मैले परमेश्‍वरको न्याय नै सबैभन्दा महान् मुक्ति हो भन्‍ने अनुभव गरेँ

1 जुन 2026

झाङ शिन, चीन

सन् १९९५ मा, मैले प्रभु येशूमा विश्‍वास गर्न थालेँ। त्यतिबेला, एक जना प्रचारकले प्रकाशको पुस्तकका अगमवाणीहरू प्रयोग गरेर हामीलाई पवित्र सहर कति अद्भुत छ भनेर सुनाए। उनले प्रभु येशू हामीलाई हाम्रो स्वर्गीय घरमा लैजान छिट्टै आउनुहुनेछ, र प्रभुका निम्ति स्वयंलाई त्यागेर र समर्पित गरेर मात्र हामी भविष्यमा पवित्र सहरमा प्रवेश गर्न सक्छौँ भनेर पनि बताए। यो सुनेर म साह्रै रोमाञ्चित भएँ। त्यसपछि, म उत्सुकतापूर्वक भेलाहरूमा सहभागी हुन र भेटीहरू चढाउन थालेँ। मेरा श्रीमान्‌ले, वा दाजु-भाउजूले मलाई जति नै रोक्न खोजे पनि, प्रभु येशूलाई पछ्याउने मेरो सङ्कल्पलाई कुनै कुराले डगमगाउन सकेन। तीन वर्षपछि, मैले प्रभुप्रतिको आफ्नो आस्थामा जिद्दी गरिरहेको कारण मेरा श्रीमान्‌ले सम्बन्धविच्छेदको माग गरे। म सहमत भएँ। त्यसपछि, मैले आफ्ना सबै सम्पत्ति मण्डलीलाई चढाएँ र प्रभुका लागि सुसमाचार प्रचार गर्न र काम गर्न दृढतापूर्वक घर छाडेँ। दुई महिनापछि, म सत्तरीभन्दा बढी मण्डलीको जिम्मेवारी सम्हाल्ने एक जना सहकर्मी बनेँ। सन् २००० मा, सहकर्मीहरूको बैठकमा एक जना अगुवाले हामीलाई भने, “‘पूर्वीय ज्योति’ भनिने एउटा सम्प्रदाय अहिले देखा परेको छ। तिनीहरू परमेश्‍वर सर्वशक्तिमान्‌ परमेश्‍वरका रूपमा देहमा फर्कनुभएको छ, र उहाँले नयाँ चरणको काम गर्दै हुनुहुन्छ भनेर भन्छन्। यो असम्भव छ! तिनीहरू त अब बाइबल पनि पढ्दैनन्। परमेश्‍वरका सबै वचन बाइबलमा छन्, र बाइबलबाहिर परमेश्‍वरका कुनै पनि वचन छैनन्। बाइबल छाड्नु भनेको अब उप्रान्त प्रभुमा विश्‍वास नगर्नु हो! तिनीहरू जताततै प्रचार गर्छन् र सबै सम्प्रदायका धेरै असल भेडा चोरेका छन्। हामीले प्रभुका बफादार सेवक बनेर हाम्रा ब्रदर-सिस्टरहरूको रक्षा गर्नैपर्छ, ताकि भविष्यमा हामीले प्रभुलाई आफ्नो लेखा दिन सकौँ! तिमीहरूले पूर्वीय ज्योतिको मार्गमा कहिल्यै विश्‍वास गर्नै हुँदैन। एकपटक विश्‍वास गरेपछि, तिमीहरूले प्रभुको मार्ग छोडेका हुनेछौ र उहाँद्वारा त्यागिनेछौ!” अगुवाले यसो भनेको सुनेर, मैले मनमनै सोचेँ, “म सावधान हुनुपर्छ, प्रभुको मार्गमा अडिग रहनुपर्छ, र बगाललाई जोगाउनुपर्छ।” त्यसपछि, मैले मण्डलीलाई सिलबन्दी गर्न थालेँ। मैले जिम्मेवारी लिएको हरेक भेलास्थलमा, अपरिचितहरूलाई स्वागत नगर्न र कसैले पनि पूर्वीय ज्योतिको मार्गमा विश्‍वास नगर्न बारम्बार जोड दिएँ। यो सुनेपछि, सबै विश्‍वासी पूर्वीय ज्योतिका मानिसहरूबाट सतर्क हुन थाले। त्यसको केही समयपछि नै, दुई जना सिस्टरले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेका छन् भन्ने मैले सुनेँ। उनीहरूलाई फर्कनका लागि मनाउन म तुरुन्तै उनीहरूको घरतिर लागेँ। उनीहरूले मेरो कुरा सुन्दै सुनेनन् र सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने जिद्दी गरिरहे। मलाई धेरै रिस उठ्यो, र मैले अरू ब्रदर-सिस्टरहरूलाई अझ कडा रूपमा निगरानी गर्न थालेँ। त्यसपछि एउटा दम्पतीले पनि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेको कुरा मैले थाहा पाएँ। म हतारिएर उनीहरूको घर गएँ र उनीहरूलाई फर्काएर ल्याएँ। त्यतिबेला, मलाई लागेथ्यो मैले साँच्चै नै प्रभुका भेडाहरूलाई अन्ततः बचाएँ, र मैले गरेको कामलाई प्रभुले पक्कै अनुमोदन गर्नुहुनेछ।

सन् २००२ को फेब्रुअरीमा, एक जना सिस्टरले मलाई आफ्ना आफन्तहरूसँग बाइबलबारे छलफल गर्न आफ्नो घर लगिन्। उनीहरूले परमेश्‍वरबाट भएको संसारको सृष्टिदेखि व्यवस्थाको युगमा यहोवा परमेश्‍वरले गर्नुभएको काम, र त्यसपछि अनुग्रहको युगमा प्रभु येशूले गर्नुभएको कामसम्मका सबै कुरामा छलफल गरे। उनीहरूले कामको प्रत्येक चरणको पृष्ठभूमि र महत्त्वपूर्ण मोडहरूलाई स्पष्ट रूपमा व्याख्या गरे। परमेश्‍वरले कस्ता मानिसहरूलाई आशिष् दिनुहुन्छ र कस्ता मानिसहरूलाई श्राप दिनुहुन्छ भन्नेबारेमा पनि उनीहरूले सङ्गति गरे। उनीहरूको सङ्गति यति ज्योतिर्मय थियो कि मैले यस्तो कुरा पहिले कहिल्यै सुनेकी थिइनँ। मलाई उनीहरूको प्रचार उत्कृष्ट लाग्यो। त्यसपछि, उनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामबारे मलाई गवाही दिए। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन पढेर र ब्रदर-सिस्टरहरूको सङ्गति सुनेर, मैले के बुझेँ भने बाइबलले व्यवस्थाको युग र अनुग्रहको युगमा भएको परमेश्‍वरको कामलाई मात्र अभिलेख गर्दछ। यो एउटा ऐतिहासिक पुस्तक हो र यसले परमेश्‍वरका सबै कामको प्रतिनिधित्व गर्न सक्दैन। परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न, र उहाँको काम सधैँ अगाडि बढिरहेको हुन्छ। आखिरी दिनहरूमा जब परमेश्‍वर फर्कनुहुन्छ, तब उहाँले बाइबलको सिमानाभन्दा बाहिरको नयाँ काम गर्नुहुनेछ। यस चरणमा, उहाँले प्रभु येशूको छुटकाराको कामको जगमा उभिएर मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्ति दिन र मानिसहरूलाई सुन्दर गन्तव्यमा पुर्‍याउन, न्याय र शुद्धीकरणको काम गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वरले आखिरी दिनहरूमा आफ्नो न्यायको काम गर्न सत्यता व्यक्त गर्नुहुन्छ भन्ने कुराले प्रभु येशूका अगमवाणीहरू पूरा गर्दछ: “मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। “अझै पनि मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। विशेषगरी, जब मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले बाइबलका सबै रहस्य खोल्नुभएको छ, “वचन देहमा देखा पर्नुहुन्छ” नै प्रकाशको पुस्तकमा अगमवाणी गरिएको “थुमाले खोलेको सानो चर्मपत्रको मुठो” हो, र यो पवित्र आत्माले मण्डलीहरूलाई भन्नुहुने कुरा नै हो भनी देखेँ, तब मैले निरन्तर अस्वीकार गर्दै आएको “पूर्वीय ज्योति” नै वास्तवमा आखिरी दिनहरूमा प्रभु येशूको देखापराइ र काम रहेछ भन्ने मलाई महसुस भयो। मेरो हृदय अवर्णनीय पीडाले दुख्यो। मैले प्रभुमा विश्‍वास गर्न थालेदेखि कसरी मेरा श्रीमान्‌को सतावटलाई मैले जितेकी थिएँ र एक जना गरिब विधवालेजस्तै भेटीहरू चढाएकी थिएँ भन्ने कुरा सोचेँ। मैले प्रभुका लागि काम गर्न भनेर सबै कुरा त्यागेकी थिएँ। म सोच्थेँ, म प्रभुको मार्गमा अडिग छु र उहाँको बगाललाई अर्पित भई हेरचाह गरिरहेकी छु। मैले प्रभु फर्कनुहुँदा अलिकति पनि खोजी गर्नेछैनँ भनेर कहिल्यै कल्पना गरेकी थिइनँ। म परमेश्‍वर देहमा आउनै सक्नुहुन्न, उहाँको काम बाइबलभन्दा बाहिर जानै सक्दैन, इत्यादि भनी विश्‍वास गर्दै अन्धाधुन्ध आफ्नै धारणाहरू र कल्पनाहरूमा टाँसिइराखेँ। मैले अहङ्कारपूर्वक परमेश्‍वरको आखिरी दिनहरूको कामलाई दोषारोपण र प्रतिरोध गरेँ, ब्रदर-सिस्टरहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्न मण्डली सिलबन्दी गरेँ, र परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरिसकेका एक दम्पतीलाई समेत मेरो पुरानो सम्प्रदायमा फर्काएर ल्याएँ। प्रभु येशूले फरिसीहरूलाई यसो भन्दै हप्काउनुभएको थियो: “शास्‍त्रीहरू र फरिसीहरू, ढोँगीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूसामु स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै भित्र जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। के मेरा कार्यहरू फरिसीहरूका जस्तै थिएनन् र? मैले आफैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरिनँ, र अन्य विश्‍वासीहरूलाई पनि यसलाई स्वीकार गर्नबाट रोक्न मैले सक्दो प्रयास गरेँ। के त्यो तिनीहरूलाई नरकतिर धकेल्नु मात्रै थिएन र? मैले यति धेरै दुष्टता गरेकी थिएँ—के म पनि धिक्कारको पात्र थिइनँ र? मेरो हृदय पछुतोले भरियो। तर त्यसपछि मैले सोचेँ, परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्न सक्नु नै मेरा लागि परमेश्‍वरको अनुग्रह र कृपा थियो। मेरा अपराधहरूको भर्पाई गर्न मैले सुसमाचार प्रचार गर्नुपर्थ्यो। सायद मैले अझ धेरै सुसमाचार प्रचार गरेँ भने, परमेश्‍वरले मेरा अपराधहरूलाई याद गर्नुहुनेछैन। पछि, मैले फर्काएर ल्याएका ती दम्पतीलाई सुसमाचार प्रचार गर्न म एक जना सिस्टरलाई लिएर गएँ। हामीले जे भने पनि उनीहरूले सुन्न अस्वीकार गर्लान् भनेर मैले कहिल्यै सोचेकी थिइनँ। उनीहरूले त मैले मण्डली सिलबन्दी गर्दा प्रयोग गरेका शब्दहरू नै ममाथि फ्याँके। मैले अझ बढी हृदयविदारक र पछुतोले भरिएको महसुस गरेँ। मेरा अपराधहरूको भर्पाइ गर्न, मैले झनै धेरै सुसमाचार प्रचार गरेँ। त्यस अवधिमा मैले धेरै कठिनाइ सहेँ तर कहिल्यै पछि हटिनँ। मैले सोचेँ, “सायद परमेश्‍वरले मेरो भक्ति र पश्चात्ताप देख्नुभयो भने, उहाँले मेरा अपराधहरूलाई मेरो विरुद्धमा राख्नुहुनेछैन र मलाई अझै पनि मुक्ति पाउने मौका दिनुहुनेछ।”

सन् २००४ को एक दिन, मेरो उपासनाको दौडान, मैले परमेश्‍वरका यी वचन पढेँ: “मलाई सताउनेहरू, (मेरो नामको गवाही दिनुभन्दा पहिलेका मानिसहरू लगायत) मेरो बारेमा कुनै ज्ञान नभएकाहरू, मलाई मानव ठान्‍नेहरू, वा विगतमा मेरो ईश्‍वर-निन्दा गर्ने र मलाई गिल्‍ला गर्ने जोकोहीलाई म कोमलता देखाउन सक्दिन। तिनीहरूले मेरो लागि अहिले नै सबैभन्दा सानदार गवाही दिए भने पनि, त्यसले अझै पनि कुनै भिन्‍नता ल्याउनेथिएन। विगतमा मलाई सताउनु भनेको मेरो लागि सेवा गर्ने एउटा तरिका थियो, र तिनीहरूले आज मेरो लागि गवाही दिए पनि, तिनीहरू अझै पनि मेरा औजारहरू हुनेथिए(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८५)। परमेश्‍वरका वचन पढेपछि, म त्यहीँ जमेँ। मेरो दिमाग पूरै खाली भयो, र होसमा आउन मलाई लामो समय लाग्यो। परमेश्‍वरका वचनबाट, मैले के देखेँ भने उहाँलाई सताउने र बदनाम गर्ने एउटा पनि व्यक्तिप्रति परमेश्‍वरले कोमलता देखाउनुहुन्न। यदि तिनीहरूले अहिले परमेश्‍वरको गवाही दिए तापनि, तिनीहरूले उहाँको कोमलता पाउन सक्दैनन्; तिनीहरूले केवल उहाँका लागि सेवा प्रदान गर्न सक्छन्। मैले म कसरी आफ्ना धारणा र कल्पनाहरूमा टाँसिएर रहेँ र पहिले परमेश्‍वरको आखिरी दिनहरूको कामको अलिकति पनि खोजी वा अनुसन्धान गरेकी थिइनँ भन्ने कुरा सोचेँ। यसको साटो, मैले परमेश्‍वरलाई बदनाम र प्रतिरोध गरेँ, विश्‍वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्न मण्डली सिलबन्दी गरेँ, र परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरिसकेका मानिसहरूलाई समेत मेरो पुरानो सम्प्रदायमा फर्काएर ल्याएँ। मैले यति ठूलो दुष्टता गरेकी थिएँ; पक्कै पनि परमेश्‍वरले मलाई कहिल्यै क्षमा गर्नुहुनेछैन। के म सिद्धिएकी थिइनँ र? मेरो कुन राम्रो परिणाम हुन सक्थ्यो र? तर म अझै पनि आशाको एउटा सानो त्यान्द्रो पक्रिराखेकी थिएँ। “के मेरो बुझाइ गलत हुन सक्छ? जब परमेश्‍वरले ‘कोमलता देखाउन सक्दिन’ भन्नुभयो, के उहाँले उहाँका वचन सुनेपछि र उहाँको कामबारे थाहा पाएपछि उहाँको ईशनिन्दा गरेका र उहाँलाई बदनाम गरेका मानिसहरूका बारेमा कुरा गर्दै हुनुहुन्थ्यो?” मैले परमेश्‍वरका वचन फेरि उत्सुकतापूर्वक एक-एक