१९७ देहविरुद्ध विद्रोह गर्नुको महत्त्व
१
मानिसको देह सर्प जस्तै हो: यसको सार उसको जीवनलाई हानि गर्नु हो—र जब त्यसले कामकुराहरू पूर्ण रूपमा आफ्नै मनमाफिक गराउँछ, तेरो जीवन खोसिन्छ। देह शैतानको हो। यसभित्र सधैँ विलासी कामनाहरू हुन्छन्; यसले सधैँ आफ्ना लागि सोच्छ, र यसले सधैँ सहजताको कामना गर्छ र ऐसआराममा लिप्त हुन चाहन्छ, यसमा हतार र तत्परताको बोध हुँदैन, यो निष्क्रियतामा डुबिरहन्छ, र तैँले निश्चित हदसम्म यसलाई सन्तुष्ट पारेमा, यसले अन्ततः तँलाई निल्नेछ। तैँले परमेश्वरसामु जीवन प्राप्त गर्न सक्छस् कि सक्दैनस् र तेरो अन्तिम परिणाम के हुनेछ भन्ने कुरा, तैँले देहविरुद्धको तेरो विद्रोह कसरी अभ्यास गर्छस् भन्नेमा निर्भर रहन्छ। परमेश्वरले तँलाई मुक्ति दिनुभएको छ, छनौट र पूर्वनिर्धारित गर्नुभएको छ, तैपनि आज यदि तँ उहाँलाई सन्तुष्ट पार्न अनिच्छुक छस् भने, तँ सत्यता अभ्यास गर्न अनिच्छुक छस् भने, परमेश्वरलाई प्रेम गर्ने साँचो हृदयसहित तेरो आफ्नो देहविरुद्ध विद्रोह गर्न अनिच्छुक छस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्, र यसरी तैँले अत्यन्तै ठूलो पीडा सहनेछस्।
२
तैँले देहलाई सधैँ रिझाएमा, शैतानले तँलाई बिस्तारै निल्नेछ र तँ एक दिन भित्री रूपमा पूरै अँध्यारो हुने गरी, तँलाई जीवनरहित, अथवा आत्माको स्पर्शरहित बनाउनेछ। जब तँ अँध्यारोमा जिउँछस्, तँलाई शैतानले कैदी बनाएको हुनेछ, तेरो हृदयमा परमेश्वर रहनुहुनेछैन, र त्यस बेला तैँले परमेश्वरको अस्तित्वलाई इन्कार गर्नेछस् र उहाँलाई छोड्नेछस्। तसर्थ, यदि मानिसहरू परमेश्वरलाई प्रेम गर्न चाहन्छन् भने, उनीहरूले पीडाको मूल्य चुकाउनैपर्छ र कठिनाइ सहनैपर्छ। बाहिरी जोस तथा कष्ट, थप पढाइ र थप भागदौडको आवश्यकता छैन; बरु उनीहरूले उनीहरूभित्रका कुराहरूलाई पन्छाउनुपर्छ: विलासी सोचहरू, व्यक्तिगत फाइदाहरू, र उनीहरूका आफ्नै योजना, धारणा, र मनसायहरू पन्छाउनुपर्छ। परमेश्वरको अभिप्राय यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो