सत्यता पछ्याउनु भनेको के हो (११)

हरेक अवधि र हरेक चरणमा, मानिसहरूको धारणाविपरीत मण्डलीमा केही विशेष घटनाहरू घट्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू बिमार पर्छन्, अगुवा र सेवकहरू प्रतिस्थापित हुन्छन्, कतिपय मानिसहरूलाई खुलासा गरेर हटाइन्छ, केहीले जीवन र मृत्युको परीक्षा भोग्छन्, अनि कतिपय मण्डलीमा विघ्‍नवाधा ल्याउने दुष्ट मानिस र ख्रीष्टविरोधीहरूसमेत हुन्छन्, र यस्तै अन्य कुराहरू हुन्छन्। यी कुराहरू समयसमयमा हुने गर्छन्, तर ती दुर्घटनावश हुने पक्‍कै होइनन्। यी सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तका परिणाम हुन्। एकदमै शान्तिमय अवधि केही घटना वा असामान्य घटनाले अचानक अशान्त बन्छ, जुन घटना तिमीहरूको वरपर वा तिमीहरूमै घट्छन्, र यस्ता घटना घट्दा मानिसहरूको जीवनको सामान्य क्रम र सामान्य अवस्था भताभुङ्ग हुन्छ। यसो हेर्दा, यी कुराहरू मानिसको धारणा र कल्पनाअनुरूप होइनन् भन्‍ने लाग्छ, मानिसहरू यी कुराहरू देख्‍न वा आफूलाई आइपरेको चाहँदैनन्। अनि, के यी कुराहरू घटित हुँदा मानिसहरूलाई फाइदा पुग्छ? मानिसहरूले यी कुरालाई कसरी लिनुपर्छ, कसरी अनुभव गर्नु र बुझ्नुपर्छ? के तिमीहरू कसैले यो कुराबारे सोचेका छौँ? (हामीले यो परमेश्‍वरको सार्वभौमिकताको परिणाम हो भनेर बुझ्नुपर्छ।) के यो परमेश्‍वरको सार्वभौमिकताको परिणाम हो भनेर बुझ्ने कुरा मात्र हो? के तिमीहरूले यसबाट कुनै पाठ सिकेका छौ? के तिमीहरू यी सबै थोकमाथि परमेश्‍वरको सार्वभौमिकता कसरी हुन्छ भनेर थप बुझ्न सक्छौ? परमेश्‍वरको सार्वभौमिकतामा खास गरी के समावेश हुन्छ? कस्ता विशिष्ट कुराहरू मानिसहरूमा आफै प्रकट हुन्छ जुन तिनीहरूले जान्‍नु र बुझ्नुपर्छ? के तिमीहरूले आफूवरपर घटेका कुराहरूबाट केही पाठ सिकेका छौ? के तिमीहरू ती परमेश्‍वरबाट आएका हुन् भनेर स्विकार्न र त्यसपछि त्यसबाट केही प्राप्त गर्न सक्छौ? कि तिमीहरू अलमलमा पर्छौ र मनमनै “यो सब परमेश्‍वरको सार्वभौमिकताको परिणाम हो, परमेश्‍वरको आज्ञा माने भैगो नि, यसमा सोच्नुपर्ने केही छैन,” भन्‍ने सोच्छौ र यस्तो सरल सोच राख्दै त्यो कुरा त्यतिकै छोडिदिन्छौ? ती परिस्थितिमध्ये कुनचाहिँ तिमीहरूमा लागू हुन्छ? कहिलेकाहीँ मण्डलीमा ठूल्ठूला घटनाहरू घट्छन्। उदाहरणको लागि, सुसमाचार कार्य गर्दा नचिताएका राम्रा परिणामहरू प्राप्त हुन्छन्, वा केही नचिताएका कठिनाइ, उतारचढाव, विघ्‍नबाधा, वा बाहिरी शक्तिहरूको अवरोध र विध्वंशसमेत आइपर्छन्। कहिलेकाहीँ कुनै मण्डलीमा वा आफ्नो कर्तव्य निर्वाह गर्ने कतिपय मानिसहरूमा असामान्य कुरा आइपर्छ। चाहे सामान्य समयमा होस् वा असामान्य समयमा, के तिमीहरूले ती असाधारण कुराहरू आइपर्नेबारे कहिल्यै विचार गरेका छौ? अनि, तैँले कस्तो अन्तिम निष्कर्ष निकालेको थिइस्? कि धेरैजसो समय तँ पटक्‍कै बुझ्दैनस्, हो? कतिपय मानिसहरू यसबारे मनमनै मात्र सोच्छन्, र त्यसपछि छोटो प्रार्थना मात्र गर्छन् र यी कुरालाई केही मात्रामा बुझ्न सत्यता खोज्‍नेसमेत गर्दैनन्। तिनीहरू यी कुरा परमेश्‍वरबाट आएका हुन् भनेर मात्र स्विकार्छन् र त्यो कुरा त्यतिमै सिद्धिन्छ। के यो झारा टार्नु होइन र? धेरैजसो मानिसहरू अल्याङटल्याङ् मात्र गर्ने गर्छन्। अनि, एकदमै कमजोर क्षमताका मानिसहरूलाई यी कुरा आइपर्दा, तिनीहरूलाई बुझ्न एकदमै गाह्रो हुन्छ र तिनीहरू असाध्यै अन्योलमा पर्छन्, अनि तिनीहरूमा सजिलैसित परमेश्‍वरबारे धारणा र गलतफहमी अनि उहाँको सार्वभौमिकता र योजनाबारे आशङ्का पैदा हुन सक्छ। सुरुमा त मानिसहरूले परमेश्‍वरलाई बुझेकै छैनन्, र तिनीहरू आफूमाथि आफ्नो धारणाविपरीत केही कुरा आइपर्दा, सत्यता खोज्‍ने वा सङ्गति गर्नलाई मानिसहरू भेट्ने गर्दैनन्, बरु ती कुरालाई आफ्नो धारणा र कल्पनाको आधारमा हेर्छन् र आखिरमा “यी कुराहरू परमेश्‍वरबाट आएका हुन् कि होइनन् भन्‍ने अझै अनिश्‍चित छ” भनेर निष्कर्ष निकाल्छन्, अनि परमेश्‍वरबारे सन्देह गर्दै उहाँका वचनहरूप्रति शङ्कासमेत गर्न थाल्छन्। परिणामस्वरूप, परमेश्‍वरप्रतिको तिनीहरूको शङ्का, अनुमान र सावधानी झन्झन् गम्भीर बन्छन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने उत्प्रेरणा गुमाउँछन्। तिनीहरू कष्ट भोग्‍न र त्याग गर्न अनिच्छुक हुन्छन्, अनि सुस्ताउँछन्, र हरेक दिन अल्याङ्टल्याङ् मात्रै टार्छन्। केही खास घटनाहरू अनुभव गरेपछि, तिनीहरूसँग पहिलेदेखि भएको अलिकति जोस, सङ्कल्प र चाहना तिनीहरूबाट हटेर र हराएर जान्छन्, अनि तिनीहरूमा कसरी भावी योजना बनाउने र उम्कने बाटो खोज्ने भन्‍ने सोच मात्र बाँकी रहन्छ। यस्ता मानिसहरूको संख्या कम छैन। मानिसहरू सत्यतालाई प्रेम नगर्ने र सत्यता नखोज्‍ने भएकाले, तिनीहरू आफूलाई कुनै कुरा आइपर्दा, त्यो आफ्नै आँखाले देख्छन्, तर त्यो परमेश्‍वरबाट आएको भनी स्विकार्न कहिल्यै सिक्दैनन्। तिनीहरू उत्तर भेट्टाउन परमेश्‍वरका वचनहरूमा सत्यता खोज्दैनन्, अनि सङ्गति गर्न र यी कुरा समाधान गर्न सत्यता बुझ्ने मानिसहरू खोज्दैनन्। बरु, तिनीहरू आफूमाथि आइपर्ने कुरालाई विश्‍लेषण गर्न र केलाउन संसारसँगको व्यवहारमा आफूले प्रयोग गर्दै आएको आफ्नो ज्ञान र अनुभव नै प्रयोग गर्छन्। अनि, आखिर परिणाम के हुन्छ? तिनीहरू उम्कनै नसक्‍ने अप्ठ्यारो स्थितिमा आफै फस्छन्—सत्यता खोजी नगर्नुको परिणाम यही हो। कुनै पनि कुरा अचानक हुँदैन, सबै थोकमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ। मानिसहरूले यसलाई सैद्धान्तिक रूपमा बुझ्न र स्विकार्न त सक्छन्, तर तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतालाई कसरी लिनुपर्छ? यो मानिसहरूले पछ्याउनु र बुझ्नुपर्ने सत्यता हो, अनि यसलाई तिनीहरूले विशिष्ट रूपमै अभ्यास गर्नुपर्छ। यदि मानिसहरू परमेश्‍वरको सार्वभौमिकतालाई सैद्धान्तिक रूपमा मात्र स्विकार्छन् तर यसलाई वास्तविक रूपमा बुझ्दैनन् भने, र तिनीहरूको आफ्नै धारणा र कल्पना हटाइएको छैन भने, तिनीहरूले परमेश्‍वरमा जति नै वर्ष विश्‍वास गरे पनि र जति नै धेरै कुरा अनभुव गरे पनि, अन्ततः तिनीहरूले अझै सत्यता प्राप्त गर्न सक्‍नेछैनन्। यदि मानिसहरू सत्यता पछ्याउँदैनन् भने, तिनीहरूले परमेश्‍वरको काम जान्‍न सक्दैनन्। जति धेरै अनुभव गऱ्यो, तिनीहरूले परमेश्‍वरबारे उति नै धेरै धारणा राख्‍नेछन्, उति नै धेरै उहाँलाई प्रश्‍न तेर्साउनेछन्, अनि निश्‍चय नै परमेश्‍वरप्रतिको तिनीहरूको अनुमान, गलफहमी र सावधानी झन्झन् गम्भीर बन्‍नेछन्। वास्तवमा, आइपर्ने सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तको परिणाम हो। परमेश्‍वरले यी सब कुरा गर्नुको उद्देश्य र महत्त्व भनेको उहाँबारे तेरो गलफहमी र शङ्क बढाउनु होइन्, बरु तेरो भित्री धारणा र कल्पनाका साथै परमेश्‍वरप्रतिको तेरो शङ्का, गलतफहमी र सावधानी, अनि अन्य यस्तै नकारात्मक कुराहरू हटाउनु हो। यदि तँ समस्याहरू आउँदा समयमै समाधान गर्दैनस् भने, ती समस्या तँभित्र थुप्रिएर झन्झन् गम्भीर बन्दै गएपछि, अनि तँलाई तेरो कर्तव्यनिर्वाहमा साथ दिन तँमा मनग्गे जोस वा सङ्कल्प हुन छोडेपछि, तँ नकारात्मकतामा डुब्‍नेछस्, र यहाँ सम्म कि तँ परमेश्‍वरलाई त्याग्‍ने हदसम्म पनि पुग्‍नेछस्, अनि तँ निश्‍चय नै दृढ रहन पनि सक्‍नेछैनस्। अहिले, कतिपय मानिसहरू आफ्नो कर्तव्यनिर्वाहमा अलिकति पनि सत्यता नपछ्याई केवल आशिष् पाउन मन नलागीनलागी नामको मात्र प्रयास गर्छन्, अनि आफूमाथि केही कठिनाइ आइपर्नासाथ तिनीहरू नकारात्मक बन्छन्। सत्यता अभ्यास नगर्ने मानिसहरू यस्तै हुन्छन्। तिनीहरू दर्शनहरूको सत्यताबारे पूर्णतया स्पष्ट नभएकाले, र तिनीहरू परमेश्‍वरको कामलाई साँचो अर्थमा नबुझ्‍ने भएकाले, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे पनि र परमेश्‍वरको लागि आफूलाई अर्पित गरे पनि, तिनीहरूको हृदयमा शक्ति हुँदैन, र तिनीहरूले बुझेको अलिकति धर्मसिद्धान्तले तिनीहरूलाई पतन हुनुअघि त्यति लामो समय थेगेर राख्‍न सक्दैन। यदि मानिसहरू नियमित भेला हुँदैनन्, प्रवचन सुन्दैनन् वा आफ्नो समस्या हल गर्न सत्यता खोज्दैनन् भने, तिनीहरू दृढ रहन सक्दैनन्। तसर्थ, कर्तव्य निर्वाह गर्नेहरूले सत्यताबारे नियमित सङ्गति गर्नु आवश्यक छ, र आफूलाई केही कुरा आइपर्दा र आफूमा धारणाहरू विकास हुँदा, तिनीहरूले समयमै सत्यता खोजेर यसलाई सच्याउनुपर्छ। यसरी मात्रै तिनीहरू आफ्नो कर्तव्यनिर्वाहमा बफादार रहन र आखिरसम्म परमेश्‍वरलाई पछ्याउने बन्‍न निश्‍चित हुन सक्छन्।

परमेश्‍वरमा विश्‍वास गर्ने बाटो ढुङ्गेनी र असमतल छ। यो परमेश्‍वरले नै निर्धारित गर्नुभएको हो। जे आइपरे पनि, यो कुरा मानिसहरूले कामना गरेजस्तो, वा तिनीहरूको धारणा र कल्‍पनाअनुसार भए पनि, वा तिनीहरूले पूर्वानुमान गर्न सक्‍ने भए पनि, यस्तो हुनुलाई परमेश्‍वरको सार्वभौमिकता र उहाँको योजनाबद्ध कार्यबाट अलग गर्न सकिँदैन। मानिसहरूलाई पाठ सिक्‍न र परमेश्‍वरको सार्वभौमिकता जान्‍न सहयोग गर्ने अर्थमा परमेश्‍वरले जे गर्नुहुन्छ ती सबै कार्य गराइको विशेष महत्त्व हुन्छ। परमेश्‍वरको सार्वभौमिकता चिन्‍नुको उद्देश्य मानिसहरूले परमेश्‍वरलाई विरोध गरून् भन्‍ने होइन, न त मानिसहरूले परमेश्‍वरलाई बुझेपछि उहाँसँग प्रतिस्पर्धा गर्न तिनीहरूसँग अझै धेरै शक्ति र पूँजी होओस् भन्‍ने नै हो। बरु, यसको उद्देश्य त मानिसहरूको जीवनमा कुनै परिस्थिति आइपर्दा, तिनीहरूले ती कुरालाई परमेश्‍वरबाट आएका भनी स्विकार्नुपर्छ र यसलाई बुझ्न सत्यता खोज्नुपर्छ, अनि त्यसपछि साँचो समर्पण हासिल गर्न सत्यता अभ्यास गर्नुपर्छ र उहाँमा साँचो विश्‍वास विकास गर्नुपर्छन्‍ने। के तिमीहरूले यो कुरा बुझ्यौ? (बुझ्यौँ।) त्यसो भए, तिमीहरू यसलाई कसरी अभ्यास गर्छौ? के यस्ता कुराहरूप्रतिको तिमीहरूको अभ्यासको मार्ग सही छ? के तिमीहरूको जीवनमा आइपर्ने हरेक कुरालाई तिमीहरूले समर्पणको हृदय र सत्यता खोजी गर्ने मनोवृत्तिसाथ लिन्छौ? यदि तँ सत्यता खोजी गर्ने व्यक्ति होस् भने, तँमा त्यस्तो मानसिकता हुनेछ। तेरो जीवनमा जेसुकै आइपरे पनि, तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नेछस्, त्यसपछि तैँले सत्यता खोजी गर्नेछस्, उहाँको इच्‍छा बुझेर उहाँका वचनहरूअनुसार मानिसहरू र परिस्थितिलाई हेर्नेछस्। तेरो जीवनमा आइपर्ने सबै कुरामा, तैँले परमेश्‍वरको काम अनुभव गर्न र जान्‍न सक्‍नेछस्, र तँ उहाँमा समर्पित हुन सक्षम बन्‍नेछस्। यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भने, तैँले आफूलाई जे आइपरे पनि, त्यसलाई परमश्‍वरको वचनअनुसार सम्हाल्नेछैनस्, न त तैँले सत्यता नै खोज्नेछस्। तैँले केवल अल्याङ्टल्याङ् गर्नेछस्, र परिणाम जेसुकै भए पनि, तैँले कुनै सत्यता प्राप्त गर्नेछैनस्। परमेश्‍वरले मानिसहरूलाई सत्यता खोज्न, उहाँको कार्यको बुझाइ प्राप्त गर्न अनि उहाँको सर्वशक्तिमान्‌ता र बुद्धि देख्‍न तालिम दिनको लागि तिनीहरूको धारणासँग मेल नखाने थुप्रै कुराहरू बन्दोबस्त गर्नुहुन्छ र त्यसरी तिनीहरूलाई सिद्ध तुल्याउनुहुन्छ, ताकि तिनीहरूको जीवन क्रमिक रूपमा वृद्धि होस्। सत्यता पछ्याउनेहरू किन परमेश्‍वरको काम अनुभव गर्दै र सत्यता प्राप्त गर्दै परमेश्‍वरद्वारा सिद्ध पारिन्छन्, जबकि सत्यता नपछ्याउनेहरू हटाइन्छन्? किनभने सत्यता पछ्याउनेहरू आफूलाई जे आइपरे पनि सत्यता खोज्न सक्छन्, त्यसैले तिनीहरूले पवित्र आत्माको काम र अन्तर्दृष्टि पाउँछन्, र तिनीहरू सत्यता अभ्यास गर्न, परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्न र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छन्, जबकि सत्यतालाई प्रेम नगर्नेहरूले तिनीहरूको धारणा परमेश्‍वरको वचनसँग मेल नखाने देख्छन्, तैपनि सत्यता खोजेर त्यो सच्याउँदैनन्, अनि नकारात्मक बनेर तिनीहरूले गुनासोसमेत गर्न सक्छन्। समय बित्दै जाँदा, परमेश्‍वरबारे तिनीहरूको धारणा बढ्दै जान्छ, अनि तिनीहरू उहाँलाई शङ्का र इन्कार गर्न थाल्छन्। फलस्वरूप, तिनीहरू परमेश्‍वरको कामद्वारा त्यागिन्छन् र हटाइन्छन्। त्यसकारण, सत्यताप्रति मानिसहरूको मनोवृत्ति नकारात्मक र निष्क्रिय हुनु हुँदैन, बरु सत्यता खोज्ने, सत्यता अभ्यास गर्ने र परमेश्‍वरको मापदण्ड पूरा गर्न लागिपर्ने हुनुपर्छ। परमेश्‍वरको कार्य अनुभव गर्न, तिनीहरूले धेरै कुरा सामना गर्नुपर्छ र ती कुरालाई परमेश्‍वरको वचनअनुसार हेर्नुपर्छ, र साथै तिनीहरूले मनन गर्दै, सत्यता खोज्दै र सत्यताबारे सङ्गति गर्दै अझ धेरै समय बिताउनुपर्छ, ताकि तिनीहरूले परमेश्‍वरको कामबारे जान्‍न र सोसँगसँगै चल्न सकून्। यसरी मात्र तिनीहरू सत्यता बुझ्न र सत्यतामा दिनदिनै गहिरिँदै जान सक्छन्, अनि यसरी मात्र परमेश्‍वरको वचन र सत्यताको हरेक पक्षले मानिसहरूमा जरा गाड्‍न सक्‍छन्। परमेश्‍वरको कार्य अनुभव गर्ने कार्यलाई वास्तविक जीवनदेखि अलग गर्न मिल्दैन, झन् परमेश्‍वरले मिलाउनुहुने मानिसहरू, मामिलाहरू र विभिन्‍न कुराहरूको वारावरणदेखि अलग गर्न मिल्ने त कुरै नगरौँ, नत्रभने मानिसहरूले सत्यता बुझ्न र प्राप्त गर्न नै सक्‍नेछैनन्। अधिकांश मानिसहरूलाई आफूमाथि समस्या आइपर्दा परमेश्‍वरको काम कसरी अनुभव गर्ने भन्‍ने नै थाहा हुँदैन। तिनीहरूलाई आफ्नो धारणा र कल्पना हटाउन कसरी सत्यता खोजी गर्ने वा आफ्नो गलत बुझाइ र बेतुकको दृष्टिकोण कसरी सच्याउने भन्‍ने नै थाहा हुँदैन। फलस्वरूप, तिनीहरूले धेरै कुरा अनुभव गरे पनि, सत्यता बुझ्न सक्दैनन्, र त्यसको साटो केही प्राप्त गर्दैनन्—यो समय खेर फाल्नु हो। आफूमाथि जुनसुकै मामला आइपरे पनि, आखिर मानिसहरूले अभ्यास गर्नुपर्ने भनेको परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु हो। यस्तो समर्पणको अर्थ मानिसहरूले नकारात्मक र निष्क्रिय भएर वा अन्तिम उपायको रूपमा समर्पित हुनुपर्छ भन्‍ने होइन, बरु तिनीहरूमा सकारात्मक र सक्रिय अभिप्राय अनि सत्यता अभ्यासको मार्ग हुनुपर्छ भन्‍ने हो। अनि, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरले जे बन्दोबस्त गर्नुभए पनि, तँमाथि जे कुरा आइपरे पनि, परमेश्‍वरलाई त्यो गर्न दिनु र उहाँमा समर्पित हुन सिक्‍नु हो। कुनै चाहना राख्‍ने वा कुनै व्यक्तिगत योजना बनाउने नगर्, अनि आफ्नै तरिकामा कामकुराहरू गर्ने प्रयास नगर्। मानिसहरूले मन पराउने, पछ्याउने र चाह गर्ने हरेक कुरा बेतुक र निरर्थक छ। मानिसहरू परमेश्‍वरको साह्रै अवाज्ञा गर्छन्। उहाँ मानिसहरूलाई पूर्व जा भन्‍नुहुन्छ, तर तिनीहरू पूर्व जान चाहँदैनन्। तिनीहरूले मन नलागीनलागी त्यसमा समर्पण दर्साए पनि, भित्रचाहिँ पश्‍चिम जानेबारे सोच्छन्। यो साँचो समर्पण होइन। साँचो समर्पण भनेको त, परमेश्‍वरले तँलाई पूर्व जा भन्‍नुहुँदा तँ पूर्वै जानुपर्छ, अनि तैँले दक्षिण, उत्तर वा पश्‍चिम जानेबारे सबै सोच त्याग्‍नु र हटाउनुपर्छ, र देहगत इच्छा त्याग्‍न सक्‍नुपर्छ, र त्यसपछि परमेश्‍वरले तँलाई देखाउनुभएको मार्ग र दिशा पछ्याउँदै अभ्यास गर्नुपर्छ। समर्पण भनेको यही हो। अनि, समर्पण अभ्यास गर्ने सिद्धान्तहरू के-के हुन्? ती सिद्धान्तहरू परमेश्‍वरको वचन मान्‍नु र समर्पित हुनु, अनि परमेश्‍वरले भन्‍नुभएअनुसार अभ्यास गर्नु हुन्। आफ्ना अभिप्रायहरू पालेर नराख्, र सनकी पनि नबन्‌। परमेश्‍वरको वचन स्पष्टसँग बुझे पनि नबुझे पनि, तैँले नम्रपूर्वक ती अभ्यास गर्नुपर्छ, र परमेश्‍वरको मापदण्डअनुसार कामकुराहरू गर्नुपर्छ। अभ्यास र अनुभवको पक्रियाबाट, तैँले थाहै नपाई सत्यता बुझ्नेछस्। यदि तैँले मुखले परमेश्‍वरमा समर्पित हुन्छु भन्छस्, तर आफ्ना भित्री योजना र चाहनाहरू कहिल्यै त्याग्दैनस् र छोड्दैनस् भने, के त्यो मनमा एउटा कुरा सोच्‍नु र मुखले अर्को कुरा बोल्नु होइन र? (हो।) यो साँचो समर्पण होइन। यदि तँ साँचो रूपमा समर्पित हुँदैनस् भने, तैँले आफूमाथि परिस्थितिहरू आइपर्दा परमेश्‍वबाट धेरै माग गर्नेछस् र तँ आफ्ना मागहरू पूरा गर्न परमेश्‍वरप्रति भित्रभित्रै अधीर बन्‍नेछस्। यदि परमेश्‍वरले तैँले चाहेजस्तो गर्नुभएन भने, तँलाई एकदमै पीडा र दुःख लाग्‍नेछ, ठूलो कष्ट हुनेछ, अनि तैँले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू अनि उहाँले तेरो लागि तय गर्नुभएका वातावरणहरूप्रति समर्पित हुन सक्‍नेछैनस्। यस्तो किन हुन्छ? किनभने तँसँग सधैँ आफ्नै माग र चाहनाहरू हुन्छन्, तँ आफ्ना व्यक्तिगत विचारहरू त्याग्‍न सक्दैनस्, र तँ हर्ताकर्ता बन्‍न चाहन्छस्। तसर्थ, तँ आफूलाई आफ्नो धारणाविपरीतका परिस्थितिहरू आइपर्दा, समर्पित हुन सक्दैनस्, अनि तँलाई परमेश्‍वरमा समर्पित हुन गाह्रो हुन्छ। मानिसहरूलाई आफूले परमेश्‍वरमा समर्पित हुनुपर्छ र आफ्ना व्यक्तिगत विचारहरू त्याग्‍नुपर्छ भन्‍ने कुरा सैद्धान्तिक रूपमा थाहा भए पनि, तिनीहरू ती विचारहरू पटक्‍कै त्याग्‍न सक्दैनन्, आफू असुविधामा परिएला र आफूलाई नोक्सान होला भनेर निरन्तर डराइरहन्छन्। मलाई बता, के यसले तिनीहरूलाई ठूलो कठिनाइमा पार्दैन र? के त्यसपछि तिनीहरूको पीडा झनै बढ्दैन र? (बढ्छ।) यदि तँ सबै कुरा त्याग्‍न सक्छस् अनि आफूलाई मन पर्ने र आफूले माग्‍ने तर परमेश्‍वरको अभिप्रायविपरीतका कुराहरू छोड्न सक्छस् भने, यदि तँ ती कुरालाई सक्रिय रूपमा र स्वेच्छाले त्याग्‍न सक्छस् अनि परमेश्‍वरसँग सौदा नगरी उहाँले तोक्‍नुभएको कुरा गर्न इच्छुक हुन्छस् भने, तँभित्र रहेको कठिनाइ निकै सानो हुनेछ र तेरा विघ्‍नबाधाहरू पनि निकै कम हुनेछन्। यदि कुनै व्यक्तिको परमेश्‍वरमा समर्पित हुने प्रयासमा विघ्‍नबाधाहरू कम भए भने, के उसको पीडा कम हुनेछैन र? तिनीहरूको पीडा कम हुँदा, तिनीहरूले भोग्‍ने अनावश्यक कष्ट पनि एकदमै कम हुन्छ। के तिमीहरू यसरी नै अघि बढेर अनुभव गर्नेछौ? सायद अहिलेसम्म त गरेका छैनौ होला। कतिपय मानिसहरू कसैलाई कठिनाइ आइपरेको देख्दा, तुरुन्तै आफूलाई त्यो व्यक्तिको ठाउँमा राखेर हेर्छन् र आफ्नै चिन्ता गर्छन्। तिनीहरूले कसैलाई कुनै प्रकारको वेदना, बिमार, क्लेश वा विपत्ति आएको देख्दैपिच्छे, तुरुन्तै आफ्‍नै बारेमा विचार गर्दै यस्तो सोच्छन्, “यदि यो मलाई भयो, मैले के गर्ने? लाग्छ, विश्‍वासीहरूले अझै पनि यी कुरा सामना गर्न र यी कष्ट भोग्‍न सक्छन्। त्यसैले, खासमा उहाँ कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ? यदि परमेश्‍वरले त्यो व्यक्तिलाई त्यस्तो निर्दयी व्यवहार गर्नुहुन्छ भने, के मलाई पनि त्यस्तै व्यवहार गर्नुहुनेछैन र? यसले परमेश्‍वर भरपर्दो हुनुहुन्‍न भन्‍ने देखाउँछ। उहाँले कुनै पनि बेला र कुनै पनि समय मानिसहरूको लागि अप्रत्याशित वातावरण बनाउनुहुन्छ, र तिनीहरूलाई निरन्तर अप्ठ्यारो अवस्था र जे पायो त्यही परिस्थितिमा पार्न सक्‍नुहुन्छ।” तिनीहरू यदि विश्‍वास गरिएन भने आशिष् प्राप्त हुनेछैन, तर निरन्तर विश्‍वास गरियो भने विपत्ति आइपर्नेछ भनेर डराउँछन्। यसरी, मानिसहरूले परमेश्‍वरलाई प्रार्थना गर्दा, “हे परमेश्‍वर, बिन्ती छ मलाई आशिष् दिनुहोस्,” भनेर मात्र भन्छन्, तर “हे परमेश्‍वर, बिन्ती छ मलाई जाँच्नुहोस्, अनुशासनमा राख्‍नुहोस्, र तपाईंले चाहेअनुसार गर्नुहोस्, म त्यो स्विकार्न इच्छुक छु” भनेर भन्‍ने आँट गर्दैनन्—तिनीहरूले यसरी प्रार्थना गर्ने आँट नै गर्दैनन्। केही बाधा र असफलता अनुभव गरेपछि, मानिसहरूको सङ्कल्प र हिम्मत कम हुन्छ, अनि तिनीहरूले परमेश्‍वरको धर्मी स्वभाव, उहाँको सजाय र न्याय, अनि उहाँको सार्वभौकितालाई अर्कै अर्थमा “बुझ्छन्,” अनि उहाँदेखि सावधान रहनुपर्ने महसुस पनि गर्न थाल्छन्। यसरी मानिसहरू र परमेश्‍वरबीच एक पर्खाल, एक विरानोपन खडा हुन्छ। के मानिसहरूमा यी अवस्था हुनु ठिक हो त? (होइन।) अनि, के यी स्थितिहरू तिमीहरूभित्र विकसित हुन खोज्छन्? के तिमीहरू यी स्थितिहरूमा जिइरहेको अवस्थामा हुन्छौ? (हुन्छौँ।) यस्तो समस्या कसरी समाधान गर्नुपर्छ? के सत्यता खोजी नगर्नु सही हुन्छ? यदि तँ सत्यता बुझ्दैनस् र तँमा विश्‍वास छैन भने, परमेश्‍वरलाई अन्त्यसम्म पछ्याउनु तँलाई कठिन हुनेछ, अनि तँ आफूलाई प्राकृतिक वा मानवसिर्जित प्रकोप र विपत्तिहरू आइपर्दा ढल्नेछस्।

अय्युबले परीक्षाबाट गुज्रेपछि यी शब्दहरू व्यक्त गरे: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। आजकल धेरै मानिसहरू यो वाक्य पाठ गर्न सिक्छन्, र तिनीहरू सो प्रष्टसँग गर्छन्। तर तिनीहरू त्यो पाठ गर्दा यो दिनुहुने यहोवा हुनहुन्छ भन्‍नेबारे मात्र सोच्छन्, तर यहोवाले यो फिर्ता लिनुहुँदा के हुन्छ, अनि त्यसपछि मानिसहरूलाई कस्तो वेदना, कठिनाइ र अप्ठ्यारो स्थिति अनुभव हुन्छ, वा मानिसहरूको हृदय वातावरणसँगै कसरी परिवर्तन हुनेछ भनेर कहिल्यै सोच्दैनन्। तिनीहरू यसबारे फिटिक्कै सोच्दैन, केवल “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” भनेर मात्र पाठ गरिरहन्छन्, यहाँसम्म कि यो वाक्यलाई आफूले हरेक अवसरमा प्रदर्शन गर्ने नारा र धर्मसिद्धान्तको रूपमा प्रयोग गर्छन्। सबैले आफ्नो मनमा परमेश्‍वरले मानिसहरूलाई दिने अनुग्रह, आशिष् र प्रतिज्ञाबारे मात्र सोच्न सक्छन्, तर परमेश्‍वरले तिनीहरूबाट यी कुरा फिर्ता लिनुहुँदा कस्तो स्थिति हुनेछ भनेर कहिल्यै सोच्दैनन् वा कल्पना गर्न सक्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबै मानिस उहाँको अनुग्रह, आशिष् र प्रतिज्ञाहरू लिन मात्र तयार हुन्छन्, अनि उहाँको दया र अनुकम्पा स्विकार्न मात्र इच्छुक हुन्छन्। तर कोही पनि परमेश्‍वरको सजाय र न्याय, उहाँको परीक्षा र शोधन स्विकार्न वा उहाँबाट वञ्चित बन्न प्रतीक्षा वा तयार गरिरहेको हुँदैन, अनि एक जनाले पनि परमेश्‍वरको न्याय र सजाय, अनि श्राप स्विकार्न वा उहाँबाट वञ्चित बन्न तयारी गर्दैन। के मानिस र परमेश्‍वरबीचको यो सम्बन्ध सामान्य हो कि असामान्य? (असामान्य।) किन तँ यो सम्बन्ध आसामन्य हो भन्छस्? यसमा के कमी छ? मानिसहरूमा सत्यता नहुनु यसको कमी हो। किनभने मानिसहरूमा एकदमै धेरै धारणा र कल्पना हुन्छन्, तिनीहरू निरन्तर परमेश्‍वरलाई गलत बुझ्छन् र यी कुरालाई सत्यता खोजेर सच्याउँदैनन्—यसले गर्दा समस्याहरू आउने सम्भावना सबैभन्दा बढी हुन्छ। विशेष गरी, मानिहरू आशिष् पाउन मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरसँग सौदा गर्न र उहाँबाट विभिन्‍न कुरा माग्न मात्र चाहन्छन्, तर सत्यता पछ्याउँदैनन्। यो एकदमै खतरनाक कुरा हो। तिनीहरू आफ्नो धारणाविपरीत केही कुरा आइपर्नासाथ, तुरुन्तै परमेश्‍वरबारे गुनासो गर्न र गलत बुझ्न थाल्छन्, उहाँलाई धोका दिने हदसम्म जान सक्छन्। के यसका परिणामहरू गम्भीर हुन्छन्? धेरैजसो मानिसहरू परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा कुन मार्गमा हिँड्छन्? तिमीहरूले एकदमै धेरै प्रवचन सुनेका छौ होला र आफूले निकै सत्यता बुझेका छौँ भन्‍ने तिमीहरूलाई लाग्छ होला, तैपनि तथ्य के हो भने तिमीहरू अझै आफ्नो पेट भर्नाका लागि मात्र परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँडिरहेका छौ। यदि तेरो मन न्याय र सजाय, परीक्षा र शोधन स्विकार्न तयार भइसकेको छ, अनि तँ विपत्ति भोग्न पनि मानसिक तवरमा तयार भइसकेको छस् भने, अनि तँ परमेश्‍वरका लागि जति नै समर्पित भए पनि र तैँले आफ्नो कर्तव्य निर्वाहमा जति नै त्याग गरे पनि, यदि तैँले साँच्चै अय्यूबको परीक्षा सामना गरिस् र परमेश्‍वरले तँलाई तेरा सबै सम्पत्तिबाट वञ्जित गर्नुभयो, यहाँसम्म कि तेरो ज्यान नै झण्डै गयो भने, तँ के गर्नेछस्? तैँले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तलाई कसरी लिनुपर्छ? तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ? परमेश्‍वरले तँलाई सुम्पेको कुरालाई तैँले कसरी लिनुपर्छ? के तँसँग सही बुझाइ र मनोवृत्ति छ? यी प्रश्नरूको उत्तर दिन सजिलो छ कि छैन? यो त तिमीहरूलाई आइपरेको ठूलो बाधा हो। यो त बाधा र समस्या भएकाले, के यो समाधान गर्नुपर्दैन र? (पर्छ।) यसलाई कसरी समाधान गर्ने? के यो समाधान गर्न सजिलो हुँदैन? मानिलिऊँ, तैँले परमेश्‍वरमा यत्तिका धेरै वर्षदेखि विश्‍वास गरेर, यत्तिका धेरै परमेश्‍वरका वचन पढेर, यत्तिका धेरै प्रवचन सुनेर र यत्तिका धेरै सत्यता बुझेर, तँ परमेश्‍वरलाई सबै थोक—चाहे त्यो आशिष् होस् या विपत्ति—योजनाबद्ध गर्न दिन तयार भइसकेको छस्। अनि मानिलिऊँ, तैँले आफूलाई त्यागे पनि र समर्पित गरे पनि, अनि त्यागहरू गरे पनि र जीवनभरि शक्ति खर्चे पनि, बद्लामा परमेश्‍वरबाट केवल श्राप पाउँछस्, वा उहाँले तँलाई वञ्चित गर्नुहुन्छ। त्यसपछि पनि यदि तेरो कुनै गुनासो, चाहना वा माग छैन, तर तँ परमेश्‍वरप्रति समर्पित हुन र उहाँको योजनाबद्ध कार्यहरूको अधीनमा आफूलाई राख्न मात्र खोज्छस्, र परमेश्‍वरको सार्वभौमिकतालाई अलिकति बुझ्न र अलिकति पालना गर्न सक्नुनले अझै तेरो जीवन सार्थक बनाउँछ भन्‍ने तँलाई लाग्छ भने—यदि तँमा यस्तो सही मनोवृत्ति छ भने, के त्यसपछि कतिपय कठिनाइ समाधान गर्न सजिलो हुँदैन र? के तिमीहरूसँग परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूबारे साँचो ज्ञान छ? के तेरो हृदयमा अझै व्यक्तिगत भावी योजना र उद्देश्य छ? के तँ सबै कुरा छोडेर आफूलाई परमेश्‍वरमा इमानदारीसाथ समर्पित हुन सक्छस्? के तैँले यी विषयबारे होसियारीसाथ मनन गर्न अनि सोच्न समय र शक्ति खर्चेको छस्? अथवा के तैँले सत्यताहरू बुझ्न र परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍न केही कुरा अनभव गरेको छस्? यदि तैँले परमेश्‍वरलाई पछ्याउने मानिसहरूले कसरी उहाँको सार्वभौमिकता, सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई लिनुपर्छ भन्‍ने यस्तो व्यावहारिक समस्याबारे समेत कहिल्यै सोचेको छैनस्—जुनचाहिँ तिमीहरूको सबैभन्दा ठूलो समस्या हो, अनि तिमीहरूलाई यो नै दर्शनहरूको सबैभन्दा ठूलो सत्यता हो भन्‍ने थाहा छैन भने, यदि कुनै दिन ठूलो घटना वा विपत्ति आएमा, के तँ आफ्नो गवाहीमा दृढ रहन सक्नेछस्? यो भन्‍न गाह्रो छ, र यो अझै अज्ञात नै छ, होइन त? (हो।) के यो विषयलाई राम्ररी मनन गर्नुपर्दैन र? (पर्छ।) त्यसोभए, कसरी तँ आफूले पूर्वाभास गर्न नसक्ने भविष्यको सामना गर्न प्रशस्त कद प्राप्त गर्न सक्छस्? कसरी तँ परमेश्‍वरले मिलाउने वातावरणभित्र आफ्नो गवाहीमा दृढ रहन सक्छस्? के यो गम्भीरतापूर्वक विचार र मनन गर्नुपर्ने विषय होइन र? यदि तँ निरन्तर “म स्वभावले असल व्यक्ति हुँ, र मैले परमेश्‍वरबाट धेरै अनुग्रह, आशिष् र सुरक्षा पाएको छु। अरूलाई कठिनाइ आइपर्दा, तिनीहरू असहाय हुन्छन् तर मलाई कठिनाइ आइपर्दा, म परमेश्‍वरको देखभाल, मार्गदर्शन र मद्दत पाउँछु। अहिले, म आफ्नो कर्तव्य निर्वाहमा कठिनाइ सहन र त्यागहरू गर्न सक्छु, परमेश्‍वरमा मेरो विश्‍वास झन् दह्रिलो भएको छ, र म महत्त्वपूर्ण कर्तव्य पनि पूरा गर्दै छु। मलाई थाह छ, विशेष गरी परमेश्‍वर मप्रति अनुग्रही हुनुहुन्छ, र मैले उहाँको सुरक्षा र आशिष् पाएको छु। यदि मैले यो जारी राख्ने हो भने, भविष्यमा सजाय, न्याय, परीक्षा र शोधन भोगे पनि, मैले ती कुरालाई जित्न सक्नुपर्छ। अन्त्यमा, म अवश्य नै आशिष् पाउनेहरूमध्ये हुनेछु, परमेश्‍वरले अवश्य नै मलाई राज्यमा लैजानुहुनेछ, र म निश्चय नै परमेश्‍वर महिमित बन्‍नुहुने दिन देख्नेछु!” भनेर सोच्छस भने, यस्तो सोचाइ कस्तो लाग्छ? तँ आफू फरक छस्, परमेश्‍वरले तँलाई विशेष कृपा गर्नुहुन्छ, र यदि परमेश्‍वरले कसैलाई हटाउनुहुन्छ वा त्याग्नुहुन्छ भने त्यो तँ हुनेछैनस् भन्‍ने सोच्छस्। के यो सोचाइ सही हो? (होइन।) किन सही होइन? (यसरी सोच्नु वस्तुपरक होइन।) के यी शब्दहरू परमेश्‍वरको साँचो ज्ञान हुन्? अथवा के यो अति व्यक्तिपरक र अडकलबाजी हो? के यी सोचाइ राख्नेहरू सत्यता पछ्याउने मानिस हुन्? (होइनन्।) त्यसोभए, के तिनीहरू साँच्चै परमेश्‍वरमा समर्पित हुन सक्छन्? (सक्दैनन्।) के तिनीहरू परमेश्‍वरको सजाय, न्याय, परीक्षा र शोधन अनि उहाँको श्रापसमेत स्विकार्न तयार छन्? (छैनन्।) यदि तिनीहरूलाई परमेश्‍वरको सजाय र न्याय, परीक्षा र शोधन साँच्चै आइपऱ्यो भने तिनीहरूले के गर्नेछन्? के तिनीहरू परमेश्‍वरबारे धारणा राख्न वा गुनासो गर्न थाल्नेछन्? के तिनीहरू यी कुरा परमेश्‍वरबाट आउँछन् भनेर स्विकार्न र साँचो अर्थमा मान्‍न सक्छन्? (सक्दैनन्।) कम्तीमा पनि यसो गर्नु गाह्रो हुन्छ। किनभने तिनीहरू अनुग्रह पाउन र आफ्नो पेट भर्न मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूलाई परमेश्‍वरसँग पनि क्रोध र प्रताप छन् अनि परमेश्‍वरको स्वभावलाई चिढ्याउन सकिँदैन भनेर थाहा छैन। परमेश्‍वर सबैलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ, अनि कुनै पनि सृष्टि गरिएको प्राणीका लागि परमेश्‍वरको स्वभाव अनुकम्पा र प्रेम हो, साथै प्रताप र क्रोध पनि हो। परमेश्‍वरले प्रत्येक व्यक्तिसँग व्यवहार गर्नुहुँदा, उहाँको धर्मी स्वभावमा भएको अनुकम्पा, प्रेम, प्रताप र क्रोध परिवर्तन हुँदैनन्। परमेश्‍वर केही मानिसहरूलाई मात्र अनुकम्पा र प्रेम अनि अरूलाई चाहिँ प्रताप र क्रोध कहिल्यै देखाउनुहुन्‍न। परमेश्‍वरले यो कहिल्यै गर्नुहुनेछैन किनभने उहाँ धर्मी परमेश्‍वर हुनुहुन्छ, र उहाँ सबैप्रति निष्पक्ष हुनुहुन्छ। परमेश्‍वरको अनुकम्पा, प्रेम, प्रताप र क्रोध कुनै पनि व्यक्तिका लागि हुन्छ। उहाँ मानिसहरूलाई अनुग्रह र आशिष् अनि सुरक्षा दिन सक्नुहुन्छ। त्यसका साथै, परमेश्‍वर मानिसहरूलाई न्याय गर्न र सजाय दिन, श्राप दिन अनि तिनीहरूलाई दिइएका सबै कुरा फिर्ता लिन सक्नुहुन्छ। परमेश्‍वर मानिसहरूलाई सबै थोक दिन सक्नुहुन्छ तर तिनीहरूबाट ती फिर्ता पनि लिन सक्नुहुन्छ। यो परमेश्‍वरको स्वभाव हो, र यो उहाँले हरेक व्यक्तिसँग गर्नैपर्ने कुरा हो। तसर्थ, यदि तँ “म परमेश्‍वरको नजरमा आँखाको नानीजस्तै मूल्यवान् छु। उहाँ मलाई अवश्य नै सजाय दिन र न्यान गर्न सक्नहुन्‍न, अनि म दुःखी र निराश नहोस् भनेर उहाँले अवश्य नै मलाई दिएका सबै कुरा फिर्ता लिने मन बनाउनुहुनेछैन,” भनेर सोच्छस् भने, के यो गलत सोचाइ होइन र? के यो परमेश्‍वारबारे धारणा होइन र? (हो।) त्यसैले, के तैँले यी सत्यता बुझ्नुअघि, परमेश्‍वरको अनुग्रह, अनुकम्पा र प्रेम पाउनेबारे मात्र सोच्दैनस् र? परिणमस्वरूप, परमेश्‍वरसँग पनि प्रताप र क्रोध छन् भनेर तँ बिर्सिरहन्छस्। तेरो मुखले परमेश्‍वर धर्मी हुनुहुन्छ भने पनि, परमेश्‍वरले तँलाई सजाय दिन र न्याय गर्न प्रताप र क्रोध देखाउनुहुँदैपिच्छे तैँले उहाँलाई धन्यवाद दिन र प्रशंसा गर्न सके पनि, तँलाई असाध्यै खिन्‍न लाग्छ। तँ यस्तो सोच्छस्, “यस्ता परमेश्‍वर नहुनुभएको भए त! यो गर्ने परमेश्‍वर नहुनुभएको भए त, परमेश्‍वरले मलाई निशाना नबनाउनुभएको भए त, यो परमेश्‍वरको अभिप्राय नभएको भए त, यी कुरा अरूलाई गरिएको भए त! किनभने म दयालु व्यक्ति हुँ र मैले कुनै खराबी गरेको छैनँ, अनि मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको खातिर ठूलो मूल्य चुकाएको छु, परमेश्‍वर यस्तो निर्दयी हुनु हुँदैन। म परमेश्‍वरको अनुकम्पा र प्रेम, साथै उहाँको प्रचुर अनुग्रह र आशिष् पाउन हकदार र योग्य हुनुपर्छ। परमेश्‍वरले मलाई न्याय गर्नुहुनेछैन वा सजाय दिनुहुनेछैन, न त यो गर्ने उहाँको मन नै छ।” के यो केवल ऐच्छिक र गलत सोचाइ होइन र? (हो।) यो कुन अर्थमा गलत हो? यहाँ गलत के हो भने, तँ आफूलाई सृष्टि गरिएको प्राणी, सृष्टि गरिएको मानवको सदस्य मान्दैनस्। तैँले गल्तीले आफूलाई सृष्टि गरिएको मानवदेखि अलग राख्छस् र विशेष समूह वा विशेष प्रकारको सृष्टि गरिएको प्राणी ठान्छस् र आफूलाई विशेष हैसियत दिन्छस्। के यो अहङ्कारी र आत्मधर्मी हुनु होइन र? के यो अनुचित होइन र? के यो परमेश्‍वरको आज्ञा मान्‍ने व्यक्ति हो? (होइन।) निश्चय नै होइन।

परमेश्‍वरको परिवारमा दाजुभाइ-दिदीबहिनीहरूमाझ तेरो हैसियत वा प्रतिष्ठा जति नै उच्च भए पनि वा तेरो कर्तव्य जति नै महत्त्वपूर्ण भए पनि, अनि तेरो प्रतिभा र योगदान जति नै ठूलो भए पनि वा तैँले परमेश्‍वरमा जति नै लामो समयदेखि विश्‍वास गरेको भए पनि, परमेश्‍वरको दृष्टिमा तँ सृष्टि गरिएको प्राणी, सृष्टि गरिएको सामान्य प्राणी होस्, अनि तैँले आफूलाई दिएको उच्च उपाधि र पदवीको अस्तित्व रहँदैन। यदि तँ सधैँ ती कुरालाई मुकुट वा आफूलाई विशेष समूहको बनाउन वा विशेष व्यक्ति बन्‍न सक्षम पार्ने पूँजी ठान्छस् भने, तैँले यसो गरेर परमेश्‍वरको दृष्टिकोणको प्रतिरोध र विरोध गर्छस्, अनि तँ परमेश्‍वरसँग अमिल्दो हुन्छस्। यसको नतिजा के हुनेछ? के यसले तँलाई सृष्टि गरिएको प्राणीले निर्वाह गर्नुपर्ने कर्तव्यको प्रतिरोध गर्न लगाउँछ? परमेश्‍वरको दृष्टिमा तँ केवल सृष्टि गरिएको प्राणी होस्, तर तँ आफूलाई त्यस्तो ठान्दैनस्। के तँ साँच्चै यस्तो मनस्थितिले परमेश्‍वरप्रति समर्पित हुन सक्छस्? तँ सधैँ स्वेच्छाले सोच्छस्, “परमेश्‍वरले मलाई यस्तो व्यवहार गर्नु हुँदैन, उहाँ मलाई यस्तो व्यवहार गर्न कहिल्यै सक्नुहुन्‍न।” के यसले परमेश्‍वरसँग द्वन्द्व गराउँदैन? जब परमेश्‍वर तेरो धारणा, मानसिकता, र आवश्यकताविपरीत कार्य गर्नुहुन्छ, तब तँ मनमा के सोच्नेछस्? परमेश्‍वरले तेरा लागि बन्दोबस्त गरेका वातावरणलाई तँ कसरी लिनेछस्? के तँ त्यो मान्‍नेछस्? (मान्दिनँ।) तैँले मान्‍नेछैनस्, अनि तँ यसबारे मनमा बारम्बार अन्योल हुँदै अवश्य नै प्रतिरोध, विरोध, गनगन र गुनासो गर्नेछस् र यस्तो सोच्छस्, “तर परमेश्‍वरले मलाई सुरक्षा दिने र अनग्रही व्यवहार गर्ने गर्नुहुन्थ्यो। किन अहिले उहाँ परिवर्तन हुनुभएको छ? म अब जिउन सक्दिनँ!” त्यसैले तँ रिसाहा र आडम्बरी बन्‍न थाल्छस्। यदि तैँले घरमा आफ्ना आमाबुबासँग यस्तो व्यवहार गरेको भए, क्षमा पाइनेथियो र उहाँहरूले तँलाई केही गर्नुहुनेथिएन। तर यो परमेश्‍वरको घरमा स्वीकार्य हुँदैन। किनभने तँ वयस्क र विश्‍वासी होस्, अरू मानिसले समेत तेरो मूर्खता सहन सक्दैनन्—के तँ परमेश्‍वरले यस्तो व्यवहार सहनुहुनेछ भन्‍ने सोच्छस्? के उहाँलाई यसो गर्दा उहाँले तँलाई क्षमा दिनुहुनेछ? अहँ, दिनुहुनेछैन। किन क्षमा दिनुहुनेछैन? परमेश्‍वर तेरा आमाबुबा हुनुहुन्‍न, उहाँ परमेश्‍वर हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, अनि सृष्टिकर्ताले सृष्टि गरिएको प्राणीलाई रिसाहा र अनुचित बन्‍न वा उहाँसामु रीस देखाउन कहिल्यै दिनुहुनेछैन। जब परमेश्‍वर तँलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, परीक्षा लिनुहुन्छ वा तँदेखि सब थोक फिर्ता लिनुहुन्छ, जब उहाँले तँलाई कठिनाइमा पार्नुहुन्छ, तब उहाँ सृष्टिकर्ताप्रति सृष्टि गरिएको प्राणीको मनोवृत्ति कस्तो छ, सृष्टि गरिएको प्राणीले कस्तो मार्ग रोज्छ भनेर हेर्न चाहनुहुन्छ, र उहाँले तँलाई कहिले पनि रिसाहा र अनुचित बन्‍न वा बेतुकको सफाइ दिन अनुमति दिनुहुनेछैन। के मानिसहरूले यी कुरा बुझेपछि, सृष्टिकर्ताले गर्ने हरेक कुरालाई आफूले कसरी लिनुपर्छ भन्‍नेबारे सोच्नुपर्दैन? सर्वप्रथम, मानिसहरूले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो उचित स्थान ग्रहण गर्नुपर्छ र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो पहिचान स्विकार्नुपर्छ। के तँ आफू सृष्टि गरिएको प्राणी हुँ भनेर स्विकार्छस्? यदि तँ यो स्विकार्न सक्छस् भने, तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो उचित स्थान ग्रहण गर्नुपर्छ र सृष्टिकर्ताका बन्दोबस्तहरू पालन गर्नुपर्छ, अनि तैँले अलि कष्ट भोगे पनि, त्यो गुनासो नगरी भोग्। समझदार व्यक्ति हुनु भनेको यही हो। यदि तँ आफूलाई सृष्टि गरिएको प्राणी ठान्दैनस्, तर आफूसँग उपाधि र तेरो शीरपछाडि तापिलो चक्र छ, अनि आफूलाई परमेश्‍वरको परिवारमा हैसियत भएको व्यक्ति, महान् नेता, सञ्चालक, सम्पादक वा निर्देशक अनि परमेश्‍वरको परिवारमा मूल्यवान् योगदान दिने व्यक्ति मान्छस्—यदि तँ यस्तो सोच्छस् भने, तँ सबैभन्दा अनुचित र निर्लज्ज व्यक्ति होस्। के तिमीहरू हैसियत, प्रतिष्ठा र मूल्य भएका मानिस हौ? (होइनौँ।) त्यसोभए तँ के होस् त? (म सृष्टि गरिएको प्राणी हुँ।) सही भनिस्, तँ केवल सृष्टि गरिएको सामान्य प्राणी होस्। मानिसहरूमाझ, तँ आफ्नो योग्यताको धाक लगाउन सक्छस्, आफ्नो वरिष्ठताको मान खोज्न सक्छस्, आफ्नो अनुदानबारे घमण्ड गर्न सक्छस् वा आफ्नो साहसिक कार्यको गुनगान गाउन सक्छस्। तर परमेश्‍वरसामु, यी कुराको अस्तित्व रहँदैन र तैँले तीबारे कहिल्यै पनि पटक्कै कुरा गर्नु हुँदैन, वा ती प्रदर्शन गर्नै हुँदैन वा अनुभवी भएको ढोँग रच्नु पटक्कै हुँदैन। यदि तैँले आफ्नो योग्यताको धाक लगाइस् भने परिस्थिति बिग्रनेछ। परमेश्‍वरले तँलाई एकदमै अनुचित र हदै अहङ्कारी ठान्‍नुहुनेछ। उहाँले तँलाई तिरस्कार र घृणा गर्नुहुनेछ, अनि पन्छाउनुहुनेछ, त्यसपछि तँ समस्यामा पर्नेछस्। तैँले पहिले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो पहिचान र स्थितिलाई स्विकार्नैपर्छ। मानिसहरूमाझ तेरो हैसियत भए पनि वा तेरो स्थिति जति नै उत्कृष्ट भए पनि, वा तँमा जे गुण भए पनि वा परमेश्‍वरले तँलाई मानिसहरूमाझ श्रेष्ठताको प्रचुर अनुभति हुन सकोस् भनेर विशेष प्रकारको केही प्रतिभा दिनुभएको भए पनि—जब तँ परमेश्‍वरसामु आउँछस्, तब यी कुराको कुनै मूल्य वा महत्त्व हुँदैन। तसर्थ, तैँले पटक्कै प्रदर्शन गर्नु हुँदैन, बरु तँ नम्रतापूर्वक परमेश्‍वरसामु सृष्टि गरिएको प्राणी बन्नै पर्छ। परमेश्‍वरसामु, तँ केवल सृष्टि गरिएको मानवको सदस्य होस्। तँ जति नै प्रख्यात भए पनि, तँ जति नै प्रतिभावान् भए पनि अनि मानिसहरूमाझ तेरो प्रयत्न जति नै धेरै भए पनि, परमेश्‍वरसामु यी कुराहरू कुनै मूल्यका हुँदैनन्, यी प्रदर्शन गर्नु त परको कुरा हो, अनि तैँले केवल सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो उचित स्थान गर्नुपर्छ। यो पहिलो कुरा हो। दोस्रोचाहिँ, भित्रभित्र परमेश्‍वरको सजाय र न्यायको विरोध गर्दै वा परमेश्‍वरको परीक्षा र शोधनसँग डराउँदै परमेश्‍वरको अनुग्रह र आशिष् मात्र प्राप्त गर्न नखोज्नु हो। यी डर र प्रतिरोध सबै व्यर्थ हुन्। कतिपय मानिसहरू भन्छन्: “यदि म परमेश्‍वरको न्याय, सजाय, परीक्षा र शोधन स्विकार्न इच्छुक भएँ भने, के म यी कुराबाट उम्कन सक्छु?” परमेश्‍वर यी सबै कुरा तँलाई ती मन पर्छ कि पर्दैन वा तेरो व्यक्तिपरक इच्छा वा तेरो रोजाइअनुसार गर्नुहुन्‍न, तर आफ्नो इच्छा, सोचाइ र योजनाअनुसार गर्नुहुन्छ। त्यसैले, तैँले सृष्टि गरिएको प्राणीको रूपमा परमेश्‍वरको अनुग्रह र आशिष् स्विकार्नुबाहेक आफ्नो हृदयमा परमेश्‍वरका वचनको सजाय, न्याय, परीक्षा र शोधन साँच्चै स्विकार्न र अनुभव गर्न पनि सक्नैपर्छ। कतिपय मानिसहरू यसो भन्‍नेछन्: “के तपाईंले भन्‍नुको मतलब परमेश्‍वरको अनुग्रह मानिसहरूलाई जहीँ पनि र कुनै पनि समय प्रदान गर्न सकिन्छ तर परमेश्‍वरको सजाय, न्याय, परीक्षा, शोधन र विपत्ति पनि मानिसहरूलाई जहीँ पनि र कुनै पनि समय आउन सक्छ भन्‍ने हो?” के तिमीहरूलाई परमेश्‍वरको सजाय, न्याय, परीक्षा र शोधन मानिसहरूमाथि मनपरी आउनेछन् जसले गर्दा तिनीहरूलाई जोगिन असम्भव हुनेछ भन्‍ने लाग्छ? (होइन।) अवश्य नै होइन, कुरा त्यस्तो पटक्कै होइन। भ्रष्ट मानवजाति परमेश्‍वरको न्याय र सजायका योग्य हुँदैनन्—यो त तँलाई थाहा हुनुपर्ने कुरा हो। तर तैँले परमेश्‍वर तँलाई तेरो कद, तेरो