परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरको पवित्रता (२)

भाइ-बहिनीहरू, आज हामी एउटा भजन गाऔं। तिमीहरूलाई मन पर्ने र तिमीहरूले नियमित रूपमा गाउने गरेको भजन निकाल। (हामी परमेश्‍वरको वचनको भजन नं. ७६० “खोट विनाको शुद्ध प्रेम” गाउनेछौँ।)

१  “प्रेम” ले यस्तो भावनालाई जनाउँछ, जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्त हुँदैन, कुनै अवरोध हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन। यदि तैँले प्रेम गर्छस् भने, छलकपट गर्दैनस्, गुनासो गर्दैनस्, धोका दिँदैनस्, विद्रोह गर्दैनस्, धुत्ने वा कुनै कुरा प्राप्त गर्ने अथवा निश्चित मात्रामा केही पाउने प्रयास गर्दैनस्।

२  “प्रेम” ले यस्तो भावनालाई जनाउँछ, जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्त हुँदैन, कुनै अवरोध हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन। यदि तैँले प्रेम गरिस् भने, खुसीसाथ आफूलाई समर्पण गर्नेछस्, खुसी र दुःख सहनेछस्, तँ मेरो अनुकूल हुनेछस्, मेरा लागि आफूसँग भएका सम्पूर्ण कुरा त्याग्नेछस्, आफ्‍नो परिवार, आफ्‍नो भविष्य, आफ्‍नो यौवन र आफ्‍नो विवाह त्याग्नेछस्। होइन भने, तेरो प्रेम कत्ति पनि प्रेम हुनेछैन, तर त्यो त केवल छलकपट र धोका हुनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

यो भजन राम्रो छनौट थियो। के तिमीहरू सबैलाई यो गाउन मन पर्छ? यो गाइसकेपछि तिमीहरू के अनुभव गर्छौ? के तिमीहरू आफूभित्र यस प्रकारको प्रेम अनुभव गर्न सक्छौ? (अहिलेसम्‍म सकेको छैन।) तँलाई यसको कुन शब्‍दले सबैभन्दा गहन रूपमा छुन्छ? (“प्रेममा कुनै सर्त हुँदैन, कुनै अवरोध हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन।” तर म आफैभित्र अझै धेरै अशुद्धता, अनि परमेश्‍वरसँग लेनदेनको प्रयास गर्ने मेरा धेरै भागहरूलाई म देख्छु। मैले साँच्‍चै शुद्ध र निष्खोट प्रकारको प्रेम प्राप्त गरेको छैन।) यदि तैँले शुद्ध, निष्खोट प्रेम प्राप्त गरेको छैनस् भने, तेरो प्रेमको हद के हो त? (म खोजी गर्न इच्‍छा गरिरहेको, तृष्णा गरिरहेको अवस्थामा मात्रै छु।) तेरो आफ्‍नै कदको आधारमा र तेरो आफ्‍नै अनुभवबाट बोलेर, तैँले कति हदसम्‍म प्राप्त गरेको छस्? के तँमा छल छ? के तँमा गुनासाहरू छन्? के तँसँग तेरो हृदयभित्र मागहरू छन्? के तैँले परमेश्‍वरबाट चाहने र इच्‍छा गर्ने कुराहरू छन्? (छन्, मसँग मभित्र यी कलङ्कित कुराहरू छन्।) के-कस्ता परिस्‍थितिहरूमा ती बाहिर निस्कन्छन्? (जब परमेश्‍वरले मेरो लागि मिलाउनुभएको परिस्थिति मेरा धारणाहरूसँग मिल्दैन, वा जब मेरा इच्‍छाहरू पूरा भएका हुँदैनन्: त्यस्ता क्षणहरूमा, म यस प्रकारको भ्रष्ट स्वभाव प्रकट गर्छु।) ताइवानबाट आएका तिमी भाइ-बहिनीहरू, के तिमीहरू पनि प्रायजसो यो भजन गाउने गर्छौ? तिमीहरूले “खोट विनाको शुद्ध प्रेम” लाई कसरी बुझ्छौ त्यसको बारेमा के तिमीहरू अलिकति बताउन सक्छौ? परमेश्‍वरले किन प्रेमलाई यसरी व्याख्या गर्नुहुन्छ? (मलाई यो भजन औधी मन पर्छ किनभने यसबाट यही प्रेम नै पूर्ण प्रेम हो भन्‍ने म देख्‍न सक्छु। तैपनि, त्यो मापदण्डलाई पूरा गर्नको लागि मैले अझै निकै बाटो हिँड्नुछ, अनि साँचो प्रेम प्राप्त गर्नबाट म अझै निकै टाढा छु। उहाँको वचनले मलाई दिने सामर्थ्यद्वारा र प्रार्थनाद्वारा मैले प्रगति र सहकार्य गर्न सकेका केही कुराहरू छन्। तैपनि, जब म निश्‍चित जाँचहरू वा प्रकाशहरूको सामना गर्छु, तब मलाई मेरो भविष्य वा नियति नै छैन, मेरो गन्तव्य नै छैन भन्‍ने लाग्छ। त्यस्ता क्षणहरूमा, म अत्यन्तै कमजोर अनुभव गर्छु, अनि यो समस्याले मलाई प्राय: बिथोल्छ।) “भविष्य र नियति” भनेर तैँले आखिरमा केलाई उल्‍लेख गरिरहेको छस्? के तैँले उल्‍लेख गरिरहेको कुनै विशेष कुरा छ? के यो कुनै चित्र वा तैँले कल्‍पना गरेको कुनै कुरा हो, वा के तेरो भविष्य वा नियति तैँले वास्तवमा देख्‍न सक्‍ने कुरा हो? के यो वास्तविक वस्तु हो? तिमीहरू प्रत्येकले यसको बारेमा विचार गर भन्‍ने म चाहन्छु: तिमीहरूको भविष्य र नियतिको लागि तिमीहरूले गर्ने चिन्ताले केलाई जनाउँछ? (यो मुक्ति पाउन सक्‍नु हो ताकि म बाँच्‍न सकूँ।) तिमी अरू भाइबहिनीहरू, तिमीहरूले पनि “खोट विनाको शुद्ध प्रेम” सम्‍बन्धी तिमीहरूको बुझाइको बारेमा थोरै कुरा गर। (जब व्यक्तिसँग यो हुन्छ, तिनीहरूको आफ्‍नै व्यक्तिगत अस्तित्वबाट आउने कुनै अशुद्धता हुँदैन, अनि तिनीहरू आफ्‍नो भविष्य र नियतिद्वारा नियन्त्रित हुँदैनन्। परमेश्‍वरले तिनीहरूसँग जसरी व्यवहार गर्नुभए तापनि, तिनीहरू परमेश्‍वरको कार्य र उहाँको योजनाबद्ध कार्यलाई पूर्ण रूपमा पालन गर्न, अनि उहाँलाई अन्त्यसम्‍मै पछ्याउन सक्छन्। परमेश्‍वरप्रतिको यस प्रकारको प्रेम मात्रै शुद्ध र निष्खोट प्रेम हो। आफैलाई यसको तुलनामा नाप्‍ने क्रममा, मैले के पत्ता लगाएको छु भने, परमेश्‍वरलाई विश्‍वास गरेको विगत केही वर्षमा मैले आफैलाई खर्च गरेको वा केही निश्‍चित कुराहरूलाई पन्छाएको जस्तो देखिए पनि, मैले उहाँलाई साँचो रूपमा मेरो हृदय दिन सकेको रहेनछु। जब परमेश्‍वरले मलाई उदाङ्गो पारिदिनुहुन्छ, मैले मुक्ति पाउन सक्दिनँ भन्‍ने मलाई लाग्छ, अनि म नकारात्मक स्थितिमा जिउँछु। मैले मेरो कर्तव्य पूरा गरिरहेको छु भन्‍ने देख्छु, तर यसको साथमा, म परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेको छु, म मेरो सारा हृदयले परमेश्‍वरलाई प्रेम गर्न असमर्थ छु, अनि मेरो गन्तव्य, मेरो भविष्य, अनि मेरो नियति सधैँ मेरो मनमै हुन्छन्।) तिमीहरूले यो भजनको केही बुझाइ प्राप्त गरेका छौ, अनि यो र तिमीहरूको वास्तविक अनुभवको बीचमा केही सम्‍बन्धहरू स्थापित गरेका छौ भन्‍ने देखिन्छ। तैपनि, “खोट विनाको शुद्ध प्रेम” भन्‍ने भजनका हरेक वाक्यांशहरूको बारेमा तिमीहरूसँग स्वीकार्यताका फरक-फरक हद छन्। कतिपय मानिसहरूले यो त इच्‍छाशक्तिसँग सम्‍बन्धित छ भन्‍ने ठान्छन्, कतिपय मानिसहरूले आफ्‍नो भविष्यलाई पन्छ्याउने प्रयास गरिरहेका छन्, कतिपय मानिसहरूले आफ्‍नो परिवारजनलाई छाड्न खोजिरहेका छन्, अनि कतिपय मानिसहरूले केही पनि प्राप्त नगर्ने प्रयास गरिरहेका छन्। अझै अरूले आफूमा कुनै छल, कुनै गुनासो नराख्‍ने, र परमेश्‍वरको विरुद्ध विद्रोह नगर्ने बाध्यकारी व्यवस्था आफैले गरिरहेका छन्। परमेश्‍वरले किन यस प्रकारको प्रेम प्रस्तावित गर्नुहुन्छ र मानिसहरूले उहाँलाई यसरी प्रेम गरून् भन्‍ने बाध्यकारी व्यवस्था गर्नुहुन्छ? के यो मानिसहरूले प्राप्त गर्न सक्‍ने प्रकारको प्रेम हो? भन्‍नुको अर्थ, के मानिसहरूले यसरी प्रेम गर्न सक्छन्? मानिसहरूले आफूले यसो गर्न सक्दैनौँ भन्‍ने कुरा बुझ्न सक्छन्, किनभने तिनीहरूमा यस प्रकारको प्रेमको कुनै पनि सङ्केत नै छैन। जब मानिसहरूमा यो कुरै हुँदैन, अनि जब तिनीहरूलाई आधारभूत रूपमै प्रेमको बारेमा थाहा हुँदैन, परमेश्‍वरले तिनीहरूसँग यी वचनहरू बोल्‍नुहुन्छ, र यी वचनहरू तिनीहरूका लागि अपरिचित हुन्छन्। मानिसहरू यस संसारमा र भ्रष्ट स्वभावमा जिउने हुनाले, यदि मानिसहरूमा यस प्रकारको प्रेम थियो भने, वा यदि व्यक्तिमा यस प्रकारको प्रेम, अर्थात् तिनीहरूलाई कुनै अनुरोध र कुनै माग नगर्ने प्रेम, आफैलाई समर्पित गर्ने र कष्ट सामना गर्ने र आफूसँग भएको सबै कुरा त्याग्‍ने तुल्याउने प्रेम हुन सक्थ्यो भने, यस प्रकारको प्रेम भएको कुनै पनि व्यक्तिलाई अरू मानिसहरूले के ठान्थे? के त्यस्तो व्यक्ति सिद्ध हुने थिएन र? (हुने थियो।) के यस्तो सिद्ध व्यक्ति यो संसारमा अस्तित्वमा छ? यो संसारमा यस्तो प्रकारको व्यक्ति अस्तित्वमा छँदै-छैन। यो त निरपेक्ष कुरा हो। त्यसकारण, आफ्‍ना अनुभवहरूद्वारा कतिपय मानिसहरूले यी शब्‍दहरू अनुसार आफैलाई मापन गर्नको लागि निकै ठूलो प्रयास गर्छन्। तिनीहरूले आफैसँग जुध्छन्, आफैलाई नियन्त्रित गर्छन्, अनि तिनीहरूले आफूलाई निरन्तर त्याग समेत गर्छन्: तिनीहरूले कष्ट भोग्छन् अनि आफैलाई आफ्ना धारणाहरू त्याग्‍ने तुल्याउँछन्। तिनीहरूले आफ्नो विद्रोहीपन, अनि तिनीहरूका आफ्‍नै इच्‍छा र चाहनाहरूलाई त्याग्छन्। तर अन्त्यमा, तिनीहरूले आफ्‍नो मापनलाई बढाउन सक्दैनन्। किन त्यसो हुन्छ? मानिसहरूले पछ्याउने मापदण्ड प्रदान गर्न परमेश्‍वरले यी कुराहरू भन्‍नुहुन्छ, ताकि परमेश्‍वरले तिनीहरूको लागि व्यवस्था गर्नुभएको मापदण्डलाई मानिसहरूले जानून्। तर मानिसहरूले यो तुरुन्तै हासिल गरिहालून् भनेर परमेश्‍वरले कहिल्यै भन्‍नुहुन्छ र? के यो हासिल गर्नको लागि मानिसहरूसँग कति समय छ भनेर परमेश्‍वरले कहिल्यै भन्‍नुहुन्छ र? (भन्‍नुहुन्‍न।) के मानिसहरूले उहाँलाई यसरी नै प्रेम गर्नुपर्छ भनेर परमेश्‍वरले कहिल्यै भन्‍नुहुन्छ र? के यो पाठको यो अनुच्छेदले त्यसो भन्छ? अहँ, यसले त्यसो भन्दैन। आफूले जुन प्रेमको बारेमा उल्‍लेख गरिरहनुभएको थियो परमेश्‍वरले मानिसहरूलाई त्यही मात्रै बताइरहनुभएको छ। मानिसहरूले परमेश्‍वरलाई यसरी प्रेम गर्न सक्छन् कि सक्दैनन् अनि परमेश्‍वरलाई यस्तो व्यवहार गर्न सक्छन् कि सक्दैनन् भन्‍ने बारेमा कुरा गर्दा, मानिसहरूका निम्ति परमेश्‍वरका मापदण्डहरू के-के हुन् त? त्यसमा तुरुन्तै पुगिहाल्‍नु आवश्यक छैन, किनभने त्यो मानिसहरूको क्षमताभन्दा बाहिरको कुरा हुनेछ। यसरी प्रेम गर्नको लागि मानिसहरूले कस्तो प्रकारका शर्तहरू पूरा गर्नुपर्छ त्यसको बारेमा के तिमीहरूले कहिल्यै विचार गरेका छौ? यदि मानिसहरूले बारम्‍बार यी वचनहरू पढे भने के तिनीहरूमा क्रमिक रूपमा यो प्रेम हुनेछ? (हुनेछैन।) त्यसो भए, शर्तहरू के-के हुन् त? पहिलो, परमेश्‍वरको बारेमा रहेका शङ्काहरूबाट मानिसहरू कसरी मुक्त हुन सक्छन्? (इमानदार मानिसहरूले मात्रै यो कुरा हासिल गर्न सक्छन्।) छलबाट मुक्त हुने बारेमा के कुरा छ नि? (तिनीहरू पनि इमानदार मानिसहरू नै हुनुपर्छ।) परमेश्‍वरसँग लेनदेन नगर्ने व्यक्ति बन्‍ने कुरा नि? यो पनि इमानदार व्यक्ति हुनुकै एक हिस्सा हो। चतुरताबाट मुक्त हुने बारेमा के छ नि? प्रेममा कुनै विकल्‍प छैन भनेर भन्‍नुको अर्थ के हो? के यी सबै कुरा इमानदार व्यक्ति हुनुसँग नै सम्‍बन्धित छन् त? यहाँ धेरै विवरणहरू छन्। परमेश्‍वरले यस प्रकारको प्रेमको बारेमा यसरी बोल्‍न सक्‍नु र परिभाषित गर्नुले केलाई प्रमाणित गर्छ? के परमेश्‍वरमा यस प्रकारको प्रेम छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौं।) तिमीहरूले यसलाई कहाँ देख्छौ? (मानिसप्रति परमेश्‍वरको प्रेममा।) के मानिसप्रतिको परमेश्‍वरको प्रेम शर्तपूर्ण छ? के परमेश्‍वर र मानिसको बीचमा अवरोध वा दूरी छन्? के मानिसको बारेमा परमेश्‍वरसँग शङ्काहरू छन्? (छैन।) परमेश्‍वरले मानिसको अवलोकन गर्नुहुन्छ र मानिसलाई बुझ्‍नुहुन्छ; उहाँले मानिसलाई साँचो रूपमा बुझ्‍नुहुन्छ। के परमेश्‍वर मानिसप्रति छली हुनुहुन्छ? (हुनुहुन्‍न।) परमेश्‍वरले यो प्रेमको बारेमा यति सिद्ध रूपमा बताउनुभएको हुनाले, के उहाँको हृदय र उहाँको सार पनि त्यत्तिकै सिद्ध हुन सक्छन्? (सक्छन्।) निस्सन्देह नै ती सिद्ध हुन्छन्; जब मानिसहरूको अनुभव निश्‍चित हदमा पुग्छ, तब तिनीहरूले यस्तो महसुस गर्छन्। के मानिसहरूले कहिल्यै यसरी प्रेमलाई परिभाषित गरेका छन्? के-कस्ता परिस्‍थितिहरूमा मानिसले प्रेमलाई परिभाषित गरेको छ? मानिसले कसरी प्रेमको बारेमा बताउँछ? के मानिसले दिने वा प्रदान गर्ने अर्थमा प्रेमको बारेमा बताउँदैन र? (हो।) प्रेमको यो परिभाषा सरलीकृत छ; यसमा सारको कमी छ।

परमेश्‍वरले दिनुभएको प्रेमको परिभाषा र परमेश्‍वरले प्रेमको बारेमा बोल्ने तरिका उहाँको सारको एउटा पक्षसँग जोडिएका हुन्छन्, तर यो कुन पक्ष हो? पछिल्लो समय हामीले एउटा निकै महत्त्वपूर्ण विषयमा सङ्गति गर्यौं, मानिसहरूले पहिले पनि धेरै पटक छलफल गरेको एउटा विषयमा। यो विषयमा परमेश्‍वरमाथिको विश्‍वासको क्रममा प्रायजसो बोलिने शब्‍द समावेश छ, तैपनि यो सबैले परिचित र अपरिचित दुवै ठान्‍ने शब्‍द हो। म किन यसो भन्छु? यो मानिसका भाषाहरूबाट आउने शब्‍द हो; तैपनि, मानिसहरूमाझ यसको परिभाषा पृथक र अस्पष्ट दुवै छ। यो शब्‍द के हो? (पवित्रता।) पवित्रता: पछिल्लो समय हामीले सङ्गति गरेको हाम्रो विषय त्यही थियो। हामीले यो विषयको एउटा भागको बारेमा सङ्गति गर्‍यौं। हाम्रो गत सङ्गतिबाट, के सबैले परमेश्‍वरको पवित्रताको सारको बारेमा केही नयाँ बुझाइ प्राप्त गर्‍यो? यो बुझाइको कुन-कुन पक्षहरूलाई तिमीहरू पूर्ण रूपमा नयाँ ठान्छौ? अर्थात्, यो बुझाइभित्रको वा यी वचनहरूभित्रको के कुराले तिमीहरूलाई परमेश्‍वरको पवित्रता सम्‍बन्धी तिमीहरूको बुझाइ मैले सङ्गतिको अवधिमा बताएको परमेश्‍वरको पवित्रताभन्दा फरक वा भिन्‍न रहेछ भन्‍ने अनुभव गरायो? यसको बारेमा तिमीहरूसँग कुनै धारणा छ? (परमेश्‍वर भन्‍नुहुन्छ, उहाँले आफ्‍नो हृदयमा अनुभव गर्नुहुन्छ; उहाँका वचनहरू निष्खोट छन्। यो पवित्रताको एउटा पक्षको प्रकटीकरण हो।) (परमेश्‍वर मानिसप्रति क्रोधित हुनुहुँदा पनि त्यहाँ पवित्रता हुन्छ; उहाँको क्रोध खोटरहित हुन्छ।) (परमेश्‍वरको पवित्रताको कुरा गर्दा, उहाँको धर्मी स्वभावभित्र परमेश्‍वरको क्रोध र उहाँको कृपा दुवै छ भन्‍ने म बुझ्छु। यसले मलाई अत्यन्तै दह्रिलो प्रभाव पार्‍यो। हाम्रो गत सङ्गतिमा, परमेश्‍वरको धर्मी स्वभाव अद्वितीय छ भन्‍ने पनि उल्‍लेख गरिएको थियो—विगतमा मैले यो बुझेको थिइन। परमेश्‍वरले जे सङ्गति गर्नुभएको थियो त्यो सुनेर मात्रै परमेश्‍वरको क्रोध मानिसको रिस भन्दा फरक छ भन्‍ने मैले बुझेँ। परमेश्‍वरको क्रोध सकारात्मक कुरा हो र यो सिद्धान्तमा आधारित हुन्छ; परमेश्‍वरको अन्तर्निहित सारको कारण यसलाई बाहिर निकालिन्छ। परमेश्‍वरले कुनै नकारात्मक कुरा देख्‍नुहुन्छ, त्यसैले उहाँले आफ्‍नो क्रोध पोखाउनुहुन्छ। यो सृष्टि गरिएको कुनै पनि प्राणीमा नहुने कुरा हो।) आजको हाम्रो विषय परमेश्‍वरको पवित्रता हो। परमेश्‍वरको धर्मी स्वभावको बारेमा सबै मानिसहरूले केही कुरा सुनेका र सिकेका छन्। यसको साथै, धेरैजसो मानिसहरूले परमेश्‍वरको पवित्रता र परमेश्‍वरको धर्मी स्वभाव एउटै हुन् जस्तो गरी कुरा गर्छन्; परमेश्‍वरको धर्मी स्वभाव पवित्र छ भनेर तिनीहरू भन्छन्। “पवित्र” भन्‍ने शब्‍द अवश्य नै कसैको लागि पनि अपरिचित छैन—यो आम रूपमा प्रयोग गरिने शब्‍द हो। तर त्यो शब्‍दभित्रका अर्थहरूको हकमा, मानिसहरूले परमेश्‍वरको पवित्रताका के-कस्ता अभिव्यक्तिहरूलाई देख्‍न सक्छन्? मानिसहरूले पहिचान गर्न सक्‍ने के कुरा परमेश्‍वरले प्रकट गर्नुभएको छ? दुःखको कुरा, यो कुरा कसैलाई थाहा छैन। परमेश्‍वरको स्वभाव धर्मी छ, तर यदि तैँले परमेश्‍वरको धर्मी स्वभावलाई लिएर यो पवित्र छ भनी भन्छस् भने, त्यो अलिक अस्पष्ट, अलिक अलमल्‍ल पार्नेजस्तो देखिन्छ; यस्तो किन? तँ परमेश्‍वरको स्वभाव धर्मी छ भनेर भन्छस्, वा तँ उहाँको स्वभाव पवित्र छ भनेर भन्छस्, त्यसो भए तिमीहरू आफ्नो हृदयमा कसरी परमेश्‍वरको पवित्रताको चरित्र चित्रण गर्छौ, तिमीहरूले यसलाई कसरी बुझ्छौ? भन्‍नुको अर्थ, परमेश्‍वरले जे प्रकट गर्नुभएको छ, वा उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, के त्यसलाई मानिसहरूले पवित्र भनी पहिचान गर्छन्? के तिमीहरूले यसको बारेमा पहिले विचार गरेका थियौ? मैले के देखेको छु भने मानिसहरू प्रायजसो आम रूपमा प्रयोग गरिएका शब्‍दहरू लिएर आउँछन् वा तिनीहरूसँग बारम्‍बार बोलिएका वाक्यांशहरू हुन्छन्, तैपनि तिनीहरूले के भनिरहेका छन् सो समेत तिनीहरूलाई थाहा हुँदैन। हरेकले यसरी नै भन्छन्, अनि आदत अनुसार नै तिनीहरूले यसो भन्छन्, त्यसकारण यो तिनीहरूको लागि तय गरिएको शब्‍द बन्छ। तैपनि, यदि तिनीहरूले विवरणहरूलाई अनुसन्धान गरे र वास्तवमै अध्ययन गरे भने, तिनीहरूले साँचो अर्थ के हो वा यसले केलाई जनाउँछ भन्‍ने आफूलाई थाहा रहेनछ भन्‍ने पत्ता लगाउनेछन्। “पवित्र” भन्‍ने शब्‍दजस्तै, कसैलाई पनि तिनीहरूले उहाँको पवित्रताको प्रसंगमा बोल्दा परमेश्‍वरको सारको ठीक कुन पक्षलाई जनाइँदैछ भन्‍ने थाहा हुँदैन, अनि “पवित्र” भन्‍ने शब्‍दलाई परमेश्‍वरको अनुरूप कसरी गर्ने भन्‍ने पनि कसैलाई थाहा हुँदैन। मानिसहरू तिनीहरूको हृदयमा अन्योलग्रस्त छन्, अनि परमेश्‍वरको पवित्रता सम्‍बन्धी तिनीहरूको पहिचान धमिलो र अस्पष्ट छ। परमेश्‍वर कसरी पवित्र हुनुहुन्छ भन्‍ने बारेमा कोही पनि त्यति स्पष्ट छैनन्। आज हामी “पवित्र” भन्‍ने शब्‍दलाई परमेश्‍वरको अनुरूप गर्नको लागि यस विषयमा सङ्गति गर्नेछौँ ताकि मानिसहरूले परमेश्‍वरको पवित्रताको खास विषयवस्तुलाई देख्‍न सकून्। यसले कतिपय मानिसहरूलाई आदतको रूपमा र लापरवाही रूपमा यो शब्‍दको प्रयोग गर्नबाट र कुनै कुराको अर्थ के हो, ती सही र ठीक हो कि होइनन् सो थाहा नभईकनै ती कुराहरू भनिदिने कार्य गर्नबाट रोक्‍नेछ। मानिसहरू सधैँ यसरी बोलेका छन्; तैँले यसरी नै बोलेको छस्, उसले यसरी नै बोलेको छ, तसर्थ यो बोल्‍ने आदत नै बनेको छ। यस कार्यले अनजानमा त्यस्तो शब्‍दलाई कलङ्कित तुल्याउँछ।