शब्द गरी पढेँ। परमेश्‍वरले धेरै स्पष्ट रूपमा बोल्नुभएको थियो। उहाँले कुरा गरिरहेका मानिसहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन कहिल्यै नसुनी वा उहाँलाई नचिनी उहाँको ईशनिन्दा गरेका र उहाँलाई बदनाम गरेकाहरू पनि समावेश थिए। तब मात्र म परमेश्‍वरले कोमलता देखाउन नसक्ने व्यक्तिहरूमध्ये म पनि एक हुँ भनी निश्चित भएँ। परमेश्‍वरका कठोर वचनले मेरो हृदयमा प्रहार गरे। म भयभीत भएँ, र मेरो पूरै शरीर लल्याकलुलुक भयो। मैले सोचेँ, “मसँग पश्चात्ताप गर्ने मौका पनि छैन जस्तो छ। आफ्नो कर्तव्यमा म जति नै समर्पित भए पनि, मैले जति नै कठिनाइ सहे पनि, र मैले जति नै शानदार गवाही दिए पनि, म अझै पनि परमेश्‍वरको कोमलता प्राप्त गर्न सक्नेछैनँ। मुक्ति पाउने मेरो आशा पूर्ण रूपमा मेटियो।” त्यो समयमा, मैले अझै पनि सुसमाचार प्रचार गरिरहेकी भए तापनि, परमेश्‍वरले मलाई मुक्ति दिनुहुन्न भन्‍ने सोच आउनेबित्तिकै, म अत्यन्तै दिक्दार हुन्थेँ, र म पहिले जस्तो सुसमाचार प्रचार गर्नमा सक्रिय थिइनँ। एक पटक, म सडकमा साइकल डोर्‍याउँदै मानिसहरूको भिडलाई हेरिरहेकी थिएँ। मैले मनमनै सोचेँ, “तिनीहरू सबैको आफ्नै घर छ। तर मेरो नि? पहिलो पटक प्रभुमा विश्‍वास गर्न थाल्दा, मैले मण्डलीलाई नै आफ्नो घर मानेकी थिएँ। मैले प्रभुको पुनरागमनलाई नचिन्दा उहाँको प्रतिरोध गर्छु, क्षमा गर्न नसकिने अपराधहरू गर्छु, र परमेश्‍वरले मानवजातिका लागि तयार गर्नुभएको घर—परमेश्‍वरको राज्यमा—मेरो कुनै हिस्सा हुनेछैन भनेर कहिल्यै सोचेकी थिइनँ।” त्यस क्षण, मैले उजाड महसुस गरेँ।

एक दिन मैले परमेश्‍वरका वचन पढेँ र एकदमै प्रभावित भएँ, अनि मेरो दिक्दार स्थिति केही हदसम्म परिवर्तन भयो। परमेश्‍वर भन्‍नुहुन्छ: “सृष्टि गरिएको प्राणी भएको हुनाले, तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। आफ्नो विवेकको विरुद्धमा काम नगर्; तैँले गर्नुपर्ने कुरा भनेको आफूलाई सृष्टिका प्रभुमा समर्पण गर्नु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई मुक्ति दिनुको महत्त्व)। म एक सिर्जित प्राणी हुँ; सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको गवाही दिनु मेरो कर्तव्य हो। असल परिणाम पाउन पाउनेछैनँ भन्दैमा मैले गम्भीरतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने कुरा छोड्न सक्दिनथेँ। के त्यो विवेक र समझको कमी हुने थिएन र? त्यसपछि, मैले सुसमाचार प्रचार गर्ने काम जारी राखेँ। म नतिजाहरू पाउँदा म खुसी हुन्थेँ, तर भित्रभित्रै, सधैँ एक प्रकारको भारीपन महसुस गर्थेँ। मैले कसरी अपराध गरेकी थिएँ र अरूभन्दा फरक थिएँ भनी सोचेँ— उनीहरूले सुसमाचार प्रचार गर्दा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न र मुक्ति पाउने आशा राख्न सक्थे, तर मैले जति नै सुसमाचार प्रचार गरे तापनि, परमेश्‍वरले मलाई कहिल्यै क्षमा गर्नुहुने थिएन। बेलाबेलामा, म दिक्दार महसुस गर्थेँ।

पछि, मैले परमेश्‍वरका वचन पढेँ र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरलाई पछ्याउने धेरै जना कसरी आशिष्‌ पाउने वा प्रकोपलाई कसरी टार्ने भन्‍ने कुराबारे मात्रै चासो राख्छन्। परमेश्‍वरको काम र व्यवस्थापन उल्लेख हुनेबित्तिकै, तिनीहरू चुप लाग्छन् र सबै रुचि गुमाउँछन्। तिनीहरू यस्ता दिक्कलाग्दा कुराहरू बुझ्नुले तिनीहरूको जीवनको वृद्धिविकास गर्न मद्दत गर्दैन वा कुनै फाइदा प्रदान गर्दैन भन्ने सोच्छन्। फलस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनबारे जानकारी सुनेका भए तापनि, तिनीहरू यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू यसलाई स्वीकार गर्नुपर्ने बहुमूल्य कुराका रूपमा हेर्दैनन्, र तिनीहरू यसलाई आफ्नो जीवनको एक हिस्साका रूपमा लिएर त झन् बुझ्दैनन्। यी मानिसहरूले परमेश्‍वरलाई पछ्याउनुको उद्देश्य धेरै सरल छ, र यो एउटै लक्ष्यका लागि हो: आशिषित हुनु। यी मानिसहरू यो लक्ष्यसँग कुनै सरोकार नभएको अरू कुनै पनि कुरामा ध्यान दिने कष्ट गर्दैनन्। तिनीहरूका लागि, आशिष्‌ पाउनुभन्दा परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै पनि लक्ष्य बढी वैध हुँदैन—यो नै तिनीहरूको आस्थाको मूल्य हो। यदि कुनै कुराले यो लक्ष्यमा योगदान गर्दैन भने, त्यो जेसुकै भए पनि तिनीहरू त्यसदेखि उदासीन रहन्छन्। आज परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसको अवस्था यही हो। तिनीहरूको लक्ष्य र अभिप्राय वैध देखिन्छ, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरका लागि आफूलाई समर्पित पनि गर्छन्, परमेश्‍वरप्रति आफूलाई अर्पित गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आफ्नो यौवन त्याग्छन्, परिवार र करियर त्याग्छन्, र वर्षौँसम्म घरबाट टाढा दौडधुप समेत गर्छन्। आफ्नो अन्तिम लक्ष्यका खातिर, तिनीहरू आफ्ना रुचिहरू, जीवनप्रतिको आफ्नो दृष्टिकोण, र आफूले पछ्याउने दिशा समेत परिवर्तन गर्छन्; तैपनि तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको लक्ष्य परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्नै आकाङ्क्षाहरूको व्यवस्थापनका लागि दौडधुप गर्छन्; बाटो जतिसुकै लामो भए पनि, र बाटोमा जतिसुकै कष्ट, खतरा, र बाधाहरू भए पनि, तिनीहरू निरन्तर लागिरहन्छन् र मृत्युदेखि डराउँदैनन्। कुन शक्तिले तिनीहरूलाई यसरी आफूलाई अर्पण गरिरहन बाध्य पार्छ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र उदात्त निष्ठा हो? के