सत्यता पछ्याउनु भनेको के हो (१६)

हामीले मुख्य रूपमा नैतिक आचरणसम्बन्धी विभिन्‍न भनाइहरूको सारका बारेमा सङ्गति र विश्‍लेषण गर्दै आएका छौँ, र विभिन्‍न भनाइहरूले मानिसहरूलाई पार्ने प्रभावका बारेमा विश्‍लेषण गर्दै आएका छौँ। नैतिक आचरणसम्बन्धी यी विभिन्‍न भनाइहरूले मुख्यतया परम्परागत चिनियाँ संस्कृतिले मानिसहरूमा पार्ने प्रभावहरूको फरक हदलाई, अर्थात् आजको दिनसम्म कायम रहेको प्रभावलाई प्रतिनिधित्व गर्छन्। हामीले हाम्रो पछिल्लो भेलामा नैतिक आचरणको कुन भनाइका बारेमा सङ्गति र खुलासा गर्‍यौँ? (पछिल्लो पटक, परमेश्‍वरले “मर्दको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइका बारेमा सङ्गति र खुलासा गर्नुभयो।) नैतिक आचरणसम्बन्धी भनाइहरूमा सङ्गति गर्दा, हामीले आम परिवेशको कुरा उठाउँछौँ: समय जसरी परिवर्तन भए पनि, वा हाम्रो सामाजिक परिवेश जसरी परिवर्तन भए पनि, वा कुनै पनि देशको राजनीतिक अवस्था जसरी परिवर्तन भए पनि, शैतानले मानवजातिमा, मानिसहरूको विचार र नैतिक आचरणमा, र तिनीहरूको हृदयको अन्‍तस्‍करणमा परम्परागत संस्कृतिमा पाइने नैतिक आचरणसम्बन्धी विभिन्‍न विधर्म र भ्रममार्फत् उत्पन्न गराउने भ्रष्‍टता झन्-झन् स्पष्ट हुँदै जान्छ। परम्परागत संस्कृतिको घातकताले मानवजातिमा पार्ने प्रभाव समयको परिवर्तन र जिउने परिवेशमा आएको परिवर्तनका कारणले कम भएको छैन, र धेरै मानिसहरूले अझै पनि परम्परागत संस्कृतिबाट व्युत्पन्‍न गरिका विभिन्‍न भनाइलाई चिनियाँ परम्परागत अध्ययन र शास्त्रका रूपमा आदर गर्दै उद्धृत र प्रचार गर्छन्। शैतानले मानिसहरूको हृदयको गहिराइमा नैतिक आचरणसम्बन्धी विभिन्‍न भनाइहरू रोपेको छ र मानिसहरूलाई चरम रूपमा भ्रष्ट बनाएको छ भन्‍ने कुरा स्पष्ट छ। शैतानले किन मानिसहरूलाई भ्रष्ट बनाउँछ? मानिसहरूलाई भ्रष्ट पार्नु पछाडिको यसको अन्तिम लक्ष्य के हो? यो मानवजातिप्रति लक्षित छ कि परमेश्‍वरप्रति? (परमेश्‍वरप्रति।) शैतानको सार जान्‍नका लागि, र शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउने मूल कारण र प्रक्रिया जान्‍नका लागि तैँले बुझ्नैपर्ने कुरा यही हो। शैतानले मानिसहरूको विचारलाई कसरी भ्रष्ट तुल्याउँछ? मानिसहरूले आफ्नो हृदयको अन्‍तस्‍करणमा किन त्यस्ता परमेश्‍वर-विरोधी कुराहरूलाई प्रश्रय दिन्छन्? मानिसहरूले किन सत्यता विपरीत रहेका यी कुराहरूलाई प्रश्रय दिन्छन्? मानिसहरू कसरी यस्ता भए? मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, तैपनि मानिसहरूले किन शैतानले जस्तै हरेक मोडमा परमेश्‍वरको विरोध गर्छन् र उहाँविरुद्ध विद्रोह गर्छन्? यसको मूल कारण के हो? के हामीले यसभन्दा पहिले छलफल गरेका कुराले यी प्रश्‍नहरूको जवाफ दिन सक्छ? (सक्छ।) पछाडि फर्केर हेर अनि हामीले पछिल्लो पटक कुन विषयमा सङ्गति गरेका थियौँ भनेर सोच। (परमेश्‍वरले सुरुमा हाम्रो वर्तमान अवस्थाहरूका बारेमा सङ्गति गर्नुभयो। हामीले परमेश्‍वरका वचनहरू खाने र पिउने गरेका भए पनि, शैतानले हामीमा उत्पन्न गराउने विधर्म र भ्रमहरू अनि विचार र दृष्टिकोणहरूको कुरा आउँदा, हामीसँग मूलतः कुनै विवेक छैन, र हामी कुनै पनि समयमा र कुनै पनि ठाउँमा शैतानको मुखपात्र र नोकर बन्‍न सक्छौँ। शैतानले मानिसहरूलाई बहकाउन र भ्रष्ट तुल्याउन किन यी विधर्म र भ्रमहरू प्रयोग गर्छ भन्‍ने कुरामा पनि परमेश्‍वरले सङ्गति गर्नुभयो। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने र हानि पुर्‍याउने भए पनि, त्यसको वास्तविक उद्देश्य परमेश्‍वरप्रति लक्षित हुन्छ। यसले परमेश्‍वरको व्यवस्थापन योजनालाई तल झार्न र नष्ट गर्न चाहन्छ। परमेश्‍वरको व्यवस्थापन योजनाले मानिसहरू परमेश्‍वरसँग एउटै हृदय र मनको हुन सकून् भनेर अन्त्यमा तिनीहरूको एक समूहलाई मुक्ति दिने र सिद्ध पार्ने लक्ष्य राखेको, कारण शैतानले यी मानिसहरूलाई परमेश्‍वरलाई पछ्याउने, परमेश्‍वरद्वारा सिद्ध पारिने, र परमेश्‍वरद्वारा प्राप्त गरिने कार्यमा बाधा दिने र अवरोध गर्ने प्रयास गर्छ। परमेश्‍वरले शैतानका धूर्त योजनाहरूको अन्तर्य देख्‍नुहुन्छ, तैपनि त्यसलाई रोक्‍नुहुन्‍न। बरु परमेश्‍वरले शैतानलाई सेवाको साधन र प्रतिभारका रूपमा प्रयोग गर्नुहुन्छ, किनकि परमेश्‍वरको बुद्धि शैतानका धूर्त योजनाहरूमा आधारित हुन्छ, र उहाँले शैतानद्वारा भ्रष्ट पारिका यी मानिसहरूलाई शुद्धीकरण गर्ने र मुक्ति दिने काम गर्नुहुन्छ। शैतानले मानिसहरूलाई बहकाउन र भ्रष्ट तुल्याउन यी विधर्म र भ्रमहरू प्रयोग गर्छ भनेर हामीलाई स्पष्ट रूपमा देखाउनका लागि परमेश्‍वरले परम्परागत संस्कृतिका विभिन्‍न भनाइको खुलासा र विश्‍लेषण गर्नुहुन्छ। यी विधर्म र भ्रमहरू नकारात्मक छन् भनेर सैद्धान्तिक रूपमा मात्र बुझ्न सक्‍ने नभई, तिनलाई खुट्ट्याउने समझशक्ति प्राप्त गर्न सकौँ, अनि यी भनाइहरूभित्र शैतानका के-कस्ता धूर्त योजनाहरू छन् भनेर स्पष्ट रूपमा बुझ्न सकौँ भनेर परमेश्‍वरले यसो गर्नुहुन्छ। हामीले यी कुरालाई स्पष्ट रूपमा बुझिसकेपछि, आफूलाई ती कुरासँग तुलना गर्न सक्छौँ, परमेश्‍वरका वचनहरूका आधारमा आत्म-चिन्तन गर्न सक्छौँ, हामीमा के-कस्ता शैतानी विचार र दृष्टिकोणहरू छन्, हाम्रा कार्यहरूको अभिप्रायमा शैतानका के-कस्ता धूर्त योजनाहरू छन्, र हामीले कुन-कुन शैतानी स्वभावहरू प्रकट गर्छौँ भनेर जाँच्न सक्छौँ। आफूलाई साँचो रूपमा चिन्‍नु, र सैद्धान्तिक बुझाइ र सामान्य समझको स्तरमा मात्र नरहनु भनेको यही हो।) शैतानले मानिसहरूलाई भ्रष्ट पार्ने एउटा तरिका भनेको तिनीहरूको विचार र हृदयलाई भ्रष्ट पार्नु हो; यसले मानिसहरूको हृदय र मनमा सबै प्रकारका शैतानी सोचाइ, विचार, विधर्म र भ्रमहरू हालिदिन्छ। तीमध्ये परम्परागत चिनियाँ संस्कृतिको उत्कृष्टलाई प्रतिनिधित्व गर्ने नैतिक आचरणसम्बन्धी विभिन्‍न भनाइ छन्—ती भनाइहरू परम्परागत चिनियाँ संस्कृतिका ठेट चित्रणहरू हुन्। परम्परागत संस्कृतिका यी विचार र दृष्टिकोणहरूले आधारभूत रूपमा शैतानका विचारहरू, शैतानको सारलाई प्रतिनिधित्व गर्छन्, र तिनले परमेश्‍वरको अवज्ञा गर्ने शैतानको स्वभावका कुराहरूलाई प्रतिनिधित्व गर्छन्। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन यी कुराहरू प्रयोग गर्नुको अन्तिम परिणाम के हुन्छ? (यसले मानिसहरूलाई परमेश्‍वरविरुद्ध खडा गर्छ।) नतिजा के हुन्छ भने, मानिसहरू परमेश्‍वरविरुद्ध खडा हुन्छन्। अनि मानिसहरू के बन्छन्? (तिनीहरू शैतानका मुखपत्र र दास बन्छन्। तिनीहरू जीवित शैतान बन्छन्।) मानिसहरू शैतानको मुखपत्र, शैतानको मूर्त रूप बन्छन्, र भ्रष्ट मानवजातिले शैतानको प्रतिनिधित्व गर्न पुग्छ। भ्रष्ट मानवजातिले बोल्ने वचनहरूमा लुकेका अभिप्राय, उद्देश्य, विचार र दृष्टिकोणहरू र तिनीहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू शैतानद्वारा व्यक्त र प्रकट गरिएका कुराहरू बन्छन्। यसले मानवजातिका जिउने नियमहरू र तिनीहरूले आफ्‍नो व्यवहार प्रस्तुत गर्ने र अरूसँग अन्तरक्रिया गर्नमा उपयोग गर्ने विभिन्‍न विचार र दृष्टिकोणहरू सबै शैतानबाट आएका हुन्छन् र तिनले शैतानको प्रकृति सारलाई प्रतिनिधित्व गर्छन् भन्‍ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ; यसले जीवित भ्रष्ट मानवजाति शैतानको मूर्त रूप हो, शैतानको सन्तान हो, र शैतानको प्रतिरूप हो भन्‍ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ; यसले जीवित भ्रष्ट मानवजाति जीवित शैतान हो, जीवित दियाबलस हो, र शैतानको मूर्तरूप बनेको मानवजाति शैतानको प्रतिनिधि हो। मानवजाति शैतानको सन्तान भए पनि शैतानको मूर्त रूप भए पनि, यो शैतानकै प्रतिरूप भएको छ, र परमेश्‍वरका लागि, यस्तो मानवजाति भनेको परमेश्‍वरलाई इन्कार गर्ने र विश्‍वासघात गर्ने मानवजाति हो, यो परमेश्‍वरको शत्रु हो, र परमेश्‍वरको विरोधी शक्ति हो। यस्तो मानवजाति सुरुको जस्तो खाली मनको, र अज्ञानी सृष्टि गरिएको मानवजाति जस्तो रहँदैन। मानवजाति शैतानको प्रभावमा जिउँछ र शैतानी भ्रष्ट स्वभावहरूले भरिएको छ, र यस्तो स्थिति र अवस्थामा जिइरहेको मानवजातिलाई के चाहिन्छ? यसलाई परमेश्‍वरको मुक्ति चाहिन्छ। अहिले परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन वचनहरू प्रयोग गर्ने समय हो। परमेश्‍वरले कुन सन्दर्भमा मानिसहरूलाई मुक्ति दिनुहुन्छ? उहाँले शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउने कार्य सबैभन्दा गहन र गम्भीर तहमा पुगेको छ; यसले मानिसहरूलाई पूर्ण रूपमा शैतानको मूर्त रूप र मुखपत्रमा परिणत गरेको छ, र मानिसहरू परमेश्‍वरका शत्रु भएका छन् र परमेश्‍वरको विरोधमा उभिएका छन् भन्‍ने सन्दर्भमा मुक्ति दिनुहुन्छ। यसै सन्दर्भमा रहेर, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने आफ्नो काम सुरु गर्नुभएको छ। शैतानले मानिसहरूलाई भ्रष्‍टता तुल्याउनेसम्बन्धी वास्तविक अवस्था यही हो, र परमेश्‍वरले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिनका लागि सत्यता व्यक्त गर्नु र न्यायको काम गर्नुको वास्तविक सन्दर्भ यही हो। यी वास्तविकताहरू जान्‍नुका फाइदाहरू के-के हुन्? यसले मानिसहरूलाई आफ्नो सार जान्‍न, शैतानको सार जान्‍न, शैतानले मानिसहरूलाई भ्रष्ट पार्ने माध्यमहरू जान्‍न, र शैतानको दुष्टता जान्‍न सक्षम तुल्याउँछ; यसले मानिसहरूलाई परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य जान्‍न, साथै परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने आफ्‍नो कार्यमा उहाँले प्रकट गर्नुहुने उहाँको सर्वशक्तिमानता, अख्तियार, बुद्धि र शक्ति जान्‍न पनि सक्षम तुल्याउँछ। शैतानको सार र दुष्टता अनि भ्रष्ट मानवजातिको प्रकृति सार कस्तो छ भनेर पहिचान गर्नुबाहेक, महत्त्वपूर्ण कुरा के हो भने, मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार जान्नैपर्छ। परमेश्‍वरको सार जान्नमा मुख्य रूपमा परमेश्‍वरको सर्वशक्तिमानता, अख्तियार, बुद्धि र शक्तिलाई जान्‍ने कार्य समावेश हुन्छ—यसमा मुख्यतया उहाँको सारका यी पक्षहरू जान्‍ने कार्य समावेश हुन्छ।

