६६३  मानिसहरूको पीडाको कारण के हो?

मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकतालाई नजान्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति बदल्ने व्यर्थको आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, र सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता, र नियतिमा रहेका कुराहरूबाट उम्किन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरू हर मोडमा पछारिन्छन्। तिनीहरूको प्राणको गहिराइमा हुने यो सङ्घर्षले तिनीहरूलाई पीडा दिन्छ, र यो पीडा तिनीहरूको हड्डीमै खोपिन्छ, र उही बेला तिनीहरूलाई आफ्नो जीवन खेर फाल्ने तुल्याउँछ।

यो पीडाको कारण के हो त? मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्‍नो जीवन जिउन रोज्ने तरिकाहरूका कारण यस्तो हुन्छ। कतिपय मानिसहरूले यी कुराहरू अनुभव नगरेका हुन सक्छन्। तर जब तैँले मानव नियतिमाथि परमेश्‍वरले सार्वभौमिकता राख्नुहुन्छ भनेर साँच्चै जान्दछस्, साँच्चै मान्न पुग्छस्, जब तैँले परमेश्‍वरले तेरा लागि सार्वभौमिकता राख्नुहुने र प्रबन्ध गर्नुहुने सबै कुराहरू तेरा लागि अत्यन्तै धेरै फाइदाजनक र सुरक्षात्मक हुन्छ भनी साँच्चै बुझ्छस्, तब तैँले आफ्नो पीडा बिस्तारै हल्‍का भएको अनुभव गर्छस्, र तेरो सम्पूर्ण सारत्व बिस्तारै सहज, स्वतन्त्र र रिहा बन्छ।

मानिसको दुःखान्त भनेको उसले खुसीयालीपूर्ण जीवन पछ्याउँछ भन्ने होइन, उसले ख्याति र प्राप्ति पछ्याउँछ वा कुहिरोभित्र आफ्‍नै नियतिसँग सङ्घर्ष गर्छ भन्ने होइन, बरु उसले सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि, मानव नियतिमाथि सृष्टिकर्ताले नै सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्य जानिसकेपछि, अझै पनि गलत मार्गबाट फर्किन सक्दैन, आफ्‍ना खुट्टाहरूलाई दलदलबाट तान्‍न सक्दैन, बरु आफ्‍नो हृदयलाई कठोर बनाउँछ र आफ्‍ना त्रुटिहरूमै दृढ रहन्छ भन्ने हो। ऊ त बरु हिलोमै लुटपुटिरहन्छ, सृष्टिकर्ताको सार्वभौमिकताविरुद्ध हठी भएर प्रतिस्पर्धा गर्छ, तीतो अन्त्य नआउन्जेल प्रतिरोध गर्छ, अलिकति पछुतोसमेत मान्दैन। जब ऊ टुट्छ र रक्ताम्मे हुन्छ, तब मात्र उसले अन्त्यमा हरेस खाने र पछि फर्कने निर्णय गर्छ। मानिसको साँचो दुःखान्त यही हो। त्यसैले, म भन्छु, समर्पित हुन रोज्नेहरू बुद्धिमान् हुन्, जबकि सङ्घर्ष गर्न र भाग्‍न रोज्नेहरू मूर्ख र जिद्दी हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

अघिल्लो: ६६२  मानिसको जीवन पूर्ण रूपले परमेश्‍वरको सार्वभौमिकतामा छ

अर्को: ६६४  परमेश्‍वरबिना दिनहरू दुःखकष्टले भरिन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्