बर्खास्त भएपछिको पश्चात्ताप
झुओ जिङ, चीननोभेम्बर २०२० मा, मैले मण्डलीमा अगुवाको रूपमा सेवा गरिरहेकी थिएँ र भर्खरै चुनिएकी सिस्टर वाङ चेनसित सहकार्य गरिरहेकी थिएँ।...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
म मण्डलीमा भिडियो बनाउँथेँ। कामको अवधिमा, मैले के थाहा पाएँ भने, अझ गाह्रो प्रोजेक्टहरूमा उत्पादन गर्दा निकै खर्च चाहिन्छ, हरेक फ्रेमको इफेक्टको जाँच गरेर बारम्बार परिमार्जन गर्नुपर्थ्यो, र बारम्बार असफल भइन्थ्यो। तर तुलनात्मक रूपले सजिलो प्रोजेक्टहरूमा कम प्रयास चाहिन्थ्यो, र सफल भइने मौका धेरै हुन्थ्यो। मैले सोचेँ, “गाह्रो प्रोजेक्टहरूमा प्राविधिक मापदण्डहरू उच्च छन्, मैले सोच्नमा, जाँच गर्न र अध्ययन गर्नका लागि सामग्रीहरू खोज्नमामा समय खर्चिनुपर्छ, अनि उत्पादन चक्र लामो हुन्छ। सरल प्रोजेक्टहरूमा त्यति धेरै समस्या हुँदैन, म केही सरल विधि र सीपमा पारङ्गत मात्रै हुनुपर्छ, र उत्पादन चक्र पनि छोटो हुन्छ, त्यसको अर्थ ती प्रोजेक्ट अझ चाँडो पूरा गर्न सकिन्छ। यस्तो लाग्छ, सरल प्रोजेक्टमा उत्पादन गर्दा म धेरै समस्याबाट बच्नेछु।” त्यसैले, मैले आफ्ना कर्तव्यहरूमा, कुन-कुन प्रोजेक्टहरू कठिन छन् र कुन-कुन सरल छन् भनेर गणना गर्थेँ, अनि त्यहीअनुसार कुन प्रोजेक्ट लिने भनेर निर्णय गर्थेँ। एकपटक, मैले सरल प्रोजेक्ट लिएँ, र जटिल प्रोजेक्टहरू मेरा दाजुभाइ-दिदीबहिनीहरूको निम्ति छोडिदिएँ। जब मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूले सहजै सहमति जनाएको देखेँ, मलाई अलिक दोषी महसुस भयो: “के म कठिनाइको सामना गर्नुपर्दा पछि हटिरहेकी र कठिनाइसँग जुझ्न अनिच्छुक भइरहेकी थिइनँ र?” तर त्यसपछि मैले सोचेँ, “कठिन प्रोजेक्टहरूले मेरो धेरै समय र शक्ति लिन्छ, र त्यसका लागि धेरै मानसिक प्रयास लगाउनुपर्छ, त्यो थकाइलाग्दो हुन्छ, त्यसकारण मैले सरल प्रोजेक्टहरू छनौट गर्नु नै राम्रो हुन्छ।” एकपटक, एउटा प्रोजेक्ट पूरा गरेपछि, सुधार हुने ठाउँ छ भन्ने लाग्यो, तर कुनै कुरा परिवर्तन गर्न मलाई कडा मेहनत गर्न मन लागेन। मेरा दाजुभाइ-दिदीबहिनीहरूले त्यो जाँच गर्दा कुनै समस्या नदेखेको मैले याद गरेँ, त्यसकारण मैले कुनै परिवर्तन गरिनँ, त्यतिकै छोडिदिएँ। कहिलेकहीँ, भिडियोहरू बनाउँदा समस्याहरू आइपरेमा, म तीबारे एकछिन मात्रै विचार गर्थेँ, अनि त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्न जान्थेँ। यसो गर्दा म तुरुन्तै समस्या समाधान गर्न सक्छु र मलाई थकाइ पनि लाग्दैन भन्ने मलाई लाग्थ्यो, त्यसकारण यो मेरा कामहरू पूरा गर्ने सहज तरिका थियो। तर जब म यसो गर्थेँ, मलाई आत्म-ग्लानि हुन्थ्यो, किनभने वास्तवमा यी प्रश्नहरू एकदमै सरल हुन्थे, र मैले अलिक प्रयास गरेर ती समाधान गर्न सक्थेँ। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्दा तिनीहरूको कर्तव्यमा ढिलाइ भयो, तर मैले आत्मसमीक्षा गरिनँ। यस प्रकारको चालबाजी मैले आफ्ना कर्तव्य पूरा गर्ने तरिकामा चलन नै बन्यो।
भिडियोहरू बनाउने बाहेक, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई अध्ययनमा अगुवाइ गर्नुपर्थ्यो र सबै जनाको व्यावसायिक सीप वृद्धि गर्नुपर्थ्यो, त्यसकारण मैले सामान्यभन्दा बढी नै काम गर्नुपर्थ्यो। मैले व्यावसायिक सीपहरू सिक्नु मात्रै होइन, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका आवश्यकता र कमीकमजोरीअनुसार सामग्रीहरू खोजेर पाठहरू तयार पनि गर्नुपर्थ्यो। यी सबै कठिन र थकाइलाग्दो कामजस्तो लाग्थ्यो। त्यसकारण, मैले कसरी समय बचत गरेर थकाइलाई कम गर्न सक्छु भन्ने बारेमा सोच्न थालेँ, र मैले दाजुभाइ-दिदीबहिनीहरूलाई ट्युटोरियलहरू पठाउने निर्णय गरेँ, ताकि तिनीहरू आफैले ती हेर्न सकून्। त्यसरी, मैले कक्षाको लागि तयारी गर्न समय र प्रयास खर्चिनु पर्दैनथियो। मलाई त्योभन्दा राम्रो उपाय अरू हुन सक्दैन भन्ने लाग्यो। केही समयपछि, ती ट्युटोरियलहरूले समस्याहरू समाधान गरेनन् भनी मेरा दाजुभाइ-दिदीबहिनीहरूले भने। त्यो बेला, मलाई अलिक दुःख लाग्यो, त्यसकारण अरू कुनै विकल्प नभएकोले, मैले सबैलाई सरल तरिकाले सिकाउन सामग्रीहरू खोजेँ, र सबैलाई अध्ययनमा व्यवस्थित गर्नु पर्याप्त छ भन्ने सोचेँ। केही समयपछि नै हाम्रा समूह अगुवाले हामीले हालै बनाएको एक भिडियोमा केही समस्याहरू थिए, र त्यसले हाम्रो कार्यप्रगतिमा ढिलाइ भयो भनी भन्नुभयो। मैले त्यो कुरा सुन्दा, आत्मसमीक्षा गरिनँ वा आफूलाई बुझ्ने प्रयास गरिनँ, र यो कर्तव्यमा दुःख भोग्नु र मूल्य चुकाउनु मात्रै होइन, तर गल्ती भएमा त्यसको जिम्मेवारी पनि लिनुपर्ने रहेछ भन्ने मलाई लाग्यो, अनि त्यहाँ कम नतिजा प्राप्त हुने धेरै काम थिए, त्यसकारण, मलाई उप्रान्त यो कर्तव्य गर्न झनै मन लागेन।
एक दिन, मेरा अगुवा मकहाँ आउनुभयो र मेरा कर्तव्यहरूमा झारा टार्ने र चतुर हुने काम गरेकोमा मलाई खुलासा गर्नुभयो, र यदि अवस्था परिवर्तन भएन भने, मलाई बर्खास्त गरिनेछ भनेर भन्नुभयो। मेरा अगुवाको कुरा सुनेपछि, मैले मेरो कर्तव्यमा झारा टारिरहेको छु भन्ने कुरालाई स्वीकार गरे पनि, मलाई कुनै पश्चात्ताप भएन। मैले भविष्यका अध्ययनहरूमा सामना गर्नुपर्ने कठिनाइ र समस्याहरूबारे विचार गर्दा, मलाई अब सबैजनाको अध्ययन व्यवस्थापन गर्ने जिम्मेवार व्यक्ति बन्न मन लाग्न छोड्यो, र त्यो जिम्मेवारी नलिँदा मेरो लागि परिस्थिति अलि सजिलो हुनेथ्यो। भोलिपल्ट, म मेरो अगुवाकहाँ गएँ र भनेँ, “के तपाईं हाम्रो टोलीको अध्ययन व्यवस्थापन गर्न अरू कसैलाई खटाउन सक्नुहुन्छ? म यो काममा त्यति राम्रो छुइनँ।” त्यो कुरा सुनेपछि उहाँले मलाई यसो भन्दै निराकरण गर्नुभयो, “के तपाईं साँच्चै नै यो काम राम्ररी गर्न सक्नुहुन्न? के तपाईंले साँच्चै प्रयास गर्नुभयो? तपाईं सधैँ जटिल कामबाट टाढा बस्नुहुन्छ, झारा टार्नुहुन्छ र चलाकी गर्ने प्रयास गर्नुहुन्छ, र तपाईंको मानवता खराब छ। ती व्यवहारहरूलाई हेर्दा त तपाईं यसको लागि योग्य हुनुहुन्न। अहिलेको लागि, केही समय भक्तिमा लगाउनुहोस्, र केही आत्मचिन्तन गर्नुहोस्, अनि मण्डलीको थप बन्दोबस्तहरू आउन्जेल कुर्नुहोस्।” मेरो अगुवाको कुरा सुनेपछि, मेरो हृदय अचानक खाली भएको जस्तो लाग्यो। मैले दाजुभाइ-दिदीबहिनीहरू सबै जना आफ्ना कर्तव्यमा व्यस्त भइरहेका देखेँ, तर मलाई बर्खास्त गरिएको थियो र मैले आफ्नो कर्तव्य गुमाएकी थिएँ। म कति दुःखी थिएँ भनेर शब्दमा वर्णन गर्न सक्दिनँ। मैले साँच्चै मेरो कर्तव्य गुमाउन सक्छु भन्ने मैले कहिल्यै विचार गरेकी थिइनँ। तर त्यसपछि मैले सोचेँ, “सबै थोकमाथि परमेश्वरको सार्वभौमिकता छ। मेरो बर्खासी परमेश्वरको धर्मी स्वभावबाट आएको हो। मैले आज्ञापालन गरेर आत्मसमीक्षा गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ।” त्यसपछिका दिनहरूमा, मेरो अगुवाले मलाई पदबाट हटाउनुभएको दृश्य मेरो मनमा चलचित्र झैँ बारम्बार देखा परिरह्यो। अगुवाले भन्नुभएको कुरा विचार गर्दा, मलाई खिन्न लाग्थ्यो, विशेष गरी मेरो मानवता खराब छ भनेर भन्नुभएको कुरा विचार गर्दा। कसरी आत्मसमीक्षा गर्ने वा आफूलाई चिन्ने भनेर मलाई थाहा थिएन, त्यसकारण, पीडामा रही, आफूलाई बुझ्न मलाई अगुवाइ गर्नुहोस् भनी अनुरोध गर्न मैले परमेश्वरलाई प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरका केही वचन देखेँ: “कुनै पनि कुरालाई त्यति निस्फिक्री र गैरजिम्मेवार ढङ्गले सम्हाल्नु भ्रष्ट स्वभावको तत्त्व हो: प्राय यसलाई मानिसहरूले घटियापन भन्छन्। आफूले गर्ने हरेक मामिलामा, तिनीहरू ‘त्यो लगभग सही छ’ र ‘काफी नजिक छ’ भन्ने हदसम्म काम गर्छन्; यो त ‘होला,’ ‘सायद,’ र ‘बीसको उन्नाइस’ भन्ने मनोवृत्ति हो; तिनीहरू झाराटारुवा तरिकाले काम गर्छन्, न्यूनतम मात्रामा काम गर्नमा सन्तुष्ट छन्, र छल गरेर परिस्थितिहरू पार गर्नमा सन्तुष्ट छन्; तिनीहरू कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु वा ठ्याक्कै मिलाउनुको कुनै अर्थ देख्दैनन्, झन् तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गर्नुमा कुनै अर्थ देख्ने त कुरै नगरौँ। के यो भ्रष्ट स्वभावको तत्त्व होइन र? के यो सामान्य मानवताको प्रकटीकरण हो? अहँ, होइन। यसलाई अहङ्कार भन्नु सही हुन्छ, र यसलाई अनुशासनहीन भन्नु पनि पूर्ण रूपमा उचित नै हुन्छ—तर यसलाई पूर्ण रूपमा बुझ्नका निम्ति मिल्ने शब्द ‘घटियापन’ हो। धेरैजसो मानिसभित्र घटियापन हुन्छ, त्यसको मात्रा मात्र फरक पर्ने हो। हरेक मामिलामा, तिनीहरू झाराटारुवा र लापर्बाही तरिकाले कामकुरा गर्ने इच्छा राख्छन्, र तिनीहरूले गर्ने हरेक कुरामा केही न केही छल हुन्छ। तिनीहरू अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन् र सकेसम्म समय बचाउँछन्। तिनीहरू मनमनै विचार गर्छन्, ‘जबसम्म म खुलासा हुनबाट बच्न सक्छु र मैले कुनै समस्या खडा गर्दिनँ र मलाई जवाफदेही बनाइँदैन, तबसम्म म जसोतसो यसलाई टारेर अघि बढ्नेछु। मैले निकै राम्रो काम गर्नुपर्दैन, त्यसो गर्दा ज्यादै कष्ट हुन्छ।’ यस्ता मानिसहरू कुनै पनि कुरामा कहिल्यै निपुण बन्दैनन्, अनि तिनीहरू आफ्नो अध्ययनमा आफूलाई होम्याउन वा कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक हुन्छन्। तिनीहरू कुनै विषयलाई सतही रूपमा मात्र बुझ्न चाहन्छन्, र त्यसपछि आफू त्यो सिक्न सफल भएको विश्वास गर्दै आफूलाई त्यस विषयको प्रवीण भन्छन्, र लटरपटर गर्दै अगाडि बढ्नलाई त्यसैमा भर पर्छन्। अरू मानिस, घटना र कामकुराहरूप्रति मानिसहरूको मनोवृत्ति यही हुन्छ होइन र? के यो असल मनोवृत्ति हो त? अहँ, यो असल मनोवृत्ति होइन। सरल शब्दमा यसलाई ‘लटरपटर गर्दै अघि बढ्नु’ भनिन्छ। यस्तो घटियापन सबै भ्रष्ट मानवजातिमा विद्यमान छ। आफ्नो मानवतामा घटियापन भएका मानिसहरू आफूले गर्ने हरेक कुरामा ‘लटरपटर गर्दै अघि बढ्ने’ दृष्टिकोण र मनोवृत्ति राख्छन्। के यस्ता मानिसहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुन्छन्? हुँदैनन्। के तिनीहरू सिद्धान्तअनुसार कामकुरा गर्न सक्षम हुन्छन् त? यो त झनै असम्भव छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। “कसैले भद्र र नीच मानिसहरूबीचको भिन्नता कसरी बताउन सक्छ? खालि कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति र व्यवहारलाई हेर्, र समस्याहरू उत्पन्न हुँदा तिनीहरूले कामकुरालाई कुन रूपमा लिन्छन् र कस्तो व्यवहार गर्छन् भनेर हेर्। निष्ठा र मर्यादा भएका मानिसहरू आफ्नो कार्यमा सूक्ष्मदर्शी, कर्तव्यपरायण र मेहनती हुन्छन् र तिनीहरू मूल्य तिर्न तयार हुन्छन्। निष्ठा र मर्यादा नभएका मानिसहरू आफ्नो कार्यमा लापरवाही र असावधान हुन्छन्, तिनीहरू सधैँ कुनै न कुनै छल गर्ने र सधैँ लटरपटर गर्दै अघि बढ्ने हुन्छन्। तिनीहरूले जुनै कार्यविधि अध्ययन गरे पनि, त्यो लगनशील भई सिक्दैनन्, र त्यो सिक्न सक्दैनन्, अनि तिनीहरू त्यो अध्ययन गर्न जति समय खर्चे पनि, तिनीहरू पूर्णतया अज्ञानी नै रहन्छन्। यिनीहरू खराब चरित्र भएका मानिस हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्वरका वचनहरूले मेरो हृदय छेड्यो, विशेष गरी उहाँका यी वचनहरूले, “तिनीहरू अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन्,” “निष्ठा र मर्यादा नभएका,” र “खराब चरित्र।” हरेक शब्दले मेरो मानवता र मैले आफ्ना कर्तव्यप्रति देखाएको आचरणलाई प्रकट गऱ्यो। मैले मेरो कर्तव्यहरू ठिक यसरी नै पूरा गरेको हुँ भन्ने मैले महसुस गरेँ। मैले गर्ने सबै कुरामा झारा टार्ने काम गरेँ, र मापदण्डसम्म पुग्ने किसिमले मात्रै कामहरू गरेँ। मैले सधैँ कष्टबाट बच्ने र कामकुरा अझ सजिलोसित गर्ने उपायहरू खोजेँ, र आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने त्यस बारेमा कहिल्यै विचार गरिनँ। मैले सधैँ देहगत सहजताका लागि, र कष्टबाट बच्न सजिलो प्रोजेक्टहरू छनौट गरेँ। उत्पादन पूरा भएपछि, समस्याहरू र सुधार हुने ठाउँ देख्दासमेत, परिवर्तन गर्न म अनिच्छुक थिएँ, अल्याङटल्याङ गर्ने प्रयास गरेँ। हाम्रो टोलीले व्यावसायिक सीप सिक्नुपर्ने हुँदा, दाजुभाइ-दिदीबहिनीहरूलाई अध्ययनमा व्यवस्थित गर्नु एकदमै थकाइलाग्दो हुन्छ भन्ने मलाई लाग्यो। त्यसकारण, मैले आफ्नो देहगत सहजताका लागि, दाजुभाइ-दिदीबहिनीहरूलाई ट्युटोरियलहरू आफै हेर्न लगाउन चाल चल्ने र चलाकी गर्ने प्रयास गरेँ, जसको अर्थ तिनीहरूको सीप कहिल्यै सुधार भएन, तिनीहरूको कर्तव्य कम प्रभावकारी भए, र कामको प्रगतिलाई ढिलाइ गर्यो। मेरो कर्तव्यहरूमा, मैले जताततै चलाकी र छलको प्रयोग गर्थेँ, मैले मण्डलीको कामबारे कहिल्यै विचार गरिनँ। मसँग कुनै मानवता नै थिएन! म साँच्चै नै स्वार्थी, घृणित, र नीच चरित्रकी थिएँ! यी कुराहरूको बारेमा विचार गर्दा, मलाई निकै पछुतो र खेद लाग्यो। त्यसपछि, मैले परमेश्वरका वचनहरूमा यो पढेँ: “कतिपय मानिस आफ्ना कर्तव्यहरू निरन्तर निर्वाह गर्छन्, र तिनीहरूमा कुनै पनि ठूला समस्या भएजस्तो देखिँदैन—तिनीहरू स्पष्ट रूपमा कुनै दुष्ट कार्य गर्दैनन् वा अवरोध वा बाधा उत्पन्न