१४. धार्मिक संसारको धारणा: “प्रभु येशूको नाम कहिल्यै बद्लिन सक्दैन; प्रभुको पुनरागमन हुँदा, उहाँलाई अझै पनि येशू नै भनिनेछ”

बाइबलमा उल्‍लेखित “न त अरू कुनैमा मुक्ति छ: किनभने मानिसहरूका बीचमा हामीले मुक्ति पाउनलाई स्वर्गमुनि अरू कुनै नाउँ दिइएको छैन” (प्रेरित ४:१२), र, “येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ” (हिब्रू १३:८) भन्‍ने वचनहरूको आधारमा, धार्मिक संसारले प्रभु येशूको नाम कहिल्यै परिवर्तन हुन सक्दैन, उहाँको पुनरागमन हुँदा उहाँलाई अरू कुनै नाउँले बोलाइनेछैन, र अरू कुनै नामद्वारा बोलाइने व्यक्ति फर्कनुभएका प्रभु हुन सक्दैन भन्‍ने निष्कर्ष निकाल्छ।

बाइबलका वचनहरू

“र याकूबका परमेश्‍वर यहोवाले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ: यो सदासर्वदाको लागि मेरो नाम हो, र यो सारा पुस्ताको लागि मेरो स्मारक हो” (प्रस्थान ३:१५)

“येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ” (हिब्रू १३:८)

“अनि अन्यजातिहरूले तेरो धार्मिकता देख्नेछन् र सबै राजाहरूले तेरो महिमा देख्नेछन्: र तँलाई यहोवाको मुखले दिनुहुने नयाँ नाउँद्वारा बोलाइनेछ” (यशैया ६२:२)

“जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्‍नेछु, जुन स्वर्गबाट मेरो परमेश्‍वरमार्फत तल ओर्लने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्‍नेछु” (प्रकाश ३:१२)

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्। जित्नेलाई म गुप्‍त मन्न खान दिनेछु, र उसलाई सेतो ढुङ्गा दिनेछु, र त्यो ढुङ्गामा एउटा नयाँ नाम लेखिएको हुन्छ, र त्यो पाउनेलाई बाहेक अरू कसैलाई त्यो कुरा थाहा हुँदैन” (प्रकाश २:१७)

“सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ” (प्रकाश १:८)

“अनि मैले ठूलो भीडको जस्तो आवाज र धेरै पानीको जस्तो आवाज र शक्तिशाली गर्जनको जस्तो आवाज सुनेँ, जसले भनिरहेको थियो, हल्लेलूयाह: किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले शासन गर्नुहुन्छ” (प्रकाश १९:६)

“अनि परमेश्‍वरका सामने आ-आफ्‍नो आसनमा बसेका चार जना र बीस जना एल्डरहरूले यसो भन्दै लम्पसार परी परमेश्‍वरको आराधना गरे, हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, जे छन्, र थिए, र आउनेछन्, हामी तपाईंलाई धन्यवाद दिन्छौं; किनभने तपाईंले आफ्‍नो महान् शक्ति लिनुभएको छ, र शासन गर्नुभएको छ” (प्रकाश ११:१६-१७)

“अनि तिनीहरूले परमेश्‍वरको सेवक मोशाको गीत, र थुमाको गीत गए, र भने, हे परमप्रभु परमेश्‍वर सर्वशक्तिमान्, तपाईंका कार्यहरू महान् र अचम्‍मका छन्; हे सन्तहरूका राजा, तपाईंका मार्गहरू न्यायसंगत र साँचा छन्। हे परमप्रभु, तपाईंको डर नमान्‍ने, र तपाईंको नाउँको महिमा नफैलाउने को छ र?” (प्रकाश १५:३-४)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

केहीले भन्छन्, परमेश्‍वरको नाउँ परिवर्तन हुँदैन। त्यसो भए यहोवाको नाउँ किन येशू भयो त? मसीह आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो, त्यसो भए किन येशू नाउँ गरिएको मानिस आउनुभयो त? परमेश्‍वरको नाउँ किन परिवर्तन भयो? के यस्ता काम धेरै पहिले कार्यान्वयन गरिएको थिएन र? के परमेश्‍वरले आज नयाँ काम गर्न सक्‍नुहुन्‍न? हिजो गरिएको कामलाई बदल्न सकिन्छ, र येशूको काम यहोवाको कामको निरन्तरता हुन सक्छ। त्यसो भए, के येशूको कामपछि अरू काम आउन सक्दैन र? यदि यहोवाको नाउँ येशूमा परिणत हुन्छ भने, येशूको नाउँ पनि परिवर्तन हुन सक्दैन र? यी कुनै पनि अनौठो कुरा होइनन्; यो के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल विचार-धाराका छन्। परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ। उहाँको काम जति परिवर्तन भए पनि, र उहाँको नाउँ जति परिवर्तन भए तापनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुँदैन। यदि तँ परमेश्‍वरलाई येशूको नाउँद्वारा मात्र पुकार्न सकिन्छ भनी विश्‍वास गर्छस् भने, तेरो ज्ञान अत्यन्त सीमित छ। के तँ परमेश्‍वरको नाउँ सदासर्वदा येशू नै रहनेछ र परमेश्‍वरलाई सदासर्वदा र सदैव येशूको नाउँले नै पुकारिन्छ भनी निश्‍चय गर्ने हिम्मत गर्छस्? येशूको नाउँले नै व्यवस्थाको युगको अन्त्य गर्‍यो र अन्तिम युगलाई पनि यही नाउँले नै अन्त गर्नेछ भनी के तँ निश्‍चयताका साथ पक्का गर्ने हिम्मत गर्छस्? येशूको अनुग्रहले नै युगलाई अन्ततिर ल्याउन सक्छ भनी कसले भन्न सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

परमेश्‍वर हरेक पल्ट पृथ्वीमा आउनुहुँदा उहाँले आफ्नो नाउँ, उहाँको लिङ्ग, उहाँको स्वरूप, र उहाँको काम बदल्नुहुन्छ; उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। जब उहाँ पहिले आउनुभयो, उहाँलाई येशू भनियो; उहाँ यस पटक फेरि आउनुहुँदा के उहाँलाई अझै येशू नै भन्न सकिन्छ? पहिले जब उहाँ आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो; के उहाँ यस पटक फेरि पुरुष हुन सक्नुहुन्छ? अनुग्रहको युगमा उहाँको काम क्रूसमा टाँगिनुथियो; जब उहाँ फेरि आउनुहुनेछ, के उहाँले अझै पनि मानव जातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ? के उहाँलाई फेरि क्रूसमा टाँग्न सकिन्छ? के त्यो उहाँको कामलाई दोहोऱ्याउनुजस्तो हुँदैन र? के तँलाई थाहा छैन, परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न? केही मानिसहरू छन्, जसले परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भनी भन्छन्। यो सही हो, तर त्यसले परमेश्‍वरको स्वभाव र उहाँको सारको अपरिवर्तनीयतालाई बुझाउँछ। उहाँको नाउँ र काममा हुने परिवर्तनले उहाँको सार परिवर्तन भएको बुझाउँदैन; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँले आफ्नो छ हजार वर्षको प्रबन्ध योजना पूरा गर्न सक्नुहुन्छ? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्‍ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम अपरिवर्तनीय छ भने, के उहाँले मानव जातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथियो? यदि परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भने, उहाँले किन पहिले नै दुई युगको काम गरिसक्नुभयो? उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन, जसको अर्थ यो हो, कि उहाँको स्वभाव बिस्तारै मानिसमा प्रकट गरियो, र जे प्रकट गरिएको छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो। आदिमा, परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको थियो, उहाँले कहिल्यै पनि आफ्नो स्वभाव मानिसको सामु खुल्लमखुल्ला प्रकट गर्नुभएन, र मानिसलाई उहाँको बारेमा केही पनि थाहा थिएन। यसकारण, उहाँले मानिसलाई आफ्नो स्वभाव क्रमिक रूपमा प्रकट गर्न उहाँको काम प्रयोग गर्नुहुन्छ, तर यसरी काम गर्नुको अर्थ हरेक युगमा उहाँको स्वभाव परिवर्तन हुन्छ भन्‍ने होइन। परमेश्‍वरका अभिप्रायहरू सँधै परिवर्तन भइरहने भएकाले उहाँको स्वभाव सधैँ परिवर्तन भइरहेको छ भन्‍ने होइन। बरु, यो कुरा हो, कि उहाँको कामको युगहरू भिन्नाभिन्नै भएकोले, परमेश्‍वरले आफ्नो अन्तर्निहित स्वभावलाई पूर्ण रूपमा धारण गर्नुहुन्छ, र एक-एक चरण गर्दै त्यो मानिसलाई प्रकट गर्नुहुन्छ, यसैले कि मानिसले उहाँलाई चिन्न सकोस्। तर कुनै पनि प्रकारले यसको अर्थ सुरुमा परमेश्‍वरको कुनै विशेष स्वभाव हुँदैन वा युगहरू बित्दैजाँदा उहाँको स्वभाव बिस्तारै परिवर्तन भएको हो भन्‍ने प्रमाण होइन—त्यस्तो बुझाइ भ्रमित हुन्छ। युगहरू बित्दैजाँदा सोही अनुसार परमेश्‍वरले मानिसलाई उहाँको अन्तर्निहित र विशेष स्वभाव—उहाँ के हुनुहुन्छ भन्‍ने कुरा प्रकट गर्नुहुन्छ; एउटै युगको कामले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई व्यक्त गर्न सक्दैन। अनि यसैले “परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न” भन्‍ने शब्दहरूले उहाँको कामलाई बुझाउँछ, अनि “परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ” भन्‍ने शब्दहरूले परमेश्‍वरमा अन्तर्निहित रूपमा के छ र को हुनुहुन्छ भन्‍ने बुझाउँछ। जे सुकै होस्, तैँले छ हजार वर्षको कामलाई एक मात्र बिन्दुमा कब्जा गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूमा सीमित गर्न सक्दैनस्। त्यसो गर्नु मानिसको मूर्खता हो। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँ प्रतिनिधित्व गर्न सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्‍ने सङ्केत हो।

परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान बन्नुहुन्न; शैतान सधैँ शैतान नै रहन्छ, र त्यो कहिल्यै परमेश्‍वर बन्नेछैन। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्‍चर्यता, परमेश्‍वरको धार्मिकता, र परमेश्‍वरको प्रताप कहिल्यै परिवर्तन हुँदैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुँदैन। तर उहाँको कामको विषयमा भन्दा, यो सधैँ अगाडि बढिरहेको हुन्छ, सधैँ गहिरो हुँदै जान्छ, किनकि उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्‍वरले नयाँ नाउँ धारण गर्नुहुन्छ, हरेक युगमा उहाँले नयाँ काम गर्नुहुन्छ, र प्रत्येक युगमा उहाँले आफ्ना सृष्टि गरिएका प्राणीहरूलाई उहाँका नयाँ अभिप्राय र नयाँ स्वभाव देखाउनुहुन्छ। यदि नयाँ युगमा, मानिसहरू परमेश्‍वरको नयाँ स्वभाव प्रकट भएको देख्न असफल हुन्छन् भने, के तिनीहरूले उहाँलाई सदाका लागि क्रूसमा टाँग्नेछैनन् र? र त्यसो गरेर, के तिनीहरूले परमेश्‍वरको परिभाषा दिँदैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

