197 परमेश्वरको दुई देहधारणहरू मानिसको मुक्तिको लागि हो
१
शैतानलाई हराउन र मानिसजातिलाई अझ राम्ररी मुक्ति दिन परमेश्वरका दुईवटा देहधारण अस्तित्वमा आएका छन्। कारण चाहे परमेश्वरका आत्मा होऊन् वा उहाँको देहधारी शरीर, परमेश्वरले मात्र शैतानसँग लडाइँ गर्न सक्नुहुन्छ। छोटकरीमा, शैतानको साथ लडाइँ गर्ने स्वर्गदूतहरू हुन सक्दैनन्, झन् मानिस त हुनै सक्दैन, जसलाई शैतानले भ्रष्ट पारेको छ। स्वर्गदूतहरू यो लडाइँ लड्न शक्तिहीन छन् र मानिस त झन् अझै दुर्बल छ। त्यसैले, यदि परमेश्वर मानिसको जीवनमा गरिने काम गर्न चाहनुहुन्छ भने, यदि उहाँ मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा पृथ्वीमा आउन चाहनुहुन्छ भने, उहाँ व्यक्तिगत रूपमा नै देह बन्नुपर्दछ—अर्थात् उहाँले व्यक्तिगत रूपमा देह धारण गर्नुपर्दछ र आफ्नो जन्मजात पहिचान र उहाँले गर्नुपर्ने कामको साथमा मानिसकहाँ आएर व्यक्तिगत रूपमा मानिसलाई मुक्ति दिनुपर्छ। यदि होइन भने, यदि यो काम परमेश्वरका आत्मा वा मानिसले गर्ने हो भने, यो लडाइँबाट कहिल्यै केही पनि प्राप्त हुँदैन र यो कहिल्यै पनि समाप्त हुँदैन।
२
शैतानसितको लडाइँ केवल परमेश्वर स्वयम्ले मात्र गर्न सक्नुहुन्छ र यो मानिसले गर्नु असम्भव छ। मानिसको कर्तव्य भनेको समर्पित हुनु र अनुसरण गर्नु हो, किनकि मानिस आकाश र पृथ्वी सृष्टि गर्नेजस्तो काम गर्न असमर्थ छ, यसबाहेक न त उसले शैतानसित लडाइँ गर्ने काम नै गर्न सक्छ। मानिसले परमेश्वर स्वयम्को नेतृत्वमुनि रहेर मात्र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ, जसद्वारा शैतान पराजित हुन्छ; मानिसले गर्न सक्ने यति मात्र हो। तसर्थ, हरेक चोटि नयाँ लडाइँ सुरु हुँदा, अर्थात्, हरेक चोटि नयाँ युगको काम सुरु हुँदा, यो काम परमेश्वर स्वम्ले व्यक्तिगत रूपमा गर्नुहुन्छ, जसद्वारा उहाँले सम्पूर्ण युगको नेतृत्व गर्नुहुन्छ र सम्पूर्ण मानवजातिका लागि नयाँ बाटो खोलिदिनुहुन्छ। प्रत्येक नयाँ युगको उदय शैतानसँगको लडाइँको एउटा नयाँ सुरुआत हो, जसद्वारा मानिस नयाँ, अझ सुन्दर संसारमा प्रवेश गर्दछ र एउटा नयाँ युगमा जसलाई परमेश्वर स्वयम्ले व्यक्तिगत रूपमा नेतृत्व गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु