मैले किन आफ्‍नो कर्तव्यमा मूल्य चुकाउन चाहिनँ

17 डिसेम्बर 2024

म ग्राफिक डिजाइनमा काम गर्थेँ, र समूह अगुवाले मलाई नयाँ खालको तस्बिर बनाउने काम दिइन्। त्यो बेला मसँग त्यति अनुभव थिएन, त्यसैले मलाई कामका सिद्धान्त वा आधारभूत कुराहरू थाहा थिएन। मैले धेरै मेहनत गरेँ, तर परिणाम त्यति राम्रो आएन। धेरैपटक सम्पादन गर्दा पनि त्यति सुधार भएन। मलाई यो नयाँ शैलीमा डिजाइन गर्न निकै गाह्रो लाग्यो। समूह अगुवाले मलाई त्यस्तै अर्को तस्बिर बनाउन लाउँदा, अलिक अटेर गरेँ। मैले यो काम अरू कसैलाई भिराउने उपाय सोचिरहेँ, र समूह अगुवाको अगाडि जानीजानी यस्ता डिजाइनमा म पोख्त छैनँ भनेरसमेत भनेँ। मेरो विचार बुझेर उनले मलाई ती कामहरू दिन छोडिन्। पछि, मण्डली अगुवाले अन्तिम समयमा एउटा तस्बिर सम्पादन गर्न अनुरोध गरिन् र मलाई विस्तृत निर्देशन दिन समूह अगुवालाई लगाइन्। काम निकै अर्जेन्ट थियो, र मूल खाकाबाट यसलाई सक्दो चाँडो सम्पादन गर्नुपर्ने र विस्तृत भागहरूलाई अझ आकर्षक बनाउनुपर्ने थियो। मलाई यो सरल लाग्यो। यसको आधारभूत आकार पहिल्यै तयार गरिएकोले, सानातिना हेरफेर गर्दा पुगिहाल्छ भन्‍ने सोचेँ। तर मेरो सम्पादनप्रति समूह अगुवा सन्तुष्ट भइनन् र यसलाई कसरी सुधार्ने भनेर केही सुझाव दिइन्। मलाई यो झन्झटिलो लाग्यो र यो काम गर्न मन लागेन। मलाई लाग्यो, आधारभूत रूपमा तस्बिर राम्रै छ—यो प्रयोगयोग्य भए, काफी हुन्छ। यसलाई सुधार्न यति विस्तृत काम गर्नुपर्छ र? यो समय र ऊर्जाको बरबादी मात्र हो भन्‍ने सोचेँ। त्यसैले मैले आफ्नो विचार राख्‍ने निर्णय गरेँ। तर अचम्‍मको कुरो, समूह अगुवाले मलाई यो मेसेज पठाइन्: “तपाईं आफ्‍नो कर्तव्यमा मन लगाउने वा केही पनि हासिल गर्ने प्रयास गर्नुहुन्‍न। तपाईं सधैँ आफूलाई दुःखबाट बचाउने प्रयास गर्नुहुन्छ र झारा टारिरहनुहुन्छ। यस्तो मनोवृत्तिले कसरी कर्तव्य राम्ररी पूरा गर्न सक्‍नुहुन्छ?” एकपछि अर्को यस्तो आलोचना देखेर दिमागै खलबलियो, र आफूलाई अन्याय भएझैँ लाग्यो। के म यति खराब थिएँ त? केही दिनपछि, मण्डली अगुवाले मलाई देहको सहजता चाहेको र हर कठिन कामबाट पछि हटेको भनेर निराकरण गरिन्। उनले म कठिन डिजाइनको झमेलाबाट जोगिन चाहन्छु, र तिनमा मेहनत गर्दिनँ, सधैँ आफ्‍नो कर्तव्यमा झारा टारिरहेकी हुन्छु, र म भरोसायोग्य छैनँ भनेर भनिन्। उनले त्यसो भनेको सुन्दा मन चसक्‍क भयो। मलाई राम्ररी चिन्‍ने सिस्टरले पनि मलाई सीधै भनिन्, “यदि तपाईं राम्रा डिजाइन बनाउनमा ध्यानै नलगाउने डिजाइनर हुनुहुन्छ भने, कसरी त्यो कर्तव्य पूरा गरेको भयो र?” त्यो सुन्दा मलाई चिसो पानीले खन्याएजस्तै आङ सिरिङ्ग भयो। मलाई लाग्यो, अब कर्तव्य निभाउने मेरो समय सकिएछ—म कस्तो व्यक्ति हुँ भनेर सबैले जानिसके, अब मलाई कसैले भरोसा गर्नेछैन।

त्यो साँझ, मैले केही समयअघि घटेका सबै कुरा अनि अरूले मेरो बारे गरेका मूल्याङ्कनहरूबारे सोचेँ। सबैलाई निराश पारेकोमा मलाई निकै दुःख लाग्यो र आफैप्रति घृणा जाग्यो। मैले किन आफ्‍नो कर्तव्य त्यसरी गरेँ? म बस रोइरहेँ। दुःखी हुँदै, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकित नबनाउने, घरबाहिर गई दौडधूप गर्नुनपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्‍नु र गाह्रो कामदेखि भाग्‍नु भनिन्छ, र यो देहसुखप्रतिको लालचको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटाप्रति मरिमेट्नु र देहमा लिप्त हुनु।) यी सबै देहसुखप्रतिको लालचका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ फुर्सदिलो काम मात्र गर्छ, र यो यसकारण गर्न सक्दिनँ भनेर बहाना बनाउँदै, आफ्नो क्षमता कमजोर छ, आफूमा चाहिएको सीप छैन, र यो आफ्नो लागि अति ठूलो भयो भन्छ—जबकि वास्वतमा देहसुखको लालचले गर्दा त्यस्तो भएको हुन्छ। … साथै, मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ गुनासो गर्छन्, उनीहरू कुनै प्रयास गर्न चाहँदैनन्, अलिकति फुर्सतको समय पाउनासाथ आराम गर्छन्, गफ लडाउँछन्, वा बसिबियाँलो र मनोरञ्‍जनात्मक क्रियाकलापमा भाग लिन्छन्। अनि काममा व्यस्तता सुरु भएपछि, जीवनको तालमेल र तालिका बिग्रँदा, तिनीहरू दुःखी र असन्तुष्ट हुन्छन्। तिनीहरू गनगन र गुनासो