आफ्नो कर्तव्यमा प्रयास नगर्दा के हुन्छ

25 फेब्रुअरी 2023

यिचेन, इटाली

सन् २०१९ मा, सिस्टर झाङ र मलाई मण्डलीमा आर्ट डिजाइनको कामको इन्चार्ज बनाइयो। सुरुमा यो कर्तव्य थाल्दा मैले नबुझेका धेरै सिद्धान्त थिए, त्यसैले सिस्टर झाङले मसित धैर्यसाथ सङ्गति गरिन् र धेरैजसो काम आफैले सम्हालिन्। पछि पो, उनले यो कर्तव्य दुई वर्षदेखि गरेकी, र उनीसित कामको केही अनुभव भएको, र भेलाहरूमा समस्या समाधान गर्नेदेखि लिएर कार्य सारांश गर्नेसम्मका सबै कुरामा उनको सोचाइ मेरोभन्दा धेरै विस्तृत भएको मैले थाहा पाएँ। ब्रदर-सिस्टरहरूले प्रश्नहरू उठाउँदा, उनीसित सधैँ त्यसको राम्रो समाधान हुन्थ्यो। उनीसित तुलना गर्दा, मलाई आफू निकै पछि छु भन्ने लाग्यो। मैले सोचेँ, “सिस्टर झाङजस्ती हुन मैले कत्ति कष्ट भोग्नुपर्नेछ र मूल्य चुकाउनुपर्नेछ? उनीसित धेरै अनुभव रहेको र उनले धेरैजसो बोझ उठाउने भएकीले, म धेरैजसो काम उनैलाई गर्न दिनेछु।”

कार्य सारांशअघि, सिस्टर झाङले मलाई समस्याहरू समाधान गर्नाका लागि कसरी सङ्गति गर्नुपर्छ भनेर अग्रिम विचार गर्न लगाइन्, र मैले सोचेँ, “त्यो त ठूलो समस्या हो। हाम्रो कर्तव्यमा भएका समस्याहरूलाई सारांशमा बताउनुबाहेक, समाधानबारे सङ्गति गर्नका लागि मैले परमेश्‍वरका सान्दर्भिक वचन र सिद्धान्तहरू भेट्टाउनुपर्छ। विशेष गरी, व्यावसायिक मामिलाबारे मसित त्यति अनुभव छैन। मैले समाधान बताउनका लागि धेरै जानकारी भेट्टाउन निकै प्रयास गर्नुपर्छ, र आफूले नबुझ्ने कुराबारे सङ्गति खोज्नुपर्छ। त्यसका लागि निकै धेरै समय र प्रयास चाहिन्छ। यस क्षेत्रबारे त सिस्टर झाङलाई थाहा छ, त्यसैले, सारांश गर्ने काम उनले नै गर्न सक्छिन्। यो काम म उनैको हातमा छोड्नेछु।” त्यसपछि, मैले कार्य सारांशबारे फेरि कहिल्यै सोचिनँ। कार्य सारांशको अवधिमा, सिस्टर झाङले मलाई मेरोमा कस्ता विचार र सोचाइ छन् भनेर सोधिन्, मैले भनेँ, “म यस क्षेत्रमा अनभिज्ञ छु, त्यसैले सारांश गर्ने काम तपाईंले गर्नु नै सबैभन्दा राम्रो हुनेछ।” कहिलेकाहीँ, उनले हाम्रो अध्ययनको दिशाबारे योजना बनाउँदै गर्दा मेरो सुझाव दिन र सम्भाव्य समस्याहरूलाई पन्छाउनमा मदत गर्न म सहभागी हुन चाहन्छु कि भनेर मलाई सोध्थिन्। म सोच्थेँ, “यस क्षेत्रमा त सधैँ सिस्टर झाङ नै जिम्मेवार रहेकी छिन्। सहभागी हुनाका लागि मैले यसबारे सोच्नुपर्छ र आफूलाई गहिरोसित थाहा नभएको कुराको अध्ययन गर्नुपर्छ। एकदमै धेरै प्रयास चाहिन्छ! भइहाल्यो, म सहभागी हुँदिनँ।” त्यसैले, मैले सिस्टर झाङको प्रस्ताव नकारेँ।

पछि, हामीले चित्र कोर्ने नयाँ तरिका सिकिरहेका थियौँ। यो सीप सिक्ने क्रममा हामी धेरै कठिनाइ र समस्यासित लडिरह्यौँ, तर सिस्टर झाङले हामीसित छलफल गरेर ती समाधान गरिन्। मलाई त्यस तरकिबबारे राम्ररी थाहा नभएकोले, त्यसबारे दुई पटक बताइएको सुनेपछि पनि म अझै अन्योलमै थिएँ, र मैले सोचेँ, “यस क्षेत्रमा नयाँ सीप सिक्नु साह्रै थकाइलाग्दो हुन्छ। यस पटक म संलग्न हुन्छु जस्तो मलाई लाग्दैन। जे होस्, हामीसित सिस्टर झाङ छिन्, उनले हामीलाई सिक्न मदत गर्न सक्छिन्।” पछि, मैले अध्ययन गर्दै गर्दा ध्यानसित सुनिनँ। कोही बेला म पुरै समयभरि एक शब्द पनि बोलिनँ; कुनै बेला चाहिँ अरू नै काम गर्नतिर लागेँ। सिस्टर झाङले मलाई मेरो विचार र धारणाबारे सोध्दा म सधैँ आफ्नो कुनै विचार र धारणा छैन भनेर लापरवाहीसाथ जवाफ दिन्थेँ। मैले बिस्तारै आफ्नो कर्तव्यमा झन्-झन कम बोझ उठाएँ र पुनः हेर्नुपर्ने काममा समस्याहरू देख्न छोडेँ। त्यस अवधिमा, हरेक दिन मेरो हृदयमा खोक्रो अनुभव हुन्थ्यो र म झन् धेरै नकारात्मक भएँ। मलाई मेरो क्षमता कम भएको र म त्यस कर्तव्यको लागि योग्य छैनँ भन्ने लाग्यो।

एक दिन, सिस्टर झाङले मसित कामबारे छलफल गरेपछि भनिन्, “तपाईंले यो कर्तव्य गर्नुभएको केही समय भइसकेको छ, तैपनि तपाई अझै आफूसँग अनुभवको कमी छ वा तपाईं बुझ्नुहुन्न भन्नुहुन्छ। तपाईं केवल बोझ उठाउन वा प्रयास गर्न चाहनुहुन्न। मसँग केही राम्रा विचार हुनुको कारण के हो भने, म अक्सर प्रार्थना गर्छु, परमेश्‍वरमा भर पर्छु र कामकुरा बुझ्न सिद्धान्तहरू खोजी गर्छु। विशष गरी हामीले व्यावसायिक कुराहरू नबुझेको बेला, अध्ययन गर्न अग्रसर हुनैपर्छ। नत्र, हामीले आफ्नो कर्तव्य कसरी निर्वाह गर्न सक्छौँ र?” त्यसपछि, उनले कठिनाइहरूको सामना गर्दा उनी कसरी परमेश्‍वरमा भर परिन् र समाधान भेट्टाउन खोजी गरिन् भन्नेबारे बताइन्। तर त्यतिबेला मैले अझै आफ्नो समस्या पटक्कै बुझिनँ। बरु, सिस्टर झाङले मेरा समस्या बुझिनन् भन्ने मलाई लाग्यो, त्यसैले मैले उनको सुझावलाई मनमा लिइनँ, न त मैले आत्मसमीक्षा नै गरेँ।

