स्टाफलाई अर्को काममा खटाउँदा मैले सिकेका पाठहरू

1 जुन 2026

यीसिन, चीन

मार्च २०१९ मा, म मण्डलीको लेखन-पठनको कामको सुपरिवेक्षकको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दैथिएँ, जसमा लेखहरू छनौट गर्ने कार्य पनि समावेश थियो। त्यतिबेला, केही कर्मचारी फेरबदलका कारण, चाङ ली र ली लिन मात्र टोलीमा बाँकी रहेका अनुभवी सदस्यहरू थिए। म चाङ लीसँग एउटा समूहमा थिएँ भने, ली लिन टोलीका दुई जना नयाँ सदस्यहरूसँग अर्को समूहमा थिइन्। जुन महिनामा, अगुवाहरूले हामीलाई पत्र लेख्दै चाङ लीलाई परमेश्‍वरको घरको शुद्धाशुद्धि जाँच टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्न बढुवा दिन चाहेको कुरा बताए, र उनी यसका लागि तयार छिन् कि छैनन् भनी सोधे। पत्र पढेर, म बेचैन नभई बस्नै सकिनँ, “टोलीमा पहिले नै काम गर्ने मानिसको कमी छ, अनि अहिले किन तिनीहरू चाङ लीलाई स्थानान्तर गर्दैछन्? उनी हाम्रो टोलीकी मुख्य आधार हुन्। उनीसँग राम्रो क्षमता छ र उनले सिद्धान्तहरू राम्ररी बुझेकी छिन्। यदि उनी गइन् भने, सबै कामको बोझ म एक्लैले उठाउनुपर्नेछ। काम कति गाह्रो र थकाउने हुन्छ भन्ने कुरा त परै जाओस्, यदि मैले कुनै राम्रा लेखहरू छनौट गर्न सकिनँ भने, के अगुवाहरूले मेरो कार्य सामर्थ्य अत्यन्तै कमजोर छ र म सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्न योग्य छैनँ भन्नेछैनन् र? मैले पूर्ण रूपमा आफ्नो इज्जत गुमाउने छैनँ र?” मलाई चाङ लीलाई बढुवा गर्दा मण्डलीको कामलाई फाइदा पुग्छ र मैले आफ्नै हितहरूको मात्र ख्याल गर्नु हुँदैन भन्ने कुरा थाहा भए तापनि, उनी जाने कुरा सोच्दा म दुःखी भएँ, त्यसैले म उनको मनसाय बुझ्न र उनी के सोच्छिन् भन्ने कुरा जान्न चाहन्थेँ। चाङ लीले भनिन्, “ममा धेरै कमीकमजोरीहरू छन्, र मलाई म त्यहाँ गएँ भने काम भ्याउन सक्दिनँ कि भन्ने डर लागेको छ। मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सकिनँ भने त्यो अत्यन्तै लाजमर्दो हुनेछ। म यहाँको काम राम्ररी सम्हालिरहेकी छु, त्यसैले म जान चाहन्नँ।” उनको यो कुरा सुन्दा, म मनमनै दङ्ग परेँ, र मेरो काँधबाट ठूलो बोझ हटेको जस्तो महसुस भयो। हुन त मैले उनीसँग सङ्गति गर्न परमेश्‍वरका केही वचनहरू पनि खोजेँ, तर मेरो काम सहज हुने भएकोले, म व्यग्रतापूर्वक आफ्नो हृदयदेखि नै उनी नगइदिए हुन्थ्यो भन्ने आशा गर्थेँ। तीन दिन बितिसक्दा समेत चाङ लीले अगुवाहरूलाई जवाफ दिएकी थिइनन्। म अतालिइरहेकी थिएँ, त्यसैले मैले फेरि उनलाई कोट्याउँदै सोधेँ, “म देख्दैछु, तपाईंले अझै पनि अगुवाहरूलाई जवाफ दिनुभएको छैन। तपाईंको के गर्ने योजना छ?” उनले आफूले अझै निर्णय गरिनसकेको बताइन्। त्यसपछि मैले कपटपूर्ण तरिकाले भनेँ, “परमेश्‍वरको घरको शुद्धाशुद्धि जाँच टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्नको लागि, तपाईंले केही सिद्धान्तहरू बुझेको हुनुपर्छ र तपाईंसँग निश्चित पेसागत सीपहरू र कार्य सामर्थ्य हुनुपर्छ। अन्यथा, तपाईंले त्यो काम राम्ररी गर्न वास्तवमै सक्नुहुन्न। तर त्यहाँ तपाईंले धेरै तालिम पाउनुहुनेछ, र तपाईंका पेसागत सीपहरू छिट्टै सुध्रिनेछन्।” चाङ लीले आफूले अझै खोजि गर्ने बताइन्। चाङ लीले अझै पनि आफ्नो स्पष्ट मनोवृत्ति नदेखाएको देख्दा, मलाई निरन्तर बेचैनी महसुस भयो, र मैले सोचेँ, “के मैले उनीसँग फेरि सङ्गति गर्दै, उनलाई परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न अनि मण्डलीका बन्दोबस्तहरूप्रति समर्पित हुन प्रोत्साहन दिनुपर्ला?” तर त्यसपछि मेरो मनमा अर्को विचार आयो: “मैले उनीसँग सङ्गति गरेपछि यदि उनी साँच्चै गइन् भने, मैले यी सबै काम सम्हाल्नुपर्नेछ। मेरो कार्यदक्षता पक्कै पनि घट्नेछ, र यदि नतिजाहरू खस्किए भने, अगुवाहरूले मेरो बारेमा के सोच्नेलान्?” यसको बारेमा बारम्बार सोचविचार गरेपछि, अन्ततः मैले उनीसँग सङ्गति गरिनँ। मलाई अलिकति आत्म-ग्लानि महसुस भएपनि, यहाँ थुप्रिएका सबै कामको बारेमा सोच्दा मेरो मुटु ढुकढुक भयो। उनी अन्त कतै गएर आफ्नो कर्तव्य निर्वाह गर्न सहमत होलिन् कि भनेर म भयभीत थिएँ। मैले सोचेँ, “अहँ” “मैले अगुवाहरूलाई पत्र लेख्दै हाम्रो वास्तविक परिस्थितिबारे बुझाउनै पर्छ ताकि उनीहरूले चाङ लीलाई यहीँ राखून्।” तर त्यसपछि मैले फेरि सोचेँ, “यदि मैले त्यसो गरेँ भने, के अगुवाहरूले म अति नै स्वार्थी छु, म परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्दिनँ, र म परमेश्‍वरको घरलाई मानिसहरूको बढुवा र संवर्धन गर्नमा बाधा पुऱ्याइरहेकी छु भन्नेछैनन् र?” यसबारे बारम्बार सोचविचार गरेपछि, मैले लेख्न सुरु गरेको पत्र मेटाएँ। केही दिनसम्म, यो कुरा मेरो दिमागमा बोझ बनिरह्यो। थप दुई दिन बिते, र मैले चाङ लीको अनुहारको भाव सामान्यभन्दा फरक देखेँ। उनका आँखी भौँहरू शान्त देखिन्थे, र उनले आफ्नो जवाफ लेख्न सुरु गरेकी जस्तो लाग्थ्यो। चाङ लीले आफ्नो जवाफ सिध्याउने बित्तिकै, मैले उत्सुकतापूर्वक उनलाई के निर्णय गऱ्याै भनेर सोधेँ। उनले त्यहाँ जान राजी भएको कुरा सुन्दा, मलाई अलिकति निराशा महसुस भयो। उनी गएपछि मैले एउटी सक्षम सहयोगी गुमाउने थिएँ, त्यसैले म उनलाई जान दिन साँच्चै अनिच्छुक थिएँ। तर निर्णय भइसकेको हुनाले, म समर्पित मात्र हुन सक्थेँ। मैले आफैलाई यसरी मात्र सान्त्वना दिन सक्थेँ, “मैले मण्डलीबाट अर्को उपयुक्त व्यक्ति खोज्नुपर्ला। कम्तिमा ली लिन अर्को समूहमा कामको जिम्मेवारी लिइरहेकी छिन्। मैले खालि आफ्नो तर्फबाट अलिकति बढी गर्नुपर्नेछ। सायद यसले कामको प्रगतिमा त्यति धेरै ढिलाइ नगर्ला।”

पछि, तीन जना नयाँ सदस्यहरू हाम्रो समूहमा सरुवा भए। एक महिनापछि, ती तीन जना नयाँ सदस्यहरूले केही सिद्धान्तहरू बुझेका थिए। ठीक त्यति नै बेला, मैले अगुवाहरूबाट एउटा पत्र प्राप्त गरेँ, जसमा उनीहरूले टोली अगुवा, ली लिनलाई भजन लेखन समूहमा सुपरीवेक्षकका रूपमा सेवा गर्न सरुवा गर्न लागेको लेखेका थिए। यो सुन्ने बित्तिकै, मलाई अनिच्छुक महसुस भयो। मैले सोचेँ, “टोलीमा पहिले नै मानिसको कमी छ, र ली लिनसँग राम्रो क्षमता छ अनि उनी मेरो कामको धेरै बोझ उठाउन मद्दत गर्छिन्। यदि उनलाई सरुवा गरियो भने, म एक्लैलाई दुई वटा समूहको कामको सुपरिवेक्षण गर्ने समय हुनेछैन! यदि मैले कुनै मानकअनुरूपका लेखहरू छनौट गर्न सकिनँ भने, अगुवाहरूले मेरो बारेमा के सोच्नेलान्? के उनीहरूले मसँग कुनै कार्य सामर्थ्य छैन भन्नेछैनन् र? यदि कामले कुनै नतिजा दिएन र मलाई बर्खास्त गरियो भने, के मेरो पूर्ण रूपमा बेइज्जत हुनेछैन र? अहँ, यस पटक मैले अगुवाहरूलाई पत्र लेख्नै पर्छ। मैले जस्तोसुकै अवस्थामा पनि ली लिनलाई यहीँ राख्नुपर्छ। म उनलाई जान दिन सक्दिनँ।” त्यसैले मैले अगुवाहरूलाई पत्र लेख्दै, “नयाँ सदस्यहरूलाई अझै संवर्धन गर्न बाँकी छ। ली लिनलाई सरुवा गर्नुअघि तिनीहरू काममा पूर्ण रूपमा पोख्त नहुन्जेल हामी पर्खन सक्छौँ कि?” भनेँ। वास्तवमा, ली लिनको समूहका दुई जना व्यक्तिहरूलाई तीन-चार महिनादेखि संवर्धन गरिसकिएको थियो र तिनीहरू केही काम सम्हाल्न सक्थे। तर स्थिर नतिजा कायम राख्नको लागि, म अझै पनि ली लिनलाई राख्न चाहन्थेँ। त्यसो गर्दा, मैले आफूलाई धेरै झन्झटबाट बचाउन सक्थेँ, र यदि कामका नतिजा सुधारिए भने, मैले अगुवाहरूको प्रशंसा पनि जित्न सक्थेँ। तर अगुवाहरूले सुपरभाइजर नभएका कारण भजन लेखन समूहको काममा पहिल्यै असर परिरहेको कुरा बताए, र मलाई परमेश्‍वरमा बढी भर पर्न र यो कर्तव्यको जिम्मेवारी लिन आग्रह गरे। पत्र पढेपछि, म पटक्कै शान्त हुन सकिनँ। मैले मनमनै सोचेँ, “यी अगुवाहरू! तिनीहरूलाई हाम्रो टोलीको वास्तविक परिस्थितिको बारेमा सबै थाहा छ, तैपनि तिनीहरू एकपछि अर्को गर्दै मानिसहरूको सरुवा गर्दैछन्। के हाम्रो टोली भताभुङ्ग हुनेछैन र? म दुई वटा समूहको कामको प्रभारी हुनेछु। कामको बोझ बढ्ने मात्र होइन, नतिजाहरू समेत निश्चित रूपले घट्नेछन्।” ती दिनहरूमा, मैले आफ्नो कर्तव्यमा प्रेरणा गुमाएँ र मलाई आफूले गरिरहेका कुनै कुरामा केही मेसो थिएन। मलाई आफ्ना प्रार्थनामा परमेश्‍वरलाई के भन्ने समेत थाहा थिएन, र मैले परमेश्‍वरका वचनहरू पढ्दा तिनलाई ग्रहण गर्न सकिनँ। राति म निदाउन नसकेर यताउता कोल्टे फेर्थेँ, मेरो दिमाग यही सोचले भरिएको थियो, “म एक्लैले दुई वटा समूहका नयाँ सदस्यहरूलाई कसरी संवर्धन गर्ने होला? यो कर्तव्य धेरै गाह्रो छ!” आफ्नो पीडामा, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, जबदेखि चाङ ली र त्यसपछि ली लिनलाई सरुवा गरियो, मलाई नयाँ सदस्यहरूले सिद्धान्तहरू नबुझ्लान् र मानकअनुरूपका लेखहरू छनौट गर्न नसक्लान्, र यदि कामले नतिजा दिएन भने, अगुवाहरूले मलाई हेयको दृष्टिले हेर्लान् भन्ने चिन्ता लागिरहेको छ। मलाई थाहा छ अगुवाहरूले कामको आवश्यकताको आधारमा कर्मचारीहरूको सरुवा गर्छन्, तर म आफ्नो हृदयमा समर्पित हुन सकिरहेकी छैनँ। तपाईं मलाई म आफैलाई चिन्न र तपाईंका अभिप्रायहरू बुझ्न मार्गदर्शन गर्नुहोस्।”

आफ्नो आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र मलाई गहिरो आत्म-ग्लानि महसुस भयो। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको घरमा सत्यता पछ्याउने मानिसहरू परमेश्‍वरसामु एकतामा हुन्छन्, विभाजित हुँदैनन्, र उनीहरूको एउटै साझा लक्ष्य हुन्छ, र त्यो हो: आफ्नो कर्तव्य पूरा गर्नु, आफूलाई आइपरेको काम गर्नु, सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु, परमेश्‍वरले माग गर्नुभएअनुसार काम गर्नु, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नु। यदि तेरा उद्देश्यहरू यसका खातिर होइनन्, बरु तेरा आफ्नै खातिर हुन्, तेरा आफ्नै स्वार्थी कामनाहरू पूरा गर्नका खातिर हुन् भने, यो भ्रष्ट शैतानी स्वभावको प्रकटीकरण हो। परमेश्‍वरको घरमा, व्यक्तिको कर्तव्य सत्यता सिद्धान्तअनुसार गरिन्छ। गैरविश्‍वासीहरूका कार्यहरू उनीहरूका शैतानी स्वभावहरूद्वारा नियन्त्रित हुन्छन्। यी दुई अति फरक मार्गहरू हुन्। गैरविश्‍वासीहरूले आफ्नै षड्यन्त्र पालेका हुन्छन्, प्रत्येकसँग आफ्नै उद्देश्य र योजनाहरू हुन्छन्, अनि प्रत्येक व्यक्ति आफ्नै स्वार्थका लागि जिउँछ। यसरी उनीहरू आफ्नै फाइदाको लागि सङ्घर्ष गर्छन्, र आफूले पाएको एक इन्च छोड्न पनि इच्छुक हुँदैनन्। उनीहरू विभाजित, र तितरबितर अवस्थामा हुन्छन्, किनकि उनीहरूको साझा लक्ष्य हुँदैन। उनीहरूले जे गर्छन् त्यसपछाडि रहेको अभिप्राय र प्रकृति एउटै हुन्छ—उनीहरू सबै आफ्नै लागि कार्य गर्छन्। यसमा, सत्यले शासन गर्दैन, शैतानको भ्रष्ट स्वभावसँग पूर्ण शक्ति र प्रभुत्व हुन्छ। उनीहरू आफ्नो भ्रष्ट शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छन्, र यसमा उनीहरूको केही जोर चल्दैन र यसकारण उनीहरू पापमा झन्झन् गहिरो गरी डुब्छन्। परमेश्‍वरको घरमा, यदि तिमीहरूका कार्यहरूको सिद्धान्त, तरिका, प्रेरणा, र सुरुवाती बिन्दु गैरविश्‍वासीहरूका भन्दा फरक हुँदैनन् भने, यदि तिमीहरूलाई भ्रष्ट शैतानी स्वभावले खेलाउँछ, नियन्त्रण गर्छ र गोटीझैँ चलाउँछ भने र यदि तिमीहरूका कार्यहरूका सुरुवाती बिन्दु तिमीहरूका आफ्नै स्वार्थहरू, प्रतिष्ठा, घमन्ड र हैसियत हुन्छन् भने, तिमीहरूले गरेका कर्तव्य गैरविश्‍वासीहरूका कार्यहरूभन्दा फरक हुँदैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफैमा चिन्तन गरेँ। जब अगुवाहरूले चाङ लीलाई सरुवा गर्न चाहेको कुरा पत्रमा लेखे, मलाई उनी गइन् भने, हाम्रो कामको नतिजामा हुने गिरावटले अगुवाहरूको नजरमा रहेको मेरो छविलाई असर गर्छ भन्ने चिन्ता लाग्यो, त्यसैले म उनलाई जान दिन चाहन्नथेँ। जब मैले चाङ लीले परमेश्‍वरको घरको शुद्धाशुद्धि जाँच टोलीमा गएर तालिम लिन नचाहेको कुरा सुनेँ, म मनमनै दङ्ग थिएँ। बाहिरबाट हेर्दा, मैले उनीसँग परमेश्‍वरका अभिप्रायहरूबारे सङ्गति गरेँ, तर वास्तवमा, म उनको विचार कस्तो छ भनेर छाम्‍ने कोसिस गर्दै थिएँ, र मेरो हैसियत र प्रतिष्ठाको चाहना पूरा हुन सकोस् भनेर उनी यहीँ बसून्, र समूहका नयाँ सदस्यहरूलाई संवर्धन गर्दै काम अघि बढाऊन् भन्ने आशा गर्दै थिएँ। जब मैले उनले अझै पनि आफ्नो स्थिति प्रस्ट नपारेको देखेँ, मैले परमेश्‍वरका अभिप्रायहरूबारे सङ्गति नगरेकी मात्र होइन, वास्तवमा मैले उनी नजाऊन् भन्ने कुराको व्यग्रतापूर्वक चाहना समेत गरेँ। मैले त उनलाई यहीँ राख्नका लागि टोलीका कठिनाइहरूमाथि जोड दिँदै अगुवाहरूलाई पत्र लेख्ने बारेमा समेत सोचेँ। चाङ लीलाई सरुवा गरिसकेपछि, मैले ली लिन समूहका नयाँ सदस्यहरूलाई संवर्धन गर्न सक्छिन् र काममा त्यति धेरै असर पर्नेछैन भन्ने सोचेँ। तर अप्रत्याशित रूपमा, त्यसपछि अगुवाहरूले ली लिनलाई पनि सरुवा गर्न चाहे। मेरो हृदय अचानक गुनासो र प्रतिरोधले भरियो, र म पटक्कै समर्पित हुन सकिनँ। मलाई अगुवाहरूले हाम्रा वास्तविक कठिनाइहरूको ख्याल गरिरहेका छैनन् जस्तो लाग्यो, र कामको नतिजामा हुने गिरावटले अगुवाहरूको नजरमा मेरो असल छवि गुम्ला भन्ने चिन्ताले, मैले ली लिनलाई सरुवा नगर्न अनुरोध गर्दै अगुवाहरूलाई एउटा पत्र पनि लेखेँ। म निरन्तर मण्डलीको कामको बारेमा नभई आफ्नै हितहरूबारे विचार गरिरहेकी थिएँ। म अत्यन्तै स्वार्थी र घृणास्पद थिएँ! अगुवाहरूले सुपरिवेक्षक नभएका कारण भजनलेखन समूहको काममा ढिलाइ भइरहेको, र मण्डलीको कामका खातिर उनीहरूले ली लिनलाई सरुवा गर्न लागेको भन्ने कुरा पहिल्यै स्पष्ट पारिसकेका थिए। तर आफ्नै प्रतिष्ठा र हैसियत जोगाउनको लागि, मण्डलीको कामले दुःख पाइरहेको देख्दादेख्दै पनि म ली लिनलाई जान दिन चाहन्नथेँ। ममा सामान्य मानवता पटक्कै थिएन! गैरविश्‍वासीहरू व्यक्तिगत स्वार्थको लागि हरेक सानातिना कुरामा लड्दै लुछाचुँडी गर्छन्; मैले आफूले सुपरिवेक्षण गरिरहेको लेखको काम प्रभावकारी होस् भनेर अर्को टोलीको कामलाई बेवास्ता गरेँ र आफ्नै इज्जत र हैसियतका खातिर ली लिनलाई यहीँ राख्ने प्रयास गरेँ। मेरा कार्यहरू गैरविश्‍वासीहरूका भन्दा फरक थिएनन्। म साँच्चै नै अत्यन्तै स्वार्थी र घृणास्पद थिएँ! यो कुरा सोचेर, मलाई गहिरो पछुतो भयो र मैले पश्‍चात्ताप गर्न तयार हुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ।

सेप्टेम्बर २०२१ मा, कामको आवश्यकताका कारण मण्डलीमा एउटा नयाँ प्रवचन टोली गठन गरियो। म जीवनका अनुभवात्मक गवाही लेखहरूका लागि जिम्मेवार थिएँ, जबकि मसँगै सहकार्य गरेका ब्रदर प्रवचनको कामका लागि जिम्मेवार थिए। अगुवाहरूले हामीलाई पत्र लेख्दै, प्रवचन लेख्न सक्ने मानिसहरूको छनौट गर्नका लागि हाम्रो कार्यक्षेत्र बढाउन, र शुद्धाशुद्धि जाँच टोलीमा भएका सबैको सबलता र नतिजाहरूको आधारमा कर्तव्य बाँडफाँडमा उचित समायोजन गर्न पनि आग्रह गरे। कर्मचारीहरूको फेरबदल पछि, प्रवचन लेख्ने मानिसहरू कम भए, जसले गर्दा कामको प्रगतिमा ढिलाइ भयो। त्यसपछि मसँगै सहकार्य गरेका ब्रदरले मेरो जिम्मेवारीको क्षेत्रबाट सिस्टर झाउ लीलाई उपदेश टोलीमा स्थानान्तर गर्ने विषयमा मसँग छलफल गरे। यो सुन्ने बित्तिकै, म अनिच्छुक भएँ। मैले सोचेँ, “झाउ लीसँग राम्रो क्षमता छ, उनले केही सिद्धान्तहरू बुझेकी छिन्, र लेखहरू छनौट गर्ने कार्यमा राम्रो नतिजा ल्याउँछिन्। यदि उनलाई स्थानान्तर गरियो भने, के कामको नतिजा घट्नेछैन र?” यस्तो सोच्दै, मैले इन्कार गरेँ। ब्रदरले जे सुकै भने पनि, म झाउ लीको सरुवामा सहमत भइनँ। वास्तवमा, मलाई आफ्नो हृदयमा स्पष्ट रूपमा थाहा थियो झाउ लीले लेख छनौट गर्ने सिद्धान्तहरू बुझेकी मात्र होइन, उनीसँग भित्री ज्ञान पनि थियो र उनी प्रवचन लेख्नका लागि उपयुक्त थिइन्। अहिले, सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिनको लागि प्रवचन लेख्न धेरै मानिसहरूको आवश्यकता थियो, त्यसैले उनलाई सरुवा गर्दा कामलाई फाइदा पुग्नेथियो। के उनलाई आफूसँगै राखेर म अति नै स्वार्थी भइरहेकी थिइनँ र? यस्तो सोचेर, मलाई अलिकति आत्म-ग्लानि महसुस भयो। तर त्यसपछि मलाई लाग्यो, यदि उनलाई सरुवा गरियो भने, लेखको काम प्रभावित हुनेछ, र यदि कामका नतिजा घटे भने, अगुवाहरूले पक्कै पनि यस अघिका नतिजाहरू टोलीमा रहेका ब्रदरसँगको सहकार्यले गर्दा प्राप्त भएको हो भन्नेछन्। के त्यसले म त केही पनि होइन रहेछु जस्तो देखाउनेछैन र? म दुविधामा थिएँ र के गर्ने भन्ने मलाई थाहा थिएन, अनि मैले आफ्नो कर्तव्यमा प्रेरणा गुमाएँ। मैले मेरो स्थिति गलत छ भन्ने महसुस गरेँ, त्यसैले मैले प्रार्थना गरेँ र खोजेँ: “किन हरेक पटक राम्रो क्षमता भएको कोही व्यक्ति मभन्दा टाढा सरुवा हुँदा, म प्रतिरोध महसुस गर्छु, समर्पित हुन सक्दिनँ, र आफ्नो कर्तव्यमा प्रेरणा समेत गुमाउँछु?” पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि कुनै ख्रीष्टविरोधीको अधीनमा रहेर काम गर्ने राम्रो क्षमता भएको व्यक्तिलाई अर्को कर्तव्य पूरा गर्न सरुवा गरियो भने, ख्रीष्टविरोधीले हठी भएर यसलाई विरोध र इन्कार गर्छ—ऊ आफ्नो हृदयमा राजीनामा दिन चाहन्छ र ऊसँग अगुवा वा समूह प्रमुख भएर काम गर्ने कुनै जाँगर हुँदैन। यो कस्तो समस्या हो? मण्डलीका बन्दोबस्तहरूप्रति किन तिनीहरूमा कुनै आज्ञापालन हुँदैन? तिनीहरूले आफ्नो ‘दाहिने हात’ को सरुवा हुँदा यसले तिनीहरूको कामको नतिजा र प्रगतिमा असर गर्छ, फलस्वरूप तिनीहरूको हैसियत र प्रतिष्ठामा असर पुग्‍नेछ, जसले गर्दा तिनीहरूले कामका नतिजाहरू सुनिश्‍चित गर्नका लागि आफूले अझै धेरै परिश्रम गर्न र कष्ट भोग्‍न बाध्य हुनुपर्छ भन्‍ने सोच्छन्—जुन तिनीहरूले अन्तिम विकल्पको रूपमा मात्र गर्न चाहने कुरा हो। तिनीहरूलाई आरामको बानी परेको हुन्छ, तिनीहरू अलिक बढी काम गर्न वा अलिक बढी कष्ट भोग्‍न चाहँदैनन्, त्यसैले तिनीहरू त्यस व्यक्तिलाई जान दिन चाहँदैनन्। यदि परमेश्‍वरको घरले जे भए पनि स्थानान्तरणलाई अघि बढायो भने, तिनीहरू धेरै गुनासो गर्छन् र आफ्नो कामसमेत त्याग्न चाहन्छन्। के यो स्वार्थी र दुष्ट कुरा होइन र? परमेश्‍वरका चुनिएका मानिसलाई परमेश्‍वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, समूह प्रमुख वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्‍वरको घरको नियम हो। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्; तिनीहरू आफ्‍नै हैसियत र हितहरूका खातिर निरन्तर षड्यन्‍त्र रच्छन्, आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउनका लागि आफ्नो सेवा गर्न लगाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूको उपयोग गर्ने आशा गर्छन्। के यो स्वार्थी र दुष्ट होइन र? बाहिरबाट हेर्दा असल क्षमता भएका मानिसलाई आफ्नै साथमा राख्दा र परमेश्‍वरको घरलाई ती मानिसलाई सरुवा गर्न नदिँदा तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्‍नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरू आफूले मण्डलीको काम राम्रोसित नगर्ने, र यसरी आफूलाई बर्खास्त गरिने, अनि यसले गर्दा आफ्‍नो हैसियत गुम्ने हो कि भनी डराउने गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्‍नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्‍वरको घरका हितहरूमा पुग्‍ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्‍नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्‍याउँदै आफ्‍नै हैसियत र हितहरूको रक्षा गर्छन्। यो स्वार्थी र दुष्ट हो। … ख्रीष्टविरोधीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्। तिनीहरू सधैँ मण्डलीको काम, दाजुभाइ-दिदीबहिनीहरूलाई र आफ्नै जिम्मेवारीको दायराभित्र पर्ने परमेश्‍वरको घरको सम्पत्तिलाई समेत तिनीहरूको आफ्नै निजी सम्पत्तिजस्तो व्यवहार गर्छन्। तिनीहरू यी कुराहरूलाई कसरी वितरण, स्थानान्तरण र प्रयोग गर्ने त्यो तिनीहरूकै तजबिजमा निर्भर हुन्छ र परमेश्‍वरको घरलाई हस्तक्षेप गर्न अनुमति दिइँदैन भन्‍ने विश्‍वास गर्छन्। एकपल्ट ती कुराहरू तिनीहरूको हातमा पुगेपछि यस्तो लाग्छ मानौँ ती शैतानको कब्जामा छन् र कसैलाई पनि ती कुराहरू छुने कुनै अनुमति हुँदैन। तिनीहरू ठूलाठालू र नाइके हुन्छन्, तिनीहरूको क्षेत्रमा जाने जोकोहीले सुशील र नम्र तरिकाले तिनीहरूको आदेश र प्रबन्धहरू पालन गर्नुपर्छ र तिनीहरूका भावहरूअनुसार चल्नुपर्छ। यो ख्रीष्टविरोधीहरूको चरित्रभित्रको स्वार्थीपन र दुष्टताको प्रकटीकरण हो। तिनीहरूले परमेश्‍वरको घरको कामप्रति कुनै विचार गर्दैनन्, सिद्धान्त अलिकति पनि पालन गर्दैनन् र केवल तिनीहरूको आफ्नै हित र हैसियतका बारेमा मात्र सोच्छन्—यी कुराहरू ख्रीष्टविरोधीहरूका स्वार्थीपन र दुष्टताका पहिचान हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरूबाट, मैले ख्रीष्टविरोधीहरूको प्रकृति विशेष गरी स्वार्थी र घृणास्पद हुने रहेछ भन्ने देखेँ। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू परमेश्‍वरका अभिप्रायहरूको अलिकति पनि ख्याल गर्दैनन्। तिनीहरू आफूले जे गरे पनि, आफ्नै हितहरूको मात्र विचार गर्छन्। आफ्नै प्रतिष्ठा र हैसियत जोगाउनका लागि, उनीहरू राम्रो क्षमता भएका मानिसहरूलाई आफ्नो पकडमा राख्छन्, र परमेश्‍वरको घरलाई तिनीहरूको सरुवा गर्न दिँदैनन्। के मेरा प्रकटीकरणहरू ख्रीष्टविरोधीका जस्तै थिएनन् र? चाङ लीलाई स्थानान्तर गरिन लाग्दा म धेरै अनिच्छुक थिएँ किनभने म कामका नतिजामा हुने गिरावटले मेरो प्रतिष्ठा र हैसियतलाई असर गर्छ भनेर डराएँ। जब मैले अगुवाहरूले मेरी सक्षम सहायक, ली लिनलाई सरुवा गर्न चाहेको कुरा सुनेँ, मेरो हृदय अझ बढी प्रतिरोधले भरियो। मैले आफ्नो भ्रष्ट स्वभावका कारण अगुवाहरूलाई एउटा पत्र लेख्दै ली लिनलाई सरुवा गर्नबाट रोक्ने प्रयास गर्दै समेत गरेँ। आफूले सोचेजस्तो नभएको देखेपछि, म नकारात्मक भएँ र आफ्नो कर्तव्यमा ढिलासुस्ती गरेँ। प्रवचन टोली स्थापना भएपछि, मैले सहकार्य गरेका ब्रदरले मलाई झाउ लीमा अन्तर्ज्ञान भएको र उनी प्रवचन लेख्न उपयुक्त भएको कुरा बताए। मलाई उनको सरुवा गर्दा प्रवचनको कामलाई फाइदा पुग्छ भन्ने कुरा पनि थाहा थियो, तर आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनको लागि, मेरा सहकर्मीले धेरै पटक मसँग छलफल गरे तापनि, मैले उनलाई जान दिन अस्वीकार गरेँ, जसले प्रवचनको कामको प्रगतिमा ढिलाइ गरायो। म सधैँ राम्रो क्षमता भएका टोलीका सदस्यहरूलाई आफ्नै प्रयोगको लागि आफूसँगै राख्न चाहन्थेँ। के मैले मेरा ब्रदर-सिस्टरहरूलाई आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइमा औजारको रूपमा व्यवहार गरिरहेकी थिइनँ र? मलाई अर्को टोलीको काममा पहिल्यै असर परिरहेको छ र हाम्रो टोलीलाई भन्दा तिनीहरूलाई मानिसहरूको बढी आवश्यकता छ भन्ने कुरा स्पष्ट रूपमा थाहा थियो, तैपनि मैले उनलाई जान दिन अस्वीकार गरेँ। म आफ्नै हितहरूको रक्षा गर्न छोड्नुभन्दा बरु मण्डलीको काममा नोक्सान भएको हेर्न रुचाउँथेँ। म साँच्चै नै अत्यन्तै स्वार्थी र घृणास्पद थिएँ! के मेरा कार्यहरूको प्रकृति परमेश्‍वरले खुलासा गर्नुहुने ठूलाठालू र नाइकेहरूको जस्तै थिएन र? मैले कसैलाई पनि मेरो प्रतिष्ठा र हैसियतका लागि फाइदाजनक मानिसहरूको सरुवा गर्न दिइनँ, र म सधैँ मानिसहरूलाई आफ्नो कडा पकडमा राख्न चाहन्थेँ। म एउटा ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ। यदि मैले यही कार्य जारी राखेँ भने, म पक्कै पनि परमेश्‍वरद्वारा तिरस्कृत भई हटाइनेथिएँ।

त्यसपछि, मैले परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ र मेरा कार्यहरूको गम्भीर प्रकृतिको बारेमा अझ बढी बुझ्न पुगेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता जिउने गवाही छ कि छैन भन्‍ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको गवाही दिँदैनन्, न त ती कुराहरूले शैतानलाई अपमान वा पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँलाई लज्जित पार्छन्, र ती उहाँको बेइज्जतीका दागहरूले नै भरिएका हुन्छन्। तैँले परमेश्‍वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरप्रति समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैँले परमेश्‍वरका खातिर आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्दा, यसको अर्थ हो, शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा, तेरा कार्यहरू असल कार्य हुनेछैनन्, तिनलाई दुष्ट कार्य मानिनेछ। तिनलाई परमेश्‍वरद्वारा अनुमोदन नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने परमेश्‍वर कुनै व्यक्तिको कार्य असल हो कि दुष्ट हो भन्ने कुरा तिनीहरूको अभिप्राय र सुरुवातको बिन्दु—तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कायम राखिरहेका छन् वा आफ्नै व्यक्तिगत हितहरूलाई भन्ने कुराका आधारमा मापन गर्नुहुन्छ। परमेश्‍वरका वचनहरूसँग आफूलाई तुलना गर्दा, मैले के चिन्तन गरेँ भने यी कर्मचारी सरुवामा, म परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने भनेर सोचिरहेकी थिइनँ, बरू त्यसको सट्टा हरेक मोडमा आफ्नै प्रतिष्ठा र हैसियतको ख्याल गरिरहेकी थिएँ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनका लागि, मैले अगुवाहरूलाई मेरा सिस्टरहरूको सरुवा गर्नबाट रोक्ने प्रयास गरेँ। आफूलाई आत्म-ग्लानि महसुस हुँदा पनि मैले हठपूर्वक तिनीहरूलाई राख्ने प्रयास गरेँ। आफूले सोचेजस्तो नभएपछि, म नकारात्मक भएँ र आफ्नो कर्तव्यमा प्रेरणा गुमाएँ। मेरा विचार र प्रकटीकरणहरूमा, म परमेश्‍वरलाई सन्तुष्ट पार्न सत्यता अभ्यास गरिरहेकी थिइनँ; परमेश्‍वरको नजरमा यो दुष्टता थियो र यसले उहाँको घृणा