश्‍वरकहाँ आउन सक् भनेर तँलाई प्रदान गरिएको परिस्थिति हो—यो परमेश्‍वरको दया हो। कतिपय मानिसहरूका लागि परिवार कठिन हुँदा र तिनीहरूले कुनै शान्ति नपाउँदा, अवसर आफै आउँछ—कसैले सुसमाचार सुनाउँछ र भन्छ, “प्रभु येशूमा विश्‍वास गर अनि तिमीले शान्ति पाउनेछौ।” अनभिज्ञ भए पनि, तिनीहरूले अत्यन्तै प्राकृतिक परिस्‍थितिमा परमेश्‍वरलाई विश्‍वास गर्न पुग्छन्, के यो एक प्रकारको परिस्‍थिति होइन र? अनि तिनीहरूको परिवारमा शान्ति छैन भन्‍ने तथ्य परमेश्‍वरले तिनीहरूलाई दिनुभएको अनुग्रह नै होइन र? अन्य कारणहरूले परमेश्‍वरमा विश्‍वास गर्न पुग्‍ने कतिपय मानिसहरू पनि छन्। विश्‍वास गर्ने फरक-फरक कारणहरू र फरक-फरक तरिकाहरू छन्, तर तँलाई जुनसुकै कारणले उहाँमा विश्‍वास गर्ने तुल्याए पनि, यो सबै परमेश्‍वरले नै मिलाउनुभएको र मार्गनिर्देशित गर्नुभएको हो। सबभन्दा पहिले, परमेश्‍वरले तँलाई चुन्‍नको लागि र तँलाई उहाँको परिवारमा ल्याउनको लागि विभिन्‍न तरिकाहरू अपनाउनुहुन्छ। हरेक व्यक्तिलाई परमेश्‍वरले दिनुहुने अनुग्रह यही नै हो।

यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई उप्रान्त अनुग्रह र आशिष् मात्रै बर्साउनुहुन्‍न, न त उहाँले मानिसलाई अघि बढाउनको लागि मनाउनु नै हुन्छ। कार्यको यो चरणको अवधिमा, मानिसले अनुभव गरेको परमेश्‍वरको कार्यका सबै पक्षहरूबाट उसले के देखेको छ? मानिसले परमेश्‍वरको प्रेम र परमेश्‍वरको न्याय र सजाय देखेको छ। समयको यो अवधिमा, मानिसले क्रमिक रूपमा उहाँका अभिप्रायहरू जानून्, उहाँले बोल्नुहुने वचनहरूलाई र उहाँले मानिसलाई दिनुहुने सत्यतालाई जानून् भनेर परमेश्‍वरले मानिसको लागि प्रदान गर्नुहुन्छ, उसलाई सहायता गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, र अगुवाइ गर्नुहुन्छ। जब मानिस कमजोर हुन्छ, जब ऊ असहाय हुन्छ, जब उसको जाने बाटो कतै हुँदैन, तब मानिसको सानो कद क्रमिक रूपमा सामर्थ्यमा वृद्धि होस्, सकारात्मकतामा वृद्धि होस् र ऊ परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक बनोस् भनेर परमेश्‍वरले मानिसलाई सान्त्वना दिन, सल्लाह दिन, र प्रोत्साहन दिन आफ्ना वचनहरूको प्रयोग गर्नुहुनेछ। तर जब मानिसले उहाँको उल्लङ्घन गर्छ वा उहाँको विरोध गर्छ, वा जब मानिसले आफ्नो भ्रष्टतालाई प्रकट गर्छ, परमेश्‍वरले मानिसलाई ताडना दिने र अनुशासनमा राख्ने क्रममा कुनै कृपा देखाउनुहुनेछैन। तैपनि, मानिसको मूर्खता, अज्ञानता, कमजोरी र अपरिपक्वताको लागि परमेश्‍वरले सहनशीलता र धैर्यता देखाउनुहुनेछ। यसरी, परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामद्वारा, मानिस क्रमिक रूपमा परिपक्व हुन्छ, वृद्धि हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूलाई जान्न पुग्छ, निश्चित सत्यताहरूलाई जान्न पुग्छ, के-कस्ता कुराहरू सकारात्मक हुन् र के-कस्ता कुराहरू नकारात्‍मक हुन् सो जान्न पुग्छ, दुष्टता र अन्धकार के हुन् सो जान्न पुग्छ। परमेश्‍वरले मानिसलाई सधैँ ताडना दिने अनि अनुशासनमा राख्ने एउटै तरिका अपनाउनुहुन्न, न त उहाँले सधैँ सहनशीलता र धैर्यता मात्रै पनि देखाउनुहुन्छ। बरु उहाँले हरेक व्यक्तिको लागि तिनीहरूको फरक-फरक चरणमा र तिनीहरूको फरक-फरक कद र क्षमता अनुसार फरक तरिकाले प्रदान गर्नुहुन्छ। उहाँले मानिसको लागि धेरै कुराहरू धेरै मूल्य चुकाएर गर्नुहुन्छ; यी कुनै कुराहरू वा मूल्यको बारेमा मानिसले केही बुझ्दैन, तैपनि उहाँले गर्नुहुने सबै अभ्यास वास्तवमा हरेक व्यक्तिमा नै गरिन्छ। परमेश्‍वरको प्रेम व्यावहारिक छ: परमेश्‍वरको अनुग्रहद्वारा, मानिस एकपछि अर्को विपत्तिबाट बच्छ, र यस क्रममा परमेश्‍वरले मानिसको कमजोरीको लागि बारम्बार सहनशीलता देखाउनुहुन्छ। परमेश्‍वरको न्याय र सजायले मानिसहरूलाई मानवजातिको भ्रष्टता र शैतानी सारको बारेमा क्रमिक रूपमा थाहा पाउने तुल्याउँछ। परमेश्‍वरले प्रदान गर्ने कुरा, मानिसलाई उहाँले दिने अन्तर्दृष्टि र उहाँको अगुवाइ सबैले मानवजातिलाई झन्-झन् बढी सत्यताको सार बुझ्ने, र मानिसहरूलाई के खाँचो छ, तिनीहरूले कुन बाटो हिँड्नुपर्छ, तिनीहरू केको लागि जिउँछन्, तिनीहरूको जीवनको मूल्य र अर्थ, र अगाडिको बाटो कसरी हिँड्ने सो झन्-झन् बढी जान्ने तुल्याउँछ। परमेश्‍वरले गर्नुहुने यी सबै कुराहरूलाई उहाँको एउटै मूल उद्देश्यबाट अलग गर्न सकिँदैन। त्यसोभए यो उद्देश्य के हो? मानिसमा आफ्नो कार्य गर्नको लागि परमेश्‍वरले किन यी विधिहरूको प्रयोग गर्नुहुन्छ? उहाँले के परिणाम हासिल गर्न चाहनुहुन्छ? अर्को शब्दमा भन्दा, उहाँले मानिसमा के देख्न चाहनुहुन्छ? मानिसबाट उहाँले के प्राप्त गर्न चाहनुहुन्‍छ? मानिसको हृदय पुनर्जीवित हुन सकोस् भन्‍ने नै परमेश्‍वरले हेर्न चाहनुहुन्छ। मानिसमा उहाँले काम गर्नको लागि प्रयोग गर्नुहुने यी विधिहरू मानिसको हृदयलाई बिउँझाउन, मानिसको आत्मालाई बिउँझाउन, ऊ कहाँबाट आएको हो, कसले उसलाई अगुवाइ गरिरहनुभएको छ, सहयोग र भरणपोषण गरिरहनुभएको छ, र कसले मानिसलाई आजको दिनसम्म जिउन दिनुभएको छ सो बुझ्न मानिसलाई सक्षम गराउनको लागि गरिएका अटुट प्रयासहरू हुन्; ती मानिसलाई सृष्टिकर्ता को हुनुहुन्छ, उसले कसलाई आराधना गर्नुपर्छ, ऊ कुन मार्गमा हिँड्नुपर्छ, र मानिस कुन तरिकामा परमेश्‍वरको अघि आउनुपर्छ त्यो बारे मानिसलाई बुझ्ने तुल्याउने माध्यमहरू हुन्; ती मानिसले परमेश्‍वरको हृदयलाई जान्न सकोस्, परमेश्‍वरको हृदयलाई बुझ्न सकोस् र मानिसलाई मुक्ति दिनको लागि उहाँले गर्नुभएको कामको पछाडिको ठूलो वास्ता र विचारलाई बुझ्न सकोस् भनेर मानिसको हृदयलाई क्रमिक रूपमा पुनर्जीवित पार्ने माध्यमहरू हुन्। जब मानिसको हृदय पुनर्जीवित हुन्छ, मानिस उप्रान्त नीच, भ्रष्ट स्वभावमा जिउन चाहँदैन, बरु परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि सत्यताको खोजी गर्न चाहन्छ। जब मानिसको हृदय बिउँझिएको हुन्छ, मानिसले आफैलाई शैतानबाट पूर्ण रूपमा अलग गर्न सक्छ। उप्रान्त उसलाई शैतानले हानी गर्नेछैन, यसले उसलाई उप्रान्त नियन्त्रण गर्ने वा मूर्ख तुल्याउनेछैन। बरु, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा बस्ने क्षमता प्राप्त गर्दै, मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्रिय रूपमा परमेश्‍वरको कार्य र उहाँको वचनमा सहकार्य गर्न सक्छ। परमेश्‍वरको कार्यको मूल उद्देश्य यही नै हो।

हामीले शैतानको दुष्टताको बारेमा भर्खरै गरेको छलफलले सबैलाई मानिस अत्यन्तै ठूलो अप्रसन्‍नताको बीचमा जिउँछ र मानिसको जीवनलाई दुर्भाग्यले आक्रान्त पारेको छ भन्‍नेजस्तो अनुभव गराउँछ। तर अहिले मैले परमेश्‍वरको पवित्रता र उहाँले मानिसमा गर्नुहुने कामको बारेमा कुरा गर्दैगर्दा, त्यसले तिमीहरूलाई कस्तो अनुभव गराउँछ? (अत्यन्तै खुशी।) परमेश्‍वरले गर्नुहुने सबै कुरा, उहाँले मानिसको लागि परिश्रमको साथ बन्दोबस्त गर्नुहुने सबै कुरा निष्कलङ्क छन् भन्‍ने हामी देख्छौँ। परमेश्‍वरले गर्नुहुने सबै कुरा त्रुटि विहीन छन्, अर्थात् ती गल्तीरहित छन्, तिनमा कुनै सुधार गर्न, सुझाव दिन वा कुनै पनि परिवर्तन गर्न आवश्यक पर्दैन। हरेक व्यक्तिको लागि परमेश्‍वरले गर्नुहुने सबै कुरा शङ्‍काभन्दा बाहिर हुन्छन्; उहाँले हरेकलाई आफ्‍नै हातले डोर्‍याउनुहुन्छ, बितेर जाने हरेक क्षण उहाँले तेरो हेरचाह गर्नुहुन्छ र तँलाई कहिल्यै पनि छोड्नुभएको छैन। मानिसहरू यस प्रकारको वातावरणमा र यस प्रकारको पृष्ठभूमिमा हुर्कने क्रममा, के मानिसहरू वास्तवमा परमेश्‍वरकै हतकेलामा हुर्कन्छन् भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) त्यसो भए, के तिमीहरू अझै पनि रिक्तताको महसुस गर्छौ? के कसैले अझै पनि उदासपनको महसुस गर्छ? के परमेश्‍वरले मानवजातिलाई त्याग्‍नुभएको छ भन्‍ने कसैलाई लाग्छ? (लाग्दैन।) त्यसो भए, परमेश्‍वरले वास्तवमा के गर्नुभएको छ त? (उहाँले मानवजातिमाथि नजर राख्‍नुभएको छ।) परमेश्‍वरले आफूले गर्ने हरेक कुरामा महान् विचार र ध्यान लगाउनुहुन्छ भन्‍नेमा कुनै प्रश्‍न छैन। यति मात्र कहाँ हो र, आफ्‍नो कार्यलाई अघि बढाउने क्रममा, उहाँले त्यो सधैँ नै निसर्त गर्नुभएको छ। उहाँप्रति तँलाई अत्यन्तै गहन कृतज्ञताको महसुस गराउनको लागि उहाँले कहिल्यै पनि तिमीहरूमध्ये कसैलाई तेरो लागि उहाँले चुकाउनुभएको मूल्य जान्‍नुपर्छ भन्‍ने मापदण्ड तोक्नुभएको छैन। के परमेश्‍वरले तँलाई कहिल्यै यस्तो गर्न लगाउनुभएको छ? (छैन।) मानव जीवनको लामो मार्गमा, लगभग हरेक व्यक्तिले नै धेरै खतरनाक परिस्थितिहरूको अनुभव गरेको र धेरै परीक्षाहरूको सामना गरेको हुन्छ। किनभने शैतान सधैँ तँमाथि लगातार नजर लगाएर तेरै छेउमा खडा भइरहेको हुन्छ। जब विपत्तिले तँलाई प्रहार गर्छ, यसमा शैतान प्रकट हुन्छ; जब तँमाथि आपत्तिहरू आइपर्छन्, जब तेरो लागि कुनै पनि कुरा भनेजस्तो हुँदैन, जब तँ शैतानको जालोमा पर्छस्, यी कुराहरूबाट शैतानले निकै ठूलो आनन्द लिन्छ। परमेश्‍वरले के गरिरहनुभएको छ भन्‍ने विषयमा, बितेर जाने हरेक क्षणमा उहाँले तँलाई सुरक्षा दिइरहनुभएको हुन्छ, एकपछि अर्को दुर्भाग्यबाट र एकपछि अर्को विपत्तिबाट तँलाई तर्काइरहनुभएको हुन्छ। त्यसैकारणले म भन्छु कि मानिससँग भएको सबै कुरा—शान्ति र आनन्द, आशिष्‌ र व्यक्तिगत सुरक्षा—वास्तवमा परमेश्‍वरकै नियन्त्रणमा हुन्छ; उहाँले हरेक व्यक्तिको भाग्यलाई निर्देशित गर्नुहुन्छ र त्यसको निर्णय गर्नुहुन्छ। तर के कतिपय मानिसहरूले भनेजस्तै, परमेश्‍वरसँग आफ्‍नो हैसियतको बारेमा अत्यन्तै उच्‍च धारणा छ र? के परमेश्‍वरले तँलाई यस्तो घोषणा गर्नुहुन्छ, “म सबैभन्दा महान् छु। तिमीहरूमाथि हुकुम चलाउने म नै हुँ। तिमीहरूले मलाई कृपाको लागि बिन्ती गर्नैपर्छ, र अनाज्ञाकारीलाई मृत्युदण्ड दिइनेछ”? के परमेश्‍वरले मानवजातिलाई कहिल्यै यसरी धम्की दिनुभएको छ? (छैन।) के उहाँले कहिल्यै यसो भन्‍नुभएको छ, “मानवजाति भ्रष्ट छ, त्यसकारण तिनीहरूलाई मैले जसरी व्यवहार गरे पनि त्यसको कुनै मतलब हुँदैन, र तिनीहरूलाई जसरी व्यवहार गरे पनि हुन्छ; तिनीहरूको लागि मैले उचित बन्दोबस्त गरिरहनु पर्दैन”? के परमेश्‍वरले यसरी विचार गर्नुहुन्छ? के परमेश्‍वरले यसरी काम गर्नुभएको छ? (छैन।) यसको विपरीत, परमेश्‍वरले हरेक व्यक्तिलाई गर्ने व्यवहार तत्पर र जिम्‍मेवारीपूर्ण छ। उहाँले तँलाई तैँले आफैलाई व्यवहार गर्ने गरेको भन्दा अझै जिम्‍मेवारीपूर्ण व्यवहार गर्नुहुन्छ। के यो यस्तै होइन त? परमेश्‍वर लापरवाही साथ बोल्‍नुहुन्‍न, न त उहाँले आफ्‍नो उच्‍च हैसियतको तडकभडक गर्ने वा मानिसहरूलाई क्षुद्र रूपमा धोका दिने नै गर्नुहुन्छ। बरु उहाँ आफैले गर्न आवश्यक रहेका कुराहरूलाई उहाँले इमान्दारीपूर्वक र मौनतामा गर्नुहुन्छ। यी कुराहरूले मानिसमा आशिष्, शान्ति र आनन्द ल्याउँछ। तिनले मानिसलाई शान्तिपूर्ण तरिकाले र खुशीसाथ परमेश्‍वरको नजरमा र उहाँको परिवारमा ल्याउँछ; त्यसपछि तिनीहरू परमेश्‍वरको अघि जिउँछन् र सामान्य तर्क र सोचाइको साथ परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्छन्। त्यसोभए के आफ्‍नो काममा परमेश्‍वर कहिल्यै मानिसप्रति धोकेबाज हुनुभएको छ? के उहाँले कहिल्यै मानिसलाई केही मनोहर कुराहरूले पहिले झुक्याएर आफ्‍नो पिठ्यूँ फर्काई दयाको झूटो प्रदर्शन गर्नुभएको छ? (छैन।) के परमेश्‍वरले कहिल्यै एउटा कुरा भनेर अर्को कुरा गर्नुभएको छ? के परमेश्‍वरले कहिल्यै रित्ता प्रतिज्ञाहरू गरेर उहाँले तिनीहरूका लागि यसो गर्न सक्‍नुहुन्छ वा तिनीहरूलाई यसो गर्न सहायता गर्नुहुन्छ भनी मानिसहरूलाई भन्दै फाइँफुट्टी लगाएर, गायब हुनुभएको छ? (छैन।) परमेश्‍वरमा कुनै छल, कुनै झूट छैन। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै कुरामा उहाँ साँचो हुनुहुन्छ। मानिसहरूले भरोसा गर्ने एक मात्र व्यक्ति उहाँ नै हुनुहुन्छ; मानिसहरूले आफ्‍नो जीवन र आफूसँग भएका सबै कुरा सुम्‍पन सक्‍ने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। परमेश्‍वरमा कुनै छल नभएको हुनाले, के परमेश्‍वर नै सबैभन्दा इमानदार हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) अवश्‍य नै हामी भन्‍न सक्छौँ! परमेश्‍वरमा लागू गर्दा “इमानदार” भन्‍ने शब्‍द अत्यन्तै कमजोर, अत्यन्तै मानवीय हुने भएकोले, हामीले प्रयोग गर्नको लागि अर्को कुन शब्‍द छ? मानव भाषाका सीमितताहरू यस्तै छन्। परमेश्‍वरलाई “इमानदार” भनी भन्‍नु अलिक अनुचित भए तापनि, अहिलेको लागि हामी यही शब्‍दको प्रयोग गर्नेछौँ। परमेश्‍वर विश्‍वासयोग्य र इमानदार हुनुहुन्छ। त्यसोभए जब हामी यी पक्षहरूका बारेमा कुरा गर्छौं, हामीले केलाई उल्‍लेख गरिरहेका हुन्छौँ? के हामीले परमेश्‍वर र मानिसको बीचमा भएका भिन्‍नताहरू अनि परमेश्‍वर र शैतानको बीचमा रहेका भिन्‍नताहरूका बारेमा उल्‍लेख गरिरहेका हुन्छौँ? हो, हामी त्यसो भन्‍न सक्छौँ। किनभने मानिसले परमेश्‍वरमा शैतानको भ्रष्ट स्वभावको एउटै छाप समेत देख्‍न सक्दैन। के मैले यसो भन्‍नु सही छ? आमेन? (आमेन!) शैतानको कुनै पनि दुष्ट स्वभाव परमेश्‍वरमा प्रकट भएको छैन। परमेश्‍वरले गर्नुहुने र प्रकट गर्नुहुने सबै कुरा पूर्ण रूपमा लाभदायक छ र त्यसले मानिसलाई सहायता गर्छ, सम्पूर्ण रूपले मानिसलाई भरणपोषण गर्नको लागि ती गरिन्छ, ती जीवनले भरिपूर्ण छ र मानिसलाई पछ्याउने बाटो र लिने दिशा प्रदान गर्छ। परमेश्‍वर भ्रष्ट हुनुहुन्‍न, यसको साथै, परमेश्‍वरले गर्नुहुने सबै कुरालाई अहिले हेर्दा, के परमेश्‍वर पवित्र हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ? परमेश्‍वरमा मानवजातिको कुनै पनि भ्रष्ट स्वभाव छैन, न त भ्रष्ट मानवजातिको शैतानी स्वभावसँग मिल्ने कुनै कुरा नै छ, यस दृष्टिकोणबाट हामी परमेश्‍वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ भनेर भन्‍न सक्छौँ। परमेश्‍वरले कुनै पनि भ्रष्टता प्रदर्शन गर्नुहुन्‍न, र उहाँले कार्य गर्नुहँदा उहाँको सार पनि प्रकट गर्नुहुन्छ जसले सम्पूर्ण रूपमा परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने कुरा पुष्टि गर्छ। के तिमीहरू यसलाई देख्छौ? परमेश्‍वरको पवित्र सारलाई जान्‍नको लागि, अब हामी यी दुई पक्षलाई हेरौँ: पहिलो, परमेश्‍वरमा भ्रष्ट स्वभावको कुनै अंश छैन, र दोस्रो, मानिसमा परमेश्‍वरले गर्नुहुने कार्यको सारले मानिसलाई परमेश्‍वरको आफ्‍नै सार देख्‍ने तुल्याउँछ, र यो सार पूर्ण रूपमा सकारात्मक छ। किनभने परमेश्‍वरको कार्यको हरेक भागले मानिसमा ल्याउने कुराहरू सबै सकारात्मक छन्। सर्वप्रथम, मानिस इमानदार होस् भन्‍ने माग परमेश्‍वर गर्नुहुन्छ—के यो सकारात्मक कुरा होइन र? परमेश्‍वरले मानिसलाई बुद्धि दिनुहुन्छ—के यो सकारात्मक छैन र? परमेश्‍वरले मानिसलाई असल र खराब छुट्याउन सक्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? उहाँले मानिसलाई मानव जीवनको अर्थ र मूल्य बुझ्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? उहाँले मानिसलाई सत्यता अनुसार मानिसहरू, घटना, र कुराहरूको सार देख्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? छ। अनि यो सबैको परिणाम के हो भने, मानिस उप्रान्त शैतानको धोकामा पर्दैन, उप्रान्त शैतानको हानी वा नियन्त्रणमा परिरहने छैन भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, यी कुराहरूले मानिसहरूलाई शैतानको भ्रष्टताबाट आफैलाई पूर्ण रूपमा मुक्त गरेर, क्रमिक रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट टाढा बस्‍ने मार्गमा हिँड्ने तुल्याउँछ। यो मार्गमा तिमीहरू हिँडेर कति टाढा आइपुगेका छौ? यो भन्‍नु कठिन छ, छैन र? तर कम्तीमा पनि के अहिले तिमीहरूमा शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ, कुन-कुन कुराहरू दुष्ट हुन् र कुन-कुन कुराहरू नकारात्मक हुन् भन्‍ने बारेमा प्रारम्‍भिक बुझाइ छ? के तिमीहरू अहिले कम्तीमा पनि जीवनको सही मार्गमा हिँडिरहेका छौ? के यसो भन्‍नु सुरक्षित छ? पूर्ण रूपमा सुरक्षित छ।

परमेश्‍वरको पवित्रतासम्बन्धी केही कुरा छन् जसको बारेमा सङ्गति गर्नु नितान्त जरुरी छ। तिमीहरूले सुनेका र प्राप्त गरेका सबै कुराको आधारमा, तिमीहरूमध्ये कसले परमेश्‍वरको पवित्रता के हो भनेर भन्‍न सक्छौ? मैले बताएको परमेश्‍वरको पवित्रताले केलाई जनाउँछ? यसको बारेमा एकै क्षण विचार गर्। के परमेश्‍वरको पवित्रता उहाँको सत्यता हो? के परमेश्‍वरको पवित्रता उहाँको विश्‍वसनियता हो? के परमेश्‍वरको पवित्रता उहाँको निस्स्वार्थता हो? के यो उहाँको नम्रता हो? मानिसप्रतिको उहाँको प्रेम? परमेश्‍वरले मानिसलाई सित्तैँमा सत्यता र जीवन दिनुहुन्छ—के यो उहाँको पवित्रता हो? हो, यी सबै पवित्रता हुन्। परमेश्‍वरले प्रकट गर्नुहुने यो सबै कुरा अद्वितीय छ र यो भ्रष्ट मानवजातिको बीचमा अस्तित्वमा छैन, न त यसलाई मानवजातिमा नै देख्‍न सकिन्छ। शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रियाको अवधिमा यसको अलिकति छाप समेत देख्‍न सकिँदैन, न त शैतानको भ्रष्ट स्वभावमा न त शैतानको सार वा प्रकृतिमा नै देख्‍न सकिन्छ। परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबै अद्वितीय छ; परमेश्‍वर स्वयमसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसमा मात्रै यस प्रकारको सार छ। हाम्रो छलफलको यो विन्दुमा, के तिमीहरूले मानवजातिको बीचमा मैले भर्खरै व्याख्या गरेजत्तिको पवित्र कसैलाई देखेका छौ? (छैनौं।) त्यसो भए, के आदर्श, चर्चित, वा तिमीहरूले उपासना गर्ने मानवजातिका महान्‌ व्यक्तिहरूमाझ यति पवित्र कोही छ? (छैन।) त्यसो भए, हामीले परमेश्‍वरको पवित्रता अद्वितीय छ भनी भन्दा के यो अत्योक्ति हुन्छ? अवश्य नै यो अत्योक्ति हुँदैन। यस बाहेक, परमेश्‍वरको पवित्र अद्वितीयताको पनि व्यवहारिक पक्ष छ। के मैले अहिले जुन पवित्रताको बारेमा बताएँ त्यो र तिमीहरूले योभन्दा पहिले सोचेको वा कल्‍पना गरेको पवित्रताको बीचमा कुनै भिन्‍नता छ? (छ।) यसमा अत्यन्तै धेरै भिन्‍नता छ। मानिसहरूले पवित्रताको बारेमा कुरा गर्दा तिनीहरूले प्रायजसो केलाई जनाइरहेका हुन्छन्? (केही बाहिरी बानीबेहोरालाई।) जब मानिसहरूले बानीबेहोरा वा अरू कुनै कुरा पवित्र छ भनी भन्छन्, तब तिनीहरूले यसलाई शुद्ध वा अनुभव गर्दा मनोहर देखेर मात्रै यसो भन्छन्। तैपनि, यी कुराहरूमा अपरिहार्य रूपमै पवित्रताको साँचो सारको कमी हुन्छ—यो धर्मसिद्धान्तको पक्ष हो। यसबाहेक, मानिसहरूले आफ्‍नो मनमस्तिष्कमा बुझेको पवित्रताको व्यवहारिक पक्षले केलाई जनाउँछ? के यो धेरैजसो तिनीहरूले कल्‍पना वा मूल्याङ्कन गरेको कुरा हो? उदाहरणको लागि, कतिपय बौद्धमार्गीहरू अभ्यास गरिरहेको बेला मरेर जान्छन्, तिनीहरू सुतिरहेको बेला बितेर जान्छन्। कतिपय मानिसहरूले तिनीहरू पवित्र बनेर स्वर्ग उडी गएका हुन् भनेर भन्छन्। यो पनि कल्‍पनाको उपज नै हो। अरू त्यस्ता व्यक्तिहरू पनि छन्, जो स्वर्गबाट तैरिएर आउने परी पवित्र हुन्छ भनेर विचार गर्छन्। वास्तवमा, “पवित्र” भन्‍ने शब्‍द सम्‍बन्धी मानिसहरूको अवधारणा सधैँ नै खोक्रो कल्‍पना र सिद्धान्त मात्रै रहिआएका छन्, आधारभूत रूपमा जसको कुनै वास्तविक सार नहुनुका साथै पवित्रताको सारसँग पनि कुनै सम्‍बन्ध हुँदैन। पवित्रताको सार साँचो प्रेम हो, तर योभन्दा पनि बढी यो सत्यता, धार्मिकता र ज्योतिको सार हो। परमेश्‍वरमा लागू गरिएको खण्डमा मात्रै “पवित्र” भन्‍ने शब्‍द उपयुक्त हुन्छ; सृष्टिको कुनै पनि कुरा “पवित्र” भन्‍न योग्य छैन। मानिसले यो बुझ्‍नैपर्छ। अबउप्रान्त, “पवित्र” भन्‍ने शब्‍दलाई हामी परमेश्‍वरमा मात्रै लागू गर्नेछौँ। के यो उचित छ? (हो, यो उचित छ।)

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने चलाकीहरू

अब हामी मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले के-कस्ता माध्यमहरूको प्रयोग गर्छ सोबारे फेरि कुरा गरौँ। हामीले भर्खरै परमेश्‍वरले मानिसमा काम गर्नुहुने विभिन्न तरिकाहरू जसलाई तिमीहरू आफैले अनुभव गर्न सक्छौ ती तरिकाहरूका बारेमा कुरा गर्‍यौँ, त्यसकारण म त्यति धेरै विस्तृत रूपमा बोल्‍नेछैन। तर मानिसलाई भ्रष्ट तुल्याउन शैतानले के-कस्ता चलाखी र रणनीतिहरूको प्रयोग गर्छ त्यो कुरा तिमीहरूको हृदयमा सायद स्पष्ट छैन, वा कम्तीमा पनि तिमीहरूमा तिनको बारेमा निश्‍चित बुझाइ छैन। के मैले यसको बारेमा फेरि कुरा गर्नु लाभदायक हुनेछैन र? के तिमीहरू यसबारेमा सिक्‍न चाहन्छौ? सायद तिमीहरूमध्ये कतिले सोध्‍नेछौ: “किन फेरि शैतानको बारेमा कुरा गर्ने? शैतानको बारेमा उल्‍लेख गर्नेबित्तिकै, हामीलाई रिस उठ्छ, र जब हामी त्यसको नाम सुन्छौँ हामीलाई पूरै झन्झट लाग्छ।” यसले तिमीहरूलाई जति नै असहज तुल्याए तापनि, तिमीहरूले सत्यको सामना गर्नैपर्छ। मानिसको बुझाइको लाभको लागि यी कुराहरूलाई सरल रूपमा बताउनैपर्छ र स्पष्ट पारिनैपर्छ; अन्यथा मानिस शैतानको प्रभावबाट वास्तवमै मुक्त हुन सक्दैन।

शैतानले मानिसलाई भ्रष्ट तुल्याउने पाँच तरिकाहरूका बारेमा हामीले यसभन्दा पहिले छलफल गरेका छौँ, जसमा शैतानका चलाखीहरू पर्छन्। शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तरिकाहरू सतही तह मात्रै हुन्; शैतानले आफ्‍ना लक्ष्यहरू हासिल गर्न प्रयोग गर्ने यो सतहभित्र अझै धूर्त चलाखीहरू लुकिरहेका हुन्छन्। यी चलाखीहरू के-के हुन्? तिनलाई सारांशित गर। (यसले धोका दिन्छ, प्रलोभनमा पार्छ र दबाब दिन्छ।) तिमीहरूले यी चलाखीहरूलाई जति धेरै सूचीकृत गर्छौ, तिमीहरू त्यति नै नजिक पुग्छौ। तिमीहरूलाई शैतानले निकै गहन रूपमा हानि गरेको र तिमीहरूमा यस विषयमा निकै प्रखर भावनाहरू छन् जस्तो देखिन्छ। (यसले देखावटी अलङ्कारको पनि प्रयोग गर्छ। यसले मानिसहरूलाई प्रभावित गर्छ र जबरजस्ती पकडमा पार्छ।) जबरजस्ती पकडमा पार्नु—यसले विशेष गरी गहन छाप छोड्छ। मानिसहरू जबरजस्ती पकडमा पार्ने शैतानको कार्यदेखि डराउँछन्। अरू कुनै चलाखीहरू छन्? (यसले मानिसहरूलाई हिंसात्मक रूपमा हानि गर्छ, धम्की दिन्छ र लोभ लाग्दो प्रस्ताव गर्छ, अनि यसले झूट बोल्छ।) यसले गर्ने कार्यहरू मध्येको एक झूट बोल्नु हो। तँलाई धोका दिन सकूँ भनेर शैतानले झूट बोल्छ। झूटको प्रकृति कस्तो हुन्छ? के झूट बोल्‍नु भनेको धोका दिनुजस्तै होइन र? झूट बोल्‍नुको उद्देश्य भनेको वास्तवमा तँलाई धोका दिनु नै हो। अरू कुनै चलाखीहरू छन्? तिमीहरूलाई थाहा भएको शैतानका सबै चलाखीहरूका बारेमा मलाई बताओ। (यसले परीक्षा लिन्छ, हानि गर्छ, अन्धो तुल्याउँछ र छल गर्छ।) तिमीहरूमध्ये धेरैले यो छलको बारेमा उस्तै अनुभव गर्छौ। अनि, अरू के-के छन्? (यसले मानिसलाई नियन्त्रण गर्छ, मानिसलाई पकडमा राख्छ, मानिसलाई आतङ्कित तुल्याउँछ र मानिसलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्छ।) तिमीहरूले मलाई जे बताइरहेका छौ ती कुराहरूको समग्र अर्थ मलाई थाहा छ, र यो असल कुरा हो। यसको बारेमा तिमीहरू सबैलाई केही थाहा छ, त्यसकारण म यी चलाखीहरूको एउटा सारांश बनाउँछु।

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने मुख्य चलाखीहरू छ वटा छन्

पहिलो भनेको नियन्त्रण र दबाब हो। अर्थात्, तेरो हृदयलाई नियन्त्रण गर्नको लागि शैतानले सम्‍भव भएको जेसुकै गर्नेछ। “दबाब” भनेको के हो? यसको अर्थ तैँले त्यसको आज्ञापालन गरिनस् भने आउने परिणामहरूको बारेमा तँलाई सोच्‍ने तुल्याउँदै तँलाई त्यसको आज्ञापालन गर्ने तुल्याउनको लागि धम्कीपूर्ण र जबरजस्ती रणनीतिको प्रयोग गर्नु भन्‍ने हो। तँ डराउँछस् र त्यसको अवज्ञा गर्न आँट गर्दैनस्, त्यसैले त्यसपछि तँ त्यसमा समर्पित हुन्छस्।

दोस्रो भनेको धोका र छल हो। “धोका र छल” ले के कुरालाई संलग्न गर्दछ? शैतानले तँलाई ती विश्‍वास गर्ने तुल्याउन केही कथा र झूटहरू बनाउँदछ। मानिसलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो भनेर त्यसले तँलाई कहिल्यै भन्दैन, न त त्यसले सीधै तँलाई तँ परमेश्‍वरद्वारा सृष्टि गरिएको होइनस् भनेर नै भन्छ। यसले “परमेश्‍वर” भन्‍ने शब्‍दको प्रयोग गर्दै-गर्दैन, बरु यसको सट्टामा अर्को कुनै कुराको प्रयोग गर्छ, यसरी परमेश्‍वरको अस्तित्वको बारेमा तँलाई आधारभूतरूपमा केही थाहा नै नहोस् भनेर तँलाई धोका दिनको लागि यो कुराको प्रयोग गर्छ। अवश्य नै, यो “चलाकी” मा यो मात्रै होइन, धेरै पक्षहरू समावेश हुन्छन्।

तेस्रो भनेको जबरजस्ती सैद्धान्तिकरण गर्नु हो। मानिसहरूलाई केद्वारा जबरजस्ती सैद्धान्तिकरण गरिन्छ? के जबरजस्ती सैद्धान्तिकरण मानिसको आफ्‍नै निर्णयद्वारा गरिन्छ? के यो मानिसको सहमतिमा गरिन्छ? त्यसरी अवश्य नै गरिँदैन। तैँले सहमति जनाइनस् भने पनि, तैँले यसको बारेमा गर्न सक्‍ने केही छैन। तेरो अनभिज्ञतामा, शैतानले त्यसका विचारहरू, जीवन सम्‍बन्धी त्यसका नियमहरू र त्यसको सार तँमा हालिदिँदै, त्यसले तँलाई सैद्धान्तिकरण गर्छ।

चौथो भनेको डरधम्की र छलछाम हो। अर्थात्, तँलाई शैतानले त्यसलाई स्वीकार गर्न, त्यसलाई पछ्याउन, र त्यसको सेवामा काम गर्न लगाउनको लागि विभिन्‍न चलाकीहरूको प्रयोग गर्छ। त्यसका लक्ष्यहरू हासिल गर्नको लागि त्यसले जेसुकै गर्नेछ। यसले कहिलेकाहीँ तँलाई सानो निगाह प्रदान गर्छ, यस क्रममा तँलाई लोभ्याएर पाप गर्न लगाउँछ। यदि तैँले त्यसलाई पछ्याएनस् भने, त्यसले तँलाई कष्ट दिन्छ र दण्ड दिन्छ, अनि तँलाई आक्रमण गर्न र तँविरुद्ध षड्यन्त्र गर्नको लागि विभिन्‍न तरिकाहरूको प्रयोग गर्छ।

पाँचौँ धोका र पक्षाघात हो। “धोका र पक्षाघात” भनेको जब शैतानले मानिसहरूको देहगत अवस्था, तिनीहरूको जीवन र भविष्यको बारेमा त्यो चिन्तित छ भन्‍नेजस्तो तुल्याउनको लागि मानिसहरूका धारणासँग मिल्‍ने र विश्‍वासलाग्दो सुनिने मीठा शब्‍द र विचारहरू मानिसहरूमा घुसाउँछ, जब वास्तविकतामा त्यसको एकमात्र लक्ष्य भनेको तँलाई मूर्ख तुल्याउनु भन्‍ने हुन्छ। त्यसपछि तँलाई सही के हो र गलत के हो भन्‍ने थाहा नहोस् भनेर, तँलाई अनजानमा छल गर्न सकियोस् र तँ त्यसको नियन्त्रणमा आउन सक् भनेर, त्यसले तँलाई पक्षाघात तुल्याउँछ।

छैटौं भनेको शरीर र मनको विनाश हो। शैतानले मानिसको कुन भागलाई नष्ट गर्छ? तँलाई विरोध गर्न नसक्‍ने तुल्याउनको लागि शैतानले तेरो मन नष्ट गर्छ, अर्थात् तेरो इच्‍छा विपरीत अलि-अलि गर्दै तेरो हृदय शैतानतर्फ फर्कन्छ। आखिरमा तैँले उप्रान्त असल व्यक्ति बन्‍ने इच्‍छा नगरोस्, उप्रान्त तैँले “धार्मिकता” भनी भन्‍ने गरेको कुराको लागि खडा हुने इच्‍छा नगरोस् भनेर, तेरो इच्‍छालाई अलि-अलि गर्दै कमजोर तुल्याउँदै, तँलाई प्रभाव पार्न र तयारी गर्नको लागि प्रत्येक दिन यी विचार र संस्कृतिहरूको प्रयोग गर्दै, त्यसले तँमा यी कुराहरू हरेक दिन हालिदिन्छ। अनजानमै, तँसँग उप्रान्त प्रवाहको विरुद्ध पौडने इच्‍छा शक्ति हुँदैन, बरु तँ यसैसँग बग्छस्। “विनाश” भनेको मानिसहरू उप्रान्त मानव होइन बरु तिनीहरूको आफ्‍नै छाया बनून् भनेर शैतानले तिनीहरूलाई अत्यन्तै कष्ट दिनु भन्‍ने हो। शैतानले तिनीहरूलाई प्रहार गरेर कब्‍जा गर्ने र निल्‍ने बेला यही हो।

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने यी हरेक चलाकीहरूले मानिसलाई विरोध गर्नै नसक्‍ने तुल्याउँछ; मानिसको लागि तीमध्ये कुनै पनि घातक हुनसक्छ। अर्को शब्‍दमा भन्दा, शैतानले जे गर्छ र त्यसले जुन चलाकी प्रयोग गर्छ, त्यसले तँलाई पतित तुल्याउन सक्छ, तँलाई शैतानको नियन्त्रणमा ल्याउन सक्छ र तँलाई दुष्टता र पापको दलदलमा फसाउन सक्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने चलाकीहरू यिनै हुन्।

शैतान दुष्ट छ भनेर हामी भन्‍न सक्छौँ, तर यसलाई पक्‍का गर्नको लागि, शैतानले मानिसलाई भ्रष्ट तुल्याउनुका परिणामहरू के-के हुन् र त्यसले मानिसलाई के-कस्ता स्वभाव र सारहरू दिन्छ हामीले त्यसलाई हेर्नुपर्छ। तिमीहरू सबैलाई यसको बारेमा केही न केही थाहा छ, त्यसैले बोल। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउनुका परिणामहरू के-के हुन्? तिनीहरूले कुन-कुन भ्रष्ट स्वभावलाई व्यक्त र प्रकट गर्छन्? (अहङ्कार र अभिमान, स्वार्थीपन र तुच्छता, कुटिलपन र धोका, धूर्तता र बदख्‍वाइँ र मानवताको पूर्ण अभाव।) समग्रमा, तिनीहरूमा कुनै मानवता हुँदैन भनेर हामी भन्‍न सक्छौँ। अब, अरू भाइबहिनीहरू बोलून्। (मानिसलाई शैतानले भ्रष्ट तुल्याएपछि, तिनीहरू प्रायजसो अहङ्कारी र आत्म-धर्मी, अहमतापूर्ण र आत्म-अभिमानी, लोभी र स्वार्थी हुन्छन्। मलाई लाग्छ सबैभन्दा गम्‍भीर समस्याहरू यिनै हुन्।) (मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याइसकेपछि, तिनीहरू भौतिक कुराहरू र सम्पत्ति प्राप्त गर्नको लागि कतै रोकिँदैनन्। अनि तिनीहरू परमेश्‍वरप्रति शत्रुवत् बन्छन्, परमेश्‍वरको विरोध गर्छन्, परमेश्‍वरको अवज्ञा गर्छन्, र तिनीहरूले मानिसमा हुनुपर्ने विवेक र तर्क गुमाउँछन्।) तिमीहरूले जे-जे भन्यौ ती आधारभूत रूपमा उही हुन्, केही भिन्‍नता मात्र छन्; तिमीहरूमध्ये कतिले थप विस्तृत विवरणहरू मात्र समावेश गरेका छौ। सारांशमा भन्दा, भ्रष्ट मानवजातिमा मुख्य रूपमा देखिने कुराहरू अहङ्कार, छल, बदख्‍वाइँ, र स्वार्थ हुन्। तैपनि, तिमीहरू सबैले एउटै कुरालाई छुटायौ। मानिसहरूमा कुनै विवेक छैन, तिनीहरूले आफ्नो तर्क गुमाएका छन् र तिनीहरूमा कुनै मानवता छैन—तर तिमीहरूले उल्‍लेख नगरेको एउटा अर्को अत्यन्तै महत्त्वपूर्ण कुरा छ, जुन “धोका” हो। शैतानले भ्रष्ट तुल्याएपछि कुनै पनि मानिसमा हुने यी स्वभावहरूको अन्तिम परिणाम भनेको परमेश्‍वरलाई तिनीहरूले दिने धोका हो। परमेश्‍वरले मानिसहरूलाई जे भन्‍नुभए पनि वा उहाँले तिनीहरूमा जे काम गर्नुभए पनि, तिनीहरूले सत्य हो भनी जानेका कुरालाई तिनीहरू सुन्दैनन्। अर्थात्, तिनीहरूले फेरि कहिल्यै परमेश्‍वरलाई स्वीकार गर्दैनन् र तिनीहरूले उहाँलाई धोका दिन्छन्; यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउनुको परिणाम हो। मानिसको सबै भ्रष्ट स्वभावमा यही कुरा लागू हुन्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने तरिकाहरूमध्ये—मानिसहरूले सिक्‍ने ज्ञान, तिनीहरूले जान्‍ने विज्ञान, अन्धविश्‍वास र परम्‍परागत संस्कृति, साथै सामाजिक प्रचलनहरू सम्‍बन्धी तिनीहरूको बुझाइमध्ये—धर्मी के हो र अधर्मी के हो सो बताउनको लागि मानिसले प्रयोग गर्ने कुनै तरिका छ? पवित्र के हो र दुष्ट के हो त्यो जान्‍नको लागि मानिसलाई सहयोग गर्नसक्‍ने कुनै कुरा छ? के यी कुराहरूलाई मापन गर्नको लागि कुनै मापदण्डहरू छन्? (छैनन्।) मानिसलाई सहयोग गर्न सक्‍ने कुनै मापदण्ड र कुनै आधार छैन। मानिसहरूले “पवित्र” भन्‍ने शब्‍दलाई जान्‍न सके पनि, पवित्र के हो भनेर साँचो रूपमा जान्‍ने कोही पनि छैन। त्यसकारण, शैतानले मानिसमा ल्याउने यी कुराहरूले के तिनीहरूलाई सत्य जान्‍न सहयोग गर्छन्? के तिनले मानिसलाई अझै बढी मानवताको साथमा जिउन सहयोग गर्न सक्छन्? के तिनले मानिसलाई त्यस्तो तरिकाले जिउन सहयोग गर्छन् जसमा तिनीहरूले परमेश्‍वरलाई अझै बढी आराधना गर्न सक्छन्? (सक्दैनन्।) स्पष्टै छ, तिनले मानिसलाई परमेश्‍वरको आराधना गर्न वा सत्यतालाई बुझ्‍न सहयोग गर्न सक्दैनन्, न त तिनले मानिसलाई पवित्रता के हो र दुष्टता के हो सो जान्‍न नै सहयोग गर्न सक्छन्। यसको विपरीत, परमेश्‍वरबाट झन्-झन् टाढा बरालिँदै मानिसहरू झन्-झन् नीच बन्छन्। यही कारणले गर्दा शैतान दुष्ट छ भनी हामी भन्छौं। शैतानका यति धेरै दुष्ट गुणहरू विश्‍लेषण गरिसकेपछि, चाहे यो त्यसको गुणमा होस् वा त्यसको सार सम्‍बन्धी तिमीहरूको बुझाइमा होस्, के तिमीहरूले शैतानमा पवित्रताको कुनै सार देखेका छौ? (देखेका छैनौँ।) यति कुरा निश्‍चित छ। त्यसो भए, शैतानको सारको कुनै पक्ष परमेश्‍वरको जस्तो रहेको तिमीहरूले देखेका छौ? (देखेका छैनौं।) शैतानको कुनै अभिव्यक्ति परमेश्‍वरको जस्तो रहेको तिमीहरूले देखेका छौ? (देखेका छैनौँ।) त्यसो भए, म तिमीहरूलाई सोध्‍न चाहन्छु: तिमीहरूका आफ्‍नै शब्‍दहरू प्रयोग गरेर भन्दा, परमेश्‍वरको पवित्रता वास्तवमा के हो त? सर्वप्रथम, के अर्थमा “परमेश्‍वरको पवित्रता” भन्‍ने शब्‍दहरूलाई बोलिन्छ? के ती परमेश्‍वरको सारको सम्‍बन्धमा बोलिन्छ? वा के तिनलाई उहाँको स्वभावको कुनै पक्षको सम्‍बन्धमा बोलिन्छ? (तिनलाई परमेश्‍वरको सारको सम्‍बन्धमा बोलिन्छ।) हामीले इच्‍छा गरेको विषयमा पहुँच प्राप्त गर्ने आधारलाई हामीले स्पष्ट रूपमा पहिचान गर्नैपर्छ। यी शब्‍दहरूलाई परमेश्‍वरको सारको सम्‍बन्धमा बोलिन्छ। सर्वप्रथम, हामीले शैतानको दुष्टतालाई परमेश्‍वरको सारको प्रतिभारको रूपमा प्रयोग गरेका छौँ, त्यसकारण के तिमीहरूले परमेश्‍वरमा शैतानको कुनै सार देखेका छौ? मानवजातिको कुनै सारलाई देखेका छौ? (छैन, हामीले देखेका छैनौँ। परमेश्‍वर अहङ्कारी, स्वार्थी हुनुहुन्‍न र उहाँले धोका दिनुहुन्‍न, र यसबाट हामी परमेश्‍वरको पवित्र सार प्रकट भएको देख्छौँ।) के यसमा थप्‍नुपर्ने केही छ? (परमेश्‍वरमा शैतानको भ्रष्ट स्वभावको कुनै छाप छैन। शैतानसँग जे छ त्यो पूर्ण रूपमा नकारात्मक हो, तर परमेश्‍वरसँग जे छ त्यो सकारात्मकबाहेक केही पनि होइन। हामी देख्न सक्छौँ कि हामी सानो हुँदाको समयदेखि हाम्रो जीवनभरि र आजको दिनसम्‍मै विशेष गरी हामी अन्योलमा परेर आफ्‍नो बाटो बिराएको बेलामा हामीमाथि नजर लगाउँदै र हामीलाई सुरक्षा दिँदै, परमेश्‍वर सधैँ हाम्रो साथमा हुनुभएको छ। परमेश्‍वरमा कुनै छल, कुनै धोका छैन। उहाँले स्पष्ट रूपमा र सरल रूपमा बोल्‍नुहुन्छ, र यो पनि परमेश्‍वरको साँचो सार नै हो।) एकदम राम्रो! (हामी शैतानको कुनै पनि भ्रष्ट स्वभाव परमेश्‍वरमा देख्‍न सक्दैनौँ, उहाँमा कुनै छल-कपट, कुनै घमण्ड छैन, उहाँले कुनै रित्तो प्रतिज्ञाहरू गर्नुहुन्‍न, र उहाँमा कुनै धोका छैन। मानिसले विश्‍वास गर्न सक्‍ने परमेश्‍वर मात्रै हुनुहुन्छ। परमेश्‍वर विश्‍वासयोग्य र इमानदार हुनुहुन्छ। परमेश्‍वरको कार्यबाट हामी के देख्छौँ भने, परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न भन्‍नुहुन्छ, तिनीहरूलाई बुद्धि दिनुहुन्छ, तिनीहरूलाई दुष्टताबाट असललाई छुट्याउन सक्षम तुल्याउनुहुन्छ र विभिन्‍न मानिसहरू, घटना, र काम-कुराहरूलाई छुट्याउने क्षमता दिनुहुन्छ। यसमा हामी परमेश्‍वरको पवित्रतालाई देख्‍न सक्छौँ।) के तिमीहरूले सबै कुरा समाप्त गर्‍यौ? के तिमीहरूले जे भनेका छौ त्यसप्रति तिमीहरू सन्तुष्ट छौ? वास्तवमा परमेश्‍वरको कति धेरै बुझाइ तिमीहरूको हृदयमा छ? र परमेश्‍वरको पवित्रतालाई तिमीहरू कति हदसम्‍म बुझ्छौ? मलाई थाहा छ, तिमीहरू प्रत्येकको हृदयमा कुनै न कुनै स्तरको अनुभवात्मक बुझाइ छ, किनभने हरेक व्यक्तिले परमेश्‍वरले तिनीहरूमा गर्नुहुने कामलाई महसुस गर्न सक्छन् र, फरक-फरक हदमा, तिनीहरूले परमेश्‍वरबाट धेरै कुराहरू प्राप्त गर्छन्: अनुग्रह र आशिष्, अन्तर्दृष्टि र ज्योति र परमेश्‍वरको न्याय र सजाय, र यी कुराहरूको कारणले गर्दा, मानिसले परमेश्‍वरको सारको केही सरल बुझाइ प्राप्त गर्छ।

आज हामीले छलफल गरिरहेको परमेश्‍वरको पवित्रता धेरैजसो मानिसहरूका लागि अनौठो देखिन सक्छ, यसको बाबजुद पनि, अहिले हामीले यो विषयलाई सुरु गरेका छौँ, र तिमीहरू अगाडिको बाटो हिँड्ने क्रममा तिमीहरूले यसबारे गहन बुझाइ प्राप्त गर्नेछौ। यसको लागि तिमीहरूले आफ्‍नै अनुभवमा क्रमिक रूपमा अनुभूति गर्न र बुझ्‍न आवश्यक हुन्छ। अहिलेको लागि, परमेश्‍वरको सार सम्‍बन्धी बुझाइमा केन्द्रित-तिमीहरूको दृष्टिकोणको लागि सिक्‍न, निश्‍चित गर्न, महसुस गर्न र अनुभव गर्नको लागि धेरै समय अवधि लाग्छ, अनि यो कुरा एक दिन तिमीहरूले तिमीहरूको हृदयको अन्तस्करणबाट “परमेश्‍वरको पवित्रता” भनेको परमेश्‍वरको सार त्रुटिहीन छ, परमेश्‍वरको प्रेम निस्स्वार्थ छ, परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै निस्स्वार्थ छ भन्‍ने नजानुञ्जेल हुनेछ, र परमेश्‍वरको पवित्रता निष्खोट र दोषरहित छ भन्‍ने तिमीहरूले जान्‍न पुग्‍नेछौ। परमेश्‍वरको सारका यी पक्षहरू उहाँको पहिचान प्रदर्शन गर्नको लागि उहाँले प्रयोग गर्नुहुने शब्‍दहरू मात्रै होइनन्, बरु हरेक व्यक्तिलाई व्यवहार गर्नको लागि परमेश्‍वरले आफ्‍नो सारको इमानदारीपूर्वक प्रयोग गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सार रित्तो छैन, न त यो सूत्रात्मक वा सैद्धान्तिक नै छ, र यो ज्ञानको प्रकार पनि अवश्य नै होइन। यो मानिसको लागि शिक्षाको प्रकार होइन; बरु यो परमेश्‍वरका आफ्नै कार्यहरूको साँचो प्रकाश र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकटित सार हो। मानिसले यो सारलाई जान्‍नु र बुझ्‍नुपर्छ, किनभने परमेश्‍वरले गर्नुहुने सबै कुरा र उहाँले भन्‍नुहुने हरेक वचन हरेक व्यक्तिको लागि अत्यन्तै मूल्यवान् र महत्त्वपूर्ण छ। जब तैँले परमेश्‍वरको पवित्रतालाई बुझ्‍न पुग्छस्, तब तैँले परमेश्‍वरमा वास्तवमा नै विश्‍वास गर्न सक्छस्; जब तैँले परमेश्‍वरको पवित्रतालाई बुझ्‍न पुग्छस्, तब “परमेश्‍वर स्वयम् अद्वितीय” भन्‍ने शब्‍दहरूको साँचो अर्थलाई तैँले वास्तवमा नै महसुस गर्न सक्छस्। यस बाहेक तैँले हिँड्न छनौट गर्न सक्‍ने अरू मार्गहरू पनि छन् भनेर सोच्दै, तैँले उप्रान्त कल्‍पना गर्नेछैनस्, र उप्रान्त तँ तेरो लागि परमेश्‍वरले बन्दोबस्त गर्नुभएको सबै कुरालाई धोका दिन इच्‍छुक हुनेछैनस्। किनभने परमेश्‍वरको सार पवित्र छ, जसको अर्थ परमेश्‍वरद्वारा मात्रै तँ जीवनमा ज्योतिको धार्मिकताको मार्गमा हिँड्न सक्‍छस्; परमेश्‍वरद्वारा मात्रै तैँले जीवनको अर्थलाई जान्‍न सक्छस्; परमेश्‍वरद्वारा मात्रै तँ साँचो मानवतामा जिउन र सत्यतालाई प्राप्त गर्ने र जान्‍ने दुवै गर्न सक्छस्। परमेश्‍वरद्वारा मात्रै तैँले सत्यताबाट जीवन प्राप्त गर्न सक्छस्। परमेश्‍वर स्वयम्ले मात्रै तँलाई दुष्टताबाट अलग बस्‍न र शैतानको हानि र नियन्त्रणबाट छुटकारा दिन सहायता गर्न सक्‍नुहुन्छ। तैँले उप्रान्त कष्ट भोग नगरोस् भनेर कष्टको समुद्रबाट तँलाई परमेश्‍वर बाहेक कसैले पनि र कुनै पनि कुराले मुक्ति दिन सक्दैन। यसलाई परमेश्‍वरको सारले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर स्वयम्‌ले मात्रै त्यति निस्स्वार्थ रूपमा तँलाई मुक्ति दिनुहुन्छ; तेरो भविष्यको लागि, तेरो नियतिको लागि र तेरो जीवनको लागि परमेश्‍वर मात्रै आखिरमा जिम्‍मेवार हुनुहुन्छ, र उहाँले सबै कुरा तेरो लागि मिलाउनुहुन्छ। यो सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि कुराले हासिल गर्न नसक्‍ने कुरा हो। सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि कुरामा परमेश्‍वरको सारजस्तो सार नहुने हुँदा, तँलाई मुक्ति दिने वा तँलाई अगुवाइ गर्ने क्षमता कुनै पनि व्यक्ति वा थोकमा हुँदैन। मानिसको लागि परमेश्‍वरको सारको महत्त्व यही नै हो। सायद मैले भनेका यी वचनहरूले सिद्धान्तको हिसाबले अलि-अलि सहयोग गर्न सक्छ भन्‍ने तिमीहरूलाई लाग्‍न सक्छ। तर यदि तँ सत्यताको खोजी गर्छस् भने, यदि तँ सत्यतालाई प्रेम गर्छस् भने, तैँले अनुभव गर्नेछस् कि यी वचनहरूले तेरो गन्तव्य परिवर्तन गर्ने मात्रै होइन बरु त्यसभन्दा पनि बढी तिनले तँकहाँ मानव जीवनको सही मार्ग ल्याइदिनेछन्। तैँले यो कुरा बुझ्छस् नि, होइन र? त्यसो भए, के परमेश्‍वरको सारलाई जान्‍नको लागि तिमीहरूमा अहिले केही रुचि छ? (छ।) तिमीहरूलाई रुचि छ भन्‍ने जान्‍न पाउँदा खुशी लाग्यो। आजको लागि, परमेश्‍वरको पवित्रतालाई जान्‍ने सम्‍बन्धी विषयको हाम्रो सङ्गतिलाई हामी यहीँ समाप्त गर्नेछौँ।

*     *     *

आजको हाम्रो भेलाको सुरुमा तिमीहरूले गरेको कुनै कुराको बारेमा म कुरा गर्न चाहन्छु, जसले मलाई आश्‍चर्यमा पार्‍यो। तिमीहरूमध्ये कतिले सायद कृतज्ञताको अनुभूतिलाई जगेर्ना गरिरहेका थियौ, सायद तिमीहरूले कृतज्ञताको अनुभव गरिरहेका थियौ, त्यसकारण तिमीहरूको भावनाले सम्‍बन्धित कार्य पैदा गर्‍यो। तिमीहरूले जे गर्‍यौ, त्यो भर्त्सनाको आवश्यकता पर्ने कुरा थिएन; यो सही पनि होइन गलत पनि होइन। तर म तिमीहरूले केही कुरा बुझेको हेर्न चाहन्छु। तिमीहरूले के बुझेको म चाहन्छु त? पहिलो, तिमीहरूले भर्खरै के गर्‍यौ त्यसको बारेमा म तिमीहरूलाई सोध्‍न चाहन्छु। के यो लम्पसार पर्नु वा आराधनाको लागि घुँडा टेक्‍नु थियो? कसैले मलाई बताउन सक्छ? (यो लम्पसार पर्नु नै थियो भन्‍ने हामीलाई विश्‍वास छ।) यो लम्पसार पर्नु नै थियो भन्‍ने तिमीहरू विश्‍वास गर्छौ, त्यसो भए लम्पसार पर्नुको अर्थ के हो? (आराधना गर्नु।) त्यसो भए, आराधना गर्नको लागि घुँडा टेक्‍नु भनेको के हो? मैले यसभन्दा पहिले यसको बारेमा तिमीहरूसँग सङ्गति गरेको छैन, तर आज यसो गर्नु आवश्यक छ भन्‍ने मलाई लाग्छ। के तिमीहरूको सामान्य भेलामा तिमीहरू लम्पसार पर्छौ? (पर्दैनौँ।) जब तिमीहरू प्रार्थना गर्छौ के तिमीहरू लम्पसार पर्छौ? (पर्छौं।) के तिमीहरू हरेक पटक प्रार्थना गर्दा अवस्थाले दिएअनुसार लम्पसार पर्छौ? (पर्छौं।) त्यो राम्रो हो। तर आज म तिमीहरूले के बुझ भन्‍ने चाहन्छु भने परमेश्‍वरले दुई प्रकारका मानिसहरूको घुँडा टेकाइलाई मात्रै स्वीकार गर्नुहुन्छ। हामीले बाइबल वा कुनै पनि आत्मिक व्यक्तित्वको कार्य र आचरणको सहारा लिनु पर्दैन। बरु, यहाँ र अहिले, म तिमीहरूलाई साँचो कुरा बताउनेछु। पहिलो, लम्पसार पर्नु र आराधना गर्नको लागि घुँडा टेक्‍नु एउटै कुरा होइन। लम्पसार पर्नेहरूको घुँडा टेकाइलाई परमेश्‍वरले किन स्वीकार गर्नुहुन्छ? किनभने परमेश्‍वरले कसैलाई उहाँकहाँ बोलाउनुहुन्छ र त्यस व्यक्तिलाई परमेश्‍वरको कार्यभार स्वीकार गर्न लगाउनुहुन्छ, त्यसकारण परमेश्‍वरले उसलाई उहाँको सामुन्ने लम्पसार हुन दिनुहुनेछ। यो पहिलो प्रकारको व्यक्ति हो। दोस्रो प्रकार भनेको आराधना गर्नलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुनै व्यक्तिको घुँडा टेकाइ हो। यी दुई प्रकारका मानिसहरू मात्रै छन्। त्यसकारण तिमीहरू कुन प्रकारमा पर्छौ? के तिमीहरू भन्‍न सक्छौ? सत्यता यही हो, यद्यपि यसले तिमीहरूको भावनामा अलि चोट पुर्‍याउन सक्छ। प्रार्थनाको बेला मानिसहरूको घुँडा टेकाइको बारेमा केही भन्‍नु छैन—यो उचित छ र हुनु नै पर्छ, किनभने जब मानिसहरूले प्रार्थना गर्छन्, यो मुख्यतया कुनै कुराको लागि प्रार्थना गर्ने, तिनीहरूको हृदय परमेश्‍वरको सामुन्ने खोल्‍ने र उहाँको आमने-सामने हुने कार्य हो। यो परमेश्‍वरसँगको हृदयदेखि हृदयसँगको कुराकानी र बातचित हो। तिमीहरूले घुँडा टेकेर आराधना गर्नु भनेको केवल औपचारिकता मात्रै हुनुहुन्न। तिमीहरूले आज जे गरेका छौ त्यसको लागि तिमीहरूलाई मैले धिक्‍कार भन्‍न खोजेको होइन। म तिमीहरूलाई यसको बारेमा स्पष्ट पार्न मात्रै चाहन्छु ताकि तिमीहरूले यो सिद्धान्त बुझ्‍न सक—तिमीहरूलाई यो थाहा छ, होइन र? (हो, हामीलाई थाहा छ।) यो फेरि कहिल्यै नहोस् भनेर म तिमीहरूलाई यो बताइरहेको छु। त्यसो भए, के परमेश्‍वरको अघि लम्पसार पर्ने र घुँडा टेक्‍ने कुनै अवसर मानिसहरूले पाउँछन्? यो अवसर कहिल्यै हुनेछैन भन्‍ने होइन। ढिलो-चाँडो त्यो दिन आउनेछ, तर त्यो समय अहिले होइन। के तिमीहरू देख्छौ? के यसले तिमीहरूलाई रिस उठाउँछ? (उठाउँदैन।) त्यो राम्रो हो। सायद यी शब्‍दहरूले तिमीहरूलाई उत्प्रेरित वा उत्साहित गर्नेछ, ताकि तिमीहरूले तिमीहरूको हृदयमा परमेश्‍वर र मानिसबीचको हालको अवस्था र परमेश्‍वर र मानिसबीचमा कस्तो प्रकारको सम्‍बन्ध छ त्यसलाई जान्‍न सक। हामीले हालै यसको बारेमा कुरा गरेर थप छलफल गरेको भए तापनि, परमेश्‍वरसम्‍बन्धी मानिसको बुझाइ पर्याप्ततामा पुग्‍न निकै बाँकी छ। परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने यो मार्गमा मानिसले अझै धेरै हिँड्न बाँकी नै छ। तिमीहरूलाई आतुरीको रूपमा यसो गर्न लगाउनु, वा यस प्रकारका आकांक्षा वा भावनाहरूलाई हतारमा व्यक्त गर्नु मेरो अभिप्राय होइन। तिमीहरूले आज जे गर्‍यौ त्यसले तिमीहरूको साँचो भावनाहरूलाई प्रकट र व्यक्त गर्न सक्छ, र म त्यसको अनुभूति गर्छु। त्यसकारण जब तिमीहरू यसो गरिरहेका थियौ, म उठेर तिमीहरूलाई शुभकामना दिन चाहन्थेँ, किनभने तिमीहरू सबै ठीक होओ भन्‍ने म चाहन्छु। त्यसकारण, मेरा हरेक वचन र हरेक कार्यमा, म तिमीहरूलाई सहयोग गर्न, तिमीहरूलाई मार्गनिर्देशित गर्न मैले सक्‍नेजति गर्छु, ताकि तिमीहरूले सबै कुराको बारेमा सही बुझाइ र सही दृष्टिकोण प्राप्त गर्न सक। तिमीहरू यसलाई बुझ्‍न सक्छौ, सक्दैनौ त? (सक्छौँ।) त्यो राम्रो हो। मानिसहरूमा परमेश्‍वरका विभिन्‍न स्वभावहरू, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो र परमेश्‍वरले गर्नुहुने कामका पक्षहरूको बारेमा केही बुझाइ भए तापनि, यस्तो धेरैजसो बुझाइ पृष्ठमा भएका शब्‍दहरूलाई पढ्ने वा तिनलाई सिद्धान्तमा बुझ्‍ने वा तिनको बारेमा विचार गर्नेभन्दा अगाडि जाँदैन। मानिसहरूमा वास्तविक अनुभवबाट आउने यथार्थ बुझाइ र दृष्टिकोणको कमी छ। मानिसहरूको हृदयलाई बिउँझाउनको लागि परमेश्‍वरले विभिन्‍न तरिकाहरूको प्रयोग गर्नुहुने भए तापनि, यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले हिँड्नुपर्ने अझै निकै लामो बाटो छ। म कसैले पनि परमेश्‍वरले तिनीहरूलाई चीसोमा छोडेर जानुभएको, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएको वा तिनीहरूलाई आफ्‍नो पिठ्यूँ फर्काइदिनुभएको जस्तो अनुभव गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने सबै जना सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने मार्गमा कुनै पनि सन्देह वा भारविना नै अटल संकल्पको साथ साहसिक रूपमा अघि बढेका हुन्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए तापनि, तँ बरालिएर जति टाढा गएको भए पनि वा तैँले जति गम्भीर अपराध गरेको भए पनि, परमेश्‍वरलाई बुझ्‍ने तेरो खोजीमा तिनलाई तैँले बोक्‍ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। सधैँ नै, परमेश्‍वरले मानिसको मुक्ति आफ्‍नो हृदयमा राख्‍नुहुन्छ; यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य भाग यही हो। के अहिले तिमीहरू अलि राम्रो महसुस गर्छौ? (गर्छौं।) मलाई आशा छ, सबै कुराहरूमा र मैले बोलेका वचनहरूमा तिमीहरूले सही तरिका अपनाउन सक्नेछौ। त्यसो भए, यो सङ्गतिलाई यहीँ टुङ्ग्याऊँ। बिदा!

जनवरी ११, २०१४

अघिल्लो: परमेश्‍वर स्वयम् अद्वितीय ५

अर्को: परमेश्‍वर स्वयम् अद्वितीय ७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्