चाँडै नै, सिस्टर झाङलाई अन्य कामको जिम्मा दिइयो। उनी जाँदा म निकै दुःखी थिएँ, किनभने यत्तिका धेरै कामको सामना गर्नुपर्दा मेरो दिमाग शून्य भयो। मैले सोचेँ, “मैले यो कामको जिम्मा लिएको अब एक वर्षभन्दा धेरै भइसक्यो, त्यसैले कसरी म यो काम गर्न अझै असक्षम छु?” त्यसबेला, मलाई सिस्टर झाङले भनेको कुरा याद आयो। के मैले साँच्चै आफ्नो कर्तव्यमा बोझ उठाएकी थिइनँ र? मैले आत्मसमीक्षा गर्न र आफूलाई चिन्न परमेश्‍वरलाई उहाँको मार्गदर्शन माग्दै प्रार्थना गरेँ। पछि, मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ: “धेरैजसो समय, कामका समस्याबारे सोध्दा तिमीहरू जवाफ दिन सक्दैनौँ। काममा धेरै मानिस संलग्‍न हुन्छन्, तर तिमीहरू यो राम्रो भइरहेको छ कि छैन भनेर कहिल्यै सोध्दैनौ वा यसबारे सोच्दा पनि सोच्दैनौ। तिमीहरूको क्षमता र ज्ञानलाई विचार गर्दा, तिमीहरूलाई केही पनि थाहा नहुने त नहुनुपर्ने हो, किनभने तिमीहरू सबै यस कामा सहभागी भएका छौ। त्यसो भए, किन अधिकांश मानिसले केही पनि भन्दैनन्? सम्भवतः के भन्‍ने भनेर तिमीहरूलाई साँच्‍चै थाहा नभएको हुन सक्छ—कामकुराहरू राम्रोसित भइरहेका छन् कि छैनन् भनेर तिमीहरूलाई थाहा नभएको हुन सक्छ। यसका दुईवटा कारण छन्: एउटा कारण हो—तिमीहरू पूर्णतया उदासीन छौ, अनि तिमीहरूले यी कुराहरूको कहिल्यै वास्ता गरेनौ र सधैँ तिनलाई पूरा गर्नुपर्ने कामको रूपमा मात्र लियौ। अर्को कारण हो—यी कुराहरूको वास्ता गर्न तिमीहरू इच्छुक छैनौ। यदि तैंले साँच्‍चै वास्ता गरेको भए र यदि तँ साँच्‍चै संलग्‍न भएको भए, तँसित सबै कुराबारे राय र दृष्टिकोण हुनेथ्यो। भावशुन्य र उदासीन हुँदा र कुनै जिम्मेवारी नलिँदा अक्सर दृष्टिकोण वा राय नहुने गर्छ। तिमीहरू आफूले गर्ने कर्तव्यप्रति लगनशील छैनौ, तिमीहरू कुनै जिम्मेवारी लिँदैनौ, तिमीहरू मूल्य चुकाउन वा संलग्‍न हुन चाहँदैनौ, न त तिमीहरू कुनै कष्ट नै भोग्छौ न त अझ धेरै शक्ति खर्चन नै इच्छुक छौ; तिमीहरू केवल अनुचर हुन चाहन्छौ, यो त एक अविश्‍वासीले आफ्नो हाकिमको लागि काम गरेकोभन्दा कुनै फरक छैन। यसरी आफ्नो कर्तव्य निर्वाह गर्नुलाई परमेश्‍वरले मन पराउनुहुन्‍न, यसलाई उहाँले अनुमोदन गर्नुहुन्‍न, उहाँले यसलाई घृणा गर्नुहुन्छ र यस्तो व्यक्तिलाई ढिलो वा चाँडो हटाइनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”)। परमेश्‍वरको वचनले मेरो अवस्थालाई ठ्याक्कै प्रकट गऱ्यो। मैले सिस्टर झाङसँग सहकार्य गर्दा र कामबारे छलफल गर्दा, मसित आफ्ना दृष्टिकोण वा विचार कहिल्यै हुँदैनथ्यो। त्यो क्षेत्र वा कामबारे मलाई राम्ररी थाहा नभएकोले त्यसो भएको हो भन्ने सधैँ मलाई लाग्थ्यो। परमेश्‍वरको वचन पढेपछि मात्र मैले त्यो त मेरो लापरवाही र गैरजिम्मेवारीको कारणले भएको रहेछ भनेर बुझेँ। मैले सिस्टर झाङसँग सहकार्य गर्दाको समयबारे फर्केर सोच्दा, प्रत्येक चोटि मसित व्यावसायिक समस्या हुँदा, म त्यसबारे कहिल्यै चिन्तित भइनँ। मैले कर्तव्यबारे आफूलाई अनुभव नहुनु र आफूले सिद्धान्तहरू राम्ररी नबुझ्नुलाई त्यो कामबाट उम्कने र पन्छिने बहानाको रूपमा प्रयोग गरेँ। कामबारे छलफल हुँदा म केवल श्रोता बन्थेँ। मैले त्यसबारे कहिल्यै होसियारीसाथ सोचिनँ। मैले अक्सर सिस्टर झाङको अगाडि आफूले नबुझेकी, आफू असक्षम भएको र उनीसँग कामको धेरै अनुभव भएको कुरा गरेँ, तर ती वास्तवमा बहाना मात्र थिए। मेरो वास्तविक उद्देश्य उनको सहानुभूति प्राप्त गर्नु र उनले मलाई बुझून् भन्ने थियो, ताकि धेरैजसो काम उनले गरून् र म चाहिँ आफ्नो फुर्सदको मजा लिइरहन सकौँ। म साह्रै धूर्त र छली थिएँ! मलाई यस कर्तव्यको जिम्मेवारी दिइएको एक वर्षभन्दा धेरै भएको थियो र मसँग व्यावसायिक जग थियो, त्यसैले, यदि म जिम्मेवार भएकी भए र मैले लगनशील भई अध्ययन गरेकी भए, कामबारे छलफल हुँदा मसित आफ्नै दृष्टिकोणहरू हुनेथिए। सिस्टर झाङको सरुवा हुँदा मैले त्यो कर्तव्य सम्हाल्न सक्नेथिएँ। मैले आफ्नो कर्तव्यमा गैरजिम्मेवार हुनुबाहेक अरू केही गरेकी थिइनँ, मानौँ सकेसम्म दिनहुँ थोरै प्रयास वा थोरै चिन्ता गरेर बाँच्न म केवल ज्यालाका लागि काम गरिरहेकी छु। कसरी कामकुरा ठीकसँग गर्ने, कसरी आफूले सक्दो गर्ने र कसरी आफ्नो जिम्मेवारी पूरा गर्ने भनेर मैले कहिल्यै सोचिनँ। मैले शारीरिक कष्टलाई कसरी पन्छाउने भनेर मात्र सोच्दै आफ्नो कर्तव्य केवल लटरपटर निर्वाह गरिरहेकी थिएँ। मैले परमेश्‍वरको इच्छालाई पटक्कै विचार गरिनँ। मेरो हृदयमा परमेश्‍वरको लागि ठाउँ छ भनेर म कसरी भन्न सक्थेँ र? मैले आफ्नो कर्तव्यप्रति देखाएको मनोवृत्तिको लागि परमेश्‍वरले मलाई कसरी तिरस्कार गर्न सक्नुहुन्न र?

त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ: “प्रभु येशूले एकपटक भन्‍नुभयो, ‘किनभने जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ’ (मत्ती १३:१२)। यी वचनहरूको अर्थ के हो? यिनीहरूको अर्थ हो—यदि तैँले आफ्नो कर्तव्य वा कार्य गरिनस् वा त्यसमा आफूलाई समर्पित गरिनस् भने, परमेश्‍वरले तँसित भएका कुरा ‘खोस्‍नुहुनेछ’। ‘खोस्‍नुहुनेछ’ भन्‍नुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो महसुस गराउँछ? हुन सक्छ, तैँले आफ्नो क्षमता र गुणद्वारा प्राप्त गर्न सक्‍ने कुरा प्राप्त गर्न सकिनस्, र तँलाई केही महसुस भएन अनि तँ अविश्‍वासी छँदाकै अवस्थामा फर्किस्। यी सबै कुरा परमेश्‍वरले खोस्‍नुभयो। यदि तँ आफ्नो कर्तव्यमा लापरवाह छस्, मूल्य चुकाउँदैनस्, र इमानदार छैनस् भने, परमेश्‍वरले तँसित भएका कुरा खोस्‍नुहुनेछ, उहाँले तेरो कर्तव्य निर्वाह गर्ने अधिकार फिर्ता लिनुहुनेछ, उहाँले तँलाई यो अधिकार दिनुहुनेछैन। किनभने परमेश्‍वरले तँलाई आशिष् र क्षमता दिनुभयो, तर तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनस्, परमेश्‍वरको लागि खर्च गरिनस्, वा मूल्य चुकाइनस् र त्यसमा मन लगाइनस्, परमेश्‍वरले तँलाई आशिष् नदिनुहुने मात्र होइन, तँसित भएका कुरा पनि खोस्‍नुहुनेछ। परमेश्‍वरले मानिसहरूलाई विशेष सीपका साथै ज्ञान र बुद्धि दिएर आशिष् प्रदान गर्नुहुन्छ। मानिसले यी कुरा कसरी प्रयोग गर्नुपर्छ? (तिनीहरूले यी वरदानहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न प्रयोग गर्नुपर्छ।) तैँले आफ्नो विशेष सीप, वरदान, ज्ञान र बुद्धिलाई आफ्नो कर्तव्यमा समर्पित गर्नैपर्छ। तैँले आफूलाई थाहा भएका, आफूले बुझेका, आफूले प्राप्त गर्न सक्‍ने र आफूले सोच्ने सबै कुरा आफ्नो कर्तव्यमा प्रयोग गर्नको लागि मन लगाउनैपर्छ र दिमाग खियाउनैपर्छ। यसो गर्दा तँ आशिषित हुनेछस्। परमेश्‍वरद्वारा आशिषित् हुनुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो महसुस गराउँछ? (आफ्नो कर्तव्य निर्वाह गर्ने एउटा मार्ग छ, आफूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुभएको छ भन्‍ने महसुस गराउँछ।) उनीहरूले परमेश्‍वरबाट अन्तर्दृष्टि र मार्गदर्शन पाएका छन्। मानिसहरूका निम्ति, तेरो योग्यताको दायरा, तेरो क्षमता र तैँले सिकेका कुराहरू तैँले जे चाहन्छस् त्यो गर्नका लागि अपर्याप्त लाग्‍न सक्छन्—तर यदि परमेश्‍वरले काम गर्नुभयो र तँलाई अन्तर्दृष्टि दिनुभयो भने, तँ बुझ्न सक्षम हुने मात्र होइन, अझ राम्रो पनि गर्न सक्छस्। तैँले मनमनै सोच्छस्, ‘म त्यति सिपालु थिइनँ। यस्तो लाग्छ, अहिले मभित्र निकै धेरै कुरा छन्। मैले त्यसरी कहिल्यै नसिकेको कुरा अचानक बुझ्न र त्यति धेरै कुरा गर्न सक्‍नु कसरी सम्भव भयो? कसरी म अचानक त्यति धेरै स्मार्ट भएँ?’ तैँले यो बताउन सक्दैनस्। यी त परमेश्‍वरबाटको अन्तर्दृष्टि र आशिष् हुन्; यसरी नै परमेश्‍वरले मानिसहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूले आफ्नो कर्तव्य निभाउँदा वा काम गर्दा यदि यस्तो महसुस गर्दैनौ भने, तिमीहरू परमेश्‍वरद्वारा आशिषित् भएका छैनौ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”)। परमेश्‍वरको वचन मनन गरेपछि मैले बुझेँ कि, परमेश्‍वरले इमानदार मानिस र उहाँको लागि आफूलाई इमानदारीपूर्वक समर्पित गर्नुहरूलाई आशिष् दिनुहुन्छ। व्यक्तिले जति धेरै मेहनत गर्छ र आफ्नो कर्तव्यमा सुधार गर्ने प्रयास गर्छ, उति नै धेरै उसलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, र ऊ आफ्नो कर्तव्यमा अझ धेरै प्रभावकारी हुन्छ। त्यसको विपरीत, यदि तपाईंले आफ्नो कर्तव्य छलका साथ गर्नुभयो, लगनशील हुनुभएन र मूल्य चुकाउनुभएन भने, तपाईंले आफ्नो कर्तव्यमा कहिल्यै प्रगति गर्नुहुनेछैन वा त्यसबाट कुनै लाभ प्राप्त गर्नुहुनेछैन, अनि हासिल गर्न सक्ने कुरा समेत गुमाउन सक्नुहुन्छ। यस क्षणमा, सिस्टर झाङले मलाई बताएको अनुभव याद आयो। साँचो कुरा के थियो भने, सुरुमा उनले नबुझेका धेरै काम थिए, तर उनले आफ्ना कठिनाइ अक्सर परमेश्‍वरकहाँ ल्याइन्, गहरोसित खोजी र मनन गर्दै प्रार्थना गरिन्, र साथै ती कुराबारे अरूसँग सङ्गति र सारांश गरिन्, अनि उनले थाहै नपाई पवित्र आत्माद्वारा अन्तर्दृष्टि पाइन् र सधैँ नयाँ विचारहरू प्राप्त गर्न सकिन्। उनले आफ्नो कर्तव्यमा झन-झन् धेरै प्रगति गरिन् र उनी आफ्नो कर्तव्यमा झन्-झन् धेरै प्रभावकारी भइन्। तर, मैले हैसियत कायम राख्ने प्रयास गरेँ, प्रगति गर्न खोजिनँ, फुर्सदको आनन्द लिने प्रयास गरेँ र कष्ट भोग्न वा मूल्य चुकाउन कहिल्यै चाहिनँ। परिणामस्वरूप, मैले आफूले गर्न सक्ने कुरासमेत कहिल्यै गर्न सकिनँ। परमेश्‍वरका वचनहरूले भनेजस्तै, “जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ(मत्ती १३:१२)। कर्तव्यप्रतिको मेरो लापरवाह र गैरजिम्मेवार मनोवृत्तिलाई परमेश्‍वरले तिरस्कार गर्नुभयो। यदि मैले पश्चात्ताप गरिनँ भने, परमेश्‍वरले मलाई काटछाँट गर्नुहुनेछ र अन्ततः मैले मिलेर कर्तव्य गर्ने मौका गुमाउनेछु भन्ने मलाई महसुस भयो। यसबारे सोच्दा मलाई डर लाग्यो, त्यसैले, अभ्यासको मार्ग भेट्टाउनका लागि पश्चात्ताप गर्न र उहाँको मार्गदर्शन खोज्न मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ।

पछि, मैले परमेश्‍वरको वचन पढेँ: “मानिसहरूले आफ्ना कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? जब सृष्टिकर्ता—परमेश्‍वर—ले कसैलाई उसले गर्नुपर्ने काम दिनुहुन्छ, र त्यस स्थितिमा त्यो व्यक्तिको कर्तव्य उत्पन्‍न हुन्छ। परमेश्‍वरले तँलाई दिनुहुने कामहरू, परमेश्‍वरले तपाईंलाई दिनुहुने आज्ञाहरू—यी नै तेरा कर्तव्यहरू हुन्। जब तँ तेरा लक्ष्यहरूको रूपमा तिनको पछि लाग्छस्, र तँमा साँच्‍चै परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन्छ भने, तब के तँ अझै पनि इन्कार गर्न सक्छस् त? (सक्दैनौं।) यो तैँले सक्छस् कि सक्दैनस् भन्‍ने कुरासँग सम्‍बन्धित छैन—तैँले तिनीहरूलाई अस्वीकार गर्नु हुँदैन। तैँले तिनीहरूलाई स्वीकार गर्नुपर्छ। यो नै अभ्यासको मार्ग हो। अभ्यासको मार्ग भनेको के हो? (सबै कुरामा पूर्ण रूपमा समर्पित हुनु।) सबै कुरामा परमेश्‍वरको इच्‍छा पूरा गर्न समर्पित हुनु। यहाँ मुख्य कुरा कहाँ छ? यो ‘सबै कुरा’ मा छ। ‘सबै कुरा’ ले तँलाई मन पर्ने वा तँ सिपालु रहेको कुरालाई जनाउँछ भन्‍ने छैन, तँ परिचित रहेका कुराहरूलाई जनाउनु त परको कुरा हो। कहिलेकहीँ, तँ कुनै कुरामा सिपालु हुँदैनस्, कहिलेकहीँ तैँले सिक्‍नुपर्ने आवश्यकता हुन्छ, कहिलेकहीँ तैँले कठिनाइहरूको सामना गर्नेछस्, अनि कहिलेकहीँ तैँले धेरै कष्ट भग्‍नुपर्छ। तैपनि, चाहे काम जेसुकै नै होस्, यदि यो काम परमेश्‍वरले आज्ञा गर्नुभएको हो भने, तैँले उहाँबाट यसलाई स्वीकार गर्नुपर्छ, यसलाई तैँले तेरो कर्तव्यको रूपमा लिनुपर्छ, यसलाई पूरा गर्न तँ समर्पित हुनुपर्छ, र तैँले परमेश्‍वरको इच्‍छा पूरा गर्नुपर्छ: अभ्यासको मार्ग भनेको यही हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “मानिसहरू इमानदार भएर मात्र साँचो रूपमा खुसी हुन सक्छन्”)। परमेश्‍वरका यी वचनहरूबारे चिन्तन गरेपछि, म भित्रैदेखि अभिप्रेरित भएँ। मेरो कर्तव्य परमेश्‍वरको आज्ञा थियो, मेरो लागि परमेश्‍वरको कार्य थियो, र चाहे म यसमा सिपालु होस् या नहोस् वा यो सरल होस् वा जटिल, यो परमेश्‍वरबाट आएको थियो, त्यसैले म जिम्मेवार हुनुपर्थ्यो र म सकेसम्म वफादार हुनुपर्थ्यो। मैले सक्दो गरेपछि र आफ्नो जिम्मेवारी पूरा गरेपछि मात्र परमेश्‍वबाट मार्गदर्शन र आशिष् प्राप्त गर्न सक्नेथिएँ। मैले परमेश्‍वरको प्रेमको साटो तिर्न आफ्ना कर्तव्य निष्ठापूर्वक निर्वाह गर्नेछु भनेर उहाँसामु कसम खाएका ती सबै समयबारे सोचेँ। अहिले, कर्तव्य अलि जटिल र चुनौतीपूर्ण थियो, र मैले कष्ट भोग्नुपर्थ्यो र मूल्य चुकाउनुपर्थ्यो, त्यस्तो बेला मैले लटरपटर मात्र गरेर त्यसलाई पन्छाउन खोजेँ। मलाई यो कुरा महसुस हुँदा, आफू परमेश्‍वरप्रति ऋणी भएकी र उहाँको प्रेम पाउन अयोग्य छु भन्ने लाग्यो। म यसरी अघि बढ्न सक्दिनँथिएँ। मलाई भविष्यमा पछुतो नहुनाका लागि मैले परमेश्‍वरको वचनअनुसार अभ्यास गर्नुपर्थ्यो, आफ्नो कर्तव्यलाई पूर्ण इमानदारीका साथ सम्हाल्नुपर्थ्यो र आफ्ना जिम्मेवारी पूरा गर्नुपर्थ्यो।

त्यसैले, यसपछि म अग्रसर भएँ र मलाई पहिला थाहा नभएका कामलाई जाँच्न र त्यससित परिचित हुन थालेँ, अनि जटिल समस्याहरू आइपर्दा, उप्रान्त तिनलाई पन्छाउने प्रयास गरिनँ। त्यसको सट्टा, म तीबारे आफ्ना ब्रदर-सिस्टरहरूसँग छलफल गरेर समाधान गर्न अग्रसर भएँ, अनि आफूले नबुझेको बेला उनीहरूलाई सिकाइ मागेँ। बिस्तारै, म कामकुरामा पारङ्गत हुन थालेँ, र अरूलाई समस्याहरू आइपर्दा उचित समाधान प्रदान गर्न सक्षम भएँ। मैले हाम्रो कामको सारांश बताउँदा, सुरुमा मसँग कुनै विचार थिएन र अझै पनि त्यसलाई पन्छाउन चाहेँ, तर मैले परमेश्‍वरको वचनमा पढेको कुरा सम्झेँ, त्यसैले, होसहवासमा आफ्नो देहसुख त्यागेँ, हाम्रो कर्तव्यमा भएका समस्याहरूबारे सोचेँ, र सिद्धान्तहरू र जानकारी खोज्न काम गरेँ। केही समय त्यसरी अभ्यास गरेपछि, मैले स्पष्ट रूपमा परमेश्‍वरको आशिष् र मार्गदर्शन महसुस गरेँ। यादै नभई, मैले आफूले नबुझेको वा आफूलाई अन्योलमा पारेका थुप्रै कुरा बुझ्न थालेँ र हामीले हरेक पल्ट कार्य सारांश गर्दा केही नतिजा प्राप्त गऱ्यौँ। ब्रदर-सिस्टरहरूले हामीले सारांश गरेको कुरा अभ्यास गरे र प्रगति पनि गरे।

आफ्नो कर्तव्यप्रति मेरो दृष्टिकोण केही हदसम्म परिवर्तन भएको छ भनेर मैले सोचेँ, तर परमेश्‍वरले मेरो लागि अर्को परिवेश मिलाउनुहुँदा, ममा फेरि मेरा पुरानै तरिकाहरू हाबी भए।

यस वर्षको सेप्टेम्बरमा, काममा आवश्यकता परेकोले गर्दा, मैले नवप्रवेशीहरूलाई मलजल हाल्न सिस्टर लीसँग साझेदारी गर्न थालेँ। यो कर्तव्यमा प्राविधिक समस्याहरू हुनेछैनन् र टाउको दुखाइ कम हुनेछ भनेर सोचेँ, तर वास्तवमा यो कर्तव्य गर्न थालेपछि नवप्रवेशीहरूलाई मलजल हाल्नु सजिलो छैन रहेछ भनेर मैले थाहा पाएँ। मैले विदेशी भाषामा कुराकानी गर्नुपर्ने मात्र नभई, तिनीहरूको धारणा र भ्रमलाई तुरुन्तै समाधान गर्न सत्यताबारे सङ्गति पनि गर्नुपर्‍यो। मैले सिस्टर ली कामका सबै पक्षमा एकदमै निपुण रहेछिन् भन्ने देखेँ। उनले नवप्रवेशीहरूका समस्या समाधान गर्न सान्दर्भिक सत्यता तुरुन्तै भेट्टाउन सक्थिन्, तर म त्यसमा राम्रो नभएको मैले देखेँ। म सत्यताबारे स्पष्टसित सङ्गति गर्न वा तिनीहरूका समस्या समाधान गर्न सक्दिनँथेँ। सिस्टर लीको स्तरमा पुग्न मैले लामो समयसम्म अध्ययन गर्नु र आफूलाई सुसज्जित पार्नु अनि ठूलो मूल्य चुकाउनु आवश्यक थियो। मैले सोचेँ, “भइहाल्यो, जे भए पनि सिस्टर ली अब मेरी साझेदार हुन्, त्यसैले, यसबारे मैले चिन्ता लिनुपर्दैन।” यस्तो सोचाइ गर्दै मैले त्यति उत्सुकतापूर्वक मलजल गर्नेसम्बन्धी सत्यताद्वारा आफूलाई सुससज्जित पारिनँ, र भेलापछि मैले सक्रियतापूर्वक नवप्रवेशीहरूलाई उनीहरूका समस्या र कठिनाइबारे सोधिनँ। एक दिन, मैले दुई महिना अघिदेखि नै यो कर्तव्य निभाइरहेकी छु, तर अझै पनि एक जना नवप्रवेशीलाई मलजल हाल्न सकिनँ भनेर चिन्तन गरेँ। मैले सधैँ आफूले नबुझेको बहाना बनाएँ, तर वास्त्वमा मूल्य चुकाउने प्रयास गरिनँ। मैले आफैलाई यसरी नसोधी सक्दै सकिनँ, “म सिपालु नभएको कुनै कर्तव्य गर्नुपर्ने हुनासाथ मेरो ‘बुझाइको कमी’ र ‘असक्षमता’ लाई कर्तव्य लटरपटर गर्ने र मूल्य चुकाउन नचाहने बहानाको रूपमा म किन प्रयोग गर्छु?” मैले आफ्नो अवस्था र अन्योलपनलाई परमेश्‍वरसामु ल्याएँ र प्रार्थना गरेँ।

एक दिन, मैले मेरो भक्तिको क्रममा परमेश्‍वरको यी वचनहरू पढेँ: “आफ्नो कर्तव्य निर्वाह गर्दा थकित नहुने, चर्को घाममा वा घनघोर पानीझरीमा बाहिर जानुनपर्ने सजिलो कामको सँधै खोजी गर्नु; जोखिमपूर्ण र कडा परिश्रम गर्नुपर्ने कामहरूलाई टार्नु; ती काममा अरू कसैलाई होमेर आफ्नो लागि सजिलो काम खोज्नु; आफूसित राम्रो क्षमता नभएको, यस कामको लागि आफू सक्षम नभएको, यो काम आफूले गर्न नसक्‍ने भएको, आफू मूर्ख रहेको र आइपर्ने कुनै पनि समस्या सम्हाल्न सक्षम नभएको भनेर बहाना बनाउनु—यस्तो व्यक्ति कामचोर हो, र यो दैहिक सुखसयलको लालचको प्रकटीकरण हो। … साथै, मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ गुनासो गर्छन्, उनीहरू कुनै प्रयास गर्न चाहँदैनन्, अलिकति समय पाउनासाथ उनीहरूलाई आराम गर्नुपर्छ र गफ लडाउनुपर्छ, काम सुरु गर्नासाथ उनीहरू गुनासो गरेकोगर्‍यै गर्छन्, कुनै कठिन काम आइपर्दा पछि सर्छन्, अनि कारण वा बहाना खोजेर उम्किने प्रयास गर्दै, ‘यो मेरो क्षमताबाहिरको कुरा हो, मेरो क्षमता एकदमै कमजोर छ! फलानोसित मेरोमा भन्दा राम्रो क्षमता छ, फलानो मभन्दा बढी अन्तर्दृष्टिपूर्ण र सक्षम छ र फलानो यस काममा सफल हुन सक्छ,’ भनेर भन्छन् र केही हल्का काम खोज्नतिर लाग्छन्, ताकि उनीहरूले रमाइलो गर्न अझ धेरै समय निकाल्न सकून्। … यो दैहिक सुखसयलको लालच गर्ने व्यक्ति हो, होइन त? के यी कुराहरू दैहिक सुखसयलको लालचका प्रकटीकरणहरू हुन्? के यस्ता मानिसहरू कर्तव्य निर्वाहका लागि उपयुक्त हुन्छन्? उनीहरूको कर्तव्य निर्वाहको विषयलाई उठाउँदा, मूल्य चुकाउनेबारे र कठिनाइ भोग्‍नेबारे कुरा गर्दा, उनीहरू टाउको हल्लाउँछन्: उनीहरूसित समस्यैसमस्या हुन्छन्, उनीहरू गुनासोका पोका हुन्, उनीहरू हरेक कुरामा नकारात्मक छन्। यस्ता मानिसहरू बेकारका हुन्, उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न हकदार छैनन् र उनीहरूलाई हटाइनुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (२)”)। “कतिपय झूटा अगुवाहरूसित थोरै क्षमता हुन्छ, तर उनीहरूले वास्तविक काम गर्दैनन्, बरु दैहिक सुखसयलको लालच गर्छन्। मेरो लागि त दैहिक सुखसयलको लालच गर्ने ती व्यक्तिहरू सुँगुरभन्दा फरक छैनन्। सुँगुर दिनभरि खाइरहन्छ र सुतिरहन्छ। तैँले त्यसलाई खुसीसाथ धेरै अन्‍न खुवाउँछस्, ताकि भविष्यमा त्यसको मासु खान सकियोस्। यदि झूटा अगुवाहरूलाई पनि सुँगुरलाई जस्तो पालियो, मोटोघाटो बनाइयो, तर उनीहरू बेकारका भए र उनीहरूले केही काम गर्दैनन् भने, उनीहरूलाई पालेर तैँले के गरिरहेको हुन्छस्? के उनीहरूलाई हटाउनुपर्दैन र? त्यसैले, झूटो अगुवालाई पाल्नु सुँगुर पाल्नुभन्दा नराम्रो कुरा हो। सुँगुरले केही गर्दैन, दिनको तीनपटक खान्छ र पिउँछ, तर तैँले वर्षको अन्त्यमा त्यसको मासु खान पाउँदा, सुँगुरबाट योगदान मिलेको महसुस गर्छस्। वर्षभरि त्यसलाई खुवाउनु थकाइलाग्दो थियो, त्यो कडा परिश्रम थियो, तर ती सबै प्रयास व्यर्थमा गरिएका थिएनन्, ती खेर गएनन्; तैँले हृदयमा यो प्रयास गर्नलायक नै थियो भन्‍ने महसुस् गर्छस्। तर झूटा अगुवाहरू नि? उनीहरूसँग ‘अगुवा’ को उपाधि होला, उनीहरूले यो पद ओगट्लान् र दिनको तीनपल्ट मज्‍जाले खालान् र परमेश्‍वरका धेरै अनुग्रह पाउलान्, तर आखिरमा, जब वर्षको अन्त्यमा उनीहरू खाएर मोटाएका हुन्छन्, तब काम कस्तो भएको हुन्छ? यस वर्ष तेरो काममा हासिल भएका सबै कुरालाई हेर्: कुन-कुन काम फलदायी थिए, तैँले के-कस्त वास्तविक काम गरिस्? परमेश्‍वरको घरले तँलाई सबै काम सिद्ध रूपमा गर्नुपर्छ भन्दैन, तर तैँले मुख्य कामचाहिँ राम्ररी गर्नैपर्छ—उदाहरणका लागि, सुसमाचारको काम वा श्रव्यदृश्यको काम, लिखित गवाहीको काम, आदि इत्यादि। यी सबै काम फलदायी हुनैपर्छ। एकवर्षपछि, तेरो जिम्मेवारीको दायराभित्र रहेको कुनचाहिँ काम सबैभन्दा सफल भएको छ, कुनचाहिँ काममा तैँले सबैभन्दा धेरै मूल्य चुकाइस् र सबैभन्दा बढी कष्ट भोगिस् भनेर हेर्। आफ्ना उपलब्धिहरूलाई हेर्: तैँले एक वर्षसम्म परमेश्‍वरको अनुग्रह प्राप्त गरेपछि केही मूल्यवान् उपलब्धि हासिल गरिस् कि गरिनस् भन्‍नेबारेमा तेरो हृदयमा केही विचार हुनुपर्छ। तैँले यी सबै समयमा परमेश्‍वरको घरको खानेकुरा खाँदा र उहाँको अनुग्रह प्राप्त गर्दा, केचाहिँ गर्दैथिइस्? के तैँले कुनै कुरा हासिल गरिस्? यदि तैँले केही पनि हासिल गरिनस् भने, तँ अरूको फाइदा उठाउने, वास्तविक झूटो अगुवा होस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (४)”)। मैले परमेश्‍वरका यी वचनहरूबारे मनन गर्दा, त्यसले मेरो हृदय वारपार छेडेको महसुस गरेँ। त्यसपछि मात्र मैले म आफ्नो कर्तव्यमा आइपर्ने कठिनाइदेखि जहिले पनि पछि हटेको अनि आफ्नो “बुझाइको कमी” र “असक्षमता” लाई ढालको रूपमा प्रयोग गर्ने गरेको कुरा बुझेँ, किनभने म साह्रै अल्छे र शारीरिक सुखको असाध्यै लालची थिएँ। विगतमा, म सिस्टर झाङसित कर्तव्यको इन्चार्ज हुँदा, म आफ्नो लागि सधैँ सरल र सजिलो काम लिन्थेँ र म सिपालु नभएको वा धेरै ध्यान दिनुपर्ने कुनै पनि काम उनलाई दिन्थेँ। अहिले, सिस्टर लीसित नवप्रवेशीहरूलाई मलजल हाल्ने काममा पनि म चिन्ता गर्न वा मूल्य चुकाउन चाहँदिनँ थिएँ। मैले आफ्नो व्यवहारबारे चिन्तन गरेँ र त्यसको मुख्य कारण म शैतानी दर्शनहरूद्वारा नियन्त्रित भएकोले रहेछु भन्ने बुझेँ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “समय निकाल, मोजमस्ती गर, किनकि जीवन छोटो छ,” र “जीउँदो हुँदा नै आफ्नो उपचार गर्” जस्ता कुराहरूले मेरो हृदयमा गहिरो जरा गाडेका थिए। मलाई लाग्थ्यो, मानिसहरू आफ्नो लागि जिउनुपर्छ, अनि हामीलाई दुःखकष्ट छैन र हामीसँग शारीरिक सुख छ भने, हामी जसरी जिउनुपर्ने हो त्यसरी नै जिइरहेका हुन्छौँ। म आफ्नो कर्तव्य पूरा गर्न परमेश्‍वरको घरमा आउँदा पनि मसँग यो दृष्टिकोण कायमै थियो। मैले राम्रो गर्न नसक्ने कर्तव्यहरू गर्नुपर्दा, कठिनाइ आएको बेला मूल्य चुकाउनुपर्दा, म कछुवाले टाउको लुकाएझैँ पछि हटेँ र आफ्नो शारीरिक सुखलाई पहिलो स्थान दिएँ। त्यसरी जिउँदा म सुँगुरभन्दा फरक थिइनँ! सुँगुरसँग कुनै विचार हुँदैन वा त्यसले केही गर्दैन। त्यसले खान, पिउन र सुत्न मात्र जान्दछ। म पनि त्यस्तै थिएँ, आफ्नै सुखबारे मात्र चिन्तित थिएँ। मैले त्यस्तो अभद्र जीवन जिइरहेकी थिएँ! परमेश्‍वरले मलाई विगतमा सुपरभाइजरको रूपमा र अहिले मलजल हाल्नेको रूपमा, कसरी उच्च पार्नुभएको छ, तर मैले प्रगति गर्ने वा आफ्ना जिम्मेवारी र कर्तव्यलाई विचार गर्ने कसरी पटक्कै कोसिस गरिनँ भनेर मलाई याद आयो। म परमेश्‍वरको घरको काम र आफ्ना ब्रदर-सिस्टरहरूको जीवनप्रति गैरजिम्मेवार भएँ। मसँग अलिकति पनि विवेक थिएन! मैले कष्ट भोग्न वा मूल्य चुकाउन चाहिनँ, तर मैले आफ्नो “बुझाइको कमी” वा “असक्षम” हुनुलाई सहानुभूति पाउन र म आफ्नो कमजोरीहरू स्विकार्न सक्छु भनी अरूलाई सोच्न लगाउन बहानाको रूपमा चलाएँ, ताकि उनीहरूले मलाई व्यावहारिक र इमानदार ठानून्। सत्य कुरा के हो भने, मैले यी कुरालाई आफ्नो अल्छीपन र गैरजिम्मेवारीलाई ढाकछोप गर्न प्रयोग गरेँ। म साह्रो धूर्त र छली थिएँ र मैले सबै ब्रदर-सिस्टरहरूलाई छल गरेँ! मैले उनीहरूलाई केही समयको लागि छल गरे तापनि परमेश्‍वरले सबै कुरा देख्नुहुन्छ र उहाँ धर्मी हुनुहुन्छ। मैले परमेश्‍वरलाई मूर्ख बनाउन र छल गर्न खोजिरहेकी थिएँ, त्यसैले उहाँले मलाई कसरी तिरस्कार गर्न सक्नुहुन्न र? यही कारण, त्यस समय मैले आफ्नो कर्तव्यमा परमेश्‍वरका आशिष् वा मार्गदर्शन कहिल्यै देखिनँ। म अनिश्चित हुनु र मेरो प्रगति स्पष्टरूपले नहुनु खतराका सङ्केत थिए।

मैले परमेश्‍वरको वचन पढेँ, “परमेश्‍वरले नोआलाई ठूलो जहाज बनाउने काम सुम्पनुभएदेखि, ‘परमेश्‍वरले कहिले संसार नष्ट गर्दै हुनुहुन्छ? उहाँले त्यसो गर्ने सङ्केत मलाई कहिले दिँदै हुनुहुन्छ?’ भनेर उनले एक पल पनि सोचेनन्। नोआले यस्ता कुरामा चिन्तन गर्नुभन्दा परमेश्‍वरले उनलाई भन्‍नुभएका एकएक कुरा याद गर्न र त्यसपछि ती सबैलाई पूरा गर्न कडा प्रयास गरे। परमेश्‍वरले सुम्पनुभएको कुरा स्वीकार गरेपछि, नोआले कुनै ढिलासुस्ती नगरी ठूलो जहाज निर्माण गर्न थाले, मानौँ यो उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। दिनहरू बिते, वर्षहरू बिते, वर्षपछि वर्ष गर्दै समय अघाडि बढ्दै गयो। परमेश्‍वरले नोआलाई कुनै दबाब दिनुभएन, तर यो सम्पूर्ण समयभरि नोआ परमेश्‍वरले सुम्पनुभएको महत्त्वपूर्ण काममा लागिरहे। परमेश्‍वरले भन्‍नुभएको एकएक शब्द र वाक्यांश ढुङ्गाको पाटीमा कुँदिएका शब्दजस्तै नोआको हृदयमा अङ्कित भएका थिए। बाहिरी संसारमा जे-जस्ता परिवर्तनहरू भए पनि, उनका वरपरका मानिसहरूले खिसीटिउरी गरे पनि, जस्तोसुकै दुःखकष्ट आइपरे पनि वा जस्तोसुकै समस्याको सामना गर्नुपरे पनि, उनी यो सम्पूर्ण समयभरि परमेश्‍वरद्वारा सुम्पिइएको काममा कहिल्यै निराश नभई वा लत्तो छोड्ने सोच नराखी लागिरहे। परमेश्‍वरका वचनहरू नोआको हृदयमा अङ्कित भएका थिए, र ती उनको जीवनका वास्तविकता बनेका थिए। ठूलो जहाज निर्माणको लागि चाहिने सबै सामग्री नोआले फेला पारे र भण्डारण गरे अनि परमेश्‍वरले निर्माण गर्न आज्ञा दिनुभएको त्यो ठूलो जहाजका स्वरूप र विशेषताहरू नोआले सावधानीसाथ चलाएको हथौडा र छिनोको प्रहारमार्फत बिस्तारै आकारमा आउन थाले। हुरीबतास र वर्षाभरि, अनि मानिसहरूको खिल्ली वा निन्दाको बाबजुत पनि, नोआको जीवन वर्षौंवर्ष यही तरिकामा अघि बढ्यो। नोआसित कहिल्यै अर्को एक शब्द पनि नबोली, परमेश्‍वरले गोप्य रूपमा उनको हरेक कार्य हेर्नुभयो, र नोआको व्यवहारले उहाँको हृदय छोयो। तर नोआले यो कुरा न त थाहा पाए, न त महसुस नै गरे; उनले सुरुदेखि अन्त्यसम्म केवल त्यो ठूलो जहाज निर्माण गरे, र परमेश्‍वरका वचनप्रति अटल विश्‍वासका साथ सबै प्रकारका जीवित प्राणीलाई एकट्ठा गरे। नोआले पालन गर्नुपर्ने र पूरा गर्नुपर्ने त्योभन्दा उच्‍च निर्देशन उनको हृदयमा अरू थिएन: परमेश्‍वरका वचनहरू उनको जीवनभरिका निर्देशन र लक्ष्य थिए। त्यसैले, परमेश्‍वरले उनलाई जेसुकै भन्‍नुभए पनि, जेसुकै गर्न अह्राउनुभए पनि, जेसुकै गर्न आज्ञा दिनुभए पनि, नोआले त्यो कुरा नबिर्सने र त्यसलाई दिमागमा छापेर राख्‍ने मात्र थिएनन्, उनले त परमेश्‍वरको आज्ञा स्विकार्न र पालन गर्न आफ्नो जीवनलाई प्रयोग गर्दै त्यसलाई नै आफ्नो जीवनको वास्तविकता पनि बनाए। यसरी, फलेकमाथि फलेक जोड्दै त्यो ठूलो जहाजको निर्माण भयो। नोआको हरेक चाल, उनको हरेक दिन परमेश्‍वरका वचनहरू र आज्ञाप्रति समर्पित थियो। नोआले महत्त्वपूर्ण कार्य गरिरहेको जस्तो देखिँदैनथ्यो, तर परमेश्‍वरको नजरमा, उनले गरेका सबै काम, उनले केही हासिल गर्न चालेको हरेक कदम, उनको हातले गरेको हरेक परिश्रमसमेत—ती सबै नै अनमोल र स्मरणयोग्य थिए, र यस मानिसजातिद्वारा अनुकरण गरिन लायक थिए। नोआ परमेश्‍वरले सुम्पनुभएको काममै लागिरहे। परमेश्‍वरले बोल्नुभएको हरेक वचन साँचो हो भन्‍ने कुरामा नोआको अटल विश्‍वास थियो; यसमा उनलाई कुनै शङ्का थिएन। परिणामस्वरूप, त्यो ठूलो जहाजको निर्माणकार्य पूरा भयो र हरप्रकारका जीवित प्राणी त्यसभित्र जिउन सक्षम भए(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र परमेश्‍वरको आज्ञापालन गरे (भाग एक)”)। परमेश्‍वरका वचनहरू मनन गर्दा, म एकदमै उत्प्रेरित भएँ। नूह परमेश्‍वरप्रति आज्ञाकारी र विचारशील थिए। परमेश्‍वरले नूहलाई जहाज बनाउन अह्राउनुहुँदा, उनले परमेश्‍वरको आज्ञाको कदर गरे र उहाँका मापदण्डहरू पालन गरे। सुरुमा, उनलाई जहाज कसरी बनाउने भनेर थाहा थिएन, र यसको निर्माणकार्य साँच्चै अत्यन्तै कठिन थियो। प्रत्येक चरणमा उनले कष्ट उठाउनुपऱ्यो र मूल्य चुकाउनुपऱ्यो, तर नूह परमेश्‍वरको आज्ञाप्रति वफादार थिए। परमेश्‍वरको आज्ञा पूरा गर्न उनले स्वेच्छाले कष्ट भोगे, मूल्य चुकाए र जहाज बनाए। नूह १२० वर्षसम्म काममा लागिरहे र अन्ततः परमेश्‍वरको आज्ञा पूरा गरे। नूहले जहाज बनाउन निकै कष्ट उठाए पनि र शारीरिक सुख उपभोग नगरे पनि, परमेश्‍वरको आज्ञा पूरा गरेका थिए, उहाँलाई सन्तुष्ट पारेका थिए र उहाँको अनुमोदन पाएका थिए। परमेश्‍वरको आज्ञाप्रति नूहको मनोवृत्तिसित आफूलाई तुलना गर्दा, ममा पटक्कै मानवता नभएको मैले देखेँ। मैले परमेश्‍वरको आज्ञाको कदर गरिनँ र म वफादार थिइनँ। म अल्छे र धूर्त थिएँ, म केवल शारीरिक सुखको चाहना राख्थेँ र कष्ट भोग्न पटक्कै इच्छुक थिइनँ। म परमेश्‍वरको आज्ञाको लागि अयोग्य थिएँ। मैले साँच्चै घृणित जीवन जिइरहेकी थिएँ! यदि मैले यसै गरिरहेँ र परिवर्तन भइनँ भने, अन्त्यमा मैले आफ्नो कर्तव्य गुमाउनेथिएँ, जसको लागि मैले बाँकी जीवनभर पछुतो गर्नेथिएँ।

त्यसपछिका दिनहरूमा, मैले आफ्नो समय राम्रोसित मिलाएँ, र नवप्रवेशीहरूलाई मलजल हाल्नेसम्बन्धी आवश्यक सत्यताद्वारा हरेक दिन आफूलाई सुसज्जित पारिरहेँ। एक दिन भेलामा ब्रदर-सिस्टरहरूले मलजल हाल्ने काममा समस्या खडा गरे, र मैले आफूले नबुझेको कुरा सुन्दा त्यसलाई पन्छाउन चाहेँ। मैले उनीहरूमाझ त्यसबारे छलफल गर्न दिने विचार गरेँ। तर यस पटक, मैले लटरपटर गर्न र जिम्मेवारी नलिन खोज्दैछु भनेर एकाएक थाहा पाइहालेँ। आफूले पाएको आज्ञाप्रति नूहको गम्भीर र जिम्मेवार मनोवृत्तिबारे मैले सोचेँ, अनि मैले सचेत भई आफ्नो गलत अवस्थालाई तुरुन्तातुरुन्ती सच्याएँ। समस्या समाधान गर्न उनीहरूले कसरी सत्यतामा सङ्गति गरे, त्यो मैले ध्यानपूर्वक सुनेँ। अन्तिम सारांशमा, मैले आफ्नो विचार अघि राखेँ। मेरो सुझाव राम्रो छ भनेर उनीहरूले भन्‍दा म छक्क परेँ। मैले सिस्टर लीसँग नवप्रवेशीहरूलाई मलजल हाल्दा, उनीहरूका व्यावहारिक समस्यारू समाधान गर्ने अभ्यास गर्न म अग्रसर भएँ, अनि मैले समाधान गर्न नसक्ने समस्याहरू छन् भने, म उनलाई तुरुन्तै मदत माग्थेँ। केही समयपछि, मैले पनि नवप्रवेशीहरूलाई एकलै मलजल हाल्न सकेँ। परमेश्‍वरलाई धन्यवाद! मसँग अझै धेरै कमीकमजोरी र त्रुटिहरू भए तापनि, म आफू बढ्दै गएको र आफूले लाभ प्राप्त गरिरहेको महसुस गर्न सक्छु, र अझ धेरै सहज महसुस गर्छु। मैले बुझाइ र लाभ प्राप्त गर्न सकेको पूर्ण रूपले परमेश्‍वरको कामका प्रभाव हो। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

झूटो अगुवाको रक्षा गर्दा के हुन्छ

सन् २०२० को अक्टोबरको अन्त्यतिर, व्यावहारिक काम गर्न नसकेकोमा मलाई अगुवाको पदबाट बर्खास्त गरियो र म मेरो स्‍थानीय मण्डलीमा फर्केँ। मेरो घर...

ढोँगीपनको बोझ

सन् २०२० को अगस्टमा, मलाई मेरो नेतृत्वको पदबाट बर्खास्त गरियो किनकि मैले ओहोदालाई पछ्याउँदै र लटरपटर काम मात्र गर्दै आइरहेकी थिएँ। मलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्