गर्छन्, अनि तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा लापरवाह र झाराटारुवा बन्छन्। यो त देहसुखको लालच गर्नु हो, होइन र? … के देहसुखको लालच गर्ने मानिसहरू कर्तव्य निर्वाह गर्न योग्य हुन्छन्? उनीहरूको कर्तव्य निर्वाहको विषयलाई उठाउँदा, मूल्य चुकाउनेबारे र कठिनाइ भोग्‍नेबारे कुरा गर्दा, उनीहरू टाउको हल्लाउँछन्: उनीहरूसित समस्यैसमस्या हुन्छन्, उनीहरू गुनासोका पोका हुन्, उनीहरू हरेक कुरामा नकारात्मक छन्। यस्ता मानिसहरू बेकारका हुन्, उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न हकदार छैनन् र उनीहरूलाई हटाइनुपर्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरूबाट मैले देखेँ, कर्तव्यमा सरल र सजिलो काम छान्‍नु, र अरूलाई सधैँ जटिल र कठिन काम गर्न लाउनु बौद्धिकता वा क्षमताको कुरा होइन। यो त सहजता चाहनु, र मूल्य चुकाउन इच्‍छा नगर्नु हो। फर्केर हेर्दा, जब समूह अगुवाले मलाई नयाँ शैलीको डिजाइनमा काम गर्न लगाइन्, मलाई यो कठिन लाग्यो किनकि म भर्खरै सिक्दै थिएँ। मैले राम्ररी काम गर्न कष्ट भोग्‍नुपर्थ्यो, मूल्य चुकाउनुपर्थ्यो, र यसबारे राम्ररी सोचेर बारम्बार सम्पादन गर्नुपर्थ्यो। त्यो झमेलाबाट जोगिन म यसबाट पछि हटेँ, र यसलाई कसैमाथि भिराउने बहाना बनाएँ। म सरल र सहज काम मात्रै गर्न चाहन्थेँ। मण्डली अगुवाले मलाई तस्बिर सम्पादन गर्न अनुरोध गर्दा, मैले राम्रो काम गर्न सक्‍ने आशा गर्दै समूह अगुवाले मलाई विस्तृत निर्देशन दिइन्। मैले सहमति जनाएँ, तर यो झन्झटिलो लाग्यो, त्यसैले मैले यसबारेमा साँचो रूपमा विचार वा मेहनत गरिनँ, केवल आफ्‍नो लागि सजिलो बनाउने प्रयास गरेँ। जसले गर्दा तस्बिर राम्रो भएन, र यसलाई धेरैपटक दोहोर्‍याउनुपर्‍यो। काम जेसुकै भए पनि, धेरै सोच वा प्रयास लाउनुपर्ने कुनै पनि काम गर्न मलाई मन लाग्दैनथ्यो। म सबभन्दा सरल, र सहज तरिकाले काम गर्न चाहन्थेँ, म देहमै तल्‍लीन थिएँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ, “यस्ता मानिसहरू बेकारका हुन्, उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न हकदार छैनन् र उनीहरूलाई हटाइनुपर्छ।” यो पढ्दा मलाई अलिक डर लाग्यो। कर्तव्य निभाउँदा म सधैँ देहमा ध्यान दिएर सहजताको तृष्णा गरिरहेकी थिएँ, कष्ट भोग्‍न र मूल्य चुकाउन पटक्‍कै इच्‍छुक हुँदिनथेँ। आफूलाई शारीरिक परिश्रम र हृदय वा मस्तिष्कको थकानबाट बचाउनेबारे मात्रै सोच्थेँ। कर्तव्य निभाउने मेरो शैलीमा परमेश्‍वरप्रति कुनै इमानदारिता वा भक्ति थिएन, र आफ्‍ना कामहरू जसोतसो गरेर पूरा गरेँ भने, त्यो पर्याप्त हुन्छ भन्‍ने सोच्थेँ। मैले सकारात्मक भूमिका निभाएकी थिइनँ। बरु, कामको प्रगतिमा असर पारेकी थिएँ। म नबदलिई त्यसरी नै अघि बढिरहेकी भए, ढिलोचाँडो परमेश्‍वरले मलाई त्याग्‍नुहुने थियो।

पछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ। “बाहिरबाट हेर्दा, आफ्नो कर्तव्य निर्वाह गर्ने समयभरि कतिपय मानिसहरूसँग कुनै पनि गम्भीर समस्या नभएजस्तो देखिन्छ। तिनीहरूले खुल्लमखुल्ला कुनै दुष्ट काम गर्दैनन्; तिनीहरूले अवरोध वा बाधा ल्याउँदैनन्, वा तिनीहरूले दुष्टले गर्ने काम गर्दैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्दैनन्। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले कुनै ठूलो गल्ती गर्दैनन् वा सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू पैदा हुँदैनन्, तर थाहै नपाई केही वर्षमा नै तिनीहरूले सत्यलाई पटक्‍कै स्वीकार नगरेको, तिनीहरू अविश्‍वासीहरूजस्ता भएको कुरा खुलासा हुन्छ। किन यसो हुन्छ त? अन्य मानिसहरूले समस्या देख्दैनन्, तर परमेश्‍वरले यी मानिसहरूको हृदयको गहिराइलाई जाँच्‍नुहुन्छ, र समस्या देख्‍नुहुन्छ। तिनीहरू कर्तव्यपालनमा सधैं झारा टार्ने र पश्‍चात्तापहीन रहँदै आएका हुन्छन्। समय बित्दै जाँदा, प्राकृतिक रूपमै तिनीहरूको खुलासा हुन्छ। पश्‍चात्तापहीन हुनु भनेको के हो त? यसको अर्थ के हो भने, तिनीहरूले सधैँ आफ्नो कर्तव्य निर्वाह गरेका भए पनि तिनीहरूमा यसप्रति सधैं गलत मनोवृत्ति रहेको हुन्छ, अर्थात् बेहोसी र अल्याङटल्याङ गर्ने, लापरवाही आचरण, र तिनीहरू कहिल्यै पनि विवेकशील हुँदैनन्, तिनीहरू समर्पित हुने कुरा त परै जाओस्। तिनीहरूले थोरै प्रयास गर्न सक्छन्, तर तिनीहरूले झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्। तिनीहरूले आफ्‍नो सम्पूर्णता दिइरहेका हुँदैनन्, र तिनीहरूको अपराधको कहिल्यै अन्त्य हुँदैन। परमेश्‍वरको स्थानबाट हेर्दा तिनीहरूले कहिल्यै पश्‍चात्ताप गरेका हुँदैनन्; तिनीहरूले सधैँ झारा टार्ने काम गर्दै आएका हुन्छन् र तिनीहरूमा कहिल्यै कुनै परिवर्तन भएको हुँदैन—अर्थात्, तिनीहरूले आफ्‍नो हातको दुष्टतालाई त्याग्दैनन् र उहाँको सामुन्ने पश्‍चात्ताप गर्दैनन्। परमेश्‍वरले तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति देख्‍नुहुन्‍न, र उहाँले तिनीहरूको मनोवृत्ति बदलिएको देख्‍नुहुन्‍न। तिनीहरूले त्यस्तै मनोवृत्ति र विधिअनुसार आफ्‍नो कर्तव्यलाई र परमेश्‍वरको आज्ञालाई अघि बढाइरहन्छन्। पूरै समय, यो जिद्दी, कट्टर स्वभावमा कुनै परिवर्तन आउँदैन, यति मात्र होइन, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरप्रति ऋणी अनुभव गरेका हुँदैनन्, तिनीहरूको लापरवाहीपन र झारातिराइ अपराध हो, दुष्कर्म हो भन्‍ने तिनीहरूले कहिल्यै अनुभव गरेका हुँदैनन्। तिनीहरूको हृदयमा, कुनै पनि ऋणी अनुभव, कुनै पछुतो, कुनै आत्मधिक्कार हुँदैन, आत्म-दोषारोपणको कुरा त परै राखौं। अनि समय बित्दै जाँदा, परमेश्‍वरले यो मानिसलाई सुधार गर्न सकिँदैन भन्‍ने देख्‍नुहुन्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, र तिनीहरूले जति धेरै प्रवचन सुने पनि वा तिनीहरूले जति धेरै सत्यता बुझे पनि, तिनीहरूको हृदयमा प्रभाव पर्दैन र तिनीहरूको मनोवृत्ति परिवर्तन हुँदैन वा गलत बाटोबाट फर्की आउँदैन। परमेश्‍वरले यो देख्‍नुहुन्छ र भन्‍नुहुन्छ: ‘यो व्यक्तिको निम्ति कुनै आशा छैन। मैले भन्‍ने केही कुराले पनि तिनीहरूको हृदयलाई छुँदैन, र मैले भन्‍ने कुनै कुराले पनि तिनीहरूलाई गलत बाटोबाट फर्काउँदैन। तिनीहरूलाई परिवर्तन गर्ने कुनै माध्यम नै छैन। यो व्यक्ति आफ्‍नो कर्तव्य पू्रा गर्नको निम्ति उपयुक्त छैन, र तिनीहरू मेरो घरमा सेवा गर्ने योग्यका छैनन्।’ किन परमेश्‍वरले यसो भन्‍नुहुन्छ त? किनभने जब तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँछन् र काम गर्छन्, तिनीहरू निरन्तर लापरवाह र झाराटारुवा हुन्छन्। तिनीहरूलाई जति नै काटछाँट र निराकरण गरिए पनि, र तिनीहरूप्रति जति नै सहनशीलता र धैर्यता देखाए पनि, त्यसको कुनै प्रभाव हुँदैन र त्यसले तिनीहरूलाई पश्‍चात्ताप गराउन वा बदल्न सक्दैन। यसले तिनीहरूलाई कर्तव्य राम्ररी निभाउने तुल्याउन सक्दैन, यसले तिनीहरूलाई सत्यता खोजी गर्ने मार्ग लिन दिँदैन। त्यसकारण, यो व्यक्तिलाई सुधार गर्न सकिँदैन। जब त्यो व्यक्तिलाई सुधार गर्न सकिँदैन भन्‍ने परमेश्‍वरले निर्धारित गर्नुहुन्छ, के उहाँले यो व्यक्तिलाई अझै पनि पक्रिराख्‍नुहुनेछ त? उहाँले त्यसो गर्नुहुनेछैन। परमेश्‍वरले तिनीहरूलाई छाडिदिनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो कुरा उसका विचारहरू, शब्दहरू, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यताको वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ दुष्कर्मी होस् भन्‍ने कुरामा कुनै शङ्का छैन। दुष्ट काम गर्नेहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? तेरा विचारहरू र बाहिरी कार्यहरूले परमेश्‍वरको साक्षी दिँदैन, न त तिनले शैतानलाई सर्ममा पार्छन् वा यसलाई हराउँछन्; यसको साटो, ती कुराले परमेश्‍वरलाई सर्ममा पार्छन्, र परमेश्‍वरलाई लज्जित पार्ने दागहरूले भरिएका छन्। तैंले परमेश्‍वरको लागि गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरको लागि समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैंले परमेश्‍वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरूलाई पूरा गरिरहेको हुन्छस्; बरु, तैंले आफ्नै लागि मात्रै काम गरिरहेको हुन्छस्। वास्तवमा, ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्‍ने हो भने, यसको अर्थ हो: शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा तैंले राम्रा कामहरू गरेको छैनस्, बरु तेरो व्यवहार