लापरवाहीपन पछाडिको सत्यता

25 फेब्रुअरी 2023

गत अक्टोबर हामीले एउटा भिडियो बनाउने काम सक्यौँ। हामीले यसमा धेरै मेहनत लगाएका, र धेरै समय र शक्ति खर्च गरेका थियौँ, तर अचम्‍मको कुरो, अगुवाले जाँच गरेर विस्तृत रूपमा धेरै समस्याहरू औँल्याए। उनले भिडियोको स्पेसल इफेक्ट्स् राम्ररी गरिएको छैन, अघिल्‍ला भिडियोहरूभन्दा सुधार गरी बनाइएको छैन, र यसमा पुनः काम गर्नुपर्छ भनेर भने। यो सुनेपछि, म छक्‍क परेँ। त्यस्ता ठूला समस्याहरू हुनेछन् भनेर मैले कहिल्यै सोचेको थिइनँ। के त्यसको अर्थ हाम्रा सबै प्रयास र स्रोतसाधन व्यर्थ भए? यो त ठूलो स्रोतसाधन खेर गएजस्तो लाग्यो।

मलाई के गर्ने, के गर्ने भयो। त्यो परिस्थितिबाट कसरी पार पाउने, वा मैले कस्तो पाठ सिक्‍ने मलाई थाहै थिएन। मैले सोचेँ, यो भिडियोले धेरै चरणको इडिटिङ पार गरेको छ, त्यो अवधिमा अगुवाले यो भिडियो हेरेका थिए, तर कहिल्यै पनि यी समस्याहरू उनले उल्‍लेख गरेनन्। मलाई ममा क्षमताको कमी भएकोले, त्यस्ता समस्याहरू नदेख्‍नु मेरो लागि सामान्य कुरा हो। तर मैले यसबारेमा विचार गरिरहेँ, र यसबारेमा केही त गडबड छ जस्तो लाग्यो। के ममा क्षमताको कमी भएकोले मात्रै त्यस्ता ठूला समस्याहरू पैदा भएका थिए? मैले आफ्‍नो कर्तव्य यति नराम्ररी गरिरहेको थिएँ; यो समस्याको कारण के थियो? त्यसपछि मलाई अगुवाले पहिले भनेको एउटा कुरा याद आयो, उनले अवधारणा र वहावको लागि मात्रै भिडियो चेक गरेको हुँ, तर यसमा समस्याहरू छैनन् भन्‍नेचाहिँ होइन भनेर भनेका थिए। उनले हामीलाई यसबारेमा विस्तृत रूपमा विचार गर्नू, यसको पूर्ण जाँच गर्नू, र समस्या भेटेमा त्यसलाई समाधान गर्नू भनेर बताएका थिए। तर मैले त्यसो गरिनँ। मलाई अगुवाले भिडियो हरेका छन्, त्यसकारण यो ठीकै छ भन्‍ने लाग्यो, अनि प्रोडक्शनको बेला मैले यसलाई होसियारीसाथ पुनरावलोकन गरिनँ, यसबारेमा त्यति ध्यान दिइनँ। मेरो मनोवृति पूर्ण रूपमा लापरवाही र निस्फिक्री खालको थियो। अनि समस्याहरू देखा पर्दा, मैले अगुवाले पहिल्यै जाँच गरिसकेको हो भनेर भनेँ। के म जिम्‍मेवारीबाट पछि हटिरहेको थिइनँ र? मैले अत्यन्तै अनुचित काम गरेँ। त्यसपछि मैले यसबाट पक्‍कै पनि एउटा पाठ सिक्‍नुपर्छ भन्‍ने सोचेँ, त्यसकारण आफूलाई चिन्‍न अगुवाइ गर्नुहोस् भन्दै परमेश्‍वरलाई प्रार्थना र खोजी गरेँ।

केही दिनपछि, मसँग काम गर्ने सिस्टरले एउटा पूरा गरिएको भिडियो सँगै बसेर जाँच गरौँ भनेर भनिन्। मैले जाँच गर्दा देखेका केही समस्याहरू बताएँ, तर उनले भनिन्, अगुवाले भिडियो हेरिसकेका छन्, र उनलाई अवधारणा मन पर्‍यो, र हामीले यसलाई तुरुन्तै पूरा गर्नुपर्छ भनेर भनेका छन्। यसलाई परिमार्जन गर्नको लागि मसँग केही सुझाव थिए, तर अगुवाले यो भिडियो हेरिसकेका छन् र उनलाई यो मन पर्‍यो भनेर भनेका छन् भन्‍ने सुनेपछि मैले त्यो सुझाव दिने आँट गरिनँ। मलाई डर लाग्‍यो, मेरो मूल्याङ्कन अलिक नमिलेको छ, र हामीले केही परिवर्तनहरू गर्‍यौँ भने त्यो गलत होला, र मैले बाधा मात्र दिइरहेको हुँला। तर भिडियोमा साँच्‍चै नै केही समस्याहरू छन् भन्‍ने देखेको थिएँ, त्यसैले, मैले अर्को ब्रदरलाई भिडियो हेर्न लगाएँ, र उनले पनि मसँग सहमति जनाए। मलाई यो कुरा फेरि उठाउनुपर्छ भन्‍ने लाग्यो। तर त्यसपछि मैले सोचेँ, यदि मैले संशोधन गरेँ र मैले गरेको संशोधन समस्यापूर्ण भयो भने, र त्यसपछि यो कसले गरेको हो भनेर अगुवाले सोधे भने, के यो मेरो जिम्‍मेवारी हुनेछैन र? के मलाई निराकरण गरिनेछैन र? यदि हामी गएर अगुवालाई सोध्यौँ, र यो ठीकै छ भनेर उनले भने भने, यसलाई थप परिमार्जन गर्नु पर्दैन। त्यसो गर्दा दुःख पनि गर्नु पर्दैन, र हामी यो समस्यामा अल्झिरहनु पनि पर्दैन। त्यसकारण मेरो सहकर्मी सिस्टरलाई मैले हामीले यसबारेमा अगुवालाई सोध्‍नुपर्छ, यसले हाम्रो मनमा सहज हुन्छ भनेर सुझाव दिएँ। तर ती शब्‍दहरू मेरो मुखबाट निस्कनेबित्तिकै, मलाई केही कुरा गलत छ भन्‍ने लाग्यो। यो परिस्थिति मेरो लागि अत्यन्तै परिचित थियो, अर्थात्, फरक विचार सुन्‍नेबित्तिकै म सधैँ एउटै प्रतिक्रिया दिन्थेँ: अगुवालाई सोध्‍नु र निर्णय गर्न लगाउनू। यदि अगुवाले अनुमोदन गरे भने, हामीले यसबारेमा चिन्ता गर्नुपर्दैनथ्यो र अघि बढ्न सकिन्थ्यो; नत्र, उनले त्यसमा समस्याहरू छन् भनेर भनेमा, हामीले केही परिमार्जन गर्नेथ्यौँ। हामीले सधैँ त्यसै गर्ने गर्थ्यौँ। वास्तवमा, हामी भिडियोसम्‍बन्धी सिद्धान्त र मापदण्डहरूप्रति परिचित थिएनौँ भन्‍ने होइन। हामीले यस्ता समस्याहरूको लागि सत्यताको खोजी गरेर सिद्धान्तहरूअनुसार काम गर्न सक्थ्यौँ, र अगुवाले उनको जाँच त भिडियोको समग्र जाँच मात्रै हो, तर हामीले हरेक सानातिना समस्याहरूलाई जाँच गरेर समाधान गर्नुपर्छ भनेर स्पष्ट पारेका थिए। त्यो त मलाई जिम्‍मा दिइएको काम थियो, र यो मेरो काम थियो। त्यसकारण मैले किन यसमा आफ्‍नो मन लगाइरहेको थिइनँ? समस्याहरू वा फरक विचार आउँदा, म सहमतिमा पुग्‍न दाजुभाइ-दिदीबहिनीहरूसँग सिद्धान्तहरूको खोजी गरेर जिम्‍मेवार व्यक्ति बनिरहेको थिइनँ, तर मैले यो काम अगुवालाई सुम्पिरहेको थिएँ, र आफ्‍नो कर्तव्य पूरा गरिरहेको थिइनँ। त्यसपछि मलाई परमेश्‍वरका केही वचनहरू याद आयो: “कतिपय मानिसहरू सधैँ आफ्‍नो कर्तव्यमा अत्यन्तै निष्क्रिय बन्छन्, सधैँ बसिरहन्छन् र अरूमा भर पर्दै प्रतीक्षा गरिरहन्छन्। यो कस्तो मनोवृत्ति हो? यो गैरजिम्‍मेवारपूर्ण मनोवृत्ति हो।