झट्ट हेर्दा, “पवित्र” भन्‍ने शब्‍द बुझ्‍न अत्यन्तै सजिलो छ भन्‍ने जस्तो देखिन्छ, होइन र? कम्तीमा पनि मानिसहरूले “पवित्र” भन्‍ने शब्दको अर्थ शुद्ध, नबिग्रिएको, सम्‍मानजनक, र चोखो हो भन्‍ने विश्‍वास गर्छन्। हामीले भर्खरै गाएको “खोट विनाको शुद्ध प्रेम” भन्‍ने भजनको “पवित्रता” भन्‍ने शब्‍दलाई “प्रेम” सँग जोडेर हेर्नेहरू पनि छन्। यो सही छ; यो यसको एउटा भाग हो। परमेश्‍वरको प्रेम उहाँको सारको एउटा भाग हो, तर यो यसको सम्पूर्णता होइन। तैपनि मानिसहरूका धारणाहरूमा, तिनीहरूले यो शब्‍दलाई हेर्छन् अनि यसलाई तिनीहरू आफैले चोखो र शुद्ध भनी हेर्ने कुराहरूसँग, वा तिनीहरू आफैले व्यक्तिगत रूपमा नबिग्रिएको वा निष्खोट भनी ठानेका कुराहरूसँग जोडेर हेर्ने गर्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूले कमलको फूल शुद्ध हुन्छ, र यो फोहोरी हिलोबाट निष्खोट भई फुल्छ भनेर भनेका छन्। त्यसकारण मानिसहरूले “पवित्र” भन्‍ने शब्‍दलाई कमलको फूलमा लागू गर्न थाले। कतिपय मानिसहरूले मनगढन्ते प्रेम कथाहरूलाई पवित्र भन्‍ने ठान्छन्, वा तिनीहरूले कुनै काल्‍पनिक, वा विस्मयकारी व्यक्तित्वहरूलाई पवित्र रूपमा हेर्न सक्छन्। यसको साथै, कतिपय मानिसहरूले बाइबलमा उल्‍लेख गरिएका मानिसहरू, वा आत्मिक पुस्तकहरूमा उल्‍लेख गरिएका अरू मानिसहरू, जस्तै परमेश्‍वरले उहाँको काम गर्नुहुँदा कुनै बेला उहाँलाई पछ्याउने सन्तहरू, प्रेरितहरू, वा अरू मानिसहरूले आत्मिक अनुभवहरू पाएका थिए र ती अनुभवहरू पवित्र थिए भन्‍ने ठान्छन्। यी सबै मानिसहरूले कल्‍पना गरेका कुराहरू हुन्; यी मानिसहरूले राख्‍ने गरेका धारणाहरू हुन्। किन मानिसहरूले यस्ता धारणाहरू राख्छन्? यसको कारण अत्यन्तै सरल छ: मानिसहरू भ्रष्ट स्वभावको बीचमा जिउँछन् अनि दुष्टता र भ्रष्टताको संसारमा बस्छन्, त्यसैले यसो भएको हो। तिनीहरूले देख्‍ने हरेक कुरा, तिनीहरूले छुने हरेक कुरा, तिनीहरूले अनुभव गर्ने हरेक कुरा शैतानको दुष्टता र भ्रष्टता हुन्, साथसाथै ती शैतानको प्रभावमा रहेका मानिसहरूका बीचमा पैदा हुने षड्यन्त्र, आपसी मतभेद, र युद्ध हुन्। त्यसकारण, परमेश्‍वरले मानिसहरूमा आफ्‍नो काम गर्नुहुँदा पनि, अनि उहाँले तिनीहरूसँग बोल्‍नुहुँदा र उहाँको स्वभाव र सार प्रकट गर्नुहुँदा पनि, तिनीहरूले परमेश्‍वरको पवित्रता र सारलाई देख्‍न वा जान्‍न सक्दैनन्। परमेश्‍वर पवित्र हुनुहुन्छ भनेर मानिसहरूले प्रायजसो भन्‍ने गर्छन्, तर तिनीहरूमा साँचो बुझाइको कमी छ; तिनीहरूले खोक्रा शब्‍दहरू मात्रै बोलिरहेका हुन्छन्। मानिसहरू अशुद्धता र भ्रष्टताको बीचमा जिउने हुनाले, अनि तिनीहरू शैतानको सत्तामा रहेका हुनाले, र तिनीहरूले ज्योति नदेख्‍ने हुनाले, तिनीहरूलाई सकारात्मक विषयहरूको बारेमा केही पनि थाहा नभएको हुनाले, यसको साथै, तिनीहरूले सत्यतालाई नजान्‍ने हुनाले, “पवित्र” को अर्थ के हुन्छ कसैलाई पनि साँचो रूपमा थाहा छैन। त्यसो भए, के यो भ्रष्ट मानवताको बीचमा कुनै पवित्र कुराहरू वा पवित्र मानिसहरू छन् त? हामी निश्चित रूपमा यसो भन्‍न सक्छौँ: छैनन्, किनभने परमेश्‍वरको सार मात्रै पवित्र छ।

पछिल्लो समय, हामीले परमेश्‍वरको सार कसरी पवित्र छ त्यसको एउटा पक्षको बारेमा सङ्गति गर्‍यौं। यसले परमेश्‍वरको पवित्रताको बारेमा ज्ञान हासिल गर्नको लागि मानिसहरूलाई केही उत्प्रेरणा प्रदान गर्‍यो, तर यो पर्याप्त छैन। यसले परमेश्‍वरको पवित्रता पूर्ण रूपमा जान्‍न मानिसहरूलाई पर्याप्त रूपमा समर्थ तुल्याउन सक्दैन, न त यसले परमेश्‍वरको पवित्रता अद्वितीय छ भन्‍ने बुझ्‍न नै तिनीहरूलाई पर्याप्त रूपमा समर्थ तुल्याउन सक्छ। यसको साथै, यसले परमेश्‍वरमा पूर्ण रूपमा सम्‍मिलित भएको पवित्रताको साँचो अर्थ बुझ्‍न मानिसहरूलाई पर्याप्त रूपमा समर्थ तुल्याउन सक्दैन। त्यसकारण, हामीले हाम्रो सङ्गतिलाई यही विषयमा जारी राख्‍नु आवश्यक छ। पछिल्लो समय, हाम्रो सङ्गतिले तीन वटा विषयहरूलाई सम्‍बोधन गरेको थियो, त्यसकारण अब हामीले चौथो विषयको बारेमा छलफल गर्नुपर्छ। पवित्र-शास्‍त्रबाट पाठ गरेर हामी यसको सुरुवात गर्नेछौं।

शैतानको परीक्षा

मत्ती ४:१-४  तब उजाड स्थानमा दियाबलसबाट परीक्षा गरिनलाई आत्माले येशूलाई लानुभयो। र उहाँले चालीस दिन र चालीस रात उपवास बसिसक्‍नुभएपछि, उहाँ भोकाउनुभयो। अनि परीक्षा गर्ने उहाँकहाँ आयो र भन्यो, यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्। तर उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, यस्तो लेखिएको छ, मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।

यिनै वचनहरूद्वारा दियाबलसले सुरुमा प्रभु येशूलाई परीक्षा गर्ने प्रयास गर्‍यो। दियाबलसले भनेको कुराको विषयवस्तु के हो? (“यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्।”) दियाबलसले बोलेका यी वचनहरू निकै सरल छन्, तर के तिनको सारमा कुनै समस्या छ? दियाबलसले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने,” तर त्यसको हृदयमा, त्यसलाई येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने थाहा थियो कि थिएन? उहाँ ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने त्यसलाई थाहा थियो कि थिएन? (त्यसलाई थाहा थियो।) त्यसो भए त्यसले किन “यदि तपाई … हुनुहुन्छ भने” भनेर भन्यो? (त्यसले परमेश्‍वरलाई परीक्षा गर्ने प्रयास गरिरहेको थियो।) तर त्यसले त्यसो गर्नुको उद्देश्य के थियो? त्यसले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने।” त्यसको हृदयमा त्यसलाई येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने थाहा थियो, त्यसको हृदयमा त्यो यसबारे अत्यन्तै स्पष्ट थियो, तर यो कुरा जाने तापनि, के त्यो उहाँमा समर्पित भयो र के त्यसले उहाँको आराधना गर्‍यो? (गरेन।) त्यसले के गर्न चाह्यो? प्रभु येशूलाई रिस उठाउन, अनि त्यसका अभिप्रायहरू अनुसार उहाँलाई मूर्ख बनाई काम गर्न लगाउनको लागि त्यसले यो तरिका र यी वचनहरू प्रयोग गर्न चाहन्थ्यो। के दियाबलसका वचनहरूको पछाडि लुकेको अर्थ यही होइन र? शैतानको हृदयमा, त्यसलाई प्रभु येशू ख्रीष्ट उहाँ नै हुनुहुन्छ भन्‍ने स्पष्टै थाहा थियो, तैपनि त्यसले यी वचनहरू बोल्यो। के यो शैतानको प्रकृति होइन र? शैतानको प्रकृति के हो? (धूर्त, दुष्ट बन्‍नु, र परमेश्‍वरप्रति कुनै डर नहुनु।) परमेश्‍वरप्रति कुनै डर नहुनुबाट के-कस्ता परिणामहरू आउँछन्? के त्यसले परमेश्‍वरलाई आक्रमण गर्न चाहँदैन थियो र? यसले परमेश्‍वरलाई आक्रमण गर्न यो तरिकाको प्रयोग गर्न चाहन्थ्यो, त्यसैले त्यसले भन्यो: “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्”; के यो शैतानको दुष्ट अभिप्राय होइन र? त्यसले वास्तवमा के गर्ने प्रयास गरिरहेको थियो? त्यसको उद्देश्य अत्यन्तै स्पष्ट छ: त्यसले प्रभु येशू ख्रीष्टको हैसियत र पहिचानलाई इन्कार गर्नको लागि यो तरिकाको प्रयोग गरिरहेको थियो। शैतानले यी वचनहरूबाट यसो भन्‍न खोजिरहेको थियो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटीमा परिवर्तन गर्नुहोस्। यदि तपाईंले त्यसो गर्न सक्‍नुहुन्‍न भने, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यसकारण तपाईंले अब उप्रान्त आफ्‍नो काम गर्नु हुँदैन।” के यही होइन त? त्यसले परमेश्‍वरलाई आक्रमण गर्नको लागि यो तरिकाको प्रयोग गर्न चाहन्थ्यो, त्यसले परमेश्‍वरको कार्यलाई चकनाचूर पार्न र नष्ट गर्न चाहन्थ्यो; शैतानको दुराशय यही हो। त्यसको दुराशय नै त्यसको प्रकृतिको स्वभाविक अभिव्यक्ति हो। प्रभु येशू ख्रीष्ट परमेश्‍वरका पुत्र हुनुहुन्छ, परमेश्‍वर स्वयम्‌को देहधारण हुनुहुन्छ भन्‍ने त्यसलाई थाहा भएको भए पनि त्यसले यस प्रकारको कार्य नगरी त्यो बस्‍न सकेन र परमेश्‍वरलाई नजिकबाटै पिछा गर्ने, उहाँलाई निरन्तर आक्रमण गर्ने र परमेश्‍वरको कार्यलाई बाधा दिन र तोड्नका लागि धेरै प्रयास गर्ने गरिरह्यो।

अब हामी, शैतानले बोलेको यो वाक्यलाई विश्‍लेषण गरौँ: “यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्।” ढुङ्गाहरूलाई रोटीमा परिवर्तन गर्नु—के यसको कुनै अर्थ छ? यदि खानेकुरा छ भने, त्यसैलाई किन नखाने? किन ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नु आवश्यक छ? के यसको कुनै अर्थ छैन भनेर भन्‍न सकिन्छ? यो बेला प्रभु येशू उपवास बसिरहनुभएको भए तापनि, अवश्य नै उहाँसँग खानको लागि खानेकुरा थियो? (उहाँसँग थियो।) त्यसो भए, यहाँ हामी शैतानका वचनहरूको मूर्खतालाई देख्‍न सक्छौं। शैतानको सबै विश्‍वासघात र बदख्वाइँको बाबजुत पनि, हामी त्यसको मूर्खता र निरर्थकतालाई देख्छौं। शैतानले त्यस्ता विभिन्‍न कुराहरू गर्छ जसद्वारा तैँले त्यसको दुर्भावनापूर्ण प्रकृतिलाई देख्‍न सक्छस्; त्यसले परमेश्‍वरको कार्यलाई तोड्ने विभिन्‍न कुराहरू गरिरहेको देख्‍न सक्छस्, अनि यसलाई देखेर, तैँले त्यो घृणास्पद र रिस उठ्दो छ भन्‍ने अनुभव गर्छस्। तर, अर्कोतर्फ, के त्यसका वचनहरू र कार्यहरूका पछाडि तैँले मूर्खतापूर्ण, हास्यास्पद प्रकृतिलाई देख्दैनस्? शैतानको प्रकृति सम्‍बन्धी प्रकाश यही हो; त्यसको प्रकृति नै यही भएकोले, त्यसले यस्तै प्रकारको काम गर्नेछ। आजका मानिसहरूका लागि, शैतानका यी वचनहरू निरर्थक र हाँसउठ्दो छन्। तर शैतानले त्यस्ता वचनहरू बोल्‍न सक्छ। के त्यो अज्ञानी र विवेकहीन छ भनेर हामी भन्‍न सक्छौँ? शैतानको दुष्टता जताततै छ र यसलाई निरन्तर रूपमा प्रकट गरिँदैछ। अनि प्रभु येशूले त्यसलाई कसरी जवाफ दिनुभयो? (“मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।”) के यी वचनहरूमा कुनै शक्ति छ? (छ।) तिनमा शक्ति छ भनेर हामी किन भन्छौँ? किनभने यी वचनहरू सत्यता हुन्। अब, के मानिस रोटीले मात्रै बाँच्‍न सक्छ? प्रभु येशू चालीस दिन र चालीस रातसम्‍म उपवास बस्‍नुभयो। के उहाँ भोकले मर्नुभयो? उहाँ भोकले मर्नुभएन, त्यसकारण उहाँलाई यस्ता कुराहरू भनेर ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नको लागि उहाँलाई उक्साउन शैतान उहाँकहाँ गयो: “यदि तपाईंले ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नुभयो भने, खानका लागि तपाईंसँग यी कुराहरू हुनेछैनन् र? त्यसपछि तपाईंले उपवास बस्‍नु पर्दैन, भोकै बस्‍नु पर्दैन, होइन र?” तर प्रभु येशूले भन्‍नुभयो, “मानिस रोटीले मात्र बाँच्‍दैन,” जसको अर्थ मानिस भौतिक शरीरमा जिए तापनि, उसको भौतिक शरीरलाई बाँच्‍न र सास फेर्न दिने त खाने कुरा होइन, बरु परमेश्‍वरको मुखबाट उच्चारित हरेक वचनहरू हुन्। एकतर्फ, यी वचनहरू सत्य हुन्; परमेश्‍वरमा तिनीहरूले भरोसा गर्न सक्छन् अनि सत्यता उहाँ नै हुनुहुन्छ भन्‍ने अनुभव गराउँदै यी वचनहरूले मानिसहरूलाई विश्‍वास दिलाउँछ। अर्कोतर्फ, के यी वचनहरूको व्यवहारिक पक्ष छ? चालीस दिन र चालीस रात उपवास बसिसकेपछि, के प्रभु येशू अझै खडा हुनुहुन्नथ्यो र, अझै जीवित हुनुहुन्नथ्यो र? के यो वास्तविक उदाहरण होइन र? उहाँले चालीस दिन र चालीस रातसम्‍म कुनै पनि खानेकुरा खानुभएको थिएन, तर उहाँ अझै पनि जीवितै हुनुहुन्थ्यो। यो उहाँका वचनहरूको सत्यतालाई पुष्टि गर्ने शक्तिशाली प्रमाण हो। यी वचनहरू सरल छन्, तैपनि प्रभु येशूको हकमा भन्दा, शैतानले उहाँको परीक्षा गर्दा मात्रै उहाँले ती बोल्‍नुभयो कि ती पहिले नै प्राकृतिक रूपमै उहाँको भाग बनिसकेका थिए? यसलाई अर्को तरिकाले भन्दा, परमेश्‍वर नै सत्यता हुनुहुन्छ, अनि परमेश्‍वर नै जीवन हुनुहुन्छ, तर के परमेश्‍वरको सत्यता र जीवन त्यसपछि थपिएका कुराहरू थिए? के ती पछिका अनुभवबाट पैदा भएका थिए? होइन—परमेश्‍वरमा ती अन्तर्निहित रूपमै छन्। भन्‍नुको अर्थ, सत्यता र जीवन परमेश्‍वरका सार हुन्। उहाँलाई जेसुकै भए तापनि, उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यता नै हो। यो सत्यता, यी वचनहरूले—उहाँको बोलीको विषयवस्तु लामो भए पनि छोटो भए पनि—मानिसलाई जिउन सक्षम तुल्याउन सक्छन् र तिनले मानिसलाई जीवन दिन्छन्; तिनले मानिसहरूलाई सत्यता अनि मानव जीवनको मार्गको बारेमा स्पष्टता हासिल गर्न, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास राख्‍न सक्षम तुल्याउँछन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले प्रयोग गर्नुभएका यी वचनहरूको स्रोत सकारात्मक छ। त्यसकारण के हामी यो सकारात्मक कुरा पवित्र छ भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) शैतानका ती वचनहरू शैतानको प्रकृतिबाट आउँछन्। शैतानले त्यसको दुष्टता र त्यसको दुर्भावनापूर्ण स्वभाव जताततै, निरन्तर रूपमा प्रकट गर्छ। अब, के शैतानले प्राकृतिक रूपमै यिनलाई प्रकट गर्छ? के कसैले त्यसलाई यसो गर्न निर्देशन दिन्छ? के कसैले त्यसलाई सहायता गर्छ? के कसैले त्यसलाई बाध्य गर्छ? गर्दैन। यी सबै कुराहरू त्यसले आफ्‍नै इच्‍छाले प्रकट गर्छ। यो शैतानको दुष्ट प्रकृति हो। परमेश्‍वरले जे गर्नुभए पनि र उहाँले यो जसरी गर्नुभए पनि, शैतानले उहाँलाई नजिकबाट पछ्याउँछ। शैतानले भन्‍ने र गर्ने यी कुराहरूको सार र साँचो प्रकृति नै शैतानको सार हो—त्यो सार जुन दुष्ट र दुर्भावनापूर्ण छ। अब हामीले पढ्दै जाने क्रममा, शैतानले अरू के भन्यो? हामी पढौँ।

मत्ती ४:५-७  त्यसपछि दियाबलसले उहाँलाई पवित्र सहरमा लैजान्छ र उहाँलाई मन्दिरको शिरमा खडा गराउँछ अनि उहाँलाई भन्छ, यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्: किनकि यस्तो लेखिएको छ, उहाँले स्वर्गदूतहरूलाई तेरो लागि अह्राउनुहुनेछ: र तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उठाउनेछन्, नत्रता कुनै पनि बेला तिमीले तिम्रो खुट्टा ढुङ्गामा ठोकाउँछौ। येशूले त्यसलाई भन्‍नुभयो, यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।