गर्दैनन्, तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्दैनन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा कुनै ठूला गल्ती वा सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू हुँदैनन्। तैपनि, थाहै नपाई केही वर्षमा नै तिनीहरू प्रकट हुन्छन्: तिनीहरू सत्यता पटक्कै स्वीकार गर्दैनन्, र तिनीहरू अविश्वासी हुन्। यहाँ के भइरहेको हुन्छ त? मानिसहरूले तिनीहरूमा समस्या देख्दैनन्, तर परमेश्वर मानिसहरूको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ, र उहाँ समस्या देख्न सक्नुहुन्छ। यी मानिसहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा सधैँ झारा टार्छन् र पश्चात्ताप गर्दैनन्। समय बित्दै जाँदा, तिनीहरू प्रकट हुने निश्चित छ। सधैँ पश्चात्तापहीन हुनु भनेको के हो त? यसको अर्थ के हो भने, तिनीहरूले निरन्तर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने भए पनि, तिनीहरूमा ती कर्तव्यहरूप्रति सधैँ गलत मनोवृत्ति, झाराटारुवा मनोवृत्ति हुन्छ, र तिनीहरू कहिल्यै आफ्ना कर्तव्यहरूमा आफ्नो हृदय लगाउँदैनन्, आफ्नो पूरै हृदय लगाउने कुरा त परै जाओस्। तिनीहरूले थोरै प्रयास गरे पनि, तिनीहरू औपचारिकता मात्रै पूरा गरिरहेका हुन्छन्, र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा आफ्नो सम्पूर्ण शक्ति लगाउनबाट धेरै टाढा हुन्छन्। तिनीहरूका अपराधहरू कहिल्यै अन्त्य हुँदैनन्। परमेश्वरको नजरमा, यी मानिसहरू निरन्तर पश्चात्तापहीन हुन्छन्, र तिनीहरू सधैँ झाराटारुवा हुन्छन् र कहिल्यै परिवर्तन हुँदैनन्—अर्थात्, तिनीहरू आफ्नो हातको दुष्टता त्याग्दैनन् र परमेश्वरको सामुन्ने पश्चात्ताप गर्दैनन्, र परमेश्वर तिनीहरूमा पश्चात्तापको मनोवृत्ति, वा तिनीहरूको मनोवृत्तिमा परिवर्तन देख्नुहुन्न। तिनीहरू निरन्तर यही मनोवृत्ति र विधिअनुसार आफ्ना कर्तव्यहरू र परमेश्वरका आज्ञाहरूलाई लिन्छन्। तिनीहरूको यो जिद्दी, हठी स्वभाव कहिल्यै परिवर्तन हुँदैन। यति मात्र होइन, तिनीहरूले कहिल्यै परमेश्वरप्रति ऋणी महसुस गरेका हुँदैनन्, र तिनीहरूले आफ्नो झाराटारुवापन अपराध हो र दुष्ट कार्य हो भनेर कहिल्यै महसुस गरेका हुँदैनन्। तिनीहरूको हृदयमा अलिकति पनि ऋणीपनको बोध, अलिकति पनि ग्लानि, अलिकति पनि आत्म-धिक्कार हुँदैन, अलिकति पनि आत्म-दोषारोपण हुनु त परै जाओस्। यदि परिस्थिति यसरी नै चलिरह्यो भने, परमेश्वरले यी मानिसहरूलाई छुटकारा दिन नसकिनेहरूका रूपमा हेर्नुहुनेछ। परमेश्वरले जे भन्नुभए पनि, यी मानिसहरूले जति धेरै प्रवचन सुने पनि वा तिनीहरूले जति धेरै धर्मसिद्धान्तहरू बोल्न सके पनि, तिनीहरूको हृदयले सत्यता स्वीकार गर्न सक्दैन र त्यो परिवर्तन हुँदैन वा पछाडि फर्किँदैन, त्यसैले परमेश्वर भन्नुहुन्छ: ‘यस व्यक्तिका निम्ति कुनै आशा छैन। मैले भन्ने कुनै कुराले पनि तिनीहरूको हृदयलाई छुन सक्दैन, र मैले भन्ने कुनै कुराले पनि तिनीहरूलाई पछाडि फर्काउन सक्दैन। मैले अपनाउने कुनै पनि विधिले तिनीहरूमा परिवर्तन ल्याउन सक्दैन। यो व्यक्ति अबउप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न योग्य छैन, र ऊ अब उप्रान्त मेरो घरमा सेवा प्रदान गर्न योग्य छैन।’ परमेश्वर किन यसो भन्नुहुन्छ? किनभने तिनीहरू आफ्नो कर्तव्यको निर्वाह गर्ने क्रममा र आफ्नो काममा निरन्तर झाराटारुवा हुन्छन्, र तिनीहरूलाई जसरी काटछाँट गरिए पनि, र तिनीहरूप्रति जति नै सहनशीलता र धैर्यता देखाए पनि, त्यो व्यर्थ हुन्छ, र त्यसले तिनीहरूलाई साँच्चै पश्चात्ताप गराउन वा बदल्न सक्दैन, झन् यसले तिनीहरूलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न लगाउन सक्नु त परै जाओस्, र तिनीहरू सत्यता पछ्याउने मार्गमा पटक्कै लाग्न सक्दैनन्, त्यसकारण यस व्यक्तिलाई छुटकारा दिन सकिँदैन। जब परमेश्वरले कुनै व्यक्तिलाई छुटकारा दिन सकिँदैन भनेर निर्धारित गर्नुहुन्छ, तब के उहाँले यस व्यक्तिलाई अझै पनि दह्रो गरी पक्रिराख्नुहुनेछ त? उहाँले त्यसो गर्नुहुनेछैन। परमेश्वरले तिनीहरूलाई छाडिदिनुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तैँले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्वरले तँलाई सुम्पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। मैले बारम्बार परमेश्वरको वचन पढेँ। विगतमा मैले, बाहिरबाट हेर्दा मेरो कर्तव्य पूरा गरिरहेकी छु जस्तो देखिए पनि, मेरो हृदयमा, मैले परमेश्वरलाई धोका दिइरहेकी थिएँ। मैले गाह्रो कर्तव्यहरूलाई पन्छाएँ, आफ्ना देहगत हितहरूलाई मात्रै विचार गरेँ, र कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक भएँ, अनि चालबाजी र चलाकी गरेर अल्याङ्टल्याङ गरेँ। मैले मेरो काम राम्ररी गर्न सक्ने अवस्थामा पनि, म त्यसो गर्दिनथिएँ, किनभने यो राम्ररी नगरिएको भए पनि, कम्तीमा पनि यो पूरा त गरियो, र त्यति नै पर्याप्त छ भन्ने मलाई लाग्थ्यो। मेरो झारा टार्ने समस्यालाई मैले कहिल्यै पनि गहन रूपमा लिइनँ, र मैले आत्मसमीक्षा कहिल्यै गरिनँ। मेरा अगुवाले मेरो खुलासा गर्नुभयो र मलाई चेतावनी दिनुभयो, तर मलाई अलिकति पनि पछुतो लागेन र म अझै पनि मैले आफ्नै देहका हितहरूलाई विचार गरेँ। जब मेरो कर्तव्यको कठिन परिश्रम र मूल्य चुकाउने काम रहेको पाएँ, तब मलाई यो कर्तव्य पूरा गर्न मन लाग्न छोड्यो। म किन त्यति भावशून्य र जिद्दी थिएँ? परमेश्वरले मलाई एकपछि अर्को पश्चात्ताप गरेर परिवर्तन हुने मौका दिनुभयो, जुन मप्रति परमेश्वरको कृपा थियो, तर मैले आफ्नै देहगत हितहरूलाई मात्रै विचार गरेँ, सत्यताको खोजी गर्ने वा आफ्नो बारेमा मनन गर्ने गरिनँ, बरु निरन्तर जिद्दी भई परमेश्वरको विरोध गरेँ। म अत्यन्तै विद्रोही थिएँ! कर्तव्य भनेको परमेश्वरले व्यक्तिलाई दिनुभएको विशेष आज्ञा र जिम्मेवारी हो, र उसले यसलाई पूरा गर्न सक्दो गर्नुपर्छ। तर मैले गाह्रो कर्तव्यहरूलाई पन्छाएँ, परमेश्वरलाई धोका दिन झारा टार्ने काम गरेँ, र हल्का कर्तव्य माग्ने धृष्टतासमेत गरेँ। के यो परमेश्वरलाई प्रतिरोध गर्नु र धोका दिनु थिएन र? परमेश्वरको धर्मी स्वभावले कुनै पनि उल्लङ्घन सहँदैन, र मैले गरेको सबै कार्यलाई परमेश्वरले घृणा गर्नुहुन्थ्यो। मेरो निष्कासनले परमेश्वरको धार्मिकतालाई प्रकट गर्यो। जब मलाई यो कुराको महसुस भयो, तब मलाई अलिक डर लाग्यो। परमेश्वरको हृदयमा चोट पुर्याउने कुराहरू गरेकोमा मलाई खेद पनि लाग्यो। मैले अबदेखि यसरी झारा टार्नु हुँदैनथियो। म पश्चात्ताप गरेर परिवर्तन हुनुपर्थ्यो।
त्यसपछि, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सुसमाचार प्रचार गर्न थालेँ। म सिद्धान्तहरूमा पोख्त नभएकीले र म मानिसहरूसँग कुराकानी गर्न नजान्ने भएकीले, त्यो कर्तव्य अत्यन्तै कठिन लाग्यो, र मलाई फेरि कठिन परिश्रम गर्न वा मूल्य चुकाउन मन लागेन। तर मैले आफ्नो कर्तव्यप्रति पहिला देखाएको लापरवाह आचरणबारे विचार गरेँ, र अहिले सुसमाचार प्रचार गर्न सक्नु परमेश्वरले मलाई दिनुभएको ठूलो कृपा हो भन्ने महसुस भयो। म पहिलेजस्तै समस्या आइपर्दा भाग्नु हुँदैन। त्यो कुरा महसुस गरेपछि, मलाई प्रगति गर्नमा आफू झन् धेरै सक्रिय भएको महसुस भयो। मैले आत्मसमीक्षा गरेँ: मलाई आफ्नो कर्तव्य कठिन लाग्नेबित्तिकै किन म पछि सर्न र भाग्न चाहन्छु? मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “आज, मैले भन्ने वचनहरूलाई तँ विश्वास गर्दैनस्, र तँ तिनलाई ध्यानै दिँदैनस्; जब यो काम फैलिने दिन आउँछ र तैँले यसको सम्पूर्णता देख्छस्, तब तँ पछुताउनेछस्, र त्यतिबेला तँ अक्क न बक्क हुनेछस्। आशिष्हरू छन्, तैपनि तँ तिनको आनन्द लिन जान्दैनस्, र सत्यता छ, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ आफैमाथि समस्या ल्याउँदैनस् र? आज, परमेश्वरको कामको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट गरिएका मागहरू र तँलाई जिउन लगाइएका कुराहरूमा केही पनि अतिरिक्त छैन। काम धेरै छन्, र सत्यता धेरै छन्; के ती तैँले थाहा पाउन लायक छैनन् र? के सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवम् थोरै दैहिक आराममा जिउनमै सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्ति देखेका तर त्यसलाई प्राप्त गर्नुको पछि नलाग्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? … म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै पछ्याइमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरको हरेक प्रश्नले मेरो हृदयमा घोच्यो, मानौं परमेश्वरले मलाई आमने-सामने बसेर हिसाब गर्न बोलाइरहनुभएको छ, र मलाई आफू उहाँप्रति अत्यन्तै ऋणी छु भन्ने महसुस भयो। हामीले सत्यता प्राप्त गर्न, हाम्रा भ्रष्ट स्वभावहरूलाई हटाउन, र मुक्ति पाउने मौका पाउन सकौं