416 साँचो प्रार्थना
पद १
साँचो प्रार्थना हृदयको कुरा परमेश्वरलाई भन्नु,
उहाँको इच्छा बुझ्दै, वचनद्वारा उहाँसँग
सङ्गति गर्नु, उहाँ नजिकै हुनुभएको आभास गर्नु,
उहाँलाई केही भन्नु छ भनी आभास गर्नु हो।
कोरस १
हृदय उज्यालो भएको, उहाँ प्रेमिलो हुनुभएको,
तिमी प्रेरित भएको आभास गर्छौ।
हृदय ज्योतिले भरिएको, उहाँ प्रेमिलो हुनुभएको,
तिमी प्रेरित भएको आभास गर्छौ,
कोरस २
तिम्रो कुरा सुनी अरूले सन्तुष्टि पाउँछन्।
तिमीले बोल्ने शब्द तिनको हृदयको शब्दका
विकल्प हुन् भनी झैँ महसुस गर्नेछन्।
साँचो प्रार्थना भनेको यही हो।
पद २
साँचो प्रार्थनामा हृदय शान्त, कृतज्ञ हुन्छ
र उहाँलाई प्रेम गर्ने शक्ति बढ्न सक्छ,
उहाँलाई प्रेम गर्नु सबभन्दा मूल्यवान भनी जान्नेछौ।
यसले प्रार्थना प्रभावकारी भएको देखाउँछ।
कोरस ३
प्रार्थना कार्यविधि पछ्याउनु, वचनको पाठ वा
अरूको नक्कल गर्नु होइन। प्रार्थनामा,
उहाँलाई दिन, उत्प्रेरित गरिन, हृदय
खुला राख्न सक्नुपर्छ।
पद ३
प्रार्थना प्रभावकारी हुन, त्यो उहाँका
वचनको पठनमा आधारित हुनैपर्छ।
वचन भित्रबाट प्रार्थना गरेर मात्र, व्यक्तिले
अझ महान् अन्तर्दृष्टि, ज्योति पाउन सक्छ।
कोरस ४
साँचो प्रार्थनाका अभिव्यक्ति यी हुन्:
परमेश्वरका सबै मागको तृष्णा गर्ने र
उहाँको माग पूरा गर्न चाहने हृदय हुनु;
उहाँद्वारा घृणित कुरा घृणा गर्नु,
कोरस ५
यो जगमा टेक्दै, यसबारे बुझाइ पाउनु,
उहाँले भन्नुभएका सत्यताबारे ज्ञान, स्पष्टता हुनु।
सङ्कल्प, विश्वास, ज्ञान र प्रार्थना
अभ्यास गर्ने मार्ग हुँदा मात्र
त्यसलाई साँचो प्रार्थना भन्न सकिन्छ,
त्यो मात्र प्रभावकारी हुन सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “प्रार्थनाको अभ्यासको सम्बन्धमा” बाट परिमार्जित