सुरुमा हामी शैतानले यहाँ बोलेको वचनहरूलाई नै हेरौं। शैतानले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्,” अनि यसले पवित्र-शास्‍त्रबाट उद्धृत गर्‍यो: “उहाँले स्वर्गदूतहरूलाई तेरो लागि अह्राउनुहुनेछ: र तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उठाउनेछन्, नत्रता कुनै पनि बेला तिमीले तिम्रो खुट्टा ढुङ्गामा ठोकाउँछौ।” जब तँ शैतानका वचनहरू सुन्छस् तँलाई कस्तो अनुभव हुन्छ? के ती अत्यन्तै मूर्खतापूर्ण छैनन् र? ती मूर्खतापूर्ण, निरर्थक, र घृणास्पद छन्। म किन यसो भन्छु? शैतानले प्रायजसो मूर्ख कुराहरू गर्छ, अनि त्यसले आफैलाई अत्यन्तै चलाख ठान्छ। परमेश्‍वरको कामको योजनालाई तोड्ने आफ्‍नो उद्देश्य हासिल गर्ने प्रयास गर्दै उहाँलाई आक्रमण गर्न र उहाँलाई परीक्षा गर्न यी वचनहरूलाई परमेश्‍वरकै विरुद्ध प्रयोग गर्न त्यसले प्रायजसो धर्मशास्‍त्रका खण्डहरू उद्धृत गर्छ, चाहे त्यो परमेश्‍वर स्वयम्‌ले बोल्‍नुभएको वचन नै किन नहोस्। के शैतानले बोलेका यी वचनहरूमा तैँले कुनै कुरा देख्‍न सक्छस्? (शैतानले दुष्ट अभिप्रायहरू राख्छ।) शैतानले गर्ने सबै कुरामा, त्यसले सधैँ मानवजातिलाई परीक्षा गर्न खोजेको छ। शैतान सोझो रूपमा बोल्दैन, तर परीक्षा, छल, र प्रलोभनको प्रयोग गरेर घुमाउरो पारामा बोल्छ। परमेश्‍वर पनि अज्ञानी, मूर्ख, अनि मानिसजस्तै काम-कुराहरूको साँचो रूपलाई स्पष्ट रूपमा छुट्याउन नसक्‍ने हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दै, शैतानले उहाँ सामान्य मानवजाति नै हुनुहुन्छ झैँ गरी परमेश्‍वरको परीक्षा गर्छ। शैतानले के ठान्छ भने, परमेश्‍वर र मानिस दुवैले त्यसको सारलाई अनि त्यसको धोका र त्यसको कुटिल अभिप्रायलाई देख्‍न सक्‍दैनन्। के शैतानको मूर्खता यही होइन र? यसको साथै, शैतानले धर्मशास्‍त्रका खण्डहरूबाट उद्धृत गर्दा त्यसले विश्‍वसनीयता दिलाउँछ र तैँले त्यसका वचनहरूमा भएको कुनै पनि त्रुटिलाई भेट्टाउन वा मूर्ख हुनबाट बच्न सक्‍नेछैनस् भन्‍ने विश्‍वास गर्दै, खुलस्त रूपमा धर्मशास्‍त्रका खण्डहरू उद्धृत गर्छ। के शैतानको बेवकुफी र मूर्खता यही होइन र? यो मानिसहरूले सुसमाचार फैलाउँदा अनि परमेश्‍वरको साक्षी दिँदाको जस्तै छ: के कहिलेकहीँ गैर-विश्‍वासीहरूले पनि शैतानले जस्तै कुरा गर्दैनन् र? के मानिसहरूले यस्तै कुरा भनेको तिमीहरूले सुनेका छौ? त्यस्ता कुराहरू सुन्दा तँलाई कस्तो महसुस हुन्छ? के तँलाई वाक्‍क लाग्छ? (हो।) जब तँलाई वाक्‍क लाग्छ, तब के तँलाई द्वेष र घृणाको पनि महसुस हुन्छ? जब तँमा यस्ता भावनाहरू आउँछन् तब के तैँले शैतान र शैतानले मानिसमा हालिदिने भ्रष्ट स्वभाव दुष्ट छन् भन्‍ने पहिचान गर्न सक्छस्? तेरो हृदयमा, तैँले कहिल्यै यस्तो महसुस गर्छस्: “जब शैतान बोल्छ, त्यसले आक्रमण र परीक्षा गर्न त्यसो गर्छ; शैतानका वचनहरू निरर्थक, हाँसउठ्दो, मूर्खतापूर्ण, र घिनलाग्दा छन्; तैपनि, परमेश्‍वरले कहिल्यै पनि त्यसरी बोल्‍ने वा काम गर्ने गर्नुहुन्‍न, अनि वास्तवमा नै उहाँले कहिल्यै पनि त्यसो गर्नुभएको छैन”? अवश्य नै, यस परिस्थितिमा मानिसहरूले यसलाई हल्‍का रूपमा मात्रै अनुभूति गर्न सक्छन्, अनि तिनीहरू परमेश्‍वरको पवित्रतालाई बुझ्‍न नसक्‍ने नै रहन्छन्। तिमीहरूको हालको कदद्वारा, तिमीहरूले यो मात्रै अनुभव गर्छौ: “परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो सबै सत्यता हो, त्यो हाम्रो लागि फाइदाजनक छ, अनि हामीले त्यसलाई स्वीकार गर्नैपर्छ।” तिमीहरूले यसलाई स्वीकार गर्न सके पनि नसके पनि, तैँले परमेश्‍वरको वचन सत्य छ अनि परमेश्‍वर सत्य हुनुहुन्छ भनेर भन्छस् भन्‍नेमा कुनै अपवाद छैन, तर सत्य आफै नै पवित्र छ अनि परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने तँलाई थाहा छैन।

त्यसकारण, शैतानका यी वचनहरूप्रति येशूको प्रतिक्रिया के थियो? येशूले त्यसलाई भन्‍नुभयो: “यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” के येशूले भन्‍नुभएका यी वचनहरूमा सत्यता छ? तिनमा अवश्य नै सत्यता छ। झट्ट हेर्दा, यी वचनहरू मानिसहरूले पछ्याउनुपर्ने आज्ञा, सरल वाक्य मात्रै हुन्, तैपनि, मानिस र शैतान दुवैले प्रायजसो यी वचनहरूलाई उल्‍लङ्घन गरेका छन्। त्यसैले, प्रभु येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू,” किनभने शैतानले ठूलो प्रयत्नका साथ प्रायजसो यसै गर्थ्यो। शैतानले निर्धक्‍कसाथ र कुनै लाज विना यसो गर्यो भनेर भन्‍न सकिन्छ। परमेश्‍वरदेखि नडराउनु अनि परमेश्‍वरको डर मान्‍ने हृदय नहुनु शैतानको प्रकृति सारमै भएको कुरा हो। शैतानले परमेश्‍वरको छेउमा खडा भएर उहाँलाई देख्‍न सक्दा समेत, त्यसले परमेश्‍वरलाई परीक्षा नगरीकन बस्‍न सकेन। त्यसकारण, येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” परमेश्‍वरले धेरै पटक शैतानलाई भन्‍नुभएका वचनहरू यिनै हुन्। त्यसकारण, के यो वाक्यलाई वर्तमान दिनमा लागू गर्नु उचित हुन्छ? (हुन्छ, किनभने हामीले पनि बारम्बार परमेश्‍वरको परीक्षा गर्छौं।) किन मानिसहरूले बारम्बार परमेश्‍वरको परीक्षा गर्छन्? के मानिसहरू भ्रष्ट शैतानिक स्वभावले भरिएकाले यस्तो भएको हो? (हो।) के शैतानका वचनहरू मानिसहरूले प्रायजसो भन्‍ने कुराभन्दा माथि छन्? अनि कस्ता परिस्थितिहरूमा मानिसहरूले यी वचनहरू बोल्छन्? मानिसहरूले यस्ता कुराहरू जुनसुकै समय र स्थानमा भन्दै आइरहेका छन् भनेर भन्‍न सकिन्छ। यसले मानिसहरूको स्वभाव शैतानको भ्रष्ट स्वभावभन्दा फरक छैन भन्‍ने कुरा प्रमाणित गर्छ। प्रभु येशूले एक-दुई वटा सरल वचनहरू, अर्थात् सत्यतालाई प्रतिनिधित्व गर्ने वचनहरू, मानिसहरूलाई चाहिने वचनहरू बोल्‍नुभयो। तैपनि, यस परिस्थितिमा, के शैतानसँग तर्क गर्नको लागि प्रभु येशूले त्यसरी बोलिरहनुभएको थियो? उहाँले शैतानलाई जे भन्‍नुभयो के त्यसमा कुनै आक्रामक कुरा थियो? (थिएन।) प्रभु येशूले आफ्‍नो हृदयमा शैतानको परीक्षाको बारेमा कस्तो महसुस गर्नुभयो? के उहाँले एकदमै मन नपर्ने र घृणाको अनुभव गर्नुभयो? प्रभु येशूले एकदमै मन नपर्ने र घृणाको अनुभव गर्नुभयो, तैपनि उहाँले शैतानसँग तर्क गर्नुभएन, उहाँले कुनै पनि ठूलो सिद्धान्तहरूको बारेमा बोल्‍ने कुरा त परै जाओस्। किन त्यसो भयो? (किनभने शैतान सधैँ यस्तै हो; त्यो कहिल्यै परिवर्तन हुन सक्दैन।) के शैतानले तर्क गर्न सक्दैन भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) के परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर शैतानले पहिचान गर्नसक्छ? परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर शैतानले कहिल्यै पहिचान गर्नेछैन अनि परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर त्यसले कहिल्यै स्वीकार गर्नेछैन; यो त्यसको प्रकृति हो। शैतानको प्रकृतिको अझै अर्को पक्ष पनि छ, जुन घृणित छ। यो के हो? प्रभु येशूलाई परीक्षा गर्ने प्रयासको क्रममा, शैतानले आफू सफल नभए पनि, त्यसो गर्ने प्रयास गर्नेछु भनी विचार गर्‍यो। त्यसलाई दण्ड हुने भए पनि, त्यसले परीक्षा गर्ने निर्णय गर्‍यो। त्यसो गरेर त्यसले कुनै पनि फाइदा प्राप्त नगरे पनि आखिरसम्‍मै आफ्‍नो प्रयासमा दृढ रहँदै र परमेश्‍वरको विरुद्धमा खडा हुँदै त्यसले परीक्षा गर्‍यो। यो कस्तो प्रकारको प्रकृति हो? के यो दुष्टता होइन र? यदि परमेश्‍वरलाई उल्‍लेख गर्दा मानिस क्रोधित हुन्छ अनि रिसले चूर हुन्छ भने, के उसले परमेश्‍वरलाई देखेको हुन्छ? के परमेश्‍वर को हुनुहुन्छ भन्‍ने उसलाई थाहा हुन्छ? परमेश्‍वर को हुनुहुन्छ भन्‍ने उसलाई थाहा हुँदैन, उहाँमा विश्‍वास गर्दैन, अनि परमेश्‍वर ऊसँग बोल्‍नुभएको हुँदैन। परमेश्‍वरले उसलाई कहिल्यै कष्ट दिनुभएको छैन भने, किन ऊ रिसाउँछ? के हामी यो व्यक्ति दुष्ट छ भनेर भन्‍न सक्छौँ? सांसारिक चलनचल्ती, खुवाइ पियाइ, अनि सुख-चैनको खोजी, अनि सेलिब्रेटीहरूको पछि दगुर्ने—यीमध्ये कुनै पनि कुराले त्यस्तो मानिसलाई झिज्याउँदैन। तैपनि, “परमेश्‍वर” भन्‍ने शब्‍द, वा परमेश्‍वरको वचनको सत्यतालाई उल्‍लेख गर्ने बित्तिकै, ऊ रिसले चूर भइहाल्छ। के यसले दुष्ट प्रकृति हुनुलाई जनाउँदैन र? यो मानिसको दुष्ट प्रकृति हो भनेर प्रमाणित गर्न यो नै पर्याप्त छ। अब तिमीहरूको आफ्‍नै बारेमा भनौँ, सत्यताको बारेमा उल्‍लेख गर्दा वा मानवजातिलाई परमेश्‍वरले गर्नुभएका परीक्षाहरू वा मानिसको विरुद्ध परमेश्‍वरका न्यायका वचनहरूको बारेमा उल्‍लेख गर्दा, तिमीहरूलाई घृणा लागेको छ: तिमीहरूलाई कति पनि मन नपरेको, र तिमीहरूले त्यस्ता कुराहरू सुन्‍न नचाहेको त्यस्तो कुनै समयहरू छन्? तिमीहरूको हृदयले सोच्‍ला: “के सबै मानिसहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर भन्दैनन् र? यीमध्ये कतिपय वचनहरू सत्यता होइनन्! स्पष्ट रूपमा नै ती मानिसप्रति परमेश्‍वरले दिनुभएको चेतावनीका वचनहरू मात्रै हुन्!” कतिपय मानिसहरूले आफ्‍नो हृदयमा अत्यन्तै धेरै घृणाको अनुभव समेत गरेर विचार गर्न सक्छन्: “यसको बारेमा त दिनहुँ बताइन्छ—उहाँका परीक्षाहरू, उहाँको न्याय, यो कहिले सकिन्छ? हामीले कहिले असल गन्तव्य प्राप्त गर्नेछौँ?” यो अनुचित रिस कहाँबाट आउँछ भन्‍ने थाहा छैन। यो कस्तो प्रकारको प्रकृति हो? (दुष्ट प्रकृति।) यसलाई शैतानको दुष्ट प्रकृतिले निर्देशित र अगुवाइ गर्छ। शैतानको दुष्ट प्रकृति र मानिसको भ्रष्ट स्वभावलाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले कहिल्यै पनि मानिसहरूसँग विवाद गर्ने वा तिनीहरूका विरुद्ध ईख राख्‍ने गर्नुहुन्‍न, अनि मानिसहरूले मूर्खतापूर्ण काम गर्दा उहाँले कहिल्यै पनि कोलाहल मच्‍चाउनुहुन्‍न। परमेश्‍वरले वस्तुहरूप्रति र मानवजातिप्रति उस्तै दृष्टिकोणहरू राख्‍नुभएको तैँले कहिल्यै देख्‍नेछैनस्, यसको साथै, समस्याहरूलाई सम्‍हाल्‍नका लागि उहाँले मानवजातिको दृष्टिकोण, ज्ञान, विज्ञान, दर्शनशास्‍त्र वा कल्‍पनाको प्रयोग गरेको तैँले कहिल्यै देख्‍नेछैनस्। बरु, परमेश्‍वरले गर्नुहुने सबै कुरा अनि उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यतासँग गाँसिएको हुन्छ। अर्थात्, उहाँले भन्‍नुभएको हरेक वचन अनि उहाँले गर्नुभएको हरेक कार्य सत्यतासँग बाँधिएको हुन्छ। यो सत्यता कुनै आधारहीन कल्‍पनाको उपज होइन; परमेश्‍वरले उहाँको सार र उहाँको जीवनको सद्गुणद्वारा यो सत्यता र यी वचनहरूलाई व्यक्त गर्नुहुन्छ। यी वचनहरू अनि परमेश्‍वरले गर्नुभएको हरेक कुराको सार सत्यता नै भएकोले, परमेश्‍वरको सार पवित्र छ भनेर हामी भन्‍न सक्छौं। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले भन्‍नुहुने अनि गर्नुहुने सबै कुराले मानिसहरूमा जीवन-शक्ति र ज्योति ल्याउँछ, मानिसहरूलाई सकारात्मक कुराहरू अनि ती सकारात्मक कुराहरूको वास्तविकतालाई देख्‍ने तुल्याउँछ, अनि मानवजातिको लागि मार्ग देखाउँछ ताकि तिनीहरू सही मार्गमा हिँड्न सकून्। यी सबै कुराहरूलाई परमेश्‍वरको सार र उहाँको पवित्रताको सारले निर्धारित गरेका हुन्छन्। तिमीहरू अहिले यो देख्छौ, देख्‍दैनौ त? अब, हामी पवित्र-शास्‍त्रबाट अर्को पाठ गरी अघि बढ्नेछौँ।

मत्ती ४:८-११  फेरि, दियाबलसले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले लम्‍पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु। तब येशूले त्यसलाई भन्‍नुभयो, यहाँबाट गइहाल्, शैतान: किनकि यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू। तब दुष्टले उहाँलाई छोड्यो र स्वर्गदूतहरू आएर उहाँको सेवा गरे।

अघिल्‍ला दुई षड्यन्त्रमा असफल भइसकेपछि दियाबलस शैतानले फेरि अर्को प्रयास गर्‍यो: त्यसले संसारका सबै राज्यहरू र तिनीहरूको वैभव प्रभु येशूलाई देखायो अनि मलाई आराधना गर्नुहोस् भनी उहाँलाई भन्यो। यो परिस्थितिबाट तिमीहरूले दियाबलसको साँचो विशेषताहरूको बारेमा के देख्‍न सक्छौ? के दियाबलस शैतान पूर्णतया लाज विहीन छैन र? (छ।) यो कसरी लाज विहीन छ? परमेश्‍वरले नै सबै थोक सृष्टि गर्नुभएको थियो, तैपनि शैतानले फर्केर परमेश्‍वरलाई सबै थोक देखायो अनि भन्यो, “यी सबै राज्यहरूका सम्पत्ति र वैभवलाई हेर्नुहोस्। यदि तपाईंले मलाई आराधना गर्नुभयो भने ती सबै म तपाईंलाई दिनेछु।” के यो भूमिकालाई पूर्ण रूपमा उल्ट्याउने कार्य होइन र? के शैतान लाज विहीन छैन र? परमेश्‍वरले नै सबै थोक बनाउनुभयो, तर के उहाँले आफ्‍नै आनन्दको लागि सबै थोक बनाउनुभयो र? परमेश्‍वरले सबै कुरा मानवजातिलाई दिनुभयो, तर शैतानले यी सबै जफत गर्न चाहन्थ्यो अनि यो सबै जफत गरिसकेपछि, त्यसले परमेश्‍वरलाई भन्यो, “मेरो आराधना गर्नुहोस्! मलाई आराधना गर्नुहोस् अनि यो सबै म तपाईंलाई दिनेछु।” यो शैतानको कुरूप अनुहार हो; यो पूर्ण रूपमा लाज विहीन छ! शैतानलाई “लाज” भन्‍ने शब्‍दको अर्थ समेत थाहा छैन। यो त्यसको दुष्टताको अर्को उदाहरण मात्रै हो। त्यसलाई लाज के हो भन्‍ने समेत थाहा छैन। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र उहाँले सबै थोकलाई व्यवस्थापन गर्नुहुन्छ अनि तीमाथि उहाँकै प्रभुत्व छ भन्‍ने शैतानलाई स्पष्टै थाहा छ। सबै थोक मानिसको होइन, अनि शैतानको त झन् हुँदै होइन, तर ती सबै परमेश्‍वरको स्वामित्वमा छन्, तैपनि दियाबलस शैतानले निर्धक्‍कसाथ ती सबै थोक परमेश्‍वरलाई दिनेछु भनी भन्यो। के यो शैतानले फेरि मूर्खतापूर्ण र लाजमर्दो तरिकाले कार्य गरेको अर्को उदाहरण होइन र? यसले परमेश्‍वरलाई शैतानको अझै बढी घृणा गर्ने तुल्याउँछ, तुल्याउँदैन र? तैपनि शैतानले जस्तोसुकै प्रयास गरे पनि, के प्रभु येशू मूर्ख हुनुभयो त? प्रभु येशूले के भन्‍नुभयो? (“तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।”) के यी वचनहरूको व्यवहारिक अर्थ छ? (छ।) कस्तो प्रकारको व्यवहारिक अर्थ? हामीले शैतानको बोलीमा त्यसको दुष्टता र लाज विहीनतालाई देख्छौं। तसर्थ यदि मानिसले शैतानको आराधना गर्‍यो भने, परिणाम के हुनेछ? के तिनीहरूले सबै राज्यहरूको सम्पत्ति र वैभव प्राप्त गर्नेछन्? (गर्नेछैनन्।) तिनीहरूले के प्राप्त गर्नेछन्? के मानवजाति शैतानजस्तै लाज विहीन र हाँसउठ्दो बन्‍नेछ? (हो।) त्यसो भए तिनीहरू शैतानभन्दा फरक हुनेछैनन्। त्यसकारण, प्रभु येशूले यी वचनहरू भन्‍नुभयो, जुन हरेक मानवजातिको लागि महत्त्वपूर्ण छन्: “तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।” यसको अर्थ के हो भने, यदि तैँले प्रभुलाई बाहेक, परमेश्‍वर स्वयम्‌लाई बाहेक, अर्कोलाई सेवा गरिस् भने, यदि तैँले दियाबलस शैतानको आराधना गरिस् भने, तँ पनि शैतानजस्तै त्यही दुष्कर्ममा डुब्‍नेछस्। त्यसपछि तँ शैतानको लाज विहीनता र त्यसको दुष्टतामा सहभागी हुनेछस्, अनि शैतानले जस्तै तैँले पनि परमेश्‍वरलाई परीक्षा गर्नेछस् र परमेश्‍वरलाई आक्रमण गर्नेछस्। त्यसपछि तेरो लागि परिणाम के हुनेछ? तँलाई परमेश्‍वरले घृणा गर्नुहुनेछ, परमेश्‍वरले प्रहार गर्नुहुनेछ, नास गर्नुहुनेछ। कुनै सफलता विना नै धेरै पटक शैतानले प्रभु येशूलाई परीक्षा गरिसकेपछि, के त्यसले फेरि प्रयास गर्‍यो त? शैतानले फेरि प्रयास गरेन, अनि त्यसपछि त्यो गयो। यसले के प्रमाणित गर्छ? यसले शैतानको दुष्ट प्रकृति, त्यसको बदख्‍वाइँ, अनि त्यसको मूर्खता र निरर्थकता परमेश्‍वरको सामुन्ने उल्‍लेख गर्न समेत योग्य छैनन् भन्‍ने प्रमाणित गर्छ। प्रभु येशूले केवल तीन वाक्यले शैतानलाई हराउनुभयो, त्यसपछि लाजले अनुहार देखाउन नसकी आफ्‍नो पुच्छर लुरुक्‍क पारेर, त्यो दगुरेर गयो, अनि प्रभु येशूलाई फेरि कहिल्यै परीक्षा गरेन। प्रभु येशूले शैतानको यो परीक्षालाई जित्‍नुभएको हुनाले, अब उहाँले आफूले गर्नुपर्ने र उहाँको अघि राखिएको कार्यलाई उहाँले सहजै जारी राख्‍न सक्‍नुभयो। के प्रभु येशूले यो परिस्थितिमा गर्नुभएको र भन्‍नुभएको सबै कुरालाई वर्तमान दिनमा लागू गर्ने हो भने त्यसले हरेक मानवजातिको लागि कुनै व्यवहारिक अर्थ दिन्छ? (दिन्छ।) कस्तो प्रकारको व्यवहारिक अर्थ? के शैतानलाई हराउनु सहज कुरा थियो? के मानिसहरूसँग शैतानको दुष्ट प्रकृतिको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ? के मानिसहरूसँग शैतानका परीक्षाहरूको बारेमा ठीक बुझाइ हुनुपर्छ? (हुनुपर्छ।) जब तैँले आफ्‍नो जीवनमा शैतानका परीक्षाहरूको अनुभव गर्छस्, यदि तैँले शैतानका दुष्ट प्रकृतिलाई देख्‍न सक्थिस् भने, के तँ त्यसलाई हराउन सक्‍नेथिइनस्? यदि तँलाई शैतानको मूर्खता र निरर्थकताको बारेमा थाहा थियो भने, के तँ अझै पनि शैतानको पक्षमा खडा भएर परमेश्‍वरलाई आक्रमण गर्नेथिइस्? शैतानको बदख्‍वाइँ र लाज विहीनता तँ मार्फत कसरी प्रकट हुन्छ भन्‍ने तैँले बुझिस् भने—यदि तैँले यी कुराहरूलाई स्पष्ट रूपमा पहिचान गरिस् र बुझिस् भने—के तँ अझै पनि यसरी परमेश्‍वरलाई आक्रमण र परीक्षा गर्नेथिइस्? (होइन, हामी गर्नेथिएनौँ।) तिमीहरूले के गर्नेथियौ? (हामीले शैतानको विरुद्धमा विद्रोह गरेर त्यसलाई धपाउनेथियौँ।) के यसो गर्नु सजिलो छ? यो सजिलो छैन। यसो गर्नको लागि, मानिसहरूले बारम्‍बार प्रार्थना गर्नैपर्छ, तिनीहरूले आफैलाई बारम्बार परमेश्‍वरको अघि राख्‍नुपर्छ अनि आफैलाई जाँच्‍नुपर्छ। अनि तिनीहरूले परमेश्‍वरको अनुशासन र उहाँको न्याय अनि सजाय तिनीहरूमाथि आउन दिनुपर्छ। यसरी मात्रै मानिसहरूले आफूलाई क्रमिक रूपमा शैतानको धोका र नियन्त्रणबाट मुक्त गर्न सक्‍नेछन्।

