छद्म भेष धारण गर्दाको पीडा
सन् २०१८ को एक दिन, मेरो अगुवाले मलाई भर्खरै स्थापना भएको मण्डलीलाई सघाउने काममा नियुक्त गरे। यो खबर सुन्दा, मलाई अचम्म पनि लाग्यो र अलिक...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
फेब्रुअरी २०२३ मा, मलजल गर्ने कामको सुपरिवेक्षकको रूपमा मेरो पदोन्नति भयो। त्यसबेला, म मलजल टोलीका केही अगुवाहरूको कामको सुपरिवेक्षण गरिरहेकी थिएँ। म नयाँ सदस्यहरूलाई मलजल गर्ने सन्दर्भमा आफूमा केही सीप भएको महसुस गर्थेँ, त्यसैले म यो कर्तव्य निर्वाह गरेकोमा मानिसहरूले मेरो आदर गर्नेछन् भन्नेमा ढुक्क थिएँ। म आफैमा मक्ख नपरी बस्न सकिनँ। तर म खुसी भए तापनि, म चिन्तित पनि थिएँ। म नयाँ सदस्यहरूका समस्या र कठिनाइहरूमा टोली अगुवाहरूलाई मद्दत गर्न निकै सिपालु थिएँ, तर सुपरिवेक्षकको नाताले मैले टोली अगुवाहरूका समस्या र कठिनाइहरू पनि समाधान गर्नुपर्थ्यो। म प्रायः काममा मात्र केन्द्रित हुन्थेँ तर आफ्नो जीवन प्रवेशमा केन्द्रित हुन्नथेँ, त्यसैले मेरो सत्यताप्रतिको बुझाइ निकै सतही थियो। म सामान्य स्थिति र समस्याहरू समाधान गर्नका लागि परमेश्वरका वचनहरू भेटाउन सक्थेँ, तर अलि जटिल कुराहरू आउँदा, म तिनलाई स्पष्ट रूपमा देख्न सक्दिनथेँ र के गर्ने भन्ने थाहा पाउँदिनथेँ। पहिले, म अरू टोली अगुवाहरूकै स्तरमा थिएँ, त्यसैले तिनीहरूका समस्या र कठिनाइहरू समाधान गर्न नसक्दा पनि केही फरक पर्दैनथ्यो। तर अहिले म सुपरिवेक्षक थिएँ। यदि मैले तिनीहरूका कठिनाइहरू समाधान गर्न सकिनँ भने, तिनीहरूले मेरो बारेमा के सोच्नेलान्? के तिनीहरूले म यो कर्तव्यको लागि योग्य छैनँ भन्लान्? यदि मैले तिनीहरूका समस्याहरू समाधान गर्न सकिनँ र काममा कुनै नतिजा प्राप्त नगरेका कारण मलाई बर्खास्त गरियो भने, त्यो कति लज्जास्पद होला! सबैले मलाई मानकअनुरूपको सुपरिवेक्षक ठानून् भनेर, म हरेक भेलामा आफ्ना सबल पक्षहरू प्रदर्शन गर्दै, जस्तै नयाँ सदस्यहरूका समस्या र कठिनाइहरू बुझ्ने र अभ्यासको मार्ग औँल्याइदिने, वा टोली अगुवाहरूले मलजल गर्ने काममा गरेका विचलनहरू सच्याइदिने गर्थेँ। म के सोच्थेँ भने, जबसम्म म टोली अगुवाहरूको काम राम्रोसँग व्यवस्थापन गर्छु र कामले नतिजा दिन्छ, तबसम्म मलाई हेयको नजरले हेरिनेछैन वा बर्खास्त गरिनेछैन। तर म टोली अगुवाहरूले आफ्ना कर्तव्यहरूमा भोगेका कठिनाइहरूबारे विरलै सोध्थेँ—म सोध्ने आँटै गर्दिनथेँ। म यदि मैले सोधेँ र तिनको समाधान गर्न सकिनँ भने, मेरो इज्जत जान्छ भनेर डराउँथेँ। विशेष गरी हाम्रा भेलाहरूमा कुनै अगुवा आउँदा त झन् यस्तै हुन्थ्यो। उनमा राम्रो छाप छोड्न र म सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्न योग्य छु भन्ने देखाउन, म आफैलाई कठिनाइ र समस्याहरू पर्दा पनि मद्दत माग्दिनथेँ। म सधैँ आफूलाई कुनै कठिनाइ नै नपरेको जस्तो व्यवहार गर्थेँ। टोली अगुवाहरूका स्थितिहरू समाधान गर्दा पनि, म धेरै सतर्क हुन्थेँ। म मेरी अगुवाले सङ्गति गरेर नसिध्याउन्जेल पर्खन्थेँ, अनि मेरा विचारहरू पनि उनकै जस्ता छन् भनेर देखाउनका लागि बीचमा आफ्ना केही कुराहरू थप्दै सङ्गति गर्थेँ। यसरी, उनले मेरा कमीकमजोरी वा विचलनहरू देख्ने थिइनन्।
केही समयपछि, मैले टोली अगुवाहरूले आफूहरू यताउता दौडधुप गरेर काम गर्नमा मात्र केन्द्रित भएको, तर कुनै जीवन प्रवेश हासिल नगरेको भनेर गुनासो गरेको सुनेँ। मलाई धेरै दोषी महसुस भयो। मलाई के थाहा थियो भने, यदि भेलाहरू कामको अनुगमन गर्ने बारेमा मात्र सीमित रहे र तिनीहरूका कठिनाइहरू समाधान भएनन् भने, यसले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा असर गर्नेछ, र तिनीहरूले आफ्ना कर्तव्यहरूमा राम्रो नतिजा पाउनेछैनन्। मैले भविष्यका भेलाहरूमा कामको कुरातिर लाग्नुअघि, पहिले तिनीहरूका कठिनाइहरू समाधान गर्नेबारे सोचेँ। तर फेरि म चिन्तित भएँ, “यदि मैले तिनलाई समाधान गर्न सकिनँ भने नि? के त्यो निकै लाजमर्दो हुँदैन र?” त्यसैले म फेरि त्यसरी अभ्यास गर्न अनिच्छुक भएँ। म टोली अगुवाहरूको स्थिति साँच्चै खराब हुँदा र आफूसँग कुनै विकल्प नहुँदा मात्र तिनीहरूको स्थितिबारे सोध्थेँ। कहिलेकाहीँ, म तिनीहरूका समस्याहरू स्पष्ट रूपमा देख्न नसक्दा र के गर्ने भनेर मलाई थाहा नहुँदा, म खुलस्त हुन र मिलेर समाधान खोज्न चाहन्नथेँ। म जबर्जस्ती परमेश्वरका वचनको कुनै खण्ड खोज्थेँ र काम चलाउनको लागि मात्र झाराटारुवा सङ्गति गर्थेँ। यसरी, म निरन्तर आफ्ना ब्रदर-सिस्टरहरूले मलाई हेयको नजरले हेर्लान् कि भन्ने डरको स्थितिमा जिउँथे। भेलाहरूको दौडान म विशेष गरी दमित महसुस गर्थेँ, र म अन्धकार र पीडामा जिइरहेकी थिएँ, अनि कुनै निकास पाउन सकिरहेकी थिइनँ। मैले यो कर्तव्य निर्वाह गर्न राजी भएकोमा पनि पछुतो मानेँ।
पछि, मैले मेरा ब्रदर-सिस्टरहरूलाई आफ्नो स्थितिबारे खुलस्त पारेँ। एउटी सिस्टरले मैले आफैलाई उच्च स्थानमा राखेकी भन्दै, उनले मेरो लागि पढ्न भनेर परमेश्वरका वचनको एउटा खण्ड पनि भेट्टाएर दिइन्। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “भ्रष्ट मानिसहरू सबैमा एउटा साझा कमजोरी हुन्छ: जब तिनीहरूसँग हैसियत हुँदैन, तब तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा वा बोल्दा स्वाङ पार्दैनन् वा कुनै निश्चित शैली अपनाउँदैनन्। तिनीहरूको बोलीमा कुनै बनावटी स्वर हुँदैन र त्यो साधारण र सामान्य हुन्छ। तिनीहरूको देखावटी रूप हुँदैन, वा तिनीहरू अरूले तिनीहरूका बारेमा के सोच्छन् भनी चिन्ता गर्दैनन्। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाब महसुस गर्दैनन्, र अरू मानिसहरूसँग खुलेर कुरा गर्न र सङ्गति र अन्तरङ्ग कुराकानीमा संलग्न हुन सक्षम हुन्छन्। अरूले तिनीहरू मित्रवत् र सजिलै नजिकिन सकिने स्वभावका भएको महसुस गर्छन्, र तिनीहरू निकै राम्रा छन् भनी सोच्छन्। तर, तिनीहरू हैसियत प्राप्त गर्नेबित्तिकै, उच्च र शक्तिशाली बन्छन्, साधारण मानिसहरूलाई बेवास्ता गर्छन्, तिनीहरूसँग कोही पनि रकुरा गर्न सक्दैन; तिनीहरूले आफू कुलीन हुँ, र आफू साधारण मानिसहरूभन्दा फरक वर्गको हुँ भन्ने ठान्छन्। तिनीहरू साधारण मानिसहरूलाई तुच्छ नजरले हेर्छन्, तिनीहरू ठाँटसित बोल्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्ने लाग्छ। तिनीहरू अगुवाहरूको एउटा निश्चित छवि हुनैपर्छ, उनीहरू साधारण मानिसहरूभन्दा उच्च हुनुपर्छ, उनीहरूसँग अरूको भन्दा ठूलो कद र सहनशक्ति हुनुपर्छ भन्ने सोच्छन्; तिनीहरूले के विश्वास गर्छन् भने, सर्वसाधारण मानिसहरूका तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्य हुनुपर्छ, उनीहरूले अझै बढी कष्ट भोग्न र समर्पित हुन, अनि शैतानको कुनै पनि परीक्षा सामना गर्न सक्नुपर्छ। तिनीहरूका आमाबुबा वा परिवारका अन्य सदस्यहरूको मृत्यु भए पनि, तिनीहरूलाई आफूसँग नरुनका लागि आत्म-नियन्त्रण हुनुपर्छ, वा तिनीहरूले अरूका अगाडि भन्दा पनि गोप्य रूपमा, नदेखिने गरी रुनुपर्छ भन्ने लाग्छ। तिनीहरूले कसैलाई पनि आफ्ना कमजोरी वा त्रुटि वा आफ्ना कुनै पनि दुर्बलताहरू देख्न दिनु हुँदैन, र तिनीहरूले आफू नकारात्मक भएको कुरा समेत कसैलाई थाहा दिनु हुँदैन; बरु, त्यस्ता सबै कुराहरू लुकाउनुपर्छ भन्ने सोच्छन्। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्ने विश्वास गर्छन्। जब तिनीहरू आफूलाई यस हदसम्म कुण्ठित पार्छन्, तब के हैसियत नै तिनीहरूको परमेश्वर, तिनीहरूको प्रभु बनेको हुँदैन र? अनि यस्तो हुँदा, के तिनीहरूमा अझै सामान्य मानवता हुन्छ? जब तिनीहरूमा यी विचार हुन्छन्, जब तिनीहरूले आफूलाई सीमित दायरामा राख्छन्, र यस प्रकारको नाटक गर्छन्, तब के तिनीहरू हैसियतले मोहित भएका हुँदैनन् र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्वरका वचनको यो खण्डले मेरो स्थितिलाई सीधै सम्बोधन गर्यो। मैले म कुनै निकास पाउन नसकी सधैँ अन्धकारमा जिइरहेकी रहेछु किनकि म हैसियतको बन्धनबिच जिइरहेकी रहेछु भन्ने महसुस गरेँ। म सुपरिवेक्षक हुनुअघि, म अरू टोली अगुवाहरूकै स्तरमा थिएँ; हामीबिच हैसियतको कुनै भिन्नता थिएन। मेरो जीवन प्रवेश अलि सतही र मैले समाधान गर्न नसक्ने केही समस्याहरू भएपनि, मलाई कुनै दबाब महसुस हुँदैनथ्यो। तर जबदेखि म सुपरिवेक्षक भएँ, मैले आफैलाई उच्च स्थानमा राखेँ। मलाई म तिनीहरूको कामको इन्चार्ज भएकी हुनाले, म हरेक कुरामा तिनीहरूभन्दा उत्तम हुनुपर्छ, अनि मैले नजानेको वा गर्न नसक्ने कुनै कुरा छ भने, तिनीहरूले मलाई हेयको नजरले हेर्लान् र यो कर्तव्यका लागि म योग्य छैन भन्लान् भन्ने लाग्थ्यो। टोली अगुवाहरूले मलाई हेयको नजरले नहेरून् भनेर, म भेलाहरूमा तिनीहरूका स्थितिबारे सोध्दिनथेँ र कामबारे मात्रै सोधपुछ गर्थेँ। मेरी अगुवा भेलाहरूमा आउँदा, म उनका अगाडि मेरा आफ्नै समस्याहरू खुलासा होलान् कि भनेर डराउँथेँ, त्यसैले म आफ्ना कमीकमजोरीहरू ढाकछोप गर्थेँ। म काममा भएका कठिनाइहरूबारे रिपोर्ट गर्दिनथेँ, बरु अगुवालाई झूटो भान पार्न खोज्थेँ, ताकि उनले म समस्याहरू समाधान गर्न सक्छु र म सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्न योग्य छु भन्ने ठानून्। सुपरिवेक्षक भएपछि, मैले आफ्नो कर्तव्य कसरी राम्रोसँग निर्वाह गर्ने वा ब्रदर-सिस्टरहरूका कठिनाइहरू कसरी समाधान गर्ने भनेर सोचिनँ। मैले आफ्नो प्रतिष्ठा र हैसियत कसरी जोगाउने भन्ने मात्र सोचेँ। म साँच्चै कति स्वार्थी थिएँ!
त्यसपछि, मैले यसबारे खोजी गरेँ र मनन गरेँ: मैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन किन सधैँ मुकुण्डो लगाएँ र भेष बदलेँ? यसलाई कुन भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको थियो? मैले परमेश्वरका वचनहरू पढेँ: “कुनै पनि सत्यता, सही वचन, र सकारात्मक कुराहरू सबै नै सत्यतालाई प्रेम गर्ने, परमेश्वरको वचनलाई प्रेम गर्ने, र परमेश्वरको निम्ति ठूलो आकाङ्क्षा हुनेहरूको लागि हुन्। सत्यता सुनेपछि, यी योग्यता नहुनेहरूले पनि सत्यता सही हो र सत्यता राम्रो हो भनेर भन्नेछन्, तर तिनीहरूले त्यसलाई मनन गरेर यस्तो सोच्नेछन्, ‘म केका लागि जिउँछु? म प्रतिष्ठा, हैसियता, मुकुट, महिमा, र परमेश्वरका इनामहरूका लागि जिउँछु। यीविना पनि, के मेरो मर्यादा रहन्छ र? मेरो जीवनको अर्थ के हो? के परमेश्वरप्रतिको विश्वास इनाम र मुकुटको पछि लाग्ने माध्यम मात्र होइन र? अब मैले निकै रगत-पसिना समर्पित गरेको छु, र निकै लामो प्रतीक्षा गरेपछि, परमेश्वरको लागि असललाई इनाम र खराबलाई दण्ड दिने समय आएको छ। यसै बेला मलाई मुकुट पहिराइनुपर्छ र मैले इनाम पाउनुपर्छ। म यो कसरी अरू कसैलाई सुम्पन सक्छु र? अन्य सरल मानिसहरूजस्तै सामान्य, र साधारण व्यक्ति बन्नु, त्यसरी त जिउनुको के अर्थ छ र? म त्यति मूर्ख छैनँ!’ के त्यस्तो व्यक्ति सुधार्नै नसकिने हुँदैन र? (हुन्छ।) त्यस्ता मानिसहरूलाई मनाउन नखोज्। सत्यता तिनीहरूको लागि होइन, र तिनीहरूले चाहने कुरा सत्यता होइन। त्यस्ता व्यक्तिहरूले आशिष् र मुकुट मात्र खोज्छन्। तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरूले सामान्य मानिसहरूको खाँचोको दायरा नाघ्छन्। कतिपय मानिसहरू त्यस्ता व्यक्तिहरू किन हैसियत र शक्तिमा टाँसिन्छन् र किन ती कुराहरू त्याग्दैनन् भनेर कल्पनै गर्न सक्दैनन्। यस प्रकारका व्यक्तिहरूको सार र जन्मजात प्रकृति यही हो। तैँले त्यो बुझ्न सक्दैनस् किनकि तेरो सार तिनीहरूको भन्दा फरक हुन्छ, न त तिनीहरूले नै तँलाई बुझ्न सक्छन्। अनि तिनीहरूलाई तँ त्यति मूर्ख हुनुको कारण पनि थाहा हुँदैन। तँ पूर्वतैयार मुकुट, महिमा, र प्रतिष्ठा चाहँदैनस्, बरु सामान्य व्यक्ति हुन चाहन्छस्। तिनीहरूलाई तँ बुझ्नै नसकिने भएझैँ लाग्छ। यस प्रकारको व्यक्तिले यस्तो सोच्छ, ‘तँ सावधानीपूर्वक सत्यता पछ्याउँछस्, परमेश्वर जे भन्नुहुन्छ तँ त्यही अभ्यास गर्छस्, परमेश्वर जे गर् भन्नुहुन्छ तँ त्यही गर्छस्, अनि परमेश्वर तँलाई जे समर्पण गर् भन्नुहुन्छ तँ त्यही समर्पण गर्छस्। तँ कसरी यति मूर्ख हुन सक्छस्?’ तिनीहरू सोच्छन्, इमानदार व्यक्ति हुनु र सत्यता अभ्यास गर्नु मूर्खता, अज्ञानता, र मन्द बुद्धिपन हो। तिनीहरूलाई आफू ज्ञान पछ्याउन र श्रेष्ठ व्यक्तिको भूमिका निभाउन चलाख छु भन्ने लाग्छ। तिनीहरू आफूले सबथोक बुझ्छु भन्ठानेर यस्तो निष्कर्षमा पुग्छन्, ‘हैसियत र प्रतिष्ठा नहुने, आफ्नो शिरमा मुकुट नपहिरिने, र मानिसहरूमाझ मूल्य नहुने र बोल्ने अख्तियार नहुने व्यक्ति बेकार हो। यदि कुनै व्यक्ति ख्यातिका लागि जिउँदैन भने, ऊ व्यक्तिगत लाभका लागि जिउनैपर्छ। यदि ऊ व्यक्तिगत लाभका लागि जिउँदैन भने, ख्यातिका लागि जिउनैपर्छ।’ के यो शैतानको तर्क होइन र? शैतानको तर्कअनुसार जिउनेहरूलाई सुधार्न सकिँदैन। तिनीहरू परमेश्वरको कुनै वचन, सकारात्मक कुरा, वा सही सल्लाह कहिल्यै स्विकार्न सक्दैनन्। यदि तिनीहरू यसलाई स्विकार्न सक्दैनन् भने, गर्नलाई के छ र? हामीले बोल्ने यी वचनहरू तिनीहरूको लागि होइनन्। यी वचनहरू सामान्य मानवता हुने मानिसहरूलाई मात्र, परमेश्वरको निम्ति ठूलो आकाङ्क्षा हुने मानिसहरूलाई मात्र भनिएका हुन्। यी वचनहरू यी मानिसहरूको लागि मात्र हुन्। यी मानिसहरूले मात्र परमेश्वरका वचनहरू गम्भीरतापूर्वक सुन्न र मनन गर्न, सत्यता बुझ्न, सत्यता सिद्धान्तअनुसार कार्य गर्न, परमेश्वरले तोक्नुभएअनुसार कर्तव्य निभाउन, परमेश्वरले खडा गरेको परिवेशमा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, अनि बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। जहाँसम्म सकारात्मक कुरा र परमेश्वरको वचनप्रति हृदयमा अवहेलना र शत्रुता पाल्नेहरूको कुरा छ, तिनीहरूलाई साधारण र अप्रतिष्ठित जीवन जिउन, सामान्य व्यक्ति हुन, सावधानीपूर्वक परमेश्वरसामु आउन, अनि आफूले नबुझ्ने मामिलाहरूबारे सम्पूर्ण हृदयले खोजी र प्रतीक्षा गर्न भनी मनाउन सकिँदैन। तिनीहरू त्यस्तो व्यक्ति हुनुमा सन्तुष्ट हुँदैनन्। तसर्थ, त्यस्ता व्यक्तिहरूले मुक्ति पाउन असम्भव छ। स्वर्गको राज्य यी मानिसहरूको लागि तयार गरिएको थिएन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरका वचनबाट मैले परमेश्वर सत्यतालाई प्रेम गर्ने र स्वीकार गर्नेहरूलाई मुक्ति दिनुहुन्छ भन्ने बुझेँ। परमेश्वरले तिनीहरूका लागि परिस्थितिहरू खडा गरिदिनुहुँदा, यस्ता मानिसहरू सत्यता खोज्न, आफ्ना व्यक्तिगत चाहनाहरू त्याग्न र परमेश्वरका वचनअनुसार अभ्यास गर्न सक्छन्। सत्यतालाई प्रेम नगर्नेहरू आफ्नो प्रतिष्ठा र हैसियतको चाहना पूरा गर्नका लागि मात्र परमेश्वरमा विश्वास गर्छन् र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले जेसुकै गरे पनि, तिनीहरू परमेश्वरको अभिप्रायसँग मिल्ने गरी आफ्नो कर्तव्य कसरी निर्वाह गर्ने भनेर सोच्दैनन्, बरु यसले आफ्नो प्रतिष्ठा र हैसियतलाई फाइदा पुर्याउँछ कि पुर्याउँदैन भनेर मात्र विचार गर्छन्। यस्ता मानिसहरूलाई परमेश्वर घृणा गर्नुहुन्छ र तिरस्कार गर्नुहुन्छ। म “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने शैतानी विषबाट प्रभावित भएकी थिएँ, र मैले प्रतिष्ठा र हैसियतलाई नै मेरो खोजीको सही पछ्याइ मानेँ। म सधैँ अरूले मेरो प्रशंसा गरून् र मलाई कहिल्यै हेयको नजरले नहेरून् भन्ने चाहन्थेँ। मण्डलीले सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाउँदा, मलाई मेरो जीवन प्रवेश निकै सतही छ, र आफूले समाधान गर्न नसक्ने समस्या र कठिनाइहरू सामना गर्दा मैले टोली अगुवाहरूसँग प्रार्थना गर्नुपर्छ र सँगै सत्यता खोजेर तिनलाई समाधान गर्नुपर्छ भन्ने थाहा थियो। तर मलाई यसरी अभ्यास गर्दा मेरा धेरै कमीकमजोरीहरू खुलासा होलान् र तिनीहरूले मलाई हेयको नजरले हेर्लान् भन्ने डर लाग्थ्यो। त्यसैले भेला अवधिमा, म तिनीहरूका कठिनाइहरू समाधान गर्दिनथेँ र केवल कामको अनुगमन गर्नमा मात्र ध्यान दिन्थेँ। यसरी, काम व्यवस्थापन गर्ने सन्दर्भमा मसँग केही विचारहरू रहेछन् भनेर टोली अगुवाहरूले देख्न सक्ने मात्र होइन, कामले राम्रो नतिजा दियो भने मलाई बर्खास्त पनि गरिने थिएन। अगुवा भेलाहरूमा आउँदा, म आफ्ना कमीकमजोरीहरू ढाकछोप गर्न, पहिले उनले नै आफ्ना विचारहरू व्यक्त गरुन् भनेर पर्खन्थेँ, अनि मात्र बीचमा आफ्ना कुराहरू थप्थेँ। मेरो वास्तविक अवस्था प्रकट गराउन सक्ने र अरूको नजरमा मेरो छविलाई असर गर्न सक्ने कुनै पनि कुरालाई म छल र कपट प्रयोग गरेर सकेसम्म लुकाउने कोसिस गर्थेँ। म यति घृणित थिएँ! आफ्नी अगुवा र टोली अगुवाहरूलाई केही समयका लागि मूर्ख बनाउन मैले निकै दिमाग खियाए तापनि, म एक इमानदार व्यक्ति बनिरहेकी थिइनँ वा सही मार्गमा हिँडिरहेकी थिइनँ, अनि मैले परमेश्वरलाई धोका दिन सक्दिनथेँ। मैले आफ्नो कर्तव्यमा परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सकिनँ, र मण्डलीको काममा असर पर्यो। के यो परमेश्वरले तथ्यहरूद्वारा मेरो न्याय गरिरहनुभएको कुरा थिएन र? मैले मानिसहरूलाई भ्रममा पारेर आफ्नो प्रशंसा गराउन छलको प्रयोग गरिरहेकी थिएँ, तर समय बित्दै जाँदा, ब्रदर-सिस्टरहरूले अन्ततः मलाई खुट्याउने थिए, र अन्तमा, म तिनीहरूद्वारा अस्विकृत हुने थिएँ। यो कुरा सोच्दा, मलाई डर लाग्यो। मैले पश्चाताप नगरेमा, मलाई बर्खास्त गरिने दिन टाढा थिएन। त्यहाँभन्दा खराब कुरा त मलाई परमेश्वरले घृणा गर्नुहुनेथियो र म परमेश्वरद्वारा त्यागिनेथिएँ।
त्यसपछि, मैले आफ्ना समस्याहरूसँग सम्बन्धित सत्यताहरू खोजेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “मलाई भन्, तँ कसरी साधारण र सामान्य व्यक्ति हुन सक्छस्? परमेश्वरले भन्नुभएझैँ, कुनै महान् व्यक्ति वा अतिमानव बन्ने प्रयास नगरी, तँ कसरी सृजित प्राणीको उचित स्थान लिन सक्छस्? तँ कसरी साधारण र सामान्य व्यक्ति हुन अभ्यास गर्नुपर्छ? यो कसरी हासिल गर्न सकिन्छ? को बोल्न चाहन्छ? (सबैभन्दा पहिले, हामीले हामी साधारण मानिस, एकदमै सामान्य मानिस हौँ, र हामीले नबुझ्ने, नबोध्ने, र छर्लङ्गै देख्न नसक्ने धेरै कुरा छन् भनी स्वीकार गर्नैपर्छ। हामीले हामी भ्रष्ट र त्रुटिपूर्ण छौँ भनी स्वीकार गर्नैपर्छ। त्यसपछि, हामीसँग निष्कपट हृदय हुनुपर्छ र खोजी गर्न अक्सर परमेश्वरसामु आउनुपर्छ।) पहिले, आफूलाई उपाधि नदे र त्यसपछि त्यसलाई तँलाई बाँध्न नदे, र यसो नभन्, ‘म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरिवेक्षक हुँ, वा म यस क्षेत्रमा सबैभन्दा ज्ञानी र प्राविधिक रूपमा निपुण व्यक्ति हुँ।’ आफूले आफैलाई दिएको उपाधिद्वारा नियन्त्रित नहो। यसो हुनेबित्तिकै, यसले तँलाई कसिलो गरी बाँध्नेछ; तेरा वचन र कार्यहरू यसबाट प्रभावित हुनेछन्, साथै तेरो सामान्य सोचाइ र निर्णय पनि प्रभावित हुनेछन्। तैँले आफूलाई यो हैसियतका बन्धनहरूबाट मुक्त गर्नैपर्छ। पहिले, यो आधिकारिक उपाधिको पदबाट हट्, र एक साधारण व्यक्तिको पद धारण गर्। त्यसपछि तेरो मानसिकता केही हदसम्म सामान्य हुनेछ। तैँले यो पनि स्वीकार गर्नुपर्छ: ‘मलाई यो कसरी गर्ने भन्ने थाहा छैन, र म त्यो बुझ्दिनँ—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यो कहिल्यै अनुभव गरेको छैन, त्यसैले मलाई के गर्ने भन्ने थाहा छैन।’ जब तँ आफूले साँच्चै के सोचिरहेको छु भनी भन्न सक्छस् र यसरी इमानदारीपूर्वक बोल्न सक्छस्, तब तँसँग सामान्य समझ हुनेछ। यदि तैँले अरूलाई आफ्नो वास्तविक रूप चिन्न दिइस् भने, तिनीहरूले तँप्रति सामान्य दृष्टिकोण राख्नेछन्, र तैँले देखावटी गर्नु पर्नेछैन। तैँले उप्रान्त गह्रौँ दबाब महसुस गर्नेछैनस्, र तँ अरूसँग सामान्य रूपमा कुराकानी गर्न सक्षम हुनेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ। जीवन धेरै थकाइलाग्दो लाग्नेले आफैलाई मात्रै दोष दिनुपर्छ। कुनै पनि कुराको नाटक नगर् वा कुनै पनि कुरालाई ढाकछोप नगर्। पहिले, तँ आफ्नो हृदयमा के सोचिरहेको छस् र तेरा साँचो विचारहरू के हुन् भनी खुलस्त हो, ताकि सबैले ती कुरा जानून् र बुझून्। यसरी, तेरा चिन्ताहरू, साथै तँ र अरूबीचका तगारो र शङ्काहरू सबै हट्नेछन्। यसबाहेक, तँलाई अर्को कुराले पनि बाँधिरहेको छ, त्यो के हो भने, तँ सधैँ आफूलाई टोलीको प्रमुख, एक अगुवा वा एक कामदार, उपाधि, हैसियत र प्रतिष्ठा भएको व्यक्ति ठान्छस्—यदि तँ त्यसपछि आफूले यो बुझ्दिनँ र त्यो गर्न असक्षम छु भनेर भन्छस् भने, के त्यो आफ्नै अपमान गर्नु होइन र? जब तँ आफ्नो हृदयका यी बन्धनहरू त्याग्छस्, जब तँ आफूलाई अगुवा वा कामदार ठान्न छोड्छस्, र जब तँ आफूलाई अरू मानिसहरूभन्दा राम्रो ठान्न छोड्छस् र बरु तँ एक साधारण व्यक्ति, अरू सबैजस्तै होस्, र तँ केही क्षेत्रमा अरूभन्दा निम्नस्तरीय छस् भनी महसुस गर्छस्, तब तैँले यस मानसिकताका साथ सत्यता र कामसँग सम्बन्धित मामिलाहरूमा सङ्गति गर्दा, नतिजा र वातावरण दुवै फरक हुनेछन्। … चाहे ती अगुवा र सेवकहरू होऊन् वा ब्रदर-सिस्टरहरू, हरेक मानिस एक सामान्य व्यक्ति हो। तिनीहरू सबैले यो सिद्धान्त अभ्यास गर्नुपर्छ। परमेश्वरको वचनको अभ्यासमा हरेकको एउटा न एउटा भागीदारी र एउटा न एउटा जिम्मेवारी हुन्छ। तँ कुनै अगुवा, सेवक, टोली अगुवा, सुपरिवेक्षक, वा समूहभित्रबाटै निकै सम्मानित व्यक्ति हुन सक्छस्। तँ जोसुकै भए पनि, तैँले यस तरिकाले अभ्यास गर्न सिक्नुपर्छ। तैँले आफ्नो शिरमा पहिरिने प्रभामण्डल र मानपदवी फुकाल्, र अरूले तँलाई अर्पण गरेको मुकुट फुकाल्। त्यसपछि, तँलाई सामान्य व्यक्ति बन्न सजिलो लाग्नेछ, अनि तैँले सजिलै विवेक र समझको आधारमा कार्य गर्नेछस्। पक्कै पनि, त्यसपछि, तैँले बुझ्दिनँ र थाहा छैन भनी स्विकारेर मात्र पुग्दैन। यो समस्या समाधान गर्ने अन्तिम हल होइन। त्यसोभए अन्तिम हल के हो त? मामिला र कठिनाइहरूलाई परमेश्वरसामु राखेर प्रार्थना र खोजी गर्। एउटा व्यक्ति एक्लैले प्रार्थना गरेर मात्र पुग्दैन। बरु, तैँले सबैसँग सँगसँगै यस मामिला सम्बन्धमा प्रार्थनाहरू चढाउनुपर्छ र यो जिम्मेवारी र दायित्व उठाउनुपर्छ। त्यो कामकुरा गर्ने अत्यन्तै राम्रो तरिका हो! तँ महान् व्यक्तित्व र महामानव हुने मार्ग समात्नबाट जोगिनेछस्। यदि तैँले यसो गर्न सकिस् भने, तैँले अचेतन रूपमै सृष्टि गरिएको प्राणीको उचित स्थान सम्हाल्नेछस् र आफूलाई महामानव र महान् व्यक्तित्व हुने महत्वाकाङ्क्षा र चाहनाको बन्धनबाट मुक्त पार्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरका वचन पढेपछि, मैले परमेश्वरको अभिप्राय बुझेँ र अभ्यास अनि प्रवेशको मार्ग पाएँ। हैसियतको दासत्व र बन्धनबाट उम्कन, मैले उच्च स्थानबाट तल ओर्लनुपर्थ्यो, आफैलाई त्यति धेरै महान् ठान्न छोड्नुपर्थ्यो, र म कुनै पनि व्यक्तिभन्दा उत्तम नभएको एक साधारण मानिस मात्र हुँ भनेर स्वीकार गर्नुपर्थ्यो। मैले परमेश्वरका मागहरूअनुसार व्यावहारिक रूपमा आचरण गर्नुपर्थ्यो र विवेक र समझ भएको एउटा साधारण, सामान्य व्यक्ति बन्नुपर्थ्यो। परमेश्वरले मलाई आफैलाई तालिम दिने एउटा अवसर प्रदान गर्न सुपरिवेक्षक बन्ने मौका दिँदै अनुग्रह देखाउनुभयो। तर मेरो वास्तविक कद परिवर्तन नभएको र मेरो जीवन प्रवेश सतही भएको कारण, म आफूले अनुभव नगरेका कुराहरू स्पष्ट देख्न सक्दिनथेँ, र कतिपय समस्याहरू समाधान गर्न मेरा लागि निकै जटिल हुन्थे—ती सबै कुरा पूर्ण रूपमा सामान्य थिए। परमेश्वरको मापदण्डअनुसार म एक इमानदार व्यक्ति बन्नुपर्छ, र यी समस्याहरू समाधान गर्न सबैसँग खुलस्त भई सत्यता खोज्नुपर्छ। त्यसपछि, मैले परमेश्वरका मागहरूअनुसार अभ्यास गर्न र प्रवेश गर्न थालेँ। आफूले स्पष्ट रूपमा देख्न नसक्ने कुनै कुरा सामना गर्दा, म खुलस्त हुन्थेँ, आफूलाई उदाङ्गो पार्थेँ अनि टोली अगुवाहरूसँग सङ्गति र खोजी गर्थेँ।
पछि, म मलजल टोलीका अगुवाहरूसँग एउटा भेलामा गएँ। यो सुरु हुनुअघि, मैले सोचेँ, “चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउ गर्ने शत्रुतापूर्ण वातावरणका कारण हामीले केही समयदेखि व्यक्तिगत रूपमा भेटेका छैनौँ। ब्रदर-सिस्टरहरूका सङ्गति र समाधान गर्नुपर्ने धेरै कठिनाइ र समस्याहरू पक्कै होलान्। मैले ती कुरालाई स्पष्ट देखेर समाधान गर्न सकिनँ भने नि? के तिनीहरूले मलाई हेयको नजरले हेर्लान्?” मैले म फेरि आफ्नो प्रतिष्ठा र हैसियतको बारेमा सोचिरहेकी छु भन्ने महसुस गरेँ, त्यसैले मैले आफ्नो हृदयमा प्रार्थना गर्दै, आफ्ना कमीकमजोरीहरूबारे खुलस्त हुन अनि सबैसँग खोजी गर्न र प्रवेश गर्नका लागि मेरो हृदयलाई सुरक्षित राखिदिनुहोस् भनी परमेश्वरसँग बिन्ती गरेँ। प्रार्थना गरेपछि, मलाई अलि शान्त महसुस भयो। मैले पहिले टोली अगुवाहरूका स्थितिका बारेमा सोधेँ। मैले अगुवाले कामको अनुगमन गरिरहेको तरिकासँग तिनीहरूमध्ये एक जनालाई समस्या भएको कुरा सुनेँ। मलाई यसको समाधान गर्न हामीले परमेश्वरका वचनको कुन पक्षलाई हेर्नुपर्छ भन्ने थाहा थिएन, त्यसैले म सबैको अगाडि खुलस्त भएँ र समाधानका निम्ति मद्दत गर्नका लागि सँगै सत्यता खोजी गर्न तिनीहरूलाई आग्रह गरेँ। त्यही बेला, मैले अरूको सुपरिवेक्षणलाई कसरी लिने भन्ने पक्षको सत्यताबारे विचार गरेँ, त्यसैले मैले त्यो भेट्टाएँ र हामीले त्यसलाई सँगै पढ्यौँ। पढिसकेपछि, सबैले परमेश्वरका यी वचनहरू कति राम्रा रहेछन् र यसले यो समस्या समाधान गर्न सक्ने रहेछ भने। ममा अझै धेरै कमीकमजोरीहरू भए तापनि, जब मैले प्रतिष्ठा र हैसियतका लागि मुकुण्डो लगाउन र भेष बदल्न छोडेँ अनि परमेश्वरका वचनअनुसार अभ्यास गर्न इच्छुक भएँ, तब मैले परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सकेँ, र टोली अगुवाहरूका केही समस्याहरू समाधान गरेँ। कहिलेकाहीँ, खुलस्त हुँदै खोजी गरेर, म ब्रदर-सिस्टरहरूको अनुभवात्मक बुझाइबाट केही ज्योति र अन्तर्दृष्टि पनि प्राप्त गर्न सक्थेँ। म परमेश्वरप्रति धेरै कृतज्ञ छु।
पछि, ब्रदर-सिस्टरहरूले सम्झाएको कुराले मलाई के महसुस गरायो भने, मेरो जीवन प्रवेश सतही हुनु र टोली अगुवाहरूका समस्याहरू समाधान गर्न नसक्नुको मुख्य कारण मैले आफ्नो कर्तव्यमा सधैँ काम गर्ने कुरामा मात्र ध्यान केन्द्रित गर्नु र आफ्नो जीवन प्रवेशमा ध्यान नदिनु रहेछ। यदि म यसरी नै अघि बढिरहेँ भने, मैले पक्कै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नेथिइनँ, त्यसैले मैले यस पक्षमा परमेश्वरका वचनहरू खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मुक्ति पाउनका लागि सत्यता स्विकार्नु र सत्यता पछ्याउनुभन्दा बढी यथार्थ वा व्यावहारिक मार्ग अर्को छैन। यदि तैँले सत्यता प्राप्त गर्न सक्दैनस् भने, परमेश्वरप्रतिको तेरो विश्वास रित्तो हुन्छ। शब्द र धर्मसिद्धान्तहरूका रित्ता शब्दहरू बोल्ने, सधैँ नाराहरू फलाक्ने, आडम्बरी कुरा गर्ने, प्रावधानहरू पालन गर्ने तर सत्यता अभ्यास गर्नमा कहिल्यै ध्यान नदिनेहरूले जति नै धेरै वर्षदेखि विश्वासमा रहे पनि, केही प्राप्त गर्दैनन्। केही प्राप्त गर्ने मानिसहरूचाहिँ को हुन् त? तिनीहरू ती व्यक्तिहरू हुन्, जो आफ्नो कर्तव्य इमानदारीसाथ निर्वाह गर्छन् र सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, जो आफूलाई परमेश्वरले सम्पिनुभएको कुरालाई मिसनको रूपमा लिन्छन्, जो आफ्नो सारा जीवन खुसीसाथ परमेश्वरमा समर्पण गर्दै बिताउँछन् र आफ्नो फाइदाको खातिर षड्यन्त्र रच्दैनन्, जो धरातलमा अडिग भएर आफूलाई आचरणमा ढाल्छन्, र जो परमेश्वरका योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू बुझ्न सक्षम हुन्छन् र सबै मामलाहरूलाई सही तरिकाले ध्यानपूर्वक हेरचाह गर्छन्, र त्यसरी तिनीहरू परमेश्वरको गवाहीको प्रभाव हासिल गर्न, र परमेश्वरका अभिप्राय पूरा गर्न सक्छन्। आफ्नो कर्तव्यपालनको दौरान कठिनाइहरू आइपर्दा, तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्छन् र परमेश्वरका अभिप्रायहरू बुझ्ने प्रयास गर्छन्, तिनीहरू परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्, र कामकुरा गर्दा सत्यताको खोजी र अभ्यास गर्छन्। तिनीहरूले नाराहरू सुगारटाइ गर्ने वा आडम्बरी कुरा गर्ने गर्दैनन्, बरु धरातलमा अडिग भई गर्न र सावधानीपूर्वक सिद्धान्तहरू पछ्याउन ध्यान दिन्छन्। तिनीहरू आफूले गर्ने सबै कुरामा हृदय लगाउँछन्, र हरेक कुरालाई पूर्ण हृदयसाथ बुझ्न सिक्छन्, र धेरै कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छन्, र त्यसपछि तिनीहरूले ज्ञान र बुझाइ प्राप्त गर्छन्, र पाठहरू सिक्न र साँचो अर्थमा केही प्राप्त गर्न सक्षम हुन्छन्। अनि आफूमा गलत विचार आउँदा वा गलत स्थिति हुँदा, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन् र ती विचार हटाउन सत्यता खोजी गर्छन्; तिनीहरूले जुनै सत्यता बुझे पनि, तिनलाई आफ्नो हृदयमा कदर गर्छन्, र आफ्ना अनुभवात्मक गवाहीबारे बोल्न सक्छन्। यस्ता मानिसहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्। ती मानिसहरू जो लापरवाह छन् र ध्यान दिँदैनन्, तिनीहरूले कसरी सत्यता अभ्यास गर्ने भनेर कहिल्यै सोच्दैनन्। तिनीहरूले प्रयास खर्चन र काम गर्न, अनि आफ्नो प्रदर्शन र देखावटी गर्न मात्रै ध्यान दिन्छन्, तर तिनीहरू कसरी सत्यता अभ्यास गर्ने भनी कहिल्यै खोजी गर्दैनन्, जसले गर्दा तिनीहरूलाई सत्यता प्राप्त गर्न गाह्रो हुन्छ। यसबारे सोच्, कस्ता प्रकारका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? (तिनीहरू जो वास्तविक धरातलमा अडिग उभिने, व्यावहारिक र कामकुरामा मन लगाउने खालका छन्।) वास्तविकतामा उभिएर कामकुरामा मन लगाउने, र हृदय भएका मानिसहरू: यस्ता मानिसहरूले कार्य गर्दा वास्तविकतामा र सत्यता सिद्धान्तहरूको प्रयोगमा धेरै ध्यान दिन्छन्। साथै, तिनीहरू सबै कुरामा व्यावहारिकतालाई ध्यान दिन्छन्, तिनीहरू यथार्थपरक हुन्छन्, र तिनीहरू सकारात्मक कुराहरू, सत्यता, र वास्तविक कुराहरू मन पराउँछन्। अन्त्यमा सत्यता बुझ्न र प्राप्त गर्न सक्ने मानिसहरू यिनै हुन्। तिमीहरू कस्तो खाले व्यक्ति हौ? (अव्यावहारिक, जो सधैँ देखाउनको लागि कामकुराहरू गर्न चाहन्छ, र जो छलकपटमा भर पर्छ।) के यसो गरेर केही प्राप्त गर्न सकिन्छ? (सकिँदैन।) के तिमीहरूले आफ्ना समस्याहरू हल गर्ने उपाय फेला पारेका छौ? यदि तँ यसलाई महसुस गरेर परिस्थिति बदल्न सुरु गर्न सक्छस् भने, के तँलाई आफ्ना धारणा र कल्पनाहरू, अनि विभिन्न कुराहरूबारे आफ्नो दृष्टिकोण बदलिएको छ कि छैन भनेर थाहा हुनेछ? (मलाई ती अलिअलि बदलिएका छन् जस्तो लाग्छ।) परिणाम र प्रगति आउन्जेलसम्म, तैँले यसबारे सङ्गति गर्नुपर्छ र अरूलाई सुध्रने मौका दिनुपर्छ। तेरो अनुभव सीमित भए पनि, यो अझै पनि जीवनवृद्धिकै अनुभव हो। जीवनवृद्धिको प्रक्रिया भनेकै परमेश्वरमाथि तैँले विश्वास गरेको अनुभव हो, यो परमेश्वरको वचन अनुभव गरेर तेरो जीवन वृद्धि हुँदै जाने कुरा हो। यी अनुभवहरू सबैभन्दा बहुमूल्य हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। परमेश्वरका वचनहरू पढेपछि, मैले आफ्नो कर्तव्यमा अरूले मलाई उच्च आदर गरून् भनेर म प्रायः परिश्रम गर्ने, र काम गर्ने अनि कामको नतिजामा सुधार ल्याउने कुरामा मात्र ध्यान केन्द्रित भएकीले पो मेरो जीवन प्रवेश सतही भएको रहेछ भन्ने महसुस गरेँ। म सत्यता खोजी गर्ने र सबै कुरामा परमेश्वरको अभिप्राय बुझ्ने अनि उहाँका मागहरूअनुसार अभ्यास गर्ने कुरामा केन्द्रित भइनँ। यति लामो समयदेखि परमेश्वरमा विश्वास गरे तापनि मेरो जीवनमा खासै वृद्धि नहुनुको कारण यही हो। मैले पावलका बारेमा सोचेँ, जसले प्रभुमा धेरै वर्षसम्म विश्वास गरे तापनि, आफ्नो बारेमा चिन्तन गर्ने र आफूलाई चिन्ने कुरामा कहिल्यै ध्यान दिएनन्, र उनमा आफ्नो भ्रष्ट स्वभावबारे पटक्कै बुझाइ थिएन। सुसमाचार प्रचार गर्दा उनले धेरै कष्ट भोगे तापनि, परमेश्वरको प्रतिरोध गर्ने उनको प्रकृतिमा अलिकति पनि परिवर्तन आएन, र अन्ततः उनलाई हटाइयो। तर पत्रुस साना र ठूला दुवै कुरामा परमेश्वरको अभिप्राय बुझ्न खोज्ने कुरामा केन्द्रित भए। उनले आफ्नै भ्रष्टता र कमीकमजोरीहरूलाई बुझेका मात्र होइनन्, सबै कुरामा परमेश्वरको अभिप्रायसँग मिल्ने गरी काम गर्दै पछ्याउने समेत गरे, र अन्ततः उनले परमेश्वरको अनुमोदन प्राप्त गरे। परमेश्वरप्रतिको आफ्नो विश्वासमा पत्रुसले हिँडेको मार्ग जीवन प्रवेश पछ्याउने मार्ग थियो। उनको जीवन मूल्यवान् र अर्थपूर्ण थियो। भविष्यमा, मैले आफ्नो कर्तव्यमा बाहिरी काम गर्ने कुरामा मात्र ध्यान दिन मिल्दैन; मैले आफ्नो जीवन प्रवेश र आफ्नो स्वभावमा आउने परिवर्तनहरूमा ध्यान दिनुपर्छ। त्यसपछि, मैले हरेक कुरामा आफूले कुन भ्रष्ट स्वभाव प्रकट गरेँ भनेर सचेत हुँदै चिन्तन गर्न थालेँ, र म आफ्ना समस्याहरूसँग सान्दर्भिक परमेश्वरका वचनहरू खोज्थेँ र टिपोट गर्थेँ। यसरी केही समय अभ्यास गरेपछि, मैले आफ्ना भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गरेँ। मेरो हृदयमा मलाई अलि बढी हलुका र शान्त महसुस भयो, र मैले पहिलेको तुलनामा कुराहरूलाई अझ स्पष्ट रूपमा देख्न सकेँ। मैले गरेको यो थोरै प्रगति पूर्ण रूपमा परमेश्वरका वचनहरूको मार्गदर्शनको नतिजा हो। परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
सन् २०१८ को एक दिन, मेरो अगुवाले मलाई भर्खरै स्थापना भएको मण्डलीलाई सघाउने काममा नियुक्त गरे। यो खबर सुन्दा, मलाई अचम्म पनि लाग्यो र अलिक...
सन् २०२१ को सुरुमा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। मैले सक्रिय भएर भेलाहरूमा सहभागिता जनाउन र...
चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...
सेरेना, दक्षिण कोरियासन् २०२१ को सेप्टेम्बरमा, मण्डलीले मलाई एउटा नयाँ भिडियो परियोजनाको उत्पादनमा भाग लिने प्रबन्ध मिलायो—यो परियोजना निकै...