…तँ धर्मसिद्धान्तका अक्षर र शब्‍दहरू मात्रै प्रचार गर्छस् र राम्रो सुनिने कुराहरू मात्रै भन्छस्, तर कुनै व्यावहारिक काम गर्दैनस्। यदि तँ आफ्‍नो कर्तव्य निभाउन चाहँदैनस् भने, तैँले राजीनामा दिनुपर्छ। पद लिएर केही नगरी बस्‍ने नगर्। के त्यसो गर्नु परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु र मण्डलीको काम खस्काउनु होइन र? तेरो बोलीवचनअनुसार त, तैँले हरकिसिमका धर्मसिद्धान्त बुझेको जस्तो देखिन्छ, तर तँलाई कर्तव्य निभाउन लगाइयो भने, तँ लापरवाही र झाराटारुवा बन्छस्, अलिकति पनि निष्ठा देखाउँदैनस्। के आफूलाई परमेश्‍वरमा अर्पित गर्नु भनेको त्यही हो? परमेश्‍वरप्रति तँसँग कुनै इमानदारिता छैन, तर तँ इमान्दारिता भएको नाटक गर्छस्। के तैँले उहाँलाई छल गर्न सक्छस्? तेरो सामान्य कुरा गराइबाट हेर्दा, तँमा ठूलो विश्‍वास भएजस्तो देखिन्छ; तँ मण्डलीको खम्‍बा र आधार बन्‍न चाहन्छस्। तर जब तँ कर्तव्य निभाउँछस्, तँ सलाइको काँटीजत्तिको पनि उपयोगी हुँदैनस्। के यो त तैँले खुलेआम परमेश्‍वरलाई धोका दिनु होइन र? परमेश्‍वरलाई धोका दिन खोज्दा के हुन्छ, तँलाई थाहा छ? उहाँले तँलाई घिनाउनुहुनेछ र निष्कासित गर्नुहुनेछ! आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सबै मानिसहरू खुलासा हुन्छन्—व्यक्तिलाई कर्तव्यमा लगाउनु मात्रै पर्छ, त्यसपछि ऊ इमानदार हो कि धोकेबाज हो र ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चाँडै प्रकट भइहाल्छ। सत्यतालाई प्रेम गर्नेहरूले इमानदारीपूर्वक आफ्‍नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको घरको काम कायम राख्न सक्छन्; सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्‍वरको घरको काम अलिकति पनि कायम राख्दैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य निर्वाहमा गैरजिम्‍मेवार हुन्छन्। यो कुरा आँखा भएका जोकोहीले देख्‍न सक्छन्। आफ्‍नो कर्तव्य राम्ररी पूरा नगर्ने कोही पनि सत्यतालाई प्रेम गर्ने वा इमानदार व्यक्ति होइन; तिनीहरू सबै प्रकट हुने र हटाइने वस्तु हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ)। हामीले आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिएर व्यवहारिक काम गर्नुपर्छ भनेर परमेश्‍वरले भन्‍नुभएको छ। हाम्रो कर्तव्यलाई राम्ररी पूरा गर्ने एउटै मात्र तरिका त्यही हो। यदि हामीले हाम्रो कर्तव्यमा हृदय लगाउँदैनौँ, तर समस्याहरू समाधान गर्ने वा जिम्‍मेवारी लिनेबारेमा गम्‍भीर नबनी अल्याङटल्याङ मात्रै गर्छौँ, र सधैँ यो जिम्‍मेवारी अरूमाथि थोपर्छौँ, र झारा टार्ने काम मात्रै गर्छौँ भने, हामीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनौँ, र परमेश्‍वर सन्तुष्ट हुनुहुनेछैन। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरू व्यर्थ हुन्छन्, कर्तव्य पूरा गर्न योग्य हुँदैनन्। म परमेश्‍वरले खुलासा गर्नुभएजस्तै थिएँ। आफ्‍नो कर्तव्यमा समस्याहरूको सामना गर्दा, यदि मैले यसमा आफ्‍नो हृदय लगाएको भए, प्रार्थना गर्दै अरू दाजुभाइ-दिदीबहिनीहरूसँग खोजी र सङ्गति गरेको भए, हामीले सहमतिमा पुगेर समाधान भेट्टाउन सक्थ्यौँ। तर मलाई त्यसो गर्नु झमेला लाग्थ्यो, र त्यस्तो प्रयास गर्न मन लाग्दैनथ्यो। त्यसकारण म सीधै अगुवाकहाँ जान चाहन्थेँ, किनभने अगुवाले अन्तिम निर्णय गरिदिए भने त्यो झमेला लिइरहनुपर्दैन भन्‍ने लाग्थ्यो। त्यसो गर्दा धेरै झमेलाबाट बचिन्थ्यो। नत्र, हामी धेरै समय व्यर्थमा अलमलिरहेका हुन्थ्यौँ, र पनि उत्तर भेट्टाउँदैनथ्यौँ। त्यसकारण म धेरैजसो समस्याहरू अगुवाकहाँ नै लिएर जान्थेँ। समूह अगुवा भएर, मैले आफ्‍ना जिम्‍मेवारी लिइरहेको वा चुकाउनुपर्ने मूल्य चुकाइरहेको थिइनँ। यसको साथै, कामसम्‍बन्धी छलफलमा, कहिलेकहीँ म समस्या पत्ता लगाउँथेँ वा पवित्र आत्माको अगुवाइ प्राप्त गर्थेँ, तर मैले स्पष्टीकरण दिएपछि, कुनै दाजुभाइ-दिदीबहिनीले फरक विचार व्यक्त गरे भने, म मुखमा बुजो हालेर बस्थेँ। अरूले मलाई अहङ्कारी भन्छन् भन्‍ने डर लाग्थ्यो, र मलाई थप समस्याहरू देखा परे भने, मैले नै जिम्‍मेवारी लिनुपर्छ भनेर झन् धेरै डर लाग्थ्यो। मलाई लाग्थ्यो, मैले त आफ्‍नो विचार बाँडिसकेको छु, त्यसैले यसबारेमा विचार गर्ने काम तिनीहरूको हो, र यदि हामी सहमतिमा पुग्‍न सकेनौँ भने, हामीले अगुवालाई सोध्‍न सक्छौँ। त्यसरी, यदि समस्या देखा पर्‍यो भने, कम्तीमा पनि यो सबै मेरै टाउकोमा आउनेछैन। मैले सत्यताका सिद्धान्तहरू वा परमेश्‍वरको घरका मापदण्डहरूअनुसार कसरी काम गर्ने भनेर खोजी गरिरहेको थिइनँ, परमेश्‍वरको घरमा केले फाइदा पुर्‍याउँछ भनी सोच्‍नु त परै जाओस्। म अलिकति मूल्यसमेत चुकाउन तयार थिइनँ, र गैरजिम्‍मेवार भइरहेको थिएँ। झट्ट हेर्दा मैले समस्याहरू पत्ता लगाएर त्यसबारेमा कुरा उठाइरहेको त हुन्थेँ, तर ती समस्या समाधान गरिरहेको हुन्थिनँ। म सधैँ अरूलाई अन्तिम निर्णय गर्न लगाउँथेँ, र म आफै निर्णय गर्दिनथेँ। के मैले स्वार्थी र तुच्‍छ बनेर चलाकी गरिरहेको थिइनँ र? मैले परमेश्‍वरको घरको हित कायम गरिरहेको थिइन। योभन्दा पहिले, हामीले समस्याको सामना