र निन्दा निम्त्यायो। मैले प्रभु येशूले काम गरिरहनुभएको समयको बारेमा सोचेँ। यहुदी धर्मका मुख्य पुजारीहरू र फरिसीहरूले प्रभु येशूको कामलाई स्वीकार गरेनन्, र उहाँको प्रतिरोध गरे र दोषी समेत ठहराए। आफ्नो हैसियत र जीविकोपार्जन जोगाउनका लागि, तिनीहरूले विश्‍वासीहरूलाई कडा नियन्त्रणमा राखे, र निर्लज्जतापूर्वक विश्‍वासीहरू उनीहरूकै हुन् समेत भने। आज धार्मिक संसारका पाष्टर र एल्डरहरू पनि त्यस्तै छन्। आफ्नो हैसियत जोगाउनका लागि, तिनीहरू विश्‍वासीहरूलाई साँचो मार्गको खोजी गर्नबाट रोक्छन्, परमेश्‍वरका भेडाहरू आफ्नै हुन् भन्ने दाबी गर्छन्, परमेश्‍वरको विरोध गर्छन्, र मानिसहरूको लागि उहाँसँग प्रतिस्पर्धा गर्छन्। तिनीहरू परमेश्‍वरद्वारा खुलासा गरिएका दुष्ट सेवकहरू र ख्रीष्टविरोधीहरू बनेका छन्। के मेरा कार्यहरूको प्रकृति र फरिसीहरू वा धार्मिक संसारका पाष्टर र एल्डरहरूका कार्यहरूको प्रकृतिका बीचमा कुनै भिन्नता थियो र? आफ्नो व्यक्तिगत प्रतिष्ठा र हैसियत जोगाउनका लागि, मैले एउटी प्रतिभावान व्यक्तिको सरुवामा बाधा पुर्‍याएँ, जसले गर्दा प्रवचनको कामको प्रगतिमा ढिलाइ भयो। यो परमेश्‍वरको स्वभावलाई उल्लङ्घन गर्ने कार्य थियो! यो महसुस गर्दा म भयभीत भएँ। यदि मैले पश्‍चात्ताप गरिनँ भने, मेरो परिणाम फरिसीहरू र धार्मिक संसारका पाष्टर र एल्डरहरूको जस्तै हुनेथियो—म पक्कै पनि परमेश्‍वरद्वारा श्रापित र दण्डित हुनेथिएँ। समस्याको गम्भीरतालाई बुझ्दै, मैले मेरा समस्याहरू समाधान गर्न चाहेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूका दुई वटा खण्डहरू पढेँ र अभ्यासको एउटा मार्ग फेला पारेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्‍वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्‍ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट, म परमेश्‍वरका अभिप्रायहरू र आवश्यकताहरू बुझ्न पुगेँ। मैले जे कार्य गरे पनि, मैले आफ्ना अभिप्रायहरू सही राख्नुपर्छ र परमेश्‍वरको छानबिन स्वीकार गर्नुपर्छ, आफ्नो इज्जत वा हैसियतको ख्याल नगरी, परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, र आफ्नै कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्छ। विशेष गरी सुपरिवेक्षक भएको नाताले, मैले प्रतिभावान व्यक्तिहरूलाई सक्रिय रूपमा संवर्धन गर्नुपर्थ्यो, र आफ्नो जिम्मेवारीको क्षेत्रभित्र क्षमता भएका सबै ब्रदर-सिस्टरहरूको बढुवा र संवर्धन गर्नुपर्थ्यो, ताकि तिनीहरूले उपयुक्त कर्तव्यहरूमा आफ्ना भूमिकाहरू निर्वाह गर्न सकून्। परमेश्‍वरका अभिप्रायहरू बुझेपछि, म आफ्ना हितहरू त्याग्न र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्न तयार भएँ। मैले मण्डलीको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्थ्यो र त्यति धेरै स्वार्थी हुन छोड्नुपर्थ्यो। मलाई अचम्म लाग्यो, केही समयको तालिमपछि, समूहका तीन जना नयाँ सदस्यहरूले लेखहरू छनौट गर्ने कार्यमा तीव्र प्रगति गरे र छिट्टै नै समूहको काम सम्हाल्न सक्षम भए।

सन् २०२३ मा, म एउटी मण्डली अगुवाको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दैथिएँ, र सिस्टर यीक्सुन सुसमाचारको कामको लागि जिम्मेवार थिइन्। उनी सुसमाचार प्रचार गर्नमा सिपालु, राम्रो क्षमता र कार्य सामर्थ्य भएकी, र स्वतन्त्र रूपमा काम गर्न सक्षम थिइन्। मे महिनाको एक दिन, माथिल्लो तहका अगुवाहरूले हामीलाई यीक्सुनको बारेमा मूल्याङ्कन लेख्न भने, किनभने उनीहरू उनलाई सुसमाचारको कामको सुपरिवेक्षणका साथै अझ फराकिलो जिम्मेवारीमा सरुवा गर्ने तयारी गर्दै थिए। यो खबर सुनेर म झस्किएँ, र मैले सोचेँ, “यीक्सुनले भर्खरै सुपरिवेक्षण गरिरहेको सुसमाचारको काममा सुधार देखिन थालेको छ। यदि उनलाई सरुवा गरियो भने, मैले नयाँ व्यक्ति खोज्नुपर्नेछ। यदि मैले उपयुक्त सुसमाचारसम्बन्धी कामदार फेला पार्न सकिनँ र सुसमाचारको कामका नतिजा घटे भने, अरूले मेरो बारेमा के सोच्नेछन्?” मैले अलि प्रतिरोध महसुस गरेँ। मैले आफूसँगै सहकार्य गरेकी सिस्टरलाई गुनासो गर्नै लाग्दा, मैले मेरो स्थिति गलत छ भन्ने महसुस गरेँ। किन म फेरि आफ्नै हितहरूको ख्याल गर्दैथिएँ? मैले परमेश्‍वरका वचनहरूबारे सोचेँ: “परमेश्‍वरको घरको कामले मागेमा व्यक्ति जोसुकै भए पनि हरेक व्यक्तिले परमेश्‍वरको घरका समन्वय र बन्दोबस्तहरूलाई मान्‍नुपर्छ, र कुनै पनि व्यक्तिगत अगुवा वा कामदारको स्वामित्वमा वा उसको निर्णयको अधीनमा भएजस्तै गरी उसको नियन्त्रणमा बस्‍नु हुँदैन। परमेश्‍वरका चुनिएका मानिसले परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्तहरूलाई पालना गर्नु पूर्णतया स्वाभाविक र जायज कुरा हो, र कुनै अगुवा वा कामदारले सिद्धान्तविपरीत आफूखुसी सरुवा नगरेसम्म यी बन्दोबस्तहरूलाई कसैले पनि उल्‍लङ्घन गर्न मिल्दैन, आफूखुसी सरुवा गरेको खण्डमा यो बन्दोबस्तलाई अवज्ञा गर्न सकिन्छ। यदि सिद्धान्तहरूबमोजिम सामान्य सरुवा गरिएको छ भने परमेश्‍वरका चुनिएका मानिस सबैले पालना गर्नुपर्छ, र कुनै पनि अगुवा वा कामदारसँग अरू कसैलाई नियन्त्रण गर्ने अधिकार वा कारण हुँदैन। के तिमीहरू यस्तो कुनै काम हुन्छ भनेर भन्छौ जुन परमेश्‍वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने काम सामेल हुँदैन? यो सबै परमेश्‍वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ ‘तेरो’ र ‘मेरो’ हुँदैन। यदि सरुवा सिद्धान्तहरूअनुरूप छ र मण्डलीको कामका मागहरूका आधारमा गरिएको हो भने यी मानिसको आवश्यकता जहाँ धेरै छ तिनीहरू त्यहीँ जानुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरूबाट, मैले कर्मचारीहरूको बन्दोबस्त परमेश्‍वरको घरको कामको आवश्यकता अनुसार गरिनुपर्छ, र कर्मचारीहरूको सरुवा तर्कसङ्गत भएसम्म मैले तिनलाई स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ भन्ने कुरा बुझेँ। मसँग मानिसहरूलाई समातिराख्ने र तिनीहरूलाई जान नदिने कुनै अधिकार छैन। मेल सधैँ आफ्नै हितहरूको मात्र विचार गर्न मिल्दैन। मेरा ब्रदर-सिस्टरहरूलाई उनीहरूको कर्तव्य निर्वाह गर्न जहाँसुकै सरुवा गरिए पनि, यो सबै परमेश्‍वरको राज्यको सुसमाचार प्रसार गर्नको लागि हो। मेरी सिस्टरलाई आफ्नो कर्तव्य निर्वाह गर्नको लागि उपयुक्त ठाउँमा जान दिँदा उनले आफ्नो काम अझ राम्ररी पूरा गर्न सक्नेछिन् र यसले मण्डलीको कामलाई फाइदा पुग्नेछ। परमेश्‍वरका अभिप्रायहरू बुझेपछि, मैले मेरा ब्रदर-सिस्टरहरूलाई यीक्सुनको मूल्याङ्कन लेख्ने बन्दोबस्त मिलाएँ, र त्यसको केही समयपछि उनलाई सरुवा गरियो। पछि, हामीले सुसमाचारसम्बन्धी नयाँ कामदारहरू छनौट गर्‍यौँ, र केही समयको तालिमपछि, तिनीहरूले पनि कामको जिम्मेवारी लिए। सुसमाचारको काममा कुनै असर परेन।

विगतमा, म सधैँ प्रतिभावान व्यक्तिहरूलाई सरुवा गरियो भने कामको नतिजा पक्कै पनि घट्छ भन्ने विश्वास गर्थेँ, तर अब मैले यो दृष्टिकोण भ्रामक रहेछ भन्ने देखेँ। आफ्नो कर्तव्य निर्वाह गर्नमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो हृदय सही छ कि छैन भन्ने हो। यदि तपाईं परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न, पश्‍चात्ताप गर्ने इच्छा राख्दै आफ्ना व्यक्तिगत हितहरू त्याग्न, परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकतामा राख्न, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्न सक्नुहुन्छ भने, तपाईंले परमेश्‍वरको अगुवाइ र आशिषहरू देख्नुहुनेछ, र तपाईंले आफ्नो कर्तव्य अझ राम्ररी पूरा गर्नुहुनेछ। जस्तो कि परमेश्‍वर भन्नुहुन्छ: “सत्यता सिद्धान्तहरूअनुरूपका कुराहरूले झन्-झन् धेरै सकारात्मक परिणाम ल्याउनेछन्, जबकि सत्यता सिद्धान्तअनुरूप नरहेका कुराहरू त्यो बेला मानिसका धारणासँग मेल खाए पनि, तिनले झन्-झनै धेरै नकारात्मक नतिजा ल्याउनेछन्। मानिसहरू सबैले यसको पुष्टि पाउनेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभावहरूलाई समाधान गर्ने मार्ग)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक पछि अर्को अग्नि परीक्षा

लिउ यी, चीन२००९ अप्रिलको एक बिहान, लगभग ९ बजे, सिस्टर डिङ निङ र म भेला समाप्त भएर बाहिर निस्केको केही क्षणमै आठ जना मानिसहरूले हामीलाई...

कर्तव्य करियर होइन

काइली, फ्रान्सगत वर्ष म दुईटा मण्डलीहरूको कामको लागि जिम्मेवार थिएँ। कहिलेकाहीं, अर्को ठाउँमा कर्तव्य निर्वाह गर्नको लागि हाम्रा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्