परमेश्‍वरप्रतिको विश्‍वास कसरी निर्माण गर्ने

11 जुन 2021

By Huafei

इसाईको रूपमा परमेश्‍वर हामी प्रत्येकबाट चाहनुहुने कुरा साँचो विश्वास पाऊन भन्ने नै हो। बाइबलमा ती मानिसहरूका बारेमा रेकर्ड गरिएका थुप्रै उदाहरणहरू छन् जो परमेश्‍वरका अचम्मका कामहरू देख्न र तिनीहरूको विश्वासको कारण उहाँबाट आशिष्‌ पाउन सक्षम थिए। मोशाले परमेश्‍वरमा विश्वास राखे र उहाँको मार्गनिर्देशनबाट फिरऊनका असंख्य अवरोध र सीमितताहरूलाई पार गर्न सफल भए, जसले सफलतापूर्वक मिश्रबाट इस्राएलीहरूलाई तिनीहरूका प्रस्थानमा अगुवाई गरे। परमेश्‍वरप्रति अब्राहमको विश्वास थियो र उनी आफ्नो एक मात्र छोरो इसहाकलाई परमेश्‍वरलाई बलि दिन तयार थिए, र अन्ततः परमेश्‍वरले उनलाई आशिष् दिनुभयो, उनको सन्तान बढेर ठूलो राष्ट्र बन्न दिनुभयो। अय्यूबले परमेश्‍वरमा विश्वास गर्थे र दुईवटा परीक्षामार्फत परमेश्‍वरको निम्ति साक्षी दिन सक्षम भए। परमेश्‍वरले उनलाई अझै आशिष् दिनुभयो, र उनीसमक्ष देखा पर्नुभयो र आँधीबेहरीबाट उनीसँग बोल्नुभयो। इसाईहरूको रूपमा, हामीले साँचो विश्वाससँग सम्बन्धित सत्यतालाई बुझ्नु जरूरी छ जसले गर्दा हामीले हाम्रो जीवनमा जस्तोसुकै कठिनाइहरूको सामना गर्नु किन नपरोस्, जस्तै दुर्भाग्यपूर्ण पारिवारिक घटनाहरू, बिरामीको शोधन, सतावटको कष्ट भोग र परमेश्‍वरमाथिको हाम्रो विश्वासको कारण कारावास—हामी उहाँका निम्ति शानदार गवाही दिँदै र अन्तमा उहाँको अनुमोदन प्राप्त गर्दै, हाम्रो विश्वासमा भर पर्न र परमेश्‍वरलाई अटुट रूपमा अनुसरण गर्न सक्दछौं।

के हामीले प्रभुमा साँचो विश्वास राख्छौं?
साँच्चिकै साँचो विश्वास के हो
परमेश्‍वरप्रतिको साँचो विश्‍वास कसरी विकास गर्ने

के हामीले प्रभुमा साँचो विश्वास राख्छौं?

कोही-कोही दाजुभाइ र दिदीबहिनीहरू हुन सक्छ जसले विश्वासको बारेको छलफल सुन्दा विश्‍वस्त भई उनीहरूमा विश्वास छ भनी घोषणा गर्नेछन्। “मलाई परमेश्‍वरमा शत प्रतिशत विश्वास छ। म सम्पूर्ण समय परमेश्‍वरलाई स्वीकार गर्छु, र यसले म विश्वासको व्यक्ति हुँ भनी प्रमाणित गर्दछ।” “म विश्वास गर्दछु कि प्रभु येशू हाम्रो मुक्तिदाता हुनुहुन्छ, र हाम्रा पापहरूबाट हामीलाई छुटकारा गर्न उहाँ क्रूसमा टाँगिनुभयो। जबसम्म हामी प्रभुलाई प्रार्थना गर्छौं र स्वीकार्छौं, तबसम्म हाम्रा पापहरू सधैँ उहाँद्वारा क्षमा गरिनेछ। के त्यो भनेको प्रभुमा विश्वास हुनु होइन र?” “म यी सबै बर्ष एक विश्वासी रहिआएको छु; मैले आफ्नो करियर र मेरो परिवार प्रभुको लागि आफैलाई समर्पित गरेर काम गर्न त्यागेको छु। मैले सबै ठाउँमा मण्डलीहरू स्थापना गरेको छु र कुनै गुनासो नगरी धेरै पीडा भोगेको छु। यी सबै परमेश्‍वरप्रतिको विश्वासको प्रकटीकरणहरू हुन्।” नि:सन्देह, हामी परमेश्‍वरको अस्तित्वमा विश्वास गर्दछौं र यो एउटा तथ्य हो कि हामी उत्साहका साथ प्रभुको लागि काम गर्छौं र स्वयमलाई समर्पित गर्छौं, हामी उहाँको लागि दुःख भोग्छौं र मूल्य तिर्दछौं। तर के यसको मतलब के हामी परमेश्‍वरमा साँचो विश्वास गर्छौं भन्ने हुन्छ? दाजुभाइ र दिदीबहिनीहरूले प्रभुमा साँचो रूपमा विश्वास गर्ने र सत्यको लागि तिर्खाउने, अन्वेषण गर्ने र सँगति गर्ने सम्बन्धमा यो विवाद हामी सबैका लागि लायक छ।

एक उदाहरणको रूपमा मलाई लिनुहोस्। एक इसाई बनेदेखि म सधैँ सक्रियतासाथ भेलाहरूमा सहभागी भएको छु, अरूहरूसँग सुसमाचार बाँडेको छु, र कमजोरी महसुस गरिरहेका दाजुभाइ र दिदीबहिनीहरूलाई सहयोग गरेको छु। कुनै पनि कठिनाइहरूले यी कार्यहरू गर्नबाट मलाई कहिल्यै रोक्न सकेको छैन, त्यसैले म आफूलाई यस्तो व्यक्ति ठान्छु जसले प्रभुलाई प्रेम गर्दछ, उहाँप्रति समर्पित छ, र उहाँमा विश्वास गर्दछ। यद्यपि, जब म र मेरो परिवारका सदस्यहरू हालसालै गम्भीर बिरामीमा पर्यौ, सुरूमा, म प्रभुलाई प्रार्थना गर्न सक्षम भएँ र मलाई परीक्षा गरिरहेको उहाँ नै हो भनेर सोचें, तर जब मैले केही समय प्रार्थना गरिसकेपछि पनि हाम्रो अवस्था सुधार भएन, त्यसपछि म परमेश्‍वरसँग हताश र निराश भएँ र यस्तो सोच्दै, उहाँलाई गुनासो पनि गरें: “प्रभुमा विश्वास गरेदेखि नै मैले प्रभुको लागि काम गर्दैछु, कष्ट भोग्दै र समर्पित हुदैँ आएको छु। उहाँले मेरो र मेरो परिवारको सुरक्षा किन गर्नुभएन?” मसँग हुने गरेको सबै उत्साह पूर्ण रूपमा नष्ट भयो। कडा सत्यले प्रकट गरेको कुराले मलाई यो देखाउँथ्यो कि ममा पूर्ण रूपमा साँचो विश्वासको कमी छ, र मेरो विश्वास केवल मेरो परिवारको मेलमिलापको जगमा र शारीरिक रोग वा प्रकोपबाट स्वतन्त्र भएको कुरामा आधारित थियो। जे होस्, मेरो वास्तविक कद जतिखेर अवांछनीय केही भयो तब प्रकट भयो। तब मात्र मैले थाहा पाएँ कि परमेश्‍वरमाथिको मेरो विश्वास यति निरर्थक छ कि यो दयनीय छ। मेरो वरपर भएका दाजुभाइ र दिदीबहिनीहरूलाई हेर्दा तिनीहरूमध्ये धेरैजसो त्यस्तै थिए। केही दाजुभाइ र दिदीबहिनीहरू छन् जसले प्रभुको आशिष् पाउँदा उत्साहका साथ मण्डलीको कामका सबै पक्षमा भाग लिन्छन्, तर जब घरमा कुनै डरलाग्दो घटना घट्छ वा उनीहरूले व्यापारमा असफलता भोग्छन्, तिनीहरू प्रभुप्रतिको गलत बुझाइ र गुनासोमा जिउँदछन्। केही दाजुभाइ र दिदीबहिनीहरू सजिलो वातावरणमा हुँदा प्रभुको पछि लाग्न र उपासना गर्न सक्दछन्।यद्यपि, एक पटक उनीहरू सताइएर चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पक्राऊ परेपछि, वा सांसारिक मानिसहरूद्वारा कुटिल बनेपछि र प्रभुमाथिको विश्वासका कारण उनीहरू आफ्नो परिवारद्वारा अस्वीकार गरेपछि, उनीहरूले प्रभुमा विश्वास गुमाउनेछ, वा उहाँबाट टाढा गइहाल्नेछन्।

दैनिक आधारमा हामीले व्यक्त गर्ने र जिउने कुराबाट हामी देख्न सक्छौं कि हाम्रो विश्वास वास्तविकताको परीक्षामा टिक्न सक्दैन। हामी केवल येशू ख्रीष्ट साँचो परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार्छौं र विश्वास गर्दछौं कि उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ, तर यसको मतलब यो होइन कि हामी परमेश्‍वरमा साँचो विश्वास गर्छौं। यसको खास मतलब यो होइन कि हामी आफू जस्तोसुकै वातावरणमा किन नपरौं हामी परमेश्‍वरलाई कहिल्यै इन्कार गर्ने वा त्याग्ने छैनौं। त्यो यसैले हो किनभने हाम्रो विश्वास परमेश्‍वरबारेको सही बुझाइको जगमा होइन, बरू हामीले परमेश्‍वरको आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्न सक्छौं कि सक्दैनौं, र हामीले कुनै लाभ लिन सक्छौं कि सक्दैनौं त्यस जगमा स्थापित हुन्छ। यही कारणले गर्दा परमेश्‍वरप्रतिको हाम्रो विश्वास बिलकुल वास्तविक हुँदैन। त्यसोभए साँचो विश्वास भनेको के हो र साँचो विश्वास कसरी व्यक्त गरिएको हुन्छ?

साँच्चिकै साँचो विश्वास के हो

परमेश्‍वरको वचनले भन्दछ, “परमेश्‍वरले जसरी काम गर्नुभए पनि र तेरो वातावरण जस्तोसुकै भए पनि तँ जीवनलाई अनि सत्यतालाई खोजी गर्न अनि परमेश्‍वरको कामको ज्ञानलाई खोज्न, उहाँका कामहरूलाई बुझ्न सक्‍छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस्। यसो गर्नु नै साँचो विश्‍वास हुनु हो, अनि त्यसो गर्दा तैँले परमेश्‍वरमाथिको विश्‍वास हराएको छैनस् भन्ने देखिन्छ। यदि तँ शोधनद्वारा सत्यताको खोजीमा लागिरहन्छस् भने, यदि तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस् र उहाँमा शङ्का गर्दैनस् भने, यदि उहाँले जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न सत्यताको अभ्यास गर्छस् भने, र यदि तँ गहिरो रूपले उहाँको इच्छा खोज्छस् र उहाँको इच्छामा ध्यान दिन्छस् भने मात्र तैँले परमेश्‍वरमा साँचो विश्‍वास प्राप्त गर्न सक्छस्(“सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ”)। हामी परमेश्‍वरका वचनहरूबाट बुझ्न सक्दछौं कि साँचो विश्वास भनेको कुनै पनि वातावरणमा परमेश्‍वरप्रति श्रद्धा र भक्तिभाव कायम गर्न सक्षम हुनु हो जुन हाम्रो धारणाअनुसार अनुकूल हुँदैन, चाहे हामी रोगबिमार र विपत्ति, कठिनाइ र शोधन, अवरोध र असफकताहरूको सामना गरिरहेका छौं, वा हाम्रो शारीरिक वा आत्मिक पीडा जति नै ठुलो किन नहोस्। हामी सत्यको खोजी गर्न, परमेश्‍वरको इच्छा बुझ्न, र उहाँप्रति समर्पित रहन जारी राख्न सक्षम हुनुपर्दछ। त्यस्ता किसिमका व्यक्तिलाई मात्र साँचो विश्वास भएको व्यक्ति ठानिन सकिन्छ। अब हामी अब्राहम र अय्यूबको अनुभवहरूलाई हेरौं ताकि हामीले अझ राम्रोसँग वास्तविक विश्वास के हो बुझ्न सक्छौं।

१. अब्राहामको विश्वास

जब अब्राहाम एक शताब्दी उमेरका थिए, परमेश्‍वरले उनलाई एक छोरा-इसहाक प्रदान गर्ने प्रतिज्ञा गर्नुभयो। तर इसहाक हुर्कंदै जाँदा, परमेश्‍वरले अब्राहामलाई उनले इसहाकलाई बलिदानको रूपमा चढाउनुपर्ने कुरा बताउनुभयो। धेरै व्यक्तिहरू छन् जसले सायद महसुस गर्दछन् कि यस तरिकाले परमेश्‍वरले काम गर्दै हुनुहुन्छ भन्ने कुरा मानव धारणाबाट धेरै टाढा छ र तिनीहरूले यस्तो महसुस गर्न सक्दछन् कि यदि यस्तो किसिमको परीक्षा हामीमा आइपर्‍यो भने हामीले अवश्य पनि परमेश्‍वरसँग तर्क गर्ने थियौं। जे होस्, जब अब्राहमले यसको सामना गरे उनको प्रतिक्रिया हामीले अपेक्षा गरेको भन्दा बिल्कुल विपरीत थियो। उनले केवल परमेश्‍वरसँग तर्क नगरेको मात्र होइन, तर वास्तविक रूपमा र साँचो रूपमा इसहाकलाई परमेश्‍वरकहाँ फर्काउदै, उनी साँच्चिक्कै परमेश्‍वरको अधीनमा बस्न सक्षम भए। जसरी यो बाइबलमा रेकर्ड गरिएको छ, “अनि अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे र आफूसँग आफ्ना जवान मानिसहरूमध्ये दुई जना र आफ्नो छोरो इसहाकलाई लिए, अनि होमबलिको निम्ति दाउरा चिरे र उठेर परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा गए। … अनि तिनीहरू परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा आए; अनि अब्राहामले त्यहाँ एउटा वेदी बनाए अनि दाउरा मिलाएर राखे र आफ्नो छोरो इसहाकलाई बाँधे अनि उसलाई वेदीमा दाउरामाथि राखे। अनि अब्राहामले आफ्नो हात तन्काए अनि आफ्नो छोरोलाई मार्न छुरी लिए” (उत्पत्ति २२:३, ९-१०)। अब्राहमले जब यसको अर्थ उनले सबैभन्दा मूल्यवान्‌ ठानेको कुराबाट अलग हुनु हो भनेर जान्दाजान्दै पनि परमेश्‍वरको आज्ञा पालन गर्न र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्षम हुनुको कारण यो थियो कि इसहाकलाई परमेश्‍वरले पहिलो स्थानमा उनलाई दिइसकेका थिए र उसलाई पछि परमेश्‍वरद्वारा लगिदै थियो भन्ने कुरा उनले थाहा पाए। ऊ ठीकै आज्ञाकारी थियो, र त्यो अब्राहमको परमेश्‍वरप्रतिको विश्वास थियो जुनले वास्तविकताको परीक्षाको सामना गर्न सक्यो। यो साँचो विश्वास हो। अन्तमा, अब्राहमको साँचो विश्वास र परमेश्‍वरप्रतिको आज्ञाकारीताले उहाँको अनुमोदन र आशिष्‌हरू जित्यो। परमेश्‍वरले उनलाई धेरै जातिहरूका पुर्खा हुन दिनुभयो; उनका सन्तानहरू बढेर ठूला हुँदै गए र महान् राष्ट्रहरू भए।

२. अय्यूबको विश्वास

बाइबलले हामीलाई बताउँछ कि अय्यूबको एउटा एकदमै समृद्ध परिवारको साथसाथै दस छोरा र धेरै नोकरहरू थिए; उनी आफ्ना साथीहरूबाट अत्यन्त सम्मानित र साह्रै आदरणीय मानिन्थे। तर शैतानको प्रलोभन र आक्रमणको कारण अय्यूबले आफ्ना सबै सम्पत्तिहरू र आफ्ना बच्चाहरू गुमाए र त्यसपछि पूरै फोकाले भरिए। त्यसले अय्यूबलाई ओरिएन्टको सबैभन्दा महान मान्छेबाट ओरिएन्टको सबैभन्दा निराधार व्यक्तिमा परिणत गर्‍यो र उसको परिवार र साथीहरूले उनको न्याय र हमला पनि गरे। यस्तो ठूलो परीक्षाको सामना गर्नुपर्दा समेत, अय्यूबले परमेश्‍वर समक्ष गुनासोको एक शब्द पनि बोलेनन्, र उनले परमेश्‍वरको उपासनामा पनि दण्डवत् गर्दै भने, “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु: यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। र “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूब आफ्नो परीक्षणको माध्यमबाट आफ्ना शब्दहरूले पाप गर्नबाट अलग रहनका साथसाथै परमेश्‍वरसामु प्रार्थनामा आउन सके। यसले यो देखाउँदछ कि उसको हृदयमा परमेश्‍वरको लागि स्थान थियो, उनीसँग परमेश्‍वरप्रतिको साँचो विश्वास थियो, उनले यो विश्वास गरे कि सबै घटनाहरू र सबै चीजहरू परमेश्‍वरको हातमा छन्, र उनले सामना गरेका ती सबै परिस्थितिहरूले परमेश्‍वरको अनुमोदन पाएका छन र ती मानिसले बनाएको कुरा होइन। आफ्नो जीवनको दशकहरूमा अय्यूबले पनि गहिरो रूपमा अनुभव गरेको कुरा के थियो भने, ऊसँग भएको सबै परमेश्‍वरको शासन र व्यवस्थापनबाट आएको थियो; उसको सबै सम्पत्ति परमेश्‍वरले प्रदान गरेको थियो र उसको आफ्नै श्रमबाट आएको थिएन। त्यसकारण,यदि परमेश्‍वरले पहिले दिनुभएको कुरा लिन चाहानुहुन्छ भने, त्यो स्वाभाविक र सही थियो र सृष्टि गरिएको प्राणीको रूपमा, उसले परमेश्‍वरलाई स्वीकार्नु पर्छ। उसले परमेश्‍वरसँग बहस गर्नुहुँदैन र उसले विशेष गरी परमेश्‍वर समक्ष गुनासो गर्नुहुँदैन—यद्यपि आफ्नो जीवन उनीबाट खोसिएको हो भने पनि, उसले अझै एकल गुनासो गर्नुहुँदैन भन्ने उसलाई थाहा थियो। अय्यूबको गवाहीले शैतानलाई पूर्णरूपमा अपमानित गर्‍यो, र त्यसपछि, परमेश्‍वर अय्यूबकहाँ आँधीबेहरीबाट देखा पर्नुभयो र उनीमाथि अझ बढी आशिष् प्रदान गर्नुभयो।

