प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू—अध्याय ३

विजयी राजा उहाँको महिमित सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले छुटकारा पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन डोऱ्याउनुभएको छ। अस्तित्वमा रहेका सबैथोक उहाँका हातमा राखिन्छन, र उहाँले आफ्नो ईश्‍वरीय बुद्धि र शक्तिले सियोन निर्माण गर्नुभएको छ र त्यसलाई सुद्रिध पार्नुभएको छ। उहाँ आफ्नो प्रतापले पापी संसारको न्याय गर्नुहुन्छ, असङ्ख्य राष्ट्र र मानिसलाई, पृथ्वी र समुद्र र तिनमा भएका सबै जीवित प्राणीलाई, साथसाथै व्यभिचारको मद्यले मातेकाहरू सबैलाई न्याय गर्नुहुन्छ। परमेश्‍वरले अवश्यै न्याय गर्नुहुनेछ; परमेश्वर अवश्यै तिनीहरूसित रिसाउनुहुनेछ र उहाँको प्रताप प्रकट गर्नुहुनेछ, ढिलाइ नगरी फैसला सुनाउनुहुनेछ। उहाँको क्रोधको आगोले निश्चय नै तिनीहरूका घोर पापहरू भस्म पार्नेछ र तिनीहरूमाथि कुनै पनि क्षण अवश्यै विपत्ति आइपर्नेछ; तिनीहरूलाई उम्कने कुनै उपाय थाहा हुनेछैन र तिनीहरूसँग लुक्ने ठाउँ पनि हुनेछैन, तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्, र तिनीहरूले आफैमाथि विनाश ल्याउनेछन्।

परमेश्‍वरका प्रिय छोराहरू, जो बिजयी भएका छन्, तिनीहरू निश्चय नै सियोनमा रहनेछन्, र त्यहाँबाट कहिल्यै बिदा हुनेछैनन्। परमेश्वरका चुनिएका असङ्ख्य मानिस सबैले उहाँको आवाज ध्यानपूर्वक सुन्नेछन्, तिनीहरूले ध्यानपूर्वक उहाँका कार्यहरू नियाल्नेछन्, र प्रशंसाको आवाज कहिल्यै बन्द हुनेछैन। एक साँचो परमेश्‍वर देखा पर्नुभएको छ! हामी आत्मामा उहाँबारे निश्चित हुनेछौं र उहाँलाई नजिकबाट पछ्याउनेछौं; हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर अगाडि बढ्नेछौं र उप्रान्त कुनै सङ्कोच मान्नेछैनौं। संसारको अन्त्य हाम्रो अगाडि प्रकट हुँदैछ; एउटा उचित मण्डली साथसाथै मानिसहरू, मामिलाहरू र हाम्रा वरिपरिका थोकहरूले पनि हाम्रो तालिमलाई अझ तीव्र बनाइरहेका छन्। हामी हाम्रो हृदयलाई फिर्ता लिन हतार गरौं जसले संसारलाई धेरै प्रेम गर्दछ! हामी हाम्रो दर्शनलाई फिर्ता लिन हतार गरौं, जुन अति अस्पष्ट छ। हामी हाम्रा पाइलाहरूमा रहौं, ताकि हामीले सीमाहरू ननाघेका होऔं। हामी आफ्ना मुखहरूलाई बन्द गरौं, ताकि हामी परमेश्‍वरको वचनमा हिँड्न सकौं, र उप्रान्त हाम्रा आफ्नै लाभहरू र हानिहरूको प्रतिस्पर्धा नगरौं। अहो, यसलाई छोडिदेओ, बाहिरी संसार र धनको लागि तिमीहरूको लालच! हो, आफैलाई यसबाट स्वतन्त्र बनाओ—तिमीहरूका पति, छोरीहरू र छोराहरूप्रतिको टाँसिरहने बन्धन! आह, तिनीहरूलाई पिठ्यूँ फर्काइदेओ—तिमीहरूका दृष्टिकोणहरू र पूर्वाग्रहहरू! अँ, बिउँझ; समय छोटो छ! आत्मा भित्रबाट माथि हेर, माथि हेर, अनि परमेश्‍वरको हातमा सबै कुरा सुम्‍प। जे भए पनि, लोतकी अर्की पत्नी नबन। पन्छ्याइएको हुनु कति दुःखलाग्दो कुरा हुन्छ! साँच्चै दुःखलाग्दो! अँ, बिउँझ!

अघिल्लो: प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू—अध्याय २

अर्को: प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू—अध्याय ५

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्