अनुग्रहको युग येशूको नाउँबाट सुरु भयो। जब येशूले आफ्नो सेवकाइ गर्न थाल्नुभयो, पवित्र आत्माले येशूको नाउँको गवाही दिन थाल्नुभयो, र उप्रान्त यहोवाको नाउँको चर्चा हुन छाड्यो; बरु, पवित्र आत्माले मुख्य रूपमा येशूको नाउँमा नयाँ काम सुरु गर्नुभयो। उहाँमा विश्‍वास गर्नेहरूको गवाही येशू ख्रीष्टको लागि थियो र तिनीहरूले गरेका काम पनि येशू ख्रीष्टको लागि नै थियो। पुरानो करारको व्यवस्थाको युग अन्त्य हुनुको अर्थ मुख्य रूपमा यहोवाको नाउँमा सञ्चालन गरिएको काम समाप्त भयो भन्‍ने थियो। त्यहाँदेखि उता, परमेश्‍वरको नाउँ यहोवा थिएन; यसको साटो उहाँलाई येशू भनियो, र यहाँबाट उसो पवित्र आत्माले विशेष गरी येशूको नाउँमा काम सुरु गर्नुभयो। यसैले, आज पनि यहोवाका वचनहरू खाने र पिउने मानिसहरू र अझै पनि सबै कुरा व्यवस्थाको युगको अनुसार गर्नेहरू—के तैँले अन्धाधुन्ध नियमहरू पालन गरिरहेको छैनस् र? के तिमीहरू विगतमा अड्किएका छैनौ र? अहिले तिमीहरूलाई थाहा छ, आखिरी दिनहरू आइसकेका छन्। के यो हुन सक्छ, कि जब येशू आउनुहुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ? यहोवाले इस्राएलका मानिसहरूलाई मसीह आउनुहुनेछ भनी भन्नुभएको थियो, तापनि उहाँ आउनुहुँदा उहाँलाई मसीह भनिएन, तर येशू भनियो। येशूले उहाँ फेरि आउनुहुनेछ, र उहाँ जसरी जानुभयो त्यसरी आउनुहुनेछ भनी भन्नुभयो। यी येशूका वचनहरू थिए, तर येशू कसरी जानुभयो के तैँले देखिस्? येशू सेतो बादलमा सवार भएर जानुभयो, तर के उहाँ व्यक्तिगत रूपले सेतो बादलमा मानिसहरूकहाँ आउन सक्नुहुन्छ? यदि त्यस्तो हो भने, के उहाँलाई अझै येशू भनिनेछैन? जब येशू फेरि आउनुहुन्छ, युगमा परिवर्तन भइसकेको हुनेछ, त्यसोभए के उहाँलाई अझै येशू भन्न सकिन्छ? के परमेश्‍वरलाई येशूको नाउँबाट मात्र चिन्न सकिन्छ? के उहाँलाई नयाँ युगमा नयाँ नाउँले बोलाउन सकिँदैन? के सारा अनन्तताभरि परमेश्‍वरलाई एक व्यक्तिको स्वरूप र एउटा विशेष नाउँले प्रतिनिधित्व गर्न सक्दछ? प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले सारा अनन्तताभरि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एक निश्चित युगमा परमेश्‍वरको स्वभावको अस्थायी पक्षको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व मात्रै गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ। चाहे त्यो यहोवाको युग होस् वा येशूको युग होस्, उहाँकै नाउँले प्रत्येक युगको प्रतिनिधित्व गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्‍यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्‍यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्‍ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका एकै आत्माको काम थिए। येशूले गर्नुभएको कामले अनुग्रहको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र यहोवाले गर्नुभएको कामले पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो। यहोवाले इस्राएल र मिश्रका मानिसहरूलाई र इस्राएल बाहिरका सबै जातिहरूलाई मात्र डोऱ्याउनुभयो। नयाँ करारको अनुग्रहको युगमा येशूले गर्नुभएको काम त्यो युगलाई डोऱ्याउनुका निम्ति परमेश्‍वरले येशूको नाउँमा गर्नुभएको काम थियो। … उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, उहाँले एउटा युगको प्रतिनिधित्व गर्नुहुन्छ, र नयाँ मार्ग सुरु गर्नुहुन्छ; र हरेक नयाँ मार्गमा, उहाँले नयाँ नाउँ धारण गर्नुहुन्छ, जसले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्‍ने देखाउँदछ, र उहाँको काम कहिल्यै अगाडि बढ्नबाट रोकिँदैन। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजना लक्ष्यमा पुग्‍नको लागि, यो निरन्तर अगाडिको दिशामा अघि बढिरहनुपर्छ। प्रत्येक दिन उहाँले नयाँ काम गर्नुपर्दछ, प्रत्येक वर्ष उहाँले नयाँ काम गर्नुपर्दछ; उहाँले नयाँ मार्गहरू सुरु गर्नुपर्दछ, नयाँ युगहरू सुरु गर्नुपर्दछ, नयाँ र अझ ठूलो काम सुरु गर्नुपर्दछ, र ती सँगसँगै नयाँ नाउँहरू र नयाँ काम ल्याउँदछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

के येशूको “परमेश्‍वर हामीसँग” भन्‍ने नाउँले परमेश्‍वरको स्वभावलाई पूर्णरूपमा प्रतिनिधित्व गर्नसक्छ? के त्यसले पूर्ण रूपमा परमेश्‍वरलाई व्यक्त गर्न सक्छ? यदि मानिसले परमेश्‍वरलाई येशू मात्र भनी बोलाउन सकिन्छ र परमेश्‍वरको अर्को नाउँ हुन सक्दैन, किनकि परमेश्‍वरले आफ्नो स्वभाव परिवर्तन गर्न सक्नुहुन्न भनी भन्छ भने, यी शब्दहरू साँच्चै ईश्‍वरनिन्दा हुन्छ! के तँ येशू नाउँ, परमेश्‍वर हामीसँग हुनुहुन्छ भन्‍ने नाउँले मात्र पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ भनी विश्‍वास गर्छस्? परमेश्‍वरलाई धेरै वटा नाउँले सम्बोधन गर्न सकिन्छ, परमेश्‍वरलाई समेट्ने नाउँ एउटै मात्र छैन, परमेश्‍वरलाई प्रतिनिधित्व गर्न एउटा मात्र नाउँ पनि छैन। यसैले, परमेश्‍वरका धेरै वटा नाउँहरू छन्, तर यी धेरै वटा नाउँले परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्, किनकि परमेश्‍वरको स्वभाव यति समृद्ध छ कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ। मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्‍वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन। मानव जातिले परमेश्‍वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न तिनीहरूसित सीमित शब्दावली मात्र छ: महान्, सम्मानित, अचम्मका, बुझ्न नसकिने, सर्वोच्च, पवित्र, धर्मी, बुद्धिमान र यस्तै अन्य। धेरै वटा शब्दहरू! यो सीमित शब्दावलीले मानिसले परमेश्‍वरको स्वभावमा देखेको थोरै कुराको समेत वर्णन गर्न सक्दैन। समय बित्दै जाँदा, अरू धेरैले त्यस्ता शब्दहरू थपे जसले उनीहरूका हृदयको जोशको राम्ररी वर्णन गर्न सक्छ भन्‍ने तिनीहरूले ठानेका थिए: परमेश्‍वर अति महान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ! आज, यस्ता मानव भनाइहरू चरम सीमामा पुगेका छन्, तापनि मानिस अझै पनि आफैलाई व्यक्त गर्न असक्षम छ। यसैले, मानिसका निम्ति परमेश्‍वरका नाउँ धेरै छन्, तापनि उहाँको नाउँ एउटै मात्र छैन, अनि परमेश्‍वरको अस्तित्व प्रशस्त भएकोले र मानिसको भाषा अति दुर्बल भएको गर्दा यसो भएको हो। कुनै एउटा विशेष शब्द वा नाउँमा सम्पूर्ण रूपले परमेश्‍वरको प्रतिनिधित्व गर्ने क्षमता हुँदैन, त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्‍ने सोच्छस्? उहाँ यति महान् र अति पवित्र हुनुहुन्छ, तापनि तैँले उहाँलाई प्रत्येक नयाँ युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्? त्यसकारण, परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा, उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ, जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ। उहाँले त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ, जसको क्षणिक महत्त्व हुन्छ। यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्‍वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो। त्यसरी नै, आत्मिक अनुभवहरू प्राप्त गर्ने र परमेश्‍वरलाई व्यक्तिगत रूपमा देख्ने धेरै