हामी अब्राहमको र अय्यूबको अनुभवहरूबाट देख्न सक्छौं कि परमेश्‍वरमा साँचो विश्वास प्राप्त गर्न हामीसँग पहिले परमेश्‍वरको शासनको सही बुझाइ हुनुपर्दछ, र हामीले विश्वास गर्नुपर्दछ कि सबै चीज र घटनाहरू पूर्ण रूपमा परमेश्‍वरको नियन्त्रणमा छन्। हामीले वास्तवमै सृष्टि गरिएका प्राणीहरूको रूपमा हाम्रो स्थान पनि जान्नुपर्दछ र प्राणीहरूसँग हुनुपर्ने तर्क हुनुपर्दछ। हाम्रो परीक्षा वा कठिनाइहरू जतिसुकै ठुला किन नहोऊन, हामी परमेश्‍वरलाई दोष दिन वा त्याग्न सक्दैनौं, तर हामीले परमेश्‍वरको इच्छा खोज्न र उहाँको पक्षमा खडा हुन सक्षम हुनुपर्दछ, र अटुट रूपमा उहाँलाई पछ्याउनुपर्दछ। जतिसुकै दु: ख हामीले भोग्नु किन नपरोस्, हामी अझै पनि दृढ भएर परमेश्‍वरको निम्ति साक्षी दिन सक्षम हुनुपर्दछ। केवल यो गर्न सक्नेहरूले मात्र परमेश्‍वरमा साँचो विश्वास राख्छन्। चिनियाँ कम्युनिष्ट पार्टीले पक्राउ गरेका वा सताइएका र क्रूर यातना भोगेका र धेरै वर्ष जेल सजाय पाएका ती दाजुभाइ र दिदीबहिनीहरूको बारेमा सोच्नुहोस्, तर उनीहरूले परमेश्‍वरलाई इन्कार गरेन वा त्यागेनन-त्यो परमेश्‍वरप्रतिको साँचो विश्वास हो। केही दाजुभाइ र दिदीबहिनीहरू छन् जसले विश्वास गरेपछि आफ्ना परिवार र साथीहरूले अस्वीकार गर्छन्, वा दुर्भाग्यपूर्ण चीजहरू उनीहरूको परिवारमा फस्छन्, तर उनीहरूले परमेश्‍वरलाई कहिल्यै गुनासो गर्दैनन्, र परमेश्‍वरको अनुसरण गर्न जारी राख्छन् र उहाँको निम्ति स्वयमलाई समर्पित गर्छन्-यो पनि परमेश्‍वरप्रतिको साँचो विश्वासको प्रकटीकरण हो।

