परमेश्‍वरद्वारा सुनिनको लागि कसरी प्रार्थना गर्नुपर्छ: ३ विषयहरूको समाधान गर्नु महत्वपूर्ण छ

19 मे 2021

इसाईहरूको रूपमा, प्रार्थना हाम्रो दैनिक जीवनको एक अनिवार्य अंश, र परमेश्‍वरसँग नजिक हुने सबैभन्दा सीधा तरीका हो। हामी सबै आशा गर्छौं कि हाम्रा प्रार्थनाहरू प्रभुद्वारा सुनिनेछ, तर हामी प्रायः परमेश्‍वरको प्रतिक्रिया प्राप्त गर्दैनौं वा उहाँको उपस्थिति महसुस गर्दैनौं, हामीलाई घाटामा छोडिराखिन्छ: यो किन हो? किन परमेश्‍वरले हाम्रो प्रार्थना सुन्नुहुन्न? कस्ता किसिमका प्रार्थनाहरू परमेश्‍वरको ईच्छाअनुरूप हुन्छन्? आज यस बारेमा सङ्गति गरौं र यी तीन विषयहरूको समाधान गरेर, हाम्रा प्रार्थनाहरू परमेश्‍वरद्वारा सुनिनेछ।

१. प्रार्थनामा, के तपाईं परमेश्‍वरसित उहाँमा तपाईको सत्य विचारहरुलाई भरोसा गर्दै खुल्ला रूपमा बोल्नुहुन्छ?
२. के तपाईं प्रभुका वचनहरूको अभ्यास गर्न र जीवन वृद्धि प्राप्त गर्न प्रार्थना गरिरहनुभएको छ?
३. के तपाईं परमेश्‍वरको इच्छा बुझ्न र उहाँको लागि साक्षी दिनको लागी प्रार्थना गर्नुहुन्छ?

१. प्रार्थनामा, के तपाईं परमेश्‍वरसित उहाँमा तपाईको सत्य विचारहरुलाई भरोसा गर्दै खुल्ला रूपमा बोल्नुहुन्छ?

धेरैजसो समय, हामी हाम्रो प्रार्थनाको लम्बाई वा हाम्रो शब्द-चयन जस्ता विवरणहरूमा ध्यान दिन्छौं, वा हामी मधुर स्वरले भरिएका शब्दहरूमार्फत परमेश्‍वरलाई आफ्नो संकल्प प्रदर्शन गर्ने कोसिस गर्छौं, तर हामी वास्तवमै मुश्किलले परमेश्‍वरलाई हाम्रो हृदय खोल्छौं। उदाहरणको लागि, हामी सामान्यतया भन्छौं: “हे परमेश्‍वर, म तपाईंलाई प्रेम गर्छु, तपाईंको लागि आफैलाई समर्पित गर्छु, र जतिसुकै ठूलो खतराहरू वा कठिनाइहरू आइपरे पनि म हरेस खानेछैनँ। म मेरो सम्पूर्ण जीवनभर तपाईंलाई पछ्याउनेछु!” वा, “हे परमेश्‍वर, तपाईका वचनहरू मेरो अघि बत्ती, मेरो बाटोको उज्यालो हुन्, मैले गर्ने हरेक कुरामा म तपाईंको वचनमा टाँसिरहनेछु र तपाईको इच्छालाई पूरा गर्नेछु!” तैपनि, जब समस्या र अवरोधहरू भेटिन्छन्, वा कठिनाइहरू घरमा फस्छन्, हामी प्रायः परमेश्‍वरको वचनलाई व्यवहारमा उतार्न असक्षम हुन्छौं र हामीसँग उहाँको इच्छा पूरा गर्ने चाहनाको अभाव हुन्छ। हामी परमेश्‍वरलाई गलत अर्थ लगाउँछौं, परमेश्‍वरबारे गुनासो गर्दछौं, प्रेरणाहीन हुन्छौं, साथै धोका दिन्छौं र उहाँबाट टाढा गइहाल्छौ। व्यावहारिक स्थितिहरूमा हामीले गर्ने यस्तो व्यवहारले परमेश्‍वरप्रतिको हाम्रो प्रार्थनामा हाम्रो ईमानदारीताको कमीको प्रमाण दिन्छ, बरु परमेश्‍वरलाई खुशी पार्ने प्रयासमा ठूलठूला र रित्तो प्रस्फुटित, मिठो-सुनिने शब्दहरू मात्र बोल्दछौं। यो अरूले हाम्रो बारेमा उच्च सोचोस्, परमेश्‍वर र अरूले हामी परमेश्‍वरलाई प्रेम गर्दछौं र उहाँप्रति वफादार छौं भनेर देखुन भनेर पनि हो, तर वास्तवमा, हाम्रा प्रार्थनाहरू कपट र छलले भरिएका हुन्छन्। तिनीहरू वास्तवमा, परमेश्‍वरलाई मुर्ख बनाउने र धोका दिने प्रयास हुन्। परमेश्‍वरले यस्ता किसिमका प्रार्थनाहरू सुन्नुहुनेछ भनेर हामी कसरी आशा गर्न सक्छौं? येशूले एक पटक यो दृष्टान्त भन्नुभएको थियो: “दुई जना पुरुषहरू प्रार्थना गर्न मन्दिरमा उक्‍ले; एक जना फरिसी थिए, अनि अर्का कर-अधिकारी थिए। फरिसी खडा भए र आफै यसो भन्दै प्रार्थना गरे, हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसहरूजस्तो लुटेरा, अधर्मी, व्यभिचारी, वा यो कर-अधिकारी जस्तो समेत छैन। म हप्तामा दुई पटक उपवास बस्छु, म आफूसँग भएका सबै थोकको दशांस दिन्छु। अनि कर-अधिकारी टाढै उभिए अनि उसले स्वर्गतिर आफ्‍नो आँखा त्यति उठाएनन्, तर उसले आफ्‍नो छाती पिट्दै भने, हे परमेश्‍वर म पापीमाथि कृपा गर्नुहोस्। म तिमीहरूलाई भन्छु, अर्को मानिसभन्दा यो मानिस निर्दोष ठहरिएर घर गए: किनभने आफूलाई उचाल्‍ने हरेक व्यक्तिलाई होच्याइनेछ, र आफैलाई होच्याउनेलाई उचालिनेछ” (लूका १८:१०-१४)। यो देख्न गाह्रो छैन कि फरिसीले आफ्नो पापहरू बारे अनजान हुँदै आफ्नो औचित्यपूर्ण असल आचरणको आधारमा आफूलाई प्रदर्शन गर्दै, एक अत्यधिक गर्वपूर्ण तरिकामा प्रार्थना गरे। ऊ आफैंले परमेश्‍वरप्रति आफ्नो वफादारीको स्वयमलाई महत्व दिदै घमण्ड गरिरहेको, परमेश्‍वरलाई मिठो-सुनिने कुरा भन्दै, महसूल उठाउने(कर उठाउने)लाई बेइज्जत गर्दै परमेश्‍वरसामु आफूलाई प्रस्तुत गरिरहेको थियो। यस्तो कपटपूर्ण प्रार्थनाको परमेश्‍वरले कहिल्यै प्रशंसा गर्न सक्नुहुन्न। महसूल उठाउनेको प्रार्थना निष्कपट थियो, उसले आफ्नो पाप परमेश्‍वरमा खुल्लमखुल्ला स्वीकार गर्यो, ऊ पापी हो भनेर स्वीकार गर्यो, र पछुतो व्यक्त गर्यो। उसले परमेश्‍वरमा पश्‍चात्ताप गर्न इच्छुकता पनि देखायो र परमेश्‍वरको दयाको लागि बिन्ती गर्यो। यसमा निष्कपटता देखेर, येशूले कर उठाउनेको प्रार्थनाको प्रशंसा गर्नुभयो।

येशूको दृष्टान्तले हामीलाई बताउँछ कि आफैलाई परमेश्‍वरमा उत्तेजित गर्न वा उहाँलाई धोका दिन घमण्डी, रित्तो शब्दहरू, वा कानलाई मनपर्ने शब्दहरूको प्रयोगलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। परमेश्‍वरले हाम्रो हृदय खुला राखेको र हाम्रा वास्तविक विचारहरू बोलेको, सत्य बोलेको र ईमान्दारीपूर्वक परमेश्‍वरसँग कुराकानी गरेको चाहनुहुन्छ। प्रभु येशूले भन्नुभयो, “जब साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्: किनभने पिताले आराधना गर्ने यस्तैहरूको खोजी गर्नुहुन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ: अनि उहाँलाई आराधना गर्नेहरूले उहाँलाई आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ” (यूहन्‍ना ४:२३-२४)। र परमेश्‍वरका वचनहरूको अर्को अंश यो हो: “परमेश्‍वरले मानिसबाट माग गर्नुहुने न्यूनतम कुरा भनेको मानिसले आफ्नो हृदय उहाँसामु खोल्न सक्षम होस् भन्‍ने हो। यदि मानिसले परमेश्‍वरलाई उसको साँचो हृदय प्रदान गर्दछ र उसको हृदयमा वास्तवमा जे छ त्यो बोल्दछ भने, परमेश्‍वर उसमा कार्य गर्न इच्छुक हुनुहुन्छ। परमेश्‍वरले जे चाहना गर्नुहुन्छ त्यो मानिसको कुटिल हृदय होइन, तर शुद्ध र इमान्दार हृदय हो। यदि मानिसले आफ्नो हृदयबाट परमेश्‍वरसँग कुरा गर्दैन भने, परमेश्‍वरले उसको हृदयलाई प्रेरित गर्नुहुनेछैन वा उसमा काम गर्नुहुनेछैन। तसर्थ, प्रार्थनाको मुख्य विषय भनेको परमेश्‍वरलाई तेरा कमजोरीहरू वा विद्रोही स्वभावबारे बताउँदै, आफूलाई उहाँसामु पूर्ण रूपमा खुला राख्दै तेरो हृदयदेखि परमेश्‍वरसँग कुरा गर्नु हो; तब मात्र परमेश्‍वरले तेरो प्रार्थनामा चासो राख्नुहुनेछ, अन्यथा उहाँले आफ्नो अनुहार तँबाट लुकाउनुहुनेछ” (“प्रार्थनाको अभ्यासको सम्बन्धमा”)। यसबाट हामी देख्न सक्छौं कि हामी परमेश्‍वरसँग खुला र निष्कपट हुनुपर्छ, उहाँलाई हाम्रो भित्री विचार र सत्य बताउनुपर्छ, परमेश्‍वरलाई हाम्रो वास्तविक अवस्था र कठिनाईहरूको बारेमा बताउनुपर्छ, र परमेश्‍वरको मार्गनिर्देशन खोज्नुपर्छ। तब मात्र परमेश्‍वरले हाम्रो प्रार्थना सुन्नुहुनेछ। जब हामी प्रार्थना गर्दछौं, हामी परमेश्‍वरलाई हाम्रो जीवनमा सामना गर्ने कठिनाइ र दु: खहरूको बारेमा बताउन सक्छौं, र परमेश्‍वरको इच्छा खोज्न सक्छौं। वा हामी परमेश्‍वरसामु आउन सक्छौं र हाम्रा अपराधहरू वा हामीले प्रत्येक दिन प्रकट गरेका भ्रष्टताहरूबारे आफूलाई परमेश्‍वरसामु खुल्ला पार्न सक्छौं। यो भनेको सबै कुरामा परमेश्‍वरसँग निष्कपट वार्ता गर्नु हो। जब हामी अक्सर संसारसँग मोहित हुन्छौं र समाजको चलनहरूको अनुसरण गर्न तृष्णा गर्दछौं, सांसारिक सुखविलासहरूमा चुर्लुम्मै डुब्छौं र हामी परमेश्‍वरसामु आफ्नो मनलाई शान्तिमा राख्न सक्दैनौं, त्यो बेला हामी परमेश्‍वरलाई यसरी प्रार्थना गर्न सक्छौं: “हे परमेश्‍वर! मैले महसुस गरें कि म मेरो हृदयभित्रको सत्यलाई प्रेम गर्दिन, तर म सधैं बाहिर चम्किरहेको संसारको बारेमा सोचिरहेको हुन्छु। भेलामा, प्रार्थनामा, वा तपाईंको वचनहरू पढ्दा पनि, म आफ्नो दिमाग शान्त पार्न सक्दिन। म देह छोड्न चाहन्छु, तर म त्यसो गर्न शक्तिहीन महशुस गर्दछु। परमेश्‍वर! तपाईको आत्माले मलाई विश्वास र शक्ति प्रदान गर्दै शैतानको प्रलोभनमाथि विजयी हुन र मेरो हृदयलाई तपाईं समक्ष शान्तिमा ल्याउन मेरो शुन्य हृदयलाई उत्प्रेरित गरोस्।” यस्ता धेरै निष्कपट प्रार्थनापछि, पवित्र आत्माले निर्देशन दिनुहुनेछ र निम्नलिखित सामाजिक प्रवृत्तिले हामीलाई पापमा बाँच्न र परमेश्‍वरबाट झन् धेरै टाढा हुने तुल्याउनेछ भन्ने देख्न हामीलाई डोर्यानेछ। पवित्र आत्माले पनि हामीलाई छुनुहुनेछ, र हामीलाई सत्यको लागि प्रेमको हृदय प्रदान गर्नुहुनेछ। तब हामी व्यावहारिक तरिकामा देहलाई त्याग्न सक्षम हुनेछौं, र शैतानको प्रलोभन र बहकाउलाई पराजित गर्नेछौं—यो नतिजा हामी परमेश्‍वरसित प्रार्थनामा हृदयबाट बोलेर प्राप्त गर्न सक्ने परिणाम हो। यद्यपि, यदि हामी प्रार्थनामा परमेश्‍वरसामु आफ्नो हृदय खोल्दैनौं, बरु परमेश्‍वरसँग आफैलाई उत्तेजित पार्ने कोसिस गर्छौ र कानलाई मनपर्ने शब्दहरू प्रयोग गरेर उहाँलाई छल्छौं भने, परमेश्‍वरले हाम्रो प्रार्थना सुन्नुहुनेछैन र हाम्रो हृदयलाई छुनुहुनेछैन। हामी शैतानको प्रलोभनलाई चिन्न वा पराजित गर्न असमर्थ हुनेछौं र परमेश्‍वरबाट टाढा हुने र अपरिहार्य रूपमा परमेश्‍वरबाट अझ बढी टाढा हुदैँ र शैतानद्वारा हानि पुर्‍याइदैँ, दुष्ट प्रवृत्तिको पछि लाग्नेछौं। तसर्थ, यदि हामी हाम्रो प्रार्थना परमेश्‍वरले सुनेको चाहन्छौं भने, हामी उहाँसामु खुला र सत्यवादी हुनुपर्दछ। यो हामीले लिनुपर्ने पहिलो कदम हो।

२. के तपाईं प्रभुका वचनहरूको अभ्यास गर्न र जीवन वृद्धि प्राप्त गर्न प्रार्थना गरिरहनुभएको छ?

धेरैजसो दाजुभाइ तथा दिदीबहिनीहरू विश्वास गर्दछन् कि हामी परमेश्‍वरमा विश्वास गर्दछौं, त्यसकारण उहाँले हामीलाई आशिष् दिनुपर्छ र हामीलाई अनुग्रह गर्नुपर्छ। हामी अक्सर बिरामी अवस्थाबाट निको हुने, घरमा शान्ति प्रदान गर्ने वा आफ्ना बच्चाहरूलाई राम्रो जागिर खोज्ने जस्ता शारीरिक फाइदाहरूको लागि परमेश्‍वरलाई बिन्ती र प्रार्थना गर्छौं। के तपाईंले कहिल्यै आफ्नो शारीरिक स्वार्थको लागि परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नु भनेको परमेश्‍वरसित साँचो बातचित, उहाँको साँचो उपासना हो कि भनेर सोच्नुभएको छ? त्यो उत्तर होइन हुन्छ। यस प्रकारका प्रार्थनाहरू केवल परमेश्‍वरबाट आशिष् पाउनको लागि गरिने प्रयास मात्र हुन्; तिनीहरूले उहाँबाट चीजहरू मागिरहेका छन् र उहाँलाई हाम्रो आफ्नै इच्छाबमोजिम काम गराउन खोजिरहेका छन्। यो भनेको उहाँलाई परमेश्‍वर जस्तो व्यवहार गर्नु होइन। यस प्रकारको प्रार्थनाहरूले केवल परमेश्‍वरको रिस जगाउन सक्छ, र उहाँले तिनीहरूको कुरा सुन्नुहुन्न।

ईसाईहरू झैँ, हामीले केवल देहका आशिष्‌हरू खोज्नुहुँदैन वा परमेश्‍वरलाई हामीमाथि थप अनुग्रह र आशिष्‌हरू प्रदान गरून भनी खोज्नुहुँदैन। किनभने यो चीजहरूले हामीलाई क्षणिक, सांसारिक सौभाग्यको आनन्द लिन दिन्छ, तर हाम्रो जीवनमा बढ्नको लागि टाढा टाढा सहायता गर्दैन। न त तिनीहरूले हामीलाई साँचो आज्ञाकारिता र परमेश्‍वरको डर प्राप्त गर्न मदत गर्न सक्दछन्। हाम्रो प्रार्थना र बिन्तीले सत्यलाई हामीले बुझ्नुमा, परमेश्‍वरको वचनहरूलाई व्यवहारमा उतार्नुमा, र हाम्रो जीवनमा बढ्दै जानुमा ध्यान केन्द्रित गर्नुपर्दछ। यस प्रकारको प्रार्थना मात्र परमेश्‍वरको इच्छाअनुरूप हुन्छ। प्रभु येशूले भन्नुभयो, “अनि तिमीहरूले के खानेछौ, वा के पिउनेछौ भनेर खोजी नगर, अनि मनमा शङ्का पनि नगर। किनभने संसारका राष्ट्रहरूले यी सबै कुराको खोजी गर्छन्: अनि तिमीहरूलाई यी कुराहरूको खाँचो छ भन्‍ने तिमीहरूका पितालाई थाहा हुन्छ। तर तिमीहरूले परमेश्‍वरको राज्यको खोजी गर; अनि तिमीहरूलाई यी सबै कुरा थपिनेछ” (लूका १२:२९-३१)। हामीले उहाँको वचनहरूको अभ्यास गर्नु र त्यसअनुसार जिउनु, र उहाँको वचनहरूमार्फत सत्य र जीवन दुवै प्राप्त गर्नु नै परमेश्‍वरको इच्छा हो ताकि हामी परमेश्‍वरसँगको अनुकूलता प्राप्त गर्न सकौं र अन्ततः उहाँको राज्यमा प्रवेश गर्न सकौं। तसर्थ, हाम्रो प्रार्थनाहरू कसरी उहाँको वचनहरू अभ्यास र अनुभव गर्ने भन्ने कुरा वरिपरि केन्द्रित हुनुपर्छ; यस तरिकाले, उहाँले हामीलाई आफ्नो कामको क्रममा अगुवाई गर्नुहुनेछ, हामी अझ बढी सत्य बुझ्न सक्नेछौं, र हामी परमेश्‍वरको वचनहरू जीवित राख्न सक्षम हुनेछौं। हामी सबैले कसरी बारम्बार झूट बोल्छौं र हाम्रो आफ्नै अनुहार, प्रतिष्ठा, धन, वा रूचिहरू जोगाउनको निम्ति कपटी कुरा गर्छौं भनेर सोच्नुहोस्। हामी राम्ररी जान्दछौं कि यी पापहरू हुन्, तर हामी आफैंलाई पाप गर्नबाट रोक्न सक्दैनौं। यदि हामी हाम्रा बोलीले झूठो बोल्दैनौं भने पनि, हाम्रो हृदयभित्र हामी आफ्नै नाम, लाभ, र पद बचाउन के भन्ने, र हामीले के गर्नुपर्दछ भनी हिसाब गरिरहेका हुन्छौं ताकि हाम्रो रूचिहरूमा सम्झौता गर्न नपरोस्। जब हामीले हामीसँग झूट बोल्ने वा केही बेइमान गर्ने तीव्र इच्छा छ भनी जान्दछौं, हामीले परमेश्‍वर समक्ष आएर प्रार्थना गर्नुपर्छ, “हे परमेश्‍वर! मैले देखेको छु कि म एक बच्चाको सरलता र ईमानदारी हासिल गर्न असमर्थ छु, तर अझै पनि आफूलाई झुठो बोल्न वा धोका दिनबाट रोक्न सक्दिन। यदि म यसरी अघि बढ्छु भने तपाईंले मलाई घृणा गर्नुहुनेछ। परमेश्‍वर! मलाई तपाईंको मुक्ति वास्तवमै चाहिन्छ—तपाईंले मलाई इमान्दार व्यक्ति हुन डोर्याउन सक्नुभएको होस्, र यदि म झूट बोल्छु वा फेरि धोखा दिन्छु भने तपाईंले मलाई अनुशासन गर्न सक्नुभएको होस्।” यस प्रकारको प्रार्थनाहरू गरेपछि, जब हामी फेरि आफ्नै हितका लागि झूट बोल्ने इच्छा गर्दछौं, हामीले हामीभित्र पवित्र आत्माको अपमान महसुस गर्नेछौ। हामी ईमान्दार मानिसहरू भएको परमेश्‍वर चाहनुहुन्छ भनेर हामीले स्पष्ट रूपमा महसुस गर्नेछौं, र उहाँ इमानदार मानिसहरूमा आनन्दित हुनुहुन्छ र तिनीहरूलाई आशिष् दिनुहुन्छ। हामी आफैले आफ्नै हितको पक्षमा बोल्न सक्दैनौं किनकि यो परमेश्‍वरको लागि घृणित कुरा हो। एकचोटि हामीले यो सबै महसुस गरिसकेपछि हामीले हाम्रो हृदयबाट आफ्नो धूर्त मनसाय त्याग्न सक्नेछौं, तथ्यहरूबाट सत्यता खोज्नेछौं र कोदालोलाई कोदालो नै भन्नेछौं। सँधै यो तरिकाको अभ्यास गरेर, यो थाहा पाउनु अघि हामी झन् झन् कम हुँदै जानेछौं, र हामी एक पटकमा एक पाइला गर्दै, इमान्दार व्यक्ति हुनुको सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्नेछौं। यो जीवनको वृद्धिको लागि प्रार्थनाको फल हो। प्रभु येशूले भन्नुभयो, “अनि म तिमीहरूलाई भन्छु, माग, अनि त्यो तिमीहरूलाई दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याऊ, र त्यो तिमीहरूको लागि खोलिनेछ। किनभने माग्‍ने हरेकले पाउँछ; अनि खोज्‍नेले भेट्टाउँछ; अनि ढकढक्याउनेको लागि खोलिनेछ” (लूका ११:९-१०)। यो स्पष्ट छ, जबसम्म हामी सत्यको बुझाई र प्रभुका वचनहरू व्यवहारमा उतार्ने क्षमताको लागि प्रार्थना गर्छौं, र सत्यमा प्रवेश गर्ने कुरालाई हामी गम्भीरताका साथ व्यवहार गर्छौं, तबसम्म परमेश्‍वरले हामीलाई सत्य बुझ्न र सत्यको वास्तविकतामा प्रवेश गर्न डोर्याउनुहुनेछ, र हामी अलि अलि गरेर हाम्रो आत्मिक जीवनमा बढ्न सक्षम हुनेछौं।

३. के तपाईं परमेश्‍वरको इच्छा बुझ्न र उहाँको लागि साक्षी दिनको लागी प्रार्थना गर्नुहुन्छ?

कहिलेकाँही हाम्रो जीवनमा हामी यस्ता विषयहरूको सामना गर्दछौं जुन हाम्रो धारणासँग मेल खाँदैन, जस्तै काममा वा घरमा हुने समस्याहरू, वा हामीले केही किसिमको विपत्तिको सामना पनि गर्न सक्छौं। जब यी कुराहरू घट्छन्, हामीमध्ये धेरैजसोले यी अप्रिय वातावरणहरुलाई हटाउन र हामीलाई शान्ति र खुशी दिन परमेश्‍वरलाई विन्ती गर्दछौं। जहाँसम्म हामी कडा परिश्रम गर्दछौं वा हाम्रो सम्बन्धहरू र हाम्रो कामहरू परमेश्‍वरको सेवा गर्न त्याग्दछौं, यदि हामीले कुनै ठूलो बिमारी जस्तो केहीकुरा सामना गर्दछौं भने हामी आफैलाई शान्त पार्न र परमेश्‍वरको इच्छा खोज्न असमर्थ हुन्छौं, र हामी परमेश्‍वरको साक्षी हुन र उहाँलाई सन्तुष्ट पार्न सकौं भनी प्रार्थना गर्छौं। यसको सट्टामा, उहाँले हाम्रो बिरामी निको पार्नुहोस् भनेर बिन्ती गर्दै, हामी परमेश्‍वरलाई बिन्ती गर्दछौं ताकी हामी सकेसम्म चाँडो बिरामीको कष्टबाट मुक्त हुन सकौं। जब परमेश्‍वरले हाम्रो अनुरोधलाई स्वीकार गर्नुहुन्छ, हामी उहाँलाई धन्यवाद दिन्छौं र प्रशंसा गर्दछौं, तर जब उहाँले हामीलाई सुधार्नुहुन्न, हामी परमेश्‍वरमा निरुत्साहित र निराश हुन्छौं; हामी उहाँसँग गुनासो गर्दै नकारात्मकतामा बाँच्दछौं र हामीले उहाँको निम्ति हाम्रा प्रयासलाई झ्यालबाट बाहिर फ्याक्ने आग्रह पनि गर्न सक्छौ। हामी यसबाट यो देख्न सक्छौं कि हामी आफ्नै शारीरिक इच्छाहरूमा पनि मोहित छौं; हाम्रो हृदयमा हामी परमेश्‍वरलाई प्रेम गर्दैनौं वा उहाँलाई खुशी पार्न चाहँदैनौं। हामी प्राय: हाम्रो प्रार्थनामा अव्यावहारिक अनुरोधहरू गर्दछौं, उहाँलाई स्वार्थी र घृणाजनक मागहरू गरेर उहाँलाई हामीले चाहेको अनुसार कामहरू गर्ने माग गर्दछौं। हामी सृष्टि गरिएको प्राणीको उचित स्थानबाट सृष्टिकर्तालाई पूर्ण रूपमा आराधाना गर्दैनौं। परमेश्‍वरले किन यस्ता प्रार्थनाहरू सुन्नुहुनेछ? त्यसोभए हामीले कसरी प्रार्थना गर्नुपर्छ ताकी हामी परमेश्‍वरको इच्छा अनुरूप हुन्छौं। उहाँका वचनहरूले हामीलाई त्यस मार्गमा डोर्‍याउँछ: “जब तँलाई अप्ठ्याराहरू आइपर्छ, हतार गर् र परमेश्‍वरमा प्रार्थना गर्: ‘हे परमेश्‍वर! म हजुरलाई सन्तुष्ट बनाउन चाहन्छु, तपाईंको हृदयलाई सन्तुष्ट बनाउन म अन्तिम कठिनाइ सहन गर्न चाहन्छु, र मैले जतिसुकै ठूलो धक्का बेहोर्नु परे पनि, म अझै पनि हजुरलाई नै सन्तुष्ट बनाउन चाहन्छु। मैले मेरो सम्पूर्ण जीवन नै त्याग्‍नु परे पनि, मैले तपाईंलाई सन्तुष्ट पार्नैपर्छ!’ यो सङ्कल्पका साथ, जब तँ यसरी प्रार्थना गर्छस्, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्षम हुन्छस्” (“परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो”)। “शोधनको क्रममा मानिसले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ? परमेश्‍वरलाई प्रेम गर्नका लागि उहाँको शोधनलाई स्वीकार गर्ने संकल्प गरेर: शोधनको क्रममा तँलाई आन्तरिक रूपमा यातना दिइन्छ, मानौं तेरो हृदयमा छुरी चलाइएको छ, तैपनि तँ परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो हृदय प्रयोग गरी उहाँलाई प्रसन्न तुल्याउन चाहन्छस्, र तँ देहको वास्ता गर्न अनिच्छुक हुन्छस्। परमेश्‍वरको प्रेमको अभ्यास गर्नु भनेको यही हो। तँलाई आन्तरिक रूपमा चोट परेको हुन्छ, र तेरो कष्ट एक निश्चित बिन्दुमा पुगेको हुन्छ, तैपनि तँ अझै परमेश्‍वरको सामु आउन र यसरी प्रार्थना गर्न इच्छुक हुन्छस्: ‘हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। मभित्र अन्धकार छ, तैपनि म तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; तपाईंले मेरो हृदय जान्नुहुन्छ, र तपाईंले मभित्र तपाईंको प्रेम अझै धेरै लगानी गर्नुहोस् भन्‍ने म चाहन्छु’” (“शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ”)

जब हामीमाथि कठिनाइहरू आउँछन्, हामीले परमेश्‍वरको इच्छा खोज्नुपर्दछ र हामी परमेश्‍वरको साक्षी हुन र उहाँलाई सन्तुष्ट पार्न सकौं भनी प्रार्थना गर्नुपर्दछ। हामीले पनि परमेश्‍वरलाई प्रेम गर्ने र उहाँलाई सन्तुष्ट पार्ने अठोट गर्नैपर्छ, र शारीरिक कष्ट सहनलाई पनि तयार हुनुपर्दछ यदि यसको मतलब हाम्रो आफ्नै हितको लागि प्रार्थना गर्नुको साटो परमेश्‍वरको साक्षी हुनु हो भने। यस प्रकारको प्रार्थना मात्र परमेश्‍वरको इच्छाअनुरुप हुन्छ, र यो पनि सृष्टि गरिएको प्राणीहरूको रूपमा हामीसँग हुनुपर्ने विवेक र तर्कको प्रकार हो। उदाहरणको लागि, अय्यूबले आफ्नो सबै सम्पत्तिहरू र आफ्ना बच्चाहरू आफ्नो परीक्षणको क्रममा गुमाए र ऊ आफैं टाउकोदेखि पैतालासम्म फोकाले ग्रस्त थियो; उसले ठूलो भावनात्मक र शारीरिक पीडा भोग्यो। तर उसले परमेश्‍वरलाई किन उहाँले यस्तो दुःखकष्ट उसलाई भोग्नलाई अनुमति दिनुभयो भन्ने बारेमा गनगन गरेनन्, न त उसले आफ्नो दुःखकष्ट हटाउनको लागि परमेश्‍वरलाई बिन्ती नै गर्यो। यसको सट्टामा, उनले पहिला अधिनतामा सुम्पेर परमेश्‍वरको इच्छा खोज्नको लागि प्रार्थना गरे। उनले स्वीकार गरे कि उसको स्वामित्वमा रहेका सबै चीजहरू आफ्नै परिश्रमबाट प्राप्त भएको होइन, तर परमेश्‍वरले प्रदान गर्नुभएको थियो; चाहे परमेश्‍वरले दिनुभए पनि वा लैजानुभए पनि, सृष्टि गरिएको प्राणीहरूको रूपमा हामीले स्वाभाविक रूपमा परमेश्‍वरको नियम र व्यवस्थापनको अधीनमा सुम्पिनैपर्छ। हामीसँग परमेश्‍वरको कुनै माग, वा कुनै गुनासो छैन। यो नै हामी मानवहरूसँग हुनुपर्ने तर्क हो। अय्यूबले भने, “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु: यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबले परमेश्‍वरप्रतिको आफ्नो श्रद्धा, आज्ञाकारिता र विश्वासमा भरोसा राख्दै परमेश्‍वरको निम्ति एउटा गहन साक्षी दिने काम समाप्त गरे। हामीले अय्यूबको उदाहरणबाट सिक्नुपर्दछ र हाम्रो धारणाअनुरूप कुनै कुराको सामना गर्नुपर्दा, हामीले पहिले आफूलाई परमेश्‍वरको सामु चुपचाप राख्नुपर्छ र परमेश्‍वरको इच्छा खोज्न प्रार्थना गर्न हडबड गर्नुपर्दछ, हामी परमेश्‍वरको साक्षी हुन र उहाँलाई सन्तुष्ट पार्न सकौं भनी प्रार्थना गर्नुपर्दछ। यो हाम्रो अभ्यासको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। यस तरिकाले, परमेश्‍वरले हामीलाई मार्गदर्शन गर्न सक्नुहुन्छ; हामीले सामना गर्न सक्ने कुनै पनि मार्गमार्फत उहाँले हामीलाई विश्वास र बल दिन सक्नुहुन्छ, ताकि हामी परीक्षाहरूमार्फत आफ्नो साक्षीमा दृढ अडान लिन सक्छौं।

परमेश्‍वरद्वारा सुनिनको लागि कसरी प्रार्थना गर्नुपर्छ: ३ विषयहरूको समाधान गर्नु महत्वपूर्ण छ

यी तीन विषयहरू हामीले हाम्रो प्रार्थनामा समाधान गर्नुपर्दछ। जबसम्म हामी हाम्रो दैनिक जीवनमा यी सिद्धान्तहरूअनुसार अभ्यास र प्रवेश गर्दछौं, म विश्‍वस्त छु कि हामी सबै दाजुभाइ तथा दिदीबहिनीहरूले आफूले कहिल्यै नसोचेको इनामहरू पाउनेछौ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले विभिन्न युगहरूमा विभिन्न नामहरू लिनुको अर्थ के हो?

परमेश्‍वरको नाम यहोवा हो र यो सदाका लागि उहाँको नाम हुनेछ भनी पुरानो करारमा अभिलेख राखिएको छ। तर नयाँ करारमा, यो अभिलेख राखिएको छ कि परमेश्‍वरको नाम येशू हो र उहाँ बाहेक अरू कोही छैन जसद्वारा मानिसलाई बचाइन सकिन्छ। यदि परमेश्‍वरको नाम यहोवा हो भने, त्यसोभए उहाँलाई किन येशू भनिन्छ? परमेश्‍वरका नामहरूका बारे हामीले के सत्यता र रहस्यहरू बुझ्नुपर्दछ?

इसाई भक्तिहरू: आखिरी दिनहरूमा फर्केर आउनुहुँदा प्रभु येशूलाई अझै पनि येशू नै भनिनेछ?

गत दुई सहस्‍त्राब्दीको अवधिमा, इसाईहरूले उहाँको नाम कहिल्यै परिवर्तन हुनेछैन भन्‍ने ठोस विश्‍वासको साथ प्रभु येशूको नाममा प्रार्थना गर्दै, प्रचार गर्दै, रोग निको पार्दै, र भूतहरू धपाउँदै आइरहेका छन्। तर केही समय अघि, हान लेइ नामक एक इसाईले बाइबलबाट आखिरी दिनहरूमा परमेश्‍वरले नयाँ नाम लिनुहुनेछ भन्‍ने पत्ता लगाउँछन्। यो उनको लागि मनोहर तर अचम्‍मको कुरा, साथै अन्योलताको स्रोत थियो, तर केही समय खोजी गरिसकेपछि, उनले यसभित्र रहेको रहस्यलाई बुल्‍ल बुझ्छन् …

ईसाईहरू बिरामी पर्दा परमेश्‍वरमाथि भरोसा राख्न पछ्याउन सक्ने ४ मुख्य मार्गहरू

के तपाईं बिरामीको कारण चिन्ता र असहज हुनुहुन्छ? एक इसाईले बिरामी पर्दा कसरी परमेश्‍वरको इच्छा अनुरूप अभ्यास गर्नुपर्छ? यो लेखले तपाईंलाई मार्ग देखाउँनेछ, त्यसैले यसलाई हामी एकसाथ पढौं।

प्रभु येशूले किन पत्रुसलाई स्वर्गको राज्यका चाबीहरू दिनुभयो

याङ्ग किङ्ग बाइबल पढेपछि अलमल्‍ल परेको जब म एकाबिहानै उठेँ, मैले प्रार्थना गरेँ, त्यसपछि बाइबल खोलेँ अनि मत्ती १६:१९ पढेँ, जहाँ प्रभु...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्