मानिसहरूले यो एउटा विशेष नाउँ पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ छ भन्‍ने महसुस गर्छन्—अहो, यसमा कुनै सहायता गर्न सकिँदैन—त्यसैले मानिसले अब परमेश्‍वरलाई कुनै नाउँबाट सम्बोधन गर्दैन, तर उहाँलाई “परमेश्‍वर” मात्र भन्छ। यस्तो लाग्छ, कि मानिसको हृदय प्रेमले भरिपूर्ण छ र अन्तर्विरोधहरूमा पनि परेको छ, किनकि मानिसले परमेश्‍वरको व्याख्या गर्न जान्दैन। परमेश्‍वर जे हुनुहुन्छ त्यो अति प्रशस्त छ, यसैले त्यसको वर्णन गर्ने कुनै तरिका नै छैन। परमेश्‍वरको स्वभावको सार बताउने कुनै एउटा शब्द छैन, अनि परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै वर्णन गर्ने शब्द एउटा पनि छैन। यदि कसैले मलाई, “वास्तवमा तपाईं कुन नाउँ प्रयोग गर्नुहुन्छ?” भनी सोध्छ भने, म तिनीहरूलाई भन्‍नेछु, “परमेश्‍वर, परमेश्‍वर हुनुहुन्छ!” के यो परमेश्‍वरका निम्ति सर्वोत्तम नाम होइन र? के यसमा परमेश्‍वरको स्वभावलाई सबैभन्दा राम्रोसँगले समेटिएको छैन र? त्यसो हो भने, परमेश्‍वरको नाउँको खोजी गर्न तिमीहरू किन त्यत्ति धेरै प्रयास गर्छौ? तिमीहरू किन खानु न पिउनु हुँदै आफ्नो दिमागलाई नामकै खातिर यातना दिन्छौ? त्यो दिन आउनेछ, जब परमेश्‍वरलाई यहोवा, येशू वा मसीह भनिनेछैन—उहाँलाई सृष्टिकर्ता मात्र भनिनेछ। त्यस बेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाउँहरू समाप्त हुनेछ, किनकि पृथ्वीमा उहाँको काम समाप्त भएको हुनेछ, त्यसपछि उहाँको कुनै नाउँ हुनेछैन। जब सबै थोक सृष्टिकर्ताको अधीनमा आउँदछन्, उहाँलाई अत्याधिक उपयुक्त तर अपूर्ण नाउँ किन चाहिन्छ र? के तँ अहिले पनि परमेश्‍वरको नाउँ खोजिरहेको छस्? के तँ अझै पनि परमेश्‍वरलाई यहोवा मात्र भनिन्छ भन्‍ने हिम्मत गर्छस्? के तँ अझै पनि परमेश्‍वरलाई येशू मात्र भनिन्छ भन्‍ने हिम्मत गर्छस्? के तँ परमेश्‍वरको विरुद्धमा गरिने ईश्‍वर निन्दाको पाप सहन सक्छस्? सुरुमा परमेश्‍वरको कुनै नाउँ थिएन भन्‍ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र? के त्यसको निर्णय गर्न उहाँलाई तेरो, अर्थात् सृष्टि गरिएको प्राणीको आवश्यकता पर्छ? परमेश्‍वरलाई जुन नाउँले सम्बोधन गरिन्छ त्यो नाउँ मानिसले मानव जातिको भाषामा उहाँलाई बुझ्न सक्‍ने अनुसार छ, तर यो नाउँ कुनै यस्तो कुरा होइन जुन मानिसले उछिन्‍न सक्छ! तैँले केवल स्वर्गमा परमेश्‍वर हुनुहुन्छ, उहाँलाई परमेश्‍वर भनिन्छ, उहाँ महान् शक्ति भएका महान् परमेश्‍वर हुनुहुन्छ, जो अति बुद्धिमान् हुनुहुन्छ, अति उच्च, अति अचम्मका, अति रहस्यमय र अति सर्वशक्तिमान् हुनुहुन्छ भनेर मात्र भन्न सक्छस्, अरू केही भन्न सक्दैनस्; तैँले जान्‍न सक्‍ने भनेकै यति थोरै मात्र हो। यस्तो भएकोले के येशूको नाउँले मात्र परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्न सक्छ? जब आखिरी दिनहरू आउँछन्, काम गर्न परमेश्‍वर उहाँ नै हुनुभए पनि उहाँको नाउँ परिवर्तन हुनुपर्दछ, किनकि यो एउटा फरक युग हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