परमेश्‍वरप्रतिको साँचो विश्‍वास कसरी विकास गर्ने

यदि हामी साँचो विश्वास पाउन चाहान्छौं भने हामीले परमेश्‍वरको वचनलाई बारम्बार पढ्नुपर्दछ र चिन्तन गर्नुपर्दछ, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्दछ, सत्यको खोजी गर्नुपर्दछ र हामीले दिनहुँ सामना गर्ने सबै मानिसहरू, घटनाहरू र चीजहरूमा परमेश्‍वरको शासनलाई चिन्न खोज्नुपर्दछ, र जेसुकै भए पनि परमेश्‍वरले प्रबन्ध गर्नुहुने वातावरणहरू हाम्रो आफ्नै धारणाअनुरूप छन् वा छैन, वा ती सतही रूपमा हाम्रो लागि लाभदायक छन् वा छैन, हामीले सृष्टि गरिएको प्राणीहरूको रूपमा आफ्नो स्थान चिन्नुपर्दछ र श्रद्धा हृदयले परमेश्‍वरको इच्छा खोज्नुपर्दछ। हामीले परमेश्‍वरको परिश्रमशील, इमान्दार मनसाय बुझ्नुपर्दछ ताकि हामी हिँड्ने जुनसुकै माध्यमबाट हामीले केही प्राप्त गर्न सक्दछौं, र हामीले उहाँले योजनाबद्ध गर्नुहुने ती सबै थोकभित्र परमेश्‍वरको कार्यहरू देख्न सक्छौं। त्यसोभए, परमेश्‍वरमाथिको हाम्रो विश्वास बिस्तारै-झन्‌ वास्तविक हुँदै जानेछ। यो अय्यूबको विश्वास जत्तिकै हो-यो उनको लागि जन्मजात थिएन, तर बिस्तारै उसको जीवनमा भएको सबै कुरामा परमेश्‍वरको शासनको अनुभव गरेर र परमेश्‍वरको ज्ञान खोजेर बढ्दै गयो। यदि हामी अय्यूबको उदाहरण अनुसरण गर्न सक्दछौं, हाम्रो जीवनमा परमेश्‍वरको शासनको अनुभव लिने र साच्चिकै बुझ्ने कुरामा ध्यान केन्द्रित गर्दै, यसरी परमेश्‍वरको वास्तविक ज्ञान हासिल गर्छौं भने मात्र, हामी परमेश्‍वरमाथिको साँचो विश्वास विकास गर्न सक्दछौं। र त्यसोभए, जुनसुकै कठिनाइ वा परीक्षाहरू हामीमा आइपरेतापनि र हाम्रो शारीरिक वा आत्मिक पीडा जतिसुकै ठुलो भएतापनि, हामी हाम्रो विश्वासमार्फत समसामयिक रूपमा सामना गर्न, परमेश्‍वरको इच्छा र हामीबाट उहाँले चाहनुभएको मागहरू खोजी गर्न, उहाँको शासन र व्यवस्थापनको अधीनमा बस्न, र उहाँलाई साक्षी दिन सक्षम हुनेछौं।

परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शनको लागी धन्यवाद छ। आमेन!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इसाई साक्षी: उनको छोराको क्यान्सर सामना गर्दा, उनले परमेश्‍वरमाथि भरोसा राख्छिन् र उहाँका कामहरूका साक्षी दिन्छिन्

By Xiaochun, China लिन जिन केही कामहरू गरेर घर फर्किदै थिइन् र सडकको दुवै छेउमा बढेको बाली घामको किरणमा हरियो सागर जस्तो देखिन्थ्यो। सडकको...

बाइबलका अन्त-समयका चिन्हहरू देखा परेको छ: हामी कसरी प्रभुको पुनरागमनलाई स्वागत गर्न सक्छौं?

अहिले नै अन्त्यका दिनहरू हुन्। प्रकोपहरू संसारभर लगातार भइरहने घटनाहरू हुन्, र प्रभुको आगमनको भविष्यवाणी पूरा भएको छ; विभिन्न चिन्ह र लक्षणहरूले संकेत गर्दछन् कि प्रभु फर्कनुभएको छ, त्यसोभए उहाँ किन बादलमा फर्कनुभएको छैन? अनि हामी कसरी उहाँको आगमनलाई स्वागत गर्न सक्छौं? यो पाठले तपाईंलाई कसरी गर्ने भनी बताउनेछ।

एक दुःखी जीवन बिताउँदै छु, मैले के गर्नुपर्छ त?

जब हामी प्रसिद्धि र लाभको लागि यताउती दौडन्छौं, र हामी शरीर र दिमागमा पीडित, असहाय र थकित महसुस गर्छौं, यसलाई याद राख्नुहोस्: परमेश्‍वर हाम्रो अनन्त सहायता हुनुहुन्छ, र परमेश्‍वरसामु आएर सत्यलाई बुझेर मात्र हामीले हर्ष र खुशी पाउन सक्छौं।

अन्त्यको समयमा नोआको दिन नजिकिन्छ: हामीले परमेश्‍वर देखा पर्नुभएको घटनाको खोजी कसरी गर्नुपर्छ?

जब हामी नोआको समयका मानवजातिको बारेमा कुरा गर्छौं, सबैलाई थाहा छ कि हत्या र आगजनी, डकैती र चोरी, र व्यभिचार त्यस समयका मानिसहरूको दोस्रो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्