मानवजातिलाई मुक्ति दिनका लागि परमेश्‍वरले काम गर्नुहुने सन्दर्भको दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरले मुक्ति दिन चाहनुभएको यो मानवजाति उहाँले भर्खरै सृष्टि गर्नुभएको मानवजाति होइन, बरु यो त शैतानले हजारौँ वर्षदेखि भ्रष्ट पार्दै आएको मानवजाति हो। न मानिसको भित्री हृदय खाली पन्ना हो, न त मानिसका विचार वा स्वभावहरू नै, बरु ती त शैतानले लामो समयदेखि गहन रूपमा भ्रष्ट पार्दै आएको कुरा हो। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याएका, प्रलोभनमा पारिएका, नियन्त्रण गरिएका, खेलाइएका र कुल्चिइएका सृष्टि गरिएका प्राणीहरू हुन्। मानिसहरूका सन्दर्भमा भन्नुपर्दा, सृष्टि गरिएको यस मानवजातिभित्रका शैतानका कुराहरू र शैतानी स्वभावहरू हटाउनु वा परिवर्तन गर्नु निकै गाह्रो, वा असम्भव समेत छ। भन्‍नुको अर्थ, मानिसहरूका सन्दर्भमा, आफ्नो विचार र दृष्टिकोणहरू परिवर्तन गर्नु, आफ्नो हृदयको गहिराइबाट शैतानका कुराहरूलाई धोएर फ्याँक्‍नु, र आफ्नो भ्रष्ट स्वभावहरू परिवर्तन गर्नु सबै असम्भव कार्य हुन्; यो त यो भनाइ जस्तै हो, “कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गो नै हुन्छ।” तैपनि, यही सन्दर्भमा र सृष्टि गरिएको यही मानवजातिमा नै परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने काम गर्न चाहनुहुन्छ। आफ्नो काममा, परमेश्‍वरले कुनै चिन्ह र आश्चर्यकर्महरू प्रदर्शन गर्नुहुन्‍न, न त उहाँले आफ्नो वास्तविक व्यक्तित्वलाई नै खुला रूपमा नै देखाउनुहुन्छ, मानिसहरूका अघि आधिकारिक र शक्तिशाली देखिन सक्नेकुनै काम गर्नु त परको कुरा हो। भन्नुको अर्थ, देहधारी परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुने समय, अर्थात् आखिरी दिनहरूमा परमेश्‍वरले कुनै चिन्ह र चमत्कारहरू प्रदर्शन गर्नुहुन्‍न, उहाँले व्यावहारिकता वा वास्तविकताको सीमाभन्दा बाहिर जाने कुनै पनि काम गर्नुहुन्‍न, र उहाँले दैहिक मानवत्वलाई पार गर्ने कुनै पनि कार्य गर्नुहुन्‍न। परमेश्‍वरले त्यस्ता अलौकिक कामहरू गर्नुहुन्‍न, तर उहाँले मानिसहरूको जीवनलाई भरणपोषण गर्न र मानिसहरूलाई खुलासा गर्न र तिनीहरूलाई तिनीहरूको भ्रष्टताबाट शुद्ध पार्न वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँले यो काम गर्न वचनहरू मात्रै प्रयोग गरिरहनुभएको हुनाले, मानिसलाई यो झनै असम्भव कार्य जस्तो देखिन्छ, र धेरैजसो मानिसहरूको नजरमा यो एक खेलाँची कुरा जस्तो समेत देखिन्छ। मानिसहरूले तिनीहरूको भरणपोषण गर्न र तिनीहरूलाई मुक्ति प्राप्त गर्न सक्षम तुल्याउनका लागि विभिन्‍न तरिकाले, विभिन्‍न दृष्टिकोणबाट, र विभिन्‍न कुराहरूका बारेमा बोलिने वाणीहरू प्रयोग गरेर, परमेश्‍वर एउटा असम्भव काममा लागिरहनुभएको छ भन्‍ने विश्‍वास गर्छन्। विशेषगरी शैतान त यो परमेश्‍वरले पूर्ण रूपमा गर्न सक्‍नुहुने कुरा हो, यो काम पूरा गर्नका लागि परमेश्‍वरसँग शक्ति, अख्तियार र बुद्धि छ भन्‍ने कुरामा अझै कम विश्‍वस्त छ। सृष्टि गरिएका मानिसहरूको नजरमा, परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि आफ्ना वाणीहरू बोल्नु र आफ्नो काम गर्नु असम्भव कार्य हो भन्‍ने कुरा स्पष्ट छ। तर, भविष्यमा जे-जसो भए पनि, अहिले, “परमेश्‍वरले जे बोल्नुहुन्छ त्यो गम्भिरतापूर्वक भन्नुहुन्छ, र उहाँले जे भन्नुहुन्छ त्यो गरिनेछ, र उहाँले जे गर्नुहुन्छ त्यो सदा-सर्वदा रहिरहनेछ,” भनेर परमेश्‍वरका वचनहरूमा भनिएको कुरा उहाँलाई पछ्याउनेहरूमा पूरा भइसकेको छ, अर्थात्, धेरैजसो मानिसहरूले यसको पूर्वानुभव गरिसकेका छन्। परमेश्‍वरले काम गर्ने तरिकाबाट, अर्थात् परमेश्‍वरले वचनहरू प्रदान गरेर, वचनहरूको पोषण, वचनहरूको प्रकाश, वचनहरूको सजाय र न्याय, वचनहरूको ताडना, वचनहरूको चेतावनी र अर्ती, र अन्य तरिकाहरूद्वारा मात्र मानवजातिलाई मुक्ति दिने काम गर्नुहुन्छ भन्‍ने कुराको आधारमा हेर्दा के कुरा स्पष्ट हुन्छ भने, परमेश्‍वरका वचनहरूमा मानव धारणाहरूद्वारा बुझ्न सकिने वचनहरूको सरल अर्थ मात्र हुँदैनन्। परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने आधारभूत भनाइबाहेक, मानिसहरूले झनै स्पष्ट रूपमा के देख्‍न सक्ने, र तथ्यात्मक रूपमा स्पष्ट रहेको कुरा के हो भने, परमेश्‍वरका वचनहरूमा जीवन छन् र परमेश्‍वरका वचनहरू जीवन हुन्, तिनले भ्रष्ट मानवजातिको जीवनलाई भरणपोषण गर्न सक्‍नुहुन्छ र जीवनका लागि भ्रष्ट मानवजातिलाई चाहिने सबै कुरा प्रदान गर्न सक्‍नुहुन्छ। शक्ति र अख्तियारको हिसाबमा, परमेश्‍वरका वचनहरूले मानवजातिको जीवन अवस्था परिवर्तन गर्न सक्छन्, मानवजातिका विचार र दृष्टिकोण परिवर्तन गर्न सक्छन्, शैतानले गहन रूपमा भ्रष्ट पारेको मानिसको हृदय परिवर्तन गर्न सक्छन् र, अझ बढी त, तिनले मानवजातिले रोजेको बाटो र जीवन दिशा परिवर्तन गर्न सक्छन्, र जीवन र मूल्य-मान्यतासम्बन्धी मानवजातिको दृष्टिकोण पनि परिवर्तन गर्न सक्छन्। जबसम्म तैँले परमेश्‍वरका वचनहरू स्वीकार गर्छस् र तिनमा समर्पित हुन्छस्, हामी यो पनि भन्‍न सक्छौँ कि, जबसम्म तैँले परमेश्‍वरका वचनहरूलाई प्रेम गर्छस् र पछ्याउँछस्, तबसम्म तेरो क्षमता जस्तो भए पनि, वा तेरो खोजीको लक्ष्य जे भए पनि, वा खोजी गर्ने तेरो दृढ सङ्कल्प जति ठूलो भए पनि, वा तेरो आस्था जति ठूलो भए पनि, परमेश्‍वरका वचनहरूले अवश्य नै तँलाई परिवर्तन गर्न, जीवनप्रतिको तेरो दृष्टिकोण र तेरा मूल्य-मान्यता परिवर्तन गर्न, मानिस र कामकुराहरूप्रतिको तेरो विचार र दृष्टिकोण परिवर्तन गर्न, र अन्तमा तेरो जीवन स्वभाव परिवर्तन गर्न सक्छन्। धेरैजसो मानिसहरू कमजोर क्षमताका भए पनि र तिनीहरूमा सत्यताको पछि लाग्‍ने कुनै दृढ सङ्कल्प नहुने भए पनि, र तिनीहरूको परिस्थिति जस्तोसुकै भए पनि तिनीहरू सत्यता पछ्याउन इच्छुक समेत नहुने भए पनि, तिनीहरूले परमेश्‍वरका वचनहरू सुनेका छन् भने, परमेश्‍वरका शिक्षाहरूबाट तिनीहरूले आफ्नो अवचेतनमा शैतान, संसार र मानवजातिका बारेमा केही हदसम्म सही दृष्टिकोण र धारणाहरू प्राप्त गर्छन्। तिनीहरूको अवचेतनमा सकारात्मक कुराहरूका बारेमा, सत्यता सिद्धान्तहरू र परमेश्‍वरलेमानिसहरूबाट माग गर्नुहुने जीवनका सही दिशा र लक्ष्यहरूका बारेमा फरक-फरक हदसम्‍मइच्छा र तृष्णा पैदा हुन्छन्। मानिसहरूमा र मानिसहरूका बीचमा हुने यी घटनाहरू—यी मानिसहरूले चाहेको कुरा भए पनि नभए पनि, ती कुराहरू मानिसहरूका धारणासँग मिले पनि नमिले पनि, तिनले परमेश्‍वरका माग र मानकहरू पूरा गरे पनि नगरे पनि, र इत्यादि—मानिसहरूमा देखिने यी प्रभावहरू र यी सबै घटनाहरूले परमेश्‍वरका वचनहरूले मानिसहरूको जीवनलाई भरणपोषण गर्न र तिनीहरूलाई चाहिने कुराहरू प्रदान गर्न सक्ने मात्र होइन, तर अझ महत्त्वपूर्ण कुरा, परमेश्‍वरका वचनहरूलाई कुनै पनि शक्तिद्वारा परिवर्तन गर्न सकिँदैन भन्‍ने कुरालाई देखाउँछन्। म किन यसो भन्छु? किनभने परमेश्‍वरका वचनहरूमा अख्तियार हुन्छ, र परमेश्‍वरका वचनहरूको अख्‍तियारलाई कुनै पनि सांसारिक सिद्धान्त, दर्शन, वा ज्ञान, वा कुनै तर्क, विचार, वा दृष्टिकोणले उछिन्‍न सक्दैन—परमेश्‍वरका वचनहरूमा अख्तियार छ भन्‍ने कुराको व्यावहारिक अर्थ यही हो, र यो कुरा परमेश्‍वरलाई पछ्याउने सबैमा स्पष्ट रूपमा प्रदर्शित हुन्छ। परमेश्‍वरको वचनमा अख्‍तियार हुन्छ र यसले मानवजातिको हृदय र विचारहरू परिवर्तन गर्न सक्छ। अझ महत्त्वपूर्ण कुरा, तिनले शैतानले मानिसहरूको अन्‍तस्‍करणको गहिराइमा रोपेको भ्रष्ट स्वभावहरूलाई सफा गर्न र हटाउन सक्छन्—परमेश्‍वरका वचनहरूको शक्ति यही हो। अवश्य पनि, एउटा अर्को कुरा पनि छ, र जुन के हो भने, मानिसहरूले परमेश्‍वरको बुद्धिलाई जान्‍नुपर्छ। परमेश्‍वरको बुद्धि उहाँको कामको हरेक अंशमा प्रस्फुटित हुन्छ। परमेश्‍वरले बोल्नुहुने वचनका हरफहरूभित्र र हरफहरूबीच मात्र नभई, परमेश्‍वरले बोल्नुहुने तरिका, उहाँले भन्‍नुहुने कुराहरू, उहाँले आफ्ना वाणीमा लिनुहुने दृष्टिकोणहरू, र उहाँको बोलीको सुरमा पनि परमेश्‍वरको बुद्धि देख्‍न सकिन्छ। परमेश्‍वरको बुद्धि कुन-कुन पक्षहरूमा प्रकट हुन्छ? एउटा पक्ष के हो भने, परमेश्‍वरले बोल्नुहुने हरेक वचनमा उहाँको बुद्धि देख्‍न सकिन्छ, र उहाँले बोल्ने अनेकौँ तरिकाहरूमा उहाँको बुद्धि प्रदर्शित हुन्छ; अर्को पक्ष के हो भने, परमेश्‍वरको बुद्धि मानिसहरूमा काम गर्ने उहाँका विभिन्‍न तरिकाहरूमा देख्‍न सकिन्छ, र यो उहाँले अगुवाइ गर्ने परमेश्‍वरका अनुयायीमा पनि देख्‍न सकिन्छ। त्यसैले पक्‍कै पनि, हामीले परमेश्‍वरको बुद्धि उहाँका वचनहरूमा प्रस्फुटित हुन्छ, र यो उहाँको काममा पनि प्रस्फुटित हुन्छ भनेर भन्न सक्छौँ। मानिसहरूले परमेश्‍वरको बुद्धि उहाँका वचनहरूमा देख्न सक्नुका साथै, मानिसहरूले सामना गर्ने विभिन्‍न मामिलाहरूका फरक-फरक परिवेश र परिस्थितिहरूमा यसबारे गहन बुझाइ पनि प्राप्त गर्न सक्छन्। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुनै पनि समय र स्थानमा सम्बन्धित भरणपोषण प्राप्त गर्ने तुल्याउँछन्। परमेश्‍वरले तँलाई कुनै पनि समय र स्थानमा सहयोग गर्न सक्‍नुहुन्छ, कुनै पनि समय र स्थानमा तँलाई साथ दिन र भरणपोषण गर्न सक्‍नुहुन्छ, तँलाई कुनै पनि समय र स्थानमा तेरो नकारात्मक अवस्था त्याग्‍न सक्षम तुल्याउन सक्‍नुहुन्छ, र तँलाई अझै बलियो बनाउन र कमजोर नरहने अवस्थामा पुर्‍याउन सक्‍नुहुन्छ। परमेश्‍वरले कुनै पनि समय र स्थानमा तेरा विचारहरू र तैँले सोच्ने तरिका परिवर्तन गर्न सक्‍नुहुन्छ, तँलाई सही लाग्ने र शैतानका कुराहरू त्याग्‍न सक्‍ने, आफ्‍ना भ्रष्ट स्वभावहरू त्याग्‍न सक्‍ने, परमेश्‍वरको अघि पश्चात्ताप गर्न सक्‍ने, परमेश्‍वरका माग र परमेश्‍वरका वचनहरूअनुसार कार्य गर्न र अभ्यास गर्न सक्‍ने बनाउन सक्‍नुहुन्छ। यो एउटा पक्ष हो। यसका साथै, परमेश्‍वरले उहाँलाई पछ्याउने, परमेश्‍वरका वचनहरूलाई प्रेम गर्ने र सत्यतालाई प्रेम गर्ने सबैमा विविध तरिकाले काम गर्नुहुन्छ। कहिलेकाहीँ उहाँले अनुग्रह प्रदान गर्नुहुन्छ, र कहिलेकाहीँ उहाँले ज्योति र प्रकाश प्रदान गर्नुहुन्छ। अवश्य नै, परमेश्‍वरले कहिलेकाहीँ मानिसहरूलाई तिनीहरूको बानीबेहोरा सुधार्न, तिनीहरूको अन्‍तस्‍करणमा आत्म-ग्‍लानि महसुस गराउन, परमेश्‍वरप्रति साँच्‍चै ऋणी महसुस गराउन, पछुतो महसुस गराउन, पश्चात्ताप गराउन, अनि यसरी आफूले गर्ने दुष्टता त्याग्‍न लगाउन र अबदेखि परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, अबदेखि तिनीहरूले चाहे जस्तो काम गर्ने वा शैतानलाई पछ्याउने नभई परमेश्‍वरले तिनीहरूलाई देखाउनुभएको मार्गअनुसार अभ्यास गर्न लगाउनका लागि ताडना दिनुहुनेछ र अनुशासित गर्नुहुनेछ। परमेश्‍वरको काम मानिसमा पूरा हुन्छ। ठ्याक्कै भन्दा, पवित्र आत्माको काम मानिसमा पूरा हुन्छ, र पवित्र आत्मा अधिकांश मानिसहरूमा विभिन्‍न तरिकाले काम गर्नुहुन्छ। अवश्य नै, पवित्र आत्माले जसरी काम गर्नुभए पनि, पवित्र आत्माले काम गर्ने विविध तरिका सबैले धेर-थोर अनुभव गर्न सक्छन्। यसबाट हामी के देख्‍न सक्छौँ भने, पवित्र आत्माको काम र परमेश्‍वरको कामधेरै तरिकाले गरिए पनि वा एउटै तरिकाले गरिए पनि, तिनले मानिसहरूलाई परमेश्‍वरको काम मानिसका लागि सहयोग हो र मानिसलाई सबै समयमा र सबै ठाउँमा चाहिने कुरा हो भनेर बुझ्‍न सक्षम तुल्याउन सक्छन्। पवित्र आत्माले सबै समयमा र सबै ठाउँमा मानिसहरूका लागि काम गर्न र तिनीहरूलाई भरणपोषण गर्न सक्‍नुहुन्छ। उहाँलाई अन्तरिक्ष, भौगोलिक स्थान, वा समयले रोक्दैन, न त उहाँले मानिसहरूको सामान्य जीवनको दिनचर्यालाई लथालिङ्ग पार्नुहुन्छ वा मानिसहरूका विचारहरूमा बाधा पुर्‍याउनुहुन्छ, झन् परमेश्‍वरले मानवजातिका लागि निर्धारित गर्नुभएको कुनै पनि नियमलाई उहाँले नाश गर्नु त परको कुरा हो। पवित्र आत्माले मानिसहरूलाई स्पष्ट रूपमा सूचित गर्न, सिकाउन, अन्तर्दृष्टि दिन, र मार्गदर्शन गर्न वचनहरू प्रयोग गरेर हरेक मानिसमा चुपचाप काम गर्नुहुन्छ, र यसका साथै तिनीहरूमा काम गर्न विभिन्‍न विधिहरू पनि प्रयोग गर्नुहुन्छ, यसरी तिनीहरूलाई स्वाभाविक रूपमा र अनजानमा परमेश्‍वरका वचनहरूको बन्दोबस्‍तमा रहेर जिउन सक्षम तुल्याउनुहुन्छ। अवश्य नै, परमेश्‍वरको काम र पवित्र आत्माको कामको परिणामस्वरूप, मानिसहरूलाई थाहै नभई तिनीहरूको स्वभाव परिवर्तन हुन्छ र तिनीहरूका विचारहरू परिवर्तन हुन्छन्, र परमेश्‍वरमाथिको तिनीहरूको आस्था बिस्तारै बढ्दै जान्छ। मानिसहरूमा ल्याइने यी सबै परिणामहरूका विषयमा के भन्नैपर्छ भने, परमेश्‍वरका वचनहरूको शक्ति र परमेश्‍वरको कामको बुद्धिद्वारा नै यी सब गरिन्छ। जहाँसम्म अहिले परमेश्‍वरलाई पछ्याउनेहरूको सवाल छ, परमेश्‍वरले काम गर्न र तिनीहरूलाई अगुवाइ गर्न र तिनीहरूलाई भरणपोषण गर्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ, र प्रत्येकसँग यी कुराहरूको आनन्द लिने अधिकार र अवसर हुन्छ। यदि परमेश्‍वरलाई पछ्याउनेहरूको सङ्ख्या अहिले उहाँलाई पछ्याउनेहरूको सङ्ख्याभन्दा दश गुणा, बीस गुणा, वा सय गुणा बढी भयो भने पनि, परमेश्‍वरले अहिले जस्तै तिनीहरूको हेरचाह गर्न सक्‍नुहुनेथियो, र उहाँले यो काम पूरा गर्न सक्‍नुहुनेथियो। हासिल गरिने परिणामहरूलाई कहिल्यै परिवर्तन गर्न सकिँदैन, र यो परमेश्‍वरको बुद्धि हो।

परमेश्‍वरका वचनहरूले सत्यताका सबै पक्षहरू व्यक्त गर्छन् र सम्पूर्ण मानवजातिलाई आवश्यक पर्ने कुराहरू प्रदान गर्छन्। मानिसहरूले थाहै नपाई तिनीहरूहरूलाई मार्गदर्शन गर्न र प्रत्येक व्यक्तिमा फरक-फरक परिणामहरू प्राप्त गर्नका लागि परमेश्‍वरले तिनीहरूमा विभिन्‍न समयमा र विभिन्‍न परिवेशमा विभिन्‍न दृष्टिकोणबाट सबै प्रकारका विभिन्‍न कार्य विधिहरू प्रयोग गर्नुहुन्छ। अहिले तैँले “मैले परमेश्‍वरको कामका बारेमा धेरै बुझेको छैनँ र म अझै पनि धेरै कमजोर छु। ममा परमेश्‍वरमाथिको विश्‍वास अझै पनि निकै नै कमछ र परमेश्‍वरबारे मेरो ज्ञान पनि बढेको छैन। कर्तव्य निर्वाहप्रति मेरो हालको मनोवृत्ति पहिलेकै जस्तो अधकल्चो देखिन्छ, र मलाई मैले त्यति धेरै प्रगति गरेको छैनँ जस्तो लाग्छ” भनेर सोचे पनि, एउटा कुरा निश्‍चित छ: तँ जति कमजोर भए पनि, वा तँलाई आफू परमेश्‍वरका मापगहरू पूरा गर्नबाट जति टाढा छु जस्तो लागे पनि, परमेश्‍वरका वचनहरू र कामले तेरो हृदयलाई प्रभाव पारिसकेका छन्। सत्यता पछ्याउन तँलाई त्यति धेरै चासो नभए पनि, मुक्ति प्राप्त गर्नुको महत्त्वलाई तैँले अझै पनि त्यति धेरै महत्त्वपूर्ण नठाने पनि, परमेश्‍वरका वचनहरूको सत्यता र परमेश्‍वरले बोल्नुहुने वचनहरूको विषयवस्तुले तँलाई आशा दिन्छन्, र तैँले हृदयको अन्‍तस्‍करणमा परमेश्‍वरको काम र परमेश्‍वरले पूरा गर्न चाहनुहुने तथ्यहरूका बारेमा अपेक्षाहरू राख्‍न थाल्छस्। अहिले तेरो विश्‍वास जतिसुकै ठूलो भए पनि, वा तेरो कद जस्तोसुकै भए पनि, तँमा पक्‍कै पनि आशा छ। यसले के देखाउँछ? परमेश्‍वरका वचनहरू मानवजातिलाई चाहिने कुरा हुन्, तिनले मानवजातिलाई चाहिने कुराहरू प्रदान गर्छन्, तिनले तेरो हृदयलाई प्रभाव पारिसकेका हुन्छन्, र तैँले अनजानमा आफ्‍नो हृदयको अन्‍तस्‍करणमा परमेश्‍वरका वचनहरूलाई निश्‍चित रूपमा स्विकारेको छस्। अवश्य नै, यी तथ्यहरू सत्यतामा त्यति धेरै चासो नराख्‍ने, र परमेश्‍वरको काम र मुक्तिका बारेमा तुलनात्मक रूपमा धमिलो र अस्पष्ट बुझाइ भएका मानिसहरूप्रति लक्षित छ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यताको पछि लाग्‍न सक्‍नेहरूका हकमा, यो मात्र परिणाम हासिल हुँदैन, बरु तिनीहरूले परमेश्‍वरलाई चिन्‍न र परमेश्‍वरका लागि गवाही दिन पनि सक्छन्। यी तथ्य र सङ्केतहरूबाट हामी के देख्‍न सक्छौँ भने परमेश्‍वरका वाणीहरू र कार्य परमेश्‍वरको शक्ति, अख्‍तियार र बुद्धिले ओतप्रोत छन्। यसले अर्को कुरा पनि प्रमाणित गर्छ: मानवजातिलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो, र तिनीहरू सूर्यको किरणबिना, पानीबिना, र हावाबिना बाँच्‍न सके पनि, परमेश्‍वरबिना बाँच्‍न सक्दैनन्, परमेश्‍वरको वचनबिना बाँच्‍न सक्दैनन्, र परमेश्‍वरको बन्दोबस्तबिना बाँच्‍न सक्दैनन्। परमेश्‍वरको मार्गदर्शन, बन्दोबस्‍त, र हेरचाह अनि परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यताले मात्र मानवजातिलाई आशा र ज्योति दिन, साथै यसको अस्तित्वका लागि लक्ष्य र दिशा दिन सक्छन्—यी सबै मानिसहरूले देखेका कुराहरू हुन्। नैतिक आचरणको सम्बन्धमा शैतानले मानवजातिलाई भ्रष्ट पारेको साँचो अवस्थालाई खुलासा गरेर अनि त्यसको विश्लेषण गरेर, परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनका लागि कस्तो सन्दर्भमा काम गर्नुहुन्छ भनेर मानिसहरूले देख्‍न सक्‍नुपर्छ। परमेश्‍वरले काम गर्ने सन्दर्भको वास्तविक अवस्था कस्तो छ भनेर पहिचान गर्नुबाहेक, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम कति गाह्रो छ भनेर मानिसहरूले अझ बढी बुझ्नुपर्छ, र यो कत्ति गाह्रो छ भन्‍ने बुझाइमार्फत्, तिनीहरूले परमेश्‍वरको शक्ति, अख्तियार र बुद्धिलाई जान्‍नुपर्छ। मानवजातिलाई मुक्ति दिने आफ्नो काममा, परमेश्‍वरले शैतानले पहिलो पटक मानवजातिलाई भ्रष्ट गर्न थालेपछि तिनीहरूलाई बचाउन हतार गर्नुभएन। उहाँले चार हजार वर्ष पहिले, वा छ हजार वर्ष पहिले मानवजातिलाई मुक्ति दिन हतार गर्नुभएन। बरु, उहाँले ती कामहरू जसरीगर्नुपर्ने हो त्यसरी नै गर्नुभयो: मानिसजाति सर्पको प्रलोभनमा परेर र शैतानद्वारा भ्रष्ट पारिएरपापमा डुब्यो, र पृथ्वी जलप्रलयले नष्ट भयो। त्यसपछि परमेश्‍वरले मानवजातिलाई बिस्तारै अगुवाइ गर्न व्यवस्था प्रयोग गर्नुभयो र, शैतानले मानिसलाई भ्रष्ट पार्ने काम झन्-झन् गहन हुँदै गएपछि, परमेश्‍वर आफैँले नै पापी देहको रूप लिएर अनि क्रूसमा टाँगिएर मानवजातिलाई छुटकारा दिने काम गर्नुभयो। अहिले, आखिरी दिनहरूमा मानिसहरू नराम्ररी तहसनहस हुनेगरी र पूर्ण रूपमा शैतानको प्रतिनिधित्व गर्ने गरी मानवजाति शैतानद्वारा यति धेरै भ्रष्ट पारिएएको बेला परमेश्‍वरले औपचारिक र खुला रूपमा आफ्ना वचनहरू मानवजातिलाई व्यक्त गर्नुहुन्छ, र उहाँले आफ्नो हृदयमा भएका कुराहरू, साथै सबै प्रकारका मानिस, घटना, र कुराहरूप्रतिका उहाँका दृष्टिकोण र मनोवृत्ति, र मानवजातिलाई आवश्यक पर्ने सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ। यस्तो पृष्ठभूमिमा, परमेश्‍वरले औपचारिक रूपमा मानवजातिलाई आवश्यक पर्ने कुराहरू प्रदान गर्नसुरु गर्नुहुन्छ—उहाँ मानवजाति पूर्ण रूपमा अज्ञानी भएको अवस्थामा मानवजातिलाई सबै सत्यताहरू प्रदान गर्नुहुन्‍न। मानवजाति शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएको बेला र मानिसहरूलाई आफूले मुक्ति पाउने कुनै उपाय छैन भन्‍ने लागेको बेला नै परमेश्‍वर आउनुहुन्छ, आफ्‍ना वचनहरू बोल्नुहुन्छ, आफ्‍नो काम गर्नुहुन्छ, मानिसहरूका बीचमा हिँड्डुल गर्नुहुन्छ र आफूले व्यक्त गर्न चाहेका वचनहरू व्यक्त गर्नुहुन्छ, र यस क्रममा उहाँले पूरा गर्न चाहेका तथ्यहरू पूरा गर्न वचनहरूको बन्दोबस्‍त मात्र प्रयोग गर्नुहुन्छ। सृष्टि गरिएको मानवजातिमाझमा कुनै पनि तुलनात्मक रूपमा सक्षम व्यक्तिले यो काम गर्ने चुनौती स्वीकार गर्ने आँट गर्दैन, किनकि मानिसहरूले यो एकदम गाह्रो काम, पूरा गर्न असम्भव काम हो भन्‍ने विश्‍वास गर्छन्। तैपनि यही प्रसङ्गमा नै परमेश्‍वरले आफ्नो छ हजार वर्षे व्यवस्थापन योजनाको यो काम सुरु गर्नुहुन्छ, जुन कामले सबै कुराहरू पूरा गर्न वचनहरूको प्रयोग गर्छ। यो एउटा विशाल कदम हो, अभूतपूर्व काम हो, अझ यो त एक युगप्रवर्तक काम हो, र लामो समयसम्‍म चल्ने काम हो। कसैले जतिसुकै बोले पनि वा जे भने पनि वा तिनीहरूको वचनको सार जे भए पनि, कसैले आफ्‍ना वचनहरूले हासिल गर्न खोजेको उद्देश्य पूरा गर्न सक्दैन। परमेश्‍वरका वचनहरू मात्र पूरा हुन सक्छन्, र परमेश्‍वरका वचनहरू मात्र परमेश्‍वरले माग गर्नुहुने कुरा र उहाँका विचारका योजनाअनुसार पूरा हुन सक्छन्—यो पनि परमेश्‍वरको अख्तियार नै हो। के मानिसहरूले यी कुराहरू बुझ्नु पर्दैन र? (हो, तिनीहरूले बुझ्‍नुपर्छ।) त्यसोभए, यी कुराहरू बुझ्नुको महत्त्व के हो? कसले बोल्नेछ? (एउटा पक्ष के हो भने, मानिसहरूले परमेश्‍वरको कामको बुद्धिको केही बुझाइ प्राप्त गर्न सक्छन् र शैतानद्वारा भ्रष्ट नपारिएका ती अज्ञानी मानिसहरूमा परमेश्‍वरको काम गरिँदैन भन्‍ने कुरा बुझ्छन्। बरु, परमेश्‍वरले शैतानलाई आफ्नो सेवामा प्रयोग गर्नुहुन्छ र शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिकाहरूमा मुक्तिको काम गर्नुहुन्छ। मानिसहरूले यो कामलाई धेरै गाह्रो ठान्छन्, तैपनि परमेश्‍वरको वचनले मानिसहरूमा साँच्‍चै प्रभाव पार्छ। यसबाहेक, सामान्यतया हाम्रा अनुभवहरूको क्रममा, हामी प्रायजसो हाम्रा भ्रष्ट स्वभावहरूको बन्धनमा पर्छौँ र भ्रष्‍टता प्रकट नगरी बस्‍न सक्दैनौँ, हामी सत्यता अभ्यास गर्न सक्दैनौँ, र कहिलेकहीँ हामी यति नकारात्मक हुन्छौँ कि हामीले हाम्रो विश्‍वास गुमाउँछौँ। तर, हामीले परमेश्‍वरको सङ्गति सुनेपछि, परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्न थाल्छौँ अनि हामीले सत्यतालाई प्रेम गर्‍यौँ र स्वीकार र्‍यौँ भने हाम्रो भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छन्, अनि हाम्रा भ्रष्ट स्वभावहरू अपरिवर्तनीय छैनन् भन्‍ने बुझ्छौँ। यदि कसैले आफ्नो सारमा सत्यतालाई प्रेम गर्दैन वा स्वीकार गर्दैन भने, उसले आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न सक्दैन।) तिमीहरूले भनेको कुरा पूर्ण रूपमा उपयुक्त र सही छ।