गर्नेबित्तिकै, म सधैँ अगुवालाई सोध्‍ने गर्थेँ, किनभने म आफूलाई अन्धाधुन्ध भरोसा गर्नुको सट्टा आफूले नबुझेको कुरा सोध्‍नु उचित हुन्छ भन्‍ने सोच्थेँ। परमेश्‍वरका वचनहरूको प्रकाशद्वारा, मैले आफ्‍नो कर्तव्यमा आफू गैरजिम्‍मेवार, र लापरवाही भइरहेको, र समर्पित नभइरहेको देख्‍न सकेँ। अब मैले त्यो कुरा महसुस गरिसकेपछि, आफू सुस्त र मन्दबुद्धि भएको थाहा भयो। परमेश्‍वरले मेरो लागि धेरै परिस्थितिहरू मिलाउनुभएको थियो, तर मैले कहिल्यै सत्यता खोजी गर्ने वा पाठ सिक्‍ने गरिनँ। म आफ्‍नो कर्तव्यलाई जिम्‍मेवार ढङ्गले नलिई सधैँ झारा टार्ने काम गरिरहेको हुन्थेँ। त्यो त कर्तव्य पूरा गर्ने निकै खतरनाक तरिका थियो। अहिले मैले समस्याहरू भेटेको थिएँ र मेरो सहकर्मीको विचार फरक थियो। सहमतिमा आउन वा समाधान पत्ता लगाउन यदि मैले सत्यताका सिद्धान्तहरू खोजी गरिनँ, बरु अगुवालाई सोध्‍न दौडिहालेँ भने, त्यो त पक्‍कै पनि झारा टार्ने काम हो। मैले मेरो स्थितिलाई परिवर्तन गर्नुपर्छ, र मैले न यता न उताको काम गरिरहेँ र गैरजिम्‍मेवार भइरहेँ भने, मैले जानीजानी गल्ती गरिरहेको हुन्छु भन्‍ने मलाई महसुस भयो। त्यसैले मैले मेरो सहकर्मीलाई के सुझाव दिएँ भने हामीले अर्को संस्करण तयार गरेर दुई वटालाई तुलना गर्नुपर्छ, त्यसपछि हामीलाई राम्रो लागेको संस्करण अगुवालाई जाँच गर्न दिनुपर्छ। यो योजनाप्रति उनले सहमति व्यक्त गरिन्। यसलाई अभ्यास गरेपछि, मलाई निकै सहज महसुस भयो।

पछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी लिन डराउने व्यक्ति कायर हुन्छ कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्‍नता छुट्याउन सक्‍नुपर्छ। साँचो कुरा के हो भने, यो कायरताको समस्या होइन। यदि त्यो व्यक्ति सम्पत्तिको पछि लागेको वा आफ्‍नै हितको काम गरिरहेको हुन्थ्यो भने, त्यो व्यक्ति कसरी त्यति साहसी हुन सक्थ्यो? त्यस्ताहरूले जुनसुकै खतरा मोल्‍न सक्थे। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्‍वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै खतरा मोल्दैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणित हुन्छन्, र सबैभन्दा विश्‍वासघाती हुन्छन्। आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्‍वरप्रति रतीभर इमानदार हुँदैनन्, तिनीहरूको बफादारीको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्‍मेवारी लिने आँट गर्छ? कस्तो व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्‍वरको घरको कामको महत्त्वपूर्ण क्षणमा नेतृत्व गर्दै साहससाथ अघि बढ्छ, जो सबैभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण काम देख्दा गह्रौँ जिम्मेवारी लिन र ठूलो कठिनाइ भोग्‍न डराउँदैन। त्यो परमेश्‍वरप्रति निष्ठावान्‌ व्यक्ति हो, ख्रीष्‍टको असल सिपाही हो। के आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिन डराउने व्यक्ति सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; यो तिनीहरूको मानवताको समस्या हो। तिनीहरूमा न्याय वा जिम्‍मेवारीको कुनै बोध हुँदैन। तिनीहरू स्वार्थी र खराब मानिसहरू हुन्, परमेश्‍वरमा साँचो हृदयले विश्‍वास गर्नेहरू होइनन्। तिनीहरूले थोरै पनि सत्यता स्विकार्दैनन्, र यिनै कारणहरूले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्। परमेश्‍वरका विश्‍वासीहरूले सत्यता प्राप्त गर्न ठूलो मूल्य चुकाउनुपर्छ, र यो अभ्यास गर्दा तिनीहरूले धेरै बाधाहरू सामना गर्नेछन्। तिनीहरूले त्याग गर्नुपर्छ, आफ्‍ना देहगत हितहरू पन्छाउनुपर्छ, र केही कष्टहरू भोग्‍नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍नेछन्। त्यसो भए, के जिम्‍मेवारी लिन डराउने व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? तिनीहरूले अवश्य नै सक्दैनन्, तिनीहरूले सत्यता प्राप्त गर्छन् भनेर भन्‍नु झन् बेकार छ। तिनीहरू सत्यता अभ्यास गर्न, र आफ्‍ना हितहरूमा हानि खेप्‍न डराउँछन्; तिनीहरूलाई अपमान, बेइज्‍जति र आलोचनाको डर हुन्छ। तिनीहरूले सत्यता अभ्यास गर्ने आँट गर्दैनन्, र त्यसैले सत्यता प्राप्त गर्न पनि सक्दैनन्, र परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्। परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्न सक्‍ने मानिसहरू मण्डलीको कामको निम्ति बोझ उठाउने, जिम्‍मेवारी लिने, सत्यताका सिद्धान्तहरू पालना गर्ने, कष्ट भोग्‍ने र मूल्य चुकाउने मानिसहरू हुनुपर्छ। यी कुराहरूको कमी हुनु भनेको कर्तव्य पूरा गर्नको लागि अयोग्य हुनु र कर्तव्य पूरा गर्ने सर्तहरू पूरा नगर्नु हो। धेरै मानिसहरू कर्तव्य निर्वाह गर्दा आउने जिम्‍मेवारी लिन डराउँछन्। तिनीहरूको डर मुख्य गरी तीन तरिकाले प्रकट हुन्छ। पहिलो, तिनीहरूले जिम्‍मेवारी लिनुनपर्ने कर्तव्यहरू छनौट गर्छन्। यदि मण्डली अगुवाले तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यको बन्दोबस्त गर्‍यो भने, सुरुमा तिनीहरूले यसको लागि जिम्‍मेवारी लिनुपर्छ कि पर्दैन भनेर सोध्छन्: जिम्‍मेवारी लिनुपर्छ भने, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्; यसको लागि तिनीहरूले जिम्‍मेवारी लिनुपर्दैन भने, तिनीहरूले यसलाई इच्छा नलागीनलागी स्वीकार गर्छन्, तर अझै पनि तिनीहरूले काम