यो अन्तसम्मै दुष्टका शक्तिहरूसँग लड्ने तिनीहरूको दृढ सङ्कल्प हो? के यो इनाम नखोजी परमेश्‍वरको गवाही दिने तिनीहरूको आस्था हो? के यो परमेश्‍वरको इच्छा पूरा गर्नका लागि सबै कुरा त्याग्न इच्छुक हुने तिनीहरूको अर्पण हो? कि के यो सधैँ अत्यधिक व्यक्तिगत मागहरू त्याग्ने तिनीहरूको समर्पित आत्मा हो? साँच्चै भन्नुपर्दा, परमेश्‍वरको व्यवस्थापनको काम कहिल्यै नबुझेको व्यक्तिले अझै पनि यति धेरै रगत-पसिना बगाउनु एक चमत्कार हो! अहिलेका लागि, हामी यी मानिसहरूले कति दिएका छन् भन्नेबारे छलफल नगरौँ। तर, तिनीहरूको व्यवहार हाम्रो चिरफारका लागि अत्यन्तै योग्य छ। तिनीहरूसँग यति निकट रूपमा सम्बन्धित फाइदाहरूबाहेक, के परमेश्‍वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि यति ठूलो मूल्य चुकाउनुका अरू कुनै कारणहरू हुन सक्छन्? यहाँ, हामी मानिसले पहिले पहिचान नगरेको एउटा समस्या पत्ता लगाउँछौँ: परमेश्‍वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष्‌ पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ। अब कुराहरू यस बिन्दुमा पुगिसकेका हुनाले, कसले पो यस्तो मार्ग परिवर्तन गर्न सक्छ र? अनि कति जना मानिसहरू यो सम्बन्ध कति गम्भीर भइसकेको छ भनी साँच्चै बुझ्न सक्षम छन् र? मलाई के विश्‍वास छ भने, जब मानिसहरू आशिषित हुने आनन्दमय वातावरणमा डुब्छन्, तब कसैले पनि परमेश्‍वरसँगको यस्तो सम्बन्ध कति लाजमर्दो र कुरूप छ भनी कल्पना गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्‍वरका वचन पढेपछि, मैले अन्तर्दृष्टि पाएको र लज्जित भएको दुवै महसुस गरेँ। परमेश्‍वरसँगको मेरो सम्बन्ध उहाँले खुलासा गर्नुभएजस्तै थियो: केवल नाङ्गो स्वार्थको सम्बन्ध। जब मैले प्रभुमा विश्‍वास गरेँ, तब मैले आशिष्‌हरू प्राप्त गर्न र स्वर्गको राज्यमा प्रवेश गर्नका लागि सतावट सहेँ र आफ्नो परिवारलाई त्यागेँ। मैले जति नै दुःख भोगे तापनि, कडा जाडो र चर्को गर्मीको बाबजुद मण्डलीहरूको अगुवाइ गर्न र सुसमाचार प्रचार गर्न लागिरहेँ। तर परमेश्‍वरको आखिरी दिनहरूको कामको सामना गर्दा, मैले आफैले यसको खोजी वा अनुसन्धान नगरेकी मात्र होइन, मैले यसलाई दोषारोपण र प्रतिरोध पनि गरेँ, अनि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्नबाट विश्‍वासीहरूलाई रोक्न मण्डलीलाई सिलबन्दी समेत गरेँ। परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, मैले दुष्टता गरेकी छु र परमेश्‍वरको प्रतिरोध गरेकी छु भन्‍ने थाहा पाएँ। मेरो पहिलो सोच परमेश्‍वरसामु कसरी पश्चात्ताप गर्ने भन्ने थिएन, बरु म कसरी आफ्ना अपराधहरूको भर्पाई गर्न र परमेश्‍वरको कृपाका लागि सौदाबाजी गर्न अझ धेरै सुसमाचार प्रचार गर्न सक्छु भन्‍ने थियो, ताकि उहाँले मलाई स्वर्गको राज्यमा प्रवेश गर्ने मौका दिनुहोस्। उहाँको ईशनिन्दा र उहाँलाई बदनाम गर्नेहरूप्रति परमेश्‍वरले “कोमलता देखाउन सक्दिन” भन्ने पढेपछि, मलाई लाग्यो, आफ्नो कर्तव्यमा जति नै मेहनत गरे पनि, मैले कहिल्यै परमेश्‍वरको कोमलता पाउनेछैनँ, र मेरो मुक्तिको आशा मेटिएको छ। त्यसपछि म आफ्नो कर्तव्य निर्वाहमा नकारात्मक र निष्क्रिय भएँ। सुरुदेखि अन्त्यसम्म, मैले वास्ता गरेको कुरा आशिष्‌हरू प्राप्त गर्नु मात्र थियो। मैले सत्यता वा परमेश्‍वरको ज्ञान पछ्याउनका लागि नभई, स्वर्गको राज्यमा प्रवेश गर्ने आशिष्‌का लागि सौदाबाजी गर्न त्याग, समर्पण, परिश्रम र काम गरेँ। के यो ठ्याक्कै परमेश्‍वरले खुलासा गर्नुभएझैँ “केवल विवश दमित आक्रोश र छल हुन्छ” होइन र? परमेश्‍वरमाथिको मेरो यतिका वर्षको विश्‍वासमा, मैले कहिल्यै परमेश्‍वरका अभिप्रायहरू खोजेकी थिइनँ। परमेश्‍वर मैले के पछ्याएको चाहनुहुन्छ, मप्रति उहाँका मागहरू के-के हुन्, मैले उहाँका अभिप्रायहरूको कसरी ख्याल गर्नुपर्छ र उहाँलाई सन्तुष्ट पार्नुपर्छ, वा आफ्नो स्वभावमा परिवर्तन ल्याउन मैले कसरी सत्यता पछ्याउनुपर्छ भनेर मैले कहिल्यै सोचेकी थिइनँ। मेरो दिमागमा, मेरो आस्थामा सत्यता पछ्याउनु भनेको कुनै अतिरिक्त कुराजस्तो लाग्थ्यो, र आशिष्‌हरू पछ्याउनु सबैभन्दा वास्तविक लाग्थ्यो। म साँच्चै आशिष्‌को चाहनाले अन्धी भएकी थिएँ र सधैँ गलत मार्गमा हिँडिरहेकी थिएँ। मैले पावललाई सम्झेँ। जब प्रभु येशूले काम गरिरहनुभएको थियो, तब पावलले सुनेनन् वा खोजी गरेनन्; यसको साटो, उनले प्रभु येशूको निन्दा र प्रतिरोध गरे, उहाँका चेलाहरूलाई खेद्दै हत्या गरे, र धेरै दुष्ट कार्य गरे। प्रभुको प्रहार खेपेपछि पनि, उनले आफ्ना विगतका परमेश्‍वर-प्रतिरोधी कार्यहरू र सारका बारेमा अलिकति पनि चिन्तन गरेनन्। उनले प्रभुलाई चिन्ने प्रयास पनि गरेन, बरु केवल सुसमाचार प्रचार गरेर आफ्ना पापहरूको प्रायश्चित्त गर्न अझ धेरै मानिस प्राप्त गर्न चाहे। धेरै काम गरेपछि, उनले निर्लज्ज भई यसो भन्दै परमेश्‍वरसँग मुकुट मागे, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। “मैले विभिन्न थोक त्यागेँ, आफूलाई समर्पित गरेँ, र परमेश्‍वरबाट आशिष्‌को माग गर्न आफ्नो कर्तव्य निर्वाह गरेँ” म पावलकै मार्गमा हिँडिरहेकी थिएँ। यो महसुस गरेपछि, म पछुतो र आत्मग्लानिले भरिएँ, र मैले रुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले कति घृणास्पद र कुरुप रहेछु भनेर बल्ल बुझेँ। मैले यतिका वर्ष सुसमाचार प्रचार गरिरहेकी र आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए तापनि, मैले वास्तवमा आशिष्‌हरू प्राप्त गर्ने आफ्नो लक्ष्य हासिल गर्न मात्र आफ्नो कर्तव्यको प्रयोग गरिरहेकी थिएँ। म साँच्चिकै तपाईँसामु जिउन अयोग्य छु। प्रिय परमेश्‍वर, म प्रार्थना गर्दछु तपाईँले मलाई मेरो स्वभावमा परिवर्तन पछ्याउन र तपाईँलाई चिन्‍ने कुरा पछ्याउन अगुवाइ गर्नुहोस्।”

त्यसपछि मैले परमेश्‍वरका वचन अझ धेरै पढेँ र मानिसलाई मुक्ति दिने उहाँको अभिप्रायका बारेमा केही बुझ्न पाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “आज परमेश्‍वर तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले के थाहा पाउनुपर्छ भने, तँलाई दोषी ठहराउनुको उद्देश्य तैँले आफैलाई चिन्नु हो। उहाँ तँलाई दोषी ठहराउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, ताकि तँ आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, र यसभन्दा पनि बढी, ताकि तँ आफ्‍नो मूल्य जान्‍न सक्, र परमेश्‍वरका सबै कार्य धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरूअनुसार छन्, र उहाँ मानिसको मुक्तिसम्बन्धी आफ्नो योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने र मुक्ति दिनुहुने, अनि न्याय गर्नुहुने र सजाय पनि दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न हैसियतको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्‍ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि जुन न्याय र सजाय गर्नुहुन्छ त्यसमार्फत उहाँले आफ्नो मुक्ति प्रकट गर्ने अभिप्राय राख्नुहुन्छ भन्‍ने थाहा छैन भने, तैँले कामकुरा अनुभव गर्न सम्भव छैन, अनि तँ अघि बढिरहन त झनै सक्षम छैनस्। परमेश्‍वर मानिसहरूलाई ढाल्न वा नष्ट गर्न आउनुभएको होइन, बरु तिनीहरूलाई न्याय गर्न, श्राप दिन, सजाय दिन, र मुक्ति दिन आउनुभएको हो। उहाँको ६ हजार वर्षे व्यवस्थापनको योजना समाप्त नभएसम्म—उहाँले प्रत्येक वर्गको मानिसको परिणाम प्रकट गर्नुअघि—पृथ्वीमा परमेश्‍वरको काम पूर्ण रूपमा मुक्तिका खातिर हुन्छ; यसको उद्देश्य उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण रूपमा सिद्ध पार्नु र तिनीहरूलाई उहाँको प्रभुत्वअन्तर्गत समर्पण गर्न लगाउनु मात्रै हो। … परमेश्वर भ्रष्ट मानवजातिलाई मुक्ति दिनका निम्ति पृथ्वीमा काम गर्न आउनुभएको हो; यसमा कुनै झूट छैन। यदि यस्तो नभएको भए, उहाँ पक्कै पनि आफ्नो काम गर्न व्यक्तिगत रूपमा आउनुभएको हुनेथिएन। विगतमा, उहाँले मुक्ति दिँदा सबैभन्दा धेरै कृपा र दयाधर्म देखाउनुहुन्थ्यो, यतिसम्म कि उहाँले सम्पूर्ण मानवजातिको बदलामा शैतानलाई आफ्नो सर्वस्व दिनुभयो। वर्तमान भनेको विगतजस्तो छँदै छैन: आज तिमीहरूको मुक्ति आखिरी दिनहरूमा हुन्छ, जब हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ; तिमीहरूको मुक्तिको माध्यम कृपा वा दयाधर्म होइन, बरु सजाय र न्याय हो, ताकि मानिसलाई अझ पूर्ण रूपमा मुक्ति दिन सकियोस्। तसर्थ, तिमीहरूले सजाय, न्याय, र निर्दयी प्रहार मात्र प्राप्त गर्छौ, तर यो कुरा जानिराख: यस निर्दयी प्रहारमा अलिकति पनि दण्ड हुँदैन। मेरा वचनहरू जतिसुकै कठोर भए पनि, तिमीहरूमाथि केही त्यस्ता वचन मात्रै आइपर्छन् जुन तिमीहरूलाई पूर्ण रूपमा निर्दयी लाग्न सक्छन्, र म जतिसुकै रिसाएको भए पनि, तिमीहरूमाथि अझै पनि हप्काइका वचनहरू नै आइपर्छन्, र मेरो उद्देश्य तिमीहरूलाई हानि गर्नु वा मृत्युदण्ड दिनु होइन। के यी सबै तथ्य होइनन् र? आजकाल, चाहे त्यो धर्मी न्याय होस् वा निर्दयी शोधन र सजाय होस्, सबै कुरा मुक्तिका खातिर हो भन्ने जानिराख। आज हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने भए पनि वा सबै प्रकारका मानिस प्रकट गरिने भए पनि, परमेश्‍वरका सबै वचन र कामको उद्देश्य परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूलाई मुक्ति दिनु हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्न ल्याइन्छ, र निर्दयी शोधन उसलाई स्वच्छ पार्न गरिन्छ; कठोर वचनहरू वा ताडना दुवै शुद्ध गर्नका लागि गरिन्छन् र ती मुक्तिका खातिर हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ)। “यसपटक, परमेश्‍वर काम गर्न आउनुभएको हो, मानिसहरूलाई प्रहार गर्न होइन, बरु तिनीहरूलाई जति सम्भव छ, त्यति हदसम्म मुक्ति दिन आउनुभएको हो। कोही पनि त्रुटिरहित छैन—यदि सबैलाई प्रहार गरियो भने, के त्यो मुक्ति हुन्छ र? केही अपराधहरू नियतवश गरिएका हुन्छन्, जबकि अरू अनजानमा भएका हुन्छन्। यदि तँ अनजानमा गरेका कुराहरू पहिचान गरेर परिवर्तन हुन सक्छस् भने, के परमेश्‍वरले तँ परिवर्तन हुनअघि नै तँलाई प्रहार गर्नुहुन्छ र? के परमेश्‍वरले मानिसहरूलाई त्यसरी मुक्ति दिनुहुन्छ र? उहाँले काम गर्ने तरिका त्यस्तो होइन! तँमा विद्रोही स्वभाव भए पनि वा तैँले अनजानमा काम गरेको भए पनि, यो कुरा याद गर्: तैँले मनन गरेर आफूलाई चिन्‍नुपर्छ। तुरुन्तै आफूलाई परिवर्तन गर्नुपर्छ, र सारा शक्तिले सत्यतामा लागिपर्नुपर्छ—अनि, जस्तोसुकै परिस्‍थिति आइपरे पनि, हताश बन्‍नु हुँदैन। परमेश्‍वरले गरिरहनुभएको काम मान्छेको मुक्तिको काम हो, र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मनपरी प्रहार गर्नुहुन्‍न। यो कुरा निश्‍चित छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। म परमेश्‍वरका वचनबाट गहिरो रूपमा प्रभावित भएँ। चाहे परमेश्‍वरले मानिसहरूलाई भन्नुहुने वचनहरू न्याय, दोषारोपण, वा श्राप नै किन नहुन्, ती सबै कुरा मानिसहरूलाई मुक्ति दिनका लागि हुन्— ताकि मानिसहरूले उहाँका वचनबाट आफ्नै भ्रष्ट स्वभावहरू र आफ्नो आस्थामा भएका अशुद्धताहरू थाहा पाउन सकून्, आफ्नो परमेश्‍वर-प्रतिरोधी सार चिन्न सकून्, र परमेश्‍वरको धर्मी, प्रतापी, र रिस उठाउन नसकिने स्वभाव चिन्न सकून्, जसले गर्दा तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय विकास हुन सकोस्। यसरी, तिनीहरूले आफ्ना गलत अभिप्रायहरू छोड्न सक्छन्, आफ्ना शैतानी भ्रष्ट स्वभावहरू फाल्न सक्छन्, र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्। मैले परमेश्‍वरमा विश्‍वास गरेँ तर उहाँलाई वा उहाँको कामलाई चिनिनँ। मैले आफ्नो अहङ्कारी स्वभावद्वारा परमेश्‍वरको प्रतिरोध गरेँ। जब परमेश्‍वरको राज्यको सुसमाचार मेरो पुरानो सम्प्रदायमा प्रचार गरिएको थियो, तब मैले यसको खोजी वा अनुसन्धान गरिनँ, र अन्य विश्‍वासीहरूलाई समेत बाधा दिएँ र उनीहरूलाई त्यसो गर्नबाट रोकेँ। मेरा कार्यहरूप्रति परमेश्‍वरले गर्नुभएको न्याय र दोषी ठहराइले उहाँको धर्मी स्वभावलाई पूर्ण रूपमा प्रकट गर्‍यो। तर परमेश्‍वरले आफ्ना वचनहरूद्वारा मेरो न्याय गर्दा र मलाई दोषी ठहराउँदा, उहाँले मेरो परिणाम निर्धारण गरिरहनुभएको थिएन, मलाई मृत्युको अवस्थामा पुर्‍याउने कुरा त झन् परै जाओस्। परमेश्‍वरको उद्देश्य मैले उहाँको धर्मी, प्रतापी, र रिस उठाउन नसकिने स्वभावलाई चिनूँ भन्ने थियो, ताकि ममा परमेश्‍वरको डर मान्‍ने हृदय विकास हुन सकोस्। उहाँको उद्देश्य मैले मेरा कार्यहरूको प्रकृति बुझ्न सकूँ, मेरो असफलताको मूल कारणमाथि चिन्तन गर्न सकूँ, र पश्चात्ताप गरेर परिवर्तन हुन सकूँ भन्‍ने पनि थियो। यसरी नै परमेश्‍वरले मलाई शुद्ध गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ। परमेश्‍वरले जेसुकै भन्नुभएको भए तापनि, उहाँको आशा मैले आफ्नो विद्रोही, परमेश्‍वर-प्रतिरोधी शैतानी स्वभावमाथि चिन्तन गर्न र त्यसलाई बुझ्न सकूँ भन्‍ने थियो, ताकि म पश्चात्ताप गरेर परिवर्तन हुन सकूँ। यो परमेश्‍वर यसरी भन्नुभएजस्तै हो: “परमेश्‍वरले गरिरहनुभएको काम मान्छेको मुक्तिको काम हो, र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मनपरी प्रहार गर्नुहुन्‍न। यो कुरा निश्‍चित छ।” मैले परमेश्‍वरको कामलाई बाइबलमा सीमित गरेकी थिएँ, उहाँको आखिरी दिनहरूको कामलाई दोषारोपण र प्रतिरोध गरेकी थिएँ, नै विश्‍वासीहरूलाई यसलाई स्वीकार गर्नबाट समेत रोकेकी थिएँ। मैले के देखेँ भने मैले परमेश्‍वरमा विश्‍वास गरे तापनि, ममा उहाँको कुनै ज्ञान थिएन। मेरो स्वभाव अत्यन्तै अहङ्कारी थियो, र ममा परमेश्‍वरको डर मान्‍ने वा विनम्र हृदयको अलिकति पनि निसान थिएन। मैले यति धेरै दुष्टता गरेकी थिएँ कि म परमेश्‍वरद्वारा श्रापित र दण्डित हुनुपर्थ्यो। तर परमेश्‍वरले मेरो दुष्ट कार्यहरूअनुसार मलाई व्यवहार गर्नुभएन। यसको साटो, उहाँले ब्रदर-सिस्टरहरूले प्रचार गरेको सुसमाचारमार्फत मलाई उहाँसामु ल्याउनुभयो र उहाँका वचनको न्याय, दोषारोपण, र खुलासाद्वारा आत्मचिन्तन गरी आफैलाई चिन्न अनुमति दिनुभयो। यदि परमेश्‍वरको न्याय नभएको भए, म जीवनभर उहाँमा विश्‍वास गर्थेँ र कहिल्यै आत्मचिन्तन गर्ने वा आफूलाई चिन्ने थिइनँ। मैले आफ्नो अहङ्कारी प्रकृति चिन्ने थिइनँ वा मेरा सबै प्रयास र समर्पण आशिष्‌हरू प्राप्त गर्नका लागि मात्र थिए भन्ने थाहा पाउने थिइनँ। म केवल गलत मार्गमै लागिरहेर परमेश्‍वरको विरुद्ध विद्रोह, उहाँको प्रतिरोध गरिरहने, उहाँको स्वभावलाई चिढ्याइरहने थिएँ, र अन्ततः उहाँद्वारा तिरस्कार गरिने र हटाइने थिएँ। मलाई मुक्ति दिने परमेश्‍वरको कठोर न्याय नै थियो, जसले मलाई आफूलाई चिन्ने र उहाँसामु पश्चात्ताप गर्ने मौका दियो। परमेश्‍वरले आफ्ना वचनहरूद्वारा मेरो न्याय मात्र गर्नुभयो; उहाँले मलाई दण्डित गर्नुभएन, बरु उहाँका वचनको यति धेरै आपूर्तिको आनन्द लिनसमेत अनुमति दिनुभयो र मलाई धेरै सत्यता बुझ्न अगुवाइ गर्नुभयो। मैले परमेश्‍वरबाट यति धेरै कुरा प्राप्त गरेकी छु। एउटा सेवाकर्ता मात्र बन्न पाउनु पनि परमेश्‍वरको अनुग्रह र उहाँको उन्नयन हो। भविष्यमा असल परिणाम र गन्तव्य नपाए तापनि, मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। म सृष्टिकर्तासामु आउन र उहाँको आवाज सुन्न पाएकोमा धेरै भाग्यमानी छु। मेरो जीवन व्यर्थ भएको छैन। भविष्यमा मेरो परिणाम जेसुकै भए पनि, म परमेश्‍वरलाई धन्यवाद र प्रशंसा चढाउँछु!

त्यसपछि, मैले परमेश्‍वरका केही थप वचन पढेँ। म आफ्ना अपराधहरूको राम्ररी सामना गर्न सक्षम भएँ, र अभ्यासको मार्ग मेरा लागि अझ स्पष्ट भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अहिले, जबसम्म तँसित आशाको सानो त्यान्द्रो हुन्छ, तबसम्‍म परमेश्‍वरले तेरा विगतका अपराधहरू सम्झनु भए नि नभए नि, तैँले कस्तो मानसिकता कायम राख्नुपर्छ? ‘मैले आफ्नो स्वभावगत परिवर्तन पछ्याउनुपर्छ, परमेश्‍वरबारेको ज्ञान पछ्याउनुपर्छ, र शैतानद्वारा फेरि कहिल्यै मूर्ख तुल्याइनु हुँदैन, अनि परमेश्‍वरको नाउँलाई लाजमा पार्ने कुनै कुरा कहिल्यै गर्नु हुँदैन।’ मानिसहरू अहिले निकै गहिरोसँग भ्रष्ट पारिएका छन् र कुनै पनि मूल्यका छैनन्। तिनीहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् अनि तिनीहरूसित कुनै आशा छ कि छैन भनी कुन मुख्य क्षेत्रहरूले निर्धारण गर्छन्? प्रवचन सुनेपछि तैँले सत्यता बोध गर्न सक्छस् कि सक्दैनस्, तैँले सत्यतालाई अभ्यास गर्न सक्छस् कि सक्दैनस् अनि तँ परिवर्तन हुन सक्छ कि सक्दैनस् त्यो नै मुख्य कुरो हो। यी नै मुख्य क्षेत्रहरू हुन्। यदि तैँले अफसोस मात्रै गर्छस्, अनि जब तैँले कामकुरा गर्ने समय आउँछ, तब तँ त्यही पुरानो तरिकाहरूमा, सत्यता नपछ्याएर मात्रै होइन, तर पुराना धारणा, विधि र प्रावधानहरूमा अझै टाँसिएर समेत, अनि आत्मचिन्तन नगरेर र आफूलाई चिन्‍न नखोजेर मात्रै होइन, तर झन्झन् खराब भएर समेत, आफूलाई जे मन लाग्यो त्यही गर्छस्, र अझै पनि आफ्नो पुरानो मार्गमै हिँड्ने जिद्दी गरिरहन्छस् भने, तँ आशारहित हुनेछस् र मेटिनेछस्। परमेश्‍वरबारेको अधिक ज्ञान र आफूबारेको गहन ज्ञानले, तँ आफूलाई दुष्कर्म र पाप गर्नबाट रोक्न अधिक समक्ष हुनेछस्। तेरो प्रकृतिबारे तँमा जति धेरै गहन ज्ञान हुन्छ, तैँले त्यति नै धेरै आफूलाई रक्षा गर्न सक्नेछस्, अनि आफ्नो अनुभव एवं सिकाइ सारांशित गरिसकेपछि तँ फेरि असफल हुनेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “यदि मानिसहरू परमेश्‍वरबारे आफ्ना गलतफहमीहरू समाधान गर्न चाहन्छन् भने, एक हिसाबले, तिनीहरूले आफ्ना भ्रष्ट स्वभाव चिन्‍नैपर्छ, अनि तिनीहरूले गरेका गल्ती, तिनीहरूले लिएका घुमाउरा बाटाहरू, तिनीहरूका अपराध र लापरवाहीलाई चिरफार गरेर जान्‍नैपर्छ। यसरी मात्र तिनीहरूले आफ्नो प्रकृतिलाई स्पष्टसँग देख्न र त्यसबारे ज्ञान पाउन सक्नेछन्। यसका साथै, तिनीहरूले किन गलत मार्ग लिन्छन् र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने यति धेरै काम किन गर्छन् र यी कार्यहरूको प्रकृति के हो भनी स्पष्टसँग देख्नैपर्छ। त्यसका साथै, तिनीहरूले तिनीहरूका लागि परमेश्‍वरका अभिप्राय र मागहरू ठ्याक्कै के हुन्, तिनीहरू परमेश्‍वरका मागअनुसार काम गर्न किन सधैँ असमर्थ हुन्छन् र किन सधैँ उहाँका अभिप्रायविरुद्ध गएर आफूखुसी गर्छन् भन्‍ने कुरा पनि बुझ्नैपर्छ। यी कुराहरूलाई परमेश्‍वरसामु ल्याएर प्रार्थना गर्, र ती स्पष्टसँग बुझ्—तब मात्र तैँले आफ्नो स्थिति र मनस्थिति बदल्न र परमेश्‍वरबारेका आफ्ना गलतफहमीहरू समाधान गर्न सक्छस्। कतिपय मानिस आफूले गर्ने हरेक कुरामा सधैँ अनुचित अभिप्राय राख्ने गर्दछन्, तिनीहरूमा सधैँ दुष्ट विचार हुन्छ र तिनीहरू आफ्नो भित्री स्थिति सही छ कि छैन भनेर जाँच गर्न सक्दैनन्, न त त्यसलाई परमेश्‍वरका वचनहरूअनुसार खुट्ट्याउन नै सक्छन्। यी मानिसहरू अन्योलमा हुन्छन्। अन्योलमा हुने व्यक्तिको सबैभन्दा स्पष्ट विशेषता भनेको उसले खराब काम गरेपछि काटछाँटमा पर्दा ऊ नकारात्मक रहन्छ, निराश भएर आफू सकिएको र मुक्ति पाउन सक्दिनँ भन्‍ने निर्णय समेत गर्छ। के अन्योलमा हुने व्यक्तिको सबभन्दा दयनीय व्यवहार यही होइन र? ऊ परमेश्‍वरको वचनअनुसार आत्मचिन्तन गर्न सक्दैन र कठिनाइहरू सामना गर्दा समस्या समाधान गर्नका लागि सत्यता खोज्न सक्दैन। के यो अत्यन्तै अन्योलमा हुनु होइन र? के आफैसँग हार मानेर समस्या समाधान हुन सक्छ र? सधैँ नकारात्मकतामा रुमलिएर समस्या समाधान हुन सक्छ र? मानिसहरूले के बुझ्नुपर्छ भने, आफूले गल्ती गर्दा वा समस्या आइपर्दा, त्यसको समाधान गर्न सत्यता खोज्नुपर्छ। तिनीहरूले सुरुमा आफूले दुष्कर्म गर्नुको कारण, त्यसको अभिप्राय र सुरुवाती बिन्दु, आफूले यसो गर्नुको अभिप्राय र लक्ष्य के थियो, अनि आफूलाई कसैले प्रोत्साहित गरेर, उक्साएर वा बहकाएर यसो गर्न लगाएको हो कि आफूले जानाजानी यसो गरेको हो भन्‍नेबारे चिन्तन गरी बुझ्नुपर्छ। यी प्रश्नहरूलाई चिन्तन गरी स्पष्टसँग बुझ्नैपर्छ अनि त्यसपछि तिनीहरूले आफूबाट के-कस्ता गल्तीहरू भए र आफू के हुँ भनेर बुझ्न सक्नेछन्। यदि तँ आफ्ना दुष्कर्महरूको सार पहिचान गर्न वा त्यसबाट पाठ सिक्न सक्दैनस् भने, समस्या समाधान गर्न सकिँदैन। धेरै मानिस खराब काम गरेर कहिल्यै आत्मचिन्तन गर्दैनन्, त्यसैले, के यस्ता मानिसहरूले कहिल्यै साँच्चै पश्चात्ताप गर्न सक्छन्? के तिनीहरूको मुक्ति पाउने कुनै आशा हुन्छ? मानवजाति शैतानका सन्तति हुन्, अनि तिनीहरूले परमेश्‍वरको स्वभावलाई चिढ्याएको भए पनि वा नचिढ्याएको भए पनि, तिनीहरूको प्रकृति सार उस्तै छ। तिनीहरूले आत्मचिन्तन गरी आफूलाई अझ बढी चिन्नुपर्छ, आफूले कुन हदसम्म परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गरेको छु, अनि अझै पनि सत्यता स्विकार्न र अभ्यास गर्न सक्छु कि सक्दिनँ भनी स्पष्टसँग हेर्नुपर्छ। यदि तिनीहरूले यो स्पष्टसँग देख्न सक्छन् भने, आफू कति खतरामा छु भन्‍ने थाहा पाउनेछन्। वास्तवमा, सबै भ्रष्ट मानिस तिनीहरूको प्रकृति सारका आधारमा हेर्दा खतरामा हुन्छन्; तिनीहरूले सत्यता स्विकार्न निकै प्रयास गर्नुपर्छ र तिनीहरूलाई यो सजिलो हुँदैन। कतिपय मानिसले दुष्कर्म गरेर आफ्नो प्रकृति सार प्रकट गरेका छन्, जबकि कतिपयले अहिलेसम्म दुष्कर्म गरेका छैनन् तर तिनीहरू अरूभन्दा निकै राम्रा छन् भन्‍ने पनि होइन—तिनीहरूलाई त्यसो गर्ने मौका वा परिस्थिति नमिलेको मात्र हो। तैँले यी अपराधहरू गरेकाले, तँसँग अहिले कस्तो मनोवृत्ति हुनुपर्छ, परमेश्‍वरसामु के कुराको हिसाब दिनुपर्छ र उहाँ के हेर्न चाहनुहुन्छ भन्‍ने कुराबारे तँ आफ्नो हृदयमा स्पष्ट हुनैपर्छ। तैँले प्रार्थना र खोजीमार्फत यी कुरा पत्ता लगाउनैपर्छ; तब तैँले भविष्यमा कसरी पछ्याउनुपर्छ भनेर थाहा पाउनेछस् र त्यसउप्रान्त तँ आफूले विगतमा गरेका गल्तीबाट प्रभावित हुने र बाँधिनेछैनस्। तँ अगाडिको मार्गमा जसरी हिँड्नुपर्ने हो, त्यसरी नै हिँड्नैपर्छ र तैँले जसरी आफ्नो कर्तव्य पूरा गर्नुपर्ने हो, त्यसरी नै गर्नैपर्छ, अनि उप्रान्त निराशाले हार मान्नु हुँदैन; तँ नकारात्मकता र गलतफहमीबाट पूर्ण रूपमा निस्कनैपर्छ। एक हिसाबले, अहिले आफ्नो कर्तव्य पूरा गर्नु भनेको तैँले आफ्ना विगतका अपराध र लापरवाहीहरूको भर्पाई गर्नका लागि हो; यो एक नकारात्मक तौरतरिका हो र यो त्यति वाञ्छनीय छैन, तर कम्तीमा पनि तँमा यो मानसिकता चाहिँ हुनुपर्छ। अर्को हिसाबले, तैँले सकारात्मक र सक्रिय रूपमा सहकार्य गर्नैपर्छ, आफूले निर्वाह गर्नुपर्ने कर्तव्य राम्रोसँग निर्वाह गर्न र आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्दो गर्नैपर्छ। सृजित प्राणीले गर्नुपर्ने कुरा यही नै हो। चाहे तँमा परमेश्‍वरबारे कुनै धारणाहरू भए पनि, वा तैँले भ्रष्टता प्रकट गरे पनि, वा उहाँको स्वभावलाई चिढ्याए पनि, तैँले यी सबै कुरालाई आत्मचिन्तन गरेर र सत्यता खोजेर समाधान गर्नैपर्छ। तैँले आफ्ना असफलताहरूबाट सिक्‍नैपर्छ र नकारात्मकताको छायाबाट पूर्ण रूपमा निस्कनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्‍वरबारे आफ्‍ना धारणा र गलतफहमीहरू समाधान गर्न सक्छ)। परमेश्‍वरका वचनबाट, मैले के बुझेँ भने परमेश्‍वरले मेरा अपराधहरू याद गर्नुभए पनि वा क्षमा गर्नुभए पनि, जबसम्म मुक्तिका लागि आशाको एउटा सानो त्यान्द्रो बाँकी हुन्छ, तबसम्म मैले हरेस खानु हुँदैन। मैले सत्यता र मेरो स्वभावमा परिवर्तन ल्याउने कुरा पछ्याउनमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ। यो नै सही मार्ग हो। यो एउटा तथ्य हो कि मैले अपराध गरेकी छु, तर अहिले, परमेश्‍वरले मलाई शैतानको हातमा सुम्पिनुभएको छैन, न त उहाँले मेरो कर्तव्य निर्वाह गर्ने योग्यता नै खोस्नुभएको छ। म परमेश्‍वरका वचन पढ्न सक्छु, मेरो कर्तव्य निर्वाह गर्न सक्छु, अनि सत्यता र मेरो स्वभावमा परिवर्तन ल्याउने कुरा पछ्याउने मौका अझै मसँग छ, त्यसैले म हरेस खान सक्दिनँ। परमेश्‍वरले मेरा अपराधहरू याद गर्नुहुन्छ वा क्षमा गर्नुहुन्छ भन्ने कुरा परमेश्‍वरमै निर्भर छ; यो मैले अनुमान गर्ने कुरा होइन। मैले गर्नुपर्ने भनेको सत्यता पछ्याउनु मात्र हो। म मेरा अपराधहरूको बन्धनमा परूँ, र नकारात्मक स्थितिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरूँ भन्ने परमेश्‍वर चाहनुहुन्न। उहाँको अभिप्राय मैले आफ्नो असफलताको कारण बुझ्न सकूँ र पश्चात्ताप गरेर परिवर्तन हुन सकूँ भन्ने हो। म आफ्नै धारणा र कल्पनाहरूद्वारा उहाँलाई सीमित गर्न छाडूँ, र आफ्नो मेहनतलाई आशिष्‌हरू प्राप्त गर्ने माध्यमका रूपमा लिन छाडूँ भन्ने उहाँ चाहनुहुन्छ। मैले साना वा ठूला जस्तोसुकै कुराहरूको सामना गरे तापनि, मैले त्यसलाई उहाँका वचनअनुसार हेर्नुपर्छ र उहाँका वचन अभ्यास गर्नुपर्छ। परमेश्‍वरका वचनले मेरा गलत दृष्टिकोणहरूलाई पनि सच्याए। म सोच्ने गर्थेँ म अरूभन्दा फरक छु— उनीहरूसँग आफ्नो कर्तव्य निर्वाह गरेर मुक्ति पाउने आशा छ, तर मेरा अपराधहरूका कारण, म एउटा सेवाकर्ता मात्र बन्न सक्छु र मैले जति नै मेहनत गरे पनि कहिल्यै मुक्ति पाउन सक्नेछैनँ। यो परमेश्‍वरप्रतिको गलत बुझाइ थियो। उहाँका वचन पढेपछि, मैले के बुझेँ भने हामी सबै शैतानद्वारा भ्रष्ट गरिएका मानिस हौँ, र हामी सबैमा उही परमेश्‍वर-प्रतिरोधी सार छ। फरक यति मात्र हो कि मैले परमेश्‍वरको स्वभावलाई चिढ्याउने अपराधहरू गरेँ, जसले मेरो समस्यालाई अझ गम्भीर बनायो। त्यो एउटा तथ्य हो। समयलाई पछाडि फर्काउन सकिँदैन। परमेश्‍वरले देख्न चाहनुभएको कुरा पश्चात्तापप्रतिको मेरो मनोवृत्ति र मेरा वास्तविक परिवर्तनका अभिव्यक्तिहरू हुन्। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले बल्ल तपाईँको अभिप्राय बुझेँ। म जति दिन जिउँछु, हरेक दिन म सत्यता पछ्याउनेछु, मेरो स्वभावमा परिवर्तन ल्याउने कुरा पछ्याउँछु, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछु। तपाईँले मलाई क्षमा गर्नुभए पनि वा नगर्नुभए पनि, म एक सिर्जित प्राणी हुँ। यदि तपाईँले मलाई एउटा सेवाकर्ता बन्न लगाउनुभयो भने पनि, म अझै पनि एक सिर्जित प्राणी नै हुँ। म धरातलमा रहेर मेरो कर्तव्य राम्ररी निर्वाह गर्न तत्पर छु।” यति बुझेपछि, मेरो हृदयमा धेरै चैन छायो। अब परमेश्‍वरले हामीलाई सत्यताका सबै पक्ष बताउनुभएको छ, त्यसैले सत्यता पछ्याउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ। मेरो भविष्यको परिणाम वा परमेश्‍वरले मलाई गर्ने व्यवहार जेसुकै भए तापनि, म मेरो कर्तव्य निर्वाह गर्दै सत्यता पछ्याउनमा ध्यान केन्द्रित गर्नेछु र परमेश्‍वरका वचनलाई मेरो जीवन बन्न दिनेछु। मैले पछ्याउनुपर्ने कुरा यही हो। यस अनुभवबाट गुज्रिएपछि, मलाई साँच्चै नै परमेश्‍वरको न्याय नै मेरा लागि सबैभन्दा उत्तम मुक्ति हो भनेर महसुस भएको छ। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अन्तत: गलत बुझाइहरूबाट मुक्त

लोरेइन, दक्षिण कोरियाकेही वर्षअघि म मण्डलीमा भिडियोहरू बनाउने गर्थेँ। एक समय थियो जतिबेला म राम्ररी आफ्नो कार्य-सम्पादन गर्दिनथेँ, र मैले...

मेरो सतर्कतापन र गलतफहमी हटाइयो

लिन फेङ, चीनसन् २०२२ मा, जब म मण्डली अगुवा थिएँ, मेरो अहङ्कार, आत्म-धार्मिकता र मनमानीपनले गर्दा म हरेक कुरामा हैकम चलाउन चाहन्थेँ। यसको...

डरविना आफ्नो कर्तव्य अँगाल्नु

सोङ वेन, चीनमे २०२३ को अन्त्यतिर, म जिम्मेवार रहेका मण्डलीहरूले सीसीपीको गिरफ्तारी सामना गरे, र परमेश्‍वरका वचनका पुस्तकहरू तुरुन्तै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्