परमेश्‍वरका वचनले सबै कुराहरू पूरा गर्न र सबै कुराहरू परिवर्तन गर्न सक्छ। यसका साथै, मानिसहरूले के देख्‍न सक्‍नुपर्छ भने, परमेश्‍वरका वचनहरूले तिनीहरूमा अर्को प्रभाव पनि पार्छ—सबै कुरा बितेर जानुपर्छ, परमेश्‍वरका वचनहरू मात्र कहिल्यै बितेर जाँदैनन्, र परमेश्‍वर स्‍वयम्‌ जस्तै, परमेश्‍वरका वचनहरू सदासर्वदा रहिरहनेछन्। यसबाट हामी के देख्छौँ? (हामी परमेश्‍वरको अख्तियार देख्छौँ।) हामी परमेश्‍वरको अख्तियार, परमेश्‍वरको बुद्धि देख्छौँ, र हामी उहाँका वचनहरूमा प्रदर्शित शक्ति देख्छौँ। परमेश्‍वरका वचनहरूले उहाँको जीवन, सार र स्वभावलाई प्रतिनिधित्व गर्ने हुनाले, परमेश्‍वर जस्तै ती पनि सदासर्वदा बाँच्नेछन्। यसले तँलाई के बताउँछ? यसले तँलाई के बताउँछ भने, परमेश्‍वरका वचनहरू मानवजातिका लागि अत्यन्तै महत्त्वपूर्ण छन्। तैँले जे प्राप्त गरे पनि, त्यो वास्तविक खजाना हुँदैन। तैँले सुनको टुक्रा वा संसारको दुर्लभ र बहुमूल्य गहना प्राप्त गरे पनि, ती वास्तविक खजाना होइनन्। यदि तैँले जीवनको अमृत प्राप्त गरिस् भने पनि, यो एक पैसाको पनि हुँदैन। यदि तैँले आत्म-सुधार अभ्यास गर्न र उडेर स्वर्ग जान सफल भइस् भने पनि, तँ सधैँभरि बाँच्‍नेछैस् नै भन्‍ने हुँदैन, किनभने तँ सृष्टि गरिएको प्राणी होस्, सबै कुरा परमेश्‍वरद्वारा पूर्वनिर्धारित छ, र परमेश्‍वरको सार्वभौमिकताबाट कोही पनि उम्कन सक्दैन। सबै कुरा बितेर जानुपर्छ, परमेश्‍वरका वचनहरू मात्र कहिल्यै बितेर जाँदैनन्, र परमेश्‍वर स्‍वयम्‌ जस्तै, परमेश्‍वरका वचनहरू सदासर्वदा रहिरहनेछन्। यी वचनहरू जान्‍नुको फाइदा के छ? यदि तँ सत्यता पछ्याउँदैनस् र तँमा सत्यता वा परमेश्‍वरको निष्पक्षता र धार्मिकताप्रति कुनै प्रेम छैन भने, तँलाई यी वचनहरू वा यस तथ्यमा रुचि नहुन सक्छ। तर, यदि तैँले परमेश्‍वरको निष्पक्षता र धार्मिकतालाई प्रेम गर्छस्, सत्यतालाई प्रेम गर्छस्, र सकारात्मक कुराहरूलाई प्रेम गर्छस् भने, तँमा यी वचनहरूप्रति गहिरो चासो विकसित हुनेछ अनि यसरी तैँले यो तथ्य र यी वचनहरूलाई तेरो हृदयको गहिराइमा कुँद्नेछस्। यी वचनहरू के हुन्? सबै कुरा बितेर जानुपर्छ, परमेश्‍वरका वचनहरू मात्र कहिल्यै बितेर जाँदैनन्, र परमेश्‍वर स्‍वयम्‌ जस्तै, परमेश्‍वरका वचनहरू सदासर्वदा रहिरहनेछन्। तिमीहरूले यी वचनहरूलाई आफ्नो हृदयमा राख्‍नुपर्छ र खाली समयमा तीबारे मनन गर्नुपर्छ। यी वचनहरू धेरै महत्त्वपूर्ण छन्। मलाई भन, तिमीहरूले यी वचनहरूबाट के पाउँछौ? (हे परमेश्‍वर, मैले केही कुरा बुझेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “सबै कुरा बितेर जानुपर्छ, परमेश्‍वरका वचनहरू मात्र कहिल्यै बितेर जाँदैनन्।” कहिलेकाहीँ बाहिरी संसारका कुराहरू परिवर्तन हुन्छन्, र जब हामीले त्यस्ता परिस्थितिहरूको सामना गर्छौँ, हाम्रो अवस्था परिवर्तन हुनेछ र परमेश्‍वरलाई पछ्याउने हाम्रो अठोट पनि परिवर्तन हुनेछ। हामीलाई नकारात्मक र कमजोर महसुस हुनबाट जोगिन गाह्रो हुन्छ, तर जब हामी परमेश्‍वरका यी वचनहरू र सुरुमा परमेश्‍वरले हामीलाई गर्नुभएका प्रतिज्ञाहरूबारे सोच्छौँ, र परमेश्‍वरले उहाँसँग हृदय र मन मिल्ने मानिसहरूको समूह प्राप्त गर्न चाहनुहुन्छ भनेर भन्‍नुभएको कुरा याद गर्छौँ, तब हाम्रो हृदयमा शक्ति र विश्‍वास बग्न थाल्छ। हामी बाहिरी संसारको परिस्थितिबाट प्रभावित हुन छोड्छौँ, र हामीसँग परमेश्‍वरलाई पछ्याउने र आफ्नो कर्तव्यहरू पूरा गर्ने विश्‍वास हुन्छ।) यी वचनहरूले तिमीहरूलाई अभ्यासको मार्ग दिन्छन्—कस्तो अभ्यासको मार्ग? यो भनेको भौतिक संसारमा कुनै पनि कुराको खोजी वा कदर गर्नु होइन; यी कुराहरू खोक्रा हुन्छन्। तैँले देख्‍ने प्रसिद्धि, लाभ, पद, भौतिक आनन्द, महिलाको सौन्दर्य, र पुरुषहरूको पहिचान र हैसियत जस्ता सबै कुराहरू क्षणिक हुन्, एकचोटी आँखा झिम्काउँदा हराएर जान्छन्, र यी कुराहरूको कदर गर्नुको कुनै अर्थ छैन। यो अर्थहीन छ भनेर मैले भन्‍नुको मतलब के हो? मेरो मतलब यी कुराहरूले तेरो देहका क्षणिक आवश्यकता, अभिरुचि र इच्छाहरू, वा तेरो मुड र स्‍नेह, र इत्यादि मात्र पूरा गर्न सक्छन्, तैपनि तिनले तेरा आत्मिक आवश्यकताहरू पूरा गर्न सक्दैनन् भन्‍ने हो। जब तेरो आत्माले भोक, तिर्खा र रिक्तता महसुस गर्छ, तब भौतिक संसारको कुनै पनि कुराले तेरा आत्मिक आवश्यकताहरू पूरा गर्न सक्दैन वा तेरो भित्री हृदयको रिक्ततालाई भर्न सक्दैन, त्यसैले यी कुराहरूको पछि लाग्‍नु अर्थहीन छ। त्यसोभए, के कुराले तँलाई सन्तुष्ट पार्न सक्छ र तेरो भित्री हृदयको रिक्ततालाई भर्न सक्छ? जब तैँले परमेश्‍वरका वचनहरू पढ्छस् र सत्यता बुझ्छस्, तब तेरो भित्री हृदय पुनः भरिन्छ र त्यसले शान्ति र आनन्द पाउँछ, र तेरो हृदयले सन्तुष्टि र आराम महसुस गर्छ। यदि तैँले यसरी पछ्याउन जारी राखिस् भने, परमेश्‍वरका वचनहरू तेरो जीवन बनेपछि कसैले पनि तेरो जीवन तँबाट खोस्न सक्दैन र कसैले पनि यसलाई नष्ट गर्न सक्दैन। जब कसैले पनि तँबाट तेरो जीवन खोस्न वा नष्ट गर्न सक्दैन, तब तैँले के महसुस गर्नेछस्? तैँले रित्तो महसुस गर्न छोड्नेछस्, यस संसारमा जिउँदा हराएको, भयभीत वा असहज महसुस गर्न छोड्नेछस्, किनकि तँभित्र परमेश्‍वरका वचनहरू हुनेछन्, तिनले तँलाई मार्गदर्शन गर्नेछन्, भरणपोषण गर्नेछन्, तँलाई उद्देश्य र दिशाका साथ बाँच्न सक्षम तुल्याउनेछन्। तँ हरेक दिन अर्थ र मूल्यको भावनाका साथजिउनेछस्। मानिसहरूले वास्तवमा यही महसुस गर्छन्। त्यसोभए मानिसहरूले वास्तवमै महसुस गर्ने यो सकारात्मक परिणाम कसरी हासिल हुन्छ? (मानिसहरूले परमेश्‍वरका वचनहरू अभ्यास गरेपछि तिनीहरूमा परमेश्‍वरका वचनहरूमार्फत् यो कुरा हासिल गरिन्छ।) ठीक भन्यौ, मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनकारूपमा स्वीकार गरेपछि, तिनीहरूमा यो परिणाम हासिल हुन्छ; तिनीहरूको जीवन परिवर्तन हुन्छ, तिनीहरूको जीवनशैली परिवर्तन हुन्छ, मानिस र कामकुराहरूप्रतिको तिनीहरूको दृष्टिकोण फरक हुन्छ, मानिस र कामकुराहरूलाई हेर्ने तिनीहरूको तरिका फरक हुन्छ, त्यसैले तिनीहरूको खोजी पनि फरक हुन्छ। तिनीहरू ती दैहिक आनन्द, भौतिक इनाम, वा प्रसिद्धि, लाभ, र पदको पछि लाग्‍न छोड्छन्। आफ्‍ना दैहिक अभिरुचिका कुराहरूको पछि लाग्दा त्यसले व्यक्तिलाई झन् सुस्त, खोक्रो, असहज र पीडा मात्रै महसुस गराउन सक्छ। तर, परमेश्‍वरका वचनहरूले कसैको हृदय ओगटेपछि, सत्यता तिनीहरूभित्र तिनीहरूको जीवन बन्छ, तिनीहरूको भित्री सार र जीवन परिवर्तन हुन्छ, त्यसैले तिनीहरूले फरक महसुस गर्छन्। तिनीहरूका भावना र अभिरुचिहरू, तिनीहरूका विभिन्‍न भावनाहरू, तिनीहरूको जीवनका लक्ष्यहरू, तिनीहरूको खोजीको दिशा, र तिनीहरूका जिउने नियमहरू सबै पूर्ण रूपमा फरक हुन्छन्। तिनीहरूको खोजी परिवर्तन हुन्छ, तिनीहरूले सत्यताको खोजी गर्न र परमेश्‍वरलाई चिन्‍ने प्रयास गर्न सक्छन्, र तिनीहरू परमेश्‍वरले माग गर्नुहुने जिउने तरिकाअनुसार जिउन सक्षम हुन्छन्। यो हासिल गर्ने मानिसहरूले क्षय, मृत्यु र विनाशको सामना गर्दैनन्, बरु तिनीहरूले साँचो जीवन, क्षयमा नपर्ने जीवन पाउँछन्। मैले यो क्षयमा नपर्ने जीवन हो भनेर भन्नुको मतलब के हो? मेरो मतलब के हो, भने यी मानिसहरूभित्रको यो जीवन हराउनेछैन, यो पतन हुनेछैन, यो बिलाउनेछैन, र यो बिग्रनेछैन, र तिनीहरूले पहिले जस्तो विनाशको सामना गर्नेछैनन्। यसरी, के तिनीहरूको अस्तित्वको वर्तमान अवस्था र तिनीहरूको अस्तित्वका सम्भावनाहरू परिवर्तन हुँदैनन् र? तिनीहरूको अस्तित्वको सम्भावनामा परिवर्तन आउँछ भन्‍ने कुरा स्पष्ट छ। मानव जीवन लोप हुने, सुक्‍ने, क्षय हुने, अन्त्य हुने र नष्ट हुने कारण के हो? मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्‍नो जीवनका रूपमा नलिएका कारण यस्तो हुन्छ, र कुनै व्यक्ति सय वर्ष, वा दुई सय वर्ष, वा तीन सय वर्ष, वा एक हजार वर्ष बाँचे पनि, तिनीहरूका बाँच्ने नियमहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूको जीवनको अर्थ परिवर्तन हुँदैन। त्यसोभए, यसरी बाँच्ने मानिसहरू वास्तवमा केका लागि बाँच्छन्? तिनीहरू आफ्नो देहलाई सन्तुष्ट पार्ने उद्देश्यका लागि मात्रै बाँच्छन्। मानिसको देहले के कुरालाई पछ्याउँछ? धन, प्रसिद्धि, लाभ, र भौतिक आनन्द जस्ता कुराहरू, र परमेश्‍वरको नजरमा ठीक यिनै कुराहरू सत्यताको विपरीत जान्छन्, र परमेश्‍वरले यी कुराहरूलाई नै घृणा गर्नुहुन्छ। त्यसकारण मानिसहरूलाई यी कुराहरू पछ्याउन र यी कुराको आनन्द लिन दिनका लागि पनि परमेश्‍वरले समयको सीमा तोक्‍नुहुन्छ। मानिसको एउटा जीवन साठी वा सत्तरी, अस्सी वा नब्बे वर्षसम्म रहन सक्छ, त्यसपछि यो समाप्त हुन्छ, र हरेक अन्तपछि पुनर्जन्मको नयाँ चक्र सुरु हुन्छ, र मानिसको जीवनकाल यसरी नै अघि बढ्छ। यदि परमेश्‍वरले यो समय सीमा पूर्वनिर्धारित नगर्नुभएको भए, के मानिसहरू लामो समयसम्म जिएपछि जिउन दिक्‍क मान्ने थिएनन् र? जब मानिसहरू बीसको दशकमा हुन्छन्, तिनीहरूलाई हरेक दिन सबै कुरा ताजा, सुन्दर र खुसी लाग्छ; जब तिनीहरू चालीसको दशकमा पुग्छन्, तिनीहरूलाई दिनको तीन पटक खाना खानु र राती सुत्‍नु भनेको जीवन बिताउने एउटा अल्छीलाग्दो तरिका हो भन्‍ने लाग्छ; तिनीहरू साठीको दशकमा पुगेपछि, तिनीहरूलाई आफूले सबै कुरा बुझेको छु, र केही आशिष्‌हरू पाएको छु, केही कठिनाइहरू भोगेको छु भन्‍ने लाग्छ, र तिनीहरूले अब केही पनि रोचक छैन जस्तो महसुस गर्छन्। तिनीहरू हरेक दिन घाम उदाउँदा काममा लाग्छन् र घाम अस्ताउँदा आराम गर्छन्, अनि आँखा झिमिक्‍क गर्दा दिन बित्छ। तिनीहरूको प्रत्येक शारीरिक क्षमतामा ह्रास आउन थाल्छ, यो तिनीहरू बीसको दशकमा हुँदाको अवस्थाभन्दा पूर्ण रूपमा फरक हुन्छ—यही बेला नै तिनीहरूको अन्त नजिक आएको हुन्छ। जब कसैको अन्त नजिक हुन्छ, यसको मतलब तिनीहरूको प्राण समाप्त हुनेछ भन्‍ने हुँदैन। यसको मतलब तिनीहरूको देह चाँडै समाप्त हुनेछ भन्‍ने हुन्छ। सामान्यतया, मानिसहरू साठी, सत्तरी वा अस्सीको दशकमा पुगेपछि मर्छन्, र लामो आयु भएकाहरू पनि बढीमा सय वर्ष जति बाँच्न सक्छन्। एउटा भनाइ छ, “धेरै लामो समयसम्‍म बाँचेको व्यक्तिलाई जिउनुदेखि वाक्क लाग्छ—उसलाई जीवनदेखि दिक्‍क लाग्छ।” जब कुनै व्यक्ति धेरै लामो समयसम्‍म बाँच्छ, उसलाई जीवनदेखि दिक्‍क लाग्छ, उसलाई बाँच्न मन लाग्‍न छोड्छ, र उसको लागि जीवन अर्थहीन हुन्छ। तिनीहरूले किन जीवन अर्थहीन छ भन्‍ने महसुस गर्छन्? यहाँ एउटा साँचो परिस्थिति छ, र त्यो के हो भने, मानिसहरू दैनिक तीन पटक खाना खाँदै र आफ्ना दैनिक कामहरू गर्दै देहमा जिउँछन्, हरेक दिन ठीक अघिल्लो दिनजस्तै उही कामहरू गर्छन्, उही जीवन जिउँछन्, र एक निश्‍चित बिन्दुमा पुगेपछि तिनीहरूले यी कुराहरू स्पष्टसँग जान्दछन्। तिनीहरूलाई आफूले आफूले देख्‍नुपर्ने सबै कुरा देखेको छु, आफूले चाख्नुपर्ने सबै चाखेको छु, र आफूले अनुभव गर्नुपर्ने सबै कुरा अनुभव गरेको छु भन्‍ने लाग्छ। तिनीहरूलाई जीवन यस्तै हो, र तिनीहरूसँग आशा गर्ने कुरा केही छैन, अपेक्षा गर्ने कुरा केही छैन, र तिनीहरूको जीवन रित्तो छ र तिनीहरूले चाँडै आफ्नो अन्त्यको सामना गर्नुपर्छ भन्‍ने लाग्छ। के कुरा यही होइन र? (हो।) अवस्था यस्तै छ।

हामीले भर्खरै “सबै कुरा बितेर जानुपर्छ, परमेश्‍वरका वचनहरू मात्र कहिल्यै बितेर जाँदैनन्, र परमेश्‍वर स्‍वयम्‌ जस्तै, परमेश्‍वरका वचनहरू सदासर्वदा रहिरहनेछन्” भन्‍ने वचनहरूका बारेमा कुरा गर्‍यौँ। यी वचनहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरू मानवजातिका लागि धेरै महत्त्वपूर्ण छन् भन्‍ने तथ्य बताउँछन्, र तिनले मानिसहरूलाई तिनीहरूको लक्ष्य र अभ्यासको दिशाका बारेमा पनि बताउँछन्, र जुनै कुराको खोजी पनि मानिसहरूले परमेश्‍वरका वचनहरूको एक पङ्क्ति मात्र बुझ्‍नुको विकल्पहुन सक्दैन भन्‍ने कुरा बताउँछन्। किनभने सबै कुराहरू बितेर जानैपर्छ, र सबै कुराहरू समयसँगै हराउनैपर्छ, सुक्नैपर्छ र कमजोर हुनैपर्छ, र परमेश्‍वरका वचनहरू मात्र कहिल्यै बितेर जानेछैनन्। त्यसकारण, यदि तैँले परमेश्‍वरका वचनहरू प्राप्त गरिस् र तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरिस् भने, अर्थात् तैँले सत्यता बुझिस् र सत्यता वास्तविकतामा प्रवेश गरिस् भने, तँ परमेश्‍वरको वचन र सत्यताका कारण मूल्यवान् बनेको हुन्छस्, र तेरो सार पहिलेको भन्दा फरक हुन्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “अनि मेरो सार फरक छ भने चाहिँ के हुन्छ?” मैले साधारण अर्थमा फरक भनेको होइन, तर यो एकदम फरक हुन्छ, किनकि तैँले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा लिएको हुन्छस्, र परमेश्‍वरका वचनहरू जस्तै तँ पनि बितेर जाँनेछैनस्, परमेश्‍वर जस्तै तँसँग पनि अनन्त जीवन हुनेछ, र तँसँग अनन्त जीवन, भविष्य र गन्तव्य हुनेछ। त्यसोभए अब, भविष्यमा के हुनेछ भन्‍ने कुरालाई हेरेर भन्दा, के परमेश्‍वरका वचनहरू मानिसका लागि महत्त्वपूर्ण छैनन् र? (हो, छन्।) ती महत्त्वपूर्ण छन्! परमेश्‍वरका वचनहरू महत्त्वपूर्ण छन् भनेर बुझेपछि तैँले कसरी खोजी गर्नुपर्छ? तैँले मूल्य र अर्थ भएको के कुराको खोजी गर्नुपर्छ? के तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा अधिक प्रयास गर्नुपर्छ, अधिक कष्ट भोग्‍नुपर्छ, अधिक मूल्य चुकाउनुपर्छ, र अझै बढी दौडनुपर्छ? कि तैँले व्यावसायिक सीपहरू अझै बढी सिक्नुपर्छ, आफूलाई थप सिद्धान्तले सुसज्जित गर्नुपर्छ र अझै बढी प्रचार गर्नुपर्छ? (यीमध्ये कुनै पनि कुरा होइन।) त्यसोभए, तैँले पछ्याउनुपर्ने सबैभन्दा उपयोगी कुरा के हो? तिमीहरू सबैलाई यसको जवाफ थाहा छ, र यो कुरा तिमीहरूका लागि एकदम स्पष्ट छ: परमेश्‍वरका वचनहरू प्राप्त गर्नु नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण खोजी हो। “सबै कुरा बितेर जानुपर्छ, परमेश्‍वरका वचनहरू मात्र कहिल्यै बितेर जाँदैनन्, र परमेश्‍वर स्‍वयम्‌ जस्तै, परमेश्‍वरका वचनहरू सदासर्वदा रहिरहनेछन्।” आफ्नो हृदयमा यी वचनहरूलाई स्मरण गर अनि तिमीहरूले यी वचनलाई कुनै पनि समयमा बिर्सनु वा त्याग्‍नु हुँदैन। जब तँलाई नकारात्मक र कमजोर महसुस हुन्छ, जब तँलाई कुनै आशा छैन भन्‍ने लाग्छ, जब तेरो बाटोमा सङ्कष्ट आइपर्छन्, जब तँलाई तेरो कर्तव्यबाट बर्खास्त गरिन्छ, जब तँलाई काटछाँट गरिन्छ, जब तैँले रोकावट र असफलताको सामना गर्छस्, र जब तँलाई हप्काइन्छ र तेरो निन्दा गरिन्छ; वा अन्यथा जब तँ आफ्नो सफलताको शिखरमा चढ्छस्, जब मानिसहरूले तँलाई जहाँ गए पनि सम्‍मान गर्छन् र तेरो तारिफ गर्छन्, र यस्तै इत्यादि कुरा; कुनै पनि समय र कुनै पनि परिस्थितिमा, तैँले सधैँ यी वचनहरूका बारेमा विचार गर्नुपर्छ र तँलाई परमेश्‍वरको सामु ल्याउन र यस क्षणमा तेरो लागि परमेश्‍वरका वचनहरूको बन्दोबस्‍त खोज्न लगाउन, तँलाई तेरा सङ्कष्टहरूबाट मुक्त गर्न, तेरो कठिनाइहरू सुल्झाउन, तेरो अन्‍तस्‍करणमा रहेको भ्रम हटाउन, तँलाई तैँले पछ्याउने गलत बाटोबाट फर्काउन, र तेरा अपराध, तेरो कठोरता, तेरो विद्रोहीपन, र यस्तै इत्यादि कुरालाई समाधान गर्न यी वचनहरूलाई अनुमति दिनुपर्छ, र तैँले परमेश्‍वरका वचनहरूलाई तैँले सामना गर्ने हरेक समस्या समाधान गर्न दिनुपर्छ। यी वचनहरू तिमीहरूका लागि अत्यन्तै उपयोगी छन्! जब तैँले आफ्‍ना जिम्मेवारी र कर्तव्यहरू बिर्सिन्छस्, जब तैँले राख्नुपर्ने सिद्धान्तहरू बिर्सिन्छस्, जब तैँले लिनुपर्ने दृष्टिकोण र हेराइलाई अनि आफ्नै पहिचान र हैसियत बिर्सिन्छस्, तब यी वचनहरूलाई सम्झी। यी वचनहरूले तँलाई परमेश्‍वर सामु ल्याउनेछन्, तिनले तँलाई परमेश्‍वरका वचनहरूमा ल्याउनेछन्, तिनले तँलाई यही क्षणमा परमेश्‍वरको अभिप्राय के हो भनेर बुझाउनेछन्, र तिनले तँलाई आफूलाई, अरूलाई, र तैँले सामना गर्ने घटना र परिवेशहरूलाई हेर्ने सही दृष्टिकोण, हेराइ र अडान प्रदान गर्नेछन्। यसरी, परमेश्‍वरको मार्गदर्शन र परमेश्‍वरका वचनहरूको बन्दोबस्‍त, अन्तर्दृष्टि र सहयोगअन्तर्गत रहेपछि, तँलाई कुनै पनि समस्याले कुल्चन सक्दैन, र तँलाई कुनै पनि समस्याले सत्यताको पछि लाग्ने काममा बाधा दिन र अगाडि बढ्ने तेरा कदमहरूलाई रोक्‍न सक्दैन। के यो अभ्यासको बाटो होइन र? (हो।) अब तिमीहरूले सिक्नु पर्ने पाठ भनेको समस्याहरू सामना गर्दा गनगन गर्ने, गुनासो गर्ने र नियमहरू पालन गर्ने, वा मानिसको दृष्टिकोण खोज्‍ने होइन, बरु परमेश्‍वरसामु आउने र सत्यताको खोजी गर्ने, परमेश्‍वरको सहयोग खोज्‍ने, परमेश्‍वरका वचनहरूलाई तेरो भरणपोषण गर्न र तेरो हरेक कठिनाइ समाधान गर्न दिने हो—तिमीहरूले सिक्‍नुपर्ने पाठ यही हो। हामी शैतानले मानवजातिलाई गहन रूपमा भ्रष्‍ट पारेको पृष्ठभूमिमा परमेश्‍वरले आफ्‍नो व्यवस्थापन योजनाको सबैभन्दा महत्त्वपूर्ण काम सुरु गर्नुभएको तथ्यको बुझाइका विषयमा हाम्रो सङ्गति यहीँ समाप्त गर्नेछौँ; अन्तमा, यी सबै परमेश्‍वरको वचनमा निर्भर हुन्छ। हामीले जसरी सङ्गति गरे पनि, मलाई के आशा छ भने, अन्तमा मानिसहरू परमेश्‍वरका वचनहरूको सत्यता वास्तविकतामा प्रवेश गर्न सकून् र तिनीहरू वचन र धर्मसिद्धान्तहरू कसरी प्रचार गर्ने, वा धर्मशास्त्रीय सिद्धान्त अध्ययन गर्ने वा हरेक दिन धार्मिक विधिहरूमा संलग्‍न हुने कुरामै चित्त नबुझाऊन्। परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नु भनेको मानिसहरूले सिक्‍नुपर्ने जीवन प्रवेशको सबैभन्दा महत्त्वपूर्ण पाठ हो।

अब हामी नैतिक आचरणका विभिन्‍न भनाइहरूका बारेमा रहेको अर्को व्यावहारिक समस्याको विषयमा सङ्गति गर्नेछौँ। हामीले पहिले सङ्गति गरेका नैतिक आचरणका विभिन्‍न भनाइहरूलाई मुख्य रूपमा परम्परागत चिनियाँ संस्कृतिलाई उदाहारणका रूपमा प्रयोग गरेर, भ्रष्ट मानवजातिको अन्‍तस्‍करणमा बसेका यी विविध शैतानी भनाइहरूलाई खुलासा गरेर प्रकट गरेका थियौँ। कतिपय मानिसहरूले यसो भन्छन्, “परम्परागत चिनियाँ संस्कृतिलाई नैतिक आचरणका यी भनाइहरू खुलासा गर्नका लागि प्रयोग गरिएको हेर्दा त, हामी चिनियाँ होइनौँ, त्यसैले के हामीले यी वचनहरू स्वीकार नगरे हुँदैन र? के हामीले साँच्‍चै शैतानले मानवजातिलाई भ्रष्ट पारेकोसम्बन्धी यी नैतिक आचरणसँग सम्बन्धित विभिन्‍न भनाइहरू जान्‍नु आवश्यक छ र?” के यो भन्‍नु उचित हुन्छ? (हुँदैन।) एकदमै स्पष्ट रूपमा, यो गलत कुरा हो। शैतानले मानवजातिलाई भ्रष्‍ट तुल्याएको तथ्यले जाति वा समयका आधारमा छुट्टयाउँदैन, बरु यसले जाति वा समय वा धार्मिक पृष्ठभूमिका सम्बन्धमा कुनै भेदभाव नगरी मानवजातिलाई भ्रष्ट तुल्याउँछ। त्यसकारण, यदि तँ चिनियाँ जातिको सदस्य होस् भने, तँ हान चिनियाँ भए पनि वा मङ्गोलियाली, हुई, मियाओ, यी, र आदि जस्ता अल्पसङ्ख्यक जातीय समूहको सदस्य भए पनि, तँलाई बिना कुनै अपवाद शैतानबाट आएका नैतिक आचरणका सबै प्रकारका भनाइहरूबाट शिक्षित र दीक्षित गरिएको छ। भन्‍नुको अर्थ, तेरो सोचाइलाई पनि बिना कुनै अपवाद शैतानले मानवजातिलाई भ्रष्ट तुल्याएको कुराले प्रभाव पारेको छ। यसलाई ठ्याक्कै भन्दा, तेरो सोच, तेरो भित्री आत्मा र भित्री हृदयलाई पनि शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ र त्यसमा काम गरेको छ। यदि तँ चिनियाँ होइनस् भने पनि—यदि तँ जापानी, कोरियाली, जर्मन, वा अन्य कुनै राष्ट्रियताको भए पनि—तँ एशियाली, युरोपेली, अफ्रिकी, वा अमेरिकी, जे भए पनि, तँ पहेँलो, कालो, खैरो, वा सेतो, जुनसुकै वर्णको भए पनि, तँ जुनसुकै जाति वा प्रजातिको भए पनि, यदि तँ सृष्टि गरिएको प्राणी होस् भने, तँलाई शैतानले बिना कुनै अपवाद गहन रूपमा भ्रष्ट तुल्याएको छ। तँमा शैतानी भ्रष्ट स्वभावहरू हुनुका साथै, शैतानले तँमा बिना कुनै अपवाद शैतानी विचार र दृष्टिकोणहरू भरिदिएको छ, र तेरो हृदयलाई पनि अवश्य नै शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ। यति मात्र हो कि, विभिन्‍न देश र विभिन्‍न जातिका मानिसहरूमा तिनै कुरा भरिदिनका लागि शैतानले फरक-फरक विधिहरू प्रयोग गर्छ। यी कुराहरू भनाइमा फरक हुन सक्छन्, तिनमा केही भिन्‍नता हुन सक्छन्, तर मानिसहरूलाई भ्रष्ट तुल्याउने कार्यको अन्तिम परिणाम सधैँ समान हुन्छ र सानातिना भिन्‍नताहरूबाहेक समग्रमा उस्तै हुन्छ। ती सबैले मानिसहरूलाई आफ्‍नो व्यवहारमार्फत् आफ्नो स्वरूप लुकाउने बनाउँछन्, र मानवताको विपरीत जाने अत्यन्तै देखावटी, अवास्तविक, वा अनैतिक भनाइहरूका माध्यमबाट, तिनले मानिसहरूले नैतिक चरित्रका सन्दर्भमा निश्‍चित तरिकाले कार्य गरून् र निश्‍चित तरिकाले व्यवहार गरून् भन्‍ने माग गर्छन्, र मानिसहरूले कसरी आचरणगर्नुपर्छ र निश्‍चित कुराहरू कसरी गर्नुपर्छ भनेर माग गर्छन्। यी भनाइहरूका बीचमा भिन्‍नताहरू भए पनि, र ती फरक समयमा उत्पन्‍न हुने र विभिन्‍न कुना, विभिन्‍न क्षेत्र, र विभिन्‍न ठाउँबाट आउने भए पनि, र ती विभिन्‍न मानिसहरूबाट उत्पन्‍न हुने भए पनि, अन्तिम परिणाम सधैँ के हुन्छ भने, तिनले मानिसहरूको विचार र हृदयलाई नियन्त्रण गर्छन्, तिनले मानिसहरूको विचार र हृदयलाई सीमित गर्छन्, र तिनले मानिसहरूको सोचाइलाई शैतानको विष र प्रकृति सार बोकेका दृष्टिकोण र धारणाले भर्छन्। तिनले मानिसहरूको अन्‍तस्‍करणलाई शैतानको दृष्टिकोण, यसको दुष्ट सार र यसका दुष्ट धारणाहरूले भरिदिन्छन्। आखिरमा, जाति वा प्रजाति जे भए पनि, र कुल वा समय अवधि जे भए पनि, शैतानले सबै मानिसलाई बहकाएको र कुल्चेको छ र शैतानले तिनीहरूको विचार र भित्री हृदयलाई विभिन्‍न हदसम्‍म भ्रष्ट पारेको छ। अन्तमा, शैतानले भ्रष्‍टताको यो काम संसारको जुनसुकै कुनाका मानिसहरूमा गरे पनि, वा तिनीहरू जुनसुकै प्रजातिका भए पनि, वा तिनीहरू जुनसुकै समय अवधिमा बाँचेका भए पनि, यसको परिणाम सधैँ नै मानवजातिलाई शैतानको अजेय सन्तान, मुखपत्र र मूर्त रूप बनाउनु हो, र मानिसलाई ठूला-साना दुवै, दृश्य र मूर्त दुवै गरी अजेय जिउँदा शैतान बनाउनु हो। अवश्य नै, यस्तो मानवजाति परमेश्‍वरको अजेय शत्रु र परमेश्‍वरको विरोधी पनि बन्छ। त्यसकारण, अहिले जुनसुकै प्रकारका मानिसहरूले प्रवचनहरू सुनिरहेका भए पनि वा जति जना मानिसहरू भए पनि, एउटा निर्विवाद तथ्य छ: सम्पूर्ण मानवजाति दुष्टको पकडमा छन्—यो एउटा तथ्य हो। यसलाई अर्को तरिकाले भन्दा, यसको मतलब के हुन्छ भने सम्पूर्ण मानवजाति शैतानद्वारा गहन रूपमा भ्रष्ट भइरहहँदा, सम्पूर्ण मानवजातिको विचार र हृदय पनि पूर्ण रूपमा शैतानको नियन्त्रण र कैदमा हुन्छ—यो निर्विवाद छ। त्यसकारण, कुनै पनि कुलीन प्रजाति र शक्तिशाली देशको राष्ट्रियता भएका कुनै पनि मानिसहरू बिना कुनै अपवाद शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन्, र शैतानद्वारा गहन रूपमा खेलाइएका, त्यसको नियन्त्रण र कैदमा परेका छन्, र यसमा कुनै अपवाद छैन। यदि तँ मानवजातिको सदस्य होस्, तँ सूर्यमुनि जिउँछस्, तँ सास फेर्ने, पानी पिउने, र अन्‍न खाने मानिस होस् भने, शैतानद्वारा भ्रष्ट पारिनु अपरिहार्य छ र, तँलाई शैतानले बिना कुनै अपवाद तेरो विचारमा, तेरो हृदयमा, तेरो स्वभावमा र तेरो सारमा भ्रष्ट तुल्याएको छ। यसलाई अझ सटीक रूपमा भन्दा, यदि तँ सृष्टि गरिएको मानिस होस् र शैतानद्वारा भ्रष्ट पारिएको छस् भने, तँ परमेश्‍वरको शत्रु होस्। यदि तँ शैतानद्वारा भ्रष्ट तुल्याइएको छस्, तँ विगतमा शैतानको नियन्त्रण र बन्धनमा थिइस् वा अहिले पनि छस् भने, तँ परमेश्‍वरको मुक्तिको लक्षित व्यक्ति होस्, र यसमा कुनै प्रश्‍न छैन। यदि तँ शैतानले भ्रष्ट पारेको मानिस होस् भने, तँसँग बिना कुनै अपवाद शैतानको स्वभाव र सोचाइ छ र शैतानको विषले भरिएको र त्यसले कब्जा गरेको हृदय छ। त्यसकारण, शैतानबाट आएका नैतिक आचरणसम्‍बन्धी विभिन्‍न विचार, दृष्टिकोण, र विविध भनाइहरूलाई चिन्‍ने र खुट्ट्याउने कार्य चिनियाँ मानिसहरूका लागि मात्र होइन, वा चिनियाँ मानिसहरूले एकाधिकार जमाएको कुरा होइन। यसको विपरीत, यो त परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये उहाँले छान्नुभएका प्रत्येकले सिक्‍नुपर्ने पाठ र तिनीहरूले प्रवेश गर्नुपर्ने वास्तविकता हो। परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये प्रत्येकले, कुनै अपवादबिना, शैतानबाट आउने सबै असङ्ख्य भ्रामक र दुष्ट विचार र दृष्टिकोणहरूलाई चिन्‍नुपर्छ र खुट्याउनुपर्छ। तँ एक धनी परिवारमा जन्मेको, विशिष्ट हैसियत भएको परिवारमा जन्‍मेकै कारण तैँले आफूलाई श्रेष्ठ ठान्न सक्छस्, तँलाई शैतानले भ्रष्ट पारेको छैन, र तँसँग सम्माननीय पहिचान भएको हुनाले, तेरो आत्मा पनि महान् छ भन्‍ने नसोच्—यो विकृत बुझाइ हो। वा सायद तँलाई आफूकुलीन वंशबाट आएको, र तेरो छालाको रङ्गले तँसँग सम्मानजनक पहिचान, हैसियत र मूल्य छ भनेर देखाउँछ भन्‍ने लाग्ला, त्यसैले तैँले तेरो सार, तेरो सोच, र तेरो हृदय अरूको भन्दा बढी कुलीनन् र उच्‍च छ भन्‍ने गलत सोच राखेको हुन सक्छस्। त्यसो हो भने, म भन्छु, तँसँग भएको यो बुझाइ मूर्खतापूर्ण र अवास्तविक छ, किनभने परमेश्‍वरले उल्‍लेख गर्नुभएको मानवजाति राष्ट्रियता, जाति वा धर्मका आधारमा विभाजित छैन। तँ जुनसुकै प्रकारको सामाजिक परिस्थिति वा धार्मिक परिस्थितिमा बाँचे पनि, र तँ जुनसुकै प्रजातिमा जन्‍मेको भए पनि, वा समाजमा तेरो स्थान नीच भए पनि कुलीन भए पनि, वा अरू मानिसहरूमाझ तेरो प्रतिष्ठा उच्च भए पनि नभए पनि, इत्यादि, तैँले यीमध्ये कुनै पनि कुरालाई परमेश्‍वरका यी वचनहरू स्वीकार नगर्ने वा शैतानले मानिसजातिलाई भ्रष्ट पार्छ भन्‍ने तथ्यलाई स्वीकार नगर्ने बहानाका रूपमा प्रयोग गर्न मिल्दैन। तँ एक मानव होस् भने, “मानव” शब्‍दको अगाडि “भ्रष्ट” भन्‍ने विशेषण हुनु नै पर्छ। यसलाई सटीक रूपमा भन्दा, तँ एक मानव होस् भने, तँ अनिवार्य रूपमा भ्रष्ट मानव होस्, र यसमा कुनै शङ्का छैन। यसबाहेक, हामी के भन्‍न सक्छौँ भने, यदि तँ एक भ्रष्ट मानव होस् भने, तेरो स्वाभाविक सोचाइ र तेरो अन्‍तस्‍करणका कुराहरू शैतानबाट आएका हुन्छन् र ती सबै कुरालाई शैतानले गहन रूपमा प्रशोधन गरेको र भ्रष्ट तुल्याएको छ—तैँले यो तथ्यलाई स्वीकार गर्नुपर्छ। तँसँग अन्तर्निहित रूपमा सत्यतासँग सम्बन्धित कुनै पनि कुरा छैन, परमेश्‍वरका वचन वा परमेश्‍वरको जीवनसँग सम्बन्धित कुनै पनि कुरा छैन, तर यसविपरीत तँलाई शैतानले बहकाएको छ, भ्रष्ट तुल्याएको छ र नियन्त्रित गरेको छ। तेरो मन जिउनेसम्‍बन्धी शैतानको विचार, दर्शन, तर्क र नियमहरूले भरिएको छ, र तेरो मनभित्रका सबै कुरा शैतानबाट आउँछन्। यो तथ्यले मानिसहरूलाई के बताउँछ? कसैले पनि परमेश्‍वरको मुक्तिलाई अस्वीकार गर्न, वा परमेश्‍वरका वचनहरूलाई छानी-छानी स्वीकार गर्न कुनै बहाना प्रयोग गर्नु हुँदैन। भ्रष्ट मानिसका रूपमा, तैँले कुनै पनि विकल्प नरोजी परमेश्‍वरका वचनहरू स्वीकार गर्नुपर्छ। यो तेरो जिम्मेवारी हो, र तँलाई चाहिने कुरा पनि यही हो। यदि कुनै व्यक्ति धनी र शक्तिशाली राष्ट्रमा जन्मेको छ र ऊ श्रेष्ठतर सामाजिक परिस्थितिमा जिइरहेको छ, वा ऊ एक प्रतिष्ठित परिवारमा जन्मेको छ र उसले उच्च शिक्षा प्राप्त गरेको छ, त्यसैले उसले आफूलाई अरू सबैभन्दा फरक र परमेश्‍वरका चुनिएका मानिसहरूभन्दा कुलीन ठान्छ, त्यसैले आफूलाई परमेश्‍वरका चुनिएका मानिसहरूभन्दा माथि राख्‍न चाहन्छ भने, यो बेतुक सोच हो, यो मूर्खतापूर्ण सोच हो, र यसलाई चरम मूर्खता भनेर पनि भन्‍न सकिन्छ। तेरो पहिचान, हैसियत, वा मूल्य जति नै विशेष भए पनि, वा तेरो पहिचान, हैसियत, वा सामाजिक परिस्थितिहरू साधारण मानिसहरूको भन्दा जतिसुकै उच्च भए पनि, परमेश्‍वरको अगाडि तँ सधैँ नै सृष्टि गरिएको प्राणी हुनेछस्। परमेश्‍वरले तँ कहाँबाट आएको होस् वा जन्मँदा तेरो कस्तो परिस्थितिमा जन्मेको होस् भन्‍ने कुरालाई हेर्नुहुन्‍न, उहाँले तेरो राष्ट्रियता वा प्रजातिलाई हेर्नुहुन्‍न, र उहाँले समाज वा संसारमा तेरो मूल्य, प्रतिष्ठा वा उपलब्धिहरूलाई हेर्नुहुन्‍न। परमेश्‍वरले तैँले उहाँका वचनहरू स्वीकार गर्छस् कि गर्दैनस्, उहाँका वचनहरूलाई सत्यताका रूपमा लिन्छस् कि लिँदैनस्, र तैँले उहाँका वचनहरूअनुसार मानिस र कामकुराहरूलाई हेर्ने र व्यवहार र कार्य गर्ने गर्छस् कि गर्दैनस् भन्‍ने कुरालाई मात्रै हेर्नुहुन्छ। यदि तैँले आफूलाई साँच्‍चै परमेश्‍वरको प्रभुत्वमा रहेको सृष्टि गरिएका साधारण प्राणीहरूमध्ये एकको रूपमा हेर्छस् भने, तैँले आआफ्ना सामाजिक परिस्थितिहरू, आफ्‍नो प्रजातीय पृष्ठभूमि, आफ्‍नो राष्ट्रिय पृष्ठभूमि, र धार्मिक पृष्ठभूमिलाई त्याग्‍नुपर्छ र सृष्टि गरिएको एक साधारण प्राणीका रूपमा परमेश्‍वरको अगाडि आउनुपर्छ, कुनै पनि नाम वा पृष्ठभूमिबिना उहाँका वचनहरू स्वीकार गर्नुपर्छ, र त्यसो गरेर तेरो पहिचान र हैसियत ठीक हुनेछ। यदि तैँले यो सही पहिचान र हैसियतका साथ परमेश्‍वरका वचनहरू स्वीकार गर्न चाहन्छस् भने, तैँले पहिले मानिसको सार के हो भन्‍ने बुझ्नुपर्छ, र तैँले पहिले मानिसको सारलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ, र मानिसको विचार र भित्री हृदयलाई भर्ने र ओगट्ने कुराहरू सबै शैतानबाट आएका हुन्छन् भनेर स्वीकार गर्नुपर्छ। मानिसहरूले परमेश्‍वरका वचन र सत्यतालाई जीवनका रूपमा स्वीकार गर्न चाहने हुनाले, तिनीहरूले पहिले आफ्नो सोचाइ र अन्‍तस्‍करणमा भएका सत्यतासँग नमिल्‍ने र त्यसप्रति शत्रुवत् रहेका सबै कुराहरू पत्ता लगाउनुपर्छ, तीबारे मनन गर्नुपर्छ र तिनलाई जान्‍नुपर्छ। यी कुराहरूलाई स्पष्ट रूपमा पहिचान गरेपछि, राम्ररी बुझेपछि, र राम्ररी विश्‍लेषण गरेपछि मात्र मानिसहरूले तिनलाई सही समयमा र सही परिवेशमा त्याग्‍न सक्छन्, जसले गर्दा तिनीहरूको भित्री हृदय पूर्ण परिवर्तन हुन्छ। जब तिनीहरूले शैतानका सबै कुराहरूलाई निष्कासित गर्छन् र परमेश्‍वरको वचन र सत्यता स्वीकार गर्छन्, तब तिनीहरू नयाँ मानिस बन्नेछन्। मानिसहरूले अरू मानिस र कामकुराहरूलाई हेर्ने नजर, दृष्टिकोण र अडान पूर्ण रूपमा परिवर्तन भएपछि मात्रै तिनीहरूले परमेश्‍वरका वचनहरूअनुसार मानिस र कामकुराहरूलाई साँचो रूपमा र सही तरिकाले हेर्न सक्छन्। त्यसपछि तिनीहरू तुलनात्मक रूपमा शुद्ध र चोखा मानिस बन्छन्। मानिसहरूले अहिलेसम्म यो हासिल गर्न सक्दैनन्। तिनीहरूले आफ्नो हृदयमा सत्यताको थोरै कुरा बुझे पनि, तिनीहरू अझै पनि सबै प्रकारका बेतुक विचारहरू र गलत र निरर्थक कुराहरूले भरिएका छन्। तिनीहरू परमेश्‍वरको आधा वचन र सत्यता स्वीकार गर्छन् र अर्को आधालाई अस्वीकार गर्छन्; तिनीहरूले छानी-छानी थोरै स्विकार्छन्, थोरैदेखि विभिन्‍न हदसम्‍म स्विकार्छन्, तैपनि तिनीहरूको हृदयले सधैँ शैतानको विचार र तर्क र तिनीहरूमा शैतानले भरिदिएका देखावटी कुराहरूका लागि ठाउँ छोडेको हुन्छ, र तिनीहरूले यी कुराहरूलाई सधैँ आफ्‍नो हृदयमा राखेका हुन्छन्। मानिसहरूभित्रका यी कुराहरूले तिनीहरूको मन, तिनीहरूको मूल्याङ्कन, र मानिस र कामकुराहरूलाई हेर्ने तिनीहरूको नजर र दृष्टिकोणलाई असर गर्छन्, र तिनीहरूले सत्यता स्वीकार गर्ने हदलाई यसले ठूलो प्रभाव पार्छ।

शैतानले परम्परागत संस्कृति प्रयोग गरेर मानिसहरूमा भरिदिने नैतिक आचरणसम्बन्धी विभिन्‍न भनाइहरूका कारण पैदा भएको मानवजातिको भ्रष्‍टता र बहकाउ व्यापक छ। यो चिनियाँ मानिसहरूमा मात्र सीमित रहेको कुरा होइन, बरु यो त सम्पूर्ण मानवजातिमा, हरेक कुनामा र हरेक समय अवधिमा फैलिएको छ। यसले मानिसहरूको पुस्तौँ पुस्तालाई असर र नियन्त्रण गर्छ, र विभिन्‍न जाति, राष्ट्रियता र धर्मका मानिसहरूलाई असर र नियन्त्रण गर्छ। मानिसहरूले यो बुझिसकेपछि, “परम्परागत संस्कृति” लाई जनाउने शब्द “चिनियाँ” मात्र हुँदैन भन्‍ने कुरा स्पष्ट हुन्छ; कुनै पनि राष्ट्र वा जातिको परम्परागत संस्कृति शैतानबाट आएको हुन्छ र शैतानको भ्रष्‍टताबाट उत्पन्‍न भएको हुन्छ भनेर भन्‍न सकिन्छ। उदाहरणका लागि, हामीकहाँ परम्परागत जापानी संस्कृति, परम्परागत कोरियाली संस्कृति, परम्परागत भारतीय संस्कृति, परम्परागत फिलिपिनो संस्कृति, परम्परागत भियतनामी संस्कृति, परम्परागत अफ्रिकी संस्कृति, गोराहरूको परम्परागत संस्कृति, साथै यहूदी धर्म, इसाई धर्म, क्याथोलिक धर्म, र अन्य परम्परागत संस्कृतिहरू छन्, जो धर्महरूबाट उत्पन्‍न भएका हुन्। यी सबै परम्परागत संस्कृतिहरू सत्यताको विपरीत चल्छन् र मानिसहरूले अन्य मानिस र कामकुराहरूलाई हेर्ने र आफ्‍नो व्यवहार र कार्य गर्ने तरिकासम्बन्धी मानिसहरूको दृष्टिकोण, अडान र हेराइमा तिनले गहिरो प्रभाव पार्छन्। ती त मानिसहरूको भित्री सोच र हृदयमा गहिरो छाप छोड्ने भर्खरै चलेका ब्रान्डहरू जस्तै हुन्। तिनले मानिसहरूको जीवन, मानिसहरूको जिउने नियम, तिनीहरूले जीवनमा पछ्याउने मार्गहरू र तिनीहरूको आचरणको दिशा र लक्ष्यहरूमाथि प्रभाव पार्छन्; तिनले त मानिसहरूले पछ्याउने लक्ष्यहरूमा पनि प्रभाव पार्छन्। यी कुराहरूले सकारात्मक कुराहरू, परमेश्‍वरका वचनहरू, सत्यता र परमेश्‍वरलाई हेर्ने मानिसहरूको मनोवृत्तिमा पनि गम्भीर रूपमा बाधा पुर्‍याउँछन् र असर गर्छन्। अवश्य नै, मानिसहरूले अन्य मानिस र कामकुराहरूलाई हेर्ने र आफ्‍नो व्यवहार र कार्य गर्ने तरिकाबारेका अडान र दृष्टिकोणलाई पनि गम्भीर रूपमा असर गर्छन् र बाधा पुर्‍याउँछन्, अर्थात् मानिसहरूले सत्यता स्वीकार गर्ने र अभ्यास गर्ने कार्यमा तिनले गम्‍भीर रूपमा असर गर्छन्। अनि अन्तमा परिणाम के हुन्छ? (मानिसहरूले मुक्ति प्राप्त गर्ने आफ्‍नो मौका गुमाउँछन्।) ठीक भन्यौ, अन्त्यमा यसले मुक्ति प्राप्त गर्ने मानिसहरूको महत्त्वपूर्ण मामिलामा नै असर गर्ने हो। के यो गम्भीर परिणाम होइन र? (हो।) यो अत्यन्तै गम्भीर परिणाम हो! कुनै व्यक्तिले कामकुरालाई कसरी हेर्छ, तीप्रति कस्तो दृष्टिकोण राख्छ, उसले कस्तो हेराइ र कस्ता धारणाहरू अपनाउँछ, ती सबै उसको भ्रष्ट स्वभाव र तिनीहरूको सोचमा रहेका कुराहरूका आधारमा निर्धारित हुन्छन्। यदि तिनीहरूको सोचमा रहेका कुराहरू सकारात्मक छन् भने, तिनीहरूले मानिस र कामकुराहरूलाई सही दृष्टिकोणबाट हेर्नेछन्; यदि तिनीहरूको सोचमा रहेका कुराहरू नकारात्मक र निष्क्रिय छन् र शैतानबाट आएका हुन् भने, तिनीहरूले अनिवार्य रूपमै मानिस र कामकुराहरूलाई गलत र बेतुक दृष्टिकोण, अडान र नजरबाट हेर्नेछन्, र अन्त्यमा यसले तिनीहरूले पछ्याउने मार्गमा असर गर्नेछ। यदि तैँले मानिस र कामकुराहरूलाई हेर्ने अडान, नजर र दृष्टिकोणहरू गलत छन् भने, तैँले आफ्‍नो आचरणमा पछ्याउने मार्गका साथै तेरो खोजीको लक्ष्य र दिशा पनि गलत हुन्छ। यदि तैँले यी गलत कुराहरूलाई जारी राखिस् भने, तैँले मुक्ति प्राप्त गर्ने कुनै सम्भावना हुनेछैन, किनकि तैँले पछ्याउने मार्ग गलत हुन्छ। यदि तैँले मानिस र कामकुराहरूलाई हेर्ने दृष्टिकोण, अडान, विचार र नजरहरू सही छन् भने, उत्पन्‍न हुने परिणामहरू पनि सही नै हुनेछन्, ती सकारात्मक कुराहरूसँग सम्बन्धित हुनेछन्, र सत्यताको विपरीत जानेछैनन्। जब मानिसले सत्यता अनुरूप रहेको दृष्टिकोणबाट मानिस र कामकुराहरूलाई हेर्छ, तब उसले रोज्‍ने बाटो साथै उसको लक्ष्य र दिशा पनि सही हुनेछ, र तिनीहरूले अन्तमा मुक्ति प्राप्त गर्ने आशा हुनेछ। तर, मानिसहरू अहिले शैतानको कब्जा र नियन्त्रणमा रहेका हुनाले, तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने दृष्टिकोण, अडान र नजरहरू गलत छन्, जसले गर्दा तिनीहरूको खोजी र तिनीहरूले पछ्याउने मार्ग पनि गलत नै हुन्छन्। उदाहरणका लागि, मानिसहरूले प्रसिद्धि र लाभका लागि, इज्‍जतका लागि, र हैसियतका लागि मूल्य चुकाउँदा, के यो बाटो गलत हुन्छ त? (हुन्छ।) मानिसहरू कसरी यस्तो गलत बाटोमा लाग्‍न पुग्छन्? के तिनीहरूले यस्तो कुरालाई हेर्ने दृष्टिकोण, नजर, र सुरुवाती विन्दु नै गलत भएकाले यस्तो हुने होइन र? (हो।) यसले मानिसहरूलाई गलत बाटोमा लैजान्छ। अनि यदि मानिसहरूले यस्तो गलत बाटो पछ्याइरहे भने, के तिनीहरूले अन्तमा मुक्ति प्राप्त गर्न सक्छन्? अहँ, सक्दैनन्। यदि तँ शैतानले तँमा भरिदिएको कुनै विचार वा दृष्टिकोणका आधारमा मानिस र कामकुराहरूलाई हेर्छस् र व्यवहार र कार्य गर्छस् भने, तैँले हिँड्ने बाटो अनिवार्य रूपमा विनाशको बाटो हुनेछ। यो निश्चय नै मुक्तिको बाटो हुनेछैन, किनभने यो मुक्तिको बाटोको ठीक विपरीत र उल्टो हुन्छ। यदि मानिसहरूले यस गलत मार्ग पछ्याए भने, तिनीहरूले मुक्ति प्राप्त गर्ने आफ्नै मौका नष्ट गर्छन्, यो पूर्ण रूपमा हराउँछ, र तिनीहरू कहिल्यै मुक्तिको बाटोमा हिँड्न सक्दैनन्। तर, यदि तैँले सही दृष्टिकोणले पछ्याउँछस्, र परमेश्‍वरका वचनहरूअनुसार मानिस र कामकुराहरूलाई हेर्छस् र व्यवहार र कार्य गर्छस् भने, उत्पन्‍न हुने अभ्यासका सिद्धान्तहरू सकारात्मक हुनेछन्, तेरो मार्ग सकारात्मक हुनेछ, तैँले सही स्थानबाट सुरु गर्ने हुनाले, तैँले अन्त्यमा पछ्याउने मार्ग पनि सही नै हुनेछ। यदि तैँले यस्तो मार्ग पछ्याइस् भने, तैँले अवश्य नै मुक्ति प्राप्त गर्न सक्‍नेछस्। सत्यताको यो पक्ष अलिक गहन छ र तिमीहरूमध्ये अधिकांशले सायद यो कुरा बुझ्दैनौ। तिमीहरूमा यसको कुनै बुझाइ छैन, र तिमीहरूमा अझैसम्म पनि सत्यता वास्तविकताको यो पक्ष छैन। तिमीहरूलाई मानिस र कामकुराहरूलाई हेर्ने र व्यवहार र कार्य गर्ने तिमीहरूको तरिका सही दृष्टिकोणहरूमा आधारित छ कि गलत दृष्टिकोणहरूमा आधारित छ भन्‍ने थाहा छैन—तिमीहरूसँग अझै पनि यस कुराको अनुभव छैन। अहिले, तिमीहरूलाई कार्य गर्न, आफ्नो बल लगाउन, प्रयास गर्न, र मूल्य चुकाउन मात्र आउँछ, जबकि तिमीहरूले आफ्नो अन्‍तस्‍करणमा रहेका विचार र दृष्टिकोणहरूलाई केले असर र नियन्त्रण गर्छ भन्‍ने कुरा जाँच्‍नसमेत थालेका छैनौ। त्यसैले यो विषय तिमीहरूबाट अलिक टाढा छ, र हामी यहाँ यसबारे कुरा गर्न छोड्नेछौँ।

हामीले भर्खरै नैतिक आचरणसम्बन्धी भनाइहरूको सारका बारेमा, र कुन हदसम्म चीनको मुख्य भू-भागमा मात्र यसको प्रभाव सीमित नभई सम्पूर्ण मानवजातिमा फैलिएको छ भन्‍ने बारेमा कुरा गर्‍यौँ। किनभने सम्पूर्ण मानवजाति दुष्टको पकडमा छ, र हरेक मानिस शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएको छ र शैतानको नियन्त्रणमा छ। यसो भन्‍नुको पछाडि एउटा तथ्यात्मक आधार छ। शैतानले चीनको मुख्य भू-भागका मानिसहरूलाई मात्र नभई सारा मानवजातिलाई भ्रष्ट तुल्याएको छ, र सबै मानिसहरू दुष्टको पकडमा परेका छन्। शैतानले मानवजातिलाई गहन रूपमा भ्रष्ट पारेको छ भन्‍ने कुरा सबैले केही हदसम्म देख्‍न सक्छन्। शैतानले मानिसहरूका विचारमा नैतिक आचरणका विभिन्‍न भनाइहरू भरिदिएर मानिसहरूलाई बहकाउन, नियन्त्रण गर्न र सीमित गर्न, र यसरी मानिसहरूलाई भ्रष्ट पार्ने आफ्नो उद्देश्य पूरा गर्न यो विधि प्रयोग गर्ने कुरामा हामीले केही समयदेखि सङ्गति गरिरहेका छौँ। यो तथ्य चिनियाँ मानिसहरूमा मात्र सीमित नभई विभिन्‍न जाति, विभिन्‍न राष्ट्रियता र विभिन्‍न प्रजातिका सबै मानिसहरूमा लागु हुन्छ। शैतानले सबै जाति र प्रजातिका मानिसहरूलाई गहन रूपमा भ्रष्ट पारेको छ; शैतानले परम्परागत संस्कृति प्रयोग गरेर मानिसहरूमा भरिदिने चिन्‍न गाह्रो पर्ने विभिन्‍न देखावटी कुराहरू, र मानिसहरूलाई तुलनात्मक रूपमा सकारात्मक र तिनीहरूको नैतिकता, सोच र स्वादसँग मेल खाने जस्ता लाग्‍ने कुराहरू पनि वास्तवमा शैतानले मानवजातिलाई भ्रष्‍ट तुल्याउने कार्यका भाग हुन्। अर्थात्, शैतानले सबै मानिसहरूलाई यसरी नै भ्रष्ट पारेको छ, र कुनै पनि स्थान, वा कुनै पनि क्षेत्र वा पृथ्वीको भूमिमा जन्मेका कुनै पनि जाति, प्रजाति वा राष्ट्रियताका सबै मानिसहरूलाई मन र हृदय दुवैमा गहन रूपमा बहकाएको, नियन्त्रण गरेको र भ्रष्ट पारेको छ। तँ जहाँ वा जहिले जन्‍मेको भए पनि, वा तँ जुन जाति वा राष्ट्रमा जन्‍मेको भए पनि, तँलाई बिना कुनै अपवाद शैतानले तँमा भरिदिएको परम्परागत संस्कृतिका भनाइहरूले बहकाएका र भ्रष्ट तुल्याएका छन्। त्यसकारण, हामीले परम्परागत चिनियाँ संस्कृतिको मात्रै विश्लेषण गरिरहेका छौँ भन्दैमा तैँले तेरो आफ्नै राष्ट्र वा जाति शैतानी सांस्कृतिक पृष्ठभूमिरहित छ, तँ चिनियाँ मानिसहरूभन्दा असल छस् भन्‍ने सोच्नु हुँदैन, न त तँमा चिनियाँ मानिसहरूभन्दा बढी इज्जतदार र महान् छु भन्‍ने किसिमको श्रेष्ठताको भावना नै हुनु हुन्छ। श्रेष्ठताको यो भावना एक गलत धारणा हो, यो गलत छ, यो बेतुक छ, यहाँसम्‍म कि हामी यसलाई मूर्खता भन्‍न पनि सक्छौँ। भ्रष्ट मानवजातिको उल्लेख हुञ्जेल, तैँले आफूलाई यसबाट अलग गर्न मिल्दैन; भ्रष्ट मानवजातिको उल्लेख हुञ्जेल, तँ पनि यसको एउटा भाग हुन्छस्। अवश्य नै, तँ एक भ्रष्ट मानिस होस् भनेर भनिञ्जेल, तेरो भित्री हृदय शैतानले तँमा भरिदिने परम्परागत संस्कृतिद्वारा नियन्त्रित विचारहरूले भरिएको हुन्छ, र यो एक निर्विवाद तथ्य हो, सदाका लागि अपरिवर्तनीय तथ्य। तिमीहरूले यो तथ्य स्पष्ट रूपमा बुझ्नुपर्छ—यो प्रश्‍नभन्दा बाहिरको कुरा हो र यसमा शङ्का गर्नु हुँदैन। हामी यस विषयको हाम्रो सङ्गतिलाई यहीँ समाप्त गर्छौँ।

पछिल्लो पटक, हामीले “मर्दको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने विषयमा सङ्गति गर्‍यौँ। यो शैतानले नैतिक आचरणको मामिलामा मानिसहरूलाई भ्रष्ट पार्न प्रयोग गर्ने एउटा भनाइ हो। यस भनाइको वकालतले मानिसहरूको सोचमा ठूलो प्रभाव पार्छ र यो नैतिक आचरण पनि अरू भनाइहरू जस्तै बेतुक र तथ्यविपरीत छ। कसैले जे भने पनि, तिनीहरूले यस्तो व्यवहार गर्छन् भने, अरू मानिसहरूले उसलाई महान् नैतिकता र सम्मानजनक चरित्र भएको व्यक्ति ठान्छन्, र यो निरर्थक र हाँसोलाग्दो कुरा हो। यो भनाइ नैतिक आचरणसम्बन्धी अन्य भनाइहरू जस्तै निरर्थक र हाँसोलाग्दो विधर्म र भ्रम हो। ती सबैलाई यही नै भन्न सकिन्छ र चरम रूपमा बेतुक र निराधार भनेर परिभाषित पनि गर्न सकिन्छ। आज हामी नैतिक आचरणसम्‍बन्धी “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” भन्‍ने भनाइलाई हेरौँ। यस विषयमा औपचारिक रूपमा सङ्गति गर्नुभन्दा पहिले, के तिमीहरूले यो भनाइलाई कसरी व्याख्या गर्ने भनेर कहिल्यै विचार गरेका छौ? यसको सारलाई कसरी विश्लेषण गर्न सकिन्छ? यसभित्र के-कस्ता विषहरू छन्? शैतानले यस भनाइमार्फत् मानिसहरूमा के-कस्ता विचारहरू भर्न चाहन्छ? शैतानको द्वेषपूर्ण अभिप्राय के हो? शैतानले यो भनाइ प्रयोग गरेर मानिसहरूको कुन पक्षलाई भ्रष्ट पार्छ? के तिमीहरूले कहिल्यै यी कुराहरूका बारेमा सोचेका छौ? “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” भन्‍ने भनाइलाई खराब मानिसहरूको सङ्गत नगर्नु र खराब प्रभावहरूबाट आफूलाई बचाउन सक्‍ने हुनु भनेर सामान्य रूपमा व्याख्या गर्न सकिन्छ। अरू कसैले कुनै व्यक्तिलाई “हिलोबाट पनि शुद्ध भई” निस्कने व्यक्तिका रूपमा मूल्याङ्कन गरे पनि, वा त्यो व्यक्तिले यो भनाइ आफैले धारण गर्न चाहे पनि, सामान्यतया त्यस्तो व्यक्ति कस्तो हुन्छ? तिनीहरूले आफू भ्रष्ट पार्न नसकिने, सीधा, खुला र इमानदार र आदर्शमय नैतिक चरित्रयुक्त सज्‍जन भएको दाबी गर्छन्, तर तिनीहरूले यो युग, यो संसार, यो मानवजाति, र यहाँसम्म कि यो देश, यो शाही अदालत, र यो पदाधिकारीवर्गलाई यस्तो देख्दैनन्। के यी मानिसहरूले सामान्यतया परिस्थितिलाई द्वेषी नजरले हेर्ने अनि वास्तविकतादेखि असन्तुष्ट हुने गर्दैनन् र? तिनीहरूले प्रायजसो तिनीहरूका आकाङ्क्षा उच्‍च छन् तर तिनीहरू गलत समयमा जन्मेका हुन्, तिनीहरूसँग प्रतिभा छ तर त्यो प्रयोग गर्न सक्दैनन् भन्‍ने महसुस गर्छन्। तिनीहरूलाई के लाग्छ भने, पदाधिकारीवर्गमा होस् वा समाजमा, तिनीहरूको बाटो रोक्‍ने क्षुद्र मानिसहरू सधैँ हुन्छन्, तिनीहरूसँग भव्य र रणनीतिक मष्तिष्क छ, तिनीहरू उत्कृष्ट व्यक्ति हुन्, तैपनि कसैले पनि तिनीहरूको प्रतिभालाई चिन्‍न सक्दैन वा तिनीहरूलाई कहिल्यै महत्त्वपूर्ण कार्यहरू सम्हाल्न दिँदैनन्। तिनीहरू वास्तविकतादेखि असन्तुष्ट हुन्छन् र द्वेषी बन्छन्, र त्यसैले तिनीहरूले आफ्नो रक्षा गर्ने भन्दै आफ्नो वर्णन गर्न “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” भन्‍ने यो अभिव्यक्ति प्रयोग गर्छन्, म आफूलाई खराब प्रभावहरूबाट बचाउनेछु र निष्कलङ्क हुनेछु भनेर भन्छन्। यसलाई स्पष्ट रूपमा भन्दा, यस्ता मानिसहरूले आफूलाई शुद्ध र उत्कृष्ट व्यक्तिका रूपमा हेर्छन् र तिनीहरू वास्तविकतादेखि असन्तुष्ट हुन्छन्। तिनीहरूमा कुनै साँचो प्रतिभा वा वास्तविक क्षमता हुन्छ नै भन्‍ने हुँदैन, र तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने र व्यवहार र कार्य गर्ने दृष्टिकोणहरू सही वा व्यावहारिक नै हुन्छ भन्‍ने हुँदैन र, अवश्य पनि, तिनीहरूले कुनै पनि कुरा हासिल गर्न सक्छन् नै भन्‍ने पनि हुँदैन। तैपनि तिनीहरू आफूलाई साधारण मानिसहरूभन्दा अलग ठान्छन्, र सधैँ यसो भन्दै सुस्केरा हाल्छन्, “सारा संसार फोहोर छ, म मात्र शुद्ध छु; सबै मानिसहरू मात्तिएका छन्, म मात्र होसमा छु,” मानौँ, भौतिक संसारदेखि तिनीहरूको मोहभङ्ग भएको छ र तिनीहरूले प्रायजसो संसारको दुष्टता र अन्धकार मात्र देख्छन्। ठ्याक्कै भन्दा, यस्ता मानिसहरू द्वेषी हुन्छन्। तिनीहरू राजनीतिक र व्यावसायिक क्षेत्रलाई घृणा गर्छन्, र तिनीहरू साहित्यिक, कलात्मक र शैक्षिक वृत्तहरूलाई पनि घृणा गर्छन्। तिनीहरू बुद्धिजीवीहरूले तिनीहरूको खोजीलाई हेर्ने दृष्टिकोणलाई घृणा गर्छन्, र तिनीहरू किसान र धार्मिक आस्था बोक्‍नेहरूलाई तुच्छ ठान्छन्। यी कस्ता मानिसहरू हुन्? के तिनीहरू अर्कै खालका मानिस होइनन् र? के तिनीहरू कुनै न कुनै रूपमा असामान्य छैनन् र? यी मानिसहरूमा कुनै वास्तविक क्षमता वा शिक्षा हुँदैन। यदि तैँले तिनीहरूलाई कुनै व्यावहारिक काम गर्न लगाइस् भने, तिनीहरूले त्यो काम गर्न सक्छन् नै भन्‍ने हुँदैन। तिनीहरू गनगन गर्न मन पराउँछन्, र तिनीहरू आफ्नो खाली समयमा राजनीति, सरकार, समाज, र कुनै निश्‍चित समयवाधिको निश्‍चित समूहका मानिसहरूका कुराहरू खुलासा गर्न लेख र कविता संग्रहहरू प्रकाशित गर्छन्। तिनीहरू आज एउटा कुराको र भोलि अर्को कुराको आलोचना गर्छन्, तिनीहरू वाक्पटु हुन्छन्, तर कुनै पनि काम गरर्दा गडबडीमा पर्छन्। अन्तमा, तिनीहरू कसैसँग मिल्दैनन्, तिनीहरूले कहीँ पनि केही हासिल गर्न सक्दैनन्, र तिनीहरूले आफ्नो काम पूरा गर्न सक्दैनन्। तिनीहरू गल्तीले यस्तो विश्‍वास गर्छन्, “म कति प्रतिभाशाली छु! साधारण मानिसहरू मेरो विचारको दायरामा पुग्‍न सक्दैनन्!” तिनीहरू हृदयमा निराश, व्याकुल र उदास महसुस गर्छन्। आफ्नो खाली समयमा, तिनीहरू यताउता भौतारिन्छन्, र जब-जब तिनीहरू कुनै ऐतिहासिक ठाउँमा जान्छन्, तिनीहरू यसो भन्दै कराउँछन्, “म एक असफल प्रतिभा हुँ! म उत्कृष्ट व्यक्ति हुँ, तर मेरो साँचो प्रतिभा चिन्‍न सक्‍ने थोरै मात्र छन्! मेरा आकाङ्क्षाहरू उच्‍च छन्, तर लाजमर्दो कुरा त के हो भने, म गलत समयमा जन्मेको छु र मेरो भाग्य खोटो छ!” तिनीहरू आफूलाई सधैँ महत्वाकाङ्क्षी र शिक्षित ठान्छन् तर कहिल्यै भीडभन्दा अलग हुन सक्दैनन् वा तिनीहरूलाई शक्तिमा रहेको कसैले पनि उच्च ओहदामा राख्‍न सक्दैन, त्यसकारण तिनीहरू द्वेषी र असन्तुष्ट बन्छन्, सबैलाई तुच्छ ठान्छन्, अनि अन्त्यमा तिनीहरू एकलो पर्छन्। के त्यो दयनीय कुरा होइन र? यसलाई स्पष्ट रूपमा भन्‍नुपर्दा, यस्ता व्यक्तिहरू आडम्बरी, अत्यन्तै एकलकाँटे, र वास्तविकतादेखि असन्तुष्ट मानिसहरूको पागल समूह हुन्, र तिनीहरूले जहिले पनि असफल महसुस गर्छन्। वास्तवमा, यी मानिसहरू केही न कामका हुन्छन्, तिनीहरूले केही पनि हासिल गर्न सक्दैनन्, तिनीहरू सबै कुरा नराम्रोसँग गर्छन्, र जब तिनीहरूले थोरै ज्ञान सिक्छन्, तिनीहरूले त्यसबारे अनवरत कुरा गरेर धाक लगाउँछन्। प्राचीन कालमा, त्यस्ता व्यक्तिहरू आडम्बर देखाउँदै कविता सुनाउँथे, काव्यकृति लेख्थे, र आफ्नो साहित्यिक सीपहरू देखाउँथे। आजकल, यस्ता व्यक्तिहरूसँग धाक देखाउने धेरै अवसरहरू हुन्छन्। तिनीहरूले आफ्नै मिडिया खोल्‍न सक्छन्, ब्लगहरूमा टिप्पणीहरू पोस्ट गर्न सक्छन्, इत्यादि। तुलनात्मक रूपमा स्वतन्त्र सामाजिक प्रणाली भएका केही देशहरूमा, तिनीहरूले साहित्यिक, कलात्मक, व्यावसायिक, राजनीतिक र सांस्कृतिक क्षेत्रहरूको नराम्रो र दुष्ट पक्षहरू जस्तै विभिन्‍न उद्योगहरूको नराम्रो पक्षका बारेमा खुलासा गरिरहन्छन्। दिनभर, तिनीहरूले आफूलाई अत्यन्तै प्रतिभाशाली ठान्दै यसको आलोचना गर्छन् र त्यसलाई तुच्छ देखाउँछन्। तिनीहरूले यी सबै कुराहरू गर्नुको मूल कारण के हुन्छ भने, तिनीहरू आफ्नो सबै कुरा राम्रो र सही छ, र आफूले महानता, वैभव र शुद्धताता हासिल गरेका छु भन्‍नेविश्‍वास गर्छन्। ठ्याक्कै भन्दा, तिनीहरूले आफूलाई खराब प्रभावहरूबाट बचाउँछन् र “हिलोबाट पनि शुद्ध भई निस्किन्छन्, सङ्ग्लो पानीले पखालिए पनि टल्किदैनन्।” तिनीहरूलाई आफूले सबै कुरा स्पष्ट रूपमा देख्छु, र सबै कुरा बुझ्न ससक्छु भन्‍ने लाग्छ। तिनीहरूले कुनै पनि काम गर्ने जोकोहीका विरुद्धमा परोक्ष आलोचना प्रयोग गर्छन्, र तिनीहरूलाई तिरस्कार र घृणाको नजरले हेर्छन्। जोसुकैले जे गरे पनि, तिनीहरूले जहिले पनि त्यसबारे केही न केही भन्छन् र तिनीहरूले उसको आलोचना गर्छन् र उसलाई तुच्छ देखाउँछन्। वास्तवमा, तिनीहरूलाई आफू के हो भन्‍ने समेत थाहा हुँदैन, तिनीहरूले यस्ता कुराहरू बोल्दा कुन दृष्टिकोण र अडान लिनु सही र उचित हुन्छ भन्‍ने कहिल्यै थाहा पाएका हुँदैनन्। तिनीहरूलाई जिब्रो चलाउन र चतुरमुखी हुन मात्रै आउँछ। के समाजमा यस्ता मानिसहरू धेरै हुन्छन्? (हो।) यी मानिसहरू के हुन्? ठ्याक्कै भन्दा, तिनीहरू आडम्‍बरी र आफूलाई शुद्ध र उच्‍च ठान्‍ने पागल मानिसहरूको समूह हुन्। इतिहासमा यस्ता मानिसहरू धेरै थिए, होइन र? (हो।) तैँले यी मानिसहरूलाई कसरी वर्णन र परिभाषित गर्नुपर्छ? के तिनीहरू आदर्शवादी होइनन् र? ठ्याक्कै भन्दा, यी मानिसहरू आदर्शवादी हुन्। तिनीहरू हालको वास्तविक जिउने परिवेशमा जिउन इच्छुक हुँदैनन्, र तिनीहरूको दिमाग निरन्तर बादलमा उडिरहेको हुन्छ, जुन काल्‍पनिक, रित्तो, अदृश्य र अमूर्त कुराहरूले भरिएको हुन्छ। तिनीहरू अस्तित्वविहीन र काल्‍पनिक संसारमा जिइरहेका हुन्छन्—यी मानिसहरूलाई आदर्शवादी भनिन्छ। त्यसोभए, तिनीहरूले अरू मानिसहरूलाई मूल्याङ्कन गर्न कस्तो दृष्टिकोण अपनाउँछन्? तिनीहरू नैतिकताको उच्‍च धरातलमा उभिन्छन्, र अरू मानिसहरूलाई मूल्याङ्कन गर्ने तिनीहरूको सुरुवाती बिन्दु यस्तो हुन्छ, “म तिमीहरूको दुष्ट र नराम्रो पक्ष स्पष्ट रूपमा देख्‍न सक्छु र यसलाई खुलासा गर्न सक्छु। मैले तिमीहरूले गर्ने खराब र दुष्ट कुराहरू खुलासा गर्न सक्नुले म तिमीहरू जस्तो छैनँ भन्‍ने प्रमाणित गर्छ।” यसको अन्तर्निहित अर्थ हो, “‘हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने।’ यो भनाइ मलाई लागु हुन्छ। तिमीहरू सबै यस दुष्ट प्रवृत्तिद्वारा दूषित भएका छौ; तिमीहरू असल मानिसहरू होइनौ।” के यो तिनीहरूले आफूलाई शुद्ध र उच्‍च ठान्‍नु होइन र? के यो तिनीहरूले आफूलाई ठूलू बनाउनु र आडम्‍बरी हुनु होइन र? के यो वास्तविकताको आलोचना गर्ने, समाजको नराम्रो पक्षलाई खुलासा गर्ने अनि वास्तविकतादेखि असन्तुष्ट हुने आडमा आफूलाई माथि उठाउने गुप्त प्रयास होइन र? (हो।) त्यसोभए, हामीले त्यस्ता मानिसहरूलाई कसरी परिभाषित गर्ने? एउटा लोक भनाइ छ, “मैले पहिले पनि निर्लज्ज मानिसहरूलाई भेटेको थिएँ, तर तिमीजत्तिको निर्लज्ज कसैलाई भेटेको थिइनँ।” के यसले यी मानिसहरूलाई वर्णन गर्दैन? (गर्छ।) तिनीहरू निर्लज्‍जा मानिसहुन्। तिनीहरूको मुखले सही र गलतका बारेमा मात्र बोल्छ, र आँखाले अरूका कमजोरी र त्रुटिहरू मात्र देख्छ। आफ्नो चतुर मुख प्रयोग गरेर, तिनीहरूले सार्वजनिक रूपमै अरूका कमीकमजोरी र त्रुटिहरू खुलासा गर्छन्, र त्यसो गरेर तिनीहरूले आफ्नै विचार व्यक्त गर्छन् र खराब प्रभावहरूबाट आफूलाई कसरी बचाउँछन्, र तिनीहरू कति अद्वितीय र आदर्शमय छन् भनेर अरू मानिसहरूलाई देखाउँछन्। के तिनीहरू साँच्‍चै आदर्शमय हुन्छन्? के तिनीहरू साँच्‍चै अद्वितीय हुन्छन्? तिनीहरू अरू जस्तै हुन्छन्। अरू मानिसहरूले ख्याति र लाभको पछि लाग्नजुनसुकै विधि प्रयोग गरे पनि, तिनीहरूको विधि स्पष्ट हुन्छ। तर, यी मानिसहरूले गरिमामय सान बोकेर हिँड्छन्, र तिनीहरूले गर्ने अरूको खुलासा र आलोचना आफूलाई माथि उठाउने र बढाउने विषय र फड्को मार्ने साधनका रूपमा प्रयोग गर्छन्, र तिनीहरूले प्रसिद्ध र प्रभावशाली बन्‍न यी माध्यमहरू प्रयोग गर्छन्। के तिनीहरू पनि ख्याति र लाभको पछि लागिरहेका हुँदैनन् र? के तिनीहरूको लक्ष्य पनि उस्तै हुँदैन र? के परिणामहरू उस्तै हुँदैनन् र? तिनीहरूले फरक माध्यम र विधिहरू प्रयोग मात्र गर्छन्, बस त्यति हो। यो त विनम्र भाषा प्रयोग गरेर कसैलाई अपमान गर्नु र कठोर भाषा प्रयोग गरेर अपमान गर्नु जस्तै हो, किनभने जे प्रयोग गरे पनि, अपमानजनक प्रकृति उस्तै नै हुन्छ। अरू मानिसहरू एउटा तरिकाले प्रख्यात हुन्छन्, र यी मानिसहरू अर्को तरिकाले प्रख्यात हुन्छन्—अन्तिम परिणाम एउटै हुन्छ, अनि यसको अभिप्राय, उद्देश्य र प्रेरणा पनि एउटै हुन्छ, त्यसैले तिनमा कुनै भिन्‍नता हुँदैन।

आफूलाई “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” भनी घोषणा गर्ने मानिसहरूलाई हामीले आदर्शवादीका रूपमा परिभाषित गरेका छौँ। त्यस्ता मानिसहरूका विशेषताहरू के हुन्छन् भने, तिनीहरू अत्यन्तै एकलकाँटे हुन्छन्, तिनीहरू आफूलाई अरूभन्दा राम्रो ठान्छन्, तिनीहरूका लागि अरू सबै चित्त नबुझ्दा हुन्छन्, र अन्तमा तिनीहरूले यस्तो निष्कर्ष निकाल्छन्, “तिमीहरू सबै हिलोमा भासिएका छौ र दुष्ट प्रचलनहरूमा डुबेका छौ। मैले तिमीहरूलाई उछिनेको छु, र म ‘हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने’ गर्छु।” यो तिनीहरूको आडम्बर हो, र तिनीहरू यथार्थदेखि यति असन्तुष्ट हुन्छन्, मानौँ तिनीहरू स्वयम् अत्यन्तै पवित्र र चोखा छन्। वास्तवमा, तिनीहरू अरूजत्तिकै सक्षम नहुने र तिनीहरूसँग अरू मानिसहरूसँग भएका साधनहरू नहुने हुनाले, तिनीहरू सधैँ भीडभन्दा अलग हुन खोज्‍ने तर तिनीहरूको यो इच्छा कहिल्यै पूरा नहुने हुनाले, तिनीहरूले सधैँ आदर्शमय, काल्‍पनिक र खोक्रा कुराहरू पछ्याइरहने तर कहिल्यै सन्तुष्ट नहुने र यी कुराहरूलाई कहिल्यै वास्तविकतामा परिणत गर्न नसक्‍ने हुनाले, अनि तिनीहरूमा वास्तविकता सामना गर्ने, वा आफ्नो आदर्शहरू त्याग्‍ने कुनै इच्छा नहुने हुनाले, बाहिरी रूपमा, तिनीहरूसँग आधिकारिक, राजनीतिक, कलात्मक र साहित्यिक, र सांस्कृतिक समूहहरूबाट टाढा रहनुबाहेक अरू कुनै विकल्प हुँदैन। तिनीहरूलाई त्यस्ता समूहहरूमा स्वागत नगरिने, स्वीकार गर्न नसकिने, तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षा हासिल गर्न नसक्ने, र तिनीहरूका आदर्श र आकाङ्क्षाहरू पूरा गर्न नसकिने हुनाले, अन्तमा तिनीहरूले आफूलाई “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” भनी घोषणा गर्छन्, र तिनीहरू नदीको प्रवाहविपरित पौडिन्छन्, तिनीहरूसँग महान् नैतिक चरित्र छ भनेर भन्छन्, र तिनीहरूले आफूलाई सान्त्वना दिन त्यस्ता भनाइहरू प्रयोग गर्छन्। के अब तिमीहरू हामीले यस्ता मानिसहरूका बारेमा गरेजस्तो सङ्गतिमार्फत् त्यस्ता मानिसहरूलाई खुट्ट्याउन जान्दछौ? सारमा यी मानिसहरू ठ्याक्कै के हुन्? तिनीहरू केही न कामका हुन्छन्, र पनि तिनीहरू आडम्‍बरी हुन्छन्। के यो सही मूल्याङ्कन हो? (हो।) यस्ता मानिसहरूसँग अति धेरै आदर्शहरू हुन्छन्, तर तीमध्ये एउटा पनि साकार गर्न सकिँदैन, न त तीमध्ये कुनै वास्तविकतासँग मेल नै खान्छ। तिनीहरूले सोच्ने यी सबै कुराहरू खोक्रा र अवास्तविक हुन्छन्। दिनभर, यी मानिसहरूले कुनै उचित काम गर्दैनन्, केवल कविता सुनाउन र काव्यकृति लेख्‍न जान्दछन्, यसको आलोचना गर्छन्, त्यसलाई तुच्छ देखाउँछन्—यो त तिनीहरूले कुनै उचित काम नगर्नु हो, होइन र? तिनीहरूको सार तिनीहरूको व्यवहारबाट देख्‍न सकिन्छ: तिनीहरूसँग कुनै वास्तविक प्रतिभा वा शिक्षा हुँदैन, वास्तविकता र जीवनबारे तिनीहरूका विचार र दृष्टिकोणहरू सबै खोक्रा, अस्पष्ट र अवास्तविक हुन्छन्, त्यसैले तिनीहरूले “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने।” भन्‍ने भ्रमलाई पछ्याउँछन्। अरू धेरै मानिसहरू पनि यस्तै हुनेछन् भन्‍ने आशा गर्दै तिनीहरू यस्तो बन्‍ने प्रयास गर्छन्—यो भ्रमपूर्ण हुन्छ। यदि मानिसहरू यस्ता भए भने, तिनीहरूले के हासिल गर्न सक्छन्? ठ्याक्कै भन्नुपर्दा, यस्ता मानिसहरूसँग जीवनको साँचो लक्ष्य वा दिशा, साँचो विश्‍वास, जीवनको साँचो रोजाइ, र अभ्यासको सही मार्ग हुँदैन। दिनभर, तिनीहरूका विचार उग्र र अनियन्त्रित हुन्छन्, तिनीहरूले सबै प्रकारका अनौठा विचारहरू खेलाउँछन्, तिनीहरूको दिमाग अराजक, रित्ता र अवास्तविक कुराहरूले भरिएको हुन्छ, जसमध्ये कुनै पनि कुरा यथार्थपरक हुँदैन, र यी मानिसहरू वास्तवमा मानवजातिभन्दा भिन्न हुन्छन्। तिनीहरूको सोच खोक्रो र अत्यन्तै बेतुक र उग्र दुवै हुन्छ। तिनीहरू मानिसहरूको जुनसुकै समूहमा भए पनि, वा तिनीहरू समाजका उच्च वर्ग, मध्यम वर्ग, वा तल्लो वर्गका भए पनि, तिनीहरू कहिल्यै अरूसँग मिल्दैनन् र मानिसहरूले तिनीहरूलाई कहिल्यै स्वीकार गर्न सक्दैनन्। यस्तो किन हुन्छ? किनभने तिनीहरूको सोच, तिनीहरूको खोजी, र तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने दृष्टिकोण उग्र र फरक प्रकारको हुन्छ। विनम्र रूपमा भन्दा, यी मानिसहरू आदर्शवादी हुन्, तर ठ्याक्कै भन्‍नुपर्दा, तिनीहरू मानसिक रूपमा बिरामी र मानसिक रूपमा असामान्य मानिस हुन्। मलाई भन त, के मानसिक रूपमा बिरामी मानिसहरू सामान्य मानिसहरूसँग हेलमेल गर्न सक्छन्? तिनीहरू आफ्ना साथी र सहकर्मीहरूसँग मात्र नभई आफ्नै परिवारसँग पनि हेलमेल गर्न सक्दैनन्। यी मानिसहरूले आफ्ना विचार र अभिव्यक्तिहरू अघि सार्दा अरू मानिसहरूलाई अप्ठ्यारो र वितृष्ण लाग्छ, र तिनीहरू यस्ता कुरा पटक्‍कै सुन्‍न चाहँदैनन्। यी अभिव्यक्तिहरू निराधार हुन्छन् र तिनले वास्तविक जीवनमा काम गर्दैनन्। वास्तविक जीवनमा, मानिसहरूले सामना गर्ने कठिनाइहरू आफैभित्र उत्पन्‍न हुन सक्छन्, ती कुराहरू मानिसहरूको वस्तुगत परिवेशबाट उत्पन्‍न हुन सक्छन्, वा ती कुराहरू जीवनका मुख्य दैनिक आवश्यकताहरूसँग सम्‍बन्धित हुन सक्छन्—यी कुराहरूलाई कसरी सामना गर्ने, सम्‍हाल्‍ने र समाधान गर्ने त? सानातिना कठिनाइहरूका सन्दर्भमा, जीवनका मुख्य दैनिक आवश्यकताहरूसँग सम्‍बन्धित समस्याहरू पर्छन्, जबकि प्रमुख कठिनाइहरूका सन्दर्भमा, जीवनप्रतिको मानिसहरूको दृष्टिकोण, तिनीहरूका जिउने नियमहरू, तिनीहरूले पछ्याउने मार्ग र तिनीहरूको विश्‍वासपर्छन्, र यी नै सबैभन्दा वास्तविक समस्याहरू हुन्। तैपनि यी आदर्शवादीहरूले सधैँ आफूलाई यी समस्याहरूबाट अलग गर्न चाहन्छन् र कहिल्यैवास्तविक जीवन-परिस्थितिमा जिउन चाहँदैनन्। तिनीहरूको दृष्टिकोण, हेराइ, र तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने सुरुवाती बिन्दु यी वास्तविक समस्याहरूमा आधारित हुँदैनन्, बरु ती त उग्र र निर्बाध हुन्छन्। तिनीहरूले के सोचिरहेका छन् भनेर तँलाई कहिल्यै थाहा हुँदैन, मानौँ तिनीहरूले अन्य ग्रहका प्राणीहरूसरह, यस पृथ्वीका मानिसहरूले पहिले कहिल्यै नसुनेका कुराहरू, तिनीहरूलाई असामान्य लाग्‍ने कुराहरू सोच्दछन्। असामान्य कुराहरू सुन्‍ने चाहना कसको हुन्छ र? जब मानिसहरूले पहिलो पटक यो व्यक्तिलाई भेट्छन् र उसले बोलेको सुन्छन्, तब तिनीहरूलाई यस व्यक्तिले भनेको कुरा साँच्‍चै ताजा र नयाँ छ, सामान्य मानिसहरूले भन्‍ने गरेको भन्दा बढी अन्तर्दृष्टिपूर्ण र चलाख छ भन्‍ने लाग्छ। तर केही समयपछि, तिनीहरूले यो सबै बकवास मात्र हो भन्‍ने महसुस गर्छन्, त्यसैले त्यहाँदेखि कसैले पनि त्यस व्यक्तिलाई ध्यान दिँदैन, तिनीहरूलाई वास्ता गर्दैनन्, र त्यस व्यक्तिले भनेको कुनै कुरा पनि तिनीहरूको कान वा हृदयमा प्रवेश गर्दैन। के त्यो व्यक्तिले अरू मानिसहरूले आफूप्रति यस्तो मनोवृत्ति अपनाएको कुरा बुझ्न सक्छ? समय बित्दै जाँदा ऊ यसबारे सचेत हुन्छ, र उसले हृदयमा यस्तो सोच्छ, “मलाई कसैले पनि मन पराउँदैन, यस्तो किन भएको होला? तिनीहरूले किन मलाई मन पराउँदैनन्? ओह, म एक उत्कृष्ट व्यक्ति हुँ, तर साँचो प्रतिभा चिन्‍न सक्‍ने थोरै मात्र छन्, त्यसैले यस्तो भएको हो!” हेर् त, तिनीहरू सधैँ आडम्‍बरी हुन्छन्, सधैँ आफूलाई प्रतिभाशाली, चलाख र सक्षम ठान्छन्, जबकि वास्तवमा तिनीहरू केही पनि हुँदैनन्। तिनीहरू मानिसहरूको जुन समूहमा भए पनि, तिनीहरूका लागि अन्तिम परिणाम र अन्त्य सधैँ इन्कार नै हुन्छ। तिनीहरूले “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” भन्‍ने भनाइ पछ्याएको कारण यस्तो भएको हो। यदि तैँले कहिल्यै यस्तो हुन चाहेको छस् भने, म तँलाई त्यहीँ रोकीहाल् भनेर भन्छु, किनकि यी मानिसहरू सामान्य हुँदैनन्। यदि तेरो सोचाइ र तेरो मानवताको समझ सामान्य छ भने, तैँले जे गर्नुपर्ने हो र जे गर्न सक्छस्, त्यही गर्नुपर्छ, र “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” खालको मान्छेजस्तो हुनु हुँदैन। यी मानिसहरू पतित र फरक प्रकारका मानव हुन्, र तिनीहरू सामान्य छैनन्।

“हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” मानिसहरूको सारको विश्‍लेषण गरिसकेपछि, हामीले यी मानिसहरूको खुलासा गर्दा उल्‍लेख गरेको वास्तविकताप्रतिको असन्तुष्टि र मानवद्वेषको समस्याका बारेमा कुरा गरौँ। कतिपय मानिसहरूले यस्तो विश्‍वास गर्छन्, “हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ, त्यसैले हामीले समाजको खराब पक्ष र समाजका दुष्ट प्रचलन बुझ्नुपर्छ, र तिनलाई पछ्याउनु हुँदैन। हामीले राजनीति, मानवजातिको दुष्टता, मानवजातिका विभिन्‍न आम अभ्यासहरू, र विभिन्‍न समयमा, संसारका विभिन्‍न कुनामा, र विभिन्‍न जाति र समूहहरूका बीचमा रहेका मानवजातिका सबै नराम्रा र दुष्ट कुराहरू पनि बुझ्नुपर्छ। यसो गरेर, हामीले विवेक विकास गर्नेछौँ।” के परमेश्‍वरले मानिसबाट यही माग गर्नुहुन्छ? हामीले यस विषयमा सङ्गति गर्नुअघि, तिमीहरूमध्ये कतिपयले यसलाई आफ्‍नो खोजी बनाएका छौ होला, तर अब म तिमीहरूलाई स्पष्ट रूपमा भन्छु, यो तैँले गर्नुपर्ने कुरा होइन, र यो परमेश्‍वरले तँबाट माग गर्नुभएको कुरा होइन। तैँले यो संसार, यो समाज, र मानवजाति, वा यो राजनीतिक, व्यावसायिक, साहित्यिक, वा धार्मिक क्षेत्र, वा समाजबाट आएको कुनै पनि आम अभ्यास, वा समाजको कुनै पनि समूह वा शक्तिको सञ्चालन विधि, र इत्यादि कुराहरू बुझ्नु आवश्यक छैन—यो तैँले सिक्‍नुपर्ने पाठ होइन। तँ वास्तविकतादेखि असन्तुष्ट हुनु आवश्यक छैन, र तैँले आफूलाई खराब प्रभावहरूबाट जोगाउनु आवश्यक छैन। यो तैँले लिनुपर्ने अडान वा हेराइ होइन, र यो तैँले अपनाउनुपर्ने दृष्टिकोण होइन। परमेश्‍वरले तँलाई रोज्नुभएको छ र उहाँमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन दिनुभएको छ; उहाँ तँलाई मानवजाति-विरोधी, समाज-विरोधी, राजनीति-विरोधी, वा राज्य-विरोधी हुनुपर्छ भनेर भन्‍नुहुन्‍न, न त उहाँ तँलाई कुनै समूह, जाति, वा धर्मको विरोध गर्न नै लगाउनुहुन्छ। उहाँ त तँलाई उहाँलाई पछ्याउन र शैतानलाई अस्वीकार गर्न, उहाँको अगाडि आउन र उहाँका वचनहरू स्विकार्न र तिनमा समर्पित हुन, उहाँको मार्ग पछ्याउन, र उहाँको डर मान्‍न र दुष्टताबाट अलग रहन मात्र लगाउनुहुन्छ। परमेश्‍वरले कहिल्यै तँलाई मानवजाति-विरोधी, समाज-विरोधी, वा राज्य-विरोधी हुनलगाउनुभएको छैन। अझ ठ्याक्कै भन्नुपर्दा, परमेश्‍वरले कहिल्यै तँलाई कुनै निश्‍चित सरकार, कुनै निश्‍चित सामाजिक वा राजनीतिक प्रणाली, वा कुनै निश्‍चित राजनीतिक नीतिको विरोध गर्न लगाउनुभएको छैन—परमेश्‍वरले कहिल्यै तँलाई त्यस्तो कुनै काम गर्न लगाउनुभएको छैन। कतिपय मानिसहरूले यसो भन्छन्, “समस्त मानिसजातिले हामीलाई अस्वीकार गर्छन्, हाम्रो विरोध गर्छन्, र हामीलाई सताउँछन्। के हामीले उठेर तिनीहरूको विरोध गर्नु र तिनीहरूविरुद्ध लड्नु गलत हो? तिनीहरू सबै हाम्रो विरुद्धमा छन्, त्यसैले हामी किन तिनीहरूका विरुद्धमा हुन सक्दैनौँ?” तैँले व्यक्तिगत रूपमा जसरी सोचे वा व्यवहार गरे पनि, वा तैँले व्यक्तिगत रूपमा समाज, संसार र राष्ट्रिय राजनीतिक प्रणालीहरूका बारेमा जस्तो दृष्टिकोण राखे पनि, त्यो तेरो आफ्नै कुरा हो र परमेश्‍वरले तँलाई अनुसरण गर्न लगाउनुभएको तरिकासँग यसको कुनै सम्बन्ध छैन, न त परमेश्‍वरका शिक्षा वा मागहरूसँग नै यसको कुनै सम्बन्ध छ। कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईंले परमेश्‍वरका शिक्षाहरूसँग यी कुराहरूको कुनै सम्बन्ध छैन, ती परमेश्‍वरले हामीबाट माग गर्नुहुने र हामीलाई गर्न लगाउनुहुने कुरा होइनन् भनेर भन्‍नुहुन्छ, त्यसोभए परमेश्‍वरले किन शैतान, सामाजिक प्रचलन, समाजको खराब पक्ष र धर्मलाई खुलासा गर्नुहुन्छ?” तैँले यी कुराहरूलाई बुझ्न सक् भनेर मात्रै परमेश्‍वरले यी कुराहरूलाई खुलासा गर्नुहुन्छ, किनकि परमेश्‍वरले खुलासा गर्नुहुने यी कुराहरू मानिसहरूको भ्रष्ट स्वभाव र मानिसहरूको परमेश्‍वर-विरोधी विचार र धारणाहरूसँग सम्बन्धित छन्। त्यसकारण, यस्तो परिस्थितिमा, हामीले अनिवार्य रूपमा त्यस्ता विषयहरूमा सङ्गति गर्नुपर्छ र त्यस्ता उदाहरणहरू प्रयोग गर्नुपर्छ, जसको उद्देश्य मानिसहरूलाई भ्रष्ट मानवजातिले प्रकट गरेका शैतानी स्वभावहरू अझ सही र व्यावहारिक रूपमा जान्‍न सक्षम तुल्याउनु, र शैतानले तिनीहरूभित्र भर्ने विविध भ्रामक विचार र दृष्टिकोणहरू र परमेश्‍वर-विरोधी विचारहरू खुट्ट्याउन सक्षम तुल्याउनु हो, त्यति मात्र हो। मानिसहरूले व्यक्तिगत रूपमा राजनीति, समाजर मानवजातिको विरोध गर्न सकून् भनेर यसो गरिएको होइन। परमेश्‍वरले कहिल्यै मानिसहरूलाई वास्तविकतादेखि असन्तुष्ट हुन, मानवद्वेषी हुन, वा खराब प्रभावहरूबाट आफूलाई बचाउन लगाउनुभएको छैन। कतिपय मानिसहरूले यसो भन्छन्, “परमेश्‍वरले मलाई कहिल्यै यस्तो हुन नलगाउनुभएको भए पनि, म मानवद्वेषी र वास्तविकतादेखि असन्तुष्ट भएकाले, मलाई परमेश्‍वरको घरमा निष्पक्षता र धार्मिकता छ र सत्यताको शासन छ भन्‍ने लागेकाले, र मलाई यहाँ निपक्ष व्यवहार गरिने हुनाले मात्रै परमेश्‍वरमा विश्‍वास गर्छु।” त्यो तेरो कुरा हो र परमेश्‍वरले माग गर्नुहुने कुरासँग यसको कुनै सरोकार छैन। अवश्य नै, सबैले फरक-फरक कारणले परमेश्‍वरमा विश्‍वास गर्छन्: कतिपय मानिसहरूले आशिष् पाउनका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्, कतिले प्रकोपहरूबाट बच्न, कतिले आफ्नो रोग निको पार्न, कतिले भविष्यमा राम्रो गन्तव्य पाउन विश्‍वास गरेका हुन्छन्; अनि कति चाहिँ वास्तविकतादेखि असन्तुष्ट, संसारदेखि असन्तुष्ट, समाजदेखि असन्तुष्ट भएकाले, वा समाजमा अन्यायपूर्ण व्यवहार गरिएकाले, सान्त्वना र आश्रय खोज्न परमेश्‍वरको घरमा आउँछन्। परमेश्‍वरमाथिको विश्‍वासप्रतिको हरेकको दृष्टिकोण र परमेश्‍वरमाथि विश्‍वास गर्नुको तिनीहरूको मूल अभिप्राय वा उत्प्रेरणा फरक हुन्छ। केही मानिस यस्ता पनि छन्, जो आफ्नो हृदयमा यी कुराहरू राख्दैनन्, परमेश्‍वरमा विश्‍वास गर्न मात्र चाहन्छन् र परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो भनेर सोच्छन्। जे भए पनि, जब मानवद्वेषी र वास्तविकतादेखि असन्तुष्ट मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब परमेश्‍वरले तिनीहरू मेधावी वा सानातिना कुरामा प्रतिभाशाली छन् भन्दैमा तिनीहरूलाई सराहना वा तिनीहरूसँग दयालु व्यवहारगर्नुहुन्‍न। किनभने तिनीहरूले सत्यता स्वीकार गर्दैनन्, तिनीहरू अति घमण्डी, आत्म-धर्मी हुन्छन्, र तिनीहरूले अरूको तिरस्कार गर्छन्, र यस्ता मानिसहरूलाई सत्यता स्वीकार गर्न निकै गाह्रो लाग्छ। तिमीहरूले त्यस्ता मानिसहरूका लागि कुनै आशा राख्‍नु हुँदैन, अनि तिमीहरू आफै पनि त्यस्तो मानिस बन्‍नु हुँदैन। म तिमीहरूलाई इमान्दार हुन, सत्यताको पछि लाग्‍न, परमेश्‍वरका वचनहरूमा समर्पित हुन, र परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट टाढा रहन मात्र भन्छु। त्यसकारण, तँ समाजदेखि असन्तुष्ट छस् र यसलाई स्पष्ट रूपमा बुझेको छस्, वा तँ पहिले कुनै विशेष उद्योगमा संलग्‍न थिइस् र तैँले त्यो उद्योगको खराब पक्ष गहन रूपमा बुझेको छस् भन्दैमा, तँसँग परमेश्‍वरमाथिको तेरो विश्‍वासमा पूँजी र कद छ, परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ, तैँले परमेश्‍वरका मानकहरू पूरा गर्छस्, वा तँ सृष्टि गरिएको एक योग्य प्राणी होस् भनेर कहिल्यै विश्‍वास नगर्। यदि तैँले यस्तो कुरामा विश्‍वास गरिस् भने, म भन्छु, तँ गलत छस्, तैँले परिस्थितिलाई मूल्याङ्कन गर्ने दृष्टिकोण गलत छ, तैँले हेर्ने दृष्टिकोण गलत छ, र तैँले लिएको अडान गलत छ। म किन यसो भन्छु? म किन यसो भन्छु भने, तैँले लिएको अडान र तैँले मानिस र कामकुराहरूलाई हेर्ने दृष्टिकोण र हेराइ परमेश्‍वरको वचनमा आधारित छैनन् र तिनले सत्यतालाई मापदण्डका रूपमा लिएको छैनन्। यदि तँ जहिले पनि सांसारिक मानिसहरूको दृष्टिकोण लिन्छस् र वास्तविकतादेखि असन्तुष्ट र मानवद्वेषी महसुस गर्छस् भने, तैँले तिनीहरूलाई घृणा गर्नेछस्, तँलाई तिनीहरूसँग लड्न र तिनीहरूविरुद्ध सङ्घर्ष गर्न, तिनीहरूसँग तर्क गर्न र के सही र के गलत छ भनेर बहस गर्न मन लाग्नेछ; तँलाई मानवजाति परिवर्तन गर्न, समाज परिवर्तन गर्न, र देशको राजनीतिक प्रणाली समेत परिवर्तन गर्न मन लाग्नेछ। कतिपय मानिसहरू यस्ता पनि छन्, जसले आफ्नो देशको राजनीतिक कुलीन वर्गको नराम्रा पक्षलाई खुलासा गर्न चाहन्छन्, र तिनीहरूलाई त्यसो गरेर शैतानलाई अस्वीकार गरिरहेका र सत्यता अभ्यास गरिरहेका छौँ भन्‍ने लाग्छ। यो सबै गलत हो। राजनीतिक कुलीन वर्गको क्षेत्रभित्र, व्यापारिक क्षेत्रभित्र, वा कलात्मक र साहित्यिक क्षेत्रभित्र जतिसुकै कुराहरू हुनेभए पनि, तैँले सत्यता खोजी गर्ने कार्यसँग यसको कुनै सरोकार हुँदैन। तँलाई त्यस्ता कुराहरूका बारेमा जतिसुकै थाहा भए पनि, यो सबै बेकार हुन्छ, र यसले तँलाई शैतानको सार थाहा छ वा तैँले आफ्नो अन्‍तस्‍करणबाट शैतानलाई अस्वीकार गर्न सक्छस् भन्‍ने कुरा देखाउँदैन। तैँले त्यस्ता कुराहरू जति जानेको वा बुझेको भए पनि, र तेरो बुझाइ जति विशिष्ट, जति सत्य, वा जति सही भए पनि, यसले तैँले सत्यता अभ्यास गरिरहेको छस्, तैँले आफूलाई चिनीरहेको छस्, वा आफूभित्रका शैतानी विचार र दृष्टिकोणहरूको विश्लेषण गरिरहेको छस् भन्‍ने देखाउँदैन, न त यसले तैँले परमेश्‍वरका वचन र सत्यतालाई प्रेम गर्छस् भन्‍ने नै देखाउँछ, झन् तैँले परमेश्‍वरको डर मान्छस् भनेर यसले देखाउनु त परको कुरा हो। तैँले समाजबारे अलिकति बुझेको छस्, वा तँलाई उद्योगका भित्री नियमहरू वा मानिसहरूलाई थाहा नभएको अफवाह थाहा छ भन्दैमा, अनि तँ मानवद्वेषी र समाजदेखि असन्तुष्ट छस् र तँसँग समाजको खराब पक्षलाई खुलासा गर्ने साहस छ भन्दैमा, तँ महान् र सम्माननीय व्यक्ति होस्, अरूभन्दा धेरै माथि छस्, र तँ “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” गर्छस् भन्‍ने नसोच्। परमेश्‍वरले त्यस्ता मानिसहरू चाहनुहुन्‍न।

कतिपय मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्न थाल्नुअघि, डरपोक र सङ्कोची थिए, समाजको खराब पक्षलाई खुलासा गर्ने साहस गर्दैनथिए र तिनीहरूसँग यस्तो कार्य गर्ने आँट हुन्थेन। अहिले तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूलाई परमेश्‍वरले हौसला दिइरहनुभएको छ र तिनीहरूलाई समर्थन गरिरहनुभएको छ भन्‍ने लाग्छ, त्यसैले तिनीहरू त्यस्ता कुराहरूको खुलासा गर्नदेखि डराउन छोड्छन्। कतिपय त यस्ता पनि छन्, जो प्रजातान्त्रिक देशहरूमा गएर चिनियाँ कम्युनिस्ट पार्टी, अर्थात् पिशाचका केही दुष्ट कामहरू खुलासा गर्ने साहस गर्छन्। त्यसपछि यी मानिसहरूले सत्यता बुझेका छन्, तिनीहरूसँग कद छ र परमेश्‍वरमाथिको विश्‍वास छ भन्‍ने महसुस गर्छन्। यी सबै गलत विचार र दृष्टिकोणहरू हुन्, र तिनीहरूले यी कुराहरूलाई पछ्याउनु अर्थहीन हुन्छ। तँ वास्तविकतादेखि असन्तुष्ट र मानवद्वेषी व्यक्ति भए पनि नभए पनि, तँ बाँकी समाजभन्दा माथि भए पनि नभए पनि, र तँ “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” व्यक्ति भए पनि नभए पनि, परमेश्‍वरलाई यीमध्ये कुनै पनि कुराको मतलब हुँदैन; उहाँले त्यस्ता कुराहरूलाई हेर्नुहुन्‍न। परमेश्‍वरले के कुरालाई हेर्नुहुन्छ? परमेश्‍वरले पहिले तैँले आफ्नो अन्‍तस्‍करणमा भएका शैतानबाट आउने विचार र दृष्टिकोणहरूलाई चिन्छस् कि चिन्दैनस्, अनि तिनलाई चिनेपछि, तैँले तिनलाई खुलासा गर्छस् कि गर्दैनस् र अरूसँग त्यसबारे खुलस्त भन्छस् कि भन्दैनस्, र तैँले तिनलाई स्पष्ट रूपमा बुझेपछि अस्वीकार गर्छस् कि गर्दैनस् भन्‍ने कुरालाई हेर्नुहुन्छ। यसबाहेक, परमेश्‍वरले तैँले वास्तविक जीवनमा सचेत रूपमा सत्यताको खोजी गर्छस् कि गर्दैनस्, तैँले सचेत रूपमा मानिस र कामकुराहरूलाई हेर्ने र व्यवहार र कार्य गर्ने तरिकामा सत्यता सिद्धान्तहरूको खोजी गर्छस् कि गर्दैनस्, र सत्यताप्रतिको तेरो मनोवृत्ति ठ्याक्कै के हो भनेर हेर्नुहुन्छ। तँ यसबारे आफ्‍नो हृदयमा स्पष्ट हुनैपर्छ। कतिपय मानिसहरूलाई विगत र वर्तमानबारे छलफल गर्न, ऐतिहासिक दरबारिया षड्यन्त्रहरूबारे सघन र जोडदार कुरा गर्न, राजनीतिक क्षेत्रभित्र कुन अवधिमा कुन-कुन ठूला घटनाहरू घटे, मूल मुद्दाहरू के थिए, र प्रमुख क्षणहरूमा कसले के भूमिका खेलेको थियो आदि कुराका बारेमा बताउन मन पर्छ। त्यसपछि तिनीहरूले तिनीहरूसँग कद छ, तिनीहरू इमान्दार छन् र तिनीहरूमा दह्रिलो न्यायको भावना छ भन्‍ने सोच्दै यसो भन्छन्, “हेर्नुहोस्, म समाजदेखि अत्यन्तै असन्तुष्ट छु। मेरो नजरले अधिकारीवर्गको अन्धकारलाई छेड्छ, र म यसलाई अत्यन्तै गहन रूपमा र राम्ररी बुझ्छु!” त्यस्ता कुराहरू भन्‍नुको के फाइदा छ हुन्छ र? तैँले कसको चापलूसी गर्ने प्रयास गरिरहेको छस्? परमेश्‍वरको? के तैँले तँ कति बुद्धिजीवी छस् र तँलाई कति धेरै कुराबारे थाहा छ भनेर धाक लगाइरहेको छस्? यी कुराहरू भन्‍नु बेकार छ। मैले अनलाइनमाकुनै पनि बेकारको कुरा कहिल्यै हेरेको छैनँ, न त मैले कहिल्यै कुनै पनि प्रकारको समाचार वा खबरहरूबारे चासो नै राखेको छु। म किन यी कुराहरूलाई हेर्दिनँ? किनभने यी उत्तेजक र घृणित कुरा हुन्। कतिपय मानिसहरूलाई तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि तिनीहरूसँग न्यायको भावना हुनैपर्छ भन्‍ने लाग्छ, र तिनीहरूले प्रायजसो प्रसिद्ध व्यक्ति, सेलिब्रेटी, र राजनीतिज्ञहरूका बारेमा टिप्‍पणी गर्छन् र रिस पोखाउँछन्, र सबैको आँखा खोल्ने आशा गर्दै यी मानिसहरूको निजी जीवनमाथि प्रकाश पार्छन्। तिनीहरू आफूलाई सबै कुरामा पोख्त, बुद्धिमान व्यक्ति, सबै रहस्यहरूको ज्ञाता, र अत्यन्तै चतुर, ज्ञानी र सीधा ठान्छन्। त्यस्ता कुराहरू जान्‍नुको के फाइदा छ? के यसले तैँले सत्यता अभ्यास गरिरहेको छस् भन्‍ने देखाउँछ? के यसले तैँले सत्यता बुझेको छस् भन्‍ने देखाउँछ? के यसले तँसँग कद छ भन्‍ने देखाउँछ? (देखाउँदैन।) तँ समाजका ती कुराहरूबारे नबोली बस्न सक्दैनस्, तर के तैँले आफ्नो आँखाको अगाडिका कामहरू र तैँले निर्वाह गर्नुपर्ने कर्तव्य सत्यता सिद्धान्तअनुरूप कसरी गर्ने भन्‍नेबारे केही भन्‍न सक्छस्? सक्दैनस्; तँसँग भन्‍नका लागि केही छैन। तँलाई समाजका यी कुराहरूबारे जति थाहा भए पनि, यसले तैँले सत्यता बुझ्छस् वा तँसँग वास्तविक कद छ भन्‍ने देखाउँदैन। तैँले झूटा समाचार र भ्रमहरूको अन्तर्य देख्न सक्छस् भन्दैमा तँसँग कद छ, तैँले संसारलाई त्यागेको र शैतानलाई अस्वीकार गरेको छस्, तँ अबदेखि शैतानसँग मिल्दैनस्, र तँमा परमेश्‍वरप्रति विश्‍वास छ र तँ उहाँप्रति वफादार छस् भन्‍ने नसोच्—यी सबै भ्रामक विचार हुन्, र तीमध्ये कुनैले पनि जीवनको प्रतिनिधित्व फिटिक्कै गर्दैन। यदि तँ “म वास्तविकतादेखि जति असन्तुष्ट हुन्छु, म ठूलो रातो अजिङ्गरको जति धेरै खुलासा गर्छु, म ठूलो रातो अजिङ्गरलाई जति धेरै घृणा गर्छु, म संसारलाई जति घृणा गर्छु र म जति मानवद्वेषी हुन्छु, परमेश्‍वर उति नै खुशी हुनुहुने र उहाँले मलाई त्यति नै मन पराउनुहुने होइन र?” भनी सोच्छस् भने, तँ गलत छस्। तँ जति ती कुराहरूको पछि लाग्छस् र तैँले त्यो बाटोलाई जति पछ्याउँछस्, परमेश्‍वरले तँलाई त्यति नै कम मन पराउनुहुन्छ र उहाँ तँदेखि त्यति नै वितृष्ण हुनुहुन्छ। तैँले ती सांसारिक कुराहरूलाई जति धेरै पछ्याउँछस्, परमेश्‍वरले तँलाई त्यति नै कम मन पराउनुहुने कारण के हो? किनभने तैँले सही बाटो पछ्याइरहेको छैनस् र उचित काम गरिरहेको छैनस्। त्यसकारण, तँसँग केही खाली समय हुँदा तैँले परमेश्‍वरका वचनहरू अझ बढी पढ्न सक्छस्, भजनहरू सुन्‍न सक्छस्, आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवनका अनुभवसम्‍बन्धी गवाहीहरू सुन्‍न सक्छस्, र सबैले मिलेर परमेश्‍वरका वचनहरूमा चिन्तन र सङ्गति गर्न सक्छन्। तेरो जीवन प्रवेश वा तेरो मुक्तिको खोजीसँग कुनै सरोकार नभएका झिनामसिना कुराहरूका बारेमा नसोध्। त्यो त काम नभएका मानिसहरूले गर्ने कुरा हो। समाज कसरी विकास हुन्छ, संसारले कस्तो दिशा लिनेछ, मानवजाति कति फोहोरी र दुष्ट छ र राजनीति कति अन्धकारमय छ—के तँसँग यी कुराहरूको कुनै सम्बन्ध छ? यदि समाज र संसार अन्धकारमय, दुष्ट र घिनलाग्‍दो नभएको भए के तैँले मुक्ति पाउनेथिस्? (पाउनेथिइनँ।) तँसँग ती कुराहरूको कुनै सम्बन्ध छैन। तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तैँले कति सत्यतालाई स्वीकार गर्छस् र बुझ्छस्, तँ कति सत्यता वास्तविकतामा प्रवेश गर्छस् भन्‍ने कुरासँग मात्रै सम्बन्धित हुन्छ, र यो कुरा तैँले आफ्नो कर्तव्य कति राम्ररी निर्वाह गर्छस् भन्‍ने कुरासँग सम्बन्धित हुन्छ—यो यी एक-दुई वटा कुराहरूसँग मात्रै सम्बन्धित हुन्छ। प्रसिद्ध व्यक्ति र सेलिब्रेटीहरूका बारेमा बारम्बार टिकाटिप्पणी गर्ने, समय बिताउनका लागि सेलिब्रेटीहरूको अपमानजनक र फोहोरी व्यवहारलाई खुलासा गर्ने, तँ कति चतुर छस् र अरूभन्दा माथि छस् भनेर धाक देखाउने काम नगर्। ती मूर्खतापूर्ण कामहरू हुन्; त्यस्तो व्यक्ति नबन्। त्यो त्यस्तो व्यक्ति हो, जसले कुनै उचित काम गर्दैन र जो सही बाटोमा हिँड्दैन।

“हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने” भन्‍ने नैतिक आचरणसम्बन्धी भनाइको सारको हकमा हामीले अहिले यसबारे निकै सङ्गति गरिसक्यौँ र यसको विश्लेषण गरिसक्यौँ। यसबाहेक, के हामीले अब यस भनाइले प्रस्तुत गरेअनुसार व्यक्तिले कस्तो व्यवहार गर्छ भन्‍ने कुरासँग सम्बन्धित मनोवृत्ति र दृष्टिकोणहरूका बारेमा, साथै परमेश्‍वरका माग र आचरणहरू के-के हुन् भनेर स्पष्ट रूपमा सङ्गति गरिसकेका छैनौँ र? (गरिसक्यौँ।) के तिमीहरूले अब मानिसहरूले पछ्याउनुपर्ने मार्गबारे पनि बुझ्यौ? (बुझ्यौँ।) के हामीले यहाँ कुरा गरिरहेको मानवद्वेष सकारात्मक कुरा हो? के वास्तविकतादेखिको असन्तुतुष्टि सकारात्मक कुरा हो? के आफूलाई नराम्रो प्रभावबाट बचाउनु सकारात्मक कुरा हो? (होइन।) यीमध्ये कुनै पनि सकारात्मक कुराहरू होइनन्। हामी निश्‍चितताका साथ के भन्‍न सक्छौं भने, यी कुराहरू तैँले व्यवहार र कार्य गर्ने आधार होइनन्, यी कुराहरू तैँले व्यवहार र कार्य गर्ने आधार बन्‍नु हुँदैन, यी कुराहरू तेरो व्यवहार र कार्य गर्ने सिद्धान्त बन्‍नु त झनै हुँदैन। त्यसकारण, तैँले त्याग्‍नुपर्ने र अस्वीकार गर्नुपर्ने कुराहरू यिनै हुन्। तैँले परम्परागत संस्कृतिबाट आउने यी भनाइ र सिद्धान्तहरूलाई स्पष्ट रूपमा खुट्ट्याउनुपर्छ र पूर्ण रूपमा त्याग्‍नुपर्छ, र तैँले यी देखावटी कुराहरूलाई सत्यताका रूपमा लिनु हुँदैन वा तिनलाई सत्यता भनेर झुक्‍किनु हुँदैन। किनभने, मानवजातिको बीचमा यी कुराहरू जति वर्षदेखि चलिरहेका भए पनि, वा तिनले मानवजातिमा जति गहिरो जरा गाडेका भए पनि, ती कुराहरू एक क्षणका लागि पनि सत्यतासामु उभिन सक्दैनन्। ती सकारात्मक कुरा होइनन् र सत्यताकै स्तरमा उल्‍लेख गर्नलायक छैनन्। यी कुराहरूले मानिसहरूमा कुनै सकारात्मक प्रभाव पार्दैनन्; तिनले मानिसहरूलाई सही मार्गमा डोर्‍याउन र ल्याउन नसक्‍ने मात्र होइन, यसको विपरीत, तिनले मानिसहरूलाई एकपछि अर्को गलत बाटोमा लैजान्छन्, मानिसहरूलाई अझ एकलकाँटे र निर्लज्ज, कम आत्म-जागरूक र कम तर्कसङ्गत बनाउँछन्, जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ र तिनीहरूप्रति घिनाउनुहुन्छ। यदि तैँले यी कुराहरूलाई त्यागिस्, यी धारणाहरूलाई त्यागिस्, यी विचार र दृष्टिकोणहरू त्यागिस्, मानिस र कामकुराहरूलाई हेर्ने र व्यवहार र कार्य गर्ने तरिकासम्बन्धी शैतानबाट आउने यी विधि र जगहरूलाई त्यागिस्, अनि परमेश्‍वरको अगाडि आएर पूर्ण रूपमा परमेश्‍वरका वचनहरूका आधारमा मानिस र कामकुराहरूलाई हेर्ने र व्यवहार र कार्य गर्ने गरिस् भने, यी कुराहरूले तँलाई असर गर्नेछैनन्। जहाँसम्म वास्तविकतादेखि असन्तुष्ट हुने र मानवनिन्दा महसुस गर्ने समस्याको कुरा छ, समाजमा कुन अन्धकार लुकेको छ भनेर तँलाई बुझ्न वा सिक्‍न जोडबल गर्न लगाउन परमेश्‍वरलाई कुनै जरुरी पर्दैन। तैँले संसार र मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको छ र तिनीहरू दुष्टको पकडमा छन् भन्‍ने कुरालाई पूर्ण रूपमा र सारमा जान्‍नु मात्रै आवश्यक छ। सामाजिक प्रचलन, रीतिरिवाज, परम्परागत संस्कृति, ज्ञान, शिक्षा जेसुकै भए पनि—कुनै पनि स्तर, कुनै पनि पक्ष, वा कुनै पनि उद्योगसँग सम्‍बन्धित भए पनि—यो सबै शैतानका विचार र दृष्टिकोणहरू र यसका विधर्म र भ्रमहरूले भरिएको छ। तिनीहरू जुनसुकै देश, जाति, वा समाजका जुनै मानिसहरूको समूह वा सङ्गठन भए पनि, तिनीहरूलाई न त सत्यताले र न त परमेश्‍वरका वचनहरूले नै प्रभुत्वमा पार्न सक्छन्; अवश्य नै, तिनीहरूबीच निष्पक्षता वा धार्मिकता देख्‍न सकिने सम्भावना झनै कम हुन्छ। यो निश्‍चित छ, र तँलाई यति कुरा थाहा छ भने, त्यो नै पर्याप्त छ। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, तैँले आफ्‍नो हृदयलाई शान्त पारेर आफूलाई परमेश्‍वरका वचनहरूले थप सुसज्जित गर्नु, र तँभित्र रहेका शैतानका विधर्म र भ्रमहरू, विचार र दृष्टिकोणहरूलाई पहिचान गर्नु हो। यी कुराहरूको साँचो बुझाइ पाएपछि मात्र तैँले साँचो रूपमा यिनको अन्तर्य देख्‍न सक्छस्; तैँले साँचो रूपमा यिनको अन्तर्य देखेपछि मात्र तिनलाई साँच्‍चै इन्कार गर्न र त्याग्‍न सक्छस्; र तैँले तिनलाई साँच्चै त्यागेपछि मात्र तैँले सत्यतालाई असीमित रूपमा स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्छस्। यसरी, तैँले पछ्याउने बाटो सही हुनेछ, र यसमा ज्योति छाउनेछ। तेरो लक्ष्य पनि सही हुनेछ, र अन्तमा तैँले मुक्ति प्राप्त गर्ने कुरा निर्विवाद तथ्य हुनेछ। त्यसकारण तैँले शैतानले तँमा भर्ने विधर्म, भ्रम, विचार र दृष्टिकोणहरूलाई तेरो विचारलाई अल्मल्याउन र तेरो आँखामा छारो हाल्‍न दिनु हुँदैन; तँ मानवद्वेषी बन्‍नु हुँदैन र वास्तविकतादेखि असन्तुष्ट हुनु हुँदैन, र यसरी स्तब्ध बनेर आफैलाई र अरूलाई धोका दिनु हुँदैन। बरु, तैँले सत्यतालाई पछ्याउनुपर्छ, सत्यतालाई आफ्नो जीवनका रूपमा प्राप्त गर्नुपर्छ, साँचो मानिसको स्वरूपमा जिउनुपर्छ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यो तेरो उचित काम हो, र तैँले अब पछ्याउनुपर्ने मार्ग हो। जहाँसम्‍म समाज, देश, वा कुनै पनि उद्योगको अवस्थाको कुरा छ, तँसँग ती कुराहरूको कुनै सम्बन्ध छैन। किन? किनभने तिनले सत्यताको खोजी गर्ने तेरो कार्यमा कुनै प्रभाव पार्दैनन्, तैँले गर्ने सत्यताको खोजीसँग तिनले कुनै सम्बन्ध राख्दैनन्, तेरो अन्तसँग कुनै सम्बन्ध राख्दैनन्, र तैँले मुक्ति प्राप्त गर्नुसँग कुनै सम्बन्ध राख्दैनन्। बुझिस्? (बुझेँ।) तैँले यो बुझिसकेपछि, तँ सत्यतालाई कसरी पछ्याउने र जीवन कसरी प्राप्त गर्ने भन्‍ने कुरामा स्पष्ट हुनुपर्छ।

जुलाई १४, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (१५)

अर्को: मानिसले किन सत्यता पछ्याउनै पर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्