बदलेर दुष्ट बनेको छ। यसले परमेश्‍वरको स्वीकृति प्राप्त नगर्ने मात्र होइन—यसलाई दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के प्राप्त गर्न खोज्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। म सोच्थेँ मैले बढी कठिन र जटिल प्रोजेक्टहरू स्वीकार नगरेकी भए पनि, म कहिल्यै फोकटमा बसिनँ र कहिलेकहीँ डिजाइन गर्न राती अबेरसम्‍म काम गरेकी छु। मलाई कर्तव्य त्यसरी निभाउनु पर्याप्त हुन्छ भन्‍ने लाग्थ्यो। तर परमेश्‍वरका वचनहरूबाट के देखेँ भने, उहाँले हामी कति धेरै काम गर्छौँ वा कति धेरै प्रयास लाउँछौँ भनेर हेर्नुहुन्‍न, बरु हामीले कर्तव्यलाई कसरी लिइरहेका छौँ, परमेश्‍वरको इच्‍छा बुझिरहेका छौँ छैनौँ, र हामीसँग सत्यता अभ्यासको गवाही छ छैन भन्‍ने कुरा हेर्नुहुन्छ। कसैको कर्तव्यले उहाँको अनुमोदन प्राप्त गर्छ गर्दैन भन्‍ने निर्णय उहाँले यसरी नै गर्नुहुन्छ। मैले आफ्‍नो कर्तव्य निभाइरहेजस्तो देखिन्थ्यो, तर यसप्रति ममा उदासीन र लापरवाह मनोवृत्ति थियो, र म केवल देहमा ध्यान दिँदै आफैमा लिप्त भइरहन्थेँ। अलिकति पनि भक्ति वा समर्पण नदेखाई म आफूलाई जे सहज लाग्थ्यो त्यहीँ गर्थेँ र कठिन कामजति सब इन्कार गर्थेँ। यसरी सेवा दिनु अपर्याप्त हुन्छ, र यो परमेश्‍वरलाई धोका दिने प्रयास गर्नु हो। मलाई याद छ, मैले भर्खरै कर्तव्य सुरु गरेको बेला समूह अगुवाले मलाई केही महत्त्वपूर्ण कामहरू दिन्थिन्, तर म आफ्‍नो कर्तव्यमा सधैँ झारा टारिरहेकी हुन्थेँ, सजिलो काम मात्र रोज्थेँ, र मण्डलीको कामको सट्टा आफ्‍नै बारेमा मात्र सोच्थेँ, त्यसैले उनले मलाई महत्त्वपूर्ण प्रोजेक्टहरू दिन छोडिन्। म न त परमेश्‍वरले न त अरूले भरोसा गर्न सक्‍ने व्यक्ति थिएँ, र साधारण काम गरी सेवा मात्रै दिइरहेकी थिएँ। कर्तव्यप्रति यस्तो व्यवहार देखाएर, मैले असल काम नगरिरहेकी मात्र होइन, अपराधहरूसमेत बटुलिरहेकी थिएँ। मैले यो दुष्टता त्यागेर परमेश्‍वरअघि पश्‍चात्ताप गर्थिनँ भने, मेरो अपराध बढ्दै जाँदा उहाँले मलाई घृणा र इन्कार गर्नुहुने थियो, अनि मलाई पूर्ण रूपमा खुलासा गरेर हटाउनुहुने थियो। यस बेला मलाई कर्तव्यप्रतिको मेरो मनोवृत्ति कति खतरनाक रहेछ भन्‍ने महसुस भयो र मलाई अलिक डर लाग्यो। मलाई के पनि महसुस भयो भने यसपटक मेरो काटछाँट र निराकरण हुनु मेरो लागि परमेश्‍वरको ताकिता र चेतावनी हो। म अत्यन्तै भावशून्य र ढिलो बुझ्ने व्यक्ति थिएँ। यदि अरूले साँच्‍चै यो कुरा नऔँल्याएका भए, मैले कर्तव्यप्रतिको मेरो मनोवृत्तिदेखि परमेश्‍वर घिनाउनुहुन्छ भनेर देख्‍ने थिइनँ। मैले आफ्‍नो यो गलत स्थिति तुरुन्तै बदली परमेश्‍वरसामु पश्‍चात्ताप गर्नुपर्छ, र हठी र विद्रोही हुन छोड्नुपर्छ भन्‍ने थाहा थियो।

देहलाई सन्तुष्ट पार्ने र सहजता खोजी गर्ने मेरो स्थितिबारे मैले परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ, जसमा यो खण्ड पनि पर्छ: “कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निभाए पनि, तिनीहरू यसमा सफल हुन सक्दैनन्, तिनीहरूको लागि यो धेरै गाह्रो हुन्छ, तिनीहरू मानिसहरूले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्‍मेवारी पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानिसहरू भनिन लायक हुन्छन् र? बुद्धू, मानसिक रूपमा अशक्त, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्‍नो कर्तव्य र जिम्‍मेवारी पूरा गर्नुनपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्तिले सधैँ धूर्त र फोहोरी खेल खेलिरहेको हुन्छ, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने यस्ता व्यक्तिहरूले उचित व्यक्तिले जस्तो व्यवहार गर्न चाहँदैनन्। परमेश्‍वरले तिनीहरूलाई क्षमता र वरदान दिनुभयो, तिनीहरूलाई मानव बन्‍ने मौका दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्‍नो कर्तव्य निभाउन प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, बस सबै कुराको आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण, कठिन वा सरल जे-जस्तो भए पनि, तिनीहरू सधैँ लापरवाह र झाराटारुवा बन्छन्, सधैँ अल्छी र भर नलाग्‍ने हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरूले आफ्‍नो जिम्‍मेवारी अरूको काँधमा थुपार्न चाहन्छन्; तिनीहरूले कुनै पनि जिम्‍मेवारी वहन गर्दैनन्, बरु परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “कस्ता मानिसहरू निकम्मा हुन्छन्? निकम्माहरू भ्रमित मानिसहरू हुन्, जो जीवनले जसरी डोर्‍याउँछ त्यसरी नै जिउँछन्। यस प्रकारका मानिसहरू आफूले गर्ने कुनै कुरामा पनि जिम्मेवार हुँदैनन्, न त तिनीहरूले दत्तचित्त भएर नै काम गर्छन्; तिनीहरूले सबै कुरा लथालिङ्ग पार्छन्। तैँले तिनीहरूलाई जसरी सत्यता सङ्गति गरे पनि, तिनीहरूले तेरो कुरा सुन्दैनन्। तिनीहरू सोच्छन्, ‘मैले चाहेँ भने जिवनसँगै बहँदै जिउन सक्छु। यसले के फरक पार्छ र? म आफ्नो कर्तव्य निर्वाह गर्छु र मैले पेट भर्न पाएकै छु, त्यति भए पुगिहाल्यो नि। कम्तीमा मैले भिख त माग्‍नु पर्दैन। यदि कुनै दिन खान पाइनँ भने, त्यसबारे त्यतिबेलै सोचौँला। स्वर्गको ढोका सधैँ खुला रहन्छ नै। त्यसैले, तपाईंले ममा विवेक वा समझ छैन, वा म भ्रमित छु भनेर के भो त? मैले नियम-कानुन तोडेको छैनँ, मैले कसैको हत्या गरेको वा कुनै कुरामा आगो लगाएको छैनँ। बढी भए, ममा सर्वोत्तम चरित्र छैन होला, तर त्यो मेरो लागि ठूलो खती होइन। पेट भर्न पाएँ भने भइहाल्यो।’ तँ यो दृष्टिकोणबारे के सोच्छस्? म तँलाई भन्छु, उद्देश्यहीन रूपमा बरालिँदै जीवन जिउने यस्ता मानिसहरू सबैलाई हटाइने निश्‍चित छ। तिनीहरूले कसै गरे पनि मुक्ति पाउन सक्दैनन्। वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेर पनि बिरलै सत्यता स्विकार्ने मानिसहरूलाई हटाइनेछ। केही पनि बच्नेछैनन्। बेकार र नालायकहरू सबै परनिर्भर हुन्छन् र तिनीहरूलाई हटाइने निश्‍चित छ। यदि अगुवा र सेवकहरू पेट भर्ने सुरमा मात्र छन् भने तिनीहरूलाई त झन् बर्खास्त गरेर नहटाई हुँदैन। यस्ता भ्रमित मानिसहरू अझै पनि अगुवा र सेवक बन्‍न चाहन्छन्, तर तिनीहरू अयोग्य छन्। तिनीहरू कुनै वास्तविक काम गर्दैनन्, तैपनि अगुवाइ गर्न चाहन्छन्। तिनीहरूमा साँच्‍चै कुनै सरम छैन(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको कठोर खुलासाले महसुस भयो, कर्तव्यमा सधैँ लापरवाह बन्‍नु र जिम्‍मेवारी नलिनु भनेको कसिङ्गर बन्‍नुसरह हो। यदि हामी कुनै कुरामा मन लाउँदैनौँ भने, सधैँ सुस्त हुँदै, आफ्‍नो उचित कर्तव्य पूरा गर्दैनौँ वा नयाँ सीप सिक्दैनौँ भने, हामी कसिङ्गर बन्छौँ। मैले मनन गर्दा म पनि आफ्‍नो कर्तव्यमा यस्तै छु भन्‍ने देखेँ। मलाई जुनसुकै काम दिइए पनि, म यसबारे गहन विचार गर्न, कष्ट भोग्‍न, वा उपलब्धिहरू हासिल गर्न चाहँदिनथेँ। व्यस्त भएजस्तो देखिन र बेकार नबस्‍नमै सन्तुष्ट हुन्थेँ। के मैले त्यसरी कर्तव्य निभाएर भद्रगोल गरिरहेकी हुँदिनथेँ र? मैले सोचेँ, म सानो हुँदैदेखि, सम्पन्‍न परिवारका मानिसहरूप्रति डाहा गर्थेँ, जसको जीवनमा सांसारिक चिन्ता हुँदैनथ्यो, जो घुमघाम गर्दै आरामदायी र सहज जिउन सक्थे। म त्यस्तै खाले जीवन जिउन मरिहत्ते गर्थेँ। मलाई लाग्थ्यो, मानिस भएर हामी एकदुई दशक मात्रै बाँच्छौँ, त्यसैले हामीले रमाइलो नगरे, के त्यो व्यर्थै जिइएको जीवन हुन्‍न र? ठूली भएपछि, अरू सबैले पैसा कमाउन कडामेहनत गरेको देख्थेँ, त्यसैले मैले व्यापार सुरु गरेँ। तर म अझै पनि धेरै ऊर्जा खर्चन चाहन्‍नथेँ, बरु सधैँ टिभीका कार्यक्रम र उपन्यासमा मग्‍न हुन्थेँ। म आफ्‍नो व्यापारबारे त्यति सोच्दिनथेँ, र यसबाट पैसा आउँछ आउँदैन मतलब गर्दिनथेँ। वर्ष सकिँदासम्म, मैले कमाउनु त कता हो कता, उल्टै घाटासमेत खाएकी थिएँ। तर त्यसले अझै मलाई त्यति व्याकुल पारेन, मैले आफैलाई सान्त्वना दिएँ र सोचेँ, खान पाइएकै छ, अलिकति घाटाले केही हुन्‍न। जीवनप्रति मेरो दृष्टिकोण यस्तो थियो: “आजको हाला आजै खाला, भोलि जे होला देखा जाला” र “समय निकाल, मस्ती गर, जीवन छोटो छ याद गर।” म यी शैतानी विचारहरूद्वारा प्रभावित भएकीले, मैले कर्तव्यमा कहिल्यै उचित ध्यान दिइनँ, प्रगति गर्ने कोसिस गरिनँ; र मेरो जीवनमा उद्देश्यै थिएन। विश्‍वासी बनिसकेपछि पनि म यिनै विचारअनुसार जिइरहेकी थिएँ। मलाई कर्तव्यलाई सधैँ सहजसाथ लिनु आफूलाई नथकाउनु, धेरै नसोच्‍नु, वा तनाव नलिनु जिउने उत्तम शैली होझैँ लाग्थ्यो। तर वास्तवमा, म