अब, शैतानले बोलेका यी वचनहरूलाई हेरेर, हामी शैतानको सार निर्माण गर्ने कुराहरूलाई सारांशित गर्नेछौँ। पहिलो, सामान्यतया शैतानको सार दुष्ट छ भनेर भन्‍न सकिन्छ, जुन परमेश्‍वरको पवित्रताको विपरीत हो। शैतानको सार दुष्ट छ भनेर म किन भन्छु त? यस प्रश्‍नको उत्तर दिनको लागि, मानिसहरूलाई शैतानले जे गर्छ त्यसका परिणामहरूलाई छानबिन गर्नुपर्छ। शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ र नियन्त्रण गर्छ, अनि मानिसले शैतानको भ्रष्ट स्वभावको अधीनमा काम गर्छ, अनि ऊ शैतानले भ्रष्ट तुल्याएका मानिसहरूको संसारमा जिउँछ। पत्तै नपाई मानवजातिलाई शैतानले नियन्त्रण गर्छ र आफूमा समाहित गराउँछ; त्यसकारण, मानिसमा शैतानको भ्रष्ट स्वभाव हुन्छ, जुन शैतानको प्रकृति हो। शैतानले भनेको र गरेको सबै कुराबाट, के तिमीहरूले त्यसको अहङ्कार देखेका छौ? के तिमीहरूले त्यसको धोका र बदख्‍वाइँ देखेका छौ? शैतानको अहङ्कार प्राथमिक रूपमा कसरी देखिन्छ? के शैतानलाई सधैँ परमेश्‍वरको स्थान लिने इच्‍छा हुन्छ? शैतानले सधैँ परमेश्‍वरको कार्य, र परमेश्‍वरको स्थानलाई ढलाएर आफ्‍नो निम्ति लिन चाहन्छ, ताकि मानिसहरूले शैतानलाई पछ्याऊन्, साथ दिऊन्, र आराधना गरून्; शैतानको अहङ्कारी प्रकृति यही नै हो। जब शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ, तिनीहरूले के गर्नुपर्छ भनेर त्यसले तिनीहरूलाई सीधै भन्छ र? जब शैतानले परमेश्‍वरको परीक्षा गर्छ, तब के त्यसले आएर “मैले तँलाई परीक्षा गर्न लागेको छु, म तँलाई आक्रमण गर्नेछु” भनेर भन्छ र? त्यसले अवश्य नै यसो भन्दैन। त्यसो भए, शैतानले कुन विधिको प्रयोग गर्छ? यसले प्रलोभनमा पार्छ, परीक्षा गर्छ, आक्रमण गर्छ, अनि पासोहरू थाप्छ, र धर्मशास्‍त्रका खण्डहरूलाई समेत उद्धृत गर्छ। शैतानले आफ्ना कुटिल उद्देश्यहरूलाई हासिल गर्न र आफ्ना अभिप्रायहरूलाई पूरा गर्न विभिन्‍न तरिकाले बोल्छ र कार्य गर्छ। शैतानले यसो गरेपछि, मानिसमा प्रकट हुने कुराबाट के देख्‍न सकिन्छ? के मानिसहरू पनि अहङ्कारी बन्दैनन् र? मानिसले हजारौँ वर्षदेखि शैतानको भ्रष्टतालाई भोगेको छ, त्यसकारण मानिस अहङ्कारी, धोकेबाज, दुर्भावनापूर्ण, र तर्क विहीन बनेको छ। यी सबै कुराहरू शैतानको प्रकृतिको कारण आएका हुन्। शैतानको प्रकृति नै दुष्ट भएको हुनाले, त्यसले मानिसलाई यो दुष्ट प्रकृति दिएको छ अनि मानिसमा यस दुष्ट, भ्रष्ट स्वभाव ल्याएको छ। त्यसकारण, मानिस भ्रष्ट शैतानी स्वभावमा जिउँछ, अनि शैतानले जस्तै, उसले परमेश्‍वरको विरोध गर्छ, परमेश्‍वरलाई आक्रमण गर्छ, अनि उहाँको परीक्षा गर्छ, यहाँसम्‍म कि मानिसले परमेश्‍वरलाई आराधना गर्नै सक्दैन अनि ऊसँग परमेश्‍वरको डर मान्‍ने हृदय नै हुँदैन।

शैतानले मानिसलाई भ्रष्ट तुल्याउने पाँच तरिकाहरू

परमेश्‍वरको पवित्रताको बारेमा कुरा गर्दा, यो परिचित विषय भए तापनि, यो त्यस्तो विषय हो जसको बारेमा कुरा गर्दा कतिपय मानिसहरूको लागि यो अलि अमूर्त र अलि गहन र तिनीहरूको पहुँचभन्दा बाहिरको कुरा हुन सक्छ। तर चिन्तित हुने कुनै कारण छैन। म तिमीहरूलाई परमेश्‍वरको पवित्रता के हो त्यो बुझ्‍न सहयोग गर्नेछु। कुनै पनि व्यक्ति कस्तो प्रकारको व्यक्ति हो भनेर बुझ्‍नको लागि, तिनीहरूले के गर्छन् अनि तिनीहरूको कार्यका परिणामहरू के हुन् सो हेर, त्यसपछि तिमीहरूले त्यस व्यक्तिको सारलाई देख्‍न सक्‍नेछौ। के यस कुरालाई यसरी भन्‍न सकिन्छ? (सकिन्छ।) त्यसो भए, हामी पहिले यो दृष्टिकोणबाट परमेश्‍वरको पवित्रताको बारेमा सङ्गति गरौँ। शैतानको सार दुष्ट छ, र मानिसप्रतिका शैतानका कार्यहरू तिनीहरूलाई अटुट रूपमा भ्रष्ट तुल्याउनका लागि हुँदै आएका छन् भनेर भन्‍न सकिन्छ। शैतान दुष्ट छ, त्यसकारण त्यसले भ्रष्ट तुल्याएका मानिसहरू पनि अवश्य नै दुष्ट छन्। के कसैले “शैतान भ्रष्ट छ, तर सायद त्यसले भ्रष्ट तुल्याएको कुनै व्यक्ति पवित्र छ होला” भनेर भन्छ र? त्यो त एउटा मजाक हुनेथियो, होइन र? के त्यस्तो कुरा सम्‍भव छ त? (छैन।) शैतान दुष्ट छ, र त्यसको दुष्टताभित्र अत्यावश्यक र व्यवहारिक पक्ष दुवै छ। यो बकम्फुसे गफ मात्रै होइन। हामी शैतानलाई बदनाम गर्ने प्रयास गरिरहेका छैनौँ; हामीले सत्यता र वास्तविकताको बारेमा सङ्गति मात्रै गरिरहेका छौँ। यो विषयको वास्तविकतामा सङ्गति गर्दा यसले कतिपय मानिसहरूलाई वा मानिसहरूको निश्‍चित समूहलाई चोट पुर्‍याउन सक्छ, तर यसमा कुनै दुर्भावनापूर्ण अभिप्राय छैन; सायद तिमीहरूले आज यो सुन्‍नेछौ र केही असहजता महसुस गर्नेछौ, तर एक दिन चाँडै, जब तिमीहरू यसलाई पहिचान गर्न सक्छौ, तब तिमीहरूले आफैलाई घृणा गर्नेछौ, र मैले आज तिमीहरूलाई बताएको कुरा तिमीहरूका लागि अत्यन्तै उपयोगी र अत्यन्तै बहुमूल्य रहेको तिमीहरूले अनुभव गर्नेछौ। शैतानको सार दुष्ट छ, त्यसकारण के हामी शैतानका कार्यहरूका परिणामहरू पनि अपरिहार्य रूपमा नै दुष्ट छन्, वा कम्तीमा पनि ती त्यसको दुष्टतासँग जोडिएका छन् भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) त्यसो भए, शैतानले कसरी मानिसलाई भ्रष्ट तुल्याउँदै हिँड्छ? शैतानले संसारमा र मानवजातिको बीचमा गर्ने दुष्टतामध्ये, यसको कुन-कुन पक्षहरूलाई मानिसहरूले देख्‍न र अनुभूति गर्न सक्छन्? के तिमीहरूले यसको बारेमा पहिले कहिल्यै विचार गरेका थियौ? तिमीहरूले यसको बारेमा त्यति विचार नगरेको हुन सक्छौ, त्यसकारण म धेरै वटा मुख्य बुँदाहरूलाई अघि सार्न चाहन्छु। शैतानले प्रस्तावित गरेको क्रमिक विकासको सिद्धान्तको बारेमा सबैलाई थाहा छ, होइन र? यो मानिसले अध्ययन गर्ने ज्ञानको क्षेत्र हो, होइन त? (हो।) त्यसकारण, शैतानले मानिसलाई भ्रष्ट तुल्याउन सुरुमा ज्ञानको प्रयोग गर्छ अनि यसले तिनीहरूको मनमस्तिष्कमा ज्ञान छिराउन यसका आफ्‍नै शैतानी विधिहरूको प्रयोग गर्छ। त्यसपछि यसले ज्ञान, विज्ञान, रहस्यमय तत्वहरू वा मानिसहरूले अन्वेषण गर्न चाहने विषयहरू सम्‍बन्धी तिनीहरूको चासोलाई बढाउँदै, मानिसलाई भ्रष्ट तुल्याउन विज्ञानको प्रयोग गर्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने अरू कुराहरू भनेका परम्‍परागत संस्कृति र अन्धविश्‍वास हुन्, अनि त्यसपछि सामाजिक चालचलनहरू हुन्। यी सबै कुराहरू मानिसहरूले आफ्‍नो दैनिक जीवनमा भोग्‍ने कुराहरू हुन्, अनि यी सबै मानिसहरूकै समीपमा अस्तित्वमा रहेका हुन्छन्; तिनीहरू सबै तिनीहरूले देख्‍ने कुराहरू, तिनीहरूले सुन्‍ने कुराहरू, तिनीहरूले छुने कुराहरू, अनि तिनीहरूले अनुभव गर्ने कुराहरूसँग जोडिएका हुन्छन्। हरेक मानवजातिले यी कुराहरूद्वारा घेरिएर आफ्‍नो जीवन जिउँछन्, तिनीहरूले चाहे पनि तीबाट उम्‍कन वा आफैलाई तिनबाट मुक्त गर्न तिनीहरू सक्दैनन् भनेर भन्‍न सकिन्छ। यी कुराहरूको सामुन्ने, मानवजाति विवश छ, अनि मानिसले गर्न सक्‍ने भनेको तिनीहरूद्वारा प्रभावित हुनु, सङ्क्रमित हुनु, नियन्त्रित हुनु र बाँधिनु मात्रै हो; ती कुराहरूबाट आफैलाई मुक्त गर्न मानिस असमर्थ छ।

क. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ

सबैभन्दा पहिले, हामी ज्ञानको बारेमा कुरा गर्नेछौँ। के ज्ञान भनेको सबैले सकारात्मक ठान्‍ने गरेको कुरा हो? मानिसहरूले कम्तीमा पनि, “ज्ञान” भन्‍ने शब्‍दको अर्थ नकारात्मक होइन, सकारात्मक हो भन्‍ने सोच्छन्। त्यसो भए, शैतानले मानिसलाई भ्रष्ट तुल्याउनको लागि ज्ञानको प्रयोग गर्छ भनेर किन हामी यहाँ उल्‍लेख गरिरहेका छौँ त? के क्रमिक विकासको सिद्धान्त ज्ञानको एउटा पक्ष होइन र? के न्यूटनको वैज्ञानिक नियमहरू ज्ञानकै भाग होइनन् र? पृथ्वीको गुरुत्वाकर्षण बल पनि ज्ञानकै भाग हो, होइन र? (हो।) त्यसो भए, किन मानवजातिलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने कुराहरूमाझ ज्ञानलाई सूचीकृत गरिन्छ? यसमा तिमीहरूको दृष्टिकोण के छ? के ज्ञानमा एक थोपा सत्यता समेत हुन्छ र? (हुँदैन।) त्यसो भए, ज्ञानको सार के हो त? मानिसले प्राप्त गर्ने सबै ज्ञान कुन आधारमा सिकिन्छ? के यो क्रमिक विकासको सिद्धान्तमा आधारित छ? के मानिसले अन्वेषण र सङ्कलन गरेर हासिल गरेको ज्ञान नास्तिकतामा आधारित छैन र? के परमेश्‍वरसँग यीमध्ये कुनै पनि ज्ञानको सम्‍बन्ध छ? के यो परमेश्‍वरलाई आराधना गर्ने कार्यसँग जोडिएको छ? के यो सत्यतासँग जोडिएको छ? (छैन।) त्यसो भए, मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ त? मैले भर्खरै भनेँ, यो कुनै पनि ज्ञान परमेश्‍वरको आराधना गर्ने कार्यसँग वा सत्यतासँग जोडिएको छैन। कतिपय मानिसहरूले यसको बारेमा यस्तो विचार गर्छन्: “सत्यतासँग ज्ञानको कुनै सम्‍बन्ध नहुन सक्छ, तर यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैन।” यसबारे तिमीहरूको दृष्टिकोण के छ? के व्यक्तिले आफ्‍नो खुशी उसको आफ्‍नै हातले निर्माण गर्नुपर्छ भनेर तँलाई ज्ञानले सिकायो? के ज्ञानले तँलाई मानिसको नियति उसको आफ्‍नै हातमा हुन्छ भनेर सिकायो? (सिकायो।) यो कस्तो प्रकारको गफ हो? (यो दुष्ट कुरा हो।) एकदम ठीक! यो दुष्ट कुरा हो! ज्ञान भनेको छलफल गर्नको लागि एउटा जटिल विषय हो। ज्ञानको क्षेत्र ज्ञानभन्दा बढी केही पनि होइन भनेर तिमीहरूले उल्‍लेख गर्न सक्छौ। त्यो त परमेश्‍वरलाई आराधना नगरीकन अनि परमेश्‍वरले सबै थोक बनाउनुभएको हो भन्‍ने नबुझीकन त्यसैको आधारमा सिकिएको ज्ञानको क्षेत्र हो। जब मानिसहरूले यस प्रकारको ज्ञानको अध्ययन गर्छन्, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता सबै थोकमाथि छ भन्‍ने कुरालाई देख्‍दैनन्; तिनीहरूले परमेश्‍वर सबै थोकका मालिक हुनुहुन्छ वा उहाँले सबै थोकको व्यवस्थापन गरिरहनुभएको छ भन्‍ने कुरालाई देख्दैनन्। बरु, तिनीहरूले अटुट रूपमा ज्ञानको क्षेत्रलाई अनुसन्धान र अन्वेषण मात्रै गर्छन्, अनि ज्ञानकै आधारमा उत्तरहरूको खोजी मात्रै गर्छन्। तर, मानिसहरूले परमेश्‍वरमा विश्‍वास नगरी अनुसन्धान मात्रै गर्छन् भने, तिनीहरूले कहिल्यै पनि साँचो उत्तरहरू भेट्टाउनेछैनन् भन्‍ने कुरा साँचो होइन र? ज्ञानले तँलाई दिने भनेको जीविका, जागिर, आम्दानी मात्रै हो, ताकि तँ भोकै बस्‍न नपरोस्; तर यसले तँलाई कहिल्यै पनि परमेश्‍वरलाई आराधना गर्ने तुल्याउनेछैन, अनि यसले तँलाई दुष्टताबाट कहिल्यै अलग राख्‍नेछैन। मानिसहरूले ज्ञानको जति धेरै अध्ययन गर्छन्, त्यति नै बढी परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने, तिनीहरूका अध्ययनहरूमा परमेश्‍वरलाई अध्ययनको विषय बनाउने, परमेश्‍वरलाई परीक्षा गर्ने, र परमेश्‍वरको विरोध गर्ने तिनीहरूले इच्‍छा गर्नेछन्। त्यसैले, अहिले हामी ज्ञानले मानिसहरूलाई के सिकाइरहेको छ भन्‍ने देख्छौँ? यो सबै शैतानको सिद्धान्त हो। के भ्रष्ट मानिसहरूका बीचमा शैतानले फैलाएको अस्तित्वका सिद्धान्त र नियमहरूले सत्यतासँग कुनै सम्‍बन्ध राख्छन? सत्यतासँग तिनीहरूको कुनै सम्‍बन्ध छैन, र वास्तवमा, ती सत्यताभन्दा विपरीत छन्। मानिसहरू प्रायजसो भन्‍ने गर्छन्, “जीवन चलायमान छ” र “भात स्टील हो भने मानिस फलाम, एक छाक नखाँदा जान खोज्छ प्राण”; यस्ता भनाइहरू के हुन् त? ती भ्रम हुन्, अनि तिनलाई सुन्दा दिक्‍क लागेर आउँछ। मानिसको तथाकथित ज्ञानमा, शैतानले निकै नै त्यसको जिउने सिद्धान्त र त्यसका सोचाइ हालिदिएको हुन्छ। अनि शैतानले यसो गर्ने क्रममा, मानिसले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्न, सबै थोकमाथि र मानिसको भाग्यमाथिको परमेश्‍वरको प्रभुत्वलाई इन्कार गर्न सकोस् भनेर त्यसले मानिसलाई त्यसको सोचाइ, सिद्धान्त, र दृष्टिकोण अपनाउने तुल्याउँछ। त्यसकारण मानिसले प्रगतिको अध्ययन गर्ने क्रममा र उसले अझै बढी ज्ञान प्राप्त गर्ने क्रममा, उसले परमेश्‍वरको अस्तित्व अस्पष्ट भएको अनुभव गर्छ, र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने समेत उसले अनुभव गर्नछोड्छ। शैतानले मानिसको मनमस्तिष्कमा केही निश्‍चित दृष्टिकोण, धारणा, र विचारहरू हालिदिएको हुनाले, जब शैतानले मानिसभित्र यो विष हालिसकेको हुन्छ, तब के मानिस शैतानद्वारा फुस्लाइएको र भ्रष्ट पारिएको हुँदैन र? अब तिमीहरू के भन्छौ, आजका मानिसहरू के कुराको आधारमा जिउँछन्? के तिनीहरू शैतानले तिनीहरूमा हालिदिएको ज्ञान र विचाहरूद्वारा जिउँदैनन् र? अनि, यो ज्ञान र यी विचारहरूभित्र लुकेका कुराहरू—के ती शैतानका दर्शन र विषहरू होइनन् र? मानिस शैतानका दर्शन र विषहरूद्वारा जिउँछ। अनि, शैतानका दर्शन र विषहरूको केन्द्रबिन्दुमा के हुन्छ? शैतानले आफूले जस्तै मानिसलाई पनि परमेश्‍वरलाई इन्कार गर्न, विरोध गर्न र उहाँविरुद्ध उभिन लगाउँछ; मानिसलाई भ्रष्ट तुल्याउनुपछाडि रहेको शैतानको लक्ष्य यही हो, र यही नै शैतानले मानिसलाई भ्रष्ट तुल्याउने माध्यम पनि हो।

हामी ज्ञानको सबैभन्दा सतही पक्षलाई सम्‍बोधन गर्दै सुरु गर्नेछौँ। के भाषाहरूका व्याकरण र शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? के शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैनन्; ती त मानिसहरूले बोल्‍नको लागि प्रयोग गर्ने साधन हुन् र ती मानिसहरूले परमेश्‍वरसँग कुराकानी गर्ने साधन पनि हुन्, वर्तमानमा, परमेश्‍वरले भाषा र शब्‍दहरूद्वारा नै मानिसहरूसँग कुराकानी गर्नुहुन्छ भन्‍ने कुरालाई उल्‍लेख गरिरहनु नपर्ला। ती साधनहरू हुन्, अनि ती अत्यावश्यक कुराहरू हुन्। एक जोड एक दुई हुन्छ, र दुई गुणा दुई चार हुन्छ; के यो ज्ञान होइन र? तर के यसले तँलाई भ्रष्ट तुल्याउन सक्छ? यो आम ज्ञान हो—यो एक निश्‍चित ढाँचा हो—र यसले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्दैन। त्यसो भए कस्तो प्रकारको ज्ञानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ? भ्रष्ट तुल्याउने ज्ञान भनेको शैतानका दृष्टिकोण र विचारहरूसँग मिश्रित भएको ज्ञान हो। शैतानले ज्ञानको माध्यमद्वारा यी दृष्टिकोण र विचारहरूलाई मानवजातिमा हालिदिन खोज्छ। उदाहरणको लागि, कुनै निबन्धमा, लिखित शब्‍दहरू आफै गलत हुँदैनन्। लेखकले लेख लेख्दा जुन दृष्टिकोण र अभिप्रायले लेख्छ त्यसमा, र साथसाथै तिनीहरूको विचारको विषयवस्तुमा समस्या हुन्छ। यी कुराहरू आत्माका कुराहरू हुन्, अनि तिनले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्। उदाहरणको लागि, यदि तैँले टेलिभिजन कार्यक्रम हेरिरहेको थिइस् भने, यसका के-कस्ता कुराहरूले मानिसहरूको दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्? के कलाकारले जे भन्छ त्यसले, शब्‍दहरू स्वयम्‌ले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्? (सक्दैनन्।) के-कस्ता कुराहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँछन्? कार्यक्रमको मूल विचार र विषयवस्तुले यसो गर्ने गर्छ, जसले निर्देशकको दृष्टिकोणहरूलाई प्रतिनिधित्व गर्छ। यी दृष्टिकोणहरूमा रहेको जानकारीले मानिसहरूको हृदय र मनलाई बहकाउन सक्छ। त्यस्तै हो नि होइन र? मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञानको प्रयोग गर्छ भन्‍ने सम्‍बन्धी मेरो छलफलमा मैले केलाई उल्‍लेख गरिरहेको छु सो अब तिमीहरूलाई थाहा भयो। तिमीहरूले गलत रूपमा बुझ्‍नेछैनौ, होइन त? त्यसकारण अर्को पटक तैँले उपन्यास वा निबन्ध पढ्दा, के तैँले लिखित शब्‍दहरूमा व्यक्त गरिएका विचारहरूले मानवजातिलाई भ्रष्ट तुल्याउँछन् कि मानवजातिमा योगदान दिन्छन् भनी मूल्याङ्कन गर्न सक्छस्? (सक्छु, थोरै हदसम्‍म।) यो बिस्तारै अध्ययन र अनुभव गर्नुपर्ने कुरा हो, र यो तुरुन्तै सहज रूपमा बुझिने कुरा होइन। उदाहरणको लागि, ज्ञानको क्षेत्र अनुसन्धान गर्ने वा अध्ययन गर्ने क्रममा, ज्ञानका कतिपय सकारात्मक पक्षहरूले मानिसहरूलाई तिनीहरू के कुराबाट अलग बस्‍नुपर्छ भन्‍ने कुरा जान्‍न सक्षम तुल्याउँदै, त्यस क्षेत्रको आधारभूत ज्ञान बुझ्‍न सहायता गर्न सक्छ। उदाहरणको लागि, “विद्युत्” लाई लिऊँ—यो ज्ञानको एउटा क्षेत्र हो, होइन र? विद्युतले मानिसहरूलाई झट्का लगाउन र चोट पुर्‍याउन सक्छ भन्‍ने तँलाई थाहा थिएन भने, के तँ अज्ञानी हुनेथिइनस् र? तर तैँले ज्ञानको यो क्षेत्रलाई बुझिसकेपछि, विद्युतीय करेन्ट बग्‍ने वस्तुहरूलाई छुने बारेमा तँ लापरवाह हुनेछैनस्, अनि विद्युतको प्रयोग कसरी गर्ने भन्‍ने बारेमा तँलाई थाहा हुनेछ। यी दुवै सकारात्मक कुराहरू हुन्। ज्ञानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्‍ने विषयमा हामीले के छलफल गर्दै आइरहेका थियौँ भन्‍ने बारेमा के तँ अब स्पष्ट छस्? संसारमा विभिन्‍न प्रकारका ज्ञान अध्ययन गरिन्छ, र तिनलाई आफ्‍नो लागि अलग गर्नको लागि तिमीहरूले आफै समय निकाल्नुपर्छ।

ख. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी विज्ञानको प्रयोग गर्छ

विज्ञान के हो? के हरेक व्यक्तिले आफ्‍नो मनमा विज्ञानलाई उच्‍च आदरको साथ हेर्ने र अत्यन्तै गहन ठान्‍ने गर्दैनन् र? विज्ञानलाई उल्‍लेख गर्दा, के मानिसहरूले यस्तो अनुभव गर्दैनन् र: “यो सर्वसाधारण मानिसहरूको पहुँचभन्दा बाहिरको कुरा हो; यो वैज्ञानिक शोधकर्ता वा विशेषज्ञहरूले मात्रै छुन सक्‍ने विषय हो; हामीजस्ता साधारण मानिसहरूसँग यसको कुनै सम्‍बन्ध हुँदैन”? के सर्वसाधारण मानिसहरूसँग यसको कुनै सम्‍बन्ध हुन्छ? (हुन्छ।) मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी विज्ञानको प्रयोग गर्छ? यहाँको हाम्रो छलफलमा, हामी मानिसहरूले आफ्‍नो जीवनमा बारम्‍बार भोग्‍ने कुराहरूका बारेमा मात्रै कुरा गर्नेछौँ, र अरू विषयहरूलाई बेवास्ता गर्नेछौँ। “वंशाणु” भन्‍ने एउटा शब्‍द छ। के तिमीहरूले यसको बारेमा सुनेका छौ? तिमीहरू सबैजना यो शब्‍दप्रति परिचित छौ। के विज्ञानद्वारा नै वंशाणु पत्ता लगाइएको थिएन र? मानिसहरूको लागि वंशाणुले खास के अर्थ दिन्छ? के तिनले मानिसहरूलाई शरीर रहस्यमय कुरा हो भन्‍ने अनुभव गराउँदैन र? जब मानिसहरूलाई यो विषयमा परिचित गराइन्छ, के त्यस्ता मानिसहरू हुनेछैनन् र, जो झन्-झन् बढी जान्‍न र थप विवरण पाउन चाहन्छन्, विशेष गरी, जिज्ञासु मानिसहरू? यी जिज्ञासु मानिसहरूले यस विषयमा आफ्‍नो ऊर्जा केन्द्रित गर्नेछन् र तिनीहरूसँग अरू काम नहुँदा, तिनीहरूले यसकै बारेमा थप जान्‍नका लागि पुस्तक-पुस्तिकामा र इन्टरनेटमा जानकारीको खोजी गर्नेछन्। विज्ञान के हो त? सरल रूपमा भन्दा, विज्ञान भनेको मानिस जिज्ञासु भएका कुराहरू, अज्ञात कुराहरू, अनि परमेश्‍वरले नबताउनुभएका कुराहरू सम्‍बन्धी विचार र सिद्धान्तहरू हुन्; विज्ञान भनेको मानिसले अन्वेषण गर्न चाहने रहस्यहरू सम्‍बन्धी विचार र सिद्धान्तहरू हुन्। विज्ञानको क्षेत्र के हो त? तिमीहरूले यो अलि वृहत् छ भनेर भन्‍न सक्छौ; मानिसको रुचि जुन कुरामा छ उसले ती हरेकलाई अनुसन्धान र अध्ययन गर्छ। विज्ञान भनेको यिनै कुराहरूको बारेमा विवरण र नियमहरू अनुसन्धान गर्नु र स्वीकार्य सिद्धान्तहरूलाई अघि सार्नु हो, जसले सबैलाई “यी वैज्ञानिकहरू वास्तवमै सानदार छन्! तिनीहरूलाई यी कुराहरू बुझ्‍न चाहिने धेरै कुरा थाहा छ!” भनी सोच्‍ने तुल्याउँछ। वैज्ञानिकहरूप्रति तिनीहरूसँग धेरै नै सम्‍मान हुन्छ, हुँदैन त? विज्ञानको अनुसन्धान गर्ने मानिसहरू, तिनीहरूको दृष्टिकोण कस्तो हुन्छ त? के तिनीहरूले ब्रह्माण्डको अनुसन्धान गर्न, तिनीहरूको रुचिको क्षेत्रका रहस्यमय कुराहरूको अनुसन्धान गर्न चाहँदैनन् र? यसको अन्तिम परिणाम के हुन्छ त? कतिपय विज्ञानमा, मानिसहरूले अनुमानको आधारमा निष्कर्ष निकाल्छन्, अनि अरूमा निष्कर्षहरू निकाल्‍नको लागि तिनीहरू मानव अनुभवहरूमा भर पर्छन्। विज्ञानको अझै अरू क्षेत्रहरूमा, ऐतिहासिक र पृष्ठभूमि अवलोकनहरूका आधारमा मानिसहरूले निष्कर्ष निकाल्छन्। के यो यस्तै हो नि, होइन त? त्यसो भए, विज्ञानले मानिसहरूका लागि के गर्छ त? विज्ञानले मानिसहरूलाई भौतिक संसारमा भएका वस्तुहरूलाई देख्‍ने तुल्याउने, र मानिसको जिज्ञासालाई मेटाउने काम मात्रै गर्छ, तर यसले मानिसलाई परमेश्‍वरले कुन नियमहरूद्वारा सबै कुराहरूमा प्रभुत्व राख्‍नुहुन्छ सो देख्न सक्षम तुल्याउँदैन। मानिसले विज्ञानमा उत्तरहरू भेट्टाउँछ भन्‍ने देखिन्छ, तर ती उत्तरहरू बुझ्‍न गाह्रो हुन्छ र त्यसले अस्थाई सन्तुष्टि मात्रै ल्याउँछ, जुन मानिसको हृदयलाई भौतिक संसारमा सीमित गर्ने सन्तुष्टि हो। मानिसले आफूहरूले विज्ञानबाट उत्तरहरू प्राप्त गरेको अनुभव गर्छन्, त्यसकारण जुनसुकै समस्याहरू पैदा भए पनि त्यस समस्यालाई प्रमाणित गर्न र स्वीकार गर्नको लागि तिनीहरूले आफ्ना वैज्ञानिक दृष्टिकोणहरू प्रयोग गर्छन्। मानिसको हृदय विज्ञानको प्रलोभनमा पर्छ र यो यति हदसम्म त्यसको पकडमा पर्छ कि ऊसँग परमेश्‍वरलाई चिन्‍ने, परमेश्‍वरको आराधना गर्ने, अनि सबै कुराहरू उहाँबाट नै आउँछ अनि उत्तरहरूको लागि मानिसले उहाँलाई नै हेर्नुपर्छ भनी विश्‍वास गर्ने मन नै हुँदैन। के यो यस्तै होइन त? व्यक्तिले विज्ञानमा जति धेरै विश्‍वास गर्छ, तिनीहरू त्यति नै धेरै मूर्ख बन्छन् अनि तिनीहरूले हरेक कुराको वैज्ञानिक समाधान हुन्छ, अनुसन्धानले जुनसुकै समस्यालाई पनि समाधान गर्नसक्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरको खोजी गर्दैनन् र तिनीहरूले उहाँ अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्; परमेश्‍वरमा लामो समयदेखि विश्‍वास गर्ने धेरै मानिसहरूले समस्याको सामना गर्दा खोजी गरेर उत्तरहरू पत्ता लगाउन कम्प्युटर प्रयोग गर्छन्; तिनीहरू वैज्ञानिक ज्ञानमा मात्र विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन्, परमेश्‍वरका वचनहरूले मानवजातिका सबै समस्याहरू समाधान गर्न सक्छन् भनेर विश्‍वास गर्दैनन्, तिनीहरूले मानवजातिका अनगिन्ती समस्याहरूलाई सत्यताको दृष्टिकोणले हेर्दैनन्। जस्तोसुकै समस्याको सामना गरे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरसँग प्रार्थना गर्दैनन् वा परमेश्‍वरका वचनहरूमा सत्यताको खोजी गरेर समाधान पहिल्याउने प्रयास गर्दैनन्। धेरै मामिलाहरूमा, तिनीहरू ज्ञानले नै समस्या समाधान गर्न सक्छ भन्‍ने विश्‍वास गर्न रुचाउँछन्; तिनीहरूको लागि, विज्ञान नै अन्तिम उत्तर हो। त्यस्ता मानिसहरूको हृदयमा परमेश्‍वर पटक्‍कै रहनुहुन्‍न। तिनीहरू गैरविश्‍वासीहरू हुन्, र परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तिनीहरूको दृष्टिकोण वैज्ञानिक विधिहरूको प्रयोग गरी परमेश्‍वरलाई जाँच्‍ने प्रयास गरिरहेका धेरै जना विशिष्ट शिक्षाविद र वैज्ञानिकहरूको भन्दा फरक हुँदैन। उदाहरणको लागि, धेरै धार्मिक विशेषज्ञहरू छन्, जसले जहाज अडिएको पर्वतमा गएर जहाजको अस्तित्वलाई प्रमाणित गरेका छन्। तर जहाजको स्वरूपमा तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई देख्दैनन्। तिनीहरूले कथा र इतिहासमा मात्रै विश्‍वास गर्छन्; यो तिनीहरूको वैज्ञानिक अनुसन्धान र भौतिक संसारको अध्ययनको परिणाम हो। चाहे त्यो सूक्ष्‍मजीव विज्ञान होस्, खगोल विज्ञान होस् वा भूगोल होस्, यदि तैँले भौतिक कुराहरूको अनुसन्धान गरिस् भने, तैँले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ वा सबै कुरामाथि उहाँको सार्वभौमिकता छ भन्‍ने कुरालाई निर्धारित गर्ने परिणाम कहिल्यै पनि भेट्टाउनेछैनस्। त्यसो भए विज्ञानले मानिसको लागि के गर्छ त? के यसले मानिसलाई परमेश्‍वरबाट अलग गर्दैन र? के यसले मानिसहरूलाई परमेश्‍वरलाई केवल अध्ययनहरूमा सीमित गर्ने तुल्याउँदैन र? के यसले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व, र सम्प्रभुताको बारेमा अझै बढी शङ्कालु बनाई परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन लगाउँदैन र? परिणाम यही नै हुन्छ। अनि, मानिसलाई भ्रष्ट तुल्याउनको लागि विज्ञानको प्रयोग गर्दा, शैतानले कुन उद्देश्य हासिल गर्न खोजिरहेको हुन्छ? यसले मानिसहरूलाई धोका दिन र तिनीहरूलाई सुस्त बनाउनको लागि वैज्ञानिक निष्कर्षहरूको प्रयोग गर्न, अनि तिनीहरूले परमेश्‍वरको अस्तित्वको खोजी नगरून् वा त्यसमा विश्‍वास नगरून् भनेर मानिसहरूको हृदयलाई पक्रिराख्‍नको लागि अस्पष्ट उत्तरहरूको प्रयोग गर्न चाहन्छ। यही कारणले गर्दा, शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने मार्गहरूमध्ये एउटा विज्ञान हो भनेर म भन्छु।

ग. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी परम्‍परागत संस्कृतिको प्रयोग गर्छ

परम्‍परागत संस्कृतिको भागको रूपमा लिइने कुराहरू धेरै छन् कि छैनन्? (छन्।) यो “परम्‍परागत संस्कृति” को अर्थ के हो? कतिले भन्छन्, यो पुर्खाहरूदेखि चल्दैआएको कुरा हो—यो एउटा पक्ष हो। प्रारम्‍भदेखि नै, जीवनका शैलीहरू, रीतिरिवाज, भनाइ र नियमहरूलाई परिवारहरू, प्रजातीय समूहहरू र सम्पूर्ण मानवजातिमा समेत हस्तान्तरण गरिँदै आएको छ, र ती मानिसहरूको विचारहरूमा बसिसकेका छन्। मानिसहरूले तिनलाई तिनीहरूको जीवनको अभिन्न भाग ठान्छन् र ती जीवनकै भाग हुन् जस्तै गरी पालन गर्दै तिनलाई नियमहरू नै मान्छन्। वास्तवमा, तिनीहरूले यी कुराहरूलाई कहिल्यै परिवर्तन गर्न वा त्याग्‍न चाहँदैनन्, किनभने ती तिनीहरूका पितापुर्खाहरूबाट चल्दैआएका थिए। परम्‍परागत संस्कृतिका अरू पक्षहरू पनि छन् जुन मानिसहरूको मेरुदण्डमै गाडिएर रहेका छन्, जस्तै कन्फ्युसियस र मेन्सियसबाट हस्तान्तरण गरिँदै आएका कुराहरू, र चिनियाँ ताओवाद र कन्फ्युसियसवादले मानिसहरूलाई सिकाउने कुराहरू। के यो यस्तै हो नि, होइन त? परम्‍परागत संस्कृतिमा के-कस्ता कुराहरू समावेश हुन्छन्? के यसमा मानिसहरूले मनाउने चाडपर्वहरू पर्छन्? उदाहरणको लागि: वसन्त पर्व, लालटिन पर्व, चिहान बढार्ने दिवस, ड्र्यागन-डुङ्गा पर्व, साथै भूतप्रेत पर्व र मध्य-शरद पर्व। कतिपय परिवारहरूले घरको वृद्ध-वृद्धा निश्‍चित उमेरमा पुग्दा, वा बच्‍चा एक महिना वा एक सय दिनको उमेरमा पुग्दा समेत उत्सव मनाउँछन्। अनि आदि इत्यादि कुराहरू छन्। यी सबै परम्‍परागत चाडपर्वहरू हुन्। के यी चाडपर्वहरूमा परम्‍परागत संस्कृति अन्तर्निहित छैन र? परम्‍परागत संस्कृतिको मूल-तत्व के हो? के परमेश्‍वरलाई आराधना गर्ने कार्यसँग यसको कुनै सम्‍बन्ध छ? के मानिसहरूलाई सत्यताको अभ्यास गर्न लगाउनुसँग यसको कुनै सम्‍बन्ध छ? के मानिसहरूले परमेश्‍वरलाई बलिदान चढाउनको लागि, परमेश्‍वरको वेदीमा गएर उहाँका शिक्षाहरू प्राप्त गर्नको लागि कुनै चाडपर्वहरू छन्? के यस्ता कुनै चाडपर्व छन्? (छैनन्।) यी सबै चाडपर्वमा मानिसहरूले के गर्छन्? आधुनिक समयमा तिनलाई खाने, पिउने, र रमाइलो गर्ने समयको रूपमा हेरिन्छ। परम्‍परागत संस्कृतिको अन्तर्निहित स्रोत के हो? परम्‍परागत संस्कृति कोबाट आउँछ? यो शैतानबाट आउँछ। यी परम्‍परागत चाडपर्वहरूका पछाडि, शैतानले मानिसको मनमस्तिष्कमा निश्‍चित कुराहरू घुसाइदिन्छ। यी कुराहरू के-के हुन्? मानिसहरूले आफ्‍ना पितापुर्खाको स्मरण गर्ने कुरा निश्‍चित गर्नु—के तीमध्ये एउटा त्यही हो? उदाहरणको लागि, चिहान बढार्ने दिवसमा, मानिसहरूले चिहानहरू सफा गर्छन् र तिनीहरूलाई नबिर्सनको लागि, तिनीहरूका पितापुर्खालाई बलिदान चढाउँछन्। यसको साथै, शैतानले मानिसहरूले देशभक्त बन्‍ने कुरा स्मरण गरून् भन्‍ने सुनिश्‍चित गर्छ, जसको एउटा उदाहरण ड्र्यागन-डुङ्गा पर्व हो। मध्य शरद पर्वचाहिँ केसँग सम्‍बन्धित छ? (परिवारको पुनर्मिलन।) परिवारको पुनर्मिलनको पृष्ठभूमि के हो? यसको कारण के हो? यो भावनात्मक रूपमा संचार गर्न र जोडिनको लागि हो। अवश्य नै, चाहे यो नयाँ वर्षको पूर्णिमाको रातको पर्व होस् वा लालटिन पर्व होस्, यी चाडपर्वहरू मान्‍नुका कारणहरूलाई व्याख्या गर्ने विभिन्‍न तरिका छन्। यी कारणहरूलाई व्यक्तिले जसरी व्याख्या गरे तापनि, ती हरेक नै तिनीहरू परमेश्‍वरबाट टाढा जाऊन् अनि परमेश्‍वर हुनुहुन्छ भन्‍ने नजानून्, र तिनीहरूले कि त आफ्‍ना पितापुर्खालाई कि त शैतानलाई बलिदान चढाऊन्, वा तिनीहरूको देहका इच्‍छाहरूका खातिर खाऊन्, पिऊन्, र रमाइलो गरून् भनेर मानिसहरूको मनमस्तिष्कमा त्यसको दर्शन र त्यसको सोचाइ घुसाउने शैतानको तरिका हो। यी हरेक चाडपर्वहरू मनाउने क्रममा, शैतानका विचार र दृष्टिकोणहरूले मानिसहरूको मनमस्तिष्कमा थाहै नपाई गहिरो जरा गाड्छन्। जब मानिसहरू चालीस, पचासको दशक वा त्योभन्दा बढी उमेरका हुन्छन्, शैतानका यी विचार र दृष्टिकोणहरूले तिनीहरूको हृदयमा पहिले नै गहिरो जरा गाडिसकेको हुन्छ। यसको साथै, यी विचारहरू सही हुन् कि गलत, कुनै भिन्नता नछुट्टयाईकन र कुनै सन्देह नगरीकन, तिनलाई अर्को पुस्तामा हस्तान्तरण गर्नको लागि मानिसहरूले सक्दो प्रयास गर्छन्। यो यस्तै हो नि, होइन र? (हो।) परम्‍परागत संस्कृति र यी चाडपर्वहरूले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ? तिमीहरूलाई थाहा छ? (मानिसहरू यी परम्‍पराहरूका नियमहरूको बन्धन र परिधिमा पर्छन्, त्यसकारण तिनीहरूमा परमेश्‍वरलाई खोज्‍ने समय वा ऊर्जा नै हुँदैन।) यो एउटा पक्ष हो। उदाहरणको लागि, नयाँ वर्षको पूर्णिमा पर्व सबैले मनाउँछन्—यदि तैँले मनाइनस् भने, के तँलाई दुःख लाग्दैन र? के तैँले तेरो हृदयमा राख्‍ने कुनै अन्धविश्‍वासहरू छन्? सायद तँलाई यस्तो लाग्छ होला, “मैले नयाँ वर्ष मनाइनँ, र नयाँ वर्षको पूर्णिमा नै खराब दिन भयो भने, के बाँकी पूरै वर्ष खराब हुँदैन र”? के तँ असहज र अलि डराएको महसुस गर्दैनस् र? त्यस्ता मानिसहरू पनि छन् जसले वर्षौंदेखि आफ्‍ना पितापुर्खालाई बलिदान चढाएका छैनन् र जसले सपनामा अचानक एक जना मृतक मानिसले पैसा मागेको देख्छन्। तिनीहरूलाई कस्तो महसुस हुन्छ? “मरिसकेको यो व्यक्तिलाई पैसा चाहिएको रहेछ, कति दुःखको कुरा! म तिनीहरूका लागि कागजका केही रकम जलाउनेछु। यदि मैले त्यसो गरिन भने, त्यो ठीक हुनेछैन। यसले हामी जिउँदाहरूलाई समस्या दिन सक्छ—दशा कहिले लाग्छ, कसले भन्‍न सक्छ र?” तिनीहरूसँग आफ्नो हृदयमा डर र चिन्ताको यो सानो बादल सधैँ नै हुन्छ। कसले तिनीहरूलाई यसरी चिन्ता गराउँछ? यो चिन्ताको स्रोत शैतान नै हो। के मानिसलाई शैतानले भ्रष्ट तुल्याउने तरिकाहरूमध्ये एउटा यही होइन र? तँ बहकाउमा परेर त्यसप्रति समर्पित र राजी बन् भनेर तँलाई नियन्त्रण गर्न, तँलाई धम्की दिन, र तँलाई बन्धनमा पार्न यसले फरक-फरक माध्यम र बहानाहरूको प्रयोग गर्छ; शैतानले मानिसलाई यसरी नै भ्रष्ट तुल्याउँछ। प्रायजसो जब मानिसहरू कमजोर हुन्छन् वा जब तिनीहरूलाई परिस्थितिको बारेमा स्पष्ट ज्ञान हुँदैन, तब तिनीहरूले लापरवाहीको साथ कुनै बेवकुफी काम गर्छन्; अर्थात्, तिनीहरू अनजानमा शैतानको पकडमा पर्छन् अनि अचेतन रूपमा काम गर्न सक्छन्, तिनीहरूले आफूले के गर्दैछु भन्‍ने समेत थाहै नपाई काम गर्न सक्छन्। शैतानले मानिसलाई यसरी नै भ्रष्ट तुल्याउँछ। अहिले गहिरो गरी जरा गाडेको परम्‍परागत संस्कृतिबाट टाढा हुन अनिच्छुक केही मानिसहरू पनि छन्, जसले यसलाई त्याग्‍नै सक्दैनन्। विशेष गरी, तिनीहरू कमजोर र निष्क्रिय हुँदा तिनीहरूले आफ्‍नो हृदयमा सहजता ल्याउनको लागि यस्ता चाडपर्वहरू मनाउने इच्‍छा गर्छन् र तिनीहरूले यसरी शैतानलाई भेट्न र शैतानलाई फेरि सन्तुष्ट तुल्याउन चाहन्छन्। परम्‍परागत संस्कृतिको पृष्ठभूमि के हो? के यी दृश्यहरूको पछाडि शैतानको कालो हातले तारहरू तानिरहेको हुन्छ? के शैतानको दुष्ट प्रकृतिले चालबाजी र नियन्त्रण गरिरहेको हुन्छ? के यी सबै कुरालाई शैतानले प्रभाव पारिरहेको हुन्छ? (हुन्छ।) जब मानिसहरू परम्‍परागत संस्कृतिमा जिउँछन् र यस प्रकारका परम्‍परागत चाडपर्वहरू मान्छन्, तब के यो त्यही वातावरण हो जसमा तिनीहरूलाई शैतानले मूर्ख र भ्रष्ट तुल्याउँछ, र यसको साथै, तिनीहरू शैतानद्वारा मूर्ख बनिन र भ्रष्ट तुल्याइन पाउँदा खुशी हुन्छन् भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) यो तिमीहरू सबैले स्वीकार गर्ने, तिमीहरू सबैले जानेको कुरा हो।