यदि मानिसले अझै आखिरी दिनहरूको अवधिमा मुक्तिदाता येशूको आगमनको चाह गर्छ, र अझै उहाँले यहूदियामा वहन गर्नुभएको स्वरूपमा उहाँ आउनुभएको अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षको व्यवस्थापन योजना उद्धारको युगमा रोकिन्थ्यो, र अलिकता पनि अघि बढ्न सक्दैनथ्यो। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएन, र त्यो युगको अन्त कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको उद्धार र मुक्तिको निम्ति मात्र हुनुहुन्छ। अनुग्रहको युगका सबै पापीहरूका खातिर मात्र मैले येशूको नाउँ धारण गरेँ, तर मैले समग्र मानवजातिलाई अन्तमा ल्याउने नाउँ यो होइन। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँहरूले मेरो व्यवस्थापन योजनाको विभिन्न युगहरूलाई सूचित गर्छन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई पुकार्ने नाउँहरूले मेरो समग्र स्वभाव र म जे छु सो सारा कुरालाई व्यक्त गर्न सक्दैनन्। तिनीहरू विभिन्न युगहरूको अवधिमा मलाई पुकारिने विभिन्न नाउँहरू मात्र हुन्। त्यसैले जब अन्तिम युग—आखिरी दिनहरूको युग—आउँछ, मेरो नाउँ फेरि बदलिनेछ। मसीह भन्नु त छोडिदिऊँ, मलाई यहोवा वा येशू पनि भनिनेछैन—मलाई शक्तिशाली सर्वशक्तिमान परमेश्‍वर स्वयम्‌ भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त ल्याउनेछु। म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग संलग्न भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा जलिरहेको सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव लिएँ ताकि म धर्मी परमेश्‍वर, उज्ज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्‍ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

सम्बन्धित चलचित्र उद्धरणहरू

आखिरी दिनहरूमा परमेश्‍वर आउनुहुँदा उहाँलाई किन सर्वशक्तिमान् परमेश्‍वर भनिन्छ?

सम्बन्धित प्रवचनहरू

जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?

सम्बन्धित भजनहरू

के तिमी परमेश्‍वरको नाउँ कहिल्यै परिवर्तन हुन सक्दैन भनेर जोड दिने आँट गर्छौ?

परमेश्‍वर विभिन्न युगहरूलाई प्रतिनिधित्व गर्न विभिन्न नाम लिनुहुन्छ

अघिल्लो: १३. धार्मिक संसारको धारणा: “परमेश्‍वरको कार्य बाइबलअनुरूप हुनैपर्छ; यदि बाइबलीय आधार छैन भने, त्यो झूटो मार्ग हो”

अर्को: १५. धार्मिक संसारको धारणा: “प्रभु येशूको पुनरागमन हुँदा, उहाँ स्‍त्री नभई, पुरुष हुनुहुनेछ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्