भनेर देहधारी परमेश्वरले हामीलाई मलजल र भरणपोषण गर्नका लागि निकै धेरै सत्यता व्यक्त गर्नुभएको छ। यो परमेश्वरले मानवजातिलाई दिनुभएको सबैभन्दा ठूलो आशिष् हो। साँचो रूपमा बुद्धिमान व्यक्तिले परमेश्वरको कामले प्रदान गर्ने मौकाको कदर गर्नेछ, र सत्यताको पछि लाग्न आफ्नो समय खर्चिनेछ, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नेछ, आफ्नो कर्तव्य निर्वाह गर्दा जीवन स्वभाव परिवर्तन गर्न पछि लाग्नेछ, अनि अन्तिममा सत्यता बुझ्नेछ र परमेश्वरबाट मुक्ति प्राप्त गर्नेछ। तर अन्धा र अज्ञानी मानिसहरू देह आनन्दमै लागिपर्छन् र तिनीहरू आलेटाले गर्छन्, र सत्यताको खोजी गर्न कठिन परिश्रम गर्दैनन्। तिनीहरू अल्याङटल्याङ गर्छन् र आफ्नो कर्तव्यमा त्यति प्रयास लगाउँदैनन्, र तिनीहरूले विश्वास गरेको जति धेरै समय भए पनि, तिनीहरूले कहिल्यै पनि सत्यतालाई बुझ्दैनन्, आफ्नो जीवन स्वभावमा कुनै पनि परिवर्तन हासिल गर्दैनन्, र अन्तिममा परमेश्वरद्वारा हटाइन्छन्। मैले आफ्ना व्यवहारबारे विचार गरेँ। के म यस्तै प्रकारको अज्ञानी व्यक्ति थिइनँ र? “जीवनको गाडी जता कुद्छ कुद्न देऊ” र “आलस्यको पनि आफ्नै फाइदा छ” जस्ता शैतानी दर्शनशास्त्रहरू मेरो जिउने सिद्धान्तहरू थिए। हरेक दिन म जस्तो पर्छ त्यस्तै टर्छ भनेर काम गर्थेँ, झारा टार्दै काम गर्थेँ, र देहगत सहजताको पछि लाग्थेँ। मैले सत्यताको पछि नलागी, र आफ्नो स्वभावमा परिवर्तन आयो कि आएन अनि मेरो कर्तव्य परमेश्वरको इच्छाअनुरूप छ कि छैन भनेर चिन्तन नगरी परमेश्वरलाई वर्षौंदेखि विश्वास गरेकी थिएँ। मेरो लागि सत्यता प्राप्त गर्नुभन्दा आफ्नै देह आनन्द महत्त्वपूर्ण थियो, त्यसकारण मैले गाह्रो कर्तव्यहरूलाई निरन्तर पन्छाएँ, म अल्याङटल्याङ गर्थेँ अनि छल र धोकाको सहारा लिन्थेँ, र आफूले गरेको कुनै पनि कुरामा मूल्य चुकाउन इन्कार गर्थेँ। यसले गर्दा मेरा कर्तव्यहरूमा कुनै परिणाम हासिल भएन मात्र होइन, मण्डलीको काममा ढिलाइ भयो र असर पनि पुग्यो। अनि त्यसो गर्दासमेत, मलाई कुनै पछुतो वा ग्लानि भएन। म त साँच्चै जड भएकी थिएँ। त्यसपछि मात्र मैले के महसुस गरेँ भने, शैतानका यी झूटा नियमअनुसार जिउनु, प्रगति गर्न खोज्ने प्रयास नगर्नु, अझ भ्रष्ट बन्नु, मेरो विविक झनै भ्रष्ट हुनु, मेरो जीवनमा कुनै लक्ष्य नहुनु—के मैले आफ्नो जीवन बरबाद गरिरहेकी थिइनँ र? मैले मेरो कर्तव्य गुमाउनुको दोषी म नै थिएँ। म अत्यन्तै अल्छी थिएँ, म आफ्नै चरित्रप्रति अत्यन्तै लापरवाही थिएँ, र म कसैको भरोसाको निम्ति योग्य थिइनँ, यसले गर्दा मेरा दाजुभाइ-दिदीबहिनीहरूले र परमेश्वरले मलाई घृणा गर्नुभयो। विगतमा, मैले उच्च मापदण्डहरू र धेरै काम भएका कर्तव्यहरू कष्ट सरह हुन् भन्ने सोच्थें। तर वास्तवमा, यो आफ्ना कर्तव्यहरूको लागि कष्ट भोग्नु थिएन। अवश्य नै, मेरो प्रकृति अत्यन्तै अल्छी र स्वार्थी थियो, र म देहप्रति अत्यन्तै चासो राख्थें। मैले आफ्नो कर्तव्यमा कठिनाइहरू सामना गर्नुपर्दा प्रयोस गर्नुपरे पनि र मूल्य चुकाउनुपरे पनि, यी सबै मैले सहन सक्ने कुरा थिए, किनभने परमेश्वरले घाँटी नहेरी हाड निल्न लगाउनुहुन्न। अनि परमेश्वरले मेरा भ्रष्ट स्वभाव र कमीकमजोरीलाई देखाइदिन यी कठिनाइहरू प्रयोग गर्नुभयो, ताकि मैले आफूलाई चिन्न सकूँ, समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सकूँ, र आफ्नो जीवन स्वभाव परिवर्तन गर्न सकूँ। त्यही बेला, परमेश्वरले के आशा गर्नुभएको थियो भने मैले यी कठिनाइहरूको सामना गर्दा उहाँलाई पुकार्न र भरोसा गर्न सिकूँ अनि निष्कपट विश्वास कायम राख्न सकूँ। विगतमा, म अज्ञानी, अन्ध थिएँ, र मैले परमेश्वरको इच्छालाई बुझेकी थिइनँ। मैले सत्यता प्राप्त गर्ने र परमेश्वरद्वारा सिद्ध तुल्याइने धेरै अवसरहरू गुमाएकी थिएँ, र मैले यो सुन्दर समयलाई व्यर्थमा खेर जान दिएँ। मैले देहगत सहजता प्राप्त गरेकी, र कष्ट नभोगेकी वा त्यति धेरै मूल्य नचुकाएकी भए पनि, मसँग कुनै सत्यता वास्तविकता थिएन र मेरा भ्रष्ट स्वभावहरू समाधान भएका थिएनन्, मैले मेरा कर्तव्यहरूमा कुनै पनि असल काम गरेकी थिइनँ, मण्डलीको काममा ढिलाइ गराएकी थिएँ, र परमेश्वरले मलाई घृणा गर्नुभयो। यदि म त्यसरी नै बेवकुफ तरिकाले जिइरहेकी भएँ, मैले अन्त्यमा परमेश्वरको मुक्तिलाई पूर्ण रूपमा गुमाउनेथिएँ। यी सबै महसुस गरेपछि, मलाई गहिरो पश्चात्ताप भयो, मैले आफूलाई घृणा गरेँ, र अबउप्रान्त त्यसरी जिउन चाहिनँ।
एक दिन, मैले आफ्नो भक्तिको समयमा, परमेश्वरको वचनका दुईवटा खण्ड पढेँ: “आजको खोजी पूर्णतया भविष्यको कामको लागि जग बसाल्नकै निम्ति हो, ताकि तिमीहरू परमेश्वरद्वारा प्रयोग हुन र उहाँको साक्षी दिन सक। यदि तिमीहरूले यसलाई आफ्नो खोजीको लक्ष्य बनाउँछौ भने, तिमीहरू पवित्र आत्माको उपस्थिति प्राप्त गर्न सक्षम हुनेछौ। तैँले आफ्नो खोजको लक्ष्य जति उच्च राख्छस्, तँ त्यति नै बढी सिद्ध पारिन सक्छस्। तँ सत्यको पछि जति धेरै लाग्छस्, पवित्र आत्माले त्यति नै धेरै काम गर्नुहुन्छ। तैँले आफ्नो खोजमा जति धेरै ऊर्जा लगाउँछस्, तैँले त्यत्ति नै बढी प्राप्त गर्नेछस्। पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको भित्री स्थितिअनुसार सिद्ध पार्नुहुन्छ। केही मानिसहरू परमेश्वरद्वारा प्रयोग हुन वा उहाँद्वारा सिद्ध हुन इच्छुक हुँदैनन्, तिनीहरू आफ्नो देह सुरक्षित होस् र कुनै किसिमको दुर्भाग्य भोग्नु नपरोस् भनेर मात्र भन्छन्। केही मानिसहरू राज्यमा प्रवेश गर्न अनिच्छुक हुन्छन् तर अतल कुण्डमा खसालिन भने तयार हुन्छन्। त्यस्तो अवस्थामा, परमेश्वरले पनि तेरो त्यो इच्छा पूरा गरिदिनुहुनेछ। तँ जुन कुराको पछि लाग्छस् परमेश्वरले त्यो पूरा गरिदिनुहुनेछ। त्यसो भए, अहिले तँ कुन कुराको पछि लाग्दै छस् त? के सिद्ध पारिने कुराको पछि लाग्दै छस् हो? के तेरा वर्तमान कार्य र व्यवहारहरू परमेश्वरद्वारा सिद्ध हुन र उहाँद्वारा प्राप्त गरिनका लागि हुन्? तैँले यसरी नै दिनहुँ निरन्तर आफैलाई मापन गर्नुपर्छ। यदि तँ आफ्नो सम्पूर्ण हृदयले एउटै लक्ष्यको पछि लाग्छस् भने, परमेश्वरले निश्चित रूपमा तँलाई सिद्ध बनाउनुहुनेछ। पवित्र आत्माको मार्ग यस्तै हुन्छ। पवित्र आत्माले मानिसहरूलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो तिनीहरूको खोजको माध्यमबाट प्राप्त हुन्छ। परमेश्वरद्वारा सिद्ध हुन र प्राप्त गरिनको लागि तैँले जति धेरै तृष्णा गर्छस्, पवित्र आत्माले तँभित्र त्यत्ति नै बढी काम गर्नुहुनेछ। तँ खोजी गर्न जति असफल हुन्छस्, र तँ जति धेरै नकारात्मक र प्रतिगमनकारी हुन्छस्, तैँले पवित्र आत्मालाई काम गर्ने अवसरहरूबाट त्यति नै वञ्चित गर्छस्; समय बित्दै जाँदा, पवित्र आत्माले तँलाई त्याग्नुहुनेछ। के तँ परमेश्वरद्वारा सिद्ध हुन चाहन्छस्? के तँ परमेश्वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ परमेश्वरद्वारा प्रयोग गरिन चाहन्छस्? तिमीहरूले परमेश्वरद्वारा सिद्ध पारिन, प्राप्त गरिन र प्रयोग गरिनकै निम्ति सबै कुरा गर्दै खोजी गर्नुपर्छ, ताकि ब्रह्माण्ड र यावत् थोकले तिमीहरूमा परमेश्वरका कार्यहरू प्रकट भएको देखून्। यावत् थोकमाझ तिमीहरू मालिक हौ र अस्तित्वमा रहेका सबै कुराहरूमाझ तिमीहरूले आफूमार्फत परमेश्वरलाई गवाही र महिमाको आनन्द लिन दिनेछौ—तिमीहरू सारा पुस्ताहरूमध्ये सबैभन्दा धन्यका हौ भन्ने कुराको प्रमाण यही हो!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्)। “तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। मैले परमेश्वरको वचनबाट के बुझेँ भने, हामीले आफ्ना कर्तव्यहरूमा सत्यता प्राप्त गर्नका लागि देहसुख त्याग्नुपर्छ र सत्यता अभ्यास गर्नुपर्छ, अनि बल्ल हामी आफ्ना भ्रष्ट स्वभाव त्याग्न सक्छौँ र परमेश्वरले हामीलाई सिद्ध तुल्याउनुहुनेछ। यो जिउने सबैभन्दा अर्थपूर्ण र बहुमूल्य तरिका हो। हामीले क्षणिक देहगत सहजताका लागि सत्यता त्याग्नु भनेको निष्ठाविना, मर्यादाविना जिउनु हो र यो पवित्र आत्माको काम गुमाउनु पनि हो, र अन्त्यमा हामी परमेश्वरद्वारा त्यागिन्छौँ र हटाइन्छौँ अनि मुक्तिको अवसर गुमाउँछौँ। मैले के पनि सिकेँ भने देहगत सहजताको तृष्णा गर्ने समस्यालाई समाधान गर्नका लागि, हामीसँग सत्यताको पछि लाग्ने हृदय हुनुपर्छ, यस्ता कुराहरू आइपर्दा आफ्नो बारेमा नियमित रूपमा मनन गर्नुपर्छ, हाम्रा कर्तव्यहरूमा प्रयास लगाउन ध्यान दिनुपर्छ, र जब हामी कठिनाइहरूको सामना गर्छौं, तब देहसुखलाई पर पन्छाउन, आफूलाई त्याग्न, र मण्डलीको कामको रक्षा गर्न सक्छौं। पवित्र आत्माको अगुवाइ र कार्यलाई प्राप्त गर्ने तरिका यही हो। यी कुराहरू महसुस गरिसकेपछि, मेरो हृदयमा ज्योति छायो, र मैले म देहसुखलाई त्याग्नेछु र मेरा कर्तव्यहरूमा मेरा सारा प्रयास लगाउनेछु भनेर कबुल गरेँ। त्यसपछि, मैले कसरी राम्ररी सुसमाचार प्रचार गर्ने भन्ने कुरालाई ध्यान दिएर विचार गर्नथालेँ। मलाई सिद्धान्तहरू स्पष्ट रूपमा थाहा नहुँदा, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्थेँ, र अरू सबैसँग अध्ययन गर्ने समय निकाल्थेँ। पछि, साँचो मार्ग जाँच्ने मानिसहरू अझ धेरै हुँदा, मैले गर्नुपर्ने कुराहरू अझ धेरै भए। तैपनि, मलाई ती कुरा कुनै हालतमा पनि त्यति कठिन लागेन। बरू, ती मैले गर्नुपर्ने कुरा र मेरो जिम्मेवारी हुन् भन्ने लाग्यो। म हरेक दिन अत्यन्तै व्यस्त भए पनि, मलाई सम्पन्न भएको अनुभव हुन्थ्यो।
अनपेक्षित रूपमा एक दिन, मेरो अगुवा मकहाँ आउनुभयो र मलाई भिडियो बनाउने काममै फर्कन अनुरोध गर्नुभयो। यो कुरा सुनेपछि, म अत्यन्तै हर्षित भएँ। परमेश्वरप्रति कृतज्ञ हुनुबाहेक, के भन्ने मलाई थाहा थिएन। विगतमा मैले कसरी देहको वास्ता गरेकी थिएँ र आफ्ना कर्तव्यहरूलाई हल्कासित लिएकी थिएँ र अल्याङटल्याङ गरेकी थिएँ भनेर याद गरेँ, र मलाई आफू परमेश्वरप्रति विशेष गरी ऋणी भएको महसुस भयो। मैले विगतका आफ्ना गल्तीहरूलाई सच्याउन सक्दिनथिएँ, त्यसकारण म लगनशील हुन, अब उप्रान्त आफ्ना कर्तव्यमा मूल्य चुकाउन, कर्तव्य पूरा गर्दा परमेश्वरको प्रेमको ऋण तिर्न मात्रै सक्थेँ। पछि, जब मैले मेरा कर्तव्यहरूमा कठिनाइहरूको सामना गर्थेँ, तब म सचेत भई परमेश्वरलाई प्रार्थना गर्थेँ र तिनलाई कसरी समाधान गर्ने भन्ने बारेमा सोच्थें। एक पटक, मेरो प्रोजेक्टहरू त्यति राम्रो भएनन्, र समूह अगुवा र सुपरिवेक्षकलाई यो कसरी समाधान गर्ने थाहा थिएन। म पनि कठिनाइमा जाकिएकी थिएँ र यसलाई समाधान गर्न कसरी थाल्ने थाहा थिएन। मैले सोचेँ, “यदि मैले यसलाई समाधान गर्ने प्रयास गरिरहेँ, समय लगाएँ, र यसमा मेहनत गरेँ भने, मैले यसलाई ठीक गर्न सक्छु कि सक्दिनँ मलाई थाहा छैन, त्यसकारण सायद अरू कसैले यो काम गर्नुपर्छ।” ती विचारहरू फेरि कठिनाइबाट बच्ने मेरा प्रयास हुन् भन्ने मैले थाहा पाएँ, त्यसकारण मैले तुरुन्तै परमेश्वरसँग प्रार्थना गरिहालेँ। मलाई परमेश्वरका यी वचनहरू याद आयो: “जब तँमाथि कुनै कर्तव्य आइपर्छ, र त्यो तँलाई सुम्पिइएको हुन्छ, तब कठिनाइहरूको सामना गर्नबाट कसरी जोगिने भनेर नसोच्; तँलाई त्यो सम्हाल्न गाह्रो लाग्यो भन्दैमा त्यसलाई पन्छाउने र बेवास्ता गर्ने नगर्। तैँले त्यसलाई सिधै सामना गर्नुपर्छ। तैँले हरसमय के याद राख्नैपर्छ भने परमेश्वर मानिसहरूका साथमा हुनुहुन्छ, र तिनीहरूलाई कुनै कठिनाइहरू भएमा तिनीहरूले प्रार्थना अनि उहाँबाट खोजी गरेसम्म, परमेश्वरका लागि केही पनि हासिल गर्न गाह्रो हुँदैन। तँमा यो आस्था हुनैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। हामीले जेजस्ता समस्या र कठिनाइहरूको सामना गरे पनि, तिनलाई समाधान गर्ने उपायहरू खोजी गर्न परमेश्वरमा भरोसा गर्नुपर्छ। हामीले देहगत कष्टहरूको कारण कठिनाइहरूबाट भाग्ने वा हाम्रो कर्तव्यमा पछि हट्ने प्रयास गर्नु हुँदैन। त्यो तरिका भनेको परमेश्वरलाई धोका दिनु र विश्वासघात गर्नु हो। मैले यो महसुस गरेपछि, म परमेश्वरमा भरोसा गर्नेछु, र यसलाई समाधान गर्न लागिपर्नेछु भनेर यसपटक आफैसँग बाचा गरेँ। त्यसकारण म शान्त भएँ र यसलाई सुधार्ने प्रयास गरेँ, र समस्या तुरुन्तै समाधान भएको देखेर म छक्क परेँ। यो देखेपछि, सबैलाई यो राम्रो लाग्यो र कसैको थप कुनै सुझाव थिएन। यसरी अभ्यास गरेपछि, मेरो हृदयमा शान्ति र सहजता छायो। कसैले आफ्नो कर्तव्यमा मूल्य चुकाएर मात्र मानव मर्यादा प्राप्त गर्न सक्छ। परमेश्वरलाई धन्यवाद!
झुओ जिङ, चीननोभेम्बर २०२० मा, मैले मण्डलीमा अगुवाको रूपमा सेवा गरिरहेकी थिएँ र भर्खरै चुनिएकी सिस्टर वाङ चेनसित सहकार्य गरिरहेकी थिएँ।...
नोइल, दक्षिण कोरियासन् २०१९ मा, म भिडियो बनाउने कामको जिम्मेवार व्यक्ति थिएँ र यस क्रममा मण्डली अगुवाको रूपमा पनि काम गरिरहेकी थिएँ। मैले...
प्रिय लिन यी,मैले तिम्रो पत्र प्राप्त गरेकी छु। समय कत्ति छिट्टै बित्छ! आँखा झिम्क्याउन नपाउँदै हाम्रो भेट नभएको झण्डै एक वर्ष भइसकेछ।...
सन् २०१९ मा, म मण्डली अगुवा चयन भएँ, यो, परमेश्वरले मलाई उच्च पार्नुभको हो भनेर मलाई थाहा थियो र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु...