मैले अन्ततः आफ्नो भेष बदल्न र देखावटी गर्न छोडेको छु

1 जुन 2026

कोल, इटाली

जुन २०१८ मा, अगुवाहरूले मलाई ब्रदर-सिस्टरहरूलाई अभिनय सिकाउने प्रबन्ध मिलाउनुभयो। म एकदमै खुसी थिएँ। मैले सोचेँ, “मेरो अभिनय सीपले अगुवाहरूको अनुमोदन पाएजस्तो छ, त्यसैले मैले गम्भीरतापूर्वक सहकार्य गर्नुपर्छ।” सुरुमा, म हाम्रो टोलीका ब्रदर-सिस्टरहरूलाई अभिनयको प्रशिक्षण दिनका लागि मात्र जिम्मेवार थिएँ। तर पछि, निर्देशकले अन्य देशका कलाकारहरूलाई प्रशिक्षण दिन र सामूहिक अध्ययन आयोजना गर्न मलाई दुई जना सिस्टरसँग सहकार्य गर्ने प्रबन्ध मिलाउनुभयो। त्यसले मलाई झनै खुसी बनायो अनि म जहाँ गए पनि आफ्नो शिर ठाडो पारेर हिँडेँ। जब-जब ब्रदर-सिस्टरहरू मलाई अभिनयबारे प्रश्नहरू सोध्थे, उनीहरूको आँखामा ईर्ष्या र प्रशंसा देख्दा म आफ्नो खुसी थाम्नै सक्दिनथेँ। जनवरी २०२४ मा, अगुवाहरूले मलाई एउटा चलचित्रमा मुख्य पात्रको भूमिका खेल्ने प्रबन्ध मिलाउनुभयो। यो खबर सुनेर म रोमाञ्चित त भएँ, तर अलि चिन्तित पनि भएँ। “विगतमा मैले सधैँ खलनायकको भूमिका खेलेको छु, अनि सकारात्मक पात्रको भूमिका खेल्दासमेत ती थोरै समयका साना भूमिकाहरू हुन्थे। तर यसपटक, म मुख्य पात्र हुँ। यो भूमिका एकदमै महत्त्वपूर्ण छ; यदि मैले यो बिगारेँ भने, एकदमै लाजमर्दो हुनेछ! साथै, यस चलचित्रको मुख्य पात्र मैले कहिल्यै नभोगेका धेरै भावनात्मक अनुभवबाट गुज्रन्छ। यदि मैले यो राम्ररी गर्न सकिनँ भने, के मेरा ब्रदर-सिस्टरहरूले मलाई तुच्छ ठान्नेछैनन् र? उनीहरूले मैले कलाकारका रूपमा यत्तिका वर्ष आफ्नो कर्तव्य निर्वाह गरेर र अरूलाई अभिनय सिकाएर पनि, म आफैँ राम्रोसँग अभिनय गर्न सक्दिनँ अनि मेरो सीप मानकअनुरूप नै छैन भनेर भन्नेछन्।” तर त्यसपछि मैले सोचेँ, “अगुवाहरूले मलाई मुख्य भूमिका खेल्न भन्नुले उहाँहरू मेरो अभिनय सिपलाई अनुमोदन गर्नुहुन्छ र म यस भूमिकाका लागि योग्य छु भनेर विश्वास गर्नुहुन्छ भन्ने देखाउँछ। म कुनै पनि कठिनाइहरू गोप्य रूपमा आफैँ बिस्तारै समाधान गर्नेछु; म ब्रदर-सिस्टरहरूद्वारा तुच्छ ठानिन मिल्दैन। यसबाहेक, यो भूमिका खेल्नु भनेको परमेश्‍वरले मलाई उचाल्नु हो। ममा विवेक हुनुपर्छ, र म आफ्नो कर्तव्यबाट पन्छिन मिल्दैन।” त्यसैले, म ब्रदर-सिस्टरहरूसँग सामेल भएँ, अनि हामी पूर्ण रूपमा पूर्वाभ्यास र छायाङ्कनमा लाग्यौँ।

एउटा संवेगात्मक दृश्यको दौरान, म पात्रको भूमिकामा भिज्नै सकिनँ अनि अत्यन्तै चिन्तित भएँ। “यो निकै महत्त्वपूर्ण दृश्य हो। यदि मैले राम्रो अभिनय गरिनँ भने, ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्? मैले यस्तो दृश्य पहिला कहिल्यै गरेको छैनँ, अनि म कतिपय विवरण खासै बुझ्दिनँ। अब म के गरूँ?” मैले सही संवेग भेट्टाउन नसकेकाले छायाङ्कनमा ढिलाइ हुने डरले, हतार-हतार उस्तै चलचित्रका क्लिप र भिडियोहरू हेरेँ। एक जना ब्रदरले मेरो कठिनाइ देखे र यस्तो सुझाव दिए, “यदि तपाईँ यो भूमिका कसरी खेल्ने भनेर पक्का हुनुहुन्न भने, पहिले सकारात्मक भूमिका खेलेका ब्रदर-सिस्टरहरूलाई सोध्न सक्नुहुन्छ। उनीहरूलाई पक्कै पनि केही विवरण थाहा छ, अनि त्यसले तपाईँको अभिनयमा दिशा दिनेछ।” यो सुनेर, मैले सोचेँ, “उनीहरूलाई सोध्ने? म कसरी आफ्नो अभिमान दबाउन सक्छु र? मैले साना भूमिकाहरू खेल्दा मद्दत माग्नु—त्यो ठिकै थियो, तर यसपटक म मुख्य पात्र हुँ। म राम्रो कलाकार भएकाले नै मैले मुख्य भूमिका पाएको हुँ। यदि म मद्दत माग्न गएँ भने, ब्रदर-सिस्टरहरूले थाहा पाएपछि मेरो बारेमा के सोच्लान्? उनीहरूले पक्कै भन्नेछन्, ‘तिमी केही बुझ्दैनौ, अनि तिम्रो अभिनय त्यति राम्रो छैन!’ त्यसबाहेक, म उनीहरूलाई अभिनय सिकाउने गर्थेँ। अब, यदि मैले उनीहरूसँग सल्लाह मागेँ भने, के त्यसले मेरो अभिनय सिप राम्रो छैन अनि मैले उनीहरूलाई पहिले सिकाएका सबै कुरा सिद्धान्त मात्र थिए भनी देखाउँदैन र? अनि सबैले मेरो वास्तविकता छर्लङ्गै देख्नेछन्।” मैले सहमत छु भने पनि, वास्तवमा गएर कसैलाई सोधिनँ। पछि, निर्देशकले मलाई ब्रदर-सिस्टरहरूसँग मद्दत माग्न धेरैपटक सम्झाए, तर इज्जत गुम्ने सोचले मलाई सधैँ रोक्थ्यो। अरूले मलाई तुच्छ नठानून् भनेर, मैले आफ्नो संवेग जगाउने उपायहरू खोज्न दिमाग खियाएँ, गैरविश्‍वासी कलाकारहरूले अभिनय गर्ने तरिकाको नक्कलसमेत गरेँ। मैले सोचेँ, “जे भए पनि, मैले यो दृश्य ठिकसँग गर्नैपर्छ। मैले आफ्नो अभिनय कौशल पर्याप्त रूपमा राम्रो छैन भनी तिनीहरूलाई देख्न दिन हुँदैन। यदि मैले यो बिगारेँ भने, पूर्ण रूपमा इज्जत गुमाउनेछु!” छायाङ्कनको दौरान, मैले आफ्ना संवेगहरू बाहिर ल्याउन सक्दो प्रयास गरेँ, तर अभिनय अझै फिका नै रह्यो। निर्देशकले म सङ्घर्ष गर्दै छु भनेर देखे र दृश्यका संवेगहरूबारे मसँग सङ्‍गति गरे। मानिसहरूले मेरो अभिनय सिप त्यति राम्रो छैन भनेर थाहा नपाऊन् भन्नका लागि, मैले भनेँ, “मलाई यी सबै संवेग पहिले नै थाहा छ। मैले ती अझै पूर्ण रूपमा महसुस गर्न मात्र सकिरहेको छैनँ। मलाई केवल यसमा भिज्न अलि बढी समय चाहिन्छ।” तर मैले जस्तोसुकै प्रयास गरे पनि, केहीले पनि काम गरेन। छायाङ्कनपछि, निर्देशकले मेरो अभिनय बनावटी, तनावपूर्ण र अत्यन्तै उदासीपूर्ण भएको बताए। यो सुन्दा मलाई धेरै नराम्रो लाग्यो। म यो भूमिका राम्रोसँग खेल्न चाहन्थेँ, तर यसअघि, मैले यस प्रकारको पात्रमा हुनुपर्ने मानसिकता र संवेगहरूबारे बिरलै विचार गरेको थिएँ, त्यसैले मैले यो सही तरिकाले गर्नै सकिनँ। मलाई आफूले ब्रदर-सिस्टरहरूसँग मद्दत माग्नुपर्छ भन्ने थाहा थियो, तर अरू कसैलाई सोध्ने सोचले मलाई पछि हट्न मात्र मन लाग्थ्यो। “आखिर, म अरूलाई अभिनय सिकाउँथेँ, अनि अहिले म मुख्य पात्र हुँ। मैले आफू सक्षम छैनँ भनेर सबैलाई देख्न दिनु हुँदैन। होस् है। म आफैँ यो गर्ने तरिका सिक्नेछु। मलाई यसपटक आफ्ना संवेगहरू पूर्ण रूपमा महसुस भइरहेको मात्र थिएन। मलाई यसमा भिज्ने थोरै समय मिलेपछि, यी समस्याहरू समाधान हुनेछन्।”

एकपटक, निर्देशकले पहिले मुख्य भूमिका खेलेकी एउटी सिस्टरलाई हाम्रो अभिनयका समस्याहरूबारे छलफल गर्न र आफ्नो अभिनयबाट सिकेको कुरा बताउन सम्पर्क गरे। तर म वास्तवमा सुनिरहेको थिइनँ। मैले सोचेँ, “म नै सबैको अध्ययनको अगुवाइ गर्थेँ, अनि अहिले त्यसको उल्टो भएको छ: मलाई अभिनय सिकाउन उनीहरूले यी सिस्टरलाई ल्याएका छन्। यो त साह्रै अपमानजनक कुरा हो! यदि मैले उनलाई अभिनयका आधारभूत प्रश्नहरू सोधेँ भने, उनले मेरो बारेमा के सोच्लिन्? के उनले म यतिका वर्ष सबैलाई सिकाउँदै आएका अभिनय तौरतरिकाहरूमा आफै पोख्त रहेनछु, अनि मैले भन्दै आएका सबै कुरा सिद्धान्त मात्र रहेछन् भनेर भन्नेछैनन् र? मैले पूर्ण रूपमा इज्जत गुमाउनेछु!” त्यसैले, म त्यहाँ बसेर सुनिरहेको भए पनि, भित्रभित्रै पिरोलिएको थिएँ। म साँच्चै ती सिस्टरसँग आफ्ना कठिनाइहरूबारे मन खोलेर कुरा गर्न चाहन्थेँ, तर मैले सोचेँ, “यदि मैले उनलाई आफ्ना कठिनाइहरू बताएँ भने, के उनले मेरो वास्तविकता छर्लङ्गै देख्नेछैनन् र? त्यो ठिक हुनेछैन! मैले केही भन्न मिल्दैन।” त्यसैले, मैले केही सोध्ने आँट गर्ने सकिनँ, मैले उनले सङ्‍गति गरेको कुनै पनि कुरा ग्रहण गरिनँ, अनि मैले त्यो सत्र सकियोस् भन्ने मात्र चाहेँ। पछि, हामीले फेरि छायाङ्कन सुरु गर्दा, मेरा समस्याहरू अझै समाधान भएका थिएनन्। छायाङ्कन एकदमै सुस्त गतिमा अघि बढ्यो। सुरुको छायाङ्कन तालिका लगातार पछि सर्दै गयो। मेरो अभिनय र संवेगहरू सही नभएकाले छायाङ्कन गरिसकिएका केही दृश्य थप खिच्नुपऱ्यो वा पछि पूर्ण रूपमै पुनः खिच्नुपर्‍यो। पहिलो कच्ची सम्पादन सकिएपछि, सम्पादन गरिएको भिडियो देखेर म अवाक् भएँ। मेरो भाव दुःखलाग्दो थियो, अनि मेरो अभिनय बनावटी र अस्वाभाविक थियो। मैले पात्रका आवश्यक गुणहरू पटक्कै व्यक्ति गरेको थिइनँ। म अलि दयनीय र काँतरसमेत देखिएँ। त्यस अभिनयले परमेश्‍वरको गवाही दिने नतिजा पटक्कै हासिल गर्न सकेन। विशेष गरी एउटी सिस्टरले यसो भन्दा त्यसले मलाई छोयो, “मैले तपाईँ दुःखी भएर रोइरहनुभएको देख्न सकेँ, तर त्यसले मलाई कत्ति पनि प्रभाव पारेन।” म पूर्ण रूपमा अवाक् भएँ। मैले सोचेँ, “तर मैले धेरै मिहिनेत गरेको थिएँ। किन यस्तो भयो? ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्? तिनीहरूले मेरो अभिनय त्यति राम्रो नहुँदा नहुँदै म मुख्य भूमिका खेलेर के गर्दै छु भनी निश्चय नै सोच्नेछन्!” ती दिनहरूको दौरान, म ब्रदर-सिस्टरहरूलाई देख्दैपिच्छे उनीहरूदेखि तर्किन्थेँ। मलाई कसैको पनि अघि पर्न असाध्यै लाज लाग्थ्यो। म साँच्चै दिक्दार थिएँ अनि ममा आफ्नो कर्तव्यका लागि ऊर्जा थिएन। पछि, मैले आत्मचिन्तन गरेँ। मलाई आफूमा कमजोरीहरू छन् भन्ने थाहा थियो, तर म अरूसामु खुलस्त हुनै सक्दिनथेँ। यस समस्याको जड के थियो?

मैले एक पटक आफ्नो आत्मिक भक्तिको समयमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ अनि मेरो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरू अन्तर्निहित रूपमै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा स्पष्ट रूपमा देख्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र एउटा भ्रष्ट स्वभाव हुन्छ र एउटा घातक कमजोरी हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्‍ने लाग्छ। तिनीहरूको वास्तविक सामर्थ्य जस्तो भए पनि, तिनीहरू सबै आफूलाई प्रसिद्ध वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, केही हदसम्म प्रसिद्ध व्यक्ति बन्न, र अरूलाई आफू एउटै पनि खोट नभएको सिद्ध र दोषरहित रहेको सोच्न लगाउन चाहन्छन्; तिनीहरू अरूको नजरमा भव्य र प्रभावशाली छविसहितको, कुनै पनि कुरा गर्ने क्षमता भएको, र आफूले गर्न नसक्ने केही पनि नभएको, कुनै सक्षम, शक्तिशाली, असाधारण, वा प्रसिद्ध र महान् व्यक्ति देखिन चाहन्छन्। तिनीहरू आफूले अरूको सहायता खोजेमा, आफू असक्षम र हीन देखिने, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्ने सोच्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। कतिपय मानिसहरूलाई कुनै काम गर्न लगाइँदा, उनीहरू आफू त्यो गर्न जान्ने भनेर भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसबारे खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर केही दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिँदा, तिनीहरू भन्छन्, ‘चाँडै भइहाल्छ!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, ‘म अहिलेसम्‍म त्यसो गर्नबाट टाढै छु, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्‍नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्‍न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्‍नो इज्‍जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरू साधारण मानिस बन्‍न चाहँदैनन्, तिनीहरू मामुली, सामान्य मानिस बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा सक्षम मानिस बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्—तिनीहरू आफ्नो भेष बदलिरहन्छन्। … मलाई भन, के यस्ता मानिसहरू सधैँ कुहिरोमा जिइरहेका हुँदैनन् र? के तिनीहरू सपना देखिरहेका छैनन् र? तिनीहरू आफूलाई चिन्दैनन्, तिनीहरू आफू को हुन् भन्ने जान्दैनन्, र तिनीहरू सामान्य मानवतामा जिउन जान्दैनन्। तिनीहरूले मानिसहरूले गर्नुपर्ने काम व्यावहारिक तरिकाले कहिल्यै गरेका छैनन्, न त तिनीहरू कहिल्यै सामान्य व्यक्तिजस्तो जिएका नै छन्। तिनीहरू सधैँ कुहिरोमा, अलमल्ल तरिकाले जिउँछन्; तिनीहरू व्यावहारिक तरिकाले कामकुरा गर्दैनन्, तर सधैँ आफ्ना कल्पनाहरूअनुसार जिउँछन्। यसले समस्या निम्त्याउँछ। तिनीहरू आफूलाई आचरणमा ढाल्न जान्दैनन्, र तिनीहरूले रोजेको जीवन मार्ग गलत छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरका वचनहरू पढ्दा मलाई अचानक झट्का लाग्यो। मेरो स्थिति ठ्याक्कै परमेश्‍वरले खुलासा गर्नुभएजस्तै थियो। परमेश्‍वर भन्नुहुन्छ, मानिसहरू कुनै सीप सिकेपछि आफूलाई सक्षम ठान्छन् अनि आफूलाई विज्ञका रूपमा प्रस्तुत गर्दै देखावटी गर्न चाहन्छन्। उनीहरू आफूमा कमजोरीहरू भए पनि अरूसँग मद्दत माग्न मान्दैनन्, किनभने उनीहरू यसो गर्नुलाई अरूले उनीहरूलाई तुच्छ ठान्न लगाउने कमजोरीका रूपमा हेर्छन्। त्यसैले, उनीहरू भेष बदल्छन्। के म ठ्याक्कै त्यस्तै व्यक्ति थिइनँ र? मैले आफूलाई विज्ञका रूपमा उच्च स्थानमा राखेको थिएँ अनि त्यहाँबाट तल झर्न सकेको थिइनँ। मलाई लाग्थ्यो, यस चलचित्रमा मुख्य भूमिका पाउनुले मेरो अभिनय कौशल राम्रो छ भनेर देखाउँछ, त्यसैले कठिनाइहरू आइपर्दा, मैले मद्दत माग्नुको साटो आफैँ कामकुराहरू बुझ्ने प्रयास गरेँ, किनभने मलाई मैले अरूलाई सोधेर आफ्नै महत्त्व घटाउनेछु भन्ने लाग्यो। अरूलाइ आफ्नो सक्कली रूप देख्न र आफूलाई तुच्छ ठान्नबाट रोक्न, मैले आफ्ना कमजोरी र कठिनाइहरूबारे खुलस्त कुरा गर्न मानिनँ। फलस्वरूप, मैले छायाङ्कनको दौरान कहिल्यै सही संवेग भेट्टाउन सकिनँ। एक ब्रदरले मलाई अनुभवी ब्रदर-सिस्टरहरूलाई सोध्न सम्झाए, तर मलाई आफू यति सानो समस्यासमेत समाधान गर्न सक्दिनँ रहेछु भनेर उनीहरूले थाहा पाउलान् र मलाई तुच्छ ठान्लान् भन्ने चिन्ता लाग्यो, त्यसैले मैले सोधिनँ। निर्देशकले म सङ्घर्ष गर्दै छु भनेर देख्दा, उनले मलाई पात्रका संवेगहरू विश्लेषण गर्न मद्दत गर्ने प्रयास गरे। तर म उनले मलाई तुच्छ ठान्लान् भनेर डराएँ, त्यसैले मैले आफूले संवेगहरू पर्याप्त रूपमा महसुस गर्न नसकेकाले त्यो गर्न सक्दिनँ भनेर बहाना बनाएँ। मेरो भनाइको अर्थ के थियो भने, मेरो अभिनय समस्या थिएन—यदि मैले संवेगहरू राम्ररी महसुस गर्न मात्रै सकेको भए, म निश्चय नै त्यो दृश्य गर्न सक्थेँ। म निरन्तर आफ्नो इज्जत जोगाउने प्रयास गरिरहेको थिएँ, म यसको योग्य छैनँ भनेर कसैले भनेको चाहन्नथेँ। पछि, निर्देशकले एउटी सिस्टरलाई आफ्नो अभिनय अनुभव बाँड्न ल्याउँदा, मलाई खुलस्त भएर उनलाई प्रश्नहरू सोध्दा मेरा अझ धेरै कमजोरी खुलासा हुनेछन् भन्ने झनै बढी महसुस भयो। त्यसैले मैले धेरै प्रश्न सोध्न चाहेको भए पनि, आफ्नो मुख खोल्ने आँट गर्न सकिनँ। मैले बारम्बार आफ्नो भेष बद्लेँ र देखावटी गरेँ। यसको अर्थ मेरा समस्याहरू कहिल्यै समाधान भएनन्, र निरन्तरका थप शटहरूले चलचित्रको प्रगतिमा ढिलाइ गराए। परमेश्‍वर भन्‍नुहुन्छ: “यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरू साधारण मानिस बन्‍न चाहँदैनन्, तिनीहरू मामुली, सामान्य मानिस बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा सक्षम मानिस बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो!” म सधैँ के सोच्थेँ भने, मुख्य पात्र भएको र ब्रदर-सिस्टरहरूलाई अभिनय कसरी गर्ने भनेर सधैँ सिकाएको कारण म उत्कृष्टमध्ये एक हुँ, त्यसैले मैले कसैलाई पनि आफ्ना कमीकमजोरीहरू देख्न दिनु हुँदैन। म असाध्यै अहङ्कारी थिएँ! म सृजित प्राणी मात्र हुँ; कमजोरीहरू हुनु पूर्ण रूपमा सामान्य कुरा हो। यसबाहेक, मैले बिरलै सकारात्मक भूमिकाहरू खेलेको छु। मैले आफ्नो अभिनय गर्ने असक्षमता र आफ्ना समस्याहरूलाई सही रूपमा लिनुपर्थ्यो, अनि खुलस्त भएर ब्रदर-सिस्टरहरूलाई मद्दत माग्नुपर्थ्यो। त्यसरी मात्र म आफ्ना कमजोरीहरूको पूर्ति गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्थेँ। तर म यति अहङ्कारी थिएँ कि ममा कुनै समझ थिएन। मलाई लाग्थ्यो, मैले अरूलाई तालिम दिएको र मुख्य भूमिका खेलिरहेको कारण, म अरू सबैभन्दा उत्तम छु अनि मैले हरेक तरिकाले उनीहरूलाई उछिन्नुपर्छ। त्यसैले मैले निरन्तर भेष बदलेँ र देखावटी गरेँ। अन्ततः मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न त सकिनँ नै, मण्डलीको काममा ढिलाइ पनि गराएँ। यो बुझेर, म साँच्चै पछुताएँ र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म एकदमै अहङ्कारी भएको छु। यस अवधिमा मैले आफ्ना समस्या र कमजोरीहरू सामना गर्न सकेको छैनँ। म निरन्तर भेष बदल्ने र देखावटी गर्ने स्थितिमा जिउँदै आइहेको छु, अनि मैले चलचित्रको प्रगतिमा गम्भीर रूपमा ढिलाइ गराएको छु। हे परमेश्‍वर, म पश्चात्ताप गर्न इच्छुक छु। कृपया मलाई अझ गहन रूपमा आत्मचिन्तन गर्न र आफ्ना पाठहरू सिक्न अगुवाइ गर्नुहोस्।”

एक दिन, मैले परमेश्‍वरका वचनहरू पढेँ अनि आफूबारे केही बढी बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सन्दर्भ जेसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य पूरा गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको छाप छोड्ने कोसिस गर्छ, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्‍वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। वास्तवमा, उसको हृदयको गहिराइमा, के साँच्चै उसले गर्न नसक्ने केही पनि छैन भनी विश्‍वास गर्छ? के उसले साँच्‍चै ऊ कमजोरी, नकारात्मकता वा भ्रष्टताको प्रकटीकरणरहित छ भनी विश्‍वास गर्छ? बिलकुलै गर्दैन। ऊ अभिनय गर्न सिपालु हुन्छ, चीजहरू लुकाउन बाठो हुन्छ। ऊ मानिसहरूलाई आफ्नो सबल र सानदार पक्ष देखाउन मन पराउँछ; ऊ आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैन। उसको उद्देश्य स्पष्ट छ, सरल रूपमा भन्नुपर्दा, यो आफ्नो आडम्बर र गौरवलाई बचाइराख्नु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। उसले आफ्नो नकारात्मकता र कमजोरीहरूबारे र आफ्नो विद्रोही र भ्रष्ट पक्षबारे खुलेर कुरा गऱ्यो भने, यसले उसको हैसियत र प्रतिष्ठालाई गम्भीर रूपमा क्षति गर्नेछ, र यो फाइदाभन्दा बेफाइदा बढी हुनेछ भन्ने सोच्छ। त्यसैले ऊ कहिलेकाहीँ आफू कमजोर, विद्रोही, र नकारात्मक भएको स्विकार्नुभन्दा मर्न तयार हुन्छ। यदि सबैले उसको कमजोर र विद्रोही पक्ष देख्ने, तिनीहरूले ऊ भ्रष्ट भएको र अलिकति पनि नबदलिएको देख्ने त्यस्तो कुनै दिन आयो भने पनि, उसले अझै पनि नाटक गर्न जारी राख्‍नेछ। उसले सोच्छ कि यदि उसले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण, नगण्य व्यक्ति भएको स्वीकार गरेमा, मानिसहरूका हृदयमा आफ्नो स्थान गुम्नेछ, सबैको आराधना र श्रद्धा गुम्नेछ, र यसरी पूर्ण रूपमा असफल हुनेछ। त्यसैले, जे भए पनि, ऊ मानिसहरूसामु निष्कपट रूपमा खुलस्त हुनेछैन; चाहे जे भए पनि, उसले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिनेछैन; बरु, उसले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्नेछ, र कहिल्यै हार मान्नेछैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्‍वर भन्नुहुन्छ, ख्रीष्टविरोधीहरू आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनका लागि, अरूलाई आफ्नो नकारात्मक, कमजोर, विद्रोही, वा भ्रष्ट पक्षबारे कहिल्यै खुलेर बताउँदैनन्। उनीहरू यसो गर्दा आफू हीन देखिनेछु र मानिसहरूको हृदयमा रहेको आफ्नो हैसियत र राम्रो छवि गुम्नेछ भन्ने विश्वास गर्छन्। उनीहरू हरमोडमा आफ्नो भेष बदल्छन् र देखावटी गर्छन्, अनि उनीहरू छर्लङ्गै देखिए पनि आफ्नो भेष बदलिरहन्छन्। मैले प्रकट गरेको कुरा पनि ख्रीष्टविरोधीकै स्वभाव थियो। म निरन्तर “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” र “इज्जत अनमोल हुन्छ” भन्नेजस्ता शैतानी विषहरूद्वारा जिइरहेको थिएँ, मलाई लाग्थ्यो, जेसुकै भए पनि, मैले मानिसहरूलाई मलाई तुच्छ ठान्न दिनु हुँदैन अनि उनीहरूको हृदयमा राम्रो छवि कायम राख्नैपर्छ। मलाई याद छ, म सानो छँदा मेरी आमा मलाई प्रायः भन्नुहुन्थ्यो, “सधैँ आफ्नो उत्कृष्ट रूप देखाऊ।” “मानिसको सम्पूर्ण जीवन भनेको इज्जतका लागि जिउनु होइन र? हामीले मानिसहरूलाई हामीलाई तुच्छ ठान्न दिनु हुँदैन। यदि कुनै कुराले मानिसहरूलाइ तिम्रो आदर गर्न लगाउँछ भने, त्यो गर्न लायक हुन्छ।” मेरी आमाबाट यसरी शिक्षा पाएर, मैले हरमोडमा आफ्नो इज्जत बचाएँ, सधैँ अरूलाई आफ्नो उत्कृष्ट पक्ष देखाउने प्रयास गरेँ। म आफूले कुनै कुरा बुझेको छैनँ वा कसरी गर्ने भनेर जानेको छैनँ भने पनि, बुझेको-जानेको नाटक गर्थेँ र आफूलाई त्यसो गर्न बाध्य पार्थेँ। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि म त्यस्तै थिएँ। अगुवाहरूले मलाई ब्रदर-सिस्टरहरूलाई अभिनय सिकाउन र सबैलाई सँगै अध्ययन गर्नका लागि व्यवस्थित गर्न लगाउँदा, मैले उनीहरू सबैले मलाई आदर गरेको देखेँ, अनि मैले आफ्नो अभिनय सिप परिपक्व भइसकेको छ भनी विश्‍वास गर्न थालेँ। मैले आफूलाई यसपटक मुख्य भूमिकामा राखिँदा, आफूलाई कठिनाइहरू हुँदासमेत सजिलै कसैसँग मद्दत माग्ने आँट गरिनँ। मैले ब्रदर-सिस्टरहरूको नजरमा आफ्नो राम्रो छवि गुम्ला भन्ने डरले आफ्नो सम्पूर्ण शक्तिले आफ्नो भेष बदलेँ। पछि, निर्देशकले एउटी सिस्टरलाई आफ्नो अनुभव बाँड्न र मलाई मद्दत गर्न बोलाउँदा, मैले आफूसँग स्पष्ट रूपमै धेरै कठिनाइ भए पनि, आफ्नो राम्रो छवि जोगाउनकै लागि खुलस्त भएर मद्दत माग्न मानिनँ। म पात्रको भूमिकामा भिज्न नसकेको हुनाले, मैले चलचित्रको प्रगतिमा गम्भीर रूपमा ढिलाइ गराएँ। मैले आफ्नो कर्तव्यमा परमेश्‍वरलाई उचाल्न वा उहाँको गवाही दिन सकिनँ मात्र होइन; बरु, मैले निरन्तर ब्रदर-सिस्टरहरूको नजरमा आफ्नो राम्रो छवि जोगाइरहेको थिएँ। म ती सिस्टरको मद्दत स्विकार्नुभन्दा छायाङ्कनमा ढिलाइ गर्नसमेत इच्छुक थिएँ। ममा विवेक वा समझ पटक्कै थिएन! म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको थिएँ! यदि मैले यस्तै गरिरहेको भए, अन्ततः म परमेश्‍वरद्वारा तिरस्कृत हुनेथिएँ र हटाइनेथिएँ। मैले आफ्नो पछ्याइपछाडिको दृष्टिकोणलाई चाँडै बदल्नुपर्थ्यो अनि आफ्नो छवि र हैसियत कायम राख्न छोड्नुपर्थ्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर, तपाईँले आज मलाई अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्ने मौका दिनुभएको छ। यो तपाईँको महान् कृपा हो। म तपाईँविरुद्ध विद्रोह र तपाईँको प्रतिरोध गरिरहन सक्दिनँ। कृपया मलाई अगुवाइ गर्नुहोस् ताकि म खुलस्त हुन, इमानदार व्यक्ति बन्न, अनि आफ्नो कर्तव्य पूरा गर्न र तपाईँलाई सन्तुष्ट पार्न सकूँ।”

पछि, पटकथामा केही परिवर्तन गरियो, र चलचित्रलाई पुनः छायाङ्कन गर्नुपर्‍यो। मण्डलीले मलाई त्यो भूमिका निरन्तर गर्न दियो। म कृतज्ञ थिएँ तर अत्यन्तै लज्जित पनि थिएँ। मैले गम्भीरतापूर्वक पश्चात्ताप गर्ने, आफ्नो मानसिकता समायोजित गर्ने, र काममा आफ्नो सबथोक दिने सङ्कल्प गरेँ। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ अनि अभ्यासको मार्ग फेला पारेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मलाई भन्, तँ कसरी साधारण र सामान्य व्यक्ति हुन सक्छस्? परमेश्‍वरले भन्नुभएझैँ, कुनै महान् व्यक्ति वा अतिमानव बन्‍ने प्रयास नगरी, तँ कसरी सृजित प्राणीको उचित स्थान लिन सक्छस्? तँ कसरी साधारण र सामान्य व्यक्ति हुन अभ्यास गर्नुपर्छ? यो कसरी हासिल गर्न सकिन्छ? को बोल्न चाहन्छ? (सबैभन्दा पहिले, हामीले हामी साधारण मानिस, एकदमै सामान्य मानिस हौँ, र हामीले नबुझ्ने, नबोध्ने, र छर्लङ्गै देख्न नसक्ने धेरै कुरा छन् भनी स्वीकार गर्नैपर्छ। हामीले हामी भ्रष्ट र त्रुटिपूर्ण छौँ भनी स्वीकार गर्नैपर्छ। त्यसपछि, हामीसँग निष्कपट हृदय हुनुपर्छ र खोजी गर्न अक्सर परमेश्‍वरसामु आउनुपर्छ।) पहिले, आफूलाई उपाधि नदे र त्यसपछि त्यसलाई तँलाई बाँध्न नदे, र यसो नभन्, ‘म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरिवेक्षक हुँ, वा म यस क्षेत्रमा सबैभन्दा ज्ञानी र प्राविधिक रूपमा निपुण व्यक्ति हुँ।’ आफूले आफैलाई दिएको उपाधिद्वारा नियन्त्रित नहो। यसो हुनेबित्तिकै, यसले तँलाई कसिलो गरी बाँध्नेछ; तेरा वचन र कार्यहरू यसबाट प्रभावित हुनेछन्, साथै तेरो सामान्य सोचाइ र निर्णय पनि प्रभावित हुनेछन्। तैँले आफूलाई यो हैसियतका बन्धनहरूबाट मुक्त गर्नैपर्छ। पहिले, यो आधिकारिक उपाधिको पदबाट हट्, र एक साधारण व्यक्तिको पद धारण गर्। त्यसपछि तेरो मानसिकता केही हदसम्म सामान्य हुनेछ। तैँले यो पनि स्वीकार गर्नुपर्छ: ‘मलाई यो कसरी गर्ने भन्‍ने थाहा छैन, र म त्यो बुझ्दिनँ—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यो कहिल्यै अनुभव गरेको छैन, त्यसैले मलाई के गर्ने भन्‍ने थाहा छैन।’ जब तँ आफूले साँच्चै के सोचिरहेको छु भनी भन्न सक्छस् र यसरी इमानदारीपूर्वक बोल्न सक्छस्, तब तँसँग सामान्य समझ हुनेछ। यदि तैँले अरूलाई आफ्नो वास्तविक रूप चिन्‍न दिइस् भने, तिनीहरूले तँप्रति सामान्य दृष्टिकोण राख्‍नेछन्, र तैँले देखावटी गर्नु पर्नेछैन। तैँले उप्रान्त गह्रौँ दबाब महसुस गर्नेछैनस्, र तँ अरूसँग सामान्य रूपमा कुराकानी गर्न सक्षम हुनेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ। जीवन धेरै थकाइलाग्दो लाग्नेले आफैलाई मात्रै दोष दिनुपर्छ। कुनै पनि कुराको नाटक नगर् वा कुनै पनि कुरालाई ढाकछोप नगर्। पहिले, तँ आफ्नो हृदयमा के सोचिरहेको छस् र तेरा साँचो विचारहरू के हुन् भनी खुलस्त हो, ताकि सबैले ती कुरा जानून् र बुझून्। यसरी, तेरा चिन्ताहरू, साथै तँ र अरूबीचका तगारो र शङ्काहरू सबै हट्नेछन्। यसबाहेक, तँलाई अर्को कुराले पनि बाँधिरहेको छ, त्यो के हो भने, तँ सधैँ आफूलाई टोलीको प्रमुख, एक अगुवा वा एक कामदार, उपाधि, हैसियत र प्रतिष्ठा भएको व्यक्ति ठान्छस्—यदि तँ त्यसपछि आफूले यो बुझ्दिनँ र त्यो गर्न असक्षम छु भनेर भन्छस् भने, के त्यो आफ्नै अपमान गर्नु होइन र? जब तँ आफ्नो हृदयका यी बन्धनहरू त्याग्छस्, जब तँ आफूलाई अगुवा वा कामदार ठान्न छोड्छस्, र जब तँ आफूलाई अरू मानिसहरूभन्दा राम्रो ठान्न छोड्छस् र बरु तँ एक साधारण व्यक्ति, अरू सबैजस्तै होस्, र तँ केही क्षेत्रमा अरूभन्दा निम्नस्तरीय छस् भनी महसुस गर्छस्, तब तैँले यस मानसिकताका साथ सत्यता र कामसँग सम्बन्धित मामिलाहरूमा सङ्गति गर्दा, नतिजा र वातावरण दुवै फरक हुनेछन्। … चाहे ती अगुवा र सेवकहरू होऊन् वा ब्रदर-सिस्टरहरू, हरेक मानिस एक सामान्य व्यक्ति हो। तिनीहरू सबैले यो सिद्धान्त अभ्यास गर्नुपर्छ। परमेश्‍वरको वचनको अभ्यासमा हरेकको एउटा न एउटा भागीदारी र एउटा न एउटा जिम्‍मेवारी हुन्छ। तँ कुनै अगुवा, सेवक, टोली अगुवा, सुपरिवेक्षक, वा समूहभित्रबाटै निकै सम्मानित व्यक्ति हुन सक्छस्। तँ जोसुकै भए पनि, तैँले यस तरिकाले अभ्यास गर्न सिक्नुपर्छ। तैँले आफ्नो शिरमा पहिरिने प्रभामण्डल र मानपदवी फुकाल्, र अरूले तँलाई अर्पण गरेको मुकुट फुकाल्। त्यसपछि, तँलाई सामान्य व्यक्ति बन्न सजिलो लाग्नेछ, अनि तैँले सजिलै विवेक र समझको आधारमा कार्य गर्नेछस्। पक्कै पनि, त्यसपछि, तैँले बुझ्दिनँ र थाहा छैन भनी स्विकारेर मात्र पुग्दैन। यो समस्या समाधान गर्ने अन्तिम हल होइन। त्यसोभए अन्तिम हल के हो त? मामिला र कठिनाइहरूलाई परमेश्‍वरसामु राखेर प्रार्थना र खोजी गर्। एउटा व्यक्ति एक्लैले प्रार्थना गरेर मात्र पुग्दैन। बरु, तैँले सबैसँग सँगसँगै यस मामिला सम्बन्धमा प्रार्थनाहरू चढाउनुपर्छ र यो जिम्मेवारी र दायित्व उठाउनुपर्छ। त्यो कामकुरा गर्ने अत्यन्तै राम्रो तरिका हो! तँ महान् व्यक्तित्व र महामानव हुने मार्ग समात्नबाट जोगिनेछस्। यदि तैँले यसो गर्न सकिस् भने, तैँले अचेतन रूपमै सृष्टि गरिएको प्राणीको उचित स्थान सम्हाल्नेछस् र आफूलाई महामानव र महान् व्यक्तित्व हुने महत्वाकाङ्क्षा र चाहनाको बन्धनबाट मुक्त पार्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरूले यो कुरा पूर्ण रूपमा स्पष्ट पारे। म त सानो सृजित प्राणी मात्र हुँ। मैले कहिल्यै कुनै व्यावसायिक अभिनय ज्ञान सिकेकै छैनँ। आज परमेश्‍वरको घरमा कलाकारका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न पाउनु भनेको परमेश्‍वरले उचाल्नु हो। अनि पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनविना यो असम्भव हुनेथ्यो। मलाई मेरा संवेगहरू पर्याप्त रूपमा पूर्ण नभएको एउटा छायाङ्कन याद छ। मैले सबै प्रयास गरेँ, तर व्यर्थ भयो। मैले गर्न सक्ने भनेकै परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रार्थना गर्नु थियो। पछि, परमेश्‍वरको अगुवाइमा म पात्रको भूमिकामा भिजेँ, अनि छायाङ्कन सफल भयो। परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शनविना म यो कहिल्यै गर्न सक्दिनथेँ। अब मैले आफ्नो अभिमान र हैसियत त्याग्नुपर्छ, आफ्ना कमजोरीहरूको सिधै सामना गर्नुपर्छ, अनि आफू सक्षम रहेका कुराहरूमा सक्दो गर्नुपर्छ, अनि आफूले गर्न नसक्ने वा नबुझ्ने केही छ भने, मैले ब्रदर-सिस्टरहरूसँग अझ बढी मद्दत माग्नुपर्छ, र साथै परमेश्‍वरलाई अझ बढी प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ। त्यसैले मैले आफ्नो अभिनयमा भएका समस्याहरूको सूची बनाएँ र मद्दत माग्दै केही ब्रदर-सिस्टरलाई त्यो पठाएँ। मेसेज पठाउनेबित्तिकै, मलाई काँधबाट ठूलो बोझ हटेको महसुस भयो, अनि मेरो हृदयलाई चैन मिल्यो। मैले तुरुन्तै उनीहरूको जवाफ पाएँ। उनीहरू सबैले मेरा समस्याहरूका लागि केही सुझाव दिए अनि छायाङ्कनको दौरान उनीहरू कसरी सही संवेगहरू भेट्टाउँछन् भनेर बताए। उनीहरूले मेरा लागि अभ्यासका केही मार्ग देखाइदिए अनि त्यो भूमिका गम्भीरतापूर्वक खेल्न मलाई प्रोत्साहित गरे। उनीहरूका सुझाव र प्रोत्साहन पढेर म अत्यन्तै भावुक भएँ र मलाई एकदमै न्यानोपन महसुस भयो। उनीहरूको सल्लाहले मलाई धेरै मद्दत गर्‍यो, अनि त्यसपछि मैले आफ्नो अभिनयमा भएका समस्याहरू कसरी समाधान गर्ने भनेर थाहा पाएँ।

मैले छिट्टै आफूलाई छायाङ्कनको नयाँ चरणमा होमेँ। फेरि संवेगात्मक दृश्यहरू खिच्ने समय आउँदा, मैले ब्रदर-सिस्टरहरूले मलाई सिकाएका विधिहरू अपनाएँ अनि निर्देशकसँग अभिनयका विशिष्ट विवरणहरू अगावै छलफल गरेँ। आफू पात्रको भूमिकामा भिज्न नसक्दा, म त्यसबारे खुलेर कुरा गर्थेँ, अनि निर्देशक र ब्रदर-सिस्टरहरू सबै आएर मलाई मद्दत गर्थे। छायाङ्कनपछि, म ब्रदर-सिस्टरहरूलाई भिडियो पठाउँथेँ र मेरो अभिनयमा अझै के समस्याहरू बाँकी छन् भनेर सोध्थेँ। उनीहरूले समस्याहरू औँल्याउँदा, म तुरुन्तै समायोजन गरेर सुधार्थेँ। अर्कोपटक अभिनय गर्दा, मेरा संवेगहरू अझ धेरै पूर्ण भएका हुन्थे। म छिट्टै पात्रको भूमिकामा भिजेँ, अनि छायाङ्कनका नतिजाहरू पहिलेको भन्दा धेरै राम्रा भए। ती क्लिपहरू हेर्ने ब्रदर-सिस्टरहरूका लागि केही दृश्य एकदमै भावपूर्ण थिए, अनि छायाङ्कनको प्रगति उल्लेखनीय रूपमा बढ्यो।

अब, केही नबुझ्दा अनि आफ्नो भेष बदल्ने र देखावटी गर्ने विचार गर्दा, म सचेत रूपमा इमानदार व्यक्ति बन्ने अभ्यास गर्छु। म आफ्ना समस्याहरूबारे खुलस्त हुन्छु अनि आफ्ना ब्रदर-सिस्टरहरूसँग सिद्धान्त र अघि बढ्ने मार्गहरू खोज्छु, र आफूले नबुझेका समस्याहरू छिट्टै समाधान हुन्छन्। यस अनुभवबाट मैले के बुझेको छु भने, देखावटी गर्नु र आफ्नो भेष बदल्नुले कुनै समस्याहरू समाधान गर्न सक्दैन। परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गरेर, निष्कपट रूपमा खुलस्त भएर, र इमानदार व्यक्ति बनेर मात्र आफ्ना समस्याहरू समाधान गर्न अनि आफ्नो कर्तव्य पूरा गर्न सकिन्छ; तब मात्र हृदयमा साँचो शान्ति र चैन पाउन सकिन्छ। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बुझेको बहाना गर्दा म बरबाद भएँ

म मण्डलीको लागि डिजाइनको काम गर्थेँ। समय बित्दै जाँदा, मैले सबै किसिमका डिजाइन र तस्विरहरू बनाउँदै जाँदा, मेरो सीप निकै सुध्रियो र मलाई...

बुझेकोझैँ नाटक गर्नुका परिणामहरू

सु यु, चीनम मण्डलीमा भिडियोहरू बनाउँछु। सुरुमा तालिम लिँदा, मैले केही नबुझ्दा मानिसहरूबाट मदत माग्थेँ। पछि, मैले बिस्तारै केही सिद्धान्तहरू...

पाखण्डको मूल्य

फ्लोरा, अमेरिकासन् २०२१ को जुन महिनामा, म मण्डली अगुवामा चुनिएँ। त्यतिबेला, यो मेरा लागि वास्तवमै अनपेक्षित थियो किनभने अरू अगुवाहरूका...

तथाकथित आत्मज्ञान

परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, म सधैँ लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका ब्रदर सिस्टरहरूसँग भेला गर्थेँ। जब मैले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्