७२ परमेश्वरले ब्रह्माण्डभरि नयाँ काम गर्नुभएको छ
१
म स्वर्गहरूलाई मेरा कार्यका प्रकटीकरणद्वारा भर्नेछु र पृथ्वीका सबै थोकलाई मेरो शक्तिअन्तर्गत लम्पसार परेर लड्न लगाउनेछु, यसरी “विश्व एकता”को मेरो योजना कार्यान्वयन गर्नेछु र मेरो यो चाहनालाई सम्पन्न गर्नेछु, ताकि मानवजाति अबउप्रान्त पृथ्वीमा “यताउता भौँतारिने” छैनन्, बरु चाँडै तिनीहरूसँग सुहाउँदो गन्तव्य हुनेछ। म हरेक किसिमले मानवजातिका लागि सोचविचार गर्छु, ताकि सारा मानवजाति चाँडै नै शान्ति र खुसीको भूमिमा जिउन आऊन्, ताकि तिनीहरूका जीवनका दिनहरू अबउप्रान्त उजाड नहोऊन्, र ताकि पृथ्वीमा मेरो योजना शून्यतामा नपुगोस्।
२
मानिस अस्तित्वमा हुने हुनाले, म मेरो राज्य पृथ्वीमा निर्माण गर्नेछु, किनभने मेरो महिमाको प्रकटीकरणको एक अंश पृथ्वीमा रहेको छ। माथि स्वर्गमा, म मेरो सहरलाई उचित तुल्याउनेछु ताकि स्वर्ग माथि र तलका सबै थोक नवीन बनून्। म स्वर्गको माथि र तल अस्तित्वमा रहेका सबै थोकलाई एकतामा ल्याउनेछु, ताकि पृथ्वीका यावत् थोक स्वर्गमा भएका सबै थोकसँग एकीकृत होऊन्। यो मेरो योजना हो; अन्तिम युगमा मैले यही हासिल गर्नेछु—मेरो कामको यो भागमा कसैले पनि हस्तक्षेप नगरोस्!
३
म सारा ब्रह्माण्डभरिका मानवलाई मेरो सिंहासनअघि आफैलाई समर्पण गर्न लगाउनेछु, मेरो न्यायका कारण विभिन्न श्रेणीमा विभाजित हुनेछन्, ती श्रेणीहरू अनुसार वर्गीकृत हुनेछन्, र यसरी तिनीहरूको परिवारमा वर्गीकरण गरिनेछन्, ताकि सम्पूर्ण मानवजातिले म विरुद्ध विद्रोह गर्न छाडून्, बरु मैले नामाकरण गरेका श्रेणीअनुसार सुसङ्गठित र व्यवस्थित प्रबन्धमा रहून्—कोही पनि इच्छाअनुसार चलफिर नगरोस्! सारा ब्रह्माण्डभरि र त्यसको माथि, मैले नयाँ काम गरेको छु; ब्रह्माण्डमा रहेका सारा मानव नै मेरो आकस्मिक देखा पराइका कारण अचम्मित र अक्क न बक्क भएका छन्, मेरो खुल्लमखुल्ला देखा पराइद्वारा तिनीहरूको क्षितिज बृहत् रूपमा विस्तारित भएको छ। आज यस्तै त छ नि होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय ४३