थकाइलाग्दो वा झन्झटिलो छ कि छैन भनेर हेर्ने गर्छन्, र मन नलागीनलागी कर्तव्य पूरा गर्न स्वीकार गरे पनि, तिनीहरूमा यो कर्तव्य राम्ररी पूरा गर्ने जाँगर हुँदैन, र तिनीहरू लापरवाही र निस्फिक्री हुन रुचाउँछन्। फुर्सत होस्, परिश्रम गर्नु नपरोस्, र शरीरलाई कठिनाइ नहोस्—यही नै तिनीहरूको सिद्धान्त हो। दोस्रो कुरा के हो भने जब तिनीहरूमा कठिनाइ आइपर्छ वा तिनीहरूले समस्या सामना गर्छन्, तब तिनीहरूको पहिलो सहारा भनेको आफ्‍नो सहजता कायमै राख्‍ने आशा गर्दै यसबारेमा अगुवालाई रिपोर्ट गर्नु र अगुवालाई नै यो सम्‍हाल्‍न र समाधान गर्न लगाउनु हो। अगुवाले यो समस्या कसरी सम्‍हाल्छन् भन्‍नेबारे तिनीहरूलाई कुनै मतलब हुँदैन र यसमा तिनीहरूले कुनै ध्यान दिँदैनन्—जबसम्‍म तिनीहरू आफै जिम्‍मेवार हुनुपर्दैन, तबसम्म तिनीहरूको लागि सबै कुरा ठीक हुन्छ। के त्यसरी कर्तव्य पूरा गर्नु परमेश्‍वरप्रति निष्ठावान हुनु हो? यसलाई जिम्‍मेवारी अरूमा थोपर्नु, कर्तव्यच्युत हुनु, र अल्याङटल्याङ गर्नु भनिन्छ। यो सबै गफ मात्र हुन्छ, र तिनीहरूले कुनै वास्तविक काम गरेका हुँदैनन्। तिनीहरूले मनमनै भन्छन्, ‘यदि यो काम मैले सम्‍हाल्‍नुपर्‍यो, र यदि मैले गल्ती गरेँ भने के हुन्छ? यदि तिनीहरूले यो मामलाबारे अनुसन्धान गरे भने, के जिम्‍मेवारी लिनुपर्ने व्यक्ति म नै हुँदिन र? के यसको जिम्‍मेवारी सुरुमा मेरै काँधमा आउँदैन र?’ तिनीहरूले यही कुराको बारेमा चिन्ता गर्छन्। तर के परमेश्‍वरले यस्ता कुराहरू हेर्न सक्‍नुहुन्छ भन्‍ने तँलाई विश्‍वास छ? सबैले गल्ती गर्छन्। यदि सही अभिप्राय भएको व्यक्तिमा अनुभवको कमी छ र उसले यस्तो कुरा पहिले कहिल्यै सम्‍हालेको छैन, तर उसले सक्दो प्रयास गरेको छ भने, यो कुरा परमेश्‍वरले देख्‍नुहुन्छ। तैँले परमेश्‍वरले सबै कुरा र मानिसको हृदय जाँच्‍नुहुन्छ भनेर विश्‍वास गर्नैपर्छ। यदि व्यक्तिले यो कुरासमेत विश्‍वास गर्दैन भने, के ऊ गैरविश्‍वासी होइन र? त्यस्तो व्यक्तिले कर्तव्य पूरा गर्नुको महत्त्व के हुन सक्छ र? व्यक्तिले जिम्‍मेवारी लिन डराउने अवस्थाको प्रकटीकरण एउटा अर्को तरिकाले पनि हुन्छ। कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, सतही, साधारण, अनि जिम्‍मेवारी लिनुनपर्ने काम मात्रै अलिअलि गर्छन्। तिनीहरूले कठिनाइ भोग्‍नुपर्ने र जिम्‍मेवारी लिनुपर्ने काम अरूको काँधमा हालिदिन्छन्, र केही समस्या आयो भने, त्यसको दोष तिनै मानिसहरूमा थोपरिदिन्छन् र आफूलाई दोषमुक्त राख्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ (भाग एक))। परमेश्‍वरका वचनहरूले साँच्‍चै नै मलाई प्रहार गरे, र परमेश्‍वरले त्यो बेलाको मेरो स्थिति नै व्याख्या गरिरहनुभएजस्तो लाग्यो। परमेश्‍वरको घरले मलाई सुम्पेको कर्तव्यमा, मैले सत्यताका सिद्धान्तहरूअनुसार काम गरिरहेको थिइनँ वा लागिपर्न परमेश्‍वरमा भरोसा गरिरहेको थिइनँ। बरु, म समस्याहरूबाट भागिरहेको र जिम्‍मेवारीबाट पछि हटिरहेको थिएँ, यसरी समस्याहरू समाधान गर्ने जिम्‍मा अगुवाको काँधमा हालिरहेको थिएँ। म अगुवाले जे भन्यो त्यही गर्थेँ, किनभने मलाई अन्त्यमा राम्रो भएन भने, यो मेरो जिम्मेवारी हुनेछैन, र मलाई निराकरण गरिनेछैन भन्‍ने लाग्थ्यो। के त्यो छल गर्नु थिएन र? मलाई त यो काम पूरा गर्ने बाठो तरिका हो भन्‍नेसमेत लागेको थियो। तर परमेश्‍वरका वचनहरूमा, मैले देखेँ कि त्यसो गर्नु त जिम्‍मेवारीबाट उम्किनु, आफ्‍नो कर्तव्यलाई बेवास्ता गर्नु, र कपटी हुनु हो। म आफ्नो कर्तव्यमा परमेश्‍वरप्रति चतुर र छली भइरहेको थिएँ। म सधैँ आफ्‍नो लागि उम्‍कने बाटो राख्थेँ, ताकि म जिम्‍मेवारीबाट बच्‍न सकूँ। मैले सच्‍चा बन्‍ने वा साँचो मूल्य चुकाउने काम गरिरहेको थिइनँ, न त मैले आफूले सक्दो सबै प्रयास नै गरिरहेको थिएँ। म त अल्याङटल्याङ गर्दै बेइमान भरहेको थिएँ, र मैले सेवा गरिरहेको भए पनि, म समर्पित थिइनँ। म कर्तव्य पूरा गर्न योग्य थिइनँ। मैले के महसुस गरेँ भने, जब हामीले भिडियो बनाइसक्थ्यौँ, प्रारम्‍भिक जाँच गर्दा अगुवाले यो ठीक छ भनेमा, म यसलाई गम्‍भीर रूपमा जाँच्‍ने वा यसबारेमा सोचविचार गर्ने गर्दिनथेँ। प्रोडक्शन प्रक्रियामा अरूले सुझावहरू दिए भने पनि, म तिनीहरूको कुरालाई त्यति ध्यान दिँदिनथेँ। म यसलाई झट्ट हेर्थेँ र ठीकै छ भन्थेँ। म अत्यन्तै गैरजिम्‍मेवार थिएँ। परिणामतः कतिपय बनाइसकिएका भिडियोमा समस्याहरू हुन्थे र संशोधनको लागि फेरि काम गर्नुपर्थ्यो। कहिलेकहीँ कुनै भिडियोमा समूह सहमतिमा पुग्दैनथ्यो, समस्या देख्दा, म कुनै निर्णयात्मक कुरा भन्दिनथेँ, तर के गर्ने भनेर निर्णय गर्न लगाउन अगुवाकहाँ त्यो समस्या लिएर जान्थेँ। कहिलेकहीँ हामीले समस्याका सिद्धान्तहरूलाई बुझेका हुँदैनथ्यौँ र काम मापदण्डअनुसार भएको छ कि छैन भनेर निर्धारित गर्न सक्दैनथ्यौँ, र गल्तीहरू सुधार गर्न हामीलाई सहयोग गर्न अगुवाको मार्गनिर्देशन चाहिन्थ्यो। तर कतिपय समस्याहरू स्पष्ट रूपमै हामीले समाधान गर्न सक्‍ने किसिमका हुन्थे, तैपनि म कुनै कारण खोजेर आफूले गर्न सक्‍ने काम पनि गर्दिनथेँ। मैले यसको लागि चुकाउनुपर्ने मूल्य चुकाउँदिनथेँ वा सोच्‍नुपर्ने जति सोच्दिनथेँ, बरु सजिलो उपाय खोज्थेँ। म सत्यताका सिद्धान्तहरूको खोजी गरिरहेको वा आफूले देखेका समस्याहरूबारे विचार गरिरहेको हुँदिनथेँ। न त मैले विचलन र असफलताहरूलाई सारांशित गर्ने वा त्यसबाट पाठ सिक्‍ने नै गर्थेँ। मलाई यसरी काम गर्ने बानी परिसकेको थियो। म के पनि सोच्थेँ भने आफ्‍नो कर्तव्यमा सबैले गल्ती गर्छन्, त्यसैले मैले कुनै समस्यालाई बेवास्ता गरेँ भने, त्यो ममा क्षमताको कमी भएकोले भएको हो। मैले समस्याहरू देख्‍न सक्‍नु वा नसक्‍नु त्यो आफ्‍नो ठाउँमा छ, तर ममा त आफूमा हुनुपर्ने जिम्‍मेवारीको बोध समेत थिएन। आफूलाई रक्षा गर्न, मैले आफ्‍नो कर्तव्य लापरवाही र गैरजिम्‍मेवार रूपमा पूरा गर्ने गर्थेँ, र समस्याहरू देखा पर्दा आफ्‍नो जिम्‍मेवारी अगुवाको काँधमा समेत हालिदिन्थेँ। म सत्यतालाई बङ्ग्याएर सबै कुरालाई अरू कसैको समस्या बनाइरहेको थिएँ। अब मलाई थाहा भयो, यो क्षमतासँग सम्‍बन्धित कुरा होइन, बरु मेरो मानवताको समस्या हो।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “यदि तैँले आफैलाई सुरक्षा गर्छस् र आफ्‍नो लागि उम्‍कने बाटो खुला छोडिराख्छस् भने के तैँले सत्यतालाई अभ्यास गरिरहेको हुन्छस् र? तैँले अहिले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। कर्तव्य निर्वाह गर्नुको पहिलो सिद्धान्त के हो त? यो के हो भने तैँले आफ्नो कर्तव्य सम्पूर्ण हृदय लगाएर गर्नुपर्छ, कुनै कसर बाँकी छाड्नु हुँदैन ताकि तैँले परमेश्‍वरको घरको हितको संरक्षण गर्न सक्। यो तैँले अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्त हो। आफ्नो लागि उम्‍कने बाटो छोड्नु र आफैलाई संरक्षण गर्नु भनेको अविश्‍वासीहरूले पछ्याउने अभ्यासको सिद्धान्त हो, तिनीहरूको सबैभन्दा उच्च जीवनदर्शन हो। सबै कुराहरूमा आफ्नै बारेमा सबैभन्दा पहिले सोच्नु र आफ्नै हितलाई अन्य सबै कुराहरूभन्दा अगाडि राख्नु, अरूको बारेमा नसोच्नु, परमेश्‍वरको घरको हित र अन्य व्यक्तिहरूको हितको बारेमा कुनै सम्बन्ध नराख्नु, आफ्नै हितको बारेमा सबैभन्दा पहिले सोच्नु र त्यसपछि आफ्नो उम्‍कने बाटोको बारेमा सोच्नु—के अविश्‍वासी भनेको यही होइन र? आम अविश्‍वासी ठ्याक्‍कै यस्तै हुन्छ। यस प्रकारको व्यक्ति कर्तव्य निर्वाह गर्नको लागि उपयुक्त हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ (भाग एक))। मलाई परमेश्‍वरका वचनहरू अत्यन्तै मर्मस्पर्शी लाग्यो। म गैरविश्‍वासीको दृष्टिकोण लिएर आफ्‍नो कर्तव्य पूरा गर्नेछु, र परमेश्‍वरको नजरमा म अविश्‍वासीजस्तो देखिनेछु भनेर मैले कहिल्यै कल्‍पना गरेको थिइनँ। समस्याहरूको सामना गर्दा, म सधैँ आफ्‍नै चासोहरूको बारेमा पहिले विचार गर्थेँ, किनभने कुनै पनि समस्याले फर्केर मलाई नै दुःख देला कि भन्‍ने डर लाग्थ्यो। त्यसकारण म आफ्‍नो कर्तव्य निर्वाह गरिरहेजस्तो देखिन्‍थेँ, तर वास्तवमा म कहिल्यै पनि यसमा तनमन लगाउने, सत्यताको खोजी गर्ने, वा सिद्धान्तहरूअनुसार काम गर्ने गर्थिनँ, न त म परमेश्‍वरको घरका हितहरूबारे नै सोच्थेँ। यसको साथै, हरेक दिन अल्याङटल्याङ गर्दै म आफ्‍नो कर्तव्यमा केही शारीरिक परिश्रम गर्दा नै खुशी हुन्थेँ। के त्यो त मालिकको काम गर्ने अविश्‍वासीजस्तै भएन र? जब मेरो सहकर्मी र मेरो विचार फरक हुन्थ्यो, किन म अगुवालाई नै निर्णय गर्न लगाउँथेँ? यो त जिम्‍मेवारी लिन नचाहेर हो। त्यसकारण मैले केही वास्तविक समस्याहरू पत्ता लगाए पनि, म त्यसको निर्णय गर्न अगुवालाई नै छोडिदिन्थेँ, र मलाई त्यसो गर्नु सही हो जस्तोसमेत लाग्थ्यो। मैले आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी नलिनु सामान्य कुरा बनिसकेको थियो, र यो मेरो प्रकृतिको स्वाभाविक प्रकाश हो भन्‍ने थाहा पाएँ। म साँच्‍चै नै धूर्त र स्वार्थी थिएँ, र भरोसा गर्न पूर्ण अयोग्य थिएँ। कपटी बन्दै मैले परमेश्‍वरसँग खेल खेलिरहेको थिएँ, र ममा सच्‍चापनको कुनै झलक थिएन। मैले परमेश्‍वरको घरको ढोका थुनेर आफूलाई बाहिर राखेको थिएँ, आफूलाई अविश्‍वासीहरूको वर्गमा राखेको थिएँ। त्यस्ता मानिसहरू कर्तव्य पूरा गर्न योग्य हुँदैनन्। परमेश्‍वरका वचनहरूले भन्छन्, “कतिपय मानिसहरू आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा गैरजिम्मेवार हुन्छन्। तिनीहरूले समस्या पहिचान गर्न सक्छन्, तर तिनीहरूले त्यो आफ्नो हृदयमा महसुस गरे पनि, तिनीहरू कि त अरूलाई चोट पुऱ्याउन चाहँदैनन् कि त त्यसलाई गम्भीरतासाथ लिन अनिच्छुक हुँदैनन्। तिनीहरूले त्यो ठूलो समस्या हो भनी विचार गर्छन्—तिनीहरू “पर्याप्त राम्रो” गर्नुमा नै सन्तुष्ट हुन्छन्, त्यसपछि त्यो कुरामा कुनै ध्यान दिँदैनन्। के यसो गर्नु उचित हो? यदि तैँले आफ्नो कर्तव्य पूरा गर्नु छ भने, तँ जिम्मेवारी लिन इच्छुक हुनुपर्छ। तँ किन विषयहरूलाई गम्भीरतासाथ लिन इन्कार गर्छस्? के त्यसो गर्नु कर्तव्य त्याग्नु होइन र? … आफ्‍नो कर्तव्यप्रतिको तिमीहरूको आचरण यस्तो हुन्छ, ‘म सकेसम्‍म कति थोरै गर्न सक्छु, म यसबाट कसरी फुत्कन सक्छु सो हेर्नेछु’; तिमीले कति ढिलाइ गराउँछौ त्यो वास्ता नगरी तिमी अल्याङ्टल्याङ गर्छौ। वास्तवमा, यदि तिमीहरूले होसियारीसाथ र जिम्‍मेवारीपूर्वक आफ्‍नो कर्तव्य पूरा गरेका भए, आफ्‍ना अनुभवहरू बताउन र परमेश्‍वरको गवाही दिन सक्‍ने बन्न पाँच-छ वर्ष पनि लाग्‍दैनथियो, अनि मण्डलीका विभिन्‍न काम निकै प्रभावकारी रूपमा पूरा हुनेथियो—तर