कुनै पनि कामको भार उठाउन सक्दिनथेँ। म कुनै पनि काममा उपयोगी थिइनँ, ठ्याक्‍कै कसिङ्गरजस्तै। मैले आफ्‍नो व्यवहारबारे जति मनन गरेँ, मलाई त्यति नै अचम्‍म लाग्यो। के म परमेश्‍वरले खुलासा गर्नुभएजस्तै परजीवी थिइनँ र? मानवजातिलाई मुक्ति दिन, परमेश्‍वरले आफ्‍ना वचनहरू व्यक्त गर्दै हामीलाई सत्यता र जीवन दिनुभएको मात्र होइन, बाँच्‍नलाई चाहिने सबथोक दिएर उहाँले हामीलाई यसको प्रशस्‍ततामा रम्‍नसमेत दिनुभएको थियो। उहाँले हामीलाई हेरचाह र सुरक्षा गर्दै शैतानको पासोमा पर्नबाट बचाउनुभयो। तर म कठोर मनकी थिएँ। मलाई आफ्‍नो कर्तव्यमा परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ भन्‍ने थाहै थिएन, म अल्छी परजीवी बनेकी थिएँ। यो शैतानी सोचले मलाई विषाक्त पारेको र भरेको थियो। देहको सुख र अभिलाषा मात्रै पूरा गर्न खोज्थेँ। कर्तव्यमा ध्यान दिने, वा परमेश्‍वरलाई सन्तुष्ट पार्न कर्तव्य कसरी निभाउने भनेर गम्‍भीर रूपमा कहिल्यै सोचेकी थिइनँ। आत्मचिन्तनको यो बिन्दुमा, मलाई आफैप्रति दिक्‍क लाग्यो र घृणा साथै तिरस्कार जाग्यो। मलाई शैतानले अत्यन्तै भ्रष्ट तुल्याएको छ भन्‍ने अनुभव भयो। मैले विवेक र समझ पूरै गुमाएर अत्यन्तै भावशून्य बनेकी थिएँ। शैतानले मान्छेलाई कुँजो पार्न र हामीलाई अझ पतित तुल्याउन कसरी यी विचारहरू प्रयोग गर्छ मैले त्यो पनि देखेँ। अन्तिममा, हामी कसिङ्गर हुन्छौँ, प्राणविनाका जिउँदा लासझैँ बन्छौँ। मैले आफ्‍नो कर्तव्य राम्ररी निभाएकी थिइनँ, परमेश्‍वरलाई सान्त्वना दिने एउटै काम गरेकी थिइनँ, त्यसप्रति साह्रै पछुतो भयो। परमेश्‍वरप्रति अत्यन्तै ऋणी भएको अनुभव भयो, र मैले प्रार्थना गरेँ, “परमेश्‍वर, मलाई शैतानले कति गहन रूपमा भ्रष्ट पारेको रहेछ। तपाईंको प्रकाशविना, मेरो समस्या कति गम्‍भीर छ भनेर मैले कहिल्यै देख्‍ने थिइनँ। म आफ्‍नो कर्तव्यमा गैरजिम्‍मेवार भएँ र ममा मानवताको कमी थियो, तपाईंको धेरै अनुग्रह पाएर पनि मलाई तपाईंको प्रेमको ऋण तिर्न आएन। म त परजीवी भइरहेकी रहेछु। सत्यता अभ्यास गर्नबाट मलाई रोक्‍ने सबभन्दा ठूलो बाधा देह हो भन्‍ने थाहा पाएँ। म यसलाई त्यागी तपाईंसामु पश्‍चात्ताप गर्न चाहन्छु, सचेत भई सत्यता खोजी गर्न, र तपाईंका मापदण्डअनुसार कर्तव्य निभाउन चाहन्छु।”

पछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “तँ व्यक्ति होस्, त्यसैले तैँले व्यक्तिका जिम्मेवारीहरू के-के हुन् भनेर विचार गर्नुपर्छ। अविश्‍वासीहरूले सबैभन्दा सम्मानजनक ठान्‍ने जिम्मेवारीहरू, जस्तै योग्य सन्तान बन्‍नु, आमाबुबाको भरणपोषण गर्नु र आफ्नो परिवारको नाम राख्‍नु आदिबारे त भनिरहनुपर्दैन। यी सबै खोक्रो हुन् र यिनमा कुनै वास्तविक अर्थ छैन। व्यक्तिले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारी के हो? तैँले आज आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस्, त्यो सबैभन्दा व्यावहारिक कुरा हो। जहिले पनि केवल झारा टारेर सन्तुष्ट हुनु आफ्ना जिम्मेवारीहरू पूरा गर्नु होइन, र धर्मसिद्धान्तहरूको सुगारटाइ गर्न मात्र सक्‍नु पनि आफ्ना जिम्मेवारीहरू पूरा गर्नु होइन। सत्यता अभ्यास गर्नु र सिद्धान्तअनुसार कामकुरा गर्नु मात्र आफ्ना जिम्मेवारीहरू पूरा गर्नु हो, अनि जब तेरो सत्यता अभ्यास प्रभावकारी, र मानिसहरूका लागि लाभदायी बनेको हुन्छ, तब मात्र तैँले आफ्नो जिम्मेवारी साँच्‍चै पूरा गरेको हुनेछस्। तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, सत्यताको सिद्धान्तअनुसार काममा लागिरहिस् भने मात्र आफ्नो जिम्मेवारी साँचो अर्थमा पूरा गरिरहेको हुनेछस्। मानव कार्यशैलीअनुसार औपचारिकताको लागि मात्र काम गर्नु भनेको झारातिरुवा र लापरवाह हुनु हो; सत्यताका सिद्धान्तहरू पालन गर्नु मात्र तैँले सही तरिकाले आफ्नो कर्तव्यपालन र आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुनु हो। अनि जब तँ आफ्नो जिम्मेवारी पूरा गर्छस्, के यो बफादारीको प्रकटीकरण हुँदैन र? यो कर्तव्यप्रति देखिएको तेरो बफादारीको प्रकटीकरण हो। तँमा जिम्मेवारीको यो बोध, यो इच्छा र चाहना छ भने मात्र, तँमा कर्तव्यप्रतिको बफादारी प्रकटीकरण भयो भने मात्र, परमेश्‍वरले तँलाई कृपा गर्नुहुनेछ, र अनुमोदनको दृष्टिले हेर्नुहुनेछ। यदि तँमा जिम्मेवारीको यो बोधसमेत छैन भने, परमेश्‍वरले तँलाई अल्छे र मूर्खको रूपमा व्यवहार गर्दै घृणा गर्नुहुनेछ। … परमेश्‍वरले मण्डलीमा कुनै खास काम सुम्पनुभएका व्यक्तिहरूबाट उहाँ के अपेक्षा गर्नुहुन्छ? पहिलो, परमेश्‍वर तिनीहरू जिम्मेवार र लगनशील बनून्, तिनीहरूले कामलाई ठूलो महत्त्वकासाथ लिऊन् र त्यसलाई राम्ररी पूरा गरून् भन्‍ने आशा गर्नुहुन्छ। दोस्रो, तिनीहरू भरोसायोग्य व्यक्ति बनून्, तिनीहरूलाई जति समय लागे पनि, र तिनीहरूको परिस्थिति जसरी परिवर्तन भए पनि, तिनीहरूमा जिम्मेवारीबोध नडगमगाओस्, र परीक्षामा तिनीहरूको चरित्र खरो उत्रियोहोस् भन्‍ने आशा गर्नुहुन्छ। यदि तिनीहरू भरपर्दा व्यक्ति हुन् भने, परमेश्‍वर आश्‍वस्त हुनुहुन्छ। उहाँले अबउप्रान्त यस मामिलाको निगरानी वा अनुगमन गर्नुहुनेछैन किनभने उहाँले मनैदेखि तिनीहरूलाई भरोसा गर्नुहुन्छ। जब परमेश्‍वर तिनीहरूलाई यो काम दिनुहुन्छ, तिनीहरूले यसलाई कुनै भूलचूकबिना गर्ने निश्‍चित हुन्छ। जब परमेश्‍वर मानिसहरूलाई कुनै काम सुम्पनुहुन्छ, के यो उहाँको इच्छा होइन र? (हो नि।) त्यसो भए, तैँले परमेश्‍वरको इच्छा बुझेपछि, आफूलाई उहाँको भरपर्दो र मनपर्दो बनाउन के गर्नुपर्छ? कैयौँपटक मानिसहरूको कार्यप्रदर्शन र व्यवहार, अनि कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्तिले समेत तिनीहरूमा आफूप्रति घृणा जगाउँछ। तसर्थ, कसरी तैँले परमेश्‍वरले तँलाई मन पराउनुहोओस् र अनुग्रह देखाउनुहोओस्, वा विशेष व्यवहार गर्नुहोओस् भन्‍ने माग गर्न सक्छस्? के यो अव्यावहारिक हुँदैन र? (हो त, हुन्छ नि।) तैँले आफूलाई तुच्छ ठाने पनि, आफूलाई घृणा गरे पनि, परमेश्‍वरले तँलाई मन पराउनुहोओस् भनेर तैँले माग गर्नु मिल्दैन। यसरी, यदि तँ परमेश्‍वरले तँलाई मन पराउनुहोओस् भन्‍ने चाहन्छस् भने, कम्तीमा पनि अरू मानिसले तँलाई भरोसा गर्न सक्‍नुपर्छ। यदि तँ अरूले तँलाई भरोसा गरून्, मन पराऊन्, तँलाई राम्रो ठानून् भन्‍ने चाहन्छस् भने, कम्तीमा पनि तँ आदरणीय, जिम्मेवार, वचनको पक्‍का, र भरपर्दो हुनैपर्छ। अनि, परमेश्‍वरको अघिचाहिँ? यदि तँ आफ्नो कर्तव्य निर्वाहमा पनि जिम्मेवार, लगनशील र समर्पित छस् भने, तैँले परमेश्‍वरका धेरैजसो मापदण्डहरू पूरा गरेको हुन्छस्। त्यसपछि, तँलाई परमेश्‍वरको अनुमोदन प्राप्त हुने आशा हुन्छ, होइन र?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरूबाट मैले थाहा पाएँ, हरेक व्यक्तिका आफ्‍नै जिम्‍मेवारी र कर्तव्यहरू हुन्छन्, र इज्‍जत र मूल्यको साथ जिउनलाई मुख्यतः हामीले आफ्‍नो जिम्‍मेवारी पूरा गर्न र आफ्‍नो कर्तव्यलाई गम्‍भीरता र ध्यानपूर्वक लिन सक्‍नुपर्छ। अरूले हामीलाई निरन्तर अह्राइरहनुनपरोस्, हामीमा जिम्‍मेवारीबोध हुनुपर्छ। परिस्थिति जस्तोसुकै भए पनि, मुख्य कुरो, व्यक्तिले आफूले गरेको काममा मन लगाउनु नै हो। त्यस्तो मनोवृत्ति भएकाहरूमा मात्रै चरित्र र इज्‍जत हुन्छ, र तिनीहरूलाई मात्रै भरोसा गर्न सकिन्छ, र परमेश्‍वरले तिनीहरूको काम सम्झनुहुनेछ। परमेश्‍वरको इच्‍छा बुझेपछि यसले मलाई अन्तर्दृष्टि र अभ्यासको मार्ग दियो। त्यसपछिको मेरो कर्तव्यमा, मैले आफूलाई अझै ध्यान दिएर काम गर्न, सत्यताका सिद्धान्तहरू खोजी गर्न, र सकेसम्म उत्तम काम गर्न सम्झाइरहेकी हुन्थेँ।

एकपटक एक सिस्टर र मैले तस्बिरको डिजाइनबारे कुरा गरिरहेका बेला, हामीले सन्दर्भको रूपमा पश्चिमी शैली प्रयोग गरी यसलाई आकर्षक बनाउनुपर्छ भनेर उनले भनिन्। उनले “आकर्षक” भन्दा मलाई त्यो कठिन हुन्छ जस्तो लाग्यो, र पश्‍चिमी शैली राम्रो देखिन्छ भन्‍ने मलाई थाहा भए पनि, त्यसमा प्रयोग हुने सजावट डिजाइन बनाउन गाह्रो हुन्थ्यो। अरू सिस्टरहरूले पहिले सधैँ यस्ता डिजाइनहरू गरेका थिए, र म त्यति सिपालु थिइनँ। यसलाई राम्रो बनाउनु मलाई निकै गाह्रो हुने थियो, र यसको लागि धेरै समय र ऊर्जा खर्चिनुपर्थ्यो। म हिचकिचाएँ र यो काम इन्कार गरी अर्की सिस्टरलाई गराउन चाहेँ, तर त्यसपछि मलाई मैले पहिले पढेक परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “मानिलिऊँ, मण्डलीले तँलाई एउटा काम गर्न दिन्छ, र तँ भन्छस्, ‘… मण्डलीले मलाई जुन काम दिए पनि म आफ्‍नो सारा हृदय र शक्तिले त्यो गर्नेछु। यदि मैले कुनै कुरा बुझिनँ वा समस्या आइपर्‍यो भने, म परमेश्‍वरलाई प्रार्थना गर्नेछु, सत्यता खोजी गर्नेछु, सत्यताका सिद्धान्तहरू बुझ्‍नेछु, र कामकुरा राम्ररी गर्नेछु। मेरो कर्तव्य जे भए पनि, म यसलाई राम्ररी पूरा गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो सबै कुरा प्रयोग गर्नेछु। मैले जेसुकै हासिल गर्न सके पनि, म आफूले लिनुपर्ने सबै जिम्‍मेवारी लिनेछु, र कम्तीमा पनि म आफ्‍नो विवेक र समझविरुद्ध काम गर्नेछैनँ, वा लापरवाही गर्नेछैनँ र झारा टार्नेछैनँ, वा धूर्त र कामचोर बन्‍नेछैनँ, वा अरूको मेहनतको फल खानेछैनँ। मैले गर्ने कुनै पनि काम विवेकको मापदण्डभन्दा मुनि हुनेछैन।’ यो त मानव व्यवहारको न्यूनतम मापदण्ड हो र यसरी आफ्‍नो कर्तव्य पूरा गर्ने मानिस विवेकशील र समझदार व्यक्तिको रूपमा योग्य हुनेछ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनुपर्छ, र कम्तीमा पनि तैँले दिनमा तीनपटकको खाना चोरी नगरी जुटाउँछस् भन्‍ने महसुस गर्नैपर्छ। यसलाई जिम्‍मेवारीको बोध भनिन्छ। तेरो क्षमता बलियो भए पनि कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि नबुझे पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्‍भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाएर आफ्‍नो सारा हृदय र शक्तिले राम्ररी पूरा गर्नैपर्छ। मैले यसलाई पूर्णरूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे ग्यारेन्टी दिन नसके पनि, यसलाई आफूले सकेजति राम्ररी गर्ने मेरो मनोवृत्ति छ, र म यसबारे अवश्य नै लापरवाह र झाराटारुवा बन्‍नेछैनँ। यदि समस्या पैदा भयो भने, मैले जिम्‍मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्‍चित गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। म पहिले आफ्‍नो कर्तव्यमा कति गैरजिम्‍मेवार थिएँ त्यसबारे सोचेँ। म सधैँ झारा टारिरहन्थेँ र परमेश्‍वरलाई घिन लाग्‍ने धेरै काम गरेकी थिएँ। यसपटक मैले देहको वशमा परी सहजताको तृष्णा गर्नु हुन्‍नथ्यो, बरु परमेश्‍वरको इच्‍छा बुझेर आफ्‍नो कर्तव्यको जिम्‍मेवारी लिनुपर्थ्यो। मैले मनमनै सङ्कल्प गरेँ, चाहे जतिसुकै हासिल गर्न सकियोस्, सुरुमा म समर्पित हुनेछु र परिश्रम गर्नेछु। भरमग्दूर प्रयास गर्नु नै सबभन्दा महत्त्वपूर्ण कुरा हो। यस्तो सोचेपछि, मलाई दिशाबोध भयो। मैले हाम्रो कामका सिद्धान्तहरूबारे सोचेँ र केही सन्दर्भ सामग्रीहरू बटुलेँ, अनि धेरै वटा संस्करण बनाएर सुझावको लागि अरू सिस्टरहरूलाई पठाएँ। केही संशोधनपछि काम सकियो। यसरी काम गर्दा मलाई मनमा शान्ति भयो र पहिलेभन्दा व्यावहारिक भएको अनुभव भयो।

त्यसपछि, मैले आफ्‍नो कर्तव्यमा आत्मचिन्तन गर्न र देहलाई पन्छाउनमा ध्यान दिन थालेँ। मैले आफ्‍नो दैनिक जीवनमा र मण्डलीले दिएका काममा सानातिना कुराहरूलाई अझ धेरै विचार गर्न, र आफ्‍नो कर्तव्य अझै राम्ररी कसरी पूरा गर्ने भनेर विचार गर्न थालेँ। वास्तवमा, यसो गर्दा त्यति थकाइ लाग्दैनथ्यो, बरु सन्तुष्ट महसुस हुन्थ्यो। त्यस्तो व्यक्ति बन्‍नु निकै राम्रो कुरा हो। कहिलेकहीँ अझै पनि मलाई देहमा ध्यान दिएर मग्‍न हुन मन लाग्छ, तर मलाई आफ्‍नो भ्रष्टताबारे पहिलेभन्दा बढी थाहा छ। मलाई थाहा छ, मैले तुरुन्तै प्रार्थना गरी मलाई दैहिकता पन्छाउन मदत गर्नुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गर्नुपर्छ, र म फेरि लापरवाह, धोकेबाज र गैरजिम्‍मेवार भए अनुशासनमा राख्‍नुहोस् भनेर भन्‍नुपर्छ। समयसँगै, मैले आफ्‍नो कर्तव्यमा बोझ लिन थालेकी छु, र जिम्‍मेवारीहरू लिन र आफ्‍नो कर्तव्य पूरा गर्न म इच्‍छुक बनेकी छु। निष्ठा, गौरव, र भित्री शान्तिका साथ जिउने एउटै मात्र उपाय यही हो!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मौनताको पछाडि

ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...

कठिन परिस्थितिको जाँच

जुनियर, जिम्बाबेसानै हुँदादेखि म समाजद्वारा सधैँ प्रभावित हुन्थेँ। आफूले गर्ने हरेक कुरामा म अरूलाई पछ्याउन मन पराउँथेँ—मैले चिनेजानेका सबै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्