घ. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ

तिमीहरू “अन्धविश्‍वास” भन्‍ने शब्‍दप्रति परिचित छौ, होइन त? अन्धविश्‍वास र परम्‍परागत संस्कृतिको बीचमा केही सम्‍बन्धहरू छन्, तर आज हामी तिनको बारेमा कुरा गर्नेछैनौँ। बरु, म सबैभन्दा प्रचलित अन्धविश्‍वासहरूको बारेमा छलफल गर्नेछु: जोखना हेर्ने, भविष्य-बताउने, धूप बाल्‍ने र बुद्धको पूजा गर्ने। कतिपय मानिसहरूले जोखना हेराउने अभ्यास गर्छन्, अरूले बुद्धको पूजा गर्छन् र धूप बाल्छन्, अरूले भने आफ्‍नो भविष्य हेर्न लगाउँछन् वा कसैलाई आफ्नो अनुहारका विशेषताहरूलाई हेरेर त्यसको आधारमा आफ्नो भविष्य बताउन लगाउँछन्। तिमीहरूमध्ये कति जनाले आफ्नो भविष्य बताउन वा अनुहार पढ्न लगाएका छौ? यो धेरैजसो मानिसहरूले रुचि राख्‍ने कुरा हो, होइन र? (हो।) किन? भविष्य-बताउने कार्य र जोखनाबाट मानिसहरूले कस्तो फाइदा पाउँछन्? यसबाट तिनीहरूले कस्तो प्रकारको सन्तुष्टि प्राप्त गर्छन्? (उत्सुकता।) के यो उत्सुकता मात्रै हो त? मैले देखे अनुसार, यो उत्सुकता नै हो भन्‍ने छैन। जोखना हेर्ने र भविष्य-बताउने कार्यको लक्ष्य के हो? यसो किन गरिन्छ? भविष्य देख्‍नको लागि होइन र? कतिपय मानिसहरूले भविष्यको अनुमान गर्नको लागि आफ्‍नो अनुहार पढ्न लगाउँछन्, अरूले तिनीहरूको भविष्य राम्रो छ कि छैन भनेर थाहा पाउन यसो गर्छन्। कतिपय मानिसहरूले तिनीहरूको विवाह कस्तो हुनेछ भनेर यसो गर्छन्, र अरूले आगामी वर्षले कस्तो सौभाग्य ल्याउनेछ भनेर यसो गर्छन्। कतिपय मानिसहरूले तिनीहरूको र तिनीहरूका छोराछोरीको भविष्यको सफलता हेर्नको लागि आफ्‍नो अनुहार पढाउँछन्, अनि कतिपय व्यापारीहरूले तिनीहरूले कति पैसा कमाउनेछन् भन्‍ने हेर्न र तिनीहरूले के-कस्ता कार्यहरू गर्नुपर्छ सोबारेमा अनुहार-पढ्नेबाट मार्गनिर्देशन लिन त्यसो गर्छन्। त्यसो भए, उत्सुकता मेटाउनको लागि मात्रै यसो गरिन्छ त? जब मानिसहरूले तिनीहरूको अनुहार पढ्न लगाउँछन् वा यस्ता कुराहरू गर्छन्, यो तिनीहरूको आफ्‍नै भविष्यको व्यक्तिगत लाभको लागि हो; यी सबै तिनीहरूको आफ्‍नै नियतिसँग घनिष्ठ रूपमा सम्‍बन्धित छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यीमध्ये कुनै कुरा उपयोगी छ त? (छैन।) यो किन उपयोगी छैन त? के यी कुराहरूबाट केही ज्ञान प्राप्त गर्नु राम्रो कुरा होइन र? यी अभ्यासहरूले तिमीहरूलाई कहिले समस्या आइपर्छ भन्‍ने जान्‍न सहयोग गर्न सक्छ, र यदि तिमीहरूले यी समस्याहरू आउनुभन्दा पहिले नै तिनको बारेमा थाहा पायौ भने, के तिमीहरू तीबाट बच्‍न सक्दैनौ र? यदि तैँले तेरो भविष्य बताउन लगाएको छस् भने, यसले तँलाई भूलभूलैयाको बीचमा कसरी सही बाटो पत्ता लगाउने भन्‍ने देखाउन सक्छ, ताकि तैँले आउने वर्षमा तेरो सौभाग्यको आनन्द लिन सक् अनि तेरो व्यापारबाट तैँले निकै सम्पत्ति कमाउन सक्। त्यसो भए, यो उपयोगी छ कि छैन त? यो उपयोगी छ कि छैन भन्‍ने कुराको कुनै सम्‍बन्ध हामीसँग छैन, र आजको हाम्रो सङ्गतिमा यो विषय समावेश हुनेछैन। मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ? मानिसहरू सबैले आफ्‍नो नियति जान्‍न चाहन्छन्, त्यसकारण शैतानले तिनीहरूलाई प्रलोभनमा पार्न तिनीहरूकै उत्सुकताको प्रयोग गर्छ। मानिसहरू तिनीहरूलाई भविष्यमा के हुनेछ र अगाडि कस्तो बाटो छ भन्‍ने कुरा जान्‍नको लागि जोखना हेर्ने, भविष्य-बताउने, र अनुहार पढ्ने कार्यमा संलग्‍न हुन्छन्। तैपनि, आखिरमा मानिसहरूले त्यति धेरै चिन्ता गर्ने नियति र भविष्य कसको हातमा हुन्छ? (परमेश्‍वरको हातमा।) यी सबै कुरा परमेश्‍वरको हातमा छन्। यी विधिहरूको प्रयोग गर्ने क्रममा, मानिसहरूले के जानून् भन्‍ने शैतान चाहन्छ? शैतानले त्यसलाई उनीहरूको भविष्य थाहा छ, र त्यसलाई ती कुराहरू थाहा मात्रै छैन त्यसले त तिनलाई नियन्त्रण समेत गर्न सक्छ भनेर मानिसहरूलाई बताउनको लागि अनुहार पढ्ने र भविष्य-बताउने कार्यको प्रयोग गर्छ। मानिसहरूले त्यसमाथि अन्धविश्‍वास गर्न सकून् र त्यसका हरेक वचन पालन गरून् भनेर मानिसहरूलाई नियन्त्रण गर्न शैतानले यो मौकाको फाइदा लिन र यी विधिहरूको प्रयोग गर्न चाहन्छ। उदाहरणको लागि, यदि तैँले अनुहार पढ्न लगाइस्, र भविष्य बताउनेले आफ्‍नो आँखा बन्द गरेर तँलाई विगत केही दशकमा के भएको थियो सो स्पष्ट रूपमा बताउँछ भने, तैँले आफूभित्र कस्तो अनुभव गर्छस्? तैँले तत्कालै यस्तो अनुभव गर्नेछस्, “उसले साँच्‍चै ठीक भन्यो! मैले यसभन्दा अघि कहिल्यै कसैलाई पनि मेरो विगतको बारेमा बताएको छैन, उसलाई यो कसरी थाहा भयो? यस भविष्य बताउने व्यक्तिलाई म साँच्‍चै सम्‍मान गर्छु!” के तेरो विगतको बारेमा जान्‍नु शैतानको लागि अत्यन्तै सजिलो हुँदैन र? तँ आज जहाँ छस् परमेश्‍वरले नै तँलाई यहाँसम्‍म डोर्‍याउनुभएको छ, अनि यस अवधिमा शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँदै आएको र तँलाई पछ्याउँदै आएको छ। तेरो जीवनका दशकहरू बितेर जानु शैतानको लागि केही पनि होइन र यी कुराहरू जान्‍नु शैतानको लागि कठिन छैन। शैतानले भन्‍ने सबै कुरा सही छन् भनी जब तैँले जान्दछस्, के तैँले आफ्‍नो हृदय त्यसलाई सुम्पिरहेको हुँदैनस् र? के तेरो भविष्य र तेरो नियति नियन्त्रण गर्नको लागि तँ त्यसैमा भर परिरहेको हुँदैनस् र? एकै क्षणमा, तेरो हृदयले त्यसको लागि केही सम्‍मान वा श्रद्धाको अनुभव गर्नेछ, र कतिपय मानिसहरूको हकमा, यति बेलासम्‍म त्यसले तिनीहरूको आत्मा खोसिसकेको हुन्छ। अनि तैँले भविष्य बताउनेलाई तुरुन्तै सोध्‍नेछस्: “अब मैले के गर्नुपर्छ? आउँदो वर्षमा म केबाट जोगिनुपर्छ? के-कस्ता कुराहरू मैले गर्नु हुँदैन?” त्यसपछि उसले भन्‍नेछ, “तपाईं त्यहाँ जानु हुँदैन, तपाईंले यसो गर्नु हुँदैन, निश्‍चित रङ्गको लुगा नलगाउनुहोस्, निश्‍चित ठाउँहरूमा तपाईं अलि कम जानुपर्छ, निश्‍चित कुराहरू अझै बढी गर्नुपर्छ…।” के त्यसले भन्‍ने सबै कुरालाई तैँले तुरुन्तै हृदयमा राख्दैनस् र? तैँले परमेश्‍वरको वचनहरूलाई भन्दा उसका वचनहरूलाई तुरुन्तै कण्ठ गरिहाल्छस्। किन तैँले तिनलाई त्यति चाँडै कण्ठ गर्छस्? किनकि तँ राम्रो भविष्यको लागि शैतानमा भर पर्न चाहन्छस्। के त्यसले तेरो हृदयलाई यही बेला पकडमा पार्छ होइन र? जब यसका भविष्यवाणीहरू एकपछि अर्को गर्दै पूरा हुन्छन्, के तँलाई अर्को वर्षले कस्तो भविष्य ल्याउनेछ भनेर पत्ता लगाउन त्यसकहाँ नै फर्केर जाने मन हुँदैन र? (हुन्छ।) शैतानले तँलाई जे गर्न भन्छ तैँले त्यो गर्नेछस् अनि जे कुराबाट अलग बस्‍नू भनेर त्यसले भन्छ तँ त्यसबाट अलग बस्‍नेछस्। यसरी, के तैँले त्यसले बताउने सबै कुराको पालना गरिरहेको हुँदैनस् र? तुरुन्तै, तँ त्यसको अङ्गालोमा पर्नेछस्, धोकामा पर्नेछस्, अनि त्यसको नियन्त्रणमा आउनेछस्। यस्तो हुन्छ किनभने त्यसले जे भन्छ त्यो सत्य हो भनेर तैँले विश्‍वास गर्छस् र त्यसले तेरो विगतको जीवन, तेरो अहिलेको जीवन, र भविष्यले के ल्याउनेछ सो त्यसलाई थाहा छ भनेर तैँले विश्‍वास गर्छस्। मानिसहरूलाई नियन्त्रण गर्नको लागि शैतानले प्रयोग गर्ने विधि यही नै हो। तर वास्तविकतामा, कसले नियन्त्रण गर्नुहुन्छ? परमेश्‍वर स्वयम्‌ले नियन्त्रण गर्नुहुन्छ, शैतानले होइन। यस हकमा शैतानले अनजान मानिसहरूलाई छल गरेर, भौतिक संसारलाई मात्र देख्‍न सक्‍ने मानिसहरूलाई छल गरेर आफूमा विश्‍वास गर्ने र भरोसा गर्ने तुल्याउनको लागि आफ्नो चतुर षड्यन्त्रको प्रयोग गरिरहेको हुन्छ। त्यसपछि, तिनीहरू शैतानको पकडमा पर्छन् र त्यसको हरेक वचन पालन गर्छन्। तर जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई पछ्याउन चाहन्छन् तब के त्यसले त्यसको पकडलाई खुकुलो पार्छ र? शैतानले त्यसो गर्दैन। यस अवस्थामा, के मानिसहरू साँच्‍चै शैतानको पकडमा परिरहेका हुन्छन्? (हुन्छन्।) के यस विषयमा शैतानको बानीबेहोरा लाज विहीन छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) हामी किन त्यसो भन्दैछौँ? किनभने यी कपटपूर्ण र छलपूर्ण रणनीतिहरू हुन्। शैतान लाज विहीन छ र त्यसले मानिसहरूलाई भ्रममा पारेर तिनीहरूलाई तिनीहरूका सबै कुरा त्यसले नियन्त्रण गर्छ र त्यसले तिनीहरूको नियतिसमेत नियन्त्रण गर्छ भनेर विचार गर्ने तुल्याउँछ। यसले अनजान मानिसहरूलाई पूर्ण रूपमा त्यसको पालन गर्ने तुल्याउँछ। तिनीहरू एक-दुई वटा शब्दहरूमै मूर्ख बन्छन्। स्तम्भित भई, मानिसहरू त्यसको अघि घुँडा टेक्छन्। त्यसो भए, तँलाई त्यसमा विश्‍वास गर्ने तुल्याउनको लागि शैतानले कस्तो प्रकारको विधि प्रयोग गर्छ, त्यसले के भन्छ? उदाहरणको लागि, तेरो परिवारमा कति जना मानिसहरू छन् भनेर तैँले शैतानलाई बताएको नहुन सक्छस्, तर पनि कति जना मानिसहरू छन् र तेरो बाबुआमा र छोरा-छोरीको उमेर कति हो भनेर त्यसले तँलाई बताउन सक्छ। यसभन्दा पहिले शैतानको बारेमा तैँले अविश्‍वास र शङ्का गरेको हुनसक्‍ने भए तापनि, त्यसले यी कुराहरू बताएको सुनेपछि, के तँलाई यो अलिक विश्‍वासयोग्य रहेछ भन्‍ने लाग्दैन र? त्यसपछि शैतानले तँलाई हालैको समयमा तेरो काम कति कठिन थियो, तैँले पाउन योग्य पहिचान तेरा हाकिमहरूले तँलाई दिएका छैनन् र सधैँ तेरो विरुद्धमा काम गरिरहेका छन्, र आदि इत्यादि भनेर बताउन सक्छ। त्यो सुनेर, तैँले यस्तो विचार गर्नेछस्, “त्यो एकदम ठीक हो! कामका कुराहरू त्यति सहजरूपमा अघि बढिरहेको छैनन्।” त्यसकारण, तँ शैतानलाई अझै बढी विश्‍वास गर्छस्। त्यसपछि तँलाई धोका दिन, तँलाई अझै बढी विश्‍वास गर्ने तुल्याउनको लागि त्यसले अर्को केही कुरा भन्‍नेछ। अलि-अलि गर्दै, तैँले आफूलाई त्यसलाई विरोध गर्न वा त्यसको बारेमा शङ्का गर्न नसक्‍ने अवस्थामा पाउनेछस्। शैतानले केही स-साना छलहरू, अत्यन्तै साना छलहरू समेत प्रयोग गर्छ, अनि यसरी त्यसले तँलाई अलमल्याउँछ। तँ जति अलमलिन्छस्, तैँले तेरो खास स्थितिलाई पत्ता लगाउन सक्‍नेछैनस्, के गर्ने भन्‍ने तँलाई थाहा हुनेछैन, अनि शैतानले जे भन्छ तैँले त्यसैलाई पछ्याउन थाल्‍नेछस्। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने “सानदार” विधि यही हो, जसले तँलाई अनजानमै त्यसको फन्दामा पर्ने र त्यसको प्रलोभनमा पर्ने तुल्याउँछ। मानिसहरूले असल ठानेका एक-दुई वटा कुराहरू शैतानले तँलाई बताउँछ, त्यसपछि त्यसले तँलाई के गर्ने र केबाट टाढा बस्‍ने भनेर बताउँछ। यसरी, पत्तै नपाई तँ छलमा पर्छस्। जब तँ त्यस्तो छलमा पर्छस्, तेरो लागि सबै कुरा कठिन बन्छ; शैतानले के भन्यो र त्यसले तँलाई के गर्न भन्यो तैँले निरन्तर त्यही मात्रै सोचिरहेको हुनेछस्, र थाहै नपाई तँ यसद्वारा नियन्त्रित भएको हुनेछस्। किन यसो हुन्छ त? किनभने मानवजातिमा सत्यताको कमी छ, त्यसले गर्दा ऊ दह्रिलो गरी खडा भएर शैतानको प्रलोभन र परीक्षालाई इन्कार गर्न सक्दैन। शैतानको दुष्टता र यसको धोका, षड्यन्त्र, र बदख्‍वाइँलाई सामना गर्दा, मानवजाति अत्यन्तै अनजान, अपरिपक्‍व र कमजोर हुन्छ, होइन र? के शैतानले मानिसलाई भ्रष्ट तुल्याउने मार्गहरूमध्ये एउटा यही होइन र? (हो।) शैतानका विभिन्‍न विधिहरूले मानिसलाई अलि-अलि गर्दै थाहै नपाई धोका दिन्छ र छल गर्छ, किनभने तिनीहरूमा सकारात्मक र नकारात्मकको बीचमा भिन्‍नता छुट्याउने क्षमताको कमी छ। तिनीहरूमा शैतानमाथि विजय गर्ने यो कद र क्षमताको कमी छ।

ङ. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी सामाजिक प्रचलनको प्रयोग गर्छ

कहिले सामाजिक प्रचलन अस्तित्वमा आयो? के ती वर्तमान दिनमा मात्रै अस्तित्वमा आए? शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन थालेपछि सामाजिक प्रचलन अस्तित्वमा आयो भनेर भन्‍न सकिन्छ। सामाजिक प्रचलनमा के समावेश हुन्छ? (वस्‍त्रको स्टाइल र शृङ्गार।) प्रायजसो मानिसहरूको सम्पर्कमा आउने कुराहरू यिनै हुन्। वस्‍त्रको स्टाइल, फेसन, र प्रचलन—यी कुराहरूले एउटा सानो पक्षलाई निर्माण गर्छ। के अरू कुनै कुरा छन्? के मानिसहरूको चलनचल्तीमा आउने प्रचलित वाक्य वा भनाइहरू पनि गनिन्छन्? के मानिसहरूले चाहने जीवनशैली पनि यसमा गनिन्छ? के मानिसहरूले मन पराउने सङ्गीतका उत्कृष्ट कलाकार, सेलिब्रेटी, म्यागजिन, र उपन्यास पनि यसमा पर्छ? (पर्छ।) तिमीहरूको विचारमा, सामाजिक प्रचलनको कुन पक्षले मानिसलाई भ्रष्ट तुल्याउन सक्छ? यीमध्ये कुन प्रचलनले तिमीहरूलाई सबैभन्दा बढी लोभ्याउँछ? कतिपय मानिसहरूले यसो भन्छन्: “हामी सबै निश्‍चित उमेरमा पुगिसकेका छौं, हामी पचास वा साठीको दशकमा, सत्तरी वा असीको दशकमा छौं, र अबउप्रान्त हामी यी प्रचलनहरूमा उपयुक्त हुन सक्दैनौं र तिनले हाम्रो ध्यान त्यति खिच्दैन।” के यो सही हो? अरू भन्छन्: “हामी सेलिब्रेटीको पछि लाग्दैनौं, त्यो त बीस-पच्‍चीस वर्षका जवानहरूले गर्ने कुरा हो; हामी फेसनका कपडाहरू लगाउँदैनौं, त्यो त आफ्‍नो रूपको ख्याल गर्नेहरूले गर्ने कुरा हो।” त्यसो भए, यीमध्ये कुनचाहिँले तिमीहरूलाई भ्रष्ट तुल्याउन सक्छ? (प्रचलित भनाइहरूले।) के यी भनाइहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्? म एउटा उदाहरण दिनेछु, अनि यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ कि तुल्याउँदैन सो तिमीहरूले देख्‍न सक्छौ: “दुनियाँ पैसाको इसारामा चल्छ”; के यो प्रचलन हो? तिमीहरूले उल्‍लेख गरेको फेसन र खानपानसम्‍बन्धी प्रचलनको तुलनामा, के यो अझै खराब छैन र? “दुनियाँ पैसाको इसारामा चल्छ” भन्‍ने भनाइ शैतानको दर्शन हो। यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ; यो प्रचलन नै बनेको छ भनेर भन्‍न सकिन्छ। यस्तो किन हुन्छ भने यो हरेक व्यक्तिको हृदयमा घुसाइएको छ, र तिनीहरूले सुरुमा त यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्‍दहरू वास्तवमा साँचो छन् भन्‍ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? शायद मानिसहरूले यो भनाइलाई एउटै हदमा बुझ्दैनन्, तर आफ्‍नो वरिपरि घटेका घटनाहरू र आफ्‍ना व्यक्तिगत अनुभवहरूको आधारमा यो भनाइलाई हरेकले फरक-फरक हदमा अर्थ्याएका र स्वीकार गरेका छन्। के त्यो यस्तै होइन र? यो भनाइको बारेमा कसैसँग जतिसुकै अनुभव भए तापनि, निजको हृदयमा यसले पार्न सक्‍ने नकारात्मक प्रभाव के हो त? तिमीहरू प्रत्येक लगायत मानिसहरूको मानव स्वभावबाट यो संसारमा केही न केही कुरा प्रकट हुन्छ। यो के हो त? यो पैसाको आराधना हो। के यसलाई कसैको हृदयबाट हटाउनु कठिन छ त? यो अत्यन्तै कठिन छ! मानिसलाई शैतानले दिएको भ्रष्टता अवश्य नै गहन छ भन्‍ने देखिन्छ! शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न पैसाको प्रयोग गर्छ, र तिनीहरूलाई भ्रष्ट पारी पैसाको पूजा गर्ने र भौतिक कुराहरूको मान गर्ने बनाउँछ। अनि, यस्तो पैसा पूजा कसरी मानिसहरूमा प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्‍न सक्‍दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्‍भव हुन्छ भन्‍ने अनुभव गर्छौ त? मानिसहरूको सम्‍मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्‍नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्‍नो उच्‍च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्‍च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरैजसो मानिसहरूले पैसाको लागि जे पनि बलि चढाउन सक्छन् भन्‍ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्‍ने क्रममा आफ्‍नो गौरव र इज्‍जत गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाको लागि आफ्‍नो कर्तव्य निभाउने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता हासिल गर्ने र मुक्ति पाउने मौका गुमाउनु मानिसहरूको लागि नोक्सानीहरूमध्येकै सबैभन्दा ठूलो नोक्‍सानी होइन र? के मानिसहरूलाई त्यस हदसम्‍म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र? तँमा यस प्रसिद्ध भनाइलाई इन्कार गर्नेदेखि लिएर यसलाई सत्यताको रूपमा स्वीकार गर्ने सम्‍मको परिवर्तन हुँदै जाँदा, तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा पर्छ, अनि त्यसकारण, तँ अपरिहार्य रूपमै यो भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्‍म प्रभाव पारेको छ? तैँले साँचो मार्ग चिनेको हुनसक्छस्, र तँलाई सत्यता थाहा हुनसक्छ, तर यसलाई खोजी गर्न तँ शक्तिहीन छस्। परमेश्‍वरका वचनहरू नै सत्यता हो भन्‍ने तँलाई स्पष्ट रूपमा थाहा हुनसक्छ, तर तँ सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउन वा कष्ट भोग्‍न अनिच्‍छुक छस्। बरु, अन्त्यसम्‍मै परमेश्‍वरलाई विरोध गर्नको लागि तैँले तेरो आफ्‍नै भविष्य र गन्तव्यलाई बलिदान दिनेछस्। परमेश्‍वरले जे भन्‍नुभए पनि, परमेश्‍वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्‍वरको प्रेम कति गहन र कति महान् छ भन्‍ने तैँले बुझे पनि, तँ हठी भई तेरो आफ्‍नै मार्गमा हिँड्न र यस भनाइको लागि मूल्य चुकाउन जिद्दी गर्छस्। भन्‍नुको अर्थ, यो भनाइले तँलाई छलिसकेको र तेरा विचारहरूलाई नियन्त्रण गरिसकेको छ, यसले तेरो व्यवहारमाथि आधिपत्य जमाइसकेको छ र तैँले धनसम्पत्तिको खोजीलाई त्याग्‍नुको सट्टा यसैलाई तेरो नियतिमाथि शासन गर्न दिन्छस्। मानिसहरूले यसरी व्यवहार गर्न सक्‍नु, तिनीहरू शैतानको भनाइको नियन्त्रण र चालबाजीमा पर्न सक्‍नु—के यसको अर्थ मानिस शैतानद्वारा छलिएको र भ्रष्ट पारिएको छ भन्‍ने हुँदैन र? के शैतानको दर्शन र मानसिकता अनि शैतानको स्वभावले तेरो हृदयमा जरा गाडिसकेको छैन र? जब तैँले अन्धाधुन्ध रूपमा धनसम्पत्तिको खोजी गर्छस्, अनि सत्यताको खोजीलाई त्याग्छस्, तब के शैतानले तँलाई छल्ने लक्ष्य हासिल गरिसकेको हुँदैन र? अवस्था ठ्याक्‍कै यही हो। त्यसो भए, शैतानले तँलाई छल्दा र भ्रष्ट तुल्याउँदा, के तँ त्यो महसुस गर्न सक्छस्? के तैँले यसलाई अनुभव गर्न सक्छस् त? तैँले सक्दैनस्। यदि तैँले शैतानलाई आफ्नै अगाडि उभिएको देख्‍न सक्दैनस्, वा अँध्यारोमा काम गर्ने शैतान नै हो भन्‍ने महसुस गर्दैनस् भने, के तँ शैतानको दुष्टतालाई देख्‍न सक्षम हुन्छस् त? के तैँले मानवजातिलाई शैतानले कसरी भ्रष्ट तुल्याउँछ भनेर जान्‍न सक्छस् त? शैतानले मानिसलाई हरेक समय र हरेक स्थानमा भ्रष्ट तुल्याउँछ। शैतानले मानिसको लागि यो भ्रष्टताको विरुद्ध प्रतिरक्षा गर्ने कार्य असम्‍भव तुल्याउँछ र मानिसलाई यसको विरुद्ध विवश तुल्याउँछ। तँ अनजान भएको अवस्थामा र आफूलाई के भइरहेको छ सो तँलाई थाहा नभएको अवस्थामा शैतानले तँलाई त्यसका विचारहरू, त्यसका दृष्टिकोणहरू र त्यसबाट आउने दुष्ट कुराहरू स्वीकार गर्ने तुल्याउँछ। मानिसहरूले यी कुराहरूलाई स्विकार्छन् र यीप्रति कुनै आपत्ति जनाउँदैनन्। तिनीहरूले यी कुराहरूलाई सम्पत्ति जस्तै मनमा सजाएर आफूसँगै राखिरहन्छन् र तिनीहरूले यी कुराहरूलाई आफूमाथि चालबाजी र खेलबाड गर्न दिन्छन्; यसरी मानिसहरू शैतानको शक्तिअन्तर्गत जिउँछन्, र तिनीहरूले अचेतन रूपमै शैतानको आज्ञापलन गर्छन्, र यसरी मानिसलाई भ्रष्ट तुल्याउने शैतानको कार्य झन्‍झन् गहिरो बन्दै जान्छ।

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले यी विभिन्‍न विधिहरूको प्रयोग गर्छ। मानिससँग ज्ञान र केही वैज्ञानिक सिद्धान्तहरूको बुझाइ छ, मानिस परम्‍परागत संस्कृतिको प्रभावमा जिउँछ, अनि प्रत्येक मानिस परम्‍परागत संस्कृतिको उत्तराधिकारी र हस्तान्तरणकर्ता हो। मानिस शैतानले उसलाई दिएको परम्‍परागत संस्कृतिलाई जारी राख्‍न बाध्य छ, र शैतानले मानवजातिलाई प्रदान गरेका सामाजिक प्रचलनहरूलाई पनि मानिसले अनुसरण गर्छ। शैतानले गर्ने सबै कुरा सधैँ अनुसरण गर्ने, त्यसको दुष्टता, धोका, बदख्‍वाइँ र अहङ्कारलाई स्वीकार गर्ने हुँदा मानिस शैतानबाट अलग गर्न नसकिने छ। शैतानका यी स्वभावहरूको वशमा परिसकेपछि, मानिस यस भ्रष्ट मानवजातिको बीचमा खुशीसाथ कि दुःखद रूपमा जिइरहेको छ? (दुःखद रूपमा।) तिमीहरू किन त्यसो भन्दैछौ? (मानिस यी भ्रष्ट कुराहरूद्वारा बाँधिएको र नियन्त्रित गरिएको हुनाले, ऊ पापमा जिउँछ र कठिन संघर्षले उसलाई पुरेको छ।) कतिपय मानिसहरू अत्यन्तै बुद्धिजीवी देखिन चश्मा लगाउँछन्; तिनीहरू वाक्पटुता र तर्कको साथ अत्यन्तै सम्‍मानले बोल्‍न सक्छन्, र तिनीहरू धेरै कुराहरूबाट गुज्रेर आएका हुनाले, तिनीहरू अत्यन्तै अनुभवी र परिष्कृत हुन सक्छन्। तिनीहरूले ठूला-साना कुराहरूका बारेमा विस्तृत रूपमा बोल्‍न सक्छन्; तिनीहरूले विभिन्न कुराहरूको विशुद्धता र तर्कलाई पनि मूल्याङ्कन गर्न सक्छन्। कतिले यी मानिसहरूको बानीबेहोरा र स्वरूपलाई, साथै तिनीहरूको चरित्र, मानवता, आनीबानी, र आदि इत्यादि कुराहरूलाई हेर्न सक्छन्, र तिनमा कुनै त्रुटि भेट्टाउँदैनन्। त्यस्ता मानिसहरूले विशेष रूपमा हालको सामाजिक प्रचलनहरूलाई अपनाउन सक्छन्। त्यस्ता मानिसहरू वृद्ध भए तापनि, तिनीहरू समयका प्रचलनहरूबाट कहिल्यै पछि पर्दैनन् र ती कुराहरू सिक्‍नको लागि कहिल्यै पनि अत्यन्तै वृद्ध हुँदैनन्। झट्ट हेर्दा, त्यस्तो व्यक्तिमा कसैले पनि गल्ती भेट्टाउन सक्दैन, तैपनि तिनीहरूलाई तिनीहरूको भित्री सारसम्मै शैतानले अत्यन्तै धेरै र पूर्ण रूपमा भ्रष्ट तुल्याएको हुन्छ। यी मानिसहरूमा कुनै बाहिरी त्रुटि भेट्टाउन नसकिए पनि, सतहमा तिनीहरू भलादमी, उत्कृष्ट भए पनि, र तिनीहरूमा ज्ञान र निश्‍चित नैतिकता भए पनि, र तिनीहरूसँग निष्ठा भए पनि, र ज्ञानको हिसाबमा तिनीहरू जवान मानिसहरूभन्दा कुनै पनि हालतमा कमजोर नभए पनि, तिनीहरूको प्रकृति सारको हिसाबमा, यस्ता मानिसहरू शैतानको पूर्ण र जीवित नमुना हुन्छन्; तिनीहरू शैतानको स्वरूपसँग अत्यन्तै मिल्‍ने हुन्छन्। शैतानले मानिसलाई भ्रष्ट तुल्याएर पाउने “फल” यही नै हो। मैले जे भनेँ त्यसले तिमीहरूलाई चोट पुर्‍याउन सक्छ, तर यो सबै साँचो हो। मानिसले अध्ययन गर्ने ज्ञान, उसले बुझ्‍ने विज्ञान, र सामाजिक प्रचलनसँग मिल्‍नको लागि उसले छनौट गर्ने माध्यमहरू सबै नै मानिसलाई भ्रष्ट तुल्याउने शैतानका औजारहरू हुन्, यसमा कुनै अपवाद छैन। यो पूर्णतया सत्य छ। त्यसकारण, मानिस शैतानले पूर्णतया भ्रष्ट तुल्याएको स्वभावभित्र जिउँछ, र मानिससँग परमेश्‍वरको पवित्रता के हो वा परमेश्‍वरको सार के हो सो जान्‍ने कुनै मार्ग छैन। किनभने सतहमा हेर्दा शैतानले मानिसलाई भ्रष्ट तुल्याउने मार्गहरूमा कुनै गल्ती भेट्टाउन सकिँदैन; कसैको बानीबेहोरालाई हेरेर कुनै कुरा गलत छ भनेर भन्‍न सकिँदैन। हरेक व्यक्तिले सामान्य रूपमा नै आफ्‍नो काम गर्छन् र सामान्य जीवन जिउँछन्; तिनीहरूले सामान्य रूपमै पुस्तक-पुस्तिका र अखबार पढ्छन्, तिनीहरूले सामान्य रूपमै अध्ययन गर्छन् र बोल्छन्। कतिपय मानिसहरूले केही नीतिशास्‍त्र सिकेका हुन्छन् अनि बोल्‍नमा सिपालु हुन्छन्, समझदार र मित्रवत् हुन्छन्, सहयोगी र परोपकारी हुन्छन्, र सानातिना कुरामा झैझगडा गर्ने वा मानिसहरूबाट फाइदा लिने गर्दैनन्। तैपनि, तिनीहरूको भ्रष्ट शैतानी स्वभावले तिनीहरूभित्र गहन रूपमा जरा गाडेको हुन्छ र बाहिरी प्रयासमा भर परेर यो सारलाई परिवर्तन गर्न सकिँदैन। यो सारको कारणले गर्दा, मानिसले परमेश्‍वरको पवित्रतालाई जान्‍न सक्दैन, र परमेश्‍वरको पवित्रताको सारलाई मानिसको निम्ति खुलासा गरिएको भए पनि मानिसले यसलाई गम्‍भीर रूपमा लिँदैन। किनभने विभिन्‍न माध्यमहरूद्वारा शैतानले मानिसको भावना, विचार, दृष्टिकोण र सोचाइहरूलाई नियन्त्रण गरिसकेको छ। यो नियन्त्रण र भ्रष्टता अस्थायी वा कहिलेकहीँ हुने कुरा होइन, बरु यो त जहाँसुकै र जुनसुकै समयमा हुने कुरा हो। तसर्थ, तीन वा चार, वा पाँच वा छ वर्षदेखि परमेश्‍वरलाई विश्‍वास गर्दै आएका धेरै मानिसहरूले तिनीहरूमा शैतानले हालिदिएका यी दुष्ट विचार, दृष्टिकोण, तर्क, र सिद्धान्तहरूलाई मूल्यवान् ठान्छन्, र तिनलाई त्याग्‍न सक्दैनन्। शैतानको प्रकृतिबाट आउने दुष्ट, अहङ्कारी र दुर्भावनापूर्ण कुराहरूलाई मानिसले स्वीकार गरेको हुनाले, मानिसको अन्तर्वैयक्तिक सम्‍बन्धहरूमा प्रायजसो द्वन्द्व, तर्कवितर्क र बेमेल हुन्छ, जुन शैतानको अहङ्कारी प्रकृतिको परिणामस्वरूप आउँछ। यदि शैतानले मानवजातिलाई सकारात्मक कुराहरू दिएको भए—उदाहरणको लागि, मानिसले स्वीकार गरेको परम्‍परागत संस्कृतिको कन्फ्युसियसवाद र ताओवाद असल कुराहरू भएका भए—ती कुराहरूलाई स्वीकार गरिसकेपछि उस्तै प्रकारका मानिसहरू एक-अर्कासँग मिलेर बस्‍नु पर्नेथियो। त्यसो भए, किन उही कुराहरूलाई स्वीकार गर्ने मानिसहरूका बीचमा त्यति ठूलो विभाजन छ त? किन त्यसो भयो त? किनभने यी कुराहरू शैतानबाट आउँछन् अनि शैतानले मानिसहरूका बीचमा विभाजन पैदा गर्छ। शैतानबाट आउने कुराहरू सतहमा हेर्दा जत्ति नै गौरवशाली वा महान् देखिए पनि तिनले मानिसमा र मानिसको जीवनमा अहङ्कार मात्रै ल्याउँछ, र त्यो शैतानको दुष्ट प्रकृतिको धोका बाहेक केही पनि होइन। के यो त्यस्तै हो नि, होइन र? आफैलाई छदमभेषमा लुकाउन सक्‍ने, प्रचुर ज्ञान भएको वा राम्रो बाल्यकाल बिताएको कुनै पनि व्यक्तिलाई समेत उसको भ्रष्ट शैतानी स्वभावलाई लुकाउन कठिन हुन्छ। भन्‍नुको अर्थ, यस्तो मानिसले आफैलाई जस्तोसुकै तरिकाले वस्‍त्र पहिर्‍याए पनि, तैँले तिनीहरूलाई सन्त ठाने पनि, वा तैँले त्यसलाई सिद्ध छ भन्‍ने ठाने पनि, वा तैँले तिनीहरू स्वर्गदूत हुन् भन्‍ने ठाने पनि, तिनीहरू जति शुद्ध छन् भन्‍ने तैँले ठाने पनि, पर्दापछाडिको तिनीहरूको वास्तविक जीवन कस्तो हुन्छ त? तिनीहरूको स्वभावको प्रकाशमा तैँले कस्तो सार देख्छस्? तैँले शैतानको दुष्ट प्रकृति देख्छस् भन्‍नेमा कुनै शङ्का छैन। के त्यसो भन्‍नु स्वीकार्य छ? (छ।) उदाहरणको लागि, मानौँ तिमीहरूले असल व्यक्ति भनी ठानेको तिमीहरूको नजिकको कुनै व्यक्ति होला, सायद तैँले पूजनीय ठान्‍ने कुनै व्यक्ति होला। तेरो वर्तमान कदद्वारा, तैँले तिनीहरूलाई के ठान्छस्? सबभन्दा पहिले, तैँले यस प्रकारको व्यक्तिमा मानवता छ कि छैन, तिनीहरू इमानदार छन् कि छैनन्, मानिसहरूप्रति तिनीहरूको प्रेम साँचो छ कि छैन, तिनीहरूको बोलीवचन र कार्यले अरूलाई फाइदा र सहयोग पुर्‍याउँछ कि पुर्‍याउँदैन भनेर मूल्याङ्कन गर्छस्। (तिनीहरू त्यस्तो छैनन्।) यी मानिसहरूले प्रकट गर्ने तथाकथित दया, प्रेम वा असलपन के हो त? यो सबै झूट, यो सबै देखावटी हो। यो देखावटीपनभित्र एउटा गोप्‍य दुष्ट उद्देश्य हुन्छ: आफूलाई प्रिय र पूजनीय बनाउनु। के तिमीहरू यसलाई स्पष्ट रूपमा देख्छौ? (देख्छौँ।)

मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने विधिहरूले मानवजातिमा के ल्याउँछ? तिनले कुनै सकारात्मक कुरा ल्याउँछ? पहिलो कुरा, के मानिसले असल र खराबको बीचमा भिन्‍नता छुट्याउन सक्छ? यो संसारमा चाहे कुनै चर्चित वा महान् व्यक्ति होस्, वा कुनै अखबार वा अरू प्रकाशक होस्, के तिनीहरूले कुनै कुरा असल वा खराब, वा सही वा गलत छ भनी मूल्याङ्कन गर्न प्रयोग गर्ने मापदण्डहरू सही छन् भनेर भन्छस्? के घटना र मानिसहरू सम्‍बन्धी तिनीहरूको लेखाजोखा सही छ? तिनमा सत्यता समावेश छ? के यो संसार, यो मानवजातिले सकारात्मक र नकारात्मक कुराहरूलाई सत्यताको मापदण्डको आधारमा मूल्याङ्कन गर्छ? (गर्दैन।) किन मानिसहरूमा त्यो क्षमता छैन? मानिसहरूले धेरै ज्ञान अध्ययन गरेका छन् र तिनीहरूलाई विज्ञानको बारेमा धेरै थाहा छ, त्यसकारण तिनीहरूमा धेरै क्षमताहरू छन्, छैनन् र? त्यसो भए किन तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरूको बीचमा भिन्‍नता छुट्याउन सक्दैनन्? किन यसो हुन्छ? (किनभने मानिसहरूसँग सत्यता छैन; विज्ञान र ज्ञान सत्यता होइनन्।) शैतानले मानवजातिमा ल्याउने सबै कुरा दुष्ट, भ्रष्ट अनि सत्यता, जीवन र मार्गविनाका कुराहरू हुन्। शैतानले मानिसमा ल्याउने दुष्टता र भ्रष्टताको आधारमा, के शैतानसँग प्रेम छ भनेर तैँले भन्‍न सक्छस्? के मानिसमा प्रेम छ भनेर तैँले भन्‍न सक्छस्? कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्: “तपाईं गलत हुनुहुन्छ; संसारभरि गरिब वा घरबार विहीनलाई सहयोग गर्ने धेरै मानिसहरू छन्। के यिनीहरू असल मानिसहरू होइनन् र? असल कार्य गर्ने परोपकारी संस्थाहरू पनि छन्; के तिनीहरूले गर्ने काम असल होइन र?” त्यसबारेमा तिमीहरू के भन्छौ? मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले विभिन्‍न विधि र सिद्धान्तहरूको प्रयोग गर्छ; के मानिसको यो भ्रष्टता एउटा अस्पष्ट अवधारणा हो त? होइन, यो अस्पष्ट छैन। शैतानले पनि केही व्यवहारिक कुराहरू गर्छ, र यसले पनि यो संसार र समाजमा दृष्टिकोण वा सिद्धान्तलाई प्रवर्धन गर्छ। हरेक राजवंश र हरेक कालखण्डमा, त्यसले सिद्धान्तको प्रवर्धन गर्छ र मानिसको मनमस्तिष्कमा विचारहरू घुसाइदिन्छ। यी विचार र सिद्धान्तहरूले बिस्तारै मानिसको हृदयमा जरा गाड्छन्, त्यसपछि तिनीहरू तिनकै आधारमा जिउन थाल्छन्। तिनीहरूले यी कुराहरू अनुरूप जिउन थालेपछि, के तिनीहरू पत्तै नपाई शैतान बन्दैनन् र? के त्यसपछि मानिसहरू शैतानसँग एक बन्दैनन् र? जब मानिसहरू शैतानसँग एक बन्छन्, आखिरमा परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति के हुन्छ? के यो परमेश्‍वरप्रति शैतानको जे मनोवृत्ति छ त्यही होइन र? यसलाई स्वीकार गर्न कसैले पनि आँट गर्दैन, गर्छ त? कस्तो भयानक कुरो! शैतानको प्रकृति दुष्ट छ भनेर म किन भन्छु त? म विनाआधार यसो भन्दिन; बरु, त्यसले के गरेको छ र त्यसले के प्रकट गरेको छ, ती कुराहरूको आधारमा शैतानको प्रकृतिलाई निर्धारित र विश्‍लेषण गरिन्छ। यदि मैले शैतान दुष्ट छ भनेर मात्रै भनेको भए, तिमीहरूले के सोच्‍नेथियौ? तिमीहरूले यो सोच्‍नेथियौ: “अवश्य नै शैतान दुष्ट छ।” म तँलाई सोध्छु: “शैतानको कुन-कुन पक्षहरू दुष्ट छन् त?” यदि तैँले यसो भनिस् भने: “परमेश्‍वर विरुद्ध शैतानले गर्ने विरोध दुष्ट छ,” तैँले अझै पनि स्पष्टताको साथ बोलिरहेको हुनेथिइनस्। अब मैले यसरी निश्‍चित विवरणहरूको बारेमा बताइसकेको हुनाले, के तिमीहरूसँग शैतानको दुष्टताको सारको निश्‍चित विषयवस्तुको बारेमा बुझाइ छ? (छ।) यदि शैतानको दुष्ट प्रकृतिलाई तिमीहरू स्पष्ट रूपमा देख्‍न सक्छौ भने, तिमीहरूले तिमीहरूका आफ्‍नै अवस्थाहरूलाई देख्‍नेछौ। यी दुई कुराका बीचमा कुनै सम्‍बन्ध छ? यो तिमीहरूका लागि उपयोगी छ कि छैन? (छ।) जब म परमेश्‍वरको पवित्रताको सारको बारेमा सङ्गति गर्छु, के मैले शैतानको दुष्ट सारको बारेमा सङ्गति गर्नु आवश्यक हुन्छ त? यसको बारेमा तिमीहरूको विचार के छ? (हो, यो आवश्यक छ।) किन? (शैतानको दुष्टताले परमेश्‍वरको पवित्रतालाई स्पष्ट देखिने तुल्याउँछ।) के यो त्यस्तै हो त? शैतानको दुष्टताविना मानिसहरूले परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने थाहा पाउनेथिएन भन्‍ने अर्थमा यो आंशिक रूपमा सही छ; यसो भन्‍नु सही छ। तैपनि, यदि तैँले परमेश्‍वरको पवित्रता शैतानको दुष्टताको विपरीत भएको कारण मात्रै अस्तित्वमा छ भनेर भन्छस् भने, के यो सही हुन्छ त? यो विरोधाभासपूर्ण सोचाइ गलत छ। परमेश्‍वरको पवित्रता परमेश्‍वरको अन्तर्निहित सार हो; परमेश्‍वरले यसलाई उहाँका कार्यहरूद्वारा प्रकट गर्नुभए पनि, यो परमेश्‍वरको सारको प्राकृतिक अभिव्यक्ति हो र यो परमेश्‍वरको अन्तर्निहित सार नै हो; मानिसले यसलाई देख्‍न नसके पनि यो सधैँ अस्तित्वमा छ र परमेश्‍वरमा यो अन्तर्निहित र स्वाभाविक रूपमा छ। यस्तो हुन्छ किनभने मानिस शैतानको भ्रष्ट स्वभावको बीचमा र शैतानको प्रभावमा जिउँछ, अनि तिनीहरूलाई पवित्रताको बारेमा थाहा छैन, परमेश्‍वरको पवित्रताको निश्‍चित विषयवस्तुको बारेमा थाहा हुनु त परै जाओस्। त्यसकारण, के हामीले सुरुमा शैतानको दुष्ट सारको बारेमा सङ्गति गर्नु आवश्यक छ त? (हो, छ।) कतिपय मानिसहरूले केही शङ्का व्यक्त गर्न सक्छन्: “तपाईंले परमेश्‍वर स्वयम्‌को बारेमा सङ्गति गर्दै हुनुहुन्छ, त्यसकारण तपाईं किन सधैँ शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ र कसरी शैतानको स्वभाव भ्रष्ट छ भनेर कुरा गरिरहनुहुन्छ?” अब तिमीहरूले यी शङ्काहरूलाई रोकिसकेका छौ, छैनौ त? जब मानिसहरूसँग शैतानको दुष्टताको बारेमा बोध हुन्छ र जब तिनीहरूसँग यसको बारेमा सटीक परिभाषा हुन्छ, जब मानिसहरूले दुष्टताको निश्‍चित विषयवस्तु र प्रकटीकरण, दुष्टताको स्रोत र सारलाई स्पष्ट रूपमा देख्‍न सक्छन्, तब मात्रै परमेश्‍वरको पवित्रतासम्बन्धी छलफलमार्फत मानिसहरूले परमेश्‍वरको पवित्रता के हो, पवित्रता आफै के हो भनेर महसुस गर्न वा पहिचान गर्न सक्छन्। यदि मैले शैतानको दुष्टताको बारेमा छलफल गरिन भने, मानिसहरूले समाजमा र मानिसहरूका बीचमा गर्ने कुराहरूले—वा यो संसारमा अस्तित्वमा रहेका निश्‍चित कुराहरूले—पवित्रतासँग केही सम्‍बन्ध राख्छ भनेर कतिपय मानिसहरूले गलत रूपमा विश्‍वास गर्नेछन्। के यो गलत दृष्टिकोण होइन र? (हो, यो गलत हो।)

अब मैले शैतानको सारको बारेमा यसरी सङ्गति गरेको हुनाले, विगत केही वर्षहरूमा तिमीहरूले प्राप्त गरेको अनुभवहरूद्वारा, परमेश्‍वरको वचन अध्ययनद्वारा र उहाँको कार्यको अनुभवद्वारा तिमीहरूले परमेश्‍वरको पवित्रताको बारेमा के-कस्तो बुझाइ प्राप्त गरेका छौ? यसको बारेमा अघि आइज र बोल्। तैँले सुन्दा राम्रो सुनिने शब्‍दहरूको प्रयोग गर्नु पर्दैन, तर तँ तेरा आफ्‍नै अनुभवहरूबाट बोल्। के परमेश्‍वरको पवित्रतामा उहाँको प्रेम मात्रै समावेश हुन्छ? के हामीले पवित्रता भनेर व्याख्या गर्ने परमेश्‍वरको प्रेम मात्रै हो? त्यो त अत्यन्तै एकतर्फी हुनेथियो, होइन र? के परमेश्‍वरको प्रेम बाहेक, परमेश्‍वरको सारका अन्य पक्षहरू छन्? के तिमीहरूले तिनलाई देखेका छौ? (देखेका छौँ। परमेश्‍वरले उत्सव र चाडपर्वहरू, रीतिरिवाज र अन्धविश्‍वासहरूलाई तिरस्कार गर्नुहुन्छ; यो पनि परमेश्‍वरको पवित्रता नै हो।) परमेश्‍वर पवित्र हुनुहुन्छ, त्यसकारण उहाँले यी कुराहरूलाई तिरस्कार गर्नुहुन्छ, के तिमीहरूले यही भन्‍न खोजेको होइन? जब यसको बारेमा कुरा आउँछ, तब परमेश्‍वरको पवित्रता भनेको के हो? के परमेश्‍वरको पवित्रतामा ठोस विषयवस्तु छैन, केवल घृणा मात्रै छ भन्‍ने हो? के तिमीहरूले “परमेश्‍वरले यी दुष्ट कुराहरूलाई घृणा गर्नुहुने हुँदा, परमेश्‍वर पवित्र हुनुहुन्छ भनी भन्‍न सकिन्छ” भनेर आफ्‍नो मनमा सोचिरहेका छौ? के यो अनुमान होइन र? के यो अनुमान र मूल्याङ्कनको एउटा रूप होइन र? जब परमेश्‍वरको सार सम्‍बन्धी हाम्रो बुझाइको कुरा आउँछ तब हामी जोगिनैपर्ने सबैभन्दा ठूलो गलत कदम के हो? (यो हामीले वास्तविकतालाई पछाडि छोडेर सिद्धान्तहरूका बारेमा बोल्‍नुहुँदैन भन्‍ने हो।) यो अत्यन्तै ठूलो गलत कदम हो। के अरू कुनै कुरा छ? (अनुमान र कल्‍पना।) यिनीहरू पनि अत्यन्तै गम्भीर गलत कदमहरू हुन्। किन अनुमान र कल्‍पना उपयोगी हुँदैनन्? तिमीहरूले अनुमान गर्ने र कल्‍पना गर्ने कुराहरूलाई के तिमीहरूले साँच्‍चै देख्‍न सक्छौ? के ती परमेश्‍वरको साँचो सार हुन्? (होइनन्।) अरू के कुराबाट टाढा बस्‍नुपर्छ? के परमेश्‍वरको सारलाई व्याख्या गर्नको लागि केवल मनोहर शब्‍दहरूको हरफ कण्ठ गर्नु गलत कदम हो? (हो।) के यो देखावटी र निरर्थक होइन र? मनोहर शब्‍दहरू छनौट गर्नुजस्तै मूल्याङ्कन र अनुमान गर्नु पनि निरर्थक छन्। खोक्रो प्रशंसा पनि निरर्थक छ, होइन र? के मानिसहरूले यस प्रकारको निरर्थक गफ गरेको सुन्‍न परमेश्‍वरलाई मन पर्छ? (होइन, उहाँलाई मन पर्दैन।) यस्तो कुरा सुन्दा उहाँलाई असहज महसुस हुन्छ! जब परमेश्‍वरले मानिसहरूको समूहलाई मार्गनिर्देशित र उद्धार गर्नुहुन्छ, तब यो समूहले उहाँको वचन सुनिसकेपछि पनि उहाँले के भन्‍न खोज्‍नुभएको हो भन्‍ने कहिल्यै बुझ्दैन। कसैले सोध्‍न सक्छ: “के परमेश्‍वर असल हुनुहुन्छ?” अनि तिनीहरूले जवाफ दिन्छन्, “हो!” “कति असल?” “अत्यन्तै धेरै असल!” “के परमेश्‍वरले मानिसलाई प्रेम गर्नुहुन्छ?” “गर्नुहुन्छ!” “कति धेरै? के तिमीहरू व्याख्या गर्न सक्छौ?” “अत्यन्तै धेरै! परमेश्‍वरको प्रेम समुद्रभन्दा गहिरो, आकाशभन्दा उच्‍च छ!” के यी शब्‍दहरू निरर्थक छैनन् र? अनि के यो निरर्थकता तिमीहरूले भर्खरै भनेको कुरा अर्थात् “परमेश्‍वरले शैतानको भ्रष्ट स्वभावलाई घृणा गर्नुहुन्छ, त्यसकारण परमेश्‍वर पवित्र हुनुहुन्छ” भन्‍नेजस्तै छैन र? (छ।) के तिमीहरूले भर्खरै भनेको कुरा निरर्थक छैन र? अनि बोलिने अधिकांश निरर्थक कुराहरू कहाँबाट आउँछन्? त्यसरी बोलिने निरर्थक कुराहरू मुख्य रूपमा मानिसहरूमा जिम्‍मेवारीपन र परमेश्‍वरप्रतिको डर नहुनुको कारणबाट आउँछन्। के हामी त्यसो भन्‍न सक्छौँ? तँमा कुनै बुझाइ थिएन, तैपनि तैँले निरर्थक कुरा गरिस्। के त्यो गैर-जिम्‍मेवारी होइन र? के त्यो परमेश्‍वरको अनादर होइन र? तैँले केही ज्ञान सिकेको छस्, केही विचार र तर्कलाई बुझेको छस्, तैँले परमेश्‍वरलाई बुझ्‍नको लागि यी कुराहरू गरेको छस्, साथै, तिनको प्रयोग गरेको छस्। के तैँले त्यसरी बोलेको सुन्दा परमेश्‍वरलाई नरमाइलो महसुस हुन्छ भन्‍ने तँलाई लाग्छ? यी विधिहरूको प्रयोग गरेर तैँले कसरी परमेश्‍वरलाई जान्‍ने प्रयास गर्न सक्छस्? जब तँ त्यसरी बोल्छस्, के यो अनौठो सुनिँदैन र? त्यसकारण, जब परमेश्‍वरको ज्ञानको कुरा आउँछ, व्यक्ति अत्यन्तै सतर्क हुनुपर्छ; तैँले जति हदसम्‍म परमेश्‍वरलाई चिनेको छस् त्यति हदसम्‍म मात्रै बोल्‍नुपर्छ। इमान्दारीपूर्वक र व्यवहारिक रूपमा बोल् अनि तेरा शब्‍दहरूलाई बेस्वादका तारिफहरूले नसिँगार्, अनि चापलुसीको प्रयोग नगर्; परमेश्‍वरलाई यसको खाँचो छैन; यस्तो कुरा शैतानबाट आउँछ। शैतानको स्वभाव अहङ्कारी छ; शैतानलाई चापलुसी गरेको र राम्रा शब्‍दहरू भनेको सुन्‍न मन पर्छ। यदि मानिसहरूले आफूले सिकेका सबै मनोहर शब्‍दहरूलाई कण्ठ गरेर त्यसलाई शैतानको लागि प्रयोग गरे भने शैतान प्रसन्‍न र खुशी हुनेछ। तर परमेश्‍वरलाई यसको खाँचो पर्दैन; परमेश्‍वरलाई प्रशंसा वा चापलुसी चाहिँदैन र मानिसहरूले निरर्थक रूपमा बोल्दै उहाँलाई अन्धाधुन्ध प्रशंसा गरून् भन्‍ने मापदण्ड तोक्नुभएको छैन। वास्तविकतासँग नमिल्‍ने प्रशंसाहरू र चापलुसीलाई परमेश्‍वर घृणा गर्नुहुन्छ र तिनलाई उहाँले सुन्‍नुहुने समेत छैन। त्यसकारण, जब कतिपय मानिसहरूले परमेश्‍वरलाई कपटी रूपमा प्रशंसा गर्छन्, र अन्धाधुन्ध उहाँलाई भाकल र प्रार्थना गर्छन्, परमेश्‍वरले तिनलाई सुन्दै-सुन्‍नुहुन्‍न। तैँले जे भन्छस् त्यसको तैँले जिम्‍मेवारी लिनैपर्छ। यदि तँलाई कुनै कुरा थाहा छैन भने, थाहा छैन भन्; यदि तँलाई कुनै कुरा थाहा छ भने, यसलाई व्यवहारिक रूपमा व्यक्त गर्। त्यसकारण, परमेश्‍वरको पवित्रताले खास र वास्तविक रूपमा केलाई जनाउँछ भन्‍ने विषयमा, के तँसँग यसको बारेमा साँचो बुझाइ छ? (जब मैले विद्रोहीपनलाई व्यक्त गरेँ, जब मैले अपराध गरेँ, मैले परमेश्‍वरको न्याय र सजाय प्राप्त गरेँ, त्यसमा मैले परमेश्‍वरको पवित्रतालाई देखेँ। अनि जब मैले मेरो अपेक्षाहरू अनुसार नरहेका वातावरणहरूको सामना गरेँ, मैले यी कुराहरूका बारेमा प्रार्थना गरेँ र परमेश्‍वरको अभिप्रायहरूलाई खोजेँ, र परमेश्‍वरले मलाई आफ्‍नो वचनले अन्तर्दृष्टि दिएर मार्गनिर्देशित गर्नुभएपछि, मैले परमेश्‍वरको पवित्रतालाई देखेँ।) यो तेरो आफ्‍नै अनुभवबाट आएको हो। (परमेश्‍वरले यसबारेमा भन्‍नुभएको कुराबाट मैले शैतानले भ्रष्ट तुल्याएपछि र त्यसले हानि गरेपछि मानिस के बनेको छ सो देखेको छु। तैपनि, हामीलाई मुक्ति दिनको लागि परमेश्‍वरले हामीलाई सबै कुरा दिनुभएको छ, र यसबाट म परमेश्‍वरको पवित्रतालाई देख्छु।) यो बोल्‍ने यथार्थ तरिका हो; यो साँचो ज्ञान हो। के यसलाई बुझ्‍ने कुनै फरक तरिकाहरू छन्? (हव्‍वालाई प्रलोभनमा पारी पाप गर्न लगाउन र प्रभु येशूलाई परीक्षा गर्न बोलेका वचनहरूबाट म शैतानको दुष्टतालाई देख्छु। आदम र हव्‍वालाई तिनीहरूले के खानु हुन्छ र के खानु हुँदैन भन्‍ने बारेमा परमेश्‍वरले बोल्नुभएको वचनबाट म परमेश्‍वर सोझो रूपमा, स्पष्ट रूपमा, र विश्‍वासयोग्य रूपमा बोल्‍नुहुन्छ भन्‍ने देख्छु; यसबाट म परमेश्‍वरको पवित्रतालाई देख्छु।) माथिका टिप्पणीहरू सुनिसकेपछि, कसको वचनले तिमीहरूलाई सबैभन्दा बढी “आमेन” भन्‍न उत्प्रेरित गर्‍यो? कसको सङ्गति आजको हाम्रो सङ्गतिको विषयसँग सबैभन्दा बढी मिलेको थियो? कसका वचनहरू सबैभन्दा वास्तविक थिए? अन्तिम बहिनीको सङ्गति कस्तो थियो? (राम्रो।) उनले जे भनिन् त्यसमा तिमीहरू “आमेन” भन। उनले भनेको के कुरा ठ्याक्‍कै मिलेको थियो? (भर्खरै बोल्‍नुभएकी दिदीको वचनहरूबाट मैले परमेश्‍वरको वचन सीधा र अत्यन्तै स्पष्ट छ, र यो शैतानको घुमाउरो कुराजस्तो छैन भन्‍ने सुनेँ। यसमा मैले परमेश्‍वरको पवित्रतालाई देखेँ।) यो त्यसको एउटा भाग हो। के यो सही थियो? (थियो।) एकदम राम्रो। गत दुई सङ्गतिमा तिमीहरूले केही प्राप्त गरेका छौ भन्‍ने म देख्छु, तर तिमीहरूले कठिन परिश्रमलाई जारी राख्‍नुपर्छ। तिमीहरूले कठिन परिश्रम गर्नु पर्ने कारण के हो भने परमेश्‍वरको सारलाई बुझ्‍नु भनेको अत्यन्तै प्रगाढ पाठ हो; यो व्यक्तिले एकै रातमा बुझ्‍ने, वा एक-दुई वटा शब्‍दहरूद्वारा नै व्यक्त गर्न सक्‍ने कुरा होइन।

मानिसहरूको भ्रष्ट शैतानी स्वभाव, ज्ञान, सिद्धान्त, मानिसहरूका विचार र दृष्टिकोणहरूका हरेक पक्षले, अनि व्यक्तिगत मानिसहरूको निश्‍चित व्यक्तिगत पक्षहरूले तिनीहरूलाई परमेश्‍वरको सार जान्‍नबाट निकै बाधा दिन्छ; त्यसकारण, जब तैँले यी विषयहरूलाई सुन्छस्, तीमध्ये कतिपय विषयहरू तेरो पहुँचभन्दा बाहिर हुन सक्छन्; कतिलाई तैँले नबुझ्‍न सक्छस्, जबकि कतिलाई तैँले आधारभूत रूपमा वास्तविकतासँग मिलाउन सक्दैनस्। जे भए तापनि, परमेश्‍वरको पवित्रता सम्‍बन्धी तिमीहरूको बुझाइलाई मैले सुनेको छु र मलाई थाहा छ, परमेश्‍वरको पवित्रताको बारेमा मैले जे भनेँ र सङ्गति गरेँ त्यसलाई तिमीहरूले आफ्‍नो हृदयमा स्वीकार गर्न थालेछौ। मलाई थाहा छ, तिमीहरूको हृदयमा परमेश्‍वरको पवित्रताको सारलाई बुझ्‍ने इच्‍छा उम्रन थालेको छ। तर मलाई के कुराले अझै बढी खुशी तुल्याउँछ भने तिमीहरू पहिले नै परमेश्‍वरको पवित्रता सम्‍बन्धी तिमीहरूको ज्ञानलाई व्याख्या गर्न सरल शब्‍दहरूको प्रयोग गर्न सक्‍ने भइसकेका रहेछौ। यो भन्‍नको लागि सरल भए पनि र मैले पहिले नै यसो भनिसकेको भए पनि, तिमीहरूमध्ये अधिकांशको हृदयमा, तिमीहरूले यी वचनहरूलाई स्वीकार गर्न अझै बाँकी छ, र अवश्य नै तिनले तिमीहरूको मनमस्तिष्कमा कुनै प्रभाव पारेको छैन। तैपनि, तिमीहरूमध्ये कतिले यी शब्‍दहरूलाई याद राखेका छौ। यो एकदम राम्रो कुरा हो र यो निकै आशाजनक सुरुवात हो। मलाई आशा छ, तिमीहरूले आफूलाई गहन ठानेका विषयहरूलाई वा तिमीहरूको पहुँचभन्दा बाहिरका विषयहरूलाई झन्-झन् बढी मनन गर्ने र सङ्गति गर्ने कार्यलाई जारी राख्‍नेछौ। तिमीहरूको पहुँचभन्दा बाहिरका विषयहरूका लागि तिमीहरूलाई थप मार्गनिर्देशित गर्नको लागि कोही न कोही हुनेछ। अहिले तिमीहरूले आफ्नो पहुँचभित्रका क्षेत्रहरूको सम्बन्धमा अझै बढी सङ्गतिमा सहभागी भयौ भने, पवित्र आत्‍माले आफ्‍नो काम गर्नुहुनेछ र तिमीहरूले अझै गहन बुझाइ प्राप्त गर्नेछौ। परमेश्‍वरको सारलाई बुझ्‍ने र परमेश्‍वरको सारलाई जान्‍ने कुरा मानिसहरूको जीवनप्रवेशको लागि सबैभन्दा महत्त्वपूर्ण छ। मलाई आशा छ, तिमीहरूले यसलाई बेवास्ता गर्ने वा यसलाई खेलको रूपमा लिने गर्दैनौ, किनभने परमेश्‍वरलाई चिन्‍नु भनेको मानिसको विश्‍वासको जग हो र मानिसले सत्यताको खोजी गर्ने र मुक्ति प्राप्त गर्ने चाबी हो। यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् तैपनि उहाँलाई चिन्दैनन् भने, यदि तिनीहरू शब्‍द र सिद्धान्तहरूमा मात्रै जिउँछन् भने, तिनीहरूले सत्यताको सतही अर्थअनुसार काम गरे र जिए भने पनि तिनीहरूले मुक्ति प्राप्त गर्न कहिल्यै सम्‍भव हुनेछैन। भन्‍नुको अर्थ, यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् तर उहाँलाई चिन्दैनस् भने, तेरो विश्‍वास व्यर्थ हुन्छ र त्यसमा कुनै वास्तविकता हुँदैन। तिमीहरूले बुझ्दैछौ, होइन त? (हो, हामीले बुझ्दैछौँ।) आजको हाम्रो सङ्गति यहीँ समाप्त हुनेछ।

जनवरी ४, २०१४

अघिल्लो: परमेश्‍वर स्वयम् अद्वितीय ४

अर्को: परमेश्‍वर स्वयम् अद्वितीय ६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्