झूटो अगुवाको चेतना खुल्छ

25 फेब्रुअरी 2023

सन् २०१९ मा, म मण्डली अगुवा चयन भएँ, यो, परमेश्‍वरले मलाई उच्च पार्नुभको हो भनेर मलाई थाहा थियो र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु भनेर मनमनै कसम खाएँ। त्यसपछि, म हरेक दिन भेलाहरूमा व्यस्त भएँ, ब्रदर-सिस्टरहरूको कर्तव्यमा आइपरेका समस्याहरू समाधान गरेँ, कार्य प्रगतिको अनुगमन गरेँ, र मैले धेरै सन्तुष्टि महसुस गरेँ। केही समयपछि, केही प्रशासनिक कार्यले गर्दा, मेरो कार्यभार बढ्यो, म हरेक दिन ढिलोसम्म काम गर्थेँ र मलाई अलि धेरै व्यस्त महसुस भयो। मैले सोचेँ, “यी सब कामबारे चिन्ता गर्नु धेरै हो र यो थकाइलाग्दो छ। हरदिन मेरो मन तनावग्रस्त रहन्छ। यो, कुनै निश्‍चित काम गर्नुजस्तो सजिलो छैन।” पछि, म सिस्टर झाओ भएकी समूह भेलामा गएँ। मैले सोचेँ, “विगतमा, म सिस्टर झाओकी पार्टनर थिएँ, उनी आफ्नो कर्तव्यमा जिम्मेवार थिइन् र आइपरेका समस्या समाधान गर्न सक्रिय रूपमा सत्यता खोजी गर्थिन्। उनले यस समूहको कामको देखरेख गर्छिन्, त्यसैले मैले धेरै चिन्ता लिनुपर्दैन।” त्यसपछि, उनीहरूको समूहसँग मेरो भेट कमै हुन्थ्यो। एक रात केही ब्रदर-सिस्टरले सिस्टर झाओको समूह कार्यमा केही समस्या र कमीहरू रहेको देखाउँदै चाँडै यी समस्या समाधान गर्न आग्रह गर्दै मलाई पत्र पठाए। त्यसको अर्थ, मैले अगाडि नै परमेश्‍वरको वचनमा समाधान खोज्नु पर्नेथियो, तर मसँग सुल्झाउनुपर्ने समस्या धेरै थिए जुन मैले लामो समयदेखि समाधान गर्न सकेको थिइनँ। मैले सोचेँ, “एकदमै ढिलो भयो र म धेरै थाकेको छु। म यो गर्न सक्दिनँ। यसबाहेक, मैले सिस्टर झाओलाई उनका समस्या र कमीजोरीहरूबारे पहिले नै पत्राचार गरिसकेकी छु, र उनी जिम्मेवार छिन्, त्यसैले उनले सङ्गति गर्न र ती समस्या सुल्झाउन पहल गर्नेछिन्, र मैले काम गर्नुपर्दैन। यदि मैले सबै कुरा एक्लै गरेँ भने कसरी सिध्याउन सक्छु र? म यसबारे उनीसित भेलामा नै सङ्गति गर्नेछु।” पछि, मैले त्यसबारे जाँच गर्दा, सिस्टर झाओले यसबारे समूहसँग पहिले नै सङ्गति गरिसकेकी थिइन्, र सबै जना ती समस्यामा लक्षित अभ्यासका मार्गहरूबारे सुझाव दिन सक्षम थिए, त्यसले गर्दा सिस्टर झाओले त्यो समूहको नेतृत्व गर्दा मैले चिन्ता लिनुपर्ने कुनै कुरा छैन भन्ने मलाई लाग्यो। त्यसपछि, मैले मूलतः समूहको कामबारे सोधिनँ।

केही समय बितेपछि, म सिस्टर झाओको समूह भेलामा गएँ, र मैले सिस्टर झाओको सङ्गति बगम्फुसे गफ मात्र भएको पाएँ, अनि उनले कुनै पनि कुरा स्पष्टसित नभनी लामो समयसम्म बोलिरहन्थिन्। मैले मनमनै सोचेँ, “के उनी नराम्रो स्थितिमा छिन्? किन उनी असङ्गत कुरा गर्छिन्?” तर त्यसपछि मैले सोचेँ, “म यहाँ भएकीले गर्दा उनी घबराएकी हुन सक्छिन्। उनलाई बानी पर्न केही समय लाग्न सक्छ। अहिलेको लागि मैले गर्नुपर्ने अरू नै केही काम छन्।” र त्यसैले मैले उनीसँग सङ्गति नगरी आएँ। पछि, मैले समूहको काम प्रभावकारी नभएको थाहा पाएँ। मैले सोचेँ, “के समूहमा केही समस्या छन्?” तर त्यसपछि मैले पुनर्विचार गरेँ, “उनीहरूले कर्तव्यमा समस्या र कमीकमजोरीबारे मात्र सङ्गति गरे, सबैजना बदलिन तयार देखिन्छन् र अहिले यो कम फलदायी हुनु सामान्य कुरा हो।” यो कुरा मनमा आउँदा मैले यसबारे थप सोचिनँ। पछि, सिस्टर वाङले मलाई के भनिन् भने, सिस्टर झाओ हैसियतको लागि मरिमेट्छिन्, अरूसँग सहकार्य गर्न सक्दिनन्, र समूह अगुवा हुन योग्य छैनन्। मैले सोचेँ, “सिस्टर झाओ हैसियत पाउन अलि धेरै ध्यान दिन्छिन् तर उनी जिम्मेवार छिन्। यदि उनले अरूसँग सहकार्य गर्न सक्दिनन् भने, पक्कै पनि उनी खराब स्थितिमा र भ्रष्ट स्वभावद्वारा नियन्त्रित छिन्। केही समयपछि उनी ठीक भइहाल्छिन्।” त्यसबारे सोच्दै मैले सिस्टर वाङलाई भनेँ, “सिस्टर झाओ आफ्नो कर्तव्यमा जिम्मेवार छिन् र उनी अझै पनि एक सक्षम समूह अगुवा हुन्। यदि उनले भ्रष्टता खुलासा गरिन् भने, हामी उनलाई मदत गर्ने र उनका समस्याको आधारमा उनलाई खुलासा गर्ने प्रयास गर्न सक्छौँ। म आज व्यस्त भएकीले मसँग समय छैन, तर म उनीसँग पछि सङ्गति गर्नेछु।” सिस्टर वाङले मेरो कुरा सुनेपछि अरू केही भनिनन्। पछि, अन्य काममा व्यस्त भएकीले मैले सिस्टर झाओसँग सङ्गति गर्न बिर्सें। एक रात, मलाई अचानक याद आयो: “मलाई सिस्टर झाओको स्थितिबारे थाहा छैन। के म उनलाई भेट्न जाऊँ त?” तर त्यसपछि सोचेँ, “उनीसँग राम्रो क्षमता छ, र विगतमा उनको स्थिति खराब हुँदा तुरुन्तै सत्यता खोजेर आफै त्यसलाई समाधान गर्न सक्थिन्। यसपटक पनि उनले आफूलाई सम्हाल्न सक्नुपर्छ। उनी टाढा बस्छिन्, त्यसैले, यदि म त्यहाँ गएँ भने कष्ट उठाउनुपर्ने त छँदै छ, तर उनी घरमा छैनन् भने म त्यहाँ पुग्नु व्यर्थ हुँदैन र? आ, छोडिदिऔँ, यो महिना मरेपछि भेटुँला।” महिनाको अन्त्यमा मैले उनीहरूको काम निरीक्षण गर्दा म पूर्ण रूपमा स्तब्ध भएँ। सिस्टर झाओको काममा धेरै समस्या र कमीहरू थिए, र उनको काम झनै प्रभावहीन भएको थियो। उनले देखरेख गरेका ब्रदर-सिस्टरहरू सबै नकारात्मक स्थितिमा थिए, र उनीहरूको काम गम्भीर रूपमा प्रभावित भएको थियो। त्यसपछि मात्र मैले कुरा गम्भीर रहेछ भनेर बुझेँ। त्यसैले, मैले तुरुन्तै सिस्टर झाओसँग सङ्गति गरी उनको समस्याहरू औंल्याइदिएँ, तर उनले त्यो स्वीकारनगरी बहाना बनाइन् र बहस गरिन् अनि आफैलाई नचिनेको देखाइन्। मेरा पार्टनरहरूसित उनीबारे छलफल गरेपछि, हामीले सिस्टर झाओ अबदेखि समूह अगुवा हुन नसक्ने निर्णय गऱ्यौँ र अन्ततः उनलाई हटायौं। त्यसपछि, ब्रदर-सिस्टरहरूले के रिपोर्ट गरे भने, सिस्टर झाओ ईर्ष्यालु थिइन्, आफ्नो कर्तव्यलाई बेवास्ता गर्थिन् र विवादमा मुछिन्थिन्, त्यसले गर्दा एउटी सिस्टरले आफूलाई विवश पारिएको महसुस गरिन् र निराश भएर आफ्नो कर्तव्य छोड्न चाहिन्। सिस्टर वाङले उनको स्थितिबारे रिपोर्ट गरेकी थिइन् तर दबाइयो र अस्वीकार गरियो। अरू सिस्टरहरूले पनि उनीद्वारा विवश पारिएको महसुस गरे र उनीहरूका कर्तव्य प्रभावित भए, त्यसले गर्दा केही महिनासम्म काम अवरुद्ध भयो। सिस्टर झाओलाई हटाइसकेपछि, उनले पश्चात्ताप नगरेकी मात्र होइन, अरूसँग प्रतिशोध पनि लिइन्। उनको खुलासा र विश्लेषणपछि पनि उनले आफ्नो खराब कामलाई पटक्कै बुझिनन् वा पछुतो गरिनन्। पछि, मैले व्यवहारिक काम गर्न नसकेकी, कर्तव्यलाई बेवास्ता गरेकी, सिस्टर झाओलाई समयमै नहटाएकी र मण्डलीको काममा गम्भीर हानि पुऱ्याएकी भनेर मलाई पनि हटाइयो। त्यतिबेला, मलाई दुःख लाग्यो। त्यसपछि मात्रै मैले किन सिस्टर झाओ यति लामो समयसम्म ईर्ष्यालु विवादमा थिइन् र गम्भीर रूपमा मण्डलीको काममा बाधा पुऱ्याइन्, तर मैले यसलाई देख्न र चिन्न सकिनँ भनेर विचार गर्न थालेँ। मसँग सतही जानकारी मात्र थियो, व्यवहारिक काम गरेकी र अरूलाई बुझ्न सकेकी थिइनँ, तर पनि मैले आफ्नै भ्रष्ट स्वभावलाई बुझ्न र केलाउनमा ध्यान लगाइनँ।

मैले अन्ततः केही बुझाइ प्राप्त गर्नुअघि एउटा भेलामा झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् भनी परमेश्‍वरका वचनले खुलासा गरेको देखेँ। परमेश्‍वरका वचनले भन्छन्, “झूटा अगुवाहरूले समूह सुपरिवेक्षकहरूको वास्तविक अवस्थाको बारेमा कहिल्यै जानकारी लिने वा त्यसको लेखा राख्‍ने गर्दैनन्, न त तिनीहरूले जीवन प्रवेशसम्‍बन्धी अवस्था, साथै महत्त्वपूर्ण कार्यको निम्ति जिम्‍मेवार समूह सुपरीवेक्षकहरू र कामदारहरूको काम र कर्तव्यप्रतिको मनोवृत्ति र परमेश्‍वरमाथिको विश्‍वास, सत्यता र परमेश्‍वरप्रतिको मनोवृत्तिको बारेमा जानकारी लिने, लेखा राख्ने, वा बुझ्ने प्रयासनै गर्छन्; झूटा अगुवाहरूले कामको अवधिमा देखा पर्ने तिनीहरूका रूपान्तरणहरू, तिनीहरूका प्रगति, वा विभिन्‍न समस्याहरू, विशेष गरी जब यसले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूमा पर्ने प्रभावहरू, कामका विभिन्‍न चरणमा देखा पर्ने गल्ती र विचलनहरूको बारेमा जानकारी लिँदैनन्। झूटा अगुवाहरूलाई यी गल्ती र विचलनहरू निप्टाइएको छ कि छैन भन्‍नेबारे केही थाहा हुँदैन। यी सबै कुराबारे थाहा नभएकोले, समस्याहरू देखा पर्दा तिनीहरू निष्क्रिय हुन्छन्। जब झूटा अगुवाहरू काम गर्छन्, तिनीहरूले यी सबै कुराबारे वास्ता राख्दैनन्। तिनीहरूले समूह सुपरिवेक्षकहरूको प्रबन्ध मात्र गर्छन्, अनि काम सुम्पेपछि आफ्नो कार्य समाप्त भएको ठान्छन्। यसो गरेपछि तिनीहरू आफ्नो काम पूरा भएको र त्यसपछि आइपर्ने कुनै पनि समस्यासित आफ्नो केही लिनुदिनु नभएको विश्‍वास गर्छन्। झूटा अगुवाहरू प्रत्येक समूहका सुपरिवेक्षकलाई रेखदेख, मार्गदर्शन र अनुगमन गर्न असफल भएकाले र तिनीहरू यी क्षेत्रमा आफ्ना जिम्मेवारी पूरा गर्न चुकेकाले, काम बरबाद हुन्छ। अगुवा वा सेवकको रूपमा लापरवाह हुनु भनेको यही हो।” “झूटा अगुवाहरू: के यस प्रकारका व्यक्तिहरू बेवकुफ हुन्छन् भन्‍ने तिमीहरूलाई लाग्छ? तिनीहरू बेवकुफ र मूर्ख हुन्छन्। कुन कुराले तिनीहरूलाई बेवकुफ बनाउँछ? तिनीहरूले कुनै व्यक्तिलाई छनौट गर्दा, यस व्यक्तिले शपथ खाएको र बाचा बाँधेको अनि आफ्नो अनुहारभरि आँसु झार्दै प्रार्थना गरेको कारणले तिनीहरू भरपर्दा हुन्छन्, र भविष्यमा पनि तिनीहरूसित कुनै समस्याहरू हुनेछैन भन्दै मानिसहरूमाथि निर्धक्‍क विश्‍वास गर्छन्। झूटा अगुवाहरूसित मानिसहरूको प्रकृतिको बारेमा कुनै बुझाइ हुँदैन; तिनीहरू भ्रष्ट मानवजातिको साँचो अवस्थाको बारेमा अनजान हुन्छन्। तिनीहरू भन्छन्, ‘कुनै व्यक्तिलाई सुपरिवेक्षकको रूपमा छनौट गरिसकेपछि ऊ कसरी परिवर्तन हुनसक्छ? अत्यन्तै गम्भीर र विश्‍वसनीय देखिने व्यक्ति कसरी कामदेखि भाग्नसक्छ? तिनीहरूले त्यसो गर्दैनन्? गर्छन् र? तिनीहरूसित धेरै इमानदारीता हुन्छ।’ झूटा अगुवाहरूले त्यसरी सोच्ने भएकोले र तिनीहरूले आफ्नै अन्तर्ज्ञानमाथि धेरै भरोसा राख्ने भएकोले, यसले तिनीहरूलाई मण्डलीको काममा उत्पन्न हुने धेरै समस्याहरू समयमै हल गर्न असक्षम तुल्याउँछ, र सम्बन्धित सुपरभइजरलाई तुरुन्तै प्रतिस्थापन गर्न र जिम्मेवारी फेरबदल गर्नबाट रोक्छ। तिनीहरू खाटी झूटा अगुवाहरू हुन्। अनि यहाँको समस्या के हो त? आफ्नो कामप्रतिको झूटा अगुवाको दृष्टिकोणसित लापरबाहीपन र झारा टार्ने शैलीको केही सम्बन्ध छ? एकातर्फ, तिनीहरूले ठूलो रातो अजिङ्गरले उन्माद रूपमा पक्राउहरू गरेको देख्छन्, र त्यसैले आफूलाई सुरक्षित राख्‍नको लागि तिनीहरूले हचुवाको भरमा कसैलाई इन्चार्ज छान्छन्, र यसबाट समस्या समाधान हुन्छ र यसप्रति तिनीहरूले अबउप्रान्त ध्यान दिन जरुरी छैन भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले आफ्नो हृदयमा के सोचिरहेका हुन्छन्? ‘यो वातावरण त एकदमै भीषण छ, मैले केही समय लुक्‍नुपर्छ।’ यो शारीरिक सुविधाप्रतिको लोभ हो, होइन र? झूटा अगुवाहरूमा ठूलो अवगुण हुन्छ: तिनीहरू आफ्नै कल्पनामाथि भर परेर मानिसहरूलाई भरोसा गरिहाल्‍छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्‍वरका वचनहरूले भ्रष्ट मानवजातिको सार कसरी खुलासा गर्छन्? परमेश्‍वरले ती मानिसहरूलाई भरोसा गर्नुहुन्‍न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्‍यो? परमेश्‍वरले मानिसहरूलाई बाहिरी रूपद्वारा मूल्याङ्कन गर्नुको साटो, निरन्तर तिनीहरूको हृदयलाई हेरिरहनुहुन्छ—त्यसैले, अरूलाई मूल्याङ्कन गर्दा र भरोसा गर्दा किन झूटा अगुवाहरू त्यति लापरवाही हुन्छन्? झूटा अगुवाहरू अत्यन्तै अभिमानी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, ‘मैले यस व्यक्तिलाई भेट्टाउँदा, म गलत थिइनँ। कुनै कुरा पनि गडबड हुन सक्दैन; तिनीहरू पक्कै पनि ख्यालठट्टा गर्न मन पराउने र कडा परिश्रम मन नपराउने अनि समस्या पैदा गर्दै हिँड्ने मानिसहरू होइनन्। तिनीहरू अवश्य नै विश्‍वसनीय र भरोसायोग्य छन्। तिनीहरू परिवर्तन हुनेछैनन्; यदि परिवर्तन भए भने, म नै तिनीहरूको बारेमा गलत थिएँ भन्ने अर्थ लाग्‍छ, होइन र?’ यो कस्तो प्रकारको तर्क हो? के तँ कुनै प्रकारको विशेषज्ञ होस्? के तँसित एक्स-रेको जस्तै दृष्टि छ? के यो तेरो विशेष सीप हो? तँ त्यस्तो व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर तिनीहरूको प्रकृति र सारलाई पूर्ण रूपले उदाङ्गो पार्ने उचित वातावरणविना तैँले तिनीहरू कस्ता छन् भनी देख्न सक्छस् र? यदि तिनीहरू परमेश्‍वरद्वारा खुलासा नगरिएका भए, तँ तिनीहरूसित तीनदेखि पाँच वर्षसम्म पनि एक साथ रहन सक्थिस् र पनि तिनीहरूसित कस्तो प्रकृति र सार छ भन्ने कुरा देख्न तैँले अझै संघर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई विरलै देख्ने, तिनीहरूसित विरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? तैँले तिनीहरूको क्षणिक हाउभाउ वा अरू कसैले तिनीहरूको बारेमा गरेको सकारात्मक मूल्याङ्कन्‌को आधारमा तिनीहरूलाई निर्धक्‍क विश्‍वास गर्छस्, र त्यस्ता मानिसहरूलाई मण्डलीको कामको जिम्मेवारी दिने दुस्साहस गर्छस्। यसमा, के तँ अत्यन्तै अन्धो बन्दै छैनस् र? के तँ अविवेकी बन्दै छैनस् र? अनि, झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्मवारपूर्ण भइरहेका हुँदैनन् र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (३)”)। झूटा अगुवाहरू आराम खोज्छन् र आफ्ना कर्तव्यमा गैरजिम्मेवार हुन्छन् भनी परमेश्‍वरले खुलासा गर्नुभयो। इन्चार्जको रूपमा रहने व्यक्तिहरू चयन भएपछि तिनीहरूलाई विचार र धारणाको आधारमा सजिलै विश्‍वास गरिन्छ। तिनीहरू कामको समीक्षा र निरीक्षण गर्दैनन् अनि कामको जाँच गर्न मूल्य चुकाउन चाहँदैनन्। तिनीहरू सकेसम्म समस्याबाट बच्छन्। यसो हुँदा मण्डलीको काममा गम्भीर हानि पुग्छ। व्यवहारिक काम नगर्ने झूटा अगुवाहरूका विभिन्न रूपलाई परमेश्‍वरले खुलासा गर्नुभएको देख्दा, उहाँले मलाई नै आमनेसामने खुलासा गरिरहनुभए जस्तो लाग्यो। यो धेरै असहज स्थिति थियो र मलाई दोषी महसुस भयो। अगुवाको हैसियतमा म धेरै गैरजिम्मेवार थिएँ। आफूलाई चिन्ता र दैहिक पीडाबाट बचाउन मैले चाल चलेँ र कामको समीक्षा गरिनँ। सिस्टर झाओले ममा पारेको क्षणिक छापमा मात्र म भर परेँ, र सोच्थे कि उनी आफ्नो कर्तव्यमा जिम्मेवार छिन् र सक्षम समूह अगुवा हुन्, त्यसैले, मैले उनमा भर परी उनको कामको देखरेख गरिनँ। मैले उनको काममा समस्या भएको र त्यसको समाधान गर्न आफूले दुःख गर्नुपर्ने र मूल्य चुकाउनुपर्ने कुरा देख्दा सबैले ठम्याइरहेका छन् भन्ने बहाना बनाउँदै व्यावहारिक काम गरिनँ। अरूले उनीसित समस्या रहेको र अयोग्य समूह अगुवा भएको रिपोर्ट गर्दा मैले अझै पनि आफ्नो धारणा र कल्पनाको आधारमा यो उनको अस्थायी भ्रष्टाचार हो र यसले उनको कर्तव्यलाई असर गर्दैन भन्ठानेँ। मैले सिस्टर झाओका समस्या समाधान गर्ने कुरालाई समूहको काम ठप्प नभइञ्जेल र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा गम्भीर हानि नपुगुञ्जेल बारम्बार पन्छाएँ। म धेरै मूर्ख र गैरजिम्मेवार थिएँ। म आराम खोज्ने र व्यावहारिक काम नगर्ने झुटो अगुवा थिएँ। यथार्थ कुरा के हो भने मण्डलीले चुनेका म लगायतका अगुवा र कार्यकर्ताहरू सिद्ध पारिएका छैनन्, हामीसँग धेरै भ्रष्ट स्वभावहरू छन्, र हामीले जुनसुकै बेला आफ्ना कर्तव्यमा अवरोध र बाधा उत्पन्न गर्न सक्छौँ। हामीमा केही राम्रो व्यवहार भएको देखिए तापनि यसको अर्थ हामी योग्य छौँ भन्ने होइन। हामी सत्यता नबुझ्ने हुनाले मानिसहरूको बाहिरी रूप मात्र हेर्छौ, मानिसहरूका सार स्पष्टसित देख्दैनौँ, त्यसैले, हामीले जिम्मेवार हुन अरूको कामको बारम्बार समीक्षा र देखरेख गर्नुपर्छ। मैले सत्यता बुझिनँ, बरु आखाँ चिम्लेर विश्‍वास गरें, र यसले गर्दा मण्डलीको काममा ठूलो हानि पुग्यो, र मैले परमेश्‍वरको सामुन्ने अपराध गरेँ। यो कुरा बुझेपछि मलाई निकै पछुतो भयो। सिस्टर वाङले मलाई स्मरण गराउँदा मैले आत्मधर्मी, अल्छी वा आरामको लोभी नभई, समयमै अनुसन्धान र खोजी गरी समस्या समाधान गरेकी, र सिस्टर झाओलाई हटाएकी भए मण्डलीको काममा यस्तो ढिलाइ हुने थिएन। म आफ्नो कर्तव्यमा मण्डलीको कामलाई फाइदा पुऱ्याउन असफल मात्र भइनँ, शैतानको सहयोगीको रूपमा काम गरी झूटा अगुवा र कार्यकर्ताहरूका लागि छहारी पनि बनेँ। त्यसबारे जति धेरै सोचेँ, उति नै दुःखी महसुस गरेँ। देहधारी परमेश्‍वरले काम गर्नुहुँदा, कसरी उहाँ प्रत्येक मण्डलीमा जानुभयो भनेर सोचेँ। उहाँले वास्तवमै कष्ट भोग्नुभयो र मूल्य चुकाउनुभयो। हाम्रा सबै भ्रष्टता र कमजोरीहरूको प्रत्युत्तरमा, परमेश्‍वरले सत्यताबारे अथक सङ्गति गर्नुभयो, हामीलाई समर्थन र सहायता गर्नुभयो, अनि हामीलाई शैतानको शक्तिबाट पूर्ण रूपमा मुक्ति दिन कडा परिश्रम गर्नुभयो। तर म सत्यता नबुझ्ने, कामकुरालाई स्पष्टसित देख्न नसक्ने सृष्टिको प्राणी थिएँ, तैपनि, मैले आफ्ना कर्तव्यमा कष्ट भोग्न वा मूल्य चुकाउन चाहिनँ, मैले समस्याहरू फेला पर्दा त्यसलाई समयमै समाधान गरिनँ र आफ्नो मण्डलीको काममा नराम्रोसित हानि पुऱ्याएँ। यस तरिकाले आफ्नो कर्तव्य पालन गर्नु भनेको परमेश्‍वरले घृणा गर्ने कुरा थियो! मैले यी कुरा बुझेपछि, चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म गलत थिएँ। म आत्मसमीक्षा र तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई दया गर्नुहोस्।”

त्यतिबेला, मैले झूटा अगुवाहरूको खुलासा गर्ने परमेश्‍वरका वचनका दुईवटा खण्ड पढेँ। “झूटा अगुवाहरूले कामकुराहरूलाई जाँचपडताल नगरेका, त्यसमाथि नजर नलगाएका, कुनै समस्याहरूलाई हल नगरेका; तिनीहरू आफ्ना कर्तव्यहरूमा ज्यादै सुस्त भएका हुनाले धेरै काममा ढिलाइ हुन्छ। अवश्य नै, यी झूटा अगुवाहरूले जिम्मेवारीहरूलाई गम्भीरतापूर्वक नलिएर पनि यस्तो हुने गर्छ। तिनीहरू ओहोदाका फाइदाहरू र सुगारटाइका शब्दावलीहरूको क्षणिक सन्तुष्टिमै मस्त रहन्छन्, तिनीहरूले आफैलाई वास्तविक काममा संलग्न गर्न चाहँदैनन् जसले प्रायजसो विशेष कामहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ अनि परिणाम स्वरूप, यी समस्याहरू समाधान गर्न लामो समय लाग्दछ; प्रायजसो, कुनै व्यक्तिले काममा आएका विचलनहरूलाई ती उत्पन्न भएको लामो समयपछि पनि अझै सोधपुछ गरेको वा सच्याएको हुँदैन; अनि काममा एउटा बेवकुफले पनि देख्न सक्‍ने मुख्य भूलचुकहरू प्रायजसो हुने गर्छन्, तर झूटा अगुवाहरू तीप्रति अन्धा हुन्छन् अनि बुझ्न ती कुरालाई सक्दैनन्; स्वभाविक रूपले यी समस्याहरू समाधान गर्नु असम्भव कुरा नै हुन्छ। जब कामका समस्याहरूलाई हल गरिँदैन, जब विचलनहरूलाई सच्याइँदैन अनि भूलचुकहरूलाई झट्टै सम्बोधन गरिँदैन, तब कामको प्रभावकारितामा गम्भीर रूपमा सम्झौता हुन्छ। काम त हुँदै गर्छ तर परमेश्‍वरको गवाही दिने बारेमा यसले कस्तो प्रभाव पार्दछ? मानिसहरूले यसलाई देख्दा के यो तिनीहरूको निम्ति लाभदायक हुन्छ, के यसले तिनीहरूमाथि छाप छोड्छ? के यसले साँचो बाटो अनुसन्धान गर्न तिनीहरूलाई प्रेरणा दिन्छ? यसले त्यसो गर्दैन। यसले यस्ता कुनै पनि प्रभावहरू पार्दैनन्, र झूटा अगुवाहरू आफ्ना काममा सुस्त हुनु र तिनीहरूले अति धेरै गल्तीहरू गर्नु नै यसको कारण हो। विभिन्‍न कार्यहरूलाई अघि बढाउने क्रममा, वास्तवमा झूटा अगुवाहरूले समाधान गर्नुपर्ने, सुधार गर्नुपर्ने, र निवारण गर्नुपर्ने विभिन्‍न समस्या, विचलनहरू, र भुलचुकहरू हुन्छन्—तर, तिनीहरूसँग बोझको बोध नभएकोले, तिनीहरूले सरकारी अधिकारीको भूमिका मात्रै खेल्‍न सक्‍ने र वास्तविक काम गर्न नसक्‍ने भएको हुनाले, परिणामस्वरूप तिनीहरूले विनाशकारी भताभुङ्ग अवस्था पैदा गर्छन्, यहाँसम्‍म कि कतिपय समूहले त एकता पनि गुमाउँछन्, र समूह सदस्यहरूले एक-अर्कालाई कमजोर बनाउँछन्, एक-अर्काप्रति शङ्का गर्ने र सतर्क हुने बन्छन्, र परमेश्‍वरको घरप्रति समेत सचेत हुने बन्छन्। जब झूटा अगुवाहरूले यस्तो अवस्थाको सामना गर्छन्, तिनीहरूले कुनै निश्‍चित कार्यलाई पनि अघि बढाउँदैनन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (४)”)। “बाहिरी रूपमा हेर्दा, यी झूटा अगुवाहरूले ख्रीष्ट विरोधीहरूले जस्तै जानाजानी खराबी गरिरहेका हुँदैनन्, जानाजानी आफ्नै अधिकार क्षेत्र स्थापना गरिरहेका र आफ्नै बाटोमा हिँडिरहेका हुँदैनन्। तर तिनीहरूको कामको दायराभित्र, झूटा अगुवाहरूले निरीक्षकहरूले उत्पन्न गर्ने विभिन्न समस्याहरू तुरुन्तै समाधान गर्न सक्दैनन्, तिनीहरू तुरुन्तै निरीक्षकहरूलाई पुनर्नियुक्त गर्न र मापदण्डभन्दा कम स्तरका निरीक्षकहरूलाई बदल्न सक्दैनन्, जसले मण्डलीको कामलाई गम्भीर रूपमा हानि पुऱ्याइरहेको हुन्छ, र यी सबै झूटा अगुवाहरूको लापरवाहीको कारणले गर्दा भएका हुन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (३)”)। परमेश्‍वरले झूटा अगुवाहरूको कसरी लापरवाही गर्छन्, तिनीहरूले कसरी कामको समीक्षा वा जाँच गर्दैनन्, कसरी तिनीहरूले काम जिम्मा दिइएका व्यक्तिहरूको सुपरिवेक्षण र निरीक्षण गर्दैनन्, र यसले गर्दा कसरी काम सम्बन्धित समस्याहरू समाधान गर्न सकिँदैन र परमेश्‍वरको घरको काममा गम्भीर हानि पुग्छ भनेर खुलासा गर्नुभएको छ। मैले आफ्नो कामबारे चिन्तन गरेँ। मैले आराम खोजेँ, आफ्नो कर्तव्यलाई बेवास्ता गरेँ र गैरजिम्मेवार भएँ, मैले सिस्टर झाओलाई आफ्नै धारणाको आधारमा भरोसा गरेँ र उनको कामको सुपरिवेक्षण वा समीक्षा गरिनँ। अरूले उनका समस्याबारे रिपोर्ट गर्दा मैले वास्ता गरिनँ, र समस्याहरू समाधान गरिनँ, न त समयमै उनलाई हटाएँ, जसले गर्दा उनलाई लामो समयसम्म ईर्ष्यालु विवादहरूमा मुछिन, समूहलाई बाधा र अवरोध पुर्‍याउन अनि सकारात्मक भूमिका नखेल्न, समूहको कामलाई महिनौँसम्म प्रभावहीन बनाउन र प्रगतिमा गम्भीर ढिलाइ गराउन मदत पुग्यो। ब्रदर-सिस्टरहरूको सल्लाहलाई उनले दबाइन्, उपेक्षा गरिन्, र तिनीहरूलाई लामो समयसम्म दबाब दिइन्, समूहलाई आफ्ना कर्तव्यमा विवश पारिएको र उत्प्रेरणा नमिलेको महसुस गराइन्, तैपनि, मैले यसबारे पत्तो पाइनँ र उनले राम्रै गरिरहेकी छिन् भन्ने सोचेँ। परमेश्‍वरको घरले मलाई अगुवा बन्‍ने बन्दोबस्त गर्‍यो, र म जिम्मेवारी पूरा गर्न असफल मात्र भइनँ, तर मण्डलीको काममा धेरै समस्याहरू आउँदा आखाँ चिम्लिएँ, त्यसलाई देख्न र समयमै समाधान गर्न सकिनँ, जसले गर्दा मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा गम्भीर हानि पुग्यो। म आफ्नो कर्तव्यमा गम्भीर रूपले लापरवाह भएँ! मैले ख्रीष्टविरोधीले जस्तो जानाजानी परमेश्‍वरको घरको काममा बाधा नपुर्‍याए तापनि, कर्तव्यप्रतिको मेरो लापरवाहीपनले मण्डलीको कामलाई गम्भीर हानि पुऱ्यायो। अज्ञानी, नदेख्ने र गैरजिम्मेवार भएकीले गर्दा मैले आफूलाई घृणा गरेँ, मैले परमेश्‍वरको सामुन्ने अपराध गरेँ। मलाई साह्रै दुःख र दोषी महसुस भयो अनि आफू परमेश्‍वर र ब्रदर-सिस्टरहरूप्रति ऋणी भएको महसुस गरेँ।

पछि, मैले आत्मसमीक्षा गरेँ। किन मैले सधैँ आफ्नै देहलाई ध्यान दिँदै आफ्नो कर्तव्यमा चलाखी र छल गरेँ? पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड देखेँ जुन मेरो लागि धेरै उपयोगी थियो। परमेश्‍वरका वचनले भन्छन्, “शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति, भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण भइसकेका छन्, र यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ; भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै रुचि, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो; यसले परमेश्‍वरलाई उछिन्‍न, उहाँबाट स्वतन्त्र हुन, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, शैतानले मानिसहरूलाई यस हदसम्म भ्रष्ट पारेको छ: तिनीहरू सबैसँग शैतानी प्रकृति छन्, तिनीहरू सबैले परमेश्‍वरलाई नकार्ने र विरोध गर्ने प्रयास गर्छन्, तिनीहरू आफ्नो नियतिलाई आफ्नै वशमा राख्‍न चाहन्छन् र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्—तिनीहरूका महत्त्वाकाङ्क्षा र रुचिहरू ठ्याक्‍कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। परमेश्‍वरको वचनलाई मनन गर्दा मैले अन्ततः के बुझेँ भने, म आफ्नो कर्तव्यमा अल्छी, गैरजिम्मेवार र विवेक नभएकी थिएँ, किनभने शैतानी नियम “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” मभित्र यति गडेर बसेको थियो कि त्यो मेरो प्रकृति नै बन्यो। म सँधै त्यसैअनुसार जिउँथेँ, सबै कुरामा आफ्नै दैहिक हितलाई मात्र विचार गरेँ, र झन् झन् स्वार्थी र घृणित हुँदै गएँ। कुनै कुराले मलाई चिन्तित तुल्याउँदा वा मैले कष्ट भोग्नुपर्ने र मूल्य चुकाउनुपर्ने हुँदा, त्यसबाट बच्न चलाखी र छल गर्ने प्रयास गर्थें अनि थोरै पीडा भोग्न सक्दो गर्थेँ। समग्र कामको जिम्मेवारी लिँदा धेरै चिन्ता र कष्ट हुन्छ भन्‍ने देखेपछि, मैले केवल एउटा काम गर्न चाहेँ। कामको बोझ बढ्दा मैले त्यति चिन्ता गर्न र मूल्य चुकाउन चाहिनँ, र मैले सिस्टर झाओको कामको लागि उनकै भर परी त्यसलाई बेवास्ता गरेँ। पछि, मैले उनलाई नराम्रो स्थितिमा देख्दा त्यसलाई समाधान गर्न चाहिनँ। परमेश्‍वरले मलाई सिस्टर वाङमार्फत उनी यो कर्तव्यको लागि योग्य छैनन् भनेर सम्झाउनुहुँदा समेत सिस्टर झाओको समस्या गम्भीर भएर उनलाई बर्खास्त गर्ने अवस्था नआउन्जेल मैले काममा व्यस्त भएको बहाना बनाएर त्यस समस्याको अनुसन्धान गर्नुपर्ने कुरालाई पन्छाएँ। परमेश्‍वरले मण्डली अगुवा बनाई मलाई उच्च पार्नुभयो, र अभ्यास गर्ने मौका दिनुभयो र मैले उहाँको कार्य स्वीकार्दै जिम्मेवारी बहन गरी ब्रदर-सिस्टरहरूलाई देखरेख गर्नेछु भनेर उहाँले आशा गर्नुभयो ताकि उनीहरूले आफ्नो कर्तव्य पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सकून्। तर मैले के गरेँ? आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने प्रयास गर्नुको सट्टा मैले आराम खोज्नुबाहेक अरू केही गरिनँ, र थोरै चिन्ता र कष्ट हुने कुरा मात्र गरेँ। मैले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भयो र परमेश्‍वरको वचनको निकै मलजल प्राप्त गरेँ, तर समस्याहरू आइपर्दा कसरी राम्रोसँग गर्ने भन्ने छोडेर आफ्नै आरामबारे चिन्तित हुन्थेँ। म स्वार्थी र दुष्ट थिएँ अनि परमेश्‍वरको दृष्टिमा म घृणित भएँ! मानवता र तर्कशक्ति नभएकोमा र परमेश्‍वरको असल मनसायलाई धोका दिएकोमा मैले आफूलाई घृणा गरेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले आफ्नै देहमा चासो राखेँ र व्यावहारिक कामलाई बेवास्ता गरेँ, जसले गर्दा मण्डलीको काममा ठूलो हानि पुग्यो, तर तपाईंले मलाई अझै पनि पश्‍चात्ताप गर्ने मौका दिनुभयो, र मलाई आत्मसमीक्षा गरी आफैलाई चिन्‍न मदत गर्नुभयो। म तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु। भविष्यमा मेरो कर्तव्य जस्तोसुकै भए पनि, म आफ्नो दैहिक सुख र आरामको लागि मरिमेट्न चाहन्नँ। म जिम्मेवार बन्न चाहन्छु र आफ्नो कर्तव्य नम्रतापूर्वक पूरा गर्न चाहन्छु।”

पछि, मैले परमेश्‍वरका वचनका थप दुई वटा खण्डहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “हृदय भएका मानिसहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सक्छन्; हृदय नभएका मानिसहरू खोक्रा खबटाहरू, स्वाँगीहरू हुन्, तिनीहरूलाई परमेश्‍वरको इच्‍छाप्रति कसरी सचेत हुने भन्ने कुरा थाहा हुँदैन: ‘परमेश्‍वरको लागि यो जति नै अपर्झट भए पनि मलाई मतलब छैन, म जे चाहन्छु त्यही नै गर्छु—आखिर, म लठ्वा वा अल्छी त भएको छैन नि।’ यस प्रकारको मनोवृत्ति, यस प्रकारको नकारात्मकता, र अग्रसरताको पूर्ण अभाव—यो त परमेश्‍वरको इच्‍छाप्रति सचेत व्यक्ति हुँदै होइन, र यस्ता व्यक्तिहरूले परमेश्‍वरको इच्छाप्रति कसरी सचेत रहने भन्‍ने कुरा बुझ्नै सक्दैनन्। त्यस्तो अवस्थामा, के तिनीहरूसित साँचो विश्‍वास हुन्छ त? अवश्य हुँदैन। नोआ परमेश्‍वरको इच्छाप्रति सचेत थिए, उनीसित साँचो विश्‍वास थियो, र यसरी उनी परमेश्‍वरको आज्ञा पूरा गर्न सक्षम थिए। त्यसकारण, केवल परमेश्‍वरको आज्ञा स्विकार्नु र केही प्रयास गर्न इच्छुक हुनु मात्रै पर्याप्त हुँदैन। तिमीहरूले परमेश्‍वरको इच्छाप्रति सेचत रहनु, आफ्नो सबथोक दिनु, र समर्पित हुनु जरुरी छ—र यसको लागि मानिसहरूमा विवेक र समझ हुनुपर्छ; मानिसहरूमा हुनुपर्ने कुरा यही हो, र नोआमा रहेको कुरा पनि यही थियो। यदि नोआले ढिलासुस्ती गरेका भए, र तिनमा कुनै आतुरीको आभास, कुनै चिन्ता, कुनै प्रभावकारिता नभएको भए, त्यति ठूलो जहाज बनाउन नोआलाई कति वर्ष लाग्‍नेथियो, तिमीहरूलाई के लाग्छ? के यो १०० वर्षमा पूरा हुनेथियो? (हुनेथिएन।) निरन्तर निर्माण गर्दा पनि धेरै पुस्तासम्‍म लाग्‍नेथियो। एकतर्फ, जहाज जस्तो ठोस कुरा निर्माण गर्न वर्षौं लाग्छ; त्यति मात्र होइन, सबै जीवित प्राणीहरू सङ्कलन गर्न र खोज्‍नको लागि त्यति नै समय लाग्छ। के यी प्राणीहरूलाई बटुल्‍नु सजिलो थियो? थिएन। त्यसकारण, परमेश्‍वरका निर्देशनहरू सुनिसकेपछि, र परमेश्‍वरको आतुर इच्‍छालाई बुझिसकेपछि, नोआले यो सहज पनि हुनेछैन र सरल पनि हुनेछैन भन्‍ने चाल पाए। तिनले यो काम हासिल गर्नुपर्छ, र परमेश्‍वरको आज्ञा परमेश्‍वरको अभिप्रायअनुसार पूरा गर्नुपर्छ, र यसरी परमेश्‍वर सन्तुष्ट र ढुक्‍क हुनुहुनेछ, परमेश्‍वरको कामको अर्को चरण सहजताको साथ अघि बढ्नेछ भन्‍ने तिनलाई थाहा थियो। नोआको हृदय त्यस्तो थियो। अनि यो कस्तो प्रकारको हृदय थियो? यो परमेश्‍वरको इच्‍छाप्रति सचेत हृदय थियो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र परमेश्‍वरको आज्ञापालन गरे (भाग दुई)”)। “एउटा अगुवा र कार्यकर्ताले जुनसुकै महत्वपूर्ण काम गरे तापनि, अनि यो कामको प्रकृति जस्तोसुकै भए तापनि, तिनीहरूको पहिलो प्राथमिकता भनेको त्यो काम कस्तो भइरहेको छ, त्यसप्रति तल्‍लीन हुनु हो। तिनीहरू कामकुरालाई अनुगमन गर्न र प्रश्नहरू सोध्न अनि प्रत्यक्ष सूचना प्राप्त गर्न त्यहाँ व्यक्तिगत रूपमा उपस्थित हुनुपर्छ। तिनीहरू केवल सुनेको भरमा चल्ने वा अरूका विवरणहरू सुन्ने मात्र मानिसहरू हुनु हुँदैन; बरु, तिनीहरूले आफ्नै आँखाले कर्मचारीहरूले कसरी काम गर्दैछन्, कसरी कामको प्रगति भइरहेको छ, कस्ता कठिनाइहरू छन्, कुनै क्षेत्रहरू माथिका मापदण्डहरूसित बेमेलमा छन् कि, विशेषज्ञ कार्यहरूले सिद्धान्तहरूलाई भङ्ग गरेका छन् कि, कुनै विघ्न वा बाधाहरू छन् कि, कुनै निश्चित कार्यको निम्ति आवश्यक उपकरणहरू वा प्रशिक्षणसम्बन्धी सामग्रीहरूको कमी छ कि भन्ने कुराहरूलाई ध्यान दिनुपर्छ—तिनीहरूले यी सबै कुरामाथि निरन्तर निगरानी राखिरहनुपर्छ। तिनीहरूले जति वटा विवरणहरू सुने तापनि वा सुनेको भरमा धेरै कुरा थाहा पाए तापनि, यी कुनै पनि कुरा व्यक्तिगत रूपमा भेटघाट गरे जतिको राम्रो हुँदैन। आफ्नै आँखाले कामकुरा हेर्नु धेरै सही र विश्‍वसनीय हुन्छ; तिनीहरू परिस्थितिप्रति परिचित भइसकेपछि, तिनीहरूलाई के भइरहेको छ भन्ने कुराको राम्रो ज्ञान हुन्छ। अझ बढी महत्वपूर्ण कुरा त, को राम्रो क्षमतायुक्त र सीप सिक्न सक्षम छ, अगुवा र कार्यकर्ताहरूले उचित प्रकारले काम गर्नुपर्दा कुन कुरा निर्णायक हुन्छ भनी राम्रो र सही प्रकारले बुझ्नु हो। जब अगुवा र कार्यकर्ताहरूसित कसरी राम्रो क्षमता भएका मानिसहरूलाई प्रवर्द्धन गर्ने र तालीम दिने भन्ने बारेमा उपाय हुन्छ अनि कसरी कामको अवधिमा देखा पर्ने विभिन्न प्रकारका समस्याहरू र कठिनाइहरूलाई समाधान गर्ने भनी तिनीहरूले जान्दछन्, कसरी कामले प्रगति गर्नुपर्छ भन्ने बारेमा तिनीहरूका आफ्नै विचार र सुझावहरू हुन्छन्, अनि निश्चिन्त भएर, शङ्का नगरी वा भ्रममा नपरी तिनीहरूले त्यस्ता विषयहरूमा बोल्न सक्छन् भने, यो काम सजिलो प्रकारले सम्पन्न हुनेछ। अनि यसो गरेर, एउटा अगुवा आफ्ना जिम्‍मेवारीहरू अनुरूप जिइरहेको हुन्छ, होइन र? अगुवा र कार्यकर्ताहरूले यो सबै कुरालाई ध्यान दिनुपर्छ, तिनीहरूले यो सबै कुरालाई याद राख्नुपर्छ, तिनीहरूले यी कुराहरूको बारेमा निरन्तर आफ्नो मनमा सोचिरहनुपर्छ। जब तिनीहरूले कठिनाइहरू सामना गर्छन्, तब तिनीहरूले यी कुराहरूको बारेमा सङ्गति र छलफल गर्न सबैकहाँ फर्कनुपर्छ, यस क्रममा समस्या समाधान गर्न सत्यताको निम्ति खोजी गर्नुपर्छ। यदि तिनीहरूको काम यसरी सत्यतामा आधारित छ भने समाधान गर्न नसकिने कुनै कठिनाइहरू हुँदैन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (४)”)। परमेश्‍वरको वचनले मलाई आफ्नो कर्तव्य पूरा गर्ने मार्ग देखायो र त्यो हो, परमेश्‍वरको इच्छालाई विचार गर्ने, उहाँको चाहनाप्रति चासो राख्ने, आफ्ना कर्तव्य राम्रोसँग पूरा गर्ने र परमेश्‍वरको घरको हितमा हानि नपुऱ्याउने। इमानदारीपूर्वक परमेश्‍वरको इच्छाप्रति विचारशील रहने नूह जस्तै। परमेश्‍वरले उनलाई जहाज बनाउन भन्नुहुँदा, उनले आफ्नो फाइदा वा नोक्सानीलाई विचार गरेनन्, परमेश्‍वरको मापदण्ड अनुसार जहाज कसरी तुरुन्तै बनाउने भनेर मात्र उनले सोचे। मैले आफूलाई नूहको दाँजोमा राख्न नसक्ने भए तापनि उनको अनुकरण गर्न, परमेश्‍वरको इच्छाप्रति विचारशील हुन सिक्न र उहाँका मापदण्डअनुसार सक्दो गर्न चाहन्छु। मैले के पनि बुझेँ भने, अगुवाहरूले व्यवहारिक काम राम्ररी गर्नका लागि कामको प्रगति बुझ्नुपर्छ, र काममा बाधा वा अवरोधहरू आइपर्दा समयमै सङ्गति गरी त्यसलाई सुल्झाउँदै कार्य प्रगति सामान्य रूपमा अघि बढेको सुनिश्चित गर्नुपर्छ।

पछि, मेरा अगुवाले मलाई केही मण्डलीहरूमा सुसमाचार र मलजल कामको देखरेख गर्न खटाइन्, र मैले सोचेँ, “मैले यसलाई पछिल्लो पटकको जस्तो हुन दिनुहुँदैन। आफ्नै दैहिक आराममा ध्यान दिएर आफ्नो कर्तव्यको जिम्मेवारीलाई लत्याउन हुँदैन। म नम्र हुनुपर्छ र आफ्नो कर्तव्यमा पूरा प्रयास लगाउनुपर्छ।” त्यसपछि, सत्यताको दृष्टिले आफूलाई सुसज्जित गर्नमा केन्द्रित भएँ। यदि कसैलाई सुसमाचार सुनाउनुपर्ने छ भने म परमेश्‍वरका आखिरी दिनहरूको कामको गवाही सक्रिय रूपमा दिन्थेँ। साँझमा, म तिनीहरूको धार्मिक धारणाहरूअनुसार परमेश्‍वरको वचनको खोजी गरी आफूलाई सुसज्जित पार्थेँ। एक दिन, म मण्डलीको काम जाँच गर्न जाँदै गर्दा मैले सोचेँ, “यस मण्डलीका अगुवाहरू र सुसमाचार डिकनले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्। तिनीहरूसँग राम्रो क्षमता छ अनि तिनीहरू सक्षम र जिम्मेवार छन्। तिनीहरूले आफ्नो काम राम्रोसँग सम्हाल्न सक्छन्, त्यसैले, मैले समीक्षा गर्नु आवश्यक छैन र यसले मेरो केही ऊर्जा बच्न सक्छ।” यस्तो सोचाइ आएपछि मैले सुपरिवेक्षण वा समीक्षा नगर्न फेरि चलाखी र छल गरिरहेकी मलाई महसुस भयो। अहिले, म यस मण्डलीका इन्चार्ज हो, त्यसैले, मण्डलीको काम गर्नु र देखरेख गर्नु मेरो जिम्मेवारी र कर्तव्य थियो। अबउप्रान्त, म आफ्नो देहलाई विचार गर्न र कर्तव्यलाई पन्छाउन बहाना बनाउनु हुँदैन। यो कुरा विचार गरेर मैले मण्डलीको काम होसियारीपूर्वक जाँच गरेँ। मैले नयाँ विश्‍वासीका भेलामा समस्याहरू भएको र मलजल गर्ने कर्मचारीहरूले आफ्नो काम राम्ररी नगरिरहेको भेट्टाएँ। भोलिपल्ट, मैले सत्यमा सङ्गति गर्न र नयाँ विश्‍वासीका समस्या समाधान गर्न ती कर्मचारीहरूलाई भेटेँ। त्यसपछि लगत्तै नवआगुन्तकका भेलाहरू सामान्य भएको मैले सुनेँ र त्यसले मलाई निकै ढुक्क र सुरक्षित महसुस गरायो। परमेश्‍वरको घरमा अगुवा र कार्यकर्ताहरूले वास्तवमा मूल्य चुकाउनुपर्छ, र तिनीहरूले कामको समीक्षा र सुपरिवेक्षण गर्नु आवश्यक छ भनेर मैले बुझेँ। समयमै समस्याहरू खोज्ने र समाधान गर्ने अनि कर्तव्य राम्ररी पूरा गर्ने एक मात्र तरिका यही हो। आज मसँग यो बुझाइ र परिवर्तन हुनु परमेश्‍वरको मुक्ति हो। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसहरूलाई हेपेर हप्काउँदा मेरो कुरूपताको खुलासा भयो

गत वर्षको अक्टोबरमा, मैले मण्डलीको सुसमाचार कार्यको रेखदेख गरिरहेको थिएँ। मण्डलीका केही सदस्यहरूले भर्खर आफ्‍नो कर्तव्य पूरा गर्न थालेका...

बिमारीको माध्यमबाट आशिष पाउने मेरो मनसाय खुलासा भयो

झेन्क्षिङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्