ग. भ्रष्ट मानवजातिका धार्मिक धारणा, विधर्म र भ्रमहरूको खुलासा सम्बन्धी वचनहरू

१३५. परमेश्‍वरमा विश्‍वास गर्दै परमेश्‍वरलाई कसरी चिन्न सकिन्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्‍वरको वचन अनि परमेश्‍वरको कामको आधारमा नै आज परमेश्‍वरलाई, र सबैभन्दा पहिला, उसले परमेश्‍वरको कामलाई जान्‍नुपर्छ। परमेश्‍वरलाई चिन्नुको आधार यही हो। परमेश्‍वरको वचनको सटीक समझ नभएका ती सबै विभिन्‍न भ्रमहरू धार्मिक धारणाहरू मात्र हुन्; ती विकृत अनि गलत बुझाइ हुन्। धार्मिक व्यक्तित्वहरूको सबैभन्दा ठूलो खुबी भनेको विगतमा बुझेको परमेश्‍वरको वचनलाई आजको दिनको परमेश्‍वरको वचनसँग नाप्नु हो। यदि, आजको दिनको प्रभुलाई सेवा गरिरहँदा तँ विगतमा पवित्र आत्माले प्रकट गर्नुभएको कुराहरूमा टाँसिरहन्छस् भने, तेरो सेवामा बाधा सृजना हुनेछ, अनि तेरो अभ्यास पुरानो हुनेछ, ती धार्मिक रीति बाहेक केही हुनेछैन। यदि परमेश्‍वरको सेवकाइ गर्नेहरूमा अरू योग्यताहरू बाहेक, तिनिहरू बाहिरी रूपले नम्र र धीरज हुनैपर्छ, अनि आज तैँले यो प्रकारको ज्ञानको अभ्यास गरिस् भने, यस्तो ज्ञान केवल धार्मिक धारणा मात्रै हुन्छ; यस्ता कार्यहरू केवल एउटा देखावटी कार्य मात्र बनेको हुन्छ। “धार्मिक धारणा” भन्‍ने वाक्यांशले प्राचीन र अप्रचलित (पहिलेबाट परमेश्‍वरले बोल्नुभएको वचनहरू अनि पवित्र आत्माले सोझै प्रकट गर्नुभएको प्रकाश लगायत) कुराहरूलाई दर्साउँछ, अनि ती कुराहरूलाई आज अभ्यास गरियो भने, त्यसले परमेश्‍वरको कामलाई बाधा दिँदछ अनि मानिसलाई केही लाभ दिँदैन। यदि मानिसहरूले ती कुराहरूलाई आफैबाट हटाउन सकेनन् भने त्यो धार्मिक धारणाभित्र पर्दछ, तब ती कुराहरू परमेश्‍वरको सेवा गर्ने तिनीहरूको कार्यमा एउटा ठूलो बाधा बन्‍नेछ। धार्मिक धारणा बोकेका मानिससँग पवित्र आत्माको कामसित कदम मिलाउने कुनै उपाय हुँदैन—तिनीहरू एक कदम, दुई कदम गर्दै पछि पर्छन्। किनभने धार्मिक धारणाहरूले मानिसलाई उल्‍लेखनीय रूपमा स्व-धर्मी अनि अहङ्कारी बनाउँदछ। परमेश्‍वरले विगतमा जे भन्नुभएको थियो अनि जे गर्नुभएको थियो त्यसमा उहाँ उदास बन्‍नुहुन्न; यदि कुनै काम नलाग्‍ने भयो भने, उहाँले त्यसलाई हटाउनुहुन्छ। के तँ आफ्‍ना धारणाहरू त्याग्न साँच्चै असक्षम छस्? यदि तँ विगतमा परमेश्‍वरले बोल्नुभएको वचनमा नै झुन्डिन्छस् भने, के तैँले परमेश्‍वरको कामलाई बुझ्छस् भन्‍ने यसले प्रमाणित गर्छ? यदि तैँले आज पवित्र आत्माको ज्योति ग्रहण गर्न सक्दैनस्, बरु त्यही पुरानो प्रकाशमा झुन्डी रहन्छस् भने, के तैँले परमेश्‍वरको पाइला पछ्याइरहेको छस् भन्‍ने यसले प्रमाणित गर्छ? के तँ अझै पनि धार्मिक धारणा त्याग्न असक्षम छस्? यदि यसो हो भने, तँ परमेश्‍वरले विरोध गर्ने बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

१३६. परमेश्‍वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो भइहाल्‍ने कार्य पनि छन्। यी विभिन्न किसिमका कार्यहरू, अर्थात् पुरानो र नयाँ कार्य, एक-अर्कामा विरोधाभासपूर्ण छैनन्, तर पूरक हुन्; प्रत्येक चरणले पछिल्‍लो चरणलाई पछ्याउँछ। नयाँ काम आइसकेको हुनाले, पुराना कुराहरूलाई निश्चय नै हटाइनुपर्छ। उदाहरणको लागि, धेरै अघिदेखि स्थापित चलनचल्तीहरू अनि मानिसका प्रचलनका भनाइहरू, मानिसको धेरै वर्षको अनुभव अनि शिक्षाहरूसँग मिलेर, मानिसको मनमा अनेक प्रकारका आदतहरू अनि धारणाका स्वरूपहरू बनिएर आएका छन्। परमेश्‍वरले मानिसलाई उहाँको साँचो मुहार अनि उहाँमा निहित स्वभाव पूर्ण रूपले प्रकट गर्न बाँकी छ, प्राचीनकालदेखिनै धेरै वर्षसम्‍म फैलिएका परम्‍परागत सिद्धान्तहरूले मानिसमा यस्ता धारणाहरूको निर्माणमा अझ धेरै भूमिका खेलेको छ। परमेश्‍वरमाथिको मानिसको विश्‍वासको अवधिमा, विभिन्न प्रकारका धारणाहरूका प्रभावहरूले मानिसमा परमेश्‍वरसम्‍बन्धी अनेक किसिमका धारणागत बुझाइहरूको निरन्तर निर्माण अनि विकास गरेको छ, जसले गर्दा परमेश्‍वरको सेवा गर्ने धेरै धार्मिक मानिसहरू उहाँको शत्रुहरू हुन पुगेका छन्। त्यसकारण, मानिसहरूको धार्मिक धारणाहरू जति बलिया हुन्छन्, तिनीहरूले त्यति नै बढी परमेश्‍वरको विरोध गर्छन्, अनि तिनीहरू त्यति नै बढी परमेश्‍वरका शत्रुहरू बन्छन्। परमेश्‍वरका कामहरू सधैँ नै नयाँ हुन्छन् र कहिल्यै पुरानो हुँदैनन्; यसले कहिले पनि सिद्धान्तको निर्माण गर्दैन, बरु धेरै या थोरै हदमा यो निरन्तर बदलिरहन्छ नवीकरण भइरहन्छ। यो तरिकाले कार्य गर्नु परमेश्‍वर आफैमा निहित स्वभावको एउटा अभिव्यक्ति हो। यो परमेश्‍वरको कार्यको निहित सिद्धान्त पनि हो, अनि यो परमेश्‍वरले आफ्‍नो व्यवस्थापन कार्यलाई पूरा गर्ने साधन पनि हो। यदि परमेश्‍वरले यसरी कार्य नगर्नुभएको भए, मानिस परिवर्तन हुनेथिएन अथवा उसले परमेश्‍वरलाई चिन्न सक्‍नेथिएन, अनि शैतानलाई हराउन सकिनेथिएन। तसर्थ, उहाँको कार्यमा, अस्थिर देखिने, तर वास्तवमा सामयिक रहेका परिवर्तन निरन्तर भइरहन्छ। तैपनि, मानिसले जसरी परमेश्‍वरमा विश्‍वास गर्छ, त्यो बिलकुलै फरक हुँदछ। ऊ पुरानो, परिचित सिद्धान्तहरू र प्रणालीहरूमा नै झुन्डिरहन्छ, अनि तिनीहरू जति पुरानो हो, उसलाई त्यो त्यति नै राम्रो लाग्छ। कसरी मानिसको मूर्ख मन, एउटा ढुङ्गा जस्तै कठोर मनले, परमेश्‍वरको अथाह नयाँ काम र वचनलाई स्वीकार गर्न सक्छ? मानिसले त्यो परमेश्‍वरलाई घृणा गर्छ, जो सर्वदा नयाँ रहनुहुन्छ अनि कहिले पुरानो हुनुहुँदैन; ऊ केवल पुरानो परमेश्‍वरलाई मात्र मन पराउँछ, जसको लामो दाँत, सेतो कपाल हुन्छ, अनि एक ठाउँमा नै अडिग छ। तसर्थ, परमेश्‍वर र मानिसको आ-आफ्नै मनपर्ने कुराहरू भएको कारण, मानिस परमेश्‍वरको शत्रु बनेको छ। आज पनि यस्ता धेरै विरोधाभासहरू छन्, जुन समयमा परमेश्‍वरले छ हजार वर्षदेखि नयाँ कार्य गर्दै आइरहनुभएको छ। त्यसैले तिनीहरू सुधार गर्न नसकिने भइसकेका छन्। सायद यो मानिसहरूको ढिपीको कारण, अथवा परमेश्‍वरको प्रशासनिक नियमहरूलाई कुनै पनि मानिसले उल्‍लङ्घन गर्न नसक्‍ने कारणले यस्तो भएको हो—तर ती सेवक अनि सेविकाहरू ती ढुँडी लागेका पुराना पुस्तकहरू अनि कागजहरूमा टाँसिरहन्छन्, जब कि परमेश्‍वरले आफ्ना व्यवस्थापन कार्यभित्र भएका अधुरा कार्यहरूलाई अघि बढाइरहनुहुन्छ, मानौं उहाँको पक्षमा कोही पनि छैन। यी विरोधाभासहरूले परमेश्‍वर अनि मानिसहरूको शत्रु बनाउने भए पनि, र ती समाधान हुन नसकिने भए पनि, परमेश्‍वरले तिनीहरूलाई तिनीहरू त्यहाँ भए पनि नभएको जस्तै गरी कुनै ध्यान दिनुहुन्‍न। तैपनि, मानिस अझै पनि आफ्‍ना विश्‍वास अनि धारणाहरूमा टाँसिरहन्छ, तिनीहरूलाई कहिले पनि छोड्दैन। यद्यपि एउटा कुरा चाहिँ स्पष्टै छ: मानिस आफ्नो अडानबाट नहटे पनि, परमेश्‍वरको खुट्टा सधैँ अघि बढिरहन्छ, अनि उहाँले आफ्नो अडानलाई परिवेश अनुसार सँधै बदल्नुहुन्छ। अन्तमा, कुनै लडाइँविना हार्नु पर्ने मानिस नै हो। यस क्रममा, परमेश्‍वर, उहाँले पराजित गर्नुभएका उहाँका सबै शत्रुहरूमध्ये उहाँ नै ठूलो हुनुहुन्छ, अनि पराजित र अपराजित सबै मानिसका ठूलो विजेता पनि हुनुहुन्छ। परमेश्‍वरसित प्रतिस्पर्धा गरेर को विजयी हुनसक्छ? मानिसको धारणाहरू परमेश्‍वरबाट नै आएको हो भन्‍नेझैँ लाग्छ, किनभने तीमध्ये धेरै धारणाहरू परमेश्‍वरको कार्य जागृत हुँदा नै जन्‍मिएका थिए। तैपनि, यसको कारणले परमेश्‍वरले मानिसलाई क्षमा गर्नुहुन्न, न त, उहाँको कार्यको समयमा उहाँको कार्यभन्दा बाहिर “परमेश्‍वरको निम्ति” एकपछि अर्को उत्पादन गरेकोमा उहाँले मानिसलाई प्रशंसा नै गर्नुहुन्छ। बरु, उहाँ मानिसका धारणाहरू अनि पुरानो, धार्मिक मान्यताहरूलाई यति घृणा गर्नुहुन्छ कि कुन मितिमा ती धारणाहरू सुरुमा कहाँबाट आयो त्यो स्वीकार गर्ने मन पनि उहाँमा छैन। उहाँले ती सबै उहाँकै कार्यको कारण भएको हो भनी स्वीकार गर्नुहुन्‍न, किनभने मानिसका धारणाहरू मानिसले नै फैलाउँछन्; तिनीहरूको स्रोत मानिसकै सोचहरू अनि मन हुन्—परमेश्‍वर होइन, तर शैतान हो। परमेश्‍वरको अभिप्राय सधैँ नै उहाँको कार्य नयाँ र जीवित होस् भन्ने हो, पुरानो र मरेको होइन, अनि उहाँले मानिसलाई जे पालन गर्न लगाउनुहुन्छ त्यो समय र अवधि अनुसार फरक हुनसक्छ, अनि त्यो अनन्त र अपरिवर्तनीय छैन। किनभने उहाँ मानिसलाई जिउने र नयाँ बनाउने परमेश्‍वर हुनुहुन्छ, मानिसलाई मर्न र वृद्ध हुन लगाउने दियाबलस होइन। के यसलाई तिमीहरू अझ बुझ्दैनौ? परमेश्‍वरको बारेमा तँमा धारणाहरू छन् अनि तिनलाई त्याग्न सक्दैनस्, किनभने तँ कुण्ठित मनको छस्। यो परमेश्‍वरको कार्यबारे थोरै ज्ञान भएको कारणले होइन, न त परमेश्‍वरको कार्य मानिसको इच्छाबाट फरक हुन्छ भनेर, न परमेश्‍वर आफ्नो जिम्मेवारीमा सँधै लापरवाही हुनुहुन्छ भनेर नै हो। तैँले आफ्नो धारणाहरू त्याग्न सक्दैनस् किनभने तँ आज्ञाकारीतामा अत्यन्तै चुकेको छस्, किनभने तँमा सृजना गरिएको प्राणीजस्तो अलिकति पनि छैनस्; यो परमेश्‍वरले तेरो लागि काम-कुराहरू कठिन बनाइदिनुभएकोले होइन। यो सबै तैँले गर्दा नै भयो, अनि परमेश्‍वरसित यसको कुनै सम्बन्ध छैन; सबै कष्टहरू अनि दुर्भाग्य मानिसद्वारा नै सृजना हुँदछ। परमेश्‍वरका विचारहरू सधैँ असल छन्: तैँले कुनै धारणाहरू सृजना गर् भन्ने परमेश्‍वरले चाहनुहुन्न, तर युग बित्दै जाँदा परिवर्तन एवं नवीकरण भएको इच्छा गर्नुहुन्छ। तैपनि तेरो लागि के असल छ त्यो तँ जान्दैनस्, अनि सधैँ तँ जाँच गर्दै वा विश्लेषण गर्दै बस्छस्। परमेश्‍वरले तेरो निम्ति काम-कुराहरू कठिन बनाउनुहुन्छ भन्‍ने होइन, तर परमेश्‍वरप्रति तँमा श्रद्धा छैन, अनि तेरो अनाज्ञाकारिता धेरै ठूलो छ। एउटा सूक्ष्म प्राणी, परमेश्‍वरले पहिले दिनुभएको कुराको सानो अंश लिने आँट गर्छ अनि फर्केर परमेश्‍वरलाई आक्रमण गर्न नै यसको प्रयोग गर्छ—के यो मानिसको अनाज्ञाकारिता होइन र? मानवजाति परमेश्‍वरको अघि आफ्नो विचार पोख्न बिलकुलै अयोग्य छ, अनि तिनीहरू तिनीहरूले इच्छा गरेको जस्तो तिनीहरूको बेकार, गनाउने, कुहेको, फुलाङ्गो भाषामा बोल्दै वरिपरि घुम्नु अझै अयोग्य छन् भनेर भन्‍नु अत्योक्ति हुँदैन—ती सडेका धारणाहरूको बारेमा केही भन्‍नु पर्दैन। के तिनीहरू अझै बेकार छैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

१३७. परमेश्‍वरका कार्यहरू सदैव अघि बढिरहन्छन्, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने तरीका नित्य परिवर्तन हुन्छ, जसको आशय के हो भने परमेश्‍वरलाई पछ्याउनेहरू पनि नित्य परिवर्तन भइरहन्छन्। परमेश्‍वरले जति धेरै काम गर्नुहुन्छ उत्ति नै परमेश्‍वरबारे मानिसको ज्ञान पनि पूर्ण हुन्छ। परमेश्‍वरको कामको जागरणमा मानिसको स्वभावमा पनि सोही अनुरूपको परिवर्तनहरू आउँछन्। तैपनि, परमेश्‍वरको काम सदैव परिवर्तन भइरहने हुनाले पवित्र आत्माको काम नजान्‍नेहरू र सत्यता नचिन्ने ती अर्थहीन मानिसहरूले परमेश्‍वरलाई विरोध गर्न थाल्छन्। परमेश्‍वरको काम मानिसको धारणाअनुसार कहिल्यै हुँदैन, किनभने उहाँको काम सदैव नयाँ हुन्छ र पुरानो कहिल्यै हुँदैन र उहाँ पुरानो कामलाई कहिल्यै पनि दोहोर्‍याउनुहुन्न, बरु यस अघि कहिल्यै नभएका कामहरू गर्दै अघि बढ्नुहुन्छ। परमेश्‍वरले आफ्नो काम कहिल्यै नदोहोर्‍याउनुहुने भएकोले र मानिसले परमेश्‍वरको हालको कामलाई उहाँले विगतमा गर्नुभएको कामको आधारमा सँधै न्याय गर्ने भएकोले नयाँ युगको कामको हरेक चरणलाई कार्यान्वयन गर्न परमेश्‍वरलाई अत्यन्त कठिन भएको छ। मानिससित अत्यन्तै धेरै जटिलताहरू छन्! ऊ उसको सोचाइमा अत्यन्त रूढिवादी छ! परमेश्‍वरको कामलाई कसैले जान्दैन, तैपनि हरेकले यसलाई सीमित गर्छ। जब मानिसले परमेश्‍वरलाई छोड्छ, तब उसले जीवन, सत्य, र परमेश्‍वरको आशिष्‌ गुमाउँछ, तैपनि उसले न जीवन न त सत्यतालाई नै स्वीकार गर्छ, परमेश्‍वरले मानवजातिलाई दिनुहुने अझै ठूलो आशिष्‌ स्वीकार गर्नु त परै जाओस्। सबै मानिसहरूले परमेश्‍वरलाई पाउन चाहन्छन्, तैपनि परमेश्‍वरको काममा हुने कुनै पनि परिवर्तन सहन असक्षम हुन्छन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार नगर्नेहरूले परमेश्‍वरको काम अपरिवर्तनशील हुन्छ, यो सदैव अचल रहन्छ भन्ने विश्‍वास गर्छन्। तिनीहरूको विश्‍वासमा, तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउनलाई गर्नुपर्ने काम भनेको नै व्यवस्था पालन गर्नु हो, र तिनीहरूले आफ्ना पापहरू स्वीकार गरेसम्म र पश्‍चात्ताप गरेसम्म, परमेश्‍वरको इच्छा सदैव पूरा हुनेछ। तिनीहरू परमेश्‍वर व्यवस्थाको मातहतमा हुने परमेश्‍वर र मानिसको निम्ति क्रूस टाँगिएको परमेश्‍वर मात्र हुन सक्नुहुन्छ भन्ने धारणाका हुन्छन्; परमेश्‍वरले बाइबललाई अतिक्रमण गर्नु हुन्न र गर्न सक्‍नुहुन्‍न भन्ने पनि तिनीहरूको धारणा हुन्छ। यी नै धारणाहरूले तिनीहरूलाई पुरानो व्यवस्थाको जन्जिरमा जोडसँग पारेको छ र मृत नियमहरूमा जकडाएको छ। परमेश्‍वरको काम जस्तोसुकै नयाँ होस् यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ र यस्ता कार्यको हरेक चरणमा साँचो हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि प्रकट गरिनु नै पर्छ, नत्र यस्तो काम परमेश्‍वरको काम हुन सक्दैन भनी विश्‍वास गर्नेहरू पनि छन्। परमेश्‍वरलाई चिन्नु मानिसको निम्ति सजिलो काम होइन। मानिसको निरर्थक हृदयको अतिरिक्त स्व-महत्त्व र स्व-अहङ्कार भएको उसको विद्रोही स्वभावलाई लिँदा उसलाई परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्‍वरको नयाँ कामलाई सावधानीपूर्वक विचार गर्छ, न यसलाई नम्रतासँग स्वीकार गर्छ; बरु, उसले परमेश्‍वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्ने क्रममा उसले घृणाको धारणा अङ्गीकार गर्छ। के यो परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्नेहरूको आचरण होइन र? यस्ता मानिसहरूले परमेश्‍वरको स्वीकृति कसरी प्राप्‍त गर्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

१३८. मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई जान्‍नेहरू तिनीहरू मात्रै हुन्। अक्षरहरू र धर्मसिद्धान्तहरूलाई दासले जस्तो पछ्याउने मानिसहरू पवित्र आत्‍माको कार्यद्वारा हटाइएकाहरू हुन्। समयको हरेक अवधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ, र हरेक अवधिमा, मानिसको बीचमा नयाँ सुरुवात हुनेछ। यदि मानिस “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरू, जुन तिनीहरूको सम्‍बन्धित युगहरूमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कार्यमा कहिल्यै पनि लागिरहन सक्दैन, र पवित्र आत्‍माको कार्यलाई प्राप्त गर्न ऊसँधैको लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, मानिसले अलिकति पनि शङ्का नगरिकन पछ्याउँछ, र उसले नजिकबाट पछ्याउँछ। यसरी, मानिसलाई कसरी पवित्र आत्‍माले हटाउन सक्‍नुहुन्छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ, र आशङ्का नगरिकन पवित्र आत्‍माको काममा सहकार्य गर्छ, र परमेश्‍वरका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पाइलाहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापन कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ, र उहाँ कहिल्यै रोकिनुहुन्‍न। तर मानिस फरक छ: पवित्र आत्माको कामलाई थोरै मात्रामा प्राप्त गर्ने बाहेक केही पनि गर्न नसकेपछि, उसले यसलाई यसरी व्यवहार गर्छ मानौं यो कहिल्यै परिवर्तन हुनेछैन; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्‍वरको नयाँ कामका पाइलाहरूलाई पछ्याउँदैन; परमेश्‍वरको थोरै कामलाई बाहेक केही पनि नदेखेपछि, उसले तुरुन्तै परमेश्‍वरलाई काठको आकृतिको रूपमा निर्धारित गर्छ, र उसले आफ्‍नो अगाडि देखेको यही रूपमा नै परमेश्‍वर सँधै रहिरहनुहुनेछ, अर्थात् विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्‍ने विश्‍वास गर्छ; सतही ज्ञान बाहेक केही पनि प्राप्त नगरेपछि, मानिस यति घमण्‍डी हुन्छ कि उसले आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको ईश्‍वरको स्वभाव र अस्तित्वलाई घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणको बारेमा निश्‍चित भएपछि, परमेश्‍वरको नयाँ कामलाई घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिसले यसलाई स्वीकार गर्दैन। पवित्र आत्माको नयाँ कामलाई स्वीकार गर्न नसक्‍ने मानिसहरू यिनीहरू नै हुन्; तिनीहरू अत्यन्तै रूढिवादी छन्, र नयाँ कुराहरूलाई स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। “यहोवामा मात्रै विश्‍वास गरेर येशूमा विश्‍वास नगरेकोमा” इस्राएलीहरू गलत थिए भन्‍ने विश्‍वास मानिसले गर्छ, तैपनि अधिकांश मानिसहरूले “यहोवामा मात्रै विश्‍वास गर्ने र येशूलाई इन्कार गर्ने” साथै “मसीहको आगमनको लागि उत्कट इच्‍छा गर्ने, तर येशू भनिने मसीहलाई इन्कार गर्ने” भूमिकालाई निर्वाह गर्छन्। त्यसैले, पवित्र आत्माको कार्यको एउटा चरणलाई स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको अधिकार-क्षेत्रमा जिउँछन्, र अझै परमेश्‍वरका आशिषहरूलाई प्राप्त गर्दैनन् भन्‍ने कुरामा कुनै आश्‍चर्य मान्‍नु पर्दैन। के यो मानिसको विद्रोहीपनको परिणाम होइन र? आजको नयाँ काममा लागिरहन नसकेका संसारभरिका ख्रीष्टियनहरू तिनीहरू भाग्यमानी बन्‍नेछन्, परमेश्‍वरले तिनीहरूका हरेक कामनाहरूलाई पूरा गर्नुहुनेछ भन्‍ने मान्यता राख्दै आशामा टाँसिरहेका छन्। तैपनि परमेश्‍वरले तिनीहरूलाई तेस्रो स्वर्गमा किन लैजानुहुनेछ सो तिनीहरूले निश्‍चित रूपमा भन्‍न सक्दैनन्, न त येशू कसरी तिनीहरूलाई लिन सेतो बादलको सवारीमा आउनुहुनेछ भन्‍ने बारेमा नै तिनीहरू निश्‍चित छन्, तिनीहरूले कल्‍पना गरेको दिनमा येशू सेतो बादलमा साँच्‍चै आइपुग्‍नुहुनेछ भनेर तिनीहरूले पूर्ण निश्‍चयताको साथ भन्‍न सक्‍नु त परै जाओस्। तिनीहरू पूर्णरूपमा चिन्तित, र अलमलमा छन्; परमेश्‍वरले हरेक सम्प्रदायका, केही साना मुट्ठीभरका विविध मानिसहरू प्रत्येकलाई लानुहुन्छ कि लानुहुन्‍न त्यो कुरा तिनीहरूलाई समेत थाहा छैन। परमेश्‍वरले अहिले, वर्तमान युगमा गर्नुहुने काम, परमेश्‍वरको इच्‍छा—यीमध्ये कुनै पनि कुराको बारेमा तिनीहरूलाई केही पनि थाहा छैन, र तिनीहरूले आफ्‍ना औंलामा दिनहरू गन्‍ने बाहेक केही पनि गर्न सक्दैनन्। अन्त्यसम्‍मै थुमाका पाइलाहरूलाई पछ्याउनेहरूले मात्रै अन्तिम आशिष प्राप्त गर्न सक्छन्, जबकि अन्त्यसम्‍मै पछ्याउन नसक्‍ने तैपनि सबै प्राप्त गरेका छौं भनी विश्‍वास गर्ने ती “चलाख मानिसहरू” परमेश्‍वरको देखा पर्ने घटनालाई देख्‍न असमर्थ हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा बाठो व्यक्ति हुँ भनी विश्‍वास गर्छन्, र परमेश्‍वरको कार्यको निरन्तर विकासलाई कुनै पनि कारणविना छोट्याउँछन्, र परमेश्‍वरले तिनीहरूलाई अर्थात् “परमेश्‍वरप्रति उच्‍च बफादारीता हुनेहरू, परमेश्‍वरलाई पछ्याउनेहरू र परमेश्‍वरका वचनहरूलाई पालना गर्नेहरू” लाई स्वर्गमा लैजानुहुनेछ भनी पूर्ण सुनिश्‍चितताको साथ विश्‍वास गर्छन् भन्‍ने देखिन्छ। परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति तिनीहरूसँग “उच्‍च बफादारीता” भए तापनि, तिनीहरूका वचन र कार्यहरू अझै अत्यन्तै घृणित छन् किनभने तिनीहरूले पवित्र आत्‍माको कामलाई विरोध गर्छन्, र धोका र छल गर्छन्। अन्तिमसम्‍मै नपछ्याउनेहरू, पवित्र आत्‍माको कार्यमा नलागिरहनेहरू, र पुरानो काममा मात्रै टाँसिरहनेहरूले परमेश्‍वरप्रति बफादारीता हासिल गर्न असफल मात्रै भएका छैनन्, तर यसको विपरीत, तिनीहरू परमेश्‍वरलाई विरोध गर्नेहरू बनेका छन्, नयाँ युगद्वारा इन्कार गरिएकाहरू बनेका छन्, र जो दण्डित हुनेछन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ? धेरैले यो विश्‍वास गर्छन् कि पुरानो व्यवस्थालाई इन्कार गर्ने र नयाँ कार्यलाई स्वीकार गर्नेहरू विवेकहीन हुन्। “विवेक” को मात्रै कुरा गर्ने र पवित्र आत्‍माको कामलाई नजान्‍ने यी मानिसहरूको आशालाई तिनीहरूका आफ्‍नै विवेकले हटाइदिनेछ। परमेश्‍वरको काम धर्मसिद्धान्तद्वारा बाँधिँदैन, र यो उहाँको आफ्‍नै काम हुन सक्‍ने भए तापनि, परमेश्‍वरले यसलाई पक्रिराख्‍नुहुन्‍न। इन्कार गरिनुपर्नेकुरालाई इन्कार गरिन्छ, हटाइनुपर्ने कुरालाई हटाइन्छ। तैपनि परमेश्‍वरको व्यवस्थापन कार्यको एउटै मात्र सानो भागलाई पक्रिराखेर मानिसले आफैलाई परमेश्‍वरको शत्रुता तुल्याउँछ। के यो मानिसको मूर्खता होइन र? के यो मानिसको अज्ञानता होइन र? मानिसहरू जति बढी डरपोक र अनावश्यक रूपमा सतर्क छन् किनभने तिनीहरू परमेश्‍वरका आशिषहरू प्राप्त गर्न डराउँछन्, त्यति नै बढी तिनीहरू महान् आशिषहरूलाई प्राप्त गर्न, र अन्तिम आशिष प्राप्त गर्न असमर्थ हुन्छन्। समर्पित भएर व्यवस्थालाई पालन गर्नेहरू सबैले व्यवस्थाप्रति उच्‍च बफादारीता देखाउँछन्, र तिनीहरूले व्यवस्थाप्रति जति धेरै त्यस्तो बफादारीता देखाउँछन्, तिनीहरू परमेश्‍वरलाई त्यति नै बढी विरोध गर्ने विद्रोहीहरू हुन्छन्। अहिले व्यवस्थाको युग नभएर राज्यको युग भएकोले, आजको काम र विगतको कामलाई समान रूपमा उल्‍लेख गर्न सकिँदैन, न त विगतको कामलाई नै आजको कामसँग तुलना गर्न सकिन्छ। परमेश्‍वरको काम परिवर्तन भएको छ, र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्थालाई पक्रिराख्‍नु वा क्रूसलाई बोक्‍नु होइन, त्यसकारण व्यवस्था र क्रूसप्रतिको मानिसहरूको बफादारीताले परमेश्‍वरको अनुमोदन पाउनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

१३९. मानिस भ्रष्ट पारिएको छ र शैतानको फन्दामा जिउँछ। सबै मानिसहरू शरीरमा जिउँछन्, स्वार्थी इच्‍छाहरूमा जिउँछन्, र तिनीहरूका बीचमा मप्रति उपयुक्त एक जना पनि छैन। मेरो निम्ति उपयुक्त छु भन्‍ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। तिनीहरूले मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, मभन्दा विपरीत दिशातर्फ बढ्ने मार्गमा तिनीहरू पाइला चाल्छन्, र तिनीहरूका वचनहरू अहङ्कार र आत्मविश्‍वासले भरिएका छन्। यसको कारण हो, मूल रूपमा तिनीहरू मेरो विरुद्धमा हुनु र मेरो निम्ति उपयुक्त छैनन्। हरेक दिन, तिनीहरूले बाइबलमा मेरो निसानाहरू खोज्छन् र जथाभाबी “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले अटुट रूपमा पढ्छन् र धर्मशास्‍त्रका रूपमा पाठ गर्छन्। मेरो निम्ति कसरी उपयुक्त हुने सो तिनीहरूलाई थाहा छैन न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो सो नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्‍त्रका खण्डहरू पढ्छन्। तिनीहरूले कहिल्यै नदेखेका र देख्न असक्षम भएका अस्पष्ट परमेश्‍वरलाई बाइबलभित्र सीमित गर्छन् र फुर्सतमा हेर्न यसलाई निकाल्छन्। तिनीहरूले बाइबलको क्षेत्रभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिन, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, तर यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्याधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनी धेरैले पनि विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले वचनहरू र अभिव्यक्तिहरूलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोज्‍ने कुरा मप्रति अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, तर बाइबलका वचनहरूप्रति अनुकूल हुने मार्ग हो, र बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा मेरो काम होइन, कुनै आपत्तिविना विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठा सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्‍याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, तर तिनीहरूले यति हदसम्‍म व्यवस्थालाई शब्‍द-शब्द गरी लगनशीलताको साथ पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगे। तिनीहरूको सार के थियो? के तिनीहरूले सत्यताप्रति अनुकूल हुने मार्गलाई नखोज्नु नै थिएन र? तिनीहरू धर्मशास्‍त्रको एक-एक शब्‍दले ग्रस्त भए तर न त तिनीहरूले मेरो इच्‍छालाई ध्यान दिए न मेरो कामका चरणहरू र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन् तर शब्दहरूमा कठोरतासाथ लाग्ने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, तर बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। वास्तवमा, तिनीहरू बाइबलका रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका रुचिहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा कीला ठोकी मार्ने हदसम्‍म गए। तिनीहरूले बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक वचनको प्रतिष्ठालाई कायम गर्नको खातिर मात्रै तिनीहरूले यसो गरे। त्यसकारण तिनीहरूले येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलिलाई त्याग्न नै रुचाए, जसले मृत्युसम्म नै धर्मशास्‍त्रको सिद्धान्तअनुसार गर्नुभएन। के तिनीहरू सबै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?

अनि आजका मानिसहरूको बारेमा के भन्‍ने? ख्रीष्‍ट सत्यतालाई प्रकट गर्न आउनुभएको छ, तैपनि तिनीहरूले उहाँलाई यस संसारबाट निकाल्‍न चाहन्छन् ताकि तिनीहरूले स्वर्ग प्रवेश प्राप्त गरून् र अनुग्रह प्राप्त गरून्। तिनीहरूले बाइबलका रुचिहरूको संरक्षण गर्नको लागि बरु सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्छन्, र बाइबलको अनन्‍त अस्तित्वलाई सुनिश्‍चित गर्नको लागि तिनीहरूले बरु शरीरमा फर्कनुभएको ख्रीष्‍टलाई क्रूसमा फेरि टाँग्छन्। मानिसको हृदय मप्रति त्यति द्वेषपूर्ण छ र उसको स्वभाव मप्रति त्यति विरोधी छ भने उसले कसरी मेरो मुक्ति पाउन सक्छ? म मानिसको बीचमा जिउँछु, तैपनि मानिसलाई मेरो अस्तित्वको बारेमा थाहा छैन। म मानिसमाथि मेरो ज्योति चम्‍काउँदा पनि, मेरो अस्तित्वको बारेमा ऊ अझ अनभिज्ञ नै रहन्छ। जब म मानिसमाथि आफ्‍नो क्रोध बर्षाउँछु, उसले अझै अत्यन्तै जोसको साथ मेरो अस्तित्वलाई इन्कार गर्छ। मानिसले वचन अनुकूल हुन र बाइबल अनुकूल हुन खोज्छ, तैपनि सत्यताको अनुकूल हुने मार्गलाई खोज्‍न एक जना पनि मेरो सामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि शरीरमा मेरो लागि कसैले पनि वास्ता गर्दैन, किनभने मानिसको बीचमा बस्‍ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका वचनहरूसँग मात्रै अनुकूल हुन खोज्नेहरू र अस्पष्ट परमेश्‍वरसँग अनुकूल हुने प्रयास गर्नेहरू मेरो लागि दु:खदायी दृश्य हुन्। यसको कारण हो तिनीहरूले आराधना गर्ने कुराहरू मृत वचनहरू, र तिनीहरूलाई बेहिसाब सम्पत्ति दिन सक्‍ने परमेश्‍वर हुन्; तिनीहरूले जे आराधना गर्छन् सो आफैलाई मानिसको कृपामा समर्पित गर्ने परमेश्‍वर हुन्—अस्तित्वमा नै नभएको परमेश्‍वर। त्यसो भए, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? वचनहरूका निम्ति मानिस अत्यन्तै नीच छ। जो मेरो विरुद्धमा छन्, जसले मबाट असीमित मागहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मप्रति अनुकूल हुनसक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ

१४०. यदि तिमीले परमेश्‍वरलाई चाहिँ माटोबाट बनाइएको एउटा मूर्ति जस्तै मापन गर्न र सीमित गर्न आफ्नै धारणालाई प्रयोग गर्छौ भने, र यदि तिमीले परमेश्‍वरलाई बाइबलको सीमाभित्र मात्र सीमित राख्यौ र उहाँलाई कामको सीमित क्षेत्रभित्र मात्र राख्यौ भने तिमीहरूले परमेश्‍वरलाई दोष लगाएका छौ भनी यसले प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्‍वरलाई मसीह भन्न सकिन्थ्यो, र मसीह भनिने मात्र परमेश्‍वर हुन सक्‍नुहुन्थ्यो झैँ गरी परमेश्‍वरलाई तिनीहरूको हृदयमा राखिएको एक निर्दिष्ट मूर्तिको रूपमा लिएका हुनाले, र परमेश्‍वर (जीवनरहित) माटोको एउटा मूर्ति हुनुहुन्थ्यो झैँ गरी मानवजातिले सेवा गरेको र आराधना गरेको हुनाले, तिनीहरूले त्यस बेलाको येशूलाई मृत्युदण्ड दिएर क्रूसमा कीला ठोकेर झुन्ड्याए—यसरी दोषरहित येशूलाई मृत्युदण्ड दिइयो। परमेश्‍वर कुनै पनि अपराधबाट दोषरहित हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न इन्कार गर्‍यो, अनि उहाँलाई मृत्युदण्ड दिन माग गरिरहे, त्यसैले येशूलाई क्रूसमा झुन्ड्याइयो। मानिससँग परमेश्‍वरको व्यवस्थापनको सिद्ध बुझाइ भएजस्तै गरी, परमेश्‍वरले गर्नुभएका सबै थोक मानिसले आफ्नो हतकेलामा राखेको छ जस्तै गरी परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ भनी उसले सधैँ विश्‍वास गर्छ, र उहाँलाई एउटा पुस्तक अर्थात् बाइबलको आधारमा परिभाषित गर्छ। मानिसहरू अत्यन्त हास्यास्पद, अत्यन्त अहङ्कारी छन्, तिनीहरू सबैसँग बढाइचढाइ गर्ने एउटा जन्मजात स्वभाव छ। परमेश्‍वरको बारेमा तिमीहरूको ज्ञान जतिसुकै ठूलो भए तापनि तिमीहरूले परमेश्‍वरलाई चिनेका छैनौ, परमेश्‍वरको सबैभन्दा बढी विरोध गर्ने तिमीहरू हौ, र तिमीहरूले परमेश्‍वरलाई दोष लगाएका छौ भनी म अझै पनि भन्‍छु, किनकि तिमीहरू परमेश्‍वरको कामको आज्ञापालन गर्न र परमेश्‍वरले सिद्ध तुल्याउनुहुने मार्गमा हिँड्न पूर्णतया असक्षम छौ। परमेश्‍वर मानिसका कार्यहरूदेखि किन कहिल्यै सन्‍तुष्‍ट हुनुभएको छैन? किनकि मानिसले परमेश्‍वरलाई चिन्दैन, किनकि उसँग थुप्रै धारणाहरू छन्, किनकि परमेश्‍वरका बारेमा उसको ज्ञान वास्तविकतासँग सहमत हुँदैन, तर बरु कुनै भिन्‍नताविना एउटै विषयवस्तु एकोहोरो दोर्‍याइरहन्छ र हरेक परिस्थितिको निम्ति एउटा तरिका प्रयोग गर्छ। त्यसैले, परमेश्‍वर आज पृथ्‍वीमा आउनुभए पनि मानिसले उहाँलाई क्रूसमा कीला ठोकेर झुन्ड्याएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ

१४१. धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह गर्नेहरूका बीचमा मुक्तिदाता येशू व्यक्तिगत रूपमै सेतो बादलको सवारीमा ओर्लनुभएको देख्ने उत्कट इच्छा मानिसले गरेको छ। मानिसले मुक्तिदाताको आगमन र तिनीहरूसँगको पुनर्मिलनको पनि उत्कट इच्छा गरेको छ; अर्थात्, हजारौँ वर्षदेखि मानिसहरूबाट अलग गरिनुभएका मुक्तिदाता येशू फर्केर आउनुभएको र यहूदीहरू माझ गर्नुभएको उद्धारको काम फेरि एक पटक कार्यान्वयन गरेको, मानिसप्रति करुणामय र प्रेमिलो भएको, मानिसको पाप क्षमा गरेको, मानिसका पापहरू बहन गरेको, मानिसका सबै अपराधहरू समेत बहन गरेको र मानिसलाई पापबाट छुटकारा दिएको उत्कट चाह गरेको छ। मानिसले खास चाहेको कुराचाहिँ मुक्तिदाता येशू पहिलेको जस्तै हुनुभएको होस् भन्ने हो—एक मुक्तिदाता जो प्रेमिलो, दयालु र सम्माननीय हुनुहुन्छ, जो मानिससँग कहिल्यै क्रोधित हुनुहुन्न, र जसले कहिल्यै पनि मानिसको निन्दा गर्नुहुन्न, तर जसले क्षमा गर्नुहुन्छ, मानिसका सबै पापहरू लिनुहुन्छ र पहिलेको जस्तै, मानिसको निम्ति क्रूसमाथि मर्नुहुनेछ। येशू बिदा भएर जानुभएपछि, उहाँलाई पछ्याउने चेलाहरू, साथै उहाँको नाउँमा मुक्ति पाउने सन्तहरू सबैले उहाँको उत्कट चाह गर्दै र उहाँको प्रतीक्षा गर्दै आएका छन्। अनुग्रहको युगमा येशू ख्रीष्टको अनुग्रहद्वारा मुक्ति पाएका सबै मानिसहरू अन्त्यको समयको त्यो महान् दिनको तृष्णा गर्दै आइरहेका छन् जब मुक्तिदाता येशू सारा मानिसहरूकहाँ देखा पर्न सेतो बादलमा ओर्लनुहुन्छ। वास्तवमा, यो आज मुक्तिदाता येशूको नाउँ ग्रहण गर्ने सबै जनाको सामूहिक इच्छा पनि हो। येशू मुक्तिदाताको मुक्तिलाई जान्‍ने ब्रह्माण्डका हरेकले पृथ्वीमा हुनुहुँदा: “म जसरी गएको छु त्यसै गरी आउनेछु” भन्नुभएको कुरा पूरा गर्न येशू ख्रीष्ट अचानक देखा पर्नुभएको होस् भनी उत्कट इच्छा गर्दैआइरहेका छन्। क्रुसीकरण र पुनरुत्थानपछि, सर्वोच्चको दाहिने हातपट्टिको उहाँको स्थान लिन येशू सेतो बादलमा स्वर्ग फर्केर जानुभयो भनी मानिसले विश्‍वास गर्छ। त्यसरी नै, हजारौँ वर्षदेखि उहाँको उत्कट चाह गर्नेहरूमाझ, येशू सेतो बादलमा (यो बादलले येशू स्वर्गमा फर्कनुहुँदा चढ्नुभएको बादललाई जनाउँछ) फेरि ओर्लिआउनुहुनेछ र उहाँले यहूदीहरूको स्वरूप बहन गर्नुहुनेछ र पोसाक धारण गर्नुहुनेछ। मानिसकहाँ देखा पर्नुभएपछि, उहाँले तिनीहरूलाई खाना दिनुहुनेछ र तिनीहरूका निम्ति जिउँदो पानी निस्कन लगाउनुहुनेछ र मानिसहरू माझ अनुग्रहले पूर्ण, प्रेमले पूर्ण, सुस्पष्ट र यथार्थ भएर जिउनुहुनेछ। मानिसहरूले यस्तै सारा धारणाहरूमा विश्‍वास गर्छन्। तैपनि मुक्तिदाता येशूले यसो गर्नुभएन; उहाँले मानिसहरूले बुझेको भन्दा विपरीत गर्नुभयो। उहाँको पुनःआगमनको उत्कट इच्छा गर्नेहरू माझ उहाँ आउनुभएन र सेतो बादलमा सवार भएर उहाँ सबै मानिसहरूकहाँ देखा पर्नुभएन। उहाँ पहिले नै आइसक्नुभएको छ, तर मानिसहरूले उहाँलाई चिन्दैनन् र तिनीहरू उहाँबारे अज्ञात रहन्छन्। उहाँ अघि नै “सेतो बादलमा” (त्यो बादलचाहिँ उहाँको आत्मा, उहाँका वचनहरू, उहाँको सारा स्वभाव र उहाँ जे हुनुहुन्छ सो सबै हो) ओर्लिआइसक्नुभएको छ भन्ने कुराप्रति बेखवर भएर, मानिसले उहाँलाई लक्ष्यहीन रूपमा प्रतीक्षा मात्रै गरिरहन्छन् र अहिले उहाँ आखिरी दिनहरूको अवधिमा उहाँले बनाउनुहुने विजेताहरूको समूह माझ हुनुहुन्छ। मानिसले यो कुरा जान्दैन: मानिसको निम्ति पवित्र मुक्तिदाता येशूसित भएको सारा स्नेह र प्रेमको बाबजुद पनि, फोहोरी र अशुद्ध आत्माहरूले बास गरेको “मन्दिरहरू” मा उहाँले कसरी काम गर्न सक्नुहुन्छ? मानिसले उहाँको आगमनको प्रतीक्षा गर्दैआइरहेको भए पनि, अधर्मीको देह खानेहरू, अधर्मीको रगत पिउनेहरू, र अधर्मीको वस्‍त्र धारण गर्नेहरू, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्ने र उहाँलाई निरन्तर धुतिरहनेहरूकहाँ उहाँ कसरी देखा पर्न सक्नुहुन्थ्यो? येशू प्रेमले पूर्ण, र करुणाले भरिएको हुनुहुन्छ, र उहाँ पाप बलि र उद्धारले पूर्ण हुनुहुन्छ भन्ने मात्र मानिसले जान्दछ। यद्यपि, उहाँ स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ जो धार्मिकता, प्रताप, क्रोध र न्यायले पूर्ण, अख्तियारले भएको र प्रतिष्ठाले पूर्ण हुनुहुन्छ भन्ने कुरा मानिसले जान्दैन। यसकारण, मानिसले उद्धारकर्ताको आगमनको उत्कट इच्छा र चाह गरे पनि, र तिनीहरूको प्रार्थनाले स्वर्ग नै हल्लाए पनि, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्नेहरूकहाँ मुक्तिदाता येशू देखा पर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

१४२. यदि, मानिसले कल्पना गरेझैं येशू फेरि आउनुहुनेछ र आखिरी दिनहरूमा पनि अझै येशू नै कहलाइनुहुन्छ र अझै पनि सेतो बादलमा सवार भएर येशूको स्वरूपमा मानिसहरूमाझ ओर्लनुहुन्छ भने, के त्यो उहाँको काम दोहोऱ्याउनु नै हुँदैन र? के पवित्र आत्मा पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? मानिसले विश्‍वास गर्ने सबै धारणाहरू हुन्, र मानिसले बुझ्ने सबै शाब्दिक अर्थअनुसार, र उसको कल्पनाशक्ति अनुसार हुन्छ; ती पवित्र आत्माको कामका सिद्धान्तहरूसँग बाझिन्छन् र ती परमेश्‍वरको अभिप्राय अनुरूप हुँदैनन्। परमेश्‍वरले त्यस्तो प्रकारले काम गर्नुहुन्न; परमेश्‍वर त्यति मूर्ख र अबुझ हुनुहुन्न, र उहाँको काम तैँले सोचेको जस्तो सरल छैन। मानिसले कल्पना गर्ने सबै कुराको आधारमा, येशू बादलमा सवार भएर आउनुहुनेछ र तिमीहरूको बीचमा ओर्लनुहुनेछ। तिमीहरू उहाँलाई देख्नेछौ, जसले बादलमा सवार भएर, तिमीहरूलाई म येशू हुँ भनी भन्नुहुनेछ। तिमीहरूले उहाँको हातमा कीलका डामहरू पनि देख्नेछौ, र उहाँ येशू नै हुनुहुन्छ भनी चिन्नेछौ। अनि उहाँले तिमीहरूलाई फेरि मुक्ति दिनुहुनेछ र उहाँ तिमीहरूका शक्तिशाली परमेश्‍वर हुनुहुनेछ। उहाँले तिमीहरूलाई बचाउनुहुनेछ, तिमीहरूलाई एउटा नयाँ नाउँ प्रदान गर्नुहुनेछ, र तिमीहरू हरेकलाई एउटा सेतो ढुङ्गा दिनुहुनेछ, त्यसपछि तिमीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्ने अनुमति दिनुहुनेछ र स्वर्गलोकमा ग्रहण गरिनेछ। के यस्ता विश्‍वास मानिसका धारणाहरू होइनन् र? के परमेश्‍वरले मानिसको धारणाअनुसार काम गर्नुहुन्छ, वा उहाँले मानिसका धारणाहरू विपरीत काम गर्नुहुन्छ? के मानिसका धारणाहरू सबै शैतानबाट प्राप्त भएका होइनन् र? के सबै मानिस शैतानले भ्रष्ट भएका छैनन् र? यदि परमेश्‍वरले आफ्नो काम मानिसको धारणाअनुसार गर्नुभयो भने के उहाँ शैतान बन्नुहुन्न र? के उहाँ आफ्ना सृष्टिहरू जस्तै बन्नुहुन्न र? अहिले शैतानले उहाँका सृष्टिहरूलाई धेरै भ्रष्ट पारेकोले मानिस शैतानको मूर्त रूप बनेको छ, यदि परमेश्‍वरले शैतानका कुराहरू अनुरूप काम गर्नुभयो भने के उहाँ शैतानको साठगाँठमा हुनुहुने थिएन र? मानिसले परमेश्‍वरको कामलाई कसरी बुझ्न सक्छ? त्यसकारण परमेश्‍वरले कहिल्यै पनि मानिसका धारणाहरू अनुसार काम गर्नुहुन्न, र तैँले कल्पना गरे अनुसार पनि काम गर्नुहुन्छ। कति जना मानिसहरू छन्, जसले परमेश्‍वर आफैले उहाँ बादलमा आउनुहुनेछ भन्नुभएको छ भनी भन्छन्। परमेश्‍वर आफैले त्यसो भन्नुभएको थियो भन्‍ने कुरा सत्य हो, तर परमेश्‍वरका रहस्यहरू कसैले पनि बुझ्न सक्दैन भन्‍ने के तँलाई थाहा छैन? के परमेश्‍वरका वचनहरूको व्याख्या कसैले पनि गर्न सक्दैन भन्‍ने तँलाई थाहा छैन? के तँ पवित्र आत्माले नै त्यो ज्ञान र प्रकाश दिनुभएको हो भन्‍नेमा निश्चित छस्, र तँलाई अलिकति पनि शङ्का छैन? त्यसरी तँलाई प्रत्यक्ष रूपमा देखाउने निश्‍चय नै पवित्र आत्मा हुनुहुन्‍नथियो। तँलाई निर्देशन दिने पवित्र आत्मा हुनुहुन्थ्यो, कि तेरा आफ्नै धारणहरूको कारण तैँले त्यस्तो विचार गरिस्? तैँले भनिस्, “परमेश्‍वर आफैले यसो भन्नुभएको थियो।” तर परमेश्‍वरका वचनहरूलाई नाप्न हामीले हाम्रो आफ्नै विचार र दिमागको प्रयोग गर्न सक्दैनौं। यशैयाद्वारा बोलिएका वचनहरूको कुरा गर्दा, के तैँले तिनका वचनहरूलाई पूर्ण सुनिश्‍चितताको साथ व्याख्या गर्न सक्छस्? के तँ तिनका वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? तैँले यशैयाका वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनस् भने येशूका वचनहरूको व्याख्या गर्ने हिम्मत किन गर्छस्? को धेरै उच्च हुनुहुन्छ, येशू कि यशैया? यसको जबाफ येशू हुनुहुन्छ भन्‍ने हुन्छ, त्यसकारण तैँले किन येशूले बोल्नुभएका वचनहरूको व्याख्या गर्छस्? के परमेश्‍वरले तँलाई उहाँको कामको बारेमा अघिबाटै बताउनुहुन्छ र? एउटै पनि प्राणीले जान्न सक्दैन, स्वर्गका सन्देशवाहकहरूले पनि जान्दैनन्, न त मानिसका पुत्रले जान्नुहुन्छ, त्यसकारण तैँले कसरी जान्न सक्थिस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

१४३. फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसको अतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्र गरे, तैपनि जीवनको सत्यताको खोजी गरेनन्। त्यसैले, तिनीहरूले आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो सो जान्दैनन्। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्वरका आशिष्‌ कसरी प्राप्‍त गर्न सक्थे भनी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा गर्न सकेनन्, किनभने तिनीहरूले येशूले बोल्नुभएको सत्यता जानेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा नरहेका हुनाले, तिनीहरूले मसीहको सारलाई सम्भावित कुनै पनि साधनहरूले विरोध गरिरहँदा मसीहको नाउँमा व्यर्थमा टाँसिरहने गल्ती गरे। वस्तुतः यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र सत्यताको पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौं। के यी विचारहरू उपहासपूर्ण र हाँस्यस्पद छैनन्? म तिमीहरूलाई अझै अरू प्रश्‍नहरू सोध्नेछुः तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तैँले पनि प्राचीन फरिसीहरूले गरेका गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तैँले सत्यताको मार्ग ठम्याउन सक्छस्? तैँले येशूको विरोध गर्नेछैन भनी के तैँले साँच्चै कबुल गर्न सक्छस्? के तैँले पवित्र आत्माको कार्य अनुशरण गर्न सक्छस्? यदि तँले ख्रीष्टको विरोध गर्नेछ कि गर्नेछैन भनी जान्दैनस् भने, म भन्छु कि, तँ अघिदेखि नै मृत्युको खतरामा जिइरहेको छस्। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसका अतिरिक्त, तिनीहरूले येशूको आगमनलाई शैतानको छलको रूपमा देख्न सक्छन् र धेरै मानिसहरूले येशू देहमा फर्कनुभएको कुराको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्‍वर-निन्दा, मण्डलीहरूका लागि पवित्र आत्माको वचनको बरबादी र येशूले व्यक्त गर्नुभएका सबै कुराको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरूले आफ्ना त्रुटिलाई महसुस गर्न हठपूर्वक इन्कार गर्छौ भने, येशू सेतो बादलमा मानिसहरूकहाँ आउनुहुँदा तिमीहरूले उहाँको काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यसो भन्छुः सत्यता ग्रहण नगर्ने, तैपनि सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्द प्रतीक्षा गर्ने मानिसहरूले पवित्र आत्माका विरुद्ध निश्‍चय नै निन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिसहरू हुन्छन्। तिमीहरूले येशूको अनुग्रहको मात्र चाहना गर्छौ, स्वर्गको उल्लासपूर्ण राज्यको आनन्द लिन मात्र चाहन्छौं; तैपनि येशूले बोल्नुभएका वचनहरू तैँले कहिल्यै पालन गरेको छैनस्, र येशू देहमा आउनुहुँदा बताउनुभएको सत्यता कहिल्यै ग्रहण गरेको छैनस्। सेतो बादलमा येशूको आगमनको तथ्यको सट्टामा तिमीहरूले के समाती राख्नेछौ? तिमीहरूले पटकपटक पाप गर्ने अनि बार-बार स्वीकार गर्ने, के सच्चाइ यही हो? सेतो बादलमा आउनुहुने येशूलाई तिमीहरूले के बलिदान चढाउनेछौ? के यो तिमीहरूले आफैलाई उच्च पार्ने कार्यको वर्ष हो? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा गराउन तिमीहरूले के समाती राख्नेछौ? कुनै सत्यता पालन नगर्ने के तिमीहरूको त्यही अहङ्कारी स्वभाव नै हो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

१४४. तिमीहरूको बफदारिता शब्दमा मात्र छ, तिमीहरूको ज्ञान बौद्धिक र वैचारिक मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूका विश्वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरूले सत्यताको हरेक वचनप्रति ध्यान दिदैनौं। परमेश्वर के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, ख्रीष्ट के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, यहोवा वा परमप्रभुलाई कसरी आदर गर्ने सो तिमीहरू जान्दैनौं, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने सो तिमीहरू जान्दैनौं, परमेश्वर स्वयम्‌को काम र मानिसको छल बीच कसरी फरक छुट्टाउने सो तिमीहरू जान्दैनौं। तेरो विचारसित नमिल्ने परमेश्वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यको वचनको निन्दा गर्न मात्र तँ जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो आज्ञाकारिता कहाँ छ? तेरो बफदारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो इच्छा कहाँ छ? परमेश्वरको निम्ति तेरो आदर कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्वरमा विश्वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू ग्रहण गर्न असक्षम मानिसहरू निश्‍चय नै नरकका सन्तानहरू, प्रधान स्वर्गदूतका सन्ततीहरू हुन्, जुन अनन्त विनाशमा अर्पण गरिएका श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्ने विश्वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र जीवनको साँचो मार्गको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति दृढ, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्थ्यो? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको आगमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न असक्षमहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नैपर्छ र पवित्र आत्माको विरुद्ध ईश्‍वर-निन्दा गर्नुहुँदैन र सत्यतालाई इन्कार गर्नुहुँदैन। तँ निर्बुद्धि र अहङ्कारी व्यक्ति हुनुहुँदैन, तर पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा गर्ने र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। परमेश्वरप्रतिको विश्वासको बाटो होशीयारीपूर्वक हिँड्न म तिमीहरूलाई सल्लाह दिन्छु। निचोडमा नआइहाल; अझ बढी, परमेश्वरप्रति तेरो विश्वासमा लापरवाह र असावधान नहोऊ। कम्तीमा पनि तिमीहरूले जान्नुपर्छ कि परमेश्वरमा विश्वास गर्नेहरू नम्र र श्रद्धामय हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र निर्बुद्धिहरू हुन्। सत्यता सुनेका तैपनि लापरबाही रूपमा निचोडमा पुगेका वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्वास गर्ने कसैले अरूहरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनैपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी वचनहरूमध्ये १०, ००० मा एउटा मात्र तेरो दृढ निश्‍चयताहरू र बाइबल अनुरूप छन्, त्यसकारण तैँले यी वचनहरूको १०, ०००औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। नम्र हुन, धेरै आत्माविश्‍वासी नहुन र आफैलाई अति उच्च नपार्न म तँलाई अझै सल्लाह दिन्छु। तेरो हृदयमा यति थोरै आदरसँगै तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछौ। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, तिनीहरू जीवन हुन् वा होइनन् सो तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टि बाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई धोका दिने झुटा ख्रीष्ट हुन्” भनी यी शब्दहरूका अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्नेहरू अनभिज्ञताद्वारा अन्धा भएका छन्। तैँले परमेश्वरका काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, कामचलाउबाट नै फेरि सुरु गर्नका लागि म तँलाई सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टको देखा पर्ने घटनाले गर्दा परमेश्वरले भन्नुभएका वचनहरूको तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नुहुँदैन र तँ छलमा पर्ने डरले तैँले पवित्र आत्माको विरुद्ध ईश्‍वर-निन्दा गर्नुहुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यी वचनहरू सत्य होइन, बाटो होइन, परमेश्वरको अभिव्यक्ति होइन भनी तैँले अझै विश्वास गर्छस् भने तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

१४५. तिमीले धेरै लामो समयदेखि परमेश्वरमा विश्वास गरेका छैनौ, तापनि उहाँको बारेमा तिमीसित धेरैवटा धारणाहरू छन्, यहाँसम्म कि तिमी एकै क्षण पनि इस्राएलीहरूका परमेश्वरले उहाँको उपस्थितिमा तिमीहरूलाई अनुग्रह गर्ने कृपा गर्नुहुन्न भनी सोच्ने साहस गर्दैनौ। तिमी असाध्यै फोहोर भएकोले गर्दा परमेश्वर तिमीकहाँ व्यक्तिगत रूपमा कसरी देखा पर्नुहुन्छ भन्ने कुरा सोच्न त तिमी झनै साहस गर्दैनौ। न ता तिमीहरूले कहिल्यै अन्यजाति देशमा परमेश्वर व्यक्तिगत रूपले ओर्लन सक्नुहुन्छ भनी सोचेका छौ। उहाँ त सीनै पर्वतमा वा जैतून डाँडामा ओर्लनु पर्ने र इस्राएलीहरूकहाँ देखा पर्नुपर्ने हो। के अन्यजातिहरू सबै (अर्थात्, इस्राएलदेखि बाहिरका मानिसहरू) उहाँको घृणाका पात्रहरू होइनन् र? उहाँले कसरी व्यक्तिगत रूपमा उनीहरूका माझमा काम गर्न सक्नुहुन्छ? यी तिमीहरूले धेरै वर्षदेखि विकास गर्दै आएका, गहिरो जरा गाडेका धारणाहरू हुन्। आज तिमीहरूलाई जित्नुको उद्देश्य तिमीहरूका ती धारणाहरूलाई चकनाचूर पार्नु हो। यसरी तिमीहरूले सीनै पर्वतमा वा जैतून डाँडामा होइन, तर उहाँले कहिल्यै नडोऱ्याउनु भएका, तिमीहरूको माझमा परमेश्वरको व्यक्तिगत देखा पर्ने घटना देख्छौ। परमेश्वरले इस्राएलमा उहाँका दुई चरणको काम सम्पन्न गर्नुभएपछि, इस्राएलीहरू र सबै अन्यजातिहरूले परमेश्वरले सबै थोक सृष्टि गर्नुभएको भए पनि, उहाँ केवल इस्राएलीहरूका निम्ति मात्र परमेश्वर हुन चाहनुहुन्छ, अन्यजातिहरूका निम्ति होइन भन्ने धारणा राखे। इस्राएलीहरू निम्न कुरा विश्वास गर्छन्ः परमेश्वर हाम्रो मात्र परमेश्वर हुन सक्नुहुन्छ, तिमी अन्यजातिहरूका परमेश्वर हुनुहुन्न, र तिमीहरूले यहोवालाई आदर नगरेकोले, यहोवा हाम्रा परमेश्वरले तिमीहरूलाई घृणा गर्नुहुन्छ। ती यहूदी मानिसहरूले निम्न कुरामा पनि विश्वास गर्दछन्ः प्रभु येशूले हामी यहूदी जातिको रूप धारण गर्नुभयो र यहूदी मानिसहरूको चिह्न बोक्नुहुने परमेश्वर हुनुहुन्छ। हाम्रो बीचमा नै परमेश्वरले काम गर्नुहुन्छ। परमेश्वरको स्वरूप र हाम्रो स्वरूप एक समान छ; हाम्रो स्वरूप परमेश्वरको स्वरूप नजिक छ। प्रभु येशू हामी यहूदीहरूका राजा हुनुहुन्छ; अन्यजातिहरू त्यस्तो ठूलो मुक्ति पाउन योग्य छैनन्। प्रभु येशू हामी यहूदीहरूका लागि पाप बलि हुनुहुन्छ। कामका ती दुई चरणको आधारमा इस्राएलीहरू र यहूदी मानिसहरूले यी सबै धारणाहरू स्थापना गरे। तिनीहरू धाक जमाउँदै परमेश्वर तिनीहरूका आफ्नै हो भनी दाबी गर्छन्, तिनीहरू परमेश्वरलाई अन्यजातिहरूका परमेश्वर हुन दिँदैनन्। यसरी, अन्यजातिहरूका हृदयमा परमेश्वर एउटा खाली ठाउँ हुनुभयो। तिनीहरू सबैले परमेश्वर अन्यजातिहरूका परमेश्वर हुन चाहनुहुन्न, र उहाँले इस्राएलीहरूलाई—उहाँका चुनिएका मानिसहरू—र यहूदी मानिसहरू, विशेष गरी उहाँलाई पछयाउने चेलाहरू मात्र मन पराउनुहुन्छ भनी विश्वास गरेका कारण यस्तो भएको हो। के तिमीलाई थाहा छैन कि यहोवा र येशूले गर्नुभएको काम सम्पूर्ण मानवजातिलाई बचाउनका लागि हो? के तिमी अब परमेश्वर इस्राएल बाहिर जन्मेका तिमीहरू सबैका परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्छौ? के परमेश्वर आज यहाँ तिमीहरूको बीचमा हुनुहुन्न? यो सपना हुन सक्दैन, के हुन सक्छ र? के तिमीहरू यो वास्तविकतालाई स्वीकार गर्दैनौ? तिमीहरू यसलाई विश्वास गर्ने वा त्यसको बारेमा विचार गर्ने आँट गर्दैनौ। तिमीले यसलाई जसरी हेरे पनि, के परमेश्वर यहाँ तिमीहरूको बीचमा हुनुहुन्न र? के तिमीहरू अझै पनि यी वचनहरू विश्वास गर्न डराउँछौ? यस दिनदेखि उता, के सबै जितिएका मानिसहरू र परमेश्वरको अनुयायी बन्न चाहनेहरू परमेश्वरका चुनिएका जनहरू होइनन्? तिमीहरू सबै, जो आज अनुयायीहरू हौ, के इस्राएलदेखि बाहिरको चुनिएका जनहरू होइनौ? के तिमीहरूको ओहोदा पनि इस्राएलीहरूको जस्तै छैन र? तिमीहरूले स्वीकार गर्नुपर्ने कुरा के यही होइन र? के तिमीहरूलाई जित्ने कामको लक्ष्य यही होइन? तिमीहरूले परमेश्वरलाई देख्न सक्ने भएकोले, उहाँ सुरूदेखि र भविष्यमा, सदासर्वदा तिमीहरूको परमेश्वर बन्नुहुनेछ। जबसम्म तिमीहरू उहाँलाई पछयाउने, उहाँको बफादार, आज्ञाकारी प्राणीहरू हुने इच्छा गर्दछौ, उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (३)

१४६. तेरा पुराना धारणाहरूलाई पन्छ्याएपछि मात्रै तैँले नयाँ ज्ञान प्राप्त गर्न सक्छस्, तैपनि पुरानो ज्ञान र पुराना धारणाहरू उही हुन् भन्‍ने छैन। “धारणाहरू” ले मानिसले कल्‍पना गरेका कुराहरू हुन्, जुन वास्तविकतासँग मिल्दैनन्। यदि पुरानो ज्ञानको म्याद पुरानो युगमा नै सकिएको छ र यसले मानिसलाई नयाँ काममा प्रवेश गर्न रोकेको छ भने, त्यस्तो ज्ञान पनि धारणा नै हो। यदि मानिसले त्यस्तो ज्ञानलाई सही रूपमा पहुँच गर्न सक्छ र पुरानो र नयाँलाई एकट्ठा गरेर विभिन्‍न पक्षहरूबाट परमेश्‍वरलाई चिन्‍न सक्छ भने, पुरानो ज्ञान मानिसको सहायता बन्छ, र मानिस नयाँ युगमा प्रवेश गर्ने आधार बन्छ। परमेश्‍वरलाई चिन्‍ने सम्‍बन्धी पाठको लागि तँ धेरै सिद्धान्तहरूमा पोख्त हुनुपर्छ: परमेश्‍वरलाई चिन्‍ने मार्गमा कसरी प्रवेश गर्ने, परमेश्‍वरलाई चिन्‍नको लागि तैँले के-कस्ता सत्यताहरू बुझ्‍नैपर्छ, र परमेश्‍वरको नयाँ कामका सबै बन्दोबस्तहरूमा समर्पित हुन सकूँ भनेर तेरा धारणाहरू र पुराना प्रकृतिबाट आफैलाई कसरी मुक्त गर्ने। यदि तैँले परमेश्‍वरलाई चिन्‍ने सम्‍बन्धी पाठमा प्रवेश गर्नको लागि जगको रूपमा यी सिद्धान्तहरूलाई प्रयोग गरिस् भने, तेरो ज्ञान झन्-झन् गहन बन्‍नेछ। यदि तँसँग कार्यका तीन चरणको—अर्थात् परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा स्पष्ट ज्ञान छ भने—र यदि तैँले परमेश्‍वरको कार्यका अघिल्‍ला दुई चरणहरूलाई वर्तमान चरणसँग पूर्ण रूपमा सम्‍बन्धित गर्न सक्छस्, र यो एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो भन्‍ने देख्‍न सक्छस् भने, तँसँग अतुलनीय रूपमा मजबुत जग हुनेछ। … यदि मानिसले कार्यका तीन चरणमा परमेश्‍वरले नै तिनलाई फरक-फरक समयमा, फरक-फरक स्थानमा, र फरक-फरक मानिसहरूमा अघि बढाउनुभएको हो भन्‍ने देख्‍न सक्छ भने; यदि काम फरक भए पनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको हो, अनि यो एउटै परमेश्‍वरले गर्नुभएको हुनाले, यो पक्‍कै पनि सहि र त्रुटि विहीन हुनुपर्छ, र यो मानिसको धारणाहरू विपरीत भए तापनि, यो एउटै परमेश्‍वरको काम हो भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन भन्‍ने मानिसले देख्‍न सक्छ भने—यदि यो एउटै परमेश्‍वरको काम हो भनेर मानिसले सुनिश्‍चितताको साथ भन्‍न सक्छ भने, मानिसका धारणाहरूलाई उल्‍लेख गर्न पनि लायक नछोडीकन सानातिना धारणामा घटाइनेछ। मानिसका दर्शनहरू स्पष्ट नभएकाले, र मानिसले यहोवालाई मात्रै परमेश्‍वरको रूपमा, र येशूलाई प्रभुको रूपमा चिन्‍ने हुनाले, र आजका देहधारी परमेश्‍वरको बारेमा दोधारमा रहेका हुनाले, धेरै मानिसहरू यहोवा र येशूको कार्यमा नै समर्पित छन्, र आजको कामको बारेमा अक्रान्त छन्, धेरैजसो मानिसहरू सधैँ शङ्कालु हुन्छन्, र आजको कामलाई गम्‍भीर रूपमा लिँदैनन्। कार्यका अन्तिम दुई चरणहरूका बारेमा मानिसमा कुनै धारणाहरू छैनन्, जुन अदृश्य थिए। यो यसैले हो किनभने मानिसले कार्यका अन्तिम दुई चरणको वास्तविकतालाई बुझ्दैन, र तिनलाई व्यक्तिगत रूपमा देखेन। यो यसैले हो किनभने कार्यका यी चरणहरूलाई मानिसले देख्‍न नसक्‍ने हुँदा आफूलाई मन परे अनुसार मानिसले कल्‍पना गर्छ; उसले जे निष्कर्ष निकाले तापनि, त्यस्ता कल्‍पनाहरूलाई प्रमाणित गर्ने कुनै तथ्यहरू छैनन्, र तिनलाई सुधार गर्ने कोही छैन। मानिसले कुनै पर्बाह नगरिकन र आफ्‍नो कल्‍पनालाई स्वतन्त्र छोडिदिँदै आफ्‍नो प्राकृतिक गुणलाई बेलगाम छोड्छ, किनभने उसका कल्‍पनाहरूलाई पुष्टि गर्ने कुनै तथ्यहरू हुँदैन, त्यसकारण तिनको कुनै प्रमाण भए पनि नभए पनि, मानिसका कल्‍पनाहरू “तथ्य” बन्छन्। यसरी मानिसले आफ्‍नो मनमा आफैले कल्‍पना गरेको परमेश्‍वरमा विश्‍वास गर्छ, र वास्तविकताको परमेश्‍वरलाई खोजी गर्दैन। यदि एउटा व्यक्तिमा एक प्रकारको आस्था हुन्छ भने, सय जना मानिसहरूमा सय प्रकारका आस्था हुन्छन्। मानिसले परमेश्‍वरको कार्यको वास्तविकतालाई नदेखेको हुनाले, उसले यसलाई आफ्‍ना कानद्वारा मात्रै सुनेको र आफ्‍नो आँखाले नदेखेको हुनाले मानिसमा त्यस्तो आस्था हुन्छ। मानिसले दन्तकथा र कथाहरू सुनेको हुन्छ—तर परमेश्‍वरको कार्यको ज्ञानलाई उसले बिरलै सुनेको हुन्छ। तसर्थ एक वर्षदेखि विश्‍वासी बनेका मानिसहरू तिनीहरूका आफ्‍नै धारणाहरूद्वारा परमेश्‍वरमा विश्‍वास गर्न पुगेका हुन्छन्। आफ्‍नो जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ। तथ्यहरूलाई देख्‍न नसक्‍नेहरू परमेश्‍वरका बारेमा रहेका धारणाहरू सहितको विश्‍वासबाट कहिल्यै उम्‍कन सक्‍नेछैनन्। मानिसले आफैलाई आफ्‍ना पुराना धारणाहरूका बन्धनहरूबाट मुक्त गरेको छ र ऊ नयाँ क्षेत्रमा प्रवेश गरेको छ भन्‍ने विश्‍वास गर्छ। के परमेश्‍वरको साँचो मुहारलाई देख्‍न नसक्‍नेहरूको ज्ञान धारणाहरू र हल्‍लाहरू बाहेक केही पनि होइनन् भन्‍ने कुरा मानिसलाई थाहा हुँदैन र? उसका धारणाहरू सही छन् र त्रुटि रहित छन् भन्‍ने मानिसले विचार गर्छ, र उसले यी धारणाहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने विचार गर्छ। आज, जब मानिसले परमेश्‍वरको काम देख्छ, उसले धेरै वर्षसम्‍म थुप्रिएर बसेका धारणाहरूलाई खुला छोड्छ। विगतका कल्‍पनाहरू र विचारहरू यो चरणको कार्यको निम्ति अवरोध बनेको छ, र त्यस्ता धारणाहरूलाई छोड्न र त्यस्ता विचारहरूलाई खण्डन गर्न मानिसको लागि कठिन भएको छ। आजसम्‍म परमेश्‍वरलाई पछ्याएका धेरैको यो चरणबद्ध कार्य सम्‍बन्धी धारणाहरू अझै बढी गम्‍भीर बनेको छ, र यी मानिसहरूले क्रमिक रूपमा देहधारी परमेश्‍वरप्रति जिद्दी शत्रुता निर्माण गरेका छन्। यो घृणाको स्रोत मानिसका धारणाहरू र कल्‍पनाहरूमा निहित छ। मानिसका धारणा र कल्‍पनाहरू आजको कामको शत्रु बनेको छ, जुन काम मानिसका धारणाहरूका विपरीत छ। तथ्यहरूले मानिसलाई उसका कल्‍पनाहरू बेलगाम छोड्न दिँदैन, यसको साथै यसलाई मानिसले सहजै खण्डन गर्न सक्दैन, र मानिसका धारणा र कल्‍पनाहरू तथ्यहरूको अस्तित्वसँग मिल्दैन, यसको साथै, मानिसले तथ्यहरूको सटीकता र सत्यतालाई विचार गर्दैन, र एकोहोरो रूपमा आफ्‍ना धारणाहरूलाई झोडिदिन्छ र उसको आफ्‍नो कल्‍पनाहरूको प्रयोग गर्छ, ठीक यही कारणले यसो भएको हो। यो मानिसका धारणाहरूको गल्ती हो भनेर मात्रै भन्‍न सकिन्छ, अनि परमेश्‍वरको कामको गल्ती हो भनेर भन्‍न सकिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

१४७. मानिसहरू के भन्छन् भने, परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्याउँछ भने पनि, के उहाँले मानिसलाई पन्छ्याउन सक्‍नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि तय गरेको मापदण्डहरूको उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले माग गरेको कुरालाई सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन्, वा तैँले तिनलाई कति लामो समयदेखि पक्रिराखेको छस् म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्गमा हिँड्छस् कि हिँड्दैनस्, र तैँले सत्यलाई प्रेम गर्छस् कि गर्दैनस् र यसको तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ, र यसको सट्टा तैँले मेरो नाउँमा सर्म ल्याउँछस्, र कुनै वास्ता वा चिन्ता नगरिकन पछ्याउने काम मात्रै गर्दै मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्‍नेछस्? परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर भन्‍न तँ सक्षम हुनेछस् त? आज, मैले बोलेका वचनहरूलाई तैँले पाल गरेका छस् भने, तँ त्यस्तो प्रकारको व्यक्ति होस् जसलाई म स्वीकार गर्छु। परमेश्‍वरलाई पछ्याउने क्रममा सँधै कष्ट भोगेको छस्, दु:ख र सुख दुवै अवस्थामा तैँले उहाँलाई पछ्याएको छस्, र उहाँसँग खुशीका पलहरू र दु:खका पलहरू बिताएको छस् भनेर तँ भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएको वचनमा तँ जिएका छैनस्; तैँले परमेश्‍वरको लागि दौडधूप गर्ने र हरेक दिन आफैलाई परमेश्‍वरको निम्ति खर्च गर्ने इच्छा मात्रै गर्छस्, र तैँले अर्थपूर्ण जीवन जिउने बारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “कुनै हालतमा पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने म विश्‍वास गर्छु। मैले उहाँको लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरी हिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्‍मान प्राप्त नगरे तापनि कठिन परिश्रम गरेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्‍छा समावेश हुँदैन, र यो शरीर, वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्ग अनुसार नहिँड्नेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन, र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसैले म तँलाई प्रश्‍न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछन् र उनीहरूले मेरो आशिषहरू प्राप्त गर्नेछन् भन्‍ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू निश्‍चय नै मुक्ति दिइनेछ” भन्‍ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्‍मै पछ्याउनेहरूलाई नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिने तिनीहरू नै हुन्। तैँले के-कस्ता परिस्थितिहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउने बाहेक अरू तिमीहरूले के प्राप्त गरेका? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच वटा मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तैपनि बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय तँसँग छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशा गर्दै यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिफल हो, र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्‍म नै पछ्याए तापनि मेरो मार्गमा नहिँड्ने सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्‍वरको धार्मिकता यही नै हो। मानिसलाई दण्ड दिने क्रममा जब यो धर्मी स्वभावलाई प्रकट गरिन्छ, मानिस अवाक् हुनेछ, र परमेश्‍वरलाई पछ्याउने क्रममा उहाँको मार्गमा नहिँडेकोमा उसले अफसोस गर्नेछ। “त्यस बेला, परमेश्‍वरलाई पछ्याउने क्रममा मैले अलिकति मात्रै कष्ट भोगेँ, तर परमेश्‍वरको मार्गमा हिँडिनँ। के बहानाहरू छन् र? सजाय पाउने बाहेक अरू कुनै पनि विकल्‍प छैन!” तैपनि उसले आफ्‍नो मनमा यो विचार गरिरहेको हुन्छ, “जे होस्, मैले अन्त्यसम्‍मै पछ्याएको छु, त्यसैले तपाईंले मलाई सजाय दिनुभयो भने पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन, र यो सजाय दिइसक्‍नुभएपछि तपाईंले मलाई अझै पनि चाहनुहुनेछ। मलाई थाहा छ तपाईं धर्मी हुनुहुन्छ, र मलाई सँधैभरि त्यस्तो व्यवहार गर्नुहुनेछैन। आखिर, म ती मानिसहरूजस्तो छैन जसलाई नष्ट गरिनेछन्; नष्ट गरिनेहरूले भारी सजाय प्राप्त गर्नेछन्, तर मेरो सजाय हल्‍का हुनेछ।” धर्मी स्वभाव तैँले भनेको जस्तो होइन। आफ्‍नो पापलाई स्वीकार गर्न सिपालु मानिसहरूलाई उदारको साथ निराकरण गरिनेछ भन्‍ने होइन। धार्मिकता भनेको पवित्रता हो, र यो त्यस्तो स्वभाव हो जसले मानिसले गरेको उल्‍लङ्घनलाई सहँदैन, र सबै अशुद्ध र परिवर्तन नभएकाहरू परमेश्‍वरको घृणाका निसानाहरू हुन्। परमेश्‍वरको धर्मी स्वभाव व्यवस्था होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रको प्रशासनिक आदेश हो, र यो प्रशासनिक आदेश सत्यता नहुने र परिवर्तन नभएका र मुक्तिको लागि कुनै गुन्जाइस नभएका जोकोहीको धर्मी दण्डको लागि हो। जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य स्पष्ट पारिने बेला यही हो; यो मुक्तिको काम समाप्त हुनेछ समय हो, जुन समयपछि, त्यस उप्रान्त मानिसलाई मुक्ति दिने कार्य गरिनेछैन, र दुष्ट कार्य गर्ने हरेकमाथि दण्ड ल्याइनेछ। कतिपय मानिसहरू भन्छन्, “प्रायजसो उहाँकै पक्षमा हुने हरेकलाई परमेश्‍वरले स्मरण गर्नुहुन्छ। हामीमध्ये एक जनालाई पनि उहाँले बिर्सनुहुनेछैन। परमेश्‍वरद्वारा सिद्ध पारिनेछौं भन्‍ने बारेमा हामीलाई ग्यारेन्टी दिइएको छ। जो तल छन् उहाँले तिनीहरू कसैलाई पनि सम्‍झनुहुनेछैन, तल रहेका मानिसहरूमध्येमा जसलाई सिद्ध पारिनेछ तिनीहरू, परमेश्‍वरलाई धेरै पटक भेट गर्ने हामीभन्दा तल नै हुनेछन् भन्‍ने ग्यारेन्टी छ; हामीमध्ये कसैलाई पनि परमेश्‍वरले बिर्सनुभएको छैन, हामी सबैलाई परमेश्‍वरले स्वीकार गर्नुभएको छ, र परमेश्‍वरद्वारा सिद्ध पारिनेछौ भन्‍ने बारेमा हामीलाई ग्यारेन्टी दिइएको छ।” तिमीहरूसँग यस्तो धारणाहरू छन्। के यो धार्मिकता हो? तैँले सत्यतालाई अभ्यास गरेको छस् कि छैनस्? तैँले वास्तवमा यस्ता हल्‍लाहरू फैलाएको छस्—तँमा कुनै ग्लानि छैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

१४८. यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई पर्याप्त रूपमा गम्‍भीर रूपमा लिँदैनौ। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, तर तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै अनाज्ञाकारी भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले इन्कार गरेर नरकको आगोद्वारा जलाउनुहुने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ। परमेश्‍वर सम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने “पूँजी” हो, र तँ जति भ्रष्ट, तुच्छ, र नीच बन्छस्, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

१४९. येशूको सत्यता देह हुन आएपछि, मानिसले यस्तो विश्वास गऱ्योः पिता मात्र स्वर्गमा हुनुहुन्न, तर पुत्र र आत्मा पनि हुनुहुन्छ। स्वर्गमा यस प्रकारका परमेश्वर हुनुहुन्छ भन्ने मानिसमा भएको यो धारणा परम्परागत होः एक त्रिएकत्व परमेश्वर जो पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ। सबै मानवजातिमा यी धारणाहरू छन्ः परमेश्वर एक परमेश्वर हुनुहुन्छ, तर तीन भागले रचना गरिन्छ, त्यो परम्परागत धारणामा गम्भीर रूपमा गढेर बस्नेहरू सबैले पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ भन्ने ठान्छन्। केवल ती तीन भागले एक सम्पूर्ण परमेश्वर बन्दछ। पवित्र पिता बिना परमेश्वर पूर्ण हुनुहुन्न। त्यस्तै गरी, न ता पुत्र, न पवित्र आत्मा बिना परमेश्वर पूर्ण बन्नुहुन्छ। तिनीहरूका धारणाहरूमा, तिनीहरू विश्वास गर्दछन् कि न ता पितालाई मात्र न पुत्रलाई मात्र परमेश्वर मान्न सकिन्छ। केवल पिता, पुत्र र पवित्र आत्मा मिलेर नै स्वयम् परमेश्वर मान्न सकिन्छ। अब, सबै धार्मिक विश्वासीहरू र तिमीहरूका बीचका प्रत्येक अनुयायीहरूमा यस्तो आस्था छ। तापनि, त्यो आस्था सही हो कि होइन भनी कसैले पनि बताउन सक्दैन, किनकि तिमीहरू परमेश्वर स्वयमको बारेका विषयहरूमा सधैं अन्योलताको बादलमा छौ। यद्यपि यी धारणाहरू हुन्, तिमीहरू ती सही हुन् वा गलत हुन् सो जान्दैनौं, किनकि तिमीहरू धार्मिक धारणाहरूद्वारा गम्भीर रूपमा प्रभावित भएका छौ। तिमीहरूले धर्मका यी परम्परागत धारणाहरूलाई गहिरो रूपमा स्वीकार गरेका छौ, र यो विष तिमीहरूभित्र धेरै गहिराइमा पसेको छ। त्यसकारण, यस विषयमा पनि तिमीहरू यस हानिकारक प्रभावको अगि झुकेका छौ, किनकि त्रिएकत्व परमेश्वर अस्तित्वमा छैन। अर्थात्, पिता, पुत्र र पवित्र आत्माको त्रिएकत्व अस्तित्वमा छैन। यी सबै मानिसको परम्परागत धारणाहरू हुन्, र मानिसको झुटा आस्थाहरू हुन्। धेरै शताब्दीहरूदेखि मानिसले यस त्रिएकत्वमा विश्वास गरेको, मानिसको मनमा धारणाहरू संकलित गरिएको, मानिसद्वारा निर्माण गरिएको, र मानिसले पहिले कहिल्यै नदेखेको कुरा हो। यति धेरै वर्षहरूमा त्यहाँ बाइबलका धेरै व्याख्याकारहरू भएका छन्, जसले त्रिएकत्वको “साँचो अर्थ” वर्णन गरेका छन्, तर त्रिएक परमेश्वरका तीन अलग तत्वका व्यक्तित्वहरूको रूपमा यसरी वर्णन गरेको कुरा अनिश्चित र अस्पष्ट छ, र सबै मानिसहरू परमेश्वरको यस्तो “बनावट” द्वारा अलमल्लमा परेका छन्। कुनै पनि महान् व्यक्तिले कहिल्यै यसको विस्तृत विवरण प्रस्तुत गर्न सकेको छैन; प्रायः स्पष्टीकरणहरू तर्कको रूपमा र कागजमा संकलन गरिएको छ, तर एकै जना व्यक्तिले पनि यसको अर्थ पूर्ण रूपमा बुझेको छैन। किनकि मानिसको हृदयमा भएको यस महान् त्रिएकत्व कुनै अस्तित्वमा छैन। …

यदि कामका तीन चरणहरूलाई त्रिएकत्वको अवधारणा अनुसार मूल्याङ्कन गरिन्छ भने, त्यहाँ तीन जना परमेश्वर हुनुपर्दछ, किनकि प्रत्येकले गरेको काम एउटै छैन। यदि तिमीहरूमध्ये कसैले त्रिएकत्व साँच्चै छ भन्छौ भने, तीन व्यक्तित्वहरूमा एक परमेश्वर भनेको के हो त्यो बताऊ। पवित्र पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ? पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पवित्र पिता हुनुहुन्छ? के येशू पुत्र हुनुहुन्छ? त्यसोभए, पवित्र आत्माको बारेमा के छ? के पिता आत्मा हुनुहुन्न? के पुत्रको सार पनि आत्मा होइन र? के येशूको काम पवित्र आत्माको काम थिएन? के त्यसबेला यहोवाको काम येशूको कामजस्तै आत्माद्वारा गरिएको थिएन र? परमेश्वरसँग कतिवटा आत्मा हुन सक्छ? तेरो बयानअनुसार पिता, पुत्र र पवित्र आत्माका तीन व्यक्तित्वहरू एक हुन्; यदि त्यसो हो भने, तब त्यहाँ तीनवटा आत्मा छन्, तर तीनवटा आत्मा हुनुको अर्थ त्यहाँ तीन परमेश्वर छन् भन्ने हुन्छ। यसको अर्थ त्यहाँ कुनै एक साँचो परमेश्वर छैन; यस प्रकारको परमेश्वरसँग अझै पनि परमेश्वरको अन्तर्निहित तत्व कसरी हुन सक्छ? यदि तँ एक मात्र परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गर्छस् भने, कसरी उहाँको पुत्र हुन र पिता हुन सक्छ? के यी सबै केवल तेरा धारणाहरू होइनन्? परमेश्वरमा एक मात्र हुनुहुन्छ, यस परमेश्वरमा एक मात्र व्यक्तित्व हुनुहुन्छ, र परमेश्वरका एक आत्मा मात्र हुनुहुन्छ, बाइबलमा “पवित्र आत्मा एउटै मात्र हुनुहुन्छ, र एउटै परमेश्वर हुनुहुन्छ” भन्नेबारे धेरै लेखिएका छन् भन्ने जस्तै। तैंले भन्ने पिता र पुत्र अस्तित्वमा भए पनि आखिर परमेश्वर एक मात्र हुनुहुन्छ, अनि तिमीहरूले विश्वास गर्ने पिता, पुत्र र पवित्र आत्माको सार पवित्र आत्माको सारमा छ। अर्को शब्दमा भन्ने हो भने, परमेश्वर आत्मा हुनुहुन्छ, तर उहाँ देह बन्न र मानिसहरूका माझ वास गर्न साथै सबै थोकभन्दा उच्च हुन सक्नुहुन्छ। उहाँका आत्मा सर्व-सम्मिलित र सर्वव्यापी छ। उहाँ एकसाथ देहमा र ब्रह्माण्डमा र त्यसमाथि हुन सक्नुहुन्छ। सबै मानिसहरूले परमेश्वर एक मात्र साँचो परमेश्वर हुनुहुन्छ भन्ने गरेकाले, परमेश्वर एक मात्र हुनुहुन्छ, कसैले पनि आफ्नो इच्छाले विभाजन गर्न सक्दैन! परमेश्वर एक मात्र आत्मा, र एक मात्र व्यक्तित्व हुनुहुन्छ; र त्यो परमेश्वरका आत्मा हुनुहुन्छ। यदि तैंले भनेको जस्तै पिता, पुत्र र पवित्र आत्मा हो भने त, के उहाँहरू तीन परमेश्वर हुनुहुन्न र? पवित्र आत्मा एउटा थोक हुनुहुन्छ, पुत्र अर्को, र पिता अझ अर्को। उहाँहरूका व्यक्तित्व फरक छन् र उहाँहरूका सारहरू फरक छन्, त्यसोभए उहाँहरू प्रत्येक कसरी एउटै परमेश्वरका भागहरू हुन सक्नुहुन्छ? पवित्र आत्मा आत्मा हुनुहुन्छ; यो बुझ्न मानिसका निम्ति सजिलो छ। यदि त्यसो हो भने, पिता झन् अझ बढी आत्मा हुनुहुन्छ। उहाँ यस पृथ्वीमा कहिल्यै ओर्लनुभएको छैन र कहिल्यै देह बन्नुभएको छैन; मानिसहरूका हृदयमा उहाँ यहोवा परमेश्वर हुनुहुन्छ, र निश्चय उहाँ एक आत्मा पनि हुनुहुन्छ। त्यसोभए उहाँ र पवित्र आत्माको बीचमा के सम्बन्ध छ? के यो पिता र पुत्रबीचको सम्बन्ध हो? वा के यो पवित्र आत्मा र पिताको आत्मा बीचको सम्बन्ध हो? के प्रत्येक आत्माको सार एउटै हो? वा के पवित्र आत्मा पिताको साधन हुनुहुन्छ? यसलाई कसरी वर्णन गर्न सकिन्छ? तब पुत्र र पवित्र आत्माको बीच के सम्बन्ध छ? के यो दुईवटा आत्मा बीचको सम्बन्ध हो वा मानिस र आत्मा बीचको सम्बन्ध हो? यी सबै यस्तै विषयहरू हुन् जसको हामीसित कुनै स्पष्टीकरण छैन! यदि उहाँहरू सबै एउटै आत्मा हुनुहुन्छ भने, तीन व्यक्तित्वहरूको कुरा हुन सक्दैन, किनकि उहाँहरूमा एउटै आत्मा हुनुहुन्छ। यदि उहाँहरू फरक-फरक व्यक्तित्वहरू थिए भने, उहाँहरूका आत्माहरू शक्तिमा फरक हुनेथियो, र उहाँहरू केवल एक मात्र आत्मा हुन सक्नुहुन्न। पिता, पुत्र र पवित्र आत्माको यो अवधारणा सबैभन्दा हास्यस्पद छ! यसले परमेश्वरलाई विभाजित गर्दछ र उहाँलाई फरक-फरक प्रतिष्ठा र आत्मा भएका तीन व्यक्तित्वहरूमा बाँड्दछ; त्यसोभए अझै पनि उहाँ कसरी एक आत्मा र एक परमेश्वर हुन सक्नुहुन्छ? मलाई भन्, के आकाश र पृथ्वी, र त्यसभित्रका सबै थोक पिता, पुत्र वा पवित्र आत्माले सृष्टि गर्नुभएको हो? कोही भन्छन् कि उहाँहरू सबैले एकसाथ सृष्टि गर्नुभएको हो। त्यसोभए मानवजातिलाई कसले छुटकारा दियो? के पवित्र आत्माले, पुत्रले वा पिताले हो? कसै-कसैले भन्छन्, मानवजातिलाई पुत्रले उद्धार गर्नुभएको हो। त्यसोभए, सारमा पुत्र को हुनुहुन्छ? के उहाँ परमेश्वरका आत्माको देहधारण हुनुहुन्न र? देहधारणले स्वर्गमा हुनुहुने परमेश्वरलाई सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट पिताको नाउँले सम्बोधन गर्दछ। के येशू पवित्र आत्माद्वारा गर्भधारण भई जन्मनुभएको तँलाई थाहा छैन? उहाँभित्र पवित्र आत्मा हुनुहुन्छ; तैंले जे भने पनि, उहाँ अझै पनि स्वर्गका परमेश्वरसँग एक हुनुहुन्छ, किनकि उहाँ परमेश्वरका आत्माको देहधारण हुनुहुन्छ। पुत्रको बारेमा यो धारणा असत्य हो। एउटै आत्मा हुनुहुन्छ, जसले सबै काम गर्नुहुन्छ, केवल परमेश्वर स्वयमले मात्र, अर्थात् परमेश्वरका आत्माले आफ्नो काम गर्नुहुन्छ। परमेश्वरका आत्मा को हुनुहुन्छ? के यो पवित्र आत्मा होइन र? के यो येशूमा काम गर्ने पवित्र आत्मा नै होइन र? यदि यो काम पवित्र आत्मा (अर्थात् परमेश्वरका आत्मा) द्वारा नगरिएको भए, के उहाँको कामले स्वयम् परमेश्वरको प्रतिनिधित्व गर्न सक्थ्यो? येशूले प्रार्थना गर्नुहुँदा स्वर्गका परमेश्वरलाई पिता नाउँले सम्बोधन गर्नुभयो, त्यो केवल एक सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट गरिएको थियो, किनकि परमेश्वरका आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको थियो र बाहिरीपट्टि सृष्टि गरिएको एउटा प्राणीको आवरण थियो। यदि उहाँभित्र पनि परमेश्वरका आत्मा हुनुहुन्थ्यो भने, उहाँको बाहिरी रूप अझै पनि सामान्य मानिसको जस्तो देखिन्थ्यो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ “मानिसका पुत्र” बन्नुभएको थियो, जसको बारेमा येशू आफैलगायत सबै मानिसहरूले बोलेका थिए। उहाँ मानिसका पुत्र भएकाले (पुरुष वा स्त्री, चाहे जे भए पनि बाहिरी रूपमा मानिसको आवरणमा हुनुहुन्थ्यो) उहाँ साधारण मानिसहरूको सामान्य परिवारमा जन्मनु भएका व्यक्ति हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गका परमेश्वरलाई त्यसरी नै पिता भनी सम्बोधन गर्नुभयो जसरी तिमीहरूले पहिलोचोटि उहाँलाई पिता भनेका थियौ; उहाँले सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट त्यसो भन्नुभयो। के तिमीहरूलाई प्रभुको त्यो प्रार्थना याद छ, जुन येशूले तिमीहरूलाई कण्ठ गर्नु भनी सिकाउनुभएको थियो? “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ...।” उहाँले सबै मानिसलाई स्वर्गमा हुनुहुने परमेश्वरलाई पिता भनी सम्बोधन गर्नू भन्नुभयो। अनि उहाँ आफैले पनि उहाँलाई पिता भन्नु भएकोले, उहाँले तिमीहरू सबैको बराबर स्तरमा खडा हुने व्यक्तिको दृष्टिकोणबाट त्यसो भन्नुभयो। तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्वरलाई पिता भनी सम्बोधन गर्ने हुनाले, यसले देखाउँदछ कि येशूले आफैलाई तिमीहरूसँग बराबर स्तरमा, र पृथ्वीमा परमेश्वरद्वारा चुनिएका एक व्यक्ति (अर्थात् परमेश्वरका पुत्र) को रूपमा हेर्नुभयो। यदि तिमीहरू परमेश्वरलाई पिता भनी सम्बोधन गर्छौ भने, के यो तिमीहरू एक सृष्टि गरिएको प्राणी भएकोले नै होइन र? तापनि क्रूसमा टाँगिनुभन्दा अघि पृथ्वीमा येशूको अधिकार जति नै महान् भए पनि, उहाँ पवित्र आत्मा (अर्थात्, परमेश्वर) द्वारा संचालित केवल मानिसका पुत्र र पृथ्वीको एक सृष्टि गरिएको प्राणी मात्र हुनुहुन्थ्यो, किनकि उहाँले आफ्नो काम पूरा गर्नु अझै बाँकी नै थियो। त्यसकारण, उहाँले स्वर्गमा हुनुहुने परमेश्वरलाई पिता भनी सम्बोधन गर्नु पूर्ण रूपमा उहाँको नम्रता र आज्ञाकारिता थियो। तापनि, उहाँले परमेश्वर (अर्थात्, स्वर्गमा हुनुहुने आत्मा) लाई त्यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्वरका आत्माका पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, कुरा यति मात्र हो, कि उहाँको दृष्टिकोण फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्थ्यो भन्ने होइन। भिन्नाभिन्नै व्यक्तित्वहरूको अस्तित्व छ भन्नु भ्रम हो! उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि येशू देहका सिमाहरूमा सिमित मानिसका पुत्र हुनुहुन्थ्यो, अनि उहाँसित पवित्र आत्माको पूर्ण अधिकार थिएन। त्यसकारण उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्वर पिताको इच्छा खोज्न मात्र सक्नुहुन्थ्यो। यसैले उहाँले गेतसमनीमा तीन पटक प्रार्थना गर्नुभयोः “मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँ यहूदीहरूका मात्र राजा हुनुहुन्थ्यो; उहाँ ख्रीष्ट, मानिसका पुत्र, महिमित शरीर हुनुहुन्नथियो। त्यसैकारण, सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट उहाँले परमेश्वरलाई पिता भन्नुभयो। अब, तैँले परमेश्वरलाई पिता भन्नेहरू सबै पुत्र हुन् भन्न सक्दैनस्। यदि त्यस्तो हुन्थ्यो भने, येशूले एकचोटि प्रभुको प्रार्थना सिकाउनुभएपछि के तिमीहरू सबै परमेश्वरका पुत्र बन्नेथिएनौ र? यदि तिमीहरू अझै पनि विश्वस्त भएका छैनौ भने मलाई भन्, तिमीहरू कसलाई पिता भन्छौ? यदि तिमीहरू येशूलाई सङ्केत गर्दैछौ भने, येशूका पिताचाहिँ तिमीहरूका निम्ति को हुन्? येशू जानुभएपछि, पिता र पुत्रको यो धारणा अब छैन। यो धारणा येशू देह बन्नु भएका वर्षहरूका लागि मात्र उपयुक्त थियो; यदि तिमीहरू परमेश्वरलाई पिता भन्छौ भने अन्य सबै परिस्थितिहरूमा त्यो सम्बन्ध सृष्टिका परमप्रभु र सृष्टि गरिएका प्राणी बीचको मात्र हुन्छ। पिता, पुत्र र पवित्र आत्माको-त्रिएकत्वको धारणा कुनै पनि समय खडा हुन सकेको छैन; यो युगहरूमा बिरलै देखिएको एउटा भ्रम मात्र हो र यसको कुनै अस्तित्व छैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

१५०. बाइबलको पुरानो करारमा पिता, पुत्र र पवित्र आत्माको बारेमा कुनै उल्लेख गरिएको छैन, केवल एक मात्र सत्य परमेश्वर, यहोवाले इस्राएलमा आफ्नो काम गर्नुभएको उल्लेख मात्र छ। युग परिवर्तन हुँदै जाँदा उहाँलाई विभिन्न नाउँहरूले सम्बोधन गरियो, तर ती प्रत्येक नाउँले फरक-फरक व्यक्तित्वलाई बुझाउँछ भनी यसले प्रमाणित गर्दैन। यदि त्यस्तो हुन्थ्यो भने, तब के परमेश्वरमा असङ्ख्य व्यक्तित्वहरू हुने थिएनन् र? पुरानो करारमा जे लेखिएको छ त्यो यहोवाको काम हो, त्यो व्यवस्थाको युगमा सुरु गर्न परमेश्वर आफैले गर्नुभएको काम थियो। त्यो परमेश्वरको काम थियो, र जसै उहाँ बोल्नुभयो, त्यस्तै हुन आयो र जसै उहाँले आज्ञा गर्नुभयो, त्यस्तै भयो। कुनै पनि समयमा यहोवाले उहाँ काम गर्न आउनुभएका पिता हुनुहुन्छ भन्नुभएन, न ता उहाँले मानवजातिको उद्धार गर्न पुत्र आउनुहुने अगमवाणी नै गर्नुभयो। जब येशूको समय आयो, त्यस बेला परमेश्वर सम्पूर्ण मानवजातिलाई छुटकारा दिन देह बन्नुभयो मात्र भनियो, पुत्र आउनुभयो भनी भनिएन। युगहरू एकै प्रकारका नभएकाले र परमेश्वर आफैले गर्नुहुने काम पनि फरक-फरक हुने भएकोले, उहाँले आफ्नो कामलाई विभिन्न क्षेत्रहरूमा गर्नु आवश्यक छ। यस प्रकारले, उहाँले प्रतिनिधित्व गर्नुहुने पहिचान पनि फरक-फरक हुन्छन्। मानिसले यहोवा येशूका पिता हुनुहुन्छ भनी विश्वास गर्छ, तर वास्तवमा येशूले यसलाई स्वीकार्नु भएन, जसले भन्नुभयोः “हामी कहिल्यै पनि पिता र पुत्रको रूपमा चिनिंदैनौ; म र स्वर्गमा हुनुहुने पिता एक हौं। पिता ममा हुनुहुन्छ र म पितामा छु; जब मानिसले पुत्रलाई देख्छन्, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई देख्दछन्।” सबै भनिसकेपछि, उहाँ चाहे पिता होऊन् वा पुत्र, उहाँहरू एक आत्मा हुनुहुन्छ, अलग-अलग व्यक्तित्वहरूमा विभाजित हुनुहुन्न। मानिसले एक पटक व्याख्या गर्न खोज्यो भने फरक-फरक व्यक्तित्वहरू साथै पिता, पुत्र र पवित्र आत्माको सम्बन्धको धारणाले गर्दा विषयहरू जटिल बन्छन्। जब मानिसले फरक-फरक व्यक्तित्वहरूको कुरा गर्छ, के त्यसले परमेश्वरलाई भौतिक बनाउँदैन? मानिसले ती व्यक्तित्वहरूलाई पहिलो, दोस्रो र तेस्रो दर्जामा राख्छ; यी सबै मानिसको कल्पना मात्र हुन्, जुन उल्लेख गर्नु योग्यको छैन, र पूर्ण रूपमा अवास्तविक छ! यदि तैंले उसलाई, “त्यहाँ कतिजना परमेश्वरहरू छन्?” भनी सोधिस् भने, उसले भन्नेछ कि परमेश्वर पिता, पुत्र र पवित्र आत्मा भएको त्रिएकत्व हुनुहुन्छः एक मात्र साँचो परमेश्वर। यदि तैंले फेरि, “पिता को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले यसो भन्नेछः “पिता स्वर्गमा हुनुहुने परमेश्वरका आत्मा हुनुहुन्छ; उहाँ सबैका नियन्त्रक हुनुहुन्छ, र उहाँ स्वर्गका मालिक हुनुहुन्छ।” “त्यसोभए के यहोवा आत्मा हुनुहुन्छ?” उसले भन्नेछः “हो!” यदि तैंले उसलाई, “पुत्र को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले भन्नेछ कि अवश्य येशू पुत्र हुनुहुन्छ। “त्यसोभए येशूको कथा के हो? उहाँ कहाँबाट आउनुभएको हो?” उसले भन्नेछः “येशू पवित्र आत्माद्वारा मरियमको गर्भमा आउनुभयो र जन्मनुभयो।” त्यसो भए के उहाँको सार पनि आत्मा होइन र? के उहाँको काम पनि पवित्र आत्माको प्रतिनिधि होइन र? यहोवा आत्मा हुनुहुन्छ, र यसैले येशूको सार पनि हुनुहुन्छ। यो भन्नु आवश्यक छैन कि अब आखिरी दिनहरूमा पनि आत्माले अझै पनि काम गरिरहनुभएको छ; उहाँहरू कसरी फरक-फरक व्यक्तित्वहरू हुन सक्छन्? के यो आत्माले भिन्नै दृष्टिकोणबाट गरिरहनुभएको आत्माकै काम होइन र? जस्तै, त्यहाँ व्यक्तित्वहरू बीच कुनै भिन्नता हुँदैन। येशूको गर्भधान पवित्र आत्माबाट भएको थियो, र निस्सन्देह, उहाँको काम ठ्याक्कै पवित्र आत्माको काम थियो। यहोवाले गर्नुभएका कामको पहिलो चरणमा उहाँ न ता देह नै हुनुभयो, न मानिसकहाँ देखा पर्नुभयो। यसैले मानिसले उहाँको रूप कहिल्यै पनि देखेन। उहाँ जतिसुकै महान् र जति नै अग्लो हुनुहुन्थ्यो भने पनि, उहाँ अझै आत्मा, परमेश्वर स्वयम् नै हुनुहुन्थ्यो, जसले पहिले मानिसलाई सृष्टि गर्नुभएको थियो। अर्थात्, उहाँ परमेश्वरका आत्मा हुनुहुन्थ्यो। जब उहाँ बादलहरूको बीचबाट मानिससँग बोल्नुभयो, उहाँ केवल आत्मा हुनुहुन्थ्यो। उहाँ देखापर्नुभएको घटनालाई कसैले पनि देखेन; अनुग्रहको युगमा जब परमेश्वरका आत्मा देहमा आउनुभयो र यहूदियामा देहधारण हुनुभयो एक यहूदीको स्वरूपमा पहिलोचोटि मानिसले उहाँलाई देख्यो। यहोवाका विचारहरू बुझ्न सकिंदैन। तापनि, उहाँ पवित्र आत्माद्वारा गर्भधान, अर्थात् स्वयम् यहोवा स्वयमको आत्माद्वारा गर्भधान हुनुभयो, र येशू परमेश्वरका आत्माको मुर्तरूपको रूपमा जन्मनुभयो। मानिसले पहिले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभएको देख्यो; यो केवल येशू मात्र आत्मा थिएन, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूका आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू, पुत्र र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ भने, तब उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यस्तो हुन्थ्यो भने, काम गर्न सकिने थिएन। येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्वरका आत्मा, सात गुणा तीब्र पारिएको आत्मा र सर्व-सम्मिलित आत्मा भन्न सकिन्छ। परमेश्वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई उद्धार गर्न सक्नुहुन्छ, र यसबाहेक उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न सक्नुहुन्छ। यो काम सबै परमेश्वर आफैले गर्नुभएको हो र उहाँको ठाउँमा परमेश्वरको कुनै अर्को व्यक्तित्वहरूले गर्न सक्दैन थियो। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र भीड्को माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको आफ्नै आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हत्केलामा छन्; यी सबै स्वयम् परमेश्वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्वर स्वयम् नै रहनुहुन्छ। यद्यपि उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिन्छ, उहाँ अझै पनि उहाँ नै हुनुहुन्छ, र सबै कामहरू उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँको क्रुसिकरणद्वारा सारा मानवजातिको छुटकारा उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र आखिरी दिनहरूमा सबै जाति र सबै देशहरूका निम्ति घोषणा पनि हो। सबै समयमा, परमेश्वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्वर, सर्व-सम्मिलित परमेश्वर स्वयम् भन्न सकिन्छ। अलग-अलग व्यक्तित्वहरू छैनन्, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्वर हुनुहुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

१५१. अझै कसै-कसैले भन्न सक्छः “पिता पिता नै हुनुहुन्छ, पुत्र पुत्र नै हुनुहुन्छ, र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ, र अन्त्यमा, उहाँहरूलाई एउटै बनाइनुहुनेछ।” त्यसोभए तँ कसरी उहाँहरूलाई एक बनाउँछस्? पिता र पवित्र आत्मालाई कसरी एक बनाउन सकिन्छ? यदि उहाँहरू अन्तर्निहित रूपमा दुई थिए भने, उहाँहरूलाई जसरी एकसाथ जोडे पनि के उहाँहरू दुई जना नै रहँदैनन् र? जब तँ उहाँहरूलाई एक बनाउने बारे कुरा गर्छस्, के त्यो दुई अलग-अलग भागलाई जोडेर एउटा बनाउनुजस्तो हुँदैन र? तर एउटा सिङ्गो बनाउनु अघि के उहाँहरू दुई भाग हुनुहुन्न थियो र? प्रत्येक आत्माको एक अलग सार हुन्छ, र दुई आत्मालाई सिङ्गो एउटा बनाउन सकिंदैन। आत्मा कुनै भौतिक वस्तु होइन र यो भौतिक संसारका अरू कुनै थोकजस्तो हुँदैन। जब मानिसले यसलाई हेर्छ, पिता एक आत्मा हुनुहुन्छ, पुत्र अर्को र पवित्र आत्मा अझ अर्को हुनुहुन्छ, अनि तीनवटा आत्मा तीन गिलास पानीजस्तै एउटैमा मिसिनुहुन्छ। त्यसो गर्नु के तीन जनालाई एउटा बनाउनु होइन र? यो पूर्ण रूपमा गलत व्याख्या हो। के यो परमेश्वरलाई विभाजन गर्नु होइन र? पिता, पुत्र र पवित्र आत्मा सबैलाई कसरी एक बनाउन सकिन्छ? के उहाँहरू प्रत्येक भिन्नाभिन्नै प्रकृति भएका तीन भाग हुनुहुन्न र? अझै कोही यस्तो भन्नेहरू पनि छन्, “के परमेश्वरले येशू उहाँका प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?” येशू परमेश्वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैंले बुझिस्? के येशूले “म पितामा छु, र पिता ममा हुनुहुन्छ,”—भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी संकेत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्वर आफैलाई दिनुभएको गवाही मात्र हो। युगहरूमा परिवर्तन भएकाले, कामका मागहरू र उहाँको व्यवस्थापन योजनाका विभिन्न चरणहरूको कारण, मानिसले उहाँलाई बोलाउने नाउँ पनि फरक हुन्छ। जब उहाँ पहिलो चरणको काम गर्न आउनुभयो, उहाँलाई यहोवा, इस्राएलीहरूका गोठालो मात्र कहलाइन सकिन्थ्यो। दोस्रो चरणमा, देहधारी परमेश्वरलाई केवल प्रभु र ख्रीष्ट कहलाइन सकिन्थ्यो। तर त्यस बेला स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्वरका प्रिय पुत्र हुनुहुन्छ मात्र भन्नुभयो, र उहाँ परमेश्वरका एक मात्र पुत्र हुनुहुन्छ भनी उल्लेख गर्नुभएन। यो त्यसै भएको थिएन। कसरी परमेश्वरको एक मात्र सन्तान हुन सक्छ? त्यसो भए के परमेश्वर मानिस बन्नुहुन्न थियो र? उहाँ देहधारी हुनुभएकोले, उहाँलाई परमेश्वरका प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्र बीचको सम्बन्ध बन्यो। यो स्वर्ग र पृथ्वी बीचको अन्तरको कारणले भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले सामान्य मानिसको देह धारण गर्नुभएको हुनाले देहको दृष्टिकोणबाट उहाँले भन्नुभयोः “मेरो बाहिरी खोल सृष्टि गरिएको प्राणीको हो। किनकि यस पृथ्वीमा आउनका लागि मैले देह धारण गर्छु, म अहिले स्वर्गबाट टाढा, धेरै टाढा छु।” यसकारण, उहाँले पिता परमेश्वरसँग देहको दृष्टिकोणबाट मात्र प्रार्थना गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्वरका देहधारी आत्मा यही कुराले सुसज्जित हुनुपर्दछ। उहाँले देहको दृष्टिकोणबाट पितासँग प्रार्थना गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्न भन्न सकिंदैन। यद्यपि उहाँ परमेश्वरका प्रिय पुत्र कहलाइनुभयो, उहाँ अझै परमेश्वर स्वयम् हुनुहुन्थ्यो, किनकि उहाँ आत्माको देहधारण हुनुहुन्थ्यो, र उहाँको सार अझै आत्मा नै हुनुहुन्थ्यो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

अघिल्लो: ख. भ्रष्ट मानवजातिको शैतानी स्वभाव र तिनीहरूको प्रकृति सारको खुलासा सम्बन्धी वचनहरू

अर्को: घ. सत्य के हो भन्‍ने खुलासा सम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्