परिस्थिति र अवश्य नै तेरो व्यक्तिगत पछ्याइको आधारमा खुलासा र पर्दाफास गर्नुहुन्छ, अनुशासनमा राख्नुहुन्छ, ताडना र सजाय दिनुहुन्छ, न्याय गर्नुहुन्छ, परीक्षा लिनुहुन्छ र शोधन गर्नुहुन्छ भनेर बुझ्नैपर्छ। यदि परमेश्‍वरले तँलाई अनुमोदन गर्नुभयो भने, तँमाथि उहाँको न्याय, सजाय, परीक्षा र शोधन उचित समयमा आउनेछन्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, उहाँको आशिष् र अनुग्रह, साथै उहाँको प्रकटीकरण, ताडना, अनुशासन, सजाय, न्याय, परीक्षा र शोधन आदि सब समय र सब ठाउँमा तेरो साथमा हुन्छन्। अवश्य नै, सब समय र सब ठाउँ भन्‍नुको अर्थ ठिक्‍क मात्रामा, सही समयमा, र परमेश्‍वरको योजनाको आधारमा हुनु हो। यो मानिसहरूमा मनपरी आउँदैन, अनि यसको अर्थ मानिसहरू होसियार हुन छोड्नासाथ ठूलो विपत्ति तिनीहरूलाई अचानक आउनेछ भन्‍ने होइन। त्यस्तो पटक्कै होइन। यदि तँसँग निश्चित कद छैन र परमेश्‍वरले अहिलेसम्म तँसँग कुनै कुराको योजना बनाउनुभएको छैन भने, चिन्ता नगर्, तैँले जीवनमा परमेश्‍वको अनुग्रह, आशिष् र उपस्थितिको साथ पाउन सक्छस्। यदि तँसँग प्रशस्त कद छैन वा तँ विशेष गरी परमेश्‍वरको सजाय, न्याय, परीक्षा र शोधनको प्रतिरोध गर्छस् र तीदेखि डराउँछस् भने, परमेश्‍वरले तँलाई तेरो इच्छाविपरीत जबर्जस्ती परिस्थिति लाद्नुहुनेछैन, त्यसैले तँ यसबारे चिन्तित हुनुपर्दैन। यी कुराहरू तँमाथि आए पनि नआए पनि, मानिसहरूले परमेश्‍वरको कार्य जान्‍नुपर्छ र उहाँको इच्छा बुझ्नुपर्छ। मानिसहरूले परमेश्‍वरका वचनको सही ज्ञानद्वारा मात्र सही मनोवृत्ति, सामान्य अवस्था प्राप्त गर्न र आफूमाथि जे आइपरे पनि त्यसको उचित तरिकामा सामना गर्न सक्छन्। के अब तिमीहरू परमेश्‍वरको सजाय, न्याय, परीक्षा र शोधन स्विकार्न तयार छौ? के तिमीहरू स्विकार्न इच्छुक छौ? (छौँ।) तिमीहरू मुखले छौँ त भन्छौ, तर हृदयमा अझै डराएका छौ। तैँले छौँ भन्‍नासाथ यदि कुनै विपत्ति अचानक एकाएक तँमाथि आयो भने, त्यसलाई कसरी सम्हाल्नेछस्? के तँ आँशु झार्नेछस्? के तँ मरिएला भनेर डराउनेछस्? के तँ आशिष् पाइँदैन भनेर चिन्तित हुनेछस्? के तँ परमेश्‍वर महिमित बन्‍नुहुने दिन देख्न नसकिएला भनेर चिन्तित हुनेछस्? यी सबै कुरा मानिसहरूले आफूमाथि परिस्थिति आइपर्दा सामना गर्ने समस्या हुन्। सङ्क्षेपमा भन्‍नुपर्दा, यदि कुनै व्यक्ति परीक्षा र क्लेशबीच दृढ रहन चाहन्छ भने, ऊसँग दुइटा कुरा हुनैपर्छ। पहिलो, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो स्थान ग्रहण गर्नुपर्छ। तँलाई आफू सृष्टि गरिएको सामान्य प्राणी, भ्रष्ट मानवमाझको सामान्य व्यक्ति होस्, कुनै असाधारण वा विशेष व्यक्ति होइनस् भन्‍ने स्पष्ट हुनुपर्छ, अनि तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो उचित स्थान ग्रहण गर्नुपर्छ। दोस्रो, परमेश्‍वरको आज्ञा मान्‍ने सच्चा हृदय बनाउनुपर्छ, अनि परमेश्‍वरबाट आशिष् र अनुग्रह साथै सजाय, न्याय, परीक्षार शोधन स्विकार्न सधैँ तयार हुनुपर्छ। अय्यूबले यसो भने, “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०), र “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। यो तथ्य हो, र यो कहिल्यै परिवर्तन नहुने तथ्य हो। तैँले बुझिस्, होइन त? (बुझेँ।) यदि तँसँग यी दुई कुरा छन् भने, तैँले मुख्यतः दृढ रहन अनि सामान्य विपत्ति र क्लेश पार गर्न सक्नेछस्। तैँले दह्रिलो र सानदार गवाही दिन नसक्ला, तैपनि कम्तीमा पनि तँ तर्किने, ठेस खाने वा छली कुरा गर्ने सम्भावना हुनेछैन। के त्यसपछि तँ सुरक्षित हुँदैनस् र? (हुन्छु।) त्यसोभए, तिमीहरूले यी दुई कुराअनुसार अभ्यास गर्नुपर्छ, र यो प्राप्त गर्नु सजिलो छ कि छैन, अनि तैँले ती हृदयमा स्विकार्न सक्छस् कि सक्दैनस् भनेर हेर्नुपर्छ। तँलाई यी कुरा थाहा भएपछि, तँलाई केही परीक्षाहरू आइपर्दा, तैँले कत्तिको भिन्‍न तरिकाले तिनलाई हेर्नेछस् र बुझ्नेछस्, त्यो तेरो आफ्नो काम हो। यस विषयको हाम्रो सङ्गति यतिमै टुङ्गिन्छ।

हामीले अघिल्लोपटक परम्परागत संस्कृतिको नैतिक आचरणसम्ब्धी भनाइहरूको सन्दर्भमा, कुन भनाइहरूमा सङ्गति गरेका थियौँ? (हामीले “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,” “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन,” र “साथीका लागि गोली खान तयार छु,” भन्‍ने भनाइहरूबारे सङ्गति गरेका थियौँ।) अघिल्लोपल्ट, हामीले नैतिक आचरणसम्बन्धी यी तीन मापदण्ड र भनाइहरू अनि साथै नैतिक आचरणसम्बन्धी भनाइहरूको सारबारे सङ्गति गरेका थियौँ। हामीले नैतिक आचरणसम्बन्धी भनाइहरूहरूको सारबारे के सङ्गति गरेका थियौँ? (परमेश्‍वरले नैतिक आचरणसम्बन्धी भनाइ र सत्यताबीचको भिन्‍नताबारे बताउनुभएको थियो। नैतिक आचरणसम्बन्धी भनाइहरूले केवल मानिसहरूको व्यवहारलाई नियन्त्रण गर्छन् र तिनीहरूलाई नियमहरू पालन गर्न मात्र लगाउँछन्, जबकि परमेश्‍वरको वचनको सत्यताले मानिसहरूलाई तिनीहरूले बुझ्नुपर्ने सत्यताका सिद्धान्तहरू बताउँछ, र तिनीहरूका लागि अभ्यासका केही मार्ग औँल्याइदिन्छ, यसले गर्दा तिनीहरूले आफूमाथि परिस्थिति आइपर्दा अभ्यासको सिद्धान्त र दिशा प्राप्त गर्छन्। सत्यताभन्दा नैतिक आचरणसम्बन्धी भनाइहरू फरक हुने पक्षहरूमा यी नै हुन्।) अघिल्लोपटक, हामीले नैतिक आचरणसम्बन्धी भनाइहरूले मुख्यतः मानिसहरूले निश्चित अभ्यास र नियम पालन गरेको अनि मानिसको व्यवहारलाई नियन्त्रण गर्न नियमहरू पालन गर्नमा जोड दिएको माग गर्छन् भनेर सङ्गति गरेका थियौँ। तर, मानिसप्रति परमेश्‍वरको मापदण्डले मुख्यतः सामान्य मानवताले प्राप्त गर्न सक्ने कुरामा आधारित अभ्यासको मार्ग औँल्याइदिन्छ, अनि अभ्यासका यी फराकिला मार्गहरूलाई सिद्धान्त भनिन्छ। यसको अर्थ, तँलाई समस्या आइपर्दा, परमेश्‍वरले तँलाई अभ्यासको ठ्याक्कै र सकारात्मक मार्ग, अनि तेरो अभ्यासका लागि सिद्धान्त, उद्देश्य र दिशा बताउनुहुनेछ। उहाँ तैँले नियम पालन गरेको चाहनुहुन्‍न, तर यी सिद्धान्तहरू पालन गरेको चाहनुहुन्छ। यसरी मानिसहरू सत्यताको वास्तविकताअनुसार जिउँछन्, अनि तिनीहरू हिँड्ने मार्ग सही हुनेछ। आज हामी नैतिक आचरणसम्बन्धी भनाइहरूमा मूलभूत प्रकृतिका केकस्ता अन्य समस्याहरू छन् ती थप हेरौँ। नैतिक आचरणसम्बन्धी धेरै भनाइहरूले मानिसहरूको सोचलाई सीमित पार्ने मात्र होइन, तर तिनीहरूको सोचाइलाई दिग्भ्रमित र उदासीन पनि बनाउँछन्। त्यसका साथै, मानिसहरूको ज्यान जोखिममा हाल्ने अझ केही उग्र भनाइहरू छन्। उदाहरणका लागि, हामीले सङ्गति गरेको “साथीका लागि गोली खान तयार छु” भन्‍ने भयानक भनाइले मानिसहरूको सोचलाई नियन्त्रण गर्ने र सीमित पार्ने मात्र होइन, तर तिनीहरूको ज्यान पनि जोखिममा पार्छ, जसले गर्दा तिनीहरू आफ्नो जीवनको कदर गर्न सक्दैनन् मात्र होइन तर मनमानी कारणले गर्दा हडबडीमा केही नसोची आवेगपूर्ण र लापरवाही तरिकामा आफ्नो ज्यान त्याग्‍न पनि प्रवृत्त हुन्छन्। के यो मानिसहरूको ज्यान जोखिममा हाल्नु होइन र? (हो।) मानिसहरूले जीवन के हो भनेर बुझ्नअघि र जीवनमा सही मार्ग भेट्टाउनअघि समेत अलिकति दयाको बद्लामा साथी भनौँदाका लागि आफूखुसी ज्यान दिन्थे, र आफ्नो जीवनलाई अति नीच र व्यर्थ ठान्थे। यो त परम्पागत संस्कृतिले मानिसहरूलाई सिकाउने एक प्रकारको सोचाइको नतिजा हो। नैतिक आचरणसम्बन्धी भनाइहरूले कसरी मानिसहरूको सोचलाई सीमित पार्न सक्छन भन्‍ने कुरालाई हेर्दा, तिनमा एउटा पनि सकारात्मक कुरा छैन, अनि तिनले मानिसहरूको ज्यानलाई कसरी मनपरी तरिकाले जोखिममा हाल्छ भन्‍ने कुरालाई हेर्दा, तिनले निश्चय नै मानिसहरूलाई सकारात्मक प्रभाव पार्दैनन् वा फाइदा पुऱ्याउँदैनन्। त्यसबाहेक, मानिसहरू यी विचारको छलमा पर्छन् र तीद्वारा उदासीन बन्छन्। तिनीहरू आफ्नो अभिमान र घमण्डका लागि अनि जन विचारद्वारा निन्दित नहुनका लागि नैतिक आचरणका मापदण्डअनुसार कार्य गर्न बाध्य हुन्छन्। मानिसहरू नैतिक आचरणसम्बन्धी यी विभिन्‍न भनाइ र विचारद्वारा पहिल्यै पूर्णत रूपमा बाँधिएका, नियन्त्रित र जकडिएका छन्, जसले गर्दा तिनीहरूसँग अर्को विकल्प छैन। मानवजाति नैतिक आचरणसम्बन्धी भनाइहरूको बन्धनमा जिउन इच्छुक हुन्छन् र उनीहरूसँग अझ सम्मानजनक जीवन जिउने, अरूको अघि असल देखिने, मानिसहरूबाट उच्च आदर र वाहवाही पाउने, साथै कुरा काटी नमाग्‍ने र आफ्नो परिवारको मान राख्ने उद्देश्यहरूका लागि कुनै स्वतन्त्र विकल्प हुँदैन। मानिसहरूका यी विचार र दृष्टिकोण, साथै नैतिक आचरणसम्बन्धी भनाइहरूद्वारा तिनीहरू नियन्त्रित हुने यी घटनालाई हेर्दा, यस्ता भनाइहरूले मानव व्यवहारलाई निश्चित हदसम्म सीमित र नियन्त्रित गरे पनि, शैतानले मानिसहरूलाई भ्रष्ट पार्छ भन्‍ने तथ्य अनि मानिसहरूमा भ्रष्ट स्वभाव र शैतानी प्रकृति हुन्छन् भन्‍ने तथ्यलाई लुकाउँछन्। तिनले मानिसहरूलाई ढाकछोप गर्न बाहिरी व्यवहार प्रयोग गर्छन्, ताकि तिनीहरू बाहिरी रूपमा सम्मानजनक, सुसंस्कारी, सुशिष्ट, दयालु, उत्कृष्ट र आदरणीय जीवन जिऊन्। त्यसकारण, अरूले तिनीहरू चाहे सम्मानजनक हुन् वा वा नीच, असल हुन् वा खराब, तिनीहरूको बाहिरी व्यवहारद्वारा कस्तो प्रकारको व्यक्ति भनेर मात्र निर्धारित गर्न सक्छन्। यस्ता परिस्थितिमा सबैले कुनै व्यक्ति असल छ कि खराब छ भनेर नैतिक आचरणसम्बन्धी विभिन्‍न मापदण्डको आधारमा मापन र मूल्याङ्कन गर्छन्, तर कसैले पनि मानिसहरूको बाहिरी नैतिक आचरणद्वारा तिनीहरूको भ्रष्ट सारलाई देख्न सक्दैन, न त नैतिक आचरणको खोलभित्र लुकेको सबै विभिन्‍न कपट र दुष्ट्याइँलाई नै स्पष्टसँग देख्न सक्छ। यसरी, मानिसहरू आफ्नो भ्रष्ट सारलाई लुकाउन नैतिक आचरणलाई आवरणका रूपमा निकै हदसम्म प्रयोग गर्छन्। उदाहरणका लागि, कुनै स्त्री बाहिरी रूपमा सद्गुणी, दयालु, शिष्ट र नैतिकवान् छे र उसले आफू वरपरका मानिसहरूबाट प्रशंसा र आदर पाउँछे। ऊ उचित व्यवहार गर्छे, राम्रो चालचनकी छे, विशेष गरी अरूसँग अन्तरक्रिया गर्दा धैर्य देखाउँछे, इख बोक्दिन, आमाबुबाप्रति कर्तव्यनिष्ठ छे, असल पत्नी र आमाको भूमिका निभाउँछे, कठिनाइ सहन सक्छे, र उसलाई अरू स्त्रीका लागि आदर्श नमूना मानिन्छ। उसको बाहिरी रूपमा कुनै समस्या भेट्टाउन सकिँदैन, तर ऊ मनमा के सोच्छे वा कसरी सोच्छे त्यो भने कसलाई थाहा छैन। ऊ आफ्नो चाहना र महत्त्वाकाङ्क्षा के हो त्यो कहिल्यै बताउँदिन, न त बताउने आँट नै गर्छे। किन ऊ बताउने आँट गर्दिन? किनभने ऊ आफूलाई सदगुणी, दयालु, शिष्ट र नैतिकवान् स्त्रीको रूपमा व्यवहारमा ढाल्न चाहन्छिन्। यदि उसले साँच्चै खुलस्त भएर आफ्नो हृदय र कुरूपता खुलासा गरी भने, ऊ सद्गुणी, दयालु, शिष्ट र नैतिकवान् स्त्री बन्‍न सक्नेछैन, अनि अरूले उसको निन्दा र तिरस्कारसमेत गर्नेछन्। त्यसैले ऊ आफूलाई लुकाउन र प्रदर्शन गर्न मात्र सक्छे। उसले सद्गुणी, दयालु, शिष्ट र नैतिकवान् बन्‍ने यो बाहिरी व्यवहारको घुम्टो ओढेकोले गर्दा मानिसहरूले उसका असल कार्यहरू मात्र देख्न सक्छन् र उसको प्रशंसा गर्छन्, अनि त्यसरी उसले आफ्नो उद्देश्य प्राप्त गरेकी छे। तर उसले जसरी भेष बद्ले पनि र अरूलाई धोका दिए पनि, के ऊ मानिसहरूले साँच्चै ठान्‍ने जत्तिकै असल छे त? अवश्यै छैन। के वास्तवमा ऊसँग भ्रष्ट स्वभाव छैन? के ऊसँग भ्रष्ट सार छैन? के ऊ छली हो? अहङ्कारी हो? हठी हो? दुष्ट हो? (हो।) निश्चय नै ऊ यी कुरा नै हो, तर यी कुरा छोपिएका छन्—यो तथ्य हो। कतिपय चिनियाँ ऐतिहासिक व्यक्तित्वहरूलाई प्राचीन सन्त र ज्ञानी पुरुषको रूपमा श्रद्धा गरिन्छ। यसो भन्‍नुको आधार के हो? तिनीहरूलाई केवल केही सीमित, अपर्याप्त रेकर्ड र जनश्रुतिको आधारमा सन्त र ज्ञानी पुरुषको रूपमा प्रशंसा गरिन्छ। तथ्य के हो भने, तिनीहरूको खास कार्य र आचरण ठ्याक्कै कस्ता थिए भनेर कसैलाई थाहा छैन। के तिमीहरूले अहिले यी समस्यालाई राम्ररी बुझेका छौ? तिमीहरूमध्ये कतिपयले अलिक राम्ररी बुझ्नुपर्छ किनभने तिमीहरूले यत्तिका धेरै प्रवचन सुनेका छौ र मानव भ्रष्टताको सार र सत्यतालाई निकै स्पष्टसँग देखेका छौ। मानिसहरूले केही सत्यता बुझे भने, केही मानिस, मामिला र परिस्थितिलाई राम्ररी बुझ्न सक्छन्। के कुनै सद्गुणी, दयालु, शिष्ट र नैतिकवान् स्त्रीले—उसको बाहिरी व्यवहार र नैतिक आचरण जति नै उदाहरणीय भए पनि, र उसले जति राम्ररी भेष बद्ले पनि र आफ्नो प्रदर्शन गरे पनि—आफ्नो अहङ्कारी स्वभाव प्रकट गर्नेछे? (गर्नेछे।) अवश्यै प्रकट गर्नेछे। त्यसोभए के ऊसँग हठी स्वभाव छ? (छ।) ऊ आफूलाई सही ठान्छे अनि आफू सद्गुणी, दयालु, शिष्ट, नैतिकवान् र असल व्यक्ति हो भन्‍ने सोच्छे। यसले ऊ अत्यन्तै आत्मधर्मी र एकदमै हठी पनि छे भन्‍ने प्रमाणित गर्छ। वास्तवमा उसले मनमा चाहिँ आफ्नो वास्तविकता र आफूसँग भएको कमीकमजोरीलाई चिन्छे, तर पनि ऊ आफ्नै गुनगान गाउन सक्छे। के यो हठीपन होइन? के यो अहङ्कार होइन? त्यसबाहेक, उसले पूर्ण रूपले असल नाम कमाइराख्न र आफ्नो परिवारको मान राख्नका खातिर आफूलाई सद्गुणी, दयालु, शिष्ट र नैतिक व्यक्ति भएको देखावटी गर्छे। के यस्ता सोच र खोजी हास्यास्पद र दुष्ट होइनन् र? उसले मानिसहरूबाट प्रशंसा पाउँछे र असल नाम कमाउँछे, तर भित्र भने ऊ निरन्तर आफ्नो अभिप्राय, सोच र आफूले गरेका निर्लज्ज कुराहरू लुकाइरहन्छे र तीबारे कसैलाई केही बताउँदैन। ऊ मानिसहरूले उसलाई छर्लङ्गै देखेपछि, उसको निन्दा, मूल्याङ्कन र इन्कार गर्नेछन् भनेर डराउँछे। यो कस्तो स्वभाव हो? के यो छलपूर्ण छैन र? (छ।) त्यसैले, उसको बाहिरी व्यवहार जति नै उचित र आदरणीय भए पनि, वा उसको नैतिक आचरण जति नै सम्मानजनक भए पनि, उसको भ्रष्ट स्वभाव वास्तवमै छ। यति हो, परमेश्‍वरको वचन कहिल्यै नसुन्‍ने र सत्यता नबुझ्ने अविश्‍वासीहरूले यो कुरा बुझ्न र जान्‍न सक्दैनन्। उसले अविश्‍वासीहरूलाई छल गर्न सक्ली, तर परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता बुझ्नेहरूलाई छल गर्न सक्दिन। के त्यसै होइन र? (हो।) किनभने ऊ शैतानको भ्रष्टताको अधीनमा परेकी छे, अनि ऊसँग भ्रष्ट स्वभाव र भ्रष्ट सार छन्। यो वास्तविकता हो। उसको नैतिक आचरण जति नै उदाहरणीय भए पनि, वा उसले जति नै उच्च मानक प्राप्त गरे पनि, वास्तविकता के हो भने ऊसँग भ्रष्ट स्वभाव छ भन्‍ने कुरालाई इन्कार र परिवर्तन गर्न सकिँदैन। मानिसहरूले सत्यता बुझेपछि, वास्तवमा ऊ के हो भनेर बुझ्न सक्नेछन्। तर, शैतानले मानवजातिलाई छल गर्न, अनि अवश्य नै तिनीहरूको सोचलाई उदासीन पार्न र नियन्त्रित गर्न नैतिक आचरणसमम्बन्धी यी भनाइहरूको दुरुपयोग गर्छ, र यदि तिनीहरूले नैतिक आचरणसम्बन्धी यी मापदण्ड र मानकहरू पूरा गरे भने, तिनीहरू असल मानिस हुन् र सही मार्गमा हिँडिरहेका हुन्छन् भनेर तिनीहरूलाई गलत सोच्न लगाउँछ। तर वास्तविकता त्यसको विपरीत हो। कतिपय मानिसले नैतिक आचरणसम्बन्धी भनाइहरूअनुरूप केही असल व्यवहार देखाए पनि, तिनीहरू जीवनको सही मार्गमा हिँडेका हुँदैनन्। बरु, तिनीहरू गलत मार्गमा हिँडेका हुन्छन् र पापमा जिइरहेका हुन्छन्। तिनीहरू ढोँगको मार्गमा हिँडेका छन् र शैतानको जालमा परेका छन्। किनभने तिनीहरूमा केही मात्रामा असल नैतिक आचरण हुँदैमा मानवजातिको भ्रष्ट स्वभाव र भ्रष्ट सार अलिकति पनि परिवर्तन हुनेछैनन्। बाहिरी नैतिक आचरण त श्रृङ्गार मात्र हो, यो केवल देखाउनका लागि हो, अनि तिनीहरूको साँचो प्रकृति र साँचो स्वभाव अझै प्रकट हुनेछन्। शैतानले मानिसहरूलाई तिनीहरूको व्यवहार र बाहिरी रूपद्वारा सीमित पार्ने र नियन्त्रित गर्ने तयारी गर्छ अनि तिनीहरूलाई असल व्यवहारद्वारा भेष बदल्न र आफ्नो प्रदर्शन गर्न लगाउँछ, त्यसका साथै शैतानसँग भ्रष्ट मानवजाति छ भन्‍ने तथ्य, साथै मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ भन्‍ने तथ्यलाई लुकाउन मानिसहरूको असल व्यवहार प्रयोग गर्छ। एक अर्थमा शैतानको लक्ष्य भनेको मानिसहरूलाई नैतिक आचरसम्बन्धी यी भनाइहरूको नियन्त्रणमा पार्नु, तिनीहरूलाई अझ धेरै असल कार्य र अझ कम खराब कार्य गर्न लगाउनु, अनि निश्चय नै शासकवर्गविरुद्ध काम गर्न नलगाउनु हो। यसबाट मानवजातिमाथि शासक वर्गको अधीनता र नियन्त्रणमा थप फाइदा पुग्छ। अर्को अर्थमा, मानवजातिले नैतिक आचरणसम्बन्धी यी भनाइहरूलाई आफ्नो व्यवहार र कार्यको सैद्धान्तिक आधारको रूपमा स्विकारेपछि, तिनीहरू सत्यता र सकारात्मक कुराबाट टाढिने र तिनको प्रतिरोध गर्ने झुकाव राख्छन्। अवश्य नै, परमेश्‍वरद्वारा बोलिएका वचन अनि परमेश्‍वरले मानिसहरूलाई सिकाउने सकारात्मक कुरा र सत्यताको सन्दर्भमा भन्‍नुपर्दा, त्यसपछि तिनीहरूलाई यो बुझ्न गाह्रो हुन्छ, वा तिनीहरू सबै प्रकारका प्रतिरोध गर्न र धारणा राख्न थाल्छन्। मानिसहरूमा नैतिक आचरणसम्बन्धी यी विचारहरू आएपछि, तिनीहरूलाई परमेश्‍वरको वचन र सत्यता स्विकार्न झनै गाह्रो लाग्छ, अनि अवश्य नै भ्रष्ट स्वभावहरू बुझ्न र ती परिवर्तन गर्न पनि झनै गाह्रो हुन्छ। तसर्थ, नैतिक आचरणसम्बन्धी सबै विभिन्‍न भनाइ र विचारले मानिसहरूलाई परमेश्‍वरको वचन स्विकार्न र बुझ्नमा निकै हदसम्म बाधा दिएका छन्, अनि अवश्य नै मानिसहरूले कुन हदसम्म सत्यता स्विकार्छन्, त्यसमा पनि तिनले असर गरेका छन्। शैतानले मानिसहरूलाई सबै प्रकारका अनुचित र नकारात्मक विचार अनि दृष्टिकोण राख्न लगाउन नैतिक आचरणसम्बन्धी भनाइहरू मानिसहरूको मनमा भरिदिने पद्धति प्रयोग गर्छ, ताकि तिनीहरूले यिनै विचार र दृष्टिकोणको आधारमा मानिसहरू र कामकुरालाई हेरून् अनि आफूलाई व्यवहारमा ढालून् र कार्य गरून्। जब मानिसहरू नैतिक आचरणसम्बन्धी यी भनाइपछाडि लुकेका विचारलाई मानिसहरू र कामकुरालाई हेर्ने अनि आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने सैद्धान्तिक आधार र मानकको रूपमा अपनाउँछन्, तब तिनीहरूको भ्रष्ट स्वभाव कम र परिवर्तन गर्न सकिँदैन मात्र होइन तर त्यसको विपरीत ती केही हदसम्म उग्र हुनेछन् अनि परमेश्‍वरप्रतिको तिनीहरूको अनाज्ञाकारिता र प्रतिरोध झनै खराबसमेत बन्‍नेछन्। त्यसैले, जब परमेश्‍वर मानिसहरूलाई मुक्ति दिनुहुन्छ, जब तिनीहरूलाई उहाँको वचन प्रदान गरिन्छ, तब सबैभन्दा ठूलो बाधा भनेको मानिसको भ्रष्ट स्वभाव हुँदैन तर विभिन्‍न शैतानी दर्शन, नैतिक आचरणसम्बन्धी भनाइहरू, अनि शैतानबाट आउने विभिन्‍न शैतानी विचार र दृष्टिकोण हुन्छ। यो त शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउनुको परिणाम हो, र यो नैतिक आचरणसम्बन्धी विभिन्‍न भनाइहरूले भ्रष्ट मानवमा पार्ने नकारात्मक असर पनि हो। शैतानले नैतिक आचरणसम्बन्धी भनाइहरूको प्रचार र समर्थन गरेर हासिल गर्न चाहने वास्तविक लक्ष्य यही हो।

हामीले हाम्रो अघिल्लो भेलामा नैतिक आचरणसम्बन्धी तीनवटा भनाइ अर्थात् “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,” “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन,” र “साथीका लागि गोली खान तयार छु,” भन्‍ने भनाइहरूबारे सङ्गति गऱ्यौँ। आज हामी “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” भन्‍ने भनाइबारे सङ्गति गर्नेछौँ। नैतिक आचरणसम्बन्धी यो भनाइ मानवजातिमाझ पनि देखा परेको छ, अनि यो भ्रष्ट मानवजातिको विचार र दृष्टिकोणबाट आएको हो। अवश्य नै, यो अझ ठ्याक्कै शैतानको भ्रष्टता र मानवजातिको छलबाट उत्पन्‍न हुन्छ। यसको प्रभाव र प्रकृति हामीले नैतिक आचरणसम्बन्धी पहिले सङ्गति गरेका भनाइहरूजस्तै छन्, तर भिन्नै तरिकामा। ती पनि सुस्पष्ट र भव्य कथन हुन्, साह्रै उत्साहजनक, भावपूर्ण र साहसिक छन्। यदि मानिसहरूले कहिल्यै परमेश्‍वरको वचन नसुनेका र सत्यता नबुझेका भए, तिनीहरूलाई यी कथनहरू एकदमै उत्साहजनक र जोसजाँगर जगाउने लाग्‍नेथियो। तिनीहरूले यी वचनहरू सुनेपछि तुरुन्तै बल पाउनेथिए र कम्मर कस्नेथिए। तिनीहरू तबउसो चुपचाप बस्न वा भित्री उत्साहलाई रोक्न सक्नेथिएनन्, अनि तिनीहरूलाई चिनियाँ संस्कृति र अजिङ्गरको मनोभाव भनेको यही हो भन्‍ने महसुस हुनेथियो। के तिमीहरूलाई अहिले अझै यस्तो लाग्छ? (लाग्दैन।) तिमीहरूलाई अहिले यी शब्दहरू सुन्दा कस्तो लाग्छ? (अहिले मलाई यी शब्दहरू असल र सकारात्मक होइनन् भन्‍ने लाग्छ।) किन अहिले तँलाई पहिलेको तुलनामा फरक लाग्छ? के यो मानिसहरूले बुढो भएपछि र यत्तिका कष्ट पार गरिसकेपछि, युवास्थाको फुर्तिलो ताकत गुमाउने भएकाले हो? वा यो मानिसहरूले केही सत्यता बुझेपछि नैतिक आचरणसम्बन्धी यी भनाइहरू खोक्रा, अवास्तविक र बेकारका रहेछन् भनेर बुझ्न सक्ने भएकाले हो? (यो मुख्यतः यी भनाइहरू सत्यताअनुरूप नभएकाले र अव्यावहारिक भएकाले गर्दा हो।) वास्तवमा, नैतिक आचरणसम्बन्धी यी भनाइहरू एकदमै खोक्रा र अवास्तविक छन्। त्यसैले, नैतिक आचरणसम्बन्धी “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” भन्‍ने भनाइको सन्दर्भमा भन्‍नुपर्दा, हामीले पहिले सङ्गति गरेका सिद्धान्तहरूलाई विचार गर्दै, यस भनाइको व्यर्थता र त्यहाँ लुकेका शैतानी धूर्त चाललाई निश्चित रूपमा खुलासा गर्न यस भनाइमा के गलत रहेछ भनेर विश्लेषण गरौँ र केलाऔँ। यसलाई कसरी केलाउने के तिमीहरूलाई थाहा छ? म यो वाक्यको ठ्याक्कै अर्थ के हो, सो बताउँछु। (यसमा पुरुषार्थी, ओजस्वी पुरुष बन्‍नका लागि मेनिसियसद्वारा अघि सारिएका तीनवटा मापदण्ड छन्। यसको वर्तमान अर्थ हुन्छ: गौरव र सम्पत्तिले व्यक्तिको सङ्कल्पमा बाधा पुऱ्याउन सक्दैन, गरिबी र सानोतिनो परिस्थितिले व्यक्तिको दह्रिलो इच्छालाई बदल्न सक्दैन, अनि शक्ति र हिंसाको धम्कीले व्यक्तिलाई अधीनमा बस्न लगाउन सक्दैन।) नैतिक आचरणसम्बन्धी अघि उल्लेख गरिएको “स्त्रीजाति सद्गुणी, दयालु र विनम्र हुनैपर्छ” भन्‍ने भनाइ स्त्रीहरूप्रति लक्षित छ, तर यो भनाइचाहिँ स्पष्ट रूपमा पुरुषप्रति लक्षित छ। चाहे यो गौरव र सम्पत्तिको जीवन होस् वा गरिबीको परिस्थिति वा शक्ति र हिंसासँगको सामना, सबै प्रकारका परिस्थितिमा पुरुषहरूप्रति मापदण्डहरू लगाइन्छ। पुरुषहरूलाई कुल कतिवटा मापदण्डहरू लगाइन्छ? पुरुषमा दह्रिलो इच्छा, दृढ सङ्कल्प हुनुपर्छ, अनि ऊ शक्ति र हिंसासामु झुक्नु हुँदैन। अघि सारिएका यी मापदण्डहरू सामान्य मानवतासँग सम्बन्धित छन् कि छैनन् र मानिसहरू जिउने वास्तविक जीवन परिस्थितिसँग सम्बन्धित छन् कि छैनन् भनेर विचार गर्। अर्को शब्दमा भन्‍नुपर्दा, परुषहरूमाथि लगाइने यी मापदण्डहरू खोक्रा र अवास्तविक छन् कि छैनन् भनेर विचार गर्। स्त्रीहरूको नैतिक आचरणका लागि परम्परागत संस्कृतिका मापदण्हरू भनेको “स्त्रीजाति सद्गुणी, दयालु र विनम्र हुनैपर्छ” भन्‍ने हुन्; “सद्गुणी” को अर्थ स्त्रीसुलभ सद्गुण हुनु, “दया” को अर्थ दयालु हृदयको हुनु, “शिष्ट” को अर्थ शिष्ट स्त्री बन्नु र “नैतिकवान्” को अर्थ नैतिकवान् व्यक्ति बन्‍नु र असल नैतिक आचरण राख्नु हो। यी सबै मापदण्डहरू एकदमै ठिक्‍कका छन्। पुरुष सद्गुणी, दयालु, शिष्ट वा नैतिकवान् हुनु पर्दैन, जबकि स्त्रीमा बलियो इच्छा र दृढ सङ्कल्प हुनु आवश्यक छैन, अनि स्त्री शक्ति र हिंसाको सामना गर्दा झुक्न सक्छे। भन्‍नुको अर्थ, नैतिक आचरणसम्बन्धी “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” भन्‍ने यो मापदण्डले स्त्रीजातिलाई प्रशस्त छुट दिन्छ, विशेष गरी यो स्त्रीप्रति सहनशील र विचारशील होइन्जेलसम्म छुट दिन्छ। सहनशील र विचारशील भनेका के हुन्? के यसलाई फरक तरिकाले बुझ्न सकिन्छ? (ती एक प्रकरका भेदभाव हुन्।) मलाई पनि त्यही लाग्छ। वास्तवमा यो स्त्रीविरुद्ध भेदभाव हो, स्त्रीमा दह्रिलो इच्छशक्ति हुँदैन, तिनीहरू डरपोक, मुर्झाएका फूल हुन्, अनि तिनीहरूबाट छोराछोरी जन्माउने, असल पत्नी र आमाको भूमिका खेल्ने, घरेलु कामकुरा सम्हाल्ने, अरूसँग झगडा नगर्ने वा निन्दोचर्चो नगर्ने आशा राखे पुग्छ भन्‍ने विश्‍वास हो। तिनीहरूबाट करियर बनाउने र दह्रिलो इच्छा राख्ने माग गर्नु असम्भव हुनेथियो—तिनीहरू त्यसको योग्य हुँदैनन्। त्यसैले, अर्को दृष्टिकोणबाट हेर्दा, स्त्रीका लागि यी मापदण्डहरू एकदमै भेदभावपूर्ण र अपमानजनक छन्। नैतिक आचरणसम्बन्धी “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” भन्‍ने यो भनाइ परुषप्रति लक्षित छ। यसले पुरुषमा दह्रिलो इच्छा र रोक्न नसकिने सङ्कल्प होस्, साथै शक्ति र हिंसासामु नझुक्ने पुरुषार्थी, ओजस्वी मनोभाव होस् भन्‍ने माग गर्छ। के यो मापदण्ड सही हो? के यो उचित छ? परुषप्रतिका यी मापदण्डहरूले के देखाउँछन् भने नैतिक आचरणसम्बन्धी यो भनाइ अघि सार्ने व्यक्तिले पुरुषहरूलाई उच्च ठान्छ, किनभने पुरुषप्रति उसको मापदण्ड स्त्रीप्रतिको भन्दा उच्च छ। यसको अर्थ, तिनीहरू दुवैको लैङ्गिकभेदको सार अनि तिनीहरूको सामाजिक हैसियत र पुरुष नैसर्गिक प्रवृत्तिलाई विचार गर्दा, पुरुष स्त्रीभन्दा माथि हुनुपर्छ भन्‍ने हो भनेर बुझ्न सकिन्छ। के नैतिक आचरणसम्बन्धी यो भनाइ यही दृष्टिकोणबाट प्रतिपादन गरिएको थियो? (हो।) स्पष्टतः यो त पुरुष र स्त्री असमान भएको समाजको उपज हो। यस समाजमा, पुरुषले स्त्रीलाई निरन्तर भेदभाव गर्छ र अपमान गर्छ, स्त्रीको जीवनको परिधि साँघुरो बनाइदिन्छ, स्त्रीको अस्तिवको महत्त्वलाई बेवास्ता गर्छ, निरन्तर आफ्नै मूल्यलाई बढाइचढाइ गर्छ, आफ्नो सामाजिक हैसियत बढाउँछ र आफ्नो अधिकारलाई स्त्रीको अधिकारमाथि हाबी हुन दिन्छ। समाजमा यसको कस्तो प्रभाव र परिणाम हुन्छ? यो समाजमा पुरुषको शासन र अधीनता छ। यो पितृसत्तात्मक समाज हो, जहाँ स्त्रीजाति पुरुषको नेतृत्व, दमन र नियन्त्रणमा रहनुपर्छ। त्यसका साथै, पुरुष कुनै पनि काममा संलग्‍न हुन सक्छ, जबकि स्त्रीले गर्ने सक्ने कार्यको दायरा घटाइन्छ र सीमित पारिन्छ। पुरुषले समाजमा सबै अधिकार पूर्ण रूपले उपभोग गर्नुपर्छ, जबकि स्त्रीले उपभोग गर्ने अधिकारको दायरा निश्चित रूपले सीमित पारिन्छ। पुरुषले गर्न मन नपराउने वा नरोज्ने काम, वा त्यस्तो काम जुन काम गर्दा उसलाई भेदभाव गरिन्छ, त्यो स्त्रीले गर्नका लागि छोड्न सकिन्छ। उदाहरणका लागि, लुगा धुने, खाना पकाउने, सेवा उद्योग, अनि कम आय र निम्न सामाजिक हैसियत भएको वा मानिसहरूले भेदभाव गर्ने केही पेशा आदि स्त्रीका लागि छुट्याइन्छन्। अर्को शब्दमा भन्‍नुपर्दा, पुरुषले पेशा रोज्ने र सामाजिक हैसियतको सन्दर्भमा पुरुषको हैसियतले आफ्नो अधिकार पूर्णतया उपभोग गर्न सक्छ, अनि