३३७  प्रारम्भका मानवजाति आत्मा भएका जीवित प्राणीहरू थिए

१

सुरुमा मैले मानवजाति बनाएँ; अर्थात्, मानवजातिको पुर्खा आदम बनाएँ। ऊ बल, जीवनशक्तिले भरिएको, स्वरूप र प्रतिरूपले सुसम्पन्‍न थियो, यसका अतिरिक्त, ऊ मेरो महिमाको साथमा थियो। मैले मानिसलाई बनाएको त्यो दिन महिमित दिन थियो। त्यसपछि, आदमको शरीरबाट हव्वालाई बनाइयो, र तिनी पनि मानिसकी पुर्खा थिइन्, र यसरी मैले सृष्टि गरेको मानिस मेरो सासले भरिए र मेरो महिमाले भरिपूर्ण भए।

२

आदम मूल रूपमा मेरै हातबाट जन्मिएको थियो र मेरो स्वरूपको प्रतिनिधि थियो। यसैले “आदम” को मूल अर्थ मद्वारा सृष्टि गरिएको, मेरो जीवनशक्तिद्वारा ओतप्रोत भएको, मेरो महिमाले ओतप्रोत भएको, मेरै स्वरूप र प्रतिरूप भएको, आत्मा र सास भएको प्राणी हो भन्‍ने थियो। ऊ आत्मा भएको, मेरो प्रतिनिधित्व गर्न सक्‍ने, मेरो प्रतिरूप भएको र मेरो सास प्राप्त गरेको सृजित एक मात्र प्राणी थियो।

३

सुरुमा, हव्वाचाहिँ सास प्राप्त गरेकी दोस्री मानव थिइन् जसको सृष्टि मैले नै पूर्वनिर्धारित गरेको थिएँ, यसैले “हव्वा” को मूल अर्थ मेरो महिमालाई निरन्तरता दिने, मेरो जीवनशक्तिद्वारा भरिएकी र यसको अतिरिक्त मेरो महिमाले भरिएकी सृजित प्राणी हुन्छ। हव्वा आदमबाट आई, त्यसैले उसमा पनि मेरो प्रतिरूप थियो, किनकि ऊ मेरो प्रतिरूपमा सृष्टि गरिएकी दोस्रो मानव थिइन्। “हव्वा” को मूल अर्थ आत्मा, शरीर र हाड भएकी जीवित मानव भन्‍ने थियो, जो मानवजातिको बीचमा मेरो दोस्रो गवाही हुनुका साथै मेरो दोस्रो प्रतिरूप पनि थिइन्। तिनीहरू मानवजातिका पुर्खाहरू, मानिसका शुद्ध र बहुमूल्य सम्पत्ति, र सुरुबाट नै आत्मा भएका जीवित प्राणीहरू थिए।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो

अघिल्लो: ३३५  के परमेश्‍वर तैँले भनेजस्तो साधारण हुनुहुन्छ?

अर्को: ३३९  के संसार तिम्रो विश्रामस्थान हो?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्