तिमीहरू परमेश्‍वरको इच्‍छालाई ध्यान दिन इच्‍छुक हुँदैनौ, न त सत्यताप्रति नै तिमीहरू लागिपर्छौ। तिमीहरूलाई कतिपय कुराहरू कसरी गर्नुपर्छ भन्‍ने थाहा छैन, त्यसैले म तिमीहरूलाई सही-सही निर्देशनहरू दिन्छु। तिमीहरूले सोचविचार गर्नुपर्दैन, तिमीहरूले केवल सुन्नु र त्यसलाई कार्यान्वयन मात्र गर्नुपर्छ। तिमीहरूले लिनैपर्ने थोरै जिम्मेवारी यो मात्रै हो—तर त्यो पनि तिमीहरूले गर्न सक्‍नेभन्दा परको कुरा हो। तिमीहरूको बफादारीता कहाँ छ? त्यो कहीँ पनि देखिँदैन! तिमीहरू मिठा-मिठा कुरा मात्रै गर्छौ। तिमीहरूलाई आफूले के गर्नुपर्छ भन्‍ने मनमा थाहा हुन्छ, तर तिमीहरू सत्यता अभ्यास नै गर्दैनौ। यो परमेश्‍वरविरुद्ध विद्रोह हो, र मुख्यतः यो सत्यताप्रति प्रेम नहुनु हो। सत्यताअनुसार कसरी काम गर्ने त्यो तिमीहरूलाई मनमा एकदमै राम्ररी थाहा छ—तिमीहरू यसलाई अभ्यास मात्रै गर्दैनौ। यो गम्‍भीर समस्या हो; तिमीहरू सत्यता अभ्यास नगरी यसलाई हेरी मात्रै रहेका छौ। तिमीहरू परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति हुँदै होइनौ। तिमीहरूले परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्न कम्तीमा पनि सत्यता खोजी र अभ्यास गर्नैपर्छ अनि सिद्धान्तहरूअनुसार काम गर्नैपर्छ। तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता अभ्यास गर्न सक्दैनस् भने, यसको अभ्यास कहाँ गर्न सक्छस् र? अनि यदि तैँले कुनै पनि सत्यता अभ्यास गर्दैनस् भने, तँ गैरविश्‍वासी होस्। तँ सत्यता स्विकार्दैनस्—यसलाई अभ्यास गर्नु त कता हो कता—र परमेश्‍वरको घरमा अल्याङटल्याङ गर्छस् भने तेरो उद्देश्य वास्तवमा के हो? के तँ परमेश्‍वरको घरलाई तेरो अवकाशगृह वा दानशाला बनाउन चाहन्छस्? यदि त्यस्तो हो भने, तँ गलत छस्—परमेश्‍वरको घरले फाइदा लुट्ने वा भतुवा मानिसहरूलाई हेरचाह गर्दैन। कमजोर मानवता भएको, आफ्‍नो कर्तव्य खुसीसाथ पूरा नगर्ने, कर्तव्य पूरा गर्न अयोग्य जोकोही सबैलाई हटाइनैपर्छ; सत्यता पटक्‍कै स्वीकार नगर्ने सबै गैरविश्‍वासीहरूलाई हटाइनैपर्छ। कतिपय मानिसहरू सत्यता बुझ्छन् तर आफ्‍नो कर्तव्य पूरा गर्दा यसको अभ्यास गर्दैनन्। जब तिनीहरू समस्या देख्छन्, त्यसलाई समाधान गर्दैनन्, अनि कुनै कुरा आफ्नो जिम्‍मेवारी हो भन्‍ने तिनीहरूलाई थाहा हुँदा, तिनीहरू त्यो काम तनमनले गर्दैनन्। तैँले गर्न सक्‍ने जिम्‍मेवारीहरूसमेत पूरा गर्दैनस् भने, आफ्‍नो कर्तव्य पूरा गर्दा के-कस्ता मूल्य वा परिणाम निस्कन सक्छन् र? यसरी परमेश्‍वरमा विश्‍वास गर्नु अर्थपूर्ण हुन्छ र? सत्यता बुझ्‍ने तर यसलाई अभ्यास गर्न नसक्‍ने, आफूले भोग्‍नुपर्ने कष्ट भोग्‍न नसक्‍ने व्यक्ति कर्तव्य निर्वाहको लायक हुँदैन। कर्तव्य पूरा गर्ने कतिपय मानिसहरू पेट भर्न मात्रै त्यसो गर्छन्। तिनीहरू भिखारी हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राम्रोसित आफ्‍नो कर्तव्य निभाउनको लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र तर्कशक्ति हुनुपर्छ)। परमेश्‍वरका वचनहरू पढेपछि मलाई अत्यन्तै लाज लाग्यो। मानिसहरूलाई परमेश्‍वरले साँच्‍चै नै सच्‍चा व्यवहार गर्नुहुन्छ। हामीलाई सत्यता बुझ्‍न र प्राप्त गर्न अनि मुक्ति दिनको लागि, उहाँ धैर्यता र इमानदारीसाथ बोल्‍नुहुन्छ, हामीसँग सङ्गति गर्न हरप्रकारका माध्यमहरू प्रयोग गर्नुहुन्छ, यसरी हामीलाई सत्यताका विभिन्‍न पक्षहरूबारे अत्यन्तै विस्तृत सङ्गति दिनुहुन्छ। हामीले बुझ्दैनौँ कि भनेर उहाँले हामीलाई डोर्‍याउन धेरै उदाहरणहरू दिनुहुन्छ, र हामीलाई मलजल र भरणपोषण गर्न सधैँ सत्यतामा सङ्गति गरिरहनुहुन्छ, र उहाँले सम्‍भव भएको सबैभन्दा ठूलो मूल्य चुकाउनुभएको छ। मैले कर्तव्य पूरा गर्ने मेरो मनोवृतिको बारेमा मनन गरेँ, र के महसुस गरेँ भने, परमेश्‍वरले मलाई त्यस्तो महत्त्वपूर्ण कर्तव्य सम्पिनुभएको थियो, तर मैले जिम्‍मेवारी लिइरहेको थिइनँ। मैले सकेसम्‍म अल्याङटल्याङ गर्दै यसलाई लापरवाहीसाथ अघि बढाइरहेको थिएँ, र परमेश्‍वरसँग चलाकीसमेत गरिरहेको थिएँ। मेरो मानवता कहाँ थियो र? परमेश्‍वरले मसँग सच्‍चा व्यवहार गर्नुभएको थियो, तर मैले उहाँलाई धोका दिएँ। योभन्दा अघि मैले कमजोर मानवता भएका कतिपय मानिसहरूबारे परमेश्‍वरका वचनहरू पढेको थिएँ, तर मैले ती वचनहरूलाई आफूसँग जोडिनँ। त्यसपछि मसँग साँच्‍चै कमजोर मानवता छ, र ममा कुनै विवेक छैन भन्‍ने देखेँ। हरेक दिन मैले आफ्‍नो कर्तव्य पूरा गरिरहेको र केही मूल्य चुकाइरहेको जस्तो देखिन्थ्यो, र म काममा व्यस्त भएको जस्तो देखिन्थेँ। तर मेरो हृदय परमेश्‍वरतिर फर्केको थिएन। मैले आफ्‍नो कर्तव्यमा सबै प्रयास लगाइरहेको, यसमा तनमन दिइरहेको, सोचेर काम गरिरहेको र विवेकशील बनिरहेको थिइनँ। बरु मैले लापरवाही बनेर अल्याङटल्याङ मात्र गरिरहेको थिएँ। मैले कर्तव्य पूरा गरिरहेको थिइनँ—म सेवा गर्ने मापदण्डको स्तरमा समेत पुगेको थिइनँ। यस मोडमा मलाई भिडियोका समस्याहरू त्यतिकै आएका रहेनछन्—तिनमा परमेश्‍वरको स्वभाव थियो भन्‍ने थाहा भयो। यो उहाँले मलाई गर्नुभएको खुलासा र न्याय थियो। यो पूर्ण रूपमा मेरो गैरजिम्‍मेवार व्यवहारको कारण पैदा भएको थियो, र त्यसबाट हुने कुनै पनि घाटा वा अपराधको लागि मैले क्षतिपूर्ति दिन सक्दिनथेँ। मैले परमेश्‍वरसँग प्रार्थना गरेर पश्‍चात्ताप गर्ने मौका दिनुहोस् भनी अनुरोध गर्न मात्रै सक्थेँ, र त्यहाँदेखि मैले आफ्‍नो कर्तव्यप्रतिको मनोवृतिलाई परिवर्तन गर्ने सङ्कल्प गरेँ। म त्यति लापरवाही भइरहनु हुँदैनथ्यो।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “मानिसहरूसँग भ्रष्ट स्वभाव हुँदा उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा अक्सर झारा टारुवा र लापरवाह हुन्छन्। यो सबैभन्दा गम्भीर समस्यामध्ये एक हो। यदि मानिसहरूले आफ्नो कर्तव्य उचित तरिकाले गर्ने हो भने, पहिला झारा टारुवा शैली र लापरवाहीपनको यो समस्या हल गर्नुपर्छ। उनीहरूसँग यस्ता झारा टारुवा र लापरवाही मनोवृत्ति भइन्जेलसम्म, उनीहरू आफ्नो कर्तव्य उचित तरिकाले गर्न सक्षम हुनेछैनन्। त्यसको अर्थ, झारा टारुवा शैली र लापरवाहीपनको समस्या समाधान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। त्यसोभए, उनीहरूले कसरी यसलाई अभ्यास गर्नुपर्छ? सर्वप्रथम, उनीहरूले आफ्नो मनस्थितिको समस्या समाधान गर्नुपर्छ; उनीहरूले आफ्नो कर्तव्यलाई सही तरिकाले लिनुपर्छ, अनि छली र बेपरवाह नभई, गम्भीरतासाथ र जिम्मेवारीको भावले काम गर्नुपर्छ। कर्तव्य परमेश्‍वरको लागि निर्वाह गरिन्छ, कुनै व्यक्तिको लागि गरिँदैन; यदि मानिसहरू परमेश्‍वरको जाँच स्वीकार गर्न सक्षम छन् भने, उनीहरूसित सही मनस्थिति हुनेछ। त्यसबाहेक, मानिसहरूले केही काम गरेपछि त्यसलाई जाँच्नुपर्छ र त्यसबारे चिन्तन गर्नुपर्छ, अनि यदि उनीहरूको मनमा कुनै शङ्का भएर राम्ररी निरीक्षण गर्दा साँच्‍चै समस्या रहेको पत्ता लाग्यो भने, उनीहरूले त्यसमा परिवर्तनहरू गर्नुपर्छ; यी परिवर्तनहरू गरिसकेपछि उनीहरूको मनमा कुनै शङ्का रहनेछैन। मानिसहरूको मनमा शङ्का हुनु भनेको समस्या छ भन्‍ने प्रमाण हो र उनीहरूले आफूले गरेको कुरालाई, विशेष गरी मुख्य चरणहरूलाई लगनशील भई जाँच गर्नुपर्छ। यो आफ्‍नो कर्तव्यलाई पूरा गर्ने कार्यप्रतिको गम्भीर, जिम्‍मेवार मनोवृत्ति हो। जब व्यक्ति गम्भीर बन्न सक्छ, उसले जिम्‍मेवारी लिन्छ, र आफ्‍नो सारा हृदय र शक्ति लगाउँछ, तब काम उचित तरिकाले पूरा हुनेछ। कहिलेकहीँ, तँ गलत मनस्थितिमा हुन्छस्, र तैँले दिनको उज्यालोजस्तो स्पष्ट समस्या पनि पत्ता लगाउन वा भेट्टाउन सक्दैनस्। यदि तँ सही मनस्थितिमा हुन्थिस् भने, पवित्र आत्‍माको अन्तर्दृष्टि र अगुवाइद्वारा, तैँले समस्या पहिचान गर्न सक्‍नेथिइस्। यदि पवित्र आत्‍माले तँलाई डोऱ्याउँदै र सचेत गराउँदै हृदयमा स्पष्ट हुन र गल्ती कहाँ छ भनेर जान्‍न सहायता गर्नुभएको भए, तँ विचलनलाई सच्याएर सत्यताका सिद्धान्तहरूका लागि लागिपर्न सक्नेथिइस्। यदि तँ गलत मनस्थितिमा भएको अनि बेहोसी र लापरवाह बनेको भए, के तैँले यो गल्ती देख्न सक्‍नेथिइस्? तैँले देख्‍न सक्‍नेथिइनस्। यसबाट के देखिन्छ? यसले के देखाउँछ भने मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सहकार्य गर्नु अत्यन्तै महत्त्वपूर्ण छ; तिनीहरूको मनस्थिति एकदमै महत्त्वपूर्ण छ, र तिनीहरूले आफ्‍ना विचार र अभिप्रायहरू कता लगाउँछन् त्यो अत्यन्तै महत्त्वपूर्ण छ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा मानिसहरूको मनस्थिति कस्तो छ, र तिनीहरूले कति शक्ति लगाउँछन् सो परमेश्‍वरले सूक्ष्म जाँचपड्ताल गर्नुहुन्छ र देख्‍न सक्‍नुहुन्छ। मानिसहरूले आफूले गर्ने कार्यमा तिनीहरूको सारा हृदय र शक्ति लगाउनु निकै महत्त्वपूर्ण छ। सहकार्य महत्त्वपूर्ण तत्व हो। यदि मानिसहरूले आफूले पूरा गरेका कर्तव्यहरू र आफूले गरेका कुराहरूमा कुनै पछुतो नगर्ने, र परमेश्‍वरको निम्ति ऋणी नबन्‍ने प्रयास गरे भने मात्रै, तिनीहरूले आफ्‍नो सम्पूर्ण हृदय र शक्तिले काम गरिरहेका हुन्छन्। यदि आज, तैँले तेरो सारा हृदय र शक्ति लगाउँदैनस् भने, जब पछि कुनै गलत कुरा आइपर्छ, र दुष्परिणामहरू देखिन्छन्, के त्यो बेला पछुताउनको लागि ढिलो भइसकेको हुनेछैन र? तँ सधैँको लागि ऋणी हुनेछस्; यो तेरो निम्ति कलङ्क हुनेछ! व्यक्तिको कर्तव्य प्रदर्शनमा कलङ्क हुनु भनेको अपराध हो। त्यसकारण, तैँले गर्नैपर्ने र गर्ने कुराहरूलाई तेरो सारा हृदय र शक्तिले उचित रूपमा गर्ने प्रयास गर्नुपर्छ। त्यस्ता कुराहरूलाई लापरवाही वा झारातिरुवा शैलीमा गर्नु हुँदैन; तँसँग कुनै पनि पछुतो हुनु हुँदैन। यसरी, तैँले यो बेला गरेका कर्तव्यहरूलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछ। परमेश्‍वरले स्मरण गर्नुहुने कुराहरू असल कार्य हुन्। त्यसो भए, स्मरण नगरिने कुराहरू के-के हुन् त? ती अपराधहरू हुन्। यदि वर्तमानमा तिनको बारेमा यसरी व्याख्या गरियो भने मानिसहरूले ती दुष्ट कार्यहरू हुन् भनेर स्वीकार नगर्न सक्छन्, तर यदि यी कुराहरूको गम्‍भीर परिणामहरू देखा पर्ने दिन आयो, र ती नकरात्मक प्रभाव बने भने, यी कुराहरू व्यवहारगत अपराध मात्रै होइनन्, ती दुष्ट कार्यहरू नै हुन् भन्‍ने तैँले थाहा पाउनेछस्। जब तैँले यस्तो महसुस गर्छस्, तँलाई पछुतो हुनेछ, र तैँले मनमनै विचार गर्नेछस्: मैले अलिकति होसियारी अपनाएको भए हुनेथियो! अलिकति बढी सोचेको र प्रयास गरेको भए, मलाई यो समस्या हुनेथिएन। तेरो हृदयबाट यो अनन्त कलङ्कलाई कुनै कुराले पनि हटाउन सक्‍नेछैन, र यदि यसले तँलाई स्थायी रूपमा ऋणी तुल्यायो भने समस्या हुनेछ। त्यसकारण, तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा, वा आज्ञा स्वीकार गर्दा, हरेकपटक तैँले आफ्‍नो सारा शक्ति र सारा हृदयले त्यो काम गर्ने प्रयास गर्नुपर्छ। तैँले त्यो काम आफूलाई ग्लानि र पछुतो नहुने गरी गर्नुपर्छ, ताकि यसलाई परमेश्‍वरले स्मरण गर्न सक्‍नुहोस्, र यो असल काम बन्‍न सकोस्। आधा मन लगाएर लापरवाही र झारातिरुवा शैलीमा काम नगर्; तँ पछुताउनेछस्, र गरिसकेको गल्तीलाई सुधार्न सक्‍नेछैनस्। यो अपराध बन्‍नेछ, र अन्तिममा, तेरो हृदयमा, ग्लानि, ऋणी भावना, र दोषारोपण हुनेछ। यी दुईमध्ये कुन मार्ग उत्तम छ? कुन मार्ग सही मार्ग हो? आफ्‍नो कर्तव्य आफ्‍नो सारा हृदय र शक्तिले पूरा गर्नु, र कुनै पनि पछुतो नहुने गरी असल कार्यहरू गर्ने तयारी गर्नु र त्यस्ता कार्यहरू बढाउनु। तेरा अपराधहरूलाई बढ्न नदे, तिनको बारेमा पछुतो हुने, र त्यसप्रति ऋणी भावना आउन दिने काम नगर्। व्यक्तिले धेरै अपराध गरेको छ भने के हुन्छ? तिनीहरूले परमेश्‍वरको उपस्थितिमा तिनीहरूमाथि उहाँको क्रोध ल्याइरहेका हुन्छन्! यदि तैँले अझै बढी अपराध गर्छस् भने, र तँप्रतिको परमेश्‍वरको क्रोध अझै बढ्दै गयो भने, अन्तिममा तँलाई दण्ड हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। त्योभन्दा पहिले, म आफ्‍नो कर्तव्यमा लापरवाही छु भनेर स्वीकार त गरेको थिएँ, तर त्यसले मेरो जीवनमा ल्याउने परिणामहरूको बारेमा, वा परमेश्‍वरले त्यस्तो व्यक्तिलाई कसरी हेर्नुहुन्छ र परिभाषित गर्नुहुन्छ भन्‍नेबारेमा कहिल्यै बुझेको थिइनँ। अहिले परमेश्‍वरको वचनबाट मैले थाहा पाएँ कि त्यस्ता मानिसहरूले बाहिरी रूपमा ठूलो दुष्टता गरेको देखिँदैन, तर कर्तव्यप्रतिको तिनीहरूको मनोवृति परमेश्‍वरको लागि घिनलाग्दो हुन्छ, र तिनीहरूले पश्‍चात्ताप गरेनन् भने, अन्त्यमा तिनीहरूले मुक्ति पाउने मौका गुमाउनेछन्। यस्तो परिस्थितिमा खुलासा भएर, मैले मेरो कर्तव्यमा झारा टार्नु र गैरजिम्‍मेवार हुनु कति गम्‍भीर समस्या हो भन्‍ने थाहा पाएँ। मेरो गैरजिम्‍मेवारीको कारण भिडियोलाई पुनः सम्पादन गर्नुपर्‍यो, जसले गर्दा हाम्रो सबै काममा ढिलाइ भयो। त्यो एउटा अपराध थियो। यदि मैले मेरो स्थितिलाई तुरन्तै सुधार नगरेको भए, र लापरवाही र गैरजिम्‍मेवार नै बनिरहेको भए, मैले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्न सक्थेँ र कुनै पनि बेला निष्कासित हुन सक्थेँ त्यसपछि पछुतो गर्न ढीला भइसकेको हुनेथ्यो। परमेश्‍वरका वचनहरूबाट, हामीले आफ्नो कर्तव्यमा देखाउने लापरवाही व्यवहारलाई समाधान गर्ने अभ्यासको मार्ग भेट्टायौँ। सुरुमा, हामीमा उचित मानसिकता हुनुपर्छ, हामीले जिम्‍मेवारीको बोझ लिनुपर्छ, र परमेश्‍वरको छानबिन स्वीकार गर्नुपर्छ। त्यसपछि हामीले सबै कुरालाई होसियारीसाथ समीक्षा गर्नुपर्छ र देखिएका समस्याहरूलाई हल्का रूपमा लिनु हुँदैन। पछि, हामीले परमेश्‍वरका वचनहरू अभ्यास गर्‍यौँ। हामीले हाम्रो असफलताका कारणहरू जम्‍मा गर्‍यौँ, र सिद्धान्तहरूका आधारमा लगनशील भएर भिडियोहरू जाँच गर्‍यौँ, सानोभन्दा सानो गल्तीलाई पनि हटायौँ। हामीले सँगै मिलेर सत्यताका सिद्धान्तहरू खोज्यौँ र इडिट कसरी गर्ने भनी अभ्यास गर्‍यौँ। दाजुभाइ-दिदीबहिनीहरूसँगको यो सङ्गति र छलफलले हामीलाई सिद्धान्तहरूको बारेमा अझै राम्ररी बुझ्‍न सहयोग गर्‍यो, र हामीले पहिले पनि केही भिडियोहरू धेरैपटक जाँचेका भए पनि, हामी अहिले अलि सचेत भएका हुनाले, हरेक विवरणसँग सम्‍बन्धित थप समस्या भेट्यौँ। यसले विगतमा कर्तव्यमा अल्याङटल्याङ गर्ने हाम्रो समस्या कति गम्‍भीर थिएछ भन्‍ने कुरालाई अझै स्पष्ट रूपमा देखायो। त्यसपछि हामीले सिद्धान्तहरूअनुसार ती भिडियोहरू कसरी इडिट गर्ने भनेर विश्‍लेषण गर्‍यौँ, र हामीले गर्न सक्‍ने सबै इडिटको काम पूरा गर्‍यौँ, अनि हामीले कुनै पनि समस्या नदेखेपछि अगुवालाई जाँचको लागि पठायौँ। हामीले त्यो अभ्यास गरेपछि सबै जनाले निकै सहज महसुस गरे। ती भिडियोहरू इडिट गरेपछि, हामीले जाँचको लागि ती भिडियोहरू अगुवालाई पठायौँ। उनले भने, “निकै राम्रो लाग्यो, र मैले कुनै समस्या देखिनँ। यसपटक तपाईंहरूले राम्ररी गर्नुभएछ।” अगुवाले त्यसो भनेपछि, मैले परमेश्‍वरलाई हृदयदेखि धन्यवाद नदिई बस्‍न सकिनँ। हामीले राम्रो काम गरेको कारणले यस्तो भएको थिएन। बरु, हामी परिवर्तन भएर पश्‍चात्ताप गर्न अलि तयार भई, त्यति लापरवाही हुन छोडेपछि परमेश्‍वरले हामीलाई अगुवाइ गर्नुभएको थियो र आशिष्‌ दिनुभएको थियो। यो अनुभवले मलाई के देखायो भने मन लगाएर कर्तव्य पुरा गरियो भने मात्रै यो अर्थपूर्ण हुनेछ र शान्ति महसुस गरिनेछ। परमेश्‍वर धन्यवाद!

अर्को: बन्धन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफूलाई जे गर्न मन गरिँदैन त्यो अरूलाई पनि नगर्नेसम्बन्धी अत्मचिन्तन

मेरो काममा ठूलासाना धेरै समस्याहरू आइरहेका थिए। केही समस्याहरू लापरबाहीले त केही समस्या सिद्धान्त नबुझेकाले निम्तिएका थिए। म केही चिन्तित...

म यी अध्ययनहरूको पछि लाग्दिनँ

मेरो जन्‍म इसाई परिवारमा भएको हो। मेरा आमाबुबा दुवै किसान हुनुहुन्छ। मेरो परिवारले सागसब्‍जी र धान खेती गरेर जीविकोपार्जन गर्छ। विद्यालयमा...

झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्