समाजले पुरुषलाई दिने विशेष अधिकारहरू उपभोग गर्छ। यस्तो समाजमा, पुरुष पहिलो दर्जामा र स्त्री दोस्रो दर्जामा आउँछ, कुन हदसम्म भने स्त्रीलाई छनौट गर्न छुट पटक्कै हुँदैन, न त छनौट गर्ने अधिकार नै हुन्छ। तिनीहरू निष्क्रिय भई छनौट हुनका लागि पर्खेर बस्न मात्र सक्छन्, अनि अन्त्यमा यो समाजद्वारा हटाइन्छन् र त्यागिन्छन्। त्यसैले, स्त्रीप्रति यो समाजका मापदण्डहरू तुलनात्मक रूपले मध्यम छन्, जबकि पुरुषप्रतिका मापदण्डहरू अपेक्षाकृत कडा र कठोर छन्। तर, चाहे ती पुरुषप्रति लक्षित हुन् या स्त्रीप्रति, नैतिक आचरणका लागि यी मापदण्डहरू अघि सार्नुको मनसाय र उद्देश्य भनेको मानिसहरूलाई समाज, राष्ट्र, देश र आखिर अवश्य नै शासकवर्ग र शासकहरूको अझ राम्ररी सेवा गर्न लगाउनु हो। “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” भन्‍ने यो भनाइबाट सजिलै के देख्न सकिन्छ भने, नैतिक आचरणका लागि यो मापदण्ड अघि सार्ने व्यक्ति पुरुषप्रति पूर्वाग्राही छ। त्यो व्यक्तिको दृष्टिमा, परुषमा दह्रिलो इच्छा, दृढ सङ्कल्प अनि शक्ति र हिंसासामु नुझुक्ने मनोभाव हुनैपर्छ। के तैँले यी मापदण्डहरूबाट यो भनाइ अघि सार्ने व्यक्तिको उद्देश्य के रहेछ भनेर देख्न सक्छस्? यो त समाजको उपयोगी र बलियो इच्छा भएको पुरुषलाई समाज, राष्ट्र, देश र आखिर सत्तामा हुनेहरूको अझ राम्ररी सेवा गर्न सक्षम बनाउनु अनि यो समाजमा पुरुषले बहन गर्ने मूल्य र कार्यलाई अघि ल्याउन सक्ने बनाउनु थियो। यस्तो पुरुषलाई मात्र पुरुषार्थी र ओजस्वी भन्‍न सकिन्छ। यदि पुरुषले यी मापदण्डहरू पूरा गर्न सकेन भने, यी नैतिकतावादी र शासकहरूको दृष्टिमा ऊ पुरुषार्थी र ओजस्वी कहलाइँदैन, बरु मामुली मानिस र अछुत कहलाइन सक्छ अनि उसलाई भेदभाव गरिन्छ। भन्‍नुको अर्थ, यदि कुनै पुरुषमा तिनीहरूले चाहेअनुसार दह्रिलो इच्छा, दृढ सङ्कल्प अनि शक्ति र हिंसासामु झुक्ने मनोभाव छैन तर ऊ उपलब्धिहरू हासिल नगरेको केवल सामान्य, मामुली व्यक्ति हो अनि आफ्नो जीवन जिउन मात्र सक्छ तर समाज, राष्ट्र र देशप्रति आफ्नो मूल्यको योगदान दिन सक्दैन अनि उसलाई शासक, देश वा राष्ट्रद्वारा कुनै महत्त्वपूर्ण पदमा नियुक्त गर्न मिल्दैन भने, यस्तो व्यक्तिलाई समाजले स्विकार्नेछैन र मूल्यवान् ठान्‍नेछैन, न त सत्तामा हुनेहरूले मूल्यवान् ठान्‍नेछन्, अनि उसलाई शासकहरू वा यी नैतिकतावादीहरूले मामुली व्यक्ति, अछुत र पुरुषहरूमाझ पतित ठान्‍नेछन्। कुरा यही होइन? (हो।) के तिमीहरू यो भनाइसँग सहमत छौ? के यो भनाइ उपयुक्त छ? के यो पुरषप्रति निष्पक्ष छ? (छैन, पक्षपाती छ।) के पुरुषले सारा संसार, देश र राष्ट्रप्रतिको ठूलो उत्तरदायित्वलाई ध्यान दिनैपर्छ? के ऊ सामान्य, कर्तव्यनिष्ठ पुरुष मात्र हुन सक्दैन? के ऊ रुन, प्रेमरोगी बन्‍न, ससाना तरिकामा स्वार्थी मनसाय राख्न वा आफ्ना प्रियजनहरूको साथमा सरल जिवन व्यतित गर्न सक्दैन? के उसले पुरुषार्थी र ओजस्वी कहलिन संसारलाई ध्यान दिनैपर्छ? के उसलाई पुरुष ठहिरन पुरुषार्थी र ओजस्वी कहलाइनैपर्छ? के पुरुष हुनुको परिभाषा तँ पुरुषार्थी र ओजस्वी हुनैपर्ने हो? (होइन।) यी विचारहरू पुरुषप्रति अपमान हो, ती त पुरुषलाई व्यक्तिगत आक्रमण गर्नु समान हुन्। के तिमीहरूमध्ये कसैले त्यस्तो महसुस गर्छौ? (गर्छौँ।) के पुरुषमा दह्रिलो इच्छा नहुनु सही हो? के पुरुषमा दृढ सङ्कल्प नहुनु सही हो? जब पुरुष शक्ति र हिंसाविरुद्ध खडा हुन्छ, तब के उसले बाँच्नका लागि झुक्नु र सम्झौता गर्न खोज्नु सही हो? (हो, सही हो।) के स्त्रीसँग जे छ त्यो पुरुषमा नहुनु पनि ठिक हो? के पुरुषले पुरुषार्थी र ओजस्वी नबनी केवल सामान्य पुरुष बनेर आफूलाई आराम दिनु ठिक हो? (हो, ठिक हो।) त्यसरी, मानिसहरू मुक्त हुनेछन्, पुरुष बन्‍ने मार्ग फराकिलो हुनेछ, अनि पुरुषहरू जीवनमा अति थकित हुनेछैनन्, बरु सामान्य तवरमा जिउन सक्नेछन्।

अझै पनि निकैवटा देशहरूमा परम्परागत संस्कृतिका “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” भन्‍नेजस्ता विचारहरूले पुरुषहरूलाई सीमित पार्छन्। यी देशहरू अझै पनि पितृसत्तात्मक समाज हुन्, जसमा पुरुषले परिवारदेखि लिएर समाज र देशसम्म हैकम जमाउँछ र सार्वभौम शासन गर्छ, अनि समग्रमा प्राथमिकता पाउँछ, हरेक परिस्थितिमा सफलता हासिल गर्छ र हर तरिकामा श्रेष्ठताको अनुभूति गर्छ। त्यसका साथै, यस्तो समाज, राष्ट्र र देशले परुषबाट उच्च माग गर्छ, जसले गर्दा ऊमाथि ठूलो दबाब पर्छ र धेरै प्रतिकूल नतिजाहरू उत्पन्‍न हुन्छन्। आफ्नो जागिर गुमाउने कतिपय पुरुषहरू जागिर गुमेको कुरा आफ्नो परिवारलाई बताउने आँटसमेत गर्दैनन् र काममा गएको नाटक गर्छन्, तर वास्तवमा बाहिर गएर सडकहुँदो लुखुरलुखुर घुमिहिँड्छन्। कहिलेकाहीँ तिनीहरू राती अबेर घर आउँछन् र अफिसमा ओभरटाइम थियो भनेरसमेत परिवारलाई ढाँट्छन्। त्यसपछि भोलिपल्ट, तिनीहरू काममा गएको नाटक गर्दै फेरि सडकमा भौँतारिन पुग्छन्। परम्परागत संस्कृतिका यी विचारहरू, साथै पुरुषको सामाजिक जिम्मेवारी र स्तरबाट नै दबाब र अपमान पैदा हुन्छन्, अनि तिनले पुरुषको मानवता बिगार्छन्, धेरै पुरुषहरूलाई कठिनाइले घेर्दा चिढिने, उदास हुने र प्रायः धराशायी हालतमा पुगेको महसुस गराउँछन्। किन यस्तो हुन्छ? किनभने तिनीहरू आफू पुरुष हो, पुरुषले परिवारको लालनपालन गर्न पैसा कमाउनुपर्छ, पुरुष रूपमा जिम्मेवारी पूरा गर्नुपर्छ, पुरुष रुनु हुँदैन वा दुःखी बन्‍नु हुँदैन र पुरुष बेरोजगार हुनु हुँदैन, तर समाजको खम्बा र परिवारको सहारा बन्‍नुपर्छ भन्‍ने सोचाइ राख्छन्। अविश्‍वासीहरूले “छोरा मान्छे भएर रुनु हुँदैन” भनेर भनेजस्तै, कुनै पुरुषमा दुर्बलता हुनु हुँदैन, न त कमीकमजोरी नै हुनु हुन्छ। यी विचार र दृष्टिकोण नैतिकतावादीहरूले पुरुषहरूलाई गलत तरिकामा वर्गीकरण गरेकाले, साथै पुरुषको हैसियत निरन्तर उच्च पारेकाले गर्दा उत्पन्‍न हुन्छन्। यी विचार र दृष्टिकोणले पुरुषलाई सबै प्रकारको समस्या, दिग्दारी र वेदनामा पार्ने मात्र होइनन्, तर ती उसको मनको रोकावट बन्छन् अनि उसको सामाजिक स्तर, परिस्थिति र संघर्षहरूलाई झन्-झनै अप्ठ्यारो बनाइदिन्छन्। पुरुषमाथि दबाब बढ्दै जाँदा, ऊप्रति यी विचार र दृष्टिकोणको नकारात्मक प्रभाव पनि बढ्दै जान्छ। कतिपय पुरुषहरू समाजमा पुरुषको स्तरलाई गलत व्याख्या गरेकाले गर्दा आफूलाई महान् पुरुषको वर्गमा राख्छन्, पुरुषहरू ठूला मान्छे हुन् र स्त्रीहरू साना मान्छे हुन्, तसर्थ पुरुषले सबै कुरामा नेतृत्व लिनैपर्छ र घरको मालिक बन्नैपर्छ, अनि कामकुरा ठिकसँग नहुँदा उसले महिलाविरुद्ध घरेलु हिंसा गर्न सक्छ भन्‍ने सोच्छन्। यी सबै समस्या मानवजातिले पुरुष लैङ्गिकतालाई गलत तरिकामा वर्गीकरण गर्नुसँग सम्बन्धित छन्, के त्यसै होइन र? (हो।) तैँले संसारका धेरैजसो देशमा, विशेष गरी परिवारमा पुरुषको सामाजिक हैसियत स्त्रीको भन्दा उच्च भएको देख्न सक्छस्। पुरुषले काम गर्नु र पैसा कमाउनु सिवाय अरू केही गर्नु पर्दैन, जबकि स्त्रीले घरका सबै कार्य गर्छे, अनि बहस वा गुनासो गर्न सक्दिन, वा यो कार्य जति नै थकाइलाग्दो वा गाह्रो भए पनि यसबारे अरूलाई बताउने आँट गर्न सक्दिन। स्त्रीको हैसियत कुन हदसम्म निम्न छ? उदाहरणका लागि, पुरुषले नै पहिले भान्सामा स्वदिष्ट भोजनको स्वाद लिन्छ, जबकि स्त्रीको पालो त्यसपछि मात्र आउँछ, अनि परिवारको दर्ता पुस्तिकामा पुरुषलाई परिवारको शीर र स्त्रीलाई परिवारको सदस्यको रूपमा चिन्हित गरिन्छ। हामी यी नगण्य कुराहरूबाट पुरुष र स्त्रीबीच हैसियतमा असमानता रहेको देख्न सक्छौँ। लैङ्गिक भिन्‍नताको कारण पुरुष र स्त्रीबीच श्रम विभाजन फरक-फरक हुन्छन्, तर के परिवारमा पुरुष र स्त्रीको हैसियतमा यति ठूलो असमानता हुनु पक्षपात होइन र? के यो परम्परागत संस्कृतिको शिक्षाले गर्दा भएको होइन र? समाजमा स्त्रीले मात्र पुरुष उत्कृष्ट र श्रेष्ठ हो भनेर सोच्छे होइन, तर पुरुषले समेत आफूलाई स्त्रीको तुलनामा श्रेष्ठ र उच्च दर्जाको ठान्छ किनभने पुरुषले समाजमा अझ धेरै मूल्य सिर्जना गर्न सक्छ र आफ्नो क्षमतालाई अझ प्रभावकारी ढङ्गमा प्रयोग गर्न सक्छ, जबकि स्त्रीले सक्दैन। के यो तथ्यलाई बङ्ग्याउनु होइन र? तथ्य बङ्ग्याउने यस्तो काम कसरी भयो? के यो सिधै सामाजिक शिक्षा र परम्परागत संस्कृतिको शिक्षा र प्रभावसँग सम्बन्धित छ? (छ।) यो सिधै परम्परागत संस्कृतिको शिक्षासँग सम्बन्धित छ। मानवजातिमाझ, चाहे समाजमा होस् वा राष्ट्रमा वा देशमा होस्, जेजस्तो आसामान्य समस्या देखा परे पनि, ती सबै नै मुठीभर समाजशास्त्री वा शासकहरूले केही गलत विचारको समर्थन गरेको कारण हुन्छन्, अनि ती समाज, राष्ट्र वा देशका नेताहरूले समर्थन गर्ने गलत विचारसँग सिधै सम्बन्धित हुन्छन्। यदि तिनीहरूले समर्थन गर्ने विचार र दृष्टिकोणहरू अझ धेरै सकारात्मक र सत्यताको निकट छन् भने, मानवजातिमाझ अपेक्षाकृत अझ कम समस्याहरू हुनेछन्; यदि तिनीहरूले समर्थन गर्ने विचारहरू पूर्वाग्रही र पथभ्रष्ट छन् अनि तिनले मानवतालाई बिगार्छन् भने समाजमा, जातीय समूहमा र देशमा धेरै असामान्य परिस्थितिहरू आइपर्नेछन्। यदि समाजशास्त्रीहरूले पुरुष अधिकारको समर्थन गर्छन्, पुरुष मूल्यलाई माथि उचाल्छन्, तर स्त्रीको मूल्य र मार्यादालाई तल झार्छन् भने, यस समाजमा अवश्य नै पुरुष र स्त्रीबीचको सामाजिक हैसियतमा ठूलो असमानता हुनेछ, त्यसका साथै पेशा, सामाजिक हैसियत र सामाजिक हितमा हुने भिन्‍नताजस्ता असमानताहरू हुनेछन्, साथै पारिवारभित्र लैङ्गिक हैसियतमा ठूलो असमानता र पूर्णतया फरक-फरक श्रम विभाजन हुनेछन्—यी सबै असामान्य कुरा हुन्। यी असामान्य समस्याहरूको उपज यी विचार र दृष्टिकोणलाई समर्थन गर्ने मानिसहरूसँग सम्बन्धित छ, अनि यो राजनीतिज्ञ र समाजशास्त्रीहरूको कारण हुने गर्छ। यदि मानवजातिसँग यी मामिलामा सुरुदेखि नै सही दृष्टिकोण र सही भनाइहरू भएका भए, विभिन्‍न देश वा राष्ट्रमा यी असामान्य समस्याहरू अपेक्षाकृत कम हुनेथिए।

हामीले भर्खरै सङ्गति गरेको कुरालाई विचार गर्दा, मानिसहरूलाई व्यवहार गर्ने कस्तो सही दृष्टिकोण हुनुपर्छ? पुरुष सामान्य हुनका लागि ऊसँग कस्तो व्यवहार, मानवता, खोजी र सामाजिक हैसियत हुनुपर्छ? पुरुषले आफ्नो सामाजिक जिम्मेवारीलाई कसरी लिनुपर्छ? लैङ्गिक भिन्‍नताबाहेक, के पुरुष र स्त्रीको सामाजिक जिम्मेवारी र सामाजिक हैसियतको सन्दर्भमा पनि तिनीहरूबीच भिन्‍नता हुनुपर्छ? (अहँ, हुनुपर्दैन।) त्यसोभए, पुरुषलाई सही, निष्पक्ष, मानवीय तरिकामा र सत्यताका सिद्धान्तअनुरूप कसरी व्यवहार गर्नुपर्छ? हामीले अहिले बुझ्नुपर्ने खास कुरा यही हो। त्यसोभए, हामी पुरुषलाई ठ्याक्कै कसरी व्यवहार गर्नुपर्छ भन्‍नेबारे कुरा गरौँ। के पुरुष र स्त्रीका सामाजिक जिम्मेवारीहरू छुट्याउनुपर्छ? के पुरुष र स्त्रीको समान सामाजिक हैसियत हुनुपर्छ? के अनावश्यक रूपमा पुरुषको हैसियतलाई माथि उचाल्नु र स्त्रीको हैसियतलाई चाहिँ तल झार्नु निष्पक्ष हो? (होइन, यो पक्षपात हो।) त्यसोभए, कसरी ठ्याक्कै पुरुष र स्त्रीको सामाजिक हैसियतलाई निष्पक्ष र उचित तरिकामा सम्हाल्नुपर्छ? यसका लागि सिद्धान्त के हो? (त्यो हो, पुरुष र स्त्री समान हुन् र उनीहरूलाई निष्पक्ष तरिकामा व्यवहार गरिनुपर्छ।) निष्पक्ष व्यवहार सैद्धान्तिक आधार हो, तर यसलाई निष्पक्षता र उचितपना झल्काउने तरिकामा कसरी अभ्यास गर्नुपर्छ? के यसको व्यावहारिक समस्यासँग कुनै सम्बन्ध छैन? प्रथमतः हामीले पुरुष र स्त्रीको हैसियत समान छ भनेर निर्धारित गर्नैपर्छ—यो निर्विवाद कुरा हो। तसर्थ, पुरुष र स्त्रीबीचको सामाजिक श्रम विभाजन पनि समान हुनुपर्छ, अनि यसलाई तिनीहरूको क्षमता र कार्य योग्यताअनुसार विचार गर्नुपर्छ र मिलाउनुपर्छ। विशेष गरी मानव अधिकारको सन्दर्भमा समानता हुनुपर्छ, अनि समाजमा पुरुष र स्त्रीबीच समान हैसियत भएको सुनिश्चित गर्न स्त्रीले पनि पुरुषले जे उपभोग गर्न सक्छ त्यो उपभोग गर्नुपर्छ। जसले जागिर खान सक्छ उसलाई जागिर खान दिनुपर्छ वा जो नेता बन्‍न योग्य छ उसलाई नेता बन्‍न दिनुपर्छ, चाहे ऊ पुरुष होस् वा स्त्री होस्। तँलाई यो सिद्धान्त कस्तो लाग्छ? (राम्रो।) यसले पुरुष र स्त्रीबीचको समानतालाई झल्काउँछ। उदाहरणका लागि, दुई पुरुष र दुई स्त्रीले अग्निशामक कर्मचारी पदका लागि निवेदन दिन्छन्, यसमा कसलाई नियुक्त गर्नुपर्छ? निष्पक्ष व्यवहार भनेको सैद्धान्तिक आधार र सिद्धान्त हो। त्यसोभए, कुनै व्यक्तिले यसबारे वास्तवमा कसरी पाइला चाल्नुपर्छ? मैले भर्खरै भनेझैँ, जो जे कामका लागि योग्य छ उसलाई उसको योग्यता र क्षमताअनुसार त्यही गर्न दिनुपर्छ। यी उम्मेद्वारहरूमध्ये कोचाहिँ शारीरिक रूपमा योग्य छ र बेढङ्गको छैन भन्‍ने हेरेर यो सिद्धान्तअनुसारै छनौट गर्। अग्निशामक कार्य आपतकालीन स्थितिमा तुरुन्तै गर्नुपर्ने काम हो। यदि तँ कछुवा वा बुढी भैँसीजस्तो असाध्यै बेढङ्गको, मन्द बुद्धिको र सुस्त छस् भने, तैँले कामकुरा ढिलाइ गर्नेछस्। अग्निशामक कार्यसम्बन्धी प्रत्येक उम्मेद्वारको क्षमता, योग्यता, अनुभव र दक्षता आदिको सन्दर्भमा तिनीहरूका गुणहरू पत्ता लगाइसकेपछि, एक पुरुष र एक स्त्री निकै उपयुक्त रहेछन् भन्‍ने निष्कर्ष निस्कन्छ: पुरुष अग्लो छ, शारीरिक रूपमा बलियो छ, ऊसँग अग्निशामक कार्यको अनुभव छ, र ऊ निकैवटा अग्निशामक कार्य र उद्धारकार्यमा सहभागी भइसकेको छ; स्त्री फुर्तिलो छे, उसले कडा प्रशीक्षण पाएकी छे, ऊसँग अग्नीशामक कार्य र सम्बन्धित कार्य प्रक्रियाको ज्ञान छ, क्षमता छ अनि उसले आफूलाई अन्य काममा अब्बल बनाएर इनामहरू पाएकी छे। त्यसैले अन्त्यमा, ती दुवै जना छनौट हुन्छन्। के त्यो सही हो? (हो।) कसैलाई काखी नच्यापी सर्वोत्कृष्टमध्ये सर्वोत्कृष्टलाई छान्‍नु भनेको यही हो। यसको अर्थ यस्तो व्यक्ति छनौट गर्दा, ऊ पुरुष वा स्त्री हुनैपर्छ भन्‍ने नियम मनमा नराख्नु हो—पुरुष र स्त्री सबै समान हुन्, अनि कामको योग्य जो छ उसैले त्यो गर्नेछ। तसर्थ, कुनै कुरा गर्न पुरुष कि स्त्री छान्‍ने भनेर निर्णय गर्दा, निष्पक्ष व्यवहारको मुख्य सिद्धान्तबाहेक अभ्यास गर्नुपर्ने निश्चित सिद्धान्त भनेको त्यस कामको योग्य जो छ उसैलाई त्यो गर्न दिनु हो, चाहे ऊ पुरुष होस् वा स्त्री होस्। यसो गरेर अबउसो तँ “पुरुष महिलाभन्दा श्रेष्ठ हुन्छ” भन्‍ने विचारको नियन्त्रण वा बन्धनमा पर्दैनस्, अनि पुराना विचारहरूले तँलाई यो मामिलामा निर्णय वा छनौट गर्नमा असर गर्नेछैनन्। तेरो दृष्टिकोणबाट हेर्दा, कामको योग्य जो छ उसैलाई त्यो गर्न दिनुपर्छ, चाहे ऊ पुरुष होस् वा स्त्री—के त्यो निष्पक्ष हुनु होइन र? सर्वप्रथम, कुनै मामिला सम्हाल्दा, तँमा पुरुष वा स्त्रीप्रति पूर्वाग्रह हुँदैन। तँलाई विशिष्ट र प्रतिभाशाली स्त्रीहरू धेरै छन् भन्‍ने विश्‍वास हुन्छ, अनि तँ यस्ता केही व्यक्तिहरूलाई चिन्छस्। त्यसैले, तँ आफ्नो अन्तर्ज्ञानद्वारा स्त्रीको कार्य योग्यता पुरुषको भन्दा कम छैन अनि स्त्रीले समाजमा ल्याउने मूल्य पुरुषले ल्याउनेभन्दा कम छैन भनेर विश्‍वस्त हुन्छस्। तैँले यो अन्तर्ज्ञान र बुझाइ प्राप्त गरेपछि, भविष्यमा कार्य गर्दा यो तथ्यको आधारमा सही निर्णय र छनौट गर्नेछस्। अर्को शब्दमा भन्‍नुपर्दा, यदि तैँले कसैलाई काखी च्यापिनस् र कुनै लैङ्गिक पूर्वाग्रह राखिनस् भने, यस सन्दर्भमा तेरो मानवता अपेक्षाकृत सामान्य हुनेछ, अनि तैँले निष्पक्ष रूपमा काम गर्न सक्छस्। पुरुषलाई स्त्रीभन्दा श्रेष्ठ ठानिन्छ भन्‍ने अर्थका परम्परागत संस्कृतिका प्रतिबन्धहरूलाई हटाइनेछ, अबउसो तेरो विचार सीमित हुनेछैन अनि तँ उप्रान्त परम्परागत संस्कृतिको यो पक्षद्वारा प्रभावित हुनेछैनस्। समाजमा विचार वा प्रथाहरूको प्रचलन व्याप्त भए पनि, सङ्क्षेपमा भन्‍नुपर्दा तैँले यी प्रथाहरूलाई उछिनिसकेको हुनेछस् अनि तीद्वारा अब तँ सीमित र प्रभावित हुनेछैनस्, अनि तैँले तथ्य र सत्यताको सामना गर्न सक्छस्। अवश्य नै अझ त्योभन्दा राम्रो के हो भने, तैँले परमेश्‍वरको वचन र सत्यताको सिद्धान्तअनुसार मानिसहरू र कामकुरालई हेर्न, आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्छस्। परिणामस्वरूप, “पुरुष पुरुषार्थी र ओजस्वी हुनैपर्छ, जबकी स्त्री मुर्झाएको फूल हो” भन्‍नेजस्ता विचार र दृष्टिकोणको तेरो सन्दर्भमा कुनै अर्थ रहँदैन। त्यसोभए, के तेरो सोच र दृष्टिकोण मानवजातिमाझ अपेक्षाकृत वृद्धि भएका छन्? तुलना गरेर भन्‍नुपर्दा यो वृद्धि भएको छ। चाहे पुरुष होस् वा स्त्री, वृद्ध होस् वा जवान, सबैले तँकहाँ आए भने निष्पक्ष व्यवहार पाउन सक्छन्। फलस्वरूप, यसले मानिसहरूलाई हानी नगरेर सुधार गर्छ। यदि तँ अझै परम्परागत संस्कृतिको दृष्टिकोणमा झुण्डी बस्दै, “पुरातन समयदेखि नै पुरुषको हैसियत स्त्रीको भन्दा उच्च रहेको छ, अनि जीवनको हर पक्षमा स्त्रीभन्दा पुरुष नै धेरै विशिष्ट र प्रतिभावान् छ। त्यसैले, स्त्रीभन्दा पुरुष बलियो हुन्छ अनि समाजमा पुरुषको मूल्य स्त्रीको भन्दा धेरै छ भनेर भन्‍न सकिन्छ। यदि समाजमा पुरुषको मूल्य धेरै छ भने, उसको सामाजिक हैसियत पनि उच्च हुनुपर्दैन र? त्यसैले, समाजमा पुरुषले अन्तिम निर्णय गर्नुपर्छ र अधीन गर्ने स्तर ग्रहण गर्नुपर्छ, जबकि स्त्रीले पुरुषको कुरा सुन्‍नुपर्छ, अनि पुरुषको नियन्त्रणमा र शासनमा रहनुपर्छ” भनेर दाबी गर्छस् भने, यस्तो सोचाइ एकदमै पछौटे र पतित हो, अनि यो अलिकति पनि सत्यताको सिद्धान्तअनुरूप होइन। यदि तँसँग यस्तो विचार र दृष्टिकेण छ भने, तैँले स्त्रीलाई केवल भेदभाव गर्छस् र दमन गर्छस्, अनि तँ सामाजिक प्रचलनद्वारा निन्दित हुनेछस् र हटाइनेछस्। पुरुष र स्त्रीबीचको समानता सही दृष्टिकोण हो जसले विश्‍वभरि मान्यता पाइसकेको छ र यो पूर्णतया परमेश्‍वरको इच्छाअनुरूप छ। मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नुपर्छ, पुरुषलाई मान गर्नु हुँदैन, स्त्रीलाई तुच्छ ठान्‍नु हुँदैन, अनि स्त्रीको मूल्यलाई बेवास्ता गर्नु हुँदैन, न त उसको कार्य योग्यता र क्षमतालाई नै बेवास्ता गर्नु हुन्छ। यो पहिल्यै हरेक देशको सुसूचित जनसाधारणमाझको आधारभूत सहमति हो। यदि तेरो मुख्य विचार अझै पनि परम्परागत संस्कृतिद्वारा प्रभावित छ र तँलाई अझै पुरुष विशिष्ट हो, जबकि स्त्रीचाहिँ तुच्छ हो भन्‍ने लाग्छ भने, जब तँ कार्य गर्छस्, तब तेरो सोच र छनौट अघिबाटै पुरुषतर्फ ढल्किसकेको हुनेछ, र तैँले तुलनात्मक रूपमा पुरुषलाई बढी अवसर दिनेछस्। तँलाई यदि कतिपय पुरुषहरू स्त्रीभन्दा कम दक्ष छन् भने पनि, तिनीहरू अझै स्त्रीभन्दा बलिया हुन्छन् र स्त्री बराबरीमा आउन सक्दिन र पुरुषले हासिल गर्न सक्ने कुरा स्त्रीले हासिल गर्न सक्दिन भन्‍ने लाग्छ। यदि तँ यसरी सोच्छस् भने, तेरो दृष्टिकोण पूर्वाग्रही हुनेछ, फलस्वरूप तेरो सोच्ने तरिकाले गर्दा तेरो न्याय र अन्तिम निर्णय बाङ्गा हुन्छन्। उदाहरणका लागि, हामीले भर्खरै उल्लेख गरेको अग्निशामक कर्मचारी छनौटको सम्बन्धमा, तँ यसबारे जिल्ल पर्छस् र सोच्छस्, “के स्त्रीहरू लिस्नो चढ्न सक्छन्? स्त्रीले कति काम गर्न सक्छ? स्त्री फुर्तिलो हुनुको के काम? उसले कडा प्रशीक्षण पाएकी छे भने पनि, त्यसको केही काम छैन।” तर त्यसपछि तँ मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नेबारे सोच्छस्, त्यसैले अन्त्यमा तैँले दुई पुरुष र एक स्त्रीलाई छान्छस्। वास्तविकता के हो भने, तैँले यस मामिलामा एक स्त्रीलाई छानेर झारा टार्दै छस् र स्त्रीलाई शान्त पार्ने र उसको आत्मसम्मानलाई बचाउने देखावटी गर्दै छस्। यसरी कामकुरा गर्ने तरिका कस्तो लाग्छ? तैँले यसरी मानिसहरूलाई छनौट गर्छस् मात्र होइन, तर काम खटाउँदा स्त्रीलाई कम आँक्ने दृष्टिकोण पनि अपनाउँछन्, यहाँसम्म कि उसलाई तल्लो स्तरको र हल्काफुल्का काम गर्न लगाउँछस्। तँ अझै आफूमा मानवता छ र आफूले उसलाई प्राथमिकता दिएर र रक्षा गरेर स्त्रीको ख्याल गरिरहेको छु भन्‍ने सोच्छस्। वास्तविकता के हो भने, स्त्रीको दृष्टिकोणबाट हेर्दा, तैँले उसको आत्मसम्मानमा ठूलो चोट पुऱ्याएको हुन्छस्। तैँले कसरी यस्तो चोट पुऱ्याएको हुन्छस्? किनभने तँ स्त्री दुर्बल र असुरक्षित हुन्छ, स्त्री मुर्झाएको फूल हो तर पुरुष पुरुषार्थी हुन्छ, त्यसैले स्त्रीको रक्षा गर्नुपर्छ भन्‍ने सोच्छस्। यो विचार कसरी अस्तित्वमा आयो? के यो परम्परागत संस्कृतिको प्रभावले गर्दा आएको हो? (हो।) जड कारण यहीँ छ। तैँले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नेबारे जे भने पनि, यसलाई तेरो दृष्टिकोणबाट हेर्दा, तँ अझै परम्परागत संस्कृतिको “पुरुष महिलाभन्दा श्रेष्ठ हुन्छ” भन्‍ने यो विचारद्वारा जकडिएको र सीमित पारिएको छस् भनेर इन्कार गर्न मिल्दैन। तँ यो विचारबाट मुक्त भएको छैनस् भनेर तेरो कार्यबाट स्पष्टै देखिन्छ। के कुरा त्यसो हो? (हो।) यदि तँ यी जन्जिरहरूबाट मुक्त हुन चाहन्छस् भने, तैँले सत्यता खोज्नैपर्छ, यी विचारहरूको सारलाई पूर्ण रूपमा बुझ्नैपर्छ, अनि परम्परागत संस्कृतिका यी विचारहरूको प्रभाव वा नियन्त्रणमा कार्य गर्नु पटक्कै हुँदैन। तैँले ती सदाका लागि त्याग्‍नुपर्छ र छोड्नुपर्छ, अनि अबउसो परम्परागत संस्कृतिको विचार र दृष्टिकोणअनुसार मानिसहरू र कामकुरालाई हेर्नु हुँदैन अनि आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु हुँदैन, न त परम्परागत संस्कृतिको आधारमा कुनै निर्णय र छनौट नै गर्नु हुन्छ; बरु परमेश्‍वरको वचन र सत्यताको सिद्धान्तअनुसार मानिसहरू र कामकुरालाई हेर्, आफूलाई व्यवहारमा ढाल र कार्य गर्। यसरी, तँ सही मार्गमा हिँडिरहेको हुनेछस्, अनि तँ परमेश्‍वरद्वारा अनुमोदित सृष्टि गरिएको साँचो प्राणी बन्‍नेछस्। नत्र त, तँ अझै पनि शैतानद्वारा नियन्त्रित हुनेछस्, अनि शैतानको अधीनमा जिइरहनेछस्, र तँ परमेश्‍वरका वचनहरूमा जिउन सक्नेछैनस्: यस मामिलाका तथ्यहरू यीनै हुन्।

के अब तिमीहरू नैतिक आचरणसम्बन्धी “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” भन्‍ने यो भनाइको सारलाई बुझ्छौ? अनि के तिमीहरू यो भनाइलाई अघि सारिएको सामाजिक प्रसङ्गलाई पनि बुझ्छौ? (बुझ्छौँ।) पुरुषको सामाजिक हैसियत सुधार्न र उसलाई अझ धेरै अधिकार दिन ऊबाट अझ धेरै माग गर्नु, मानिसहरूको मनमा उसको छवि बनाउनु अनि त्यो छविलाई पुरुषार्थ र ओजस्वीपनमा ढाल्नु आवश्यक हुन्छ। मानिसहरूले भन्‍ने गरेको “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” भन्‍ने भनाइबाट मिल्ने छवि यही हो। नैतिक आचरणसम्बन्धी यो भनाइ अघि सार्ने नैतिकतावादीहरूले मानिसहरूलाई बताइरहेको कुराको एउटा पक्ष भनेको यो भनाइअनुसार जिउनेहरू वास्तविक पुरुषार्थी पुरुष हुन् भन्‍ने हो। भन्‍नुको अर्थ तिनीहरूले मानिसहरूलाई पुरुषको परिभाषा बताइरहेका छन्। अर्को पक्ष के हो भने तिनीहरू पुरुषले समाजमा आफ्नो राय अघि राख्नुपर्छ, आफू परम्परागत छैन भनेर देखाउनुपर्छ, आफ्नो सामाजिक हैसियतमा बलियो पकड बनाउनुपर्छ र सामाजिक मूलधारमा हैकम चलाउनुपर्छ भन्‍ने कुराको समर्थन गरिरहेका छन्। “पुरुष महिलाभन्दा श्रेष्ठ हुन्छ” भन्‍ने सोचाइ अहिलेसम्म विद्यमान छ। यस सन्दर्भमा केही देश वा जातिले सुधार गरे परे पनि, यस्तो सोचाइले अझै पनि अन्य धेरै देश र राष्ट्रमा महत्त्वपूर्ण ठाउँ ओगट्छ, जहाँ यसले अझै पनि राष्ट्र र सामाजिक प्रचलनहरूमा नियन्त्रण र प्रभुत्व जमाउँछ अनि समाजमा पुरुष र स्त्रीबीचको श्रम विभाजन, साथै तिनीहरूको सामाजिक हैसियत र सामाजिक मूल्यलाई नियन्त्रण गर्छ, अनि आजको दिनसम्म पनि त्यसमा खासै परिवर्तन भएको छैन। भन्‍नुको अर्थ, धेरै देश र राष्ट्रमा अझै पनि स्त्रीलाई भेदभाव र बहिष्कार गरिन्छ। यो साह्रै दुःखलाग्दो कुरा र संसारको सबैभन्दा ठूलो असमानता हो। स्त्रीलाई भेदभाव र बहिष्कार गरिन्छ कि गरिँदैन वा पुरुषको समान स्त्री छ कि छैन भन्‍ने वास्तविकता नै देश वा राष्ट्र प्रगतिशील छ कि पछौटे छ भनेर मापन गर्ने स्पष्ट मानक हो।

हामीले भर्खरै परमेश्‍वरद्वारा सृष्टि गरिएको पुरुष र स्त्रीलाई कसरी लिनुपर्छ र तिनीहरूप्रति कस्तो सही दृष्टिकोण राख्नुपर्छ भन्‍नेबारे सङ्गति गऱ्यौँ। पुरुष र स्त्री दुवैमा सामान्य मानवता, अनि सामान्य मानव विवेक र समझ हुन्छ—यी कुराहरू पुरुष र स्त्री दुवैमा हुन्छन्। लैङ्गिक भिन्‍नताबाहेक, पुरुष र स्त्री तिनीहरूको सोचाइ, नैसर्गिक प्रवृत्ति, विभिन्‍न मामिलाप्रति तिनीहरूको प्रतिक्रिया, तिनीहरूको क्षमता र योग्यता अनि अन्य पक्षहरूको सन्दर्भमा मूलतः समान हुन्छन्। तिनीहरूलाई ठ्याक्‍कै उस्तै हुन् भन्‍न त मिल्दैन, तर वास्तवमा तिनीहरू लगभग समान हुन्छन्। तिनीहरूको जीवन आचरण र जिउने नियम, साथै समाज, संसारको प्रचलन, मानिसहरू, घटना, परिस्थिति र परमेश्‍वरको सारा सृष्टिप्रति तिनीहरूको विचार, दृष्टिकोण र मनोवृत्ति, साथै केही निश्चित मामिलाप्रति तिनीहरूको प्रतिक्रिया अनि तिनीहरूको शारीरिक र मानसिक प्रतिक्रयाहरू समान हुन्छन्। किन यी कुरा समान हुन्छन्? किनभने पुरुष र स्त्री दुवै एकमात्र सृष्टिकर्ताद्वारा सृष्टि गरिएका हुन्, अनि तिनीहरूको जीवनको सास र स्वतन्त्र इच्छा, साथै तिनीहरूले गर्न सक्ने सबै विभिन्‍न क्रियाकलाप, तिनीहरूको जीवन तालिका इत्यादि सबै परमेश्‍वरबाट नै आउँछन्। यी घटनाहरूलाई विचार गर्दा, पुरुष र स्त्रीबीच लैङ्गिक भिन्‍नताबाहेक, साथै कतिपय फरक-फरक कुरा वा तिनीहरू अब्बल रहेका व्यावसायिक सीपहरूबाहेक कुनै असमानता छैन। उदाहरणका लागि, पुरुषले गर्न सक्ने धेरै कामहरू स्त्रीले पनि गर्न सक्छे। हामीसँग महिला वैज्ञानिक, पाइलट र अन्तरिक्ष यात्री अनि महिला राष्ट्रपति र सरकारी अधिकारीहरू पनि छन्, जुन कुराबाट पुरुष र स्त्रीले गर्न सक्ने कामहरू तिनीहरूको लैङ्गिक भिन्‍नताको बाबजुद लगभग समान हुन्छन् भनेर प्रमाणित हुन्छ। शारीरिक क्षमता र भावना पोखाउने सन्दर्भमा कुरा गर्नुपर्दा, पुरुष र महिला लगभग समान हुन्छन्। कुनै स्त्रीको आफन्तको मृत्यु हुँदा, ऊ मुटु छियाछिया पार्ने दुःखले गर्दा मरणासन्‍न हुनेगरि रुन्छे; पुरुषका आमाबुबा वा प्रेमिकाको मृत्यु हुँदा, ऊ वातावरण नै थर्किने गरी डाँको छोडेर रुन्छ; स्त्रीको विवाह टुट्दा, ऊ उदास, निराश र दुःखी हुन्छे, आत्महत्यासमेत गर्ली, जबकि पुरुष पनि पत्नीले छोडेर जाँदा निराश हुन्छ, र कतिपय त सिरकभित्र लुकेरसमेत रुन्छन्। तिनीहरू पुरुष हुनाले, यो कष्टबारे अरूसामु गुनासो गर्ने आँट गर्दैनन् र तिनीहरूले बाहिरी रूपमा बलियो भएको नाटक गर्नैपर्छ, तर वरपर कोही नभएको बेला, तिनीहरू सामान्य व्यक्तिसरह रुनेछन्। कतिपय निश्चित परिस्थितिहरू आइपर्दा, पुरुष र स्त्री आवश्यकताअनुसार भावुक बन्छन्, त्यसको अर्थ तिनीहरू रुनुपर्दा रुन्छन् वा हाँस्नुपर्दा हाँस्छन्। त्यसबाहेक, परमेश्‍वरको घरमा विभिन्‍न कर्तव्य र कार्य गर्ने कर्मचारीहरूमाझ स्त्रीहरूले बढुवा हुने, प्रशीक्षण पाउने र महत्त्वपूर्ण पदमा नियुक्ति पाउने अवसर पाउँछन्, अनि पुरुषहरूले पनि बढुवा हुने, प्रशीक्षण पाउने र महत्त्वपूर्ण पदमा नियुक्ति पाउने उस्तै अवसर पाउँछन्—यी अवसरहरू उस्तै र समान हुन्छन्। स्त्रीले आफ्नो दैनिक जीवन र कर्तव्य निर्वाहमा प्रकट गर्ने विभिन्‍न भ्रष्टताहरू पुरुषले प्रकट गर्नेभन्दा फरक हुँदैनन्। स्त्रीहरूमाझ मण्डलीको काममा बाधा र व्यवधान ल्याउने दुष्कर्मी र ख्रीष्टविरोधीहरूसमेत हुन्छन्—के पुरुषहरूमाझ पनि त्यही हुँदैन र? किनभने मानिसहरूको भ्रष्ट स्वभाव उस्तै छन्। यदि तिनीहरू खराब काम गर्ने, मण्डलीको काममा बाधा र व्यवधान ल्याउने अनि आफनो स्वतन्त्र राज्य स्थापित गर्न खोज्ने दुष्ट मानिस हुन् भने, के तिनीहरूलाई हटाइँदा पुरुष र स्त्रीबीच कुनै भिन्‍नता छुट्याइन्छ र? अहँ, तिनीहरू सबैलाई समान तरिकामा हटाइनेछ। के हटाइनेहरूमध्ये स्त्रीभन्दा पुरुष धेरै हुन्छन् भन्‍ने तिमीहरूलाई लाग्छ? लगभग दुवै बराबर हुन्छन्। खराबी गर्ने, बाधा र व्यवधान ल्याउने, अनि ख्रीष्टविरोधीमा गनिने र दुष्ट मानिसहरू चाहे पुरुष होऊन् वा स्त्री, तिनीहरू सबैलाई हटाउनैपर्छ। कतिपय मानिसहरू भन्छन्: “स्त्रीले बाधा र व्यवधान ल्याउने कामकुरा गर्न सक्दैन, स्त्रीले यस्ता कुरा गर्नु साह्रै लाजमर्दो हुनेछ, स्त्रीले आफ्नो मर्यादा राख्नेबारे अझ धेरै चासो राख्नैपर्छ! छुद्र स्त्रीले कसरी यस्तो ठूलो खराबी गर्न सक्छ? उसले त्यो गर्न सक्दैन, उसलाई पश्चात्ताप गर्ने मौका दिनुपर्छ। पुरुष निर्भीक हुन्छ, ऊ खराब कुरा गर्न जन्मेको हुन्छ, ऊ ख्रीष्टविरोधी बन्‍न र खराबी गर्न जन्मेको हुन्छ। उसले अलि खराबी गरे पनि र हामीले परिस्थितिहरू स्पष्टसित नबुझे पनि, उसलाई निष्कासन गर्नुपर्छ।” के परमेश्‍वरको घरले यो गर्छ? (गर्दैन।) परमेश्‍वरको घरले यो गर्दैन। परमेश्‍वरको घरले सिद्धान्तको आधारमा मानिसहरूलाई हटाउँछ। यसले पुरुष र स्त्री छुट्याउँदैन, अनि स्त्री वा पुरुषको मर्यादा जोगाउनुसँग सरोकार राख्दैन्, तर तिनीहरूलाई निष्पक्ष व्यवहार गर्छ। यदि तँ खराबी गरिसकेको पुरुष होस् र तैँले हटाइने र निष्कासित हुने सिद्धान्तहरू पूरा गर्छस् भने, परमेश्‍वरको घरले तँलाई सिद्धान्तअनुसार हटाउनेछ; यदि तँ बाधा र व्यवधान ल्याइसकेको स्त्री होस् र तँ दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी होस् भने, तँलाई पनि त्यसरी नै हटाइनेछ वा निष्कासित गरिनेछ अनि तँलाई तँ स्त्री होस् अनि तँ रुन्छस् वा आँशु झार्छस् भन्दैमा छुट दिइनेछैन। परमेश्‍वरको घरले परिस्थितिलाई सिद्धान्तअनुसार सम्हाल्नैपर्छ। महिला विश्‍वासीहरू आशिषको पछि लाग्छन् अनि आशिष पाउने चाहना र अभिप्राय राख्छन्। अनि के पुरुषमा पनि त्यो हुन्छ? हो, त्यसरी नै पुरुषमा पनि त्यो हुन्छ, पुरुषमा आशिष पाउने महत्त्वाकाङ्क्षा र चाहना स्त्रीमा भन्दा कम हुँदैन। स्त्री वा पुरुष कसले चाहिँ परमेश्‍वरलाई अधिक गम्भिर रूपमा प्रतिरोध गर्छ? त्यो समान हुन्छ। कतिपयले यसो भन्‍नेछन्: “अब बल्ल मैले सत्यता बुझेँ, पुरुष र स्त्री समान रूपले भ्रष्ट रहेछन्! म सोच्ने गर्थेँ, पुरुष पुरुषार्थी र ओजस्वी हुन्छ अनि उसले आफूलाई भलादमी बनाउनैपर्छ अनि सबै कुरा न्यायपूर्ण र आदरणीय ढङ्गमा अनि खुलस्तसित गर्नैपर्छ, स्त्रीजस्तो हुनु हुँदैन जो धेरैजसो सङ्कुचित मनको, ससाना कुरामा नाटीकुटी गरिरहने, मानिसहरूको पिठ्यूँपछाडि निन्दोचर्चो गर्ने र खुलस्तसित कार्य नगर्ने हुन्छ। तर केही खराब मानिसहरूमध्ये धेरै त पुरुष हुन्छन् अनि तिनीहरूले गर्ने खराब कुरा झनै ठूला र धेरै हुन्छन् भनेर मैले विचार गरेको थिइनँ।” अब तँ यी मामिलालाई बुझ्छस्। सङ्क्षेपमा भन्‍नुपर्दा, चाहे पुरुष होस् वा स्त्री, सबैको भ्रष्ट स्वभाव उस्तै हुन्छ, केवल मानिसहरूको मानवता मात्र फरक हुन्छ—पुरुष र स्त्रीलाई हेर्ने एकमात्र निष्पक्ष तरिका यही हो। के यो दृष्टिकोणमा कुनै पूर्वाग्रह छ? (छैन।) के यो पुरुष स्त्रीभन्दा श्रेष्ठ हुन्छ भन्‍ने विचारद्वारा प्रभावित छ? (छैन।) यो यी कुराहरूद्वारा पटक्‍कै प्रभावित छैन। कुनै व्यक्ति असल छ कि खराब छ भनेर मापन गर्नका लागि पहिला ऊ पुरुष हो कि स्त्री हो भनेर हेर्नु हुँदैन तर तिनीहरूको मानवतालाई हेर्नुपर्छ, त्यसपछि सबै विभिन्‍न पक्षमा तिनीहरूले प्रकट गर्ने भ्रष्ट स्वभावको आधारमा तिनीहरूको सारलाई मूल्याङ्कन गर्नुपर्छ—मानिसहरूलाई हेर्ने सही तरिका यही हो।

हामीले यसलाई अघि सङ्गति गरेको घटनाबाट हेर्दा, लैङ्गिक भिन्‍नताबाहेक चाहे तिनीहरूको नैसर्गिक प्रवृत्तिको प्रकटमा होस् वा विभिन्‍न भ्रष्ट स्वभावको प्रकटमा वा तिनीहरूको प्रकृति र सारमा, पुरुष र स्त्रीबीच कुनै भिन्‍नता हुँदैन। मानिसहरूको शारीरिक सार र स्वभाव, साथै परमेश्‍वरले तिनीहरूलाई सृष्टि गर्नुहुँदा दिएको नैसर्गिक प्रवृत्ति, इच्छाशक्ति र स्वतन्त्र इच्छाको सन्दर्भमा, मानिसहरूबीच कुनै भिन्‍नता हुँदैन। तसर्थ, मानिसहरूले पुरुष र स्त्रीलाई उनीहरूको रूपको आधारमा हेर्नु हुँदैन, झन् यो संसारले मानिसहरूलाई सिकाउने परम्परागत संस्कृतिको विचारको आधारमा हेर्नु त परको कुरा हो, बरु परमेश्‍वरको वचनको आधारमा हेर्नुपर्छ। किन उनीहरूलाई परम्परागत संस्कृतिको विचार र दृष्टिकोणको आधारमा हेर्नु हुँदैन? कतिपय मानिसहरू यसो भन्छन्: “मानव इतिहासको हजार वर्षभरि, पुस्तकहरूमा एकदमै धेरै दाबीहरू गरिएका र लेखिएका छन्। के मानवजातिका कुनै पनि दृष्टिकोण र भनाइहरू सही छैनन्? के तिनमा सत्यता पटक्‍कै छैन?” कुन अर्थमा यी शब्दहरू निरर्थक छन्? मानवजाति सृष्टि गरिएको प्राणीमा गनिन्छन्, तिनीहरूलाई हजार वर्षदेखि शैतानले भ्रष्ट तुल्याउँदै आएको छ, अनि तिनीहरू शैतानी स्वभावले भरिएका छन्, जसले गर्दा मानव समाजमा यस्तो अन्धकार र दुष्टता छाएको छ। कसैले पनि जड कारणलाई स्पष्टसँग देख्न, वा शैतानलाई बुझ्न, वा साँचो अर्थमा परमेश्‍वरलाई जान्‍न सक्दैन। त्यसैले, भ्रष्ट मानवजातिको दृष्टिकोण सत्यतासँग मेल खाँदैन, अनि सृष्टिकर्तालाई मात्र यसबारे थाहा छ। यो सत्य तथ्य हो। परमेश्‍वरको वचनबाट मात्र सत्यता प्राप्त गर्न सकिन्छ, जबकि मानव संसारको संस्कृति शैतानको भ्रष्टताबाट उत्पन्‍न हुन्छ। मानिसहरूले परमेश्‍वरको कार्य कहिल्यै अनुभव गरेका छैनन्, र कसैले पनि परमेश्‍वरलाई जान्‍न सक्दैन, त्यसैले मानवजातिको परम्परागत संस्कृतिमा सत्यता उत्पन्‍न गर्नु असम्भव छ, किनभने सबै सत्यता परमेश्‍वरबाट आउँछन् र ख्रीष्टद्वारा व्यक्त गरिन्छन्। शैतानद्वारा भ्रष्ट तुल्याइएकोले सबै मानवजातिसँग शैतानी प्रकृति र स्वभाव छन्। तिनीहरू सबै सेलेब्रिटी र महान् व्यक्तित्वहरूको पूजा गर्छन्, अनि सबैले शैतानलाई पछ्याउँछन्। मानवजातिले आफ्नै अव्यक्त मनसाय र उद्देश्यहरू राखेर परिस्थितिलाई हेर्छन् वा व्याख्या गर्छन्। यी मनसाय र उद्देश्य जसका लागि भए पनि वा अभिप्राय राखिएको उद्देश्य जे भए पनि, ती सबै भ्रष्ट स्वभावद्वारा नियन्त्रित हुन्छन्। तसर्थ, भ्रष्ट मानवले परिभाषित गर्ने कुरा र तिनीहरूले समर्थन गर्ने विचार पक्‍कै पनि शैतानको धूर्त चालद्वारा प्रभावित भएको हुनुपर्छ। यो त यसको एक पक्ष हो। अर्को पक्ष भनेको वस्तुगत दृष्टिकोणबाट हेर्दा, मानिसहरू जति नै योग्य भए पनि, सृष्टि गरिएको मानवजातिको कार्य, नैसर्गिक प्रवृत्ति र सारलाई कसैले बुझ्दैन भन्‍ने हो। मानवजातिलाई कुनै व्यक्ति, तथाकथित महान् व्यक्तित्वहरू, दियाबल राजा शैतान वा दुष्ट आत्माहरूले सृष्टि नगर्ने हुनाले, मानवले मानिसहरूको नैसर्गिक प्रवृत्ति, कार्य र सारलाई पटक्‍कै बुझ्दैन। त्यसोभए, कसले चाहिँ मानिसहरूको नैसर्गिक प्रवृत्ति, कार्य र सारलाई सबैभन्दा राम्ररी जान्दछ? सृष्टिकर्ताले मात्र सबैभन्दा राम्ररी जान्‍नुहुन्छ। जसले मानवजातिलाई सृष्टि गर्नुभएको हो उहाँले नै तिनीहरूको कार्य, नैसर्गिक प्रवृत्ति र सारलाई सबैभन्दा राम्ररी जान्‍नुहुन्छ, र अवश्य नै उहाँ मावजातिलाई परिभाषित गर्न अनि पुरुष वा स्त्रीको मूल्य, पहिचान र सारलाई निर्धारण गर्न सबैभन्दा योग्य हुनुहुन्छ। के यो वस्तुगत तथ्य होइन र? (हो।) परमेश्‍वरले मानवजाति सृष्टि गर्न प्रयोग गर्ने कुरा, उहाँले मानिसहरू सृष्टि गर्दा तिनीहरूलाई दिने नैसर्गिक प्रवृत्ति, तिनीहरूको शरीरको कार्य र नियम, तिनीहरूले गर्ने उपयुक्त वा अनुपयुक्त कुरा, अनि तिनीहरूको जीवनकालसमेत—यी सबै परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छन्। परमेश्‍वरले मात्र आफूले सृष्टि गरेको मानवजातिलाई सबैभन्दा राम्ररी बुझ्नुहुन्छ, अनि अरू कसैले सृष्टि गरिएको मानवजातिलाई अझ बढी बुझ्न सक्दैन। के यो तथ्य होइन र? (हो।) तसर्थ, मानवजातिलाइ परिभाषित गर्न अनि पुरुष वा स्त्रीको पहिचान, हैसियत, मूल्य र कार्य, साथै मानिसहरू हिँड्नुपर्ने सही मार्ग निर्धारण गर्न परमेश्‍वर सबैभन्दा योग्य हुनुहुन्छ। आफूले सृष्टि गरेको मानवजातिलाई के आवश्यकता छ, तिनीहरूले के प्राप्त गर्न सक्छन्, र तिनीहरूको क्षमताभित्र के छ भन्‍ने कुरा परमेश्‍वरलाई सबैभन्दा राम्ररी थाहा हुन्छ। अर्को दृष्टिकोणबाट हेर्दा, सृष्टि गरिएको मानवजातिलाई सबैभन्दा बढी चाहिने कुरा भनेको परमेश्‍वरद्वारा व्यक्त वचनहरू हुन्। परमेश्‍वरले मात्र मानवजातिलाई व्यक्तिगत तवरमा डोऱ्याउन, भरणपोषण गर्न र हेरचाह गर्न सक्नुहुन्छ। परमेश्‍वरबाट नआउने भ्रष्ट मानवजातिका ती सबै भनाइहरू छली हुन्छन्, विशेष गरी परम्परागत संस्कृतिका ती भनाइहरू जुन सबैले मानिसहरूलाई भ्रमित, उदासीन र सीमित पार्छन्, र जसले अवश्य नै एक प्रकारको रोकावट र नियन्त्रणको रूपमा काम गर्छन्। अर्को पनि एउटा पक्ष छ, त्यो के हो भने परमेश्‍वरले मानव सृष्टि गर्नुभयो, अनि मानवजातिका लागि परमेश्‍वरको सबैभन्दा ठूलो चासो भनेको तिनीहरू जीवनको सही मार्गमा हिँड्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। जबकि समाज, राष्ट्र र देशहरूले निम्न वर्गका मानिसहरूको जीवनको चासो नराखी शासकवर्गको हित र राजनैतिक शासनको स्थायित्वलाई मात्र ख्याल गर्छन्। परिणामस्वरूप, यसले गर्दा केही चरम र लथालिङ्ग परिस्थितिहरू आइपर्छन्। तिनले मानिसहरूलाई उनीहरू मूल्यवान् र स्वच्छ जीवन जिउन सकून् अनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू पालन गर्न सकून् भन्‍ने हेतुले सही मार्गमा डोऱ्याउँदैनन्, बरु आफ्नै शासन, आफ्नै करियर अनि आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूको खातिर मानिसहरूको शोषण गर्छन्। तिनीहरूले जुनै दाबी, वा जुनै विचार र दृष्टिकोण अघि सारे पनि, यो सबको उद्देश्य मानिसहरूलाई धोका दिनु, तिनीहरूको विचारलाई सीमित पार्नु र मानवजातिलाई नियन्त्रण गर्नु हो, ताकि मानिसहरूले तिनीहरूको सेवा गरून् र मानिसहरू तिनीहरूप्रति वफादार होऊन्। तिनीहरू मानवजातिको भविष्य वा सम्भावनाहरूको ख्याल गर्दैनन्, न त मानवजाति कसरी अझ राम्ररी बाँच्न सक्छन् भनेर नै ख्याल गर्छन्। तर जहाँसम्म परमेश्‍वरले गर्ने कुरा उहाँको योजनाअनुसार हुन्छ, तबसम्म परमेश्‍वर जे गर्नुहुन्छ त्यो पूर्णतया फरक हुन्छ। उहाँले मानवजाति सृष्टि गर्नुभएपछि तिनीहरूले आफूलाई व्यवहारमा ढालून् भन्न हेतु तिनीहरूलाई अझ धेरै सत्यता र सिद्धान्त बुझ्न मार्गदर्शन गर्नुहुन्छ, अनि शैतानले मानवजातिलाई भ्रष्ट तुल्याएको वास्तविकता स्पष्टसँग देख्न लगाउनुहुन्छ। यस आधारमा, परमेश्‍वरले मानिसहरूलाई सिकाउन र अर्ती दिन प्रयोग गर्ने सत्यताका यी सिद्धान्तहरूअनुसार तिनीहरू जीवनको सही मार्गमा हिँड्न सक्छन्।

परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी यी नियम र प्रथाहरूको क्षेत्र एकदमै फराकिलो छ र तिनले मानिसहरूको सोचाइलाई हर पक्षमा प्रभावित गर्छन्, तिनीहरूको सोचाइलाई भ्रमित र सीमित पार्छन्। आज हामीले सङ्गति गरेको कुरा लैङ्गिकतसम्बन्धी परम्परागत संस्कृतिका केही निरर्थक र भ्रामक भनाइ अनि दृष्टिकोणहरू हुन्, जसले लैङ्गिकताबारे मानिसहरूको सही दृष्टिकोणलाई निकै हदसम्म प्रभाव पारेका छन्, अनि पुरुष र स्त्रीलाई एकदमै धेरै विघ्नबाधा, बन्धन, नियन्त्रण, भेदभाव इत्यादि कुरामा पारेका छन्। यी सबै मानिसहरूले देख्न सक्ने तथ्य हुन्, अनि ती परम्परागत संस्कृतिले मानिसहरूमाथि ल्याउने प्रभाव र नतिजा पनि हुन्।

मे १४, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (१०)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (१२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्